text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
हरितालिका तीजको अर्काे दिन आज गणेश चतुर्थी पर्व मनाइदै छ । बुधबार नाचगान र पूजा उपासना गरेर मनाईएको हो । देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ । व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । यस्तै हिन्दु नेपाली महिलाहरुको ठूलो पर्व तीज रुपन्देहीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । रुपन्देहीको बुटवल, सैनामैना ,देवदहमा महिलाहरुले नाचगान गरेर दिनभरी मनाएका छन् । बिहान दिउसो पानी परे पनि चोक चोकमा महिलाहरु जम्मा भएर नाचगान गरेका थिए । देवदहको मुख्य–मुख्य स्थान खैरेनी, शित्तनगर, घोडाहा, भलुही र पिपलडाडाँ लगायतका स्थानहरुमा महिलाहरु जम्मा भएर नाचगान गरेका छन् । मौसमले साथ नदिएपछि मन्दिर लगायतका क्षेत्रहरुमा महिलाहरुले नाचगान गरेका हुन् । महिलाहरु तिजको दिन ब्रत बसेर भगवान शिवको पूजा गरेमा विवाहित महिलाले पतिको दीर्घायूको लागि र अविवाहितले आफूले चाहेजस्तो वर पाउने धार्मिक मान्यता रही आएको छ ।
OSCAR-2019
» काँग्रेस सदस्यद्वारा प्रदेशसभा बैठक अवरोध, २४ घण्टाका लागि स्थगित काँग्रेस सदस्यद्वारा प्रदेशसभा बैठक अवरोध, २४ घण्टाका लागि स्थगित २०७५, २५ जेष्ठ शुक्रबार ०६:२१ सुर्खेत, २५ जेठ (रासस) । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको नवौँ बैठक बिहीबार अवरुद्ध हुनाका साथै २४ घण्टाका लागि स्थगन भएको छ । प्रदेशसभा प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यले पहिलो र दोस्रो अधिवेशन चलेयता पहिलो पटक सभा अवरुद्ध गरेका हुन् । सभामुख राजबहादुर शाहीले काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पाँच मिनेट बोल्ने समय दिनुभएको थियो । उहाँले विभिन्न विषयमा बोलेलगत्तै काँग्रेसका सदस्यले बैठक अवरुद्ध गरेका थिए । नेता शाहीले सरकारले तीन तीन विधेयक भिन्नाभिन्नै तरिकाले ल्याएपछि भिन्नाभिन्नै दफामा उल्लेख गर्नुपर्ने भन्दै प्रदेशसभा सदस्यको क्षमतामाथि प्रश्न गर्नुभयो । उहाँले प्रदेश सरकारले रातो किताब र कर्णाली–रारा पर्यटन वर्ष २०७५ को यथार्थ खर्च सार्वजनिक नगरेसम्म बैठक चल्ने नदिने चेतावनी दिनुभएको थियो । त्यससँगै काँग्रेसका सबै सदस्यले उभिएर मौन विरोध गर्दा सभामुख शाहीले बस्न अनुरोध गर्नुभयो । सदस्यले बारम्बारको अनुरोध नमान्दा सभामुख शाहीले आधा घण्टाका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो । आधा घण्टापछि बैठक चल्ने अवस्था नदेखिपछि सभामुख शाहीले यही जेठ २५ गते अपराह्न ३ बजे बैठक बस्ने जनाउँदै सूचना टाँस गरी बैठक स्थगन भएको जानकारी दिनुभयो । नीति तथा कार्यक्रम प्रभावित हुने प्रदेशसभामा आज भएको अवरोधले शुक्रबार कर्णाली प्रदेश सरकारले ल्याउन लागेको आव ०७५/०७६ को नीति तथा कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ । सरकारले भने शुक्रबार नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गृहकार्य गरिरहेको छ ।
2019/01/23 18:06:21
https://www.tukhabar.com/archives/28551
mC4
कांग्रेसले अझै आफूलाई नैतिकवान र लोकतन्त्रवादी भनेर कतिदिन ढाट्ने ? — Arthatantra.com Arthatantra.com > अर्थनीति > कांग्रेसले अझै आफूलाई नैतिकवान र लोकतन्त्रवादी भनेर कतिदिन ढाट्ने ? कांग्रेसले अझै आफूलाई नैतिकवान र लोकतन्त्रवादी भनेर कतिदिन ढाट्ने ? २०७४ साल असोज १७ गतेबाट नेपालमा बहसको एउटा विषय थपिएको छ । २००६ सालमा स्थापित भएको र पछि टुक्रा–टुक्रामा विभाजित भएको नेपालका बामपन्थी राजनैतिक पार्टीहरुले फेरी एक हुने जमर्को गरेका छन् । बाँडिएर आफ्नो–आफ्नो चुलो चौको बसाउँदा कमजोर भएको र दक्षिणपन्थीहरुले टाउको उठाउने ठाउँ पाएको बुझेर नै यो निर्णयमा पुगेको बुझ्न कठिन छैन । तालमेल तथा एकता तयारी घोषणा सभामा बोल्ने एमाले अध्यक्ष र माओवादी अध्यक्षले यो तालमेल कसैका विरmद्धमा छैन भने बाट आफुलाई लोकतन्त्रवादी भन्ने कुनै पनि शक्तिहरु नआत्तिनु पर्ने हो । तर आफूलाई लोकतन्त्रको ठेकेदार भन्ने नेपाली काङ्ग्रेसले बैठक नै बसेर यो तालमेललाई अलोकतान्त्रिक मात्रै भनेन नैतिकताको समेत प्रश्न उठायो । यहाँ विचार मिल्ने दलहरु एकीकृत हुन खोज्दा अलोकतान्त्रिक देख्ने नेपाली काङ्ग्रेस चाँहि कति नैतिकवान र लोकतान्त्रिक छ त ? भन्ने बारे बहस गर्न खोजिएको छ । १) नेपाली कांग्रेस आफूलाई राणा शासनको अन्त्य गरेको जस दिन्छ । आफुले आफैँलाई जस दिनु कत्तिको जायज हो त्यो बहसको विषय बन्ला तर राणा शासन विरmद्ध क्रान्ति गरेको पार्टी हो भनेर सबैले स्विकारेकै छन् । त्यही इतिहासको ब्याज खान खोज्दै उसले आजसम्म आफूलाई प्रजातान्त्रिक भनेको छ । त्यहाँ भन्दापछि नेपाली कांग्रेसको मुख्य विजनेस नै प्रजातन्त्रलाई मास्नु रह्यो । सबैतिर बाट शक्ति आर्जन गरेर शक्ति केन्द्रमा लगेर बुझाउने काम नेपाली कांग्रेसले गर्दै आएको छ । २००७ सालमा स्थापना भएको प्रजातन्त्रलाई २०१७ सालमा महेन्द्रका चरणकालमा लगेर बिसायो । राष्ट्रिय मेलमिलापका नाममा विरेन्द्र समक्ष पनि प्रजातन्त्र नै दान ग¥यो । वामपन्थीहरुका कारण घिसारिएर २०४६ को आन्दोलनमा सहभागी भएको नेपाली कांग्रेसले २०५२ मा तत्कालिन नेकपा माओवादीसँग निहुँ खोज्दै २०५८ मा त जननिर्वाचित निकाय नै ज्ञानेन्द्रका पाउमा पु¥याएको इतिहास आलै छ । त्यसैगरी २०६२/०६३ सालमा नेपाली जनताले प्राप्त गरको लोकतन्त्रलाई बेवि किंगका नाममा राजतन्त्रलाई ब्युँझाउने ठुलै प्रयास गरेको कसलाई थाहा छैन र ? २) आफ्नो विधानले हैन देशकै संविधानले अब पनि अधिवेशन गरिनस भने विघटन हुन्छन् नभनेसम्म अधिवेशन गर्न नसक्ने नेपाली कांग्रेस कसरी लोकतान्त्रिक भयो । भोलिको पार्टी र मूलुक हाँक्ने नेता जन्माउने भातृ संगठनको त समयमा नै अधिवेशन गरी लोकतान्त्रिक चुनाव गराउँन नसक्ने÷नचाहने कांग्रेसले बाम तालमेल र एकता हुँदा लोकतन्त्रमा खतरा देखेछ, अनिष्ठको संकेत देखेछ । हालसम्म फुटाउ र शासन गरेको घटिया कोठे राजनिति भन्दा अरु नजानेको उसका लागि स्वस्थ प्रतिस्पर्धा पच्न सक्ने कुरै भएन । ३) जोसुकै स्वघोषित राजनितिक विश्लेषकहरुले जस्तोसुकै विश्लेषण गरे पनि लोकतन्त्रलाई आफ्नो पार्टी जीवनमा पूर्ण प्रयोग गर्ने पहिलो दल नेकपा एमाले नै हो । आफ्नो आठौं महाधिवेशनबाट नै बहुपदीय प्रणालीलाई यो दलले अंगिकार मात्रै गरेन सबै पदहरुमा स्वस्थ प्रतिस्पर्धाद्धारा निर्वाचित गर्ने विधिको विकास ग¥यो । पार्टीका निर्णयहरुलाई विधि संगत ढंगले तल्लो निकाय सम्म पु¥याउने प्रणाली स्थापित गरेको छ । छलफल र निर्णय गर्ने निकायहरु विधानले नै व्यवस्था गरेको छ । राष्ट्रिय महाधिवेशन, केन्द्रिय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटीमा आवश्यकता आधारमा छलफल हुन्छन् । यी सबै तहलाई विधानले स्पष्ट परिभाषित गरेको छ । तर यस्तो प्रणाली अंगिकार गरेको दललाई नेपाली कांग्रेस अलोकतान्त्रिक दल दख्छ । तर उ चाँहि बेलामा आफ्नो र भातृ संगठनको त अधिवेशन गर्न सक्दैन नै महामन्त्री र पार्टीको एकमात्र उपसभापति समेत टिका लगाएर पदपूर्ति गर्छ । केन्द्रिय सदस्यको निर्वाचनमा पराजित हुन्छन् अनि फेरी त्यही कमिटीमा टिकाको भरमा सदस्य हुन्छन् । अनि फेरि आफैं भन्छ नेपाली कांग्रेस सबैभन्दा लोकतान्त्रिक छ । यो जति हास्यास्पद तर्क के हुन्छ ? सुरा सुन्दरी, प्राडो र पजेरो काण्ड नेपाली कांग्रेसकै लोकतान्त्रिक सम्पति हुन । राष्ट्रिय सम्पतिहरुको निजिकरण गरी देशको अर्थतन्त्र व्यापारीको हातमा पु¥याउनु, छिमेकी मुलुकहरुसँगको व्यापार घाटा यो हदसम्म हुुनु, ३० लाख बढि युवाले विदेशमा पसिना बगाउन बाध्य हुनु कांग्रेसी लोकतन्त्रकै प्रतिफल हैन र ? यी सबै प्रतिफलको हकदार सबैभन्दा बढि शासन गर्ने दल नेपाली कांग्रेस नै हो । ४) जहाँसम्म कांग्रेसले सत्ता साझेदार दल माथि नैतिकताको प्रश्न उठाउँदै लोकतन्त्र खतरामा परेको कुरा उठाएको छ यो कुरा उसकै विगतका आधारमा पनि तर्क संगत छैन । आफैले टाउकोको मोल तोकेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने तिनै कांग्रेस सभापति हैनन् र ? फरक–फरक राजनितिक विचार बोकेका पार्टीहरुको गठबन्धन बनेर यहाँ भन्दा अगाडी कहिले सरकारको नेतृत्व नै गरेर त कहिले सहभागी भएर कांग्रेसले सरकार बनाएको छैन र ? ति नै कांग्रेसका सभापतिले भरतपुर महानगरपालिकामा पुगी सैद्धान्तिक आधारमा उसकै प्रमुख दुश्मन नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडामा भोट माग्दा कांग्रेसको लोकतन्त्र र नैतिकता अझै बाँकी छ र ? जनमत च्यातिदा चुँ सम्म गर्न नसक्ने कांग्रेसले अझै आफूलाई नैतिकवान र लोकतन्त्रवादी भनेर ढाट्ने ? २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि भारतले नेपालमा ५ महिना लामो अघोषित नाकाबन्दी लगायो र पछि घोषित रुपमै फिर्ता लियो । नाकाबन्दीका विरmद्ध नेपाली जनता लडिरहेको बेला नेपाली कांग्रेस कुन दुलोभित्र लुकेर बसेको थियो ? बरm यो बेला केहि कांग्रेसी नेताहरुले यो नाकाबन्दी नै होइन भन्दै हिंडे । उसका कुनै पनि बैठकमा यो विषय छलफलको विषय नै बनेन । सहमतीय राजनितिको अन्त्य गरी सुशील कोइरालालाई के.पी ओलीको विरmद्धमा प्रधानमन्त्रिको उम्मेदवार बनाउने कांग्रेसले सहमतीय राजनिति र नैतिकताको प्रश्न अरुलाई सोध्ने की आफैँलाई ? नेपालले अपनाएको संसदीय लोकतान्त्रिक व्यवस्थामा व्यवस्थापिका, कार्यपालिका र न्यायपलिकाको सम्बन्धमा दरार सिर्जना गराई कार्यपालिकाले गरेका गलत क्रियाकलापमा प्रश्न उठाए वापत न्यायपालिकालाई कमजोर बनाउन प्रधानन्यायधीस माथि लगाएको महाअभियोग प्रस्ताव र आईजिपी प्रकरण सायद नेपाली कांग्रेसको नैतिकता भित्रै पर्दछ । उसका आँखामा यस्ता क्रियाकलापले चाँहि लोकतन्त्र सुरक्षित हुन्छन् । ५) आज नेपाली कांग्रेस मुखले नआत्तिए पनि व्यवहारले राम्रैसँग अत्तालिएकै छ । उसका हरेक नेताहरुका बोली अब पराजित हुने नै भइयो भन्ने डरले अत्तालिएको बुझिन्छ । अब त उ कति अत्तालिसकेको छ भने राजा फर्काउने लक्ष्य बोकेको गणतन्त्र विरोधि राप्रपा, संविधान नै नस्विकार्ने राजपा समेतलाई समेटेर लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको छ र यो मोर्चाको मुख्य लक्ष्य बाम गठबन्धनलाई धक्का दिनु हो । यहाँ पनि कांग्रेसको नैतिकताको प्रश्न उठाउँँ की नउठाउँ ? के बाम गठबन्धनको जस्तै लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुको विचार, सिद्धान्त र लक्ष्य एउटै हो त ? कांग्रेस राजावादी भयो की राप्रपा गणतान्त्रिक भयो ? मधेसवादी राजपाले हाम्रो संविधान स्विकारी सक्यो की अब चाँहि कांग्रेसले अस्विकार गर्न थाल्यो ? वाम तालमेल भएर आउँदो चुनावमा आफ्नो अस्तित्व नै मेटिन सक्ने भयले कांग्रेसीजनको निद्रा हराम भएको छ । अनि ऊ भन्छ लोकतन्त्रमा खतरा भयो । के वाम गठबन्धनले जित्दा लोकतन्त्र रहदैँन ? नरहने भए विगतमा तिनैसँग किन घाँटी जोडेको ? लोकतन्त्र भनेको मुख चलाउनु मात्रै हो ? सायद कांग्रेसको लोकतन्त्रमा यति मात्रै पर्छ । वामपन्थीले जनताको लागि जीवनस्तरमा परिवर्तन ल्याउने लोकतन्त्र चाहेको हो । कांग्रेसको कथित लोकतन्त्रका लागि सदैव वामहरु टुटफुट र छिन्न भिन्न भइदिनु पर्ने ? कांग्रेसको लोकतन्त्रले भारतीय नाकाबन्दीमा चु–सम्म बोल्न दिएन । भारत नभई जीवित नै रहिदैन भन्ने दास मानसिकताका साथ हुर्केको कांग्रेसका लागि स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान पक्कै पनि धमिलो पानी हुन्छ । २०१५, २०४८ र २०५६ मा नेपाली जनताले स्पष्ट बहुमत दिएकै हुन् आखिर लोकतन्त्र किन सुदृढ हुन सकेन ? कुरो सफा छ कांग्रेस सिमित नेतृत्वका लागि मात्र लोकतन्त्र चाहन्छ । जनताका नाममा त राज्य सत्ता र शक्तिको दोहन मात्रै हो उसले जानेको । गणेशमान र कृष्ण प्रसाद भट्टराईले अपहेलित हुँदै पार्टी छोडेको हैनन र ? त्यस्तो दलले लोकतन्त्रको पाठ अरुलाई सिकाउने हैन आफैँले सिक्न अझै बाँकी छ । अन्त्यमा, यो गठबन्धनले कम्तिमा पनि ५ वर्ष स्थिर सरकार दिनेछ । जनताले जुन गठबन्धनलाई अनुमोदन गर्छन त्यहीँ गठबन्धनले ५ वर्ष बिना रोकतोक शासन गर्नेछ । त्यसैले कांग्रेसले उ जस्तै पुँजीवादी, राजावादी र हिन्दुवादी विचार बोकेका राजनैतिक दलहरुसँग तालमेल गरेर जनतामा गए भै हाल्यो नि ? अबका ५ वर्षमा यो बाम गठबन्धनका कारण समाजवाद आधारहरुको निर्माण हुनेछ र यो विकास सबै जनताकै लागि हुनेछ । केवल वामपन्थीका लागि मात्रै त हैन नि ? आज जन्मिएको बच्चाले ५ वर्षको हुँदा काठमाडौंमा मेट्रो रेल चढ्न पाओस, केरुङ– रसुवा– काठमाडौं–लुम्बिनी–पोखरा रेल चढेर नेपाली घुम्न पाउन, प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार होस्, धनीहरु झन्–झन् धनी र गरिबहरु झन्–झन् गरिब हुँदै जाने परिपाटीको अन्त्य होस् त्यतातिर सोचाँैन । मुखैले लोकतन्त्रवादी कांग्रेसीजनको पनि भलो त्यसैमा छ ।
2020/08/09 22:59:21
http://arthatantra.com/2017/10/11/33906/
mC4
कर्णाली कोरिडोरको निर्माण तीव्र - समय-समाचार कर्णाली कोरिडोरको निर्माण तीव्र २४ चैत्र २०७७, मंगलवार १०:२८ हुम्ला । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताउनुभयो । सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । दुई महिनाभित्र यस खण्डको 'ब्रेक थ्रु' भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ । त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिनुभयो । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो ।
2021/04/10 12:18:46
https://samayasamachar.com/2021/04/06/construction-of-karnali-corridor-accelerated/
mC4
ओलीको बोली र व्यवहार फरकफरक | Nepal Satya काठमाडौँ । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ। तत्कालीन सत्तासाझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार सञ्चालनका विषयमा असन्तुष्टि बढ्दै गएका बेला संसद् विघटन हुने त होइन भन्ने आशंका प्रकट भएको थियो। त्यसलाई आश्वस्त पार्दै तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका ओलीले आफूले संसद् विघटन नगर्ने बताएका थिए। 'थुप्रै हल्लाका पछाडि पनि कुनै चर्चा चलेको मैले देखें। यहाँ छलफल हुँदा पनि हल्लाका कुरालाई आधार बनाएको देखियो,' त्यसबखत ओलीले भनेका थिए, 'संसद् विघटन गर्दैछन्, सरकारले संसद् विघटन गर्छ तर म संसद्लाई भन्न चाहन्छु, त्यस प्रकारको सोच छैन, संसद् भंग हुँदैन।' संसद्को विश्वास कायम हुँदासम्म मात्र आफू प्रधानमन्त्रीमा कायम रहने अन्यथा तत्काल पद छाड्ने जिकिर गरेका थिए। 'हामी संसद्मै बसेर संसदीय अभ्यास गर्छौं र संसद्का अभ्यासबाट अगाडि बढ्छौं,' ओलीले भनेका थिए, 'कमसे कम यो संसद्ले मलाई छानेर पठाएको छ। यहाँको अत्यधिक बहुमत प्राप्त गरेर म प्रधानमन्त्री भएको छु। यस संसद्ले जतिबेला मलाई प्रधानमन्त्री भइरहनु जरुरी छैन भन्छ, छोडिहाल्छु।' संसद्लाई सर्वोपरि राखेर संसदीय प्रक्रियामार्फत जतिबेलासम्म प्रधानमन्त्री हुनू भन्छ त्यतिबेलासम्म हुने उनले दाबी गरेका थिए। तर पुस ५ गते संसद्को सामना नगरी प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले पुस २८ गते राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकारका भएको व्याख्या गरेका छन्। 'केही मानिसले संविधानमा संसद् विघटन गर्ने लेखेको छैन भनेछन्,' ओलीले भनेका छन्, 'विघटन गर्ने किन लेखेको छैन ? धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको नयाँ मिति तोक्नेछ, नयाँ निर्वाचनमा जान सक्नेछ भन्ने व्यवस्था छ।' प्रधानमन्त्रीले विघटन गर्न पाउँदैन भन्ने संविधानमा कहीँ नलेखेको जिकिर गर्दै ओलीले भनेका थिए, 'धारा ८५ ले भन्छ, अगावै विघटन भएमा बाहेक। अगावै विघटन हुने कल्पना त संविधानले ग¥यो, अगावै विघटन भए झन्डै तीन वर्षको मात्र हुँदो रैछ।' यो समाचार आजको नागरिक दैनिकमा छ ।
