text
stringlengths 160
185k
| timestamp
stringlengths 19
19
| url
stringlengths 18
2.21k
| source
stringclasses 1
value |
---|---|---|---|
भविष्यका कर्णधार बालबालिकाको जिम्मा शिक्षकको | Edupatra
भविष्यका कर्णधार बालबालिकाको जिम्मा शिक्षकको
फाल्गुण २४, २०७८ इडियु-पत्र संवाददाता
दैनिक कति घण्टा काम गर्नुहुन्छ लेखाजोखा छैन । कठिन परिस्थितिमा पनि सकारात्मक ऊर्जाका साथ लागि परेमा सफल भइन्छ भन्ने उदाहरण हो काठमाडौंको नील बाराही मावि । सो विद्यालयको आफ्नै जग्गा छैन् । कम्पाउण्ड घेराबारा गर्न सकेको छैन । विद्यालयको सुरक्षाका लागि मन्त्रालय, विभाग, स्थानीय तह वडा कही प्रस्ताव पेस गर्न नछुटाए पनि विद्यालयको घेराबारा हुन सकेको छैन । सरोकारवालाले चासो नदिँदा वर्सौंदेखि यस्तै समस्या झेल्दै आएको विद्यालय सञ्चालन, व्यवस्थापन, योजना निर्माण तथा समग्र महिला शिक्षकको विषयमा विद्यालयका प्रधानाध्यापक तथा महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका नेपालसंग इडियुपत्रले गरेको कुराकानीको सारसंक्षेपः
विद्यालयको अवस्थाको बारेमा बनाइदिनोस् न ।
२०६२ मंसिर २ गते देखि विद्यालयको प्रधानाध्यापक भएर काम गरेको हुँ । मैले पद सम्हाल्दा जम्मा सय जना विद्यार्थी थिए । भवन थिएन । तीन ओटा टहरामा पठनपाठन हुन्थ्यो । विद्यालयको आफ्नै जग्गा थिएन । अहिले पनि विद्यालयले प्रति जग्गामा भोगाधिकार पाएर विद्यालय भवन निर्माण गरेको छ । अहिले विद्यालयमा १७ ओटा कक्षाकोठा छन् । हाल विद्यालयमा पुनः निर्माणको काम भइरहेको छ । तरकारी बजार छेवैमा रहेको टहरामा कक्षा सञ्चालन गर्दै आएका छौं । नजिकै कालिमाटी तरकारी बजार छ । वरिपरि उस्तै बाक्लो बस्ती छ । विद्यालयमा घेराबार छैन । विद्यालय कम्पाउण्ड खुला छ । त्यसैले विद्यालयमा हरेक खालका मान्छेको विश्राम गर्न आउने थलो जस्तै देखिन्छ तर बाह्य वातावरणको असर कक्षाकोठामा पर्न दिएका छैनौं । हामीले अभिभावकको विश्वास जितेर अहिले १ हजार ३२ जना विद्यार्थी अध्ययनरत छन् । पूर्वाधारको अभावका कारण भर्ना हुन आएजति विद्यार्थीलाई भर्ना लिन सकिएन ।
अभिभावकलाई केवल एक वर्ष आफ्ना छोराछोरी हामीलाई दिनोस् भनेर माग्यौं ।
अभिभावकको विश्वास गुमाएको विद्यालयले फेरी कसरी अभिभावकको विश्वास जित्यो ?
एकै पटक विद्यार्थी बढेका होइन । यसका लागि हामीले योजना बनायौं । म प्रधानाध्यापक भएको अवस्थामा बाल कक्षा सञ्चालनमा थिएन । बाल कक्षा सुरु गर्यौं । आफ्नै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका तीन जना विद्यार्थीलाई अत्यन्तै न्यून खाजा खर्च मासिक एक हजार रुपियाँ दिएर स्वयम् सेवकको रुपमा काम गर्न लगायौं । हामीले घर दैलो अभियान सञ्चालन गरेर अभिभावकलाई केवल एक वर्ष आफ्ना छोराछोरी हामीलाई दिनोस् भनेर माग्यौं । त्यो बेला विद्यार्थी समय सम्म कक्षाकोठामा बस्दैन थिए । किन बस्दैनन् भनेर अध्ययन गर्दै गयौं । आफ्नै खर्चमा विद्यार्थीलाई स्टेशनरी सामान प्रदान गरेर पढायौं । मैले यो क्रममा कति महिना बिना पारिश्रमिक काम गरेको छु । सुरुमा सबै अभिभावकलाई निजी स्कुलमा जस्तै झोला टिफिन दिएर पठाउन आग्रह गर्यौं । प्रधानाध्यापक भए पछि म कहिल्यै घर समयमा पुगिन । यातायातको आफ्नै साधन थिएन । कहिले सहकर्मी साथीसंग, कहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षसंग लिफ्ट मागेर बेलुका ८ बजे घर पुगें । विहान ६ बजे विद्यालयमा आईपुग्थे । काम गर्दा कहिल्यै थकाइको महसुस भएन । अझ के गर्दा राम्रो हुन्छ भनेर योजना, छलफल तथा अन्य सफल भएका भनिएका विद्यालयको अभ्यास हेरें बुझे र सोही अनुसार काम गर्दै जाँदा हरेक वर्ष विद्यालयमा विद्यार्थी संख्या बढ्यो । शिक्षा प्रेमी, अभिभावकको खोजी गरी अभिावक भेला गराएँ । सम्मान गरियो । समुदायको चासो बढ्यो । विद्यार्थी बढे । बस्ने फनिर्चर थिएन । निजी विद्यालयसंग मागेर काम चलायौं ।अहिले भर्ना लिएर पढाउन नसक्ने गरी विद्यार्थी आउन थालेका छन् । सबैलाई पढाउने रहर छ तर भौतिक अवस्थाका कारण सकिएको छैन । हाम्रो विद्यालय २०१० सालमा स्थापना भएको हो तर अझै विद्यालयको जग्गा प्राप्तिको लडाइ जारी छ । तर सम्भव भएको छैन । पहिला विद्यालय सञ्चालन गरिएको ठाउँमा ६ रोपनी प्रति जग्गा थियो । अहिले तीन रोपनीमा सीमित भएको छ । विद्यालयमा घेरोबारा गर्न खोज्दा विभिन्न खालको अवरोधका कारण सकिएको छैन । जग्गाका लागि नगएको ठाउँ छैन तर अहिलेसम्म विद्यालयको आफ्नै नाउँमा जग्गा छैन् । काम गर्न असहज छ । जग्गाका लागि भवन बनाउन मन्त्रालय धाएँ । विभाग धाएँ । बजेट पर्यो । विवादका कारण काम हुन सकेन । घेराबाराका लागि बनाएका प्रस्ताव त्यसैखेर गएका छन् । विद्यालयमा बालकक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।
महिला शिक्षकको अवस्था कस्तो छ ?
सहरी क्षेत्रमा महिला संख्या धेरै देखिएको छ । तर ग्रामीण क्षेत्रमा महिला शिक्षक कम छन् । विशेष गरेर माध्यमिक तहमा महिला शिक्षक कम छन् । महिला शिक्षक समाज गठन गरेर अहिले महिला शिक्षकलाई एक छानामुनि ल्याउने प्रयास गरिएको छ । महिला शिक्षक सशक्तिकरणको आवश्यकता छ । उपत्यकाका आसपासका केही जिल्लामा महिला प्रधानाध्यापक अलि बढी भएपनि बाहिरका जिल्लामा अत्यन्तै न्यून छ । बाहिरी जिल्लामा औंलामा गन्न सकिने गरिका मात्र महिला प्रधानाध्यापक हुनुहुन्छ । कतिपय अवस्थामा महिला शिक्षक आफैंले पनि नेतृत्व लिन नचाहेको अवस्था छ । महिलाको जिम्मेबारी घरपरिवारदेखि विद्यालय सम्म आईपुग्दा दोहोरो तेहोरो छ । महिलालाई जिम्मेबारी दिइहाले पनि तपाईं महिला हो काम गर्न सक्नुहुन्न भनेर हतोत्साही पार्ने प्रवृति अझै कायमै छ । महिलामा गर्न सक्दिन भन्ने हाउगुजी छ । आफ्नो क्षमताको कदर गर्न सक्ने गरी आत्मविश्वास बढेकै छैन । महिला सशक्तिकरणका लागि नेपाल सरकारले पनि नीतिगत व्यवस्था गर्नुपर्छ । लिडरशिपमा अग्र–पङ्तिमा बस्ने महिलाको अभाव छ । यसका लागि ठोस नीतिको आवश्यकता छ ।
महिलालाई सबै ठाउँमा समान पहुँच पुर्याउन के गर्नुपर्छ ?
सबैभन्दा पहिला महिलाले पढ्नु पर्यो । आत्मविश्वास जगाउने क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गर्नुपर्यो । महिलालाई प्रदान गरिएका कार्यक्रमको दायरा फराकिलो बनाइ सिकाइलाई आयआर्जनसंग जोड्नु पर्यो । महिलाले पनि लिङ्गका आधारमा म कमजोर छु भन्ने भावनाको अत्य गरेर म पनि गर्न सक्छु भन्ने आँट गर्नुपर्छ । महिला शिक्षक कक्षाकोठा र घरमा सीमित हुनुहुँदैन । आफ्ना विद्यार्थीले सिके सिकेनन् जान्नु पर्यो । उसका समस्याको पहिचान गर्नु पर्यो । अपनत्वको भाव विकास गरी आफ्नो क्षमता आदानप्रदान गरी नेतृत्वमा पुग्ने कोसिस गर्नुपर्छ । सबै शिक्षकले यो मेरो हो । मैले गर्नैपर्छ । यो जिम्मेबारी मेरै हो भन्ने भावनाको विकास गरेमा महिलाले हस्तक्षेपपूर्ण तरिकाले आफ्नो पहुँच स्थापित गर्न सक्छन् । सिकाइ जीवन्त चलिरहने प्रक्रिया हो । गरेर आर्जन गरेको सिकाइ जीवन्त हुन्छ । त्यसैले महिलाले गर्न सक्दिन भनेर पछि पर्नुहुँदैन । गर्छु भनेर आँट गरेमा महिलाले व्यवस्थापन गरेको विद्यालय मात्र होइन अन्य संस्था पनि पारदर्शी, र राम्रा भएका छन् ।
कामको सिलसिलामा कहिले लैङ्गिक रुपमा होच्याएको महसुस गर्नु भएको छ ?
त्यस्तो धेरै त छैन तर कहिले काँही अवश्यै गरेको छु । मैले यो स्कुलमा २०४९ सालदेखि शिक्षक भएर काम गरें । तर विद्यालयमा व्यवस्थापन समितिको बैठक कहिले बसेको थाहा थिएन । पहिलो पटक बैठक बोलाए । जनप्रतिनिधि हुनुहुँदैन थियो । वडाको सचिवले सिधै उहाँ त महिला हुनुहुदो रहेछ काम गर्न सक्नु हुन्न भन्नु भयो । निक्कै हत्तोसाही पार्न खोज्नु भयो । तर अहिले उहाँनै मेरो प्रसंशक बन्नु भएको छ । यो देखि बाँहेक कहिलेकाँही नयाँ भर्नाका लागि आउने अभिभावकले म प्रधानाध्यापकको कुर्सीमा बसिरहेकै अवस्थामा हेडसर हुनुहुन्न भनेर सोद्नु हुन्छ खल्लो लाग्छ । यो देखि बाँहेक मैले अरु अनुभूति गरेको छैन । हामीले लिङ्गमा होइन काममा विश्वास गर्नुपर्छ भन्ने भावनाको विकास गर्न आफ्नो आत्मविश्वासलाई जगाउनुपर्छ । कसैले विरोध गरेमा पनि काम गरेर प्रमाणित गर्नुपर्छ ।
यसैगरी, नील बाराहीमा धेरै समस्या छन् यसको समाधानका लागि अझै धेरै काम गर्न बाँकी छ । सरोकारवालासंग बहस गरी यसको दिगो विकासका लागि काम गर्नुछ । वरिपरि भएका महलको छायाँमा होइन काँडाको विचको गुलाव जस्तै फुलाउन, आफ्ना नानी बाबुहरुको भविष्य निर्माण गर्ने अभिभारा हामीमा भएका कारण हामी यस्ता झिना मसिना कुरामा अल्झिनु हुन्न । मान्छे लिङ्गका आधारमा सबल र दुर्बल हुँदैन । कामको आधारमा मूल्याङ्कन गरिनुपर्छ ।
अन्त्यमा, आज नारी दिवस केही भन्न चाहनु हुन्छ ?
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा समस्त नारीले म केही गरौं भन्ने भावना जागृत होस् । कोही नारीले शिक्षा आर्जन गर्नबाट बञ्चित हुनु नपरोस् । कुनै पनि बालबालिका तथा महिलाले कुनै पनि खालको हिंसाको सिकार हुनु नपारोस् भन्न चाहन्छु । त्यसैगरी महिला शिक्षकले पनि आफ्नो जिम्मेबारीको बोध गर्न सक्नुहोस् । अभिभावकले तपाईंलाई आफ्ना छोरोछोरी सुम्पिएका छन् । उनीहरुको भाग्य निर्माता तथा पदप्रदर्शक हामी हौं भन्ने भावनाको विकास गर्न सकियोस् । हामीले जानेको भएको क्षमता ट्रान्सफर गरेर समाजका हरेक क्षेत्रमा कसरी आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सोचको विकास होस् । महिला र पुरुषमा केही पनि फरक छैन भन्ने भावना विकास होस् भन्न चाहन्छु । | 2022/07/03 11:29:40 | https://edupatra.com/news/teachers-are-responsible-for-the-future-captain-and-children/ | mC4 |
वाम एकताको परिदृश्य - रमेश राज | Our Biratnagar
Home लेख/रिपोर्ट वाम एकताको परिदृश्य – रमेश राज
पाउल मसोनले आफ्नो "द ग्लोबल मिनोटौर" मा लेखेका छन–अधिकतम राजनितिज्ञहरु सिद्धान्तवादी हुन सक्दैनन् किनभने प्रथमतः तिनीहरु बिरैले चिन्तन र विषयवस्तुलाई विशलेषण गर्दछन, दोसा्रे–तिनीहरु तडक भडकमा यति सम्म तल्लिन हुन्छन् कि ठूला विचारहरु प्रत्यूतपादन गर्न समय नै बाँकी राख्दैनन् । तर सबभन्दा ठूलो कुरा के हो भने सिद्धान्तवादी हुनलाई "आफू गलत"छु भन्ने सम्भावनालाई साक्षात्कार गर्नै चाहदैन्,"अल्पज्ञानी छु" भन्ने मान्दैनन् र "सिद्धान्तको विचलन"बाट उब्जिने समस्याको भंयाकर चक्रव्यूहलाई तोड्नै सक्दिैन भन्ने विचार नै नगरी दम्भको प्रर्दशन गर्र्दै राजनितिक बजारीकरणमा व्यस्त भइदिन्छन् । यो प्रसङ्ग यथास्थितिको चूनावी वाम–गठवन्धन र गर्भाष्य अवस्थाको वाम–एकतालाई पूर्ण रुपमा सम्बोधित गर्दछ । दशंैको शुभबिहानी सँगै एउटा "प्यानडोराज बक्स" लिएर सभागृहमा 'सूपरम्यान' को आवरणमा नेताहरु इन्ट्री गरे र कुम्भ मिलाएर भ्रमयूक्त मुस्कान छर्किदै सौहार्दताको को नाटक मंचन गरेर सबैलाई चकित पारे।
"प्यानडोराज बक्स" भित्र का धेरै रहस्य खोल्न हतारो कसैले गरेन किनभने कथा जस्तो यो 'बक्स'मा दुख, कष्ट, वेदना सगैँ हर्ष मिश्रित थिएन । यसमा त केवल जालझेल, दोष,रोष,लोभ लालच मात्रै थिए जो चूनावको नतिजापछि 'बक्स'नखोले पनि ठुलै धमाका का साथ आफै बाहिर आउनेछ । मंगलबारको त्यो साँझ कतिको अनुहार 'ककटेल पार्टी' का लागि चकमग्न थिए भने कतिको 'निरश, वेवश, लाचार,कुन्ठित र रोदन ले भरिपूर्ण थिए । त्यो भने माकेका केही नेता र प्रयोगवादी 'डा' साहवको अनुहारमा प्रष्टै देखिन्थ्यो । महान कमरेड 'प्रचण्ड' दिन रात जति बेलानि चमत्कार गर्न सक्ने खुबी राखेको हुँदा पिरोलिनु ठाँउ रहने तर दोस्रो दर्जाका प्रचण्डका सैनिकहरु र वैकल्पिकवादी डा.भट्टराईको बलि चढिसकेको भान उनीहरुलाई भएपनि त्यो 'गम'लाई 'नम'पारेर आर्टिफिस्यिल मुस्कानले चित्त बुझाउनु प¥यो । भट्टराई त पूर्ण रुपमै सूर्यवादी भए । उनको वैकल्पिकशत्तिको 'शरणम गच्छामी'को दृश्य हेर्न लायक थियो । माके को दोहोरो चरित्र दिन र रात जत्तिकै छर्लङ्ग छ । चूनावपछि माके को अवतार कुरेर बसौं । वाँकी 'वाम–पूर' को सर्वशत्तिमान र हस्ती केपीशर्मा ओली र उनको दरवारियाहरुको हकमा यो वर्ष फलिफलाप भयो र छ । एउटा प्रभूको शरणबाट उहिले अर्को प्रभूको शरणमा आफूलाई अर्पण गरिसकेका 'कलियुग पुरुष' ले 'माके' र अन्य 'वामे' को नरवली भेटी चढाई प्रभूलाई प्रसन्न पारिसकेका छन् । 'आँखो देखी कूर्सी 'को लागि महाशंगा्रम को तयारी पूर्ण रुपमा गरिसकेको ठान्छन् र जितको पूर्व उन्मादमा आफ्ना दरवारियाका साथ 'सूर्य' आराधनामा मग्न भएका छन् । यो नाटक मंचन सबैले देखेकै हो अब वास्तविकता तिर जाऔं ।
वामपन्थि एकता–भु्रण, गर्भाष्य, जन्म र भविष्य
भु्रण
पूष्पलालको अगुवाईमा विसÞ२००६ मा कम्यूनिष्ट पार्टी स्थापित भई वामपन्थिविचार र राजनितिको सुरुवात भई हाल सम्म आउँदा कम्यूनिष्टहरु धेरै चोटी जुटे–फुटे । नेपालमा वामपन्थि जुट्नु र फुट्नु नियति नै बनेको छ । जहिले जुट र फुट को शृङ्खला हतारोको परिणाम नै हुन्छ । हालभएको वामएकताको 'उद्घोषणमा' भट्टराईले 'आकस्मिकता'को उच्चारण गरेर त्यसलाई पूष्टि गरिदिए । अरु नेता भने वर्षैंदेखिको वैचारिक मन्थनबाट भएको भने पनि त्यसमा सम्यता बिल्कुलै छैन ।
नेपालको संविधान २०७२ निर्माणमा भारतको खुल्ला हस्तक्षेप र दलिय प्रतिकारबाट रन्थनिएको भारतले अघोषित नाकावन्दी जस्तो आत्मघाती कदम चाल्यो । जसले राष्ट्रिय स्तरमा भारत विरोधी भावनाको विकास भयो । "स्लिपिङ्ग ड्रयागन" ले यो मौकालाई आफ्नो हित अनुकुल प्रयोग गरि भारतको एकमात्र छत्रछायाँलाई जसरी पनि अस्त पार्ने अठोट ग¥यो । नाकावन्दीको असफलताले भारतको 'अंगुर खट्टे' भन्ने मनोभावनाले 'अंगुर' बाट केही दिन टाढै रहने र "वाचडग" को भूमिका अख्तियार गर्ने सोच्यो । भारतको समयअनुकुल कुटनितिले दुर दराज सोच्न छाडिसकेको थियो । भारत विरोधी भावनालाई निर्मुल पार्न र आत्मरक्षाको लागि पनि भारत 'डिफेन्सिभ' पोलिसि अपनायो । भारतको 'डिफेन्सिभ'मा चिनले धैर्यतापूर्वक 'अफेनसिभ'पोलिसि अंगिकार ग¥यो र दीर्घकालिन रणनितिका लागि 'वामएकता'को वहस सुषूुप्त हिसाबले कुटनितिज्ञहरु बाट एमाले भित्र लबिङ्ग को बिषय बनायोे ।
भारतको सक्रियतामा अविश्वासको प्रस्ताव ल्याई 'वामपन्थि' ढल्योे । यो अपमान माके भित्र रहेको सरकारमा सहभागी नारायणकाजी श्रेष्ठ र टोप बहादुर रायमाझीलाई अपच नै थियो । यता एमाले पनि भारतलाई अब पूरै बाइपास गर्ने 'मुड' मै थियो र त्यही बेला चिनको सफ्ट सक्रियता, रिजिड पोलिसि र "प्यासोनेट डिप्लोमेसी"ले माके को दोस्रो दर्जाको नोता र एमाले बीच वहस स्वरुप 'वामएकता'को भ्रूण प्रत्यारोपण भयो ।
प्रचण्ड र देउवाको केमेस्ट्री प्रचण्डको सरकारप्रमुख हुँदा सम्म सम्म ठिकै थियो तर प्रचण्डको आवसन भएपछि प्रचण्डले आफ्नो 'केमिकल फर्मुला' नै फे¥यो । फल स्वरुप दोस्रो तहका नेताहरुको नियमित 'वामएकता'कोे लागि देवाव पछि एमाले सँग प्रष्ट रुपमा लबिङ्ग गर्ने जिम्मा प्रचण्डले तिनै नेता हरुलाई लगायो । आफु भने माके–काँग्रेस को गठबन्धनलाई तुरुन्तै छोड्दा देशैभरी नराम्रो सन्देश जाने र भारतले सो को भनक मात्रै पाए एकता भाडिने हुँदा काँग्रेस र भारतको रणनितिमा हो मा हो थप्दै गए । काँग्रेस र भारतलाई अल्झाएर राख्दै अन्त तिर सिथिल बाबुराम लाई लिदै 'वामएकता'को गर्भाष्यको अवस्था बाट मंगलबार 'वामएकता'को जन्म चूनावी तिथि पछि हुने उद्घोष गरे ।
हतारो वाम–पन्थी चुनावी गठ्जोड र गर्भाष्य अवस्थाको वाम एकता सफल हुने सम्भावना को आकलन सजिलो हिसाब ले रोमान्चक देखिन्छ तर यथार्थ धरातलमा निकै जटिल छ । वाम पन्थी हरु को यो मंगले मिलन ढंगले नभएको भान सर्वत्र छ । वाम पन्थी को मिलन "टाउके मिलन" मात्र भयो पुच्छर को अत्तो पत्तो नभएको मिलन को टाउको छुटिए घिस्रिने अवस्थामा वामपन्थीहरु पुग्न सक्छन । एमाले लाई वाम एकता असहज र भट्टराइ को शब्दमा आकस्मिक थिएन । त्यस्को लागि सत्ता को कार्यभार देखी विदाको समयमा एमाले ले गहन छलफल गरी आफ्ना कार्यकार्ता व्यबस्थापन गर्ने स्पष्ट खाका तयार गरी ससक्त तयारी का साथ मैदान मा उत्रियो तर माके र नयाँ शक्ति को भने यो आकस्मिक्ता को सम्बोधन मात्रै हो । शिर्षार्थ नेता हरु को व्यवस्थापन सिवाय तल्लो तह सम्म जानकारी र छलफल बिना भएको एकता ले कार्यकर्ताहरु विक्षुब्ध र अन्यौलमा छन । हाल लाई टिकट को लोभ र चुनावी माहोल मा साम्य रहेको माके का कार्यकार्ताहरु धेरै बेर मौन बस्दैनन् । जनयुद्ध को चरम दुख खेपेर आएका नेता तथा माके का कार्यकार्ताहरु सत्ता को स्वाद नलिई राजनीतिक जीवन ओझेल मा देख्दैछ । माके का कार्यकार्ता हरु एमाले का सम्मानान्तर तहका नेता भन्दा आफुलाई तुलनात्मक रुपमा कमजोर ठान्छन। अर्को तिर एमाले को कार्यकर्ता हरु को दम्भ ले माके का कार्यकर्ता हरुलाई एकता को धरातल मा धेरै टिक्न गाह«ै छ । एमाले का कार्यकर्ता हरु ले माकेका कार्यकर्ता लाई नगन्ने परीपाटी नि हावी भएको बेला एमाले को अगाडि माके कालान्तरमा निरिह सावित हुनेछ । वाम एकता को आवश्यकता नबुझाई र कार्यकर्ता हरु तल्लो तह सम्मै व्यबस्थापन नगरदा यो मंगले वाम एकाता को गर्भाष्य जन्म तिथी अगाडि नै गर्भपात हुनसक्छ ।
काँग्रेसको भविष्य
वाम–एकता पछि काँग्रेस आत्तिएको छ जुन आवश्यक छ तर हठात गरी हाल्नु पर्ने स्थिती पैदा भएको छैन । वाम–एकता ले काँग्रेस नामेट हुने डर निर्धार हो तर खिईएको पाङ«ागाले नै दौडने र जित्ने अन्धविश्वास मा छ भने भन्न सकिने अवस्था रहन्न । वाम–एकता ले काँग्रेसलाई क्षणिक घाटा देखिएपनी त्यसलाई रणनितिक हिसाब ले लिए धेरै लाभ छ । हिजो जनता माओ को डर ले कँग्रेस छोडे र वामे हरुको शरण मा पुगे फेरी कँग्रेस को आफ्नै कमजोरी का वाबजुद पनि जनता ले पत्याइरहे। जनता केही न लागेर बुढो काँग्रेसलाई कतीहलो बेर्नु भनी दिक्दार भएर वाम सत्ता तिर लम्किए तर वाम हरु को स्वार्थ र सत्तामुखी गठ्वन्धनलाई जनता सामु काँग्रेस ले उजागर गर्न सके, आफुलाई सच्चाएर गुट उपगुट र भाड्भैलो को व्यवस्थापना गरी लोकतान्त्रिक रोड्म्याप स्पष्ट का साथ अघी सारे यही चुनाव पनि फलदायी हुन सक्छ । प्रजातान्त्रिक शक्ति परिक्षाको घडीमा उभिएको छ । एकातिर सत्ताका लागि वाम हरु एक भएको बेला काँग्रेस आँफै भित्र रहेको स्वार्थ लाई निर्मुल पारी काँग्रेस भित्र ैएभका गर्न नसके काँग्रेस वाम शक्ति र जनता ले हैन आफ्नै ढंगले हारेको ठहर हुनेछ ।
वामएकता र अवको विदेशी निती
वाम–एकता स्वच्छ मनोभावना ले भईदिए देश को वृह्त्तर हित र छिमेकीलाई कडा सन्देश जान्थ्यो तर कतै नदेखेको आत्ममिलनले भविष्यको सम्भावना सून्यप्राय छ । वाम एकतामा "ड्रयागन रणनिती" को जित देखिएपनि कतिको फलदायी र टिकाउ हुनेछ त्यो हेर्न केही समय धैर्य गर्नै पर्छ । भारत को पक्षमा वामएकताको बिषयमा जानेको नहुनु अथवा जानेर पनि केहीगर्न नसक्नु उसको रणनितीक हार हो । वाम र लोकतान्त्रिक पक्षधर को किचलो ले विदेशी श–क्तको आगमन तथा आमन्त्रणा अब बढने छ । एकले अर्का लाई निषतेज पार्न जुनसुकै राजनीतिक कदम चाल्ने हुँदा देश मा राजनीतिक ज्वारभाटाले सङ्कलित राजनीतिक उपलब्धी दुर्वल हुने र गुमने खतरा पनि बढ्न सक्छ । वाम तथा लोकतान्त्रिक शक्तिले आफु अनुकुल वैदेशिक शक्तिको भरमादुर प्रयोग गर्ने हुनाले देशमा भाडभैलो निम्तिन सक्छ । जसको खतरा लोकतन्त्रमाथि हुनेछ । यता वाम–एकता पनि कथमकदाचित असफल भए नेपालमा वाह्यशक्तिको चलखेलमा वामपन्थीहरुको राजनीति यसरी निर्मुल पारिनेछ कि नेपालबाट वामको काम युगौ सम्मको लागि तमाम हुनसक्छ । | 2017/10/18 23:46:01 | https://ourbiratnagar.net/%E0%A4%B5%E0%A4%BE%E0%A4%AE-%E0%A4%8F%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%A6%E0%A5%83%E0%A4%B6%E0%A5%8D%E0%A4%AF-%E0%A4%B0%E0%A4%AE%E0%A5%87%E0%A4%B6/ | mC4 |
Sajhasabal.com |कहाँ हराउँछन् रोल्पाका महिला ?
यसरी हिँडेका महिला तथा बालबालिका ईंटा भट्टा, होटेल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न रहने गरेको पाइन्छ । परिवारका सदस्य हराउँदा आत्तिएर प्रहरीलाई खबर गर्न आउने तर, सम्पर्कमा आउँदा प्रहरीलाई जानकारी नगराउने कार्यले पनि हराउनेको सङ्ख्या अधिक देखिने गरेको प्रहरीको भनाइ छ । हराएका नागरिक सम्पर्कमा आए/नआएको जानकारी सुरक्षा निकायमा हुनु जरुरी भए पनि त्यसका लागि प्रहरी वा अन्य सरकारी निकायले संयन्त्र निर्माण गर्न नसकेको पाइएको छ । नागरिकको कर्तव्यबोध गर्दै हराएकाहरु सम्पर्कमा आउने बित्तिकै प्रहरीमा खबर गरे तथ्याङ्क अद्यावधिक गर्न सहज हुने प्रहरीको अपेक्षा छ । | 2020/07/09 08:55:37 | http://sajhasabal.com/rolpa/society/58871 | mC4 |
थाहा खबर: यमाहा एक्सचेन्ज अफर, पुरानो लिएर आउनुस् नयाँ चडेर जानुस्
यमाहा एक्सचेन्ज अफर, पुरानो लिएर आउनुस् नयाँ चडेर जानुस्
रुकुम : रुकुममा यमाहा एक्सचेन्ज अफर सञ्चालन गरिएको छ। दसैंतिहारको अवसरमा न्यु छिबांगी अटो पार्टस वर्कसप रुकुमले एक्सचेन्ज अफर आयोजना गरेको हो। एक्सचेन्ज अफरअन्तर्गत पुराना मोटरसाइकल साटेर नयाँ मोटरसाइकल लिन सकिनेछ।
जसअनुसार रुकुममा पुराना मोटरसाइकल साटेर नयाँ मोटरसाइकल धमाधम लिनेको संख्या बढेको छ। यमाहामा १ लाख ८० हजार देखि ४ लाख सम्मका विभिन्न प्रकारका मोटरसाइकल एक्सचेन्ज अफरमा राखिएको छ। एक साताबीचमा १ सय मोटरसाइकल बिक्री भएको न्यु छिबांगी अटो पार्टस खलंगाका सञ्चालक आकाश रोकाले जानकारी दिए।
उनका अनुसार यमाहा डिलरको सहकार्यमा रुकुममा दुईपटक एक्सचेन्ज अफर सञ्चालन गएको छ। आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ लिने र सुरुमै नयाँ मोटरसाइकल लिनेहरुलाई पनि करिब ७ हजार छुट र त्यति रकम बराबरको समानसमेत प्रदान हुँदै आएको छ।
काठमाडौं महानगरको नीति : नगरवासीको क्षमता विकासदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्म
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रियसभा गृहमा सनिबार भएको महानग...
झापाः नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ। उक्त ऐन खारेज नभए ...
किसानलाई मल अभावको नयाँ तथ्य: अवैध बाटोबाट भारततिरै जान्छ डिएपी मल
वीरगन्ज : धानको यो सिजनमा डिएपी मलको अभाव खेप्न बाध्य नेपाली किसानका लागि आएको मल अवैध ढंगले भारततर्फ गइरहेको पाइएको छ। भारतको बिहारका क... | 2018/06/18 23:07:53 | http://thahakhabar.com/news/23294 | mC4 |
PSJTV | नेपालमा हुने साग तयारीको बाटो खुल्यो
१५ मंसिरबाट नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितचा (साग)को तयारी गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सहज भएको छ। मन्त्रिपरिषद्ले साग तयारी कार्यविधि पारित गरेसँगै १३औं साग तयारीको बाटो खुला भएको खबर आजको नयाँ पत्रिकामा छ ।
कार्यविधि पारित भएसँगै परिषद्लाई विभिन्न समिति गठन गर्न सहज भएको छ। सागको उद्घाटन र समापनस्थलका रूपमा रहेको दशरथ रंगशालाको कुर्सी र भीआईपीर्फका छत आउने क्रममा छ। रंगशालाका लागि आवश्यक कुर्सी कोलकातामा आइपुगेको छ।
रंगशालाका छत पनि चीनबाट छुटिसकेको परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले बताए। तिम्सिनाले भने, 'हामीले कुनै पनि हालतमा १५ कात्तिकभित्र रंगशाला तयार गर्नुपर्छ। त्यसका लागि सामान निर्माणस्थलबाट सिफ्टेड भइसकेका छन्। चीनले सिपमार्फत भीआईपीको छाना पनि पठाइसकेको छ। त्यसैले अब केही सातामै समान आइपुग्नेछन्।' | 2020/01/25 11:28:53 | https://np.psjtv.com/2019/9/201992032015 | mC4 |
बुटवल वित्तिय हब, देउखुरी क्षेत्र व्यवस्थित सहर : मुख्यमन्त्री पोखरेल – esetokhari.com
बाँके सक्षम र सबल औद्योगिक शहर, पश्चिम नेपालको 'ट्रान्जिट पॉइन्ट'
२०७७ आश्विन २४, शनिबार १२:२४
नेपालगन्ज : प्रदेश सरकारले नाम लुम्बिनी र राजधानी दाङको देउखुरी लाई घोषणा गरेको छ । यतिबेला लुम्बिनीबसीले आफनो पहिचान पाएका छन् । राप्ती तटीय क्षेत्रको मैदानी भागलाई जोडेर देउखुरीलाई स्थायी राजधानी घोषणा गरिएको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बताउँछन् ।
प्रदेशको राजधानी जस्तो विषय सामान्य ढङ्गले नभएर राम्रो अध्ययन, जनताको मनोभावना र साझा मनोविज्ञानअनुसार 'भर्जिन ल्याण्ड'मा स्थायी राजधानी बनाउनुपर्ने बताउँदै आएका थिए । यसैअनुरुप सरकारको प्रस्तावमा प्रदेशसभाले राप्ती उपत्यका क्षेत्रको देउखुरी क्षेत्रलाई राजधानी र प्रदेशलाई लुम्बिनी नाम तोकेको हो । यसै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल र 'ईसेतोखरी'का प्रधानसम्पादक कमल न्यौपाने बिच भएको संवाद :
अब बुटवलको अवस्था के हुन्छ ?
बुटवल यस्तो ऐतिहासिक ठाउँ हो, जहाँ राजधानी हुँदा नहुँदा फरक पर्दैन। यसको जुन विशेषता छ त्यो अन्त्य हुने कुरा होइन। हामी पोखरालाई बुटवलसँग जोड्ने हाइवे निर्माण प्रक्रियामा छौँ। अर्कोतर्फ नारायणगढबाट पश्चिमतर्फ जाने सडक निर्माणको काम अघि बढाएका छौँ। पूर्वपश्चिम रेलमार्ग यहीँ आउँछ।
जहाँ बढी जनसङ्ख्या छ, व्यावसायिक स्टेशन त्यहीँ बन्ने हो। यी सबै क्रियाकलापले यो क्षेत्रको महत्वलाई बढाउँछ। हिजो एउटा सडकले निर्माण गरेको बजार आज धेरै सडक सञ्चाजले जोडिएको छ। यो त महानगरको रुपमा विकास हुँदै गरेको शहर हो।
यसलाई प्रशासनिक एकाइ हुनु नहुनुले कुनै अर्थ राख्दैन। यसैले बुटवल प्रदेशको पहिलो शहर हो यसलाइ मात्रै नभई समग्र रूपन्देहीलाई वित्तिय तथा पर्यटकीय शहरका रूपमा विकास गरिनेछ ।
छिटो सर्ने सरकारको योजना छैन् । अस्थायी राजधानी सार्ने भन्दा पनि स्थायी राजधानी बनाउँने उद्देश्य भएको हुनाले हामीले भर्जिन ल्याण्ड खोजेका हौँ जहाँ सबैको साझा मनोविज्ञान तयार गर्न सकियोस्। लुम्बिनी र राप्तीको संगमस्थलका रुपमा देउखुरी क्षेत्र लाई चुनेका छौँ।
नयाँ ठाउँमा आयौँ भन्दा पनि राम्रो ठाउँमा आयौँ भन्ने मनोविज्ञान तयार गर्न सक्ने ठाउँ हामीले रोजेका छौँ। कार्यालय बनाउने कुरा मात्रै हो भने त एक डेढ वर्षमै तयार हुन सक्छ । तर हामीले व्यवस्थित शहर बनाउने भनेकाले समय लाग्छ। अहिले नै बुटवलबाट राजधानी र मन्त्रालय सार्ने योजना छैन । र, तत्काल हुँदैन पनि ।
राजधानी घोषणा विवादरहित देखिएन नि ?
यो काम हामीले धेरै पहिले गर्नुपर्ने विषय थियो। विशेष गरी विगतका तीन वटा आञ्चलिक मनोविज्ञान, प्रदेशका राजधानीका सम्बन्धमा भएका आकाङ्क्षा र विभिन्न जातीय समूहले अगाडि सारेका मागलाई सम्बोधन गर्ने र उनीहरुका माग सुनेर निर्णय गर्ने कुरा कठिन थियो। हामीले परिस्थितिलाई ख्याल गरीकन विशेष समिति निर्माण गरेका थियो ।
विशेष समितिका माध्यमबाट लुम्बिनी क्षेत्रका विशेष समितिका सदस्यहरुलाई राप्ती क्षेत्रमा र राप्ती भेरी क्षेत्रका सदस्यलाई लुम्बिनी क्षेत्रमा जनताको राय सङ्कलन गर्न पठाएको हो । कुन क्षेत्रका जनताको चाहना के छ भन्ने बुझ्न सकियो भने साझा धारणा तयार गर्न सकिन्छ भन्ने हिसाबले हामीले प्रयास गर्यौंरिएको हो ।
नामकरणको विषय त्यति जटिल रहेन किनकि अन्तरराष्ट्रिय रुपमा स्थापित नाम नै प्रदेशसँग रहेकाले त्यसलाई सजिलैसँग स्थापित गर्न सकिन्थ्यो। जहाँसम्म स्थायी राजधानीको विषय थियो, त्यसका लागि हामीले सबैको मनोविज्ञानलाई जोड्न सक्ने उपयुक्त ठाउँ कहाँ हुनसक्छ भन्ने हिसाबले खोजी गरेको हो । जसलाई चलन चल्तीको भाषामा देउखुरी भनिन्छ।
भौगोलिक जटिलताको व्यवस्थापन कसरी हुन्छ ?
राजधानीको केन्द्र केलाई मान्ने भन्ने आधारमा सडक सञ्जालहरुको निर्माण हुन्छ। त्यस अर्थमा हामीले यस्तो बिन्दुमा राजधानी तोकेका छौँ जसलाई सडक सञ्जालबाट जोड्नेबित्तिकै धेरै जिल्लाहरु अहिलेको तुलनामा सुगम हुन्छन। यदि हामीले सडक सञ्जाल निर्माण गर्यौं भने गुल्मी, अर्घाखाँचीलगायतका जिल्ला स्वाभाविक रुपमा अत्यन्त निकटको सम्पर्कमा रहन्छन्।
राजधानी स्वाभाविक रुपमा रोल्पा र प्युठानका लागि मुख्यद्वारका रुपमा रहेको छ। रुकुम पूर्वलाई पनि सडक सञ्जालका माध्यमबाट जोड्यौँ भने सल्यानदाङ हुँदै आउनुपर्ने स्थिति रहँदैन। सडक सञ्जालले धेरै कुरा तय गर्छ।
राजधानीका संरचना कहिलेसम्म व्यवस्थापन हुन्छन् ?
हामीलाई आकर्षण गरेको मुख्य कुरा भनेको नदी किनार नै हो। नदी सभ्यतामा आधारित शहरीकरण भनेको दुनियाँमा धेरैतिर सुन्दर र आकर्षक मान्ने गरिन्छ। हाम्रो त्यो क्षेत्रको विशेषता के छ भने भविष्यमा नौमुरे जलविद्युत् आयोजनाको निर्माण पछाडि नदीमा निरन्तर पानी बगिरहने छ। हाम्रो सोच समग्र बस्तीको योजना बनाउने हो।
अहिले भएका बस्तीहरुलाई पनि योजना बनाएरै व्यवस्थित गर्दै लैजान्छौँ ताकि त्यहाँका कुनै पनि बस्ती अव्यवस्थित नहोऊन्। हामी एक वर्षभित्र गुरुयोजना बनाएर काम शुरु गर्छौँ।
नदी किनारको राजधानी कस्तो बन्ला अपेक्ष ?
त्यसलाई दोस्रो जलाशयका रुपमा सञ्चित गरिने छ जसको एउटा टनेलबाट कपिलवस्तुमा सिँचाइको व्यवस्था गरिने छ भने नियमित पानीको प्रवाह रहिरहने छ। यसले गर्दा हिउँदमा बढी पानी हुने र वर्षमा कम हुने समस्या समाधान हुने छ। यसरी नियमित र पर्याप्त पानी बग्ने नदीका रुपमा त्यो रहने छ र जहाँ हामी रात्रिकालीन पर्यटकीय प्रबन्ध गर्न सक्ने स्थितिमा पुग्छौँ।
स्वाभाविक रुपमा त्यस क्षेत्रलाई व्यवस्थित गर्न सक्दा एउटा सुन्दर शहर निर्माण गर्न सकिन्छ। हामी विश्वका विभिन्न शहर घुम्दाखेरि देखेका थियौँ, जहाँ नदी किनारमा शहरी सभ्यताको निर्माण भएको छ ती ठाउँ सुन्दर र व्यवस्थित हुन्छन। निजी क्षेत्र र व्यावसायिक क्षेत्रका लागि पनि संरचनागत क्षेत्रहरु छुट्याउँछौँ। त्यो रातारात बन्ने कुरा त होइन, २० वर्षपछि सुन्दर शहर प्रदेशका जनतालाई उपहार दिन सक्छौँ ।
वित्तीय र पर्यटकीय राजधानीका बिषयमा योजना के छ ?
एउटा त हामीले मन्त्रिपरिषद्का माध्यमबाटै निर्णय गरेका छौँ। त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा हाम्रो प्रदेशका संरचनाहरु सबै राजधानीमा सार्ने कुरा गर्दैनौँ। अहिले जति कार्यालय स्थापना भएका छन्, ती कार्यालयलाई त्यहीँ स्थायी रुपमा संरचना निर्माण गर्न भन्छौँ।
जहाँ क्रियाकलाप हुन्छ, त्यही उनीहरुको उपस्थिति हुनुपर्छ भन्ने हो। राज्यबाट प्रदान गरिने सेवा कहाँ केन्द्रित हुन्छ, कार्यालय त्यहीँ बन्छन्। वित्तीय र आर्थिक क्रियाकलापका सन्दर्भमा हाम्रो फोकस बुटवल र भैरहवा नै रहन्छ।
बाँकेको अवस्था के हो ?
