text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
गाँजालाई वैधानिक रुपमा खुल्ला गर्नुपर्ने विश्वहिन्दू युवा संघको माग
आइतवार, माघ ४, २०७७ ०३:३१:२२ युनिकोड
काठमाडौँ: विश्वहिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्वहिन्दू युवा संघले गाँजा जडिबुटी भएकाले वैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग राखेको हो ।
कार्यक्रममा विश्वहिन्दू युवा संघले नेपालका सम्पूर्ण जातजातीका मौलिक धर्म रितिरिवाज, संस्कृति, भेषभुषा, लिपी लगायतको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको थियो । नेपालमा रहेको बहुमूल्य जडिबुटी रुख विरुवा र व्यवसायिक खेती गरेर विश्वबजारमा पु¥याउनुपर्ने संघले माग राखेको छ ।
कार्यक्रममाविश्वहिन्दू युवा संघका संयोजकऋषि केश जंगशाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र गाजाबाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए । उनले भने,'देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।'
|
2021/01/17 09:46:22
|
https://www.satyakalam.com/news/society/1658
|
mC4
|
इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएसंगै यो पर्व शुरु भएको हो । विशेषगरी काठमाडौंमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ ।
आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् । इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ ।
असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसैसाँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ । लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाँच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने छ ।
यसैदिन आकाश भैरव, श्वेत भैरव, स्वच्छन्द भैरवको सृङ्गार तथा पूजन हुन्छ । सो अवसरमा मानन्धर समुदायले वौमत प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने गर्छन् ।
|
2022-11-27T20:01:55Z
|
https://www.brtnepal.com/2018/09/21/63289.html
|
OSCAR-2301
|
८ कात्तिक ०७९, काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ ।निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ ।
बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् ।प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।प्रदेशसभातर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।प्रतिनिधिसभातर्फ ५ लाख ५८ हजार मतपत्र र प्रदेशसभातर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित
बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित
१८ मंसिर ०७९, बाजुरा । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय
दोलखामा एमालेको अग्रता
१८ मंसिर ०७९, दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म
‘सरकार गठनमा सबै विकल्प खुला छ’
१७ मंसिर ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला
समानुपातिकतर्फ कुन पार्टीले कति मत ल्याए ?
१७ मंसिर ०७९,काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक
Popular post
अनलाइनको भिडमा ललितपुर खबर एउटा भिन्न समाचार माध्यम हो । हामी समाजमा रहेका कुन्दराका आममानिसहरुका कथा र व्यथा लेख्छौं ।
|
2022-12-04T05:38:53Z
|
https://www.lalitpurkhabar.com/2022/10/25/79049
|
OSCAR-2301
|
हामिले नुहाउने समय कुन हो ? जानी राख्नुहोस « Channel Np
प्रकाशित मिति : Wednesday, June 19th, 2019 at 5:38 PM
शरीर स्वस्थ रहन तथा स्फुर्तिका लागि सरसफाइ पनि महत्वपूर्ण कार्य हो । सरसफाइमा सामान्य रुपमा हात खुट्टा धुनेभन्दा पनि नुहाउने कार्य विशेष रहन्छ । त्यसैले तपाईंलाई लाग्न सक्छ, नुहाने कुरामा न हो जति बेला नुहाए पनि हुन्छ । तर त्यसो होइन कुन समय नुहाउने भन्ने विषयले पनि महत्व राख्दछ । अधिकांश मानिस बिहान नुहाउन रुचाउँछन् । त्यसमा केहीले बेलुकाको समय नुहानु राम्रो हुने तर्क पनि गर्छन् । फुर्सदिला मान्छेका लागि दिउँसो फुर्सदमा आनन्दले नुहाउनु अर्को मज्जाको कुरा होला ।
तर साच्चै भन्ने हो भने कुन समय नुहाउँदा चाहिँ उत्तम हो त हाम्रो शरीर र स्वास्थ्यका लागि रु नुहाउने समय स्थितीमा निर्भर हुन्छ जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदुषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईंले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् ।
तपाईंको छाला चिल्लो छ
बिहान दाह्री काट्नुहुन्छ
जाँडै उठ्ने बानी छ
राति धेरै पसिना आउँछ रु
यदि तपाईं सन्सस्क्रिम वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ रु यदि त्यस्तो हो भने त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राति नुहाएर मात्र सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।
|
2019/07/16 11:17:41
|
https://www.channelnp.com/archives/77312
|
mC4
|
अमेरिकन आइडलमा उपविजेता भए दिवेश पोखरेल - मनोरञ्जन - कान्तिपुर समाचार
धेरैलाई थाहा नहुनसक्छ, दिवेशले पब र कफिसपमा पनि गाएका छन् । सन् २०१८ मा उनले डेब्यु एल्बम 'ग्रहण' सार्वजनिक गरे । यसमा आठ नेपाली गीत छन् । अर्को वर्ष 'खोज' एल्बम ल्याए । यसको शिर्षसहित 'म...' र 'कर्णाली...'जस्ता गीतले धेरथोर चर्चा कमाए । बब डिलन, निक डार्क र बुक्का ह्वाइटलगाएतका संगीतकर्मी उनका आर्दश हुन् । उनले संगीतको औपचारिक शिक्षा भने लिएका छैनन् ।
प्रकाशित : जेष्ठ ५, २०७७ ०८:०३
जेष्ठ ५, २०७७ एएफपी
बर्लिन — फुटबल भनेपछि हुरूक्क हुनेका लागि जर्मनीले शनिबार खुसी उपहार दिएको छ भन्दा हुन्छ । किनभने बन्द रंगशालामै सही, मैदानमा फुटबल त फर्केको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरा विश्वमा फुटबल रोकिएको स्थिति थियो । यसैक्रममा जर्मनी फुटबल फर्केको पहिलो ठूलो खेलको देश पनि रह्यो । तर यो फुटबल रह्यो, हामीले नचिनेको, यसअघि हामीले नदेखेको । कस्तो रह्यो त पहिलो दिनको खेल ? एएफपीले तयार पारेको रिपोर्ट ।
हल्यान्डले राखे सामाजिक दूरी
अचेल इर्लिङ ब्रट हल्यान्डलाई फुटबलको भाषामा 'वन्डर किड' भन्ने गरिन्छ । यिनै खेलाडीले जर्मनीमा दुई महिनापछि फर्केको फुटबलको पहिलो गोल गरे । थोरगन हेजार्डको लो–क्रसलाई उनले गोलमा परिणत गरे, खेलले लगभग आधा घण्टा छोएको बेला । उनी भर्खर १९ वर्षका भए । उनले जम्माजम्मी बुन्डेसलिगामा ९ खेल खेलेका छन् । तर उनले गरेको गोलसंख्या १० पुगेको छ । त्यसको मदतले बोरुसिया डर्टमन्डले साल्के ०४ माथि सजिलै ४–० को जित रच्यो ।
अरू बेला भए खुसीले उनलाई अन्य खेलाडीले आफ्नो अँगालोमा बेरिसक्थे । तर हल्यान्ड सचेत थिए, त्यसैले उनले आफ्ना साथीसँग दूरी कायम राख्न बिर्सेनन् । आखिर खेल सुरु गर्ने सर्तमै यस्तो आचारसंहिता तयार पारिएको थियो । यो नियम नै भने थिएन ।
साल्केले छिरायो ५ सब्स्टिच्युट
डर्टमन्डमा भएको त्यो खेलमा साल्केले ५ सब्स्टिच्युट खेलाडी मैदान उतारेको थियो । महामारीबीच सुरु यस फुटबलमा ५ अतिरिक्त खेलाडी प्रवेश गर्न पाउने नियम थियो । यसक्रममा साल्के ५ अतिरिक्त खेलाडी प्रयोग गर्ने पहिलो टिम बन्यो । यसका लागि प्रशिक्षक डेविड वाङगरले खेल सकिन तीन मिनेटअगाडि टिमो बेकरले एभरटनबाट ऋणमा आएका जान्जोए केनीलाई सब्स्टिच्युट गरे । तर साल्केले लुसियन फाभरेको टिमलाई गोल गर्नबाट भने रोक्न सकेन । उनी आफैंले पनि चार सब्स्टिच्युट खेलाडी प्रयोग गरे । हल्यान्डको सुरुआती गोलपछि राफेल गुरेरोले दुई गोल गरेका थिए । उनी खेलका म्यान अफ द म्याच पनि रहे ।
खेलको अन्त्यतिर उनकै स्थानमा मार्सेल स्मुलेजर मैदान छिरे । उनी बने टिमले प्रयोग गरेको चौथो सब्स्टिच्युट । महिनाको अन्तरमा फुटबल हुन लागेको हुनाले लामो समय खेल्दा खेलाडी चोटग्रस्त हुन सक्ने सम्भावनाबीच ५ अतिरिक्त खेलाडी मैदान प्रवेश गर्न पाउने नियम भएको हो, यसैपल्टका लागि मात्र ।
डगआउटमा मास्कम्यान
खेलका क्रममा अहिलेसम्म कहिल्यै नदेखिएका केही दृश्य पनि देखिए । पहिलो त दर्शकदीर्घा खाली खाली थियो । नत्र, जर्मनीमा रंगशाला पूरा भरिनु सामान्य जस्तै हो । क्लबका समर्थकले यसपल्ट घरमै बसेर खेल हेरे, टीभीको माध्यमबाट । अतिरिक्त खेलाडी र पदाधिकारी रहेको डगआउटको दृश्य पनि कम्ता दुर्लभ थिएन । जति खेलाडी त्यहाँ थिए, सबै मास्क लगाएर बसेका थिए । मैदानबाहिर रहेका खेलाडीले मास्क लगाउनुपर्ने त आचारसंहिता नै बनाइएको थियो । अझ साल्केका अतिरिक्त खेलाडी त सामाजिक दूरी कायम राखेर बसे ।
अग्सवर्गका समर्थकको दुःख
पूरा विश्वका फुटबलप्रेमी खुसी थिए, फेरि एकपल्ट फुटबल सुरु भएकामा । त्यो पनि दुई महिनापछि । तर अग्सवर्गका समर्थक भने फेरि फुटबल सुरु भएको दुःखी थिए । अझ उनीहरूले त अहिलेको नाजुक स्थितिमा किन फुटबल खेलाउनुपरेको हो भनेर प्रश्न पनि गरे । दर्शकबिहीन रंगशालामा तिनै समर्थकले ब्यानर पनि राखे । त्यसमा लेखिएको थियो, 'फुटबलले जीवन दिन्छ, तर सबै बिरामी व्यवसायमै छन् ।'
यता खेलमा पनि अग्सवर्ग उल्भ्सवर्गको हातबाट २–१ ले पराजित रह्यो । यो हारले क्लबको रेलिगेसन तनाव अझ बढेको छ ।
कृपया सफा बल
जर्मनीमा फुटबल सुरु गर्न अगाडि सरकारले बनाएको एउटा नियम थियो । खेलका क्रममा नियमित अन्तरमा बल सफा गरिरहनुपर्छ, भाइरसको संक्रमणबाट टाढा राख्न । यस्तै पोस्ट म्याच अन्तर्वार्ताका क्रममा पत्रकार र खेलाडीबीच पनि दूरी कायम गरिएको थियो । बल सफा गर्न भने केहीलाई मैदानमा खटाइएको थियो र तिनका हातमा पञ्जा थिए । यी विशेष काम पाएकाको जिम्मेवारी थियो, नियमित अन्तरमा बल 'डिस्इन्फेक्टेड' गर्ने ।
डर्टमन्डलाई सजिलो, लेप्जिगलाई गाह्रो
डर्टमन्डले लिग उपाधिको होडमा आफ्नो सम्भावना जीवन्त राख्न पनि सफल रह्यो । जितपछि डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको दूरी १ अंकमा छोट्याएको छ । खेल सुरु हुनुअगाडि तेस्रो स्थानमा रहेको लेप्जिगले भने फ्रेइबर्गसँग १–१ को बराबरी खेल्यो । बायर्नको ५५ अंक छ । यस्तै डर्टमन्डको ५४ र लेप्जिगको ५१ अंक भएको छ । यस्तोमा बराबरी खेल्नु लेप्जिगका लागि महँगो साबित भयो नै । दिनका सबै खेल सकिँदासम्म लेप्जिग चौथो स्थानमै झरेको थियो । किनभने बोरुसिया मोन्चेनग्लाडब्याचले दिनको अन्तिम खेलमा इन्ट्राक्ट फ्रान्कफर्टलाई ३–१ ले हरायो । यो जितपछि मोन्चेनग्लाडब्याचको ५२ अंक भयो र तेस्रो स्थानमा उक्लन सफल रह्यो ।
|
2020/09/29 20:35:10
|
https://ekantipur.com/entertainment/2020/05/18/15897683071265507.html
|
mC4
|
जसले युवाहरुलाई सिप दिएर रोजगारीको सृजना समेत गरिदिन्छ । नगरपालिकाको समन्वय र संयोजकत्वमा योजना आईसकेको छ । प्रदेश सरकारले भने आफैले आफ्नो काम गरिरेहको छ । हामीसँग कुनै समन्वय भएको छैन । मटिहर्वा, बसतपुर कलैया लगायत ४ ठाउँमा क्वारेन्टाइन बनाएका थियौ । हामीले ५० बेडको आइसोलेसन पनि निमार्ण गरेका थियौ । तर परीक्षण नारायणीमा हुने भएकोले प्रायः बिरामीहरु वीरगंज मै हुन्थे ।
|
2021-02-27T13:02:58Z
|
https://www.himalayatv.com/tag/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%BF-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%E0%A4%A6%E0%A4%A8/
|
OSCAR-2109
|
– नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचनको तयारीका लागि १ सय २० दिनको समय कानुनले नै तोकेको छ ।
– सरकारले दुई वर्षअघि गतिविधिमा प्रतिबन्ध लगाएपछि भूमिगत आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द समूह प्रतिबन्ध फुकुवा भए वार्तामा बस्न तयार भएको छ । प्रतिनिधिसभा विघटनपछि रक्षात्मक बनेको सरकारले विभिन्न शक्तिलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका बेला महासचिव चन्दले शनिबार विज्ञप्ति जारी गरेर सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् ।
– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने अडान दोहोर्याएका छन् । नेकपा ओली समूहको प्रदेश १ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभामा उनले ‘जनता (विघटन) को विपक्षमा अदालतको फैसला आए’ आन्दोलनमा उत्रने चेतावनीसमेत दिए ।
– वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई टुंगो लगाउन बनाउन लागिएको मत विभाजन कार्यविधिलाई लिएर विवाद सुरु भएको छ । कार्यविधि मस्यौदा समितिले प्रतिवेदन तयार गरिसकेको र सभामुख सानुकुमार श्रेष्ठले बुझ्न नमानेको आरोप लगाइरहेको छ । सभामुख श्रेष्ठले अविश्वास प्रस्ताव छिनोफानो गर्न मत विभाजन गर्नुपर्ने र आवश्यक कार्यविधि नबन्दा प्रदेशसभा बैठक बोलाउन समस्या परेको अभिव्यक्ति दिएसँगै प्रदेशको राजनीति थप तरंगित बनेको हो ।
– प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् ।
– पछिल्लो समय नेकपा (प्रचण्ड(माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । आफू वा आफ्नो दलबाट भन्दा प्रतिपक्षबाट प्रधानमन्त्री बनेमा जनतामा पनि उचित सन्देश जाने र अन्तरािष्ट्रय सम्बन्ध पनि राम्रो हुने प्रचण्डको विश्लेषण छ । संसद पुनस्थापनापछि आन्दोलनरत दलबाटै सरकारको नेतृत्व हुने प्रचण्डले बताए ।
|
2021-03-04T00:00:43Z
|
http://www.kheldainik.com/npintl/football/52388/
|
OSCAR-2109
|
सडकको बीचमै एक्कासी यति ठूलो खाडल परेपछि..(भिडियो)
May 15, 2020 9655
विश्वमा कतिपय घटना'हरु यस्ता घट्छन् , जुन रहस्यको गर्भमै रहिरहन्छन्। आज हामी तपाईहरुलाई यस्तै रहस्यमा रहेका ५ ठूला खाडलहरु को बारेमा बताउन गरिरहेका छौं, जसका बारेमा वैज्ञानिकहरुले खोज अनुसन्धान गरेपनि अहिलेसम्म उनीहरूको खोज अनुसन्धानले सफलता पाउन सकेको छैन ।
डिलक्स होल
पोल्याण्डको एक घरको अगाडी रहेको यो खाडल अहिलेसम्म रहस्यमय अवस्थामै छ । यस खाडल नजिकैका घरका मालिक भन्छन्, यो विश्वकै सबैभन्दा गहिरो खाडल हो। अझै पनि वैज्ञानिकहरु यो खाडलको गहिराई कति छ भनेर नाप्न सकेका छैनन् । यहाँ बस्नेहरु भन्छन् यति ठूलो खाडल खन्नलाई मानिसको वसको कुरा होइन, यो कि त छुट्टै प्राणी अथवा पातालमा हुने कुनै त्यस्तो चमत्कारिक प्राणीको काम हो।
होल अन मून
यो खाडल धर्तिमा नभएर धर्ती भन्दा कोसौ टाढा चन्द्रमामा भएको खाडल हो। यसको फोटो वैज्ञानिकहरुले पृथ्वीबाट लिए, यस फोटोमा एउटा खाडल देख्न सकिन्छ जसको बारेमा आजसम्म पनि वैज्ञानिकहरूको संस्था नासाले खोज अनुसन्धान गरिरहेको छ कि चन्द्रमामा यति ठूलो खाडल कसरी बन्यो ! अनुसन्धान कर्ता हरूको अनुमानले भन्छ , यो खाडल हुनुमा ठूलो उल्का-पिण्ड ठोकिएर अथवा कुनै अन्तरिक्ष प्राणी एलियनको काम हुन सक्छ ।
हाफमेन के
यो क्षेत्र पुरातत्व बिभागको लागि एकदमै महत्वको क्षेत्र हो । यो ठाउँमा कछुवा गोही लगायत को अस्थिपन्जर हरु भेटिएको थियो । कुनै समय यो पूर्ण रुपमा सुकेको थियो। पछि आफै फेरि पनि भरियो। शोधकर्ताहरु भन्छन्: यी प्राणीलाई प्राचीन मानिसहरुले मारेका थिए। यो पानी भरिएको खाडलमा १ हजार बर्ष पहिलेको मानिसको हड्डीसमेत भेटिएको थियो।
ग्वाटे माला सिटी होल
सन् २००७ सालमा मानिसहरुले एउटा ठूलो आवाज सुने । उनीहरुलाई आवाज कहाँ बाट आयो भन्ने कुरा थाहा भएन । जब केही दिन पछाडी सहरको बिचमा एउटा धेरै ठुलो खाडल बन्यो, त्यसपछि थाहा भयो कि त्यो सुनिएको आवाज त्यही खाडल बन्ने क्रममा आएको रहेछ। यो खाडल परेपछि कतिपय मानिसहरूको सो खाडलमा झरेर मृ'त्यु भयो भने, कयौं जोखिमयुक्त घरहरुलाई अन्तै सारियो। आजसम्म पनि थाहा छैन कि यो खाडल कसरी बन्यो!
बरेजनिकी खाडल
यो रसियाको सबैभन्दा ठूलो खाडल हो। यो कसरी बन्यो भन्ने कुरा कसैलाई थाहा छैन तर कतिपय मानिसहरुले पातालबाट कुनै जीव अथवा प्राणी बाहिर निस्केको हो भन्ने अनुमान गर्ने गर्छन्। वैज्ञानिकहरुका अनुसार यो खाडल पर्नुको कारण अधिक मात्रामा वर्षा भइ जमिनमुनि रहेको खाली भागमा दबाब पर्न गई बनेको हो । सन् २०१२ मा यसलाई भर्ने क्रममा एक ट्रक र बुल डोजर खाल्डोमा झरे , र ड्राइभरको मृत्यु' भयो ।
|
2022/05/17 20:33:44
|
https://eapnepal.com/archives/2804
|
mC4
|
काठमाडौं महानगरपालिकामा अब अनलाइन राजस्व प्रणाली
२०७७ असोज १ बिहीबार १३:२२:००
काठमाडौं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ ।
महानगरपालिकाले आज वडा २६ लगायत १० वटा वडाबाट सेवा सुरु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताए । सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।
वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशभरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए । कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अव त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए ।
|
2020/09/29 15:58:55
|
https://baahrakhari.com/news-details/285537/2020-09-17
|
mC4
|
हिमाल खबरपत्रिका | कमिसनको गोलचक्करमा
कमिसनको गोलचक्करमा
बजार हिस्सा गुमाउँदै गएको नेपाल टेलिकम फोर जी प्रकरणमा भइरहेको नियमितताबाट थप क्षयीकरणको दिशामा छ।
नेपाल टेलिकमले २०७३ को पुस मध्यतिर काठमाडौं उपत्यकाका तीन शहर सहित पोखरामा 'फोर–जी' सेवा शुरू गर्दा प्रतिस्पर्धी एनसेलले सरकारलाई पूँजीगत लाभकर नतिरेका कारण यो सेवा शुरू गर्न पाइरहेको थिएन । टेलिकमले सेवा शुरू गरेको पाँच महीनापछि मात्रै एनसेलले फोर–जी शुरू गर्न अनुमति पायो । यो बीचमा, टेलिकमको फोर–जी सेवा उपत्यका र पोखरामै सीमित छ भने एनसेलको २१ शहरमा फैलिइसकेको छ । टेलिकमको फोर–जी सेवा विस्तार कार्य ठेक्का कमिसन र अनुचित मिलेमतोको गोलचक्करमा अड्किरहँदा एनसेलले ग्राहक संख्या दोब्बर पुर्याइसकेको छ । टेलिकमको फोर–जी ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारमा फाइल पुगेको छ भने अदालतमा पनि मुद्दा विचाराधीन छ ।
ठूला ठेक्कामा अनियमितता, व्यवस्थापनको असफलता, निर्णय क्षमतामा अकर्मण्यताका कारण नेपाल टेलिकमको बजार हिस्सा खस्किरहेको छ ।
अन्तर्राष्ट्रिय कल बापतको आय र कुल सञ्चालन आय घट्दो छ भने अन्य सेवा विस्तारमा गतिहीनता छ । टेलिकमको उच्च व्यवस्थापनमा बसिसकेका एक अधिकारी भन्छन्, "धरासायी नै भइसकेको होइन, तर क्रमशः क्षयोन्मुख छ ।" बजार हिस्सा घटेसँगै कुनै बेला नेपाल सरकारलाई सर्वाधिक राजस्व बुझउने कम्पनीको नाफाको वृद्धिदर अपेक्षाकृत छैन । टेलिफोन (भ्वाइस) सेवा डेटातिर सर्दै गए पनि टेलिकमको इन्टरनेटमा बजार हिस्सा पनि घट्दै गएको छ । यसले कुनै बेला एकछत्र राज गरेको दूरसञ्चार सेवा प्रदायक कम्पनीको आगामी दिन सुखद छैन भन्ने संकेत गर्छ ।
कमिसनको खेलोफड्को
गत कात्तिकमा नेपाल टेलिकमले फोर–जी सेवा देशभरि विस्तारका लागि तीन वटा छुट्टाछुट्टै प्याकेज सहित बोलपत्र आह्वान गर्यो । कोर नेटवर्क भनिने फोर–जी प्रणाली जडान गर्न दुई चिनियाँ कम्पनी ह्वावई टेक्नोलोजिज् र जेडटीई कर्पोरेसन तथा सिंगापुरको माभेनिर एण्ड सिटियस कन्सोर्टियमले बोलपत्र दर्ता गरे । 'नेटवर्क वान' र 'नेटवर्क टु' मा चिनियाँ कम्पनी जेडटीई र हङकङको सीसीएसआई कम्पनीले मात्र बोलपत्रमा प्रतिस्पर्धा गरे । अर्बौंको ग्लोबल प्रतिस्पर्धा भए पनि सीमित कम्पनीको मात्र प्रस्ताव पर्नुले बोलपत्रको प्राविधिक शर्त सीमित कम्पनीका लागि मात्र मिल्ने गरी बनाइएको टेलिकम स्रोत बताउँछ । उनी भन्छन्, "भरपर्दा अन्तर्राष्ट्रिय कम्पनी विस्तृत विश्लेषण गरेर मात्र बोलपत्रमा सहभागी हुन्छन्, निश्चित कम्पनीलाई लक्षित गरेर मिलेमतोमा टेण्डर डकुमेन्ट बनाएपछि सीमित प्रतिस्पर्धा हुनु स्वाभाविक हो ।"
सीमित प्रतिस्पर्धा भएपछि प्रणाली तथा उपकरण खरीद स्वाभाविक रूपमा महँगो पर्न जान्छ । नेटवर्क वानमा जेडटीईले रु.११ अर्ब २६ करोड ४० लाख र नेटवर्क टुमा रु.१५ अर्ब १८ करोड २४ लाख प्रस्ताव गरेको छ, जुन प्रतिस्पर्धी सीसीएसआईको भन्दा क्रमशः झ्ण्डै रु.४ अर्ब ५६ करोड र रु.३ अर्ब ५० करोड कम हो । सार्वजनिक खरीद ऐनको व्यवस्था अनुसार, कम प्रस्ताव गर्ने कम्पनीले परियोजनाको ठेक्का पाउँछ । तर, सीसीएसआईले ठेक्का हात पार्न शुरूमा प्रस्ताव पेश गरेको रकमभन्दा करीब ५० प्रतिशत सस्तोमा प्रणाली र उपकरण उपलब्ध गराउन सक्ने नयाँ प्रस्ताव गरेको टेलिकम स्रोत बताउँछ । जेडटीईले भने नेटवर्क वानमा करीब १० प्रतिशत र नेटवर्क टुमा करीब २० प्रतिशत सस्तोमा आपूर्ति गर्न सकिने प्रस्ताव गरेको छ । सीसीएसआई आफैंमा टेलिकम उपकरण उत्पादक कम्पनी नभई ह्वावई अन्तर्गतकै एक कम्पनी हो । ह्वावईले आफू सोझ्ै नदेखिएर छद्म तरिकाले अर्को कम्पनीलाई प्रस्ताव हाल्न लगाएको उसैले टेलिकमलाई लेखेको पत्रबाट पुष्टि हुन्छ (हे. पत्र) । उपकरण उत्पादकले भाग नलिएर अर्को कम्पनीलाई ठेक्का हाल्न लगाउँदा आशंका उब्जिएको अधिकारीहरू बताउँछन् ।
"सीसीएसआईसँग खटपट परे उपकरण दिने ह्वावईलाई केही गर्न सकिन्न । अनि, सिङ समात्नु न पुच्छर जस्तो हुन्छ" ती अधिकारी भन्छन् ।
फोर–जीको ठेक्का प्रस्ताव हालेका जुन कम्पनीलाई दिए पनि नेपाल टेलिकम दीर्घकालीन चेपुवामा पर्ने जानकारहरू बताउँछन् । यसलाई व्याख्या गर्दै एक उच्च अधिकारी यसअघि नै सञ्चालनमा रहेका थ्री–जी र टु–जी नेटवर्क एवं बिलिङ प्रणालीसँग प्रस्तावित फोर–जीको अन्तरसम्बन्ध स्थापना गर्ने विषयमा बोलपत्रमा प्रष्ट उल्लेख नहुँदा नेपाल टेलिकमले रु.१ अर्ब ६० करोडभन्दा बढी खर्च गर्नुपर्ने जोखिम देख्छन् । बोलपत्रमै फोर–जी परियोजनामा यस्तो अन्तरसम्बन्धको दायित्व शर्त समावेश गरिएको भए यो रकम खर्च गर्नुपर्ने अवस्था रहने थिएन । यसबाहेक कम रकम प्रस्ताव पेश गरेको जेडटीईले ठेक्का पाएमा फ्रिक्वेन्सी, प्रणालीको पूर्ण आधार (ब्याकबन) लगायत कामका लागि रु.१ अर्बभन्दा बढी थप खर्च दायित्व थपिनेछ । फोर–जीको टेण्डर आह्वान गर्दा नै यस्ता अत्यावश्यक विषय सो टेण्डर प्याकेजमा नराखेर नियतपूर्वक मिलेमतोमा थप रकम खर्च गरिने बाटो खुला राखिएको आरोप लागेको छ । "टु–जी र थ्री–जीसँगको अन्तरसम्बन्ध, फ्रिक्वेन्सी तथा पूर्ण ब्याकबन अहिलेको टेण्डरमा नराख्दा पछि लागत बढ्ने जोखिम छ, जसबाट थप उपकरण खरीदको नियत राखी परियोजनालाई महँगो पार्न खोजिएको देखिन्छ" टेलिकमका एक अधिकारीले भने । ती अधिकारी या त फोर–जीको टेण्डर खारेज गरेर नयाँ प्रक्रिया शुरू गर्नुपर्ने वा आपूर्तिकर्ता कम्पनीहरूसँग छलफल गरी टेण्डर रि–डिजाइन गरेर लागत घटाउँदा कम्तीमा रु.३ अर्बदेखि रु.४ अर्ब जोगिने दाबी गर्छन् ।
संशोधन गर्दै, पैसा बढाउँदै
ह्वावईले सीसीएसआई मार्फत उपकरण दिने प्रत्याभूति गर्दै टेलिकमलाई लेखेको पत्र (माथि बायाँ) । टेलिकम र ह्वावईबीचको सम्झौताको संशोधनमा हस्ताक्षर (माथि दायाँ) । सम्झौतामा उल्लिखित शर्त (तल बायाँ) ।
१४ फेब्रुअरी २०१३ मा एक करोड लाइन टु–जी र थ्री–जी परियोजनाबारे ह्वावईसँग सम्झैता गर्दा दुई वर्षभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । परियोजना शुरू भएको पाँच वर्ष पुग्न लाग्दा पनि काम सकिएको छैन । परियोजनाको करीब २० प्रतिशत काम बाँकी रहँदा मोबाइल सेवाको गुणस्तर, सेवाको पहुँच कमजोर मात्र छैन टेलिकमले बजार समेत गुमाइरहेको छ । बरु ठेक्का पाएको कम्पनी ह्वावईले टेलिकमले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेको लगायत विविध कारण देखाउँदै २४ मिलियन डलर (करीब अढाइ अर्ब रुपैयाँ) थप माग गरिरहेको छ । यसरी थप रकम माग्ने बाटो टेलिकमका उच्च अधिकारीले नै मिलेमतोमा खोलिदिएको भेटिएको छ । "टेलिकमले भुक्तानी रोकिदिनु, आवश्यक सहयोग नगर्नु र त्यसबापत ह्वावईले क्षतिपूर्ति रकम माग्नुमा मिलेमतो देखिन्छ" सञ्चार मन्त्रालयका एक अधिकारी भन्छन् ।
कतिसम्म भने, समयमा काम नगरेकोमा छानबिन गर्नुपर्नेमा टेलिकमका उच्च अधिकारीहरूले २३ जून २०१७ मा उल्टै ह्वावईले मागेको शर्त पूरा गरिदिने गरी सन् २०१३ को सम्झैताको संशोधन गरिदिएका थिए । टेलिकमको प्राविधिक कार्यालयका लोचनलाल अमात्य सहितका २३ जना र ह्वावईका तर्फबाट ७ जनाले हस्ताक्षर गरेर पहिलेको सम्झैता संशोधन गरी ह्वावईले मागेको रकम दिने बाटो खोलेका थिए (हे. सम्झैताको संशोधन) । यो सीधै अख्तियारको दुरुपयोग गर्दै अनियमितता गर्ने प्रयत्न भएको टेलिकमका कतिपय अधिकारी बताउँछन् । यो सम्झैता हुँदा तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको समेत उपस्थिति थियो । हस्ताक्षर गर्ने अधिकारीहरूलाई ह्वावईले चीन भ्रमणमा समेत लगेको बताइन्छ । टेलिकमको सञ्चालक समितिले उक्त संशोधनबारे आफूलाई थाहा नभएको भन्दै स्वामित्व लिन अस्वीकार गरेपछि ह्वावईलाई ठूलो रकम तिर्न रोकिएको थियो ।
सञ्चार मन्त्रालयका एक अधिकारी ह्वावईले टेलिकमसँग गरेको सम्झैताको शर्त नाघेकाले कारबाही अघि बढाउनुपर्नेमा टेलिकम व्यवस्थापनले उल्टै पुरस्कृत गर्ने प्रपञ्च रचिएको बताउँछन् । हुन पनि, ह्वावईले टेलिकमसँग गरेको सम्झैता अनुसार, परियोजना सम्पन्न नभएसम्म अर्को प्रतिस्पर्धी सेवा प्रदायकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा टेलिकम व्यवसाय गर्न पाउँदैन । पाँच वर्षअघिको सम्झैताको दफा २७ (जुन महत्वपूर्ण भएकाले तारा चिह्न अंकित गरिएको थियो) मा यस्तो व्यवस्था छ (हे. सम्झैता) । तर, ह्वावईले यो बीचमा प्रतिस्पर्धी सेवा प्रदायक एनसेलको फोर–जी सेवा विस्तारको जिम्मेवारी लिएर उपकरण जडान सहितका काम गरिरहेको छ । टेलिकमका ती अधिकारी भन्छन्, "टेलिकमको काम नगर्ने, शर्त नाघेर प्रतिस्पर्धी कम्पनीको काम अघि बढाउने कम्पनीलाई कारबाही गर्न टेलिकम व्यवस्थापन किन हच्किएको हो ? थाहा छैन ।"
अधोगतिको संकेत
गत आर्थिक वर्षमा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कल बापतको आय रु.७८ करोड ४९ लाखले घट्यो । आर्थिक वर्ष २०७३/७४ मा अन्तर्राष्ट्रिय कल बापत रु.९ अर्ब ३ करोड आय गरेको टेलिकमले २०७४/७५ मा रु.८ अर्ब २४ करोड मात्र आम्दानी गर्यो । रोचक त, तीन वर्षको अवधिमा अन्तर्राष्ट्रिय कल बापतको आय २८ प्रतिशत घटिसकेको छ । अन्तर्राष्ट्रिय कल टेलिकम कम्पनीहरूको मुख्य आम्दानीको स्रोत हो । टेलिकमको कुल सञ्चालन आय पनि घटेकै छ । २०७३/७४ मा रु.४० अर्ब ३१ करोड सञ्चालन आय गरेको टेलिकमले २०७४/७५ मा रु.३९ अर्ब ४४ करोड आय गर्यो । यसले विस्तार हुँदो प्रविधिको चुनौतीसँग जुध्न टेलिकम कामयाब नभएको र प्रतिस्पर्धाको दौडमा फिका भइरहेको देखाउँछ ।
टेलिकमका विभिन्न महत्वाकांक्षी सेवा र परियोजनाको विस्तार सुस्त छ । ब्रोड ब्यान्डमा आधारित वाई–म्याक्स इन्टरनेट सेवाको व्यापक विस्तारमा टेलिकम चुकिसकेको छ । अप्टिकल फाइबर बिछ्याउने काम उसैगरी अड्किएको छ । तीव्र गतिको इन्टरनेट भन्दै ल्याइएको फाइबर टू होम प्रयोगकर्ता ३,६०० मात्र छन् । जबकि, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूकै यस्तैखाले दुई लाखभन्दा बढी ग्राहक छन् । भ्वाइसबाट डेटामा मोबाइल सेवाका ग्राहकले खर्च गरिरहँदा टेलिकमको बजार हिस्सा भने खस्कँदो छ । उदाहरणका लागि, तीन वर्षअघि २०७२ साउनमा डेटामा नेपाल टेलिकमको हिस्सा ५६.६१ प्रतिशत रहेकोमा अहिले ४४.११ प्रतिशतमा ओर्लिएको छ ।
जबकि, प्रतिस्पर्धी एनसेलको बजार हिस्सा खासै गुमेको छैन । तीन वर्षअघि इन्टरनेटमा ४०.९५ प्रतिशत हिस्सा ओगटेको एनसेल अहिले पनि ४० प्रतिशतकै हाराहारीमा छ । सन् २०१८ को पहिलो ६ महीनामा एनसेलको डेटा बापतको आय ३४ प्रतिशतले बढेको छ । थ्री–जी र फोर–जी दुवैका ग्राहक संख्यामा प्रतिस्पर्धी एनसेलले टेलिकमलाई उछिनेको छ । एनसेलको थ्री–जी प्रयोगकर्ता संख्या ४९ लाख ३९ हजार पुगिसकेको छ भने नेपाल टेलिकमको ४९ लाख १५ हजार छ । फोर–जीमा एनसेलका प्रयोगकर्ता ११ लाख ९५ हजार पुग्दा टेलिकमका ६ लाख २१ हजार मात्र छन् । आम्दानी र कर दुवैमा नेपाल टेलिकमभन्दा एनसेल अगाडि छ ।
टेलिकमका अधिकारीहरू परियोजनाहरूको ढिलाइमा सार्वजनिक खरीद ऐन तथा अन्य सरकारी संरचना जिम्मेवार रहेको तर्क गर्छन् । टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारी नेपाल टेलिकम सार्वजनिक संस्था भएकाले सानो काम गर्न पनि धेरै प्रक्रिया पुर्याउनुपर्ने र धेरै संस्थाहरूको चासो हुने कारण अपेक्षित रूपमा बजार वृद्धि गर्न अप्ठेरो परेको बताउँछन् । "अन्तर्राष्ट्रिय कल र भ्वाइस बापतको शुल्क संसारका सबै कम्पनीहरूको घटिरहेको छ, हाम्रो मात्र होइन" उनी भन्छन्, "तर, गुणस्तरीय डेटा सेवाको विस्तार गर्नैपर्छ ।"
रणनीतिक साझेदारको प्रयत्न
लामो समयदेखि चर्चामा रहेर पनि अघि नबढेको नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अहिले शुरु भएको छ । यसबारे तत्काल प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयको निजीकरण एकाइमा सञ्चार मन्त्रालयले प्रस्ताव पठाइसकेको छ । "केही महीनाभित्रै ठोस निर्णय हुन्छ" सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले भने । रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाकै लागि टेलिकमको सम्पत्ति, दायित्व, वित्तीय अवस्था, समग्र अवस्था आदिको अध्ययन गर्न डीडीए (ड्यु डिलिजेन्स अडिट) सम्पन्न भइसकेको छ । करीब रु.१९ करोड खर्चेर गरिएको यो अध्ययन पनि सञ्चार मन्त्रालय हुँदै अर्थ मन्त्रालयको निजीकरण एकाइमा पुगेको छ । बेलायती कम्पनी एनालाइसिस म्यासन अन्तर्गतको एनालाइसिस म्यासन इण्डियाले टेलिकमको डीडीए गरेको थियो । म्यासनले रणनीतिक साझेदारको बोलपत्र आह्वान गर्न आशयपत्र र प्रस्ताव आह्वानको तयारी सहितको प्रतिवेदन तयार गरेको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेपाल टेलिकमको ३० प्रतिशत शेयर बिक्री गरेर रणनीतिक साझेदार ल्याउने पक्षमा छन् । यसमा अड्चन आए टेलिकममा सञ्चालनको पक्षलाई मात्र हेर्ने गरी भए पनि रणनीतिक साझेदार ल्याउने पक्षमा मन्त्री बाँस्कोटा दृढ भएको स्रोत बताउँछ ।
रणनीतिक साझेदार भित्र्याउने तयारीस्वरुप टेलिकमले चार वर्षअघि परामर्शदाता छनोट गरेर अघि बढाएको काम अख्तियारले रोकिदिएको थियो । बेलायतको एनालाइसिस म्यासन अन्तर्गतको एनलाइसिस म्यासन इन्डिया लिमिटेडले टेलिकमको कुल सम्पत्ति र दायित्व साख, सबल पक्ष एवं भविष्यको अवसर सहितको रिपोर्ट तयार गरेको छ । नेपाल टेलिकममा रणनीतिक साझेदारका रूपमा भित्रिन विभिन्न देशका टेलिकम कम्पनीहरूले चासो देखाउँदै आएका छन् । यसअघि जापान, कोरिया, कम्बोडिया, भारत लगायत देशका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले साझेदारी गर्न प्रस्ताव गरेका थिए । जापानको केडीडीआईले केही वर्षअघि टेलिकमको ३० प्रतिशत शेयर किनेर व्यवस्थापन जिम्मा लिने प्रस्ताव गरेको थियो ।
|
2019/07/23 15:48:40
|
http://nepalihimal.com/article/16176
|
mC4
|
कालिपुल बसपार्क कालोपत्र गरिने | BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार
Home स्थानिय समाचार म्याग्दी समाचार कालिपुल बसपार्क कालोपत्र गरिने
कालिपुल बसपार्क कालोपत्र गरिने
२०७६, १९ कार्तिक मंगलवार १२:१७
म्याग्दीको सदरमुका बेनीको प्रवेशद्धार कालिपुलमा करिव एक किलोमिटर कालोपत्रको काम सुरू भएको छ । हिलाम्मे सडकका कारण अस्तब्यस्त सडकमा पक्की नाली सहित पक्कीपुलदेखि पेट्रोलपम्पसम्मको सडक कालोपत्रका लागि सडकमा धमाधम काम भइरहेको बेनी नगरपालिका प्रबक्ता एवम् वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईलीले बताए ।
'सडकले गलत सन्देश प्रवाह भइरहेको थियो,'बसपार्क क्षेत्रलाई नमुना बनाउने गरी काम भइरहेको छ' बराईलीले भने । उनका अनुसार प्रदेश सरकार अन्तरगत पूर्वाधार कार्यालयमार्फत ४ करोड ५० लाखको ठेक्कामा निर्माण ब्यवसायी विपिन खड्कामार्फत भइरहेको कालोपत्र सहितको योजनालाई समयमै सम्पन्न गर्ने गरी अगाडी बढेको उनले बताए ।
कालोपत्रसँगै बसपार्कमा ब्यवस्थित पार्किङ सहित सफा र सुन्दर बनाइने नगरपालिकाले जनाएको छ । कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोर दोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेका थिए । ११ मिटरको कालोपत्रसँगै पुरानो समस्या समाधान हुनेमा कालिपुलबासी ढुक्क छन् ।
बेनीबजारमा दुईपटकसम्म कालोपत्रे भएपनि कालिपुल क्षेत्रमा सडक र बसपार्क क्षेत्र कालोपत्रे हुन नसकेको अवस्थामा जिल्लाबाट राजनीतिक दलका प्रतिनिधिहरु सहितको टोलीले डेलिगेसन गएर दवाव समेत दिने गरेका थिए । बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारी साधन पार्किङ गर्ने समस्याले सानाठुला सवारीसाधन मनपरी राख्ने गरिएको थियो ।
|
2022/06/25 13:17:46
|
https://myagdikali.com/185955/
|
mC4
|
अभि सुवेदी का लेखहरु
दल, चुनाव र वैमनस्य
अभि सुवेदी, कार्तिक २०, २०७४
धेरै संघर्ष गरेर बनाएको संविधान अन्तर्गत केन्द्र र प्रदेशको चुनाव हँुदैछ । सिद्धान्त र इतिहासका साधारण मन्थनहरू नित्य भइरहेका छन् । यो चुनावले भन्छ, नेपालको सत्चालीस सालदेखि यताको समय गतिशील र सिर्जनशील रहेछ ।
सुवेदीको समय यात्रा
अभि सुवेदी, कार्तिक ११, २०७४
सूर्य सुवेदीको जन्मवर्ष २००२ चैतपछि डिको राखेर दिवंगत भएको वर्ष २०७४ कात्तिक ५ लेख्नुपरेको मेरोनिम्ति अप्रत्यासित अधिभौतिक चेतना भयो । अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा आएका नरनारी देख्ता उनले बनाएको सामाजिक सम्पर्क र पहिचानको कलेवर कति ठूलो रहेछ भन्ने मलाई लाग्यो ।
स्वास्थ्य, समीकरण र अभिनय
अभि सुवेदी, आश्विन २३, २०७४
यो लेख लेख्न थाल्दा नेपाली समय स्वास्थ्यको कुराले आन्दोलित थियो । देशैभरिका अस्पताल बन्द थिए । सरकारले उपचार गर्ने डाक्टरलाई लापरबाही ठहरे क्षतिपूर्ति भराउने विषयमा कानुन बनाउन लागेको कुराको विरोधमा देशैभरिका चिकित्सक र अस्पताल आन्दोलित थिए ।
राजनीति, हामी र सुकी
अभि सुवेदी, आश्विन २, २०७४
राम्रो होस पुगेन भने लोकतान्त्रिक सरकारहरूले अमूक समूहलाई सुविधा दिने नियम बनाएर एउटा यस्तो वर्गको रचना गर्न सक्छन्, जसको चरित्र बुर्जुवा हुन्छ ।
|
2017/11/25 07:41:55
|
http://kantipur.ekantipur.com/author/%E0%A4%85%E0%A4%AD%E0%A4%BF+%E0%A4%B8%E0%A5%81%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A5%80
|
mC4
|
निःशुल्क पीसीआरमा नयाँ मापदण्ड – Sthaniya Patra
By स्थानीय पत्र Last updated Oct 15, 2020
असोज २९ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण हुने बताउनुभयो ।
थप दुई हजार ६३८ मा कोरोना
बुधबार नेपालमा थप दुई हजार ६३८ जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षणका क्रममा थप दुई हजार ६३८ जनामा कोरोना पुष्टि भएको हो । प्रवक्ता गौतमले योसँंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ९९६ पुगेको जानकारी दिनुभयो । यसैगरी काठमाडौँ उपत्यकामा थप एक हजार ४०३ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमले काठमाडौँमा ९९६ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जना गरी कुल एक हजार ४०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७५ पुगेको छ । …. Gorkha patra
|
2022/01/24 07:05:25
|
https://sthaniyapatra.com/2020/10/12809/
|
mC4
|
सरकारले निषेधको राजनीति गरेर मुलुकमा द्धन्द निम्त्यायो : नेता खाँण | Nagarik News - Nepal Republic Media
बुटवल- नेपाली काग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संवाद र वार्ताबाट निकास निकाल्नुको साटो प्रतिबन्धको नीति अवलम्बन गरेर मुलुकमा द्धन्द र मुठभेड निम्त्याएको आरोप लगाएका छन्। विप्लव नेतृत्वको नेकपालाइ निधेष गरीहाल्नु पर्ने अवस्था नरहेको भन्दै नेता खाँणले निषेधको राजनीतिले द्धन्दलाइ अभिप्रेरित गरेको बताएका हुन्।
नेपाल प्रेस युनीयन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य खाँणले भने 'सरकारले राजनीतिक शक्तिलाइ सहमतीमा ल्याउनुको सटो बार्ता र संवादको ढोका बन्द गरेर झनै उत्तेजित बनायो।' सरकारले नै मुलुकलाइ द्धन्दमा धकेलेको उनको दावी छ। राज्य बिद्रोह तथा द्धन्दलाइ देश र जनताले थेग्न नसक्ने भन्दै उनले विप्लव नेतृत्वको नेकपालाइ पनि बार्ता र सहमतीबाटै समाधान खोज्न आग्रह गरे। 'मुलुक सबैको साझा हो । राष्ट्रिय एकता र स्वाधीनतालाइ रक्षा गर्ने काम सबैको भएकाले विप्लव नेतृत्वको नेकपालाइ काँग्रेसको तर्फबाट आग्रह गर्न चाहान्छु आब्हन गर्न चाहान्छु राष्ट्रिय राजनीतिको मुल प्रवाहमा आउनुस्। सहमतीबाटै निकास निकाल्नुस।' सरकारले पनि कुनै राजनीतिक शक्तिप्रति निषेधको राजनीति गर्न नहुने भन्दै उनले सम्मानजनक व्यवहार र बार्ताबाटै निकास निकाल्नु पर्नेमा जोड दिए।
सिके राउतसंग भएका सहमतीका बुँदाहरुमा अस्पष्टता रहेको भन्दै नेता खाँणले मुलकलाइ खण्डित गर्ने मुद्दामा जनमतसंग्रह हुनै नसक्ने बताए। ११ बुँदे सहमतीमा संविधानमै नभएको व्यवस्थामा पनि सरकारले प्रतिवद्धता जनाएको आशंका गर्ने ठाँउ प्रसस्त रहेको भन्दै नेता खाँणले सरकारले यसबारेमा स्पष्ट पार्नु पर्ने बताए। जनकपुरमा सिकेका कार्यकर्ताको प्रदर्शन र नाराहरुले पनि ती आशंकालाइ बढावा दिएको उनको भनाइ थियो।
फरक प्रसंगमा नेता खाँणले कुनैपनि भ्रष्टाचारलाइ माफी दिने र ढाकछोप गर्ने पक्षमा नेपाली काँग्रेस नरहेको पनि बताए। ठूला विकास निर्माणका कामकालागि प्रधानमन्त्रीको अध्यक्षतामा संयन्त्र बनाएर सिधै तोक लगाउने र ठेक्का पट्रटा गर्ने गरी ल्याइएको बिधेयक नेपाली काँग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए। सो बिधेयकले भ्रष्टाचारलाइ बढावा दिने र विकासलाइ प्रभावित पार्ने भएकाले काँग्रेसले त्यसलाइ जस्ताको तस्तै पास गर्न नदिने उनको भनाइ थियो ।नेता खाँणले काँग्रेसले सदनमा रचनात्मक र सकारात्मक प्रतिपक्षको भुमीका निर्वाह गरीरहेको बताए ।नेता खाँणले प्रदेश ५ को स्थाइ राजधानी र नामको बिषयलाइ प्रदेश सभाले छिटो टुङ्गयाउनु पर्नेमा पनि जोड दिए । नेता खाँणले अन्तराष्ट्रिय बिमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनीसंगै पुर्वाधार विकास र सुगमताका हिसावले रुपन्देहीलाइ नै स्थायी राजधानी बनाउनु पर्नेमा जोड दिए ।