2022/01/21 20:19:07
https://nepalsatya.com/13035/
mC4
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ – नेपाल कानून आयोग प्रमाणीकरण र प्रकाशन मिति -२०७१।८।५ १.केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ -२०७२।११।१३ २०७१ सालको ऐन नं. ७ कार्यस्थलमा हुनेयौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तावना : सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, September 30, 2018 in कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ (१) यस ऐनको नाम "कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१" रहेको छ । (२) याे एेन प्रमाणीकरण भएकाे मितिबाट एकानब्बेअाैं दिनदेखि प्रारम्भ हुनेछ । (क) "उजूरी सुन्ने अधिकारी" भन्नाले दफा १४ बमोजिमको अधिकारी सम्झनु पर्छ । (ख) "कर्मचारी" भन्नाले कार्यस्थलमा कार्यरत कर्मचारी वा कामदार सम्झनु पर्छ । (ग) "कार्यस्थल" भन्नाले देहायका निकाय, संस्था वा फर्म सम्झनु पर्छ र सो शब्दले त्यस्तो निकाय, संस्था वा फर्मको कार्यसम्पादनको क्रममा प्रयोग हुने स्थल समेतलाई जनाउँछः– (१) सरकारी निकाय, (२) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संगठित संस्था, (३) प्रचलित कानून बमोजिम स्थापना भएको निकाय वा संगठित संस्था, (४) कुनै व्यवसाय, कारोबार वा सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम अनुमति प्राप्त गरेको वा दर्ता भएको फर्म, निकाय वा संगठित संस्था । (घ) "यौनजन्य दुव्र्यवहार" भन्नाले दफा ४ बमोजिमको कुनै कार्य सम्झनु पर्छ । (ङ) "व्यवस्थापक" भन्नाले कुनै कार्यस्थलको प्रशासनिक वा व्यावसायिक काम कारबाहीको सम्बन्धमा अन्तिम निर्णय गर्न अधिकार प्राप्त व्यक्ति वा सो प्रयोजनको लागि प्रत्यायोजित अधिकार प्रयोग गर्ने अधिकारी सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्यस्थलको अन्यत्र शाखा तथा इकाई रहेको भए त्यस्तो शाखा वा इकाईको प्रमुख समेतलाई जनाउँछ । (च) "सेवाग्राही" भन्नाले कुनै किसिमको सेवा प्राप्त गर्ने उद्देश्यले कार्यस्थलमा उपस्थित व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजको साथमा कार्यस्थलमा आउने व्यक्ति समेतलाई जनाउँछ । ३. यौनजन्य दुव्र्यवहार गर्न वा गराउन नहुने कसैले पनि कार्यस्थलमा यौनजन्य दुव्र्यवहार गर्न वा गराउनु हुँदैन । ४. यौनजन्य दुव्र्यवहार गरेको मानिने (१) कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहायका कुनै कार्य गरे वा गराएमा यौनजन्य दुव्र्यवहार गरेको मानिनेछ :– (क) यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा, (ख) अश्लिल तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, (ग) लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, (घ) यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा, (ङ) यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा (२) उपदफा (१) को खण्ड (क), (ख) वा (ग) मा जुनसुकै कुरा लेखिएको भएतापनि शैक्षिक, सूचनामूलक, अनुसन्धानमूलक, उपचार वा बचाउको सिलसिलामा गरिएको कुनै पनि काम कारबाहीलाई यौनजन्य दुव्र्यवहार गरेको मानिने छैन । ५. व्यवस्थापकको दायित्व (१) व्यवस्थापकले कार्यस्थलमा यौनजन्य दुव्र्यवहार हुन नदिन वा निवारण गर्नको लागि देहायका कार्यहरु गर्नु पर्नेछ :– (क) कर्मचारीको सेवा, शर्त सम्बन्धी कानूनमा यौनजन्य दुव्र्यवहार निवारण सम्बन्धी आवश्यक व्यवस्था गर्ने, (ख) यौनजन्य दुव्र्यवहार हुन नदिन कर्मचारी तथा सेवाग्राहीलाई सजग गराउने, (ग) यौनजन्य दुव्र्यवहार दोहोरिन नदिन आवश्यक सुधारात्मक उपायहरु अवलम्बन गर्ने, (घ) पिडितलाई आवश्यकता अनुसार मनोविमर्श सेवा उपलब्ध गराउने, (ङ) कार्यस्थलमा गुनासो पेटिका राख्ने । (२) व्यवस्थापकले यौनजन्य दुव्र्यवहार विरुद्ध उजूरी गर्ने अवधि, कार्यविधि तथा उजूरी सुन्ने अधिकारीको सम्बन्धमा पीडितलाई स्पष्ट रुपमा जानकारी गराउनु पर्नेछ । ६. गुनासोको सुनुवाई (१) कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुव्र्यवहार गरेमा सोबाट पीडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जोसुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापक समक्ष पन्ध्र दिनभित्र लिखित वा मौखिक रुपमा गुनासो गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम कुनै गुनासो गरेमा व्यवस्थापकले सो सम्बन्धमा तुरुन्त छानविन गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम छानविन गर्दा आरोपित व्यक्तिले गुनासो गर्ने कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुव्र्यवहार गरेको देखिएमा व्यवस्थापकले देहायको कुनै वा सबै कार्य गर्न वा गराउन लगाउन सक्नेछ :– (क) दुवै पक्ष मञ्जुर भएमा पीडित र आरोपित व्यक्तिबीच मेलमिलाप गराइदिन, (ख) आरोपित व्यक्तिलाई पीडितसँग माफी मगाउन, (ग) आरोपित व्यक्तिलाई त्यस्तो काम पुनः नगर्न सचेत गराउन, (घ) आरोपित व्यक्तिबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराईदिन, (ङ) आरोपित व्यक्तिलाई सेवा शर्त सम्बन्धी कानून बमोजिम विभागीय कारबाही गर्न । (४) व्यवस्थापकले उपदफा (१) बमोजिम गरिएको गुनासोको टुङ्गो गुनासो गरेको मितिले पन्ध्र दिनभित्र लगाउनु पर्नेछ । ८. मिलापत्र गर्न सक्ने (१) यौनजन्य दुव्र्यवहारबाट पीडित र आरोपित दुवै पक्षले चाहेमा मिलापत्रको लागि उजूरी सुन्ने अधिकारी समक्ष संयुक्त निवेदन दिन सक्नेछन्। (२) उपदफा (१) बमोजिम मिलापत्रको लागि संयुक्त निवेदन परेमा उजूरी सुन्ने अधिकारीले सो सम्बन्धमा पक्षहरुसँग आवश्यक परामर्श गरी मिलापत्र गराईदिनुपर्नेछ । (३) उपदफा (२) बमोजिम मिलापत्र गर्दा कुनै प्रकारको दस्तुर लाग्ने छैन । ९. उजूरीकर्ताको संरक्षण: (१) यस ऐन बमोजिम उजूरी गरेको कारणले मात्र व्यवस्थापकले कुनै कर्मचारीलाई सेवाबाट हटाउन, अन्य विभागीय कारबाही गर्न वा निजको सरुवा, बढुवा लगायतका वृत्ति विकासमा असर पर्ने गरी कुनै किसिमको कारबाही गर्न पाउने छैन । (२) व्यवस्थापकले उपदफा (१) विपरीत कुनै कर्मचारी उपर कुनै किसिमको कारबाही गरेमा त्यस्तो कर्मचारीले सो व्यहोरा खुलाई उजूरी सुन्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ । (३) उपदफा (२) बमोजिम परेको निवेदन छानविन गर्दा निवेदनको व्यहोरा मनासिव देखेमा उजूरी सुन्ने अधिकारीले त्यस्तो निर्णय बदर गर्न वा सच्याउन सम्बन्धित व्यवस्थापकलाई आदेश दिनेछ । (४) उपदफा (३) बमोजिम उजूरी सुन्ने अधिकारीबाट आदेश भएमा सम्बन्धित व्यवस्थापकले पुनरावेदन गर्ने म्याद नाघेको वा पुनरावेदन परेकोमा सो उपर निर्णय भएको पन्ध्र दिनभित्र त्यस्तो आदेश कार्यान्वयन गर्नु पर्नेछ । (५) यस ऐन बमोजिम उजूरी गरेको कारणबाट कुनै कर्मचारीले कार्यस्थलमा कुनै किसिमको असुरक्षा महसुस गरेमा त्यस्तो कर्मचारीले सुरक्षाको लागि व्यवस्थापक समक्ष निवेदन दिन सक्नेछ । (६) उपदफा (५) बमोजिम कुनै निवेदन प्राप्त भएमा व्यवस्थापकले त्यस्तो कर्मचारीलाई कार्यस्थलमा सुरक्षाको उचित व्यवस्था गर्नु पर्नेछ । (७) व्यवस्थापकबाट उपदफा (५) बमोजिम निवेदन दिने कर्मचारीलाई सुरक्षाको व्यवस्था नभएमा वा व्यवस्थापक आफै आरोपित पक्ष भएमा त्यस्तोकर्मचारीले स्थानीय सुरक्षा निकाय समक्ष सुरक्षाको माग गर्न सक्नेछ र त्यसरी सुरक्षा माग भएमा सुरक्षा निकायले समेत निजको सुरक्षाको प्रबन्ध मिलाउनु पर्नेछ । (८) यौनजन्य दुव्र्यवहार गरेको प्रमाणित भएको कुनै कर्मचारीलाई सो कार्यालयमा राखिरहन उपयुक्त नदेखिएमा व्यवस्थापकले त्यस्तो कर्मचारीलाई आफैंले सरुवा गर्न सक्नेमा आफैले अन्यत्र सरुवा गर्नु पर्नेछ र अन्य अधिकारी वा निकायबाट सरुवा गर्नु पर्ने भएमा सरुवाको लागि त्यस्तो अधिकारी वा निकायमा लेखी पठाउनु पर्नेछ । १०. निरीक्षण तथा अनुगमन गर्न गराउन सक्ने व्यवस्थापकले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम तथा आचार संहितामा उल्लिखित दायित्व तथा अन्य व्यवस्थाको पालना गरे नगरेको सम्बन्धमा राष्ट्रिय महिला आयोग वा व्यवस्थापक कार्यरत रहे भन्दा माथिल्लो तहको निकायले कार्यस्थलको निरीक्षण तथा अनुगमन गर्न वा गराउन सक्नेछ । ११. प्रतिवेदन पेश गर्नु पर्ने (१) दफा १० बमोजिम निरीक्षण तथा अनुगमन गर्न खटिएको व्यक्तिले निरीक्षण तथा अनुगमनको कार्य समाप्त भएपछि देहायका कुराहरु खुलाई सम्बन्धित निकाय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ :– (क) सम्बन्धित व्यवस्थापकले पूरा गरे वा नगरेको दायित्व वा अन्य व्यवस्था, (ख) सम्बन्धित व्यवस्थापकलाई दायित्व वा अन्य व्यवस्था पूरा गर्न ध्यानाकर्षण गराइएको विषय, र (ग) अन्य आवश्यक कुराहरु । (२) उपदफा (१) बमोजिम प्राप्त भएको प्रतिवेदन जाँचबुझ गर्दा कुनै व्यवस्थापकले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम तथा आचार संहितामा उल्लिखित दायित्व वा अन्य व्यवस्था पालना गरेको नदेखिएमा निरीक्षण तथा अनुगमन गर्ने गराउने निकायले सम्बन्धित व्यवस्थापकलाई त्यस्तो दायित्व वा व्यवस्था पालना गर्न निर्देशन दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित व्यवस्थापकको कर्तव्य हुनेछ । (४) उपदफा (१) बमोजिम प्राप्त प्रतिवेदनमा उल्लिखित विषयका सम्बन्धमा कुनै निकायबाट नीतिगत निर्णय गर्नु पर्ने देखिएमा निरीक्षण तथा अनुगमन गर्ने गराउने निकायले आवश्यक नीतिगत निर्णयको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउनु पर्नेछ । तर त्यस्तो नीतिगत निर्णय आफैले गर्नु पर्ने विषय भएमा निर्णयकोलागि आवश्यक कारबाही प्रारम्भ गर्नु पर्नेछ । १२. सजाय (१) कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुव्र्यवहार गरेको ठहरेमा निजलाई कसूरको प्रकृति हेरी छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । (२) कुनै व्यवस्थापकले यस ऐन बमोजिमको दायित्व वा अन्य व्यवस्था पालना नगरेको ठहरेमा निजलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (३) दफा ९ वा ११ बमोजिम उजूरी सुन्ने अधिकारी वा निरीक्षण वा अनुगमन गर्ने गराउने निकायले दिएको निर्देशन कुनै व्यवस्थापकले पालना नगरेमा निजलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (४) यस दफा बमोजिम सजाय पाएको व्यक्तिले त्यस्तो सजाय हुने कार्य पुनः गरेमा निजलाई पटकै पिच्छे दोब्बर सजाय हुनेछ । (५) कसैले यस ऐन बमोजिम जानी जानी झुट्टा उजूरी दिएको ठहरेमा निजलाई दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (६) यस दफा बमोजिम कुनै कर्मचारी वा व्यक्तिले सजाय पाएमा उजूरी सुन्ने अधिकारीले त्यसको जानकारी सम्बन्धित निकायलाई गराउनुपर्नेछ । १३. क्षतिपूर्ति तथा रकम भराई दिनु पर्ने यस ऐन बमोजिम परेको उजूरी छानविन गर्दा आरोपित व्यक्तिले यौनजन्य दुव्र्यवहार गरेको ठहरिएमा उजूरी सुन्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दफा १२ बमोजिम सजाय गरी निजबाट पीडितलाई देहाय बमोजिमको क्षतिपूर्ति वा रकम भराई दिनु पर्नेछ :– (क) शारीरिक वा मानसिक रुपमा कुनै क्षति पुग्न गएको भए त्यस्तो क्षति बापत मनासिव माफिकको क्षतिपूर्ति, (ख) उजूरी गर्दा वा उजूरीको प्रतिरक्षा गर्दा लागेको वास्तविक खर्च । १४. उजूरी सुन्ने अधिकारी (१) यस ऐन बमोजिमको उजूरीको शुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रमुख जिल्ला अधिकारी विरुद्धको उजूरीको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित प्रदेशको प्रमुख सचिवलाई हुनेछ । १५. उजूरी सुनुवाई सम्बन्धी कार्यविधि (१) उजूरी सुन्ने अधिकारीले दफा ७ बमोजिम पर्न आएको उजूरीको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ । (२) पीडितले लिखित रुपमा अनुरोध गरेमा उजूरी सुन्ने अधिकारीले उजूरीको सुनुवाई बन्द इजलासमा गर्नु पर्नेछ । यस ऐन बमोजिम उजूरी सुन्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ । १७. फैसला वा मिलापत्रको कार्यान्वयन (१) यस ऐन बमोजिम भएको फैसला वा मिलापत्रको कार्यान्वयन गर्ने दायित्व सम्बन्धित व्यवस्थापकको हुनेछ । (२) व्यवस्थापकले उपदफा (१) बमोजिम फैसला वा मिलापत्रको कार्यान्वयन नगरेमा सम्बन्धित उजूरीकर्ताले सोही व्यहोरा खुलाई उजूरी सुन्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ । (३) उपदफा (२) बमोजिम निवेदन पर्न आएमा उजूरी सुन्ने अधिकारीले प्रचलित कानून बमोजिम त्यस्तो फैसला वा मिलापत्रको कार्यान्वयन गराईदिनु पर्नेछ । (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आरोपित व्यक्ति व्यवस्थापक भएमा उजूरी सुन्ने अधिकारी आफैंले साठी दिनभित्र फैसला वा मिलापत्रको कार्यान्वयन गर्नेछ । १८. तालीमको पाठ्यक्रममा समावेश गर्ने तालीम दिने प्रत्येक निकायले यौनजन्य दुव्र्यवहार र सोको निवारण सम्बन्धी विषयलाई तालीमको पाठ्यक्रममा समावेश गर्नु पर्नेछ । १९. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने यस ऐन बमोजिम कसूर मानिने कुनै काम कारबाहीमा अन्य प्रचलित कानून बमोजिम पनि सजाय हुने रहेछ भने त्यस्तो कानून बमोजिम मुद्दा चलाउन तथा कारबाही गर्न यस ऐनले बाधा पुर्याएकाे मानिने छैन २०. प्रचलित कानून बमोजिम हुने यस ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ । २१. आचार संहिता बनाउन सक्ने (१) यौनजन्य दुव्र्यवहारको निवारण गर्ने सम्बन्धमा नेपाल सरकारले आवश्यक आचार संहिता बनाई लागू गर्नेछ । (२) उपदफा (१) बमोजिम बनाइएको आचार संहिताको अधीनमा रही प्रत्येक व्यवस्थापकले कार्यस्थलको प्रकृति अनुसार छुट्टै आचार संहिता बनाई लागू गर्नु पर्नेछ ।
2021/04/11 21:45:11
https://www.lawcommission.gov.np/np/archives/category/documents/prevailing-law/statutes-acts/%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87-%E0%A4%AF%E0%A5%8C%E0%A4%A8%E0%A4%9C%E0%A4%A8%E0%A5%8D%E0%A4%AF
mC4
जब दीपिकालाई 'इम्प्रेस' गर्न रणवीरले गरेका थिए यस्ता हर्कत – MMS News १७,जेष्ठ,२०७७,शनिबार १०:०७ एजेन्सी : रणवीर सिंह र दीपिका पादुकोणको जोडी बलिउडमा नै उदाहरणीय जोडीको रुपमा लिइन्छ । यो जोडीलाई निकै मन पराइन्छ । वास्तविक जीवनमा मात्र होइन फिल्मी दुनियाँमा पनि यो जोडीको केमिस्ट्री निकै रुचाइएको छ । सामाजिक सञ्जालमा सक्रिय दीपिका र रणवीर लकडाउनमा होम क्वारेन्टाइनका विभिन्न गतिविधिहरुको बारेमा सेयर गरिरहेका हुन्छन् । उनीहरुलाई सामाजिक सञ्जालमा निकै खोजी पनि गर्ने गरिन्छ । विवाहपछि रणवीर सिंहले थुप्रैपटक दीपिकासँगको अफेयरका बारेमा खुलासा गर्दै आएका छन् । यो जोडी एक अर्कामा निकै समर्पित भएको पनि देखाउँछन् । #रणवीर सिंह