बाँके पश्चिम नेपालकै ट्रान्जिट प्वाईट हो । यो जिल्ला आफैमा सक्षम सबल र एतिहासिक जिल्ला हो । यहाँको विकासका लागि प्रदेश सरकार जुनसुकै अवस्थामा पनि अग्रसर छ । यस जिल्लालाई औद्योगिक हबका रूपमा विकास गरिनेछ । बाँकेको नेपालगन्ज प्रदेशकै ठूलो र औद्योगिक शहर हो । त्यसैले यसको अहिलेको अस्तित्व प्रदेश सरकारले जोगाएरै राख्छ । यसमा कुनै शंका छैन् । (नोट : केही सहयोग अन्यत्रैबाट पनि ) | 2022/06/26 11:36:02 | https://esetokhari.com/?p=1260 | mC4 |
Nagarik News - सिनेमा हलमा आगलागी हुँदा ५ करोड क्षति
शुक्रबार, ०८ चैत २०७५, ०१ : ५९
सिनेमा हलमा आगलागी हुँदा ५ करोड क्षति
बुधबार, २३ साउन २०७५, १९ : ४० | अशोकसुजन श्रेष्ठ
हेटौंडाको ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रणको प्रयास गरिदै । तस्बिरः नागरिक
मकवानपुर– हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा बुधबार आगलागी हुँदा ५ करोड रुपैयाँ बढीको क्षति भएको छ।आगलागीबाट भवनभित्र रहेका सबै सामग्री जलेर नष्ट भएकाले धेरै क्षति भएको प्रहरीले जनाएको छ। 'हलभित्र रहेको पर्दा, प्रोजेक्टर, साउण्ड सिस्टम, सिटहरुसहित अन्य सबै सामग्री जलेर नष्ट भएको छ', वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवम् प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले भने, 'फिल्म देखाउने प्रोजेक्टर कक्षमा बिद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।'
आगो निभाउन हेटौंडा उपमहानगरपालिकाको दमकल पर्याप्त नभएपछि नेपाल आयल निगम अम्लेखगञ्ज डिपोको दमकल पनि ल्याईएको थियो। दमकलसहित जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँगै स्थानीय युवाहरुको करिब २ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।
हल व्यवस्थापनका अनुसार हलमा बिहानी शो नचलाइने भएकाले मानवीय क्षती भएको छैन्। नेपाली चलचित्र 'कायरा' प्रर्दशनरत रहेको हलमा शनिबारमात्र बिहानी शो देखाइने गरिएको थियो। बुधबार बिहान करिब साँढे ९ बजेबाट लागेको आगलागी हेर्न स्थानीयबासीको भिड समेत लागेको थियो।
नयाँ प्रविधिसहितको सिनेमा हल करिब ६ करोड रुपैंया लागतमा २०६७ सालमा निर्माण भएको हल सञ्चालक नरेन्द्र महर्जनले बताए। आगलागीबाट ४ सय सिट क्षमताको हल पूर्ण रुपमा जलेर नष्ट भएकाले भवन समेत प्रयोग गर्न नमिल्ने भएको बताए। हेटौंडामा सिनेमा हल सुरु भएको दुई दशकपछि ओम्याक्स सिनेमा हलले नै पहिलोपटक डिजिटल प्रविधि भित्र्याएकोे थियो।
यसैबीच, नेपाल चलचित्र संघले हेटौंडाको ओम्याक्स सिनेमा हलमा भएको आगलागीप्रति दुःख ब्यक्त गरेको छ। संघका अध्यक्ष प्रदीपकुमार उदयद्वारा जारी विज्ञप्तीमा हल सञ्चालक एवम् नेपाल चलचित्र संघका उपाध्यक्ष नरेन्द्र महर्जनलाई दुःखको समयमा आफुहरुले साथ दिने उल्लेख गरेका छन्। हेटौंडामा ओम्याक्स र नारायणी मलमा एनएस सिनेमाका २ हल सञ्चालित छन्। | 2019/03/22 10:17:51 | https://nagariknews.nagariknetwork.com/news/54322/ | mC4 |
अब हामी पनि सचेत बनौं - राष्ट्रपत्र
छिमेकी मुलुकहरूमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दै छ। कोरोना भाइरस संक्रमणवाट बँच्न सचेत र सावधानी अपनाउने काम गरौं । छिमेकी भारत र नेपालबीचको खुला सीमा नाकामा दिनहुँ हजारौं व्यक्ति निर्वाध ओहोरदोहोर गरिरहन्छन्। विशेषगरी तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीलगायतका १० नाकामा जोखिम बढेको छ। सीमा क्षेत्रमा जनस्वास्थ्यसम्बन्धी जोखिमलाई नजरअन्दाज गर्दा संक्रमणको जोखिम बढ्ने निश्चित छ।
सिमानासँगै विमानस्थलमा पनि मापदण्ड पालना, स्वास्थ्यजाँचलाई प्रभावकारी बनाउनुपर्छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वास्थ्यजाँच एवं परीक्षण सर्वसुलभ हुनुपर्छ। हेल्थ डेस्कलाई प्रभावकारी बनाउनु पर्छ। छिमेकी देश भारतमा पनि कोभिडको नयाँ लहर देखिएको छ। यसबाट कुनै पनि बेला नेपाल संक्रमणको चपेटामा नपर्ला भन्न सकिन्न। डब्लूएचओका अनुसार डेल्टाभन्दा ओमिक्रोनको संक्रमणदर निकै उच्च छ। अमेरिका, बेलायत, ब्राजिल, फ्रान्स, भारतलगायतका देशमा ओमिक्रोन बढ्दो छ । फ्रान्स र जर्मनीले त कडा नियम लागू गर्दै यात्रामा पनि प्रतिबन्ध लगाइसकेका छन्।
विश्वलाई बेलैमा सतर्क हुन डब्लूएचओले आग्रह गरिसकेको छ। ओमिक्रोन बढ्दै गएपछि छिमेकी भारतले ठाउँमा कडाइ सुरु गरिसकेको छ। दिल्लीमा शिक्षण संस्था बन्द गर्दै भीडभाड नियन्त्रणका प्रयास सुरु भइसकेका छन्। नेपाल सरकारले पनि अब सतर्कता अपनाउनु पर्ने आबश्यकता देखिएको छ । जनताको जीउज्यान र स्वास्थ्य सुरक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो। मुलुकमा ओमिक्रोन भित्रिन÷फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुनेछ। स्वास्थ्य मापदण्डको पालना गर्न÷गराउन सरकारले अविलम्ब पहल गर्नैपर्छ। नागरिकमा सचेतना फैलाउनेदेखि खोपलाई अभियानका रूपमा सञ्चालन गर्ने र स्वास्थ्य सुरक्षाका उपकरण तयारी अवस्थामा राख्नुपर्छ।
ओमिक्रोनबारे जनतालाई आतंकित पार्ने नभई सचेत र सुरक्षित बनाउनेतिर सरकारको ध्यान जान जरुरी छ। ओमिक्रोनको संक्रमणदर साँच्चै नै डरलाग्दो देखिएको छ। स्वास्थ्य सामग्री पनि अभाव हुन सक्छ। यसले अर्को भयावह अवस्था नआउँला भन्न सकिन्न। आगामी चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेको सरकारले व्यवहारमा भने त्यस अनुरूप काम गर्न सकेको छैन। आर्थिक वर्षको पाँच महिना बित्दा पनि आधा जनसंख्याले खोप पाउन सकेको छैन। अबको तीन महिनामा सबै नागरिकले खोप पाउने सरकारको घोषणा केवल कागजमै सीमित हुने देखिन्छ। | 2022/01/18 07:47:38 | https://rastrapatra.com/archives/4209 | mC4 |
नेपालमा यसरी गरिँदैछ कोरोना खोपको तेस्रो चरणको ट्रायल – Sudarshan Khabar
नेपालमा यसरी गरिँदैछ कोरोना खोपको तेस्रो चरणको ट्रायल
कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि विश्व शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा भइरहेको बेला खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिस्प्रर्धा देखिन थालेको छ ।
पछिल्लो समय खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिष्प्रर्धा देखिन थालेको हो । नेपालले पनि कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदिप ज्ञवाली बताउँछन् ।
खोपको तेस्रो चरणको ट्रायलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएकाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायलका लागि अध्ययन गरिरहेको परिषद्का सदस्य सचिव ज्ञवालीको भनाइ छ ।
नेपालले भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपका बारेमा परिषद्ले गहन अध्ययन गर्ने र प्रक्रियामा जान थालिएको समेत उनले बताए ।
नेपालमा अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेका कम्पनी, रुसको गेमेलिया र चीनको हङ सी कम्पनीले निर्माण गरेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रयालको लागि इच्छा देखाएका छन् ।
विश्वसनीय आधारमा मात्रै ट्रायल अनुमति दिनुपर्छ
नेपालमा तेस्रो चरणको ट्रायलमा ल्याउँदा खोप निर्माणको पहिलो र दोस्रो चरण विधिपूर्वक (क्लिनिकल ट्रायल) गरेर पियर रिभ्यु गरे–नगरेको पत्ता लगाएर मात्र ल्याउनुपर्ने जनस्वास्थ्यविद् रविन्द्र पाण्डे बताउँछन् ।
अन्य धेरै राष्ट्रमा ट्रायलमा गएको खोपलाई मात्रै क्लिनिकल ट्रायल गर्ने अनुमति दिन जरुरी भएको उनी बताउँछन् ।
यता, कतिपय राष्ट्रले कोरोना विरुद्धको खोप निर्माणको दाबी गरे पनि ती राष्ट्रले बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित नगरेको जनस्वास्थ्यविद्ध बाबुराम मरासिनी बताउँछन् ।
बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित नगर्ने राष्ट्रले निर्माण गरेकोे खोप तेस्रो चरणको ट्रायलको लागि ल्याउँदा घातक बन्न सक्ने डा.पाण्डेको पनि प्रतिक्रिया छ ।
सरकारले रुसमा निर्माण भइरहेको कोरोना विरुद्धको खोेपका लागि प्रक्रिया सुरु गरेको भनिरहँदा सो खोपले साइड इफेक्ट धेरै देखिन सक्ने प्रतिक्रियाहरु पनि आइरहेका छन् ।
रुसको गेमेलिया इन्स्टिच्युटले निर्माण गरेको उक्त खोप तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि बैज्ञानिक जर्नलमा (अनुसन्धान निश्कर्ष) प्रकाशित नगरेका कारण वैज्ञानिकहरूले असहमति जनाउँदै आएको डा.पाण्डेले बताए ।
त्यस्तै रुसले नै साइबेरियामा रहेको विश्वकै ठूलो भाइरस ल्याबमा कोरोना विरुद्धको अर्को खोपको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल गरेको छ । उक्त खोपको नतिजा पहिलो खोपभन्दा प्रभावकारी भएको अनुसन्धानहरूले देखाएको उनी बताउँछन् ।
अपरिपक्व तरिकाले खोप निर्माण गरेका कम्पनीका खोप ट्रायलकै लागि प्रयोग गर्दा झन् जोखिम बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारी बताउँछन् ।
कोेरोना विरुद्धको खोप बनाएका राष्ट्रले ट्रायलका लागि इच्छा देखाएपनि खोप निर्माणका क्रममा प्रत्येक चरण पार गरेको नगरेको गहन रुपमा अध्ययन गरेर अनुमति दिनुपर्ने डा.अधिकारीको भनाई छ ।
क्लिनिकल ट्रायलमा सहभागी हुनु भनेको जोखिमपूर्ण काम भएकाले गहन अध्ययन विना ल्याइएको खोपले स्वास्थ्यमा गम्भीर असर पार्ने समेत विज्ञहरूको भनाई छ ।
ट्रायल खोप भन्दैमा डराउनुपर्दैन
विश्वसनीय कम्पनीले खोप निर्माणका प्रत्येक प्रक्रिया र तह पार ल्याएको छ भने तेस्रो चरणको ट्रायलसँग डराउनु नपर्ने विज्ञहरुको प्रतिक्रिया छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गहन अध्ययन गरेर नै तेस्रो चरणको ट्रायलका लागि खोप ल्याउन लागेको डा.मरासिनीले बताए ।
डा.पाण्डेले पनि केही विश्वसनीय कम्पनीहरुले विकास गरेका खोपहरुलाई अनुमति दिन सकिने बताए । उनले अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेका, जर्मनी र अमेरिकाको संयुक्त प्रयासमा फाइजर कम्पनी, अमेरिकाकै मोडेर्ना, चीनको कान्सिनो बायोलोजिक्स, भारतको कोभ्याक्सिन र चीनकै सिनोफार्म बायोटेकले विकास गरेका खोपलाई नेपाल सरकारले तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिन सक्ने दाबी गरे ।
त्यस्तै डा.अधिकारीअनुसार कोरोनाभाइरसविरुद्ध बनेको खोप तेस्रो तह पास गर्न कम्तीमा ५÷६ महिनाको समय लाग्न सक्छ । उनले पनि विश्वसनीय कम्पनीले प्रक्रिया पुर्याएर ल्याएको खोप तेस्रो चरणको ट्रायलका लागि प्रयोग गर्दा डराउन नपर्ने बताए ।
भाइरस विरुद्धको खोप बनाउने जुनसुकै निकायले ल्याब, जनावर र सीमित मान्छेमा समेत परीक्षण गरेर त्यसको उपयोगिता तथा असर पत्ता लगाएर मात्रै मानिसमा ट्रायल गर्ने उनको भनाई छ ।
त्यसैगरी कोरोनाभाइरस विरुद्धको खोप पनि विभिन्न चरणमा परीक्षण गरेर मानिसमा ट्रायल गरिएकोले ट्रायलका नाममा डराउन नहुने डा.अधिकारी बताउँछन् ।
डा.मरासिनीले भने तेस्रो तहको ट्रायल पास गरेपछि खोप महँगोमा किन्नुपर्ने भएकोले पनि ट्रायलका लागि नेपाल भित्र्याउनुपर्नेमा जोड दिए ।
महामारीका बेलामा संसारमा कोरोनाको खोप तथा औषधिको अत्यधिक माग हुने भएकाले नेपालले खोप पाउने सम्भावना कम हुने उनको भनाई छ । त्यसैले राम्रा कम्पनीले निर्माण गरेको खोप ट्रायलका लागि नेपालमा ल्याउने पहल सकारात्मक भएको उनको भनाई छ । | 2021/01/17 09:09:19 | https://sudarshankhabar.com/archives/5905 | mC4 |
प्रदेश १ को कांग्रेस सभापतिमा सिटौलाका उम्मेदवारलाई देउवाको समर्थन :: राजु अधिकारी :: Setopati
गुरूराज घिमिरे र उद्धव थापा भिड्ने
विराटनगर, मंसिर १६
पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारूढ नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा गुरूराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।
प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने तय भएको हो। कांग्रेस नेताका अनुसार वरिष्ठ नेता रामचन्न्द्र पौडेल र नेता डा. शेखर कोइराला प्यानलबाट नेपाल विद्यार्थी संघका पूर्व सभापति घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको छ ।
'गुरूराज घिमिरेको नाममा सहमति भइसकेको छ,' विराटनगर कांग्रेस सभापति दिपक चापागाइँले सेतोपाटीसँग भने, 'अहिले नेतृत्वतहका नेताहरू बसेर अन्य पदमा कसलाई पठाउने भन्ने छलफल भइरहेको छ।' संस्थापन इतर पक्षबाट कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिको दौडमा थिए।
दुई जना नेताको दाबी परेपछि सहमति जुटाउन बिहीबार बिहानैदेखि नेता महेश आचार्यको विराटनगरस्थित निवासमा बैठक चलेको थियो। त्यसक्रममा नेता घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको महानगर सभापति चापागाइँले बताए।
संस्थापन पक्षले प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारेको छ। नेता कृष्णप्रसाद सिटौलानिकट नेता थापानै देउवा–सिटौला प्यानलको उम्मेद्वार बन्ने टुंगो लागेको कांग्रेस नेताहरूले बताएका छन्। प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन्।
देउवा र सिटौला पक्षबीच वागमती र प्रदेश १ मा सभापति पद भागबण्डा गर्ने सहमति अनुसार प्रदेश १ सिटौलाको भागमा परेको हो।
कांग्रेस प्रदेश १ को अधिवेशन उद्घाटन कसरी गर्ने भन्ने विषयमा सहमति नहुँदा भोलि बिहानसम्मलाई कार्यक्रम स्थगित भएको छ। निर्वाचन कार्यक्रम भने यथावत रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
विराटनगरस्थित विराट नर्सिङ होमछेउको खाली जग्गामा अधिवेशन आज उद्घाटन गर्ने कार्यक्रम थियो। उद्घाटन समारोहमा कार्यकर्ताको भीड बढे पनि कार्यक्रम भर्चुअल माध्यमबाट सभापति शेरबहादुर देउवाले गर्ने कि शेखर कोइरालाले गर्ने भन्ने विषयमा विवाद भएको स्रोतको भनाइ छ।
'नेताहरूबीच कार्यक्रम उद्घाटन समारोह कसरी गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको जानकारीमा आएको छ,' कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, 'एउटा पक्षले शेरबहादुर देउवाले भर्चुअल माध्यामबाट कार्यक्रम उद्घाटन गर्ने भनेका थिए भने अर्को पक्षले शेखर कोइराला वा कृष्ण सिटौलामार्फत नै कार्यक्रम उद्घाटन हुनुपर्ने अडान राखेपछि विवाद भयो।'
उद्घाटनको विषयमा दुवैपक्ष छलफलमा बसेपछि समय लम्बिएको ती नेताले बताए। यता विराटनगर महानगरपालिकाका कांग्रेस सभापति दीपक चापागाईंले भने प्रतिनिधिको नाम लिष्ट नआइपुगेकाले अधिवेशन उद्घाटन समारोह बिहानसम्म स्थगित भएको जानकारी दिए। 'प्रतिनिधिको नाम लिष्ट नआइपुगेको र केही प्राविधिक तयारी नपुगेको कारण अधिवेशनको उद्घाटन समारोह स्थगित भएको हो,' चापागाईँले भने, 'अन्य कुनै कारण होइन, निर्वाचनका अरू कार्यक्रम यथावत छन्। भोलि बिहान ८ बजेदेखि कार्यक्रम उद्घाटन हुने र ९ बजेदेखि नै उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम छ।' | 2022/05/20 05:01:01 | https://img.setopati.com/mahadebeshan-bishesh/congres/255703 | mC4 |
मुख्य पृष्ठविज्ञान प्रविधि विविध२४ घन्टाभित्रै दुना–टपरी हराउने बराहापोखरी
सावाखोला बेँसीक्षेत्रमा बाँदर, भालु र फट्याङ्ग्रो समूहमा पर्ने एक प्रकारको रातोपाटे पानीकिराको प्रकापबारे जानकारी सङ्कलन गर्दै हामी सीधै ठाडो ओरालो बराहापोखरी उपत्यकातर्फ लाग्यौँ ।
जङ्गलबाट बराहापोखरी झल्याक–झुलुक देखिन्छ । घाम डाँडामाथि पुगिसकेकाले हतार गर्दै झ¥यौँ । तर बाटो एकदमै भिरालो थियो । एकछिनमा त्यही पनि हरायो ।
तल पोखरी र पोखरीमा रातो दरीझैँं राता माछाहरू देखिँदै थिए । हामी त्यही दिशा लक्षित गर्दै अघि बढ्यौँ । बाटो जोखिमपूर्ण चिप्लो भित्ताझैँ थियो । बुटा–बुटी समात्दै ओर्लियौँ । झमक्क साँझ पर्दा विशाल पहाडको काखमा रहेको सुन्दर पोखरीकिनारमा आइपुग्यौँ ।
२१ वर्षअघिको बराहापोखरी
साँझपखको धूप–छाया उज्यालोमा पानी हेरेँ । एकदम कञ्चन, सफा थियो पानी । मैले हात–मुख धोएँ । किनारा वरिपरि नियालेँ, निकैपरसम्म पुगेको अन्डाकारको रहेछ । त्यहाँका माछा राता र नीला रङका रहेछन् ।
असोज १३ गते बिहान अबेला उठियो । हिजो रातिको ठुलो हुरी र डरलाग्दो गड्याङगुडुङले गर्दा निकै ढिलो सुतिएको थियो । हामीलाई गाइड गर्दै आएका भतिजी पार्वती र साथीचाहिँ स्कुल भ्याउने भनी चिसापानीतर्फ फर्के ।
म पोखरीको अध्ययन अवलोकन गर्न सीधै बराहापोखरीतर्फ लागेँ । बिहानको स्वच्छ मौसममा पोखरी झन् सुन्दर देखियो । एक हजार एक सय मिटर उचाइमा रहेको यो पोखरी यहाँको एउटा प्राकृतिक पोखरी हो ।
पोखरीकिनारमा एउटा मन्दिर पनि छ । त्यस मन्दिरका पुजारी गिरीबन्धु रहेछन् । उनैलाई लिएर पोखरीको अवलोकन गर्दै घुमेँ । पोखरीको क्षेत्रफल ४७ रोपनी (लगभग तीन दशमलव पाँच हेक्टर) रहेछ ।
नेपाले रैथाने किथ्रे भ्यागुतोः (क्रिकेट फ्रग, माइनोभेरिया नेपालेन्सिस)
बराहापोखरीको निकै ठुलो पर्यटकीय र धार्मिक महत्त्व रहेको पुजारीले बताए । पुजारीका अनुसार वर्षैपिच्छे यहाँ गुरूपूर्णिमा तथा माघे-सङ्क्रान्तिमा ठुलो मेला (बजार) लाग्दोरहेछ । गुरुपूर्णिमाका दिन त यसक्षेत्रका मात्र नभई टाढा–टाढाबाट धामी, झाँक्री तथा श्रद्धालुहरू आउँदा रहेछन् । यस पर्वको सन्दर्भ पारेर दुई–तीन दिनसम्म रात–दिन बजार लाग्दोरहेछ ।
सोही अवसरमा यहाँ छोङ्खा साकेलामा झैँ बेल्टार, गाईघाट, लाहान तथा धरानका व्यापारीहरू आफ्नो व्यापार लिएर आउँदा रहेछन् ।
जनविश्वास के छ भने यहाँका पानीहाँसले पत्करहरू टिपेर बाहिर लग्ने हुँदा बराहापोखरी सफा भएको हो । विशेष अवसरमा यहाँ सयौँ श्रद्धालुहरूले चढाएका फलफूल तथा दुना–टपरीहरू पनि २४ घन्टाभित्रै पोखरीमा हराउँछन् ।
निश्चित आकार नहुनु, प्रशस्त मात्रामा ल्याइते रङ्गीन माछाहरू (गोल्ड–फिस) हुनु, पानी आउने स्रोत र जाने निकास दुवै नहुनु आदि यस पोखरीका विशेषताहरू हुन् । जनश्रुति अनुसार यसको निकास भित्रभित्रै दिप्लुङ–डाँडा काटेर भानमति खोलामा निस्कन्छ रे !
बराहा पोखरी सङ्लो पानीले बनेको कम उत्पादक (ओलिगेटोफिक लेक) प्रकारको देखिन्छ । यसका तीनै पाटामा पातला जङ्गलहरू भए पनि ती रुखका पात–पतिङ्गरहरू यस पोखरीमा देखिँदैनन् ।
जनविश्वास के छ भने यहाँका पानीहाँसले पत्करहरू टिपेर बाहिर लग्ने हुँदा पोखरी सफा भएको हो । विशेष अवसरमा यहाँ सयौँ श्रद्धालुहरूले चढाएका फलफूल तथा दुना–टपरीहरू पनि २४ घन्टाभित्रै पोखरीमा हराउँछन् । यसक्षेत्रका प्रायः सबै पोखरीहरू बराहा, रौता, साल्पा, गुफा, दूध, माइतम्बे आदिबारे प्रायः एकै प्रकारको जनविश्वास रहेछ ।
बराहापोखरी सेरोफेरोका क्षेत्रहरू चिसापानी, दिप्लुङ–डाँडो, सिन्ताङ–डाँडो आदि । तस्बिर : देवान राई
मैले बराहापोखरी चारैतिर घुमी–घुमी अध्ययन गरेँ । पोखरीकिनारमा भेटिएका उभयचरका केही प्रजातिहरू जस्तै नेपाले किथ्रे भ्यागुतो (माइनभेरिया नेपालेन्सिस), पल्टने आहाले भ्यागुतो (युफ्लिक्टस साइनोफ्लिक्टस) आदि नमुनाहरूको तथ्याङ्क लिएँ । बराहापोखरी सेरोफेरोमा बगैँचे छेपारो (क्यालोट्स भर्सिकलर), हरेउ वा गुर्भे–सर्प (भाइपर) आदि सरीसृपहरू पाइने कुरो पनि टिपोट गरेँँ ।
बराहापोखरी दिप्लुङ–डाँडा र सिन्ताङ–डाँडा (एक हजार ६ सय मिटर) माझमा बनेको उपत्यकामा भएको हुनाले एकातर्फ मात्र खुला छ । डाँडा काटिसकेपछि यो पोखरी देखिँदैन । उपत्यका ठुलो छ । गाउँघर अलि टाढा छ । | 2021/05/11 09:24:55 | https://www.koshionline.com/2021/02/21/256261.html | mC4 |
'डुइङ बिजनेसमा' नेपालको १६ स्थान सुधार, ऋण लिन सजिलो तर कर तिर्नै अप्ठ्यारो
'डुइङ बिजनेसमा' नेपालको १६ स्थान सुधार, ऋण लिन सजिलो तर कर तिर्नै अप्ठ्यारो
बिजखबर संवाददाता २०७६ कार्तिक ७ (October 24, 2019) मा प्रकाशित
काठमाडौ । व्यवसाय संचालनका लागि सहयोगी वातावरण निर्माणमा नेपालले सुधार गरेको पाइएको छ । विश्व बैंकले बिहिबार बिहान सार्वजनिक गरेको 'डुइङ बिजनेस प्रतिवेदन २०२०' अनुसार १९० देशमध्ये नेपालले गत बर्षको आफ्नो स्थानमा सुधार गर्दै १६ स्थान माथी उक्लिएको हो । प्रतिवेदन अनुसार सन २०२० मा नेपाल ९४ औ स्थानमा पुगेको छ । सन २०१९ मा नेपाल ११० औं स्थानमा थियो ।
नेपालले डुइङ बिजनेसमा कुल ६३.२ अंक प्राप्त गरेको छ ।
विश्व बैंकले विभिन्न १० ओटा सुचकको आधारमा डुइङ बिजनेसको समग्र प्रतिवेदन तयार गर्छ । जसमध्ये ऋण प्राप्त गर्न नेपालमा तुलनात्मक सजिलो देखिएको छ । यो सुचकमा नेपालको ३७ औं स्थान छ । तर कर तिर्नै नेपालमा अप्ठ्यारो परिस्थिती देखिन्छ । यो सुचकमा नेपालको स्थान १७५ औं रहेको छ ।
यसबाहेक व्यवसाय सुरु गर्ने सुचकमा १३५ औं, निर्माण अनुमतिमा १०७ औं, विद्युत प्राप्तिमा १३५ औं, कम्पनी दर्तामा ९७ औं, साना लगानीकर्ताको सुरक्षामा ७९ औं, क्रस बोर्डर व्यापारमा ६० औं, समस्या समाधानमा ८७ औं स्थानमा रहेको छ ।
नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा, दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्न सफल
मलेसियाको रोजगारी खुलाउन दुबै देश सहमत, नोभेम्बर १ मा स्वास्थ्य संस्था निरीक्षण गर्न मलेसियन सरकार आउँदै | 2019/11/22 12:24:58 | http://www.bizkhabar.com/economy/61790.html | mC4 |
मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन सुरु | Navadristi.com – Nepal Leading Online News Protal
मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन सुरु
३ आश्विन २०७५, बुधबार ०७:४३
काठमाडौं, ३ असोज ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरूले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।
अनलाइन मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यालयले सफ्टवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेका कामको विवरण अपडेट गर्न भनेको थियो । तर, केही मन्त्रालयलाई सफ्टवेयरमा कसरी प्रगति विवरण अपडेट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यमलाल भुसालले बताए ।
उनले सरकारको नीति र बजेटका आधारमा मन्त्रालयले पेस गरेको कार्ययोजनाअनुसार कति काम भइरहेको छ भन्ने विषय अब अनलाइनबाटै अनुगमन हुने बताए । त्यसक्रममा विवरण अनलाइनमा अपडेट गर्न केही मन्त्रालयलाई अन्योल देखिएपछि मन्त्रालयमै गएर सिकाइएको उनले बताए । अनलाइन अनुगमन प्रणाली भर्खर सुरु भएकाले सबै मन्त्रालयलाई सक्रिय बनाउन केही समय लाग्ने सहसचिव भुसालको भनाइ छ । करिब एक सातापछि अनलाइनबाट मन्त्रालयको अनुगमन गर्ने प्रणाली सक्रिय हुने उनले बताए ।
गत २७ असारमा प्रधानमन्त्री केपी ओलीले हरेक मन्त्रालयसँग सरकारको नीति तथा योजना र बजेटअनुसार आर्थिक वर्षका लागि मन्त्रालयको कार्ययोजना माग गरेका थिए । त्यसै आधारमा मन्त्रालयले समय तोकेर पेस गरेको कार्ययोजनाअनुसार काम गरिरहेको छ कि छैन भन्ने अध्ययन गर्न प्रधानमन्त्रीको कार्यालयले अनुगमन महाशाखा बनाएको छ । महाशाखाले अनलाइन प्रणालीबाटै अनुगमन गर्ने सफ्टवेयर निर्माण गरेको छ । उक्त सफ्टवेयरमा हरेक मन्त्रालयले आफ्नो कार्ययोजनाअनुसार भएको कामको विवरण पेस गर्नुपर्नेछ । नयाँपत्रिकाबाट | 2021/10/28 09:13:48 | https://navadristi.com/archives/22673 | mC4 |
विदेशी लगानी भित्र्याउने नाममा मौलिक व्यवसाय र पर्यावरणमाथि आक्रमण - Jhilko
विदेशी लगानी भित्र्याउने नाममा मौलिक व्यवसाय र पर्यावरणमाथि आक्रमण
जलविद्युत्, कृषि, पर्यटन पूर्वाधार निर्माण लगायतका विभिन्न ६३ परियोजना देखाउँदै यही चैत १५ र १६ गते लगानी सम्मेलनका नाममा तेस्रो पटक काठमाडौँमा धनाढ्यको कुम्भ मेला आयोजना हुँदैछ । करोडौँ खर्चेर सरकारले गर्न लागेको मेलामा देशी एवम् विदेशी धनाढ्यहरुको जमघट हुने बताइएको छ । यसै सम्मेलनले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्ने आधार तयार गर्ने विश्वासमा सरकार छ । विगतका असफल प्रयासका वाबजुद पनि सरकार देशभित्र भएका साधन र स्रोतको दोहन गर्न खुलेयाम आह्वान गर्दै आएको छ ।
हुन त यस्तो आह्वान पहिलो होइन । यसभन्दा अघि दुईपटक यस्तै प्रयास भएका थिए । विसं २०४८ मा पहिलो लगानी सम्मेलन गरियो । कानुनी रुपमा वैदेशिक लगानी खुला नहुँदै भएको सम्मेलनले वैदेशिक लगानी भित्र्याउन सकारात्मक सन्देश गएको दावी गरिएको थियो । भलै त्यो सम्मेलन हुँदा कुनै नीतिगत प्रयास भएका थिएनन् । तर पनि यही विन्दुबाट शुरु भएको थियो, राष्ट्रिय अर्थतन्त्रमाथिको हमला । राष्ट्रिय उद्योगहरु यसै समयदेखि धरासायी बनाइएका थिए । त्यसैबेलादेखि शुरु भएको नीतिगत रुपमा भएका विदेशी तथा स्वदेशी नाफाखोरको हमला आजका दिनसम्म पनि जारी छ । विगतको तुलनामा अहिले झनै चौतर्फी रुपमा हमला हुन थालेको छ । जसका कारण देशको प्राकृतिक स्रोतसाधनको प्रयोग लथालिंग हुँदै गएको छ ।
दोस्रो पटक फागुन १९ र २०, २०७३ सालमा भएको 'नेपाल लगानी सम्मेलन' मा करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धता थियो । स्वदेशमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले सम्मेलनबाट रु एक खर्ब लगानीको प्रतिबद्धता आउने विश्वास लिएको थियो । त्यतिबेला अपेक्षाभन्दा बढी प्रतिबद्धता आएको सरकारले दावी गरेको थियो । यस समयमा पनि देशभित्र बाँकी बचेका केही पुराना नीतिलाई बङ्ग्याएर केही स्वार्थ बोकेका विदेशी तथा स्वदेशी दलाललाई साधन र स्रोतको दोहन गर्न अनुमति दिइयो ।
यसपटको लगानी सम्मेलनमा केमिकल फर्टिलाइजर, एकीकृत कृषि पूर्वाधार, स्वास्थ्य, प्राविधिक विश्वविद्यालय, औद्योगिक पार्क, विशेष आर्थिक क्षेत्र, पार्क र लक्जरी पर्यटन, फिल्म सिटी, होटल तथा रिसोर्ट, विमानस्थल, रेलमार्ग, ¥याफ्टिङ ट्रान्सपोर्ट, स्मार्ट सिटी, एकीकृत फोहोरमैला व्यवस्थापन र सम्मेलन केन्द्रजस्ता क्षेत्रका परियोजना देखाएर ३८ देशका छ सय २७ जनाले सम्मेलनमा भाग लिने लगानी बोर्डले दावी गरेको छ । बोर्डको दावी जे होस्, खास कुरा सम्मेलनमा आउनेले के माग्दछन् र दिनेले के दिने भन्ने हो । उल्लेख गरिएका प्रस्ताव हेर्ने हो भने देशको प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गर्न खोजिएको बुझिन्छ । कृषि क्षेत्रमा अन्धधुन्ध लगानी भित्र्याउन दिने हो भने कृषि पर्यावरणमा नकारात्मक प्रभाव पर्नुका साथै खाद्य सुरक्षामा चुनौति आउने देखिन्छ ।
पार्क तथा लक्जरी पर्यटनको नाममा स्वदेशी पर्यटन व्यावसायीको रोजीरोटी खोस्नेदेखि लिएर पर्वतीय प्रणालीमा प्रतिकूल हुने गरी विदेशी लगानीलाई अन्धाधुन्ध भित्र्याउने प्रस्ताव अगाडि बढाइएको छ । उदाहरणका लागि सय कोठा भएको पाँच तारे लक्जरी रिसोर्ट शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र बनाउने प्रस्ताव गरिएको छ । सन् १९८४ मा स्थापना भएको यो निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । मुगु र डोल्पा जिल्लामा पर्ने यस निकुञ्ज तीन हजार पाँच सय ५५ वर्ग किलोमिटर क्षेत्रफल छ । यसबाट के बुझिन्छ भने लगानीका नाममा देशको स्वरुप विगार्ने गरी प्राकृतिक स्रोतको दोहन गर्न खोजेको देखिन्छ । यसरी धुन्धुकारी शैलीमा तयार गरिएको नीतिमार्फत देशको राष्ट्रिय जलवायु अनुकूललाई बेवास्ता गर्ने हो भने भावी पुस्तालाई कस्तो प्रकृति हस्तान्तरण गर्दै छौं भन्ने भयंकर समस्या निम्तिने देखिन्छ । यसले दिगो विकासमा चुनौति थप्नुका साथै विकास र वातावरणीय सन्तुलन गुम्न पुग्छ ।
त्यसैगरी यस सम्बन्धमा पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायमा वैदेशिक लगानी मान्य नहुने बताएको छ । पोखराका पर्यटन व्यावसायीले पनि पर्यटन क्षेत्रमा अन्धाधुन्ध तवरले लगानी भित्र्याएमा देशभित्रका व्यवासायी मारमा पर्ने र प्राकृतिक स्रोत दुरुपयोग हुने बताउँदै आएको छ । विदेशी लगानीकर्ताले प्रतिफलमात्र हेर्ने हुनाले देशको पर्यावरणीय सन्तुलन र प्राकृतिक स्रोतको दुरुपयोग हुने देखिन्छ ।
त्यस्तै टानका अध्यक्ष नवराज दाहालले पदयात्रा क्षेत्रमा पूर्णरुपमा विदेशी लगानी गर्न दिने भन्ने समाचारप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वदेशी पदयात्रा व्यवसायीलाई निरास बनाउने किसिमको निर्णय कार्यान्वयन नगर्न सरकार समक्ष आग्रह गरेका छन् । पदयात्रा नेपालको एकमात्र मौलिक व्यवसाय हो । चार दशकभन्दा बढी समय यो क्षेत्रमा लगानी गर्ने सक्षम नेपाली व्यवसायी नै हुन्, त्यसैले विदेशी लगानीकर्ताको आवश्यकता पर्दैन । यदि त्यस्तो निर्णय कार्यान्वयन भए व्यवसायी सङ्घर्षमा जान बाध्य हुनेछौँ अध्यक्ष दाहालले भनेका छन् ।
विदेशी लगानीकर्तालाई पदयात्रा व्यवसायमा लगानी गर्न दिने भन्ने निर्णय स्वदेशी पदयात्रा व्यवसायी हितविपरीत हुन जाने र विदेशी लगानीकर्ताको मात्र एकाधिकार हुन जाने टानको आशङ्का छ । पर्यटन विभागको ट्रेकिङ शाखाका अनुसार मुलुकभर दुई हजार छ सय ७५ ट्रेकिङ कम्पनी दर्ता छन् । यी सबै व्यवसायीको रोजीरोटी त खोसिने छँदै छ । त्योभन्दा पनि देशको पर्यावरणलाई ध्वस्त पार्ने नियतसँगै आएका विदेशी लगानी ल्याउन दिन हुन्न भन्ने नै हो । समयबद्ध साप्ताहिकबाट | 2022/01/28 15:58:27 | https://archive.jhilko.com/post/--1342 | mC4 |
अलपत्र कोपिलाहरु फुलाउने सुन्दर बगैंचाकी पुष्पा भन्छिन : सबै छोरीहरुलाई आत्मनिर्भर बनाउँछु (भिडियो )
बाटोमा फ्याकिएका छोरीहरुकी साझा आमा पुष्पाको मातृत्व–प्रेम
-संगीता अधिकारी
२०७७ श्रावण १६ शुक्रबार १३:२१:००
उठ–उठ नारी हो अब डर छैन ।
एउटा मात्रै हातले ताली बज्दैन ।
कति बिकास गरीसके बिदेशका नारीले ।
हामीलाई छोड्दैन घाँसको भारीले ।।
एकै स्वरमा लय हालेर गित गुनगुनाई रहेका छन्, राजधानीको बुढानीलकण्ठ नगरपालिका आकाशेधारामा रहेको एक बाल गृहका बालिकाहरु । १५ जनाको समूहमा, करिब ५ बर्ष देखी ८ बर्ष सम्मका यी कलिला बालिकाहरु निकै मिठो स्वरमा गीत गाइरहेका थिए । धक फुकाएर सुरिलो स्वरमा गित गाउन मात्रै होइन, त्यहाँ पुग्ने प्रत्येक पाहुनालाई धक नमानी आफ्नो परिचय दिन खप्पीस छन्, यी कलिला नानीहरु ।
केयर बालगृहमा रमाउंदै बालिकाहरु
यी फुल्दै गरेका तिनै कलिला सपना हुन,जसलाई आफ्नै जन्मदाताले कोपिलामै बाटोमा मिल्काईदिए । तर तीनै बाटोमा मिल्काइएका कलिला कोपिला बटुलेर सुन्दर बगैंचा बनाईरहेकी छिन्, उनीहरुकी साझा मामू अर्थात समाजसेवी पुष्पा अधिकारी । भविष्यमा पाइलट,इन्जिनियर,डाक्टर,पुलिस,मोडल,गायिका इत्यादि बन्ने सपना अहिले बाल केयर गृहमा हुर्किरहेका छन् ।
भबिष्यमा नर्स बन्ने सपना छ एन्जिला अधिकारीको । जन्मदिने बाबुआमा भनेपनि कर्मदिने दिने आमा उनका लागी पुष्पा नै बनेकी छिन । उनिहरुलाई अहिले भेट्न आउनेको तात लाग्छ गृहमा । भेट्न आउनेले कसैले चकलेट,किटक्याट ल्याइदिन्छन् । बिच्छयाएको गलँैचामा लाइनमा पलेटी कसेर बसेका एन्जिला सहितको समुहको हातमा एउटा एउटा किटक्याट थियो । कसैले पनि त्यो किटक्याट खोल्न र खान सकेनन् किनकी उनिहरु गृहको अनुशासनको घेरा भन्दा बाहिर जान सक्दैनन् । एन्जिला भन्छिन "पुष्पा मामुले खाउ भनेपछि मात्रै हामी खान्छौ । एन्जिलाको स्वरमा सबैले स्वर मिलाए ।
दोस्रो साउने सोमबारका दिन तिनै बालिकाहरु बालगृह नजिकैको एउटा चौरमा खेलिरहेका थिए । उनिहरु आ आफनै धुनमा थिए । उनिहरु खेल्दै गर्दा कता कता बच्चा रोइरहेको बालिकाहरुले सुने र देखे । एउटा कार्टुन भित्र,सफा कपडाले बेरिएकी प्राप्तिका भेटिइन । मामु पुष्पालाई खबर गर्न नपाउदै ति शिशुको नाम उनिहरुले प्राप्तिका राखि दिए । अनि अनुनय गरे सानी प्राप्तिकालाई बालगृह लैजान । पहिले नै यति धेरै छोरीहरुको लालनपालन गरीरहेकी पुष्पाको मनमा द्विविधा चलिरहेकै थियो, तर ती अवोध वालिकाले च्याप्प समातेको आफ्नो हात छुटाउन सकिनन् उनले ।
एकाएक फोटो सामाजिक संजालमा भाइरल बन्यो । बच्चा कसको हो कसले फालेको हो भन्ने अहिले सम्म पत्ता लागेको छैन । आफ्नो परिवारमा थप नयाँ सदस्य थपिएकोमा उत्साहित भएको बताउँछिन् पुष्पा ।
कपनको झाडीमा भेटिएकी प्राप्तिका संगै पुष्पा
४ बर्षको शिशु उमेरमै बाल केयर केन्द्रले बाटोमा अलपत्र आफूजस्तै स–स्याना नानीहरुलाई पुर्नजीवन दिइरहेको छ । लामो समयदेखि विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवले खारीएकी पुष्पाले यी कलिला मुनाहरुको हेरचाह, अनि पालनपोषण सहित सम्पूर्ण शिक्षादीक्षाको जिम्मा लिएकी छिन् । कतैबाट सहयोग नपाएपनि आफन्तहरुसँग रिन मागेरै भएपनि कलिला नानीहरुको लालनपालनमा कुनै कसूर नछोडेकी पुष्पालाई केही मान्छेले लगाउने वचनले भने चसक्क घोचेको बताउछिन । आफन्तहरु सँग लिएको रिनले मुखमा मास्क लगाएर हिडेको उनि बताउछिन् ।
आफ्नो विद्यार्थी जीवनदेखि नै महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएकी पुष्पाले बाल गृहमा छोरीहरुलाई मात्रै आश्रय दिइरहेकी छिन् । आफ्नै घरमा भएकाले भाडा तिर्नु नपरे पनि छोरीहरुको लालन पालनमा आर्थिक हिसाबले हम्मे हम्मे परेको छ । अहिलेसम्म कहिं कतैबाट आर्थिक सहयोग नपाएकी पुष्पालाई कार्टुनमा भेटिएकी प्राप्तिकाको प्राप्तिसंगै सहयोगी मनहरु प्राप्त हुन थालेका छन् । पुष्पा एक्लैले गरेको यो होस्टेमा अन्य सहयोगी हातहरुले पनि हैंसे गर्ने हो भने मातृत्व बीहिन प्राप्तिका र उनीजस्ता धेरै वालिकाको भविष्य उज्यालो हुनसक्छ । | 2020/11/24 01:30:44 | https://tvannapurna.com/news-details/23727/2020-07-31 | mC4 |
छोरीको शव आफ्नो काँधमा बोकेर चिहान खोज्दै हिडेका बाबु - Nepali in Australia
May 16, 2021 EditorLeave a Comment on छोरीको शव आफ्नो काँधमा बोकेर चिहान खोज्दै हिडेका बाबु
चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको थियो ।
दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृत्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चिहान खोज्दै हिँडेका थिए । उनले भने, ' म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ ।
उनले भने, 'मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो । उनको मृत्युपछि शवलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ शवलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।'
यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको शव बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृद्धाको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो । शव बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए । | 2021/10/22 06:37:01 | https://nepaliinaustralia.com/archives/6680 | mC4 |
फिल्म साउथ एसिया सुरु
19 Nov 2015 | 16:09pm
ललितपुर- दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको 'फिल्म साउथ एसिया' नामक फिल्म महोत्सव सुरु भएको छ। भारतीय फिल्म निर्देशक अदूर गोपालकृष्णनले बिहीबार ललितपुरको यलमाया केन्द्रमा महोत्सवको उद्घाटन गरेका थिए।
'बलिउडले साउथ एसियाली फिल्मको मार्केट असर गरेको छ । यस क्षेत्रमा बनेका राम्रा फिल्महरुले बलिउडलाई बिस्तारै पाखो लगाउनतर्फ उन्मुख हुनु जरुरी छ,' भारतीय फिल्म निर्देशक अदूर भने। भारतीय फिल्मकर्मीले पाउने सर्वोच्च सम्मान 'दादासाहेब फालके'बाट समेत विभूषित अदूर भारतकै उत्कृष्ट निर्देशकमा पर्छन्। १६ पटक 'नेसनल फिल्म अवार्ड' जितिसकेका उनी सन् १९८४ मा पद्मश्री र सन् २००६ मा पद्मविभूषणबाट सम्मानित भइसकेका छन्।
फिल्म साउथ एसियाले यसपालि प्रदर्शनका निम्ति छनोट गरेको ३५ वटा डकुमेन्ट्रीमध्ये एउटा स्वयं अदूरको फिल्म निर्माण कलामाथि बनेको 'फिट अपन दि ग्राउन्ड' पनि छ। तीन घन्टा लामो यो डकुमेन्ट्रीलाई विपिन विजयले निर्देशन गरेका हुन्।
तीनदिने महोत्सवमा बंगलादेश, अफगानिस्तान, म्यानमार, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका ४३ फिल्म प्रदर्शन हुनेछन्। महोत्सवको यो १० औं संस्करण हो आठवटा फिल्महरु विद्यार्थी फिल्म अन्तर्गत प्रदर्शन हुनेछन्। 'बिइङ भाइजान', 'जापान इन नागाल्यान्ड', 'ड्रइङ द टाइगर', 'द जर्नी विथ इन', 'लभ म्यारिज इन काबुल' र 'हक्की इन माई बल्ड' लगायत फिल्महरु प्रदर्शनी हुनेछन् ।
सर्वोत्कृष्ट फिल्मले दुई हजार अमेरिकी डलर, दोस्रो र नयाँ फिल्ममेकरले एक–एक हजार डलर पुरस्कार पाउनेछन् । महोत्सवमा फिल्मसम्बन्धी कार्यशाला र छलफल हुनेछन्। प्रत्येक दुई वर्षमा आयोजना हुने दक्षिण एसियाली डकुमेन्ट्री महोत्सवमा यसअघि गुलजार, श्याम बेनेगल, शवाना आजमी र महेश भट्टलगायतका फिल्मकर्मी प्रमुख अतिथि रहिसकेका छन्। | 2018/04/22 18:35:23 | http://archive.nagariknews.com/world/144-america/48889-2012-11-12-05-53-33.html | mC4 |
ब्रेन ट्युमर भएको कसरी थाहा पाउने ? – OM Hospital
ब्रेन ट्युमर भएको कसरी थाहा पाउने ?