|
2020/08/08 09:47:02
|
https://nagariknews.nagariknetwork.com/politics/173667-1552713960.html
|
mC4
|
कलाकारहरुको भाइटीका यस्तो रह्यो [फोटोफिचर] - Sagarmatha Online News Portal
कलाकारहरुको भाइटीका यस्तो रह्यो [फोटोफिचर]
काठमाडौं । यसवर्षको दिपावलीमा पहिलेका वर्षमा जस्तो उल्लास छैन । कोरोना भाइरसले निम्त्याएको महामारीले नेपाललाई प्रभाव नपाने कुरै भएन ।कोरोना भाइरसका कारण आम मान्छेको दैनिकीमा परिवर्तन आएको छ । मान्छेहरु सार्वजनिक रुपमा कम भेला भइरहेका छन् । चाडबाडमा पनि सीमित आफन्त र परिवार मात्र भेट भइरहेका छन् ।
हुन पनि यसपटक कतै पनि देउसीका स्वरहरु सुनिएका छैनन् । कतिपय कलाकार त आफै पनि जम्मा भएर तिहारमा देउसी खेल्ने गर्थे । र, यसपटक माहोल पूरै फेरिएको छ । घरमै परिवारका साथ रहेर तिहार मनाउनुपरेको छ ।
अझ कति कलाकारलाई त यसपटक कोरोना महामारीसँग जुध्नु परेको छ । हास्यकलाकार मनोज गजुरेल आजै (आइतवार) अस्पतालबाट डिस्चार्ज भएका छन् । मनोज गजुरेल तिहारको शुभकामना दिँदै भन्छन्–एघार दिनको अस्पताल बसाइपश्चात घर फर्किएर आराम गरिरहेको छु ।
|
2020/12/04 01:30:57
|
https://www.sagarmathaonline.com/64279/2020/11/16/
|
mC4
|
गायक यज्ञ सापकोटा र तेजु सापकोटाको 'रोटी रत्यौली' सार्वजनिक -
२६ भाद्र २०७७, शुक्रबार १४:२६ Hello Nepal Tv 0 Comments
पाल्पा २६ भाद्र ।
गायक यज्ञ सापकोटा र तेजु सापकोटाको आवाजमा रहेको नया सांगितिक कोशेली बजारमा आएको छ । रोटी रत्यौलीको नामक उक्त गिति संग्रह मार्फत सापकोटा द्धय फेरी एक पटक संगितिक बजारमा छाउने प्रयासमा रहेका छन । माया प्रेमको बिषय बस्तु समेटेर तयार पारिएको गितले प्रेमी जोडीको आवाज बोल्ने गाएक सापकोटा बताउछन । टिपिकल शब्द समेटी तयार गरिएको उक्त गितका शब्द शालिकराम भण्डारीले लेखेका हुन भने संगित गाएक सापकोटाले दिएका छन । अकला देबी म्युजिक युटुब च्यानल मार्फत सार्बजनिक भएको उक्त गितको भिडियो समेत एकदमै उत्कृष्ट बनेको छ । अहिलेका चर्चित गाएक तथा मोडल रामजी खांडलाइ फिचरिङ्ग गरिएको भिडियोमा उनलाइ साथ दिएकी छन पबित्रा काफलेले । गितको भिडियोमा बिरेन्द्र भट्टको छायांकन र अमृत चापागाइको सम्पादन रहेको छ भने भिडियोलाई मदन खडकाले निर्देशन गरेका हुन ।
← ५०० प्रश्नको उत्तर छिन भरमा दिने जिया भुसालको अर्को फेरी अचम्मको प्रतिभा | सबैलाई चकित पार्ने भिडियो
|
2021/01/24 00:11:31
|
https://hellonepaltv.com/2020/09/11/%E0%A4%97%E0%A4%BE%E0%A4%AF%E0%A4%95-%E0%A4%AF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E-%E0%A4%B8%E0%A4%BE%E0%A4%AA%E0%A4%95%E0%A5%8B%E0%A4%9F%E0%A4%BE-%E0%A4%B0-%E0%A4%A4%E0%A5%87%E0%A4%9C%E0%A5%81-%E0%A4%B8
|
mC4
|
सरकारको एक वर्षका सुनौला दिन व्यर्थमा : काङ्ग्रेस | Alagdhar
घरBanner Newsसरकारको एक वर्षका सुनौला दिन व्यर्थमा : काङ्ग्रेस
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सहज राजनीतिक वातावरण र दुई तिहाइको बहुमतका बाबजुद एक वर्षको सुनौला दिनलाई सरकारले व्यर्थमा व्यङग्य गरेको टिप्पणी गरेको छ । वर्तमान सरकार गठन भएको वर्ष दिन पुगेको सम्बन्धमा काङ्ग्रेसले आज आफ्ना धारणा सार्वजनिक गरेको हो । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नागरिकको अपेक्षाअनुसार शान्ति सुरक्षा, सुलभ बजार म्ूल्य र भरोसा कायम गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले एक वर्षमा मधेशका माग सम्बोधन गर्न संविधान संशोधनमा कुनै प्रक्रिया अघि नबढाएको उल्लेख गर्दै उहाँले डा गोविन्द केसीसँग प्रधानमन्त्रीकै अग्रसरतामा भएको सम्झौता सत्ता पक्षले उल्लङ्घन गरेको आरोप लगाउनुभयो ।
बितेको वर्ष कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लगाइ कारवाही गर्न सरकार असफल भएको काङ्ग्रेसले जनाएको छ । प्रवक्ता शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गर्ने गरी रकम सङ्कलन भइरहेका अवस्थामा परियोजना एकाएक विदेशी कम्पनीलाई सुम्पिनु विश्वासघात हो भन्नुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन काङ्ग्रेसको नेतृत्वको तत्कालीन सरकारले सम्पादन गरेको जानकारी गराउँदै उहाँले वर्तमान सरकारले तामझामका साथ भड्किलो ढङ्गले प्रचार गरेर जस लिन खोजेको टिप्पणी गर्नुभयो । प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने फौजदारी संहिताको केही प्रावधान सच्याउने दिशामा कुनै पहल नगरिएको शर्माले बताउनुभयो । यो वर्ष प्रेसलाई थप नियन्त्रित र निरुत्साहित गर्ने अनेक उपक्रम दृश्यमा प्रकट भएको उहाँले टिप्पणी गर्नुभयो । शर्माले भन्नुभयो, "एकातर्फ प्रदेश नामकरण र राजधानी टुङ्गो अझै सबै भइसकेको छैन भने अर्कोतर्फ प्रदेशमा पर्याप्त अधिकार, बजेट र कर्मचारी समायोजनको परिपक्व बन्दोबस्त भएको छैन ।"
संवैधानिक परिषद्मै संविधान मिचियो
काङ्ग्रेसले सरकारले प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बसी केही निर्णय गरेर संवैधानिक परिषद्मै संविधान मिचेको जनाउँदै संसद्मा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थासमेत पालना नभएको आरोप लगाएको छ । साथै चिकित्सा शिक्षा विधेयक पारित गर्दा प्रतिनिधिसभामा सरकार र सभामुखद्वारा बहुमतका बलमा विवेक कुल्चिएर व्यवहार गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।
इतिहासमै सबैभन्दा सहज राजनीतिक वातावरण भएर पनि प्रधानमन्त्रीले बितेको एक वर्षमा कुशल शासकीय क्षमता प्रदर्शित गर्न नसक्नुभएको काङ्ग्रेसको मूल्याङ्कन छ । "इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने शास्वत सत्य बुझ्न नसक्दा बितेको एक वर्षमा व्यावहारिक गम्भीरता र शासकीय योग्यताको विकासतर्फ प्रधानमन्त्रीको क्षमता देखिएन, त्यसले आगामी चार वर्षका लागि पनि चुनौतीको सङ्केत गरेको छ", प्रवक्ता शर्माले भन्नुभयो ।
भेनेजुयला प्रकरणमा सत्तापक्षले कूटनीतिक मामिलामा अपरिपक्वता प्रस्तुत गरेको बताउँदै उहाँले कूटनीतिक प्रश्नमा अलमल, द्विविधाग्रस्त टिप्पणी या जरुरी नै नभएको वक्तव्यवाजीले मुलुकको हित नगर्ने स्पष्ट पार्नुभयो । वाइडबडी जहाज खरीदमा भएको अर्बौं रुपैयाँको घोटाला सम्बन्धमा काङ्ग्रेसले दोषीलाई कारवाही गर्न 'तथ्यको जगमा सत्यको खोजी गर्न' आग्रह गर्दै आएको शर्माको भनाइ थियो ।
मेलम्ची परियोजनाको भविष्य अन्योल
वर्तमान सरकार बनेपछि मेलम्ची परियोजनाको भविष्य अन्योलमा परेको उल्लेख गर्दै प्रवक्ता शर्माले यसले समय थप लाग्ने एवं लगानी बढ्ने स्थिति उत्पन्न भएको बताउनुभयो । काङ्ग्रेसले सरकारको एक वर्षमा भ्रष्टाचार तीव्र ढङ्गले फैलिएको र संस्थागत हुँदै गएको टिप्पणी गरेको छ । प्रवक्ता शर्माले भन्नुभयो, "बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, शान्तिसुरक्षा भरपर्दो ढङ्गले कायम भई लगानीकर्ता लगानीका लागि ढुक्कले आउने पूर्वानुमान र आम अपेक्षा यो वर्ष दिनमा खण्डीत भएको छ ।"
काङ्ग्रेसले दुई तिहाइ बहुमतको बलियो सरकार गठन भए पनि विगतको तुलनामा पूँजीगत खर्च बढ्न नसकेको, विदेशी लगानी कम भित्रिएको, व्यापार घाटा बढेको, बजार भाउ वृद्धि भएको, शोधानान्तर घाटा बढेको र शेयर बजार धाराशायी भएको जनाएको छ । प्रवक्ता शर्माले काङ्ग्रेसको नेतृत्वको सरकारले स्पाइनल इन्जुरी भएका, क्यान्सर, मुटु र मिर्गाैलाका अशक्त बिरामीलाई जीविकोपार्जन भत्ता मासिक रु पाँच हजार दिने निर्णय गरेको जानकारी दिँदै वर्तमान सरकारले त्यसलाई खारेज गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले एक वर्षको समग्र गल्ती, कमजोरी सुधार गरेर अघि बढ्ने सङ्कल्प गरेर सरकार आगामी वर्षमा देशलाई सही ढङ्गले नेतृत्व गर्न सफल हुन सकोस् भनी शुभकामना पनि दिनुभयो ।
|
2022/05/16 08:46:43
|
https://www.alagdhar.com/2019/02/5743
|
mC4
|
प्रचण्ड स'हभागी हुने चितवनको कार्यक्रममा प्रशासनको रो'क – eSidhakura
मुख्य पृष्ठराजनीतिप्रचण्ड स'हभागी हुने चितवनको कार्यक्रममा प्रशासनको रो'क
काठमाडौं, चितवनमा नेकपा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेलाई कार्यक्रममा चलिरहेकै बेला आफ्नै कार्यकताले दु'व्र्यवहार गरेको घ'टना से'लाउन नपाउदैं अध्यक्ष प्रचण्ड सहभागि हुने दुईवटा पूर्व निर्धारित कार्यक्रममा प्रशासनले रो'क लगाएको छ । हरेक ४५ दिनमा आफ्नो निर्वाचन क्षेत्र पुग्ने गरेको अध्यक्ष प्रचण्ड सहभागी हुने गरि तय भएका दुईवटा पूर्व निर्धारित कार्यक्रम प्रशासनले नगर्न भनेपछि र'द्द भएका हुन ।स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले पुल्चोक भरतपुर गोमरेङ सडक र बहुप्रतिक्षित सिटी हल शि'लन्यास गर्ने कार्यक्रम थियो ।
बुधबारका लागि कार्यक्रम गर्न भरतपुर महानगरपालिकाले सबै तयारी पुरा गरेपनि प्र'शासनले कार्यक्रम नगर्न भनेपछि पूर्वनिर्धारित दुईवटै कार्यक्रम र'द्द भएको स्रोतको दा'बी छ । तर प्रचण्डको निर्वाचन क्षेत्र हेर्न स्व'किय सचिव निशा अधिकारीले भने कार्यक्रम र'द्द नभएको बताएकी छन । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डको व्य'स्तताका कारण कार्यक्रमको मिति हे'रफेर गर्न तयारी भएपनि प्रचण्डलाई चितवन जान कसैले रो'क्न नसक्ने अधिकारीको भनाई छ । चितवन क्षेत्र नम्बर ३ बाट सं'घीय संसदमा प्र'तिनिधित्व गर्ने प्रचण्ड हरेक डेढ महिनामा आफ्नो निर्वाचन क्षेत्र पुग्ने गरेका छन ।
सोही कार्यक्रमको नि'रन्तरतासँगै महानगरपालिकाले आयोजना गर्ने दुईवटा कार्यक्रममा सहभागी हुने यो'जनामा रहेका प्रचण्डका दुईवटै कार्यक्रम गर्दा कोरोना संक्रमणको जो'खिम हुन कारण देखाउदैं प्रशासनले रो'क लगाएको स्रोतको दा'बी छ । तर चितवनमा प्रचण्ड सहभागि हुने कार्यक्रममा रो'क प्रशासनले रो'क लगाएपछि प्रचण्ड नि'कट एक नेताले भने सरकारले प्रचण्ड पक्षका नेतालाई जनताका बीचमा जानबाट समेत नि'षेध गर्न खोजेको टि'प्पाणी गरेका छन ।
|
2020/11/26 10:07:22
|
https://esidhakura.com/archives/42813
|
mC4
|
बैतडीका आधा जसो वडा सचिवविहीन, सेवा प्रभावित - Everest Dainik - News from Nepal
बैतडीका आधा जसो वडा सचिवविहीन, सेवा प्रभावित
बैतडी, २० चैत (रासस): स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दा समेत बैतडीका स्थानीय तहमा कर्मचारी अभावका कारण सेवा प्रभावित हुने गरेको छ ।
सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो महसुस गर्न थालेका छन् ।
याे पनि पढ्नुस रामलीला महोत्सवमा रु १८ लाख संकलन
याे पनि पढ्नुस हात्तीपाइले रोगबाट १२० जना प्रभावित
दोगडाकेदार गाउँपालिकाका पनि दुई वडामा सचिव नभएका गाउँपालिकाका अध्यक्ष चक्रसिंह कार्कीले जानकारी दिनुभयो । वडामा भएका सचिवलाई पनि गाउँपालिकामा काजमा राख्नुपर्ने अवस्था आएको छ उहाँले भन्नुभयो "वडा तहबाट हुने काम प्रभावित हुँदै आएका छन्" वडामा सचिव नहुँदा आफूहरुले सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् ।
देश संघीय संरचनामा गइसकेपछि पनि नागरिकले पाउनुपर्ने सेवा सुविधा नै नपाउनु गम्भीर कुरा भएकाले सरकारले कर्मचारी पदपूर्ति गर्नु जरुरी देखिएको छ ।
|
2020/08/08 11:56:18
|
https://everestdainik.com/2018/04/171339/
|
mC4
|
नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता - हिमाल दैनिक
नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता
काठमाडौँ ५ श्रावण २०७८, मंगलवार १३:२१
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ ।
यद्यपि भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चार माध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गरेको र विस्तृत विवरण दिउँसो जानकारी गराउने बताए ।
उनका अनुसार जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गरेका हुन् । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष 'प्रचण्ड' र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो ।
|
2021/09/27 04:11:09
|
https://www.himaldainik.com/25177/2021/
|
mC4
|
समाचार – Page 5 – Online Khabar
९ असार, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा मेयर र उपमेयरसँग जोडेर आगामी आर्थिक वर्षमा कार्यक्रम सञ्चालन हुने भएको छ । जनकपुरधाम उप-महानगरपालिकाको बुधबारदेखि शुरु भएको सातौं नगर सभाको पहिलो दिन प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा मेयर र उपमेयरसँग जोडेर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मेयर नाम जोडिएको दुई र उपमेयर नाम जोडिएको […]
९ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र […]
९ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिन अगाडि बढाएको छ ।असार २० गतेभित्र सदस्यता टुंग्याइसक्नुपर्ने जिम्मेवारी पाएको रमेश लेखक नेतृत्वको समितिले आवासीय रुपमै काम सुरु गरेको छ । पार्टी कार्यालय, सानेपामा उजुरी लिएर आउनेको भीड बढेपछि गोप्य ठाउँमा बसेर काम गर्न थालिएको एक सदस्यले जानकारी दिए । उजुरीमाथि छानबिन सुरु […]
९ असार, काठमाडौं । बुधबार बिहान नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भयो । सेवा प्रभावित हुँदा टेलिकमले न कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्यो न त असुविधाको लागि क्षमायाचना नै । अतिआवश्यकमा पर्ने सेवा करीब दुईघण्टा अवरुद्ध हुँदा देशभर अन्योलको अवस्था रह्यो । मोबाइलमा निर्भरता बढ्दै गएको समयमा एक्कासी सेवा किन रोकियो भन्नेबारे पनि टेलिकमले […]
९ असार, वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]
९ असार, काठमाडौं । आयातमा भएको उच्च वृद्धि र न्यून निर्यातको प्रभाव समग्र वैदेशिक व्यापारमा देखिएको छ । चालु आर्थिक वर्षको ११ औं महिना (२०७७ साउनदेखि–२०७८ जेठसम्म) को तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिनासम्मको […]
९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको बताए । असार १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको […]
९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न उठेको र आफूहरु यही बेला स्थापित हुन सकिने बताएका हुन् । […]
९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधका कारण स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै दुवै दलका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले बुधबारको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् । कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश […]
९ असार, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । आगामी जुलाईको अन्त्यमा वा अगष्टको पहिलो साताबाट छिमेकी मुलुकहरुमा सीमित मात्रामा खोप निर्यात गर्ने भारतको गृहकार्य रहेको बताइएको छ । खासगरी नेपाल, बंगलादेश, श्रीलंकालाई सीमित मात्रामा खोप उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीहरुले दिइरहेका छन् । तर मिति भने […]
९ असार, भक्तपुर । भक्तपुर नगरपालिकाले ल्याएको आ.व. २०७८-७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बुधबार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्दै कमजोरीहरुलाई […]
९ असार, काठमाडौं । एसिड आक्रमणमा परेका पीडितहरुको उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने भएको छ । 'एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८' मा पीडितको कस्मेटिक उपचार बाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने उल्लेख छ । कार्यविधि जेठ ३१ गतेबाट लागू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
९ असार, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । 'केन्द्रको अनुदानमा […]
९ असार, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो । दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ । अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न […]
९ असार, काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् । […]
९ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभाका बहुमत सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । संसद विघटन मुद्दामा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले १४९ सांसदको हस्ताक्षरलाई अस्वीकार गरेर सांसदहरुको अधिकार हनन् गरेको जिकिर गरे । उनले राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा अस्वीकार गरेको कदम सच्याउनुपर्ने बताए […]
९ असार, काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो । बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
९ जेठ, पोखरा । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै व्यवसायीहरुले कास्कीमा बिहीबारदेखि एलपी ग्यास आपूर्ति रोक्ने भएका छन् । अगपंतिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपनि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको एलपी ग्याँस विक्रेता संघ कास्कीले जनाएको छ । खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भएपनि […]
९ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा उल्लेख नभएको निर्वाचन क्षेत्र केन्द्रित दुई कार्यक्रमका लागि डेढ अर्ब रुपैयाँ भन्दा बढी विनियोजन गरेको पाइएको छ । लुम्बिनी सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम र जनतासँग जनप्रतिनिधि कार्यक्रम नामबाट सांसदहरुलाई एक अर्ब ६४ करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको छ । दुबै […]
९ असार, कामठाडौं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये पछिल्लो […]
|
2021/06/24 18:56:26
|
https://www.onlinekhabar.com/content/news/page/5
|
mC4
|
मंसिर १४ २०७६, शनिबार – onlinekhelkhabar.com
Month: मंसिर १४ २०७६, शनिबार
भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष
स्वर्णका लागि नेपाल र भारत भिड्ने
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागी नेपाल र भारतबीच प्रतिष्पर्दा हुने भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा…
अनलाइन खेलखबर संवाददाता November 30, 2019
साग महिला भलिबलमा नेपाल पहिलोपटक फाइनल प्रवेश
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आयोजित दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलतर्फ नेपाल फाइनल प्रवेश गरेको छ । शनिबार राती त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को कर्भडहलमा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को…
महिला भलिबलमा भारत फाइनल प्रवेश
काठमाडौं ( अनलाइन खेलखबर ) । दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत महिला भलिबलमा भारत फाइनल प्रवेश गर्न सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप ) को कभर्डहलमा भएको पहिलो सेमीफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा…
|
2020/07/07 20:11:11
|
https://onlinekhelkhabar.com/archives/date/2019/11
|
mC4
|
पोखरामा केन्दो खेलको प्रशिक्षण सुरु – Pokhara News by Ganthan
पोखरा २१ जेठ/नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिको आयोजनामा मंगलबारबाट पोखरामा केन्द्रो खेलको खेलाडी प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा ३० जना स्कुलमा अध्ययनरत विद्यार्थी सहभागी बनेका छन् । जापानी खेल केन्दोको बेग्लै महत्व रहेकोले यो खेलमा नयाँ खेलाडी उत्पादन गर्ने हेतुले प्रशिक्षण सुरु भएको हो । पोखरा लर्नस एकेडेमीको सभाहलमा आयोजित प्रशिक्षण ४ दिन सम्म चल्नेछ ।
तालिममा फस्ट अन्तराष्ट्रिय मेडलिष्ट अमित चौधरी र अन्तराष्ट्रिय मेडलिष्ट खेलाडी दिपेश डंगोलले सहजीकरण गर्ने नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिका अध्यक्ष विधान गौतमले जनाए । गण्डकी प्रदेशमा केन्दो खेलको विकास गर्दै नयाँ खेलाडी उत्पादन गर्न आफुहरुले लक्ष्य रहेको अध्यक्ष गौतमले बताए ।
केन्दो खेलमा लाग्न खोज्ने खेलाडीले छोटो समयमानै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने मौका पाउने नेपाल ईआइदो एण्ड केन्दो संघ कास्की जिल्लाका अध्यक्ष महेश्वर रिमालले बताए । चार दिने तालिममा सहभागीलाई केन्दो सम्बन्धि वेसिक ज्ञान प्रदान गरी उनीहरुलाई खेल्न सक्ने बनाइने नेपाल ईआइदो एण्ड केन्दो संघका केन्द्रिय सचिव तथा केन्दो खेलका प्रमुख प्रशिक्षक अमित चौधरीले बताए ।चौधरी केन्द्रोको थर्ड डन प्राप्त गर्ने पहिलो खेलाडी हुन् । नयाँ खेलको 'boutमा जानकारी प्राप्त गरी अगाडी बढ्न पाउने भएपछि सहभागीहरु पनि उत्साहित छन् ।
|
2020/07/05 23:30:34
|
https://ganthan.com/sports/kheladi-prasikshen/
|
mC4
|
Bishes Khabar | बाढीपहिरोबाट निधन हुनेका परिवारलाई दुई लाख राहत
बुधबार ०३, कार्तिक २०७८ ०६:१४
काठमाडाैं । सरकारले बाढीपहिरोबाट निधन हुनेका परिवारलाई दुई लाख राहत दिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले एकै परिवारका दुई सदस्य निधन भएमा तीन लाख राहतस्वरुप दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यसैगरी बाढी पहिरोका कारण आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार दिइने भएको छ ।
परिवारमा सोभन्दा बढी सदस्य भएमा २० हजार दिइने छ । यसैगरी विपद्मा परी घाइते भएकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको उनले सुनाए ।
पछिल्लो समय एक्कासी मौसम परिवर्तन भई गएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा भएको क्षतिका विवरण सङ्कलन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
विषयगत मन्त्रालयलाई क्षतिको विवरण सङ्कलन गरी तत्काल प्रतिवेदन पेश गर्न बैठकले निर्देशन दिएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारका विभिन्न निकायलाई राहत र उद्धारमा जुट्न सरकारले अनुरोध गरेको छ । विपद्मा स्वतःस्फूर्त खटेका सबैलाई सरकारले धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच सरकारको १०० दिनका उपलब्धिका सन्दर्भमा राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाँणले राज्य कब्जाको शैलीमा पूर्व सरकारले चालेका कदम रोक्दै संविधान रक्षा गर्नु नै वर्तमान सरकारको मुख्य उपलब्धि भएको बताए ।
'देशलाई एकदलीय कब्जाबाट मुक्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा फर्काउनु नै सरकारको १०० दिनको मुख्य उपलब्धि हो, प्राकृतिक विपद्को सामनासँगै संविधानको रक्षा गर्न सरकार सफल भएको छ,' उनले भने।
कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारले खोप उपलब्ध गराएर महत्वपूर्ण काम गरेको मन्त्री खाँणले सुनाउनुभयो । यो सरकार गठन भएपछि अन्तर्राष्ट्रिय जगत्बाट खोप आउन थालेकाले अग्रभागमा काम गर्ने प्रायः सबैजसो नागरिकलाई खोपको व्यवस्था हुन सकेको छ ।
बाढी पहिरोबाट पीडित भएकालाई उद्धार एवं राहतका लागि नेपाली सेनाको हेलिकप्टर मात्रले नपुगे निजी क्षेत्रको पनि सेवा दिइने गरी तयारी गरिएको जानकारी पनि मन्त्री खाँणले दिए। बाढी, डुबानलगायत समस्याबाट उद्धार गरिएकालाई हाल सरकारी विद्यालयमा राखिएको छ । घर भत्काएकाको त्यही स्थानमा निर्माण गर्न जग्गा नभए तीन लाखसम्म उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको उनले बताए ।
कृषि क्षेत्रमा भएको क्षतिको वास्तविक तथ्याङ्क लिएर किसानलाई राहत र क्षतिपूर्ति दिने गरी सरकारले तयारी गरेको छ । मानवीय भावनाका आधारमा पीडितको उद्धार र राहतमा जुट्न पनि सरकारले आह्वान गरेको छ ।
|
2021/11/27 17:58:09
|
https://bisheskhabar.com/news/3982
|
mC4
|
नगरपालिकाका ४१ वटा बिद्यालयमा कक्षा ५ सम्म अध्ययनरत सबै बिद्यार्थीले किताब सँगै कापी कलम र ड्रेस पाएका हुन् । नगरपालिकाको निति तथा कार्यक्रम अनुसार नयाँ शैक्षिक सत्र सुरु भएको बैशाख २ देखि नै किताब सँगै कापीकलम दिएको र ८ गतेदेखि ड्रेस बितरण गरेको नगरपालिकाको शिक्षा शाखाले बताएको छ ।
शिक्षा शाखा प्रमुख धनन्जय अाचार्यका अनुसार नगरपालिकाकाे ७५ लाख बजेटबाट कापीकलम र ड्रेस बितरण गरिएको हाे । उनले काेही बिद्यार्थी पनि अार्थिक अभावले शिक्षाबाट बन्चित हुन् नपराेस भनेर बर्षभरी चाहिने कापीकलम र ड्रेस वितरण गरेको बताए ।
शैक्षिक सत्र शुरु भएको लामाे समयसम्म पनि पुरानै किताब पढ्नुपर्ने बाध्यता अन्त्य भएको बताउँदै उनले भने कक्षा १० सम्मका सबै बिद्यार्थीलाई किताब बितरण भइसकेको छ । राज्यले नै बिद्यार्थीलाई अावश्यक पर्ने स्टेशनरी सामाग्री र ड्रेस बितरण गर्न थालेपछि सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी संख्या बढेको शाखा प्रमुख अाचार्यकाे बिश्वास छ ।
नगरपालिकाले बर्षभरी लेख्न मिल्ने कापीकलम र ड्रेस दिएपछि सामुदायिक बिद्यालय प्रति बिद्यार्थीकाे मात्रै नभएर अभिभावककाे पनि बढ्दाे अाकर्षण छ । अब चाैरजहारीमा गरिब भएकै काेही पनि अाधारभुत शिक्षाबाट बन्चित हुनुपर्ने बाध्यताकाे अन्त्य भएको शिक्षा क्षेत्रका अगुवाहरुकाे भनाइ छ ।
Facebook Comments
सिस्ने अनलाइन
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
|
2022-12-03T02:19:18Z
|
https://sisneonline.com/2019/04/25/2916/
|
OSCAR-2301
|
जताजतै चर्चामा आएको लेड बल्ब हो चाहिँ के ? यस्ता छन् विशेषता Weekly Nepal
जताजतै चर्चामा आएको लेड बल्ब हो चाहिँ के ? यस्ता छन् विशेषता
काठमाडौं । भारतबाट सरकारले खरिद गर्न लागेको लेड (LED) बल्बको विषय अहिले चर्चामा छ। यसबिषयमा एक राष्ट्रिय दैनिकले लेखेको समचारले अहिले विवाद खडा गरेको छ। पैसाको चलखेल भन्दै खबर छापेपछि लोडसेडिङ हटाएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर यसबारे स्पष्टिकरण समेत दिइसकेका छन्।
आखिर के हो लेड बल्ब ?
गाउँघरमा भर्खर बिजुली बत्तीको मुख देख्दा हामी सबैले सबैभन्दा पहिले टङ्गस्टेन बल्ब देखेका हौँ।सामान्यता २०-३० वाट देखि १००-२०० वाटसम्मका टङ्गस्टेन बल्बले विद्युति उर्जाको २०-३० प्रतिशत मात्र प्रकाशमा परिणत गर्न सक्छ । बाँकी ७०-८० प्रतिशत विद्युति उर्जा ताप शक्तिमा परिणत हुन्छ। त्यसैले यस्तो बल्ब केही बेर बाल्दा पनि छुनै नसकिने गरि तातो हुन्छ।
त्यसपछि ट्युबलाइट प्रचलन आयो। जसलाई फ्लोरिसेन्ट बल्ब भनिन्छ। यसले विद्युति उर्जालाई निकै हदसम्म खपत गर्छ। अर्थात १० वाटको टङ्गस्टेन बल्बले जति प्रकाश उत्पन्न गर्छ त्यसको कयौं गुणा १० वाटको ट्युबलाइटले गर्छ। त्यसपछि सिएफएल अर्थात Compact Fluorescent Lights पनि ट्युबलाइटकै सानो तर परिस्कृत भर्जन हो।
तुलाना गर्दा ४० वाटको टङ्गस्टेन बल्बले ५५० लुमेन्स प्रकाश दिन्छ, यहि प्रकाश ९ वाटको सिएफएल बल्बले दिन्छ। त्यसपछि अहिले प्रचलनमा लेड बल्ब आएको छ । ७ वाटको लेड बल्बले नै ७०० लुमेन्स प्रकाश दिन्छ। (लुमेन्स आंखाले देख्न सकिने प्रकाश मापन गर्ने एकाई हो)
देशमा लोडसेडिङ अन्त्य भएको छ। तर यो डेढ-दुई वर्ष सम्म कुनै ठूला आयोजनाले विद्युत उत्पादन सुरु नगर्ने तर खपत बढ्ने देखेपछि उर्जा मन्त्रालयले खपत घटाउन देशभरका अन्य बल्बलाई बिस्थापित गर्ने उद्धेश्यले लेड बल्ब खरिदको प्रक्रिया अघि बढाएको हो।परम्परागत बल्ब भन्दा १० औँ गुणा कम विजुली खपत गर्ने, तर प्रकाश बढी दिने भएकाले लेड बल्बको माग अहिले विश्वभर छ।
यो बाहेक लेड बल्बको विशेषता के-के छन् ?
-सामान्य टङ्गस्टेन बल्बको लाइफटाइम करिब १००० घण्टा हुन्छ। सिएफएलको १०,००० घण्टा हुन्छ। लेड बल्ब ५०,००० घण्टासम्म लगातार बल्न सक्छ।
-१०,००० घण्टा (४१६ दिन दिनरात) सम्म सिएफएल बल्ब निरन्तर बल्दा ७०० किलोवाट विजुली खपत गर्छ। तर ५०,००० घण्टा (२०८० दिनरात) बल्दा पनि लेडबल्बले केवल ५०० किलोवाट बिजुली खपत गर्छ।
-अन्य बल्ब भन्दा लेड बल्बले उर्जालाई किफायती ढंगले प्रकाशमा परिणत गर्छ। अर्थात अन्य बल्ब जस्तो यो तात्ने हुँदैन।
लेड बल्बलाई हामीले दैनिक जीवनमा प्रयोग गर्दै आएका छौ। मोबाइलको फ्ल्यास देखि सोलारबाट चल्ने बिभिन्न बल्बहरुमा लेड प्रयोग हुँदै आएको छ। यो विभिन्न रंगमा किन्न पाइन्छ।
|
2017/10/21 14:17:02
|
http://weeklynepal.com.np/%E0%A4%9C%E0%A4%A4%E0%A4%BE%E0%A4%9C%E0%A4%A4%E0%A5%88-%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%86%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A5%87%E0%A4%A1-%E0%A4%AC/
|
mC4
|
यस्ता छन् श्रीदेवीकी दुई छोरीहरु (फोटोफिचर) - MUKUNDA NEUPANE
Home » SHYANE » यस्ता छन् श्रीदेवीकी दुई छोरीहरु (फोटोफिचर)
बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको हृद्यघातका कारण आज दुवईमा मृत्यु भयो । ५४ बर्षकी श्रीदेवी आफ्नो पति बोनी कपूर र कान्छी छोरी खुशी कपूरको साथमा आईतबार दुवईमा एक बिवाहमा सहभागी हुनको लागि त्यहाँ पुगेकी थिईन् । अचानक उनको मृत्युको खबरले बलिउड मात्र नभएर उनका हरेक देशमा रहेका शुभचिन्तक स्तब्ध भएका छन् ।
जानकारीका अनुसार श्रीदेवीको शबलाई दुवईबाट भारतको मुम्बईस्थीत उनको घरमा ल्याउने काम भईरहेको छ, जहाँ अहिले उनकी जेठी छोरी जान्ह्वी कपूर छिन् । श्रीदेवीको मृत्युको कुरा गरिरहँदा आज हामी उनकी दुई छोरीको बारेमा कुरा गर्न गईरहेका छौँ ।
श्रीदेवीको जेठी छोरी जान्ह्वी कपूर अहिले आफ्नो चलचित्रको सुटिङमा ब्यस्त छिन् । 'धडक' फिल्मको सुटिङमा ब्यस्त उनी परिवारको साथमा दुवई पनि जान पाएकी थिईनन् । त्यसकारण पनि आमालाई जान्ह्वीले अन्तिम पलमा देख्न पाईनन् ।
श्रीदेवीकी कान्छी छोरी खुसीले केहि महिना अघि भारतको नृत्यसँग सम्बन्धित एक रियालिटी शो मा भाग लिएकी थिईन् । बिजेता बन्न नपाएता पनि उनले उक्त शो मार्फत राम्रै चर्चा बटुलेकी थिईन् । हेरौ केहि तस्विरहरुः
|
2022/07/07 07:42:55
|
https://www.mukundaneupane.com.np/2018/02/blog-post_336.html
|
mC4
|
काश्मीरमा आतंकारी समूह हिजबुल मुजाहिदीनका प्रमुखसहित प्राेफेसर मारिए – Nepal News
काश्मीरमा आतंकारी समूह हिजबुल मुजाहिदीनका प्रमुखसहित प्राेफेसर मारिए
काश्मीर, वैशाख २३ । जम्मू–कश्मीरको शोपिया जिल्लाको बाडिगाम क्षेत्रमा भारतीय सुरक्षा बलले आइतबार पाँच आतंकारीलाई मारिदिएको छ । सुरक्षा बलले यो पछिल्लो समय हात पारेको सबैभन्दा ठूलो सफलता भएको दाबी गरेको छ ।
उनीहरुका अनुसार मृत्यु हुनेमा आतंकारी समूह हिजबुल मुजाहिदीनका शीर्षनेताहरु समेत रहेको दाबी छ । सुरक्षा बलसँगको मुठभेडमा हिजबुल कमाण्डर सदाम पद्दार र उनका दुई साथी बिलाल मौलवी र आदिल समेत पाँच आतंकारी मारिएको बताइएको छ ।
मृत्यु हुनेमा भर्खरै कश्मीर यूनिवर्सिटीको प्रोफेसरबाट राजीनामा दिएर आतंकवादी समूहमा प्रवेश गरेका मोहम्मद रफी पनि रहेको सुरक्षा बलले दाबी गरेको छ । एक जनाको भने अहिलेसम्म पहिचान हुन सकेको छैन ।
सदाम पद्दार मुजाहिदीनको शीर्ष कमाण्डर भएको र उनी बुरहान वानी ब्रिगेडका एकमात्र जीवित हिज्बुल कमाण्डर थिए । यो मुठभेडमा २ जना सुरक्षाकर्मी घाइते भएको छन् । घाइते मध्ये एक जना सेना र एक जना प्रहरी भएका बताइएको छ ।
प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै दक्षिण कश्मीरमा मोबाइल र इंटरनेट सेवा बन्द गरेको छ । एक प्रहरी अधिकारीका अनुसार शोपिया जिल्लाको जैनापुरा क्षेत्रमा बडीगाम गाउँमा आतकारीले सेल्टर लिई रहेको सूचनाका आधारमा सुरक्षा कारबाही गरिएको थियो । सुचना पाए लगत्तै सुरक्षा बलले आइतबार विहान नै उत्त क्षेत्रलाई घेराबन्दी गरी खानतलासी शुरु गरेको थियो ।
|
2019/09/18 09:24:46
|
https://everestdainik.com/2018/05/179437/
|
mC4
|
कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। आजको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र राष्ट भारत को गोण्डा बीच पर्तिस्पर्धा रहेको थियो। जसमा चितवनले टास जितेर बैटिंग गर्ने निर्णय लिएको थियो। चितवानले आफ्नो निर्धारित १६ ओवर २ बालमा ९८ रन बनाएर आल आउट भएको थियो र गोण्डालाई ९९ रनको लक्ष्य दिएको थियो।
जवाबमा गोण्डाले १६ ओवरमा ३ विकेट गुमाएर नै फाइनल मैच हात पारेको थियो। जस्मा नौनित चर्तुवेदीले २५ बाल खेलेर ३१ रन बनाएर आफ्नो टीम गोण्डालाई बिजय हासिल गराए।
बिजेता र उपविजेता टीमलाई कृष्णनगरको उद्योग वाणिज्य संघको सभा हालमा पुरस्कार वितरण तथा समापन कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको थियो।
बिजेतालाई रु १ लाख, कप र सबै खेलाड़ीहरुलाई मेडल प्रदान गरिएको थियो भने उपविजेतालाई रु ५० हजार ,कप र सबै खेलाड़ीलाई मेडल प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह द्वारा प्रदान गरिएको थियो। मैचको मैन ऑफ दा सिरीज गोण्डा टिमको कप्तान चित्रांश रहे।
काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ८ वर्ष अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्कासन गर्न लागेको हो छ ।
डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–३ देउकाँडामा पहिलो पटक खानेपानी पुगेको छ । गाउँमा वर्षौपछि खानेपानी पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।
खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँवासी गाउँमा खाने पानी पुगेपछि निकै खुसी भएको स्थानीयवासी धर्मबहादुर लुहारले बताए ।
|
2021-02-25T15:51:49Z
|
https://www.nidarnews.com/2018/07/30/18454.html
|
OSCAR-2109
|
लालबन्दीमा ७२ जनालाई क्वारेन्टाईनमा राखियो,हाल ३२ जान बस्दै
कमलामाई खबर सम्वाददाता प्रकाशित: २०७७-३-३ गते ७२२ पटक हेरिएको
सर्लाहीको लालबन्दी नगरपालिकाले तयार गरेको कृर्षि सामाग्री कम्पनी लिमिटेडको क्वारेन्टाईनमा हाल सम्म ७२ जनाको व्यावस्थापन गरि सकेको लालबन्दी नगरपालिकाले जनाएको छ । छिमेकी देश भारतका विभिन्न स्थानमा रोजगारीको सिलसिलामा गएर आएका नगरभित्रका विभिन्न स्थानका नागरीकहरुलाई व्यावस्थापन गरिएको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो ।
जेठ ९ गतेबाट नागरीकको व्यावस्थापनमा लागेको नगरपालिकाले हाल सम्म ४० जनालाई होमक्वारेन्टाईनमा बस्ने सर्तमा छोडि सकेको नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । भने यो समाचार तयार पर्दा सम्म क्वारेन्टाइनमा ३२ जना रहेका छन । ११ जना महिला र २१ जना पुरुष नगरले तयार पारेको क्वारेन्टाईनमा बसेका नगर स्वास्थ्य शाखा उप प्रमुख सुरेन्द्र कुमार खतिवडाले बताउनु भयो । भने नगरपालिकाले ११ वेडको आइसेलेसन वार्ड समेत तयार पारी सकेको छ भने ९ वेडको आइसोलेसन वार्ड बनाउने कार्य जारी रहेको नगरपालिकाले जनाएको छ ।
छिमेकी देश भारतको महाराष्ट्र,डिल्ली,गुजरात,सितामढी,मुम्बई र सोनवर्षामा रोजगारीको सिलसिलामा गएर फर्किएका नागरीहरुलाई व्यावस्थापन गरिएको छ । भने उनिहरुलाई आरडिटी परिक्षण गरि रिपोर्ट नेगेटिभ आएपछि होमक्वारेन्टाईनमा बस्ने सर्तमा घर पठाइएको नगर प्रमुख खड्काले बताउनु भयो । जिल्लामा २० वटा स्थानिय निकाय रहेका भएपनि हाल सम्म लालबन्दी नगरपालिकामा १ जना पनि कोरोना संक्रमित नरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ । भने क्वारेन्टाईनमा रहेका नागरीकहरुले पिसिआर टेष्ट र चाँडो रिपोर्टको माग गरेका नगरपालिकाले जनाएको छ ।
|
2022/06/24 21:49:45
|
https://kamalamaikhabar.com/news/576
|
mC4
|
काठमाडौं : पुँजीगत लाभकरमा भारित औषत लागतको समस्या समाधान गर्न माग राख्दै नेपाल पुँजीबजार लगानीकर्ता संघले राजस्व सचिव शंकर घिमिरेलाई पत्र बुझाएको छ । संघकी अध्यक्ष राधा पोखरेलले आइतबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पुँजीगत लाभकर गणना सम्बन्धमा उत्पन्न समस्याका बारेमा ध्यानकार्षण पत्र राजस्व सचिव घिमिरेलाई बुझाएकी हुन् ।
अध्यक्ष पोखरेलले समस्या समाधानका लागि तत्काल राजस्व सचिवले कदम चाल्ने विश्वास लिएको बताइन् । साथै, संघले अहिलेकै अवस्थामा सडक संघर्षमा जानु हतार हुने समेत बताएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले ब्रोकर कम्पनीलाई भारित औषतको विषयमा लगानीकर्तालाई निरुत्साहित हुने किसिमले पत्रकाटेको संघको आरोप छ ।
यसले लामो संघर्ष र प्रतीक्षा पश्चात भित्र्याइएको अनलाइन ट्रेडिङ् सिस्टमलाई नै जिस्क्याइएको जस्तो देखिएको संघको भनाई छ । पुँजी बजारलाई ल्याप्चे सिस्टममा धकेल्न प्रयत्न भएको समेत संघको ठहर छ ।
अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणमा आयकर ऐन २०५८ को दफा ९५ (क) को संशोधन मार्फत उपदफा २ को २ (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो । यस्तो अवस्थामा पनि सिडिएसले लगानीकर्तालाई निरुत्साहित बनाउन पत्र पठाएको संघको आरोप छ ।
भेटका क्रममा राजस्व सचिवले समस्या तत्काल समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएको उनले बताइन् । अर्थ मन्त्रालयबाटै राजस्व सचिवले नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेलाई टेलिफोन गरेर समस्या समाधान गर्न निर्देशन दिएको समेत पोखरेलले नेपाली पैसालाई जानकारी दिइन ।
|
2019/12/07 01:14:58
|
http://www.nepalipaisa.com/NewsDetail.aspx/NEPSE/Nepal-Stock-Exchange-Limited/id/27394
|
mC4
|
एशिया कप छनौटअन्तर्गत ताजकिस्तानसँग खेल्ने नेपाली टोलीमा को–को छन् ? — Arthatantra.com
Arthatantra.com > मुख्य समाचार > एशिया कप छनौटअन्तर्गत ताजकिस्तानसँग खेल्ने नेपाली टोलीमा को–को छन् ?