2021/06/21 01:54:22
https://news.mountmedias.com/%E0%A4%9C%E0%A4%AC-%E0%A4%A6%E0%A5%80%E0%A4%AA%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%87%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8/
mC4
'कान्छी रिलिजको मिति सार्नु भुवनदाजु प्रति एउटी बहिनीको सम्मान हो ।' स्वेता खड्का – An Online Entertainment News Portal HomeGalleryCelebrity'कान्छी रिलिजको मिति सार्नु भुवनदाजु प्रति एउटी बहिनीको सम्मान हो ।' स्वेता खड्का December 12, 2017 Manoj Neupane Celebrity, Entertainment, Kollywood, News 0 २०७४ का लागि सर्बाधिक पर्खाईमा रहेका नेपाली फिल्म कृ र कान्छीको भिडन्तका बारेमा केही दिन अघी खुब चर्चा परिचर्चा चलीरहेको थियो । किनकी यि २ वटा फिल्ममा युवा स्टार अनमोल केसी 'कृ'लागि तथा श्वेता खड्का र दयाहाङ राई 'कान्छी'कान्छीका लागि स्टारर थिए । हुनत, सबैभन्दा अगाडि 'कान्छी'ले माघ २६ ताक्दै प्रदर्शन मिति घोषणा गरेको थियो तर 'कृ' पनि यही मितिमा लड्न तयार भयो । यसैको चर्चा परिचर्चा खुव चुलीयो पनि । अन्तत अनमोल केसीको बढ्दो लोकप्रियताका कारण 'कृ' यूनिट माघ २६ बाट हट्ने कुनै छाँटकाट नदेखिएपछि 'कान्छी' आफैं एकसाता पछाडी धकिलीन बाध्य बन्यो । सोमवार वितरक र निर्माताबीचको छलफलबाट 'कान्छी'लाई फागुन ४ गते प्रदर्शनमा ल्याउने निर्णय गरिए पछि अब 'कृ'ले माघ २६ गतेका सोलो रिलिजको मौका पनि मज्जालेनै पाएको छ । 'कृ'का लागि माघ २६ लाई बाटो खाली गरेपछि नायिका तथा निर्मात्री श्वेता खड्काल भने 'कान्छी'को मिति सार्नु भनेको आफू हार्नु नभएको भन्दै फेसबुकमा एक स्टाटस लेखेकी छिन् । 'यो त भुवनदाजु प्रति एउटी बहिनीको सम्मान हो ।' श्वेताले फेसबुकमा लेखेकी छिन: "आदरणिय मेरा शुभचिन्तक, सुवेच्छुक तथा दर्शक महानुभावहरु लगाएत कलाकर्मी र संचार्कर्मी ज्युहरु मैले जीवनसाथिको रुपमा चुनेको 'दादा' श्री कृष्ण श्रेष्ठज्यु को देहावसानसंगै मेरो ईक्ष्या, आकाँक्ष्या, सपना,चाहना र रहरहरु सबैको 'अवसान' भए झै लागेको थियो । त्यो अवस्थामा मलाई सहानुभुतीका शब्दहरु पोख्ने र साथ अनी सहाराको हातहरु देखाउनेहरुको ठुलै भिड थियो । मैले भगवानको स्वरुप मान्ने मेरा दर्शकमहानुभावहरुले मलाई सुस्ताएर नथाक्न र ओइलाएर नझर्नका निमित्त जुन आँट र शाहस दिनुभयो त्यो आँट शाहस र उत्प्रेणाले मलाई थाक्न,गल्न र सुस्ताउन दिएन । मलाई कलाकारिता क्षेत्रमा डोर्‍याएर 'नायिका'को उपमा दिलाउने स्वर्गिय 'दादा' अनी मलाई कलाकारको रुपमा मायाँ गरिदिनुहुने असंख्य दर्शकमहानुभावहरुको अटुट मायाँलाई चटक्कै मायाँ मारेर घरको एउटा कुनामा शोकाकुल भएर बसिरहन यो मनले पटक्कै मान्दै मानेन । मैले दादालाई आँशुको श्रादान्जली दिनुभन्दा नेपाली सिनेजगतमा एउटा राम्रो चलचित्र पस्कने दादाको अपुरो सपनालाई साकार गरेर 'सत्कर्म' को श्रदान्जली दिने अठोट गरें । यही अठोटका साथ आँखाको आशु पुछेर, आफ्नै कलाकारिताको दुनियाँमा फर्किएँ । 'कान्छी' चलचित्र त्यही आँट शाहस र उत्प्रेरणाको प्रतिफल हो अनी दादा प्रती अर्पण गरिएको मेरो साँच्चो श्रदान्जली पनि । अत: माघ २६ गतेलाई रिलिज मिती तोकिएको 'कान्छी'ले रिलिज पुर्वनै दर्शकमहानुभावहरुबाट अटुट माया,साथ र सदभाव प्राप्त गरिरहेको छ । फलस्वरुप यस चलचित्रको 'चरी चट्ट परी भुरुरु'बोलको गीतलाई युट्युबमा ५० लाखभन्दा बढी पटक हेरीईसकेको छ । यो नै मेरो लागि सफलताको पहिलो खुट्किलो हो । माघ २६ गतेका दिन, मैले स्वर्गिय 'दादा'प्रती समर्पण गर्दै आफ्नो मेहनत, पसिना अनी श्रम र शिपको प्रतिफल 'कान्छी' अर्पण गर्ने सोच बोकेको थिएँ । तर सोही दिन मेरा आदरणिय दाजु,भुवन केसी र सुबास गिरी निर्मित चलचित्र 'कृ'लाई पनि रिलिज मितीको रुपमा घोषणा गरियो । हुनत एकै दिनमा ५ वटा चलचित्र रिलिज नभएका भने पक्कै होइनन । तर बिगत २ बर्ष देखी 'कान्छी' र 'कृ' लाई हेर्न ब्यग्र भएर बस्नुभएका दर्शक महानुभावहरुको लागि एउटै मितीमा यि दुई चलचित्र रिलिज गर्नु भनेको हामीले दर्शकहरुको भावनालाई लत्याउनु र कलाकारिताको 'धर्म' बाट बिमुख हुनु सिवाय केही होइन । अत: यही यथार्थलाई मनन गर्दै यि दुबै चलचित्रलाई जुधाउन नहुने निस्कर्शका साथ 'कान्छी'लाई आगामी फाल्गुन ४ गते प्रदर्शन गर्ने निर्णय लिएको छु । पुर्वघोसित रिलिज मितीबाट केही दिन पछाडि हट्ने यो आत्मनिर्णय लिइरहँदा यत्तिखेर म, मैले अत्तिनै सम्मानकासाथ आदर गर्ने आदरणिय दाजु भुवन के सि ज्युलाई सम्झन चाहन्छु । स्वर्गिय दादाको मिल्ने मित्रका साथै उहाँको देहवसान पस्चात मलाई हौसला,आँट र शाहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरणिय दाजु भुवन के सि ज्युको लागि मैले आफ्नो चलचित्रलाई केही दिन पछाडि सार्ने यो निर्णय प्रती कुनै किसिमको लाज,सरम र संकोच को भाव महसुस गरिरहेको छैन । बरु मलाई यो निर्णय लिदै गर्दा 'कान्छी' र 'कृ' नजुधाइदिनका लागि शुभचिन्तक तथा दर्शकदिर्घाबाट फेसबुक, ट्विटर र मोबाइल मार्फत प्राप्त असंख्य अनुरोध र सन्देशहरुको सम्मान गरेको महशुस भइरहेको छ । साथै एउटी बहिनिले दाजुलाई पछाडि हट्नको लागि अनुरोध गर्नुभन्दा उमेरले पनि 'कान्छी' अनी शिप र दक्षताले पनि 'आलोकाँचो'नै रहेकी म आँफैले केही कदम पछाडि हट्दा बेश होला भन्ने ठानी यो निर्णय लिएकी हुँ । यो निर्णय,, भुवन दाई प्रती एक बहिनिले ब्यक्त गरेको 'सम्मान' र 'कदर'को रुममा बाहेक अन्य रुपमा नलिनु हुनको लागि म आम संचारमाध्यामका संचारकर्मी, फिल्म इन्डस्ट्रीका कलाकर्मी लगाएत मलाई माया गरिदिनुहुने मेरा भगवान सरह दर्शक दिर्घा समक्ष हार्दिक अनुरोध गर्दै, फाल्गुन ४ गते नेपालका सबै सिनेमा घरहरुमा भेट्ने बाचा गर्न चाहन्छु । र माघ २६ गते रिलिज हुन गईरहेको 'कृ'को अपार सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।"
2020/04/02 01:26:14
https://www.sutraentertainment.com/archives/6649
mC4
पाँचखालमा म्याद नाघेका ४ लाख २५ हजार रुपैयाँ बराबरको मैदा नष्ट – Radio Roshi पाँचखालमा म्याद नाघेका ४ लाख २५ हजार रुपैयाँ बराबरको मैदा नष्ट in रोशी खबर — by Roshikhabar — November 26, 2019 रोशी सहकर्मी–मंङसिर १०, पाँचखालमा म्याद गुज्रेका ८ हजार ५ सय केजी (१ सय ७० बोरा) मैदा नष्ट गरिएको छ । पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाट समाजकल्याण चोकमा रहेको राजाराम श्रेष्ठले सञ्चालन गर्दै आएको माँ पलाञ्चोक भगवती धन्द्रे भिमसेन बेकरी उद्योगमा रहेको म्याद गुज्रेका उक्त परिमाणको मैदा सोमवार खाल्डो खनेर पुरिएको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुँमागाईको नेतृत्वमा रहेको टोली सहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय काभ्रे, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँखाल उद्योग वाणिज्य संघको संयुक्त टोलीले गत कात्तिक ६ गते गरिएको बजार अनुगमनको क्रममा सो उद्योगको गोदाममा म्याद नागेका मैदा प्रयोग गरेको पाईएपछि शिल गरिएको थियो । त्यसै क्रममा गोदाममा लगाएको शिल अनुगमन टोली लगायत वडा नं. ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, उद्योगका प्रतिनिधि हरिकृष्ण श्रेष्ठ र राधाकृष्ण श्रेष्ठ लगायतको रोहबरमा शिलबन्दी खोली सोमबार घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर पुरेको हो । उत्पादन भएको मितिले ४५ दिन भित्रमा प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दूई महिना भन्दा बढी मिति नाघेको १ सय ७० बोरा मैदाको गोदाममा शिल गरेको र सो परिमाणको मैदा नष्ट गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख शिव भण्डारीले बताए । अहिलेको बजारमुल्य अनुसार ४ लाख २५ हजार रुपैयाँ बराबरको ८ हजार ५ सय किलो मैदा फेला परेको बताए ।
2021/05/12 13:52:22
https://radioroshi.org.np/archives/855
mC4
Samadhan News 'कोरोनाले पाठ सिकायो, आउँदो बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छौं' – SAMADHAN NEWS 'कोरोनाले पाठ सिकायो, आउँदो बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छौं' कोरोना संक्रमणको हिसाबले गण्डकी प्रदेश अहिले 'ग्रीन जोन' मा छ । तर छिमेकी प्रदेशमा संक्रमित भेटिनाले अझै ढुक्क हुने अवस्था छैन । विदेशबाट आएका २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । संक्रमणको जोखिम कम भए पनि प्रदेश भित्रिने सबै नाकामा कडाइ गरिएको छ । कोरोना देखिएपछि प्रदेश सरकारले हालसम्म गरेका काम र यसबाट प्रदेश सरकारले के के सिक्यो लगायतका विषयमा केन्द्रित रहेर समाधानकर्मी अनुप पौडेलले गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ मन्त्री पुनसँग गरिएको कुराकानी : प्रदेश सरकारले कोरोना रोकथामका लागि अहिलेसम्म के–के गर्‍यो ? र, आगामी दिनका योजना के छन् ? हामीले जनचेतनामूलक अभियान चलाउने, भोलि महामारी भइहाले कसरी अगाडि बढ्ने र स्वास्थ्यकर्मीलाई तालिम दिने काम गरेका छौं ।बिहानैमा नमुना संकलन गरियो भने सोहि दिन नतिजा दिनसक्ने गरी कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सफल भयौं । अतिविपन्न नागरिक लकडाउनका कारण भोकै बस्न नपरोस् भनेर राहत वितरणका लागि पालिकालाई बजेट दिएका छौं ।कोरोना परीक्षण गरिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६० लाख व्यवस्था गरेका छौं ।प्रदेशका सबै जिल्ला अस्पतालमा आइसियु बेड स्थापना गर्न १४ करोड बजेट छुट्याउने निर्णय गरिएको छ । सरकारले लकडाउन घोषणा गर्दा नागरिकहरु केही भएपनि कोरोना भयो भन्ने डरमा हुनुहुन्थ्यो । त्यसलाई मध्यनजर गर्दै घरमै बसेर स्वास्थ्य परामर्श दिनका लागि चिकित्सक खटाएर हेलो डाक्टरहटलाइन सञ्चालन गरेका छौं । झन्डै साढे ७ सय जनाले त्यसबाट स्वास्थ्य परामर्श लिनुभएको छ । छुट्टै कर्मचारी व्यवस्थापन गरेर इमरजेन्सी पर्दा तुरुन्त उद्दार गर्न यसलाई निरन्तरता दिने तयारी भइरहेको छ । यसबाहेक प्रदेश सरकारले अहिले स्वास्थ्य एप पनि सञ्चालनमा ल्याएको छ । प्रदेशमा छुट्टै सरुवा रोग अस्पताल बनाउनपर्छ भनेर शिशुवाको लायन्स सामुदायिक अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने गरी छलफल भइरहेको छ । जोखिमको हिसाबले हामी कुन अवस्थामा छौं ? छिमेकी प्रदेशमा कोरोनाका बिरामी भेटिन भर्खर सुरु भएको छ । त्यसले गर्दा ढुक्क हुने अवस्था छैन नि । अहिले हामी सुरक्षित छौं । २ जना संक्रमित निको भएर घर फर्किसक्नु भएको छ । उहाँहरुसँग सम्पर्कमा आउनुभएका कसैलाई पनि संक्रमण नदेखिनुले सुरक्षित रहेको स्पष्ट हुन्छ । तर छिमेकी प्रदेशमा संक्रमण भेटिएकालेथप सतर्कता अपनाउनु आवश्यक छ। सबै सीमा नाकामा अझै कडाइ गर्ने हो भने संक्रमणको जोखिम हुँदैन ।संक्रमण फैलन नदिन गण्डकी प्रदेश सरकारले कुनै कसर बाँकी राखेको छैन । आफ्ना नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकार प्रतिबद्ध छ । कोरोनाले कस्तो रुप लिन्छ भन्ने थाहा छैन । रोगले महामारीको रुप लिए उपचार गर्न प्रदेशभित्रका अस्पतालको स्थिति कस्तो छ ? संघीयतामा भर्खर प्रवेश गरेकाले धेरै कुरा मिल्न बाँकी छन् । अहिले हाम्रा जिल्ला अस्पतालमा स्वास्थ्य जनशक्ति असाध्यै कम छन् । कोरोनाले गर्दा प्रदेश सरकारको ध्यान स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्नेमा गएको छ । प्रदेश सरकारसँग पोखरामा आफ्नै भनेको मातृशिशु अस्पताल मात्र हो । त्यो बच्चा र आमाका लागि मात्र हो । ढुक्क भएर उपचार गर्नका लागि लायन्स अस्पताललाई १ सय बेड क्षमतामा विस्तार गर्ने योजना छ । व्यवस्थापन गर्नुपर्ने पक्ष धेरै छन् र त्यसका लागि अबको बजेटमा हामीले स्वास्थ्य कोष खडा गर्नुपर्ने छ । कोरोना भाइरसले गर्दा सबैको चेतनामा फरक आएको छ । हिजो स्वास्थ्यलाई कसरी हेरिन्थ्यो र अब कसरी अगाडि बढिन्छ भन्ने कुरा प्रदेश सरकारको आ.व २०७७/७८ को बजेटबाट थाहा हुन्छ । आउँदो वर्षमा गत वर्षभन्दा स्वास्थ्य क्षेत्रलाई अझ प्राथमिकता दिएरबजेट विनियोजन गर्छौं । स्वास्थ्य क्षेत्र हिजोजस्तो थियो अब भोलि त्यस्तो रहने छैन । केही न केही सकरात्मक परिवर्तन हुन्छ । कोरोना विरुद्दको अभियानमा प्रदेश सरकारले केन्द्रसँग के–के अपेक्षा गरेको थियो ? केन्द्र सरकारसँग स्वास्थ्य सामग्री पाइन्छ भन्ने आशा थियो । केन्द्र सरकारले रिएजेन्ट, पिपिई र परीक्षणका लागि मेसिन पठाइदिएको छ । केन्द्र सरकारले दिन्छ भनेर आश गर्नुभन्दा प्रदेश सरकारले आफ्नै बजेटबाट पनि किन्नुपर्छ भनेर लागेका छौं । केन्द्र सरकारले विभिन्न १५ शीर्षकसहितको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनको मापदण्ड बनाएको छ । प्रदेशमा बनेका क्वारेन्टाइन मापदण्डअनुसारका छन् ? रोग भित्रिन दिनु हुँदैन भन्ने हिसाबले हतारमा क्वारेन्टाइन बनायौं । त्यसले गर्दा ठ्याक्कै मापदण्ड पूरा नभएको हुनसक्छ । सबै ठाउँमा मापदण्ड पुर्‍याउन सकेका छैनौं नि । तोकिएको मापदण्ड सबै पूरा गर्न हामीसँग आर्थिक हैसियत पनि छैन । हाम्रा आवश्यकता एकातिर र आर्थिक हैसियत अर्कोतिर छ । तर केही मापदण्ड तलमाथि भएपनि सकेको गरेका छौं । अन्त्यमा, वर्तमान परिस्थितिमा जनताले बुझ्नुपर्ने कुराहरु के–के छन् ? जनताले कोरोनाका सन्दर्भमा धेरै बुझिसक्नुभयो । जनताले सरकारले भनेको कुरा मानेर कोरोना नियन्त्रणका लागि जनताले सक्दो सहयोग गर्नुभयो । सरकारले भनेको कुरा नमानेको भए सायद आज नेपालको अवस्था अमेरिकाजस्तै हुन्थ्यो । अहिले हामी सुरक्षीत जोनमा छौं । तर लकडाउनका बेला कति नागरिक गण्डकी प्रदेशमा आउनुभएको छ । आफ्नै घरबाट आएको भए त्यस्तो डर भएन । संक्रमण भेटिएको ठाउँमा डुलेर आएको भए गाह्रो पर्छ ।
2021/08/01 23:42:25
https://samadhannews.com/news/2020/05/04/16407/
mC4
चीनलाई अमेरिकाको अर्को झट्का : चिनियाँ अभिनेत्रीलाई १३ करोड अमेरिकी डलर जरिवाना ! - hamro Desh एजेन्सी : चिनियाँ चर्चित एक अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो। चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम जरिवाना भएको थिएन्। समयमै जरिवाना तिरे फौजदारी अभियोग खेप्नु नपर्ने आदेश भएको चिनियाँ समाचार संस्था हिन्हुआलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। करछली मुद्दामा तानिएकी अभिनेत्रीको पारिश्रमिकको विषयमा त्यहाँको सरकारी समितिले छानबिन गरेको थियो। चिनियाँ कलाकारले वास्तविक सम्झौता एउटा गर्ने र देखिने गरी अर्कै सम्झौता गर्ने गरेको खुलासा भएपछि सरकारी पक्षबाटै अनुसन्धानका लागि समिति गठन भएको थियो। 'एक्स–मेन', 'आइरन म्यान' जस्ता चलचित्रबाट चर्चित बनेकी नायिका फान एक महिनाअघिदेखि बेपत्ता जस्तै रहेको समाचारमा उल्लेख गरिएको छ। उनी कहाँ छिन् भन्ने विषयको वास्तविकता सार्वजनिक हुन सकेको छैन। यद्यपी अदालतले करछली मुद्दामा करोडौ डलर जरिवाना गरेपछि उनले चिनियाँ सामाजिक सञ्जाल बेइबोमा क्षमायाचना गरेकी छन्। 'म पीडाबाट गुज्रिरहेकी छु', उनले लेखेकी छिन्, 'मैले जे गरे त्यसका लागि लज्जित छु। सबैसँग क्षमायाचना गर्छु।' उनले करछली मुद्दामा अदालतले गरेको फैसला र दण्ड जरिवानालाई स्वीकार गर्दै कानुनको पालना गर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालबाटै आफूले अब कर र जरिवाना तिर्ने प्रतिवद्धता जनाएकी हुन्। चीनमा भ्रष्टाचार मुद्दामा मुछिएकी अभिनेत्री फान प्रतिभाशाली कलाकारमा पर्छिन्। गतवर्षमात्र फोब्र्स म्यागजिनले उनको वार्षिक आम्दानी ३० करोड युयान रहेको सूची सार्वजनिक गरेको थियो। सर्वाधिक कमाउने चिनियाँ कलाकारको शीर्ष सूचीमा उनको नाम सुरक्षित छ।