डा.चन्द्रमान प्रजापति
सन्दर्भः बिश्व ब्रेन ट्युमर डे २०२०
ब्रेन भनेको मानव मस्तिष्क हो । ट्युमर भनेको मानव शरिरको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो । सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो ।
टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला तथा सामान्य लक्षण हो । ब्रेन ट्युमर भएमा सुरु-सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । यस्तो दुखाइ कयौंपटक यति धेरै हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन नै गुमाउन सक्छ । यदि तपाईलाई पनि लगातार टाउको दुख्छ भने एकपटक अवश्य चिकित्सकलाई जचाउनुस् ।
मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हुँदा यो यही नै सावधानी अपनाउँदा हुदैन् भन्ने हुदैन् । तर स्वस्थ वातवरणमा बस्ने ,विभिन्न प्रकारका रेडियसन,विकिरणहरुबाट जोगीने, मद्यपान,धुमपान नगरेर केही हदसम्म बच्न सकिन्छ । कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरन्त न्युरोलोजिष्ट (नशारोग विशेषज्ञ) सँग परामर्श गराउनुपर्छ ।
बच्चामा ब्रेन ट्युमर के हो ? चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन । हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ । सो अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ । भारत चेन्नईस्थित अपोलो प्रोटोन सेन्टरमा हालसालै गरिको एक अनुसन्धानमा यस्तो देखिएको हो । सो अध्ययनले अनुसन्धानले लामो समयसम्म मोबाइल प्रयोग गर्दा मस्तिष्कको क्यान्सर हुने सम्भावनालाई बढाउने निष्कर्ष निकालेको छ र बच्चालाई लामो समय मोबाइल प्रयोग गर्न नदिनका लागि सुझाब समेत दिएको छ ।। यसरी लामो समय मोबाइलको प्रयोग गर्दा बच्चामा काननजिकै ट्युमरको खतरा बढेर जान्छ ।
कन्सल्ट्यान्ट न्यूरोसर्जन डा. चन्काद्रमान प्रजापतिका अनुसार मस्तिष्कघात हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेकामध्ये ५० प्रतिशतलाई बचाउन सकिन्छ । 'यो संख्या कूल ब्रेन एट्याक हुने सख्याको २५ प्रतिशत हो,' 'बाँच्न सफल भएकाहरूको पनि ५० प्रतिशत कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ । ब्रेन एट्याक क्यान्सर र मुटुरोगपछि मृत्युको तेस्रो ठूलो कारण हो ।' उहाँका अनुसार गरीव देशमा ब्रेन एट्याकको प्रमुख कारण अस्वथकर जीवनशैली नै हो । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई ब्रेन एट्याक हुनसक्छ ।
चिकित्सकीय हिसाबमा मस्तिष्कघातलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो रगतका नशा बन्द भएर हुने मस्तिष्कघातलाई इन्फ्राक्सन र दोस्रो रगतका नशा फुटेर हुने ब्रेन हेमोरेज ।
रगतको नशा फुटेर हुने हेमोरेज
नशा फुटेर हुने एट्याकको प्रमुख कारण ब्लडप्रेसरको औषधिमा गरिने लापरबाही नै हो । यस्तो समस्या विशेषगरी युवामा देखिने गरेको पाइन्छ । डा. प्रजापतिका अनुसार हृदयघातभन्दा ब्रेन एट्याक झन् बढी खतरनाक समस्या हो । हृदयघातको समयमै अस्पताल पुर्याएर उपचार गर्न सकियो भने मानिस पुरानै अवस्थाको जीवन बाँच्न सक्छ तर बे्रन एट्याकमा शल्यक्रियापछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न र केही न केही खोट भएको जीवन विताउनु पर्छ । ब्रेन एट्याकमा शरीरको निश्चित पाटो कमजोर रहने सम्भावना रहिरहन्छ । ब्रेन एट्याकले प्यारालाइसिसको सम्भावना समेत बढी हुन्छ । ब्रेन एट्याक भएकाहरुमा मुख बांगो हुने, हातगोडा नचल्ने, आँखा देख्न नसक्ने, बोल्न नसक्ने जस्ता समस्या देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड ५० लाख भन्दा बढी मानिस मस्तिष्कघातको सिकार हुन्छन् । जसमध्ये ५० लाख मानिसको मृत्यु हुने गरेको छ भने ५० लाखभन्दा बढी पक्षघातका कारण शरीरको एउटा वा त्योभन्दा बढी भाग चलाउन नसक्ने अवस्थामा पुगेका छन् । तथ्यांकअनुसार बाँकी रहेका ५० लाखमध्ये १५ लाखभन्दा बढी उपचारपश्चात सामान्य जीवनमा फर्कन सफल भएका छन् । यस्तै, ३५ लाख हाराहारीका बिरामी भने सामान्य विकलांगताका साथ बाँचिरहेका छन् ।
वर्ल्ड ब्रेन ट्युमर डेको सन्दर्भमा ॐ काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा किष्ट मेडिकल कलेजका न्यूरोसर्जन डा. चन्द्रमान प्रजापतिसँगको सफल कुराकानीमा आधारित आलेख । | 2022/05/26 17:11:24 | https://omhospitalnepal.com/%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%A8-%E0%A4%9F%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%AE%E0%A4%B0-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%A5%E0%A4%BE/ | mC4 |
विद्यार्थी कुट्ने शिक्षकलाई के गर्ने ? ढिला गरेको भए हातै काट्नु पर्थ्यो–चिकित्सक — Bhaktapurpost.com
विद्यार्थी कुट्ने शिक्षकलाई के गर्ने ? ढिला गरेको भए हातै काट्नु पर्थ्यो–चिकित्सक
पत्रपत्रिकागोरखा, ६ फागुन
गोरखा, ६ फागुन
गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ ।
कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको औँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए ।
हातै नचल्ने अवस्था भएपछि कार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो ।
काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए । १८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन् ।
ढिला गरेको भए हातै काट्नुपथ्र्यौ – चिकित्सक
कार्कीको उपचारमा संलग्न सहिद मेमोरियल अस्पतालका निर्देशक तथा अर्थोपेडिक्स सर्जन डा। दीपकल श्रेष्ठले हात निकै सुन्निएको अवस्थामा उनी उपचारका लागि भर्ना भएको बताए । 'सुन्निएको बढ्दै जाँदा रगत सर्कुलेसन हुँदैन, केही ढिला भएको भए हातै काट्नुपथ्र्यो,' डा श्रेष्ठले भने, 'पिप जमिसकेको थियो, पहिले बच्चाको हात जोगाउनुपर्छ भनेर अप्रेसन गरेंँ । अहिलेसम्म एक रुपैयाँ पनि लिएको छैन ।' ठोक्किएर वा कुटपिटबाट मात्र यस्तो अवस्था आउने उनले बताए ।
विद्यार्थी कार्कीका आफन्तले कुटपिट गर्ने शिक्षक तिमल्सिनालाई कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका थिए । कालीमाटीले गोरखा प्रहरीलाई कारबाहीका लागि जानकारी गराएको छ ।
आरुघाट गाउँपालिका मान्बुका प्रहरी हवल्दार टोपबहादुर थापाले शिक्षकले कुटपिट गरेको बताउँदै विद्यालय खर्च बेहोर्न सहमत भएको बताए । उनका अनुसार शिक्षकले विद्यार्थीको पाता ९ढाड० मा हान्दा हातले रोक्न खोजेको र त्यही बेला औँलामा लागेर समस्या भएको भन्ने बुझिएको जानकारी दिए । शिक्षक काठमाडौं गएको र फर्केपछि छानबिन हुने उनले बताए ।
बदनाम गराउन खोजियो – प्रधानाध्यापक
विद्यालयका प्रधानाध्यापक काजीराम कार्कीले आफ्नो विद्यालयलाई बदनाम गराउन खोजिएको दाबी गरे । शिक्षकले ढाडमा कुटेको र हातमा समस्या देखिएको आरोप लगाएपछि घटना शंकास्पद भएको उनको भनाइ छ ।
१९ माघको घटना २३ गते मात्र जानकारी भएको कार्कीले बताए । विद्यार्थीले शिक्षकले कुटेर समस्या भएको भन्दै कहीँ पनि उजुरी नगरेको उनको दाबी छ ।
उपचारका लागि काठमाडौं पुगेपछि धम्काउने शैलीमा खर्च बेहोर्न र शिक्षक निकाल्न फोन आउने गरेको बताए । 'विद्यार्थी हाम्रो हो, बाबुले उपचार नगरे हामीले गर्छौं, तर, तुरुन्त एक लाख चाहियो भन्दै धम्काउनु भएन, सुपारे भाइले सरले मलाई ढाडमा कुटेको भनेका छन्,' प्रधानाध्यापक कार्कीले भने । (नयाँ पत्रिका दैनिक) | 2022/01/26 17:42:21 | http://bhaktapurpost.com/archives/11830 | mC4 |
बुद्धधर्म र मूर्तिपूजा – Sourya Online
वसन्त महर्जन २०७७ मंसिर १६ गते ७:०० मा प्रकाशित
'बुद्ध' भन्नु ठूलो कुरा हो, अर्थात् गौतम बुद्ध व्यक्तिको नाम नभएर बुद्धत्व प्राप्त गर्ने बुद्ध हुन् । यति धेरै गुण भएकालाई 'भगवान्' भनिन्छ, अर्थात् बौद्ध धर्मदर्शनमा भगवान् शब्दले विशिष्ट अर्थ राख्छ । यसअनुसार ६ प्रकारको भाग्य भएकालाई मात्र भगवान् भन्न सकिन्छ । ६ प्रकारका भाग्य भन्नाले…।
बौद्घ धर्मावलम्बीले गौतम बुद्घको मूर्तिलाई एउटा आलम्बनबाहेक साक्षात् बुद्घको रूपमा लिएका हुँदैनन् भन्ने व्यावहारिक जानकारी नहुँदा बेग्लै भाष्य निर्माण हुन पुगेको छ । बुद्ध मूर्तिको प्रसंग उठ्दा 'मूर्तिपूजाको विरोधी बुद्धकै मूर्ति बनाएर पूजा गरेको' टिप्पणी सुनिन्छन् । टिप्पणीकर्ताहरू मूर्तिपूजाबारे बुद्धले कुन प्रसंगमा के भनेका थिए र त्यसको स्रोत के हो भन्ने कुरा भने खुलाउँदैनन् । वास्तवमा बौद्ध वाङ्मयका कुनै पनि स्रोतमा मूर्तिपूजा गर्नु वा नगर्नु भन्ने सन्दर्भ पाइँदैन ।
'बुद्ध' भन्नु ठूलो कुरा हो, अर्थात् गौतम बुद्ध व्यक्तिको नाम नभएर बुद्धत्व प्राप्त गर्ने बुद्ध हुन् । यति धेरै गुण भएकालाई 'भगवान्' भनिन्छ, अर्थात् बौद्ध धर्मदर्शनमा भगवान् शब्दले विशिष्ट अर्थ राख्छ । यसअनुसार ६ प्रकारको भाग्य भएकालाई मात्र भगवान् भन्न सकिन्छ । ६ प्रकारका भाग्य भन्नाले, ईश्सरीय भाग्य (आफ्नो चित्तलाई बसमा राख्न सक्ने तथा अनन्त ऋद्धिसिद्धिले सम्पन्न भई काम गर्न सक्ने), धम्म भाग्य (नौ लोकोत्तर धम्म), यश भाग्य (मनुष्यलोक, देवलोक, ब्रह्मलोक, जलचर, थलचर, आकाशचर जहाँ पनि कीर्ति फैलिरहने), सिरि भाग्य (श्रीशोभाले अत्यन्त सुवर्णमय रूप, रिष्टपुष्ट र अति कोमल, सुन्दर रमणीय ३२ लक्षण र ८० व्यञ्जन सुलक्षणले परिपूर्ण हुने भाग्य), काम भाग्य (इच्छानुसार काम गर्न सक्ने, आफ्नो र अरूको उपकार गरिदिन सक्ने भाग्य) र पयत्त भाग्य (बुद्धत्व प्राप्त नहुँदासम्म दृढ भइरहन सक्ने साहसी र प्रयत्नशील भइरहनसक्ने भाग्य।)
भंग राग, भंग द्वेष, भंग मोह, राग आदि हटाइसकेका, द्वेष नामको क्लेशलाई पनि जडदेखि नै उखलेर बारबार जन्माउने तृष्णारूपी गृहकार र अविद्यारूपी अन्धकारलाई हटाइसकेकाले उनलाई 'भगवान्' भनिएको बौद्ध मान्यता छ ।
गौतम बुद्धको प्रशंसा अनेक प्रकारले गरिन्छ । यद्यपि उनी भौतिकवादी होइनन् । तर, भौतिकवादलाई स्पष्ट शब्दमा 'मिथ्यादृष्टि' भनेको पाइन्छ । तर, बुद्धलाई भौतिकवादीहरू पनि प्रशंसा गर्छन् । विविध आयामका उपदेश तथा त्यसलाई समयअनुसार प्रस्तुत गर्नसक्ने पछिल्ला होनहार आचार्यका कारण यो सर्वसुलभ भइरहेको छ । व्यक्तिको क्षमता र रुचिअनुसार हरेक वर्ग, क्षेत्र, सम्प्रदाय, लिंग, वर्ण, भाषाभाषी तथा अन्यले ग्रहण गर्ने हुन् । बुद्धमा निहित माथि उल्लिखित गुणहरू कतिपयका लागि अलौकिक वा पत्याउन नै नसकिने हुन्छन् । तर, यहाँ विचार पु¥याउनु पर्ने कुरा के हो भने एक सर्वसाधारण र बुद्धमा अवश्य पनि फरक पर्छ ।
'बुद्ध'को उपमा पनि त्यति सस्तो र हलुको बनाएर प्रयोग गर्नु बुद्ध गुणलाई नदेख्नु हुन्छ । यही भएर उनलाई बौद्धहरू 'भगवान्' भन्दै दश अञ्जली र दुई हात जोडी काय, वचन, चित्तले पूजा तथा वन्दना गर्छन् । संसारमा सबभन्दा बढी मूर्ति बुद्धकै बनेका छन् भन्ने मानिन्छ । सबभन्दा ठूलो र सानो मूर्तिको प्रतिस्पर्धा पनि बुद्धकै मूर्तिमा देखिन्छ । नेपालमै पनि अचेल बुद्धको ठूलो मूर्ति बनाउने होड चलेको छ । गौतम बुद्धको जीवनकालमै उनको मूर्ति र चित्र सिर्जना भएका प्रसंगहरू पाइन्छन्, तर महापरिनिर्वाण (इ.पू.४८३) पछि लामो समयसम्म त्यस्तो गतिविधि भएन । कलामा बुद्धलाई दुरुस्त उतार्न नसक्दा श्रद्धामा ठेस पुग्छ भनेर चित्र वा मूर्ति नबनाई प्रतीकको माध्यमबाट बुद्धलाई सम्झिइन्थ्यो ।
गर्भप्रवेशका लागि हात्ती, गृह त्यागका लागि घोडा, बोधिज्ञान लाभका लागि पीपल वृक्ष, धर्मचक्रप्रवर्तनका लागि मृगलगायतका प्रतीकमार्फत श्रद्धा अर्पण गर्ने परम्परा बसेको बौद्ध कलाको इतिहासबाट थाहा हुन्छ । यो इतिहास बुझ्न नसक्दा बुद्धले मूर्तिपूजालाई प्रतिबन्धित गरेको अर्थ लगाउनु र बौद्धहरू सोही अनुसार हिँड्नुपर्छ भन्ने मान्यता राख्नु गलत बुझाइ हो । गान्धार र मथुरामा इस्वी सम्वतको सुरूदेखि मात्र बुद्धको मूर्ति बनाउन थालिएको थियो भने पछि मात्रै यसले व्यापकता पाएको हो ।
सुर्खेतस्थित काँक्रेबिहार प्राचीन खस साम्राज्यको ठूलो बौद्ध केन्द्र थियो । बौद्धहरूको एक समूहले २०७० सालको बुद्ध पूर्णिमाका दिन त्यहाँ ठूलो बुद्ध मूर्ति राख्न खोजेका थिए । त्यसमा प्रशासनले स्वीकृत नदिँदा चर्को विवाद भयो । स्वीकृत दिएकै भए पनि आजको मितिसम्ममा स्वयं बौद्ध समाजले त्यसलाई त्यहाँबाट हटाइसक्थे वा अर्कोले प्रतिस्थापन गरेर पुरानो मूर्ति लुकाउँथे । बुद्धको मूर्ति निर्माणमा कुन हदसम्मको लापरवाही हुन थालेको छ भन्ने कुराको ज्वलन्त नमुना त्यही मूर्ति बनेको छ । त्यो बेढंगे मूर्तिमा हातको मुद्रा नै उल्टोपाल्टो परेको छ ।
काठमाडौं उपत्यकाको स्वयम्भू चैत्य बौद्ध समुदायको लागि ठूलो श्रद्धास्थल हो भने धर्म–संस्कृति र इतिहासका अध्येताहरूका लागि ज्ञानको भण्डार । यही महत्वको कारण पनि स्वयम्भू चैत्य विश्वसम्पदा सूचीमा परेको छ । यस्ता क्षेत्रहरूको ऐतिहासिकता र मौलिकतामा आँच नआओस् भनेर नयाँ निर्माण गतिविधिमा रोक लगाइएको हुन्छ । तर, स्वयम्भूमा उद्यान बनाउने नाममा बीचमा बुद्ध, त्यसको दायाँ षड्क्षरी लोकेश्वर र बायाँ पद्मसंभवको विशाल मूर्ति ठड्याएर विश्वसम्पदाकै खिल्ली उडाइएको छ । निर्माण गतिविधिमा अनुगमन नगर्नु पुरातत्व विभागको अकर्मण्यता हो भने मूर्तिको निर्माणमा आपत्ति जनाउँदा धार्मिक आस्थामा प्रहार गरेको भनी प्रचार गर्नु बौद्धभावना प्रतिकूलको अन्धभक्ति हो ।
बुद्धको मूर्ति सिर्जना वा स्थापना अत्यन्त मिहीन र श्रद्धाका साथ हुनुपर्छ । बुद्धको मूर्ति सिर्जना वा स्थापनामा तामझम, प्रोपोगन्डा र आर्थिक उपार्जनको नियत हावी हुनु खेदको विषय हो । बुद्ध वा अन्य कुन देवीदेवताको मूर्ति राख्दा दाता, स्थानीय निकाय तथा राज्यकोषबाट बजेट झर्न र पर्यटकलार्ई लोभ्याउन सकिन्छ भन्ने हिसाबकिताब हुने गरेबाट बुद्धप्रति वर्तमान समाजको दृष्टिकोण कलुषित हुँदै गएको ठम्याउन सकिन्छ । बौद्ध धर्म वा बौद्ध अध्ययनमा कुनै सरोकार नभएका वा भए पनि अर्कै नियतका व्यक्तिहरूको अगुवाइमा बुद्ध मूर्ति निर्माण समिति बन्ने, सक्दो चन्दा उठाउने, बैठकहरूमा जाँडरक्सी तथा माछामासुको खपत गर्नेजस्ता कार्यहरूलाई बौद्ध भावनामाथि चुनौतीको रूपमा बुभ्mनुपर्छ ।
बुद्ध मूर्ति भनेपछि गौतम बुद्धकै हुनुपर्छ भन्ने मान्यता पनि गलत छ । गौतम बुद्धभन्दा अघि पनि बुद्धत्व लाभ गर्ने मानव बुद्धहरू थिए भन्ने बौद्ध मान्यता छ र बुद्धत्वको प्रतीकको रूपमा पञ्चबुद्धको पनि मूर्ति बनाइन्छ । कल्पनामा आधारित मुखाकृति भएकाले बेग्लाबेग्लै बुद्ध भए पनि सबैको मुखाकृति एउटै बनाइन्छ । विभिन्न बोधिसत्व (भविष्यमा बुद्ध हुनका लागि अभ्यासरत सत्वहरू) का मूर्तिहरू पनि लोकप्रिय छन् । त्यस्तै, निश्चित बौद्ध दर्शन वा ज्ञानलाई बुझाउन मानवीयकरण गरिँदा मूर्तिको स्वरुपमा आएका हुन् । तर, हरेक मूर्तिमा हुने बेग्लाबेग्लै मुद्रा तथा अन्य सूक्ष्म पक्षले सोही दर्शन वा ज्ञानलाई दर्शाउने हुन्छ । मूर्तिहरू बौद्ध अध्ययनमा सहायक मात्र हुन्, न साक्षात् बुद्ध हुन् न त वर दिने कुनै अलौकिक शक्ति । | 2021/01/27 19:11:29 | https://www.souryaonline.com/2020/12/332027.html | mC4 |
चीनलाई उपहार दिइने गैँडा काठमाडौं ल्याइयो::News from Nepal
चीनलाई उपहार दिइने गैँडा काठमाडौं ल्याइयो
काठमाडौं २७ असार । नेपाल सरकारले चीनलाई उपहारस्वरूप दिन लागेका एकजोडी गैँडालाई काठमाडौं पठाइएको छ । काठको खोरभित्र राखिएका गैँडालाई स्काभेटरको सहायताले ट्रकमा राखेर मंगलबार काठमाडौं लगिएको हो ।
२८ असारमा गैँडालाई विशेष कार्गो एयरमार्फत चीन पठाइनेछ । चीनलाई दुई जोडी गैँडा पठाउने सरकारको निर्णयअन्तर्गत पहिलो चरणमा डेढ वर्षको भद्र र दुई वर्षकी रूपसी पठाउन लागिएको हो । डेढ महिनाअघि निकुञ्जबाट ल्याइएका गैँडालाई ल्याएर एक विशेष प्रकारको काठको खोर ९पिटबुमा० मा राखेर बाहिर वातावरणसँग अभ्यस्त बनाइएको थियो ।
गैँडालाई ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रांगणमा राखिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । 'हामीले जावलाखेलस्थित चिडियाखानामा राख्ने निर्णय गरेका थियौं,' खड्काले भने, 'त्यहाँ राख्दा गैंडामा कुनै सरुवाको लाग्न सक्ने भएकाले कोषको प्रांगणमा राख्ने निर्णय गरेका हौं ।' कुनै रोग नलागोस् भनेर चितवनमा एक जोडी गैंडालाई छुट्टै राखिएको थियो ।
गैँडासँगै दुई चिकित्सक, तीन अन्य प्राविधिकसहित १४ जनाको टोली चीन जाँदै छ । निकुञ्जका वरिष्ठ चिकित्सक डा। कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाइएको हो । एक वर्षमा एक जोडी मात्रै पठाउन मिल्ने कानुनी व्यवस्था रहेकाले अर्को एक जोडी गैँडालाई अर्को वर्ष मात्रै पठाइने छ । | 2019/08/26 10:17:41 | https://www.otvnepal.com/samachar/59908.html | mC4 |
Breaking News: नेपालमा चौतर्फी विरोध भएपछि अन्ततः अमेरिका भयो ब्याक, अर्कै देशलाई एमसीसी दिने तयारी…
एमसीसीको
चौतर्फी विरोध भएपछि अन्ततः अमेरिका ब्याक भएको छ । मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको नेपाल परियोजना अमेरिकी सरकारले फिर्ता लैजाने तयारी गरेको हो ।
नेपालमा लामो समयसम्म पनि पास हुन नसकेको र हाल आएर सत्तारुढ गठबन्धनभित्रै विवाद रहेकाले यस्तो तयारी भएको हो ।
विश्वका ४९ वटा मुलुकहरुमा विकास परियोजना सञ्चालन गर्दै आएको एमसीसीले सन् २०१७ मा नेपाललाई ५० करोड अमेरिकन डलर अनुदान सहयोग प्रस्तावलाई पारित गरेपनि अहिले नेपालमा दलहरु र आन्तरिक सहमति नजुटेको भन्दै अमेरिकी सरकार पास हुनेमा विश्वस्त नभएर यस्तो कदम चाल्न लागेको बताइएको छ ।
एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमारले बिहीबार देखि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च राजनीतिक तहका नेताहरुसँग काठमाडौंमा भेटी कुराकानी गर्दै छिन्।
सुमारको नेपाल भ्रमणका क्रममा कम्तिमा पनि सत्तारुढ गठबन्धनभित्रका सबै दलका नेताहरुले संसद्बाट पारित गरी यथाशीघ्र कार्यान्वयन गर्ने विश्वास दिलाउन नसकेको अवस्थामा एमसीसी परियोजना फिर्ता गरी उक्त रकम अफ्रिकी मुलुक ट्युनिशिया लैजाने तयारीसमेत एमसीसी मुख्यालयले गरेको स्रोतले जानकारी दियो।
नेपालभित्रको राजनीतिक कलहका कारण सम्झौताको प्रावधानअनुसार, संसदबाट पारित हुन नसक्ने अवस्था सृजना भएपछि सन् २०२० को अप्रिलतिर नै 'मिलिनियम च्यालेन्ज कर्पोरेसनुले नेपालबाट बाहिरने 'सफ्ट निर्णय' गरिसकेको थियो।
'नेपालको हित चिताउने अमेरिकी राजदूत रेन्डी वेरीले 'केही समय' पर्खिन समय मागेपछि एमसिसीले कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी महामारीलाई मुख्य कारण देखाएर एक वर्ष अवधि थप गरेको थियो।
करिब एक दशकभन्दा लामो गृहकार्यपछि नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको 'मिलेनियम कम्प्याक्ट' मा हस्ताक्षर भएको थियो।
विद्युत् प्रसारण लाइन तथा सडक मर्मतसम्भारसम्बन्धी दुई वटा आयोजनाका लागि सहयोग गर्ने भनिएको ५० करोड डलरको सहयोगलाई संसदबाट पारित गर्नुपर्ने शर्त सम्झौतामै राखिएपछि नेपालीका वामपन्थी दलहरु– विशेषतः तत्कालीन नेकपाभित्रको दुई समूह– साविक माओवादीकेन्द्र र 'माधव नेपाल समूह'ले विरोध थालेका थिए,
जुन तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठेरोमा पार्ने राजनीतिक अस्त्रका रुपमा एमसीसीको विरोध अभियान चलाइएको थियो। यस अभियानको परिणामस्वरुप नेपालको राजनीति एमसीसीबारे विभाजित भएको थियो। | 2021/10/17 23:12:06 | https://dailykhabarnp.com/news/1859 | mC4 |
दूधको मूल्यमा भारी वृद्धिकाे तयारी – Patrika Nepal
मंग्सिर ९, २०७८ बिहिबार 19
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ । कृषि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ ।
सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ। बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धिगर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रव्रिmया अगाडि बढ्ने बताए ।
बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन् । किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रति लिटर १४ रुपियाँ र डेरी उद्योगी बाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्।
यता सरकारले प्रतिलिटर छ रुपियाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ। यी सबै प्रस्ताव मात्र हुन्। बोर्डले यीसबै विषयको बारेमा मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा मूल्य वृद्धि गर्ने राष्ट्रिय दुुग्ध विकास बोर्डको तयारी रहेको छ। याे खबर गोरखापत्र दैनिकमा छ । | 2021/12/01 09:06:48 | https://patrikanepal.com/archives/945 | mC4 |
विचार/अन्तरवार्ता Archives - GurkhaMedia विचार/अन्तरवार्ता Archives - GurkhaMedia
बेलायती सरकारबाट पाउने सहुलियत व्यवसायीले कसरी लिने ? श्याम श्रेष्ठ
यदि तपाईं सानो वा मध्यम व्यवसायी (एसएमइ) हुनुहुन्छ र तपाईंलाई बेलायत सरकारबाट प्राप्त हुनसक्ने सहयोगका बारेमा थाहा छैन भने हामी तपाईंलाई केही जानकारी दिनेछौं । सरकारले तपाईंहरुका लागि केही सहयोगको प्याकेज ल्याएको छ र त्यसलाई तपाईंले अहिले नै प्राप्त गरी आफ्नो व्यवसायमा लगानी गर्न र…
नेपालमा स्टेज कार्यक्रम गर्दाको दर्शक बेलायतमा पाएँ : गायिका शान्तारानी [अन्तर्वार्ता] गोर्खा मिडिया संवाददाता
पछिल्लो समय नेपाली सांगीतिक बजारको लोकप्रिय गीत हो, पञ्चेबाजामा आधारित शीरफूल शिरको…' । गायक तथा गीतकार रविन लामिछानेको शब्द सिर्जनामा तयार पारिएको गीतमा ईश्वर सिंह र शान्तारानी परियारले स्वर दिएका छन् । उसै त, सुमधुर स्वर र गायकी कलाले चर्चा पाउन सफल गायिका शान्ताशानी शीरफूल…
लेखकको कोरोना अनुभव गुरुङ रामप्रकाश समथिङ
२०७६ साल मंसिर २४ गते मंगलबारका दिन (१० डिसेम्बर २०१९) पहिलो पटक चीनको वुहान सहरबाट सुरु भयो । नेपालमा २०७६ साल माघ १० गते शुक्रबारका दिन चीनको वुहान सहरको वुहान युनिभरसिटीमा पिएचडी अध्ययनरत काठमाडौंका ३२ वर्षीय युवा (विद्यार्थी) चीनबाट नेपाल आए । उनी घरमा आएको…
सम्पदा संरक्षणसँगै ललितपुर सुहाउँदो विकास गर्छु : उपमेयरका उम्मेदवार बज्राचार्य गोर्खा मिडिया संवाददाता
ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उपप्रमुखमा बाबुराज बज्राचार्य उम्मेदवार छन् । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार ललितपुर महानगरमा प्रमुख नेपाली काँग्रेसका चिरिबाबु महर्जन र उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्य प्रत्यासी छन् । उपप्रमुख पदमा उम्मेदवारी दिएसँगै बज्राचार्यले चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीब्रता… | 2022/07/06 07:33:03 | https://gurkhamedia.com/category/%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE/ | mC4 |
परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन् (भाग एक) | सर्वशक्तिमान् परमेश्वरको मण्डली
प्रारम्भमा, परमेश्वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्वरले अझै कुनै काम गर्नुभएको थिएन। मानवजाति अस्तित्वमा आएपछि र मानवजाति भ्रष्ट भएपछि मात्र उहाँले आफ्नो व्यवस्थापनको काम सुरु गर्नुभयो; त्यस घडीदेखि उहाँले विश्राम लिनुभएन, बरु मानवजातिमाझ व्यस्त हुन थाल्नुभयो। मानवजातिको भ्रष्टताले गर्दा साथै प्रधान स्वर्गदूतको विद्रोहले गर्दा परमेश्वरले आफ्नो विश्राम गुमाउनुभयो। यदि परमेश्वरले शैतानलाई परास्त गर्नुहुन्न र भ्रष्ट भएको मानवजातिलाई मुक्त गर्नुहुन्न भने, उहाँ फेरि कहिल्यै पनि विश्राममा प्रवेश गर्न सक्षम हुनुहुनेछैन। जसरी मानिसलाई विश्रामको कमी छ, त्यसरी नै परमेश्वरलाई पनि विश्रामको कमी छ, र जब उहाँले फेरि विश्राम गर्नुहुन्छ, मानवले पनि विश्राम गर्नेछ। विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहितको जीवन हो भन्ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको विघ्न-बाधाहरू (यहाँ "शैतान" शब्दले शत्रुका शक्तिहरूलाई जनाउँछ) र शैतानको भ्रष्टताविनाको जीवन हो, अनि यो परमेश्वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन होइन; यो सबै थोकले आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—"मानवको विश्रामपूर्ण जीवन" शब्दहरूको तात्पर्य यही हो। जब परमेश्वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, अनि शत्रुका शक्तिहरूबाट कुनै अरू आक्रमण हुनेछैनन्, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—उप्रान्त मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्वरको पनि विश्रामको दिन हुनेछ। परमेश्वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, तर विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले आफ्नो विश्राम गुमाउनुभएको हो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन, न त यसको आशय, परमेश्वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने दुष्ट मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्वरको सारा शत्रुका शक्तिहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गरिएको सङ्केत हुनेछ। परमेश्वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्वरसँग परमेश्वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्वर र मानव उही क्षेत्रभित्र रहन सक्नुहुन्न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्वरकै सारका हुँदैनन्। "विश्राम" गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्वर आफ्नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्नो मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानव विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो पात्रहरू हुनेछन् भन्ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्वरप्रति अनाज्ञाकारी हुनेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्वर र मानवका आ-आफ्नो जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्वरले बाँकी मानवलाई विश्राममा डोर्याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्वर र मानव फरक-फरक किसिमले विश्राममा रहनुहुन्छ। परमेश्वर विश्राम हुनुहुँदा, उहाँ मानवको माझमा आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानव विश्राम हुँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती दुष्ट मानिसहरू पनि अस्तित्वमा रहन छोड्नेछन्। परमेश्वर र मानवजाति विश्राममा प्रवेश गर्नुअघि पृथ्वीमा परमेश्वरलाई सताउनेहरू साथै उहाँका अनाज्ञाकारी भएका शत्रुहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई आखिरी दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएको हुनेछ। ती दुष्ट मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको उत्पीडन कहिल्यै पनि भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्वर र मानवजाति विश्राममा प्रवेश गर्नको लागि पूरा गरिने पूर्वसर्तहरू यी नै हुन्।
यी सबै थोकहरूको अन्तको निकटताले परमेश्वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट पारिएको, मानव तिनीहरूको विकासको अन्तिम चरणमा पुगेको हुनेछ, अनि आदम र हव्वाका सन्तानहरूले आफ्ना सन्तानहरूको वृद्धि गर्ने काम पूरा गरेका हुनेछन् भन्ने हो। यसको अर्थ यो पनि हो कि शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले निरन्तर विकास गर्न असम्भव हुनेछ। आदम र हव्वालाई प्रारम्भमा भ्रष्ट पारिएको थिएन, तर अदनको बगैँचाबाट निकालिएका आदम र हव्वा शैतानद्वारा भ्रष्ट पारिएका थिए। जब परमेश्वर र मानव एकसाथ विश्राममा प्रवेश गर्छन्, तब अदनको बगैँचाबाट निकालिएका—आदम र हव्वा—र तिनीहरूका सन्तानहरू आखिरमा अन्तमा आउनेछन्। भविष्यको मानवजाति अझै पनि आदम र हव्वाको सन्तानहरू नै हुनेछन्, तर तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि बस्ने मानव हुनेछैनन्। बरु, उनीहरू मुक्त गरिएका र शुद्ध पारिएका मानिसहरू हुनेछन्। यो न्याय गरिएको र सजाय दिइएको, र पवित्र भएको मानवजाति हुनेछ। यी मानिसहरू मौलिक रूपमा जस्ता थिए त्यस्ता मानव हुनेछैनन्; यसलाई लगभग यसो भन्न सकिन्छ कि उनीहरू सुरुमा भएका आदम र हव्वा जस्ता थिए त्योभन्दा समग्र रूपमा भिन्न किसिमका मानवजाति हुनेछन्। यी मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबैको माझबाट नै छानिएकाहरू हुनेछन्, र उनीहरू परमेश्वरको न्याय र सजायको अवधिमा चरम रूपमा दृढ खडा रहनेहरू मध्येका हुनेछन्; तिनीहरू भ्रष्ट मानवजाति माझमा बाँकी रहेका मानवको अन्तिम समूह हुनेछन्। यी मानिसहरू मात्र परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्न सक्नेछन्। आखिरी दिनहरूको अवधिमा परमेश्वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्नेहरू नै परमेश्वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरको सेवा पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई तिनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको माझमा काम गर्न सुरु गर्नुभएदेखि नै तिनीहरूलाई असल र खराब गरी छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो कि उहाँको काम समाप्त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्याउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्नुहुनेछ भन्ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असमर्थ हुनेथियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैनथियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्वर शान्तिपूर्वक विश्राममा बस्न सक्नुहुनेछ।
आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै जसो मानिसहरूले उनीहरूका आफ्नै शौकहरू बेपरवाह किसिमले गरिहिँड्छन्। वास्तवमा, यी मानिसहरूले उनीहरूको हृदयहरूमा परमेश्वरलाई बिलकुलै राख्दैनन्; योभन्दा पनि नराम्रो कुरो त, उनीहरूले परमेश्वरको भय मान्दैनन्। उनीहरूको हृदयहरूमा परमेश्वर हुनुहुन्न, र त्यसैले परमेश्वरले गर्नुहुने सबै कुरा उनीहरूले बुझ्न सक्दैनन् र झनै उहाँले बोल्नुभएका कुराहरू बुझ्नु त परै जाओस्। यस्ता मानिसहरू अति शारीरिक हुन्; उनीहरू अति गहन रूपमा भ्रष्ट छन् र कुनै पनि सत्यताको कमी छ। यसको अलाबा, परमेश्वर देहधारी हुन सक्नुहुन्छ भन्ने उनीहरूले विश्वास गर्दैनन्। देहधारी परमेश्वरमा विश्वास नगर्ने जो कोही पनि—अर्थात् दृश्य परमेश्वरमा वा उहाँको काम र वचनहरूमा विश्वास नगर्ने, बरु स्वर्गमा हुनुहुने अदृश्य परमेश्वरको आराधना गर्ने जो कोही पनि व्यक्तिको हृदयमा परमेश्वर हुनुहुन्न। यस्ता मानिसहरू परमेश्वरप्रति विद्रोही र प्रतिरोधी हुन्छन्। उनीहरूमा मानवता र सुझबुझको कमी हुन्छ, सत्यताको त कुरै नगरौं। यसको अलाबा, यी मानिसहरूका निम्ति दृश्य र मूर्त परमेश्वर अझ धेरै विश्वास गर्न सकिँदैन, तैपनि उनीहरूले अदृश्य र अमूर्त परमेश्वर धेरै विश्वासयोग्य र प्रशन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेका कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो सार नै हो; परमेश्वरको इच्छाको कुरा त परै जाओस्। बरु, उनीहरूले उत्तेजना खोज्छन्। जुन-जुन कुराहरूले उनीहरूलाई उनीहरूको आफ्नै इच्छा पूरा गर्न सक्षम तुल्याउँछन्, निसन्देह नै, ती उनीहरूले विश्वास गर्ने कुरा र खोजी गर्ने कुरा हुन्। उनीहरूले सत्यता खोज्न होइन, उनीहरूको आफ्नै चाहनाहरूलाई तृप्त पार्न मात्र परमेश्वरमा विश्वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्म गर्नेहरू होइनन् र? उनीहरू अति नै आत्मविश्वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्वरले उनीहरू जस्ता "असल मानिसहरू" लाई नष्ट गर्नुहुनेछ भनी उनीहरूले विश्वास गर्दैनन्। सट्टामा, परमेश्वरले उनीहरूलाई रहन दिनुहुनेछ र, परमेश्वरको निम्ति धेरै थोकहरू गरेका र उहाँप्रति देखाएका ठूलो "बफादारीता" ले गर्दा उहाँले उनीहरूलाई राम्रो इनाम दिनुहुनेछ भन्ने उनीहरूले विश्वास गर्छन्। यदि उनीहरूले दृश्य परमेश्वरको खोजी गर्नु परेको थियो भने पनि, उनीहरूको चाहनाहरू पूरा नहुने बित्तिकै, उनीहरू तुरुन्तै परमेश्वरको विरुद्ध फर्केर आक्रमण गर्थे वा अत्यन्त क्रोधित हुन्थे। उनीहरू आफूलाई सदैव तिनीहरूका आफ्नै चाहनाहरू तृप्त पार्न खोज्ने घृणित मानिसहरू जस्तो देखाउँछन्; उनीहरू सत्यताको खोजी गर्ने कुरामा सत्यनिष्ठा मानिसहरू होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने कथित दुष्टहरू हुन्। सत्यतालाई नखोज्ने ती मानिसहरूले सम्भवतः सत्यतामा विश्वास गर्न सक्दैनन् र अझै मानवजातिको भविष्यको परिणाम बुझ्न असक्षम हुन्छन्, किनभने उनीहरूले दृश्य परमेश्वरको कुनै काम वा वचनहरूलाई विश्वास गर्दैनन्—साथै यसमा मानवजातिको भविष्यको गन्तव्यमा विश्वास गर्न सक्षम नहुने कुरा पनि पर्छ। यसकारण, उनीहरूले दृश्य परमेश्वरलाई पछ्याए तापनि, उनीहरूले अझै दुष्ट काम गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले चाहेको सत्यता अभ्यास गर्छन्। उनीहरूलाई नष्ट गरिनेछ भनी विश्वास नगर्नेहरूलाई नै यसको विपरीत नष्ट पारिनेहरू उनीहरू नै हुनेछन्। उनीहरूले आफैलाई निकै चलाख छन् भन्ने विश्वास गर्छन् र उनीहरूले उनीहरू आफैलाई सत्यता अभ्यास गर्ने मानिसहरू ठान्छन्। उनीहरूले उनीहरूका दुष्ट व्यवहारलाई सत्य ठान्छन्, र यसैले यसलाई रुचाउँछन्। यस्ता दुष्ट मानिसहरू निकै आत्मविश्वासी हुन्छन्; उनीहरूले सत्यतालाई सिद्धान्तको रूपमा लिन्छन् र उनीहरूको दुष्ट कर्महरूलाई सत्यताको रूपमा लिन्छन्, तर अन्तमा, उनीहरूले जे छरेका छन् त्यही मात्र कटनी गर्छन्। मानिसहरू जति धेरै आत्मविश्वासी हुन्छ र जति धेरै उनीहरू जथाभाबी अहङ्कारी हुन्छन्, र उत्ति नै धेरै उनीहरू सत्यता हासिल गर्न असक्षम हुन्छन्; जति धेरै स्वर्गमा हुनुहुने परमेश्वरमा विश्वास गर्छन्, उत्ति नै धेरै परमेश्वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्। मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्वर मानवले विश्वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्वरमा विश्वास राख्नेहरू परमेश्वरमा विश्वास नगर्ने मानिसहरू हुन् र परमेश्वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्वरमा विश्वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी "अस्पष्टवादी" हरू, निश्चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्वरलाई मौखिक रूपमा चिन्ने कोही अवश्य नै विनाशको पात्र हुनेछ। परमेश्वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्वरप्रतिको अनाज्ञाकारीता र प्रतिरोध मध्येको एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा कस्तो व्यवहार गर्छस् सो कुरामा निर्भर हुँदैन। कसैलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको आचरण र उसको सत्यताको खोजीद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। एक अर्कामा उस्तै भएका उही काम गर्नेहरू र उही परिमाणको काम गर्नेहरू मानिसहरू माझ, मानव सारहरू असल भएकाहरू र सत्यता भएकाहरूलाई रहन दिइनेछन्, जबकि मानव सारहरू खराब भएका र दृश्य परमेश्वरको अवज्ञा गर्नेहरू विनाशका पात्रहरू हुनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव संवेग वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्चय नै कुनै पनि प्राणीको विरुद्ध झूटो दाबीहरू गर्नुहुन्न। हाल पनि मानवजातिको भावी गन्तव्यलाई नबुझ्ने र मैले भनेका कुराहरू विश्वास नगर्ने धेरै मानिसहरू छन्। ती विश्वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!
हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्वरका धर्मी विश्वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्वरप्रति अनाज्ञाकारी हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू र परमेश्वरको अस्तित्वमा बिलकुलै विश्वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्वरलाई नचिन्ने जो कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्वरलाई नचिन्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट-विरोधी हो! यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरको इच्छाको खोजी गर्ने कुनै इरादाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुप्रति सम्मान र प्रेम बहन गर्न सक्छस् भने, के तँमा धार्मिकताको भावको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्वरमा विश्वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्वरमा विश्वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्वरमा विश्वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिसहरू विनाशका पात्रहरू हुनेछन्। मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समयमा परमेश्वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्वरप्रति अनन्त रूपमा नै विश्वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन् भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्हरू प्राप्त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्हरू देख्दा, उनीहरू परमेश्वरप्रति विश्वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्वरप्रति विश्वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्। मानवजाति एक पटक सही मार्गमा आएपछि, मानिसहरूको सामान्य जीवनहरू हुनेछन्। उनीहरूले आ-आफ्ना कर्तव्यहरू पुरा गर्नेछन् र परमेश्वरप्रति पूर्ण रूपमा विश्वासयोग्य हुनेछन्। उनीहरूले उनीहरूका अनाज्ञाकारीता र उनीहरूका भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा छोड्नेछन्, र उनीहरू दुवै अनाज्ञाकारीता रहित र प्रतिरोधरहित भएर परमेश्वरको निम्ति र परमेश्वरको कारणले जिउनेछन्। उनीहरू सबै पूर्ण रूपमा परमेश्वरको अधीनमा रहन सक्षम हुनेछन्। परमेश्वर र मानवजातिको जीवन यस्तो हुनेछ; यो राज्यको जीवन हुनेछ र यो विश्रामको जीवन हुनेछ। | 2022/07/03 05:15:38 | https://ne.kingdomsalvation.org/recital-the-word-appears-in-the-flesh-selections-6-036.html | mC4 |
नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक आजदेखि « Khabarhub
नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक आजदेखि
काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज (बुधबार) अपराह्नदेखि काठमाडौँमा शुरु हुँदै छ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ ।
त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्त्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्त्वका साथ लिएका छन् । अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक शुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आएपछि बैठक शुरु हुनेछ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै आयोगको बैठक शुरु गरिने मन्त्रालयले जनाएको छ । बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
कार्यविभाजनअनुसार कार्यसम्पादन गर्न मङ्गलबार राति अबेरसम्म पनि सचिवस्तरीय बैठक मन्त्रालयमा चलेको नेपाली प्रतिनिधिमण्डलका एक सदस्य तथा परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले जानकारी दिए ।
के हुन्छ बैठकमा
बैठकका कार्यसूचीमध्ये पहिलोमा राजनीतिक र सीमा सुरक्षा, दोस्रो सञ्चार सञ्जाल र आर्थिक समृद्धि, तेस्रो व्यापार र पारवहन, चौथोमा ऊर्जा र जलस्रोत तथा संस्कृति र विविध विषय रहने छ ।
यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत् योजनालगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना रहेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए । | 2020/07/05 23:40:46 | https://www.khabarhub.com/2019/21/66439/ | mC4 |
Dikcha Gurung selected for U 19 womens team - Hindusthan Samachar Nepali
24 Oct 2021 23:28:31
गान्तोक, 24 अक्टोबर (हि.स.)। सिक्किमकी एक युवा महिला क्रिकेट खेलाड़ी दीक्षा गुरूङ 'अण्डर-19 वुमन्स वान डे च्यालेञ्जर्स ट्रफी 2021-22' को निम्ति चयनित भएकी छन्। उक्त टूनामेन्ट 25 अक्टोबरदेखि 7 नोभेम्बरसम्म जयपुर, राजस्थानमा भइरहेको छ।हालैमा भुवनेश्वर, ओडिशामा सम्पन्न भएको अण्डर-19 वुमन्स वान डे ट्रफीमा दीक्षा गुरूङले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले 6 म्याचमा 11 विकेट लिएकी थिइन्। उनले सर्व भारतीय स्तरमा सर्वाधिक विकेट लिनेहरूमा 12औं स्थान प्राप्त गरेकी थिइन्। यसरी नै सर्वाधिक मेडेन ओभरमा पॉंचौं स्थान र डट बलमा छैटौं स्थान प्राप्त गरेकी थिइन्।
15 वर्षीय दीक्षा गुरूङ दक्षिण सिक्किमको मिडल छुबा निवासी हुन्। उनी पिता फिरोज गुरूङ र माता लक्ष्मी सुनवारकी सुपुत्री हुन्। उनी छुबा माध्यमिक विद्यालयमा अध्ययनरत छिन् र कक्षा 10औं की छात्रा हुन्। उनको चयन सिजन 2019-20 को निम्ति सिक्किम अण्डर-19 महिला क्रिकेट टीममा भएको थियो। कोविड महामारीको कारण सिजन 2020-21 हुन सकेन।
दीक्षाले खुशी व्यक्त गर्दै भनेकी छन्, 'कड़ा परिश्रम अनि समर्पणपछि म अण्डर-19 वुमन्स वान डे च्यालेञ्जर्स ट्रफीमा चयनित बनेकोमा धेरै खुशी छु। म सिक्किम क्रिकेट एसोसिएशन परिवार, प्रधानाध्यापक समबडुप सर, मरो टीम सपोर्ट स्टाफ र मरो गाउॅंका सबै आफन्तहरूप्रति कृतज्ञ छु, जसले मलाई यहॉंसम्म पुग्न मद्दत गरेको छ। म अझ राम्रो खेल्न आफ्नो सर्वश्रेष्ठ दिने छु, म अनुशासनमा बसेर मरो सिक्किमलाई गौरवान्वित बनाउने छु।'
सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष लोब्जाङ जी. तेन्जिङले राज्यका सुदूर ठाउॅंहरूबाट प्रतिभाहरू अघि आएको देख्न पाउॅंदा धेरै सन्तुष्ट रहेको बताएका छन्। उनले विगत केही वर्षदेखि चलिरहेको एसोसिएशनको आउटरिच कार्यक्रमका कारण दीक्षा जस्ता प्रतिभाहरू अगाड़ी आइरहेको बताए। उनले भनेका छन्, 'दीक्षा गुरूङले एसआईसीए वुमन्स क्रिकेट टूर्नामेन्ट 2020 मा उदीयमान खेलाड़ीको पुरस्कार प्राप्त गरेकी थिइन्। उनको कथा प्रेरणादायक छ र उनको सफलतामा सिक्किम उत्साहित बन्नुपर्छ। एसआईसीएले राज्यको सबै कुनाका प्रतिभाहरूलाई पहिचान अनि समर्थन गर्दछ।' | 2021/12/09 13:23:50 | https://nepali.hindusthansamachar.in/Encyc/2021/10/24/Dikcha-Gurung-selected-for-U-19-womens-team.php | mC4 |
हुलाकी राजमार्गको तिन सय ८५ किमी कालोपत्र | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more हुलाकी राजमार्गको तिन सय ८५ किमी कालोपत्र
फागुन १३ गते, २०७६ - १५:२४
काठमाडौ । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै तिन सय ८५ किलोमिटर सडक कालोपत्र भएको छ ।
बाँकी निर्माणका लागि ठेक्का सम्झौता भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए । तराईका धेरै जिल्लामा सडक प्रयोगमा आइसकेका छन् । आयोजनाअन्तर्गत अधिकांश स्थानमा नयाँ ट्र्याक खोल्नेभन्दा राजमार्गका रुपमा स्तरोन्नतिको काम भइरहेको छ । उनले भने, "पहिले स्थानीय सडकका रुपमा रहेकामा अहिले हुलाकी राजमार्गको मापदण्डानुसार स्तरोन्नति भइरहेको छ ।"
उनले भने, "हामीले छुट्टै राजमार्ग निर्माणभन्दा तराई–मधेशका जनतालाई कसरी सहज हुन्छ भन्ने हो ।" उक्त सडकले तराईका धेरै बस्ती समेट्ने र भारतको सीमा क्षेत्रसम्म पुग्नेछ । कतै कालोपत्र त कतै ग्राभेल सडकका कारण अहिले नै यहाँका स्थानीयवासीलाई सहज हुन थालिसकेको उनले बताए । पहाडी क्षेत्रको पूर्वदेखि पश्चिमसम्म जाने मध्यपहाडी राजमार्गले ठाउँठाउँमा नयाँ बस्ती निर्माण गर्ने भए पनि सो आयोजनाले पुराना बस्ती हुँदै अघि बढ्छ । राजमार्गस्तरको भए पनि यो सडकमा गति अन्यत्र जस्तो नहुन सक्ने उनले जानकारी दिए। लामो दूरीका सवारीसाधनसँगै यी सडकमा गाढा, ट्याक्टरलगायतका स्थानीय सवारीसाधन समेत चल्नेछ । उनले भने, "यी सबैलाई हेरेर अन्यत्रको राजमार्गमा भन्दा कम गति निर्धारण गर्नुपर्न हुनसक्छ ।" | 2020/04/08 12:11:12 | https://www.khabardabali.com/2020/02/280207/ | mC4 |
नेपाली राजनीतिज्ञ दल
(नेपाली काँग्रेस बाट पठाईएको)
नेपाली कांग्रेस नेपालको एक समाजवादी-लोकतान्त्रीक राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो।[६] हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्।[७] यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो।[८]
नेपाली कांग्रेस पार्टी कार्यालय
४ दोस्रो महाधिवेशन -(२००४ माघ २०-२२)
८ महिला सङ्घको स्थापनाः (२००४)
२२ चुनावी प्रदर्शन
२२.१ व्यवस्थापिका निर्वाचन
२२.२ प्रदेश सभा निर्वाचन
२३ नेतृत्व
२३.१ नेपाली कांग्रेसका सभापतिहरू
२३.२ नेपालका प्रधानमन्त्रीहरू
२३.३ नेपालका मुख्यमन्त्रीहरू
२४ भातृ सङ्गठनहरू
२५ सन्दर्भ सामग्रीहरू
२६ बाह्य कडीहरू
२७ यो पनि हेर्नुहोस्
नेपाली कांग्रेसको संस्थापनासम्पादन
नेपालमा 'राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद' स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । यो नेपालका पुराना राजनीतिक दलमध्येको एक हो ।
बी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द र्सच लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ ।
भारतीय स्वतन्त्रता सङ्ग्राम समेतका योद्धा वी.पी. कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ (३१ अक्टुवर, १९४६) मा बनारसमा बस्ने नेपालीहरूलाई सँगठित गरी बाबु समानका (पिताजी कृष्ण प्रसाद कोइरालाका समकालिन) देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो।
प्रथम महाधिवेशन- (वि.सं.२००३ माघ १२ र १३)सम्पादन
सँगठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३ (जनवरी २५-२६, १९४७) गते विषेश गरी प्रवासी जुजारु नेपालीहरू तथा नेपालको कारागार तोडेर आएका गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता भएको यस समारोहमा वी.पी. कोइरालाले सभापतित्व र डा. डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गर्नु भएको थियो । भारतको कलकत्ताको भवानीपुर स्थित खालसा हाईस्कूलमा भएको प्रथम महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काँग्रेस राख्यो।
भारतका तत्कालिन राष्ट्रपति आचार्य जे.वि. कृपालानी लगायत दर्जनौ भारतीय नेताहरूले शुभकामना सन्देश दिएको यस अधिवेशनले ३३ वर्ष युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमा र नेपाल कारागारमा आजन्म कैद को सजांय भोगेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गर्यो। यस अधिवेशसनले, • राज्य स्थापनाको दैवि मान्यतालाई चुनौति दिंदै नेपाल र नेपाली जनताका र्सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नु कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो भन्ने मूल मान्यतालाई आत्मसाथ गर्यो, • देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक जनक्रान्ति गर्ने उद्देश्य राख्यो, • सबै जात, धर्म, लिङ्ग, वर्ण आर्थिक अवस्थाका नेपालीहरू यस संस्थाको सदस्य र पदाधिकारी हुन सक्ने व्यवस्था गर्यो,
प्रथम मजदूर हडतालः - (२००३ फागुन २०)सम्पादन