एशिया कप छनौटअन्तर्गत ताजकिस्तानसँग खेल्ने नेपाली टोलीमा को–को छन् ?
काठमाडौ । एशिया कप छनौटअन्तर्गत आगामी मंगलबार ताजकिस्तानसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले ताजकिस्तानसँगको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।
गोलकिपरमा किरण चेमजोङ, विशाल श्रेष्ठ र विकेश कुथु छन् । डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी र कमल श्रेष्ठ छनौट भएका छन् । मिडफिल्डरमा सुनील बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छानिएका छन् ।
फरवार्डमा विमल घर्तिमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास छन् । यमनसँगको खेलमा टोलीमा परेका फरवार्ड अनिल गुरुङ यसपटक टोलीमा परेका छैनन् । उनको स्थानमा जर्ज प्रिन्स कार्कीलाई राखिएको छ । छनौटको समूह एफमा रहेको नेपालले आउँदो मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटो काठमाडौंमा ताजकिस्तानसँग खेल्ने छ ।
फिलिपिन्ससँगको खेलमा मनिलामा पराजित भएको नेपालले यमनलाई ३ महिनाअघि भने हल्चोकमा बराबरीमा रोकेको थियो । मंगलबारको खेलपछि नेपालले फिलिन्सिसँग होम तथा यमन र ताजकिस्तानसँगको अवे खेल खेल्न बाँकी रहने छ । यो समूहको शीर्ष दुई स्थानमा परेमा नेपाल सन् २०१९ मा हुने एशिया कपमा छनौट हुने छ ।
|
2021/05/07 10:28:14
|
https://arthatantra.com/2017/09/03/32401/
|
mC4
|
अघिल्लो बजेटलाई प्रतिस्थापन गर्न ल्याएको विधयेकको पूर्णपाठ - Arthasansar
शुक्रबार, २५ भदौ २०७८, १७ : १८ मा प्रकाशित
प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बिच सरकारले अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापना गर्ने सम्बन्धी अध्यादेश संसदमा पेस गरेको छ । चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
|
2021/12/02 01:11:56
|
https://arthasansar.com/news/31944
|
mC4
|
पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिने अड्कलबाजिका बिच रोकिएको भन्ने खवर सार्वजनिक भइरहेका बेलामा प्रतिपक्षिदल एमालेले यसबारेमा सरकारसँग जवाफ मागेको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको खवरबारे संसदलाई स्पष्ट पार्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण रोकिएको भन्ने खबर आएको भन्दै के हो प्रष्ट पार्न माग गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति नलिएको दाबी गर्दै पाण्डेले प्रश्न गरे, ‘चिनियाँ राष्ट्रपति आउने तय भएको थियो । अहिले रोकिएको भन्ने खबर आएको छ । के भएको हो सरकारले सदनमा जानकारी गराउनुपर्छ ।’
प्रचण्ड स्वयमले अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरुका लागि कहाँबाट पैसा आउँछ भनेर प्रश्न गरेको स्मरण गर्दै उनले भने, ‘आज म प्रश्न गर्न चाहन्छु, कहाँबाट आउँछ पैसा ?’
भूकम्प पीडितले ५० हजार रुपैयाँ समेत पाउन नसकेको बेला सरकारले ८ लाखसम्म दिने घोषणा गरेको भन्दै उनले भूकम्प पीडितले घोषणा मात्र पाउने हो भनि प्रश्त समेत गरे ।
लेलीन बन्जाडेको शब्दमा शुबास शर्माको आवाज तपाईं हाँस्नुस्, रोइदिने हामी छौं(अ)प्रिय प्रधानमन्त्रीज्यू !भन्नेले भन्छन्–– नाममा के छ र !नाममा सबथोक छ । तपाईंका ३ वटा नाममा पनि सबथोक छ ।गाउँतिर तपाईं...
|
OSCAR-2019
|
||
माउण्टेन इनर्जीकाे आईपीओ आजबाट खुला - Ratokhari
माउण्टेन इनर्जीकाे आईपीओ आजबाट खुला
माउण्टेन इनर्जी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको आईपीओ बुधवारदेखि विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित म्याग्दी र नुवाकोट जिल्लाका स्थानीयका लागि आईपीओ विक्री खुला गरेको हो । यस अघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएकोमा बाढी पहिरोका कारण आयोजना क्षेत्रमा गएर सेवा दिन नसकिने भन्दै स्थगित गरेको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि १९ करोड ६८ लाख २ हजार सात सय बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोही रकम बराबरको आईपीओ विक्री गर्नेछ ।
स्थनीय र सर्वसाधारणका लागि गरि कुल ३९ करोड ३६ लाख ५ हजार चार सय बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २५ गतेनै अनुमति पाएको हो ।
छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिने उक्त कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था भएकाे बताइएकाे छ ।
|
2020/09/23 08:20:10
|
http://eratokhari.com/09/6757
|
mC4
|
लागुऔषध तस्करीको 'ट्रान्जिट प्वाइन्ट' बन्दै सर्लाही | Ujyaalo Online:: Nepal News, Nepali Samachaar
लागुऔषध तस्करीको 'ट्रान्जिट प्वाइन्ट' बन्दै सर्लाही
पुस १, २०७५ आइतबार १७:२७:२७ | रामबाबु खड्का
सर्लाही – सर्लाही जिल्ला पछिल्लो समय अवैध लागुऔषध तथा गाँजा तस्करीको ट्रन्जिट बन्दै गएको छ ।
सर्लाहीको बाग्मती र लखन्देही नदीको बाटो भएर गाँजा तस्करीले भारती बजारमा लागुऔषध गाँजा पुर्यासउने गरेका छन् । उनीहरुले सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा खोलाको बाटो हुँदै लुकाई छिपाई नेपाल–भारतको सिमनामा लगेर भारती तस्करीलाई महङ्गो मूल्यमा बिक्री गर्ने गरेको गाँजा तस्करी संलग्न तस्करहरुले प्रहरीलाई बयान दिएका छन् ।
पछिल्लो समय सिन्धुलीको भित्री मधेश र मकवानपुरका पहाडी क्षेत्रमा व्यावसायिक रुपमै स्थानीयले गाँजा खेती गर्ने गरेका छन । सिन्धुलीको क्यननखोला, बरुणखोला, मोटरखोला क्यानसिर भालुमारालगायतका खोच तथा भित्री मधेसमा गाँजा तस्करले जग्गा भाडामा लिएर हजारौं बिघामा गाँजा खेती गर्ने गरेका छन् ।
यसरी व्यावसायिक रुपमा नै गाँजा खेती हुँदा समेत त्यस क्षेत्रका स्थानीय प्रहरी प्रशासन मौन बसेका छन् । सिन्धुली र मकवानपुरबाट बिक्री गर्नको लागि ल्याइएका गाँजा सर्लाही प्रहरीले दैनिक रुपमा बरामद गरेको छ । तस्करले गाउँबाट दैनिक ५ र ६ किलोका दरले लुकाएर अवैध गाँजा ल्याउने र सर्लाहीको सीमा क्षेत्रबाट भारतीय तस्करलाई बोलाएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
सर्लाही प्रहरीले केही दिन पहिले बाग्मती–लखन्देही फुलजोड लगायतका स्थानबाट ठूलो परिमाणमा लागुऔषध तथा गाँजा र ओसापोसारमा संलग्न गिरोहलाई प्रकाउ गरेको सर्लाहीका डिसपी बिश्वराज खड्काले जानकारी दिनुभयो ।
लागुऔषध गाँजा तस्करीमा गिरोहले महिला बालबालिकाको समेत प्रयोग गरेको छन् । सर्लाही प्रहरीले एक सातमा ६१ किलो गाँजासहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार गाँजा तस्करी संलग्न दाजु बहिनीलाई पाँच किलो गाँजासहित पक्राउ गरेको थियो ।
त्यस्तै केही दिनअघि कमैया र भक्तिपुरबाट मोटरसाइकलमा ल्याउँदै गरेको सात किलो गाँजा बरामद गरेको थियो । गाँजा तस्करीमा संलग्न गिरोहले गाउँबाट सस्तो मूल्यमा गाँजा ल्याउने र भारती गिरोहलाई प्रति किलोको दश हजारसम्ममा बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।
माथिल्लो भित्री मधेश खोचमा उत्पादन हुने गाँजालाई भारती प्रबिधिकहरुले साउन महिनामा त्यस ठाउमा गएर गाँजाको बोटलाई मल्चिङ गर्ने गरेको स्थानीयले बताएका छन । भिरालो थोरै जग्गामा समेत राम्रो गाँजा उत्पादन हुने भएकाले स्थानीयले गाँजा खेती गर्न थालेका हुन् । मकवानपुर जिल्ला गाँजा खेतीको लागि प्रख्यात भएको भनिएपनि पछिल्लो समय सिन्धुली जिल्ला थपिएको छ ।
सिन्धुलीको मरीण गाउँपालिका हरीहरपुर गढी गाउँपालिका र घ्याङलेख गाउँपालिकाको विभिन्न स्थानमा व्यापक गाँजा खेती भएको सुराक पाएपछि केही दिनअघि झण्डै ५० बिगाहाभन्दा बढी जग्गामा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको सिन्धुलीका डीएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो ।
अझै त्यस क्षेत्रको क्यानखोला र बरुण खोलामा गाँजा खेती भएको जानकारी आएको उहाँले बताउनुभयो । एकान्त र अप्ठ्यारो स्थान गाँजा खेती भएकाले पनि समयमा नष्ट गर्ने नसकिएको उहाँले बताउनुभयो ।
|
2019/06/25 06:36:48
|
http://ujyaaloonline.com/story/11934
|
mC4
|
चर्चित बाल गायक सचिन परियारका बुवा तेजेन्द्र प्रहरी सहायक निरिक्षक बने-भिडियो सहित | Butwal Dainik
चर्चित बाल गायक सचिन परियारका बुवा तेजेन्द्र प्रहरी सहायक निरिक्षक बने-भिडियो सहित
काठमाडौ :- चर्चित बाल गायक सचिन परियारका बुबा तेजेन्द्र परियार सहयक प्रहरी निरीक्ष बनेका छन् । तर उनी रियलमा होइन रिलमा प्रहरी निरिक्षक बनेका हुन् । उनले सत्य घटनामा आधारित " कञ्चन " म्युजिक भिडियोमा प्रहरीको भुमिका निभाएकाहुन । त्यसो त उनी कलाकार नै हुन् । उनले यस अघि पनि विभिन्न म्युजिक भिडियोमा काम गरिसेका छन् ।
माइक्रोलिन्क मुभी मिडियाको ब्यानरमा बनेको यो गित एकदमै सत्यतथ्य र एकदमै भावुक हुने खालको छ । उक्त गितमा सचिनका बुबाको प्रहरिको भुमिका छ । जहाँ , कन्चनलाई उनले नै पक्राउ गर्छन र जे ल मा हाल्छन अनि सम्झौता गरेर उनलाई रिहा गरेको देखिन्छ ।उनी उसो त केही म्युजिक भिडियोमा पहिले नै अभिनय गरिसकेका कलाकार हुन । उनले पहिलोपटक प्रहरीको भुमिका निभाएका हुन ।
व्यावसायिक विज्ञापन बिनानै " कञ्चन " म्युजिक भिडियो ट्रेन्डिङ यात्रामा प्रवेश गरेको छ । सत्य घटनामा आधारित उक्त गित दर्शकको रोजाइमा परेको हो । भिडियो हालेको २४ घण्टा नबित्दै सो गित ४ लाख दर्शकको रोजाइमा परेको हो । यो समाचार बनाउदै गर्दा हाल यो भिडियो २४ न ट्रेन्डिङमा परेको छ ।
चितवनका कन्चन तिमिल्सिनाको प्रेम कथामा आधारित "कन्चन " नामक गीत मा मेचीकाली खबर युटुब च्यानल मार्फत रिलिज भएको छ । कन्चनले एक अनिशा नामक केटि संग प्रेम गरेका हुन्छन। उनीहरु एक अर्का बिना बा'च्न नसक्ने भए पछि उनीहरु बिहे गर्दछन्। अनिशाको माइती ले हामी स्वीकार गर्छौ , आउनु होस् हामी टिका लगाएर पठाऊछौ भन्छन। उनीहरु ससुराली आउदछन्।
|
2021/07/30 14:14:43
|
https://www.butwaldainik.com/2021/03/29/9405/
|
mC4
|
यस आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त "घ" वर्गको वित्तिय संस्था हो | नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७३/०५/१० मा प्रचलित नेपाल कानुन बमोजिम पब्लिक लिमिटेड कम्पनिको रुपमा दर्ता भई द.नं. १५४५९९ भएको र मिति २०७३/१०/१२ मा दश जिल्ला कार्यक्षेत्र रहनेगरी नेपाल राष्ट्र बैंकबाट वित्तिय कारोबारको इजाजत पत्र नं.: ने.रा.बैंक/इ.प्रा./घ/५४/०७३/०७४ प्राप्त गरि संस्थाले वित्तीय कारोबार संचालन गरेको छ | यस संस्थाको केन्द्रीय कार्यालय भिरकोट - १, बयरघारी स्याङ्जामा रहेको छ |
|
2021-11-27T02:17:04Z
|
http://albs.com.np/about-us/introduction
|
OSCAR-2201
|
असोज ७, चितवन । सामाजिक बिषयवस्तुमा आधारित लघुचलचित्र आज सार्वजनिक गरिएको छ । निर्देशक आभास रानाद्धारा निर्देशित घटनास्थलको फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको हो ।
समाजमा आपराधिक मनोवृत्तिका मानिसहरुमा पनि मानवीयता र करुणभाव हुन्छ भन्ने चलचित्रद्धारा देखाउन खोजिएको निर्देशक रानाले जानकारी दिए । चितवनमै छायांकन तथा सम्पादन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा देव आर्यन, आभास राना, सपना रम्तेल, जस्मिन अधिकारी रहेका छन ।
यस्तै चलचित्रमा मेघराज पौडेल, कृष्णराज भट्ट, विशाल सिंह र नवराज क्षेत्रीको अभियनय रहेको छ । रानाका अनुसार चलचित्रमा एक अर्काप्रति आपराधिक र दुश्मन मनोवृत्ति विकास भई हत्या गर्न लागिएको अवस्थामा अपराधीले पश्चाताप मानी अपराध गर्न छोडेको बिषयबस्तुमा चलचित्रको कथा घुमेको छ ।
अपराधीहरु पनि बाध्यता र गलत संस्कार र संगतका कारण अपराधिक क्रियाकलापमा लागेको भएपनि उसमा मानवीय भावना ओतप्रोत भई अप्रिय घटना हुन नपाएको कथामा देखाउन खोजिएको छ । '
अपराधीमा पनि मानवीय भावना हुन्छ, निर्देशक रानाले भने, यो चलचित्रले समाजमा यस्ता घटना न्यूनिकरण गर्न सहयोग पुग्नेछ ।' लघुचलत्रिको कथा, छायांकन, परिकल्पना, सम्पादन पनि राना स्वयंले गरेका हुन ।
पिक्सेल प्यालेसद्धारा निर्माण गरिएको यो चलचित्र दर्शकले 'पिक्सेल प्यालेस स्टुडियो' युट्युब च्यानल मार्फत हेर्न सक्नेछन । यसअघि रानाले व्हाइट रिस्क,चितवन चकलेट, वाफ, मोड, चिम्टा लगायत दर्जनौ चलचित्रमा निर्देशन गरिसकेका छन भने सयभन्दा बढी मयूजिक भिडियोको निर्देशन समेत गरिसकेका छन । निर्देशक राना चितवन आधारित क्षेत्र रहेर समसामयिक र सामाजिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अब्बल निर्देशक मानिन्छन ।
|
2022/05/22 07:26:48
|
https://www.narayanidainik.com/2020/4635
|
mC4
|
होटल व्यवसायी भन्छन्- सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ – Bikash Khabar
होटल व्यवसायी भन्छन्- सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ
सोमबार, २६ माघ २०७७ गते ८:३३ मा प्रकाशित Author विकास खबर Comment(0) 393 Views
पोखरा । सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् ।
कोरोना संक्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका समस्यामा केन्द्रित भएर पश्चिमाञ्चल होटल संघ पोखराले आइतबार आयोजना गरेको बृहत् छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले विभिन्न बैंकमार्फत सहुलियत दरको पुनरकर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा उक्त कर्जा नपाएको कार्यक्रमका सहभागीका भनाइ थियो ।
कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीबीच एकअर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
नेपाल सरकारद्वारा व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने पुनरकर्जा, कर्जाको पुनर्तालिकीकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जीवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो ।
यसैगरी विद्युत् माग (डिमाण्ड) शुल्क तथा महशुल एवं विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए ।
होटल संघ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढंगले व्यवसायीले पुनरकर्जा पाउन नसक्नु दुःखद् भएको बताए ।
अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै पौडेलले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई व्यवसायीका समस्याबारे अवगत गराइसकिएको जानकारी दिए ।
पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको जनाउँदै यसका लागि व्यावसायिक एकतामार्फत सरकारलाई दबाब दिन जरुरी रहेको धारणा राखे ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनु परेको गुनासो गरे ।
पराजुलीले कोभिडको महामारीमा पनि संघले केही महिनाअघि पूर्वी नेपालमा 'जाउँ है पोखरा' अभियानलाई निरन्तरता दिएको, पूर्वका व्यवसायीको टोलीसमेत पोखरा आएको र आगामी दिनमा पश्चिम नेपालमा पनि 'जाउँ है पोखरा' अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।
यसैगरी भारतमा 'चलिए पोखरा' र चीन तथा अन्य देशमा समेत नेपाल पर्यटन बोर्डसँग मिलेर प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजनामा संघ रहेको उनको भनाइ थियो ।
संघका सल्लाहकार गोविन्दराज पहारी, अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईलगायतका व्यवसायीले सबैभन्दा पीडित नै अहिले होटल क्षेत्र भएको जनाउँदै यो क्षेत्रलाई रुग्ण उद्योगका रूपमा सरकारले घोषणा गरेर सहुलियत दिनुपर्ने माग गरे ।
कर तिरेर पनि होटल व्यवसायीले अहिले संकट पर्दा सुविधा पाउन नसकेको उनीहरुको भनाइ थियो । सहभागीले कोभिडको असर अझै कम्तीमा तीन वर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालीन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव राखेका थिए ।
सरकारले पुनरकर्जाको व्यवस्था गरे पनि त्यो पाउन नसकिएको, बैंकले अनेक बहाना बनाएर व्यवसायीलाई दुःख दिने गरेको, झुलाउने गरेको र साना व्यवसायीलाई वास्ता नगरेको सहभागीको गुनासो थियो ।
काठमाडौं । धरहराको २०औं तलाको पुनःनिर्माणको काम सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न
गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ
|
2021/10/17 01:20:03
|
https://bikashkhabar.com/4255/
|
mC4
|
प्रतिबन्धका तीन महिना : फेरिएन ओली–विप्लवको बोली | Ratopati
प्रतिबन्धका तीन महिना : फेरिएन ओली–विप्लवको बोली
personलोकेन्द्र भट्ट exploreकाठमाडौं access_timeजेठ २, २०७६ chat_bubble_outline0
प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' समूहलाई हतियार बुझाई वार्तामा आउन सरकारले फागुन ३० गते औपचारिक रूपमा ३५ दिने 'अल्टिमेटम' दिएको थियो । यता चैत ११ गते नेकपा संसदीय दलको बैठकको सम्बोधनमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विप्लव समूहका अतिवादी र विध्वंशात्मक क्रियाकलाप चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका थिए ।
साथै सोही मितिमा सहज रूपमा हतियार बुझाई वार्तामा नआए विप्लवलाई जेलमा कोचिसक्ने उद्घोष गरेको थिए ।
चैत मसान्तभित्र वार्तामा नआए विप्लवलाई समेत हिरासतमा लिनसक्ने प्रधानमन्त्री ओलीको 'दम्भपूर्ण' भाखा भने पूरा हुनसकेको छैन । प्रहरी र कानुनी कारबाहीको दायरा र पहुँचबाट विप्लव टाढै छन् । उनले बेलाबेलामा सरकारविरुद्ध स्वतन्त्र रूपमा चेतावनी जारी गर्दै आएका छन् । तर सरकार विप्लवसम्म पुग्न नसके पनि उनी नेतृत्वको समूहमाथि धरपकड जारी नै राखेको छ ।
यस अवधिमा ६ सयभन्दा बढी विप्लव माओवादीका कार्यकर्ता प्रहरी हिरासतमा पुगेका प्रहरी बताउँछ । तीमध्ये कतिपयमाथि कानुनी कारबाही चलाइएको छ । कतिपय भने अदालतको आदेशमा धरौटी राखी छुटेका छन् । यस्तै बन्दी प्रत्यक्षीकरण रिट निवेदनको आधारमा सर्वोच्च अदालतको आदेशमा छुटेका केहीलाई भने लगत्तै प्रहरी हिरासतमा पुर्याइएको छ । तर पनि यतिबेला पनि ओली सरकार र विप्लव समूहबीचको जुहारी विध्वंशकारी काम रोकी हतियार बुझाई वार्तामा बस्न र आफूमाथि लगाइएको प्रतिरोध नहटाएसम्म वार्तामा बस्न नसक्ने तर्क–वितर्कको पेरिफेरीमा घुमेको छ । फागुन २८ गतेबाट सरकार र विप्लवसमूह बोलीको 'स्ट्यानबाजी'मा मात्रै रमाइरहेको देखिन्छ । प्रतिबन्धको तीन महिनाभन्दा बढी भइसक्दा पनि दुवै पक्षबीच वार्ताको वातावरण बनेको छैन ।
प्रधानमन्त्री ओलीले अधिकांश सार्वजनिक कार्यक्रमा विप्लव समूहलाई आफ्नो भाषणको मसला बनाउने गरेका छन् भने यता विप्लवले पनि बेलाबेला वक्तव्यबाजी गर्दै आएको छ ।
विप्लवलाई वार्तामा बस्न सरकारले बाध्यात्मक स्थिति वा विश्वासको वातावरण तयार गर्नसकेको छैन । नारामा वार्ताको आह्वान गर्ने सरकार कार्यकर्ताहरूको धरपकड गरी दमन नीति अख्तियार गरेर विप्लव समूहको गतिविधि निरुत्साहित गर्नतिरै उद्यत भएको देखिन्छ ।
तर सबै पक्षबाट सरकारले विप्लवसितको समस्या दमनबाट होइन, संवादबाट सुल्झाओस् । वार्ताको वातावरण तयार गरोस् र विप्लवलाई वार्तामा आउन प्रोत्साहित गरोस् भन्ने एउटै स्वर र चाहना प्रकट भएको देखिन्छ । यो कुरा सरकार पक्षका केही प्रमुख नेतादेखि सामाजिक अगुवा र प्रमुखप्रतिपक्षी दलले पनि बारम्बार दोहोर्याइरहेको छ ।
अविश्वसनीयताको पाटो
तर अहिलेको प्रतिबन्धित अवस्थामा सरकार विरोधी समूहसँग वार्तामा बस्नु समर्पण गर्नु बराबर हुने राजनीतिक विश्लेषकहरु बताउँछन् । समानताका आधारमा मर्यादित सम्झौतामा पुग्न नसकिने हुँदा वार्ताको निम्ति आवश्यक सहज वातावरणको अभावमा प्रतिबन्धित समूहले कुन आधारमा सरकारलाई विश्वास गर्ने भन्ने प्रश्नको विषय बनेको देखिन्छ ।
एकातिर व्यक्तिगत तवरमा विप्लवले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दुवैलाई विश्वास गर्नसक्ने अवस्था बनि नसकेको देखिन्छ ।
यता सरकारले पनि विप्लव समूहले हाँसो मजाककै रूपमा लिएको पाइन्छ । विप्लव समूहप्रति सरकारको बढ्दो अविश्वासनीयताले मुलुकमा अस्थिरता र द्वन्द्व निम्त्याउन कतिपयको तर्क छ । तर अहिले माओवादी 'जनयुद्ध'ताकाको जस्तो सुरक्षाको स्थिति कमजोर नरहेको सरकारको दाबी छ । यसको पुष्टि प्रचण्डले गर्दै आएका छन् ।
केही दिनअघि चितवनको एक कार्यक्रमा पूर्वमाओवादी अध्यक्ष प्रचण्डले 'यो २०५२ साल हो । बम पड्काएर जनतालाई आतङ्कित गरेर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो' भनेका थिए । यसै पनि सरकारी पक्ष विप्लव समूहको गतिविधप्रति गम्भीर नदेखिएको भान हुन्छ ।
ओली – विप्लवको फेरिएन बोली
विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको ९० दिनभन्दा बढी भइसके पनि दुवै पक्षको बोली उही पुरानै ठाउँमा छ ।
प्रतिबन्धित अवस्थामा पहिलो पटक सोमबार मात्र एक पत्रिकासितको कुराकानीमा विप्लवले सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता लिनुपर्ने पहिलो सर्त अघिसारेका छन् । साथै उनी सबै क्षेत्रको आफूमाथि समर्थन रहेको भन्दै हौसिएका पनि देखिन्छ ।
उक्त अन्तरवार्तामा विप्लवले भनेका छन्, 'यो प्रतिबन्धलाई सारा राजनीतिक पार्टी, बुद्धिजीवी, नागरिक समाज, कानुनविद्, मानव अधिकारवादी र विभिन्न सङ्घसंस्थाले खुलेर विरोध गरेका छन् । केपी सरकार एक्लिएको छ । हाम्रो माग छ– केपी सरकारले यो प्रतिबन्ध फिर्ता लिनुपर्छ ।'
सरकारले वार्ताका लागि बोलाएको भनिए पनि आधिकारिक ढङ्गले नबोलाएको उनको भनाइ थियो ।
'सरकारले हामीलाई आधिकारिक ढङ्गले वार्तामा बोलाएको होइन, त्यस अर्थमा वार्तामा आएन भन्न मिलेन । वार्ताबाट त हामी फर्किंदै छौँ । जतिबेलासम्म वार्ताबाट जनअधिकार र देशका प्रस्तावहरू पास होलान् भन्ने थियो, त्यसबेलासम्म त प्रचण्डहरूसहित हामी वार्तामै थियौँ नि,' विप्लवले भनेका छन्, 'तर जब वार्ताका नाममा जनयुद्धका सारा प्रस्ताव र उपलब्धिलाई खरानी पार्न थालियो, देशलाई पराधीन र जनतालाई अधिकारविहीन बनाउन थालियो तब न हामीले विद्रोह गरेका हौँ । आज पनि वार्ताबाट न हामी तर्सिन्छौँ न त वार्ताले क्रान्तिले उठाएका विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ ।'
उनले आफ्नो समूहकमाथिको प्रतिबन्धलाई मुक्तिकामी जनताविरुद्ध लादेको फाँसीवादी भनेका छन् ।
'यो राज्यले हाम्रो पार्टी र मुक्तिकामी जनताविरुद्ध लादेको फाँसीवादी प्रतिबन्धको हो । हाम्रो गतिविधि त्यसको प्रतिरोध हो,' भनको भनाइ थियो ।
राज्य बलजफ्ती कडा प्रतिरोधको सामना गर्नुपर्ने उनको चेतावनी छ ।
विप्लव भन्छन्, 'राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ । जस्तालाई त्यस्तै जवाफ दिन हाम्रो स्थायी समितिले यो निर्णय गरेको छ । हामी त्यही अनुसार अगाडि बढ्छौँ ।'
सुरुदेखि नै विप्लव समूहमाथि आक्रामक रूपमा प्रस्तुत हुँदै आएका प्रधानमन्त्री ओलीको आक्रामकता सेलाएको छैन ।
पछिल्लो पटक २१ वैशाखमा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए 'विप्लव' समूहको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा लागेको भन्दै उनले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढङ्गले समूह नै समाप्त हुने अवस्थामा पुग्ने बताएका थिए ।
'पृथकतावाद अन्त्य गर्यौँ र विप्लव समूहको नाममा मच्चाइएको त्रासलाई पनि नियन्त्रण गर्छौं । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढङ्गले समाप्त हुने अवस्थामा पुग्छन्,' उनको भनाइ थियो ।
विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टीभित्रै पनि विरोध भएको स्मरण गर्दै उनले उनीहरुको क्रियाकलाप गैह्रकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको जिकिर थियो ।
'कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाप अवैध, हानिकारक, असंवैधानिक, गैह्रकानुनी कार्य जायज हुन सक्दैन । त्यस्ता आतङ्ककारी गतिविधि प्रतिबन्ध लगाइएको हो, प्रधानन्त्री ओलीले भनेका थिए, 'त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनुहुँदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जति पनि असुल्न इजाजत छ भन्ने ?'
सरकारी कमजोरीले विप्लवलाई सहज
प्रधामन्त्रीले यति भनिरहँदा कानुनी हिसाबले सरकार कमजोर देखिएको छ ।
प्रहरी प्रधान कार्यालयले पनि 'विप्लव समूहका कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्नू' भनी दिएको आदेशअनुसार मुलुकभरका युनिटलाई परिपत्र गरेको छ ।
औपचारिक रूपमा प्रहरी अधिकारीले कुनै घटनामा संलग्न व्यक्तिलाई मात्रै पक्राउ गरिने बताए पनि आन्धाधुन्ध विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परिरहेका छन्, जसले गर्दा अहिले प्रहरी र अदालतबीच 'जुहारी' चलिरहेको छ ।
सरकारले यतिबेला ०६२–०६३ सालमा तत्कालीन विद्रोही माओवादीलाई प्रतिबन्ध लगाएपछि जारी गरिएको आतङ्ककारी तथा विध्वंशात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन ल्याएर विप्लव समूहका नेता, कार्यकर्तामाथि कारबाही गर्नुको सरकारसँग विकल्प छैन ।
तर उक्त ऐन मुलुकमा गणतन्त्र स्थापना भएसँगै खारेज भइसकेको छ । प्रहरीले समात्ने, अदालतले छाड्ने लुकामारी चलिरहेको छ ।
सरकारले कानुनी कारबाही गर्ने सुरक्षा अङ्गसँग समन्वयबेगर विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यो स्थिति सिर्जना भएको देख्न सकिन्छ ।
|
2020/07/06 04:55:47
|
https://ratopati.com/story/87504/2019/5/16/kp-oli-vs-biplav
|
mC4
|
आफ्नो माग सम्बोधन नभएको भन्दै गत गत पुस १३ गते राइडरको एक समूहले पठाओ कार्यालयमा तोडफोड गरेका थिए। यसपछि पठाओले गरेको किटानी जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सोही दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले राइडरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। असन्तुष्ट राइडरहरूले केहीसमय अगाडि पठाओ कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए।
मागपत्रमा राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड सेयरिङ बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, सस्पेन्ड रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायत माग राखेका थिए।
|
2021-02-25T22:07:23Z
|
http://www.lokpriyasamachar.com/2019/01/blog-post_42.html
|
OSCAR-2109
|
people Nepal » मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा – people Nepal
Posted on February 12, 2018 February 12, 2018 by Purna Nanda Joshi
माघ २९, काठमाडौं। मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आज भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य प्रस्तुत गरेकी थिइन भने मनिषा वराइली र रोजनी मर्हजनले पनि कतिमाया लाग्छ भन्ने गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने फुरुलामा सेर्पाले विश्व वातावरणको असरको वारेमा आफ्नो धारणा राखेकी थिइन ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै रहनु भएको छ । फागुन ५ गते शनिवारको दिन उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा काडाघारी स्थित अक्षरा स्कुलको सभाहलमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले " मिस ईकलेज २०१८" को ताज उपाधि सहित रु एकलाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । साथै विजेता ३ जनाले ५ दिनको वैङकक पटाय भ्रमणको अवसर पनि प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १८ विधामा पनि सव टाइटल प्रदान गरिने कुरा आयोजकलेे जनाएको छ ।
|
2019/01/17 04:35:14
|
http://peoplenepal.com/%E0%A4%AE%E0%A4%BF%E0%A4%B8-%E0%A4%88%E0%A4%95%E0%A4%B2%E0%A5%87%E0%A4%9C-%E0%A5%A8%E0%A5%A6%E0%A5%A7%E0%A5%AE-%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AF%E0%A5%8B/
|
mC4
|
सतारुढ दलहरु र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सीमांकनलाई थाती राखेर बाँकी विषयमा संविधान संशोधन विधेयक संसदमा लैजाने सहमति भएको नेताहरुले बताएका छन्।
बालुवाटारमा शुक्रवार साँझ भएको वार्तामा समाधानका उपाय बनाउन गठित कार्यदलले सहमति जुटाएका ५ विषयमा शीर्ष तहमा छलफल गरेर संशोधन प्रस्ताव बनाउने जिम्मा प्रधानमन्त्री प्रचण्डले लिएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्किएपछि पहिलो पटक भएको बैठकमा सतारुढ दल र मोर्चाका नेताहरु रहेको कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको बताइएको छ।
उक्त प्रतिवेदनका आधारमा सीमांकनलाई थाती राखेर बाँकी विषयमा संविधान संशोधन गर्ने सहमति भएको बैठकमा सहभागी माओवादी केन्द्रका एकजना नेता वर्षमान पुनले बताए।
उनले भने, "मूलत: सीमांकनको मुद्दालाई संघीय आयोगमा पठाउने र बाँकी संशोधनका विषयलाई हाउसबाट टुंगो गर्ने भन्ने सैद्धान्तिक सहमति भएको छ। त्यो सैद्धान्तिक सहमतिलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्रीले सबै पक्षसंग छलफल गरेर निष्कर्षमा पुराउनु हुनेछ। "
संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीमांकन बाहेकका विषयमा संशोधन गरिए आफुहरु सकारात्मक हुनसक्ने संकेत दिएपछि सरकार त्यसमा अघि बढ्न लागेको हो।
कार्यदलमा दुबैतर्फबाट धेरै विषय उठेको भएपनि ५ वटा विषयमा सहमति जुटाइएको र बाँकी विषयमा क्रमश: छलफल गर्दै जाने सहमति भएको बताइएको छ।
कार्यदलका सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहराले भने, " नागरिकता, भाषाका अतिरिक्त राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट गाउँ र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नराख्ने, स्थानीय तहको सङ्ख्या जनसङ्ख्याको अनुपातमा निर्धारण गर्ने, सङ्घीय आयोगका बारेमा थप व्याख्या गर्ने लगायतका सहमति कार्यदलमा भएका छन्।"
मोर्चाका नेताहरुले भने सरकार गठनकै बेलादेखि अनेक खालका सहमतिहरु हुँदै आएको स्मरण गर्दै अब कार्यान्वयन महत्वपूर्ण भएकोमा जोड दिए।
सद्भावनाका पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, " त्यो अनुसार संविधान संशोधन हुनुप-यो। बाँकी कुरा टुंग्याउने विशेष आधार हुनुप-यो। गाँउपालिका, नगरपालिकाको संख्या बढ्नुप-यो। । यी सबै कुरामा प्रधानमन्त्रीले छलफल गरेर निष्कर्ष निकाल्नुप-यो। भन्नु भएको छ। हेरौं के गर्नुहुन्छ। "
निर्वाचनको मिति नजिक आइसकेकाले प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव छिट्टै नै तयार पार्ने माओवादी केन्द्रका नेताहरुको भनाइ छ।
शीर्ष तहमा छलफल भएलगत्तै संशोधन विधेयक संसदमा लैजाने र त्यसलाई छरितो प्रक्रियाबाट टुङग्याउने योजनामा सरकार रहेको बताइएको छ।
|
OSCAR-2019
|
||
पदभार ग्रहणसँगै मन्त्री शर्माका २ निर्णय | eAdarsha.com
पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा. महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेललगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहणसँगै उनले २ वटा महत्वपूर्ण निर्णय गरेका छन् । उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । पर्यटन व्यवसायीका लागि १ करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।
त्यसलगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीलाई उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । 'कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ, उनले भने, सेवाग्राहिको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस् ।'
|
2021/09/17 06:13:38
|
https://www.eadarsha.com/nep/133358
|
mC4
|
विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली बलत्कृत हुनुपर्ने तितो यर्थाथलाई गायक शिव परियारको आवाजमा “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियोमा कसिना बोखिम लिम्वुको निकै आकर्षक अभिनय रहेको छ ।
गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ । जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागाईँको सम्पादन र चर्चित निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । जिवन बुढाथोकी ,कसिना बोखिम लिम्वु र बाल कलाकारको भुमिका मा अद्रियाना याक्खाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
Post Views: 331
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ज्योतिको ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा
पोखरा । कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ । कविता क्लब नेपालको आय...
नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक
काठमाडौँ ः गायक कर्म धोज लामा रजितु लोप्चनको स्वरमा रहेको ‘मद्रासी हिरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको ...
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन दुई देशका नाटक र शबाना आजमीको मास्टर क्लास हुँदै
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार दुई नाटकको चार मञ्चन र सुपशिद्ध भार...
चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कार लगायतको आरोपमा १३ वर्ष कैद सजाय
चीनले क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई १३ वर्षको कारागार सजाय सुनाएको छ । चीनले क्यानडाका पूर्व र्यापर,गाय...
सरु र राजु परियारको स्वरमा ‘बाध्यता’ सार्वजनिक
काठमाण्डौं । गायिका सरु कार्की र गायक राजु परियारको स्वरमा रहेको मौलिक लोक दोहोरी ‘बाध्यता’गीतको भिडियो सार्वजनिक भएको छ...