2018/12/18 20:15:12
https://hamrodesh.com/%E0%A4%9A%E0%A5%80%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A5%8B-%E0%A4%9D/
mC4
आफ्नो क्यारिकेचर गरेर चर्चामा आएका भरतमणिलाई भेटेर पूर्वयुवराज पारसले भने- फन्नी फन्नी…. — Sanchar Kendra आफ्नो क्यारिकेचर गरेर चर्चामा आएका भरतमणिलाई भेटेर पूर्वयुवराज पारसले भने- फन्नी फन्नी…. काठमाडौं। कमेडी च्याम्पियन-२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको छ । भेट्नेवित्तिकै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको बताए । 'साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो । अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी किप इन टच ।' भरतमणिले भने । उनले अगाडी थपे – 'मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । दले दाइ (सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो । खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो ।' पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका थिए। आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए। आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्। त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहे । नाटकमा केही काम गरेको अनुभव भए पनि सन्तोष प्रहरी बन्न हिँडेका थिए, तर बन्नु रहेछ कमेडियन। कुनै बेला डिप्रेसनबाट बाहिर निस्कन कमेडी हेर्ने उनी कमेडी च्याम्पियनको पहिलो सिजनका प्रस्तुति हेरेर सोमा आउन लालयित भएका हुन्। अरूको देखेर सिक्न सक्ने उनले हरेक नयाँ प्रस्तुतिलाई अघिल्लो प्रस्तुतिभन्दा उत्कृष्ट बनाउन प्रशस्त मेहनत गरे। उनको प्रस्तुतिलाई निर्णायकले सराहना गर्दै गए। उनको क्षमता देखेरै दर्शकले पनि माया दिएर भोट गरे। टप-३ सम्म सन्तोषले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालासम्मको भूमिकामा दर्शकलाई हसाए। सामाजिक सन्दर्भका व्यंग्य जोडे। 'नेपाली टिचर' उनको सर्वाधिक मन पराइएको प्रस्तुति रह्यो।
2022/01/20 05:42:35
https://sancharkendra.com/archives/142794
mC4
एजेन्सी : आँप धेरै नै स्वादिलो हुने भएकोले प्राय सबैलाई मनपर्छ । आँपमा पौष्टिक तत्व पाईने हुनाले यसको नियमित प्रयोग स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ । बच्चाहरु मात्र नभई सबै उमेरका मानिसहरुले आँप खानमा रुची राख्दछन् । साथै यसमा फ्लेभोनोइड र फेनोल जस्ता तत्वहरु पाईन्छ । र यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले आँपको पात रोगको उपचारको लागि प्रयोग गर्न सकिन्छ । मधुमेह : आँपको पातमा एन्थोक्यानिडिन्स पाईन्छ । जस्ले मधुमेह रोगको पहिलो चरणमा नै निको पार्न मद्धत गर्दछ । यसलाई निको पार्नको लागि निम्न विधि अपनाउन सकिन्छ । २) त्यसपछि यसलाई स–सानो टुक्रामा काटि पिसेर धुलो बनाउनुहोस् । यसको प्रयोगले मधुमेह रोगलाई पहिलो अवस्थामै निको पार्न मद्धत गर्दछ । छट्पटी : छट्पटीको समस्या उत्सुकताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा हामीले समस्याको समाधानको उपाय पाउन सकिरहेका हुदैनौं । र यो समस्या झनझन गहिरो हुने गर्दछ । र यस समस्याको समाधानको लागि आँपको पातको पानीले नुहाउन सक्नुहुन्छ । यसले शरीरलाई स्फुर्ति प्रदान गरी छट्पटको समस्यालाई हटाउँदछ । रक्तचाप : आँपको पातमा हाइपोटेन्सिभ गुण हुन्छ । जसले रक्तचापलाई घटाउन मद्धत गर्दछ । यस गुणले गर्दा रक्तनलीहरु पनि बलियो हुने हुन्छ । स्वासप्रश्वास सम्बन्धि समस्या : चिसो लाग्नु, दम, खोकी , र अरु थुप्रै श्वासप्रश्वास सम्बन्धि समस्याहरु हटाउनको लागि आँपको पात लाभदायक हुन्छ । एउटा भाँडोमा पानी हालेर आँपको पात र थोरै महलाई मिसाई उमाल्नुहोस् । यसको प्रयोगबाट खोकी र स्वर सुक्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ । आउँ: सुख्खा आँपको पातलाई धुलो बनाई पानीसँग खानुहोस् । यसको प्रयोग दिनको ३ पटक गर्नुहोस् । यसले आउँलाई रोक्दछ । पोल्नु : आँपको पातलाई बालेर खरानी बनाउनुहोस् । र यस खरानीलाई छालामा पोलेको ठाउँमा लगाउनुहोस् । यसले पोलेको दुखाईबाट आराम दिलाउँदछ । कान दुख्नु : कान दुख्ने समस्याको लागि आँपको पातको प्रयोग सजिलो तरिकाबाट गर्न सकिन्छ । सबैभन्दा पहिला आँपको पातको जुस बनाउनुहोस् । त्यसपछि एक चम्चा जुसलाई थोरै तताउनुहोस् । र चिसो भएपछि १ –२ थोपा कानमा राख्नुहोस् । यसबाट कान दुख्ने समस्याबाट छुट्कारा मिल्दछ ।
OSCAR-2019
बैंकहरु 'लाइन' मा आउदै, तोकिएको क्षेत्रमा बढाउदै लगानी – OnlineKhabar बैंकहरु 'लाइन' मा आउदै, तोकिएको क्षेत्रमा बढाउदै लगानी ४ जेठ, काठमाडौं । केही महिना अगाडी बाटो बिराएर नियम नै उल्लंघन ( कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी सीमा/सीसीडी रेसियो कटाएका) गरेका बैंकहरु 'लाइन' मा आउन थालेका छन् । हर्जानाको नयाँ व्यवस्था आएसँगै बैंकहरुको कुल कर्जामा उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने कर्जामा बिस्तार भइरहेको छ । गत पुस मसान्तमा बैंकहरुले यो शीर्षकमा कुल कर्जाको १५.३, माघमा १६.५ प्रतिशत र फागुनमा १६.९ प्रतिशत लगानी गरेका बैंकहरुले चैतमा थप वृद्धि गरेका छन् । गत चैतसम्ममा भने वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको १७.१ प्रतिशत अर्थात् ३ खर्ब १३ अर्ब रुपैयाँ लगानी गरेका छन् । बैंकहरुले असारसम्ममा यो क्षेत्रमा लगानी कुल कर्जाको २० प्रतिशत पुर्याउनुपर्ने हुन्छ । २०७३ असार मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १६.५८ प्रतिशत मात्र थियो । वाणिज्य बैंकहरुले तीन महिना (२०७४ असारसम्म) मा उत्पादनशील कर्जामा थप ५३ अर्ब लगानी नगरे आफुले ग्राहकसँग लिदै आएको अधिकत्तम ब्याज दरको आधारमा हर्जाना तिर्नुपर्ने भएको छ । बैंकहरुको कुल कर्जा लगानी भने १८ खर्ब ३३ अर्ब लगानी गरेका छन् । हर्जनाको नयाँ व्यवस्थासँगै बैंकहरुले यो शीर्षकमा कर्जा वृद्धि गरिरहेका हुन् । हुनत : राष्ट्र बैंकले बैंकहरुलाई तोकेको सीमा पुर्याउन सजिलो बनाउने उदेश्यले यो शीर्षक अन्तरगत थप केही प्रकृतिमा गएको कर्जालाई पनि समावेश गराउन सक्ने व्यवस्था गरेको थियो । त्यस्तै, असारसम्ममा बैंकहरुले उत्पादन क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत सीसीडी रेसियोमा गणना गर्न नपर्ने गरि सहुलियत समेत दिएको थियो । बैंकहरुसँग कर्जा लगानी योग्य रकम अभाव भएपछि राष्ट्र बैंकले यस्तो सहुलियत दिएको हो । कुनै नयाँ व्यवस्था भएन भने बैंकहरुले आगामी साउनपछि उत्पादनशील क्षेत्रमा अनिवार्य कुल कर्जाको २० प्रतिशत लगानी त गर्न पर्ने हुन्छ नै सीसीडी रेसियो गणनामा समेत यो शीर्षकको पुरै कर्जा गणना गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले गाडी तथा घर कर्जालाई अनु्त्पादक भन्दै अंकुश लगाउने प्रयास गरेपछि चालु आवको चैतमा यी क्षेत्रमा कर्जा बिस्तारमा पनि सुस्ति आएको छ ।
2017/09/24 10:29:08
https://www.onlinekhabar.com/2017/05/586547
mC4
साथीभाइहरूसँग इन्गेज हुन्छु, छोरीसँग खेल्छु - अन्तर्वार्ता - नारी साथीभाइहरूसँग इन्गेज हुन्छु, छोरीसँग खेल्छु घर होइन देश बनाउँदा कस्तो अनुभूति भैरहेको छ ? घर पनि सँगै बन्दैछन् । घर बन्दा एउटा परिवार मात्र खुसी हुन्छ तर देश बन्दा सम्पूर्ण देशवासी खुसी हुन्छन् त्यसको आनन्द बेग्लै हुन्छ । तपाईंहरूको अगुवाइमा चलिरहेको अभियानले जनतालाई खुसी बनाउँछ कि हँसाउँछ ? मुहारमा उज्यालो ल्याउने काम गर्छ । खुसी र आनन्दको अनुभूति गराउँछ । सहाराविहीनहरू कसैको साथ पाउँदा हाँसेकै हुन्छन्, खुसी भएकै हुन्छन् । खुसी र हाँसो एकसाथ सिर्जना हुन्छ । श्रीमान्–श्रीमती एक–अर्कालाई कत्तिको हँसाउनुहुन्छ ? हामी आपसमा हाँसिरहन्छौं, जिस्किरहन्छौं अनि खुसी पनि साट्छौं । उहाँले भन्दा मैले बढी हँसाउने प्रयास गर्छु किनभने उहाँ अलि गम्भीर प्रकृतिको हुनुहुन्छ । तपाईं अरूबाट के आशा गर्नुहुन्छ अर्थात् अरूले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? हाम्रो अभियानमा ज–जसले जसरी साथ दिइरहनुभएको छ त्यसले निरन्तरता प्राप्त गरोस् । देशमा कसैलाई दु:ख–पीडा तथा संकट आइनपरोस् । हामी सबै संकटमा एकजुट हौं, सहयोगी भएर अघि बढौं । तपाईंको सबैभन्दा नजिकको व्यक्ति को हो र किन ? एकजना मात्र भन्न सक्दिन । छोरी, श्रीमान्, अभिभावक तथा सारा नेपाली जनता किनभने उनीहरूको खुसीमै मेरो मन रमाउँछ । मेरो खुसीको स्रोत यिनै हुन् । तपाईं आफूलाई खुसी राख्न के गर्नुहुन्छ ? कहिले डान्स गर्छु, साथीभाइहरूसँग इन्गेज हुन्छु, छोरीसँग खेल्छु, श्रीमान्सँग समय बिताउँछु । अब गर्न बाँकी के छ जस्तो लाग्छ ? नमुना नेपाल हाम्रो प्राथमिकतामा छ । कामको दबाबले साथीभाइ एवं आफन्तबाट टाढा भएको अनुभूति भैरहेको छ, उनीहरूलाई समय दिन्छु । जतिसुकै समस्या आए पनि सकारात्मक सोचको विकास गर्दै कर्मक्षेत्रमा अघि बढ्ने इच्छा छ ।
2019/02/22 23:00:31
http://nari.ekantipur.com/news/2018-07-02/20180702121917.html
mC4
कोशी कोरिडोर विद्युत प्रसारणलाइन बन्यो « रिपोर्टर्स नेपाल कोशी कोरिडोर विद्युत प्रसारणलाइन बन्यो काठमाडौं, २० असोज । २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा आज एक कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्राधिकरणलाई विद्युत प्रसारणलाइन हस्तान्तरण भएको हो । कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिड.लाई परियोजना हस्तान्तरण भएको हो । समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो । १०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल १०.४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको छ । भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४.५ अर्ब रुपैयाँ परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण भएको छ । बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने जनाइएको छ । हस्तान्तरण कार्यक्रममा नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको चर्चा गरिन् । उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् । उनले गुणस्तरिय र समयमै निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु पावर ट्रन्समिसन लिमिटेडलाई धन्यवाद दिइन् । परियोजना सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासन प्रति पनि आभार प्रकट गरिन् । कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ ।
2021/10/25 21:08:46
https://www.reportersnepal.com/2021/10/597167
mC4
काठमाडौँ, ३० साउन । नेकपा–माओवादीले केन्द्रीय सदस्य पार्वती थापासहित १४ जनालाई आज प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुको तत्काल रिहाइको माग गरेको छ । माओवादी प्रवक्ता पम्फा भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा माइकिङ गरिरहेको अवस्थामा केन्द्रीय सदस्य थापासहित १४ जनालाई पक्राउ गरिएको उल्लेख छ । सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकारमाथि कुठराघात गरेको माओवादीले आरोप लगाएको छ ।
2022-12-04T23:04:58Z
https://www.enepalese.com/2015/08/38734.html
OSCAR-2301
प्रदेश नं २मा राजधानी र भाषाको विवाद चुलिँदै - प्रदेश नं २मा राजधानी र भाषाको विवाद चुलिँदै नेपालबहस संवाददाता २०७४, २८ माघ 62 Views २८ माघ, काठमाडौं । प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । चौधाँै शताब्दीको पूर्वाद्र्धदेखि नै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपालगायतका स्थानमा व्यापक प्रभाव थियो । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार सेन राजाको कामकाज मैथिली भाषामा हुन्थ्यो । १४औँ शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो । सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा अधिक गद्यपद्यको रचना गरेका थिए । विद्यापतिलाई रवीन्द्रनाथ टैगोरलेसमेत काव्य गुरू स्वीकार गरेका छन् । विद्यापति जनकपुरधामकै नजिक बनौली गाउँमा बास बसेका बेला भागवत् गीताको मैथिली अनुवाद र आधा दर्जन पुस्तक लेखेको प्रमाणिक आधार विद्यमान छ ।
2018/02/17 23:18:19
http://nepalbahas.com/?p=5936
mC4
तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ? – Damauli Online News २९ बैशाख २०७९, बिहीबार ०९:२१ काठमाडौं : अबको २४ घण्टाभन्दा पनि कम अवधिमा मतदान शुरु हुन्छ । शुक्रबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएकाले मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्छन् ।
2022/05/18 23:38:44
https://www.damaulionline.com/news/7414
mC4
सिल सीमाबारे दुवै देशका प्रबुद्धबीच छलफल | प्रतीक दैनिक - Prateek Daily Home समाचार स्थानीय सिल सीमाबारे दुवै देशका प्रबुद्धबीच छलफल सिल सीमाबारे दुवै देशका प्रबुद्धबीच छलफल प्रस, वीरगंज, ७ पुस/ खुला सीमाबारे मङ्गलवार ह्युमन राइट्स जर्नालिस्ट एशोसिएशनले पर्सा, बारा र भारतीय नागरिकहरूसँग भर्चुअल संवाद गरेको छ। लकडाउनसँगै नेपाल–भारत खुला सीमा सिल गरिएको र पछिल्लो समयमा भारतले एकतर्फीरूपमा आफ्नो सीमा खुला गर्दा पनि नेपालले सीमा खुला नगर्दा देखिएका समस्याबारेमा भर्चुअल संवादमा दुवैतर्फका सहभागीहरूले आआफ्नो कुरा राखेका थिए। नेपालतर्फबाट सहभागी ठाकुर राम बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक वीरेन्द्रप्रसाद साहले कोरोना सङ्क्रमणमा खुला सीमा बन्द गरिएको कारण नेपालको वीरगंज क्षेत्र कोरोना हटस्पट हुनबाट जोगिएको तर्क गरे। उनले भारतबाट आउनेहरूले कोरोना सङ्क्रमण फैलाउन सक्ने सम्भावना सीमा बन्दको कारण टरेको बताए। वीउवासङ्घका पूर्वअध्यक्ष अशोककुमार बैदले भारतीय सवारीसाधनको अभावमा वीरगंजवासीले महँगो दरमा भाडाका सवारीसाधन प्रयोग गर्नुपरेको बताए। उनले सीमा खुला गर्दा व्यापार सहज हुनुका साथै सवारीसाधनहरूको प्रयोगमा पनि सुविधा हुने तर्क गरे। प्रहरी उपरीक्षक गङ्गा पन्तले खुला सीमाको कारण नेपालबाट गाँजा, चरेस र भारतबाट प्रतिबन्धित नशालु औषधिहरू भित्रिने गरेको र यसबाट दुवैतर्फका मानिसलाई समस्या हुने गरेको भन्दै सोतर्फ सबैले ध्यान पु–याउनुपर्ने सुझाव दिइन्। भारत, रक्सौलका प्राध्यापक अनिल सिन्हाले नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध रहेको र लामो समयसम्म खुला सीमा बन्द हुँदा वैवाहिक तथा सामाजिक कार्य प्रभावित भएको बताए। उनले भारत र नेपालका नागरिकबीच वैवाहिक सिजनमा हजारौं विवाह हुने गरेको र सो कार्य सीमा सिल हुँदा प्रभावित भएको बताए। भारतले आफ्नो सीमा खुला गरेको लामो समयसम्म नेपालले सीमा बन्द गर्दा दुवै देशका नागरिकले सामाजिक कार्यमा समस्या झेल्नुपरेको उनको भनाइ थियो। भर्चुअल संवाद कार्यक्रममा नेपालतर्फबाट पूर्वप्रधानन्यायाधीश कल्याणबहादुर श्रेष्ठ, परराष्ट्रविद् भेषबहादुर थापा, पत्रकार अखिलेश उपाध्याय, नगरप्रमुख विजयकुमार सरावगी, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, बाराका पत्रकार लक्ष्मी साह, पर्साका पत्रकारहरू सुषमा शर्मा, तिवारी यादव, जियालाल साह, माधुरी महतो, आरके पटेललगायत सहभागी थिए भने भारत रक्सौलबाट उपेन्द्र तिवारी, महेश अग्रवाल, दीपक अग्निरथ, विजय गिरी, अरुण गुप्ता, विपिन कुशवाहा, राजेश केसरीवाललगायत सहभागी थिए।