वि.स. २००३ साल फागुन २० गते नेपालको इतिहासमा पहिलोपल्ट विराटनगरका औद्यौगिक मजदूरहरूले बिहान सवा सातबाट ऐतिहासिक हडताल शुरु गरेका थिए। त्यसै हडतालमा त्यतिखेर त्यहाँको कारखानामा कार्यरत गिरिजा प्रसाद कोइरालालाई मजदूरहरूले आफ्नो अध्यक्ष चुनेका थिए। त्यो आन्दोलनलाई वी. पी.कोइराला र गणेशमान सिंहको पनि सहयोग र निर्देशन थियो। पछि हडताल दवाउने सिलसिलामा राणा शासनले उहाँका आमा बहिनीहरू र मजदूर नेताहरू सहित उहाँलाई गिरफ्तार गरेर थुनेको थियो। उक्त आन्दोलनमा विश्वेश्वर प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला, तारिणी प्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मालाई २४ दिनको पैदलयात्रा पश्चात काठमाण्डौको सुन्दरीजल पुर्याइयो । राणा शासनबाट भएका ज्याजती तत्काल रोक्न सरकारलाई नेपाली राष्ट्रिय काँग्रेसले ११ चैत, २००३ (२६ मार्च, १९४७) मा चेतावनी दियो।
प्रथम सत्याग्रह (३० चैत्र, २००३)सम्पादन
मजदूर आन्दोलनको दमनबाट बन्दी भएका नेता तथा कार्यकर्ता लगायत विभिन्न आन्दोलनमा गिरफ्तार व्यक्तिहरूको रिहाई र नागरिक हकको स्थापनार्थ दवाद दिने कार्यक्रक तय गर्न २९ चैत्र, २००३ (१२ अप्रिल, १९४७)मा जोगवानीमा नेपाली राष्ट्रिय काँग्रेसको कार्यकारणी समिति र र्समर्थकहरूको भेला आयोजना भयो।
सो भेलाले सो भेलाले नजरबन्दमा रहेका नेताहरूको रिहाइ तथा राणा विरोधी गतिविधि शसक्त बनाउन, जातीय विभेदताको अन्त्य गराउदै, गाँस, बास, कपासको मागलाई दुनियाँ समक्ष पुर्याउने, पार्टी सदस्य र र्समर्थक बढाउनका लागि देशव्यापी नेपाली मात्रको सहयोगमा सत्याग्रह गर्ने निर्णय गर्यो। मा रहेका नेताहरूको रिहाइ तथा राणा विरोधी गतिविधि शसक्त बनाउन, जातीय विभेदताको अन्त्य गराउदै, गाँस, बास, कपासको मागलाई दुनियाँ समक्ष पुर्याउने, पार्टी सदस्य र र्समर्थक बढाउनका लागि देशव्यापी नेपाली मात्रको सहयोगमा सत्याग्रह गर्ने निर्णय गर्यो।
३० चैत्र, २००३ (१३ अप्रिल, १९४७)बाट नेपाली राष्ट्रिय काँग्रेसको आहृवानमा भएको सत्याग्रहमा पूर्वि पहाड, मधेस तथा काठमाडौँ उपत्यकामा नेपाली जनताको व्यापक सहभागिता रहृयो। व्यापक जनसहभागिता र दवावकाका कारण लाचार भै राणा प्रधान मन्त्री पद्मशमशेरले १६ मे, १९४७ मा वैधानिक सुधार र राजवन्दी रिहा गर्ने निर्णय गर्नु परेको थियो। यो आन्दोलनबाट नेपाली काग्रेसलाई दरोगति प्राप्त भयो।
दोस्रो महाधिवेशन -(२००४ माघ २०-२२)सम्पादन
तर त्यस सुधारको घोषणा पश्चात बनेको नेपालको वैधानिक कानुन २००४ (२६, Jan. १९४८) ले जनताको हक, अधिकारको संरक्षण गर्न नसक्ने तथा नजरबन्दमा रहेका नेता कार्यकर्ताको रिहाइ नगरेकाले नेपाली राष्ट्रिय काँग्रेसले यो विधानलाई अस्वीकार गरी आन्दोलनलाई देश व्यापी बनाउने तयारीका साथ बनारसमा २००४ माघ -२-४ फेब्रुअरी,१९४८) मा दोस्रो महाधिवेशन गर्यो। उक्त महाधिवेशनलेः • जनआन्दोलनको स्वरूप अहिंसात्मक हुने, • अहिंसात्मक लर्डाईको सबैभन्दा ठूलो हतियार जनताको सँगठन भएकाले जनताका कार्यहरूमा सहयोग गरेर जन जागरण मार्फ सँगठित र खुल्ला संस्था बनाउने, • देशमा नागरिक अधिकारको स्थापना गरी नागरिकबाट निर्वाचित जनप्रतिनिधिहरूको विधान परिषद् -संविधान सभा) ले देशको शासन व्यवस्थाको स्वरूप निर्धारण गर्ने (संविधान बनाउने) विषयलाई अगाडि बढायो।
आफ्नो गिरफ्तारीलाई अझै सशक्त आन्दोलनको रूपमा अगाडि बढाउन उनले नजरबन्दमा राजवन्दीको स्थिति सुधारका लागि आमरण अनसन सुरू गरे। यसले देश विदेशमा हलचल पैदा गर्यो। अन्तराष्ट्रिय दवावका कारण उनलाई नजरबन्द मुक्त गरियो।
नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना (वि.सं.२००४ श्रावण १)सम्पादन
नेपाली राजनीति जटिल मोडमा थियो। नागरिक अधिकारका लागि सँगठित संस्थाको आवश्यकता हुने समयमा नेपाली राष्ट्रिय काँग्रेसमा डिल्लीरमण रेग्मीको कारण फुट पैदा भएकाले छरिएको जनशक्तिलाई एकिकृत गर्ने मनसायका साथ सूवर्ण शमशेरराणाको सक्रियतामा महेन्द्र विक्रम शाहलाई सभापति बनाई वि.सं.२००४ श्रावण १ -१५ अगष्ट, १९४८) मा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भयो।
यस संस्थाले ३० डिसेम्बर, १९४८ मा आफ्नो पहिलो महाधिवेशन भारतको कलकत्तामा गर्यो। नेपाली राष्ट्रिय काँग्रेसको जस्तै समान लक्ष्य बोकेका तर शक्ति पर्दर्शन गरेर (हिंसात्मक) भएपनि राणा विरोधी गतिविधि सञ्चालन गर्ने उद्देश्य राखी स्वंयसेवक दल समेत गठन गरी नेपाल प्रजातन्त्र काँग्रेसको मुख पत्रको रूपमा नेपाल पुकारको प्रकाशन मार्फत जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यका बारेमा आफ्नो धारणाहरू क्रमसः सार्वजनिक गर्दै गयो।
जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यलाई व्यापक बनाउने क्रमसँगै संस्थालाई जीवन्त राख्न नेपाल र नेपालीको उन्नतिका लागि बलिदान दिन चाहने युवाहरूलाई सँगठित गर्ने उद्देश्यका साथ १८ फागुन, २००५ -३ मार्च, १९४९)मा नेपाली राष्ट्रिय काँग्रेसको तेस्रो महाधिबेशन भारतको बिहार राज्यको दरभङ्गामा सम्पन्न भयो।
चौथो महाधिवेशन -(२७ चैत्र २००६)सम्पादन
मूलतः मध्यकालिन सामान्ती शासन व्यवस्थाद्वारा शोषित नेपाली जनताको स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्न ऐतिहासिक आवश्यकताको रूपमा एक शसक्त राजनीति पार्टीको निर्माण हुनुपर्ने आवश्यकतालाई समेत महशुस गरी २७ चैत्र २००६ (९ अप्रिल, १९५०) मा कलकत्ताको टाइगर हलमा नेपाली राष्ट्रिय काँग्रेसको चौथो महाधिवेशन सुरू भयो।
यस महाधिवेशमा दुवै पार्टीका प्रतिनिधिहरूको संयुक्त अधिवेशनबाट नेपाली कांग्रेस नामको यो लोक प्रिय संस्था स्थापना भई अनेक उतार चढाव पार गर्दै आजको अवस्थामा आइपुगेको छ। शहिद शुक्र, गंगा, दशरथ, धर्मभक्तहरूको परस्परामा जन्मेर सुव्वा देवी प्रसाद सापकोटा र कृष्ण प्रसाद कोईरालाहरूको प्रेरणा तथा जननायक विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शर्म्शेर ज.व.रा., गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्य प्रसाद उपाध्याय र गिरिजा प्रसाद कोइराला, शुशिल कोइराला, शेर बहादुर देउवा र रामचन्द्र पौडेल आदि देशभक्त नेताहरूको कुशल नेतृत्वमा 'नेपाली कांग्रेस' हुर्केर बढेको छ। सामन्ती, अधिनायकवादी र प्रतिक्रियावादी तत्वका विरुद्ध संर्घष् गर्दागर्दै थीरबम मल्ल देखि न्हुच्छे बहादुर प्रधानसम्म, धर्मध्वज गुरुङ्गदेखि दुर्गानन्द झा र शिवचन्द्र मिश्रसम्म यज्ञ वहादुर थापा र भीम नारायण श्रेष्ठदेखि राम लक्ष्मण लीला गोकर्ण्र रामेश्वरसम्मका असंख्य असंख्य यसका सपूतहरू युद्धको मैदानमा वीरगति प्राप्त गर्न पुगेका छन्। त्यस्तै योगेन्द्रमान शेरचनदेखि दिवान सिंह र्राईसम्म र सरोज कोइरालादेखि तेज बहादुर अमात्यसम्मका यसका प्रखर नेताहरूले पञ्चायती सत्ताका आततायीहरूको हातबाट आफ्नो जीवन गमाउनु परेको छ। सबै मिलाएर हजारौं संख्यामा मातृभूमिको उद्धारका लागि यस पार्टीट सपूतहरूले आफूलाई बलिदान गर्दै आएको रोमाञ्चकारी परम्परा वि.सं. १९९७ देखि २०६२/६२ सम्मका जन-आन्दोलनहरूमा कायम रहृयो। त्यी महान सपुतहरू प्रति नेपाली कांग्रेस हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ।
प्रथम घोषणा-पत्रः -(वि.सं.२००६)सम्पादन
नेपाली कांग्रसले आफ्नो प्रथम युगान्तकारी घोषणापत्र -२००६)मा समस्त देशवासीलाई आव्हान गर्दै भनेको थियो, • ...अब हाम्रा देशवासीहरू यस घोर अन्यायका विरुद्ध जुर्मुराएर उठ्नु आवश्यक भइसकेको छ। • अब यथाशीघ्र सम्पूर्ण अवन्नतिको जरा नै उखेलेर फ्याकिदिनु परेको छ। • तानाशाही सरकारलाई शीघ्रातिशीघ्र खतम गरी देशोन्नति गर्न हिम्मत गर्ने तरुणहरूले नेपाली कांग्रेसको स्थापना गरेको छन्। • सम्पूर्ण जनताको तागत बटुलेर एउटा अन्तिम आन्दोलन गरी स्वेच्छाचारी पारिवारिक शासनलाई उखेलेर फ्याक्ने निश्चय गरेको छ। • क्रान्ति पश्चात जनताका प्रतिनिधिहरूद्वारा निर्मित विधान अनुसार ...... शासनको सम्पूर्ण वाग्डोर जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको हातमा रहने छ। ............... जनताप्रति उत्तरदायी शासन नै उत्तरदायी शासन हो। • यर् वर्तमान शासनको अन्त्य भइसकेपछि नेपाली काँग्रेसले बालिक मताधिकारका आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद् वा सभा बोलाउने छ। यसै परिषद् वा सभालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालन सम्बन्धी नियम कानुन बनाउने सम्पूर्णजिम्मेवारी सुम्पने छ। • य नेपाली काँग्रेस राजनीतिका साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रलाई आफ्नो आदर्श मान्दछ। समसामयिक परिवेशको गम्भिर मूल्याङ्कन गरिएको यस एकताको महाधिवेशनले महाधिवेशनले अहिंसात्मक रूपबाट परिवर्तनको सम्भावना नभएमा शसस्त्र क्रान्तिबाट भएपनि राणा शासनको अन्त्य गर्राई नेपालमा जनताको सरकार स्थापना गराउने लक्ष्य लिएको थियो।
महिला सङ्घको स्थापनाः (२००४)सम्पादन
नेपालको जागरणमा महिलाहरूको पनि उत्तिकै भूमिका छ। कुमारी लक्ष्मीदेवी र श्रीमती मङ्गलादेवी सिंह आदि महिलाहरूले विक्रम सम्वत् २००७ साल पहिलेबाटै नेपाल महिला सङ्घको शुरुवात गरेका थिए।
जयतु संस्कृतम् र नेपाली छात्र सङ्घ-२००४ असार:
उता त्रिचन्द्र कलेजमा अध्ययनरत छात्रहरूले पनि नेपाल छात्र सङ्घको स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा आफूलाई सरिक गराएका थिए। यी दुवै संस्थाहरूले नेपाली कांग्रेसलाई प्रशस्त उर्जा र जनबल प्रदान गराएका थिए।
अहिंसात्मक आन्दोलनबाट जनताको र्सवोच्ता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई शशक्त बनाउन नेपाली कांग्रेसले २००७ असोज १० र ११ -२६, २७ सेप्टेम्वर १९५० मा रौतहट जिल्लाको सीमानामा रहेको वैरगनीयामा रणनैतिक सम्मेलन आयोजना गर्यो।
यस सम्मेलनले शसस्त्र क्रान्तिबाट मात्र देशमा परिर्वन सम्भव छ भन्ने ठहर गरी सो क्रान्तिको सर्वोच्च कमाण्डर पार्टी सभापति मातृका प्रसाद कोइरालालाई बनाउदै भित्री रूपले त्यसको सञ्चालनको बागडोर वी.पि. कोइराला र सुवणशमशेर राणालाई जिम्मा लगायो।
२००७ कार्तिक २१ मा शसस्त्र क्रान्तिको पूर्ण तयारी भई सकेको थियो। यसै दिन राजा त्रिभुवनले नाती ज्ञानेन्द्र वाहेक सपरिवार गद्दीत्याग गरे। राणाहरूले ज्ञानेन्द्रलाई राजा बनाए। यसले क्रान्तिका लागि उर्जा थप्यो।
कार्तिक २४ गते- १० नोभेम्वर १०९५) हिमालयन एयरवेजको हवाइ जहाजद्वारा नेपाल चार भञ्ज्याङ भित्र र २७ गते नेपालभरि क्रान्तिकारी पर्चाहरू छरिए। थिरवम मल्ल र पूर्ण सिंहको नेतृत्वमा नेपाली कांग्रेसका क्रान्तिकारी योद्धाहरूले २५ गते राती र २६ विहान विरगन्ज आक्रमण गरी सफलता प्राप्त गरे। सयौं हतियार र लाखौ रूपयाँ सङ्कलन भयो तर दर्ुभाग्यवस क्रान्ति योद्धा थिरवम मल्लले शाहदत प्राप्त गरे।
दिल्ली सम्झौतासम्पादन
यता क्रान्तिकारीहरू युद्धका विभिन्न मोर्चाहरूमा ज्यानको बाजी लगाएर लडिरहेका थिए। उता क्रान्तिको प्रचण्ड ज्वालाबाट अत्तालिएका राणा शासकहरू आफूले पहिरेको राष्ट्रवादी मकुण्डोलाई पनि उतारी भारत सरकारको खुसामद गरी श्री ५ त्रिभुवनसँग वार्ता चलाईरहेका थिए। जे होस् क्रान्तिको चपेटामा परेको राणाशाहीले जनताको सामु कुवतै १०४ वर्षम्मको आफ्नो वंशानुगत शासनलाई परित्याग गर्नुपर्यो। हुकुमी शासन हट्ने र त्यसको ठाउँमा जनताका प्रतिनिधिहरूको सरकार बन्ने र मुलुकको शासनभार प्रजातान्त्रिक ढंगबाट चल्ने जस्तो कुराहरूमा सहमतिमा पुगेर नेपाली कांग्रेसका क्रान्तिकारीहरूले परिस्थितिका आँकलन अनुसार युद्धबन्द गर्ने कुरा स्वीकारे गरे।
०७ साल फागुन ७ को शाही घोषणाः
अन्तिरम शासन विधान २००७ निर्माण -कानुनको शासन सुरूवाद २००७ चैत्र १७, राजपत्रको प्रकाशन -२००८ श्रावण, हरन थाल्यो। खान्गी, बेठ, बेगारी लगायतका उपहार तिर्नुपर्ने प्रथाको अन्त्य गरी मोही अधिकारको संरक्षण, हुन थाल्यो। दशैँ तिहार पर्व विदाको व्यवस्था, रेडियो नेपालको स्थापना -२००७ चैत्र २०
षड्यन्त्र र प्रतिक्रान्तिका प्रयासहरूसम्पादन
विक्रम सम्वत २००७ सालको क्रान्ति पछि जब देशमा प्रजातन्त्र आयो र नयाँ प्रतिशील बाटोमा देशले पाइला चाल्न थाल्यो त्यसबाट व्यथित हुनपुगेका प्रतिगामी तत्वहरूले अने षड्यन्त्र गर्न थाले। एकातिर भर्खरै सत्ताबाट हटाइएका तत्वहरू 'खुकुरी दल खडा गरी जनतालाई आतङ्कति पार्दै क्रान्तिकारी गृहमन्त्री वी.पी. कोइराला उपर जाइलाग्न समेत पुगेका थिए भने अर्कोतिर शाही दरबार विस्तारै सारा शक्ति आफ्नो हातमा केन्द्रित गर्ने चालहरू चल्दै थियो। यही मौका पारेर केही विदेशी शक्तिहरू पनि आफ्नो दुनो साझ्याउने दाउमा थिए। यसप्रकार २००७ सालपछिको इतिहासमा नेपाली कांग्रेसले अनेक मोर्चामा लर्डाई लड्दै आउनु पर्यो।
भिन्न आदर्श, मान्यता र संस्कार भएका व्यक्तिहरूको संयुक्त सरकार लामो समय टिक्न सकेन। राणाहरूको संकारमा परिर्वन नआएकोले उनीहरूसँग सगै बसेर कार्य गर्दा जनताको सर्वोच्ता कायम हुन नसक्ने निक्र्योलमा पुगी २६ कार्तिक २००८ मा वी.पी.कोइरालाले रेडियो नेपालबाट बक्तव्य प्रसारण गरेपछि नेपाली काँग्रेसका मन्त्रिहरूले सामुहिक राजिनामा दिए।
पाँचौँ महाअधिवेशन (जेठ १०-१३, २००९)सम्पादन
नेपाली कांग्रेसको दोस्रो सत्याग्रहसम्पादन
नेपाल तरुण दलसम्पादन
तेस्रो सत्याग्रह -भद्र अवज्ञा आन्दोलन (२०१४ मंसिर २२)सम्पादन
प्रथम आम निर्वाचन र नेपाली कांग्रेसको सरकारसम्पादन
कांग्रेस सरकारका कार्यहरूसम्पादन
२०१७ सालको प्रतिगामी कदमसम्पादन
दोस्रो सशस्त्र प्रतिरोध आन्दोलनसम्पादन
काग्रेसको त्रिकोणत्मक नीतीसम्पादन
राष्ट्रिय मेलमिलापको नितीसम्पादन
व्यवस्थापिका निर्वाचनसम्पादन
२०४८ कृष्णप्रसाद भट्टराई २,७४२,४५२ ३७.७५
०.५५
२०५१ गिरिजाप्रसाद कोइराला २,५४५,२८७ ३३.३८
२०५६ कृष्णप्रसाद भट्टराई ३,२१४,०६८ ३७.२९
३.९१
२०६४ गिरिजाप्रसाद कोइराला २,३४८,८९० २२.७९
१४.५० २,२६९,८८३ २१.१४
२०७० सुशील कोइराला २,६९४,९८३ २९.९०
७.०१ २,४१८,३७० २५.५५
प्रथम नेकपा (एमाले) र राप्रपासँग गठबन्धन सरकार
२०७४ शेरबहादुर देउवा ३,५९०,७९३ ३५.७५
५.९५ ३,१२८,३८९ ३२.७८
प्रदेश सभा निर्वाचनसम्पादन
नेतृत्वसम्पादन
नेपाली कांग्रेसका सभापतिहरूसम्पादन
नेपालका प्रधानमन्त्रीहरूसम्पादन
१ मातृकाप्रसाद कोइराला
२००८ मंसिर १ २००९ साउन ३० २७२ दिन राजा त्रिभुवनद्वारा नियुक्त मातृकाप्रसाद कोइराला, २००८
२ सुवर्ण शमशेर राणा[क]
२०१५ जेठ २ २०१६ जेठ १३ १ वर्ष, १२ दिन राजा महेन्द्रद्वारा नियुक्त
३ विश्वेश्वरप्रसाद कोइराला
२०१६ जेठ १३ २०१७ पुष १२ १ वर्ष, २१३ दिन प्रथम प्रतिनिधि सभा विश्वेश्वरप्रसाद कोइराला, २०१६ मोरङ विराटनगर पश्चिम
४ कृष्णप्रसाद भट्टराई
२०४७ वैशाख ६ २०४८ जेठ १२ १ वर्ष, ३७ दिन राजा वीरेन्द्रद्वारा नियुक्त
५ गिरिजाप्रसाद कोइराला
२०४८ जेठ १२ २०५१ मङ्सिर १४ ३ वर्ष, १८८ दिन तेस्रो प्रतिनिधि सभा मोरङ १
६ शेरबहादुर देउवा
२०५२ भदौ २७ २०५३ फागुन २९ १ वर्ष, १८१ दिन चौथो प्रतिनिधि सभा डडेल्धुरा १
७ सुशील कोइराला
२०७० माघ २८ २०७२ असोज २५ १ वर्ष, २४३ दिन दोस्रो व्यवस्थापिका संसद सुशील कोइराला, २०७० बाँके ३
नेपालका मुख्यमन्त्रीहरूसम्पादन
१ कृष्णचन्द्र नेपाली पोखरेल २०७८ जेष्ठ २८ पदबहाल २२० दिन गण्डकी प्रदेशको प्रदेशसभा कृष्ण चन्द्र नेपाली, २०७८ | 2022/01/20 05:38:59 | https://ne.m.wikipedia.org/wiki/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8 | mC4 |
ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग – KhabarPurwanchal
खबर पूर्वाञ्चल, २० असार २०७७, शनिबार १९:१३
विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग भएको छ ।
पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताहरु भारतीय दलाल भएको भन्दै विराटनगरमा प्रदर्शन गरेका थिए । उक्त प्रदेशमा पार्टीकै जिम्मेवार सदस्यहरुको सहभागीता रहेको दाबीसहित कारबाहीको माग गर्दै अर्को पक्षले आज मोरङको नेकपा पार्टी कार्यालय पाञ्चालितमा धर्ना समेत दिएको छ ।
शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेतालाई गाली गलौज गरिएको थियो । त्यसपछि प्रचण्ड र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले आज मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाबसमेत दिएका छन् ।
पार्टी नेताहरुलाई दबाब दिँदै अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारीलगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरु पार्टी कार्यालयमा भेला भएका थिए ।
विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजिनामा माग्दै सडकमा आउने बताए । 'स्थायी समितिको बैठकमा छलफल भइरहेको बेला सडकमा शीर्ष नेताहरुको बद्नाम गर्ने गरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्छ,' आलमले भने, 'पार्टी फुटाउन नेताहरुलाई उत्तेजित पार्ने र व्यक्तिको पछि लागेर विधि र पद्धतीलाई मिच्ने गरी कुनै गतिविधि हुनुहुँदैन भन्ने हाम्रो माग हो ।'
'समृद्ध नेपाल, सुखी नेपालीको महान अभियानमा चिसो पानी खन्याउने काम जो कसैबाट हुन्छ भने त्यस्ताको भण्डाफोर गर्छौं,' विद्यार्थी नेता अन्सारीले भन्नुभयो, 'पार्टी एकताका लागि हाम्रो दवाव निरन्तर रहिरहन्छ ।'
यस्तै युवा संघका नेता इश्वरी आचार्यले प्रचण्ड या माधव नेपाललगायतका नेतालाई बद्नाम गर्ने गरी भइरहेको गतिविधि नरोकिए आफूहरु पनि व्यानर लिएर सडकमा आउने चेतावनी दिए । 'हामी पनि आन्दोलनबाट आएका मानिस हौं, हामी पनि दुई÷चारसय जना मानिस लिएर सडकमा आउन सक्छौं, के अब सडकबाटै फैसला गर्ने हो त ?', आचार्यले भने, 'हामी विधिको पक्षमा छौं, दुवै पार्टी अध्यक्षको पक्षमा छौं, पार्टीको विधि विधान अनुसार गतिविधि हुनुपर्छ, हुलहुज्जत गर्ने र अनुशासनहिन गतिविधि गर्नेहरुलाई कारबाही हुन्छ कि हुँदैन ? ।'
युवा तथा विद्यार्थी नेताहरुको मन्तव्य पछि मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताए । 'स्वतन्त्रको नाममा सडकमा आन्दोलन गर्ने हो भने त्यो पार्टी सदस्य नै रहेन नि,' उनले भने, 'अहिले युवाहरुले पार्टी एकताको पक्षमा र नेताहरुलाई मिल्नुपर्ने दबाब दिनुपर्छ, कोही कसैले भनेको आधारमा सडकमा आउनु राम्रो होइन ।' पोखरेलले पार्टी फुटको इतिहास देखिएको भन्दै फुटाउनेलाई कुनै पनि हालतमा फाइदा नहुने भएकोले विवादलाई हल गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाए । नेताहरुको प्रतिबद्धता पछि युवा तथा विद्यार्थीहरुले पार्टी कार्यालयमै केहीबेर धर्ना दिएका थिए । उनीहरुले आजलाई र भोलीलाई, व्यक्तिलाई होइन विधिलाई, नेपाल कम्युनिष्ट पार्टीको नीतिलाई, आइएमविथ नेकपाजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । | 2021/01/26 14:44:32 | https://khabarpurwanchal.com/2020/07/04/43437/ | mC4 |
शहीद सिन्धु–लालध्वज मार्गको ट्रयाक खोलेको चौबीस वर्षपछि कालोपत्रे गर्न शुरु भएको छ । तनहुँको शुक्लागण्डकी–१ कोत्रेदेखि व्यासनगरपालिका–६ क्रियापानी हुँदै लमजुङको दुईपिप्लेसम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । जिल्ला सदरमुकाम दमौलीदेखि कोत्रेसम्मको पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको शहीद लालध्वज मार्ग गण्डकी प्रदेशको आर्थिक सहयोगमा कालोपत्रे गर्न लागिएको हो । कोत्रे–थप्रेक सडक मार्गअन्तर्गत करिब १६ किलोमिटर दूरीमध्ये पहिलो चरणमा १ हजार ३०० मिटर दूरी कालोपत्रे गर्न लागिएको वडाध्यक्ष रविचन्द्र पौडेलले बताउनुभयो ।
विसं २०५३ मा उक्त सडकको ट्रयाक खोलिएको थियो । उहाँले भन्नुभयो, "कालोपत्रे शुरु गर्न लागेसँगै पूर्वाधार विकास कार्यालयका प्राविधिकले सडकको माटो परीक्षण थालेका छन् ।" गण्डकी प्रदेशको रु डेढ करोडको लागतमा मिर नेपाल कन्ट्रक्सन पोखराले कालोपत्रे गर्ने जिम्मा पाएको छ । उक्त दूरीको सडक दशै अगावै कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६÷७७ को अनुदान बजेटबाट शुक्लागण्डकी नगरपालिकाको १ र २ नम्बर वडामा पर्ने जुवेखोलादेखि धोबिडाँडासम्मको मार्ग कालोपत्रे गर्न लागिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयबाट उक्त मार्गको स्तरोन्नतिका लागि डिपिआर गर्न बजेटसमेत विनियोजन गरिसकेको छ ।
त्यसैगरी उक्त मार्ग हँुदै सिन्धुमार्गको साँघेफाँट र व्यास नगरपालिका–५ चापाघाटस्थित सदरमुकाम नजिक जोडिने हुँदा रिङरोडको रुपमा विकास गर्न लागिएको शहीद सिन्धु लालध्वज मार्ग निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताउनुभयो । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा व्यास नगरपालिका–८ पुलिमराङका लालध्वज गुरुङले तत्कालिन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा तनहुँको कोत्रेमा सहादत प्राप्त गर्नुभएको थियो । उहाँले सहादत प्राप्त गरेको स्थानदेखि थप्रेकसम्मको मार्गलाई शहीद लालध्वज मार्ग नामकरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी रु २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो । एकासी दिनमा १०८ जना फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, कीर्ते, वन, सार्वजनिक अपराध तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले गत आइतबार एकै दिनमा ३५ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरुबाट रु २०० देखि दुई लाखसम्म गरी रु चार लाख १६ हजार ३२५ भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट एकै दिनमा उक्त सङ्ख्यामा उनीहरु पक्राउ गर्नु उपलब्धिमूलक भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनुभयो । रासस | 2020/09/18 19:36:23 | https://www.knownepal.xyz/nepali/35428/ | mC4 |
राजावादीको निसाना : राष्ट्रपति, संघीयता र संविधान – Gorkhali Voice
२०७७, १५ मंसिर सोमबार २३:५९
काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमै सोमबार बृहत प्रदर्शन भएको छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दैउनीहरुले जुलुस निकालेका हुन् । उनीहरुले लगाएको नारा र बोकेको प्लेकार्डमा मुख्यगरी 'गणतन्त्र र संघीयता' खारेजीको मागगरिएको थियो । 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ', 'राजा आउ देश बचाउ', 'गणतन्त्र धोका हो' लगायतका नारा लगाएकाथिए ।
जुलुसमा सहभागी केहीले केपी ओलीविरुद्ध पनि नारा लगाएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेरकोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी केहीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको तस्विबरअंकित टिसर्ट पनि लगाएका थिए ।
कार्यक्रम आयोजकले सामाजिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न पटकपटक सचेत गराए पनि उनीहरुले त्यसलाई बेवास्ता गरेकाथिए ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै देशका मुख्य–मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ । सोही क्रममा काठमाडौंमा पनि उनीहरुले जुलुसनिकालेका हुन् । राष्ट्रिय शक्ति नेपालले सोमबार काठमाडौंमा राजसंस्थाको पक्षमा जुलुस निकालेको हो । राष्ट्रिय शक्ति नेपालकोअध्यक्ष पूर्वपञ्चका रुपमा चिनिने पूर्वमन्त्री केशरबहादुर बिष्ट छन् ।
बिष्ट नेतृत्वको राष्ट्रिय शक्तिले संयोजन गरेको जुलुसमा अहिले देशभर भइरहेको राजावादीहरुको प्रदर्शनमा सक्रिय राष्ट्रिय सरोकारमञ्च र गुरु गोरखनाथका भक्तहरुको समाज पनि सहभागी थियो । बिष्टले नै आफुहरुको जुलुसमा उनीहरुको समेत सहभागिता रहेकोजानकारी गराएका थिए ।
त्यस्तै, नेपाली सेनाका पूर्वसहायक रथी नेतृत्वका पूर्वसेना, प्रहरीको समूह पनि जुलुसमा सहभागी थिए । जुलुसमा बिष्टसहित तत्कालीनराजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि मन्त्री बनाएका श्रीषशमशेर राणा, दीपक ज्ञवाली र कांग्रेस विपिन कोइराला पनिसहभागी थिए । बिष्टले छोटो तयारीमा सोमबार जुलुस निकालेको बताउँदै आउँदो २० गते अझ बृहत प्रदर्शन हुने जानकारी दिए ।
राजसंस्थाका समर्थकहरुको निसानामा ०७२ असोज ३ गते जारी संविधान रहेको पाइएको छ । प्रदर्शनपछि आयोजित सभालाईसम्बोधन गर्ने सबैजसो वक्ताले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रपतिको खुलेर विरोध गरे । राष्ट्रिय शक्तिका अध्यक्ष बिष्टलेराजाले जस्तो राष्ट्रपतिले नेपालजस्तो धेरै संस्कृति र मूल्यमान्यता भएको देशलाई फूलको मालामा उनेजस्तो गाँस्न नसक्ने भन्दैराजसंस्था पुनस्र्थापना अनिवार्य रहेको बताए ।
उनले राष्ट्रपतिको भूमिकाको तटस्थता र राष्ट्रिय एकताको प्रतीकका रुपमा हुनैनसक्ने भन्दै विरोध गरे । अर्का वक्ता कोइरालालेआफूहरुको मूल एजेन्डा ०७२ को संविधान खारेज गरी ०४७ सालको संविधान ब्यूँताउनु भएको बताए । उनले पनि नेपालमा यसअघिकाराष्ट्रपति डा. रामवरण यादवमा पनि दलीय रुझान देखिएको बताए ।
संविधानको दायराभित्रको राजा नेपालमा चाहिएको उनको धारणा थियो । राजाका शासनकालका मन्त्रीसमेत रहेका ज्ञवालीले पनिसंघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आयातीत एजेण्डा रहेको भन्दै खारेज गर्नुपर्ने बताए । ०४७ सालको संविधान फर्काएर राजालाईरेफ्रीको भूमिकामा ल्याउनुपर्ने उनको भनाइ थियो ।(१२खरीबाट साभार) | 2021/05/14 23:19:48 | https://gorkhalivoice.com/2020/11/16861/ | mC4 |
नेपाली विद्यार्थीको नाममा सचेत पत्र-NepalKanoon.com
नेपाली विद्यार्थीको नाममा सचेत पत्र
अध्ययनका लागि अस्टे्रलिया आइपुगेका नेपाली विद्यार्थीहरु चर्को अध्ययन शुल्क तिर्न नसकेपछि शैक्षिक संस्था परिवर्तन गर्न थालेका छन् । अस्ट्रेलियाको डिपार्टमेन्ट अफ इमिग्रेसन र बोर्डर प्रोटेक्सनुले भिषामा तोकिएको शर्त विपरीत भएको भन्दै त्यस्ता विद्यार्थीको नाममा सचेत पत्र काट्न थालेको छ । जसका कारण धेरै नेपाली विद्यार्थीहरु समस्यामा पर्ने देखिएको छ । यसमा कतिले विश्वविद्यालय र आफू पढ्ने संस्थाका बारेमा राम्रोसँग जानकारी नलिई अस्ट्रेलिया पस्ने विद्यार्थी त कतिपयले अस्ट्रेलियन सरकारको स्ट्रिमलाइन भिषा प्रोसेसिङ (एसभीपी)लाई दोषी मानेका छन् ।
ऋषि आचार्य, सिड्नी(वेष्टर्न सिड्नी विश्वविद्यालयमा अध्ययनरत सन्तोष भण्डारी महँगो विश्वविद्यालयको फि तिर्न नसकेर अध्ययनरत संस्था नै फेर्ने धुनमा छन् । सिड्नीको एक शैक्षिक परामर्श व्यवसायीको कार्यालयमा भेटिएका भण्डारी कुनै सस्तो कलेजमा आफूलाई भर्ना गरिदिन शैक्षिक परामर्शकर्तालाई अनुरोध गर्दै थिए ।
६ महिना अघि सेमेस्टरको १२ हजार फि तिर्न सक्ने आर्थिक हैसियत देखाएर उनले वेष्टर्न सिड्नीमा भर्ना र अस्ट्रेलियाको भिषा पाएका थिए । अध्ययनलाई प्राथमिकता दिँदा काम र कमाइ गर्न नसक्ने भएपछि भण्डारीका लागि कलेज परिवर्तन एक मात्र विकल्प भएको छ ।
ओलङ्गन विश्वविद्यालयमा विगत एक वर्षदेखि नर्सिङ विषय पढ्दै गरेकी सम्झना पौडेललाई पनि अध्ययन कसरी पूरा गर्ने भन्ने ठूलो चिन्ता परेको छ । प्रत्येक सेमेष्टरमा बुझाउनु पर्ने १२ हजार अध्ययन शुल्क र सिड्नीको महँगो जीवनशैली पौडेलका लागि अध्ययन पूरा गर्न अवरोध बनेका छन् । नेपालमा रहेका अभिभावकले पढाइ खर्च पठाउन नसक्ने भएपछि उनी पनि सस्तो कलेज वा युनिभर्सिटीमा परिवर्तन गर्ने सोचाइमा छिन् ।
यी त केही उदाहरण मात्र हुन्, उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया आएका नेपाली विद्यार्थीहरु यहाँको महँगो अध्ययन शुल्कका कारण सस्ता कलेजमा सर्नु सामान्य जस्तै भएको छ ।
तर यसरी शैक्षिक संस्था परिवर्तन भिषामा तोकिएको शर्त विपरीत भएको भन्दै अस्ट्रेलियाको डिपार्टमेन्ट अफ इमिग्रेसन र बोर्डर प्रोटेक्सनले विद्यार्थीको नाममा सचेत पत्र काट्न थालेको छ । अस्ट्रेलियाका नेपाली शैक्षिक परामर्शकर्ताहरुको संगठन अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सी अलायन्स ९एइसिए० का अध्यक्ष विवेक थापाका अनुसार, गएको एक महिनाको अवधिमा एक सयभन्दा बढी नेपाली विद्यार्थीले भिषा शर्त उल्लङ्घन गरेको व्यहोराको पत्र पाएको बारे आफूलाई जानकारी आएको बताए । यसमा सन् २०१२ देखि नै अध्ययन गर्दै आएका र भर्खरै नेपालबाट अएर शैक्षिक संस्था परिवर्तन गरेकासम्म छन् ।
समस्याको कारण एसभीपी
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिषा प्रक्रिया सहज होस् भनेर सरकारले २४ मार्च २०१२ देखि लागू हुने गरी स्ट्रिमलाइन भिषा प्रोसेसिङ (एसभीपी) शुरु गरेको थियो । शैक्षिक उद्योगलाई अझ व्यवस्थित गर्नेबारे माइकल नाइट रिभ्युको सुझावअनुसार एसभीपीमा अनुबन्ध भएका ४२ विश्वविद्यालयलाई भिषा प्रक्रियाको लागि आंशिक अधिकार दिएको छ । जसका कारण कम झण्झट, थोरै कागजपत्र र छोटो समयमा विद्यार्थीले भिषा पाउन सक्नेछन् । यो भिषा प्रक्रियाबाट अध्ययन गर्न आउने विद्यार्थीहरु स्नातक, स्नातकोत्तर र योभन्दा माथिका अनुसन्धानात्मक कोर्षहरु पढ्न चाहनेहरुका लागि लागू हुने व्यवस्था गरिएको छ । साथै, प्याकेज कोर्षमा आउने विद्यार्थीहरु पनि एसभीपी प्रक्रियाबाट निवेदन दिन पाउने छन् । तर छोटो अवधिको विषय पढ्न चाहनेहरुले नन् एसभीपीमार्फत् भिषा प्रक्रिया गरेकै राम्रो हुने शैक्षिक परामर्शकर्ता भवानी ओलीको सुझाव छ । अहिले एसभीपीमा आबद्ध नभएका शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि प्रक्रिया पूरा गरेपछि भिषा पाएको कारणले महँगो विश्वविद्यालयमा आएर पछि परिवर्तन गर्नुभन्दा शुरुमै आफ्नो क्षमता अनुसारको शैक्षिक संस्था छनोट गर्नु पर्ने ओलीको भनाइ छ ।
शैक्षिक संस्था परिवर्तन गर्दा तत्काल कुनै असर नपर्ने जस्तो देखिए पनि भविष्यमा भने इमिग्रेसनका कर्मचारीहरुले यसैलाई शर्त बनाएर भिषा थप नगर्न सक्ने सम्भावना पनि रहेको प्रति ओलीले विद्यार्थीलाई सचेत गराएका छन् ।
तास्मानिया विश्वविद्यालयमा अध्ययन गर्न भनेर एक वर्षअघि अस्ट्रेलिया आएका कमल भण्डारी ६ महिनापछि सिड्नी आए । साथीभाइहरुको सल्लाह र शैक्षिक परामर्शकर्ताले पनि भनेपछि उनी सिड्नीकै एउटा सस्तो कलेजमा भर्ना भएका छन् । तर गएको हप्ता मात्र उनले इमिग्रेसनको तर्फबाट पत्र पाए । भिषा शर्त उल्लंघन गरेकोले भिषा रद्द गर्न सक्नेसम्मको व्यहोरा खुलाएर यो पत्र भण्डारीको हातमा परेको हो ।
यो पत्र पाएपछि आत्तिने र भविष्य के हुने हो भनेर अलमलमा पर्ने विद्यार्थीहरुलाई सान्त्वना दिनु आवश्यक छ । एइसीएका महासचिव एवम् शैक्षिक परामर्शकर्ता सञ्जीप पाण्डे भन्छन्, ूनियम र भिषाको शर्त मिचेर शैक्षिक संस्था परिवर्तन गर्ने विद्यार्थीहरुलाई भविष्यमा हुने अप्ठेरोबारे जानकारी दिन स्थानीय पत्रिकामा सूचना प्रकाशित गरेका छौँ ।
अर्का शैक्षिक परामर्शकर्ता मन केसी नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि आउनेहरुले विश्वविद्यालय छनोटमै त्रुटि गर्ने भएकाले यो समस्या देखिएको बताउँछन् । आफ्नो पढाइ नसकिउञ्जेल त्यो विश्वविद्यालयको अध्ययन फि तिर्न सक्ने भए मात्र उक्त शैक्षिक संस्था रोज्न विद्यार्थीलाई केसीको सुझाव छ । उनको प्रश्न थियो, ूसिड्नीमा बस्ने विद्यार्थी किन ओलङ्गन र न्यु क्यासलको विश्वविद्यालयमा भर्ना हुने रु नेपालबाट चैँ जसरी भए पनि अस्ट्रेलिया जाने भनेर खुट्टा उचालेर बस्ने अनि यहाँ आएपछि कानुन मिच्ने प्रवृत्तिले स्वयंको भविष्य अन्धकार बनाउँदैन न त ?
विगत केही महिना अघिबाट अस्ट्रेलियामा उच्च शिक्षा पढ्न आउने नेपाली विद्यार्थीको संख्या बढेको छ । अहिले दक्षिण एसियाका भारत र बंगलादेश भन्दा पनि नेपाललाई अस्ट्रेलियाले प्राथमिकतामा राखेको जस्तो देखिन्छ । त्यसैले यो समयमा विद्यार्थी, शैक्षिक परामर्शकर्ता र अभिभावक सबै इमान्दार हुने हो भने दीर्घकालसम्म सबैको हितमा यो व्यवसाय चल्न सक्छ । तर नेपाल र अस्ट्रेलियाका केही व्यवसायीहरुको क्षणिक स्वार्थका कारण अस्ट्रेलियाले नेपालीप्रति हेर्ने दृष्टिकोण फेरिनेप्रति सचेत हुनु पर्ने देखिएको जानकारहरु बताउँछन् । सिड्नीमा सक्रिय शैक्षिक परामर्शकर्ता खिलेन्द्र तिम्सिना यो समस्या देखिनुको पछाडि सही विश्वविद्यालय र कोर्षको छनोट, चर्को अध्ययन शुल्क, विद्यार्थी र व्यवसायीमा पनि दीर्घकालीन लक्ष्यको कमी र उचित शैक्षिक तथा आर्थिक योजनाको कमी देख्दछन् ।
एसभीपीमा अनुबन्ध ४२ वटा विश्वविद्यालयमा अध्ययन गर्न भनेर नेपालबाट अस्ट्रेलिया आए पनि पछि शैक्षिक संस्था परिवर्तन गर्नुले विद्यार्थीमा यो अन्योल देखिएको हो । सोलिसिटर डा। शम्शेर सिंह थापा अस्ट्रेलियन सरकारको कानुन र नीतिबीच प्रष्टता नहुँदा यो समस्या आएको हो । भिषासम्बन्धी शर्तहरुमा शैक्षिक संस्था परिवर्तनबारे प्रष्ट नलेख्दासम्म यस्ता समस्या दोहोरिरहने डा। थापाको भनाइ छ । ूकति घण्टा काम गर्ने भन्नेबारे जसरी कानुनी रुपमै प्रष्ट व्यवस्था भएको छ, त्यस्तै नीतिसँग मिल्ने कानुन ल्याउन पर्छ अनि मात्र यो समस्याको समाधान हुन्छ,ू डा। थापा भन्छन् ।
सुनौलो भविष्यको सपना बोकेर अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अलमलमा पार्ने अवस्थाको अन्त्य हुनु पर्ने केही व्यवसायीको धारणा छ । व्यवसायीले क्षणिक स्वार्थ नहेर्ने र विद्यार्थीले पनि अफ्नो रुचि र आर्थिक तथा बौद्धिक क्षमताले भ्याउने विषय तथा विश्वविद्यालय छनोट गरेको खण्डमा भने सबै पक्षको भलो हुने देखिन्छ ।स्रोत ः नेपालीपत्र | 2021/06/20 12:35:11 | https://nepalkanoon.com/274/ | mC4 |
नेकपा विवादमा राष्ट्रपति तानिइन् – Nepalpostkhabar
nanda । २१ असार २०७७, आईतवार ०५:५४ मा प्रकाशित
आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले 'बाई वर्ड एन्ड बाई स्टेप्स' (वचन र कर्मले) सामना गर्ने अठोट सुनाएका छन्, त्यसका लागि संवैधानिक९रु० कदम चाल्ने संकेत पनि दिएका छन्
१ सहयोग गर्ने मन्त्रीहरू खुलेर आऊ, नगर्ने मन्त्रीले राजीनामा देऊ स् राष्ट्रपति विद्या भण्डारीसँगको भेटलगत्तै मन्त्रीलाई भेटेका ओलीले उनीहरूसँग सहयोगको कुनै अपेक्षा राखेनन् । बरु, कित्ता मात्र स्पष्ट गरिदिन भने । 'तपाईंहरू एक–दुई दिन सोच्नोस्, मसँग हुनुहुन्छ कि उता हुनुहुन्छ, सोेचेर मलाई जवाफ दिनुहोस् ।' यसो भनेर प्रधानमन्त्रीले समर्थक जति भए पनि आफू आफ्नो प्रतिरक्षा गर्न सक्षम र तयार रहेको सन्देश मात्र दिएका छैनन् । आफ्नो पक्षमा नउभिने मन्त्रीलाई राजीनामा दिन नैतिक दबाब पनि दिएका छन् ।
प्रधानमन्त्रीको यो आग्रहपछि अब मन्त्रीहरूका अगाडि एउटा अवस्था सिर्जना भएको छ । १ प्रधानमन्त्रीको पक्षमा बलियोसँग उभिने, २। प्रधानमन्त्रीलाई राजीनामा बुझाउने । यसको अर्थ प्रधानमन्त्रीले भन्दा अघि मन्त्रीहरूले मार्गप्रशस्त गर्नुपर्ने वेला आएको छ । अहिले प्रधानमन्त्री ओलीले देश चलाउन सक्नुहुन्न भन्ने मन्त्रीहरू उनको मन्त्रिपरिषद्मा छन् ।
२ दलबदल गर्न ४० प्रतिशत पनि नचाहिने अध्यादेश आउन सक्छ स् संसदीय दलमा बहुमत भएको भए ओलीलाई सबैभन्दा सजिलो हुने थियो । किनकि प्रधानमन्त्रीको निर्वाचन पार्टीका कमिटीले होइन, संसदीय दलको बहुमतले गर्ने हो । तर, त्यहाँ पनि बहुमत नभएकाले उनी संसदीय दलतर्फ लागेका छैनन् । पार्टी विभाजन गर्न आवश्यक ४० प्रतिशत भने उनीसँग भएको वा नभएकोमा दुवैतर्फका आ–आफ्ना दाबी छन् । अहिलेको कानुनअनुसार नयाँ दल बनाउन पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने उल्लेख छ । उनले दुईमध्ये एकमा मात्रै ४० प्रतिशतले पुग्ने अध्यादेश यसअघि पनि ल्याएका थिए ।
संसदीय दलमा पनि आफ्नो पक्षमा ४० प्रतिशत नपुगेमा प्रधानमन्त्रीले पार्टी विभाजन गराउन सो संख्या पनि नचाहिने व्यवस्था गराउन सक्छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा लेखिएको छ, 'कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्नेछैन ।' दफा ३१९२० ले दल त्याग गरेमा के हुन्छ रु भन्नेबारे स्पष्ट पारेको छ । यो दफामा भनिएको छ, 'कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्याग गरेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।' तर, सरकारले यो अध्यादेश ल्याएर यो दफा नै निलम्बन गरिदियो भने कुनै पनि दलका सांसद कुनै पनि दिन जता पनि जान सक्छन् ।
३ नयाँ अध्यादेश आउने मात्र होइन, संकटकाल पनि लाग्न सक्छ स् मन्त्रीहरूमार्फत प्रधानमन्त्रीले कडा सन्देश दिएका छन्, 'मेराविरुद्ध षड्यन्त्र भएको छ, म र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाई वर्ड एन्ड बाई स्टेप्स ९वचन र कर्म०बाट सामना गर्नुपर्ने हुन पनि सक्छ ।' शब्दबाट ओलीले आफूविरुद्धका सबै आरोपको सामना गरिरहेका छन् । तर, अहिलेको परिवेशको सामना गर्न उनले लिने संवैधानिक कदम सीमित छन् । स्थायी कमिटीको निर्णय मान्दिनँ भन्दा उनले संसदीय दल वा संसद्को सामना गर्नुपर्ने हो । तर, त्यहाँ उनी अल्पमतमा छन् ।
४ भारतले हटाउन खोजेको छ भन्ने प्रचारपछि अब राष्ट्रपतिलाई महाअभियोगको प्रसंग स् कोभिडविरुद्धको लडाइँमा कमजोर देखिएको सरकार भ्रष्टाचारमा अगाडि देखिएको छ । त्यसैले जनमत प्रधानमन्त्रीविरुद्ध छ । त्यस्तै, पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा समेत ओली अल्पमतमा छन् । तर, आफूलाई घेराबन्दी गरिएको भनेर उनले 'भिक्टिम कार्ड' प्रयोग गर्न खोजेका छन् ।
बालुवाटारमा विश्वयुद्धको प्रसंग ः कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्रीलाई सुनाएर पोस्टरको कथा
प्रधानमन्त्रीलाई नेकपा प्रवक्ताको जवाफ–महाअभियोगबारे झुटो प्रचार नगरौँ
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटो प्रचार नगर्न आग्रह गरेका छन् । उनले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रपति संस्थाको अवमूल्यन नगर्न आग्रहसमेत गरेका छन् । उनले भनेका छन् 'हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ । राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटो प्रचार कसैले नगरौँ । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौँ । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ ।'
राष्ट्रपति विद्या भण्डारीलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीले साँझ ७ देखि सवा ८ बजेसम्म मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भएको भन्दै 'बाई वर्ड एन्ड बाई स्टेप्स' ९वचन र कर्म०बाट त्यसको सामना गर्ने सन्देश दिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, पार्टी एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि समेत आफ्नो निरन्तरता अपरिहार्य रहेकोसमेत मन्त्रीहरूलाई ब्रिफिङ गरेका छन् । 'अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,' प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले भनिन्, 'उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर देशलाई कमजोर हुन्न दिन्नँ भन्नुभएको छ ।'
प्रधानमन्त्रीको सन्देशले आपूmहरूलाई निराश बनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ । 'शुक्रबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले जे भन्नुभयो, त्यसले पनि उहाँको दृष्टिकोण, रबैया त्यति सकारात्मक देखाएन,' नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, 'अहिल्यै ठ्याक्कै त्यस्तो ९विभाजनलाई प्रश्रय दिएको० त म भन्दिनँ, तर त्यति सकारात्मक स्थिति नदेखिए पनि गम्भीरतापूर्वक छलफल गरेर हामी सहमतिका लागि प्रयास गर्नेछौँ ।'
सहमति खोज्नकै लागि भनेर दोस्रोपटक बैठक स्थगित भयो । तर, सहमति नजिकिएर हो कि टाढिएकाले पर सार्नुभएको हो ?
– सहमतिको कोसिस गर्न बैठक सार्ने, तर अध्यक्षहरूकै भेटघाट नहुनुले त गृहकार्य गर्न खोजेको देखाउँछ त ?
अध्यक्षहरूबीच भेट नभए पनि सहमतिका लागि तपाईंहरूले आन्तरिक रूपमा त पक्कै विकल्पको गृहकार्य गर्नुभएको होला नि ?
यसको मतलब प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर विभाजनलाई प्रश्रय दिने खालको सन्देश दिनुभो भन्न खोज्नुभएको हो रु
दिनहुँ छलफल त समूह–समूहमा गरिरहनुभएकै छ, केही न केही विकल्पबारे कुरा भएको त होला नि ?
प्रतिनिधिसभा नियमावलीको नियम १५४ ले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव गर्न सकिने व्यवस्था गरेको छ । यस दफामा छ, 'राष्ट्रपति वा उपराष्ट्रपतिले संविधान र कानुनको गम्भीर उल्लंघन गरेको भनी संविधानको धारा १०१ को उपनियम ९१० बमोजिम महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध त्यस्तो प्रस्ताव पेस गर्नुपरेको आधार र कारण खुलाई सोको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ ।'
हाल संसद्मा २७० सदस्य कायम छन्, यसको एकचौथाइ भनेको ६८ सांसद हुन् । यस्तो प्रस्ताव प्राप्त भएपछि महासचिव वा निजको अनुपस्थितिमा सचिवले सभामुखसमक्ष पेस गर्नेछ । १५४ ९२० मा त्यस्तो प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुने गरी दिन र समय तोकिने प्रावधान छ ।
'मैले उहाँलाई एकतर्फी निरन्तर सहयोग गर्दै आएँ, तर उहाँ ९केपी ओली०ले मलाई हदैसम्म अपमान मात्रै गर्नुभो, धोका दिनुभो, उहाँहरू (प्रचण्ड–नेपाल) पनि सहमतिभन्दा बहुमत र अल्पमतको नाममा निर्णय गरेर पार्टी फुटाउने तयारीमा जस्तो देखिनुहुन्छ, खोज्दै हुनुहुन्छ, तयारी त्यस्तै छ,' गौतमको जवाफ उद्धृत गर्दै सहभागीमध्ये एक नेताले भने, 'विभाजनबाट के हुन्छ रु मलाई सबै थाहा छ, दुर्घटना नहोस्, त्यस्तो अवस्था आयो भने म (ओली/प्रचण्ड–नेपाल समूह) कतै लाग्दिनँ, बरु एक्लै भए पनि तटस्थ बस्छु ।'
त्यस्तै, केन्द्रीय सदस्यहरू जगन्नाथ खतिवडा, ठाकुर गैरे, हिमाल शर्मा, डा विजय पौडेल, रामकुमारी झाँक्रीसहित करिब ५० नेता–कार्यकर्ताको अगुवा समूहले शुक्रबारबाट सुरु गरेको पार्टी कार्यालय धर्ना अभियानलाई शनिबार पनि निरन्तरता दिएका छन् । उनीहरूले त्यस्तो कार्यक्रम शनिबारबाट सबै जिल्लास्थित पार्टी कार्यालयमा विस्तारित भइरहेको जनाएका छन् । | 2021/05/13 15:05:12 | https://nepalpostkhabar.com/2020/07/36570 | mC4 |
सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने – Saurahaonline.com
सौराहा अनलाइन | २०७८, ११ बैशाख शनिबार
काठमाडौँ : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ ।पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ ।जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।
शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ ।पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।
यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका सचिव सुजीव बज्राचार्यले बताए ।बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ चार दिने जात्रा सम्पन्न गरिएको उनले बताए ।
जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो ।जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । जसले गर्दा रथयात्रा सुरक्षितरुपमा सम्पन्न गर्न सकिएको हो ।रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए । बत्तीस हात लामो रथ निर्माणको व्यवस्थापनसमेत संस्थानले नै गर्ने गरेको छ ।
पहिलो दिन रथ असन लगी पूजा आराधना सकिएपछि असनमा मङ्गलबार राति ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गरेकी थिइन् ।सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । | 2021/05/14 16:19:27 | https://saurahaonline.com/2021/04/223291/ | mC4 |
गाउँ–गाउँमा फैलिँदै कोरोना | Nagarik News - Nepal Republic Media
संक्रमण बढिरहेको गाउँ । तस्बिर: दिनेश /नागरिक
पछिल्लो समय शहर भन्दा गाउँ कोरोना जोखिममा परेका छन् । नेतृत्व शहरमुखी भईदिदा दुर्गम गाउँहरु ओझेल परेका हुन् । केन्द्र र प्रदेश सरकारको ध्यान आफू र आफ्नालाई अनि कुर्सीमा मात्र गए पछि बस्ती बस्तीमा फैलिएको महामारीका बारेमा चासो दिन छोडिएको हो । यतिबेला पहाडी जिल्ला रोल्पाका दुर्गम बस्तीहरुमा संक्रमण तीव्र गतिमा फैलिएको छ । मंगलवार सुनछहरी गाउँपालिका वडा न. ३ गाममा ५२ लाई परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास बढेको हो ।
त्यसो त रोल्पा आफैमा पहाडी अनि दुर्गम जिल्ला हो । त्यसमा पनि भित्र भित्रका बस्ती सम्म संक्रमण भित्रिए पछि समस्या थपिएको छ । अस्पताल वा स्वास्थ्य सस्था टाढा भएका यी बस्तीहरुमा बस्ने भोट बैंकका रुपमा मात्र प्रयोगमा आउने हुन अथवा राज्यले केही गर्छ अलमल थपिएको हो । 'केहि भयो भने मर्ने त होला । नजिकमा अस्पताल छैन । हामिलाई कसले मतलब गरोस ।' गामका स्थानिय देउसिंह घर्ती भन्छन् 'हाम्रो काम भोट हालेर जिताउने मात्रै हो । जनतालाई पर्दा राज्यले किन हेरोस ।'
सुनछहरी गाउँपालिकाका स्वास्थ्य संयोजक जगत बुढाका अनुसार केही संक्रमितमा लक्षण छ भने केही सामान्य छन् । 'प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिसंगै स्थानीयहरु पनि संक्रमित भएका छन् ।' उनले भने 'हाम्रो पालिकामा गत ३ दिनमा ५२ संक्रमित भेटिएका छन् ।' बुढाका अनुसार प्रर्याप्त परीक्षण गर्न सकिएको छैन । जिल्लाले १५ थान र गाउँपालिकाले २ सय ५० थान एन्टीजेन किट किनेको थियो । किट अभावमा धेरैलाई परीक्षण गर्न नसकिएको हो ।
सुनछहरीमा जस्तै थवाङ गाउँपालिकामा पनि संक्रमणले छोडेको छैन । यहाँका गाउँमा पनि कोरोनाले आतंक फैलाएको छ । थवाङ अहिले सम्म ३६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य संयोजक तुलबहादुर पुनले किट नभएपछि सदरमुकामस्थित अस्पतालबाट २५ वटा सापटी लिएको बताए । खरिद गर्न खोजेको पाईएको छैन् । राज्यले परीक्षण किटको व्यवस्था गर्न नसक्दा सकस भएको हो । त्यसो त थवाङमा अक्सिजन अभाव भएपछि किनेर ल्याईयो तर अपुरो सेट आएपछि प्रयोगमा आएको छैन । पुन भन्छन् 'यहाँ १० वटा अक्सिजन सिलिन्डर आयो तर जोड्ने सकेट नभए पछि प्रयोग गर्न सकिएको छैन ।'
अर्को दुर्गम गंगादेब गाउँपालिकामा १ सय २४ जना संक्रमित छन् भने परिबर्तनमा ५६ जना, सनिलस्मृती गाउँपालिकामा १ सय ४८ जना, परिवर्तन गाउँपालिकामा ५६ जना, त्रिबेणीमा ६०, लुङग्रीमा ३८, रुन्टीगढीमा ३० र रोल्पा नगरपालिकामा २ सय ३४ जना हाल सक्रिय संक्रमित रहेका छन् । यति धेरै संक्रमित भएको रोल्पामा अस्पताल भने १५ शैयाको मात्र रहेको छ । मंगलवार सम्मको यो तथ्याङ्क हेर्दा यतिबेला गाउँहरु जोखिममा रहेका छन् । रोल्पामा अहिले सम्म संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिर उपचारका लागि गएका अन्य दर्जन बढिले उतै ज्यान गुमाएका छन् । | 2021/12/05 20:49:15 | https://nagariknews.nagariknetwork.com/social-affairs/535731-1622019794.html | mC4 |
कांग्रेसमा कोइराला परिवारको सक्रियता – Himshikharnews.com
४ श्रावण २०७६, शनिबार १३:४८
काठमाडौं । कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।
१४ औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको मूल नेतृत्वमा आउन रणनीति बनाउन क्रियाशील छन्। महाधिवेशनलाई लक्ष्य गरी उनीहरूले दुई वर्षदेखि आफूहरू एकढिक्का भएको सन्देश दिन भ्याइरहेका छन्।
कहिले 'लन्च मिटिङ' गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन्। जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ। शशांकले गत सोमबार आफ्नो निवासमा शेखर र सुजातासहित लन्च मिटिङ गरे।
फाउन्डेनको ब्यानरमा सामूहिक रूपमा प्रकट भएकै समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई चुनौती महसुस गरे। स्थानीय नेता/कार्यकर्तासँग देउवाले अन्तरक्रिया गरे।
उनले वीरगन्जमा वंशवादको विरोध गरे। फाउन्डेसनको संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार भएको छ। सबै तहका संरचनामा महाधिवेशन प्रतिनिधिले नेतृत्व गरिरहेका छन्। यो संगठन अन्य पाँच मुलुकमा विस्तार भएको छ।रिपोर्टर्सनेपाल डटकमबाट | 2022/01/21 02:10:09 | https://www.himshikharnews.com/2019/07/20/5030 | mC4 |
बेनीको जामुनाखर्कमा सहकारी सचेतना : स्थानीय स्रोतको अधिकतम उपयोगमा जोड ! – ebaglung.com
बेनीको जामुनाखर्कमा सहकारी सचेतना : स्थानीय स्रोतको अधिकतम उपयोगमा जोड !