हिमाल सागरले ल्याए ए होर माया
काठमाडौं, १० मँसिर गायक हिमाल सागरले आफ्नो नयाँ गीत ए होर माया…दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका...
|
2022-11-27T04:46:01Z
|
https://www.entertainmentkhabar.com/details/10993.html
|
OSCAR-2301
|
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले सरोकारावाला कार्यालयहरूसँगको सहकार्यमा वीरगंज महानगरपालिकाका केही पसलमा अनुगमन गरी कारबाई गरेको छ।
वीरगंज महानगर–९ पानगल्ली र रानीघाट क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा वाणिज्यले अनुगमन गरी चार वटा पसललाई कारबाई गरेको हो। मूल्यसूची नराखेको, बिक्री बिल उपलब्ध नगराएको र म्याद नाघेका खाद्य पदार्थ सञ्चय गरी राखेको कसूरमा पानगल्लीमा रहेका सुत्रिता टे«डर्स एन्ड सप्लायर्सलाई रु ५० हजार, सोही ठाउँको न्यू सन्तोष जनरल स्टोर र जय पान पसल सेन्टर तथा रानीघाटमा रहेको न्यू हरिओम किरानापसललाई जनही रु २० हजार जरिवाना गरिएको वाणिज्य कार्यालयले जनाएको छ।
वाणिज्य कार्यालयको टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजिम कसूर देखिएकाले जरिवाना गरिएको बताउँदै खाद्य वस्तुहरूको कालोबजारी तथा मूल्यवृद्धि नगरी बिक्री वितरण गर्न सम्बन्धित पसलेहरूलाई चेतावनीसमेत दिएको छ।
|
2021-12-07T11:52:13Z
|
https://eprateekdaily.com/2020/09/06/2181/
|
OSCAR-2201
|
कोशीटप्पुमा ६० वर्षीया ढोई शोभाकलीले छावा जन्माएपछि आरक्ष प्रशासनले स्याहार बढाउँदै सुरक्षामा पनि विशेष ध्यान दिएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका चार गर्भिणी ढोईमध्ये शोभाकली (६०) सुत्केरी भएकी छे । १० वर्षपछि शोभाकलीले १९ असोजमा पुनः पोथी छावा जन्माएकी हो । लामो समयपछि आरक्षमा हात्तीले छावा जन्माएकाले हात्तीसार र आरक्ष प्रशासनले खुशियाली मनाएको हात्तीसारका शाखा अधिकृत रामगुलाम चौधरी बताउँछन् ।
छावाको न्वारान कोशीटप्पुमा १२ दिनमा गर्ने चलन छ । आरक्ष प्रशासनले उपयुक्त नाम जुराएर ३० असोजमा छावाको नामकरण गर्ने भएको छ । पोथीको नाम राख्दा ‘कली’ र भालेको नाममा ‘गज’ जोड्ने गरिन्छ ।
एउटा हात्तीको रेखदेख गर्न तीन जनाको दरबन्दी हुन्छ । छावा दुई वर्षको भएपछि तालिम दिनुपर्ने भएकाले अब कोशीटप्पुमा माउतेसहित तीन जना हेरालु थपिने भएका छन् ।
१० वर्षअघि शोभाकलीले जन्माएकी लक्ष्मीकली पनि गर्भवती छे । शोभाकलीले पहिलो पटक २०५९ सालमा ४४ वर्षको उमेरमा बराहगजलाई जन्माएकी थिई । बराहगजको १३ वर्षको उमेरमा सर्पको डसाइले चितवनमा मृत्यु भयो । दोस्रो पटक शोभाकलीको छावा जन्मिने बित्तिकै मरेको थियो ।
तेस्रो पटकमा लक्ष्मीकलीको जन्म भएको हो । आरक्षमा रहेका पाँच ढोईमध्ये लक्ष्मीकली मात्रै कोशीटप्पुमा जन्मिएकी हो । “आरक्षका अरू हात्ती भन्दा शोभाकलीको व्यवहार ठीक छ”, माउते जगन्नाथ चौधरी भन्छन् । २८ वर्षदेखि कोशीटप्पुमा माउते रहेका चौधरीका अनुसार, जंगली हात्तीलाई देख्दा बाहेक शोभाकलीले कहिल्यै दुःख दिएको याद छैन ।
आरक्षमा रहेका १३ वर्षीया सरस्वतीकली र दमदमकली पनि आमा बन्दैछन् । लक्ष्मीकली २०७६ मंसीरमा, सरस्वतीकली २०७६ कात्तिकमा र दमदमकली २०७६ भदौमा सुत्केरी हुँदैछन् । आरक्षमा रहेका पाँच ढोईमध्ये अमेरिका कली (६०) भने गर्भवती छैन ।
आरक्षका सबै हात्ती जंगली हात्तीको संसर्गमा गर्भवती भएका हुन् । आरक्षमा २०४७ साल यता भारतबाट आएका जंगली भाले हात्ती बस्छन् । जंगली हात्ती आउनु अघिसम्म आरक्षका ढोई गर्भवती हुँदैनथे । “भाले लागेको १८ देखि २२ महीनामा हात्ती ब्याउँछ”, अधिकृत चौधरी बताउँछन् ।
सुत्केरी शोभाकली र तीन गर्भवती हात्तीको स्याहार बढाइएको छ । सरकारी स्केलमा एउटा हात्तीले दैनिक १५ किलो धान, डेढ किलो सक्खर र हरियो घाँस पाउँछ । “स्केल बाहेक दैनिक एक किलो चना र डेढ किलो सक्खरमा पाँच किलो चामलको खीर शोभाकलीलाई दिंदैछौं”, अधिकृत चौधरी भन्छन्, “छावाले पनि माउकै जति स्केल पाउने भएकाले उसको भाग पनि आमाले खान्छे ।”
गर्भवती ढोईहरूलाई दिइने धान र हरियो घाँसको परिमाण पनि बढाइएको छ । आरक्षमा हात्तीले छावा जन्माएको हल्ला आसपासका गाउँमा फैलिएकाले हेर्न आउनेको घुइँचो हुन्छ । शोभाकलीको छावाको छेउमा मानिस नजाऊन् भनेर फलामे बार लगाइएको छ । यस्तै, जंगली हात्ती नछिरोस् भनेर सोलार जडित तारले बेरिएको छ ।
गर्भवती हात्तीहरूको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । उनीहरूलाई जंगली भालेले दुःख नदेओस् भनेर चरनका लागि धेरै टाढा लगिंदैन । सुत्केरी र गर्भवती ढोईलाई जंगली हात्तीबाट जोगाउन हात्तीसारमा राति आगो बालेर पहरा दिइनुका साथै नेपाली सेनाको गस्ती पनि बढाइएको छ । “सेनाको नियमित गस्तीले जंगली हात्ती हात्तीसारमा आउन पाएका छैनन्”, आरक्षका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी बताउँछन् ।
|
OSCAR-2019
|
||
सागर महत « Imagekhabar – Online News Portal of Nepal
Author: सागर महत
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको कारागारमा बस्ने कैदीबन्दीको समस्या बुझन सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ पुग्नुभएको छ । कैदीबन्दीले सोही क्रममा आफ्ना समस्या राखेका हुन् । कैदीबन्दी गणेश भुसालका
अर्घाखाँचीमा कांग्रेसका उपसभापतिसहित १० जना पार्टीबाट निलम्बित
अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा १० जनालाई निलम्बन गरेको छ । कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलसहितको टोलीलाई निलम्बन गरेको पार्टीका प्रचार विभाग प्रमुख
चितुवाको आक्रमणमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग
अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणमा परि मृत्यु भएका मृतकका परिवारलाई डिभिजन वन कार्यालयले ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । गुल्मी घर भई सन्धिखर्क ४ वाङला स्थित मामाघर बस्ने
अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । गुल्मी घर भई मावली घर सन्धिखर्क नगरपालिका–४ वाङला अमलडाँडामा बस्दै आएका ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाको आक्रमणबाट मृत्यु
सन्धिखर्क नगरपालिकाले नगरबासीको न्यूनतम विद्युत् महसुल भुक्तानी गरिदिने
जिल्ला न्यायाधीश बासुदेव न्यौपाने नगर प्रमुख श्रेष्ठलाई शपथ ग्रहण गराउनुभपद ग्रहण गराउनुभएको थियो । ६ पालिकामध्ये नीत नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा यस अघि जेठ ६ गते ५ पालिकाका
अर्घाखाँचीमा ४ किलो अवैध गाँजा सहित एक पक्राउ
अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले
अर्घाखाँचीमा हिजोदेखि विधुत सेवा अवरुद्ध
अर्घाखाँची । अर्घाखाँचीमा शुक्रबार साँझदेखि विधुत सेवा अवरुद्ध भएको छ। हावाहुरीसँगै आएको पानीका कारण फुदबाङ सबस्टेशनदेखि अर्घा धरमपानी सबस्टेशनसम्मको ३३ के.वि. मुख्य प्रसारण लाईन अवरुद्ध भएको हाे। सदरमुकाम सन्धिखर्कको रतहलेमा
अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे मत परिणाम सार्वजनिक
अर्घाखाँची । अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीका जिल्लामा ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा विजयी हासिल गरेको
अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएका छन् । नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल र उपमेयरमा एमालेकी गिता भाट विजयी
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल निर्वाचित हुनु भएका छन् । अध्यक्षमा भट्टराईले ८ हजार २८३
|
2022/07/07 08:20:33
|
https://www.imagekhabar.com/news/author/sagarmahat/
|
mC4
|
वारपारको अवस्थामा अखबार « News of Nepal
श्न अखबारको मात्र नभएर रेडियो, टेलिभिजन र अनलाइन मिडियाको पनि हो। 'अनलाइनका कारण अखबारको बिक्री घटेको हो ?' मिडिया क्षेत्रमा यो प्रश्न निकै उठ्न थालेको छ। कतिले यस प्रश्नलाई अलि व्यापक बनाएर पनि उठाउँछन्, 'नयाँ मिडियाका कारण परम्परागत मिडियामा प्रतिकूल प्रभाव परेको हो ?' प्रश्न जसरी गरिए पनि सन्दर्भ अखबार, रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारमाध्यम र अनलाइनजस्ता नयाँ मिडियाको प्रभावमा केन्द्रित हुनआउँछ। युरोप, अमेरिकाजस्ता विकसित मुलुकमा 'नयाँ मिडियाकै कारण' बन्द हुने परम्परागत सञ्चारमाध्यमको सूची बढिरहेको अवस्थामा यो प्रश्न अस्वाभाविक पनि होइन।
यी प्रश्नको जवाफका लागि केवल परम्परागत सञ्चारमाध्यममा केन्द्रित भएर हुँदैन, अनलाइन पत्रकारिता जो नयाँ मिडियाको प्रभावशाली माध्यम हो, यसका बारेमा पनि अनुगमन गरिनुपर्छ। हालै, भारतका प्रधानन्यायाधीश दीपक मिश्राले बोलेका पनि छन्, 'प्रेस स्वतन्त्रताको छाता ओढेर छाडातन्त्र चलाउने मिडिया र पत्रकारलाई समाजले स्वीकार गर्न सक्तैन।' मिश्राले आधारहीन विषयमा समाचार बनाउने पत्रकारको आलोचना गरेका छन्। प्रेस स्वतन्त्रताको नाममा सञ्चारमाध्यमलाई मनगढन्ते कुरा लेख्ने अधिकार नभएको भन्दै उनले चेतावनी दिएका छन्।
यही चैत २ मा प्रकाशित समाचारअनुसार उनले पत्रकारको रिपोर्टमाथि टिप्पणी गर्दै 'वास्तविकता नै नबुझी, घटनास्थल वा सरोकारवालासँग सम्पर्क नै नगरी घरमै बसेर जे पनि लेख्न पाइन्छ ?' भनेर प्रश्न गरेका छन्। सन्दर्भ द वायर अनलाइनकी सम्पादक रोहिणी सिंहको मुद्दासँग सम्बन्धित छ। अनलाइनले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि गुजरातका जय शाह नामका व्यवसायीको कारोबार १६ हजार गुणा बढेको भनेर समाचार बनाएको थियो। जयले आपराधिक मानहानी भयो भनेर द वायरमाथि मुद्दा हालेका थिए भने सम्पादक सिंहले पनि मुद्दा खारेज गरिपाऊँ भनेर रिट दिएकी थिइन्। ५० हजार रुपियाँको जयको कारोबार एक वर्षमै बढेर ८० करोड पुगेको द वायरको दाबी थियो। दाबीलाई जयले मात्र होइन स्वयम् प्रधानन्यायाधीशले पनि छाडातन्तको उदाहरण र रातारात चर्चित हुनका लागि गरिएको आधारहीन समाचार
भनेर टिप्पणी गरिदिए।
नेपालमा पनि यस्ता उदाहरण धेरै पाइन्छन्। पछिल्लो एक उदाहरण हेरौं। राजधानीबाट प्रकाशित एक दैनिकले आफ्ना लगानीकर्ताले राजधानीको महँगो क्षेत्रमा रहेको जग्गा सस्तोमा किन्न पाउनुपर्छ भनेर अग्रपृष्ठमै हप्तौंसम्म समाचार, टिप्पणी र विचार छापेर गलत पैरवी गर्यो। सस्तोमा जग्गा नदिने अर्को मिडियाका प्रमुखलाई प्रशासनले कारबाही चलाउनुपर्छ भनेर दबाब दियो। त्यही अखबारले प्रधानन्यायाधीशको उमेरसँग सम्बन्धित उठाउनै पर्ने एक प्रसंगलाई त उठायो, तर त्यसलाई मोलतोल र निजी प्रतिष्ठाको विषय बनायो। आमनागरिकका लागि आवश्यक सार्वजनिक महत्वको विषयलाई निजी प्रतिष्ठाको विषय बनाउनु घमण्डी चरित्रको प्रदर्शन थियो। वास्तवमा अखबारले विगतमा प्रेस स्वतन्त्रताको आडमा निजी एजेन्डाहरूलाई सार्वजनिक मुद्दासरह प्राथमिकता दिने र अभिमान प्रदर्शन गर्ने नगरेको भए प्रधानन्यायाधीशसँगको विवादमा उसले ठूलो जनसमर्थन पाउने थियो।
यो मिडियाको शक्ति र प्रेस स्वतन्त्रताको दुरूपयोगको गम्भीर उदाहरण हो। वास्तवमा नयाँ मिडियाको प्रभावका कारण अखबार, टिभी र रेडियोको बजार घटेको नभई यस्तै अभिमानी चरित्रले उनीहरूलाई जनताले छोड्दै आएको टिप्पणी पनि मिडिया विज्ञहरूको छ। बिक्रीका लागि राखिएको वस्तु आज खराब भनेर समाचार बनाउने, तर भोलि विज्ञापन पाएपछि, त्यही वस्तुलाई निकै राम्रो भनेर समाचार लेख्ने, विज्ञापनदाताले उत्पादन गरेको तोरीको तेल अखाद्य भनेर नापतौल तथा गुणस्तर विभागले प्रमाणित गरे पनि समाचार नछाप्ने, कर छल्ने व्यापारीसँग कमिसनका लागि दलाली गर्ने, घूसिया प्रशासकलाई बचाउन समाचारको दलाली गर्ने काम हामीकहाँ निरन्तर चलिआएको छ। थप विडम्बना के भने, यस्तै कार्य गर्ने सञ्चारमाध्यम र पत्रकार प्रेस स्वतन्त्रताको कानुनी प्रावधानको आडमा दण्डहीनताको मजा लिइरहेका छन्। नेपालको संविधान २०७२ का धारा १७, १९ र २७ लाई सुरक्षाकवच बनाएर मिडियाले आमनागरिकभन्दा आफूलाई विशेष ठान्ने जुन व्यवहार देखाउने गरेको छ, त्यसलाई सामन्ती समाजमा शासकले नागरिकसँग गर्ने व्यवहारका रूपमा जनताले लिइरहेका छन्। यही कारण हो, मिडिया र सञ्चारकर्मीहरू आमजनताबाट टाढिएका छन्। यसरी टाढिएका नागरिकका लागि अहिले अभिव्यक्तिको माध्यम फेला परेको छ– सामाजिक सञ्जाल। यसरी हेर्दा पनि परम्परागत मिडियाको बजार घट्नुको पहिलो कारण नयाँ मिडिया नभएर उनीहरूकै अभिजात्य प्रवृत्ति नै रहेको पुष्टि हुन्छ।
एकातिर परम्परागत मिडियाको सामन्ती चरित्रमा वृद्धि हुँदै जानु, अर्कातिर नयाँ मिडियाका रूपमा परिचित सामाजिक सञ्जालको लोकप्रियताले आकाश छुनु रमाइलो संयोग हो। आमनागरिकले अभिव्यक्तिको सहज माध्यम सामाजिक सञ्जाल पाएका कारण असहज अखबार, टिभी र रेडियोलाई त्याग गर्नु अस्वाभाविक होइन। सामाजिक सञ्जालको प्रभावशाली माध्यम फेसबुक नेपालमा सर्वाधिक लोकप्रिय छ। त्यसो त विश्वमै यो सर्वाधिक रुचाइएको सामाजिक सञ्जाल हो। यसका मालिक मार्क जुकेरवर्गको दाबी छ, लोकतन्त्रको समृद्धिमा योगदान पुर्याउँदै, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको जनअधिकारलाई संरक्षण र प्रवद्र्धन गर्दै फेसबुकले २ अर्बभन्दा बढी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको छ।
जति बढी विकसित मुलुक, जति बढी इन्टरनेटको सहजता, उति नै परम्परागत सञ्चारमाध्यमको प्रभावमा कमी– यो आजको विश्वव्यापी यथार्थ हो। बेलायतमा यही कारणले २०१५ यता मात्र ४६ अखबार ढले। यसको तुलनामा नयाँ आउने अखबारको संख्या भने न्यून छ– केवल २९ नयाँ अखबारले यस अवधिमा आफ्नो यात्रा शुरु गरेका छन्। संख्याको सन्तुलन खोज्ने हो भने १७ अंक तल झरेको छ। प्रेस गजेटका अनुसार २००५ देखि नै अखबारको व्यापारमा न्यूनता बढेको छ, यसबीच बेलायतका १९८ अखबार नोक्सानमा गएका छन्। बेलायत २०१५ सम्म १ हजार १२२ अखबारको मुलुक रहेको मिडिया रिफम कोलिसनको अध्ययनले देखाएको छ। एक दशकमा कुल आधा परिमाणमा पत्रकारहरू पेसागत विस्थापित भएको पनि यही अध्ययनले खुलासा गरेको छ। यसबीच खुलेका नयाँ अखबार खुल्नासाथ
बन्द भएको मार्मिक अभिलेख पनि देख्न सकिन्छ।
अमेरिकामा पनि यही हाल छ। बन्द गर्नका दुःखले चलिरहेका केही छापाहरू व्यापारिक आर्जनका लागि अनलाइन माध्यमतिर सरेका छन्। वाल स्ट्रिट जर्नलजस्तो प्रभावशाली अखबारले पनि गतवर्षदेखि एसिया–युरोपमा छापा स्वरूपको अन्त्य गरेको छ। टाइम्स, न्यूजविकहरूको छापा स्वरूप खोज्नेले पहिला नै पैसा तिरेर ग्राहक बन्नुपर्छ, 'खै साहुजी टाइम्स पत्रिका पाऊँ त' भनेर आदेश दिनेलाई साहुले तलदेखि माथिसम्मको अनौठो दृष्टि मात्र पाउँछ। अनुसन्धानकर्ताहरूका अनुसार अमेरिकामा २००४ यता एक तिहाइ अखबारहरू प्रस्टरूपले प्रभावित देखिएका छन्।
यसको एकमात्र कारण उनीहरूले आमनागरिकलाई सहज, सुलभ र अन्तरक्रियात्मक मिडिया माध्यम प्रदान गर्न नसक्नु नै हो। अब मानिसका घर–घरमा टेलिभिजन हेर्ने र रेडियो सुन्ने अभ्यास पनि निकै घटेको छ, अनलाइन र युट्युब हातैमा भएपछि अरु के चाहियो
यस जटिल अवस्थालाई सम्बोधन गर्ने हो भने अखबारले व्यापारिक लाभका लागि अनलाइन भर्सनलाई बलियो बनाउने, श्रव्य–दृश्य अभिव्यक्ति दिने र छापा भर्सनमा समेत 'पाठक प्रतिक्रिया। टिप्पणी' जस्ता ठाउँहरू बढाउनुपर्छ। किनभने अर्को २० वर्षसम्म पनि छापामै लेखिएको सामग्री पढेर आनन्द उठाउने पाठकहरू जीवितै रहनेछन्। मिडिया व्यवसायीले सामन्ती र शासकीय चरित्रलाई भने तत्काल त्याग्नै पर्छ, किनभने 'फ्री प्रेस' जनतालाई 'प्रेसर' दिनका लागि होइन, अभिव्यक्तिको अवसर प्रदान गर्नका लागि हो।
|
2019/01/16 01:33:39
|
http://www.newsofnepal.com/2018/03/19/89004/
|
mC4
|
प्रकाशित मिति: Apr 15, 2021 4:45 PM | २ बैशाख २०७८
फागुन र चैत महिनालाई घरजग्गा किनबेचका लागि अफसिजन मानिदै आए पनि गत वर्ष फागुन-चैतमा समेत ४/५ अर्ब रुपैयाँ राजस्व संकलन भएको नेपालको घरजग्गा कारोबारको इतिहासमा पहिलोपटक हो।
विगतमा फागुन-चैतमा मुस्किलले एक/डेढ अर्ब रुपैयाँ राजस्व संकलन हुने गरेकोमा गत वर्ष भने रजिष्ट्रेसन शुल्क मात्रै करिब पाँच अर्ब रुपैयाँसम्म संकलन भएको छ। यो एकै महिनामा संकलन भएको हाल सम्मकै उच्च रजिष्ट्रेसन शुल्क हो।
व्यवसायी उमेश श्रेष्ठले गोदावरीमा रहेको करिब २०० रोपनी जग्गा बेचेपछि ललितपुर मालपोत कार्यालयको राजस्वमा १० करोड रुपैयाँ भन्दा बढी योगदान भएको छ।
बिगतमा ३५ देखि ४० करोड रुपैयाँसम्म रजिष्ट्रेसन शुल्क संकलन गर्दै आएको ललितपुरले चैतमा ५२ करोड रुपैयाँ भन्दा बढी रजिष्ट्रेसन शुल्क संकलन गरेको छ।
पुँजीगत लाभकरतर्फ पनि करिब २५ करोड रुपैयाँ राजस्व संकलन गरेपछि चैतमा ललितपुरको मात्रै पौने एक अर्ब रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। ललितपुरको कूल राजस्व ७८ करोड रुपैयाँ संकलन भएको छ।
चैतमा उपत्यका बाहिर भन्दा भित्र नै बढी घरजग्गा किनबेच भएका छन्। ललितपुरमा मात्रै चैतमा ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यका ठूला ठूला प्रोपर्टी किनबेच भएका थिए। यसले पनि राजस्व संकलनमा ठूलो भूमिका खेलेको घरजग्गा व्यवसायीको भनाइ छ।
ललितपुरमा ओमबहादुर घर्ती र उनको टिमले करिब ५०० रोपनी जग्गा खरिद गरेको स्रोतको दाबी छ। गोदावरीमा उमेश श्रेष्ठ र उनका साथीहरुबाट करिब २०० रोपनी जग्गा किनेको उक्त समूहले ठेचोमा समेत थप करिब ३०० रोपनी जमिन किनेको स्रोतको भनाइ छ।
यसले उपत्यकाको राजस्व संकलन ह्वात्तै बढाइदिएको छ। त्यसले गर्दा फागुनको तुलनामा चैतमा एक अर्ब रुपैयाँ बढी रजिष्ट्रेसन शुल्क र र डेढ अर्ब बढी कूल राजस्व संकलन भएको हो।
विभागले पछिल्लो समय अनलाइन प्रणाली लागु भएका सबै मालपोत कार्यालयमा भू-सेवा केन्द्र सञ्चालन गर्न निर्देशन दिएको छ।
अधिकांश कार्यालयले सेवा सञ्चालनका लागि सूचना प्रकाशित गरेका छन् भने दर्जन बढी थप कार्यालयमा भू-सेवा केन्द्र नै सञ्चालनमा आइसकेका छन्।
भू-सेवा केन्द्र पनि सञ्चालनमा आउँदा राजस्व चुहावट रोकिएको र सेवा प्रवाह समेत छिटो छरितो हुँदा राजस्व संकलनमा उल्लेख्य सुधार भएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।
'अहिले किनबेचको झन्झटिलो प्रक्रिया छोट्याएका छौं। पहिले २ दिनमा हुने काम अहिले एकै दिनमा गर्न सकिन्छ। यसले गर्दा कारोबार संख्या पनि बढेको र राजस्व संकलनमा समेत महिनैपिच्छे रेकर्ड ब्रेक भइरहेको हो,' पौडेलले भने।
|
2021/06/13 16:49:47
|
https://bizmandu.com/content/20210415142511.html
|
mC4
|
न्युयोर्ककी शकुन ज्ञवालीको कविता संग्रह प्राज्ञ सरुभक्तद्वारा विमोचन – मझेरी डट कम
न्युयोर्ककी शकुन ज्ञवालीको कविता संग्रह प्राज्ञ सरुभक्तद्वारा विमोचन
विश्वकै सम्राटराज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार, गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह 'तिमी र म' को विमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक समारोहको विच पोखरामा गरेका छन् ।
नेपालमा पुगेको दिनदेखि ज्ञवालीलाई अहिले भ्याई नभ्याई भएको छ । संचार माध्यममा जताततै छाएकी छिन् । उक्त विमोचन कार्यक्रममा वोल्दै प्राज्ञ सरुभत्तले ज्ञवालीले परदेशमा रहे तापनि नेपाली साहित्यको विकासमा खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।
साहित्य सृजनाको लागि सर्जकहरू विदेशी भूमिमा रहे तापनि साहित्य सृजना कहिले नरोकीने सरुभक्तले बताए । उनले मन्तव्य कै क्रममा ज्ञवालीबाट उत्कृष्ट कृतिहरूको आफूले अपेक्षा गरेको र ज्ञवालीको कविता संग्रह 'तिमी र म' एउटा उत्कृष्ट कृतिरहेको बताए ।
सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा विशेष अतिथि भूमि सुधार मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा रहेका थिए ।
सप्त समालोचक जगनाथ रेग्मीले कृति माथि समिक्षा गर्दै शकुन ज्ञवालीको कविता सग्रह 'तिमी र म' मार्फत आफ्ना भावहरू अभिव्यक्त गर्न सक्षम रहेकी र प्रबासी सम्पूर्ण नेपालीहरूको भावना वोलेको सुख दुःख वोलेको वताउदै समालोचक रेग्मीले यस कृति मार्फत शकुन ज्ञवालीले आफूलाई सशक्त कविको रुपमा उभियाकी वताए ।
कवियत्री शकुन ज्ञवालीले आफूलाई साहित्य श्रीजनामा लाग्न प्रेरणा दिने पोखरालाई कहिल्यै भूल्न नसक्ने वताउदै प्रबासमा बसे पनि सिर्जनाले गर्दा देशमा यति माया र सम्मान पाईदो रहेछ भनी हर्ष व्यक्त गरिन ।
सगुनले मन्तव्य कै क्रममा आफ्ना हरेक सृजनामा साथ दिने पति विमल सापकोटा, कार्यक्रमको तारतम्य मिलाइदिने बुवाआमा, सासू ससुरा प्रति आफू नतमस्तक रहेको वताउदै कविता संग्रह 'तिमी र म' एक पटक पढ्न पाठकलाई आग्रह गर्दै प्रतिक्रिया मागिन ।
विमोचन कार्यक्रममा अलिमिया लोक वाङ्गमय प्रतिष्ठानका अध्यक्ष हनिफ मिया, अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादु शाह 'बाबा' स्वतन्त्र पत्रकार महासघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद वास्तोला, लगाएतले कृति माथि बोल्दै शुभकामना दिएका थिए ।
कविता संग्रह 'तिमी र म'मा विभिन्न ६२ वटा कविता सग्रह समावेश गरिएको छ । कार्यक्रममा सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानले कविता संग्रह 'तिमी र म' कि लेखीका कवियत्री शकुन ज्ञवालीलार्इ सम्मान समेत गरेको थियो ।
लेखिका को पुरा नाम शकुन्तला ज्ञवाली भएता पनि साहित्यिक नाम शकुन ज्ञवालिरहेको छ । ग्वाँदी गुल्मीमा जन्मेकी ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा वसोवास गरिरहेकी छन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाकी महासचिव रहेकी उनी थुप्रै साहित्यकि सघं सस्थाहरूमा आवद्द रहेकी छन् । उनको यो कृति अगाडि पालुवा र मन्जरी (कविता सग्रह) लोक दोहोरी गीत, तीज गीत, लगाएत एक दर्जन एल्वमहरू प्रकाशित भइसकेका छन् । उनको बादलभित्र जून लुक्दा (गजल सग्रह) आफ्नै सेरोफेरो (गीति सग्रह) प्रकाशोन्मुख कृतिहरू रहेका छन् ।
सकुनले पोखरेलीहरूले निकै सम्मान गरेकोमा खुशी व्यक्त गर्दै प्राज्ञ सरुभक्तबाट सम्मान पत्र थाप्नु आफ्नो लागि निकै उत्प्रेरणा मुलक भएको बताइन । सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको उक्त विमोचन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पदमराज ढकालले स्वागत मन्तव्य तथा कार्यक्रम सन्चालन प्रतिष्ठानका सचिव अभिमन्यु विक्रम राणाले गरेका थिए ।
|
2021/06/21 07:21:54
|
https://www.majheri.com/20716/
|
mC4
|
बसन्त र पुर्वेली साहित्यिक माहौल
माओवादी पार्टी अर्थात नेपालको सबैभन्दा नाफामूलक कम...
बसन्तको सुरुवातसगैं पुर्वमा साहित्यिक जमघट बाक्लै भैरहेका छन् । फागुन अन्तिमदेखी सुरु भएको साहित्यको जमघट यात्रा हिजो सम्म निक्कै बाक्लो रह्यो । यस पटक यो बसन्त र्सिजनाको याम भएको छ पुर्वका कवि साहित्यकारका लागि । यो डेढ महिनामा झापा मोरङ, सु नसरी र पाँचथरमा दर्जनबढी सम्झनामा रहन योग्य कार्यक्रम भए । झापाको दमकमा त्रिदेशीय गजल महोत्सवदेखी सुरु भएको यात्रा शनिबार मोरङको पथरीमा भएको झकास पुरस्कार वितरणसम्म आइ पुगेको छ । दमकमा फागुन २८ र २९ गते
भएको गजल महोत्सवमा नेपनल भारत र भुटानका करिव दुइसय श्रष्टाले गजल वाचन गरे । चैत २ गते पाँथरको फिदिममा साहित्यको कुम्भ मेला नै भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति बैरागी काँइला नै कार्यक्रममा आएपछि त साहित्यकारहरुको भिड नै लाग्यो त्याँहा । त्यस
कार्यक्रममा भेला भएका प्राज्ञहरु अहिले पनि त्यस कार्यक्रमको तारिफ गरेर थाकेका छैनन् । गजल मञ्च उर्लाबारीले स्थापना गरेको गजलमाला पुस्कार वितरण कार्यक्रममा गजलकारको जमघट र गजलवाचन पनि सम्झन लायकको बन्यो । चैत १२ गते भएको त्यस कार्यक्रममा पनि पुर्वका गजलका हस्तिहरुले गजलका नयाँ नयाँ स्वाद पस्किए । त्यस लगतै प्रतिभा साहित्य प्रतिष्ठानले जनता क्याम्पस इटहरीमा गजल प्रतियोगिता नै गर्यो । चैत २३ गतेको प्रतियोगीतामा २५ जनाले स्पर्धा मा भाग लिए पनि पाँच जनालाई उत्कृट भन्न करै लाग्यो आयोजकलाई । आजकाल धेरै जसोले गजल लेखनलाई तिव्रता दिएका छन् । कार्यक्रमहरुमा पनि धेरैले गजल नै वाचन गर्ने गरेका छन् ।
लोडसेडिङको उपहार कहिले सम्म लोकतन्त्रमा
खान नपाइ मरिरा'छन अहिले सम्म लोकतन्त्रमा । भुपेन्द्र तिम्सनाको गजलका यी शेर जस्तै नेपालीको वर्तमान यथार्थलाई कवि र साहित्यकारले कार्यक्रममा आफ्ना रचना र र्सिजनामा पस्कदै आएका छन् । पुर्वमा भएका अधिकांस कार्यक्रममा गजलले राम्रो ठाउ पाएको छ । पथरीमा भएको कार्यक्रममा मधु पोख्रेलले गजल गाउदै यसरी शेरमा संविधान नबन्ने आशंका ब्यक्त गरे ।
तिमिले भुल्यायौ र पो देश दुख्छ
स्वयम् मुस्कुरायौ र पो देश दुख्छ
न संविधान नया खै नया नेपाल
आशंका गरायौ र पो देश दुख्छ ।
पथरीको यो कार्यक्रम साथै फिदिमको कार्यक्रममा त नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नै आएर हौसला दिए । राजधानीका कार्यक्रमा मात्र उपस्थित हुने पहिले पहिले कुलपतिहरुको परम्परालाई तोड्दै पहिलो पटक कुलपति बनेका काइँला चैत दुइ गते पाँचथरको फिदिममा भएको बृहत साहित्यिक जमघट र चैत २९ गते मोफसल प्रकाशन सहकारीले आयोजना गरेको सि.एम कन्दङ्वा पुरस्कार वितरण गर्न उपस्थित भएर एउटा इतिहासको सुरुवात गरे । मोफसल प्रकाशन सहकारीले यस बर्ष देखी सुरु गरेको सिएम कन्दङ्वा पुरस्कार आउदा बर्षमा ५० हजार राशीको बनाउने घोषणले पनि साहित्यकारहरुमा उर्जा थपेको छ । नयाँ बर्षकै दिन आमाको सम्झनामा रचना वाचन गर्न साहित्यिक जमघट गरायो नेपाली साहित्य समाज उर्लाबारीले । श्रजकहरुले आमाको सम्मान र सम्झनामा नयाँ बर्ष मनाउन बिर्सिएर रचना वाचन गरे । प्राज्ञ कवि कृष्णभुषण बल लगायत धेरैले आफ्ना रचना सुनाएर आमालाई सम्मान व्यक्त गरे ।
दमक बहुमुखि क्याम्पस साहित्यिक मञ्चले त बैशाख ३ गते एउटा राम्रो कामको सुरुवात गर्यो श्रष्टालाई सम्मान गरे । बृहत साहित्यिक गोष्ठीका साथ साहित्यकारहरु केशव आचार्य, टंक विकल्प र प्रकाश आङ्देम्वेलाई सम्मान गरिएको हो । दमकको कार्यक्रम सकिन नपाउदै बैशाख ४ गते साहित्य चौतारी झापाले विर्तामोडमा अर्को विर्सनै नसकिने कार्यक्रम गरि छाड्यो । उस्ले गीतकार शिव संकर थापालाई सम्मान मात्र गरेर दार्जीलिङ्गे गायीका हिरादेवी वाइवा लाई गीत गाउन लगाएर कविहरुलाई नाच्ने वातावरण बनायो । कवितामा सशक्त देखिएका कविहरु नाचे उसरीनै । त्यस पछि एकसाता माहौल अलि शान्त रह्यो तर पनि यो विचमा स साना जमघट र छलफल भइरहे । हिजो शनिवार त्यस्तै एउटा कार्यक्रम भयो झकास पुरस्कार वितरणको । पुरस्कार वितरणको कार्यक्रम भए पनि त्यो अर्थपुर्ण रह्यो विदेशमा छरिएका श्रष्टाहरुको संस्था झकास आयोजक भएकाले । रचना वाचन जोडतोडले गरेका श्रष्टाले ११ हजार १ सय ११ रुपैया राशीको पुरस्कारले गजलमा जमेका प्रकाश आङ्देम्वेलाई पुरस्कृत गरे । पुरस्कार वितरणमा प्रा डा गोविन्दराज भट्टराइ, डा टंक न्यौपाने, प्राज्ञ कवि कृष्ण भुषण वललगायतले शनिश्चरे शरणार्थी शिविरमा सम्मान गरेका हुन् । प्रकाशलाई पुरस्कारसंगै यो यात्रा अगाडी बढीरहेको छ । यस पटकको बसन्त सकिन अझै निक्कै बाकी छ । कार्यक्रमको तालिकाहरु अझै पनि बन्दैछन् उस्तै गरि ।
Posted by: mycreation Labels: कथा/ साहित्य/ निबन्ध
पूर्वमा साहित्यको माहौल निकै बढेछ। साहित्य गितबिधीबारे लेख्ने भएकोमा शेखरजीलाई धन्यबाद।
आजकाल नेपालमा गजलले निकै ठाउं ओगटेको छ। अस्ती गुगलग्रुमा नेपाली गजलको ईतिहांस बारे मेल
आएको थियो। मलाई नेपालको गजल ईतिहांस जान्न निकै उत्सुकता लागेको थियो। मेसो मिल्दा उक्त टांसो दौंतरीमा
|
2022/05/23 14:07:21
|
http://www.dautari.org/2010/04/blog-post_3597.html
|
mC4
|
नबिल बैंकद्वारा आफ्ना ऋणीलाई छुट
विराटनगर, २ भदौ । नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ । कोरोना महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शून्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।
ग्राहकमैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन् । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै बैंकले आफ्ना सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएको जानकारी दिए ।
'कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैनन्,' उनले भने ।
हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबैभन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्ना दीर्घकालीन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजनासमेत बनाएको छ ।
|
2020/09/21 16:30:03
|
https://www.koshionline.com/2020/08/18/217991.html
|
mC4
|
प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय – Online Khabar
नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा आगजनी
२०७६ पुष १३ गते २०:४१ मा प्रकाशित
१२ पुस,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडालाई बनाउने सहमति जुटाएको छ । तर पार्टीको निर्णयप्रति नेकपा प्रदेश सदस्यहरुले नै असन्तुष्टि जनाएका छन् ।
आइतबार विहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरुबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन । प्रदेशको नाममा नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती गरी तीन विकल्प थियो भने राजधानी लागि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा सहमति हुन सकेको थिएन ।
अस्थायी राजधानी हेटौंडा नै हो ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । त्यसैले नेकपा सचिवालयको निर्णयअनुसार नै प्रदेशको नाम र राजधानी तोकिने लगभग पक्का भएको छ ।
नेकपाकै सांसदहरु असन्तुष्टि
तर सचिवालयको निर्णयप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । उनीहरु मध्य एक प्रदेशसभा सांसद चन्द्र लामाले प्रदेशको नाम र राजधानी प्रदेशसभाको क्षेत्राधिकार भएको बताए । उनले भने, 'यो विषयमा पार्टीको हृवीप लगाउँदैन ।'
काभ्रे राजधानी बनाउन प्रस्ताव दर्ता गरेका नेकपा विधि प्रक्रिया र संविधानले दिएको अधिकार नमिच्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
२०७४ चैत १४ गते नेकपा संसाद चन्द्र लामाले काभ्रेलाई राजधानी बनाउँन प्रदेशसभा सचिवालयमा प्रस्ताव पेश गरेका थिए, जसमा काभ्रेकै प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल, बसुन्धारा हुमागाइ र रत्न ढकालले समर्थन थियो ।
२०७६ पुष १३ गते १३:३९
Actually identity was asked by Newar and Tamang not by बागमती and पशुपति. At least Newar and Tamang would have gain the sense of belongingness.
२०७६ पुष १३ गते १२:१०
" Nepal Mandal" would have been appropriate.
२०७६ पुष १३ गते ११:५२
सार्वभौम संसद भन्नु जन प्रतिनिधि भन्नु वेकार रहेछ । दुइ जना तानाशाहको निर्णयमा सबथोक हुने मुलुकमा कठपुतली प्रदेशहरुको पनि काम छैन । प्रदेश संसदको अधिकार आफै चलाउने हो भने वेकारको नाटक गरेर किन खर्च मात्रै बढाउनु ।
Lotus stha
२०७६ पुष १३ गते १२:३०
संघियताको उत्तम नमुना l सबै निर्णय केन्द्रबाट प्रदेशसभा हात्तिको देखाउने दाँतमात्र l
२०७६ पुष १३ गते ११:५६
प्रदेशको नाम उत्तम तर राजधानी अपायक वैज्ञानिक हिसाबले राजधानी तोकौँ वा राजधानीको विषयमा जनमत संग्रह गरौँ ।
२०७६ पुष १३ गते १३:१४
भौगोलिक अवस्थाको हिसाबले हेर्ने हो भने रसुवा, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक जिल्लालाई समेत मध्य भाग हुने गरि समेटेको भए ठिक हुन्थ्यो होला । पल्लो छेउ नै भो त । सबै पावरका कुरा होलान राजधानी राख्ने खै के खै के ।
तुल्सी
२०७६ पुष १३ गते १२:३७
काठमाडाैं बसेर राजनीति गर्ने फटाहाहरुलाइ गाह्राे हुने भाे । राम्राे भाे ।
२०७६ पुष १३ गते १५:३६
सार्वभाैम जनता र जनताका प्रतिनिधिहरुकाे धज्जि उढ्याे लज्जित हुनपर्याे, नाम नेपालमण्डल किन नहुने यदि पुरानै नाम हाे भने किन यस्ताे ढिलाे, राजधानी जनतालाइ अपायक पर्नेभयाे किन बनेपा, भक्तपुर, काभ्रे नहुने ? के गर्छन हाल जनप्रतिनिधिहरु ? राजिनामा दिने वा पार्टी छाड्ने वा प्रतिवाद गर्ने वा जनतामा आउने वा अनशन बस्ने वा फ्लाेर cross आदि ।
२०७६ पुष १३ गते १३:०७
प्रदेश टुक्र्याएर दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ र नुवाकोट मिलाएर अर्को नयाँ पर्देश आवश्यक छ। काठमाडौं उपत्यका र तराई प्रभाव बढी भएको अहिलेको प्रदेशमा यो भेगका जनता अल्पसंख्यक हुन र भबिश्य पनि छैन।
२०७६ पुष १३ गते १२:२७
Wrong decision For rajdhani.
ठिकै छ बागमती प्रदेस
२०७६ पुष १३ गते ११:५८
State name should include all caste creed religion. inclusiveness vako Samabesi type ko name hunu paryo. Bagmati name ta samanti Panchayat time ko name jasto vayo. Manjushri would be appropriate as state new name.