2022/05/17 13:25:35
https://eprateekdaily.com/2020/12/22/7145/
mC4
बन्न सकेन कास्की दूधमा आत्मनिर्भर, दैनिक ३० लाख गुमाउदै - Pokhara News पोखरा न्यूज – २५, बैशाख । कास्की दूधमा आत्मनिर्भर बन्न नसक्दा अन्यत्रबाट रु तीस लाख मूल्य बराबरको दैनिक पच्चीस हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो । दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका साथै पर्यटक भित्रिने गरिएकाले पनि दूधको माग अत्यधिक हुने गरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले जनाएको छ । जिल्लाको समग्र ग्रामीण क्षेत्रमा दूधको उत्पादन हुने गरेको भए पनि व्यावसायिक दृष्टिकोणले पोखरा महानगरपालिकाका वडा नं २९, ३० र ३३ का साथै माछापुच्छ्रे गाउँपालिकामा पनि ठूलो परिमाणमा दुध उत्पादन हुने गरेको बताइएको छ । दूधको मागलाई आपूर्ति गर्न सबैभन्दा बढी स्याङ्जाबाट भित्रिने गरेको छ । यसका साथै नवलपरासी र रुपन्देहीबाट भित्रिने गरिएको सो कार्यालयले जनाएको छ । दूध उत्पादक सहकारी संस्था २५ रहेको कास्कीमा ३०९ गाईका फार्म र ३८३ भैंसीका फार्म अधिकारिक रुपमा दर्ता रहेका छन् । न्यूनतम पाँचवटा गाई वा भैँंसी भएपछि फार्मको रुपमा दर्ता गर्ने गरिएको छ । कतिपय फार्ममा दुई सय भन्दा बढी गाई तथा भैँंसी रहेका सो कार्यालयका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए। कास्कीमा किसानलाई पशुपालनतर्फ आकर्षित पार्नका लागि सरकारले अनुदान पनि दिने गरेको छ । गाई र भैंसी पाल्ने किसानको बस्तुस्थितिको अध्ययनका साथै प्रतिस्पर्धामा अनुदान दिने गरिएको हो । किसानको क्षमताअनुसार रु दुई लाख पचास हजार, रु दुई लाख र रु एक लाख पचास हजार रकम सरकारले अनुदान दिने गरेको छ । अनुदान रकम बराबरको रकम किसानलाई दिनुपर्ने नियम रहेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । सो कार्यालयले चालु आर्थिक वर्षमा ३९ फार्मलाई अनुदान दिने भएको छ । अनुदान दिएपछि कार्यालयले सो रकमको सदुपयोग भयो कि भएन् भन्ने विषयमा पटक/पटक अनुगमणसमेत गर्ने गरेको बताइएको छ ।
2019/08/24 00:33:40
https://www.pokharanews.com/2019/05/72233/
mC4
जापानमा आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना ! – Sourya Online सौर्य अनलाइन २०७७ मंसिर १८ गते १३:५४ मा प्रकाशित टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गरेका थिए। प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरुले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो । सरकारले सन् २०३० सम्ममा अति न्यून कार्बन उत्सर्जन गर्ने कार (विद्युतीय र हाइब्रिड) को बिक्रीलाई ५०–७० प्रतिशत पु¥याउने लक्ष राखेको छ । सन् २०१९ मा न्यून कार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ । गत सेप्टेम्बरमा अमेरिकी राज्य क्यालिफोर्नियाले सन् २०३० सम्ममा आफ्नो राज्यमा बिक्री गरिने कार शून्य–उत्सर्जनयुक्त हुनुपर्ने घोषणा गरेको थियो । यसैबीच बेलायतले अझ महत्वाकाँक्षी योजना अघि बढाएको छ । सन् २०३० सम्ममा बेलायतमा सबै प्रकारका पेट्रोल र डिजेल संचालित कारमाथि प्रतिबन्ध लगाउने बेलायत सरकारले घोषणा गरेको छ ।– रासस
2021/01/18 04:19:42
https://www.souryaonline.com/2020/12/332562.html
mC4
विदेशी लगानीकर्ताले खर्बौंको लगानी प्रतिबद्धता जनाए पनि मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था भने निराशाजनक भूकम्पको एक वर्षपछि ०७३ फागुनमा सरकारले आयोजना गरेको लगानी सम्मेलनमार्फत १३ खर्ब ५२ अर्ब रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता आयो । त्यसको दुई वर्षमै ०७५ चैतमा सरकारले अर्को लगानी सम्मेलन आयोजना गर्‍यो । उक्त सम्मेलनबाट १७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो । आर्थिक वर्ष ०७४/७५ मा उद्योग विभागमार्फत ५५ अर्ब ७६ करोड रूपैयाँको विदेशी लगानी प्रतिबद्धता आयो । त्यस्तै, आव ०७५/७६ मा २३ अर्ब ९४ करोड प्रतिबद्धता आएको विभागको तथ्यांक छ । चालू आव०७६/७७ को पाँच महिनामा मात्रै उद्योग विभागमार्फत १६ अर्ब ८३ करोडको विदेशी लगानी प्रतिबद्धता आएको छ । लगानी बोर्डमार्फत ३ वटा विदेशी कम्पनीले करिब २४ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् । दुई लगानी सम्मेलन, उद्योग विभाग, लगानी बोर्ड (६ अर्बमाथिको लगानी) मार्फत आएको लगानीको प्रतिबद्धता खर्बौं भए पनि मुलुक भित्रिएको लगानी भने नगन्य छ । प्रतिबद्धता जनाइएको मात्रै होइन, गत आवबाहेक स्वीकृत भएको एक तिहाई लगानी पनि मुलुकमा भित्रिन सकेको छैन (हेर्नुस्, इन्फो) । तर लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी भने पछिल्ला तीन वर्षमा लगानी क्षेत्रमा व्यापक सुधार भएको र त्यसको सन्देश विश्वमाझ पुगेको दाबी गर्छन् । "गत वर्ष मात्रै ४ गुणा विदेशी लगानी बढेको छ," उनी भन्छन्, "कानुनी झन्झट र प्रक्रियागत समस्या पनि कम हुँदै गएका छन्, यो वर्ष झन् बढ्ने अनुमान छ ।" विश्व बैंकको डुइङ बिजनेस इन्डेक्समा देखिएको सुधारले पनि मुलुकमा लगानी वातावरण बनेको प्रस्ट भएको अधिकारीको भनाइ छ । कुनै एक आर्थिक वर्षलाई अपवाद मान्न सकिए पनि समग्रमा विदेशी लगानी प्रवाहको अवस्था सन्तोषजनक छैन । गत वर्ष भने अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएपछि प्रत्यक्ष वैदेशिक लगानी बढेको देखिन्छ । १ खर्ब १४ अर्ब रूपैयाँ लगानीमा निर्माण हुन लागेको ९ सय मेगावाट क्षमताको उक्त आयोजनाका लागि गत वर्ष मात्रै १० अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । यो वर्ष करिब १६ अर्ब रुपैयाँ यही आयोजनाका लागि मात्रै भित्रिने लगानी बोर्डको अनुमान छ । ०४६ को राजनीतिक परिवर्तनसँगै अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बढ्दै गयो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, ०४९ लागू भएपछि परम्परागत सीपमा आधारित उद्योग, हातहतियार खरखजानाजस्ता केही सीमितबाहेक क्षेत्रमा वैदेशिक लगानीको बाटो खुल्यो । प्रत्यक्ष वैदेशिक लगानी खुला गरेको तीन दशक पुग्नै लाग्दा पनि वैदेशिक लगानी भित्र्याउने नेपालको स्थिति अन्य अल्पविकसित देशको तुलनामा कमजोर छ । अल्पविकसित देशमा प्रत्यक्ष वैदेशिक लगानी औसतमा अर्थतन्त्रको आकारको २.३ प्रतिशत छ । नेपालको ०.६ प्रतिशत मात्रै । नेपालको अर्थतन्त्रको आकार करिब ३२ खर्ब रुपैयाँको छ । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित अवस्थाबाट विकासशील मुलुकमा स्तरोन्नति हुने चुनौती छ । दिगो विकासका लक्ष्य हासिल नगरी यो चुनौती सामना गर्न सम्भव छैन । तर यी लक्ष्य हासिल गर्न देशमा वार्षिक स्वदेशी–विदेशी गरेर १८ खर्ब लगानी परिचालन आवश्यक छ, जुन भइरहेको छैन । विगतमा वैदेशिक लगानी नभित्रिनु र आर्थिक विकास नहुनुको मुख्य बाधक अस्थिर सरकारलाई मानिँदै आएको थियो । अहिले स्थिर र बलियो सरकार छ । लगानी वातावरण बनाउन सरकारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका काम पनि गरेको छ । लगानीसँग सम्बन्धित औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, श्रम ऐनलगायत कानुन पनि संशोधन भइसकेको छ । उद्योग व्यवसायका लागि अपरिहार्य विद्युत् समस्या छैन । विश्वभरका मुलुकको लगानी वातावरण अध्ययन गर्ने विश्व बैंकको 'डुइङ बिजनेस इन्डेक्स' मा पनि नेपालको स्थिति सुधारिएको छ । डुइङ बिजनेसमा यो वर्ष नेपाल १ सय १० बाट ९४ औँ स्थानमा उक्लिएको छ । वैदेशिक लगानीलाई सहज बनाउन उद्योग विभागमा एकल बिन्दु सेवा (एकद्वार प्रणाली) अपनाइएको छ । ६ अर्बमाथिका लगानी हेर्ने लगानी बोर्डमा पनि लगभग एकद्वार प्रणाली छ । बन्द–हडताल, आन्दोलन, ट्रेड युनियनको समस्या नभए पनि प्रतिबद्धताअनुसारको लगानी किन आउन सकेन ? अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्री प्रतिबद्धताअनुसारको लगानी नआए पनि पछिल्ला वर्षमा लगानी बढिरहेको बताउँछन् । "कानुनी जटिलता समाधान भएको र सरकारले पनि आर्थिक विकासको एजेन्डालाई प्राथमिकता दिएकाले अब लगानी थप विस्तार हुन्छ," खत्री भन्छन् । अर्थविद् डिल्लीराज खनाल भने प्रशासनिक झन्झट, प्रतिफलको सुनिश्चितता, सुरक्षालगायत कारणले लगानीकर्ता डराइरहेको बताउँछन् । "कागजी नभएर व्यावहारिक रूपमै लगानीकर्ताले सुरक्षा र सहजता खोजिरहेका हुन्छन्," उनी भन्छन्, "लगानीकर्ताले जोखिम र प्रतिफलको लेखाजोखा गरेर हेर्छन् । त्यसमा सरकारले विश्वस्त पार्न सक्नुपर्छ ।" निर्माण चरणमा रहेका आयोजनाको सुस्तता र स्वदेशी लगानी पनि अपेक्षित रूपमा नबढ्दा विदेशी लगानीकर्ता हच्किएको खनालको भनाइ छ । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी सरकारको अदूरदर्शी कदमले लगानीकर्तालाई निराश पारिरहेको बताउँछन् । "ठूला आयोजना विशेषगरी जलविद्युत् क्षेत्रमा कहिले एउटा लगानीकर्तालाई दिन सहमति गर्ने, कहिले फिर्ता लिएर अर्कोलाई दिने गरिँदै आएको छ," लोहनी भन्छन्, "सरकारको यस्तो ढुलमुले र अपरिपक्व निर्णयले समग्र लगानी क्षेत्रलाई निरुत्साहित गरेको छ ।" बूढीगण्डकी जलविद्युत् आयोजना, तामाकोसी–३ र पश्चिम सेती आयोजना यसका केही उदाहरण हुन् । छनोट प्रक्रियामा विचार नगरी यी आयोजना कहिले एउटा देशका लगानीकर्तालाई दिने, कहिले आफैँ बनाउने त कहिले अर्को देशका लगानीकर्तालाई दिने निर्णय हुँदै आइरहेको छ । लोहनी विदेशीलाई विश्वासमा लिन सकिए प्रशस्तै लगानी भित्र्याउन सकिने बताउँछन् । "प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन एकद्वार लगानी नीति, लगानी परिचालन तथा व्यवस्थापनमा सरलीकरण गर्न आवश्यक छ," उनी भन्छन्, "विशेष आर्थिक क्षेत्रलाई सहज र व्यवस्थित गरेर प्रत्यक्ष वैदेशिक लगानीलाई थप आकर्षित गर्न सकिन्छ ।" विदेशी मुद्रा भित्र्याउँदा अपनाइने प्रक्रिया पनि लामो र झन्झटिलो भएको लोहनीको भनाइ छ । आर्थिक जोखिम बढी भएको मुलुकमा बाह्य लगानीकर्ताले आफ्नो लगानी सहजै प्रवाह गर्न चाहँदैनन् । राजनीतिक स्थिरता एउटा महत्त्वपूर्ण पक्ष हो । त्योभन्दा मुख्य विषय सरकार चलाउनेको विश्वसनीयता र उनीहरूले तय गर्ने नीति हो । त्यसैले दुई ठूला छिमेकी प्रमुख बजार हुँदाहुँदै र ती दुवै मुलुकले अत्यधिक प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्दागर्दै पनि नेपालमा लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन् । सरकारले कानुनी जटिलता समाधान गरेको बताइरहे पनि बौद्धिक सम्पत्तिको संरक्षणलाई अझै सम्बोधन गर्न सकिरहेको छैन । "बौद्धिक सम्पत्ति अर्थात् ब्रान्ड लगानीकर्ताको मुटु हो, हाम्रोमा त्यही सुरक्षित छैन," अर्थविद् खनाल भन्छन्, "सरकारको इच्छाशक्ति भएर मात्रै हुँदैन, लगानीकर्ताले प्रतिफल सुनिश्चित देख्ने र चौतर्फी आफूलाई सुरक्षित देख्ने वातावरण हुनुपर्छ ।" नेपाली मुद्राको घट्दो प्रभाव, निर्माण स्थलमा भरपर्दो सुरक्षा दिन नसक्नु, वन तथा वातावरण मन्त्रालयसँग समन्वय नहुनु, जग्गा अधिग्रहणमा सहयोग नहुनुलगायत समस्याले पनि लगानीकर्ता ढुक्क हुन सकेका छैनन् । कर तिर्ने प्रक्रिया, लगानीका लागि स्वीकृति प्राप्त गरेपछि काम सुरु गर्दासम्म लाग्ने समय, नीति बन्ने तर कार्यान्वयन नहुने फितलो राज्य संयन्त्र, भइरहेका कामको प्रगति विवरण, मुलुकको वैदेशिक व्यापार स्थिति, लगानीकर्ताको संरक्षण, सम्झौता कार्यान्वयनको स्थितिजस्ता विषय सन्तोषजनक छैनन् । अर्को कुरा, एकाधबाहेक नेपालमा प्रवाहित हुने बाह्य लगानी ठूलो र आकर्षकभन्दा पनि खुद्रे बढी भएको देखिन्छ । यसले पनि ठूला लगानीकर्ता आकर्षित हुन नसकेको खनाल बताउँछन् ।
2022/01/18 11:12:48
https://nepalmag.com.np/economy/2019/12/31/20191231161858
mC4
विराटनगर–इटहरी–धरान सडकखण्ड निर्माणमा निरीक्षण गर्दा हिलो फोहोर पानीले सिमेन्ट मुछ्ने काम गरेको फेला | Our Biratnagar Home विशेष slider विराटनगर–इटहरी–धरान सडकखण्ड निर्माणमा निरीक्षण गर्दा हिलो फोहोर पानीले सिमेन्ट मुछ्ने काम गरेको... विराटनगर–इटहरी–धरान सडकखण्ड निर्माणमा निरीक्षण गर्दा हिलो फोहोर पानीले सिमेन्ट मुछ्ने काम गरेको फेला राजनैतिक आस्थाकै कारण कसैलाई पक्राउ गर्ने र यातनादिन नहुने - Nov 16, 2018 विराटनगर–इटहरी–धरान सडकखण्ड निर्माणमा ढिलाई हँुदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ भने अर्कातर्फ गुणस्तरीय काम हुन सकेको छैन । निर्माणमा ढिलाइ भइरहेको जनगुनासो बढेपछि विराटनगर महानगरपालिकाले विराटनगर–इटहरी–धरान सडक आयोजनाका प्रमुख विनोदकुमार मौवारसहितको टोलीसँग विराटनगर आसपासका काम भैरहेको क्षेत्रको निरीक्षण गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ लेनको सडक ५० मिटर चौडा हुनुपर्ने हो तर कोशी राजमार्गलाई छ लेन बनाउने भनिए पनि रानीदेखि इटहरीसम्म २७ मिटर र इटहरीदेखि धरानसम्म ३७ मिटरको बनाइँदैछ । विराटनगर रानीदेखि धरानसम्मको ४९ किलोमिटर राजमार्ग आर्थिक वर्ष २०७५÷७६ मा छ लेनको बनाइसक्नुपर्ने हो । योजनाको समयावधि सकिन लाग्दा पनि काम भने ३० प्रतिशत मात्र सकिएको छ । सिमेन्ट र बालुवा मुछ्दा सफा पानीले मुछ्नुपर्ने हुन्छ तर कोशी राजमार्गलाई छ लेनको बनाउने क्रममा जमेको हिलो फोहोर पानीले सिमेन्ट मुछ्ने काम भइरहेको छ । गुणस्तरीय कच्चापदार्थको प्रयोग नगरी लापरबाही गर्दा कमशल संरचना निर्माण भएको स्थानीयको भनाइ छ । स्थानीयले काम गुणस्तरहीन भैरहेको गुनासो गरेका छन् । योजनाको काम समयमै नसकिँदा सर्वसाधारणले सास्ती ब्यहोर्नु परिरहेको छ । आगामी असार मसान्तसम्म सकिनुपर्ने कामका लागि दुई अर्ब ५० करोड रूपैयाँ चाहिनेमा सरकारले चालु आर्थिक वर्ष ५९ करोड रूपैयाँ मात्र दिएको छ । सरकारले दिएको रकम सकिसकेकाले काम गर्न केही समस्या हुने प्रमुख विनोदकुमार मौवारको भनाइ छ । यता, विराटनगर महानगरपालिकाले भने व्यस्त सडकको ९ किलोमिटर छिटोभन्दा छिटो बनाउन आफूहरुले पहल गरेको जनाएको छ । योजना ल्याउने तर समयमा काम नसक्ने संस्कारले योजनाको लागत त बढ्नुका साथै सर्वसाधारणले लामो समयसम्म सास्ती ब्यहोर्नु परिरहेको छ । आमसर्वसाधारणलाई धुलो र हिलोबाट जोगाउन निर्माणलाई तीव्रता दिनु आवश्यक छ ।
2018/12/16 18:15:37
https://ourbiratnagar.net/2018/03/49692
mC4