२०७४ माघ २९, सोमबार १९:०४ Top News, थप समाचार
म्याग्दी, २०७४ माघ २९ । जामुनाखर्क कृषि सहकारी संस्था लिमिटेड बेनी नगरपालिका वडा नं. ६ म्याग्दीको आयोजनामा ३ दिने सहकारी शिक्षा तालिम सोमबारदेखि शुरु भएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बेनी नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष कृष्ण बहादुर बाँनियाले महिलाहरुलाई सहकारीमार्फत आर्थिक रुपमा सक्षम बनाउनका लागि तालिम सहयोगी हुने धारणा व्यक्त गर्दै समाज विकासका लागि आर्थिक व्यवस्थापन महत्वपूर्ण हुने भएकाले आयआर्जन कसरी बढाउने र आम्दानी गरेको रकम कसरी वचत गर्ने भन्ने विषयमा सबै जानकार हुन जरुरी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा तालिमका प्रशिक्षक रामबहादुर जिसीले समाजमा खेर गैरहेको स्रोतको पहिचान र परिचालन गरेर आयआर्जन गर्नका लागि राज्यले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।
मानिसहरु बजारको पछि दौडिएर अनावश्यक वस्तुको उपभोगमा प्रतिष्पर्धा गरिरहेको भन्दै जिसीले आयातित वस्तुको उपभोग पैसा र स्वास्थ्यको हिसावले हानिकारक हुने भएकाले स्थानीय वस्तुको अधिकतम उपयोग गर्न सुझाव दिए ।
तालिममा बेनी नगरपालिका वडा नंं ६ अन्तरगत रहेका बाँस्बोट आमा समुह, एक्लेपीपल आमा समुह, देउराली आमा समुह, एकपाटे आमा समुह, भगवती आमा समुह, राधाकृष्ण आमा समुह, गुफा नेपाली आमा समुह, जामुनाखर्क आमा समुह, खरेनी आमा समुहमा आवद्ध ६० जना शेयर सदस्यहरुको सहभागिता रहेको छ ।
तालिममा सहकारीको अर्थ, आवश्यकता र सहकारीमार्फत गर्न सकिने व्यवसाय, वचतको महत्व र वचत गर्ने तरिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका छन् ।
जामुनाखर्क कृषि सहकारी संस्थाका अध्यक्ष बलबहादुर विकको अध्यक्षता र सचिव सुवास वि.कको सञ्चालनमा सम्पन्न तालिम उदेघाटन कार्यक्रममा बेनी नगरपालिका वडा नं. ६ का सदस्यहरु गणेशबहादुर शाही, सावित्री उपाध्याय र राजकुमारी विक लगायतले मन्तव्य व्यक्त गरेका थिए । | 2020/01/21 06:52:06 | https://www.ebaglung.com/archives/23516 | mC4 |
» बजारमा अखाद्य बस्तुको कारोबार बढ्दो , खाद्य स्वच्छता सम्बन्धी नीति प्रभावकारी भएन
२०७६ फागुन १७, शनिबार
बजारमा अखाद्य बस्तुको कारोबार बढ्दो , खाद्य स्वच्छता सम्बन्धी नीति प्रभावकारी भएन
२४ श्रावण २०७६, शुक्रबार १२:२२
२४ साउन, धनगढी । खाद्य स्वच्छता सम्बन्धी सरकारी नीति प्रभावकारी नबन्दा बजारमा अखाद्य बस्तुको कारोबार बढेको छ । हाल खाद्य स्वच्छता गुणस्तर ऐन २०२३ कार्यान्वयनमा रहेको छ ।
नीति परिमार्जनको मस्यौदा अलपत्र छ । प्रदेश र स्थानीय सरकारले पनि खाद्य स्वच्छता सम्बन्धी कुनै नीति निर्माण गर्न सकेका छैनन् । जसका कारण बजारमा अखाद्य बस्तुको कारोबार छ्याप छ्याप्ती छ । नियमनकारी निकायले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता मारमा छन् ।
कम मेहनत र छोटो समयमा बढी मुनाफा कमाउन चिज वस्तुहरूमा अखाद्य बस्तु मिसावट गर्ने प्रचलन बढ्दै गएको छ । खाद्य स्वच्छता सम्बन्धी नीतिको अभाव र उपभोक्ताको चेतना बिस्तार नहुँदा बजारमा अखाद्य बस्तुको कारोबार बढेको कैलाली उद्योग वाणिज्य सङ्घका सचिव सिद्धराज पनेरुले बताए ।
खाद्य स्वच्छता र गुणस्तरमा ख्याल नगर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । खाद्य मिसावटका कारण प्रत्येक १० जना व्यक्तिमध्ये एक जना बिरामी पर्ने अध्ययनले देखाएको छ ।
तरकारी, मासु, माछा, फलफुलहरू स्वच्छ नहुँदा मानिसमा तत्कालीन असरदेखि दीर्घकालीन ज्यानै लिने क्यान्सर जस्ता रोगहरू लाग्ने गरेका छन् । तर पनि उपभोक्ता सचेत बन्न सकेका छैनन् ।
न नियमनकारी निकायले प्रभावकारी अनुगमन नै गर्ने गरेका छन् । तर अनुगमनको जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसनधान अधिकृत दीपक कुँवरले बजारमा अखाद्य बस्तुको कारोबार रोक्न निगरानी बढाएको दाबी गरे ।
कैलालीमा मात्रै होइन खाद्य स्वच्छताको अवस्था समग्र नेपालमै चिन्ता जनक छ । यद्यपि सुदूरपश्चिमका उपभोक्ता बढी सचेत बन्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाव पूर्व महानिर्देशक जीवनप्रभा लामाले बताइन् ।
खाद्य स्वच्छताका विषयमा विशेष सजगता अपनाउन उपभोक्तालाई उनले आग्रह गरिन् । स्थानीय तहलाई यसको अधिकार भए पनि उनीहरूले यसलाई प्राथमिता दिएका छैनन् ।
धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भने अखाद्य बस्तुको कारोकावार रोक्न नियमित अनुगमन थालिने दाबी गरे । एकातिर अनुगमन नै प्रभावकारी छैन भने ऐन प्रभावकारी नभएका कारण पनि अखाद्य सामान बेच्नेले उन्मुक्ति पाइरहेका छन् ।
२०२३ सालमा निर्माण भएको ऐन नै हाल कार्यान्वयनमा छ । ऐन परिमार्जन हुन नसक्दा खाद्य स्वच्छता कायम राख्न चुनौती थपिएको छ । संविधानले प्रदेश र स्थानीय सरकारलाई आवश्यक ऐन निर्माण गरी अनुगमन गर्न सक्ने अधिकार प्रदान गरे पनि हाल सम्म ऐन निर्माण हुन सकेको छैन । | 2020/02/29 12:01:59 | https://www.bulletinnepal.com/archives/34254 | mC4 |
"भाषा बाँचे जाती बाँच्छ"
फाल्गुन २९, २०७५ मनु बिद्राेही
जिविका अश्रु
गजलकार जिविका अश्रु दुई दशक देखि साहित्यमा कलम चलाइरहनु भएको छ।स्कुल लेभल देखि नै कविता विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो ।औपचारिक रूपमा वि.सं २०५३श्रावण महिनाको अनुसन्धान साप्ताहिक पत्रीकामा कविता प्रकाशित भएपछि लाग्नु भएको हो।
साहित्यमा लाग्नुको प्रेरणाको स्रोत आफ्नो परिवारलाई मान्नुहुन्छ।उहाँले कविता ,गजल र मुक्तक लेख्नुहुन्छ ।सिकिममा गजल अभियन्ताको रूपमा काम गरिरहनु भएको छ।हिन्दी साहित्य समिती संस्थाको संस्थापक सदस्य गरि छ सात वटा साहित्यिक संस्थामा आवद्ध हुनुहुन्छ ।राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि एक दर्जन जति सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ।गजल सङ्ग्रह "अक्षर प्रेम"(२०७३)र संयुक्त गजल सङ्ग्रह "शब्द शिविर"(२०७४) प्रकाशित भइसकेको छ भने गजल सङ्ग्रह "भाडाका मलामी "को प्रकाशनको तयारीमा हुनुहुन्छ । उहाँसंग सारङ्गी न्यूजकर्मी मनु विद्राेहीले गरेकाे कुराकानी:
व्यक्ति अथवा समाजको हितमा लेखिएका कुनैपनि कलात्मक लेख, रचना, काव्य, आदिलाई नै साहित्य भनिन्छ । समाजमा सु-सन्देश,जागरुक गराउन साहित्य लेखिनुपर्ने हो । तर म आफ्नो आत्म सन्तुष्टिको लागि लेख्नेगर्छु ।
झन्डै दुई दशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ ?अहिलेको नेपाली साहित्यको स्थितिबारे कत्तिको सकारात्मक हुनुहुन्छ ?
समय परिवर्तनशील छ । अझ दुई दशक लामो समयको अन्तरालमा धेरै परिवर्तन भएकोछ । हाम्रो समयमा अहिले जस्तो प्रविधिको विकास थिएन । कुनैपनि कामका लागि समय धेरै लाग्थ्यो । हामी गाउँमा जन्मेका कवि लेखकका लागि मञ्च पाउन गाह्रो थियो । पत्रिकामा रचना छपाउन पाउदा अत्यन्तै भाग्यमानी ठान्थ्यौँ । बा-आमापनि सकारात्मक सोच राखिदिनुहुन्नथ्यो । कविता, गजल लेख्दा कमाइ हुन्छ र ? भन्नुहुन्थ्यो । तर अहिले त्यस्तो छैन । प्रविधिले गर्दा अधिराज्य भरिका सबैसँग सम्बन्ध रहन्छ । काम चाडैँ हुन्छ । अवसर पाइन्छ । म दुई दशक बिचको समय आकाश र पाताल फरक भएको पाउछु ।
प्रविधिको तीव्र गतिले मानिसलाई र नेपाली साहित्यलाई छिटो अगाडि बढाएको महसुस भएकोछ । तर यस प्रविधिकै कारण कयौंँ असल स्रष्टा भने ओझेलमापनि परेको देखेको छु ।
मान्छे अहिले राम्रालाई भन्दा हाम्रालाई प्रोत्साहन गरिरहेका छन् । यो नेपाली साहित्यको लागि र कुशल साहित्यकार जो सबैले चिन्छन र साहित्य अकादमीले चिन्दैन अर्थात सरकारले उनीहरुका लागि भने सोच्न बाध्य बन्नु परेकोछ । समग्रमा भन्नुपर्दा प्रविधिले नेपाली साहित्यलाई मनग्य प्रभाव पारेको छ ।
पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमी देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?
पुरुष स्वतन्त्र छन् । पुरुष सत्ता भएकै कारण उनीहरु निर्धक्क आफ्नो एउटा जिम्मेवारी सकेर अन्यकाम जस्तै राजनीति, साहित्य लेखन तर्फ लाग्न सक्छन् । तर महिलामा जिम्मेवारी पुरुषमा भन्दा बढी हुन्छ । घर, कार्यालय, बच्चा आदि घरको काम जो कहिले सकिँदैन र देखिदैनपनि सरकारले महिलाका लागि जती नै अधिकार दिएका कुरा गरेपनि अझैँसम्म छाउगोठ भत्किएका छैनन् ।
बोक्सी प्रथा हटेको छैन गाउँ गाउँमा गएर हेरौँ भने अझैँपनि मोटर गाडी नदेखेका आमा, दिदीबहिनीहरू भेटिन्छन भने अहिले हामीले के आश गर्नु समानताको ? हाम्रो समाजमा, हाम्रो मानषपटलमा जबसम्म पुरुष सत्ता हावी भैरहन्छ तवसम्म महिला लेखक अगाडि बड्न सक्दैनन् ।
हो मिडिया र सामाजिक संजालले दुईचार कविता लेख्नेलाई वरिष्ठ कवि बनाइदिएको छ यो दु:खको कुरा हो । जसलाई साहित्य के हो थाहा छैन उसैबाट साहित्यको विकासमा के आशा राख्ने ? राम्रो पक्ष ओझेल परेपछि कस्तो प्रभाव पर्छ भन्ने त आम मानिसले बुझेकै हुनुपर्छ ।
साहित्य समाजको ऐना मात्र हैन मार्गदर्शकपनि हो । समाजमा भएका विसंगति, अभाव, कुसंस्कारगरुलाई साहित्य सिर्जना मार्फत बाहिर ल्याएर त्यसमाथि चर्चा परिचर्चा गर्नाले आम मानिसमा चेतनाको विकास अवस्य हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
सर्वप्रथमत: सरकारले साहित्यकारलाई सम्मान स्वरुप परिचयपत्र बनाई अन्य कर्मचारी अथवा विद्यार्थीलाई झैं सरकारी स्तरमा केही छुट दिए केहि हदसम्म राहत महसुस हुनेथियो कि भन्ने लाग्छ। साथै सर्जकका लागि किताबको बजार ब्यवस्थापन गर्न सहजीकरण गरिदिए अझैँ राम्रो हुनेथियो ।
भनिन्छ "भाषा बाँचे जाती बाँच्छ" । यो कटुसत्य हो झैंँ लाग्छ ।आगन्तुक शब्दहरू राखेपछि हाम्रा पछिल्ला पिंढीले कुन आफ्नो भाषा र कुन आगन्तुक छुट्याउन सक्दैनन् । शब्दकोषमा आगन्तुक शब्द नपाउदा आउने पुस्तालाई र नेपाली जाति माथी नै नराम्रो असर पर्न जान्छ ।
साहित्यको प्रायः जसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईको सुझाव के छ ?
सवादविवाद त भैरहन्छन एकले अर्कालाई, अर्काले अर्कालाई यो भएन त्यो भएन त भइरहन्छ किनकि एक घरका चार सन्तानको त विचार मिल्दैन भने करोडौँ मानिसको विचार मिल्ने त कुरै भएन। त्यसैले मानव के हो त्यतातिर ध्यान दिएर आफू अघि बढ्नु नै बुद्धिमत्ता मान्छु ।
अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केही बाँकी छ ।
मेरा गनथनहरू पढिदिनु भएकोमा मेरा प्रिय, आदरणीय पाठकवर्गमा आभार ब्यक्त गर्दछु र साथै मेरा कुराहरू पाठक सामू पुर्याईदिनु भएकोमा यस मिडिया प्रति हार्दिक अाभारी छु । | 2020/02/27 02:11:24 | https://www.saranginews.com/kala-sahitya/842 | mC4 |
आईपीएल : उत्कृष्ट फर्ममा दिल्ली र बैंंग्लोर, दुवै चौथो जितको खोजीमा
मुख्य पृष्ठक्रिकेट खेलकुदआईपीएल : उत्कृष्ट फर्ममा दिल्ली र बैंंग्लोर, दुवै चौथो जितको खोजीमा
विराटनगर, १९ असोज । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औं खेलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । अंकतालिकाको शीर्ष स्थानमा रहन यी दुवैलाई आजको खेल जित्नैपर्ने हुन्छ ।
बेलु्का ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यी दुईबीचको खेलमा दुवै टोली आफ्नो चौथो जितको खोजीमा हुनेछन् । प्रतियोगितामा हालसम्म सबै टोलीले आ–आफ्ना चार खेल खेलिसकेका छन्, चार क्लबले पाँच खेलसमेत खेलिसकेका छन् । तर जारी आईपीएलमा चार खेलमा तीन जित निकाल्न सफल यी दुई मात्र छन् ।
पहिलो खेलबाट नै विजयी यात्रा प्रारम्भ गरेको दिल्ली तेस्रो खेलमा हैदराबादसँग पराजित हुँदै प्रतियोगितामा जितको ह्याट्रिक गर्नबाट चुकेको थियो । पञ्जाबविरुद्धको पहिलो खेलमा सुपर ओभरमा जित निकालेको दिल्लीले दोस्रो खेलमा चेन्नईलाई ४४ रनले स्तब्ध बनाएको थियो ।
तर तेस्रो खेलमा हैदराबादसँग पराजित हुँदै अंक सुम्पिन बाध्य भएको दिल्लीले चौथो खेलबाट प्रतियोगितामा पुनरागमन गरिसकेको छ । चौथो खेलमा कोलकतालाई १८ रनले हराएको दिल्लीले उक्त खेलमा जारी सिजनकै सर्वाधिक रनसमेत बनाएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले कोलकतासामु दुई सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
यता, बैंग्लोर भने आजको खेल जित्दै प्रतियोगितामा जितको ह्याट्रिक गर्न चाहन्छ । लगातार दुई खेल जितेर पनि तेस्रो खेलमा पराजित भएका राजस्थान र दिल्ली प्रतियोगितामा जितको ह्याट्रिक नजिक पुगे पनि सफल हुन सकेनन् । बैंग्लोरलाई आज ह्याट्रिक गर्ने अवसर भए पनि स्थिति त्यति सहज भने हुने छैन । प्रतियोगितामा निकै फर्ममा देखिएको दिल्ली बैंग्लोरलाई कडा टक्कर दिन तयार छ ।
पहिलो खेलमा हैदराबादलाई १० रनले हराउँदै सुखद सुरुआत गरेको बैंग्लोर दोस्रो खेलमा भने ९७ रनको भारी अन्तरले पराजित भएको थियो । तर तेस्रो खेलमा मुम्बईलाई सुपर ओभरमा हराउँदै लयमा फर्किएको संकेत गरेको बैंग्लोरले चौथो खेलमा राजस्थानलाई आठ विकेटले हराउँदै आफ्नो अब्बल क्षमता देखाइसकेको छ ।
उत्कृष्ट फर्ममा रहेका यी दुवै टोलीबीचको आज हुने खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । आजको खेलमा जित कसले आफ्नो पक्षमा पार्ने हो त्यसको लागि खेल हेर्नुको विकल्प रहँदैन ।
यी दुईले आईपीएलमा हालसम्म एकअर्काविरुद्ध २३ खेल खेलिसकेका छन् । २३ मध्ये १४ खेलमा बैंग्लोर सफल भएको छ भने दिल्लीले आठ खेलमा मात्रै जित निकालेको छ । यी दुईबीचको २०१५ आईपीएलका एक खेल भने नतिजाविहीन भएको थियो । २०१९ को आईपीएलका दुवै भेटमा दिल्लीले बैंग्लोरलाई हार चखाएको थियो भने बैंंग्लोरले २०१८ को आईपीएलको दुवै खेलमा दिल्लीलाई पराजित गरेको थियो ।
यी दुईबीचका पछिल्ला सात खेलको नतिजा विश्लेषण गर्ने हो भने बैंग्लोर अघि छ । सात खेलमध्ये तीन खेल मात्र गुमाएको बैंग्लोरले चार खेलमा भने जित दर्ता गरेको छ । अघिल्लो संस्करणको दुवै भेटमा भएको हारको बदला लिने बैंग्लोरसँग मौका छ भने बैंग्लोरमाथिको जितको यात्रा लम्ब्याउने अवसर दिल्लीसँग छ ।
आईपीएलमा दिल्ली र बैंग्लोरका पछिल्ला सात खेल
आईपीएलमा दिल्लीले खेलेको पछिल्लो सात खेलको नतिजाले दिल्ली उत्कृष्ट लयमा रहेको देखाउँछ । सातमध्ये पाँच खेलमा जित निकालेको दिल्ली अघिल्लो संस्करणको आईपीएलको दोस्रो क्वालियफायरमा चेन्नईसँग पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । तीन खेलमा हार भोगेको दिल्ली चेन्नईसँग पराजित भएपछि पहिलो पटक जारी संस्करणमा हैदराबादसँग स्तब्ध बनेको थियो ।
यता, बैंग्लोरको पनि पछिल्ला सात खेलको नतिजा सन्तोषजनक नै छ । सातमध्ये चार खेलमा विजयी भएको बैंग्लोर तीन खेलमा पराजित भएको छ । जारी संस्करणमा पञ्जाबसँग पराजित हुनुबाहेक बैंग्लोर पछिल्लो पटक २०१९ आईपीएलमा मुम्बईसँग सुपर ओभरमा पराजित भएको थियो ।
जारी संस्करणमा आफ्नो दुई खेल खेलिसकेको दिल्लीको दुबई रंगशालामा नतिजा सन्तोषजनक छ । यस रंगशालामा पाँच खेल खेलिसकेको दिल्लीले तीनमा जित र दुईमा हारको नतिजा भोगेको छ । जारी आईपीएलमा दिल्लीले दुबई रंगशालामा आफूले खेलेको दुवै खेलमा शतप्रतिशत जितको नतिजा आत्मसाथ गरेको छ । आफ्नो पहिलो जित दर्ता गराउने क्रममा दिल्लीले यसै रंगशालामा पञ्जाबलाई सुपर ओभरमा हराएको थियो भने चेन्नईलाई दोस्रो खेलमा ४४ रनले यहीँ पराजित गरेको थियो ।
यता, बैंग्लोरको यो मैदानमा प्रदर्शन उत्कृष्ट छ । हालसम्म दुबई रंगशालामा चार खेल खेलिसकेको बैंग्लोरले तीन जित र एक हारको नतिजा निकालेको छ । जारी प्रतियोगितामा हालसम्म यस रंगशालामा तीन खेल खेलिसकेको बैंग्लोरले एक खेलमा मात्रै हार भोगेको छ ।
दुवै क्लबका लागि निकै सफल सावित भएको दु्बई रंगशालामा आज बाजी कसले मार्ने हो ? त्यसको छिनोफानो बेलुका ७ः४५ बजे हुने खेलले गर्नेछ । आजको खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा को पुग्ला ? यसको नतिजाको लागि हामी सबैले आजको खेल हेर्नैपर्ने हुन्छ । | 2021/05/14 01:03:40 | https://www.koshionline.com/2020/10/05/229053.html | mC4 |
२२ सय २५ जनामा कोरोना संक्रमण, उपत्यकामा १११० जनामा संक्रमण, १३ को मृत्यु | NayaMedia
शनि, कार्तिक ८, २०७७ (October 24, 2020, 4:30 pm) मा प्रकाशित
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा २२ सय २५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
४७ हजार ५७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४६ हजार ५७ जना छन् भने क्वारेन्टाइनमा ३३ सय २२ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ८४६ नमूनाको पीसीआर परीक्षण भएको छ। शनिबार २८ सय ४६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८३ हजार ३४ पुगेको छ।
नेपालमा हालसम्म कोरोनाबाट ८४२ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। | 2021/03/06 03:59:07 | https://www.nayamedia.com/national-news/2020/10/24/51117/ | mC4 |
नेपाल संवतकाे विशेष कार्यक्रम मङ्सिरमा
काठमाडौँ– नेपाल संवत् ११३९ न्हूदँ समारोह समितिले आगामी मङ्सिर १० गते उक्त संवत्लाई नयाँ वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम गरी मनाउने भएको छ ।
यही कात्तिक २२ गते गर्नुपर्ने उक्त कार्यक्रम नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा विकास गर्न महत्वपूर्ण योगदान गरेका नेता पद्मरत्न तुलाधरको यही कात्तिक १८ गते भएको निधनले औपचारिक समारोह तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको थियो । उक्त दिन शङ्खधर शाख्वाः दिवसका सन्दर्भ पारेर औपचारिक कार्यक्रम गर्न लागिएको हो ।
विभिन्न टोल तथा गुठीबाट सांस्कृतिक बाजागाजासहित वसन्तपुर क्षेत्रमा भेला भई लगनटोल, जैसीदेवल तथा ठहिटी, असन, इन्द्रचोकलगायत भित्री शहरमा नयाँ वर्षको प्रचारप्रसार गरिनेछ । समितिका अध्यक्ष सत्यभामा माथेमाले नेपाल संवत्को वैज्ञानिक पक्षबारे जानकारी गराउन स्थगित गरिएको उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्सरह व्यावहारिक रुपमा कार्यान्वयन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सरकारले जनताको ऋणमोचन गरी जनस्तरबाट देशकै नाममा उक्त संवत् चलाएका शाख्वाःलाई विसं २०५६ मङ्सिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिए ।
विसं २०६५ गोवद्र्धन पूजाका दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उक्त संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरेका थिए । | 2019/03/20 07:54:55 | http://lokaantar.com/samachar/60398 | mC4 |
व्यावसायिक कृषिमा अधिकारी परिवार Nepalpatra व्यावसायिक कृषिमा अधिकारी परिवार
१५ साउन, पोखरा । कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ ।
कृषिप्रतिको अनिच्छा र युवाको बढ्दो विदेश पलायनको अवस्थामा हाल अन्य चार युवालाई प्रत्यक्ष रोजगारी दिएको अधिकारीको परिवार अरुका लागि पनि अनुकरणीय बनेको छ ।(रासस) | 2021/12/09 07:16:13 | https://nepalpatra.com/news/main-news/35619/ | mC4 |
नेपाल एसबिआई बैंकको लिलामीमा राखिएको सेयरमा आबेदन दिने मिति थप
काठमाडौँ - नेपाल एसबिआई बैंकको लिलामीमा राखिएको सेयरमा आबेदन दिने मिति थप गरिएको छ। यस अघि साउन १६ गतेसम्म आबेदन दिन सक्ने व्यवस्था गरिएकोमा १ दिन म्याद थप गरी साउन १७ गतेसम्म आबेदन भर्न पाइने बनाइएको हो।
शुक्रबार रक्षा बन्धनको सार्वजनिक विदा भएकाले १ दिन म्याद थपिएको बैंकले जनाएको छ। बैंकले हकप्रद बिक्री खुला गर्दा अवितरित ४ लाख ६९ हजार ५२ दशमलब ६० साधारण सेयर लिलाम मार्फत बिक्री गर्न लागेको हो।
कम्पनीले जेठ ७ गतेदेखि निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा आवेदन नपरेको करिब २.३५ प्रतिशत शेयर लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो।उसले जेठ ७ देखि १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलब ६० कित्ता हकप्रद बिक्री खुला गर्दा अवितरित साधारणसेयर लिलाममा राखेको हो।
बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। साउन १७ गते बैंकिङ समय भित्र बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी आबेदन दिनुपर्ने क्यापिटलले जनाएको छ। बोलपत्रको नतिजा साउन १८ गते ३:३० बजे बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा खोलिने छ ।
इच्छुक बोलकबोलदाताले साउन १७ गतेसम्म एनएमबि क्यापिटलको नाममा एनएमबी बैंकमा रहेको खाता नम्बर ००१३०६०००५४०१००००१९३ मा वा नेपाल एसबिआई बैंकमा रहेको खाता नम्बर १७७३५२४०१०००९८ मा आफुले खरिद गर्न चाहेको शेयरको लागि रकम जम्मा गर्न सक्ने छन् ।
नेपाल एसबि आई बैंकले आर्थीक बर्ष ७३/७४ को तेस्रो त्रैमासमा १ अर्ब १० करोड खुद नाफा गरेको थियो । हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ९७ करोड रहेकोमा पूर्ण हकप्रद बिक्रिपछि चुक्ता पुंजी ६ अर्ब ९७ करोड पुग्ने छ । बैंकको अधिकृत चुक्ता पुंजी १० अर्ब रहेको छ भने साधारण संस्थापक शेयर अनुपात ७०:३० रहेको छ । | 2021/03/06 10:42:23 | https://www.kantipath.com/financial-news/bank-news/nepal-sbi-bank-auction-shares | mC4 |
टोलटोलमा नेपाल स्काउटको 'एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन' | Kendrabindu Nepal Online News
टोलटोलमा नेपाल स्काउटको 'एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन'
३१ भाद्र २०७७, बुधबार १५:०७
विगत लामो समय यता सामाजिक सेवामा अनवरत रूपमा खटिएको संस्था 'नेपाल स्काउट' कोभिड–१९ को महामारीका समयमा पनि उतिकै सक्रिय छ । विभिन्न सामाजिक गतिविधीमा आफ्नो अब्बल र उल्लेख्य उपस्थिति जनाउँदै आएको यस संस्थाले हाल महामारीबाट बँच्नका लागि अपनाउनु पर्ने उपाय तथा सर्वसाधारणहरूले सावधानीका लागि निरन्तर काम गर्दै आएको छ ।
विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानका अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरणमा लागि परेको यस संस्थाले हाल कोरोना भाइरसविरुद्ध जनचेतना जागरण गर्नुलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।
भाइरस नेपाल प्रवेश गर्नु अगावैबाट जनचेतनामूलक काम गर्दै आएको स्काउटले सुरुमा 'ह्याण्ड स्यानेटाइजेसन स्टेसन' स्थापना गर्ने, संक्रमितहरूको व्यवस्थापन, क्वारेन्टाइन निर्माण, होल्डिङ सेन्टर निर्माण, अस्पतालहरूमा स्वाब संकलन, स्वाब संकलन तथा त्यसलाई अस्पतालसम्म पु¥याउनेदेखि लिएर आइसोलेसनमै गएर स्वयंम् सेवा गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका शव व्यवस्थापन लगायतमा स्काउटले आफ्नो उल्लेख्य उपस्थिति जनाउँदै आएको छ ।
यसका साथै सरकारले घोषणा गरेको लकडाउन तथा निषेधाज्ञाका बीचमा पनि नेपाल स्काउट मानव तथा पशुपन्छीहरूलाई समेत खानाको व्यवस्थामा जुटेको थियो । हाल १५ दिने अभियान अन्तर्गत स्काउटले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपूर र ललितपुरमा हरेक दिन एसएमएस (स्यानिटाइजर, मास्क, सोसल डिस्टेन्स मेन्टेन) विषयक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् नेपाल संस्थाका संयोजक लोक बहादुर भण्डारी । उक्त अभियानलाई 'एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन'का रूपमा सञ्चालन गरिएको भण्डारीको भनाइ छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्काउट, युनिसेफ र हिसानको संयुक्त रूपमा आयोजित यो अभियान हाल विशेष गरेर बढी भिडभाड हुने ठाउँमा केन्द्रीत रहेको छ । 'समाजमा धेरै जना मास्क बोकेर हिड्ने तर, मास्क नलगाउने, हात नधुने, सामाजिक दुरी कायम नगर्ने जस्ता गल्तिहरू भइरहेका छन् र त्यसमा सचेत बनाउने हाम्रो काम हो,' भण्डारी भन्छन्, 'यस प्रकारको हाम्रो अभियानमा सर्वसाधारणको उल्लेख्य साथ र समर्थन पनि प्राप्त भइरहेको छ ।'
दैनिक संस्थाका स्वयंसेवकहरूको सक्रिय सहभागितामा विगत १० दिनदेखि नेपाल स्काउट सचेतनाका लागि अनवरत रूपमा खटिइरहेको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई बताउँछन् ।
आम नेपाली आफैंमा सचेत र जागरुक छन्, तथापि कोरोना महामारी र यसले निम्त्याएको विषम परिस्थितिका कारण केही निरास बनेका छन् । यसकारण मानिसहरू आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीबाट समेत दिग्दार भएका छन् । त्यसैले उनीहरू सचेत हुँदा हुँदै पनि अझ त्यसको पुनःताजकिकरण गर्नका लागि नेपाल स्काउट 'हेण्ड माइक'का साथ माइकिङ गर्दै हिडिरहेको भट्टराईको भनाइ छ ।
भाइरस संक्रमण त्रासका कारण जनजीवन कष्कटर बन्दै जाँदा स्काउट भने समाजलाई थप सचेत र उर्जाशिल बनाउन लागि रहेको र अबका दिनमा पनि निरन्रतर लागिरहने भट्टराई बताउँछन् । | 2020/10/01 05:00:18 | https://kendrabindu.com/post/171102 | mC4 |
नेपालमा कर्फ्यु लगाइएको भन्दै पठाइएको एसएमएस गलत - South Asia Check
नेपालमा कर्फ्यु लगाइएको भन्दै पठाइएको एसएमएस गलत
Sanjog Shiwakoti / सोमबार, कार्तिक ३, २०७७
ह्वाट्सएप र मोबाइल एसएमएसमार्फत कात्तिक ३ गते बिहान नेपालमा कर्फ्युको घोषणा गरिएको भन्दै अङ्ग्रेजी भाषाको सूचना व्यापक रुपमा पठाइएको छ । 'नेपाल गभर्न्मेन्ट सेक्युरिटी पोर्टल नोटिस' भन्दै पठाइएको उक्त सूचनाले धेरैमा भ्रम पर्न गएको देखिन्छ । टेलिकम मेसेजिङ सेवामार्फत पठाइएको उक्त सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले शेयर गरेका छन् । स्क्रिनसटमा देखिएको समय अनुसार सो सूचना कात्तिक ३ गते करिब १ बजेदेखि मोबाइल एसएमएसमा आएको देखिन्छ । उक्त सूचनामा सबैभन्दा माथि 'पिएससी' उल्लेख छ । कतिपयले यसलाई लोक सेवा आयोगको अङ्ग्रेजी छोटकरी नाम भनी अर्थ्याए पनि आयोगको वेबसाइटमा त्यस्तो केही उल्लेख छैन ।
ट्विटर र फेसबुकमा शेयर गरिएकाे उक्त गलत सूचनाकाे स्क्रिनसट
उक्त सूचनामा नेपाल सरकारले आकस्मिक कर्फ्यु लगाएको र कोही पनि इन्टरनेट प्रयोगकर्ता घरबाट बाहिर निस्कन नपाइने भनिएको छ । सशस्त्र प्रहरी बलले निरन्तर हवाई यातायातको अनुगमन गरिरहेको र नेपाल-भारत सीमामा उत्पन्न हुनसक्ने सम्भावित खतरा न्युनीकरण गरिएको जानकारी पनि उक्त सूचनामा दिइएको छ । साथै अस्पताल बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना नआए सम्मका लागि बन्द गरिएको जानकारी पनि दिइएको छ ।
काठमाडौँ, मनमैजु निवासी रमेश थापाले विहान उठेपछि उक्त म्यासेज आफ्नो मोबाइलमा देखेको र केहीबेर आफू आत्तिएको साउथ एसिया चेकलाई बताए । "बढ्दै गएको कोभिड संक्रमणका कारण कर्फ्यु लगाइएको हो कि भन्ने सोचेँ । तर अलि समय गहिरिएर पढेपछि लाग्यो, लोक सेवाले त राष्ट्रिय सुरक्षाको सूचना नपठाउनुपर्ने । साथै त्यसमा प्रयोग भएको भाषा पनि अनौठो रहेकोले पक्कै पनि यो अफवाह हुनसक्छ भन्ने अड्कल काटेँ," थापाले बताए ।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले एकमुष्ठ पठाउने एसएमएस प्रणाली ह्याक भएको अनुमान गरेका छन् भने कतिले यसबारे अनुसन्धान गर्न आग्रह गर्दै नेपाल प्रहरी र दुरसञ्चार सेवा प्रदायकलाई ट्वीटरमा ट्याग गरेका छन् । हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रवक्तालाई उक्त सूचनाबारे सोध्यौँ । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले उक्त सूचना गलत भएको बताए । "यो सूचना गलत हो । हामीले हाम्रो साइबर ब्युरोलाई अनुसन्धान गर्न लगाएका छौँ," उनले भने । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले 'त्यस्तो केही (निर्णय) नभएको र त्यो सूचना कसरी फैलियो भनी अनुसन्धान भइरहेको' बताए । | 2021/06/19 15:41:08 | http://southasiacheck.org/np/?p=6305 | mC4 |
December 2, 2018 - TV Annapurna
उपचारका लागि अध्यक्ष दाहाल अस्पतालमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड' स्वास्थ्य परीक्षणका लागि आज ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पताल जानुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष दाहाल अस्पताल जानुभएको उहाँको सचिवालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले साना किसानलाई सहयोग हुने गरी नीतिगत व्यवस्था गरिने बताउनुभएको छ । आज बाँकेको महादेवपुरीमा बाँके बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गर्दै उहाँले बाख्रा पालनमा लागेका साना किसानलाई सहयोग गर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "ठूला तथा मझौला किसानले सहयोग तथा अनुदान प्राप्त गरिरहे पनि साना किसान सहयोगको पहुँचभन्दा बाहिर रहेका छन् । अब साना किसानले सहयोग पाउने गरी नीतिगत व्यवस्था गर्नेतर्फ जोड दिनेछु ।" मन्त्री खनालले बाँकेलाई बाख्रा उत्पादन हुने जिल्लाको रुपमा चिनाउन किसानलाई आग्रहसमेत गर्नुभयो । सोही अवसरमा प्रदेश नं ५ सरकारका…
सुशासन र पारदर्शिताविना समृद्धि अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री
December 2, 2018 December 2, 2018 TV-Annapurna
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताएका छन । एशिया प्यासिफिक सम्मेलनको 'नेतृत्व र सुशासन विषयक सत्र तथा समापन समारोह'लाई सम्बोधन गर्नुहुँदै उनले सरकार सुशासन र विधिको शासनलाई थप संस्थागत गर्न लागिपरेको बताए । प्रधानमन्त्री ओलीले भने, "सरकार, विधिको शासन, कानूनी राज्य र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी तवरले लागिपरेको छ । कानूनी दृष्टिमा सबै नागरिक समान भएकाले सरकारले सोहीअनुसार व्यवहार गरिरहेको छ ।" सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी रहेको र त्यसमा जागरुप नागरिक समाज र सरोकार…
नगदरहित स्वास्थ्य उपचार सेवा सम्झौता
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरीद गर्नेले बीमा लेखाको सीमासम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नगदरहित स्वास्थ्य उपचार सेवा प्राप्त गर्नसक्ने भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक डा चक्रराज पाण्डे र इन्स्योरेन्स लिमिटेडका कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सो सम्बन्धी सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर गरे । सो अवसरमा निर्देशक डा पाण्डेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वस्तरको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइराखेको बताए । अस्पतालले नगदरहित उपचार सेवालाई प्रवद्र्धन गर्न तथा स्वास्थ्य बीमाबारे सचेतना जगाउन सो इन्स्योरेन्सँग सम्झौता गरेको जनाएको छ । इन्स्योरेन्स कम्पनीका कार्यकारी निर्देशक खत्रीले आफ्ना ग्राहकलाई बीमालेखा…
चिप्लेढुङ्गा । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आज साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।
कानून निर्माणले गति लिनेछ – उपाध्यक्ष
December 2, 2018 Annapurna TV
पोखरा। राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानले व्यवस्था गरेअनुसार कानून निर्माणले गति लिने बताएका छन । यहाँ आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले पुस महीनाको पहिलो हप्तादेखि चल्ने सदनले आवश्यक कानून निर्माणलाई तीव्रता दिने बताए । संविधानले व्यवस्था गरेको समयभित्र कानून बनाइसक्नुपर्ने उल्लेख गर्दै उपाध्यक्ष दाहालले त्यहीअनुरुप संसद् अघि बढ्ने उल्लेख गरे । सङ्घीय संसद्बाट १०० भन्दाबढी कानून निर्माण गर्नुपर्नेमा हालसम्म २२ कानून बनेको उल्लेख गर्दै उनले बन्नुपर्ने अन्य कानूनका मस्यौदा विषयगत समितिमा अहिले पनि दैनिक जस्तै छलफल भइरहेको जानकारी दिए । निर्मला हत्या प्रकरणका दोषीलाई सरकारले ढिलै भए पनि कानूनी…
प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड
विवादास्पद कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'लिडरसिप एन्ड गभर्नेन्स अवार्ड' प्रदान गरिएको छ । आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् । अवार्ड ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त रकम युवाहरुको क्षमता विकासमा लगानी गर्ने बताएका छन् । उनले मुलुक स्थायित्वतर्फ अघि बढेको भन्दै जनताको आशा अब पुरा हुने तर्क समेत गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै…
राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ । सत्ताइऔँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल गर्न जरुरी रहेको जनाइएको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताजस्ता विषयलाई आत्मसात् गरी स्रोतसाधनलगायत आवश्यक कुराको…
प्रहरी जवान मृत भेटिए
दमक। इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए । उनी डेरामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । डेरामा एक्लै बस्दै आएका पौडेल आज बिहान काम सकेर डेरामा फर्केका थिए । पौडेल तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए ।
९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु
दाङ, जिल्लामा चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उत्तमकुमार जिसीका अनुसार सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै १२ बस, १० ट्र्याक्टर, आठ जीप तथा कार, छ टेम्पो तथा तीन÷तीन ट्रक र टिपर दुर्घटना भएको थियो । गत आवको सोही अवधिमा ८९ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो । प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ५९२ चालकलाई कारवाही गरेको… | 2019/01/23 12:40:22 | https://www.tvannapurna.tv/2018/12/02/ | mC4 |
प्रेममा धोका दिएको भन्दै किशोरीमाथि छुरा प्रहार « Thahaonline.com | थाहा अनलाइन
९ पुष २०७५, सोमबार १५:३० मा प्रकाशित
र्साको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक छात्रा गम्भीर घाइते भएकी छन् । पर्सागढी नगरपालिका-१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका-२ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् ।
विहान विद्यालय जान लागेको समयमा कुरेर बसेका जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने जयकिशोर पक्राउ परिसकेका छन् । सकुन्तलाको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।
उनी बडनिहारमा रहेको जनता उच्च कक्षा ११ मा अध्ययनरत थिइन् । नेशनल मेडिकल कलेज इमर्जेन्सि इन्चार्ज डा. ओम प्रकाश कुशवाहाका अनुसार सकुन्तलाको अवस्था सुधारोन्मुख छ । 'सिरियस अवस्था हो ।
स्टाब इन्जुरी, चक्कुले लेफ्ट लोवर लिपमा प्रहार भएको छ । ७ सेन्टिमिटर काटेको छ,' उनले भने, ' काडिर्योभास्कुलर, जनरल र अर्थोपेडिक सर्जनले मिलेर शल्यक्रिया गर्नुहुन्छ । आउँदाखेरि ब्लड प्रेसर थिएन, अहिले ठीक छ । आउँदाखेरिको भन्दा निकै सुधार भएको छ ।'
प्रहरीलाई दिएको बयानअनुसार सकुन्तला र जयकिशोरबीच प्रेम सम्बन्ध थियो । उनीहरु कक्षा ८ मा सँगै पढ्थे । सकुन्तलाले नै माया गर्छु भनेपछि कसैलाई थाहा नदिएर विहेसमेत गरेको दावी जयकिशोरको छ । जयकिशोर ट्रकमा हिंड्थे । तर, प्रेम सम्बन्धमा रहेका बेला सकुन्तलाले नै ट्रकमा हिंड्न नदिएको उनको दावी छ ।
पहिले आफैले माया गर्छु भनेर बिहेसमेत गरी पछि अर्कै केटासँग लागेपछि आक्रोशमा आफूले छुरा प्रहार गरेको बयानका क्रममा जयकिशोरले भनेका छन् । 'मसँग प्रेममा थिइन्, कसैलाई थाहा नदिइ हामीबीच विवाह नै भयो ।
उनले नै सबै कामबाट छुटाइन्, अहिले अर्कैसँग फोनमा कुरा गर्न थालेकी छिन्,' उनले भने, 'विवाह गर्ने कुरा भइरहेको छ, त्यसैले मलाई किन धोका दिएको भनेर आवेगमा आएर छुरा प्रहार गरेको हुँ ।'
छुरा प्रहार गरेका जयकिशोरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने तयारी गरेको छ । हतियार नै प्रयोग गरी खस्त घाइते बनाएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरी नायब उपरीक्षक -डीएसपी) मानबहादुर राईले जानकारी दिए ।
'ध्ारिलो हतियार प्रयोग गरेर आक्रमण गरिएको छ । उसले प्रयोग गरेको चक्कु नियन्त्रणमा छ । ज्यान लिने मनशायले घटना घटाएको प्रारम्भिक अुनसन्धानबाट देखिएको छ,' उनले भने, 'सोही अनुसार आवश्यक कारबाही पक्रिया अघि बढाउँदैछौं ।'
घटनाको विषयलाई लिएर स्थानीयवासी उग्ररुपमा प्रस्तुत भएपछि प्रहरीसँग झडपसमेत भएको थियो । झडप रोक्न नजिकका प्रहरी चौकीबाट थप सुरक्षा फौज बोलाइएको थियो । राजनीतिक अगुवा र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा आक्रोशित स्थानीयको भीड नियन्त्रण गरिएको प्रहरीले जानकारी दिएको छ । | 2021/08/06 00:11:31 | https://thahaonline.com/62370/ | mC4 |
लोकसेवा विज्ञापनबारे सर्वोच्चको यस्तो आदेश « Nepal24Hours.com – 'Integration Through Media'
लोकसेवा विज्ञापनबारे सर्वोच्चको यस्तो आदेश
४ असार २०७६, बुधबार १६:५४ मा प्रकाशित
निरोज कुमार थापा, काठमाडौँ, ४ असार । लोकसेवा आयोगले खुल्ला गरेको विज्ञापनका सम्बन्धमा परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने नदिने बारे निर्णय टुंगो लगाउन सकेन । स्थानीय तहमा पदपूर्तिका लागि खुल्ला गरिएको विज्ञापन विरुद्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।
न्यायाधीशहरु हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त आयोगको विज्ञापन सम्बन्धी परेका सबै रिटका फाइल एक साथ पेश गर्न आदेश दिएको हो ।
अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए । लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट पनि परेको छ । एउटा रिटमा संसदको राज्य व्यवस्था समितिले संवैधानिक अंगलाई विज्ञापन रद्द गर भनेर आदेश दिन नमिल्ने जिकिर गरिएको छ ।
लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको छ । आयोगले आवेदन दिने म्याद असार १७ सम्म थप गरेको छ । | 2021/10/25 13:58:44 | https://np.nepal24hours.com/archives/64331 | mC4 |
प्रभु बैंकको नयाँ शाखा कार्यालय अत्तरियामा
काठमाडौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ आज बिहिबार कैलाली जिल्ला गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।
उक्त शाखाको गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहजरुपमा बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गर्ने अवसर मिलेको बताए ।
आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट सो क्षेत्रका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । | 2019/09/18 19:38:07 | https://www.kharibot.com/news-details/34905/2019-06-13 | mC4 |
ओमकुमारी कोषलाई मोना फ्रान्सले ३ लाख सहयोग | BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार
Home ओमकुमारी शान्ति कोष ओमकुमारी कोषलाई मोना फ्रान्सले ३ लाख सहयोग
२०७६, २८ असार शनिबार १७:०७
म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई यूरोपेली राष्ट्र फ्रान्समा रहेका म्याग्देलीले ३ लाख आर्थिक सहयोग गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषको सरक्षक सदस्यता लिदैं मोना फ्रान्सले आजिवन सदस्यता मार्फत संकलन गरिएको सहयोग शनिबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ ।
मोना फ्रान्सका अध्यक्ष हेम बानियाँका बुबा दिपबहादुर र सल्लाहकार मानबहादुर सेन्चुरीकी आमा रतिश्री विकले सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा मान्तब्य ब्यक्त गदैं दिपबहादुरले गरिवको उपचार गर्नु मानवीय धर्म भएकाले पनि यस संस्थाको कार्यबाट उत्साहित रहेको बताए । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।
कोषका अध्यक्ष शाक्य सहितको टोली ब्यक्तिगत खर्चमा यूरोप भ्रमणको क्रममा फ्रान्समा आयोजित कार्यक्रममा मोना फ्रान्सको स्वागत तथा सम्मान कार्यक्रममा प्रतिबद्धता जनाए अनुसारको सहयोग पठाइएको मोना फ्रान्सका अध्यक्ष बानियाँले बताए । 'संस्थाका सम्पूर्णको सहयोगमा यो सम्भव भएको छ,'संस्थागत सहयोग जुटाउन सक्रिय हुने सम्पूर्णलाई धन्यवाद' बानियाँले भने । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षत कोषका अध्यक्ष शाक्य, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव लोकेश पुनमगरले गरेका थिए । | 2021/10/23 02:15:14 | https://myagdikali.com/177935/ | mC4 |
Mon, Nov 18, 2019 at 7:18pm
राज ब्रुअरीको फड्को
काठमाडौं, १८ श्रावण ।
राज ब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन तथा त्यसको बोतल बनाउने सम्बन्धमा एक विशेष साझेदार सहकार्य सम्झौता सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले आफ्ना उपभोक्ताहरुलाई विश्वमै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम रहने आफूहरुको प्रयास रहेको उल्लेख गर्नुभयो ।
राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाइसकेका छन् ।
यसैबीच, अब यस क्षेत्रले चाँडै नै एबि इनबेभका (स्थानीयरुपमै उत्पादन गरिएका) केही ख्यातिप्राप्त ब्राण्डहरु जस्तैः बडवेएजर, बडवेएजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन पाउने भएको हो ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठानका रुपमा रहेको राज ब्रुअरी नेपालको वेभरेज मार्केटमा उल्लेख्य नाम मानिन्छ । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड लगायतका उत्पादनहरु पर्दछन् । | 2019/11/18 19:18:31 | https://www.aahakhabar.com/news/30482 | mC4 |
नुवाकोटमा चालुआर्थिक वर्षमा ४२ जना हराए, २८ भेटिए, १४ अझैं बेपत्ता - Bidur Khabar
विदुर खबर २०७६ माघ २ गते २०:०४
प्रहरीको तथ्यांकअनुसार आव २०७१/०७२ देखि २०७६/०७७ सम्मको छ वर्षमा ६३७ जना हराए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराए । विदुर नगरपालिकाबाट ८५ र बेलकोटगढी नपाबाट ७७ जना हराए। गाउँपालिकाहरु ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । हराएकामध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्रलाई फेला पार्न सफल भएको प्रहरीले जनाएको छ ।
तथ्यांकअनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवायुवतीहरु २२० जना रहेका छन् । त्यस्तै, उमेर १८ वर्षसम्मका १८०, उमेर ३१ देखी ५० वर्षसम्मको १८७ र उमेर ५१ देखी ७० उमेरसम्म ५० जना रहेका छन् । जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६ र अन्यमा ३५ जना रहेका छन् । त्यस्तै, सामाजिक संजालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेका छन् ।
प्रहरीले गत आर्थिक वर्ष २०७५/०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका हराएको जनाएको छ । हराएकामध्ये ९७ महिला, १३ बालक र ३४ बालिकालाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको थियो भने ६ महिला र २ बालिका अझैं बेपत्ता छन् । तथ्यांकअनुसार विगत ६ वर्ष (आव २०७१/७२ देखि २०७६/०७६) मङ्सिरमसान्तसम्ममा ६३७ हराएका थिए भने ५४९ जनालाई मात्र प्रहरीले फेला परेका छन् । हराएकामध्ये ८८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। | 2022/06/25 19:59:20 | https://www.bidurkhabar.com/archives/13924 | mC4 |
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा कति पर्यो आवेदन ? – Artha Sarokar :: Nepal's No.1 Economic News portal.