२०७६ पुष १३ गते १६:५६
यो खुरापाती नेकपा न त गतिलो पार्टी हो न त नेताहरु नै पढेलेखेका छन, त्यसैको उपज हो यो अपायक प्रदेशको राजधानी तोक्नु | भोलि अर्को पार्टीले दुई तिहाइ ल्याउने अनि फेरि राजधानी हेटौडाबाट बनेपा सार्नुपर्छ |
|
2021/12/04 13:21:46
|
https://www.onlinekhabar.com/2019/12/824008
|
mC4
|
मोबाइल कम्प्लेक्सको थ्रीजीसँग फोरजी फोन साट्ने अफर भ्यालेन्टाइन डेसम्म - Technology Khabar
» मोबाइल कम्प्लेक्सको थ्रीजीसँग फोरजी फोन साट्ने अफर भ्यालेन्टाइन डेसम्म
Technology Khabar २३ माघ २०७३, आईतवार
काठमाडौं, २३ माघ । ललितपुर मोबाइल कम्प्लेक्सले यहि माघ २२ गते समापन भएको मोबाइल एक्स्पो २०१७ को अफरलाई निरन्तरता दिएको छ । कम्प्लेक्सले आफ्ना नियमित ग्राहकहरुलाई 'थ्रीजी स्मार्टफोन ल्याउनुहोस् फोरजी स्मार्टफोन लानुहोस्' अफर भ्यालेन्टाइन डेसम्मका लागि निरन्तर दिने जानकारी दिएको छ ।
यो अफरमा ग्राहकहरुले आफ्नो थ्रीजी स्मार्टफोन साटेर नयाँ ब्राण्डेड फोरजी फोन लान सक्नेछन् । त्यसको लागि कम्प्लेक्सले अनुभवी तथा दक्ष भ्यालूएटर राखेर थ्रीजी फोनको मूल्य कायम गर्नेछ भने ग्राहकहरुले आफ्नो पुरानो प्रविधि भएको फोनको साटो नयाँ फोरजी फोन एक्स्चेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
आफ्ना नियमित ग्राहकहरुका लागि 'थ्रीजी स्मार्टफोन ल्याउनुहोस् फोरजी स्मार्टफोन लानूहोस' अफर निरन्तरता दिएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । 'यो अफरको लागि ग्राहकहरुले अत्यधिक सोधखोज गरेका छन् र अवधि थप गर्न आग्रह गरेका छन्,' उनले भने, 'त्यसैले हामीले रेगुलर ग्राहकहरुका लागि यो अफरलाई कन्टिन्यू गरेका छौंं ।'
कम्प्लेक्सले 'एउटा मोबाइल किन्दा अर्को मोबाइल फ्रि' अफर तथा ५ देखि ७० प्रतिशतसम्मको छुटलाई फेब्रुअरी १४ तारिख अर्थात भ्यालेन्टाइन डेसम्मका लागि लागू गरेको विज्ञप्तिमा उल्लेख छ ।
|
2021/04/19 12:48:52
|
https://technologykhabar.com/2017/02/05/11055/
|
mC4
|
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईँको कोरोनाका कारण निधन
झापा, २३ असोज । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को सङ्क्रमणबाट आज निधन भएको छ ।काठमाडौंँको ओम अस्पतालमा शुक्रबार अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
विसं २०४८ को आठौंँ महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उनि विसं २०४४ मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए । विसं १९७८ माघ १५ गते जन्मिएका उनि पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाईँ निर्वासनबाट स्वदेश फर्किएका थिए ।
विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनि झापामा स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनि पराजित भएका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उहाँले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गरे । उनका पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् ।
कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताए । उनको निधनमा कांग्रेसका प्रवक्ता शर्माले शोक व्यक्त गर्दै ट्वीट गरेका छन् । 'अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो', कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, 'शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा ।' रासस
|
2020/12/05 08:15:30
|
https://www.sajhapost.com/2020/10/09/267670.html
|
mC4
|
वसुधैव कुटुम्बकम् हाम्रै पूर्वी सभ्यताले संसारलाई सिकाएको पाठ थियो । तर, आज हामी नाफा–घाटाको लेखाजोखामा स्वार्थी बनिरहेका छौं । र, यसैलाई सफल र सभ्य मानिरहेका छौं । पश्चिमा परिवार संस्कृतिको अनुकरण गर्दै जाँदा बाबुआमा वृद्धाश्रममा र छोराछोरी बालगृहमा हुने प्रवृत्ति देखिन्छ । हामी यसलाई वैयक्तिक स्वतन्त्रता ठान्छौं अनि आफ्ना संस्कृतिका मर्यादालाई पुरातन भनेर पन्छाउँछौं ।
हाम्रो शिक्षा, भाषा, भेषभुषा र संस्कृतिमा कसरी वर्णसङ्कर प्रवेश ग¥यो र यसले हाम्रो सभ्यता बाँझो बनाउने यत्न गरिरहेको छ भन्ने बुझ्न अंग्रेज शासित भारत हेरे पुग्छ ।
बेलायतले संस्कृत, हिन्दी हटाएर अंग्रेजी भाषाको विकास गर्ने योजनास्वरुप सन् १८३४ मा लर्ड थमस बेबिङ्टन मेकालेलाई भारत पठाएको थियो । मेकालेले सन् १८३५ मा लण्डनमा एउटा प्रतिवेदन बुझाए, जसमा उनले लेखेका थिए– मैले भारतीयहरूलाई शरीर मात्र भारतीय, उनीहरूको दिल र दिमाग भने ब्रिटिश बनाएर आएको छु।
|
2021-03-08T21:35:32Z
|
http://rusnepal.com/archives/9546
|
OSCAR-2109
|
झापामा सूचना प्रविधि मेला -
प्रबिधि | Wednesday, 10th February 2016, 06:49 PM |
काँकडभिट्टा (झापा), २७ माघ । झापामा पहिलोपल्ट सूचना प्रविधिसम्बन्धी मेला 'क्यान इन्फोटेक–२०१६'को आयोजना हुने भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गर्ने सो मेला आगामी फागुन २१ देखि २५ गतेसम्म विर्तामोडको कन्काई क्याम्पस परिसरमा हुनेछ ।
सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला प्रविधियुक्त उपकरणको मेलामा प्रदर्शनी हुने महासङ्घका केन्द्रीय सदस्य एवम् मेला संयोजक दिपेश पाठकले जानकारी दिनुभयो ।
मेलामा फ्री वाइफाइ सुविधासहितका ७२ वटा बिक्री तथा प्रदर्शनी कक्ष रहने मेला करिब एक लाखले अवलोकन गर्ने लक्ष्य राखिएको महासङ्घ झापाका कोषाध्यक्ष शुभ पाठकले बताउनुभयो । रासस
|
2019/02/15 22:24:33
|
http://merokhabar.net/story/%E0%A4%9D%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF-%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BE
|
mC4
|
News | Real betis
News | Tag: Real betis
बार्सिलोनालाई १० अंकको अग्रता बनाउने अवसर (प्रिभ्यू)
काठमाडौँ । स्पेनिस घरेलु लिग ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले शनिबार राति सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओसँग २–० गोलको हार व्यहोरेपछि शिर्ष स्थानमा रहेको बार्सिलोनालाई १० अंकको अग्रता बनाउने अवसर छ । आज राति १ः३० बजे बार्सिलोनाले रियल बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा लिगको २८ औं खेल खेल्दैछ । यो खेलमा जित निकालेको खण्डमा बार्सिलोनाले स्पष्ट १० अंकको अग्रता बनाउने छ ।
सेभिया डर्बीमा रियल बेटिस विजयी, भ्यालेन्सियाले लेभान्टसँग अंक बाँड्यो
काठमाडौं । आइतबार राति सम्पन्न सेभिया डर्बीका रियल बेटिस विजयी भएको छ । बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा सम्पन्न खेलमा घरेलु टिम १–० गोलले विजयी भएको हो ।
|
2019/07/18 17:29:36
|
http://www.nepalipatra.com/tag/Real-betis
|
mC4
|
चुरे फेदीका बासिन्दा आधारभूत सुविधाबाट वञ्चित | Alagdhar
घरBanner Newsचुरे फेदीका बासिन्दा आधारभूत सुविधाबाट वञ्चित
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने चुरे फेदीको बर्रेगडा र धारापानी वस्ती आधारभूत सुविधाबाट वञ्चित रहँदैआएका छन् । सडक, शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव छ वस्तीमा । यहाँ बस्दैआएका परिवारसँग जग्गाको स्वामित्व समेत छैन । धारापानीका बासिन्दाले नजीकैको खोलाको पानी उपभोग गर्दै आए पनि बर्रेगडाका बासिन्दालाई दुई किलोमिटर टाढाको खोलाबाट पानी बोकेर ल्याउनु पर्ने अवस्था छ । वर्षात्का बेला खोलामा धमिलो पानी आउने गर्दछ । बर्रेगडाका टेकबहादुर बुढाले भन्नुभयो – "पिउने पानीको अर्को विकल्प नहुँदा धमिलो पानीलाई थेग्र्याई पिउने गर्दैआएका छौं । यस्तो पानी पिउनु रहर नभएर बाध्यता हो ।"
उहाँले भन्नुभयो – "सडकको भरपर्दो व्यवस्था नहँुदा उपभोग्य वस्तु ल्याउन दश किलोमिटर टाढाको बजार पैदल नै पुग्नु पर्दछ । पिठ्यँुमा भारी बोकेर उपभोग्य वस्तु ल्याउने गर्दछौं ।" वर्षात् अघि नै उपभोग्य वस्तुको जोहो मिलाउनुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । वर्षात्का बेला खोला र नदीहरुमा पानीको बहाव उच्च हुने भएकाले वर्षा हुनु अगावै यहाँका बासिन्दाले दैनिक उपभोग्य वस्तु चामल, दाल, नून, तेल र पिठो लगायतको जोहो मिलाउने गर्दछन् । बालबालिकालाई पाँच किलोमिटर टाढाको विद्यालय पर्याउन जङ्गल कटाउन अभिभावकलाई पालो मिलाउनु पर्ने बाध्यता छ ।
"हिंस्रक जीवजन्तुको सम्भावित आक्रमणबाट जोगाउन बालबालिकासँगै अभिभावक जानुपर्दछ," स्थानीयवासी वीरबहादुर थापाले भन्नुभयो । बालबालिकालाई विद्यालय पुर्याउन र ल्याउन पालो मिलाउँदै आएको उहाँले बताउनुभयो । अर्का स्थानीयवासी धनादेवी धामीले भन्नुभयो – " वस्तीमा विद्युत् त परको कुरा । टुकी बाल्न तेल ल्याउने क्षमतासम्म नहुँदा राति अँध्यारोमै खाना पकाउने काम हुन्छ । दिउँसोको उज्यालोमा मात्रै बालबालिकाले पढ्न पाएका छन् ।"
"लोकतन्त्र आयो, काठमाडौँको सिंहदरबार गाउँमै पुग्यो भनेर रेडियो भन्दछ," उहाँले भन्नुभयो – "बस्दै आएको वस्ती जस्तो पहिला थियो, अहिले पनि त्यस्तै छ । पहिराले बाटो लग्दा सहज रुपमा हिँड्न समेत पाउँदैनौं ।" वस्तीमा बस्ने बासिन्दाको आयस्तर निकै कमजोर हुँदा वस्तीका अधिकाँश पुरुष कामको खोजीमा भारत र छिमेकी जिल्लामा मजदूरी गर्न जान्छन् । उनीहरुले पठाएको पैसाबाट वर्षभरिको घर खर्च धान्ने गरिन्छ । थोरै रहेको पाखो जग्गामा लगाइएको अन्नबाली बाँदर, बँदेल लगायतका जङ्गली जनावरले दिउँसै खेतमा पसेर सखाप बनाएर दुःख दिन्छन् ।
छ वर्ष अघि घरजग्गा सबै पहिराले लगेपछि धारापानीका साइमले धामीको परिवार दार्चुलाको धुलीगडाबाट आश्रयको खोजीमा यस ठाउँमा बस्न आएको हो । चारैतिर नदीले घेरिएको ठाउँमा बस्दैआएका धामी परिवारलाई वर्षात्को उर्लिदो भेलले बगाउने चिन्ता छ । धामीले भन्नुभयो – "पहाडमा रहेको सबै खेत पहिरामा पर्यो । अब यहाँबाट समेत विस्थापनमा परे कुन ठाउँमा परिवारलाई लगेर राख्ने हो भन्ने पिरलो छ ।"
वस्ती जोखिमयुक्त र सुविधारहित भएका कारण धेरै परिवारलाई वस्ती नै त्यागेर जीविका चलाउन अन्यत्र जानुपर्ने बाध्यता छ । चुरे क्षेत्रमा पर्दैगएको मानवीय चापले विनाश बढ्न थालेपछि संरक्षणका लागि वस्ती हटाउन दवावसमेत आउने गरेको छ । बस्न अर्को व्यवस्था नहुँदा दवाव र जोखिम सहेर बस्नुपरेको स्थानीय बासिन्दा बताउँछन् ।
चुरे क्षेत्रका कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्किफाँटा र बागमारेका बासिन्दाको एउटै खाले समस्या रहेको छ । केही परिवारले परम्परागत रुपमा बाख्रापालन गरी जीविका धान्दै आएका भए पनि धेरै परिवार भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन् । चुरे क्षेत्रमा मानवीय चापसँगै विनाशसमेत उत्तिकै बढेकाले एकीकृत नमूना वस्ती बसाल्न योजना अघि बढाइएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । उहाँका अनुसार यसका लागि घरधुरी सर्वेक्षण सँगै एकीकृत नमूना वस्तीका लागि सम्भाव्यता अध्ययनको कार्य थालिएको छ । चुरे क्षेत्रमा बस्दैआएका दुई वस्तीका २२ परिवारको अवस्था निकै नाजुक रहेको सर्वेक्षणले देखाएको छ । यसमा आठ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ ।
उहाँले भन्नुभयो – "कुनै पनि सुविधा पुर्याउन थोरै स्रोतले सम्भव नहुने भएकाले वस्ती नै अन्यत्र सारिनु पर्छ । यसका लागि योजना बनाउन जुटेका छौं ।" उहाँका अनुसार सुविधा सम्पन्न वस्ती बसाउन जग्गाको खोजी भैरहेको छ । विसं २०२४ अघिदेखि वस्ती बस्न थालेको यस क्षेत्रका बासिन्दा घाँसका छाना भएका घरमा बस्दैआएका छन् ।
|
2021/12/04 19:54:46
|
https://www.alagdhar.com/2019/01/5159
|
mC4
|
राहदानीको आवेदन अब मोबाइलबाटै | Sankalpa Post
राहदानीको आवेदन अब मोबाइलबाटै
स ११, २०७३- राहदानी विभागले राहदानीको आवेदन 'मोबाइल एप' बाटै पठाउन मिल्ने व्यवस्थाको तयारी गरेको छ । यसको औपचारिक आरम्भ अर्को साता गरिने विभागका अधिकारीले जानकारी दिए ।
यसअघि नै वेबसाइटमार्फत आवेदन दिने र लाइभ इनरोलमेन्टको व्यवस्था मिलाएको विभागले एपबाट थप सहजता ल्याउने प्रयास गरेको हो । 'वेबसाइटको मोबाइल भर्सन तयार गरेका हौं, यसको एप पनि तयार भइरहेको छ,' परराष्ट्र अधिकारीले भने । आफ्नो विवरण सबै भरेर पठाएलगत्तै दिएको समय र बारकोड भएको पृष्ठ सुरक्षित गरी तोकेको समयमा राहदानी विभाग गएर लाइभ इनरोलमेन्ट (प्रत्यक्ष फोटो खिच्ने, हस्ताक्षर गर्ने, औंठा छाप दिने) गर्नुपर्ने हुन्छ ।
यसले भीड व्यवस्थापन गर्नुका साथै समयसमेत बचत हुनेछ । 'हामी कसरी चुस्त सेवा दिने भन्नेमै काम गरिरहेका छौं । प्रविधिलाई प्रयोग गरेर काम थप सहज बनाउन खोजेका हौं,' राहदानी विभागका महानिर्देशक सुशील लम्सालले कान्तिपुरसँग भने ।
पहिलेको दाँजोमा अहिले निकै कम भीड भए पनि अझै दैनिक करिब एक हजारले राहदानी विभागमा नै पुगेर राहदानीको आवेदन दिइरहेका छन् । अन्य जिल्ला तथा विदेशस्थित कूटनीतिक नियोगबाट पनि थप दुई हजार आउने गरेकाले दैनिक तीन हजारभन्दा बढी राहदानी विभागले वितरण गरिरहेको छ ।
राहदानी विभागले नागरिकता प्रमाणीकरण, जिल्लाबाट पठाइने सिफारिसजस्तामा प्रविधि प्रयोग गरी फास्ट ट्रयाक सेवा दिइरहेको छ । राहदानी विभागले गत सात महिनादेखि लाइभ इनरोलमेन्टको काम विभाग र १० नियोगबाट गरिरहेको छ । अबको केही समयमा सबै लाइभ इनरोलबाट जाने गरी प्रविधि विकास गरिरहेको भन्दै लम्सालले जानकारी दिए ।
'हामी अब विस्तारै इ–पासपोर्टमा जानुपर्ने हुन्छ । त्यसको तयारीका लागि अभ्यस्त हुँदै जानुपर्छ ।' विश्वका अधिकांश विमानस्थलमा इपासपोर्टका लागि छुट्टै गेट रहने, अन्य झन्झट नहुने सहजताका साथ आवागमन हुने हुनाले पनि त्यसमा जाने निर्णय सरकारले यसअघि नै गरेको हो । एपमा गएपछि आफ्नो पासपोर्ट बन्दाको अवस्थादेखि भएको त्रुटिसमेत मोबाइलमै हेर्न सकिने छ ।
विभागले १५ हजार राजस्व लिएर एक दिनमा, १२ हजार राजस्व लिएर २ दिन र १० हजार राजस्व लिएर ३ दिनमा राहदानी उपलब्ध गराउँदै आएको छ । जिल्लामार्फत आउनेलाई ५ हजार राजस्वमा बढीमा दुई सातामा राहदानी उपलब्ध गराइन्छ ।कान्तिपुर का अनुसार
|
2020/09/24 00:42:26
|
http://www.sankalpapost.com/2016/12/27/1887/
|
mC4
|
निर्मला पन्त हत्यामा आधारित चलचित्र 'कोपिला आजदेखि डिसहोममा हेर्न पाइने - नागरिक रैबार::Nagarikraibar.com निर्मला पन्त हत्यामा आधारित चलचित्र 'कोपिला आजदेखि डिसहोममा हेर्न पाइने - नागरिक रैबार
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र 'कोपिला' डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ।
दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्।
बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने छन्।
चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ। बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए। गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन्।
चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ। अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ
नबिना लामाजी, नमस्कार तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु । नम्बर १, नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको […]
'यो मानिसको एउटा छोटो कदम हो र मानवताको लामो छलाङ्ग ।'चन्द्रमामा पाइला राख्ने पहिलो मानव निल आर्मस्ट्रङ्गले आफ्नो चन्द्रयात्राका बारेमा भनेको कुरा हो यो । २० जुलाई १९६९ मा यी अमेरिकी अन्तरीक्षयात्रीले चन्द्रमामा पाइला टेकेर इतिहास रचेका थिए । निल आर्मस्ट्रङ्ग चन्द्रमामा पुगेयता अहिलेसम्म १२ जना मानिस चन्द्रमामा टेक्न सफल भएका छन् । चन्द्रमामा पहिलोपटक […]
|
2020/07/06 05:42:30
|
http://nagarikraibar.com/2020/05/12/35584/
|
mC4
|
किन छिनमै धारणा फेर्छन् देउवा? | Nagarik News - Nepal Republic Media
३ चैत्र २०७५ ६ मिनेट पाठ
काठमाडौं – 'विप्लवको कामप्रति सरकारले लगाएको प्रतिबन्धको कांग्रेस स्वागत गर्छ, हाम्रै साथीहरूमाथि पनि उसको त्रास थियो। प्रतिबन्ध मात्र होइन उसलाई कारवाही नै गर्नुपर्छ', सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर पुगेर दिएको वक्तव्य हो, यो।
विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको भोलिपल्ट अर्थात् बुधबार विराटनगर पुगेर देउवा विल्लवप्रति निकै आक्रमक देखिए। चुनावताका आफ्ना कार्यकर्ता पनि विप्लवको आक्रमणमा परेका थिए। त्यही कारण भावनात्मक हिसाबले बोलेका देउवाले विप्लवको पार्टीको प्रतिबन्धका विषयमा क्रमश सरकारको आलोचना बढेपछि बोली फेरे। शनिबार पाल्पा पुगेका उनले राजनीति दललाई प्रतिबन्ध लगाएर मात्र समस्याको समाधान नहुने भन्दै वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बताए। उनको बोलीको अडान एक हप्तामै फेरियो।
शीर्ष नेतादेखि अन्य तहका नेताहरुले विप्लवबारे विभिन्न अभिव्यक्ति दिन थालेपछि कांग्रेसको धारणा के भन्नेमै अन्योल छायो। यसको 'डिफेन्स' पार्टीले गर्नुपर्यो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देउवाको 'दुई जिब्रे बोली'को प्रतिरक्षा गर्दै विज्ञप्ति जारी गरे। विज्ञप्तिमा देउवाले 'निषेध हैन वर्ताले समाधान' भनेको भन्दै रक्षा गरिएको छ।
देउवा यो साता दुई विषयमा विवादमा परे। सरकारले गतसाता सीके राउतसँग गरेको सम्झौतामा सुरुमा सकारात्मक भएको भन्दै स्वागत गरे। तर केही समयपछि देउवाले बोली फेर्दै यो सम्झौता राष्ट्रघाति भएको प्रतिक्रिया दिए।
अध्ययन नगर्ने नेताका रूपमा देउवाले आफैं आफूलाई प्रस्तुत पनि गर्न भ्याए। सभापति देउवाले सरकार र राउतबीच सम्झौता भएको चार दिनपछि गत मंगलबार आफूले उक्त दस्तावेज नै नपढेको स्पष्ट पारे। 'सीके राउतसँग भएको संझौतालाई हामीले राष्ट्रघाति सम्झौताका रूपमा लिएका छौं। तर मैले पढ्न पाएको छैन, पढ्छु। देश टुक्र्याउने कुरा हामीलाई स्वीकार्य हुँदैन।'
देउवाले चाँडै बोली फेरेपछि यसको असर पार्टीलाई भएको विश्लेषण हुन थालेको छ। देउवाले दिएका अभिव्यक्ति व्यक्तिगत नभई पार्टीको हुने भन्दै उनको आलोचना सुरु भएको हो। प्रमुख प्रतिपक्षी दलको सभापति र संसदीय दलका नेताको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको राजनीतिक विश्लेषक जुगल भुर्तेल बताउँछन्। 'जिम्मेवार पार्टीको सभापतिले गैरजिम्मेवारीपूर्ण तरिकाले बोल्नुभयो। यो खेद जनक छ', उनले भने, 'सभापतिले बोलेपछि त्यो उहाँको मात्र धारणा हुँदैन, त्यो पार्टीको धारणाका रूपमा बुझिन्छ। त्यसकारण सभापतिले बोल्दा विचार पुर्याउनुपर्छ।'
सभापति देउवाले आफ्ना धारणा हतारमा सार्वजनिक गरेको उनको तर्क छ। 'सभापतिले आवेशमा आएर बोल्न हुँदैन। प्रतिपक्षको पनि आफ्नै भूमिका छ। धेरैसँग सल्लाह लिएर बोल्नुपर्छ। सभापतिको सल्लाहकार को छन् भन्ने पनि थाहा छैन। सल्लाह गर्नुहुन्छ जस्तो पनि लाग्दैन', विश्लेषक भुर्तेल भन्छन्, 'उहाँले सुरुमा भावनामा बोल्नुभयो होला, पछि पार्टीमा छलफल भएपछि र सबैले बुझाएपछि यसलाई सामान्य नदेखेपछि बोली फेर्नुभएको हुनसक्छ।'
नेपाली राजनीतिमा कांग्रेस सभापति देउवाले मात्र बोली फेरेको नभई धेरैजसो नेताले यसै गर्ने विश्लेषक भुर्तेलको तर्क छ। 'उदारवादी दलका सभापति भएका कारण उहाँ (देउवा) बारे टिप्पणी गर्न सहज छ। नेपालका धेरै नेताहरूमा उमेर बढ्दै जाँदा यो प्रवृत्ति देखिन्छ', उनले भने, 'डिसिजन मेकिङको प्रक्रियामा कसरी बोल्ने भन्ने स्टेण्डर सबै नेतामा हुनुपर्छ। आफ्ना नेताले के बोल्ने भन्ने आधिकारिक संयन्त्रमा छलफल हुनुपर्यो।'
सभापति देउवाले सरकार र राउतबीचको सम्झौता र विप्लवका विषयमा बोली फेरेपछि अहिले पार्टीभित्र हलचल छ। सभापतिले पार्टीका शीर्ष नेतासँग छलफल नगरी दुर्गामी महत्त्वका विषयमा प्रतिक्रिया दिएको भन्दै सभापतिको आलोचना सुरु भएको हो। 'सभापतिले दर्गामी महत्त्वका विषयमा बोल्दा अन्य नेताहरूसँग पनि छलफल गर्नुपर्छ। सभापतिले आफ्ना धारणा फेर्न मिल्दैन', कांग्रेस नेता गुरुराज घिमिरेले भने, 'सभापतिले पढेको छैन भन्नु गैरजिम्मेवार हो। गम्भीर विषयमा बोल्दा ध्यान पुर्याउनुपर्छ।'
|
2021/05/15 09:04:20
|
https://nagariknews.nagariknetwork.com/politics/173752-1552808640.html
|
mC4
|
सार्वजनिक जग्गामा बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन सुरु
✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ पुष २७, मंगलवार २०:४०
बुटवल उपमहानगरले सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको छ ।
उपमहानगरपालिकाले प्रकोपको जोखिम र ठूला विकासे परियोजनाका निर्माणका लागि सार्वजनिक जग्गामा घर बनाई बसोबास गर्दै आएका विस्थापित परिवारलाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको हो । बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने चुरे पहिराबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भएको थियो ।
गत असारमा बसेको कार्यापालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयमार्फत त्यस्ता असुरक्षित र विस्थापित बस्तीका परिवारलाई निस्सा वितरण गर्न सुरु गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । विस्थापितको आवाससहितको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका–१७ मा करिब ११ बिघा जग्गा यकिन गरेर राखिएको छ । त्यहाँ राखिने विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्ने जनाएको छ ।
उपमहानगरले गत आवमा तिनाउ–दानव कोरिडोर, मोतिपुर औद्योेगिक कोेरिडोर जस्ता परियोजनाबाट विस्थापित हुनेलाई बुटवलमैै आवासका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यपालिकामार्फत विपन्न तथा विस्थापितका लागि नमूना सामूहिक आवास गृह निर्माण गर्ने निर्णय गरी मातहतका कार्यालयमा जानकारी पत्र पठाइएको बताउँदै प्रमुख सुवेदीले जनता आवश्यक जग्गा यकिन गरी तारबार गरिएको जानकारी दिए ।
विस्थापित तथा प्रकोपबाट उच्च जोखिममा रहेका प्रभावितका लागि आवश्यक आवासको प्रबन्ध मिलाउने निर्णय गर्दै यकिन गरिएकोे जग्गाकोे कित्ता नम्बरसहित मातहतका कार्यालययमा सिफारिस गरिएको प्रमुख सुवेदीले बताए । सोही सिफारिस र निर्णयका आधारमा अव्यवस्थित बस्तीमा रहेका, नदीको किनारमा उच्च जोेखिममा रहेका, पहिराको उच्च जोेखिममा रहेका र गौरवका परियोजनाबाट विस्थापित हुने परिवारकोे यकिन पहिचान गर्दैै तिनलाई तीन प्रकारका निस्सा वितरणका प्रक्रिया सुरु गरिएको प्रमुख सुवेदीकोे भनाइ छ ।
अव्यवस्थित बसोेबासीका रूपमा रहेका तर बस्ती जोखिममा नरहेका परिवारलाई हरियो रङको बसोबास निस्सा पत्र, अव्यवस्थित बसोबासका रूपमा रहेका तर तिनाउ र दानव नदी कटान र बाढीपहिराकोे उच्च जोखिममा रहेका बस्तीका लागि रातो रङको स्थानान्तरण निस्सा उपलब्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
|
2022/01/18 10:32:34
|
https://www.tvannapurna.com/39390/2022/01/11/
|
mC4
|
वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ... :: मनोज सत्याल :: Setopati
वाइड बडी प्रकरणमा मन्त्रालयले जवाफ नदिएका पाँच प्रश्न
मनोज सत्याल काठमाडौं, पुस २३
पत्रकार सम्मेलनमा मन्त्री अधिकारी। तस्बिर : निशा भण्डारी/ सेतोपाटी
संसदको सार्वजनिक लेखा समितिले वाइड बडी जहाज खरिदमा अनियमितता भएको प्रतिवेदन पारित गर्नु केहीबेर अघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा उनले जहाज खरिद प्रक्रियामा आफ्नो संलग्नता नभएको दाबी गरे र अनुमानका भरमा पूर्वाग्रही भएर आफूलाई अनियमिततामा जोडिएको बताए।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीसँगै सचिव कृष्णप्रसाद देवकोटा र अन्य प्राविधिक कर्मचारीहरू पनि उपस्थित थिए।
मन्त्री अधिकारी र कर्मचारीले खरिद प्रक्रिया कानुनसम्मत रहेको भन्दै बचाउ गरे।
बचाउ पछाडि उनीहरूले दिएको आधार हो, सर्वोच्च अदालतले २०७४ मंसिर २७ मा दिएको आदेश।
सर्वोच्चको उक्त आदेशमा भनिएको छ- नेपाल वायु सेवा निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारीभित्र रही आफ्नो व्यापारिक उद्देश्य पूरा गर्न गरिएको र त्यसमा कुनै कानुनी त्रुटी भए गरेको पाइएन।
मन्त्रालयमा पत्रकार सम्मेलन सकिएको एक घन्टापछि सार्वजनिक लेखा समितिले पारित गरेको प्रतिवेदनमा भनिएको छ-एयरबस कम्पनीसँग प्रत्यक्ष सम्पर्क भएकोमा निगमको विनियमावली २३६ (१)आकर्षित हुने हुँदा यो खरिद प्रक्रिया नै बदनियतपूर्ण र कानुनसम्मत नरहेको तथा अख्तियारको दुरूपयोग भएको देखिन्छ।'
निगमको विनियामवली २३६ (१)मा नयाँ र २३६ (२)मा पूरानो जहाजको खरिद प्रक्रिया छ। निगमले टेन्डर गर्दा एक हजार घन्टा उडेको र सन् २०१४ पछि बनेको पूरानो जहाज खरिद गर्ने बताएको थियो। समितिले खरिद प्रक्रियामा बिचौलिया प्रयोग गरी त्यसबाट नयाँ किन्दा पाइने छुट रकम दुरूपयोग गर्ने मनसाय देखिएको निष्कर्ष निकालेको छ।
उपसमितिले निकालेको यो निष्कर्ष गत बुधबार नै सार्वजनिक भएको थियो।
प्रतिवेदन सार्वजनिक भएको चार दिनपछि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पनि वाइड बडी जहाजसम्बन्धी केही प्रश्न अनुत्तरित नै रहे।
टेन्डरमा छानिँदा एएआर कम्पनीले २४२ मेट्रिक टन भार क्षमताका जहाज निगमलाई दिने बताएको थियो। तर जहाज आए २३० मेट्रिकका।
लेखा समितिले २३० मेट्रिक टन भार क्षमताको जहाजलाई २४२ मेट्रिक टनमा स्तरोन्नत्ति गर्न प्रतिमेट्रिक टन ३ लाख ५० हजार अमेरिकी डलर थप लागत लाग्ने देखाएको छ। जसबाट प्रति जहाज ४२ लाख डलर अर्थात् दुई जहाजमा ९४ करोड रूपैयाँ घाटा लागेको समितिको निष्कर्ष छ।
मन्त्रालयले २३० टन क्षमता नै 'सेल्स एण्ड पर्चेज' एग्रिमेन्टमा उल्लेख भएको भन्दै सोही अनुसारको जहाज आएको उल्लेख गरेको छ तर भारवहन क्षमताबाट २३० बाट २४२ मेट्रिक टनमा लैजानेबारे कुनै टिप्पणी गरेको छैन।
मन्त्रालयले खरिद प्रक्रिया नयाँका लागि हो कि पूरानो जहाजका लागि भन्ने विषयमा मौनता साँधेको छ। उसले सर्वोच्चको आदेश देखाउँदै खरिद प्रक्रिया सही भएको जिकिरमात्र गरेको छ।
महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले नयाँ जहाज खरिद गर्ने भन्दै पूरानो जहाज खरिद गरिएकोमा अनियमितता भएको भनेको छ। लेखा समितिले सार्वजनिक खरिद ऐन २०६३ ले निर्दिष्ट गरेको विधि र प्रक्रिया पूरा नगरी विमान खरिद गरेको भनेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद प्रक्रियामा गम्भीर त्रुटी भनेको छ। तर पर्यटन मन्त्रालय यसबारे मौन छ। बरू पर्यटन मन्त्री अधिकारीले भनेका छन् -२०७४ मंसिर २७ गतेको सर्वोच्चको फैसलाअनुसार भुक्तानी रोक्का गर्न कुनै आदेश दिने मलाई कानुनी आधार थिएन।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीलाई प्रश्न सोधियो- निगमले हाइफ्लाई एक्समार्फत् एयरबसलाई तिरेको रकम कति हो? मन्त्री अधिकारीले स्पष्ट जवाफ दिन सकेनन्।
जहाज खरिद गर्दा सुरूआती बैना रकम एएआर र हाइफ्लाई एरो कम्पनीको कन्सोर्टियमलाई पठाइएको छ। जबकी दोश्रो र तेश्रो किस्ता एउटा कानुनी परामर्शदाता कम्पनी 'नोर्टन रोज फुलब्राइट' सँग निगम, विक्रेता कम्पनी (एएआर, हाइ फ्लाइ एरो र हाइफ्लइ एक्स)ले एस्क्रो एग्रिमेन्टमा हस्ताक्षर गरेर पठाइएको छ। यसरी पठाउँदा हाइफ्लाई एक्स कम्पनीले एयरबससँग कतिमा जहाज किन्यो र कतिमा निगमलाई बेच्यो भन्ने स्पष्ट छैन। पर्यटन मन्त्री, सचिव, सहसचिव र एरोनटिकल इन्जिनियरसमेत सहभागी पत्रकार सम्मेलनबाट पनि मूल्य सार्वजनिक हुन सकेन।
लेखा समितिले जहाजको म्यानुफ्याक्चरिङ सिरियल नम्बर (एमएसएन) पटक-पटक परिवर्तन भएको उल्लेख गरेको छ। बैना रकम पठाउँदा १८४० र १८४२ सिरियल नम्बरका जहाजका लागि पैसा पठाइएको थियो। तर पछि कम्पनीले नम्बर परिवर्तन गरि १८४५ र १८५४ नम्बरका जहाज उपलब्ध गराउने जानकारी गरायो। पैसा पठाएपछि १८७२ र १८७८ सिरियल नम्बरका जहाज नेपाल आए। मन्त्रालयले 'सेल्स एन्ड पर्चेज एग्रिमेन्ट' अनुसार जहाज आएको दाबी गरेको छ तर तर पटक-पटक किन सिरियल नम्बर फेरियो? किन बैना एउटाका लागि तिरियो र जहाज अर्को आयो? प्रश्न बाँकी नै छ।
मन्त्रालयले जहाज खरिद गर्दा बजार मूल्य बढ्न सक्ने प्रावधानअनुसार बढी पैसा तिरिएको दाबी गरेको छ।' प्राइस इस्केलेसन' को अधिकतम् सीमा (२.७६ प्रतिशत) कायम गरिएको र सोहीअनुसार रकम भुक्तानी गरिएको मन्त्रालयको जवाफ छ। लेखा समितिले एक हजार घण्टा उडेको जहाज पुरानो हुने भएकाले त्यसमा 'डिप्रिसिएसन' अथवा मूल्य 'डिस्केलेसन' हुनुपर्नेमा मूल्य किन बढ्यो भन्ने प्रश्न उठाएको छ, जसको उत्तर मन्त्रालयले दिएको छैन।
|
2019/06/20 21:06:18
|
https://setopati.com/politics/172901
|
mC4
|
सामान्य अङ्कले घटेको नेप्सेमा आज – www.Pradesh1TV.com
सामान्य अङ्कले घटेको नेप्सेमा आज
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । साताको तीन दिन बजार बढे पनि बुधबार भने सामान्य अङ्कले घटेको नेप्सेमा आज भने झिनो अङ्कको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३।५१ ले वृद्धि भई एक हजार २१३।११ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०।९५ ले वृद्धि भई २६४।२६ मा पुगेको छ । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरीद बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागे । बैंकिङ १।४२, होटल ६।३९, जलविद्युत् १।०५, वित्त ०।३४, उत्पादन १०।५१, अन्य २।५६ र सामूहिक लगानी कोष ०।०७ ले घट्दा व्यापार ४।२५, विकास बैंक ६।७९, निर्जीवन बीमा ९५।४१, लघुवित्त ६३ र जीवन बीमा १९।१२ ले बढेको छ ।
|
2022/01/27 12:18:29
|
https://www.pradesh1tv.com/details/3200/.html
|
mC4
|
रासस , २७ फाल्गुन २०७६, मंगलवार, १०:४२ am
दोलखा । सिँगटी हाइड्रो पावरको हेडवक्र्स निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ ।
विसं २०७६ चैत मसान्तभित्र विद्युत उत्पादन गर्ने समय तालिका आयोजनाले सार्वजनिक गरे पनि मेकानिकलको काम गर्ने चिनियाँ कम्पनीको क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडका प्रतिनिधि कोरोना भाइरसका कारण चीनबाट नफर्किँदा निर्धारित समयमा पूरा नहुने देखिएको हो ।
टनेल निर्माण कार्य ९९ प्रतिशत समाप्त भएको छ । पावर हाउसको कार्य लगभग ७० प्रतिशत र विद्युत्गृहभित्रको काम मेसिन जडानको काम ७० शतप्रतिशत सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । उनले भने, "पाँच हजार ६०७ मिटर टनेलको काम पूरा भएको र टनेलभित्र फिनिसिङको काम ९९ प्रतिशत सकिएको छ । 'अहिले पावर हाउसभित्र जडान गरिने उपकरणको जडान कार्य भइरहेको छ'–उनले भने ।
आयोजना सम्पन्न भएपछि १२ दशमलव ५ मेगावाट क्षमताका दुई जेनेरेटरमार्फत २५ मेगावाट विद्युत् उत्पादन गरिने आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए । उत्पादित विद्युत्लाई सिँगटी बजारमा निर्माणाधीन सवस्टेशनमा लगी केन्द्रीय प्रसारणमा जोडिनेछ । आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, गरिरहेको आयोजनाले जनाएको छ ।
|
2020/04/10 06:14:58
|
https://www.corporatenepal.com/2020/03/169824/
|
mC4
|
जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु, एक घाईते - News Today
राजविराज, २८ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिकाको छुट्टा–छुट्टै स्थानमा जङ्गली जनावरको आक्रमणमा परी शनिवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–६ कि ३५ वर्षिया सिता देवी सदाको बँदेलको आक्रमणमा परी मृत्यु भएको हो । जङ्गलमा खर काटने क्रममा जङ्गली बँदेलले सदालाई अचानक प्रहार गरेको थियो । घाँटीमा गहिरो चोट लागेर घाईते भएकी उनको धरमपुर स्थित धर्मेश्वर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी कञ्चनरुप नगरपालिका–१२ का ७५ वर्षिय सन्तमान भुजेलले आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा अचानक जङ्गली हात्तीले आक्रमण गरेको छ । घाईते भुजेललाई स्थानीय स्वास्थ्य चौकी कञ्चनपुरमा प्राथमिक उपचार पश्चात थप उपचारकालागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
यसैगरी सप्तरीको सप्तकोशी नगरपालिका–५ गङ्गाजलीका बोध बहादुर खड्काको घरमा काम गर्ने खोटाङ्ग बारा पोखरी–६ का शुक्र राईको स्थानीय जङ्गलमा रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
|
2020/09/25 19:04:27
|
https://newstoday.com.np/2019/12/14/26103?shared=email&msg=fail
|
mC4
|
'एकका लागि एक' अभियानद्वारा ५० परिवारलाई खाद्यान्न - Jhapa Today
'एकका लागि एक' अभियानद्वारा ५० परिवारलाई खाद्यान्न
Posted by: Jhapa Today on May 30th, 2020 ·
बिर्तामोड, जेठ १७ । एकका लागि एक अभियानले शनिबार बिर्तामोड ४ का विपन्न परिवारलाई पुनः खाद्य सामग्री वितरण गरेको छ ।
विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले यसअघि बैशाख २५ गते पनि वडा नम्बर ४ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको थियो । सहारा नेपालको अगुवाईमा २० भन्दा बढी सामाजिक संस्थाको पहलमा अभियान सुरु भएको हो ।
अभियानले आदर्श ब्यांक्वेटमा आयोजित एक कार्यक्रमका बीच वडाका ५० विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको सहारा नेपालका वरिष्ठ सहायक प्रबन्धक घनश्याम रायले जानकारी दिए ।
अभियानको साझेदार संस्था वीरता जेसिजका अध्यक्ष मिजास पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा दैनिक ज्यालादारी गर्दै आएका परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री वितरण गरियो ।
अभियानका सहसंयोजक समाजसेवी विनोद बस्नेतले अभियानको औचित्यमाथि प्रकाश पारेका थिए । उनले अभियानको मुख्य उद्देश्य भनेको हुनेखाने एक परिवारले हुँदा खाने अर्को परिवालाई सहयोग गर्ने रहेको स्पष्ट पारे । लक डाउनको अवधिमा कोही पनि मानिस भोकै बस्नु नपर्ने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले ४ नम्बर वडाबासीलाई खाद्यान्न उपलब्ध गराइदिएकोमा अभियानप्रति आभार व्यक्त गरे । कार्यक्रममा अभियानका सदस्यहरु अर्जुन चुडाल, सन्तोष अग्रवाल, सञ्जीव घिमिरे, वडा सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधिहरुका उपस्थिति रहेको थियो । अभियानले यसअघि झन्डै २ हजार परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ ।
|
2021/04/21 22:39:46
|
https://jhapatoday.com/2020/05/30/24325/
|
mC4
|
प्रदेश नम्बर २ को नीति तथा कार्यक्रमको पूर्ण पाठ - प्रदेश नम्बर २ को नीति तथा कार्यक्रमको पूर्ण पाठ
प्रदेश नम्बर २ को नीति तथा कार्यक्रमको पूर्ण पाठ
नेपालबहस संवाददाता २०७५, २४ जेठ, 11:15:05 AM
जनकपुर । प्रदेशसभाको बैठकमा माननीय प्रदेश प्रमुख शरत्नेश्वरलाल कायस्थले आ.व. २०७५ / ७६ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार रहेको छ ।
प्रदेश नं २,
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,
मितिः २०७५⁄२ ⁄२४
माननीय प्रदेशसभाका सभामुख,
माननीय प्रदेशसभाका सदस्यहरु ।
१. प्रदेश नं.२ को प्रदेशसभाको यस गरिमामय बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित भएको छु ।
२. नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले पटक– पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलनहरु, माओवादी सशस्त्र संर्घष र मधेश विद्रोहको क्रममा सहादत प्राप्त शहीदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको संघर्षमा अंगभंग भई घाइते हुनुभएका नागरिकहरु प्रति समेत उच्च सम्मान प्रकट गर्दछु ।
३. नेपालको संविधान जारी भएसंगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था, वहुलवाद, सामाजिक न्यायसहितको समानुपातिक प्रतिनिधिमूलक व्यवस्था, मानव अधिकार, मौलिक अधिकार, नागरिक स्वतन्त्रता, धर्म निरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिहरु हासिल भएका छन्, । प्रदेश नं. २ को सरकार, संविधानका यी आधारभूत उपलब्धिहरुको रक्षा गर्दे मधेशी, थारु, आदिवासी जनजाति, मुस्लिम, महिला तथा दलितलगायतका समुदायबाट प्रकट भएका असन्तुष्टिहरुलाई आत्मसात गरी संविधानको स्वामित्वको दायरालाई थप फराकिलो बनाउन प्रयासरत रहने छ ।
४. नेपाल सरकारको चौधौं आवधिक योजना ९२०७३ र ७४–२०७५र७६० मा उल्लेखित लक्ष्य, उद्देश्य, रणनीति र प्राथमिकता, प्रदेश सरकारको १०० दिने कार्यक्रमका प्राथमिकता एंव तत्काल राहत प्रदान गर्ने क्षेत्रलाई प्राथमिकतामा राखी समष्टिगत तथा विषयगत क्षेत्रका निर्दिष्ट लक्ष्य हासिल गर्न कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
५. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको भएकोले यी तीनै तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने संवैधानिक दायित्वलाई प्रदेश नं. २ को सरकारले आत्मसात गरेको छ ।
६. नेपालका प्रदेशहरु मध्ये भौगोलिक रुपमा सबैभन्दा सानो तर जनसंख्याको हिसावले दोश्रो ठूलो प्रदेशको रुपमा रहेको प्रदेश नं.२ मा पर्याप्त समथर भूमि रहे पनि यो प्रदेश सांस्कृतिक विविधताले सम्पन्न, भौगोलिकरुपले सुगम तथा अन्तराष्ट्रिय व्यापारका हिसावले सहज हुँदाहुँदै पनि विकासको दृष्टिकोणले पिछडिएको छ ।
७. प्रदेश नं. २ को सरकार जनताका सबै समस्याहरुबारे र प्रदेशको समग्र विकासका सन्दर्भमा अत्यन्त संवेदनशील छ। लामो राजनीतिक संघर्ष पश्चात् गठित प्रदेश नं। २ को सरकार जनताका समस्यालाई तत्काल सम्बोधन गर्न आतुर पनि छ । तर प्रदेश सरकारले प्रभावकारी रुपमा कार्य संचालन गरी जनअपेक्षाहरुको संवोधन गर्नका लागि आवश्यक पर्ने नीतिगत, कानूनी, संस्थागत एवं व्यवस्थापकीय प्रबन्धहरु भै नसकेकोले तत्काल जनअपेक्षा अनुरुप परिवर्तनको अनुभूति हुने गरी कार्यक्रमहरु संचालन गर्न कठिन रहेको सर्वविदितै छ ।
८. नेपाल सरकारले संकलन गरेको राजस्व संघ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण हुनुपर्ने र राजस्व बाँडफाँड गर्दा सन्तुलित र पारदर्शीरुपमा गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले आगामी दिनमा राजस्व र अनुदानको बाँडफाँड गर्दा प्रदेशको जनसंख्याको आकार र मानव विकासको सुचांकलाई समेत आधार लिने छ भन्ने विश्वासका साथै राजस्व संकलनलाई सहभागितामुलक बनाउन प्रदेश र संघ बीच समन्वय गरी राजस्व संकलन विधिको तर्जुमा गर्नु पर्ने हुन्छ ।
९. संविधानले प्रदेशलाई दिएका अधिकारहरु अन्र्तगत पर्ने सरकारी संरचनाहरु संघीय सरकारले प्रदेश सरकारलाई हस्तानतरण गर्ने नीति लिनु आवश्यक छ । प्रदेश सरकारका प्रशासनिक संरचनाहरु नबनिसकेको अवस्थामा प्रादेशिक योजनाहरु कार्यवन्यनका लागि गत चैत्र ३० गते देखि खारेज भइसकेका संघीय सरकारका जिल्ला अन्तरगतका सरकारी कार्यालयहरु प्रदेश सरकारलाई हस्तानतरण गर्न संघीय सरकारलाई आग्रह गर्ने नीति लिएको छ।
१०. नेपालको संविधानको प्रस्तावना, धारा ४२ को मौलिक हक अन्तर्गतको समाजिक न्यायको हक तथा राज्यको नीति निर्देशक सिद्धान्तले समेत अत्याधिक जोड दिएको राज्यको हरेक अंग र निकायमा सिमान्तकृत समुदायको समानुपातिक समावेशी गराउने संवैधानिक प्रतिबद्धतालाई यस नीति कार्यक्रमले अंगीकार गरेको छ ।
११. यस प्रदेशले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर,स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र तथा समृद्ध अर्थतन्त्रको विकास गर्न महत्वपूर्ण योगदान पुरयाउने छ ।
१२. नेपाल सरकारबाट प्राप्त सिमित स्रोत तथा प्रदेशद्वारा परिचालित राजस्व प्रदेशभित्र आवश्यकता तथा प्राथमिकताका आधारमा न्यायोचित वितरण गरिनेछ ।
१३. राष्ट्रिय, अन्तरप्रदेश, स्थानीय तहका विकास आयोजनाहरुको समन्वय गरी यस प्रदेशमा विकास आयोजनाहरुलाई लागत, गुणस्तर र समयको आधारमा प्रतिफलमुखी बनाइनेछ ।
१४. पूँजी निर्माण, रोजगारी सिर्जना, शासकीय सुधार लगायतबाट उत्पादकत्व अभवृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन र वस्तु तथा सेवाको उत्पादन वृद्धिका कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
१५. प्रदेश सरकारलाई प्राप्त आर्थिक अधिकार अन्तर्गत परिचालन गरिने राजस्व सम्बन्धी संरचनागत व्यवस्थाहरु यथाशीघ्र निर्माण गरी कार्यान्वयन गरिनेछ। आन्तरिक राजस्व परिचालनलाई प्रभावकारी बनाई प्रदेशलाई क्रमशःश्रोतसाधनका हिसावले सम्पन्न बनाउँदै लगिनेछ ।
१६. पूँजीगत बजेटको हकमा नतिजा तथा लागत प्रभावकारिता र चालु बजेटका हकमा मितव्ययितालाई प्रमुख सिद्धान्तको रुपमा अवलम्बन गर्नुका साथै, सार्वजनिक खर्चलाई मितव्ययिता र प्रभावकारिता कायम गर्ने निर्देशिका मार्फत वित्तीय अनुशासन कायम गरिनेछ ।साथै, प्रदेशको पहिचान झल्कने, प्रतिफलमुखी प्रकृतिका आयोजनाहरुको कार्यान्वयनमा जोड दिइनेछ।
१७. प्रदेशको विद्यमान आर्थिक, सामाजिक, पूर्वाधार विकास, मानव विकासको अवस्था लगायत सम्मपूर्ण क्षेत्रको तथ्यपरक चित्र झलकाउने आधार तथ्यांकहरुको संकलन गर्ने कामलाई प्राथिकताका साथ अघि वढाउँदै आर्थिक सूचकांकमा पछाडि परेको यस प्रदेशलाई राज्यको उच्चतम आर्थिक सूचकांकमा रहेको अन्य प्रदेशको स्तरमा पुरयाउने लक्षय यो सरकारले लिएको छ ।
१८.वित्तीय संस्थाहरुको ग्रामीण क्षेत्रसम्म पहुँच सुनिश्चित गर्न पहल गरिने छ ।
१९.वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स आयलाई वैधानिक माध्यमबाट नेपालमा ल्याउन आवश्यक संरचनागत व्यवस्था तथा प्रोत्साहनसम्बन्धी कार्यक्रमहरुको तर्जुमा गरिनेछ ।
२०. कृषि क्षेत्रको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सरोकारवालाहरुको सहकार्यमा प्रादेशिक कृषि नीति, भूमि उपयोग नीति, कृषि विधुतिकरण नीति, कृषिको आधुनिकीकरण गरी कम श्रममा अधिक उत्पादनको नीति, भूउपयोग ऐन र सहकारीसम्बन्धी नीति तर्जुमा गरिने छ ।
२१. आफै खेती गर्न नचाहने जग्गा धनीले खेतीयोग्य जग्गा लिजमा दिन सक्ने र जग्गा नभएका वा कम जग्गा भएका कृषकहरुलाई कृषि क्षेत्रमा आकर्षिक गराउन चक्लाबन्दी गरी भूमि करारमा लिई व्यवासायिक खेती गर्ने प्रणालीको विकास गर्न आगामी २ वर्षभित्र किसान भूमि बैंक स्थापना गर्ने उद्येश्यले प्रदेश र स्थानीय तहको समन्वय, सहकार्य र सरोकारवाला सँगको समेत परामर्शमा उपयुक्त निर्णय गरिनेछ ।
२२. प्रदेशको भौगोलिक र आर्थिक सामाजिक विकासको गती हेरी सम्भाव्यता र जनचाहना बमोजिम कृषिजन्य विशेष उत्पादन क्षेत्र तोकी त्यस्ता क्षेत्रमा आवश्यक उत्पादन तथा कृषि उत्पादनको समर्थन मूल्य निर्धारण गरी बजारीकरणका पूर्वाधारहरुको विकास गरिने छ ।
२३. प्रदेशमा माटो परीक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, खाद्य गुणस्तर जाँच प्रयोगशाला स्थापना गर्न र प्रदेशमा रहेका प्रयोगशालाहरूको आवश्यक स्तरोन्नति गरिनेछ ।
२४. साना कृषक तथा भूमिहीन विपन्न किसानलाई कृषि उपज व्यवसायमा प्रेरित गरी आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरिनेछ । युवाको वढ्दो विदेश पलायन रोक्न तथा विदेशबाट फर्किएका र बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी पालनमा आकर्षित गर्ने गरी युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ। यस सन्दर्भमा युवा वर्गलाई कृषि क्षेत्रमा आकर्षिक गराउन सहकारीको माध्यमबाट कार्यक्रम सचालन गर्ने निकायलाई प्राथमिकता दिइनेछ ।
२५. प्रदेश सहकारी विकास बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफुल विकास बोर्ड क्रमशः गठन गर्दै जाने नीति प्रदेश सरकारले लिएको छ ।
२६. कृषि तथा पशुपन्छी पालनमा बढ्दो महिला सहभागिता र महिला किसान सशक्तिकरणलाई केन्द्रित गर्दै साना तथा व्यवसायिक महिलामुखी कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
२७. प्रदेश न.२ लाई अन्न भण्डार, तरकारी भण्डार, औद्योगिक बाली, दुध उत्पादन र माछा उत्पादन हुने विशेष प्रदेशको रुपमा विकास गरिनेछ ।
२८. सामुहिक गाईपालन तथा भैंसीपालनका लागि प्रोत्साहन गरिने, सहज र न्यून ब्याज दरमा ऋण उपलब्ध गराई बिमा समेतको व्यवस्था गरिने नीति लिएको छ ।