'जय भोले'को पोस्टर सार्वजनिक काठमाडौं, असोज ९ । चलचित्र 'जय भोले' ले एकसाथ ४ पोस्टर सार्वजनिक गरेको छ । प्रदर्शन मिति तोक्दै फिल्म युनिटले पोस्टर सार्वजनिक गरेको हो । केही महिनायता चलचित्र 'छक्का पञ्जा ३' र 'जय भोले' जुध्ने भन्दै बजार तताएका थिए । दुवै फिल्मले दशैँमा आउने घोषणा गरेका थिए । यद्यपि केही दिनअघि मात्र चलचित्र 'छक्का पञ्जा ३' ले घटस्थापनाको दिनलाई 'छक्का पञ्जा ३' को रिलिज मिति तोकेको थियो । 'जय भोले' भने असोज ३० गते फूलपातीका दिन रिलिज हुने भएको छ । चलचित्र कमेडी शैलीको हो । यो चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल लगायतका कलाकारले अभिनय गरेका छन् । यसअघि फिल्म युनिटले सार्वजनिक गरेको गीत 'उम्लियो भने पोखिन्छ' दर्शकले रुचाएका छन् ।
2019/01/21 19:59:57
http://www.sulsule.com/news_details/26867/%E2%80%98%E0%A4%9C%E0%A4%AF-%E0%A4%AD%E0%A5%8B%E0%A4%B2%E0%A5%87%E2%80%99%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A4%B0-%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%9C%E0%A4%A8%E0%A4%BF%E0%A4%95.html
mC4
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित | ईमाउण्टेन समाचार सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित असार १४, २०७८ पढ्न ४ मिनेट कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि प्रस्तुत गरेको बजेट पारित गरेको हो । सुदूर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्व ३३ करोड बराबरको बजेट प्रस्तुत गरेका थियो । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपलाी कांग्रेस, जनता समाजवादी पार्टी जसपा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका प्रदेश सांसदहरुको असहमतिका बावजुत पनि बहुमतले बजेट पारित गरिएको हो । प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेका माधव कुमार नेपाल पक्षका प्रदेश सांसदहरुको समर्थनबाट बजेट बहुमतले पारित गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले गएको असार १ गते बजेट प्रस्तुत गरेका थिए भने बजेट माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ पनि उनैले दिएका छन् । बजेटमाथि छलफलका क्रममा सत्तारुढ माओवादी केन्द्र तथा एमालेकै सांसदहरुको विरोधकाबीच नै बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना फरक परेका योजनाहरु तत्काल सच्याउने प्रतिवद्धता समेत जनाएका थिए । सुदूरपश्चिम प्रदेश सभाका माओवादी केन्द्रका १३ र एमालेका नेपाल पक्षका १७ सांसदको समर्थनमा बजेट बहुमतले पारित भएको हो । नेपाली कांग्रेसका १२, एमाले ओली पक्षका ७ र जसपाका २ सांसदले भने बजेटको विरोध गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा जम्मा ५३ प्रदेश सभा सदस्य छन् ।
2021/11/28 20:47:56
https://emountaintv.com/ne/140259/
mC4
जग्गा भाडामा लिएर तरकारी खेती झापा-दमक नगरपालिकाका पप्पु चौधरीले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनी तरकारी मन्डीका सञ्चालक पनि हुन् । जिल्लामा उत्पादन घट्दै गएर उपभोक्ताको माग धान्न नसकेपछि चौधरीले आफैं तरकारी खेती सुरु गरेका हुन् । चौधरीले बुद्धशान्ति गाउँपालिका—६ शान्तिनगरमा ३२ कठ्ठा जग्गा भाडामा लिएर तरकारी लगाएका छन् । गत साउनबाट सुरु गरेको उनको तरकारी खेतीमा अहिले उत्पादन हुन थालेको छ । अलराउण्ड, हजार सन्ताउन्न, कविता, गौरव ५५५ जातको गोलभेंडा, काउली, पिपल र पाली जातको करेला, सागर जातको भेँडे खुर्सानी उनले लगाएका छन् । अग्र्यानिक तरकारी उत्पादन गर्ने दाबी गर्ने चौधरीले खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएर स्थानीय कृषकलाई उत्प्रेरण जगाउन सफल भएको बताए । "अहिले मैले गर्दै आएको व्यवसायका बारेमा सल्लाह लिन धेरै साथीहरू आउनुहुन्छ," उनले भने, "उत्पादनबाट आम्दानी लिन सुरु गरिसकेको छु ।" मल्चिङ प्रविधिमा खेती गरिएको यो फर्ममा दैनिक १० जनाले रोजगारी पाएका छन् । गाउँका धैरै युवा विदेसिएका कारण सिजनका बेलामा कामदारको अभाव हुने गरेको चौधरी बताउँछन् । महिलालाई दैनिक ३५० र पुरुषलाई ५०० रूपैयाँ ज्याला दिने गरेको फर्मले केही युवालाई मासिक तलब उपलब्ध गराएको छ । एउटै जातको तरकारी धेरै उत्पादन गर्दा बजारको अभाव हुने भएकाले सबै जाताको तरकारी मिलाएर लगाएको उनले बताए । फर्मलाई 'कर्मा ग्रुपअफ कम्पनी'ले प्रविधिक सहयोग गरिरहेको छ । कर्माले सहयोग गरेको फर्ममा विषादीयुक्त मलको प्रयोग हुँदैन । किरा मार्न विषादीकोे 'ट्राप' प्रयोग गर्ने गरिएको छ । उर्भरभूमि र सिँचाइको सुविधा भएको बुद्धशान्ति गाउँपालिकालाई तरकारीको पकेट क्षेत्रको रूपमा लिइने गरिएको छ । "बिहानैदेखि तरकारी खेतीको रेखदेखमा लाग्छु," चौधरीले भने, "समय गएको पत्तै हुँदैन, व्यवसाय राम्रोसँग चलेको छ ।" परम्परागत कृषि प्रणालीको अन्त्य गरी आधुनिक प्रविधिबाट अग्र्यानिक व्यवसाय सुरु गरेको उनी सुनाउँछन् । जमिनमा लगातार एउटै तरकारीको खेती, अत्यधिक विषादीको प्रयोगलगायतका कारण तरकारीको उत्पादनमा कमी आएको स्थानीय बताउँछन् । सिँचाइको सुविधा राम्रो भएकाले पनि उत्पादन बढीरहेको छ । उनले भने, "बाह्रै महिना आफ्नै खेतबारीमा तरकारी फलेको देख्दा यस व्यवसायबाट सन्तुष्टि मिलेको छ ।" तरकारी व्यवसायले आफ्नो जीवनमा परिवर्तन ल्याएको उनको भनाइ छ । राम्रो आम्दानी लिनका लागि बेमौसमी तरकारी खेती लगाउनुपर्ने उनको अनुभव छ । उनी भन्छन्, "कृषिप्रधान देश नेपालका कृषक नै तरकारी किनेर खान्छन्, यसले गर्दा हाम्रो देशको परिचय गुम्ने सम्भावना छ ।" व्यवसायमा सफलता प्राप्त गर्नु छ भने काममा लगनशील भएर लाग्नुपर्ने उनी बताउँछन् । उत्पादित तरकारीलाई ठूलो बजारमा बिक्री गर्न ढुवानीका लागि लाग्ने खर्चले गर्दा आफू जस्ता व्यवसायीलाई व्यवसाय गर्न केही समस्या परेको उनले बताए । तरकारीले जसरी मानिसको जीवन बदलिदिन्छ त्यसैगरी चौधरीको जीवनस्तर पनि परिवर्तन गरिदिएको छ ।
2019/05/24 21:08:35
https://www.karobardaily.com/news/country/13510
mC4
चितवनमा यसवर्षको दसैँ : जिल्लामै उत्पादित खसीबोकाले पुग्ने प्रक्षेपण – Chitwan Post Daily | चितवन पोष्ट दैनिक चितवनमा यसवर्षको दसैँ : जिल्लामै उत्पादित खसीबोकाले पुग्ने प्रक्षेपण २०७७ आश्विन ३०, शुक्रबार ०८:०८ गते भरतपुर । यसवर्षको दसैँमा चितवन जिल्लामा उत्पादन भएको खसीबोकाले जिल्लालाई पुग्ने प्रक्षेपण गरिएको छ । चितवनका मुख्य बजार भरतपुर, नारायणगढका व्यवसायीहरुले कोरोना कहरका कारण खसीबोकाको खपत ज्यादै कम हुने भएकाले चितवन जिल्लाकै उत्पादनले पुग्ने प्रक्षेपण गरेका हुन् । गत वर्षका दसैँहरुमा चितवनका खसीबोका व्यवसायीहरु खसीबोका लिन चितवनको पहाडी भेगमात्रै नभएर तराईका विभिन्न जिल्ला हुँदै भारतसम्म पुगेका थिए । अहिलेको दसैँमा खसीबोकाको खपत ज्यादै कम हुने भएकाले यहाँका व्यवसायीहरु कतै जान नपर्ने बताउँछन् । खसीबोका मासु व्यवसायी संघ चितवनका अध्यक्ष उद्धव तिमिल्सिनाका अनुसार खसीबोकाको माग यसवर्ष विगतको तुलनामा आधाभन्दा पनि कम हुने भएकाले जिल्लाकै उत्पादनले पुग्ने विश्वास गरिएको छ । अध्यक्ष तिमिल्सिनाले भने, 'विगतमा हामी भारतसम्म खसीबोका लिन गएका थियौँ, अहिले जाने अवस्था पनि छैन, जानपर्ने बाध्यता पनि छैन, यहीँको उत्पादनले काफी पुग्छ ।' यहाँ उत्पादन भएका खसीबोकाहरु काठमाडौँ, पोखरा पनि गइरहेको उनले बताए । खसीबोका मासु व्यवसायी संघ चितवनका अनुसार गत वर्ष दसैँको घटस्थापनादेखि पूर्णिमासम्म (१५ दिन) चितवन जिल्लामा १५ हजार हाराहारीमा खसीबोका खपत भएको थियो । घरमा पालेर घरमै खपत गरिएका खसीबोका गणना नगर्दा पनि १५ हजार खसीबोका विगतका दसैँमा बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले भने, 'यसपटक विगतका वर्षको तुलनामा आधा पनि खपत हुने संकेत देखिएको छैन, किसानहरुले फोन गरेर खसी लिन बोलाइरहेका छन्, अहिलेसम्म हामी जान सकेका छैनौँ, अहिलेको दसैँ केकस्तो हुने हो अन्योल छ जसका कारण खसीबोका उठाउन सकेका छैनौँ ।' उनले घटस्थापनादेखि चितवनका व्यवसायीहरुले किसानको खसीबोका उठाउन सुरू गर्ने बताए । उनले भने, 'विगतका वर्षहरुमा जस्तो दसैँको कुनै उत्साह छैन, कुनै इष्टमित्रको आवतजावत पनि हुँदैन, प्रशासनले पनि घरभित्रै बसेर दसैँ मनाउनू भनेको हुनाले खसीबोकाको पनि बिक्री कम हुने अनुमान गरेका छौँ ।' यसवर्ष मुस्किलले चितवन जिल्लामा व्यवसायीबाट पाँच हजार खसीबोका बिक्न पनि गाह्रो पर्ने व्यवसायीहरुको भनाइ छ । जिल्लामा दर्जनौँ सहकारीहरुले बाख्रापालन गरेका छन् । चितवनको पहाडी वडाहरुमा बाख्रापालनमा लागेका एक दर्जनको हाराहारीमा सहकारीहरु रहेका छन् । खसीबोका मासु व्यवसायी संघले जिल्लामा दर्ता भएका मासु पसलबाट निकालेको तथ्याङ्कअनुसार गत वर्ष चितवनमा झन्डै डेढ करोड बढीको खसीबोकाको कारोबार भएको थियो । यसवर्ष ५० लाखको कारोबार हुने प्रक्षेपण गरिएको छ । यसवर्ष कोरोना कहरका कारण चितवनका खसीबोका मासु पसलहरुले च्याङ्ग्रा ल्याउने योजनासमेत बनाएका छैनन् । गत वर्ष व्यवसायीहरुले दुई हजारको हाराहारीमा च्याङ्ग्रा चितवन भिœयाएका थिए । यसपटक जिल्लामा च्याङ्ग्रा ल्याउने÷नल्याउने विषय पनि अन्योल नै छ । यतिबेला चितवनका मासु व्यवसायीहरुले फाट्टफुट्ट चितवनका पहाडी क्षेत्रमा सहकारीहरुले उत्पादन गरेका खसीबोका बेचिरहेका छन् । भरतपुर र नारायणगढका व्यवसायीहरुले जिल्लाका पहाडी क्षेत्र कविलास, शक्तिखोर, सिद्धि, काउले, कोराकका सहकारीबाट खसी ल्याउने योजना बनाएका छन् । संघका महासचिव गणेशप्रसाद कँडेलले यतिबेला जिउँदो खसी प्रतिकिलो ६०० रूपैयाँ र मासु ११ सय रूपैयाँ किलो पुगेको जानकारी दिए ।
2020/10/20 22:58:30
https://echitwanpost.com/118340/2020101608/08/04/
mC4
जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ । घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन् । अर्का व्यक्तिको भने नाम खुलाइएको छैन । खेतमा गहुँ खान आएको बँदेललाई धपाउँदै गर्दा उल्टै झम्टिएको स्थानीयवासीले बताएका छन् । आक्रमणमा परी कुँवरको दायाँ खुट्टामा घाउ लागेको छ भने आक्रमणपछि खेतबाट करिव ५० मिटर तल लडेका छन् । पिरमजलाको खुट्टा र पिठ्युमा सङ्गीताको हातखुट्टा र पिठ्युमा चोट लागेको छ । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ । कुँवरको भने बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीयवासी सुरेश कुँवरले जानकारी दिए ।
2021/02/27 15:56:49
https://www.lokaantar.com/story/131603/2021/1/23/badel-
mC4
४ लेनको बन्दै मुग्लिन–पोखरा सडकखण्ड , २८ अर्व लाग्ने | इच्छा खबर | ४ लेनको बन्दै मुग्लिन–पोखरा सडकखण्ड , २८ अर्व लाग्ने मुग्लिन , १५ जेठ । करिव ५ दशकअघि बनेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड पहिलो पटक स्तरोन्नी हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले तीन बर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक सामान्य मर्मत गरेपनि पूर्ण स्तरोन्नती भएको थिएन । यसका लागि सडक बोर्डले राजमार्गको मापदण्ड अनुसार जग्गा अधिग्रहण गरिसकेको छ । सडक निर्माणका लागि एडीबीले सहमति जनाईसकेको छ । केही दिनमा सम्झौता गरेर टेण्डर प्रक्रियामा लैजाने सडक बोर्डका तर्फबाट एडीबीका प्रोजेक्ट डाईरेक्टर दीपक श्रेष्ठले जानकारी दिए । 'शहरी क्षेत्रमा ६ लेनको सडक बन्छ । अरु ठाउँमा डेडिकेटेड ४ लेन हुन्छ,' उनले भने, 'एडीबीले ऋण दिन सहमति जनाएको छ । छिटै प्रक्रियामा जान्छ ।' उनीहरुलाई मुआब्जा दिएर हटाउने आयोजनाले जनाएको छ । १३ वटा बजारमा मापदण्डभित्र बढी घर छन् । आँबुखैरेनी, विमलनगर, डुम्रे, घाँसीकुवा, दमौली, खैरेनीटार, दुलेगौंडा, बेलचोतारा, गगनगौंडा, बिजयपुर, लेखनाथ, तालचोक र पोखराका घर टहराहरु हटाउनुपर्ने अध्ययन प्रतिवेदनमा छ ।डिएनए नेपालबाट सभार
2021/10/16 05:22:51
https://www.ichchhakhabar.com/2019/05/6551/
mC4
भारतको बेतालपुरबाट रुपन्देहीको भलवारीस्थित डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा निगमका कर्मचारीकै संलग्नतामा बाटोमै इन्धन चोरी हुने गरेको अनुसन्धानमा भेटिएपछि अख्तियारले २०७१ भदौ ३१ मा मुद्दा दायर गरेको थियो । न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको हिजकोइजलासले फैसला सुनाएको हो। अदालतले इन्धन कारोबारीहरू सुरेशप्रसाद उमरलाई १ वर्ष जेल र विनोद उप्रेती, विकास क्षेत्री तथा रामचन्द्र अधिकारीलाई ३–३ महिना जेल सजायको फैसला गरेको छ । इन्धन ओसारपसारकै क्रममा बेचबिखन गर्ने १० जना गाडीचालकलाई १५ दिनको जेल सजाय हुने फैसला भएको विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो।
2021-03-01T01:32:24Z
https://nepalipatrika.com/2021/01/25/89170/
OSCAR-2109
मार्दी हिमाल ट्रेक जुनसुकै बेला गर्न सकिन्छ तर अक्टोबर र मार्च भने सुविधाजनक यात्रा हुन्छ । यो हिमालको पदयात्रा कम सुनिएको भए पनि असाध्यै सुन्दर पदयात्रा छ । रोचक कुरा के छ भने यो यात्रा अन्य हिमाल जस्तो गाह्रो पनि छैन । खर्चका हिसाबमा पनि…
2022-12-05T13:36:32Z
https://sahityapost.com/tag/%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%80/
OSCAR-2301
गैंडाका लागि वनभित्र पोखरी र ताल बनाउँदै स्थानीय मंगलबार, असार १, २०७८ १०:३१:४० युनिकोड बुधवार, बैशाख ३, २०७७ रमेश बस्ताकोटी , नवलपुर : लकडाउनका बेला सबै मानिसहरु घरभित्रै छन् । तिन हप्ता अघि लकडाउन सुरु भएपछि मानिसहरु फुर्सदमा पनि छन् । तर नवलपुरको अमलटारीका नागरिकहरु भने वेफुर्सदिला बनेका छन् । उनिहरु नजिकैको मध्यवर्ती सामुदायिक बनमा गैंडा र अन्य वन्यजन्तुका लागि पोखरी र ताल निर्माणमा व्यस्त छन् । चितवन राष्ट्रीय निकुञ्जको पश्चिम सेक्टर अन्र्तगत पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक बवले वन्यजन्तुहरुको लागि उचित प्रवन्ध सहितको आहाल खेल्ने पोखरी निर्माण गर्न सुरु गरेको हो । "प्राकृतिक रुपमा भएका तालहरु सुक्न थाले , त्यसलेगैंडा लगायतका वन्यजन्तुहरुलाइृ समस्या भयो , त्यही भएर हामीले पोखरी निर्माण सुरु गरेका हौं । " गुन्द्रही ढकाहा सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले सत्यकलम संग भने । उनले गाउँमा पालो लगाएर केहि सिमित मानिसहरु वन जाने र पोखरी निर्माणमा खट्ने गरेको सुनाए । उनले भने," हामी सचेत छौं , सिमित टोली बनाउँछौ र सुरक्षाका सबै प्रवन्ध गरेर मात्र वन जान्छौं । मास्क सेनिटाईजर लगायत सबै प्रवन्ध गरेर जान्छौं । सामाजीक दुरी पनि कायम गरेका छौं । " उनले आफुहरुको वन क्षेत्र गैंडाका लागि अति उत्तम वासस्थान भएकाले पनि त्याहाँ ताल तथा पोखरीहरु निर्माण गर्न आबश्यक परेको बताए । जंगल भित्र प्राकृतिक रुपमा भएका ताल तथा पोखरीहरुमा वोरिङ्गबाट पानी तानेर पानी हाल्ने काम भईरहेको बताए । त्यस्ता पोखरी तथा तालहरुको सफाईको काम पनि भईरहेको उनले सत्यकलमलाइ जानकारी दिए । "वन समितिले उपभोक्ताहरुलाइ पालो लगाएको छ , सोही अनुसार काम हुन्छ । " उनले भने । हाम्रो गाउँमा बाहिरका मान्छे आएका छैनन् ।" "हामीले प्रवेश पनि दिएका छैनौं । हामीले आन्तरिक रुपमा संरक्षणको काम गरिरहेका छौं ।" महतोले सुनाए । कावासोती नगरपालिकाका उपप्रमुख तथा संरक्षणकर्मी प्रेमशंकर मर्दनीयाले बडो सावधान िपुर्वक खाली समयको सदुपयोग गर्दे बन्यजन्तुका लागि पोखरी तथा ताल निर्माण गरिरहेको बताए । गुन्द्रही ढकाहा मध्यवर्ती वनका पुर्व अध्यक्ष समेत रहेका मर्दनीयाले भने,"गर्मी लागेपछि ताल तथा पोखरीहरु सुक्छन् , जसका कारण वन्यजन्तुलाई समस्या हुन्छ । आहालको खोजीमा वन्यजन्तु टाढा जाने र वस्ती समेत प्रवेश गर्ने जोखीम हुन्छ । त्यसकारण यो व्यवस्थापन गरिएको हो ।" उनले ताल तथा पोखरीको सरसफाई र निर्माणमा खट्ने स्थानीयहरुका लागि सुरक्षाको उचित प्रवन्ध गरेको बताए । अमलटारीमा रहेको होमस्टे नेपालकै उत्कृष्ट होमस्टे हो । यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकले सोही बनमा प्रवेश गरि वन्यजन्तुहरुको अबलोकन गर्ने गर्दछन् । "लकडाउनका बेला मानिसहरु फुर्सद्मा छन् , हामी भने संरक्षणको काममा लागेका छौं । " अध्यक्ष महतोले भने । उनले सरकारले जारी गरेको लकडाउनलाई आफुहरुले उलंघन गरेको नभई त्यसको सदुपयोग गर्दे उचित सुरक्षाका प्रवन्ध सहित संरक्षणको काम गरेको सुनाए । अमलटारी क्षेत्र पछिल्लो समय पर्यटकहरुका लागि आकर्षणको केन्द्र विन्दु बन्दै आएको छ ।