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा हालसम्म ३ करोड ४१ लख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार बिहान १० बजेसम्ममा १ हजार २१ जनाले ३ लाख ४१ हजार ८८० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १०% अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन पाउनेछन् । यता, रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछन् ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओ छिटोमा फगुन १६ गतेसम्म र ढीलोमा चैत १ गतेसम्म खुला रहनेछ । | 2022/06/28 12:14:43 | https://arthasarokar.com/2022/02/green-ipo2.html | mC4 |
बिहे जस्तै 'वीर विक्रम २' को प्रिमियर - मनोरञ्जन समाचार - प्रकाशितः जेष्ठ २, २०७६ - साप्ताहिक
प्रिमियरमा अभिनेता शिव श्रेष्ठ, भुवन केसी, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, सागर लम्साल 'बले', हरिश निरौला 'कक्रोज' लगायतका कलाकार उपस्थित थिए । पिङ्क गाउनमा उपस्थित भएकी अभिनेत्री वर्षा सिवाकोटी सबैभन्दा धेरै क्यामरामा कैद हुन पुगिन् । पल शाह, नाजिर हुसेन र बुद्दि तामाङ आकर्षक सुटमा देखिए ।
रोयल प्रिमियरसँगै आयोजित सानो कार्यक्रममा प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो । बिबाह जस्तै आयोजित तामझामले प्रिमियरमा फरक किसिमको रौनक छाएको थियो ।
प्रिमियरपछि उपस्थित पाहुनाहरुले चलचित्रको प्रशंसा गरे । अधिकांसले चलचित्रले पुर्ण रुपमा मनोरन्जन दिन सकेकोमा प्रतिक्रिया दिए ।
भोली शुक्रबारदेखि सार्वजनिक हुन लागेको चलचित्रमा देशभक्त खनाल, मनोज केसी, बिनिसा भण्डारी, क्षितीज सुवेदी, बाल कलाकार कृजन गौतम, मनिष लिम्बु लगायतका कलाकारको पनि अभिनय छ ।
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । | 2019/08/20 05:23:49 | https://saptahik.com.np/news/2019-05-16/20190516113231.html | mC4 |
नेशनल हाइड्रोले बोलायो विना लाभांश साधारणसभा - Share Lagani
घर जलबिद्युत नेशनल हाइड्रोले बोलायो विना लाभांश साधारणसभा
नेशनल हाइड्रोपावर कम्पनीले लगानीकर्ताहरुलाई विना लाभांश साधारणसभा आब्हान गरेको छ ।
कम्पनीले बैशाख २७ गते आब्हान गरेकोको २२ औ साधारणसभामा शेयरधनीहरुलाई लाभांश वितरण गर्ने कुनै प्रस्तान नलैजाने भएको छ ।
साधारणसभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिबेदन सहित गत बर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाहसँग सम्बन्धी अनुसुचि उपर छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।
साधारणसभा प्रयोजनकोलागि कम्पनीले बैशाख १५ गते देखि २० गते सम्म बुक क्लोज गर्ने भएकाले बैशाख १२ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।
हाल १ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४१ करोड रुपैयाँले घाटामा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उसले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४ पैसा कायम गरेको छ । हाल हाइड्रोपावरको शेयरमुल्य आइपीओभन्दा पनी निकै कम छ । | 2022/01/20 23:08:33 | https://sharelagani.com/%E0%A4%A8%E0%A5%87%E0%A4%B6%E0%A5%8D%E0%A4%A8%E0%A4%B2-%E0%A4%B9%E0%A4%BE%E0%A4%87%E0%A4%A1%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%B2%E0%A5%87-%E0%A4%AC%E0%A5%8B%E0%A4%B2%E0%A4%BE%E0%A4%AF%E0%A5%8B/ | mC4 |
रेखाको मालिकालाई प्रशंसा गर्नेमा थपियो संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष – Pahilo Page
१९ कार्तिक २०७५, सोमबार २०:२४ 1097 पटक हेरिएको
काठमाडौँ, १९ कार्तिक । यो समयकी सर्वाधिक बलशाली र चर्चित नायिका रेखा थापा निर्देशित चलचित्र 'मालिका' यतिबेला दर्शकमाझ छ र सर्वत्र अपार माया र प्रशंसा बटुलिरहेको छ । यही लहरमा मिसिएको छ, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) पनि ।
राजधानी र मोफसलका सबै ठाउँहरुमा चर्चा र प्रशंसा चुलिइरहँदा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)ले पनि प्रशंसा गरेको छ । समाजमा व्याप्त दाइजो प्रथा, छोरीमाथि गरिने विभेदपूर्ण व्यवहार, सामाजिक कुसँस्कार, बालविवाह, सामाजिक असुरक्षाको विरुद्धमा हस्तक्षेपकारी र सशक्त प्रस्तुति रहेको 'मालिका'ले छोडेको प्रभावकारिता र गहनतालाई प्रशंसा गरिएको हो ।
महिलाहरुलाई सपना देख्न र सशक्त बन्न सिकाउने चलचित्र 'मालिका' निर्माण गरेको भन्दै युएनएफपिएले नायिका तथा निर्देशक थापाको प्रशंसा गरेको हो । रेखाले निर्देशन र अभिनय गरिएको मालिकाले लैंङ्गिक न्याय र समानताका लागि आवाज उठाएको बताएको छ । युएनएफपिएले सोमबार ट्वीट गर्दै नायिका थापाको प्रशंसा गरेको हो । | 2021/09/22 01:39:39 | https://www.pahilopage.com/2018/11/05/1965 | mC4 |
राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्कीको राजीनामा, बाध्यता कि आवश्यकता ? – Mission Khabar
राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्कीको राजीनामा, बाध्यता कि आवश्यकता ?
मिसन खबर २३ आश्विन २०७५, मंगलवार १४:३७
एजेन्सी– राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले राजीनामा दिएकी छिन् । अमेरिकी मन्त्रिपरिषद् सदस्यका रुपमा बैठकमा सहभागिता पाउने हैसियत कि राजदूत निक्कीको आकस्मिक राजीनामालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
पारिवारिक श्रोतले राजीनामा गरेको पुष्टि गरेका छन् भने उनी र राष्ट्रपति ट्रमबीच ह्वाइट हाउसमा अमेरिकी समय अनुसार १० बजे भेटघाट हुने बताइएको छ । राजीनामाको कारण र भेट बारे अहिलेसम्म केही खुलेको छैन । यसअघी, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरीका बाहिरिने समयमा मानवअघिकार परिषदलाई राजनीतिक पूर्वाग्रह थुपार्ने खाल्डोको संज्ञा दिदै राजुत निक्कीले ट्रम्पलाई साथ दिएकी थिइन् । अझ, उनै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्कीले पाखण्डी र आफ्नै मात्रै सेवामा केन्द्रित निकायले मावन अधिकारलाई मजाक बनाएको आरोप लगाएकी थिइन् ।
अमेरिकाबाट बाह्य राष्ट्रमा नियुक्त हुने राजदूत मध्य राष्ट्रसंघका राजदूत सबैभन्दा शक्तिशालि मानिन्छन् । जसलाई मन्त्रिपरिषद् सदस्यको हैसियत दिइएको हुन्छ । अकस्मात आएको यो राजीनामाको प्रभाव कस्तो हुन्छ ? यो आफै खुल्दै जानेछ । | 2022/05/16 22:36:44 | https://www.missionkhabar.com/world/2768/ | mC4 |
लमजुङ दोर्दी गाउँपालिकाका किसानलाई मौरीपालन तालिम प्रदान - Radio Bhotewodar
लमजुङ दोर्दी गाउँपालिकाका किसानलाई मौरीपालन तालिम प्रदान
रेडियो भोटेओडार २ चैत्र २०७७, सोमबार ११:५३ मा प्रकाशित ( १ साल अघि) १३०६३ पाठक संख्या
लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालित एक हप्ते व्यवसायिक मौरीपालन सम्वन्धी तालिमको समापन गरिएको छ । एक हप्ते तालिमको शनिबार एक कार्यक्रमका बीच गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले कार्यक्रमको समापन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतारी व्यवसायिक रुपमा मौरीपालन गरी आयस्तर वृद्धि गरी जीवनस्तर उकास्न किसानलाई आग्रह गर्नुभएको छ ।
गाउँपालिका क्षेत्रमा मौरीपालनको सम्भावना रहेको, यसबाट राम्रो कमाउन सकिने भएकाले व्यवसायिक मौरीपालनमा लाग्न किसानलाई अनुरोध गर्दै उहाँले किसानलाई पालिकाले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।
गाउँपालिकामा रहेका व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका र मौरीपालन व्यवसाय गर्न चाहने किसानलाई लक्षित गर्दै गाउँपालिकामा मौरीपालन सम्वन्धी तालिम संचालन गरिएको हो ।
कृषि शाखा, दोर्दी गाउँपालिकाको आयोजनामा तालिम संचलन गरिएको हो । मौरीपालनमा व्यवसायमा किसानको आकर्षणका बढाउनका लागि मौरीपालन तालिम संचाललन गरिएको कृषि शाखा, दोर्दी गाउँपालिकाका प्रमुख बेन्जु अधिकारीले बताउनुभयो ।
'मौरीपालन व्यवासय कम लगानी समय श्रममा धेरै आम्दानी लिन सकिने व्यवसाय हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा मौरीपालनको उच्च सम्भावना पनि छ,' उहाँले भन्नुभयो, 'त्यसैले मौरीपालनमा किसानको आकर्षण बढाउन, यसै व्यवसायबाट उनीहरुको जीवनस्तर उकास्ने उद्धेश्यका साथ मौरीपालन तालिम संचालन गरिएको हो ।'
तालिममा सहभागी किसानहरुलाई अवधीभर सहभागीहरुलाई नेपाल मौरीपालन व्यवसायिक महासंघ, लमजुङका अध्यक्ष ललित गुरुङ र कृषि शाखा, दोर्दी गाउँपालिकाका प्रमुख अधिकारीले मौरीपालनका विषयमा जानकारी गराउनुभएको थियो ।
तालिममा सहभागी किसानहरुले तालिम प्रभावकारी रहेको र तालिममा सिकेको ज्ञान, सीपलाई व्यवहारमा उतारी व्यवसाियक रुपमा मौरीपालन गर्ने प्रतिविद्धता जनाएका छन् । | 2022/07/01 04:51:53 | http://www.radiobhotewodar.com/2021/03/15/19711/ | mC4 |
पुनर्जागरण अभियानको संक्षिप्त अवधारणा
के हो नेपाली कांग्रेसको पुनर्जागरण अभियान, के गर्छ अभियानले?
२०७४ फाल्गुण ७ सोमबार
नेपाली कांग्रेसको पुनर्जागरण अभियानका सहभागिहरु
काठमाडौं। नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र सो अनुरुप सबै तहको निर्वाचन सम्पन्न भएको छ । यससंगै नेपाली राजनीतिको तत्कालको कार्यभार मात्र पुरा भएको छैन सात दशकदेखि नटुङ्गिएको एउटा महत्वपूर्ण अध्याय समेत समाप्त भएको छ ।
नेपालको राजनीति अन्ततः लोकतन्त्रको सर्वस्वीकृत मार्गमा पुगेको छ, जुन हाम्रा दुरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकाल मै देखाएका थिए । निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो । तर कांग्रेसको राजनीति र विचारले जित्दैगर्दा पनि कांग्रेसले चुनाव जित्न सकेन । देशैभरि चुनाव हारेको मात्र होइन कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ, पार्टीका कार्यकर्ता अलमलिएका छन्, समर्थकहरू निराश छन र मतदातामा गहिरो अविश्वास छ । राजनीतिक विचारले जितेर पनि निर्वाचन हारेको र सवै तहमा नेता कार्यकर्ता अलमलिएको अनि कांग्रेसप्रति जनताको विश्वास गिरेको आजको वास्तविकता हो । के आजकै सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीले कार्यकर्ताको त्यो आत्मविश्वास र जनताको विश्वासलाई पुनस्स्थापित गर्न सक्छ? हाम्रा अगाडिको यक्ष प्रश्न यहि हो ।
कांग्रेसमा आज जुन अलमल छ,त्यो रहिरहँदासम्म जनताको विश्वास फर्काउन त परको विषय तत्कालको लागि प्रतिपक्षको भूमिका पनि प्रभावकारी हुन सक्दैन । संविधानलाई कार्यन्वयन गर्नुपर्ने यो संक्रमणकालमा केहि अफ्ठ्यारो पर्यो भने पनि पार्टीले अग्रसरता र समाधान दिन सक्दैन । अनि यहि गति र अवस्थामा कांग्रेसले ५ बर्षपछिको चुनाववाट आफ्नो साख फर्काउन सक्ला रु सक्दैन। त्यसैले कांग्रेस जतिसक्दो छिटो यो अलमलवाट बाहिर निस्कनै पर्छ ।
कार्यकर्तापङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनर्स्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीभित्र आत्मसमिक्षा मात्रै गरेर पुग्दैन त्यसलाई सच्याउँदै आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । निर्वाचन पश्चातको पिडावोधलाई शक्तिमा बदलेर फेरि पार्टीलाई द्रुततर गतिमा पुनर्जीवन दिन कांग्रेस नयाँ बन्नै पर्छ । त्यसको प्रारम्भ अविलम्ब महासमिति वैठक र सिघ्र महाधिवेशन गरेर हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । यो नियमित प्रकृया हो, गर्नैपर्छ । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष कांग्रेसमा पुनर्जागरण चाहिएको छ । एउटा यस्तो जागरण अभियान चाहिएको छ जसले तलदेखि माथिसम्म कांग्रेसलाई जागृत गराउन सकोस, संविधान कार्यन्वयनसँगै आरम्भ भएको नयाँ युगमा कांग्रेसको नयाँ लक्ष्य तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिड्नसक्ने संगठनको खाका कोर्न सकोस र जनतामा विश्वास भराउन सकोस ।
तात्कालिक रुपमा यो पुनर्जागरण अभियानले महासमिति वैठक र महाधिवेशनलाई अर्थपुर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्म अनुरुप देश संचालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यन्वयमा वाटो विराउन खोज्दा खवरदारी गर्नसक्ने कांग्रेस बनाउनेछ, काँग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृति सहितको पार्टी बनाउनेछ, पार्टीले नेतृत्व गर्नैपर्ने सामाजिक आन्दोलनका मुद्दाहरूलाई पहिचान गर्दै पार्टीभित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पुनर्जागृत गरि सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पुर्याउनेछ ।
यससंगै यस अभियानले संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको शैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पुनर्व्याख्या गर्नेछ । संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिंदो आर्थिक सामाजिक परिवेश अनुरुप संगठनको पुनर्संरचना गर्दै नेपाली कांग्रेसलाई पुर्ण लोकतान्त्रिक, समावेशी, गतिशील र अनुशासित पार्टी वनाउन संगठनको खाका बनाउनेछ । त्यस्तै गतिशीलता,असल आचरण र समर्पण भएको स्वप्नशील नेतृत्व, पार्टीभित्र सवै सदस्यले आत्मसम्मान र अपनत्व अनुभूति गर्ने तथा समान अवसर र न्यायको सुनिश्चितता हुन सक्ने एक्काइसौं सताव्दी अनुकुलको आधुनिक पार्टी निर्माण गर्न पार्टीभित्र र वाहिर जनमत तयार गर्नेछ ।
नेपाललाई अवको १५ बर्ष भित्र कम्तिमा पनि अतिकम विकसित राष्ट्रको समुहबाट माथि उठाइ समान, सुखी र खुशी नेपाली भएको समुन्नत देश बनाउने संकल्प सहित नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर नेपालको आर्थिक सामाजिक रुपान्तरणको भरपर्दो सारथी बनाउने मुख्य ध्येयका साथ आज प्रजातन्त्र दिवसकै दिन यो वैचारिक जागरण अभियान प्रारम्भ गरिएको छ ।
हामी प्रष्ट गर्न चाहन्छौंः यो कुनै गुट होइन,कुनै ब्यक्ति बिरुद्ध लक्षित पनि होइन । यो पार्टी सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरूको अभियान हो। प्रातः स्मरणीय सहिदहरूलाई सम्झदै, हामी संकल्प गर्छौं( नेपाली काँग्रेसलाई २००७ सालको जस्तै क्रान्तिकारी र जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय अनि २१औं शताब्दी अनुकूलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गर्ने मात्रै होइन समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना,साहस र समर्पण सहितको नेतृत्व अनि जनताको भरोषा र विश्वास जितेको पार्टीको रुपमा पनि स्थापित गर्नेछौं ।
हामी संकल्प गर्छौंः निर्वाचनको म्याण्डेट अनुसार यो ५ बर्ष जिम्मेवार र सशक्त प्रतिपक्षको रुपमा नेपाली कांग्रेसको भूमिकालाई स्थापित गर्दै ५ बर्षपछि हुने सवै तहका निर्वाचनमा कांग्रेसलाई बहुमत सहितको पहिलो पार्टीको रुपमा स्थापित गर्नेछौं।
अभियानको पहिलो चरणः
अभियानको पहिलो चरणमा सवै प्रदेश, जिल्ला र स्थानिय तह र वडासम्म संविधान अनुसार परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको पुनर्व्याख्या, संगठनको पुनर्संरचना र काँग्रेसले अंगिकार गर्नुपर्ने आर्थिक सामाजिक विकासका मुद्दाहरूका सन्दर्भमा पार्टीका साथीहरू,भातृ तथा सुभेक्छुक संस्थाका साथीहरू र सुदृढ कांग्रेसको सुभेच्छासहित समाजको बिभिन्न तहमा क्रियाशील व्यक्तिहरूसंग संवाद र छलफल गरि सिद्धान्तको पुनर्व्याख्या र सांगठनिक दस्तावेज तयार गरिनेछ।
यसरी कांग्रेसको सवै तहमा छलफल गरि तयार गरिएको पार्टी पुनर्निर्माणको प्रस्तावित खाका सहितको एकिकृत दस्तावेजलाई अध्ययनको लागि पार्टीको हरेक तहमा पुर्याइनेछ र पार्टीको महासमिति वैठक तथा महाधिवेशनमा प्रस्तुत गरिनेछ।
(यो सामग्री नेपाली काँग्रेसका नेताहरुले २०७४ फागुन ७ गते, प्रजातन्त्र दिवसका दिन शुरु गरेको काँग्रेसको पुनर्जागरण अभियानको प्रारम्भमा नेता गगन थापाले राखेको अवधारणाको सक्षिप्त रुप हो।) | 2018/10/20 18:14:41 | http://radiopaschimaawaj.org.np/news-details.php?nid=768 | mC4 |
आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह
काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजा आराधनासँगै एकादशी मनाइँदै छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।
आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठेको कुरा पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यस दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताइन्छ ।
हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ९विष्णु० को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। | 2020/06/01 02:33:40 | http://freshnewsnepal.com/news-details/10962/2019-11-08 | mC4 |
अछाम घटना ः युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी « pennepal.com
अछाम घटना ः युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी
Published On : 9 June, 2022 2:28 pm By :
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षले नवनिर्वाचित जनप्रतिनिधि लगायत अन्य १४ जनाका नामा किटानी जाहेरी दिएका छन् । बिहीबारसम्म सोधपुछका लागि भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनाको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले अनुसन्धान गरिरहेको छ ।
सोही रातिदेखि विनोद शाही बेपत्ता भए । उनको खोजी गर्दा २१ जेठमा पञ्चदेवल विनायक नगरपालिका–४ मा पर्ने मध्यपहाडी राजमार्गको कुच्ची भीरको खोँचमा शव भेटिएको थियो । आफन्तले शाहीको हत्या गरिएको भन्दै छानबिनका लागि प्रहरी प्रशासनमा उजुरी दिन जाँदा प्रहरीले उजुरीसमेत लिन नमानेपछि स्थानीय आक्रोसित बनेका थिए । स्थानीयले प्रहरीको विश्वास नै नरहेको भन्दै विरोध जनाएपछि प्रहरीको विशेष अनुसन्धान टोली ९सिआईबी०ले सो घटनाको अनुसन्धान थालेको हो । | 2022/06/30 13:21:01 | https://pennepal.com/archives/2293 | mC4 |
कहिलेसम्म जनता मारेर बिचौलिया पोस्ने ? – KhojPatrika
कहिलेसम्म जनता मारेर बिचौलिया पोस्ने ?
खोज पत्रिका बिहिबार, २०७७ अशोज २२, १८ :२२ बजे
चाडपर्व नजिकिदो छ । कोरोनाले ब्यापार ब्यवसायीदेखि लिएर सबै क्षेत्र ठप्प छन् । दिनभरी कमाई गरेर बिहान बेलुकाको छाक टार्नेहरुलाई हात मुख जोर्न धौ धौ छ । न होस पनि कसरी करिव ७ महिनाको बन्दाबन्दी छिटपुट रुपमा मात्रै काम गर्नुले परिवार पाल्न धौ धौ हुनु स्वभाविकै हो । धत् पापीहरु यहि मेलोमेसोमा जनताको भान्सासम्म पुग्ने खाद्य पदार्थमा मिसावट गर्नमात्र नभएर नक्कली स्टिकर टाँस गरी म्याद गुज्रिएका र अखाद्य बस्तुहरु बजारमा पठाइरहेका छन् । एकातिर कोरोना महामारीका कारण स्वास्थ्य सजकता अपनाई आफनो दैनिकी चलाउनैका लागि काम धन्दामा दौडधुप गरिरहेकाहरुलाई दलाल र माफियाहरुको मिसावटको धन्दाले भने कतिखेर स्वास्थ्यमा प्रतिकुल असर पारी अस्पतालको शैयामा छटपटाउनुपर्ने हो भन्ने चिन्ताले सताएको छ ।
यतिसम्म बिकराल अवस्था आइसक्दा पनि सरोकारवाला निकाय कानमा तेल हालेर बस्नुले यसभित्र पक्कैपनि कालो कर्तुत भएकै छ । होइन भने उपभोक्ता संरक्षणका नाममा,उपभोक्ता हित अधिकारका नाममा, खाद्य गुणस्तरका नाममा, खाद्य गुणस्तरको मापदण्डका नाममा खोलिएका निकायहरु किन तै चुप मै चुपको अवस्थामा पुगे त ? हुनत् सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग यस्तै कुराहरुको अनुगमन, नियन्त्रण र नियमनका लागि गठन गरेको हो । जहाँ यहि काम गर्ने भनी सयौ जनशक्ति जनताले तिरेको करवाट तलव भत्ता सहितको सेवा सुविधा लिई डकार्दे बसिरहेका छन् ।
यता उपभोक्ता हित संरक्षणका नाममा खोलिएका एनजिओ आइएनजिओ धारी पसलहरु खाली डोनरको डलर पचाउनमै ब्यस्त देखिन्छन् । न भए त यीनीहरुले पनि गर्न सक्थ्ये होलान नी बजार अनुगमन । बजारमा ४० रुपयौमा पाउने प्याज छिमेकी मुलुक भारतले आयातमा रोक लगाएको एक घण्टामै किलोमै तेब्बर मुल्य बृद्धि हुँदा समेत उपभोक्ताले खरिद गर्दे आइरहेका छन् । बजार अनुगमनका नाममा उद्योग बाणिज्य आपुर्ती मन्त्री स्वयम् ब्यापारीसँग ठगीदा समेत कहि कतैबाट त्यस्तालाई कारवाही गर्न नसक्कने सरकारबाट जनताले के सुशासनको अपेक्षा गर्ने ?
केही निजी बजारबाट सोझा साझा ब्यापारीबाट केही क्विन्टल खाद्य सामग्री बरामत गर्ने र आफ्ना नजिकका र पहुँचवालालाई उन्मुक्ति दिने परिपाटिकै कारण केही गर्न खोज्ने सधैं हतोत्साहित हुँदै गइरहेका छन् भने ब्रम्हलुट गर्नेहरु छाति फुलाएर अझ सरकारी छुटको सुविधा लिइरहेका छन् । यस्तै नियती भोगिरहेका छन् आम उपभोक्ताले । तपाई हामी सोझा जनता त केवल यीनै नेता अनि मन्त्रीका भोट बैंक मात्रै हौं । हाम्रो चुल्हो नबलेर के भो र ? हामीले सत्तामा पुर्याएकाहरु चौरासी बेन्जनमा मस्त छदैछन् ।
हामी अखाद्य बस्तुका कारण बिरामी भएर थलै परेपनि हाम्रा नेताहरुलाई रोजीरोजी बिदेशी पकवाना भान्सामा पुगिहाल्छ । यस्तै गलत धन्दा गर्ने दुई चार जना ब्यवसायी र ठेकेदार बिचौलिया उहाँहरुका पक्षमा छदैछन् । हामी यत्ति भन्छौं । चाडबाडको मुखमा तोकिएभन्दा बढी मुल्य तिर्न नपरोस् अखाद्यबस्तु बस्तुको बेचबिखन गर्नेलाई कडाभन्दा कडा कारवाही होस् । झारा टार्न र बार्गेनिङ गर्न नभई नियमित रुपमा बजार अनुगमन गरी सहि काम गर्नेलाई सान्त्वना र गलत काम गर्नेलाई दण्ड सजाय हुनैपर्छ । | 2021/10/23 01:18:40 | https://www.khojpatrika.com/politics/49730/ | mC4 |
'केसी अडानले सहमति टर्यो' | eAdarsha.com
'केसी अडानले सहमति टर्यो'
काठमाडौँ, ९ साउन । आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि बुधबार तयारी गरिएको सहमति टरेको छ ।
राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्षसम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना नगर्नेलगायत विषयमा प्राप्त सुझाव संशोधनमा राख्न सरकार लचिलो भए पनि केसी पक्षले नयाँ अडान राखेपछि सहमति हुन नसकेको हो । केसी पक्षले यसअघिको चिकित्सा शिक्षा अध्यादेशमा भएका विषय नछुर्टाई छोटो बाटाबाट पूरक विधेयक ल्याउन फरक माग गरेको थियो ।
सरकारका तर्फबाट प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विज्ञको राजनीतिक परामर्शपछि अधिकारसहित सरकारी वार्ता टोली वार्तामा प्रस्तुत भएकामा केसी पक्षले नयाँ माग राखेका कारण सहमति हुन नसकेको हो । केदारभक्त माथेमा र गौरीबहादुर कार्की आयोगको प्रतिवेदनसमेतलाई ध्यानमा राखी केसीका मागबारे सहमति गर्न सरकारले लचकताका साथ वार्ता जारी राखेको छ ।
शीष्ा नेतसँगको परामर्शपछि मंगलबार भएको वार्ता सकारात्मक भएपछि पुनःवार्ता गरेर सहमति गर्ने भनिएकामा नयाँ मागका कारण सहमतिमा पुग्न नसकिएको सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले बताए ।
बुधबारको वार्तामा केसीका पक्षबाट आधिकारिक वार्ता टोलीका सदस्यका अतिरिक्त विवेकशील साझा पार्टीनिकट अधिवक्ताले नयाँ विवाद सिर्जना गरेको पाइएको छ । सरकारी टोलीले कहाँ कति मेडिकल कलेज आवश्यक छ भन्नेबारे अध्ययन गरेर निर्णयमा पुगिने जनाएको थियो ।
सरकारी वार्ता समितिले बिहान पनि प्रधानमन्त्री ओलीसँग निर्देशन लिई केसी पक्षका सुझाव विधेयकको संशोधनमा राख्न लचिलो हुने गरी प्रस्तुत हुने तयारी गरेको थियो ।
डा केसीको जारी १५औँ अनशनको २६औँ दिनमा सहमतिको अपेक्षा गरिएकामा वार्ता विफल भएकामा दुवै पक्षले चिन्ता प्रकट गरेका छन् ।
केसी पक्षका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा सरकार बाधक भएको जिकिरसहित विज्ञप्ति प्रकाशन गरेका छन् ।
उनले आफूहरुले सरकारलाई उपलब्ध गराएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने अडान व्यक्त गरेका छन् । | 2018/11/13 19:10:19 | http://eadarsha.com/?p=62691 | mC4 |
दैलेखमा पार्टी पराजित भएपछि उपसचिवले दिए पदबाट राजीनामा | Ratopati
दैलेखमा पार्टी पराजित भएपछि उपसचिवले दिए पदबाट राजीनामा
personरातोपाटी संवाददाता exploreदैलेख access_timeजेठ ९, २०७९ chat_bubble_outline0
स्थानीय तह निर्वाचन २०७९ मा दैलेखमा एमालेले आफ्नो लाल किल्लालाई बचाउन सकेन । ०७४ मा ७ वटा पालिकाको नेतृत्व गरेको एमालेले दुईवटा बाहेक सबै गुमायो । जसका कारण दैलेख एमालेभित्र कचकच बढेको छ । एमालेले ०७४ मा जितेका ठाँटीकाँध, भैरवी, महावु, भगवती र चामुण्डा बिन्द्रासैनी नगरपालिका गुमाएको छ भने नयाँ दुई पालिकामा जितेको छ ।
यसरी पालिकाहरु पराजित हुनुमा केन्द्रीय नेताहरुले पार्टीभित्रै अन्तर्घात गरेको स्थानीय कार्यकर्ताहरूको आरोप छ । विशेषगरी एमालेका जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेलको गृहपालिका दुल्लू नगरपालिकमा एमालेभित्र लफडा बढेको हो । दुल्लुमा एमाले पराजित गर्नुको कारण पार्टी केन्द्रका नेताले अन्तर्घात गरेको भन्दै एमालेको नगर कमिटीले छानविन समिति बनाएको छ । छानविन समिति बनाएपछि एमाले दैलेखका उपसचिव गंगाराम दाहालले पार्टीबाट राजीनामा दिएका छन् । उनले एक विज्ञप्तिमार्फत स्थानीय चुनावमा पार्टी पराजय भएको र त्यसको छानविनका लागि अफ्ठेरो नहोस् भन्दै नैतिक हिसाबले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।
दुल्लु नगरपालिकामा एमालेबाट उम्मेदवार रुद्रबहादुर शाही काँग्रेसका भरत रिजालबाट पराजित भए । पार्टीलाई निर्वाचित गराउनका लागि पार्टीका पोलिटब्युरो सदस्य एवम् जिल्ला इञ्चार्ज पोखरेलको नेतृत्वमा निर्वाचन परिचालन कमिटी बनेको थियो । उक्त कमिटीमा बसेर पार्टीको मत सुरक्षित राख्न सफल भइयो,' उनले भने,' तर दुल्लुको नेतृत्व र विगतका जितेका ठाउँहरुको नेतृत्व कायम राख्न असफल भइयो ।'
त्यसका पछाडि धेरै कारणहरु भएको पनि उनले उल्लेख गरेका छन् । दाहालले पार्टीभित्रकै अराजक र प्रणाली विरोधी झुण्डहरूले निर्वाचन हार्नुको कारण भन्दा पनि व्यक्तिगत चरित्र हत्या गरि भोलिको निर्वाचनमा निषेध गर्नका लागि 'प्रपञ्च' रचिएको बताएका छन् । साथै दुल्लु नगर कमिटीले बनाएको छानविन समितिलाई विधिभित्र रही स्वच्छ, निष्पक्ष छानविन गर्न विधि र प्रकृयाले अफ्ठेरो नहोस् भनि पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरि राजीनामा पेश गरेको छु,'उनले भने ।
यता एमालेका जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेलले दाहालले आफ्नो वडामा पार्टी पराजित भएको झोँकमा राजीनामा दिएको बताए । 'हामी जनमतको हिसाबले पहिलो पार्टी नै हो । मेयरमा केही अन्तरले पराजित भएका हौं । अझै पनि एमाले पहिलो शक्ति नै हो ।' | 2022/06/25 16:14:48 | https://www.ratopati.com/story/241040/2022/5/23/dailekh-uml | mC4 |
काठमाडौं,१८ माघ । कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । | 2021/12/07 08:48:10 | https://nepalfastnews.com/samachar/8441/ | mC4 |
चितवनमा चुनावी सरगर्मी, एमालेको जित्ने दाबी – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
चितवनमा चुनावी सरगर्मी, एमालेको जित्ने दाबी
शिशिर सिंखडा / एचकेनेपाल डट कम –
भरतपुर ३० जेठ। आगामी असार ८ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले चितवनले क्षेत्र नं. ४ मा चुनावी प्रचारलाई तीब्र पारेको छ। उप निर्वाचनकी एक मात्र महिला उम्मेदवार पार्वती रावललाई जिताउन एमालेले हरेक दिन मतदातासंग भेटघाट गर्ने र अन्र्तक्रिया गर्ने गरेको प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिनुभयो।
उम्मेदवार सहितको टोलीले घरदैलो र अन्र्तक्रिया गरी मतदाताको समस्या बुझ्ने र पार्टीको जनता केन्द्रीत योजनाहरुलाई प्रस्तुत गर्ने गरिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो। घरदैलो तथा अन्र्तक्रिया गर्ने कार्यक्रम अन्र्तगत भरतपुर–७ कटहरचोकमा कोण सभा आयोजना गरिएको थियो। सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार रावलले यस पटक आफुले भारी मत अन्र्तरले जित्ने दावी गर्नुभयो । साथै उहाँले यस पटक महिला,दलीत, जनजाती, युवा, बृद्धबृद्धा, मजदुर, किसान सबै पक्षको समर्थन आफुलाई रहेकोले जित सुनिश्चित रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी, केन्द्रीय सदस्य देवी ज्ञावली लगायतले वोल्नुभएको थियो। एमाले उम्मेदवार रावल सहित करिव ५ सय नेता तथा कार्यकर्ताहरु भरतपुरका विभिन्न वडामा घरदैलोमा सहभागि भएका थिए।
त्यसैगरी गितानगरमा पनि एमालले निर्वाचन परिचालन कमिटीको भेला सम्पन्न गरेको छ। एमाले केन्द्रीय सदस्य झिल्लु प्रसाद तिवारी,अनेम संघ जिल्ला अध्यक्ष सुर्य बदना हमाल,कृष्णलब्ली लगायतले वोल्नुभएको थियो।
त्यसैगरी एमाले उम्मेदवार रावललाई विजयी गराउन एमाले निकट युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेत भोलि शनिवार चितवन आउनु हुने भएको छ। अध्यक्ष बस्नेतले भोलि ११ बजे भनपा–७ बुद्धचोक,२ बजे शिवनगर र दिउंसो ४ बजे पटिहानीमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख भण्डारीले जानकारी दिनुभयो। | 2021/09/20 14:26:20 | https://hknepal.com/deshbidesh/archives/80 | mC4 |
विद्यालय आगमनमा रुची
As of Sat, 06 Jun, 2020 07:45
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम
म्याग्दी - नेपाल सरकारले आधारभूत तहको कक्षा १–३ मा पठन सीपको विकास गर्ने उद्देश्यले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमको बेसलाइन सर्वेक्षण, मिड लाइन सर्वेक्षण सम्पन्न भैसकेको छ भने इन्डलाइन सर्वेक्षणको लागि रिडिङ ट्रायङ्गल इन्टरनेसनल(आरटिआई)ले भर्खरै एक संस्थालाई उपठेक्का दिएको छ ।
वास्तवमा यो कार्यक्रम लागू भएपछि उद्देश्यअनुसारको परिवर्तन भयो कि भएन ? परिवर्तन भएको भए के के पक्षहरुमा परिवर्तन भयो ? कार्यक्रम सकिएपछि पनि स्थानीय विद्यालयले यसलाई दीर्घकालीन रुपमा टिकाउनका के के समस्या छ ?
कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइ सीप कमजोर देखिएकाले २०१६ जुलाई १९ बाट म्याग्दीमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु भएको थियो । बालबालिकाहरूको पढाइ सीप सुधारका लागि सञ्चालन गरिएको इजीआरपी जिल्लाको २५ विद्यालयमा सुरु गरिएको थियो । जिल्लाका विद्यालयको कक्षाकोठाको व्यवस्थापन, शिक्षण शैली परिर्वतन, बालबालिकाहरूमा पढ्न र लेख्नको लागि रुचि तथा सीप बढाउन उद्देश्यले यो कार्यक्रम लागू गरिएको थियो । यो कार्यक्रम गर्नका लागि विद्यालयमा विद्यार्थीको चाप, दलित विद्यार्थी केन्द्रित, शैक्षिक सामग्रीको आवश्यकता, शिक्षकको सक्रियता, अभिभावकको भूमिका सक्रियता भएको विद्यालयमा यो कार्यक्रमलाई प्राथमिकता दिएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख दलबहादुर थापाले बताए ।
यो कार्यक्रम लागूपश्चात् थोरै विद्यालयमा शिक्षण पद्धति परिवर्तन भएको छ । इजीआरपी लागू भएपछि विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति लगायतलाई जिम्मेवारी बढाउन, शिक्षणमा बसाई व्यवस्थापनमा सुधारमा महत्वपूर्ण सहयोग पुगेकोे म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा रहेको जनआवाज आधारभूत विद्यालयका प्रअ सुनबहादुर विकले बताए ।
साविक जिल्ला शिक्षा कार्यालयको समन्वय, प्लान नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट बागलुङको प्राविधिक सहयोगमा कक्षा १ देखि ३ सम्म कार्यक्रम सञ्चालन भएको थियो । पछिल्लो समय सरकारी स्कुलमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा जनआवाज आधारभूत विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको छ । यो कार्यक्रम लागू नहुँदा विद्यालयमा लेखाउने पढाउने र गृहकार्य दिने, बेञ्चमा विद्यार्थी राख्ने, अविभावकको जिम्मेवारी कम, शिक्षकले पाठयपुस्तकको आधारमा शिक्षण गर्न चलन रहेको प्रअ विकले बताए ।
"प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट शिक्षक, व्यवस्थापन समितिलाई तालिम लिएपश्चात विद्यालयमा बेञ्च हटाएर बसाइ व्यवस्थापन गरियो । कक्षा व्यवस्थापन, लाइन लगाउने तरिका परिवर्तन, खेलकुदमा प्राथमिकता, परिक्षा लिने तरिका, अक्षर चिनारी, टोल टोल अभिभावक जिम्मेवारी र टोलटोलमा विद्यार्थी गठन, समूहमा सिकाई व्यस्थापन शैली लागू भएको छ," प्रअ केसीले बताए ।
सिकाइ शिक्षण कला प्रभावकारी भएपछि विद्यालयले स्थानीयको सहयोगमा ६० हजार खर्चमा सामग्री र एक हप्ता प्रशिक्षक लिएर ८ जना शिक्षक, व्यवस्थापन समितिलाई शिक्षण तालिम गरिएको प्रअ विकले बताए ।
यो सिकाईले विद्यालयको वातावरण परिवर्तन, बसाइ व्यवस्थापन, कक्षा व्यस्थापन, विद्यार्थी अनुशासनमा, अभिभावकको जिम्मेवारी बढेको, सामूहिक गृहकार्य, सामूहिक खेलकुद, अभिभावकको जिम्मेवारी बढेसँगै विद्यालयमा निरीक्षण, व्यवस्थापन समितिको सक्रियता बढ्दै गएको प्रअ विकको भनाइ छ ।
८६ जना भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयमा मंसिर १ देखि स्थानीय उत्पादन अभिभावकले उपलब्ध गराएर विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गरिएको विद्यालयका व्यवस्थाप समितिका अध्यक्ष जितमान गौचनले बताए ।
२०१९ जुन ३० मा सम्पन्न यो कार्यक्तमको समीक्षा बागलुङमा भएको थियो । म्याग्दी, बागलुङ र पर्वतका इजीआरपी लागू भएको विद्यालयका विद्यार्थीहरूबीच शब्दखेल प्रतियोगितामा जनआवाज आधारभूत विद्यालयका प्रदिप राम्जाली प्रथम भए ।
"यो कार्यक्रम सम्पन्न भए पनि निरन्तरताका लागि अक्षकोष स्थापना सुरु गरेका छौं । पुरस्कार २० हजारसहित ७० हजार अक्षकोषमा जम्मा भएको छ । यसलाई बढाएर आवश्यक पूर्वाधार थप शिक्षणलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि गुणस्तर शिक्षा विकासका लागि अक्षकोषको रकम प्रयोग गर्छौं," अध्यक्ष गौचनले भने ।
यो कार्यक्रम प्रभावकारी कार्यान्वयन भएको विद्यालयमा विद्यालयको वातावरण परिवर्तन, विद्यार्थीलाई विद्यालय आउने रुचिको विकास र शिक्षक, व्यवस्थापन समिति र अभिभावक सक्रियता बनेको प्रअ सुनबहादुर विकले बताए । यस्तै कार्यक्रम बेनी नगरपालिका–४ सिंगामा रहेको सरस्वती मावि, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा रहेको मण्डली आधारभूत विद्यालय लगायतका विद्यालयमा लागू भएको थियो
सरकारी विद्यालयको प्रारम्भिक कक्षाको शिक्षण पद्धति र विद्यार्थीलाई लेखन तथा पढ्नेमा शुद्धता विकासका लागि कार्यक्रम निश्चित अवधि संचालन गरिएको थियो । यसको महत्वप्रति विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक र समदुायको निगरानी कम देखिएको छ ।
समन्वय इकाई प्रमुख दलबहादुर थापाका अनुसार ३ वर्षको कार्यक्रम सुरु भएर सम्पन्न भए पनि केही विद्यालयले यसलाई निरन्तरता दिएका छन् । विद्यार्थीको सामाजिक, शैक्षिक, गणितिय ज्ञान र घर विद्यालय तथा समुदायको प्रारम्भिक सिकाई तथा पढाइ वातावरण्को लागि २५ विद्यालयमा प्रारम्भिक सिकाइ तथा पढाइ कार्यक्रम लागू गरिएको थियो ।
सामुदायिक विद्यालयको बालबालिकाको पठन सीप विकासका लागि गरिएको कार्यक्रममा दिगोपना प्रमुख चुनौती रहेको छ । त्यस्तै नियमित अनुगमनको समस्या, स्थानीय तह जिम्मेवार कम, सिकेको सीपमा पुनर्ताजकिरणको अभाव, सामग्री उपयोगितामा ह्रास, तालिम लिएका शिक्षकलाई निरन्तरताको अभाव, पूर्व अवस्थामा फर्कने अवस्था, विद्यार्थीको अभाव, समुदाय निजी विद्यालयमा आकर्षित र प्रविधिसँग पुराना शिक्षकलाई चुनौती देखिन्छ । प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र दिगोपन बनाउनका लागि स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ । | 2020/06/06 02:04:33 | https://www.karobardaily.com/news/education/25221 | mC4 |
विविध Archives ~ Page 2 of 2 ~ Dakshinkali Online
गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय
४ असार २०७६, बुधबार १५:०३ Dakshinkali Online
गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय असार ४, काठमाडौं । फ्ल्यास खबर सरकारले गुठी विधेयक फिर्ता लिए पनि राजधानीको नेवार समुदाय खबरदारी गर्दै बुधबार प्रदर्शनमा उत्रिएको छ । विधेयक फिर्ता नभई खारेजी नै गर्नुपर्ने उनीहरूको माग छ । चौतर्फी विरोधपछि सरकारले मंगलबार साँझ विधेयक फिर्ता लिएको थियो । राजधानीका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका […]
फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै
२५ जेष्ठ २०७६, शनिबार १४:४१ Dakshinkali Online
फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै जेष्ठ २५, काठमाडौं । फ्ल्यास खबर विश्व भरि संगित दिवस मनाइने ११ जुनमा फर्पिङमा पनि गितार वर्कसप सञ्चालन गरिने भएको छ । प्रत्यक वर्ष विश्व भर मनाईने संगित दिवस फर्पिङमा भने यस भन्दा अघि कहिल्यै पनि मनाईएको थिएन । यस २०७६ असार ६ गते शुक्रवारका दिन प्रशिद्ध गितारिस्ट […]
१६ जेष्ठ २०७६, बिहीबार १०:१६ Dakshinkali Online
के केमा बढ्यो कर ? जेष्ठ १६, काठमाडौं । फ्ल्यास खबर सरकारले आगामी आर्थिक बर्षको बजेटमा करयोग्य सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने नीति लिएको छ । सधैजस्तै यस बर्षको बजेटमा मदिरा, चुरोट र अन्य सूर्तिजन्य पदार्थको भन्सार र अन्तःशुल्कमा वृद्धि गरिएको छ । यससँगै यी पदार्थको बजार मूल्य पनि बढ्नेछ । देश आत्मनिर्भर भएका […]
स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम
१४ जेष्ठ २०७६, मंगलवार ०६:१८ Dakshinkali Online
स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम जेष्ठ १४ काठमाडौं । फ्ल्यास खबर लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो । मुलुक संघीय संरचनामा […]
१४ जेष्ठ २०७६, मंगलवार ०६:१४ Dakshinkali Online
कर्मचारीहरुलाई खुशीको खबर, तलव २० प्रतिशत बढ्ने, वृद्ध भत्ता पाँच सय बढ्दै जेठ १३, काडमाडौं । फ्ल्यास खबर काठमाडौं । आगामी वर्षको बजेट आउन अब केहि दिन मात्र बाँकी छ । बजेट प्रस्तुत हुने दिन नजिकिंदै गर्दा कर्मचारी वर्गमा तलव वृदि होला कि नहोला, भए कति तलव वृद्धि होला भन्ने चासो बढेको छ । केही […]
१४ जेष्ठ २०७६, मंगलवार ०६:०१ Dakshinkali Online
३ महिनामा सवा २ अर्ब नक्कली फेसबुक अकाउन्ट बन्द, यसरी थाहा हुन्छ नक्कली र सक्कली जेष्ठ १४, काठमाडौं। फ्ल्यास खबर चर्चित सामाजिक संजाल फेसबुकले पछिल्लो ३ महिनामा मात्रै २ अर्ब २० करोड जनाको नक्कली फेसबुक अकाउन्ट बन्द गरेको छ । फेसबुकले बन्द गरेका नक्कली खाता उसको प्रतिमहिना फेसबुक चलाउने प्रयोगकर्ता भन्दा थोरैले मात्र कम हो […] | 2021/05/13 06:50:11 | https://dakshinkalionline.com/category/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF/%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7/page/2/ | mC4 |
शुक्रबार, असोज १, २०७८ ०१:०४:१७ युनिकोड
काठमाडौँ । सर्लाही सिसौटियाका रामविलास महतो २ बिघा जमिनामा उखु लगाउँथे । उखु बेचेरै उनी परिवार र व्यवहार चलाउँछन् । तर, केही वर्षयता महतो आफ्नो पेसाबाट सन्तुष्ट छैनन् । उनले यसपालि डेढ बिघामा मात्रै खेती गरे । जसको कारण हो, उद्योगीले भुक्तानी नदिनु ।
उनले २०७४ सालकै पैसा नपाएको गुनासो गरे । पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट साढे २ लाख पाए पनि उनले उद्योगबाट ८५ हजार उठाउन बाँकी छ । 'यसपालिको अवस्था पनि उस्तै त होला १' उखुकै पैसा माग्न सर्लाहीबाट काठमाडौं आएका महतोले मसिनो स्वरमा भने ।
समयमै भुक्तानी नपाउँदा उखु किसान पटकपटक आन्दोलन गर्न बाध्य छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका ५ किसान फेरि काठमाडौं आइपुगेका छन् । कोटेश्वरको धर्मशालामा रहेका उनीहरूले बिहीबार पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने बताए ।
'३र४ वर्षअघिकै साढे २९ करोड भुक्तानी बाँकी छ,' उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, 'सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन ।' रायले आफूले पनि झन्डै २० लाख भुक्तानी नपाएको सुनाए । समितिका अनुसार इन्दिरा सुगर मिलबाट ३ करोड, लुम्बिनीबाट ३ करोड, अन्नपूर्णबाट १२ करोड, महाकालीबाट साढे ८ करोड भुक्तानी भएको छैन ।
श्रीराम सुगर मिलबाट पाउनुपर्ने ३ करोड प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि किसानले नपाएको सचिव रायले बताए । 'श्रीरामका सञ्चालकले सीडीओलाई जिम्मा दिएका छन् । तर, किसानले पाएका छैनन्,' उनले भने, 'महाकालीले करिब २ करोड अनुदान रकम पनि दिएको छैन ।' यसपालि महाकालीले करिब २ महिना क्रसिङ गरेको थियो । तर, एक महिनाको मात्रै भुक्तानी गरेको समितिले जनाएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिमा छ । | 2021/09/17 07:19:18 | https://www.janatanepal.com/agriculture/2831 | mC4 |
अमेरिकी सिनेटरद्वारा नेपालमा कोरोना भाइरसको असरका बारेमा चासो व्यक्त « Yoho Khabar
अमेरिकी सिनेटरद्वारा नेपालमा कोरोना भाइरसको असरका बारेमा चासो व्यक्त
काठमाडौँ – अमेरिकी वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । सिनेटअन्तर्गतको उक्त समितिमा कोरोना महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय 'रेस्पोन्स'का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मर्फीले नेपाललक्षित भएर जिज्ञासा राखेका थिए ।
उनले नेपालको करिब तीन करोड जनसंख्या कोरोना भाइरसको मारमा परेको भन्दै यूएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् । उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए । यसबारेमा संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भने, ुसिनेटरहरुले गर्नुभएको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ ।ु
अमेरिकाका लागि नेपालका राजदूत युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने, ुअहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हो ।ु उनले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको बताए। | 2022/06/26 23:08:39 | https://yohokhabar.com/%E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A5%80-%E0%A4%B8%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%9F%E0%A4%B0%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA/ | mC4 |
Thursday, 1 Sep, 2016 8:35 AM
प्रधानमन्त्री प्रचण्ड भदौ अन्तीम साता भारत भ्रमणमा जाने तयारी छ । पछिल्लो समय नेपाली नेताहरुका बारेमा भारतलाई लिएर कयौ टिका टिप्पणी हुन थालेका छन् । हामीले प्रचण्डको भारत भ्रमणको सन्र्दभ पारेर २०६९ सालको एक रिपोर्ट प्रस्तुत गर्न खोजेका छौं ।
भारतविरुद्ध सुरुङयुद्ध गर्ने भन्दै पश्चिमी पहाड र तराईमा सयौं खाल्डा खनेको तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादीको नेतृत्वले त्यसअघि भारत सरकारसँग भारतीय हित प्रतिकूल केही नगर्ने लिखित प्रतिबद्धता जाहेर गरेको खुलासा हालै प्रकाशित नेपाल इन ट्रान्जिसनः फ्रम पिपुल्स वार टु फ्रेजायल पीस नामको पुस्तकले गरेको छ ।
पुस्तकमा भारतीय प्रोफेसर एसडी मुनिको 'ब्रिङगिङ दि माओइष्ट डाउन फ्रम दि हिल्स्ः इंडियाज रोल्स्' शीर्षकको लेखमा माओवादी नेतृत्वले २०५९ असारमा भारतीय प्रधानमन्त्री कार्यालय (पिएमओ) मा त्यस्तो प्रतिबद्धता जनाएको किटान विवरण छ ।
माओवादी नेताहरू पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलाई भारतीय संस्थापनसँग सम्पर्क गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एसडी मुनि त्यसबेला जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक थिए ।
माओवादी नेतृत्वले २०६१ असोजमा रुकुमको फुन्टिवाङमा भएको केन्द्रीय समिति बैठकबाट 'प्रत्याक्रमणको पहिलो योजना सफल पारौं, वैदेशिक हस्तक्षेप विरुद्ध व्यापक तयारी गरौं' भन्दै भारतविरुद्ध सुरुङ युद्ध गर्न आफ्ना छापामार र कार्यकर्ता परिचालन गरेको थियो ।माओवादी नेतृत्वले निकट सम्बन्ध बनाएको प्रा. मुनिको लेखले अविश्वसनीय सम्बन्धका पाटाहरू सार्वजनिक गरेको छ । लेखले 'विस्तारवादी भारत' का जासूसी एजेन्सीहरू 'इन्टेलिजेन्स ब्यूरो' (आईबी) र 'रिसर्च एण्ड एनालाइसिस विङ' (रअ) सँग माओवादी नेतृत्व कसरी नजिक भयो र उनीहरूमार्फत पिएमओमा कसरी प्रतिबद्धता जनायो भन्ने कुराको सविस्तार वर्णन छ । भारतीय संस्थापनसँगको माओवादी सम्बन्धको यो खुलासाले उसले १० वर्षे 'जनयुद्ध' र राष्ट्रियताको आन्दोलनलाई नेपाली इतिहासको सबभन्दा भद्दा मजाक प्रमाणित गरिदिएको छ ।
दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमल कोइराला भारतीय संस्थापन र माओवादी नेतृत्वबीचको साँठगाँठबाट नेपालको १० वर्ष कसरी खेर गयो भन्ने प्रष्ट भएको बताउँछन् । विदेशी जासूसी संस्थासँग त्यो हदको सम्बन्ध रहेका दुई जना देशका प्रधानमन्त्री भइसके । यसले नेपालको अवस्था कति दयनीय छ भन्ने देखाउँछ ।
नवगठित नेकपा–माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहाल मुनिको खुलासाले माओवादी नेतृत्वलाई नयाँ शिराबाट अध्ययन गर्नुपर्ने अवस्थामा पुरयाएको बताउँछन् । "राष्ट्रिय स्वाधीनताको आन्दोलन मालिकसँगको बार्गेनिङ मात्र रहेछ भन्ने देखिएको छ", दाहाल भन्छन् ।
मुनि अगाडि लेख्छन्, "दिल्लीमा आफ्ना कुरा राख्ने अवसरका लागि माओवादीले गरेको अनुरोधलाई २०५९ असारमा भारतीय प्रधानमन्त्रीको कार्यालय पुरयाइयो र त्यहाँबाट द्विविधा एवं सतर्कताका साथ उत्साहबद्र्धक जवाफ आयो ।
माओवादीहरूलाई आफ्नो दृष्टिकोण लिखित रूपमा राख्न भनियो, जसलाई उसले अनिच्छुक भएर पनि गरयो । सक्दो वाक्पटुताको प्रयोग गरेर लेखिएको पत्रमा माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईले भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने कुरामा भारतीय नेताहरूलाई आश्वस्त पारेका थिए ।"
मुनिले अगाडि लेखेका छन्, "केही महीनामै पत्रको जवाफ यस रूपमा आयो कि माओवादीहरूमाथि भारतमा हुँदैआएको गुप्तचरहरूको निगरानी र आवतजावतमा बन्देज खुकुलो पारियो र आईबीको एउटा टोलीले माओवादीका प्रतिनिधिहरूसँग छलफल गरयो ।
माओवादीले पुनः लिखित रूपमा आईबीका गुप्तचरसामु आफ्नो दृष्टिकोण प्रस्तुत गरे । यसपछि माओवादी र रअका बीचमा बढी सम्पर्क र बैठकहरूको क्रम चल्यो । माओवादीले अझ् बढी सहजतापूर्वक हिंडडुल गर्न र भारतमा अन्य नेपाली राजनीतिक नेताहरूसँग पनि सम्पर्क गर्न पाउन थाले ।"
यी खुलासाले माओवादी नेतृत्व नेपालमा हिंसाका लागि भारतको शरणमा जान २०५८ को माघदेखि मानसिक रूपमा तयार भएको र साउनदेखि पूरै आत्मसमर्पण गरेको स्पष्ट पारेको छ । त्यसपछि नेपालमा माओवादीले युद्धका नाममा गरेका हिंसा भारतको आडभरोसामा भएको स्वतः पुष्टि हुन्छ ।
माओवादीले शेरबहादुर देउवाको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारसँगको वार्ता एकतर्फी रूपमा त्याग्दै ८ मंसीर २०५८ मा घोराही ब्यारेकमा आक्रमण गरेको समयमा भारत र माओवादीबीच साँठगाँठको सुरुआत भएको देखिन्छ ।
भारतसँग साँठगाँठ भएपछि माओवादीको सशस्त्र शक्ति बढ्यो र नेपालको सुरक्षा बललाई उसको हिंसात्मक गतिविधि नियन्त्रण गर्न कठिन हुन थाल्यो । अनि शान्ति सुरक्षा बहाल गर्न नसकेको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले देउवा नेतृत्वको प्रजातान्त्रिक सरकारको ठाउँमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन गरे ।
मुलुकमा अरू ध्वंसका लागि प्रजातान्त्रिक सरकार विघटन अनिवार्य नै थियो । माओवादीले भारतीय छुट र खुला सिमानाको फाइदा उठाउँदै धनजनको क्षति बढाउन थप युद्ध सामग्री नेपाल भित्र्यायो । उसको शक्ति झन् बढ्यो ।
बाबुरामले भारतसँग मिलेर आफ्नो पक्षलाई सखाप पार्न लागेको दाहाललाई लाग्यो । यसबारे मुनि लेख्छन्, "त्यसबेला पक्राउ पर्नेमा नरमपन्थी माओवादीका एक जना वामदेव क्षेत्री मात्र थिए ।" त्यसबेला बाबुराम पक्षलाई नरम भनिन्थ्यो ।
त्यसपछि प्रचण्डले तुरुन्तै आफ्ना लडाकूहरूको पकड रहेको रोल्पा उक्लिएर भारतविरुद्ध सुरुङयुद्ध गर्ने निर्णय गराए । सँगसँगै, तत्कालीन राजासँग साँठगाँठ गर्ने प्रस्ताव पठाउँदै भारतसँग साँठगाँठ गरेको आरोपमा बाबुराम र उनकी पत्नी हिसिला यमीलाई पार्टीको साधारण सदस्य मात्र रहने गरी कारबाही गरे ।
रोल्पाको लावाङमा १२ माघ २०६१ मा शुरू भएको पोलिटब्यूरो बैठकको स्थिति वर्णन गर्दै तत्कालीन माओवादीका एक पोलिटब्यूरो सदस्य भन्छन्, "सत्ता साझ्ेदारी वार्ताका लागि राजाबाट तत्कालै आह्वान हुन्छ भनेर हामी कतै नजाने निर्णय गरी बसेका थियौं ।"
उनका अनुसार, ज्ञानेन्द्रले बाग्लुङको ढोरपाटन राष्ट्रिय निकुञ्ज आएर दाहालसँग वार्ता गर्ने सम्पर्क सूत्रले बताएको थियो । तर, न ज्ञानेन्द्र आए न त वार्ताको सार्वजनिक आह्वान नै गरे ।
ज्ञानेन्द्रले १९ माघको शाही घोषणामार्फत एकलौटी सत्ता कब्जा गरेपछि 'धोका' महसूस गरेका दाहाल पुनः भारतसँग लम्पसार पर्न तयार भए । त्यसपछि दिल्ली पठाइएका बाबुरामले २०६१ चैततिर भारतीय संस्थापन र नेपाली नेताहरूलाई भेटे, जुन १२ बुँदे सहमतिको प्रारम्भकाल बन्यो ।
प्रा. मुनि केही समयअघिसम्म भारतीय प्रधानमन्त्री अन्तर्गत रहेको 'नेशनल सेक्युरिटी एण्ड एड्भाइजरी बोर्ड' को सदस्य थिए । त्यसअघि उनी लाओसका लागि भारतीय राजदूत बने ।
अहिले नेशनल युनिभर्सिटी अफ सिङ्गापुरको इन्ष्टिच्यूट अफ साउथ एशियन स्टडिजमा भिजिटिङ रिसर्च प्रोफेसरका रूपमा कार्यरत उनी सधैं भारतीय सत्ताको नजिक रहे । जेएनयु भारतको वामपन्थी उत्पादन केन्द्र मानिए पनि मुनि कहिल्यै वाम राजनीतिको प्रभावमा परेनन् ।
बाबुरामसँग भने उनको सधैं निकट सम्बन्ध रह्यो । एमाओवादीका एक पोलिटब्युरो सदस्य जेएनयुका घाघडान माक्र्सवादीहरू प्रभात पटनायक र पुष्पेष पन्तसँग कहिल्यै सम्बन्ध नबनाएका बाबुरामको मुनिसँगको निकटताप्रति आश्चर्य मान्छन् ।
बाबुरामले भारतका अरू कसैसँग भेट्नुअघि वा पछि मुनिसँग भेट्ने गरेको बताइन्छ । यसको मतलब उनी आफूले भेट्ने व्यक्तिबारे जानकारी लिन र भेटपछि उसले भनेको कुराको विश्लेषण गर्न मुनिलाई प्रयोग गर्थे । बाबुराम–प्रचण्डको भारतीय एजेन्सी र सत्ताका अङ्गहरूसँगका सहजकर्ता मुनि नै थिए ।
प्रचण्ड र बाबुरामले भारतको पिएमओलाई लेखेको पत्र मुनिले नै तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीका विशेष सुरक्षा सल्लाहकार ब्रजेश मिश्रलाई बुझएका थिए । | 2022/05/28 06:51:05 | https://www.newssewa.com/content/mao-bidrohako-khulasa.html | mC4 |
गहिरिँदै संकट | DNFMEDIA
गहिरिँदै संकट
२०७७ फाल्गुन ९ गते, आईतवार
प्रतिनिधिसभा विघटन भएपछि देशको राजनीति संकटग्रस्त बन्दै गएको छ । सरकारले वैशाख १७ र २७ गते निर्वाचन गराउने भने पनि अहिलेसम्मको वातावरण हेर्दा त्यस्तो सम्भावना छैन ।
प्रधानमन्त्री खड्गप्रसाद ओली जसरी भए पनि निर्वाचन गराउने नै भनेर लागिपरेका छन् । पार्टीभित्रको आपसी द्धन्द्धलाई व्यवस्थापन गर्न नसक्दा ओलीले आवेशमा आएर प्रतिनिधिसभा भंग गरेका हुन् । सामान्य विवादमा पनि देशलाई गम्भीर संकट आउने गरी निर्णय लिएका ओलीको एकपछि अर्को आलोचना भइरहँदा पनि उनले आफ्नो अडान छोडेका छैनन् । उनले प्रतिनिधिसभा विघटन गरेर महान काम गरेको भन्दै देशैभर सन्देश बाँड्दै हिँडेका छन् । दीगो विकास, स्थायित्व र सुशासनको नारा लाउन कहिल्यै पनि पछि नपर्ने ओलीले देश यसरी संकटमा पर्दा पनि राम्रो भएको र निकासको बाटो अरु केही नभएको भन्न छोडेका छैनन् ।
२०७४ सालको निर्वाचनमा नेकपालाई पत्याएर जनताले धेरै मत दिए पनि त्यसलाई सम्हाल्न नसक्दा एकातिर नेकपा संकटमा परेको छ भने अर्कोतिर देशले पनि निकास पाउने सम्भावना छैन । ओलीले संविधानविपरीत गएर गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा देशव्यापी विरोध र जुलुस हुँदा पनि उनले आफ्नो तर्फबाट गलत अडान लिन छोडेका छैनन् । उनले पार्टीभित्रका खराव तत्वहरुलाई तह लगाइसकेकाले अबको निर्वाचनमा प्राप्त मतका आधारमा सरकार चलाएर जनताको बाँकी सपना पूरा गर्ने भन्दै आएका छन् । निर्वाचनको विपक्षमा कुनै पनि पार्टी र जनता नभए पनि संविधानको विरुद्धमा गएर चालिएको कदमको मात्र आलोचना भएको हो । वैशाखमा निर्वाचन हुन सकेन भने त्यसबाट आइपर्ने खतराबारे ओलीले कति पनि चासो देखाएका छैनन् ।
पार्टीभित्रै विरोध र असहमति भएपछि अत्तालिएर यो निर्णयमा पुगेका उनले संसदमा प्रक्रियामा गएर अविश्वासको प्रस्ताव सामना गर्दा आफ्नो प्रधानमन्त्रीको पद जान्छ भनेर नै यस्तो गलत निर्णय गरेको सजिलै बुझ्न सकिन्छ । | 2021/09/26 09:09:43 | https://dnfkhabar.com/2021/02/21/4214/ | mC4 |
मर्जर | Ratopati
'मर्जरको अनुभवले खारिएका छौँ, २ मा २ जोड्दा २२ हुनेगरी सिनर्जी इफेक्ट ल्याउँछौँ' access_timeचैत ६, २०७६
डिसेम्बर २०१९ मा चीनको उहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले विश्व अर्थतन्त्रलाई गहिरो असर पारेको छ । यतिबेला कोभिड–१९ को असरलाई लिएर विश्वले चिन्ता व्यक्त गरिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)ले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व अर्थतन्त्रको कुल गार्हस्...
प्रभुु क्यापिटल र समृद्धि क्यापिटल एक आपसमा गाभिने, चुक्ता पूँजी ८० करोड भन्दा बढी access_timeपुस ३, २०७६
काठमाडौं– प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएका छन् । नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्य... | 2020/10/19 23:34:59 | https://ratopati.com/tag/%E0%A4%AE%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%B0 | mC4 |
» 'पुरानो बुलेट' ले तीन अफिसियल पोस्टर सार्वजानिक
२३ माघ २०७५, बुधबार ०७:४६
'पुरानो बुलेट' ले तीन अफिसियल पोस्टर सार्वजानिक
सिधाखबर \ 'ह्यान्डसम भिलेन' का रुपमा कहलिएका अनुपविक्रम शाही स्टारर चलचित्र 'पुरानो बुलेट' ले तीन अफिसियल पोस्टर सार्वजानिक गर्दै प्रचारप्रसार सुरु गरेको छ । चैत १ गतेबाट देशभर प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्रको तीन पोस्टरमा अनुपसँगै अभिनेत्रीद्वय बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् ।
पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुपले लामो कपालमाथी रातो रुमाल बाँधेका छन् । साथमा जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा उनी बुलेटमा आफ्नै स्टाइलमा फिचर छन् । बर्षा गाउँले भेषमा प्रस्तुत हुँदा मालालाई केही बोल्ड देख्न सकिन्छ ।
लामो समयको पत्रकारितापछि 'एक्सन कट' मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएका चलचित्रको यही फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । चलचित्रमा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र 'पुरानो बुलेट' मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।
'पुरानो बुलेट' मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । चलचित्रले पुर्वी नेपालको टिपिकल कथा पेश गर्छ । | 2019/09/23 09:42:47 | http://www.sidhakhabar.com/?p=28501 | mC4 |
उच्च अदालतबाट ९२ लाख जरिवाना ठहर भई फरार रहेका ३० वर्षीय भुजेल बालाजुबाट पक्राउ
5th July, 2021 Mon १६:००:२३ मा प्रकाशित
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने मोरङ वेलवारी नगरपालिका–७ घर भएका ३० वर्षीय शक्ति भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन ५ गतेको फैसलाले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बोहोराटारबाट पक्राउ गरेको हो ।
Tags पक्राउ सामाजिक अपराध जरिवाना
माघ १३ गते, २०७८ - १९:०३
वाग्मती । अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया...
माघ १३ गते, २०७८ - १८:५०
महामारीका बाबजुद सामसुङको मुनाफा ५३ प्रतिशतले वृद्धि
सियोल । दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि...
माघ १३ गते, २०७८ - १८:३७
प्रशिक्षक अब्दुल्लाह भन्छन्– मौरिसससँगको खेलमा जित हात पारेको श्रेय खेलाडीलाई जाने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई ...
माघ १३ गते, २०७८ - १८:३२
सहकारीहरुलाई अगाडी बढाउन सहकारी विकास बोर्डको भूमिका महत्वपूर्ण छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढ्न र...
माघ १३ गते, २०७८ - १५:२४
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८...
माघ १३ गते, २०७८ - १५:०९
जलविद्युत् आयोजनाको सुरुङ मार्गमा एक मजदूर बेपत्ता
सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् । ...
माघ १३ गते, २०७८ - १४:५८
जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । ...
माघ १३ गते, २०७८ - १४:४२
दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब...
माघ १३ गते, २०७८ - १४:२९
खोटाङ । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञ...
माघ १३ गते, २०७८ - १४:१४
भक्तपुर । चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आ... | 2022/01/28 08:44:41 | https://khabardabali.com/news/312631 | mC4 |
यी लक्षणहरु हुन् मुटुरोगका जसको घरेलु उपचारले ह्रदयघात हुन रोक्छ - ज्ञानविज्ञान
विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ। यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ।
मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ, विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्याउने गर्छ । यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या निम्त्याउछ ।
तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ । विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ । अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ ।
ननभेज अर्थात् मांसहारी भोजन । मांसहारी भोजनका कयौं फाइदाहरु छन् । यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ । तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ । विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ । जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ ।
खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ । जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ । मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ । थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई गार्हो हुन्छ र कलेजोले उक्त प्रकि्रयालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ । परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ ।
धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने । सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।
४. बेलुकीको खानामा २ वा ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम भए खाना धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि
तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।
२. एउटा प्याज लिनुहोस् र त्यसलाई पिनेर त्यसको जुस निकाल्नुहोस् । अब दुई चम्चा प्याजको जुस र शुद्ध मह मिसाउनुहोस् र यसको प्रयोग दिनमा तिन पटक प्रयोग गरेमा ब्लड
प्रेसर र मुटुको रोग भएकोलाई धेरै फइदा गर्दछ । सधैँ खाना खाँदा काचो प्याज वा लसुनको प्रयोग गरेमा यसको समस्या कम हुँदै जानेछ ।
Topics #मुटुरोग #मुटुरोग लाग्नबाट जोगिन #मुटुरोगबाट बच्ने उपाय
Up Next अनार धेरै किसिमका मान्छेका लागि फाइदाकारी हुन्छ तर यस्ता मान्छेले खायो भने चै ज्यानै जान सक्छ | 2019/12/10 15:55:54 | https://www.mygyanbigyan.com/archives/25091 | mC4 |
जेल परेका गुण्डा नाइके दीपक मनाङेको लागी आयो खुसी को खबर
आफ्ना प्रतिस्पर्धी चक्रे मिलनको हत्याप्रयासको अपराधबाट उन्मुक्ति नपाए पनि मनाङेले आपराधिक गतिविधिबाट आर्जन गरेको भनिएको सम्पत्तिबाट भने उन्मुक्ति पाएका छन् ।सरकारी वकिलको बदमासीका कारण सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको कालो धन सेतो भयो । | 2021/09/19 13:49:41 | https://www.nepalisandes.com/5243/ | mC4 |
गम्भीर प्रकृतिका अपराधमा मिलापत्र नगराउन पालिकालाई निर्देशन - Mahendranagar Post
Home अन्य पत्रपत्रिका गम्भीर प्रकृतिका अपराधमा मिलापत्र नगराउन पालिकालाई निर्देशन
काठमाण्डौ- सरकारले गम्भीर प्रकृतिका कसुरमा मिलापत्र नगर्न देशभरका पालिकाहरुलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गर्दै गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवर्द्धनात्मक तथा निरोधात्मक काम गर्न निर्देशन दिएको हो।
बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि यसअघि महान्यायाधिवक्ताको कार्यालयले चासो व्यक्त गर्दै गम्भीर अपराधमा मिलापत्र गर्ने÷गराउने काम रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो।
पालिकाका जनप्रतिनिधिहरु समेत रोहबरमा बसी पीडक र पीडितका बीचमा मिलापत्र गराउने तथा सहमतिको कागज गराएकोप्रति ध्यानाकर्षण भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। साथै यस्ता घटनाहरुले पीडितलाई शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा मनोसामाजिक रुपले पीडित बनाएको पत्रमा उल्लेख छ।
साथै महान्यायाधिवक्ताको कार्यालयले गम्भीर कसुरमा अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीमा सबै क्षेत्रबाट सहयोग र समन्वय गर्न भनेको छ।
Previous articleडोटीमा शुरु भयो नियमित प्याराग्लाइडिङ
Next articleडडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि (अपडेट)
वाग्मती र १ नम्बर प्रदेशमा मुख्यमन्त्रि फेर्ने नेकपाको तयारी
आत्महत्या गर्न खोजेका बेलडाँडीका युवकको कोरोनाले मृत्यु, प्रशासन र स्वास्थ्य कार्यालय...
Top News महेन्द्रनगरपोष्ट - कार्तिक ५, २०७७ 0
दुर्गा उपाध्याय, कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का २४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको मंगलबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका...
कैलाली-कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेको कुटी बछेडा पुलको शिलान्यास गरिएको छ। पुलको सुदूरपश्चिम प्रदेश सभा सदस्य चुन कुमारी चौधरीले उद्घाटन...
दार्चुला-सदरमुकाम खलङ्गाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ। बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै... | 2020/10/21 16:36:29 | https://www.mahendranagarpost.com/2020/10/16/11143/ | mC4 |
विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीद्वारा राष्ट्रिय किर्तिमान
मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको ४०० मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् ।
उनले उक्त दुरी ५९.५७ सकेण्डमा पुरा गरी यस अघिको ५९.९० सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् । खत्रीले ९ वर्ष अगाडी सन् २०१० प्रमिला रिजालले राखेको रेकर्ड तोडेकी हुन्। उक्त दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।
यसै गरी हिजो नै संचालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६ सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेकि छिन् । यस दौडमा २६ देशका खेलाडीहरुले भाग लिएका थिए । | 2022/07/06 03:18:22 | http://aadharbhumi.com/2019/10/23/4981/ | mC4 |
देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण – kalikadainik.com
बिहिबार, फाल्गुण १३, २०७७ | ११:१६:३२ |
चितवन । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । एकसाता अघिमात्र उहाँलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो ।
पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उहाँले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरुको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, "देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र आश्रमसँग समन्वय गरेर अगाडि बढ्छु ।" उहाँले देवघाटमा लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताउनुभयो ।
कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताउनुभयो । समितिले ठीक समयमा ठीक निर्णयका साथ काम गरिरहेको उहाँको भनाइ थियो । देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताउनुभयो । | 2022/05/18 01:02:21 | https://www.kalikadainik.com/2021/02/25/25784/ | mC4 |
न्यायिक प्रक्रियामा आउन नसकेका घटनालाई वर्षपुस्तकमा समेट्न सुझाव – इन्सेक
सुर्खेत ०७३ पुस ३ गते
न्यायिक प्रक्रियामा आउन नसकेका सबै प्रकारका घटनालाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका सम्बन्धमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सहभगीहरूले मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्ने राज्यको प्रमुख कर्तव्य भएपनि यसमा सबै पक्षको सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठ्ने गरेका सवाल तथा समस्याहरूले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा आघात पुर्याउने हुँदा यसतर्फ सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
समीक्षा कार्यक्रमका सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले राज्यले निर्माण गरेका कानुन, ऐन, नियम तथा अख्तियार गरेका नीति अनुरुप कार्यान्वयन भए नभएको बारेमा राज्यलार्इ सचेत बनाउन इन्सेक लागि पर्दै आएको बताए ।
इन्सेकले आगामी दिनमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा थप चनाखो भई लाग्ने बताउँदै संयोजक महतले नेपाल मानव अधिकार वर्षपुस्तक समग्र राष्ट्रको मानव अधिकारको दस्तावेज बन्न सफल भएको उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले मानव अधिकारको पालना गर्ने र गराउने पक्षले आआफ्नो स्थानबाट इमान्दारिता देखाएमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्ने उल्लेख गरे ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गर्दै सहभागीहरूले इन्सेकले आगामी दिनमा जिल्लामा घट्ने जुनसुकै मानव अधिकार उल्लङ्घनका घटनालाई वर्षपुस्तमा समेटनुपर्ने सुझाव दिएका थिए । | 2021/12/06 21:24:28 | https://inseconline.org/np/recentactivity/%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%86%E0%A4%89%E0%A4%A8/ | mC4 |
'कोरोना भाइरस र लकडाउनले थारु समुदायमा पनि ठूलो असर पुर्याएको छ' – Tharuwan.com
'कोरोना भाइरस र लकडाउनले थारु समुदायमा पनि ठूलो असर पुर्याएको छ'
कमल चौधरी/बुटवल
प्रकाशित : २०७७ असोज २५ गते ४:५६
थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीले एक कार्यक्रमका बीच शनिबार बुटवलको सुख्खानगर स्थित स्पन होटलमा लक डाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा विजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीका अध्यक्ष राज चौधरीको अध्यक्षता तथा थारु कल्याणकरिणी सभा रुपन्देहीका अध्यक्ष शतिस कुमार चौधरीको प्रमुख अतिथ्यतामा लक डाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिति समेत रहेका शतिस कुमार चौधरीले लकडाउनले नेपाली समाजमा सामाजिक तथा आर्थिकरुपमा असर परेको बताउँदै दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बर्गलाई ठुलो समस्या झेल्नु परेको औंल्याए ।
उनले विशेषगरी उत्पीडित आदिवासी, थारु समुदायमा दैनिक रोजिरोटीको जोहो गर्ने श्रमिकहरुले लक डाउनले ठुलो समस्या झेल्नु परेको बताए । उनले भने, 'कोरोना भाइरसको महामारीले नेपाली समाज आक्रान्त छ । हाम्रो थारु समुदायमा पनि लक डाउनले ठुलो असर पुगेको छ । विकल्प विन गरिएको लक डाउनले मनिसहरुमा मनोबौज्ञनिक त्रास फैलिएको छ ।'
उनले एकातिर महामारीको त्रास छ, भने अर्कातर्फ आर्थिक दायित्वको सीमा, आफ्नो रोजगारी तथा व्यवसाय पुरानै अवस्थामा सञ्चालन हुने नहुने अन्योल समेत बढ्दै जाँदा समुदायमा मनोबैज्ञनिक असरसमेत परेको बताए । अध्यक्ष चौधरीले समुदायमा आर्थिक र मनोबैज्ञनिक त्रासको कारण आत्म हत्याको दर बढ्दै गएको बताउँदै यस तर्फ राज्यको ध्यान समयमा नै पुग्न जरुरी रहेको बताए ।
त्यस्तै कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरीले कोभिड १९ ले मिडियमासमेत ठूलो असर पुगेको बताएका थिए । उनले धेरै पत्रकारहरुको रोजगारी गुमेको र फ्रन्ट लाईनमा काम गर्ने पत्रकारहरुलाई कोरोना संक्रमित भएकोले समस्या माथि झन् समस्या झेल्नु परेको बताए । उनले पत्रकारहरु न्युनतम सुरक्षाका उपायहरु अपनाएर रिपोर्टिङ्ग गर्न अग्रह गर्दै मिडिया मार्फत हरेक उत्पीडित जातजाति समुदायको आवाजहरुलाई आफुहरुले बुलण्ड गर्दै जाने बताए ।
त्यस्तै कार्यक्रममा थारु कल्याणकरिणी सभाका जिल्ला सचिव सरिता चौधरीले समुदायका हरेक क्रियाकलापलाई राजनीतिक दृष्ट्रिले हेर्न नहुने बताइन् । उनले सवै समुदायका क्रियाकलापहरुलाई राजनीतिक आँखाले हेर्दा असली पीडित झन् पीडित हुन पुगेको अरोप लगाइन् । उनले लक डाउनले थारु समुदायमा ठूलो असर पुगेको बताउँदै रुपन्देहीमा थाकसले आफ्नो १६ वटै तहहरुमा लक डाउनको असरबारे छिट्टै अन्तर्क्रिया गर्ने बताइन्।
उनले थारु समुदायमा अझै पनि राजनीतिक क्षेत्रमा पहुँच नहुँदा उत्पीडित समुदायले पाउँने सेवा सुविधाबाट बञ्चित भएको बताउँदै थारु समुदायको हरेक सेवा सुविधा देखि अधिकार र पहिचानको लागि आफुहरु एक जुट हुन जरुरी रहेको बताइन् ।
त्यस्तै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सोनु थापाले आदिवासी जनजाति पत्रकारहरुलाई मिडियामा टिक्न निकै समस्या रहेको बताए । उनले कोभिड-१९ ले पत्रकारको मनसिक असर पर्नुको साथै धेरै मिडियाहरु बन्दहुने र कर्मचारी कटौतिले गर्द समस्या माथि झन समस्या भोग्नु परेको बताए । उनले आदिवासी जनजाति समुदायमा लक डाउनले समाजिक तथा आर्थिक रुपमा ठुलो असर पुगेको बताए ।
त्यस्तै बुद्ध टिभिका स्टेशन म्यानेजर बिक्रम खड्कले लक डाउनले सम्पूर्ण पत्रकारहरु संकटमा रहेको प्रतिक्रिया दिए । उनले पत्रकार मात्र नभएर हरेक क्षेत्र, वर्गका मनिसहरु अहिले ठुलो समस्या झेल्नु परेको बताए । उनले संकटको समयमा राज्यले अभिभावकको भुमिका खेल्नुपर्ने हो तर गरिब मजदुर वर्गलाई राहत दिन सरकारलाई आर्थिक संकट हुने तर संकटको समयमा राजधानी सर्न सरकारसगं पैसा हुने भनेर अरोप लगाए ।
अन्र्तक्रिया कार्यक्रममा थारु पत्रकार संघ नेपाल कपिलबस्तुका अध्यक्ष श्याम सि.टि, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्य समिति सदस्य एवं पूर्व थारु पत्रकार संघका रुपन्देही जिल्ला अध्यक्ष हिक्मत चौधरी लगायतले बोल्दै मिडिया मार्फत आफुहरुले उत्पीडित जातजाति समुदायको आवाजहरुलाई बुलण्ड रुपमा उठाउने बताए । त्यस्तै उनीहरुले संकटको समयमा राज्यले अभिभावकको भुमिका निभाउन आग्रह समेत गरे ।
थारु काल्याकारिणी सभा रुपन्देहीको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रम थारु पत्रकार संघ नेपाल शाखाका उपाध्यक्ष अनिता चौधरीको स्वागत र सचिव मंञ्जित चौधरीको संचालनमा सम्पन्न भएको थियो । फ्रन्ट लाइनमा काम गर्ने पत्रकारहरुलाई काम गर्न सजिलो होस्, भन्ने उद्देश्यले थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष शतिस कुमार चौधरीले पत्रकारहरुलाई सुरक्षाका समाग्रीहरु सेनेटाईजर र मक्स वितरणर समेत गरेका थिए ।
साथै अन्तर्क्रिया कार्यक्रममा वडा दशैंको शुभकामना अदान प्रदान गर्नुको साथै सोही कार्यक्रममा केही हद सम्म समाचार संकलन गर्न सहज होस्, भन्ने उद्देश्यले थारु पत्रकारलाई थारु पत्रकार संघ नेपालले केन्द्रिय कार्य समितिले जिल्ला शाखालाई प्रदान गरेको प्रेस ज्याकेट समेत वितरण गरिएको थियो । | 2022/07/01 17:28:53 | https://www.tharuwan.com/2020/10/11/122107/ | mC4 |
सुनचाँदी खरिद-बिक्रीमा अब डिजिटल भुक्तानी – Online Khabar
८. प्रचण्डको ब्रिफिङ : माधव नेपाल समूह एमालेमा जाने देखिन्छ
१०. आफूलाई एप्पलको सिइओ बनाउन टेस्ला मालिक मस्कको अनुरोध ! टिम कुकले झपारे
१२. अर्थसचिवमा मधु मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा
दार्चुला घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
२०७८ साउन १७ गते १७:३६ मा प्रकाशित
काठमाडौं । सुन चाँदी खरिद तथा बिक्रीमा अबदेखि डिजिटल प्रणालीमा आधारित भुक्तानी गर्न सकिने भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालवीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएपछि डिजिटल भुक्तानी सम्भव भएको हो ।
आइतबार महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच भएकोे सम्झौतापछि सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् महासंघले जनाएको छ ।
सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुने र यसले उपभोक्ता तथा ब्यवसायी दुवैलाई फाइदा पुग्ने महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।
गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठले प्रविधिले व्यापार ब्यवसाय गर्न थप सहज हुने र यसले व्यवसायीहरुलाई आत्मनिर्भर वनाउन सघाउने बताए । | 2021/09/21 14:18:41 | https://www.onlinekhabar.com/2021/08/992420 | mC4 |
बहु–आयामिक शैक्षिक कार्यक्रमका साथ काठमाडौंमा मनास्लु वर्ल्ड कलेज « Pariwartan Khabar
बहु–आयामिक शैक्षिक कार्यक्रमका साथ काठमाडौंमा मनास्लु वर्ल्ड कलेज
१७ श्रावण २०७७, शनिबार १७:०७
बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाडौंको मुटु शैक्षिक हब चावहिल चुच्चेपाटी स्थित पासाङ ल्हामु शेर्पाको शालिकबाट करिव १०० मिटर अगाडि मनास्लु वर्ल्ड कलेज स्थापना भएको छ ।
युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रालिद्वारा संचालित मनास्लु वर्ल्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्थापक अध्यक्ष गेन्द्र लामा बताउँछन् ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विश्व बजारको कुनै पनि क्षेत्रमा नेतृत्वदायी भूमिकामा रही काम गर्न सक्ने किसीमले तयार पारिने मनाश्लु टिम अफ इन्टरप्रिनर प्रालिका अध्यक्ष गेन्द्र लामाले बताए । उनले भने, 'अहिले प्रविधिको गतिशिलतालाई ध्यानमा राखेर अध्यापन गराउनुपर्ने हुन्छ । नवितम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीमा अब्बल क्षमता निर्माण गर्ने विभिन्न योजना सहित स्थापित महत्वपूर्ण शैक्षिक गन्तव्य मनास्लु वर्ल्ड कलेज शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कूल कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुको हब बन्नेमा म विश्वस्त छु ।'
अहिलेका विद्यार्थीहरु हरेक प्रकारले सिर्जनशील र व्यवहारिक हुनुपर्ने देखिन्छ । उनीहरुमा अध्ययन सकिएपछि आफैंले विभिन्न व्यवसाय संचालन गर्न सक्ने क्षमता हुनुपर्छ, यसैका लागि आफूहरु लागि परिरहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन । उनी भन्छन्, 'हामीले यस कलेजका विद्यार्थीहरुलाई उद्यमशील बन्न उत्प्रेरित गर्नुका साथै टिम वर्क गरि व्यवसाय गर्न र प्राविधिक विषयमा अब्बल र बौद्धिक हुनमा जोड दिनेछौं ।'
जीवनका लागि शिक्षा दिइनुपर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर स्थापना भएको मनाश्लु वर्ल्ड कलेजमा विभिन्न उद्यमशिलता तथा व्यापारिक क्षेत्रमा क्रियाशील संस्थाहरु समेत जोडिएका छन् । | 2020/09/18 16:05:25 | https://www.pariwartankhabar.com/2020/08/01/166417/ | mC4 |
१३ दिने मृत्यु संस्कार काजक्रिया किन? *************** - Suvham News
१३ दिने मृत्यु संस्कार काजक्रिया किन? ***************
April 13, 2018 by gsmktm
वैदिक सनातन धर्म शास्त्रका कुनै पनि निर्देशनहरू हचुवा भरमा वा संस्कारका रूपमा चलिआएको चलन भएकोले मात्र मान्नु पर्ने भन्ने हैन। कुनै पनि कार्यको पछाडी कारण अवस्य हुंछ, झन परम शास्त्र वैदिक निर्देशनको पछाडी कारण नहूनु त हुनै सक्दैन। तपाईले थाहा नपाउनु वा नबुझ्नुको अर्थ तपाईको अज्ञानता हो, शास्त्रप्रति नै शंका-उपशंका गर्नु त तपाईको मूर्खता हो।
१३ दिने काजक्रिया प्रक्रिया पछाड़ी भौतिक र आध्यात्मिक दुई कारण छन।
१. आध्यात्मिक कारण:
जसरी मानौ कुनै घड़ीको चल्ने समयावधिको guarantee कम्पनीहरूले तोकेको हुन्छ, मानौ १० वर्ष, त्यसैगरी तपाई-मलाई प्राप्त यस शरीरको(हामी शरीर हैनौ, आत्मा हौ), यस मृत्युलोकमा रहने निश्चित समय तोकिएको हुन्छ।
तर त्यों १० वर्ष guarantee दिइएको घड़ी पनि पहिलो दिन मैं मानौ ढुङ्गाले ठोकेर फोड्न सकिन्छ वा अमर्यादित ढंगले प्रयोग गरी १/२ वर्षमैं बिगार्न सकिन्छ उसैगरी यस मृत्युलोकमा रहने निश्चित अवधि पाएको शरीर पनि शरीरहत्या गरी(विष खाएर वा झुण्डिएर वा दुर्घटना आदि) वा अमर्यादित शरीरको प्रयोग गरी(मांसाहार, मध्यपान, धूम्रपान आदि) गरी रहन पाएको अबधिभंदा धेरै पहिले नष्ट गर्न सकिंछ।