२९. वधस्थल निर्माण र स्तरोन्नति तथा माछामासु पसलहरुको स्तरोन्नती गरी आम उपभोक्तालाई स्वच्छ र स्वस्थ्य माछामासु उपलब्ध गराउन आवश्यक व्यवस्था गरिने छ।
३०. कृषि तथा पशुपालन क्षेत्रमा भैरहेको अनियन्त्रित विषादी तथा एन्टीबायोटिक प्रयोगको कारणले मानव स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्नको लागि प्राङ्गारिक खेती तथा पशुपालनमा जोड दिईनेछ । साथै माटोको उर्वरा शक्ति बढाउन सन्तुलित मलको प्रयोगलाई बढावा दिइनेछ । प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगमा वृद्धि गर्न आवश्यक पहल गरिनेछ ।
३१. माछापालनको लागि अत्याधिक सम्भावित क्षेत्रहरुको पहिचान गरी माछा जोनको रुपमा विकास गर्नका लागि आधुनिक माछापालन प्रविधि, माछाको स्वास्थ्यप्रद दाना उत्पादन, माछाको नश्ल सुधार, माछा संकलन, ढुवानी, भण्डारण तथा आधुनिक बजार विकासको लागि आवश्यक पहल गरिनेछ ।
भूमि तथा मालपोत
३२. मालपोत र नापी कार्यलयहरुमा सेवाग्राहीले सेवा लिन जाँदा बिचौलियाहरुबाट ठगिने क्रियाकलापको अन्त्य गर्न जनताको प्रत्यक्ष सरोकार रहने बिषय नापी, किताकाट, जग्गा दर्ता, खरीदविक्री, नामसारी, अंशबन्डाजस्ता कार्यको प्रक्रिया सरलीकरण गरि कार्यालयहरुमा विचौलियको प्रवेशलाई निषेध गर्ने नीति सरकारले लिएको छ ।
३३. छरिएर रहेका तथा अव्यवस्थित सरकारी पर्ती जग्गाको तथ्यांक संकलन गरी संरक्षणको साथै उपयोगका लागि आवश्यक नीति बनाइने छ ।
३४. गुठी तथा गुठी जग्गाको अभिलेख संकलन, व्यवस्थापन, संरक्षण तथा नियमन गर्न गुठी संस्थानसँग समन्वय गरी आवश्यक नीति तथा ऐन तर्जुमा गरिने छ ।
३५. गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र—राजविराज, सिमरा विशेष आर्थिक क्षेत्र तथा जलेश्वर ढल्केवर औद्योगीक करिडोरको विकास तथा सुदृढिकरण गर्न आवश्यक पहल गरिनेछ ।
३६. उद्योग विकास गर्न निजी, सामुदायिक तथा सहकारी क्षेत्रसँग समन्वय गर्दै प्रदेश उद्योग नीति तयार गरिने छ । साथै औद्योगिक लगानी प्रवर्धन गर्न प्रादेशिक स्तरमा औद्योगिक वैंक स्थापनाका लागि पहल गरिने छ ।
३७. परम्परागत कुटिर उद्योग जस्तै गुड सख्खड बनाउने, तेल पेल्ने, खपडा टायल बनाउने, बाँसको छिठामउनी ९सामान राख्ने सामग्री० बनाउने, माटोका भाँडाकुडा आदि उद्योग प्रवर्धन गर्न आवश्यक व्यवस्था मिलाइने छ । परम्परागत कुटिर उद्योग प्रवर्धन नीति अन्तरगत प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशिष्ट उत्पादन गर्ने उद्योग स्थापनालाई प्रोत्साहित गरिने छ ।
३८. चिनी उद्योगहरु र उखु कृषक तथा मजदुरहरुको बीचमा रहेका समस्याहरुलाई सरोकारवाला पक्षहरुबीच सौहार्दपूर्ण वातावरण श्रृजना गरी समाधान गर्ने तर्फ आवश्यक पहल गरिने छ ।
३९. प्रदेशस्तरमा हुने व्यवसायिक कारोवार, वाणिज्य व्यापार तथा आपूर्ति व्यवस्थालाई सहज तथा प्रभावकारी बनाउन उद्योग वाणिज्य संघ, उपभोक्ता संघसंस्थाहरु, आपूर्तिसंग सम्बन्धित संस्थाहरु एवं व्यवसायीहरुसँग प्रदेश सरकारले सहकार्य, समन्वय गर्दै प्रभावकारी संस्थागत संयन्त्रहरु स्थापना गर्नेछ ।
४०. कालोबजारी, महगी, प्रदुषित खाद्यपदार्थ, जथाभावी चर्को मूल्य, पर्यावरणीय प्रदूषण तथा उपभोक्ता माथिको शोषण नियन्त्रण गर्न प्रदेश स्तरीय अनुगमन संयन्त्रको निर्माण गरी नियन्त्रणात्मक कार्य प्रारम्भ गरिनेछ ।
४१. वीरगंज चिनीकारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना जस्ता बन्द उद्योगहरुको स्रोत, साधन, क्षमता आदिको पहिचान गरी प्रदेश सरकारअन्तर्गत ल्याएर पुनः संचालन गर्ने वा बैकल्पिक उद्योगमा रुपान्तरण गर्ने सन्दर्भमा अध्ययन गराइने छ ।
४२. अन्तरप्रदेश व्यवसाय, मालबस्तु ढुवानी, पर्यावरणीय सेवाप्रवाह तथा संचार लाई प्रभावकारी बनाउन अन्तरप्रदेश सहकार्य तथा समन्वय संयन्त्रहरु स्थापनाको कार्य शुरु गरिनेछ ।
४३. जनकपुर जयनगर रेलमार्ग, वीरगंज अमलेखगंज पेट्रोलियम पाइपलाइन, सिमरा विशेष आर्थिक क्षेत्र, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, कोशी जलयातायात, जस्ता राष्ट्रिय स्तरका आयोजनाबाट प्रदेश अन्तर्गतका औद्योगीकीकरण, बाणिज्य ब्यपारलाई टेवा पुग्ने खालका नीति नियम तर्जुमा गरिने छ ।
४४. चुरे क्षेत्रको पर्यावरणीय संरक्षण सुनिश्चित गर्न संचालित चुरे संरक्षण कार्यक्रमलाई एकीकृत जलाधार संरक्षण अवधारणाअनुरुप संचालन गर्न जन स्तरमा "चुरे जोगाऔं मधेश बचाऔं" नारालाई आभियानका रुपमा संचालन गरिने छ।
४५.उच्च प्रविधियुक्त वन नर्सरीहरुको स्थापना गरी गुणस्तरीय विरुवा उत्पादन गर्दै वनजन्य उत्पादकत्वमा सुधार ल्याइने छ ।
४६. वन पैदावारमा आधारित पल्प पेपर, सुगन्धित तेल, डोरी, बाँसबेत आदि उद्योग स्थापना गर्ने निजी तथा सहकारी संस्थालाई बिशेष सहुलियत उपलब्ध गराउने नीति तथा कार्यविधिको खाका तयार पारिने छ । साथै जडीबुटी तथा गैर काष्ठ वन पैदावार सम्बन्धी नर्सरी स्थापना गरी जडीबुटी खेतीकार्यलाई प्रबर्धन गरिने छ ।
४७. साझेदारी तथा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई पारदर्शी सहभागितामूलक बनाउँदै प्रादेशिक काष्ठ आपूर्तिलाई व्यवस्थित बनाउँदै लैजाने गरी काष्ठ वितरण प्रणाली सुदृढीकरण गर्न वन पैदावार उपयोग र वितरणको कार्यविधिको खाकातयार पारिने छ ।
४८. प्रदेशको दक्षिणी क्षेत्रमा काठ दाउराको सहज आपूर्तिको लागि आवश्यक ठाँउहरुमा डिपोहरु स्थापना गर्न आवश्यक ब्यवस्था गरिने छ ।
४९. हरित सडक, हरित नगर, हरित ग्राम, हरित पोखरी, हरित मन्दिर, हरित नहर अभियानमा संलग्न हुने सामाजिक संघसंस्था तथा नागरिक समाज लाई विरुवा र सुरक्षण सामाग्री आदि उपलब्ध गराइने छ तथा वित्तिय तथा व्यवसायिक संस्था उद्योगलाई प्रोत्साहन गरिने छ ।
५०. शहरी क्षेत्रको सरसफाई र पर्यावरणीय सुरक्षण तथा प्रवर्धनका लागि स्थानीय सरकारहरुसंग सहकार्य गर्दै इको पार्क, चिडियाखाना, उद्यानहरुको स्थापना तथा शहरी फोहर व्यवस्थापनको कार्य प्रारम्भ गरिनेछ । दुधमती जस्ता धार्मिकस्थलहरुको सरसफाई, सौन्दर्यीकरण तथा भौतिक निर्माणमा विभिन्न संघसंस्था र नागरिक समाजलाई समेत प्रोत्साहित गरिनेछ ।
५१.समुदायमा आधारित र सहभागितामूलक वन संरक्षण र व्यवस्थापन प्रणालीलाई प्रोत्साहन गर्ने तथा सार्वजनिक जग्गामा समेत बृक्षारोपण र वन पैदावार उपयोगको लागि नीतिगत व्यवस्था गरिने छ ।
५२. धार्मिक सास्कृतिक पर्यटनलाई प्रोत्साहन गर्न मिथिला बिहारी परिक्रमाका डोला रहने स्थानहरुमा मरबा निर्माण गर्ने नीति सरकारले लिएको छ । साथै, धार्मिक विविधता र सँस्कृतिको संरक्षण र प्रवर्धन गर्न सिर्जनशील प्रस्तावहरु पेश गर्न सार्वजनिक आव्हान गरिनेछ । उत्कृष्ट ठहरिएका प्रस्तावलाई कार्यक्रम र बजेट सहित कार्यान्वयनमा लगिने छ ।
५३. मिथिला भोजपुरा लगायतका मधेशका सास्कृतिक पहिचान बोकेका धरोहरहरुको संरक्षणका लागि प्रदेश साँस्कृतिक संरक्षण केन्द्रको स्थापना गरिने छ । साथै, नमूना साँस्कृतिक गाँउहरुको पहिचान गरी संरक्षणात्मक कार्यहरु अघि बढाइने छ ।
५४. पर्यटन प्रवर्धनमा निजी क्षेत्र संग सहकार्य गर्दै धार्मिक, साँस्कृतिक पहिचान बोकेका धर्मशाला, होटल, शाकाहारी भोजनालय, पूजा सामाग्री निर्माण उद्योगलाई प्रदेश सरकारले विशेष पहिचान सहितको प्रमाणपत्र दिने छ ।
५५. हिन्दु , इस्लाम, वौद्ध, जैन, सिख आदि धार्मिक एवं पर्यटकीय स्थलहरुको व्यवस्थापन र स्तरोन्नति नियमन गर्न धार्मिक एवम् पर्यटकीय स्थलहरुको पहिचान गरी धार्मिक पर्यटन प्रवर्धनको लागि प्रादेशीक पर्यटन बोर्ड गठन गरिने छ । साथै पर्यटन प्रवर्धन तथा पर्यटकहरुको वसाई व्यापक वनाउन अतिरिक्त गंतव्यहरुको विस्तार तथा मनोरंजन स्थलहरुको निर्माण गर्ने नीति यो सरकारले लिएको छ ।
५६. धनुषाको जानकी मन्दीर, नेमीनाथ र मलीनाथ, धनुषाधाम, सप्तरीको क्षिन्नमस्ता, ठेलिया दह, सम्भुनाथ, दिनाभद्री र कंकालनी, सिरहाको सलहेश, महादेवमठ, कमला उतराईनी, बाबा ताल, कमलदह, राजदेवी मन्दिर, सर्लाहीको नाढिमन ताल, माहादेव स्थान, मुर्तिया, सती विहुला, नारायणपुर नाजिर मजार, महोत्तरीको मटिहानी स्थान, मडैको मरबा, बनौलीस्थित विद्यापतिको प्रवास स्थान, सोनामाई थान, पड़ौलस्थान, गेउरका, जलेश्वरनाथ र रौजा मजार, बाराको गढीमाई, सिमरौनगढ, झरोखर पोखरी, त्रिवेणी धाम, रौतहटको शिवमन्दीर, पर्साको ऐतिहासिक गहवा माई मन्दिर, पारसनाथ मन्दिर, बिरगंजको भिश्वा डाँडा बौद्ध स्थल, भाठा शिवजी मन्दिर जस्ता ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबधर्नमा निजी क्षेत्र समेतलाई आकर्षित गरिनेछ ।
५७. जानकी मन्दिरको परिसरलाई भव्य एवं आकर्षक बनाउन शंखमर्मर औछ्याइ सौन्दर्यीकरण गरिने छ ।
५८. पर्सा वन्य जन्तु आरक्षलाई पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन निजी क्षेत्रसंग सहकार्य गरी विकास गरिने छ ।
५९. बढदो गर्मी र उत्पादकत्वह्रास जस्ता जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावलाई नियन्त्रण र न्यून गर्नको लागि पोखरी तथा वन संरक्षण, औधोगिक प्रदुषण नियन्त्रण र जलवायू अनुकूलनका कार्यक्रमहरुका लागि प्रदेश स्तरीय जलवायू अनुकूलन कार्यक्रमहरु पहिचान गरिनेछ ।
६०. शहरी एवं शहरोन्मुख क्षेत्रमा फोहोरमैला व्यवस्थापनको कार्य ठूलो चुनौतिको रुपमा रहेको छ । तसर्थ फोहोरमैला व्यवस्थापन र प्लाष्टिक मुक्त प्रदेशको कार्यक्रम प्राथमिकताका साथ अघि बढाउन पूर्वाधार विकास तथा जनचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गरिनेछ। सामुदायिक संघ, संस्था तथा नागरिक समाजको व्यापक सहभागितामा हरा भरा स्वच्छ प्रदेश कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिइने छ । हाल औद्योगिक क्षेत्रबाट प्रदुषित हुने नदी नालाको स्वच्छताको लागि अभियानको रुपमा कार्यक्रम संचालन गरिने छ र प्रदूषित गर्ने उद्योगहरुलाई यथाशीघ्र कारवाही गरिने छ ।
६१. यस प्रदेशका हरेक जिल्लाको सदरमुकाम छुनेगरी रेलमार्ग निर्माण गर्न, निजगढमा निर्माण हुने दोश्रो अन्तराष्ट्रिय विमान स्थल र प्रदेशका सम्मपूर्ण जिल्ला सदरमुकामहरु जोडिने हुलाकी राजर्माग निर्माण कार्य द्रुत गतिमा बढाउन संघीय सरकारलाई आवश्यक सहयोग तथा सकारात्मक वातावरण निर्माण गरिने छ ।
६२. स्थानीय तह र प्रदेशहरुमा प्राविधिक काम गर्न सम्बन्धित प्राविधिक निकायहरुको क्षमता अभिवृद्धि गरिने छ । हाल प्रचलनमा रहेको निर्माण प्रविधिको पुनरावलोकन गरी नयाँ, श्रममूलक एवं यान्त्रिक उपकरणमा आधारित नर्म्स , तयार गरी लागु गरिनेछ ।
६३. दुइ वा दुइ भन्दा बढी स्थानीय तह तथा प्रत्येक स्थानीय तहको केन्द्रलाई जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण, विस्तार, स्तरोन्नति, मर्मत संभार तथा आवश्यक पर्ने पुल पुलेसा निर्माण गरि प्रदेश तथा स्थानीय तहमा सामाजिक–आर्थिक कृयाकलापलाई गतिशील बनाउन मुख्य मन्त्री ग्रामीण सडक आयोजना लागू हुनेछ ।
६४. सार्वजनिक निर्माण कार्यहरुमा उच्चस्तरको गुणस्तर कायम राख्ने नीति सरकारले लिनेछ । सार्वजनिक निर्माण कार्यहरु गुणस्तर भए नभएको अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा गुणस्तर अनुगमन केन्द्र रहने छ ।
उर्जा, सिंचाई तथा नदी नियन्त्रण
६५. प्रदेशमा उपलब्ध जलस्रोतको विकास, व्यवस्थापन तथा उपयोगको लागि एकीकृत जलस्रोत नीति तर्जुमाका साथै जलस्रोतको संरक्षण, व्यवस्थापन र समन्वयात्मक एवं बहुआयामिक उपयोग गर्ने कानूनी व्यवस्था गरिनेछ ।
६६. संघीय सरकारसंग सहकार्य र समन्वय गरी जल तथा मौसम विज्ञानसम्बन्धी सूचना संकलन, विश्लेषण तथा प्रवाहको कार्यलाई थप वैज्ञानिक र भरपर्दो बनाइ बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरणबाट विपद् क्षति न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
६७. बाढी नियन्त्रण तथा व्यवस्थापनका लागि जोखिमयुक्त क्षेत्रको पहिचान र नक्शाङ्कनसहित प्राथिमकताका आधारमा पूर्व तयारी तथा क्षति न्यूनीकरण र पुनस्र्थापनाको कार्य संघीय तथा स्थानीय सरकार समेतको सहकार्यमा गरिने छ ।
६८. प्रदेश सरकारले खेतीयोग्य जग्गामा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउन वृहत लक्ष्य राखी हर खेत मे पानी, हर हातमे काम भन्ने नाराका साथ प्रदेश स्तरीय अभियान संचालन गरिने छ जस अन्र्तगत मझौला सिँचाइ आयोजनाका कार्यक्रमहरू यथाशीघ्र कार्यान्वयन गरिनेछ ।भूमिगत सिँचाइ सम्भाव्य भएका स्थानहरूमा स्यालो तथा डिप ट्युववेलका कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयनको साथै जडान भैइसकेका प्रयोगहीन डिप ट्युववेलहरुलाई पुनः प्रयोगमा ल्याइने छ ।
६९. हाल संचालित कोशी पम्प, कमला, वाग्मती, नारायणी, सिंचाइ प्रणालीहरुको संचालन तथा विस्तारको कार्यलाई थप प्रभावकारी बनाउन संघीय सरकारसंग सहकार्य र समन्वय गरिनेछ । अन्तरजलाधार जस्तै सुनकोशी–कमला, सुनकोशी–मरिन डाइभर्सन जस्ता बहुउद्देश्यीय आयोजनाहरुको अध्ययन तथा विकासको कार्य अघि बढाउन संघीय सरकारसंग सहकार्य र समन्वय गरिने छ ।
७०. विद्युतको नियमित आपूर्ति व्यवस्थाका लागि संघीय सरकारसँग सहकार्य र समन्वय गरिनेछ । वितरण प्रणाली सुदृढीकरण कार्य र विद्युत् चुहावट नियन्त्रण गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
७१. प्रदेशलाइ वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्न यस बर्ष ५० मेगावाट उत्पादन गर्दै क्रमशः आगामी बर्षहरुमा यस्को उत्पादन बृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको छ । सिँचाईको लागि सौर्य उर्जाको अधिकतम प्रयोग गरिने नीति लिइने छ । साथै यसै आ।व।मा ज।चु।का।लि।क्षेत्र भित्रको प्रादेशीक कार्यालय एवं निवासको लागि सौर्य उर्जाको जडान गरिने छ ।
खानेपानी, ढलनिकास तथा फोहोरमैला व्यवस्थापन
७२. प्रदेशका जनतालाई स्वच्छ खानेपानीको ब्यवस्था गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।यसका लागि प्रर्याप्त मात्रामा ह्याण्डट्युववेल र ओभरहेड टंकीमार्फत पानीको वितरण गरिनेछ । साथै सरसफाईको लागि जनचेतना अभिवृद्धि कार्यक्रमहरु संचालनको साथै प्रदेशलाई खुलादिसामुक्त प्रदेशको रुपमा आगामी ३ वर्षमा स्थापित गरिने छ । 'एक घर एक शौचालय' को व्यवस्थालाई कार्यान्वयनमा ल्याउनको लागि सरकारले प्रभावकारी कदम चालने छ ।
भवन, आवास तथा शहरी विकास
७३.अतिविपन्न, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, सडक बालबालिका र सीमान्तकृत वर्गका लागि सुरक्षित, किफायती र वातावरण मैत्री एकिकृत आवासको व्यवस्था गरिने छ ।
७४. प्रदेश राजधानी, मुख्य ब्यापारीक केन्द्र तथा ऐतिहासिक स्थलहरुको पूर्वाधार विकासको लागि विशेष पूर्वाधार कार्यक्रम लागू गरिनेछ ।
७५. स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी सहभागिता तथा साझेदारीको सम्भावनाको क्षेत्र पहिचान गरिने छ ।
७६. नारायणी अस्पताल वीरगंजलाई ह्दयरोग उपचार केन्द्रको रुपमा विकास गरिने छ । जनकपुर अंचल अस्पतालमा ह्दयरोग उपचारको लागि काठमाडौको गंगालाल अस्पतालको युनिट खडा गरी ह्दयरोग सन्दर्भमा अत्याधुनिक उपचारसेवा जनकपुरमै उपलब्ध गराइने छ । प्रादेशीक स्तरमा अर्बुद रोग अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न यसै बर्ष देखि कार्य प्रारम्भ गरिने छ । प्रदेश स्तरीय ट्रमा केन्द्र स्थापना गर्न पहल गरिने छ । यसका साथै गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्नुको साथै गजेन्द्र नारायण सिंह स्वास्थ्य तथा चिकित्सा विश्वबिद्यालय स्थापना गरिने छ ।
७७. प्रदेशमा स्वास्थ्यको वर्तमान अवस्था अध्ययन गर्न सुझाव कार्यदल गठन गरिने छ । सो कार्यदलले प्रदेश भित्र स्वास्थ्यको वर्तमान अवस्था, स्वास्थ्य संस्था, स्वास्थ्य शिक्षण संस्थान आदिहरुको अध्ययन् गरी पेश गरेको प्रतिवेदनको आधारमा प्रदेश सरकारले स्वास्थ्य सम्बन्धमा नीति तथा कानून निर्माण गर्नेछ ।
७८. महिलाहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सुरक्षित मातृत्व कार्यक्रमलाई बिशेष प्राथमिकता दिइनेछ । साथैं गुणस्तरीय प्रसूती सेवा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गरी प्रत्येक गाउँमा वर्थिङ्ग सेन्टर स्थापना गरिनेछ ।
७९. मदिरा लगायत अन्य लागू पदार्थको उत्पादन, आयात, व्यापार, बेचबिखन र सेवनमा मापदण्ड लागू गरी नियन्त्रण, अनुगमन र नियमन गरिनेछ ।
८०. योग, आयुर्वेद, होमीयोप्याथी, युनानी तथा अन्य प्राकृतिक र बैकल्पिक चिकित्सा प्रणालीहरुको संरक्षण सम्बर्धनमा जोड दिदै यस प्रणालीहरुलाई अस्पतालहरुसंग क्रमशः आबद्ध गरिदै लैजाने छ ।
८१. आयुर्वेद चिकित्सा पद्दतिमा प्रयोग हुने जडीबुटी, वनस्पती तथा जीवजन्तुको परम्परागत ज्ञान र सीपको अभिलेखीकरणका साथै वर्तमानमा उपलब्ध जडीबुटी औषधीका ज्ञाताहरुसंग सम्पर्क गरी निजहरुको ज्ञानको अभिलेखीकरण समेत गरिने छ ।
८२.विद्यालय भर्ना कार्यक्रमलाई प्रत्येक वर्ष अभियानको रुपमा संचालन गर्न अभिवावकहरुलाई प्रेरित गर्नुको साथै विपन्न परिवारलाई आवश्यक भौतिक सहयोग उपलब्ध गराइने छ । साथै विद्यालय छाड्ने परिवारसँग अन्तरक्रिया गरी कारण पता लगाई विद्यालयमा टिकाई राख्न आवश्यक आर्थिक एवं अन्य सहयोग गरिने छ ।
८३.मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान लाई अझ सशक्त ढंगले अगाडि बढाइने छ । निम्न आय भएका परिवारमा जन्मिने छोरीहरुको शिक्षाको निरन्तरतालाई कायम राख्न शिक्षा बिमा गरिने छ । स्कूल भन्दा घर टाढा रहेका कक्षा ९ र १० मा अध्यनरत छोरीहरुलाई स्कूल जानका लागि साइकल वितरण गरिने कार्यलाई यस बर्ष पनि निरन्तरता दिइने छ । र साथै सुरक्षाको अवस्थालाई समेत अध्ययन गरी आवश्यक ब्यवस्था गरिने छ ।
८४. प्राथमिक तहदेखि मातृभाषामा शिक्षा नीति लागू गर्न स्थानीय तहसंग सहकार्य गरिने छ । मातृ भाषामा प्राथमिक तहको शिक्षा संचालन गरेका विद्यालयहरुलाई प्रोत्साहन गरिने छ । मातृ भाषामा शिक्षा दिदा बहुसंख्यक भाषाभाषीलाई प्राथमिकता दिइने छ ।
८५. मदरसा शिक्षालाई राष्ट्रिय शिक्षा नीतिको मुलप्रबाहसँग जोडिने छ । सो कार्यान्वयनको लागि प्रदेश मदरसा शिक्षा बोर्ड गठन गरिने छ ।
८६. योग पद्धतिलाई शिक्षाको अभिन्न अंगको रुपमा शैक्षिक संस्थाहरुमा क्रमश लागू गर्दै विधार्थीहरुको शारीरिक एवं मानसिक विकासमा जोड दिइने नीति सरकारले लिएको छ । साथै विद्यार्थीलाई नैतिकवान बनाउन नैतिक शिक्षालाई अभियानको रुपमा संचालन गर्न प्रदेश प्रमुख नैतिक शिक्षा अभियान संचालन गरिने छ ।
८७. वैदेशीक रोजगारमा जाने युवाहरुको लागि वैदेशीक रोजगार व्यवसायिक तालिम केन्द्र स्थापना गर्ने नीति लिइएको छ । तर दीर्घकालिन रुपमा युवाशक्तिलाई आफनै देश, माटो र भुमीमा रोजगार तर्फ आकर्षित गर्न युवा स्वरोजगार अभियान संचालन गरिने छ । यस अभियान अन्र्तगत युवाहरुलाई सहुलियत दरमा वित्तिय सुविधा तथा व्यवस्थापकीय एवं प्राविधिक सल्लाह उपलब्ध गराइने छ ।
८८.प्रदेश स्तरमा वाल श्रम उन्मुलन तथा वाल कल्याण सम्वन्धी विशेष कार्यक्रम संचालन गरिने छ ।
८९. विशेष प्रकृतिका बालबालिकाहरुका लागि प्रदेश स्तरमा हेरचार केन्द्र सहितको आवासीय विद्यालय स्थापनाका लागि अध्ययन गरी प्रारम्भिक चरणको कार्यको सुरुवात गरिनेछ ।
९०. प्रदेशलाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधारको निर्माण गरिने छ । रोजगार उन्मुख प्राविधिक र व्यवसायिक शिक्षा अवलंवन गर्न प्रदेश प्राविधिक शिक्षा बोर्डको गठन गरिने छ । त्यसको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र छात्रवृतिसम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण गरिनेछ ।
९१. डोम, मुसहर, चमार, दुसाध र हलखोर जातिका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने दरलाई अभिवृद्धि गर्न दलित शिक्षा अभियान संचालन गरिने छ ।
९२. वीरगंजको भेडयाही वाडा न। १५ मा पोलीटेकनीक कलेज स्थापनाका लागि संभाव्यता अध्ययनका साथै पूर्वाधार निर्माणको कार्य समेत प्रारम्भ गर्ने नीति सरकारले लिएको छ ।
९३. प्रदेशमा संचालन हुने स्कुल र कलेजमा स्तरीयता स्थापना तथा अवञ्छित कृयाकलाप नियन्त्रणको लागि आवश्यक सुरक्षा व्यवस्था कडाईका साथ लागू गरिने छ ।
९४. प्रदेशस्तरको विश्वविद्यालय, उच्चशिक्षा तथा छात्रवृतिसम्बन्धी नीति, कानून तथा मापदण्ड तयार गरिनेछ ।
९५. लक्षित वर्गलाई शिक्षामा दिइआएको सुविधालाई अझ प्रभावकारी बनाउँदै मधेश आन्दोलनमा शहादत प्राप्त तथा अशक्त घाइते भएका परिवारलाई शिक्षा आर्जन गर्न विशेष सुविधाको व्यवस्था गरिनेछ ।
९६. भाषा, साहित्य र संस्कृतिलाई प्रवर्धन गर्न प्रदेश संस्कृति तथा भाषा प्रतिष्ठान स्थापना गरिने छ । साथै विज्ञान र प्रविधिसम्बन्धी अध्ययन र अनुसन्धानको लागि प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान गठन गरिने छ ।
९७. अत्यन्त पिछडिएका र दुर्गम क्षेत्रमा साक्षरता अभिबृद्धिको लागि एकल शिक्षक विद्यालयलाई प्रवर्धन गरिने छ।
९८. राजविराजमा संचालनमा रहेका कानून अध्ययन कलेजलाई प्रदेश सरकारको आवश्यकताअनुरुप कानून अध्ययन अनुसन्धानका लागि सहयोग गर्नेछ । साथै कानून अध्ययन अध्यायपनको आवश्यकतालाई मध्य नजर राख्दै जनकपुरमा कानून महाविद्यालय स्थापनाको लागि पहल गरिने छ ।
९९. प्रदेश स्तरमा खेल पूर्वाधार निर्माण गर्न जनकपुरमा आधुनिक सुविधा सम्पन्न रंगशालाको निर्माण कार्य प्रारम्भ गरिनेछ । प्रादेशीक परम्परागत खेलकुदहरुको निरन्तरता दिदै युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्नका लागि प्रदेश स्तरमा प्रत्येक वर्ष मुख्य मन्त्री खेलकुद प्रतियोगता आयोजना गरी खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ, जसका लागि प्रादेशिक खेलकुद विकास कोषको स्थापना गरिनेछ ।
१००. यस प्रदेशलाई लागूऔषध तथा दुरब्यशनमुक्त प्रदेशको रुपमा घोषणा गर्नका लागि अभियानकै रुपमा पहल गरिनेछ ।
१०१. नमूना पुस्तकालय तथा अभिलेखालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ । साथै प्रदेशभित्र रहेका विभिन्न पुस्तकालयहरुको आधुनीकीकरण तथा प्रविधिमैत्री बनाइदै लगिने छ ।
१०२. घरेलु हिंसा, छेडखानी एवं बलात्कार जस्ता अपराधलाई दुरुत्साहित गर्न कडाइका साथ सुरक्षा व्यवस्था लागू गरिने छ । यसका लागि हेलो सिएम टोल फ्री नम्बर उपल्बध गराइने छ ।
१०३.बेचविखनमा परेका महिलाहरुको उद्घार एवंम पुनस्र्थापना गर्नको लागि महिला बेचविखन तथा पुनस्र्थापना कोष स्थापना गरिनेछ ।
१०४. एकल महिलाहरुलाई आवश्यक व्यवसाय संचालन गर्न एकल महिला सुरक्षा कोषको स्थापना गरिनेछ ।
१०५.समाजमा बिद्यमान दहेज प्रथा, छुवाछुत, बालविवाह, जस्ता समाजिक कुरीतिलाई उन्मूलन गर्न जनचेतनाको कार्यक्रम संचालन अभियानको रुपमा गरिने छ ।
१०६. आवश्कताअनुसार भौतिक निर्माणलाई अपाङ्ग मैत्री बनाउन आवश्यक पहल गरिने छ । साथै अपाङ्ग भएका ब्यक्तिहरुलाई सार्वजनिक यातायातमा सिट उपलब्ध हुने व्यवस्था मिलाइने छ ।
१०७. प्रत्येक स्थानीय तहमा एक ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य सेवा, मनोरन्जनात्मक क्रियाकलापसहितको कार्यक्रम संचालन गरिने छ ।
१०८. मधेश आन्दोलनमा शाहदत प्राप्त शहीदहरुको सम्झनामा मधेश शहीद प्रतिष्ठानको स्थापना गरिने छ । सो प्रतिष्ठानले शहीद पार्क निर्माण, शहीद परिवारको रेखदेख तथा शहीद परिवारको लागि एक परिवार एक रोजगार कार्यक्रम संचालन गर्ने छ । साथै आन्दोलनमा घाइते तथा अपांग भएकाहरुको रेखदेख तथा समाजिक सुरक्षाको प्रबन्ध गर्ने छ ।
१०९. जनतामा चेतनामुलक कार्य तथा स्तरीय समाचार प्रवाहका लागि प्रादेशीक रेडियो स्थापना गरिने छ ।
११०. पत्रकारितासम्बन्धी अध्ययन अध्यापन समेतको लागि प्रादेशिक स्तरमा पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गरिने छ ।
१११. संचार क्षेत्रलाई सबलीकरण गर्ने उद्देश्यले प्रदेश छापाखानका स्थापना गरिने छ ।
प्रादेशिक प्रशासनिक संरचना
११२. प्रदेशको नँया प्रशासनिक संरचनालाई गतिशील एवं जवाफदेहीमुलक बनाउनको लागि प्रदेश प्रशासनिक संरचना सुधार समिति गठन गरिने छ ।
११३.प्रदेश स्तरमा योग्य र दक्ष कर्मचारीको छनोटका लागि प्रदेश लोकसेवा आयोगको गठन गरिने छ । प्रदेश निजामति सेवा गठन गर्न आवश्यक ऐन नियमहरुको तर्जुमा गरिने छ ।
विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा
११४. विपदको समयमा नागरीकको जिउधनको रक्षाका लागि स्थानीय तह तथा सुरक्षा निकायसंग सम्वन्वय गरी प्रदेश विपद् व्यवस्थापन गरिने छ र सोको लागि विपद् व्यवस्थापन कोषको स्थापना गरिने छ ।
११५. प्रदेशमा शान्ति सुरक्षा व्यवस्थापन तथा अनुसन्धानको साथै जनतामा सुरक्षाको अनुभुति प्रदान गर्न यथाशीघ्र प्रदेश प्रहरी र प्रदेश अनुसन्धान व्यूरो गठन गरिने छ । प्रदेश प्रहरी गठन गर्दा महिलाको सहभागिता ५० प्रतिशत सम्म गरिने लक्षय लिएको छ । साथै ती निकायहरुलाई साधन श्रोत र प्रविधियुक्त बनाउने बिशेष नीति अवलम्बन गरिने छ ।
११६. कारागारलाई बन्दी सुधार गृहको रुपमा विकास गरिने छ । साथै आर्थिक बर्ष ०७५र०७६ मा ऐन नियमको तर्जुमा गरी प्रदेशको कुनै एक स्थानमा खुल्ला कारागारको स्थापना गरिने छ । कारगारका बन्दी कैदीहरुको लागि सीपमुलक तालिम उपल्बध गराउने तथा अनौपचारिक शिक्षाका लागि सम्बन्धित निकायहरुसंग समन्वय गरी कार्य प्रारम्भ गरिने छ ।
११७. वर्तमान कारगारहरुको अवस्थाको अध्ययन गरी क्रमश सुधार गर्दै लैजाने नीति सरकारले लिएको छ । साथै कारागारहरुको क्षमता भन्दा बढी कैदीहरु भएको, भौतिक संरचनाहरु अपर्याप्त भएको अवस्थालाई ध्यानमा राख्दै र मानवीय मूल्यलाई समेत दृष्टिगत गर्दै नयाँ कारागार बनाउने नीति लिएको छ ।
विधेयक मस्यौदा, कानूनी शासन तथा नीति तर्जुमा
११८. प्रदेशले बनाउनु पर्ने कानूनको तर्जुमा निरन्तररुपमा अगाडि बढाइने छ । प्रदेशको एकल सुचीमा रहेका २१ वटा प्रादेशीक अधिकारहरुको सम्बन्धमा यसै बर्ष कानूनको मस्यौदा तयार गर्ने रणनीति अन्तर्गत प्रदेश सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिलाई अझ बढी प्रभावकारी बनाउने नीति सरकारले लिएको छ । साथै साझा अधिकार सुचीको क्षेत्राधिकार पर्ने कानूनको तर्जुमा गर्ने कार्य संघ र स्थानीय तहसँग समन्वय तथा सहकार्य गरी कानून मस्यौदाको कार्यलाई तीब्रताका साथ अगाडि बढाइने छ ।
११९. प्रदेशमा कानूनी शासन सदृढीकरणका तथा मानव अधिकार संरक्षणका लागि मूख्य न्यायाधिवक्ताको कार्यालयलाई अझ बढी प्रभावकारी बनाउन साधन श्रोत सम्पन गरिने नीति सरकारले लिएको छ ।
१२०. प्रदेशको समग्र विकासको लागि नीति तथा योजना तर्जुमा गर्ने उद्देश्यले प्रदेश नीति आयोग को गठन भैइसकेकोले त्यसलाई संस्थागत गर्नुको साथै साधन श्रोत सम्पन्न बनाउन आवश्यक नीति नियमको तर्जुमा गरिने छ ।
१२१. अन्त्यमा, पुनः संघीय लोकतान्त्रीक गणतन्त्रका लागि शहादत दिएका शहीद तथा घाइतेहको योगदानलाई स्मरण गर्दै सबै अग्रज राजनैतिक योद्धाहरुलाई सम्झिदै संविधानको कार्यान्वयनका लागि महत्वपूर्ण भूमीका निर्वाह गर्ने राजनैतिक दलका अभियन्ताहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज,निजी क्षेत्र, सञ्चार जगत, सामाजिक संघसंस्था तथा सम्पूर्ण प्रदेशवासीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
|
2019/03/19 10:14:59
|
https://www.nepalbahas.com/main-news/11923/
|
mC4
|
Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment दशरथ रङ्गशालामा 'काेभिड कप २०२१' हुने - Pnpkhabar.com
काठमाडौं, १९ चैत : यही चैत २८ गते दशरथ रङ्गशालामा 'कोभिड कप–२०२१' आयोजना हुने भएको छ । जिल्ला सहकारी सङ्घ काठमाण्डाै र हेराल्ड मिडियाको संयुक्त आयोजनामा 'कोभिडले थलिएका हामी अब उठ्नु छ' भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रङ्गशालामा 'कोभिड कप– २०२१' को आयोजना हुने भएको हो ।
काठमाण्डाैमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी यस कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसङ्घ, सहकारी अभियान, लायन्स क्लबका व्यक्ति, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।
प्रतियाेगितामा १० टोली रहने जिल्ला सहकारी सङ्घ काठमाण्डाैका अध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो । साथै कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी पनि कायम गरिने उहाँले जानकारी दिनुभयाे । खेल सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।
|
2021/04/15 01:02:49
|
https://www.pnpkhabar.com/%E0%A4%A6%E0%A4%B6%E0%A4%B0%E0%A4%A5-%E0%A4%B0%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%B6%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A5%87%E0%A4%AD%E0%A4%BF%E0%A4%A1-%E0%A4%95/
|
mC4
|
» नेपाल कम्युनिष्ट पार्टी (नेकपा) : परिचय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) : परिचय
१२ बैशाख २०७६, बिहीबार ०९:४२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्था हो । यसले मजदुर, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति र सम्पूर्ण जाति, भाषा एवम् संस्कृतिका जनसमुदायको हितलाई प्रतिनिधित्व गर्दछ । यसको स्थापना २२ अप्रिल, १९४९ तदनुसार १० बैशाख, २००६ मा भएको हो । बिक्रम् सम्बत् २०१७ पछि नेपाली राजनीति र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखापरेका सैद्धान्तिक एवम् राजनीतिक मतभेदहरूका कारण यस पार्टीमा विभाजन भई अनेकौँ समूह बनेका थिए । तीसको दशकबाट सुरु भएको पुनर्गठन र एकीकरणका क्रममा निर्मित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच ३ जेठ, २०७५ तदनुसार १७ मे, २०१८ मा एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको छ ।
यस पार्टीको रणनीतिक लक्ष्य अर्थात अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवाद उन्मुख छ । यो पार्टी समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ । यस पार्टीले स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका शान्तिपूर्ण र सशस्त्र सङ्घर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसै क्रममा शान्तिपूर्ण जनआन्दोलन र संसदीय सङ्घर्षको बाटोबाट अघि बढेको नेकपा (एमाले) र जनयुद्धको बाटोबाट अघि बढेको नेकपा (माओवादी) को पहलकदमी र नेतृत्वमा सम्पन्न २०६२÷६३ को जनक्रान्तिबाट राजतन्त्रको अन्त्य गरी सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकता जस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको छ ।
जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, सम्बैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवम् लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार
निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो । दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नु, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्नु र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्नु यस पार्टीका तात्कालिक कार्यभार हुन् ।
जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको नेकपा (एमाले) र माओवाद एवम् २१ औँ शताब्दीको जनवाद अवलम्बन गर्दै आएको नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट निर्मित यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिका लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।
यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुगिनेछ । यो जनआधारित कार्यकर्ता पार्टी हो । पार्टीका सबै सदस्यहरु समान हुनेछन् । पार्टीको सार्वभौम अधिकार सदस्यहरुमा निहित रहनेछ । पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिहरूको निर्माण तथा सबै तहका कमिटी र सदस्यहरूको सञ्चालन जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका आधारमा गरिनेछ । पार्टीले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी तथा केन्द्रीकृत नेतृत्व र विकेन्द्रित एवम् शृङ्खलाबद्ध कमिटी प्रणाली अवलम्बन गर्नेछ ।
महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र दुई महाधिवेशनको बीचमा केन्द्रीय कमिटी सर्वोच्च संस्था हुनेछ । यो पार्टी सबैखाले प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णताका विरुद्ध तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहनेछ । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निःस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीका सदस्यहरूको कर्तव्य हुनेछ ।
पार्टी सदस्यहरूले सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नेछन् । उनीहरू जनसरोकारका उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहनेछन् । पार्टीका सदस्यहरू मुलुकको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतत्वका साथ अघि बढाउन लागि पर्नेछन् ।
|
2022/01/27 14:52:07
|
https://www.ncptaplejung.com/?introduction=%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%AF
|
mC4
|
Topnepalnews.com | बैंककमा यसरी बन्यो बेबी किङको डिजाइन
बैंककमा यसरी बन्यो बेबी किङको डिजाइन
Posted on: May 02, 2016 | views: 522
काठमाडौं,फागुन १० । एक महिनाभन्दा लामो समयदेखि बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा २०७२ फागुन ७ गते जारी गरेको विज्ञप्ति र उनले बैंककबाट गरिरहेको राजनीतिक भेटवार्ताहरुबीच कुनै सम्बन्ध नहुन सक्छ । तर, भारतको वर्तमान बिजेपी सरकारसँग निकट रहेको एउटा प्रभावशाली समूह र पूर्वमहाराजा ज्ञानेन्द्र शाहबीच निरन्तर संवाद चलिरहनु र नेपालमा हिन्दू राज्य सहितको बेबी किङको पुनस्र्थापनाका लागि बलियो लबिङ सुरु हुनु सायद संयोशमात्र नहुन सक्छ ।
२०७२ माघ ६ गते बैंकक गएका ज्ञानेन्द्र शाह फागुन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । बैंकको ३४ दिने बसाईका क्रममा पूर्व राजा ज्ञानेन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलदेखि चिनियाँ उपविदेशमन्त्रीसम्मका प्रभावशाली व्यक्तिहरुसँग नेपालको अवस्थाबारे छलफल गरेको सुत्रहरुको दाबी छ । दुवै देशका प्रभावशाली व्यक्तिहरुसँगको भेटमा पूर्वराजाले नेपालमा राजतन्त्रको अन्त्यपछि फ्रि तिब्बत मुभमेन्ट बढेको मुख्य विषय र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहाकार अजित डोयलसँग नेपालमा पाकिस्तानबाट भारत विरोधी गतिविधि बढ्नेदेखि नेपाल अन्तर्राष्ट्रिय आतंककारीको क्रिडास्थल बन्न सक्ने सम्मका छलफल भएको स्रोतको दाबी छ ।
त्यस्तै क्रिश्चियनहरुको विस्तार र विकासले तीव्रता पाउने, भारत र चीनको हित रक्षाका लागि नेपालमा राजसंस्था कुनै न कुनै रुपमा स्थापना हुनुपर्ने बारेमा उच्चतहका कूटनीतिकहरुसँग छलफल चलेको निर्मल निवास निकट स्रोतले जनाएको छ । पूर्वराजा शाहलाई बालसखा प्रमुशमशेरले थाइल्यान्डमै बसेर सघाइ रहेको बताइन्छ । भावी योजना बनाउन पूर्वराजाले आफू जानु अघि नै प्रभुशमशेरलाई बैंकक पठाएका थिए । भारतको कट्टर हिन्दूवादी समूह र बिजेपीको एउटा सशक्त पक्ष नेपालमा हिन्दू राज्य र बेबी किङ (हृदयन्द्र शाह) सहितको राजतन्त्र चाँडोभन्दा चाडो स्थापना गर्ने पक्षमा रहेको कुरा नयाँ दिल्लीस्थित सूत्र बताउँछ । स्रोतका अनुसार तत्काल नेपालमा हिन्दू राज्य र बेबी किङसहितको राजतन्त्रको प्रयासले सार्थकता नपाउन सक्छ, तर ज्ञानेन्द्र शाहको एक महिना लामो बैंकक बसाई र अन्तर्राष्ट्रिय तहको राजनीतिक लबिङको अर्थ भने लामो रहेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
|
2019/12/15 21:59:06
|
http://topnepalnews.com/National/179
|
mC4
|
उपत्यकाका सबै पम्प बन्द – Sourya Online
उपत्यकाका सबै पम्प बन्द
सौर्य अनलाइन २०६८ फागुन २९ गते २:३८ मा प्रकाशित
काठमाडौँ, २८ फागुन । सेवा, सुविधा र पारिश्रमिक वृद्धिको माग राख्दै पेट्रोलपम्पमा कार्यरत मजदुरले आइतबार उपत्यकाका पेट्रोलपम्प बन्द गरेका छन् । आफूले खाइपाई आएको पारिश्रमिक वृद्धि हुनुपर्ने, सेवा सुविधा थप हुनुपर्ने लगायतका माग राख्दै मजदुरले पम्प बन्द गरेका हुन् ।
मजदुर हडतालका कारण सरकारीबाहेक उपत्यकाका एक सय २३ पेट्रोलपम्प आइतबार बन्द रहे । उपत्यकामा रहेका एक सय ३४ मध्ये ११ वटा सरकारी पम्प छन् । मजदुर हडताल भए पनि आइतबार सरकारी पम्प खुला रहेको तथा ती पम्पबाट पेट्रोलियम वितरण सहज रहेको नेपाल आयल निगमले जनाएको छ ।
लामो समयदेखि तलब वृद्धिलगायतका माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका पम्पमजदुरको हडतालका कारण उपत्यका पेट्रोलियम वितरणसमेत ठप्प रहेको थियो । उनीहरूले आफ्ना माग सुनवाइ नभए नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको कार्यालयमा समेत तालाबन्दी गर्ने र अनिश्चित कालका लागि पेट्रोलियम वितरण बन्द गराउने बताएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले मजदुर हडतालका कारण उपत्यकाका पम्प बन्द रहे पनि तत्काल आफूहरू मजदुरको माग पूरा गर्न सक्ने अवस्थामा नरहेको बताए । लामो समयदेखि समस्याका रूपमा देखिएको पेट्रोलियम सहज हँुदै गएको भन्दै उनले अहिले मजदुर आन्दोलनको समय नभएकाप्रति जोड दिए । सरकारले व्यवसायीलाई लिने कमिसन नबढाएसम्म मजदुरको सेवा सुविधा वृद्धि गर्न नसकिने उनको भनाइ थियो ।
'आफ्नो हक अधिकारका लागि सबैले आवाज उठाउनु पर्छ,' उनले भने, 'सरकारले हामीलाई कमिसन नबढाएसम्म तलबलगायतका सुविधा वृद्धि गर्नसक्ने अवस्था छैन ।' सरकारमा रहेका जिम्मेवार राजनीतिक दलमा आबद्ध मजदुर सङ्गठनकै अगुवाइमा आन्दोलन भएको भन्दै उनले सरकारले नै समस्याको समाधान खोज्नुपर्ने बताए ।
यसैगरी, नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले नयाँ ग्यास उद्योग खोल्न नपाउने निर्णय गरेको छ । उद्योग स्थापनाका लागि उद्योग विभागमा दर्ता हुन अनिवार्य रूपमा आयल निगमको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले बताए । ग्यास उद्योग स्थापना भएर पनि उत्पादन नगर्ने उद्योगलाई खारेजी गर्नेसमेत निर्णय भएको उनले बताए । ग्यास बिक्रेतालाई समेत अनिवार्य प्यानमा दर्ता हुनुपर्ने व्यवस्थासमेत निगमले गरेको छ । प्यानमा दर्ता नभई कारोबार गरेको पाइएमा खारेजी गर्नेसम्मको कारबाही हुने निगमले जनाएको छ ।
बजारमा लामोसमयदेखि ग्यास अभाव भएपछि यसलाई व्यवस्थित बनाउन त्यस्तोे निर्णय गरिएको प्रवक्ता ढुङ्गेलले बताए । सँगसँगै बजार अनुगमनमा तीव्रता दिने निर्णयसमेत निगमले गरेको छ ।
|
2021/07/25 02:56:18
|
https://www.souryaonline.com/2012/03/3953.html
|
mC4
|
लोडसेडिङ मुक्त गर्ने हिरो कुलमान पत्रकार सम्मेलनमा नै रोए, यस्तो छ बल्ब खरिदको रहस्य उनकै शब्दमा (पढ्नैपर्ने ) | suryakhabar.com
Home आर्थिक लोडसेडिङ मुक्त गर्ने हिरो कुलमान पत्रकार सम्मेलनमा नै रोए, यस्तो छ बल्ब खरिदको रहस्य उनकै शब्दमा (पढ्नैपर्ने )
लोडसेडिङ मुक्त गर्ने हिरो कुलमान पत्रकार सम्मेलनमा नै रोए, यस्तो छ बल्ब खरिदको रहस्य उनकै शब्दमा (पढ्नैपर्ने )
on: २६ बैशाख २०७४, मंगलवार १७:३२ In: आर्थिकTags: यस्तो छ बल्ब खरिदको रहस्य उनकै शब्दमा (पढ्नैपर्ने ), लोडसेडिङ मुक्त गर्ने हिरो कुलमान पत्रकार सम्मेलनमा नै रोएNo Comments
काठमाण्डौ । बल्ब खरिदमा अनियमितताको आरोप लगोपछि गरिएको मंगलबारको पत्रकार सममेलनमा बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ रोएका छन् । पत्रकार सममेलनमा पत्रकारहरुलाई आफ्ना कुरा राखिरहेका बेला आफूले जनतासंग बल्बबाट पैसा खानुनपर्ने बताउदै भक्कानीर रोए । घिसिङले आफूलै पैसा कमाउने नै हो भने २ घण्टा मात्र लोडसेडिङ गर्दा करोडौं रुपैंयाँ कमाउन सक्ने हुंदा उक्त कुरा ध्यान दिन मीडियालाई आग्रह गर्दै रोएका थिए ।
कुलमानले निन्याउरो पवारामा पत्रकारहरुसंग कुरा गर्दै भने बल्बको मूल्य ६५ रुपैंयाँ नै हो, यो मूल्य भारतमा प्रत्येक राज्यमा त्यती नै पर्छ, चाईनाबाट ल्याउदा गुणस्तर हुंदैन भने टेण्डर प्रकृयाबाट ल्याउदा निकै समय लाग्छ जसका बाबदुत आउदो हिंउदसम्ममा २ सय मेघावाट बिद्युत आवश्यक पर्ने हुंदा उक्त समयमा बिद्युत आपूति हुन सक्दैन र फास्ट ट्राकबाट कानुनी बाटो नैं अंगालिएको हो । उनले भने ।
बिद्युत प्राधिकरणले निकालेको बिज्ञप्ती जस्ताको तस्तै :-
हुन त बजारमा लिड बल्ब नपाउने होइनन्, तर विद्युतको बढ्दो मागलाई सम्बोधन गर्नको लागि हाल करिब ३५ लाख ग्राहकले प्रयोग गरिरहेका सिएफएल र साधारण बल्ब प्रतिस्थापन गर्ने गरि लिड बल्ब प्रयोगमा ल्याउनु पर्ने आवश्यकता छ । अझ बजारमा भएका लिड बल्बको गुणस्तर प्रमाणित नभएकोले पहिलो चरणमा नेपाल विद्युत प्राधिकरणबाटै बजार हस्तक्षेप गरेर उपभोक्तालाई गुणस्तरीय बल्ब सस्तोमा उपलब्ध गराउन खरिद प्रक्रिया अगाडी बढाएका हौं । प्राधिकरणमार्फत विक्रि वितरण हुने यस्ता बल्बको तीन वर्षसम्म वारेण्टि रहनेछ , बिग्रिएमा प्रतिस्थापनको ग्यारेन्टी भारत सरकारको स्वामित्वको Energy Efficiency Service Limited (EESL) ले दिएको छ । प्राधिकरणको यो कदमले थोरै महशुलमा पर्याप्त उज्यालो पाउने मात्र होइन, सहुलियत मुल्यमा, किस्ताबन्दीमा बल्बको भुक्तानी गर्न पाउने र विद्युत कम खपत भएकाले आर्थिकरुपमा उपभोक्तालाई सिधै फाइदा हुनेछ । साथै राज्यलाई बिना लगानी लोडसेडिङ अन्त्य गर्ने कार्यमा सफलता मिल्ने छ । लिड बल्बको प्रयोगले करिव दुई सय मेगावाट विद्युत माग घटाउदा करिव ५ अर्ब रुपैया बराबरको विद्युत आयात घट्ने छ ।
२७ र २८ जुन २०१६ मा नया" दिल्लीमा सम्पन्न नेपाल भारत सरकारका ऊर्जा सचिव स्तरीय Joint Steering Committee को तेस्रो बैठक तथा १३ र १४ फेबु्रअरी २०१७ मा काठमाडौंमा सम्पन्न चौथो बैठकका निर्णय कार्यान्वयनका लिड बल्ब खरिद बिक्रीका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन भारत सरकारले EESLलाई तोकेको थियो ।
लिड बल्ब बिक्रि गर्ने EESLको प्रस्ताव भारतीय ऊर्जा मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थिति भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय र ऊर्जा मन्त्रालय हु"दै नेपाल विद्युत प्राधिकरणसमक्ष आएको हो, सिधै प्राधिकरणमा आएको होइन ।मन्त्रिपरिषद्ले स्विकृति दिएपछि मात्रै लिड बल्ब खरिद प्रक्रिया अगाडी बढाउने सम्झौता भएअनुसार स्विकृतिका लागि मन्त्रिपरिषद्मा लगिएको हो । यसरी सम्पुर्ण कानुनी प्रावधान अनुशरण गरेर अघि बढेका प्रक्रियामा अनियमितता छ भनेर प्रश्न गर्नु आधारहिन छ ।
भारतीय कम्पनी EESLले नौ वाटको बल्ब प्रति बल्ब ६५ भारतीय रुपैया" (१०४ नेपाली रुपैया")मा हेटौंडामा उपलब्ध गराउने छ । यसमा नेपालमा कानुनअनुसार लाग्ने भन्सार महसुल, मुल्य अभिबृद्धि कर र प्राधिकरणको सेवा शुल्क (Handling Charge) जोडिने छ । भारतीय सरकारले उपभोक्ताका लागि तोकेको मुल्यमा EESLले लिड बल्ब प्राधिकणलाई बिक्रि गर्न लागेको हो ।भारतका केही स्थानमा EESL ले ६५ भारुभन्दा महंगोमा भारतीय उपभोत्तालाई लिड बल्ब बिक्री गरिरहेको छ ।
तर, भारतीय बजारमाखुलारुपमा किन्दा यस्ता बल्बको मुल्य १५०–२०० भारु (२४०–३२० रुपैया) सम्म पर्छ । भारतीय सरकारले तोकेको मुल्य भएकाले रेट पारदर्शी छ भने EESLले प्रख्यात कम्पनीहरु फिलिप्स र ओस्रामका लिड बल्ब उपलब्ध गराउने छ । बल्वको पावर फ्याक्टर ०.९ भन्दा बढी रहने र उर्जा दक्षता सत प्रतिशत हुने भएकाले यी बल्ब बजारमा पाइनेभन्दा गुणस्तरीय र क्षमतावान छन् ।
अर्कोतर्फ EESLले रेटको प्रस्ताव भारतीय ऊर्जा मन्त्रालय, विदेश मन्त्रालय, नेपाल स्थिति भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय र ऊर्जा मन्त्रालय हु"दै प्राधिकरणसमक्ष पठाएको हो । भारतीय सरकारले तोकको मुल्यमा बल्ब दिने प्रस्ताव यति धेरै निकायहु"दै आएकाले यसमा कसरी अनियमितता हुनसक्छ ? कमिसनको खेल भएकै भए यो विषयमा भारतीय अनुसन्धान निकाय कसरी मौन बस्न सक्लान् ?