2021/06/15 16:46:40
https://www.satyakalam.com/society/788?fbclid=IwAR07oN3Mm7EDuGyxUBpi4qupPMPKmHTRbIvIJVVS3KSLFvGD8-P2isC_LRs
mC4
प्रकासित मिति : २८ श्रावण २०७७, बुधबार प्रकासित समय : ०८:४४ काठमाडौं,साउन २८ । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानुन र विकास मञ्च ले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । मञ्चले ऐनमा आवश्यक संशोधन गरी नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक तुरुन्त पारित गर्न माग गर्दै लागि सर्वोच्च अदालतमा परमादेश माग गर्दै रिट दायर गरेको थियो । सो रिटमा अदालतले श्रावण २६ मा विपक्षीका नाममा अग्राधिकारसहितको कारण देखाउ आदेश जारी गरेको हो । नागरिकता प्रमाणपत्र राष्ट्रले व्यक्तिको अस्तित्वलाई पुष्टि गर्दै प्रदान गरिने कानुनी पहिचानको दस्तावेज हो । जसले व्यक्ति र उक्त राष्ट्रबीचको कानुनी सम्बन्ध स्थापना गर्ने दस्तावेज मात्र नभई अन्य धेरै मूलभूत मानव अधिकार प्राप्त गर्नका लागि आवश्यक आधारशीला नै हो । नेपालको संविधानको धारा १ ९१०ले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने कुराको सुनिश्चितता गरेको छ ।राजधानीबाट,
2021/05/06 13:42:51
https://www.hamroonline.com/2020/08/31921
mC4
च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले हात पारे – BishalChautari | Champ Chitwan काठमाडौं, २०७५ बैशाख १२,बुधलबार। च्याम्प चितवन २०७५ को सेलिसा आचार्य र अभियान पौडेलले हात पारेको छन् । गैडाकोटको नारायणी नदी कनिारमा रहेको होटल नारायणी रिर्साेर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलेस्ता आचार्य र बालक तर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् । उपाधिसगैँ नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, सीनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरेका थिए । भने बालक तर्फ फष्ट रनर अफमा आर्यन पोख्रेरल र सेकेण्ड रनर अफमा संयोग शर्मा घोषित भएका थिए । प्रतियोगितामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिनमा अनु र मिस्टर टिनमा आयुषले उपाधी हात पारेका थिए । सो अवसरमा टिनका उपाधि विजेतालाई नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै प्रतियोगिताको टिन तर्फको फष्ट रनर अफमा एपिसा अधिकारी र सेकेण्ड रनर अफमा साहिसा सापकोट घोषित भएकी थिईन् । प्रतियोगितामा यस पटक प्रेतियोगीहरुले आफ्नी मम्मीसगैँ डान्स गरेर सबैलाई चकित समेत पारेका थिए । होलीडेज क्रियसन होम प्रालिको आयोजनामा भएको प्रतिस्पर्धामा ४८ जना बालवालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा बालवालिकाहरुले आ–आफ्नो क्षमता प्रस्तुत गरि सबै दर्शकहरुलाई चकित पारेका थिए ।
2020/04/04 19:03:30
https://www.champchitwan.com/2018/04/26/%E0%A4%9A%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%AA-%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A4%B5%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AB-%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%AA%E0%A4%BE-2/
mC4
निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा नेपाल बैंक पहिलो « Deshko News नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्घि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । अहिले बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयां पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयां पुगेको छ । फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयांले बढेको छ भने कर्जा प्रबाह १७ अर्ब रुपैयांले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ । नेपालभर २१३ शाखाहरु, १४७ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको बजारीकरण तथा अनुसंधान डिभिजन प्रमुख, अर्जुन बहादुर कंडेल बताउनुहुन्छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेड प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेपकर्ताहरुको आकर्षण बढिरहेको छ ।
2022/05/17 19:50:58
https://www.deshkonews.com/archives/134727
mC4
काठमाडौं—तराई मधेस द्रुतमार्गमा अनियमितताः पूर्व र वर्तमान आयोजना प्रमुख छानबिनमा - Khabar Break | Khabar Break काठमाडौं—तराई मधेस द्रुतमार्गमा अनियमितताः पूर्व र वर्तमान आयोजना प्रमुख छानबिनमा कात्तिक २२ – काठमाडौं—तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को परामर्शदाता कम्पनी छनोटमा अनियमितता भएको आशंकामा नेपाली सेनाले तत्कालीन आयोजना प्रमुखदेखि वर्तमान आयोजना प्रमुखसम्मलाई छानबिनमा तानेको छ । 'आयोजनाको परामर्शदाता कम्पनी छनोटका विषयमा उजुरी आएपछि तत्कालीन आयोजना प्रमुख खाँड र वर्तमान प्रमुख श्रेष्ठमाथि सैनिक कानुनअनुसार छानबिन थालिएको छ, दोषी देखिए कारबाही हुन्छ,' सैनिक प्रवक्ता पाण्डेले भने । अनियमितताको उजुरीपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले छानबिन गर्न बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा छानबिन समिति बनाएका छन् । यस्तै, आयोजना प्रमुखको जिम्मेवारी हाल महासेनानी विकास पोखरेललाई दिइएको छ । प्रवक्ता पाण्डेले उजुरीपछि छानबिनको निष्कर्ष नआउँदासम्म जिम्मेवारीमा राख्नु जायज नभएकाले छानबिन अवधिसम्मका लागि जिम्मेवारीबाट हटाइएको र दोषी देखिए कारबाही हुने नभए पुनः जिम्मेवारीमा नै फर्किन सक्ने बताए । श्रेष्ठलाई एक महिनाअघि नै जिम्मेवारीबाट हटाइएको थियो । तत्कालीन प्रमुख खाँडले भने गत १३ असारमा नै अवकाश पाइसकेका छन् । त्यसपछि श्रेष्ठ आयोजना प्रमुख बनेका थिए ।तर, सैनिक कानुनअनुसार अवकास पाइसकेको भए पनि कुनै पनि विषयका लागि आवश्यक परे १ सय ८० दिनसम्म अनुसन्धानमा ल्याउन सक्ने व्यवस्था छ ।छानबिनका लागि बलाधिकृत रथी गिरीको नेतृत्वमा रहेको समितिले हाल आयोजनाका पुराना कागजातको अध्ययन गरिरहेको छ । ६ परामर्शदाता कम्पनीको टेन्डर रद्द नेपाली सेनाले डीपीआर तयार नहुँदै द्रुतमार्गको पुल तथा सुरुङको अध्ययनका लागि छनोट भएका ६ वटा विदेशी परामर्शदाता कम्पनीको टेन्डर रद्द गरेको छ । डीपीआर नै तयार नहुँदै आयोजना प्रमुखले परामर्शदाता कम्पनी छनोट गरेको उजुरीपछि सेनाले अध्ययनका लागि छानिएका ६ वटा विदेशी कम्पनीको टेन्डर गत असोजमा नै रद्द गरेको हो । टेन्डर रद्द भएका कम्पनीहरूमा कोरिया र स्पेनको संयुक्त कम्पनी सुसुङ इन्जिनियरिङ एन्ड कन्सल्टेन्ट कम्पनी, सिंगापुर र कोरियाको संयुक्त कम्पनी मेनहर लिमिटेड, अमेरिकाको लुइस वर्जरसहित, पोर्चुगल, कोरिया र भारतको संयुक्त कम्पनी, कोरिया र स्वीटजरल्यान्डको संयुक्त कम्पनी तथा कोरियाको अर्को एक कम्पनी गरी ६ वटा छन् । पुरानो टेन्डर रद्द गरेपछि सेनाले पुनः नयाँ टेन्डर खोलेको थियो । जसअनुसार २२ विदेशी परामर्शदाता कम्पनीले परामर्शका लागि इच्छा देखाएर ईओआई दर्ता गरेका छन् । ईओआई दिने नयाँ कम्पनीहरूमा सातवटा चिनियाँ, पाँचवटा कोरियन, तीनवटा भारत तथा स्पेन, सिंगापुर, टर्की, बेलायत, अमेरिका, फ्रान्स, र अस्ट्रेलियाका एक÷एक गरी २२ कम्पनी छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार बिहीबार मात्रै उनीहरूको इच्छापत्र खोलिएको र उनीहरूमध्ये ६ वटा कम्पनी दुई साताभित्र छनोट गरेर प्रस्तावना माग गरिनेछ ।यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
2020/05/26 16:26:33
https://www.khabarbreak.com/2019/11/08/%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C%E0%A4%82-%E0%A4%A4%E0%A4%B0%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A4%A7%E0%A5%87%E0%A4%B8-%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A5%81%E0%A4%A4/
mC4
१६ वर्षीया किशोरी सुस्मिता एक दिने गाउँपालिका अध्यक्ष बनेपछि… (भिडियो रिपोर्टसहित) – Himalaya Television Himalaya Television Feel the next generation समाचार होमपेज राजनीति राष्ट्रिय – समाज राष्ट्रिय खबर आर्थिक खेलकूद अन्तर्वार्ता समय सन्दर्भ होमपेज राजनीति राष्ट्रिय खबर आर्थिक अन्तर्वार्ता कला/मनोरञ्जन खेलकूद समय सन्दर्भ विदेश About Us News Advertise With Us Contact Us Main News १६ वर्षीया किशोरी सुस्मिता एक दिने गाउँपालिका अध्यक्ष बनेपछि… (भिडियो रिपोर्टसहित) हिमालय टिभी २०७८ भदौ ३० गते २१:०६ ३० भदौ २०७८ मोरङ । ५७औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मोरङको बुढीगंगा गाउँपालिकाले १६ वर्षीया किशोरी सुस्मिता ऋषिदेवलाई एक दिने अध्यक्ष बनायो । किशोर किशोरीलाई राजनीतिक चेतना र दलित तथा विपन्न समुदायलाई सबलिकरण गराउने उद्देश्यले एक दिने गाउँपालिका अध्यक्ष बनाइएकी सुस्मिताको अनुभव कस्तो रह्यो ? अध्यक्ष बनेर उहाँले के कस्ता कार्य गर्नुभयो ? बाल दिवसको अवसर पारेर मोरङको बुढीगंगा गाउँपालिकाले एउटा उदाहरणीय काम गरेको छ । दलित समुदायकी किशोरी सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्ष बनाएर आर्थिक र प्रशासनिक बाहेकका अधिकार दियो । कक्षा १२ मा पढ्दै गरेकी सुस्मिताले कहिले पनि जनप्रतिनिधि बन्ने कल्पना समेत गर्नु भएको थिएन । तर उहाँले यो अवसर पाउनुभयो । उहाँले औपचारिक रुपमै पदभार ग्रहण मात्र गर्नुभएन, स्वास्थ्य चौकी र विद्यालयसमेत अनुगमन गर्नुभयो । अनि सुधारका लागि निर्देशन समेत दिनुभयो । दलित समुदायकी एउटी किशोरीलाई प्रतिनिधि पात्र बनाएर गाउँपालिकाले किशोर किशोरीमा राजनीतिक चेतना र पिछडिएको समुदायलाई जनप्रतिनिधिको महत्वबारे बुझाउने प्रयास गरेको हो । स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्ने अनुभूति दिलाउन यस्तो अभियान चलाइएको हो । युवा तथा बालबालिकाको राजनीतिप्रतिको दृष्टिकोण परिवर्तन गराउनका लागि यस्तो अभियान महत्वपूर्ण छ ।
2022-11-26T18:37:51Z
https://www.himalayatv.com/2021/09/15/47890/
OSCAR-2301
सम्झनलायक किरणको समाजसेवा : RajdhaniDaily.com - Home प्रदेश प्रदेश ३ सम्झनलायक किरणको समाजसेवा सम्झनलायक किरणको समाजसेवा काठमाडौं । लकडाउनमा समस्यामा परेकालाई धेरैले विभिन्न स्थान राहत वितरण गरे । चाहिने ठाउँमा भन्दा नचाहिने स्थानमा राहत वितरण भयो भनेर धेरैतिर आलोचना सुन्नमा पनि आयो । दैनिक ज्यालादारी र श्रमिक बसोबास गर्ने स्थानमा खाद्यन्न र स्वास्थ्य सामग्री वितरण गर्ने स्वयसेवकले भने स्वायबासी पाए । यसरी सबैतिरबाट स्याबासी पाउने स्वयसेवकमध्येका एक हुन् बुढानीलकण्ड– १० का किरण गुरुङ । श्रमिकलाई खाद्यन्न, वडावासीलाई मास्क र सेनिटाइजर तथा स्वास्थ्य समस्यामा परेकालाई अस्पतालसम्म पु-याएर किरणले सबैतिरबाट स्वायवासी पाएका हुन् । समाजसेवामा उनी यसरी सक्रिय छन् जसको स्याबासी र प्रशंसाले मात्र पुग्दैन, पुरस्कृत नै गर्नुपर्ने व्यक्तित्व उनले निर्माण गरिसकेका छन् । कपन साततले क्षेत्रका गुरुङले सुरुका दिनमा मास्क र सेनिटाइजर वितरण गरे । व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने मास्क र सेनिटाइजर गुरुङले बुढानीलकण्ड– १० नम्बरको लगभग वडाभरि नै निःशुल्क वितरण गरेका थिए । त्यसपछि वडा कार्यालय र विभिन्न संघसंस्थासँग समन्वय गरेर उनी राहत वितरणमा सक्रिय भए । काठमाडौं निर्वाचन क्षेत्र ४ मा रहेको कपन साततले र त्यस वरपरको क्षेत्रमा खाद्यन्न, खाना र स्वास्थ्य सामग्री वितरणका लागि उनले धेरै संघसंस्था गुहारे । उक्त निर्वाचन क्षेत्रमा ५ जना नेपाली कांग्रेसका सांसद भएकाले पनि राहत संकलन र वितरणमा सहज भएको गुरुङको अनुभव छ । नेपाली कांग्रेसको कार्यकर्तासमेत रहेका गुरुङले त्यस क्षेत्रबाट प्रतिनिधिसभाका निर्वाचित सांसद गगन थापाको निर्देशनमा आफू संक्रय भएर राहत वितरणमा लागेको उनले बताए । वडा कार्यालयको समन्वय, व्यक्तिगत खर्च तथा संघसंस्थाको सहयोगमा आफ्नो टोलमा सबैभन्दा धेरै राहत वितरण गर्न सकेकोमा आफूलाई सन्तुष्टि मिलेको उनले बताए । उनले आफ्नो टोलमा ४ पटकसम्म राहत वितरण गरेको बताए । २१ दिनसम्म खाना वितरण गरिएको थियो, यस अवधिमा २९ हजारभन्दा बढी लाभान्वित भएको तथ्यांक छ । खाना र खाद्यन्न वितरण अहिले स्थगित छ, तर उनको समाजसेवा अनवरत रुपमा अघि बढिरहेको छ । समस्यामा परेकालाई अहिले पनि उनी दिन रात नभनी सहयोगका लागि खटिरहेका छन् । विशेषतः टोलमा समस्या आयो भने उनलाई सम्झनेहरु धेरै छन् । पाथिभरा नवयुवा क्लबको नेतृत्व उनैले गर्छन् । संस्थागत रुपमा सेवा गर्दा विश्वास आर्जन गर्न सकिने बुझाइ गुरुङको छ । कृषि टिभी, केही युटुबर साथीहरु, सुजन लोप्चन, मिलन लोप्चनलगायतका केही अग्रज व्यक्तित्व उनले सम्झनुपर्ने नाम हो । उनको समाजसेवाको अभियानमा यी व्यक्तित्वहरु सहयोगी बनेका छन् । Breaking News राजधानी संवाददाता - February 23, 2021 सुरज श्रेष्ठ - March 4, 2020 एजेन्सी - June 1, 2020 ढलको पानी अनुमति नै नलिई अनुसन्धान र परीक्षण Editor-Picks प्रशान्त वली - July 7, 2020 काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि... Breaking News राजधानी समाचारदाता - September 16, 2020 प्रदेश ३ रासस - July 7, 2020 ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय... क्षेत्रीय क्वारेन्टाइनलाई पूर्वमन्त्रीले दिए स्वास्थ्य सामग्री प्रदेश ३ दिनेश थापा - April 9, 2020 सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) का संक्रमीत विरामीहरुलाई सुरक्षितसँग राख्नका लागि सिन्धुपाल्चोकमा स्थापना गरिएको क्षेत्रीय क्वारेन्टाइनका लागि पूर्व कानुनमन्त्री एवम प्रतिनिधिसभा क्षेत्र नम्बर... बिचार प्रेमाङ्गी - May 7, 2020 आज २५६४ औं बुद्ध जयन्ती मनाइरहँदा विश्व एउटा महामारीमा छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देश प्रभावित छन् । यतिबेला प्रकृति... कारागारका २३१ कैदीबन्दीमा कोरोना संक्रमण, ५ जनाको मृत्यु प्रदेश ३ रासस - September 12, 2020 काठमाडौँ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार...