यसरी निस्चित समयावधि भंदा पहिले प्राप्त शरीर नष्ट भएमा पनि मनुष्यजीवात्माको सूक्ष्म शरीर त्यति नै समयावधि यस मृत्युलोकमा अर्कों गति प्राप्त नभएसम्म रहनु नै पर्ने हुंछ, यसरी बिना शरीर रहनु पर्ने तपाईको वा मेरो transit समयको अवस्था नै प्रेत अवस्था हो।
प्रेतअवस्था(स्थूल शरीर गुमाएका सूक्ष्म शरीरधारी तपाई वा म) अति भयावह हुंछ। जसै स्थूल शरीरको मृत्यु हुन्छ, जीवात्मा सुक्ष्म शरीर सहित बाहिर निस्कंछ । आफ्ना आफन्त/संगी रोई कराई गरेको देख्दछ, बोलाउन खोज्दछ, तर उसले बोलेको कसैले सुन्दैन। ऊ चिच्याउँछ, भंछ म यही छु तर उसको चिच्चाहट कसैले सुन्दैन, उसले सबै उसको मृत स्थूल शरीर वरीपरी बिलाप गरिरहेको मात्र देख्दछ। आशक्तिको कारण त्यस सुक्ष्म शरीरधारी जीवात्मा आफ्नो मृत स्थूल शरीर जता लग्छ्न त्यतै भौतारिन थाल्दछ।
त्यस जीवात्मालाई "तेरो स्थूल शरीर मर्यो" भन्ने आभास दिन जति सक्यो चाडै स्थूल शरीर नष्ट गरिदिन शास्त्रीय निर्देशन छ। अग्निदाहले शरीर पूर्ण रूपमा नष्ट हुनाले जीवात्माको आफ्नो शरीरप्रतिको आशक्ति नष्ट गर्दछ भने यसको विपरीत पश्चिमी संस्कार वा अन्य संस्कारमा मृत स्थूल शरीरलाई जमिनमा गाडिने हुदा त्यस सुक्ष्म शरीरधारी जीवात्मा आफ्नो मृत स्थूल शरीर वरिपरी आशक्तिबश भौतारिन्छ। त्यसको ईच्छा/आकांक्षा पहिले शरीर हुँदा जस्तो थियो त्यस्तै नै हुंछ तर बिना शरीर केही गर्न सक्दैन। आशक्तिबश आफनै घर/परिवार वरिपरी भौतारि रहन्छ। आफुले लोभबश अनेकौ दुःखले जीवनभर थुपारेको सम्पत्ति अन्य कसैले मिथ्था उडाएको देख्छ, आफु आशक्त भएको पुरुष/स्त्री अन्यको आगोशमा रमाएको देख्छ, तड्पिंछ तर केही गर्न सकदैन।
मृत स्थूल शरीरको अंत्यष्टी नगरिएमा मृत स्थूल शरीरबाट वायु निष्काशन हुंछ। क्षय भैरहेको दुर्गन्धयुक्त शरीरबाट निस्कने वायुको आवृत्ति र कम्पन ऋणात्मक भएकोले तामसिक गुणको हुंछ जसको कारण तत्काल वातावरणमा तमों घटकको वृद्धि हुन जांछ जसको फलस्वरूप अन्य बलिया सुक्ष्म शरीरधारी तमोंगुणी जीवात्मा जस्तै भूत/प्रेत/वेताल/तामसिक तांत्रिक जस्ता तामसिक शक्ति त्यसतर्फ आकर्षित हुन जांछन। यस्ता तामसिक शक्तिले मृत स्थूल शरीरमाथि शरीरका पाँच मुख्य प्राण शक्ति(प्राण/अपान/व्यान/समान/उदान) र अन्य सहप्राण शक्ति(धनंजय/नाग/कूर्म/कृकल/देवदत्)को नियंत्रण गरी शरीर कब्जा गरी शरीर वरिपरी बादलरूपी साधारण मनुष्य आखालाई अदृश्य कालो शक्तिको सृजन गर्दछन। यो कालो शक्तिको पहिचान छैठौ इन्द्रिय क्रियाशील भैसकेका तांत्रिक शिद्ध योगीले गर्न सक्छन। यसरी पाँच प्राण र सहप्राणको शक्ति सहितको मृत स्थूल शरीरको कब्जा गरेपछि यी तामसिक शक्ति त्यस शरीरको सुक्ष्म शरीरधारी जीबात्मा कब्जा गर्नेतिर अग्रसर हुंछ।
त्यस मृत स्थूल शरीरको सुक्ष्म शरीरधारी जीबात्मा आशक्ति र आध्यात्मिक ज्ञानको कमीले गर्दा अझैपनि भौतिक ईच्छा/आकांक्षामा जकडिएको हुंछ। आशक्तिले पूर्ण ऊ आफ्नो मृत शरीरप्रति आकर्षित हुंछ नै, नाश न भएको मृत स्थूल शरीरबाट निष्काशन हुने अब्यक्त शक्तिबाट ऊ खिचिएको पनि हुंछ। भूत/प्रेत/वेताल/तामसिक तांत्रिक जस्ता तामसिक शक्तिले यही अव्यक्त शक्तिलाई भौतारिरहेको त्यस सुक्ष्म शरीरधारी जीवात्मासम्म पुग्ने साधन बनाउछन र आफ्ना तामसिक शक्तिले त्यस सुक्ष्म शरीरधारी जीवात्मालाई आफ्नो बशमा गर्दछन। यसरी त्यस सुक्ष्मलोकमा भौतारिरहेका जीवात्माहरूलाई आफ्नो बशमा पारी आफ्नो तामसिक शक्ति झनै शक्तिशाली बनाउने होड चलिरहेको हुंछ, तपाईलाई आफ्नो समूहमा सामेल गरी तपाईलाई दास बनाउने होड चलिरहेको हुंछ। यदि प्रेतधारी तपाई यस्ता तामसिक शक्तिको कब्जामा पर्नुभयो भने के होला? अझै शक्तिशाली तामसिक शक्तिको चपेटामा तपाई पर्नुभएमा त तपाईको यस मृत्युलोकमा रहने समय समाप्त भएता पनि अथवा नयाँ गति निर्धारण गर्ने समय आएता पनि तपाईलाई अर्को गतिको लागि मुक्त गर्दैनन्। यस्तो अवस्थामा मुक्त हुन की त भगवान शिबको प्रत्यक्ष हस्तक्षेप हुनुपर्यो वा तपाईका आफन्तले लगाएको भागवत महापुराणको कथा तपाईले दासरूपी प्रेत शरीरमै भएपनि श्रद्धापूर्वक श्रवण गर्नुपर्यो नत्र अनन्त समयका लागि प्रेत योनिमा फस्नु हुनेछ।
१३ दिने काजक्रिया भनेको प्रेतयोनिमा पुगिसकेका तपाई वा मलाई हाम्रा पूत्र आदिले वैदिक मन्त्र र पद्धतिको सहायताले यस प्रेतयोनिबाट मुक्त गराई कम से कम यो भंदा माथिको मनुष्यगंदर्भ लोक वा त्यो भंदा माथिको देवगंदर्भ लोक वा पितृलोकको लागि प्रवेशाज्ञा अर्थात VISA प्राप्तिको लागि योग्य बनाउनु हो। गरुण पुराण अनुसार १३ दिनको प्रत्येक दिन स्थूल शरीर गुमाएका हामीलाई पाँव, कम्मर, धड़, छाती, शिर आदि दिव्य नया शरीर प्राप्त हुंछ। सवै प्रक्रिया शुद्ध भएमा प्रेत शरीर प्राप्त तपाई-मैले प्रेत शरीरबाट मुक्त भै माथिल्लो लोकको प्रवेशाज्ञा(VISA)को लागि योग्य हुनेछौ, प्रवेशाज्ञा(VISA) स्वीकृत हुन सक्नेछ, प्रेतयोनिबाट मुक्त हुनेछौ।
पूर्ण वैदिक आचरणमा रहेका साधु-सन्त महात्मा आदिहरू, पहिलो त उनीहरुको मर्यादित वैदिक जीवन-पद्धति(मान्स-मदिरा-धूम्रपान आदि सेवन नगर्नु, ईर्ष्या-द्वेष रहित हूनु आदि)ले गर्दा पूर्ण शरीरको समय बाच्छन अर्थात प्रेत योनिमा जानु नै पर्देन भने सांसारिक आशक्तिदेखि माथि भएकाले शरीरको मृत्युपछि संसारमा आशक्त रहदैनन तसर्थ साधु-सन्त महात्मा आदिहरूको हक़मा अग्निदाह सहित १३ दिने आदि काजक्रियाको आवश्यकता न रहेको शास्त्र निर्देशन गर्दछ। वालकहरूको हक़मा पनि उनीहरूले कुनै कर्म नै नबोकेकाले प्रेत शरीरबाट उन्मुक्तिको १३ दिने काजक्रिया प्रक्रियाको आवश्यकता न रहेको शास्त्र निर्देशन गर्दछ।
२. भौतिक कारण
सांसारिक मनुष्य आशक्तिमा हुंछ। कुनै प्रियको मृत्यु सहजै भुल्न उसलाई गार्हो हुंछ। तर वैदिक सनातन धर्म यो जान्दछ कि मनुष्य स्वार्थी हुंछ। उसले सबैभंदा बढ़ी आफैलाई प्रेम गर्दछ, अन्यप्रति आशक्त रहेको हुंछ।
आफुलाई प्रेम गर्ने आशक्तले भरिएको स्वार्थी र भोगी त्यो मनुष्यलाई जब १३ दिनसम्म साधारण भोजनमा नुन पनि खान नदिई, नसिलाएको एकसरो वस्त्रमा कसैलाई छुन नदिई गरूड पुराणको सांसारिक वैराग्यता प्रत्येक दिन श्रवण गराई राखिंन्छ, यसले एक त मृतात्मालाई प्रेतमुक्त गर्न गरिने शास्त्रीय प्रक्रियलाई आवश्यक पर्ने शुद्धता प्राप्त हुन जान्छ भने अर्कोंतर्फ त्यो व्यक्ति स्वयम्ले पाएको भौतिक छटपडाहट र पिंडाले त्यसको मृतआफन्त प्रतिको आशक्ति टुट्दछ। १३ दिने काजक्रिया नहुदो हो त महिनौ टोलाउने त्यो व्यक्ति अब १३ औं दिनमा नै छर्लङ्ग हुन्छ, fresh हुंछ।
आजकाल आधुनिकताको नाममा यस भौतिक संसारलाई नै सबै देखेका "मर्ने त मरेर गए किन १३ दिन वार्नु" भंनेहरू शास्त्र नबुझेका अज्ञानीहरू हुन भने १३ दिनको काजक्रिया शास्त्रीय प्रक्रियालाई कति नै ज्ञानी र बुद्धिमान भए झै गरी केही दिनमा नै सिमित गर्न खोज्नेहरू त महामूर्खहरू नै भए। | 2021/04/17 13:35:50 | http://suvham.com/%E0%A5%A7%E0%A5%A9-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%87-%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%81-%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%95%E0%A4%BE | mC4 |
मेलम्चीकाे पानी : 'अब काठमाडाैँका धारामा बगे ' - Demo Khabar
मंगलवार, चैत्र १७ २०७७
मेलम्ची खोलाबाट ल्याइएको पानी गत आइतबार दिउँसो काठमाडौँका चाबहिल, बत्तीसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायत क्षेत्रका उपभोक्ताको घर घरमा वितरण गरिएको छ । प्रशोधनपछि पिउनयोग्य पानी महाकाँलचौरस्थित ट्याङकी (पोखरी) बाट वितरण गरिएको हो । आगामी केही दिनभित्रमा उपत्यकाका विभिन्न भागमा पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
चार चरणमा विभाजन गरी पानी वितरण गर्ने भएको छ । जसअनुसार पहिलो चरणमा आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गरिनेछ । तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानीपोखरीबाट ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरूबाट समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रमा पानी वितरण गरिनेछ । पानी वितरणसँगै यसपटकको सुख्यायाममा देखिन सक्ने पानी अभावको समस्या कम हुनेछ । पानी वितरणसँगै वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्याबारे स्पष्ट हुन सकिनेछ ।
हाल पुुरानै पाइपबाट वितरण गरिएकाले कतिपय स्थानमा पानी चुहिने, पानी नआउनेजस्ता समस्या आउनसक्ने भएकाले पहिलो चरणमा नै यस्ता समस्या समाधान गर्न सकिनेछ । परीक्षणसँगै पानी वितरण गरिएकाले नयाँ पाइपलाइन विस्तार गरी उपत्यकामा भरपर्दो पानी वितरणको वातावरण सिर्जना गर्न ढिला गर्नुहुँदैन । मेलम्चीबाट पूर्ण क्षमतामा पानी नल्याइएसम्म उपत्यकाको माग पूरा हुने अवस्था नरहेकाले यहाँ सञ्चालनमा रहेका बोरिङबाट गरिँदै आएको वितरणलाई पनि वितरण प्रणालीमा एकीकृत गर्नु आवश्यक हुन्छ ।
मेलम्चीबाट दैनिक प्राप्त हुने १७ करोड र काठमाडौँ उपत्यकाको भूमिगत आठ करोड लिटर पानी वितरण गरिने भएकाले नपुग पानीका बारेमा अहिले नै स्पष्ट हुनुपर्नेछ । तत्कालका लागि मागअनुसार पानी आपूर्ति हुन नसके पनि थपिने स्रोतबाट उपत्यकाको आवश्यकता पूरा हुने गरी पानी ल्याइने भएकाले त्यसअघिसम्म पानी वितरणलाई न्यायोचित बनाउन सम्बद्ध निकाय संवेदनशील हुनुपर्छ ।
उपत्यकामा व्यक्तिगत रूपमा जमिनमुनिको पानी तानेर उपयोग गर्नेहरूको वैज्ञानिक तथ्याङ्क नभए पनि यस्तो प्रवृत्तिले पानी अभाव टार्न केही योगदान दिएको देखिन्छ तर विज्ञहरूका अनुसार जमिनमुनिबाट अनियन्त्रित तरिकाले पानी दोहन गर्ने प्रवृत्तिले उपत्यकाको जमिनमुनि पानीको सतह घटेर भविष्यमा आउन सक्ने जोखिमबारे अहिले नै ध्यान दिनुपर्छ । यसनिम्ति मेलम्चीबाट पानी आइसकेको अवस्थामा व्यक्तिगत तथा संस्थागतरूपमा जमिनमुनीबाट पानीको दोहन गर्ने कार्यलाई निरुत्साहन गर्नुपर्छ । मेलम्चीको पानी वितरण सुरु भएपछि भूमिगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको छ तर यसबारेमा स्पष्ट अनुगमन कसरी गर्ने भन्नेबारेमा खासै तयारी गरिएको देखिँदैन ।
उपत्यकाका विभिन्न क्षेत्रमा पानीको पुनर्भण्डार गर्ने कामलाई मेलम्चीको पानी वितरणसँगै कार्यान्वयन गर्न सकिए यहाँ सतहमुनिको पानी सुक्ने समस्या न्यूनीकरण गर्न सहयोग मिल्नेछ । मेलम्चीको दोस्रो परियोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीमै थपेर ल्याइएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने भएकाले त्यसपछि पानीको उपलब्धता र वितरणमा समस्या नहुन सक्छ तर त्यसअघिको समस्या निवारणमा विशेष ध्यान दिनुपर्ने देखिएको हो ।
दोस्रो परियोजना सम्पन्न भएपछि उपत्यकाका घरमा दैनिक छ घण्टा पानी आउने जनाइएको सन्दर्भलाई हेर्दा उपत्यकावासीले मनग्य पानी उपभोग गर्न अझै केही समय कुर्नुपर्ने हुन्छ । लामो समयको पहलपछि उपत्यकामा पानी आएकाले यसको वितरण तथा उपभोगमा वितरक तथा उपभोक्ता दुवै पक्ष जिम्मेवार हुनुपर्छ । एक परिवारले खेर फालेको पानीले अर्को परिवारको आवश्यकता पूरा गर्न सक्ने भएकाले पानीको उपयोगलाई किफायती बनाउनुपर्नेछ ।
मेलम्चीका नदीमा हाल उपलब्ध पानीको स्रोत थपिने छैन तर बसाइँसराइको राष्ट्रिय प्रवृत्ति हेर्दा अबका केही वर्ष उपत्यका र अन्य सहरी क्षेत्रमा पानीको माग तीव्र गतिमा बढ्नेछ । यस्तो अवस्थालाई समेत मध्यनजर गरेर पानी वितरण तथा उपभोग नीति बनाउनुपर्ने देखिन्छ । न्यून परिमाणमा पानी खपत गर्ने र पानीको फजुल खर्च गर्ने व्यक्तिलाई समान तरिकाले शुल्क दायित्व तोक्ने जस्ता प्रवृत्तिले पानी उपयोगलाई किफायती बनाउन सकिने छैन भन्नेतिर पनि ध्यान जानु आवश्यक छ । | 2021/04/13 01:51:01 | https://manjilapokhrel.com.np/news/9152 | mC4 |
भीमबहादुर दाइ : एक शब्दचित्र - यात्रा सन्दर्भ - साप्ताहिक
भीमबहादुर दाइको जन्मजयन्ती यसै साता परेको थियो । नीतिका ढुंगानाले फेसबुकमा नलेखेको भए धेरैले थाहा पाउने थिएनन् यो कुरा । कांग्रेस पार्टीले त यो कुरा थाहै पाएन । अचेल कांग्रेसका संचालकहरूको सम्झनाबाट मूल्य, मान्यता र आदर्शका कुरा हट्दै गएका छन् । भीमबहादुर तामाङ मूल्य–मान्यता र आदर्शका प्रतीक थिए । भीमबहादुर दाइसँग २०२६ सालको जाडो मौसममा जनकपुरधामको ब्रह्मपुरीमा भेट हुँदा नेपालको प्रजातान्त्रिक राजनीतिमा उनी एक प्रकारको मिथक बनिसकेका थिए । त्यतिबेलाको युवापुस्ताले उनलाई गुरिल्ला युद्धका जानकारका रूपमा चिन्थ्यो । सधैं सामान्य पहिरनमा देखिने भीमबहादुर दाइको काँधमा एउटा झोला हुन्थ्यो । चे ग्वेभारा र फिडेल कास्क्रोका त्रान्तिको मोहनीमा लट्टू भएका हामी केटाहरूका लागि बोलिभियाको जंगलबाट चेले नेतृत्व गरेको क्रान्तिकथाको विवरण दिन्थे भीमबहादुर दाइ ।
चिनजानसँगै म घनिष्ठ भएको थिएँ भीमबहादुर दाइसँग । एक दिन उहाँले आफ्नो झोलाबाट चे ग्वेभाराको डायरी र रेगिस देब्रेको पुस्तक 'रेभोल्युसन अफ दि रेभोल्युसन' झिकेर देखाएका थिए । उनले मलाई चे ग्वेभाराको डायरी पढ्न दिएपछि म गद्गद भएको थिएँ । त्यो पुस्तक मैले अत्यन्त लगावका साथ, त्यहाँ प्रयोग भएका अंग्रेजी शब्दहरूको भार्गव डिक्सनरीमा अर्थ खोजी–खोजी पढेको थिएँ । रेगिस देब्रेको पुस्तक पढ्ने आँट आएन । फ्रेन्च भाषाबाट अंग्रेजीमा अनुवाद गरिएको त्यो राजनीतिक–दर्शनको पुस्तक मेरा लागि हाडे ओखरसरह भएको थियो । झन्डै दुई दशकपछि मात्र मैले त्यो पुस्तक बुझेर पढें ।
अजीवका थिए भीमबहादुर दाइ । हामी दुवैका प्रेरक पुरुष एकै हुनुहुन्थ्यो– सहिद सरोजप्रसाद कोइराला । नेपाल विद्यार्थी संघ गठनको सिलसिलामा दमन ढुंगाना र स्वर्गीय शंकर घिमिरेले मलाई जनकपुर पठाएका थिए । त्यतिबेला काठमाडौं आन्दोलित थियो । म भर्खर जेलबाट छुटेको थिएँ । जनकपुर मेरा लागि नयाँ ठाउँ थियो । भारतीय रेलको बाटोबाट मात्र पुगिन्थ्यो त्यहाँ । सुवर्णशमशेरले सुरु गर्नुभएको राजालाई सहयोग गर्ने अभियानअन्तर्गत ०१७ सालपछि भारतमा निर्वासित कांग्रेसजनहरू स्वदेश फर्कंदै थिए । त्यही क्रमको पछिल्लो लटमा सरोज कोइराला पनि स्वदेश फर्कनुभएको थियो ।
सरोज कोइरालाको क्रियाशील राजनीतिक जीवनका अभिन्न सहयोगी थिए भीमबहादुर दाइ । उनले कति पढेका थिए र परिवार कहाँ थियो ? त्यो हामीलाई थाहा थिएन । भीमबहादुर दाइ भनेपछि भीमबहादुर दाइ । त्यही क्रममा सरोज कोइरालाले स्थानीय जन–आकांक्षा साप्ताहिक पत्रिकालाई प्रजातान्त्रिक आन्दोलनको मुखपत्रका रूपमा सञ्चालन गर्ने योजना बनाउनुभयो । त्यसका लागि म खटिएँ प्रधान सम्पादक माधव आचार्यलाई सघाउन । भीमबहादुर दाइ त्यतिबेला जनकपुरमै थिए । उनले हामीलाई पत्रिकाको ले–आउटको आधारभूत ज्ञान दिए । पत्रिका निस्कियो । त्यसको खास हैसियत र लक्ष्य देखियो । जनकपुरधामको सानो ट्रेडिल प्रेसबाट निस्किएको पत्रिका जति राम्रो हुन सक्थ्यो त्यति भयो, तर त्यसले नियमित हुन पाएन । प्रशासनिक कोपको सिकार भयो जन–आकांक्षा ।
त्यसफछि राजनीतिक क्रियाशीलताका त्रममा धेरै हुनु नपर्ने घटना भए । सरोज कोइरालाको हत्या भयो । कांग्रेसले सशस्क्र त्रान्ति सुरु गर्यो । प्रजातान्त्रिक राजनीति अँध्यारो खाडलतर्फ धकेलियो । भीमबहादुर दाइ हराए । त्यो कालखण्डमा मेरो उनीसँग गौशालामा भेट भयो । गोधूलि साँझको समय थियो । उही स्वाभाविक भीमबहादुर दाइ । शिरमा कालो टोपी । उही पहिरन र काँधमा उस्तै झोला । बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर काठमाडौं आउने अघिल्लो दिन । भीमबहादुर दाइ भूमिगत थिए – पुलिसको लिस्टमा मोस्ट वारेन्टेड पर्सन । हामीले हतार–हतार चिया पियौं । हतार–हतार थोरै कुरा गर्यौं । त्यसपछि उनी हराए ।
बीपी फर्किइसक्नुभएपछि भीमबहादुर दाइसँग नियमितजस्तै भेट हुन थाल्यो । जनमत–संग्रहका बेला बीपी राजनीतिक बहसमा सक्रिय हुँदा भीमबहादुर दाइ जयवागेश्वरीस्थित कोइराला निवासमा फूल गोडिरहेका देखिन्थे । उनलाई यी बहसहरूमा मानौं कि कुनै चासो नै थिएन । मानिसहरू आउने–जाने गरिरहेका हुन्थे । उनी फूलसँगै मस्त हुन्थे । फूलको स्याहार–सम्भार र गोडमेल उनको सबैभन्दा रुचिकर विषय थियो । अलिकति माटो पायो कि खोस्रिएर गोडमेल गरिहाल्ने । आफूले गर्न लागेको काममा यतिविघ्न एकाग्र मानिस निकै थोरै देखेको छु ।
भीमबहादुर दाइको व्यक्तित्व निकै रहस्यमय थियो धेरैका लागि । उनको निजी जीवनका बारेका थाहा पाउने मानिसको संख्या पक्कै पनि कम थियो । उनको निजी जीवनका बारेमा थाहा पाउनैपर्ने त्यस्तो खास कुरा केही थिएन । एउटा सरल र सहज जीवन, जसका आवश्यकताहरू अत्यन्त सीमित थिए, सम्पत्तिको नाममा जोसँग देखाउनु र लुकाउनुपर्ने केही थिएन, जसका आशक्तिहरू थिएनन् र जसको कुनै पनि खराब आदत थिएन । नेपाली कांग्रेसका नेताहरूमा किशुनजी र भीमबहादुर दाइ नै दुई यस्ता व्यक्तित्व हुन् जो लोभ र मोहबाट विरत रहे ।
भीमबहादुर दाइमा प्रखर राजनीतिक चेतना थियो र उनी तीक्ष्ण राजनीतिक विश्लेषणमा खप्पिस थिए । उनमा कूटनीतिक दक्षता पनि उत्तिकै थियो । खास गरेर साथीभाइहरूसँग गफगाफमा बस्दा उनी अरूको विचार ध्यानपूर्वक सुन्थे । आफूलाई टिप्पणी गर्न मन नलागेको विषय पर्यो भने निदाएको बहाना गरिदिन्थे । त्यसबाहेक भीमबहादुर दाइमा अन्य कुनै प्रकारको राजनीतिक कलाकारिता थिएन । साहित्यमा गहिरो रुचि थियो । नेपाली साहित्यका कतिपय कथा र आख्यानहरूको विवेचनामा रमाउने भीमबहादुर दाइ क्यामु, सार्त्र र डीएच लरेन्सका रचनाधर्मिताको चर्चा गर्थे ।
दोलखा उनको पुर्ख्यौली थलो थियो । दोलखेलीहरू उनको माया र सत्कार गर्थे । जिरीका कतिपय जिरेल तन्नेरीहरूलाई उनले प्रगतिपथमा अघि बढाइदिएका थिए । राजनीतिमा धेरै कम व्यक्तित्वले मात्र सर्वमान्यता प्राप्त गर्न सक्छन् । दोलखेलीहरूले उनको नाम राखेका थिए पानीमुसा । बिरालाहरूबाट जोगिँदै उनी आफ्नो राजनीतिक यात्रामा निरन्तर खटिन्थे । जसले जति बेला चाह्यो त्यहीं पुग्ने चटकी शैली थियो उनको ।
चुनावको परिणाम माक्र व्यत्तिको लोकप्रियताको कसी हुँदैन । भीमबहादुर दाइले चुनाव जिते पनि र हारे पनि । चुनाव जित्दा र हार्दाको दुवै स्थितिमा भीमबहादुर दाइ मानिसले सक्नेजति निरपेक्ष रहे ।
'गोबुलढोक' यो शब्दको अर्थ मलाई थाहा छैन । भीमबहादुर दाइको प्रिय शब्द थियो यो । कुनै पनि बेढंगे काम गर्ने व्यक्तिलाई मायालु पाराले 'कस्तो गोबुलढोक रहेछ' भन्ने गोबुलढोक भीमबहादुर तामाङलाई लोकले बिर्सन सक्दैन । उनका साथी र सहयोगीहरूको मनमा सम्झनाका पहाडहरू होलान् । नेपाली राजनीतिमा यो एउटा यस्तो मानिस पनि थियो भन्ने उदाहरणका रूपमा प्रस्तुत हुने सत्पात्रका रूपमा अब भीमबहादुर दाइ मानिसका स्मृतिमा थुपुक्क बसेका छन्, नेपाली लोकतान्त्रिक इतिहासको सिरानी हालेर । | 2019/08/24 08:52:36 | https://saptahik.com.np/news/2019-07-17/20190717101549.html | mC4 |
माओवादीको पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो : पम्फा भुसाल | सुदुरपश्चिम खबर
माओवादीको पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो : पम्फा भुसाल
सुदूरपश्चिम खबर प्रकाशित : ११ पुष २०७८ १६:४७
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन्। आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी धार निर्माण गरेको बताइन्।
उनले भनिन्,'क्रान्तिकारी धार निर्माण गर्दै हामी अघि बढेका छौं। समावेशी संविधान निर्माणको अभ्यास प्रक्रियामा छौं। हामीले सहकार्यमार्फत् आमुल परिवर्तन ग¥यौं। हाम्रो पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो। '
समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नुपर्ने उनले बताइन्। प्राप्त उपलब्धिको संस्थागत गर्दै समाजवाद उन्मुख समाजमा जानका लागि महाधिवेशनले विगत र वर्तमानको समीक्षा गर्ने उनको भनाई छ। भुसालले क्रान्तिकारी विचार निर्माण गरी जनता र राष्ट्रको पक्षमा आफूहरु लागि पर्ने बताइन्। अन्नपूर्ण पोस्ट बाट सभार | 2022/01/29 01:07:42 | https://sudurpashimkhabar.com/2021/12/26/57541/ | mC4 |
Hamrai Sajha Patrika
पुर्नवासमा राहत वितरण शुरु , अब देखी राहत बितरणमा एक द्दार प्रणाली अपनाईने ।
By संवाददाता Last updated Apr 4, 2020
लाल बहादुर एस.के
चैत्र २२, पुनर्वास ।
कोरना भाईरस (कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन विधि अबलम्बन गरेको छ । त्यही नीति अनुसार कञ्चनपुरको पुर्नवास नगरपालिकाले समेत राहत वितरण शुरु गरेको छ ।
लकडाउनको कारण हातमुख जोर्न समस्या भएका पुनर्वास क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गलाई शनिबारदेखि नगरपालिकाले राहत वितरण सुरु गरेको हो ।
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले वडा नम्बर ५ मा ५३ घर र वडा नम्बर ३ मा ५० घर गरि जम्मा १०३ घरपरिवारलाई राहत वितरण गरि राहत वितरण गरेको बताए ।
अति विपन्न र ज्यालादारी गरेर खाने प्रत्येक परिवारलाई १० केजी चामल, १ केजी दाल, ५०० मिलि खानेतेल,नून १ पाकेट र साबुन १ पाकेट उपलब्ध गराईएको थियोे । मेयर थापाले राहत वितरण कार्यलाई निरन्तरता दिईने र हरेक वडाको वडाध्यक्ष र वडासमितिलाई राहत वितरणको जिम्मेवारी दिईएको बताए ।
त्यसैगरी पुनर्वास नगरपालिका उपप्रमुख शारदा बिष्टले विभिन्न क्षेत्रबाट वितरण गर्न लागीएका राहतका कार्यक्रम यथासिघ्र रोकेर नगरपालिकासङ्ग समन्वय गरि वितरण कार्यमा सहयोग गरिदिन समेत सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो ।
पुनर्वास नगरपालिकामा कोरोना भाईरस संक्रमण प्रकोप रोकथाम तथा नियन्त्रण समन्वय समितिको गत चैत २० गते बसेको बैठकले सो निर्णय गरेको थियोे । पुर्नवासका मेयर जिवन थापाले कुनैपनि व्यक्ति समुह, संघ संस्थाले राहत दिनुपरेमा नगरपालिका मार्फत एकद्वारा प्रणाली अपनाउन आग्रह गरेका छन ।
अहिले सम्म विभिन्न सामाजिक संघ संस्थाहरुले आफू खुशी राहात बितरण गर्दै आएका थिए । तर सरकारको निर्णय सँगै पुनर्वास नगरपालिकाले पनि अब एक द्दार बितरण प्रणालीलाई अबलम्बन गर्न कडाई गर्न लागेसँगै अब देखि आफुखुशि राहत बितरण गर्न नपाईने नगरपालिकाले जनाएको छ ।
कंचनपुरमा र कैलाली थप ३ जनालाई नयाँ संक्रमन फेला गरे लगत्तै कंचनपुर-कैलालीमा कडाई गरिने भएको छ । आज बसेको कंचनपुरको जिल्ला स्तरीय बैठकले भोलि बैंक र ठेलाहरु र अन्य कार्यलयहरुलाई पनि पुर्नरुपमा बन्द गर्ने निर्णय गरेको छ । केहि दिन अघि मात्र आंसिक रुपमा बैंकलाई खोल्न दिने निर्णय गरेको थियो । यसका साथै एक स्थानीय तह बाट अर्को स्थानीय तहमा जान समेत रोक लगाउने समेत निर्णय भएको छ ।
अब आफूखुशी राहत वितरण गर्न नपाईने, एकद्वार प्रणाली अपनाउन स्थानीय तहलाई निर्देशन
बझाङ्गका वादी परिवार लाइ उद्योग बाणिज्य संघ द्दारा राहत बितरण। ।
पुनर्वासमा विद्युत करेन्ट लागेर एक जनाको मृत्यु !
"हाम्रो कारणले विकास पछि पर्नु हुदैन"- सभासद तामाङ
बेलौरी नगरपालिकाद्वारा कार्य सहजताका लागि सशस्त्र प्रहरीलाई सामाग्री प्रदान
नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास कमिटीको पहलमा पुनर्वास विपद व्यवस्थापन कोषलाई…
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको वार्षिक साधारणसभा सम्पन्न २०७६, २२ चैत्र शनिबार २१:२६
समिक्षा अधिकारीको 'केटो अलि कमाउने होस', युट्युवमा सार्वजनिक ! २०७६, २२ चैत्र शनिबार २१:२६
मिर्गौला पीडित श्याम रौनियारलाई सुदुरपश्चिमेली नेपाली समाजद्वारा आर्थिक सहयोग २०७६, २२ चैत्र शनिबार २१:२६
आजको राशिफल/आज मिति २०७७ मङ्सिर ८ गते सोमबार २०७६, २२ चैत्र शनिबार २१:२६
शिरीष गौतमद्वारा अभिनित मनै छुने शब्दसंगीत भएको म्युजिकभिडियो "मेशिन बन्नुपर्छ" युट्युवमा सार्वजनिक २०७६, २२ चैत्र शनिबार २१:२६ | 2021/01/16 23:03:51 | https://www.hamraisajhapatrika.com/2020/04/04/5555/ | mC4 |
राजपा र नेकपा सहमति : सत्ता साझेदारी कि समाजवादीलाई अलग्याउने खेल - Total Views: total views <% if ( today_view > 0 ) { %> , Today: views today
Home > mophosala > राजपा र नेकपा सहमति : सत्ता साझेदारी कि समाजवादीलाई अलग्याउने खेल
Mohan Shahi December 19, 2019 mophosala, special_three, मुख्य खबर, राजनीति 0
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी, नेपालबीच भएको दुई बुँदे सम्झौताले राजनीतिमा तरङ्ग ल्याएको छ । यो सहमतिलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । कसैले संघदेखि प्रदेशसम्मको सत्ता समीकरण परिवर्तनको आँकलन गरेका छन् भने कसैले राजपा नेपाललाई सत्ताको लोभी भनेका छन् ।
तर कसैले यसलाई ऐतिहासिक सहमतिको संज्ञा दिएका छन् । दुई दलबीच दुई बुँदे सहमति हुने वित्तिकै नेकपाका सचिवालय सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेलले 'एउटा ऐतिहासिक काम भरखरै सम्पन्न भएको छ' भनि आफ्नो फेसबुकमा लेखे । नेकपाका अन्य नेताहरु पनि यो सहमतिले निकै उत्साहित देखिएका छन् ।
अब चाँडै नै संघदेखि प्रदेशसम्मको सत्ता समीकरण परिवर्तन हुने संकेत पनि गरेको छ । वरिष्ठ पत्रकार सीताराम आग्रहरीले राजपा 'प्रभुको शरणमा' गएको टिप्पणी गरेका छन् । उनले भने, 'जसलाई भ्रम थियो राजपा क्रान्तिकारी मधेशवादी पार्टी हो, तिनको भ्रम टुटेको होला । मानिसहरु उपेन्द्रको सातो लिइरहेका थिए अब राजपा पनि प्रभु शरणम् ।'
सत्ता र स्वार्थ नै सबथोक हुँदो रहेछ भन्ने फेरि एक पटक पुष्टि भएको जिकिर गर्दै उनले सबैले सहिदको रगतको व्यापार गरिरहेको आरोप लगाए । उनले भने, 'राजपा नेपाल मधेशको आशा भरोसाको केन्द्र थियो । समाजवादी पार्टी सत्ताधारी दल भएपछि सबैले राजपा नेपालमाथि विश्वास गरिरहेको थिए, तर अन्ततः त्यो दल पनि सत्ता नजिक पुग्यो ।'
राजनीतिक विश्लेषक चन्द्रकिशोरले पनि राजपा नेपालको यो सहमतिलाई सत्ता यात्राको रुपमा लिएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'माननीय महन्थ ठाकुरजी । तपाईँ त बडो क्रान्तकारी कुरा गर्नुहुन्थ्यो । बालुवाटारबाट भिक्षापात्रमा के लिएर आउनुभयो ? चले थे हरी भजनको ओटन लागे कपास ।' अर्थात विश्लेषक झाले पनि यो सहमतिलाई सत्तायात्रासँग जोडेका छन् ।
उनले रातोपाटीसँग कुरा गर्दै भने, 'राजपा नेपालले पनि एजेण्डाको राजनीति छाडेर सत्ताको राजनीतिमा छिरेको छ ।' राष्ट्रियसभामा दुई सीट लिएर एक दुईजनाले जागिरमात्र पाउने उनको भनाइ छ ।
'मधेशको मुद्दा, मधेशको एजेण्डा के भयो, त्यसको बारेमा राजपा नेपालले केही बोलेको छैन,' उनले भने, 'सरकारबाट समर्थन फिर्ता लिएपछि राजपा नेपालमाथि धेरैले विश्वास गरेका थिए, एक वर्षसम्म सरकारसँग टसल लिएर बसेको थियो तर अन्तिममा आएर फेरि त्यही बाटो अपनायो ।'
यद्यपी राजपा नेपालले सत्ता सहकार्यको विषयमा नेकपासँग कुनै प्रकारको छलफल गरेको छैन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, 'माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सीटमा तालमेलको कुरा मात्र भएको छ, अरु कुनै विषयमा कुनै सहमति वा कुराकानी पनि भएको छैन ।'
संविधान संशोधन, मुद्दा फिर्ता, राजनीतिक बन्दी रिहा, घाइतेको उपचार तथा भरणपोषण लगायतका विषयमा राजपा नेपालको जुन अडान थियो त्यो अझै कायमै रहेको उनको दावी छ ।
उनले भने, 'राजपा नेपाल सत्ता सहकार्यका लागि हतारिएको छैन, त्यस प्रकारको कुनै सोच पनि बनेको छैन ।' उनले अगामी दिनमा नेकपा र नेकपा नेतृत्वको सरकारसँग संविधान संशोधनलगायतका विषयमा कुरा हुने बताए । पछिल्लो सहमतिले वार्ता तथा छलफल गर्ने बाटो खुलेको उनको भनाइ छ ।
समर्थन फिर्तापछिको अवस्था
कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैद सजाय तोक्ने कैलाली जिल्ला अदालतको फैसलाबाट चिढिएको राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन २०७५ फागुन २२ गते फिर्ता लिएको थियो ।
एउटा विज्ञप्ति जारी गरी 'सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकाले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आजैका मितिबाट फिर्ता लिने निर्णय गर्छ' भनि उल्लेख गरिएको थियो ।
संविधान संशोधन लगायतका माग पुरा गर्नका लागि दुई तिहाई बहुमत पुर्याउने विश्वास दिलाउन राजपा नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो । तर १० महिनापछि राजपा नेपालले त्यो समर्थन फिर्ता लियो ।
समर्थन फिर्ता लिँदा दुई तिहाइ बहुमत हुँदाहुँदै पनि संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरू रिहाइ नगरेको, झूटा मुद्दा फिर्ता नलिएको, घाइतेको उपचार नगराएको, बेरोजगारी समस्या समाधान नगरेको लगायतका आरोप राजपाले लगाएको थियो ।
त्यस्तै, महँगी नियन्त्रण नगरेको, असिना एवम् बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्त हत्यामा संलग्नलाई पक्राउ र कारबाही नगरेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अवलम्बन नगरेको आरोप पनि राजपा नेपालले त्यतिबेला लगाएको थियो । राज्यका हरेक अंगमा दलीय हितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर पार्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासनयन्त्रलाई पार्टीमुखी बनाइराख्ने खालको गतिविधिमा सरकार लागेको पनि राजपा नेपालको आरोप थियो ।
समर्थन फिर्ता लिएपछि नेकपा र त्यसको नेतृत्व सरकारसँग राजपा नेपालको सम्बन्ध टुटेको थियो । त्यसबीचमा दुई दलको बीचमा कुनै संवाद भएन । संविधान संशोधन लगायतका विषयमा राजपा नेपालले पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न चाहे पनि समय उपलब्ध गराइएको थिएन । प्रधानमन्त्री ओलीले विभिन्न बहाना बनाउँदै वार्ता र छलफललाई टार्दै आइरहेको थिए ।
अन्ततः राष्ट्रियसभा चुनावका कारण राजपा नेपाल र नेकपालाई नजिक ल्याइदिएको हो । यता प्रदेश २ को सत्ता साझेदार दलहरु राजपा नेपाल र समाजवादी पार्टीबीच एक आपसलाई धोका दिएको आरोप–प्रत्यारोप चल्न थालेको छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितको केही पदाधिकारीहरु बीचमा भएको छलफल अनुसार राष्ट्रियसभा चुनावमा सहकार्य गरेर जाने कुराकानी भइ नै रहेको थियो तर राजपा नेपाले अचानक नेकपासँग तालमेल गरेर धोका दिएको ठहर गरेको छ ।
यता, राजपा नेपालका नेताहरुले पनि समाजवादी पार्टीका नेताहरुले चुनाव तालमेलका लागि आफूहरुसँग कुराकानी गरे पनि भित्रभित्रै नेकपासँग पनि तालमेलको कुरा गरिरहेको थाहा पाएर नेकपासँग तालमेल गरेको अथ्र्याउन थालेका छन् ।
यसको असर
प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालसँग चुनावी तालमेल गरेर समाजवादी पार्टीलाई सरकार छाड्न स्पष्ट संकेत गरिसकेको प्रष्ट बुझ्न सकिन्छ । नत्र सत्तासाझेदारसँग कुनै सल्लाह नै नगरिकन विपक्षमा रहेका अन्य दलसँग तालमेलका लागि सहमति गर्नु राजनीतिमा नौलो कुरा नहुने विश्लेषकहरु बताउँछन् ।
यसअघि पनि मन्त्री हेरफेरमा समाजवादी पार्टीसँग सल्लाह गरिएको थिएन । प्रधानमन्त्रीले समाजवादी पार्टीका एकजना राज्यमन्त्रीलाई बर्खास्त गरिदिएका थिए भने स्वयं उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाइएको थियो ।
यो घटनाले समाजवादी पार्टीले सरकार छाड्छ कि भन्ने धेरैलाई लागेको थियो तर उपेन्द्र यादवले आफूलाई प्रधानमन्त्री ओलीले माया गरेर यो मन्त्रालय दिएको र यसलाई आफूले संविधान संशोधनका लागि प्रयोग गर्ने प्रतिकृया दिएका थिए ।
प्रधानमन्त्री ओली उपेन्द्र यादवको क्रियाकलाप र कामबाट खुशी थिएनन् । त्यसैले विकल्प खोजेर मन्त्रालय परिवर्तन गरिदिएको कतिपयको भनाइ छ । त्यस्तै समाजवादी पार्टीले नेतृत्व गरेको प्रदेश २ को कामबाट पनि प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् । ओलीले प्रदेश २ को सरकारको पनि विकल्प खोज्न थालेको बताइन्छ । | 2021/01/27 10:16:14 | https://www.palpalkhabar.com/news/17632.html | mC4 |
संगीत क्षेत्रमा उदाईन कन्चन - समायोजन खबर
संगीत क्षेत्रमा उदाईन कन्चन
नेपाली गीतसंगीतको भुगोलमा ठूलो हिस्सा ओगट्न सफल खोटाङको भुमिले फेरि अर्की एक प्रतिभालाई जन्म दिएको छ । ऐसेलुखर्क गाउँपालिका–२ वाकाचोलकी १२ बर्षिया कन्चन राई रावा जस्तै कन्चन आवाजका साथै जादुमयी गायकी कला लिएर सांगीतिक क्षेत्रमा उदाएकी हुन् ।
राम्ररी मुख नलाग्दादेखि नै गीत गाउन थालेकी कन्चनले हालसम्म आफ्नो गला निख्खर, तिख्खर र सरस बनाईसकेकी छन् । जिल्लाव्यापी गायन प्रतियोगिता खोटाङ आईडल र हलेसी साईनो स्टारमा गायन खुवी प्रदर्शन गर्दै एकाएक दर्शक तथा श्रोताका मनमा पसेकी कन्चनले हालै मात्र एक गीत रेकर्ड गर्दै औपचारिक हिसावले सांगीतिक महाकुम्भमा प्रबेश गर्नुभएको छ । कन्चनको कला, गला, मेहनत, त्याग तथा समर्पणभरि सम्भावना पहिल्याएको साईनो कला केन्द्रले निःशुल्क संगीत सिक्ने मौका दिएर उहाँको सांगीतिक वाटो फराकिलो वनाउन सहयोग गरिरहेको छ । गायक तथा संगीतकार पदम थुलुङ, संगीतप्रेमी, समाजसेवी दिनेश राई लगायतले कन्चनको आवाजमा ऐ्तिहासिक रुपमा पहिलो गीत रेकर्डका लागि आर्थिक तथा व्यवस्थापकीय रुपमा भूमिका निभाउनुभयो । प्रमोद श्रेष्ठको शब्द, पदम थुलुङको संगीत तथा ऐरेञ्जमेण्टमा ललितपुरस्थित ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा हालै मात्र 'मेरो प्यारो वावा, मेरी प्यारी आमा..'वोलको गीत रेकर्ड भएको छ ।
केही दिनमा नै उक्त गीत सार्वजानिक हुने संगीतकार थुलुङको भनाई छ । कन्चनको गायकी नेपाली संगीतवजारमा राम्ररी विक्न सक्ने गुणस्तरको भएको गीतसंगीतकर्मीहरु सुनाउँछन् । छोरीको प्रतिभालाई उजागार गर्न कुनै कसर बाँकी नराख्ने वुवा गुणराज राई सुनाउछन् । गीतसंगीतवाटै अघि बढ्ने लक्ष्य भएको गायनमा खप्पिस कन्चनको उक्ति छ । '९ कक्षामा पढ्दै जिल्लामै संगीत सिकिरहेको छु ।' कन्चन भन्नुहुन्छ–'एसईई पास गरेपछि काठमाण्डौं बसेर पढ्दै संगीत सिक्नेछु ।'
कन्चनको प्रस्तावमा वुवा गुणराज सहमत हुनुहुन्छ–'छोरीलाई अरु कुनै लाईनमा लगाउँदिन अव यही क्षेत्रमा अगाडी बढाउने हो ।' छोरीको प्रतिभा प्रस्तुतिका लागि अवसर दिनका लागि गुणराजको सवैसँग आग्रह छ । 'अव यो क्षेत्रमा स्थापित हुन मिडिया लगायत सवैको साथ सहयोग, चासो, मायाँ र सद्भाव चाहिन्छ ।' उहाँ भन्नुहुन्छ–'यदि त्यसो भएमा मेरो छोरीले पक्कै राम्रो गर्नेछिन् ।' | 2020/01/20 02:07:59 | https://www.samayojankhabar.com/2019/07/30/17899/ | mC4 |
Bizpati.com - Leading Economic Online News Portal From Nepal | मिस्ड कलबाटै मोबाइल रिचार्ज
बिजपाटी सम्बाददाता Sep 21, 2019 | 07:19:48 PM
काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मिस्ड कल बैंकिङ सेवा शुभारम्भ गरेको छ ।अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी सदस्यलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे नेचुरल बचतले 'मिस्ड कल बैंकिङ सेवा' शुभारम्भ गरेको हो ।
नेचुरल बचतको ८ करोड ६२ लाख ४० हजार सेयर पुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ९४ करोड २० लाख ९० हजार निक्षेप संकलन गरेको थियो । | 2020/02/19 14:44:26 | http://bizpati.com/cooperatives-/30014 | mC4 |
हेटौंडामा गुण्डागर्दी गर्ने ५ पक्राउ - Pura Samachar
हेटौंडा । हेटौंडामा गुण्डागर्दी गरेको आरोपमा मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
शनिबार बिहान ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० राममन्दिरस्थित उत्तम कार्की मोटर ग्यारेजमा काम गर्ने दुई जनामाथि कुटपिट गरेको भन्दै प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
बारा कोल्बी नगरपालिका–९ घर भइ हेटौंडा–४ बस्ने २४ वर्षीय पुरूषोत्तम चौधरी र २७ वर्षीय मुनामदन चौधरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। प्रहरीले शनिबारनै उनीहरूलाई पक्राउ गरेको प्रवक्ता रानाले बताए।
पक्राउ पर्नेमा धादिङ कोरडारा घर भई हाल हेटौंडा–१० बस्ने २० वर्षीय सन्तोष लामा,हेटौंडा–१० भुटनदेबी बस्ने २५ वर्षीय बिनय वाईवा, हेटौंडा–१ चौकिटोल बस्ने २७ वर्षीय आशिष लामा, हेटौंडा–११ थानाभर्याङ् बस्ने १८ वर्षीय राज कार्की र भिमफेदी गाउँपालिका– २ घर भई हाल हेटौंडा–१० बस्ने २८ वर्षीय सागर लामा छन्। पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । | 2021/02/28 06:25:42 | https://www.purasamachar.com/news/3544/ | mC4 |
The Ab Presents Nepal » योगेश भट्टराईले पनि आफ्नै आफन्तहरुलाइ धमाधम जागिर दिए: प्रचण्डपछि योगेश !
योगेश भट्टराईले पनि आफ्नै आफन्तहरुलाइ धमाधम जागिर दिए: प्रचण्डपछि योगेश !
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई नेकपामा निकै आशालाग्दा नेताका रूपमा धेरैले हेरिसकेका थिए ।मन्त्री बन्नु अघिसम्म उनलाई भविष्यमा पार्टीको नेतृत्व सम्हाल्ने नेताका रुप मानिएको थियो ।रवीन्द्र अधिकारी निधन भएपछि उनले सम्हालेको पर्यटन मन्त्रालय अहिले योगेश मन्त्री छन् ।
मन्त्री बनेलगत्तै उनले गरेका धेरै घोषणा र अभिव्यक्ति विवादमा परेपछि योगेशको आलोचना सुरु हुन थालेको हो ।आफूले गरेको घोषणा विवादमा पर्न थालेपछि र सामाजिक सञ्जालमा आचोलना धेरै हुन थालेपछि पछिल्लो समय योगेश भट्टराईले पूरा नहुने कुरा बोल्न छाडेका छन् ।पनि यतिबेला उनलाई प्रचण्डपथमा हिँडेको आरोप लाग्न थालेको छ ।
नेकपाका अध्यक्ष प्रचण्डले आफ्ना परिवार, नातागोता, छोरीबुहारी, भाइभतिजालाई राज्यको आकर्षक पदमा नियुक्त गरेका छन् ।अहिले सामाजिक सञ्जालमा मन्त्री भट्टराईलाई पनि यस्तै आरोप लाग्दै आएको छ ।
मन्त्री भट्टराईले श्रीमती बिन्दा घिमिरेलाई नर्सिङ परिषद प्रमुख, सालो विश्वम्भर घिमिरेलाई भ्रमण वर्षको सचिवालय, भान्जो पिताम्बर सिग्देललाई पनि भ्रमण वर्षको सचिवालय तथा स्वकीय सचिव प्रेम गुरागाईकी श्रीमती भूमिका पौडेललाई नेपाल पर्यटन बोर्डमा नियुक्त गरेको आरोप लागेको छ ।उनकी श्रीमती घिमिरे भट्टराई मन्त्री बन्नुअघि नै नर्सिङ परिषद् प्रमुख नियुक्त भएकी थिइन् । तर, अन्य भने मन्त्री भएपछि भट्टराईले नियुक्त गरेका हुन् ।त्यसैले अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा मन्त्री भट्टराईको खेदो खन्न सुरु गरिएको छ । | 2021/04/19 14:51:44 | https://theabpresentsnepal.com/news/5381 | mC4 |
प्रथम गुरु आमा - विशेष - नारी
प्रथम गुरु आमा
अनुराधा, बालकथाकार तथा प्रोग्राम मेनेजर रुम टु रिड
आमाछोरीको सम्बन्ध अरु सम्बन्धभन्दा निकै माथि एवं अतुलनीय हुन्छ । छोरीहरूले अरुसँग भन्न नसकेका, व्यक्त गर्न नसकेका मनका भावनाहरू आमासँगै आएर व्यक्त गर्छन् । एकजना असल साथीले जस्तो व्यवहार गरेर छोरीलाई असल मार्गतर्फ लानु आमाको प्रथम दायित्व हो । बालबालिकाहरू आमा–बुवालगायत परिवारका हरेक व्यक्तिसँग उत्तिकै घुलमिल हुन्छन् तर शारीरिक एवं मानसिक विकास हुँदै किशोरावस्थामा पुगेपछि उनलाई अझ नजिकबाट बुझ्न, सम्झाउन एक असल मित्रको आवश्यक पर्छ । सही वा गलत निर्णय गर्न नसकेर अलमलिने यो उमेर वा अवस्थामा आमाले छोरीहरूलाई सही दिशा देखाइदिन्छिन् । आमाको आत्मीयताले नै छोरीहरू आमासँग बढी निकट हुन्छन् र हरेक कुरा सेयर गर्छन् । आजका आमाहरूलाई छोरीको रुचि, साथीसंगत सबैको राम्रो जानकारी हुन्छ । उनीहरू छोराछोरीलाई अनुशासित बनाउन चाहन्छन् भने समयअनुसार स्वतन्त्रता पनि दिइरहेका हुन्छन् ।
माया ठकुरीकी छोरी भन्न पाउँदा गर्व
आमा : माया ठकुरी, कथाकार
मेरो असल साथी अनि गुरु पनि मेरी आमा नै हुनुहुन्छ । मेरा लागि मायाको सुरुवात र अन्त्यको नामजस्तो लाग्छ, आमा । आमाको मायाविनाको मेरो संसार कस्तो होला, कल्पना गर्न पनि डर लाग्छ । एक्लो सन्तान भएर पनि होला म आमासँग एकदमै नजिक रहें । अल्छी गरेर बस्दा यो अमूल्य समय यसरी बिताउनु हुँदैन, सिर्जनात्मक हुनुपर्छ भनेर सधै हौसाइरहनुहुन्थ्यो मेरी आमा । म पनि सानैदेखि पुस्तकहरू पढिरहने, लेखिरहन रुचाउने स्वभावकी थिएँ । आमा यो उमेरसम्म पनि साहित्यमा सक्रिय भएको देख्दा ममा अझ ऊर्जा थपिन्छ । मैले धेरै साथीका आमाहरू उमेर बढ्दै गएपछि चेन्ज हुने, पुरानै सोचमा अडिग हुने देखेकी छु तर मेरी आमा समयको वेगसँग उहाँ पनि परिवर्तन हुँदै जानुभयो । अहिले पनि बिहान ४ बजे नै उठेर एक्सरसाइज गरेर लेख्न, पढ्न बस्नुहुन्छ । मेरी आमा संगीत सुन्न, लेख्न, पढ्न र फूलहरू स्याहार्न रुचाउनुहुन्छ । सानैदेखि आमाका कथाहरूको पहिलो ड्राफ् सुन्ने श्रोता भएकीले पनि होला म पनि आमालाई आफ्ना कथाहरू लेख्नासाथ सुनाउँछु । हनिकै दु:ख गरेर आजको ठाउँमा पुगेकी मेरी आमा संघर्षकी पर्याय नै हुनुहुन्छ । करियर र जीवनका हरेक मोडमा आमाकै सहयोगले गर्दा म सफल छु । आविनाको मेरो जीवन शून्य हुन्छ । मलाई माया ठकुरीकी छोरी भन्न पाउँदा गर्व लाग्छ । | 2019/01/20 13:26:03 | http://nari.ekantipur.com/news/2017-05-03/20170502155351.html | mC4 |
– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले बताइन् ।
– क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो ।
– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
– कांग्रेसको १४औं महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना संक्रमणका कारण महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
– नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण दिएकी छन् । एमसीसीलाई लिएर ध्रुवीकरण बढेका बेला उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । भेटमा सुमार नेतृत्वको टोलीले चार वर्षदेखि एमसीसी सम्झौताबारे प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक ठानेर आएको बताएको छ ।
– नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् ।
– सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।
– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाउन राजनीतिक दलहरुले माग गरेका छन् । राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गर्दै बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाएका हुन् । | 2021/09/20 19:54:58 | https://yopoho.com/biz/?p=48474 | mC4 |
गोपाल र तारादेवी 'स्ट्रंगेस्ट म्यान र वुमन' – Sourya Online
गोपाल र तारादेवी 'स्ट्रंगेस्ट म्यान र वुमन'
सौर्य अनलाइन २०६८ फागुन १९ गते ३:१४ मा प्रकाशित
महेन्द्रनगर, १८ फागुन । छैटौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको अन्तिम दिन बिहीबार गोपालबहादुर श्रेष्ठ र नेपाल प्रहरीकी तारादेवी पुन स्ट्रंगेस्ट म्यान र वुमन घोषित भएका छन् । त्यसैगरी, भारोत्तोलनमा बढी स्वर्ण जितेका नेपाल प्रहरी खेलाडी नै पुरुष र महिलातर्फ उत्कृष्ट लिफ्टर घोषित भए । प्रहरीका विकास थापा र आफ्नो तौलसमूहमा नयाँ कीर्तिमान राखेकी देवी चौधरी उत्कृष्ट लिफ्टर घोषित भए ।
पिएलए स्पोटर््स क्लबले बिहीबार थप दुई स्वर्ण जित्यो । महेन्द्रनगरस्थित उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुषको एक सय पाँच केजीमा ज्ञानबहादुर श्रेष्ठ र एक सय पाँच केजीमाथि गोपालबहादुर श्रेष्ठले पिएलएलाई स्वर्ण दिलाएका हुन् ।
ज्ञानले स्न्याचमा एक सय आठ र क्लिन एन्ड जर्कमा एक सय ३५ गरी कुल दुई सय ४३ केजी भारवहन गरे । नेपाल प्रहरीका विपेन्द्र महर्जन दोस्रो तथा पश्चिमाञ्चलका तेहरिन हसिम तेस्रो भए । विपेन्द्रले कुल दुई सय २० केजी तथा तेहरिनले कुल एक सय ७० केजी भार उचाले ।
गोपालले स्न्याचमा एक सय १२ र क्लिन एन्ड जर्कमा एक सय ५० गरी कुल दुई सय ६२ केजी तौल उठाए । कुल दुई सय १० केजी उचालेका प्रहरीका पुकार गुरुङ दोस्रो भए भने तेस्रो स्थानमा रहेका पूर्वाञ्चलका सञ्जय फुयालले कुल एक सय ४६ केजी भारवहन गरे ।
यसअघि तारादेवीले बुधबार नै ६९ केजी तौलसमूहमा क्लिन एन्ड जर्कमा ९१ केजी र स्न्याचतर्फ ६६ केजी गरी कुल एक सय ५७ केजी उठाउने क्रममा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
उक्त दुई स्वर्णसँगै पिएलएको कुल स्वर्ण सङ्ख्या तीन पुगेको छ । पूर्वाञ्चलले पनि तीनवटै स्वर्ण आफ्नो नाममा लेखायो । १५ स्वर्ण समावेश भारोत्तोलनमा कुल सात स्वर्णसहित नेपाल प्रहरी शीर्षस्थानमा रह्यो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले एक–एक स्वर्ण बाँडे । फागुन १५ देखि सुरु भएको भारोत्तोलनमा पाँच नयाँ राष्ट्रिय कीर्तिमान बने । सबै कीर्तिमान महिला खेलाडीले रचे ।
यसैबीच, दक्षिण एसियाली खेलकुदको भारोत्तोलनका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । दस पदक विजेता खेलाडीलाई नेपाल भारोत्तोलन सङ्घले सम्मान ग¥यो । सम्मानित हुनेमा ज्योति पौडेल, सुबोध श्रेष्ठ, कानन चौधरी, जीवन गौतम, सञ्जय महर्जन, रामकुमार श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ तथा राकेश रन्जित छन् । उनीहरूलाई सभासद् टेकेन्द्र भट्ट तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले ताम्रपत्र प्रदान गरेका थिए ।
त्यस्तै, मरणोपरान्त वरिष्ठ भारोत्तोलक भरत साउदलाई पनि सम्मान गरिएको थियो । भारोत्तोलनका अन्तर्राष्ट्रिय पदक विजेता स्व. साउदका ससुरालाई ताम्रपत्र हस्तान्तरण गरियो । ताम्रपत्रका लागि श्री जगदम्बा इन्डस्ट्रिज प्रालि, बाराले नगद ११ हजार रुपैयाँ प्रायोजन गरेको र नपुग रकम सङ्घले व्यहोरेको प्रमुख भारोत्तोलन प्रशिक्षक तिलक राउतले जनाए । | 2021/07/25 02:22:55 | https://www.souryaonline.com/2012/03/2230.html | mC4 |
दशै सुरु भए सँगै म्याङलुङ्ग बजार सुनसान – Rajdhani Daily
दशै सुरु भए सँगै म्याङलुङ्ग बजार सुनसान
तेह्रथुम, १३ असोज
दशैं सुरु भएसँगै तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजार सुनसान बनेको छ । सदरमुकामका सरकारी तथा गैर सरकारी कार्यालय र शिक्षण संस्था बन्द भए भएपछी म्याङ्लुङ्ग बजारमा चहल–पहल घटेको हो । सदरमुकाम आएर ब्यवसाय गर्दै आएका ब्यापारी तथा ब्यवसायीहरु दशैं मनाउन गाउँघर गैसकेका छन ्। अहिले सदरमुकामका धेरै जसो होटल र पसल बन्द भएका छन् । कर्मचारी, ब्यपारी–ब्यवसायी दशैं मनाउन आ–आफ्नो गाउँघर लागेपछी सदरमुकाममा चहल पहल घटेको तेह्रथुम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शभा पौडेलले बताए ।
उनका अनुसार बिगत बर्षभन्दा यस बर्ष दशैं मनाउन गाउँ फर्कनेहरुको संख्या उल्लेख्य रहेको छ । यसैगरी जिल्लाका प्रमुख बजारहरु जिरिखिम्ति, बसन्तपुर, शुक्रबारे र सक्रान्ति बजार पनि चहल पहल घट्दै गएको छ । सदरमुकाम र अन्य बजारहरु सुनसान भएपनि गाउँघरमा भने निकै चहलपहल बढेको छ ।
कमाई गर्न बिदेश गएकाहरुसमेत दशैं मनाउन आ–आफ्नो घर आईपुगेका छने भने जागिर खान र पढ्न शहरतिर गएकाहरु पनि दशैं मान्न घर फर्किएका छन् । घर फर्केकाहरु समूह बनाएका फुटवल–भलिवल, रसांस्कृतिक कार्यक्रममा ब्यस्त छन् । | 2018/08/17 14:39:22 | http://rajdhanidaily.com/2017/09/29/59400/ | mC4 |
Subsets and Splits