EESLले १७ मार्च २०१७मा नौ वाटका एक करोड लिड बल्ब प्रति बल्ब ६५ भारु (एक अमेरिकी डलर)मा श्रीलंका सरकारलाई समेत बिक्रीको प्रस्ताव गरेको छ ।
जहाँसम्म EESLले टेण्डर आहवानगर्दा ३८ भारुमा यस्ता लिड बल्ब प्राप्त गरेको छ भन्ने चर्चा छ, सो कम्पनीले भारतमा लाग्ने कर बाहेक विभिन्न समयमाप्रति बल्ब ३८ देखि ३१० भारुसम्ममा अरु कम्पनीबाट खरिद गरेको देखिएको छ । त्यसमा उसले उसले कानुनतः तिर्नुपर्ने कर (भ्याट, केन्द्रीय सेल्स् ट्याक्स) समावेश छैन । साथै उसको लगानीको व्याज, टुट्फुट खर्च, प्रशासकीयखर्च, भण्डारण खर्च, ढुवानी खर्च, तीनवर्षसम्म वारेन्टी वापत प्रतिस्थापन खर्च आदि पनि बल्ब मुल्यमा जोड्नु पर्ने हुन्छ । कम्पनीले खरिद गरेर भण्डारण गरेका करौडौं बल्बमध्येबाट भारतीय उपभोक्तालाई नै बिक्री गरिरहेको मुल्यमा प्राधिकरणलाई उपलब्ध गराउन लागेको हो । र, अहिले नेपाली बजारमा विक्रि भइरहेको फिलिप्स र ओस्रामको लिड बल्बको मुल्यभन्दा दुई तिहाई कम मूल्यमा उपलब्ध गराउन सकिने छ ।
नेपाल विद्युतप्राधिकरणले EESLको दर ने.रु १०४ मा भ्याट, भन्सार र करिव १० प्रतिशत Handling चार्ज लिएर रु १३५ देखि १४०मा ग्राहकहरुलाई वेच्ने प्रस्ताव गरिएको छ । नेपालका कुनै लिड व्यापारीले यदि फिलिप्स् वा ओस्राम वा सो सरहका ब्राण्डेट लेड वल्व १५० रुपैयामा ग्राहकलाई दिन्छ भने नेपाल विद्युतप्राधिकरण आफ्नो करिव २०० वटा आय काउन्टरमा बुथ राखेर बल्बहरु वेच्न आव्हानगर्दछ । सोको लागि चाहिने लजिस्टिक सपोर्ट नेपाल विद्युत प्राधिकरण आफैले गरि दिनेछ ।नेपाल विद्युत प्राधिकरणले लिड बल्बको व्यापार गर्ने कुनै मनसाय नभएको व्यहोरा पनि अनुरोध छ । अहिले प्रधिकरणले पहिलो चरणमा मात्रै अभियान चलाउने भएकाले यसले आगामी दिनमा लिड बल्बको प्रयोगलाई प्रोत्साहन गर्ने हुदा यसको प्रत्यक्ष फाइदा व्यापारीलाई नै हुने छ ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सममेलनमा भनेका छन् ।
Tags: यस्तो छ बल्ब खरिदको रहस्य उनकै शब्दमा (पढ्नैपर्ने )लोडसेडिङ मुक्त गर्ने हिरो कुलमान पत्रकार सम्मेलनमा नै रोए
|
2020/07/05 08:05:49
|
https://www.suryakhabar.com/2017/05/12707/
|
mC4
|
१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित - १२ मंसिर २०७७, NepalTimes
ललितपुर : कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसिंह अवतार देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । नाच सञ्चालनका लागि बिहीबार धार्मिक विधिपूर्वक नाट्येश्वरीको पूजा गरिएको छ ।
कोरोना महामारीका कारण १२ दिनसम्म देखाइने नाच यसपटक दुई दिनमा सीमित गर्न लागिएको समितिका कार्यकारिणी सदस्य एवं प्रचारसंयोजक सञ्जय शर्माले बताउनुभयो । धार्मिक विधि र सांकेतिकरुपमा परम्परा निर्वाहका लागि नाचलाई छोट्याएर दुई दिनमा मात्र सीमित गरिएको संयोजक शाक्यको भनाइ रहेको छ ।
आज बेलुका बराहले शिरमा नयाँ मुकुट लगाएर बराह अवतार देखाइनेछ । धेरै पुरानो र जीर्ण भइसकेकाले मुकुट फेर्न लागिएको हो । कार्तिक नाचअन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो । सो नाचमा इन्द्रगण र देवगणसहित बराह अवतार देखाइनेछ ।
ललितपुर महानगरपालिका–१६ वडाले नयाँ मुकुटको लागि लाग्ने सम्पूर्ण खर्च बेहोरेको कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचार संयोजक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।
'अहिले प्रयोग गर्दै आएको मुकुट कति वर्ष पुरानो भनेर यकिन गर्न सकेको छैन तैपनि हामीले सुनेअनुसार अहिलेको मुकट सय वर्षभन्दा बढी भइसकेको अनुमान गर्न सकिन्छ।' –संयोजक शर्माले भन्नुभयो ।
१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो । सोही वडाले कार्तिक नाचको अक्षयकोषका लागि शुक्रबार नै १० लाख रुपियाँको चेक हस्तान्तरण गर्न लागिएको छ । कार्तिक नाचको निरन्तरताका लागि गत वर्ष प्रतिबद्धता व्यक्त गरेअनुरुप चेक हस्तान्तरण गर्न लागेको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले प्रतिबद्धता व्यक्त गरेअनुरुप मन्त्रालयबाट १० लाख रकम दिने तयारी गरिरहेको खबर पाएको बताउँदै संयोजक शर्माले भन्नुभयो– 'मन्त्रालयले चाँडै रकम उपलब्ध गराउने भनेको छ ।'
चालू आर्थिक वर्षमा अक्षय कोषका लागि ललितपुर महानगरपालिकाले ५० लाख रुपियाँ विनियोजित गरिएको छ । कार्तिक नाच ३ सय ८० वर्ष पुरानो नाच रहेको छ । सो नाच मल्लकालका तीन जना राजाको परिकल्पना र सृजना हुन् ।
शुरुमा राजा सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको सो नाचमा उहाँको छोरा श्रीनिवास मल्लले केही अंश थप गर्नुभएको थियो । त्यसै गरी योगनरेन्द्र मल्लले त्यसलाई जीवन्तता दिन थप योगदान दिनुभएको थियो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा नील महर्जनले लेखेका छन् ।
|
2021/01/24 09:58:37
|
https://nepaltimes.net/%E0%A5%A7%E0%A5%A8-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A5%87-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4/
|
mC4
|
माधव नेपालको 'नोट अफ डिसेन्ट' स्वभाविक हो- अध्यक्ष 'प्रचण्ड' | SaraKhabar.com
माधव नेपालको 'नोट अफ डिसेन्ट' स्वभाविक हो- अध्यक्ष 'प्रचण्ड'
नेपालगन्ज, कात्तिक गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले 'नोट अफ डिसेन्ट' लेख्नु स्वभाविक नै भएको बताउनुभयो ।
पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके आएका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको बताउनुभयो ।
'माधवजीले एक९दुई जनाको नाम पारौं भन्ने जोड दिनुभएको थियो । बैठकले त्यो निर्णय गरेन । उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो,' प्रचण्डले नेपालगञ्जमा पत्रकारहरूसँग भने ।
नयाँ नियुक्त प्रदेश प्रमुखलाई नेता नेपालले मान्दिनँ नभनेको उल्लेख गर्दै प्रचण्डले थपे, 'उहाँले म मान्दिनँ भन्नुभएको छैन, मेरो भिन्न मत राख्छु भन्नुभएको छ ।'
सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।
प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टी्भित्र र सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको प्रचण्डले बताए ।
सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक नै हुने उनले बताए । 'प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रूपमा काम गर्ने हो,' प्रचण्डले भने, 'सरकार परिवर्तन भएपछि प्रदेश प्रमुख फेरिन्छ । हाम्रो सरकार उदार भएकोले दुई वर्षसम्म काम गर्न दिएको हो ।'
प्रदेश प्रमुख हटाउने र नयाँ राख्ने प्रक्रिया ठूलो नभएको र सरकारकै क्षेत्राधिकारको कुरा भएको उनले बताए । उनले प्रदेश ५ को राजधानीका विषयमा सबैलाई सुविधा हुने गरी ठाउँ तय हुने पनि बताए ।
'जनताको हितलाई हेरेर राजधानीको टुंगो लगाउनुपर्छ । त्यस्तो सेन्टर जुन नयाँ बजार बनाउन पनि सकिन्छ । पूरानै सहरमा बनाउनुपर्छ भन्ने पनि छैन,' उनले भने ।
उनले आफू देश दौडाहमा हिँडेर पार्टी कार्यकर्ता र जनताका कुरा सुनेर सिंहदरबारसम्म र्पुयाउने काम गर्दै आएको पनि बताए । प्रचण्डले आफू सरकारमा नभएकोले उपनिर्वाचनको प्रचार प्रसार गर्न आचार संहिताले नछेक्ने प्रतिक्रिया दिए ।
|
2019/11/14 11:56:53
|
https://sarakhabar.com/news/3491
|
mC4
|
च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी - Akhabarpatra
सर्लाही, फागुन २३ । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको छ बाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको हो ।
पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका बाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले करिब रु ५० लाखमा बीउ उत्पादन गर्ने उपकरण खरिद गर्नुभएको थियो । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उहाँले बताउनुभयो ।
उहाँले प्रतिप्याकेट रु ४० मा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री गरिरहेको च्याउखेती र बीउ उत्पादन गर्न उहाँलाई पारिवारिक राम्रो सहयोग छ । उहाँले च्याउको बीउ उत्पादन गर्ने काममा तीन जनालाई रोजगारी दिनुभएको छ । यही व्यवसायको कमाइबाट चार कट्ठा जग्गा खरिद गरेको बताउनुभयो ।
स्नातक उत्तीर्ण युवक व्यावसायिक भैंसीपालनमा
बाबुबाजेले गर्दै आएको कृषि पेशालाई नै अगाडि बढाउनुपर्छ भन्ने सोंच लिएर बिबिएको पढाइ सकेर आफूले करिब एक वर्ष पहिलाबाट रु २५ लाख बैंकबाट ऋण लिएर हिम अमृत कृषि फार्म दर्ता गराई भैँसीपालन व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो । एक वर्षदेखि सञ्चालन गर्दै आएको फार्ममा पालिएका भैँसीबाट उहाँले राम्रो आम्दानी गर्दै आउनुभएकाे छ ।
उहाँको कृषि फार्ममा अहिले ५० भैँसी, तीन राँगा, २५ वटा पाडापाडी र दुई गाई छन् । पच्चीस दुधालु भैँसी उहाँले फार्ममै राखेका छन् भने दूध दिन छाडेका २५ भैँसी गाउँकै स्थानीय किसानलाई पाल्न दिएको यादवको भनाइ छ । आफूले फार्ममा पालेका सबै पशुको पशु बीमासमेत गराइसकेको उहाँले बताउनुभयो ।
गाउँमा पाल्न दिएका भैँसी ब्याएपछि पालेबापत केही रकम दिएर पुनःफार्ममा फर्काएर ल्याउने गरेको उहाँको भनाइ छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने त्यस क्षेत्रको सुप्रसिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको आठ कट्ठा जग्गामा सञ्चालन भइरहेको उक्त कृषि फार्ममा पालिएका भैँसीको आहाराका लागि करिब साढे तीन बिघा जग्गा भाडामा लिएर घाँस रोपेको उहाँको भनाइ छ ।
प्रत्येक दिन एउटा भैँसीका लागि करिब ५० किलो आहाराको आवश्यकता पर्ने गरेको उहाँले बताउनुभयो । यसका लागि प्रतिभैँसी ३० किलो सुख्खा भुस, १५ किलो हरियो घाँस र पाँच किलो दाना मिसाएर खाना तयार पारिन्छ ।
फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ । कृषक यादवले कृषि फार्ममा उत्पादन भएको दूध बजारसम्म पु¥याउनका लागि फार्मसँगै डेरी पनि खोलेका छन् । उक्त डेरीमा आसपासका स्थानीय किसानले उत्पादन गरेको दूध सङ्कलन गरी दैनिक करीब ५०० लिटरभन्दा बढी दूध जिल्ला सदरमुकाम मलङ्गवालगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको मागअनुसार पु¥याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले कृषि फार्ममा दुई जना स्थानीय व्यक्तिलाई रोजगारी दिनुभएको छ । उहाँले अझै भैँसी थप्ने योजना रहेको बताउनुभयो । एक वर्ष पहिले करीब रु २५ लाख बैंकबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले करिब रु एक करोड २५ लाख पुगिसकेको छ । दूध बिक्रीबाट राम्रो आम्दानी भइरहेकाले कृषि पेशाबाट आफू पूर्ण सन्तुष्ट रहेको यादवको भनाइ छ । युवाशक्ति सबै विदेश जाने क्रम चलिरहेका बेला उहाँ भने यस क्षेत्रका युवाका बीच गतिलो उदाहरण बन्नुभएको छ ।
पढेलेखेका युवालाई जागिर नपाएर वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशको भूमिमा रहेर कृषि क्षेत्रमा लाग्न उहाँको सुझाव छ । कृषिमा पशुपालन मात्र नभई व्यावसायिक तरकारी तथा फलफूल खेती, मत्स्यपालन, पोल्ट्री फार्म तथा कृषिसम्बन्धी अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकाले आफूले गर्नसक्ने कुनै पनि एउटा व्यवसाय छनोट गरी त्यससम्बन्धी तालिम लिइ दक्षता हासिल गरेर अगाडि बढ्न उहाँले युवालाई सुझाव दिएका छन् ।
|
2021/06/13 04:38:22
|
https://akhabarpatra.com/2021/03/07/one-lakh-monthly-income-from-selling-mushroom-seeds/
|
mC4
|
आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परिन पूर्वराजकुमारी पूर्णिका शाह, यी हुन् उनका प्रेमी ! « Etajakhabar
प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १९:१३
छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ । ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर–भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परेकी ।
पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निक्कै फ्यान बटुलेकी छन् । उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविना राईको गीत 'गुराँशको फेदमुनि सम्झनाको छायाँ' मा दिएको प्रस्तुति पूर्णिकाकै अकाउण्टबाट पोष्ट भएको थियो । फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन् । उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो मायामा डुबेकी हुन् । उनले आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन् । तर, जनआस्थाले फेला पारेको छ, ती प्रेमी ।
उनी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान । वि.सं १८७१–७३ को नेपाल–अंग्रेज युद्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन्, नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ दि चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापाहरु । पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिजा धर्म हुन्, धर्म । सुशील र राजीव १३ दिने दाजुभाइ हुन् ।
पूर्वराजकुमारी पूर्णिका शाह
थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन् । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ । तर, पूर्णिका र धर्मको भेट यसरी भएको होइन । सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी भएकी उनले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, राम्रो परिवारको सदस्य भन्ने कुरा ।
धर्मको पारिवारिक विरासत राम्रो, तर काका–बाबुचाहिँ अन्यायमा परेका । बाबु सुशीलबरसिंह थापा प्रहरीको डिआइजी हुँदा आफ्नै व्याची उपेन्द्रकान्त अर्यालको विशेष स्नेहमा कमी भई तलैबाट गलहत्याइएका । यादव अधिकारीहरुसँगै मुद्दा लिएर सर्वोच्च गए । त्यहीँको आदेशले एआइजीको फुली लगाए, तीन महिना हाजिर गरेर रिटायर्ड भए । काका राजीव स्टाफ कलेज गरेका, तालिमहरुका टप फाइभमा पर्ने, राम्रा मान्छे । तर, माथि दरबन्दी खालि हुँदाहुँदै लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे अवधीबाट रिटायर्ड भए ।
धर्म सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचबिखनको काम गर्छन् । प्रायः दरबारमार्ग, ठमेल र लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ । रमाइलो कस्तो छ भने, कतिपय डेटिङमा आमा हिमानी पनि साथ हुन्छिन् । पूर्णिका निकट एकजना साथीले जनआस्थालाई सुनाइन्, 'करिव एक वर्षअघिको एउटा जमघटमा त हिमानी छोरीका प्रेमीसँग मज्जाले नाचिन्, त्यसबेला पूर्णिका ताली बजाइरहेकी थिइन् ।' उता, बाबु पारसको खबर भद्रगोल छ ।जना आस्थाले यो खबर छापेको छ ।
एकजना युवतीसँग प्रेममा रहेका पारस पछिल्लो समय पोखरातिर बस्न थालेका थिए । काठमाडौं नफर्किने बाचा थियो । तर, असारको १९ गते धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा 'इनफ इज इनफ' अभियान चलाएर अनसन बस्ने इञ्जिनियर इशान अधिकारीलाई भेट्न पुगे । जनताको जीवन रक्षाका निम्ति कोरोना महामारी नियन्त्रण गर्न सरकारबाट प्रभावकारी व्यवस्थापनको माग गर्दै बसिएको उक्त अनसनमा सहभागी इशान हुन्, तनहुँ घर भएका, पारसको कुटाई खाएर नेपाली सेनाको मेजरबाट जागिर छाड्ने ईश्वर अधिकारीका छोरा हुन् ।
सामाजिक अभियन्ता तथा वरिष्ठ कर प्रशासक स्व. भीमबहादुर अधिकारीका नाति । राणाकालदेखि जागिर खाएर कर व्यवस्थामा निपूर्णता हासिल गरेका भीमबहादुर झण्डै सय वर्ष बाँचेर केही समयअघि दिवंगत भएका थिए । उनलाई सरकारले अवकासपछि पनि करारमा जागिर लगाएको थियो । रमाइलो के छ भने, ईश्वर अधिकारी दरबार हत्याकाण्डताका सैनिक प्रहरीमा थिए, त्यहीँबाट शाही रक्षकमा खटिएका ।
पारसले मदिराको नशामा बबाल गरेपछि तत्कालिन युवराज दीपेन्द्रले 'बाँधेर ल्याउनु' भन्ने आदेश दिएका थिए । आदेशानुसार पारसलाई दीपेन्द्र भएको ठाउँमा लैजान खोज्दा ईश्वरले पिटाइ खाए । दरबार हत्याकाण्ड भएकै साल (०५८ असोज) पारस युवराज घोषित भएपछि ईश्वर जागिर छाडेर अमेरिका छिरे । उतै हुँदा नेपालमा रहेकी पत्नी छायाँ चन्द (हालै दिवंगत कलाकार जयनन्द चन्दकी छोरी) रजनिश भक्त विवाहित झापालीसँग गएकी हुन् । पत्नीले छाडेर सेन्ट जेभियर स्कुल पढ्ने दुई छोराको बिजोग भएपछि ईश्वर स्वदेश फर्किएर बनस्थली चोकभित्र घर बनाई सानो ग्रोसरी दुकान खोली बसेका छन् । यिनै ईश्वरलाई गत साता पारसले अस्पतालको प्रांगणमा भेटी हात समातेर छोराको अनशनमा ऐक्यबद्धता जनाएका थिए ।
काठमाडौ । सामाजिक सञ्जालमा भाइरल भइरहेकी सर्मिला वाइवाले कृष्णबहादुर बोहोराको ह त्या गर्ने कल्पना मुडभरी
गोंगबु घटनामा नयाँ ट्विस्ट: अ'श्लि'ल फोटो हैन ५० लाख रुपैया हो घटनाको कारण, यि महिलाले खोलिन् सबै सबै रहस्य (भिडियो हेर्नुस्)
काठमाडौ । कृष्णबहादुरले बहिनी भन्ने एक महिलाले उनको ह त्या प्रेम सम्बन्ध र अ'श्लि'ल तस्बिर
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण २८ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण २८ गते बुधबार इश्वी सन २०२० अगस्त १२
कोरोना भाइरसको जोखिम बढेपछि सरकारले थप कडाइ गर्दै लगायो फेरी यस्ता नियम, अब के गर्न पाइन्छ के पाइदैन ?
काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट
|
2020/08/11 19:01:41
|
https://www.etajakhabar.com/325564/
|
mC4
|
एनआरएन मलेसियामा अस्थायी जागिर खुल्याे | Himal Times
Home Flash News एनआरएन मलेसियामा अस्थायी जागिर खुल्याे
SHARES 3,673
मलेसिया । एनआरएन मलेसियाले कोभिड-१९ सम्बन्धि सुचारु गरिएको एक परियोजनाका लागि करार कर्मचारी माग गरेको छ ।
प्रवासि नेपाली कामदारहरूकाे निम्ति काेविड – १९ काे जवाफदेहिता "सहयाेग र उद्दार" ( covid-19 response to nepali migrant workers "Relifef and Repatriation) नामक परियोजनाका लागि कनुनी परामर्शदाता एक जना, समुह नेता एकजना, क्षेत्र अधिकारी महिला पुरुष एक-एक जनाको माग गरिएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएन) को कार्यनयन अन्तर्गत एनआरएन मलेसिया उक्त परियोजना सञ्चालन गर्न लागेको हो ।
एनआरएन मलेसियाका वरिष्ठ उपाध्यक्ष सुन्दर आलेका अनुसार उक्त परियोजना अन्तर्गतका विभिन्न पदमा मलेसियाको भिषा भएका योग्यता पुगेका जुनसुकै नेपालीले आवेदन दिन पाउनेछन् । परियोजना पाँच महिनाको लागि मात्रै हुनेछ ।
आवेदन दिने नेपाली : आप्रवासी कामदार सम्बन्धि ज्ञाता भएको, स्थानीय भाषा जान्ने, कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान भएको, एनआरएन सदस्य भएको, स्थानीय बैंक खाता भएको हुनुपर्ने तोकिएको छ । त्यस्तै कानुनी परामर्शदाताका लागि सम्बन्धित विषयमा स्नातक, स्नातकोत्तर वा सो सरह हुनुपर्ने छ भने अन्य पदको लागि भने प्रविणता प्रमाणपत्र तह पास गरेको हुनुपर्ने छ ।
|
2021/06/22 11:35:35
|
http://himaltimes.com/2020/08/7781/
|
mC4
|
घर बनाउन अब धितोको ७०% सम्म ऋण पाइने, यस्ता छन् थप प्रावधान - Real Estate Properties in Nepal
Posted by Rashmi Sharma on November 11, 2019
काठमाडौं : पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिले कर्जा लिंदा निकै ठूलो राहत पाउने भएका छन् । केन्द्रीय बैंकले अबदेखि पहिलो पटक खरिद तथा निर्माण गर्ने व्यक्तिले धितो मूल्यांकनको ७०% सम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो । घर खरिदमा सकेसम्म धेरै नेपालीको पहुँच विस्तार होस् भन्ने अभिप्रायले केन्द्रीय बैंकले नयाँ नीति अघि सारेको हो । यस व्यवस्थाबाट कर्जा लिएर घर बनाउनेलाई थप राहत मिल्नेछ ।
यसअघि राजधानीमा धितोको ५०% सम्म र उपत्यकाबाहिर धितो मूल्यांकनको ६०% सम्म घर खरिद कर्जा लिन पाइने व्यवस्था थियो । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७५ मा सशोधन गर्दै नयाँ नियम लागू गरेको हो । यो सुविधा पहिलो पटक घर खरिद वा निर्माण गर्नेले मात्र उपयोग गर्न पाउनेछन् । यसमा अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म धितो लिन पाइनेछ ।
ऋणी आफूले मात्र प्रयोग गर्ने गरी अधिकतम ३ हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट हुनुपर्नेछ । यो सुविधा प्रयोग गर्न यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट घर वा अपार्टमेन्ट खरिद तथा निर्माण गर्न कर्जा नलिएको हुनुपर्नेछ । बीचमा कर्जाको ब्यादर वृद्धि भए पनि पूर्वनिर्धारित मासिक किस्ता बढाउन पाइनेछैन । बरु कर्जा तिर्ने समय लम्बिनेछ । तर यस्तो सुविधा प्रयोग गर्दा घर भाडालाई भने ऋणीले आम्दानीको स्रोतका रुपमा देखाउन पाउने छैन ।
|
2021/05/12 08:42:13
|
https://www.homerentbuy.com/%E0%A4%98%E0%A4%B0-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%85%E0%A4%AC-%E0%A4%A7%E0%A4%BF%E0%A4%A4%E0%A5%8B%E0%A4%95%E0%A5%8B-%E0%A5%AD%E0%A5%A6-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE/
|
mC4
|
आयोजक रसियालाई पेनाल्टीमा स्तब्ध पार्दै क्रोएसिया दोस्रो पटक विश्वकपको सेमिफाइनलमा – BIG FM 101.2 MHz
Home » खेलकुद » आयोजक रसियालाई पेनाल्टीमा स्तब्ध पार्दै क्रोएसिया दोस्रो पटक विश्वकपको सेमिफाइनलमा
आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । प्रतिष्पर्धात्मक खेलमा रसिया पेनाल्टी सुटआउटमा क्रोएसिया भन्दा कमजोर सावित भयो । निर्धारित र अतिरिक्त समयमा बराबरी भएको पेनाल्टी सुटआउटमा पुगेको नाटकीय खेल क्रोएसियाले ४–३ ले बाजी मार्यो ।
पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् । क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो ।
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा फ्रान्स (जसले विश्वकप जित्यो) सँग पराजित भयो । र, तेस्रो स्थानको प्लेअफमा क्रोएसियाले नेदरल्याण्डलाई हरायो ।
अब फाइनल प्रवेशका लागि क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ । क्वार्टर फाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराउँदै २७ वर्षपछि विश्वकपको अन्तिम चारमा स्थान बनाएको थियो ।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टिमले १–१ गोल थपे ।
३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै फिस्ट स्टेडियममा उपस्थित घरेलु समर्थकलाई खुसी दिलाए । अर्तेम ज्युबाले मिलाइदिएको बललाई चेरिसेभले दाहिने कुनाको जालिमा चुमाए ।
रसियाको त्यो खुसी आठ मिनेटभन्दा बढी टिकेन । ३९औं मिनेटमा मारियो मान्जुकिचको उत्कृष्ट क्रसलाई आन्द्रे क्रामारिकले हेडमार्फत गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
खेलको १००औं मिनेटमा लुका मोड्रिचको पासमा डोमागो भिडाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । अतिरिक्त समय सकिनु पाँच मिनेटअघि फर्नाण्डेजले गोल गर्दै जागोएभको फ्रिकिकमा हेडर गोल गर्दै रसियालाई खेलमा फर्काएका थिए । तर पेनाल्टी सुटआउटमा क्रोएसिया विजयी भएपछि ५२ वर्षपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने रसियाको लक्ष्यमा पूर्णविराम लाग्यो ।
|
2019/01/19 14:18:23
|
http://www.bigkhabar.com/site/cro-semi/
|
mC4
|
मुस्ताङ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्याउने गतिविधि सैह्य नहुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, मुस्ताङको जोमसोममा निर्मित भवन उदघाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न सम्पूर्ण प्रहरीहरुलाई निर्देशन दिएका हुन् ।
‘इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,’ उनले भने, ‘संगठनको व्यावसायिक मर्यादामा आँच पुर्याउने कार्य सैह्य हुँदैन ।’
जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गरे ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गरे । रासस
|
OSCAR-2019
|
||
काठमाडौं । विश्वकै सबैभन्दा धेरै कण्डम उत्पादक कम्पनी मलेसियास्थित कारेक्स बीएचडीले पछिल्लो समय कण्डमको आपुर्तीमा ५० प्रतिशतले गिरावट आएको बताएको छ । मलेसियास्थित कारेक्स बीएचडी हालसम्मकै धेरै कण्डम उत्पादन गर्ने कम्पनीले शुक्रबार मात्रै आफ्नो एक हप्ताको लकडाउनपछि कण्डम उत्पादन थाल्यो । त्यहीपनि आधा श्रमिकबाट मात्रै ।
मलेसियालगायत विश्वभर कोरोना भाईरसको त्रास बढ्दै जाँदा उक्त कम्पनीले आफ्ना कामदारलाई विदा दियो र कम्पनी पनि बन्द भयो । कम्पनीका अनुसार कण्डम उत्पादन गर्ने प्रमुख देशहरु चीन र भारत हुन् तर ती देशहरुमा महामारीका कारण कम्पनीहरु बन्द भएका कारण कण्डमका उत्पादनमा बाधा पुगेको छ । महामारी फैलिसकेपछि कण्डमको मागको वृद्धिदर दिनप्रतिदिन दोहोरो अंकले बढेको छ ।
मलेसियास्थित उक्त कम्पनीले विभिन्न फ्लेभरका कण्डमहरु उत्पादन गर्दै आईरहेको छ । विश्वमा भएका ५ भाग कण्डममध्ये १ भाग कण्डम उत्पादन गर्ने उक्त कम्पनीले पछिल्लो समय माग ह्वात्तै बढेको बताएको हो ।
यस्तै कम्पनीले कण्डमको मूल्यमा पनि धेरै वृद्धि हुने समेत चेतावनी दिएको छ । कम्पनीले कामदारलाई पुरा तलावमा केही समय मात्रै काम गराएकाले कण्डमको माग अनुसार आपुर्ती हुन नसक्दा मुल्य बढ्ने चेतावनी दिएको हो ।
|
2020/06/04 01:29:55
|
https://www.bizkhabar.com/international-news/72808.html
|
mC4
|
लक्ष्मी बैंकको ११७औँ शाखा सुर्खेतको छिञ्चुमा - Wnepal.com
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
|
2020/07/05 07:57:26
|
https://wnepal.com/2019/11/18/101154/
|
mC4
|
भक्तपुरको विभिन्न ठाउँमा मकर मेला | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more भक्तपुरको विभिन्न ठाउँमा मकर मेला
भक्तपुरको विभिन्न ठाउँमा मकर मेला
माघ १ गते, २०७७ - १५:२२
काठमाडौं । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ ।
घीउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वमा भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीले आज पूजा एवं दर्शन गरेका छन् ।
यी मन्दिरहरुमा रहेका देवताहरुको शरीरमा घीउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले प्रसादका रुपमा यी नारायण देवताको नाइटोमाथिको घीउ, चाकु खाएमा छोरा र नाइटोमुनी लगाइएको घीउ चाकु खाए छोरी लाभ हुने जनविश्वास छ ।
घीउ, चाकु सल्हुँको दिन आज भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको धुइँचो लाग्ने गर्दछ । बिहान नुहाइधुवाई गरी जीउमा तेल घसेर घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने र हष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्ने जनविश्वास छ ।
यसैगरी आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पूजारी उत्तमाङराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाइ पूजा गरेर माघे सङ्क्रान्ति मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
|
2021/01/17 12:19:34
|
https://www.khabardabali.com/2021/01/303971/
|
mC4
|
कोरोना संक्रमितको शव व्यवस्थापन : स्थानीयको अवरोध, सेनाको सम्मान – Online Khabar
२०७७ असार २० गते २०:४७ मा प्रकाशित
२० असार, गोरखा । स्थानीयको अवरोधका बीच गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ ।
शनिबार मृत्यु भएका पालुङटार नगरपालिका-७ का ४४ बर्षीय संक्रमित पुरुषको शव गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।
शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । 'चार जना नेपाली सेना शव व्यवस्थापनमा खटिनुभएको थियो,' प्रमुख जिल्ला अधिकारी सुरेन्ऽ पौडेलले भने, 'फुल सेट पीपीई लगाएर उहाँहरुले शव व्यवस्थापन गर्नुभयो ।' सम्मानका साथ अन्त्येष्टि गरिएको प्रजिअ पौडेलले बताए ।
गोरखा अस्पतालको आइसोलेसनमा उपचारको क्रममा शनिबार विहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । जिल्ला सुरक्षा समितिको बैठकले लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
तर त्यहाँ शव व्यवस्थापन नदिने भन्दै स्थानीय विरोधमा उत्रिए । स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । भिडलाई तितरवितर पार्न ८ सेल अश्रु ग्यास हान्नु परेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । 'स्थानीयले अवरोध गरे भनेपछि म आफैं फिल्डमा गएँ,' उनले भने, 'सम्झाउँने प्रयास गर्दागर्दै स्थानीयले ढुंगामुढा गरेपछि अश्रु ग्यास हान्न बाध्य भयौं ।'
अश्रुग्यास प्रहारपछि तितरवितर बनेका स्थानीयले शव व्यवस्थापन स्थल जाने सडक अवरुद्ध गरेका थिए । 'अवुवा पुलबाट लुदी दोभान जाने सडकमा हिमपाइप राखेर बाटो अवरुद्ध गरे । हटाउन खोज्दा ढुंगामुढा गरेपछि लाठी चार्ज गर्नुपर्यो,' एसपी गुरुङले अनलाइनखबरसँग भने ।
झडपका क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु भएका पुरुष असार १६ गते कतारबाट आएका हुन् । पालुङटार नगरपालिका-७ को जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका उनीलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । त्यहही दिन राति उनलाई गोरखा अस्पताल ल्याइएको थियो । तर शनिबार बिहान ५ बजेर ५ मिनेटमा उपचारको क्रममा उनको निधन भएको थियो ।
२०७७ असार २० गते २१:१३
भोलि आफू पनि मर्न सक्छु भन्ने होश नभएका मान्छेहरू । तिमी आफै मरेका दिन पनि अरूले यसरी नै अवरोध गर्नेछन् । याद गर ।
|
2022/01/25 01:37:44
|
https://www.onlinekhabar.com/2020/07/878900
|
mC4
|
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - 'संविधान संशोधनकै लागि यो सरकार गठन भएकाे हाे'
मङ्गलबार, ०७ मङि्सर २०७३, १८ : ३९ | महेशकुमार दास
महोत्तरी– शान्ति तथा पूर्ननिर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि यो सरकार गठन भएको स्वीकार गरेकी छन्। आफ्नो पार्टी नेपाली कांग्रेसको प्रमुख एजेन्डा नै संविधान संशोधन रहेको भन्दै त्यसैका लागि सरकारको गठन भएको बताएकी हुन्।
कांग्रेसका कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले असन्तुष्ट रहेका देशका आधाभन्दा बढी जनसंख्याको इच्छा र चाहना वमोजिम नै संविधान संशोधन हुने बताइन्। 'संविधानमा असन्तुष्ट रहँदै आएका आधा जनसंख्याको चाहना वमोजिम नै संविधान संशोधनको प्रक्रिया अगाडी बढिसकेको छ, चाँडै नै संविधान संशोधन हुनेछ,' उनले भनिन्।
संविधान संशोधनको लागि दुई तिहाईको आवश्यकता पर्ने भएकाले सबै दलबीच छलफल भइरहेको र सहमति गर्नुको विकल्प नरहेको उनले बताइन्। संशोधनका लागि एमाले अहिले आनाकानी गरे पनि ऊ पनि सहमति आउने नै विश्वास उनले व्यक्त गरिन्।
स्थानिय निकायको चुनाव पुरानै संरचनामा गर्दा ठिक हुने बताएकी छिन्।
स्थानीय शान्ति समिति महोत्तरीले मंगलबार जलेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। मन्त्री यादवले स्थानीय पुर्न संरचना गर्न समय लाग्ने भएकाले पुरानै संरचनामा स्थानीय निकायको चुनाव गर्दा ठिक हुने बताएकी छन्।
'शान्ति सम्झौता भएको एक दशकभन्दा बढी भइसक्यो द्वन्द्वकालमा भत्किएको भौतिक संरचना निर्माण हुन सकेको छैन,' यस्तो अवस्थामा अहिले नै स्थानीय निकायको पुर्न संरचना गरेर स्थानीय निकायको चुनाव गर्दा ग्राहो हुन्छ,' मन्त्री यादवले भनिन् 'पुरानै संरचनामै स्थानिय निकायको चुनाव हुनु पर्छ । '
|
2019/10/23 12:49:10
|
https://nagariknews.nagariknetwork.com/news/9331/
|
mC4
|
ज्ञानमाण्डू प्रकाशित मिति : December 27, 2020
काठमाडौँ, गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।
बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ ।
विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।
९४.५ प्रतिशत नेपाली कोरोनामुक्त:
विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४।५ प्रतिशत कोरोनामुक्त भएका छन् ।
सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
समितिका अनुसार गत साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीमा सङ्क्रमण पाइएको छ ।
हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । रासस
|
2021/05/15 10:23:17
|
https://www.gyanmandu.com/2020/12/nrna.html
|
mC4
|
ओलीले 'सुदुरपश्चिमको इञ्चार्ज लेखराज भट्ट नै हुन्' भनेपछि.... | दर्पण दैनिक
ओलीले 'सुदुरपश्चिमको इञ्चार्ज लेखराज भट्ट नै हुन्' भनेपछि....
प्रकाशित मिति: २०७८ भाद्र २७ गते ०९:०९
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले सुदुरपश्चिम प्रदेशको इञ्जार्च लेखराज भट्ट नै हो भनेपछि बालकोटमा ओली र भिम रावलबीच चर्काचर्की भएको छ । १० बुँदे समझदारीका आधारमा पार्टी एकता गर्ने भन्दै ओली एमालेमा छिरेका रावललाई आइतबार ओलीले 'सबक' सिकाई दिएका हुन् । ओलीले १० बुँदे सहमतिको सिर्जनात्मक प्रयोग गर्ने भन्दै सुदुरपश्चिम प्रदेशको इञ्चार्ज रावल नभएर भट्ट नै रहेको स्पष्ट पारिदिएका थिए ।
ओलीको कुरा सुनेपछि रावलले १० बुँदे समझदारी अनुसार अघि बढ्नुपर्ने भनेका थिए । तर ओलीले जेठ २ पुनः नफर्कने भन्दै रावललाई जवाफ लगाएका थिए । ओलीको जवाफपछि बालकोटमा ओली र रावलबीच केहिबेर चर्काचर्की परेको थियो । सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।
|
2021/09/19 05:40:23
|
https://darpandainik.com/2021/9/22130
|
mC4
|
बिपन्न परिवारलाई बछौली रेडक्रसद्वारा राहत वितरण – Lokpriya Khabar ::
दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेका छन ।
चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीले,रत्ननगर–५,६ र ७ मा रहेको जो लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहान बेलुकी छाकनै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । अफ्ठेरो परिस्थितिमा राहत स्वरुप सामग्री सहयोग गरिएको उप शाखाका निवर्तमान सभापति एवं उपशाखा अन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणी खनालले वताए ।
उपशाखा बछौलीको पहलमा हिमाली नबिन समाज र वाइल्ड्लाइफ भिक्टिम फन्ड सहयोगमा ८५ अति विपन्न परिवार लाई खाद्य सामग्री वितरण गरिएको सभापति सुवास विडारीले वताए ।
सहयोग स्वरुप प्रति परिवार १ बोरा चामले नुन, दाल र तेल सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । विभिन्न संघ संस्था एवं व्यक्तिहरुवाट प्राप्त गरिएको सहयोग रकमवाट उपशाखाको कार्य क्षेत्र भित्र विहिवार सम्म आईपुग्दा ३३५ भन्दा वढी परिवारलाई सहयोग गरिएको श्रेष्ठले वताए ।
उक्त कार्यक्रममा वडा सदस्यदोय किरण महतो, केशरी माया सुनार, समाजसेवी प्रहलाद सापकोटा, नेपाल रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ लगायतको सहभागिता रहेको थियो ।
|
2021/07/28 02:01:10
|
https://lokpriyakhabar.com/2021/06/24165.html
|
mC4
|
लण्डनको सेन्ट मेरिज अस्पतालमा डचेज अफ क्याम्ब्रिज केट र ड्युक अफ क्याम्ब्रिज विलियमलाई पुत्रलाभ भएको हो ।
प्रिन्स अफ क्याम्ब्रिजको नामबाट चिनिने र राजगद्दीको तेश्रो उत्तराधिकारी हुने बालकको नाम जर्ज अलेक्ज़ेडर घोषणा गरिएको छ ।
दरबारले राजपरिवारमा नयाँ सदस्य थपिएको खबर सार्वजनिक गरेसँगै बेलायतभर उत्सव मनाइएको छ । सोमबार विहान युवराज्ञी केटलाई अस्पताल भर्ना गरिएदेखि अस्पताल बाहिर जम्मा भएका बेलायती नागरिकले खुशीयाली मनाएका थिए ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजपरिवारले नयाँ सदस्य पाउनु देशका लागि महत्वपूर्ण क्षण भएको बताएका छन् ।
|
2022-11-28T07:40:09Z
|
https://hellokhabar.com/5839/
|
OSCAR-2301
|
GreenKhabar – कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो
in कृषि/सहकारी / हरित खबर — by GreenKhabar — December 30, 2015
नयाँ दिल्ली । सम्भवतः सबैभन्दा नवीन, अहिलेसम्म सबैभन्दा पारदर्शी, प्रशासकीय व्यवस्थापनमा सजिलो किसानहरूका लागि डिजाइन गरिएको बीमा सेवा ईफ्को–टोकियो किसान बीमा योजना हो । भारतीय किसान मल सहकारी(ईफ्को) र जापानको प्रशिद्ध बीमा कम्पनी टोकियो बीमा कम्पनी बीच संयुक्त परियोजनाका रूपमा भारत्यि किसानका लागि सङ्कटहरण बीमा योजना(एबीवाई) ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले सन् २००१ देखि गरिएको हो । यो उएटा सफल किसान बीमा कार्यक्रमका रूपमा स्थापित रहेको छ । ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले सङ्कटहरण बीमा योजना(एबीवाई) सुरु गरेको १० वर्ष भएको छ । झण्डै ८० लाख किसानहरू बीचमा यो कार्यक्रम पुगेको छ । यो कार्यक्रम सहज र सरल तरिकाले किसानहरूको दुर्घटना र जोखिमको बीमा उनीहरूले मल खरिद गर्दा नै हुने योजना भएका कारणले यो एउटा नवीन कार्यक्रमका रूपपमा रहेको छ । किसानले मलको ५० केजीका बोरा खरिद गर्दा ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले ७४ रूपैया आफ्नो सङ्कटहरण बीमा योजना(एबीवाई)का लागि राख्छ । यसबाट ४००० को बीमा किसानको हुन्छ । यसको लागि कुनै शुल्क लाग्दैन र पप्रत्येक एक बोरा मलबाट एक रूपपैया प्रिमियम जम्मा हुन गर्दछ । २५ ब्याग मल एक आथिएक वषएमा खरिद गरेपछि किसानले अधिकतम एकलाख बरावरको बीमा हुन्छ । किसानले एक वर्षमा २५ बोरा मल किन्नु पर्ने हुन्छ एक लाख बीमा पाउन । एक बोरा मल खरिद गर्ने किसानले दुर्घटना बापत मृत्यु भएमा ४००० रकम पाउँछन । स्थायी रूपमा घाइते भएमा प्रति बोरा २००० का दरले पाउँछन । एउटा हात वा एउटा आँखा बिग्रेमा बोराको १००० का दरले पाउँछन । एबीवाईको यो कार्यक्रम किसानका लागि असल साथी बनेको छ । किसानका लागि लागु गरिएको सङ्कटहरण बीमा योजना(एबीवाई)को बीमा का लागि कुनै लम्बे चौडे कागजपत्र चाहिदैन, मल खरिद गरेको पर्चालाई नै प्रमाणका रूपमा राखेर दावी गरेपछि किसानले पपाउनु पर्ने बीमा रकम दिइन्छ । सन् २००१ देखि हालसम्ममा १०,००० किसानले झण्डै ६० करोड रूपैया सङ्कटहरण बीमा योजना(एबीवाई)को रकम लिई सकेका छन् । सङ्कटहरण बीमा योजना (एबीवाई) एउटा ब्राण्डिङ रणनीति : भारतीय किसान मल सहकारी(ईप्mको)को मलको उत्पादन ११ मिलयिन टन अर्थात २२ करोड बोरा वार्षिक रूपमा किसानका बीचमा पुग्ने गर्दछ । यसबाट आई टीजी आई)को सङ्कटहरण बीमा योजना(एबीवाई) को ब्यापक विज्ञापन ग्रामीण किसानहरू बीचमा हुने गर्दछ । कार्यक्रमका सी ई ओ मिस्टर एस. नारायनन्का अनुसार – "यो ब्यापकताबाट अन्य उत्पादन र कार्यक्रमको शाख ठूलो जनसमुहको यो बजारमा पुग्न सक्ने छ ।" जस्तै– पशु बीमा योजना 'पसुधन बीमा योजना(पी बी वाई)', मौसम अनुसारका कार्यक्रम 'वारिस बीमा योजना(बीबीवाई), मौसम बीमा योजना(एम बी वाई) । पी बी वाई का लागि रेडीयो फ्रिक्वेन्सी आइडेन्टीफिकेशन(आर एफ आई डी), पपशसधन आइडेन्टीफिकेशनका लागि चिप्स, पित्तल तथा प्लास्टिकका ट्यागहरू किसानहरूलाई पशुधनको पहिचान गर्न उपयोग गरिन्छ । आर एफ आई डी प्रणालीमा निश्चित कोड वा नम्वर वा कुनै अक्षर वा कुनै सङ्केतका आधारमा पसुधनको रेडीयो आइडेन्टीफिकेशन गर्ने प्रणाली अपनाइन्छ । आर एफ आई डी प्रणालीबाट ठूला दुग्ध उत्पादक फारम वा पशु पालन फारमको व्यवस्थापनमा राम्रो व्यवस्थापन सहयोगी प्रणालीका रूपमा उपयोग गर्न थालिएको छ । रेडीयो फ्रिक्वेन्सी तथा ट्याग सिस्टमको उपयोगले थारो, दुध दिने, ब्याउने, गर्भाधान गरिएका, खोप दिइएका आदि पशुको पहिचान र रेकर्ड सिस्टम अपडेट गर्न प्रयोगमा ल्याइन्छ । बीमा प्रयोजनका लागि पनि पशुधन पहिचान गर्ने काम महत्वपूर्ण हुने गर्दछ । सहकार्य र एजेन्सी
|
2018/11/21 08:40:38
|
http://greenkhabar.com/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%BF-%E0%A4%AC%E0%A4%BF%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%AB%E0%A4%B2%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%9A%E0%A4%BE%E0%A4%87%E0%A4%AE%E0%A4%BE
|
mC4
|
लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम जाँदा सलमान खान शोको टिकट पाइने – Aarthik Dainik
गृहपृष्ठ ∕ कर्पोरेट ∕ लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम जाँदा सलमान खान शोको टिकट पाइने
लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम जाँदा सलमान खान शोको टिकट पाइने
admin २०७९, जेठ ९ १२:१०
काठमाडौं । नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको शोरुम भ्रमण गर्दा समेत सलमान खान शोको टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउन सक्नेछन् । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।
यसअनुसार लेभ्निङका कुनै पनि शोरुम भिजिट गर्दा लक्की ड्रमार्फत दुईवटा सलमान खान शोको टिकट पाउन सकिनेछ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउनेछन् । शोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नुपर्नेछ । आगामी मे २८ अर्थात् जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने 'टुबोर्ग द–बङ द टुर – रिलोडेड' नामक सलमान खान शोलाई लक्षित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्षभन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर पाँच सयभन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र सात भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ ।
चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो । लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो । यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो । यो दुईपांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एक मात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारीसाधन उत्पादन गर्छ । त्यसैगरी यो कम्प्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो ।
ग्राहक सन्तुष्टिको आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि चार पटक पुरस्कृत भइसकेको छ । चीनमा यो कम्पनीका पाँच हजारभन्दा बढी आउटलेट सञ्चालित छन् । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य एक लाख १० हजार देखि पाँच लाख ५९ हजार रुपैयाँसम्म छ ।
काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी र बाफल, पाटनका साथै उपत्यकाबाहिर धनगढी, पाल्पा, पोखरा साथै नेपालको २० नयाँ सहरमा चाँडै नयाँ शोरुम सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको छ ।
|
2022/06/25 20:38:43
|
https://www.aarthikdainik.com/corporate/63134/
|
mC4
|
नेपाली क्रिकेटलाई निलम्बन गर्ने आइसीसीको संकेत | Hulaki Online
२०७२ फाल्गुन ९, आईतवार १५:२५
2020 Oct 25, Sunday 03:15
नेपाली क्रिकेटलाई निलम्बन गर्ने आइसीसीको संकेत
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई निलम्बन गर्ने संकेत दिएको छ । क्रिकेट संघको विवाद तत्काल अन्त्य नगरिए कडा कदम चाल्न सक्ने संकेत गरेको हो ।
आईसीसीले सम्बद्ध पक्षहरूलाई पत्र पठाएर नेपालको क्रिकेट संघ दयनीय अवस्थामा रहेको बताउँदै नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ । आइसीसीका ग्लोबल डेभलेपमेन्ट प्रमुख टीम एण्डनरसनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर बिष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष रमेश सिलवाल र सरकारको निर्वाचनलाई वेवास्ता गर्दै निर्वाचनबाट चुनिएका क्यानका महासचिव अशोकनाथ प्याकुरेलको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएका हुन् ।
मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । तर, राखेपले उक्त निर्वाचनलाई मान्यता नदिएर रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति निर्माण गरेको थियो । यसपछि उत्पन्न विवाद सर्वोच्चमा पुगेको छ । अदालतले अन्तिम निर्णय दिइसकेको छैन्, जसका कारण क्यान अहिले बोर्डबिहिन र सीईओको भरमा चलेको छ ।
एण्डरसनलाई यस विवाद र मुद्धाबारे चन्द समितिका महासचिव अशोकनाथ प्याकुरेलले इमेल गरेका थिए । यसपछि एण्डरसनले पत्र पठाउँदै भनेका छन्, 'नेपालको सर्वोच्च अदालतको निर्णयबारे हामी स्पष्ट हुन सकेका छैनौँ । सर्वोच्चबाट कुनै निर्णय नभएसम्म नेपाली क्यानले क्रिकेटको सर्वोच्च निकायको रूपमा काम गर्न पाउनेछैन् । यसले गर्दा नेपाली क्रिकेटले ठुलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ ।'
एण्डरसनले पत्रमा आगामी अप्रिलमा बस्ने आईसीसीको बोर्ड बैठकसम्ममा स्थिति सामान्य हुन नसके निलम्बनसम्मको कारबाही गर्न सक्ने बताएका छन् । आईसीसीले अमेरिका पनि दुईवटा समिति निर्माण भएपछि अमेरिकालाई निलम्बन गरेको थियो ।
एण्डरसनको पत्रले विश्व क्रिकेट लिग च्याम्पियनससिप अन्तरगत नेपाल र नामिबियाबीच वैशाख २ र ४ मा हुने तय भएको खेल समेत शंकाको घेरामा परेको संकेत गरेको छ । आईसीसीले ससर्त नेपालमा खेल गराउन लागेको हो । मैदानको अवस्था, सुरक्षा लगायतका विषयमा उसले चासो राखेको छ ।
नेपालको तयारी सन्तोषजनक नभएको र विवादका कारण क्यान कर्मचारीको भरमा चलेपछि आईसीसीले यस्तो चेतावनी दिएको हो । उनले भने, यदि नेपाली क्रिकेटलाई अघि बढाउने हो भने हामी सबै पक्ष एक ठाउँमा उभिनुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ ।'
तर, सर्वोच्च अदालतले फैसला पनि नगर्ने र सहमति पनि नहुने हो भने नेपालले अमेरिकाले जस्तै प्रतिवन्ध भोग्नु पर्नेछ ।
एन्डरसनले पत्रमा नेपालले आईसीसीले दिने २०१४ देखिको ९ लाख डलर सहयोग रकम रोकिएको पनि जानकारी गराएका छन् । एण्डरसनले पत्रमा लेखेका छन्, 'राम्रो सर्वोच्च निकाय, उचित प्रशासन र आर्थिक व्यवस्थापन प्रणाली कार्यान्वयन नभएसम्म आईसीसीले दिने सहयोग रकम रोक्का भइरहने छ ।'
|
2020/10/24 21:30:10
|
https://www.hulakionline.com/2016/02/21/5563
|
mC4
|
कोरोना महामारीको बेला मात्रै हैन विगत र वर्तमानमा सिन्धुका जनतालाई परेको जस्तो सुकै पिडामा सबैभन्दा अघि सरेर सहयोगमा जुट्ने नेताको रुपमा पुर्व मन्त्री मोहन बहादुर बस्नेतलाई लिन सकिने कुरामा दुई मत नहोला । आफू प्रतिपक्षी दलकै नेता र गएको चुनावमा जित हासिल नगरेता पनि आफ्नो जनताहरुलाई परेको सरसहयोगको लागि जितेर कुर्सी मै बसिरहेका हरुको अगाडी देखाइ दिरहेका छन् कि वास्तवमा एक नेताले जनताको सेवाको लागि चुनाव जित्नै पर्छ भन्ने छैन भन्ने कुरा ।
विगतमा जुरे पहिरो पिडितलाई होस या अहिले भोटेकोसी बाढी पहिरो पिडितलाई निरन्तर राहत सहयोग देखि घाइते उद्धारका लागि आफै फिल्डमा खटिरहनुभएको छ नेता बस्नेत । गएको २५ गतेको भीषण बाढी पहिरोमा गम्भीर घाईतेलाई लिनको लागि सबैभन्दा छिटो हेलिकप्टर लिएर घटना स्थल पुग्नुभएको थियो । त्यस्तै लगातार विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत नगद समेत वितरण गराईरहनुभएको छ । यसै क्रममा उहाँकै पहलमा आज लो-घेकार परिवार द्वारा संकलित १० लाख ७० हजार नगद पिडितहरुलाई सिधै भाँड्नु भएको छ । जसमा जम्बु घटना मा सम्पुर्ण परिवार गुमाएकि छिरिङ गोले लाई नगद रु.१०५०००/-, यसै घटना मा मृत्यु भै लास भेटेको परिवार २ जना लाई ५०-५० हजार र जम्बु तथा खाक्दलमा घर पुर्ण क्षती भएको परिवारहरु लाई १०-१० हजारका दरले बितरण गर्नुभएको छ । नगद राहत बितरण गर्दै उहाँले घटना घटेको यत्तिको दिन वितिसक्दा समेत सरकारले बेपत्ताहरुको खोजी गर्न नसक्नु दुखद भएको बताउनुभयो । जम्बुमा बेपत्ताको खोजी र विस्थापितहरुको उचित उद्धार नगरेको आरोप समेत लगाउनुभएको छ ।
उहाँ संगै प्रदेश सांसद निमा लामा र संसदिय दलका नेता नेपाली काँग्रेस बागमती प्रदेश ईन्द्र बानियाँ केही दिन अघि मात्रै भोटेकोसी गाउँ पालिकाको ८० पहिरो पिडितलाई नगद सहयोग वितरण गर्न पुग्नुभएको थियो । जुन राहत पाएर सो पिडित परिवारहरु अत्यन्तै खुसी देखिन्थ्यो । पिडित परिवारहरु सुख्खा बन्दरगाह तातोपानीमा आश्रय लिरहनुभएको छ ।
नेता बस्नेतले गृह जिल्लामा कोरोनाको महामारीमा फ्रन्टलाईनमा रहेर स्वास्थ्य सेवा दिरहेका ६१३ जना स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गराईदिसक्नुभएको छ । त्यस्तै काँग्रेस कार्यकर्ताहरुको पनि बिमा गरिसकेको छ । अब छिटै सिन्धुपाल्चोकमै पहिलो पल्ट PCR मेसिन र कीट समेत उपलब्ध गराउने प्रतिवद्धता जनाई सकेको र छिटै सो मेसिन उपलब्ध गराउने पनि बताउनुभएको छ ।
|
2022-12-09T22:55:37Z
|
https://www.janmabhumipost.com/68067/18/07/2020/
|
OSCAR-2301
|
प्रहरी दमनको जति भर्त्सना गरेपनि कम हुन्छ – Online Khabar
३. आयोगको निर्णयप्रति प्रचण्ड-माधव समूह असन्तुष्ट, नेम्वाङ भन्छन्- हाम्रो कुरालाई मान्यता दियो
४. निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित !
५. प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन
६. नेकपाका दुबै समूहलाई निर्वाचन आयोगको प्रश्न : अब मिलेरै चुनाव लड्ने कि ?
७. सर्वसाधारणलाई निषेध गरेर प्रधानमन्त्रीद्वारा राप्ती पुल उदघाटन
८. संवैधानिक इजालासमा वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न – के म तमासे हो, श्रीमान् ?
९. नागरिक मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी
१०. अस्ट्रेलियामा फाइजरको कोरोना खोपलाई अनुमति
११. प्रचण्ड–माधवबारे ओलीको टिप्पणी : सिङ फुक्लिएको तिल्के गोरू
१२. प्रहरी दमनको जति भर्त्सना गरेपनि कम हुन्छ
टोटनहम एफए कपको पाँचौ चरणमा
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने
राजनीतिक अस्थिरताको सिकार बन्दैछन् एमसीसी र बिआरआई
जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो !
भारतको सर्वोच्च सम्मान जापानका पूर्वप्रधानमन्त्रीलाई
प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा
नागरिक मार्चमा सहभागी पन्त भन्छन् :
प्रहरी दमनको जति भर्त्सना गरेपनि कम हुन्छ
२०७७ माघ १२ गते २०:१८ मा प्रकाशित
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्यो । बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको पोहोरा हान्यो ।
नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेता रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोरा लाग्यो । पन्त भन्छन्, आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । यसको जतिसुकै भर्त्सना र आलोचना गरेपनि कम हुन्छ ।'
उनले प्रहरी दमनविरुद्ध सडकमा उत्रन आह्वान समेत गरे । 'असंवैधानिक प्रतिनिधिसभा विघटनको सडकमा आउनु बाहेक अर्को विकल्प छैन' उनले भने, 'सबै साथीहरु नागरिक आन्दोलनलाई साथ दिन उत्रनुहोस् । मुलतः संविधानको रक्षाका लागि आम नागरिकहरु सडकमा आउन आग्रह गर्छु ।'
पन्तको भनाइ उनकै शब्दमाः
म आज नागरिक अगुवाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन प्रदर्शनमा सहभागी भएको थिएँ । म एउटा नागरिक, एउटा लेखक, हिजो एउटा पत्रकार, हिजो २०३५/०३६ सालको प्रगतिशील लेखक संघको संयोजक र नेपाल पत्रकार महासंघको महासचिव भइसकेको हैसियतमा नागरिकहरुको प्रदर्शनमा ऐक्यबद्धता जनाउन गएको हुँ ।
बालुवाटारभन्दा अलिक यता कार्यक्रम भइरहेको थियो । नागरिकहरुको प्रदर्शनको म पछाडि थिएँ । कार्यक्रम सकिएपछि उहाँ (नागरिक अगुवा) हरुले भन्नुभयो, हामी गिरफ्तार दिन्छौं, तपाईँले पनि गिरफ्तारी दिदाँ राम्रो हुन्छ । त्यसपछि म पनि (गिरफ्तारी) दिन्छु नि भनेर अगाडि गएको थिएँ ।
प्रहरीले राखेको बाहिरी गेट हटाएर हामीलाई गिरफ्तार गर भनेर अगाडि जाँदै थियो । शान्तिपूर्ण रुपमा त्यसरी जानेहरु निहथ्या र कलमजीवी हुनुहुन्थ्यो । बुद्धिजिवी, लेखक, पत्रकार, इन्जिनियर र लेखकहरु हुनुहुन्थ्यो । त्यसरी जाँदाखेरी पक्रदै भ्यानमा हालेर लगेको भए भइहाल्थ्यो ।
तर, त्यहाँ त लात्ताले हान्न थालियो, लाठीले हान्न थालियो । मेरै अगाडि केही प्राध्यापक साथी घाइते हुनुभयो । मेरो अगाडि एउटा कलाकार भाइ चार पाँच लाठी लागेर लड्नुभयो । त्यसपछि त लात्ताले पनि हानेको छ, लठ्ठीले पनि हानेको छ । त्यो सव देखेपछि सहन सक्नै कुरै भएन, दमनको प्रतिरोध भयो ।
म त आफैं पनि बिरामी मान्छे थिएँ । तैपनि एउटा शान्तिपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउन गएको थिएँ । तर आज प्रहरीको क्रुर दमनमा परियो । चिसो पानीको फोहोराले तीन–चार चोटी हान्यो ।
तर हामीले प्रतिरोध जारी राख्यौं । कार्यक्रम सकिएपछि भने मलाई गाह्रो भयो । अलि अप्ठ्यारो भएपछि साथीहरुले ट्याक्सी खोजेर अस्पताल लैजान खोज्दै थिएँ । मैले चाहिँ सक्छु भनेर घरै जान्छु भनेर आएँ ।
त्यहाँ रमेश भट्टराई घाइते भएर अस्पताल पुगेको सुनेँ । केही पनि केही साथीहरु घाइते हुनुभएको छ ।
आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । नागरिकहरुको शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने अधिकार विरुद्धमा छ । यसको जतिसुकै भत्र्सना र आलोचना गरेपनि कम हुन्छ ।
मेरो आग्रह छ, यो दमनको विरुद्धमा देशभरका लेखक र कलाकारहरुले सवै ठाउँमा, जहाँजहाँ संभव हुन्छ, त्यहाँत्यहाँ बुद्धिजिवी, लेखक, प्राध्यापक, कलाकार, इन्जिनियरहरुले सडकमा उत्रनुपर्छ । असंवैधानिक प्रतिनिधिसभा विघटनको सडकमा आउनु बाहेक अब कुनैपनि विकल्प छैन । सवै साथीहरु नागरिक आन्दोलनलाई, राजनीतिक आन्दोलनलाई साथ दिन उत्रनुहोस् । नागरिक अगुवाहरुले आज पनि त्यहाँ दलहरुको पनि आलोचना गर्नुभएको छ । मुलतः संविधानको रक्षाका लागि आम नागरिकहरु सडकमा आउन आग्रह गर्छु ।
नागरिक मार्च रघु पन्त
२०७७ माघ १२ गते १९:३७
सम्विधान जोगाउन सडकमा आइदिनुपर्यो भनेर जनता गुहारेको मन परेन। किनभने सम्विधान बनाउदा खेरि जनताका अभिमत लत्याउने अनि अहिले सम्विधान जोगाइदिनुपर्यो भनेर कोकोहोलो मच्चाउने ? तेहि भयेर त यो सम्विधानको अपनत्त्व जनताले लियेका छैनन । प्रहरीको कार्वाहीको बारेमा यति मात्र भन्न मन लाग्यो ,,,,,,,,खुच्चिङ!!!!!
२०७७ माघ १२ गते १८:३८
सहि गरेछ नेपाल प्रहरीले बिदेशी कोषबाट संचालित हरुलाई येस्तै गर्नुपर्छ !!!!
२०७७ माघ १२ गते १९:०९
अब हामी आम नागरिकले आ-आफ्नो स्थानबाट विरोध गर्नै पर्छ । यदि हामीले अलोकतान्त्रिक कदमको रक्षा नगरे यो देशमा यस्ता कयौं ओलीहरुले रझाई गर्ने छ । संविधान भन्ने राष्टको मूल कानुन हो । जसमा राष्ट्रका सबै पदाधिकरी र व्यक्तित्वहरु पालक रहन्छन् । संविधान भन्ने बौद्धिकता विहिन भ्रष्ट मतियारहरुको लागि मात्र कागजको खोस्टा सरह हुन्छ । त्यसैले संविधान र लोकतन्त्रको लागि अब नागरिक जुरमुराउनै पर्छ ।
२०७७ माघ १२ गते १९:१२
हे नागरिक अगुवा, केहि नाम चलेका कलाकार वा लेखक-बुद्दिजिविहरु हो, तिमीहरुले अगुवाई गरेको २०६१/०६२को जन-आन्दोलनले नेपाल आमाको आङ्गको खास्टो हिन्दुराष्ट्र र पुर्खाबाट मानिआएको राजा मासियो । फेरी आन्दोलन गर्दै छौ, सोजा-साजा जनतालाई आन्दोलनको लागि उस्काउदैछौ, अब के मास्ने? के अब तिमीहरु देस नै मास्ने हो? भो अब देस नै मास्ने खेलमा नलाग। देस मासेर लगाएको रंगिन चम्किलो बिन्दुली टिका के टिका? आफ्नो मुलुकको माटोको टिका राजा टिका, माटोको टिका रानी टिका हो।
Anjila Gauli Sharma Neupane, Bharatpur Chitwan
२०७७ माघ १२ गते १९:५३
Yeha dekhiyeka manxey ta almost Asti ko aamsava ma gaka dekhiye , hoina kasto ho nagarik samaj? Political influence huna naparni hoina Ra yesto swochha khalko Hoina nagarik samaj vaneko? Sabai jholey karyakarta matrai dekhxu ta ma.
|
2021/05/18 08:27:15
|
https://www.onlinekhabar.com/2021/01/926435
|
mC4
|
टेलिकममा आन्दोलन : एमडी अधिकारी 'प्रवन्धक'मा फर्किने चिन्ता – Online Khabar
सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ, उपराष्ट्रपति पनि उपस्थित
विद्युत प्राधिकरणको नाफा आधा घट्यो, फेरि बढ्यो चुहावट
एमाले सांसदहरुले भने : कार्यदलका नेताहरुलाई साथ दिन तयार छौं
अमेरिकालाई अर्को मुलुकलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने हामी सिकाउँछौं : चीन
टेलिकममा आन्दोलन : एमडी अधिकारी 'प्रवन्धक'मा फर्किने चिन्ता
वृत्ति विकास रोकिने त्रासमा कर्मचारी
२०७८ साउन ८ गते २०:०१ मा प्रकाशित
८ साउन, काठमाडौं । ४ दिनदेखि नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित छन् । नेपाल टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा पनि उठाएका छन् ।
मंगलबार साँझ धर्नामा बसेका कर्मचारीले रातभर प्रवन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यकक्षमै थुनेका थिए । बुधबार विहान घर फर्किएका अधिकारीलाई कर्मचारीले आफूहरुको मुद्दा सबोधन गर्ने वातावरण बनाएर मात्रै कार्यालयमा फर्किन चेतावनी दिएका थिए । त्यसपछि अधिकारी कार्यलयमा हाजिर भएका छैनन् ।
नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलित छ ।
दूरसञ्चार सेवा अत्यावश्वक सेवा भएकाले बन्द हड्ताल गर्न निषेध छ । तर, भद्रकालीस्थित टेलिकमको केनद्रीय कार्यालयमै धर्ना बसेर कर्मचारीहरु आन्दोलन गरिरहेका छन् ।
व्यवस्थापनले वार्तामार्फत नै समस्या समाधान गर्ने आश्वासन दिएपनि कर्मचारीहरुले नयाँ कर्मचारी विनियमावलीमा भएका अन्यायपूर्ण र अवैज्ञानिक व्यवस्थाहरु सच्याउनुपर्ने भन्दै कार्यालयमा धर्ना दिइरहेका छन् ।
टेलिकम प्रवन्ध निर्देशक अधिकारी ट्रेड यनियनहरुले पूर्व जानकारी र अल्टिमेटम नदिई आन्दोलन गर्दा कार्यालयको दैनिक कामकाज र सेवाप्रवाह प्रभावित हुने अवस्था आएको बताउँछन् ।
'प्रक्रियाअनुसार उहाँहरुले माग राख्ने र त्यसको लागि नेगोसियसन गर्ने काम हुनसक्थ्यो,' उनी भन्छन्,'तर, उहाँहरुले एकाएक आन्दोलन थाल्नुभयो, यसले समस्या समाधनको वातावरण बनाउने भन्दा पनि बिगार्ने अवस्था आउनसक्छ ।'
वृत्ति विकास रोकिने डर
कर्मचारीहरु भने कम्पनी व्यवस्थापनले वृत्ति विकास नै रोक्ने गरी विनियमावली ल्याएको र त्यससलाई संशोधनका लागि लोकसेवा आयोगमा परामर्शका लागि पठाउने सहमतिअनुसार काम भएकाले आन्दोलन गरिएको बताउँछन् ।
नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरु कम्पनीभित्र कार्यरत कर्मचारीले भविष्यमा हुने विज्ञापनमा भाग समेत लिन नसक्ने गरी विनियमावली आएको बताउँछन् ।
'केही विषयलाई हामीले लोकसेवाको चासोको कुरा भएकाले स्वीकारेका पनि थियौं, तर लोकसेवाको कार्यक्षेत्रमा नै नपर्ने विषयमा सेमत अधिकार कटौती हुने गरी विनियमावली लागू भएकाले आन्लोलन थालेका हौं,' उनले भने,'हामीसँग सहमति गर्नुभएका सचिवज्युको अवकास भएर नयाँ सचिव आएपछिको नयाँ परिस्थितिमा समस्या झन चर्किने देखेपछि आन्दोलनमा जान बाध्य भयौं ।'
युनियनहरुको मुख्य असन्तुष्टि १० र ११ औं तहमा यसअघि राखिएको कार्यकालको क्याप हटाइएकोमा छ । यसअघिको विनियमावलीमा १०औं तहमा ८ वर्ष र ११औं तहमा ५ वर्ष काम गरेकाहरुले अनिवार्य अवकास पाउँथे ।
तर, अब यो क्याप हटेको छ । यसले ९औं तहबाट खुला प्रतिस्पर्धामा आउनसक्ने कर्मचारी लामो समयसम्म एउटै पदमा रहने र कम्पनीभित्र वर्षौंदेखि काम गरिरहेका कर्मचारीको वृत्ति विकास रोकिने तर्क युनियनहरुको छ ।
नयाँ विनियमावलीले एउटा पदमा ८ वर्ष काम गरेपछि स्वतः बढुवा हुने प्रावधानलाई सच्याएर कार्यसम्पादन मूल्यांकनमा आधारमा मात्रै बढुवा गर्ने व्यवस्था गरेको छ । यस्ता व्यवस्थाहरुले तल्लो तहमा काम गरिरहेकाहरुको वृत्ति विकास रोकिने र माथिल्लो हतमा कार्यरतहरुले वर्षौं सम्म पद ओगट्ने तर्क ट्रेड युनियनहरुको छ ।
एमडी अधिकारी 'प्रवन्धक'मा फर्किने चिन्ता !
त्यसैगरी राजनीतिक नियुक्तिबाट प्रवन्ध निर्देशक भएका अधिकारी फेरि यसअघिकै १० औं तह (प्रवन्धक)मा फर्केर काम गर्न सकिने गरी गरिएका व्यवस्था गरिएकोप्रति पनि कर्मचारीको असन्तुष्टि छ ।
मन्त्रिपरिषदले अधिकारीलाई नियुक्त गर्दा भविष्यमा प्रवन्ध निर्देशकबाट पदमुक्त भए साविककै पदमा फर्किन सक्ने गरी कार्यविधि बनाएको थियो । अहिले सोही कार्यविधिका आधारमा अधिकारीलाई प्रवन्ध निर्देशकपछि प्रवन्धक पदमा फर्किन सक्ने व्यवस्था गरिएकोमा युनियनहरुको असन्तुष्टि छ ।
विगतमा पनि प्रवन्ध निर्देशक भएका व्यक्ति पुरानो पदमा नर्फकएकाले अब पनि सो परम्परा कायम रहनुपर्ने काम युनियनहरुले गरेका छन् ।
प्रवन्ध निर्देशक अधिकारीले पुरा कार्यकाल काम गर्न पाएमा प्रवन्धक पदमा नफर्किने आफू निकटहरुसँग बताउने गरेका छन् ।
अधिकारीको कार्यकाल अब ६ महिना मात्रै बाँकी छ । विगतमा बुद्धि आचार्य र कामिनी राजभण्डारी आफ्नो कार्यकाल बाँकी छँदै प्रवन्ध निर्देशक पदबाट हट्नुपरेको थियो । तर, उनीहरु साविकको पदमा फर्किएका थिएनन् ।
माथिसम्म ट्रेड युनियन अधिकारको माग
त्यसैगरी नयाँ विनियमावलीले ७ औं तहभन्दा माथिका कर्मचारीलाई ट्रेड युनियनमा आवद्ध हुने अधिकार दिएको छैन । यसअघि यस्तो सीमा ९औं तहसम्मको लागि थियो ।
'ट्रेड युनियन अधिकारलाई यसरी कुण्ति गर्न पाइँदैन, विनियमावलीले गरेको ७ तहभन्दा माथि ट्रृेड युनियमा रहन नपाउने व्यवस्थाले कर्मचारीको अधिकार नै खोसिएको छ,' अध्यक्ष पनेरुले भने ।
तर, टेलिकम व्यवस्थापनले भने निजामतितर्फ पनि शाखा अधिकृतभन्दा माथिल्लो तहमा ट्रेड युनियन अधिकार नहुने भएकाले यस्तो व्यवस्था गरिएको बताउँदै आएको छ । नवौं तहम्मको पद उपसचिव बराबरको हुने भएकाले टेलिकममा मात्रै यस्तो अधिकार दिन नसकिने व्यवस्थापनको तर्क छ । ८ औंभन्दा माथिको पदमा व्यक्ति कम्पनीको व्यवस्थापकीय पदमा भएकाले उनीहरुलाई ट्रेड युनियन अधिकार दिन नसकिने सञ्चालक समिति स्रोत बताउँछ ।
नेपाल टेलिकम सञ्चालक समितिका एक सदस्यका अनुसार कर्मचारी विनियमावली लामो समयदेखि पास हुन सकिरहेको थिएन । तर, सँधै रोकेर राख्दा कर्मचारीको वृत्तिविकास नै रोकिने र नयाँ पदपूर्ति पनि गर्न नसकिने भएकाले विनियमावली साउन १ देखि नै लागू गरिएको उनी बताउँछन् । टेलिकममा विगत ३ वर्षदेखि नयाँ पदपूर्ति यसै कारण रोकिएको छ ।
'विनियमावली कम्पनीले चाहेअनुसार मात्रै बन्न सक्दैन, संवैधानिक निकाय लोकसेवा अयोेगको पनिसहमति चाहिन्छ,' ती सदस्यले भने,'युनियनले उठाएका कतिपय मागका सम्बन्धमा लोकसेवामा आयोगसमक्ष परामर्श गर्ने निर्णय भइसकेको छ, त्यसैले कर्मचारीको आन्दोलनको कुनै औचित्य छैन ।'
कम्पनीको चिन्ता !
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष पनेरु भने आफूहरु कर्मचारीको मात्रै सवमाल लिएर आन्दोलनमा नआएको बताउँछन् ।
'कम्पनीले २० अर्ब लगानी गरेको फोरजीले भनेअनुसार सेवा र राजस्व दिन सकिरहेको छैन, एफटीटीएचमा गरेको लगानीअनुसार प्रतिफल र ग्राहक छैनन्,' उनले भने,'हिजो केही करोड नाफा घटेको भनेर प्रवन्ध निर्देशक हटाएर ल्याइएको नयाँ नेतृत्वको पालामा १७ अर्बको नाफा ९ अर्बमा खुम्चिने अवस्था आएको छ, प्रवन्ध निर्देशकको कार्यम्पादनको सवाल पनि हामीले उठाएका हौं ।'
कम्पनीको बोर्डले स्वायत्त रुपमा काम गर्न नपाएको र व्यवस्थापन पनि स्वेच्छाचारी ढंगले चल्ने अवस्था देखिएकाले कम्पनी बचाउनै निम्ति आन्न्दोलन गर्नुपरेको पनेरुको तर्क छ ।
२०७८ साउन ८ गते १५:४१
यो पदमा पुगिसके पछि पुनः आफ्नै पदमा फर्कनुले ,कम्पनिमा एक खालको छाया एमडिको रुपमा रहिरने, बिभिन्न स्वार्थि समुहसंग साठगाठ गर्ने र बहालवला एमडिलाई काम गर्न नै नदिने जस्तो बिसंगति बिगतमा देखिएको भएर नै यो पद बाट पुनः फिर्ता हुन नपाउने बिनियामावलिमा ब्यावस्था गरिएकोमा सो व्यावस्थालाई नै सेटिङमा उल्टाउने गरि गरिएको व्यावस्थाले कम्पनिको भविष्य निक्कै चुनौति पुर्ण देखेर नै कर्मचारीहरुले सोका बिरुद्ध आवज उठाए । राम्रो नै गरे भन्ने मेरो बुझाई हो । #जय मातृभुमि#जय आमा नेपाल ।
२०७८ साउन ८ गते १६:०७
टेलिकमका युनियनहरु पनि लाज बिनाका रैछन् बा! पहिले त्यहि कुरामा सहमति गर्ने अनि अहिले बिरोधमा एमडिलाई थुन्ने? पहिले के हेरेर बस्या थे कुन्नि? कतै तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भन्ने बूढो र बुढिको नाटक जस्तो त होईन ?
भूपु दूरसंचार कर्मचारी
२०७८ साउन ८ गते १५:१६
आन्दोलन धर्ना आदि जे जति गरे पनि काममा चाहिं बाधा नपुर्याओ है केटा हो। नत्र आफ्नै खुट्टामा बन्चरो हाने जस्तै होला। हडताल र काम बन्द कदापि नगर्नु। दूरसंचार तिमीहरुको अन्नदाता आमा समान हो यिनलाई दुख दिने मूर्खता कहिल्यै नगर्नु है। लौ त
२०७८ साउन ८ गते १६:००
अहिलेको संसोधनमा सबै कुरा राम्रो, अनि सबै नराम्रो पनि छैन, गहन छलफल गरेर राम्रा कुराहरु राख्नुपर्छ तर कतै नभएको खुल्लाबाट पनि प्रतिस्पर्धामा जान नदिने नियतले योग्यता पुगेको स्थायी कर्मचारीलाई उमेरको हद राख्नु चैं हदै भो है ! यस्तो नजिर पहिले निजामति र अरु संस्थानमा पनि लागू गरेर देखाउ अनि कुरा गर बकम्फुसे हो ! टेलिकम मात्र किन टार्गेटमा? दाल मे कुछ काला!
२०७८ साउन ८ गते १५:२८
सरकारी संस्थानहरु र राष्ट्र बैक मा समेत रहेको ३० बर्षे प्राबधान टेलिकम मा पनि लागु गरियोस सरकार !!
Sahi aawaz
२०७८ साउन ८ गते १६:५१
Yedi nijamati sanga tulana garne nai ho bhane...nijamati jattiko subidha pani dinu paryo ni..pelnu pare chai nijamati dinu pare chai company.... laaj lagdaina??? Yesto tarka rakhna lai...
हर्क
२०७८ साउन ८ गते १५:५०
टेलिकमका टाउके सरोकारवालाहरु सिजि, निजिका लागि बिजि भएर मिलेमतोमा टेलिकम डुबाई ज.चु.का. बनाउने र निजि कम्पनिहरुलाई उक्सिने ठूलो स्पेस दिने भुमिकामा बर्षौंदेखि लागिपरेका छन् र कर्मचारीहरु हतोत्साहित हुने गरि बेला बेलामा यस्ता कुराहरु आईरहेछन्, नत्र कुनै अरु कम्पनिमा लागू नभएका सेवा/सुविधा कटौतिका कुराहरु टेलिकममै किन छन्? भन्ने व्यापक जनगुनासो छ त ! खास कुरा के हो छानबिन हुनु पर्यो !
२०७८ साउन ८ गते १५:१९
Ncell lai faida...!!!
Yo Kaam Chor haru sab lai Nikale huncha
२०७८ साउन ८ गते १४:४८
Barsau dekhi yo karmachari union le desh ko sabai Factory Sansthan dubako chan. Kaam garna na sakne guff besi garne. Competition ma aayera badhuwa lina saknu paryo ni hawa kura garne? Yini haru lai din bhari kursi ma basera guff hanne kaam chaiyeko cha. Table ma Facebook chalayo free ma phone garyo company ghata ma jaos matlab chaina yini haru lai trade union bhayo ani andolan garyo tala lagayo. Yo sab maobadi kulangaar le sikako ho. Yini haru sab lai awakash diyera naya bharna liye huncha dherai chan kaam garne ra kaam na pako haru. Telecom pani na chalauna sakne ho bhane Private lai diye huncha CG le chalauna khojdai cha aile bhanda ta dherai subhida dincha hola.
२०७८ साउन ८ गते २१:१५
भाइ यस्तो कुरा सुधार हो भन्ने तिमिलाई लाग्छ भने पहिले निजामतिमा लागू गरेर देखाउ अनि अरुतिर ! अनि मात्र सुहाउँछ !
|
2021/09/21 08:50:09
|
https://www.onlinekhabar.com/2021/07/988191
|
mC4
|
Kheladi - केन टोटेनह्याममै प्रतिबद्ध
केन टोटेनह्याममै प्रतिबद्ध
भदौ १०, २०७८ ०६:४१
लन्डन (खेलाडी)- इङ्ल्यान्डका कप्तान ह्यारी केनको भविश्यवारे चर्चा चलिरहेका बेला उनी स्वयमले आफू सतप्रतिसत रुपमा टोटेनह्याममै केन्द्रित रहेको र सरुवा बजारमा अन्यत्रको प्रस्ताबमा आकर्षित नरहेको प्रष्ट पारेका छन् ।
गत मे महिनामा टोटेनह्यामसँगको करियरको दोबाटोमा पुगेको बताएपछि उनी म्यानचेस्टर सिटी जाने चर्चाले सरुवा बजार खुबै तातेको थियो । तर अन्तत उनले आफू टोटेनह्याममै प्रतिबद्ध रहेको बताएर सबैखाले चर्चालाई शान्त पारे ।
सिजनका पहिलो दुई खेलमा टोटेनह्यामले केनलाई आफ्नो टिममा समावेश नगरेपछि उनको सम्भावित सरुवाको चर्चाले झनै व्यापकता पाएको थियो । तर आइतबार उल्भसमा गएर जित हासिल गर्दा भने केनलाई बैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान उतारिएको थियो ।
टोटेनह्यामसँग २०२४ जुन सम्मका लागि सम्झौतारत २८ वर्षे फरवार्डले सामाजिक सञ्जालमार्फत आफू जारी सरुवा बजारको उपयोग गर्दै अन्यत्र कतै नजाने प्रष्ट्याएका हुन् । सरुवा बजार अगस्ट ३१ मा बन्द हुँदैछ ।
'म अहिले टोटेनह्याममै छु र यही टोलीलाई सफलता दिलाउने उद्देश्यमा प्रतिबद्ध छु । आइतबार टोटेनह्यामका समर्थकबाट पाएको हार्दिक माया सव्दमा बयान गर्न सम्भव छैन,' केनले भने ।
घरेलु इङ्लिस प्रिमियर लिगको वितेको सिजनमा २३ गोलका साथ केन उच्च गोलकर्ता बनेका थिए । त्यसक्रममा उनले १३ गोलका लागि सहयात्रीहरुलाई अवसर सिर्जना गरेका थिए । तर त्यसका बावजुद टोटेनह्यामले भने निराशाजनक रुपमा सातौं स्थानमा चित्त बुझाउनु परेको थियो ।
|
2021/10/22 23:07:03
|
https://kheladi.com/sport/2021-26-1709115336874966
|
mC4
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.