2021/03/02 00:53:56
https://rajdhanidaily.com/id/12796/
mC4
Football Khabar » मेस्सी तीन महिनापछि अर्जेन्टिनी टोलीमा : यसरी हुँदैछ ब्राजिलविरुद्धको तयारी (फोटो फिचर) अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सी तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) को तीन महिना लामो प्रतिबन्धपछि उनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीमा फर्किएका हुन् । दुई दिनपछि अर्जेन्टिना र ब्राजिल साउदी अरेबिामा मैत्रीपूर्ण खेल्दैछन् । सो खेलका लागि मेस्सी राष्ट्रिय टोलीमा फर्किएका हुन् । मेस्सी अहिले समूहमा प्रशिक्षणमा व्यस्त छन् । अघिल्लो दिनबाटै उनले टोलीसँग प्रशिक्षण थालेका हुन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल खेलेयता मेस्सी अर्जेन्टिनाको टोलीमा तीन खेलमा उपस्थित भएनन् । तर, ब्राजिलविरुद्धको खेलबाट उनी पुनरागमन गर्दैछन् । कोपाको सेमिफाइनलमा ब्राजिलविरुद्ध २–० ले हारेको अर्जेन्टिना तेस्रो स्थानका लागि भएको खेलमा चिलीलाई २–१ ले हराएर तेस्रो बनेको थियो । सोही खेल दौरान मेस्सी रातो कार्ड खाँदै मैदान छाडेका थिए । पछि उनले आयोजकलाई 'भ्रष्ट संस्था' भनेर आलोचना गरेपछि महासंघले उनीमाथि आर्थिक जरिमानासहित तीन महिनाको प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय करिअरमा सधैं आलोचना खेप्दै आएका मेस्सीको यसपटकको पुनरामगनलाई महत्त्वसाथ हेरिएको छ । अर्जेन्टिनाको इतिहासमा सर्वाधिक गोलकर्ता उनले हालसम्म देशका लागि १३६ खेलबाट ६८ गोल गरेका छन् । अर्जेन्टिना र ब्राजिलको खेल शुक्रबार राति साउदीमा हुनेछ । त्यसपछि दोस्रो खेलमा अर्जेन्टिना र उरुग्वे इजरायलमा बुधबार भिड्नेछन् ।
2020/10/20 20:58:30
https://www.footballkhabar.com/details/15372
mC4
असंरक्षित बालबालिकाको संरक्षणमा लाग्न प्रजिअशर्माको आग्रह | Khabarmarket माघ १२ ,२०७७ गुल्मी :नेपाल बाल संगठन जिल्ला तदर्थ समिति गुल्मीको पदस्थापन कार्यक्रम बालमन्दिर तम्घासमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रावेवी शर्माले बालबालिका देशका कर्णधार भएकाले उनीहरुको पालन पोषणमा अभिभावकले ख्याल गर्नुपर्नेमा जोड दिइन् । बालबालिको स्वास्थ्य, शिक्षा, सहभागिता जस्ता अधिकारको लागि जिल्लाबाट अझै बढी काम गर्नुपर्ने शर्माले बताइन्। जिल्लामा रहेका अनाथ बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, तथा आधारभूत आवश्यकता पुरा गर्न सबै लाग्नु पर्ने उनको भनाई छ। हामीले बालबालिकाको क्षेत्रमा उनीहरुको आधारभूत आवश्यकता पुरा गरी राम्रो शिक्षा दिन सकेमा भोली देश निर्माणमा सहयोग हुने शर्माले बताइन् । कार्यक्रमका अध्यक्ष केशर बहादुर थापाले बालबालिका भनेको भोलीका देश निर्माता भएकाले उनीहरुको समयमै संरक्षण गर्नुपर्ने बताए । संरक्षण विहीन बालबालिकालाई राज्य भभिभावक भएर संरक्षण गर्नुपर्ने थापाको भनाई थियो । नेपाल बाल संगठन गुल्मीलाई सहयोग गर्ने सबैलाई थापाले धन्यावद ज्ञापन गरे । कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख अशोक कुमार लम्साल, अनुसन्धान अधिकृत सञ्जय भण्डारी, रेसुङ्गा नगरपालिकाका शिक्षा अधिकृत विष्णु ज्ञवाली, तथा विभिन्न कार्यलयका प्रमुखहरुको उपस्थित रहेको थियो
2021/03/07 23:21:10
https://khabarmarket.com/?p=12076
mC4
बराहतालमा महिला स्वयंसेविका आकस्मिक कोष प्रभावकारी बन्दै – Nilo Aakash बराहतालमा महिला स्वयंसेविका आकस्मिक कोष प्रभावकारी बन्दै निलो आकाश संवाददाता १७ भाद्र २०७७, बुधबार ११:०३ सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा महिला स्वयंसेविका आकस्मिक कोष स्थापना भएपछि यहाँका स्थानीयलाई राहात महसुस भएको छ । आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट नागरिकलाई बन्चित हुनबाट जोगाउन महिलासँग उपाध्यक्ष विशेष कार्यक्रम अन्र्तगत स्थापना गरिएको उक्त कोष प्रभावकारी बन्दै गएको हो । गत मंसिर महिनाको दोस्रो साता गाउँपालिकाको वडा नम्बर ७ नयाँ गाउँकी एक महिला सुत्केरी भईन् । उनी गाउँमै सुत्केरी भएपनि असहज परिस्थिति बनेपछि थप उपचारको लागि पोखरीकाँडा स्वास्थ्यचौकी पु¥याउनुपर्ने बाध्यता भयो । 'स्वास्थ्यचौकी टाढा भएपछि आर्थिक अभावकै कारण उनी समयमा स्वास्थ्य चौकी पुग्न सकिनन्' एक स्थानीयले भने, 'उनलाई स्वास्थ्य चौकी पु¥याउन चाहिने रकम गाउँपालिकाको महिला स्वयंसेविका आकस्मिक कोषबाट २ हजार रुपैयाँ पाइयो । त्यही पैशाबाट हामीले स्वास्थ्यचौकी पु¥यायौं ।' तर उनले जन्माएको बच्चाको बाटोमै मृत्यु भयो । नयाँगाउँबाट स्वास्थ्यचौकी पुग्न करिव ३ घण्टाको समय लाग्दछ । त्यस्तै नयाँवनकै एक महिला गत फागुनमा सुत्केरी भईन् । उनको पनि स्वास्थ्य चौकी पु¥याउन आर्थिक अभाव भएपछि उक्त कोषबाटै २ हजार रुपैयाँ सहयोग गरेको महिला स्वास्थ्य स्वयंम्सेविका मनसरा घर्तीले बताईन् । 'गत ४ महिनाको अवधिमा १२ जना महिलाले कोषबाट रकम लिएका छन् ।' उनले भनिन्, 'कुनैपनि आकस्मिक दुर्घटनाको उपचारका लागि कोष स्थापना गरिएको हो । तर विशेष गरी सुत्केरी महिलाहरु कोषबाट लाभान्वित भएका छन् ।' दुर्घटनाको परिस्थिति अनुसार आवश्यक रकम दिने गरिएको स्वास्थ्य स्वयंसेविकाको भनाई छ । यसैगरी गाउँपालिकाका प्रत्येक वडामा ६० हजार रकमको कोष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले बताईन् । 'गत आर्थिक वर्षमा ५ वडामा ५०/५० हजारको कोष स्थापना गरिएको थियो । चालु आर्थिक वर्षमा ५ वडा थप गरेर १० वटै वडामा कार्यान्वयनमा ल्याईएको छ ।' उपाध्यक्ष शर्माले 'साथै उक्त कोषमा १० हजार थप गरी ६० हजार पु¥याईएको छ । उक्त स्वंयमसेविका आकस्मिक कोषबाट गाउँपालिकाका गर्भवती तथा सुत्केरी महिलाहरु लाभान्वित हुने गरेको उपाध्यक्ष शर्माले जानकारी दिईन् । 'यो कोषको रकम सम्बन्धित वडाका महिला स्वंयम्सेविकाहरुको जिम्मेवारीमा रहन्छ । उनिहरुले नै व्याज अनुदानमा ऋण उपलब्ध गराउछन्' उपाध्यक्ष शर्माले भनिन्, 'आर्थिक अवस्था कमजोर भएका महिलाले स्वास्थ्य उपचारको लागि आवश्यक रकम पाउछन् ।' कोषबाट लिइएको रकम करिब २÷३ महिना पछि फिर्ता गर्नुपर्ने उपाध्यक्ष शर्माको भनाई छ । उपाध्यक्षका महिला लक्षित कार्यक्रम बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले महिला लक्षित कार्यक्रमहरु संचालनमा ल्याएकी छन् । उक्त कार्यक्रम अन्र्तगत स्वंयम्सेविका आकस्मिक कोष, हिंसा पिडीत राहतकोष, किशोरीहरुका लागि लोकसेवा तयारी गर्न आवश्यक कोष, महिला नेतृत्व विकासका लागि उद्घोषक तालिम लगायतका कार्यक्रमहरु संचालन गरिएको उपाध्यक्ष शर्माले जानकारी दिईन् । शर्माका अनुसार महिला उद्यमी तयार गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्नुका साथै सूनौला हजार दिनका आमाहरुका लागि पोषण कार्यक्रम समेत संचालन गरिएको छ । कर्मचारी अभाव हुँदा न्याय सम्पादनमा समस्या बराहताल गाउँपालिकामा कर्मचारी अभाव हुँदा न्याय सम्पादन गर्न कठिनाई भएको छ । संविधानतः तोकिएका कर्मचारीहरु गाउँपालिकामा नआउँदा न्याय सम्पादन गर्न समस्या भएको गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले जानकारी दिईन् । 'न्याय सम्पादन गर्न प्रशासक राम्रो चाहिन्छ' उनले भनिन्, –'तर कोही नहुँदा आफैले उजुरी दर्ता गरि आवश्यक कार्वाही गर्ने गरेको छु ।' एक वडामा ३ जना गरी गाउँपालिकाका सबै वडामा ३५ जना मेलमिलापकर्तालाई तालिम दिई उनिहरुबाट न्याय सम्पादनको काम भैरहेको उपाध्यक्ष शर्माले बताईन् । 'मुद्दाको प्रकृति अनुसार मेलमिलापकर्ताले छलफल गराई न्याय सम्पादन गर्ने गरेका छन्' उनले भनिन् –'त्यस वापत मेलमिलापकर्ताले खाजा खर्च अनुसार प्रति उजुरी ५ सय गाउँपालिकाबाट भुक्तानी पाउछन् ।' गाउँपालिकामा आएका उजुरीमध्ये अधिकांश जग्गा विवाद, पानी, कूलो, ज्याला मजदुरी, ठगी लगायतका विषयमा उजुरी आउने गरेको उपाध्यक्ष शर्माको भनाई छ । dullukhabar
2021/09/20 13:49:47
https://niloaakash.com/09/02/704/
mC4
भारतीय अतिक्रमण विरुद्धको संघर्ष – Daunne News भारतीय अतिक्रमण विरुद्धको संघर्ष ०७६ कात्तिक १६ (नवेम्बर २, १९१९) का दिन भारतको मोदी सरकारले पुनः नयाँ राजनीतिक नक्शा जारी ग¥यो। भारतको मोदी सरकारले भारतीय संविघानको धारा ३७० खारेज गरे पछि भारतीय सीमालाई नयाँ ढंगले प्रदर्शन गर्ने उद्देश्यले जारी गरेको नयाँ नक्शामा पनि नेपालको ३७२ वर्ग कि मि (कसैले ३८५ वर्ग कि मि पनि लेखेका छन्) नेपालको भूभाग भारतले आफ्नो सिमा भित्र पारेको छ। दुई देशका बीचमा मन्त्रीस्तरीय बैठक बस्ने तय भैसकेको अवस्थामा केही दिन मात्र पनि नपर्खी एकतर्फी रुपमा उक्त नक्सा जारी गरेर नेपाली भूभागमा पर्ने कालापानीमा अतिक्रमण गरी भारतीय सेना परिचालन गरेको कुरालाई सहि ठह¥याउने प्रयत्न गरेको छ। यसरी हाम्रो सार्वभौमिकता माथि दखल गरेको छ। यो अतिक्रमणको जति निन्दा गरे पनि कमै हुन्छ। आज यो अतिक्रमणका विरुद्ध सर्वत्र विरोध भै रहेको छ, नेपालमा। कतिपय मानिसहरुले त यसलाई नौलो र नयाँ घटनाका रुपमा पनि बुझ्ने र व्याख्या गर्ने गरेको पनि पाइन्छ। तर, नेपाल र नेपालीका लागि यो भारतीय अतिक्रमण नयाँ भने होइन। यसै प्रकारको नक्शा केही वर्ष अघि भारतले जारी गरेर नेपाल पठाएको थियो। लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतमा गाभिएको नक्शा यो सरकारका मन्त्रालयमा पनि टाँगिने गरेको थियो। नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, क्रान्तिकारी युवा लिगद्वारा गत साल काठमाडौंका विभिन्न कार्यालयहरुमा, मन्त्रालयहरुमा समेत अनुगमन गरी, त्यहाँका अधिकारीहरुलाई यस प्रकारका नक्शा किन झुण्ड्याइएको ? भन्ने प्रश्न समेत सोधिएको थियो। प्रायः सबैले यसको बारेमा जानकारी नै नभएको र सरकारले पठाइदिएको हुनाले यो नक्शा टाँगिएको बताएका थिए। अब आइन्दा यो नक्शाको प्रयोग नगर्न चेतावनी समेत दिइएको थियो। यससँग सम्वन्धित भूमिसुधार मन्त्रालयमा गएर भूमिसुधार मन्त्रीलाई भेटी, यो नक्शा हटाएर नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्शा सरकारले तयार पार्न सक्छ कि हामी नै तयार पारौं भन्ने प्रश्न पनि गरिएको थियो। मन्त्रीले यो काम सरकारले गर्नेछ भनेर वचन दिए पनि पुरा भने नगरेको अवस्था थियो। भारतद्वारा वितरित उक्त नक्कली नक्शा विरोध सभाको आयोजना गरी जलाउने काम समेत भएको थियो। तर, न त सरकारको न त अन्य पार्टीहरुको कानमा बतास लागेको थियो, त्यतीखेर। अहिले आएर यसमा सबैको चासो बढ्नु खुसीको कुरा हो। भारत सरकारले गरेको यो ज्यादतीको कारण धेरैको आँखा खुलेको छ। यो राम्रो कुरा हो। समस्याको मूल कारण भारत सरकारले नियतपूर्वक गरेको ऐतिहासिक तथ्य र यथार्थलाई नै उल्टाएर अर्कै बनाउने जालसाँजी नै हो। सन् १८१६ मा तत्कालिन भारतको इष्ट इन्डिया कम्पनीको सरकार र नेपाल सरकारका प्रनिनिधिका वीचमा भएको सन्धीको पाँचौं बुँदामा 'कालीनदी भन्दा पश्चिमको भाग नेपालका राजाले दावी नगर्ने' भन्ने उल्लेख छ। त्यसैको उत्तराधिकार सम्हालेका भारत सरकारहरुले आफ्नो भूभाग कति हो त्यसैको नक्सा तयार पार्नु पर्ने हो। उसले त्यसबाट निर्धारित भूभागको सुरक्षा गर्नु पर्ने हो। तर, भारत सरकारले जानीबुझी महाकाली नदीको उद्गमनै बदल्ने, कृत्रिम काली नदी सिर्जना ागर्ने जस्ता लाजमर्दा कृयाकलाप गरिरहेको छ। अनेक तथ्यले पुष्टी गर्दछन् कि त्यो सिमा नदी महाकालीको उद्गम लिम्पियाधुरा हो र त्यो भन्दा पूर्वको भाग नेपालको अविभाज्य भूभाग हो। यो ऐखिहासिक तथ्यलाई उल्टाएर अर्कै तस्वीर र नक्शा बनाएर लिम्पियाधुराबाट धेरै पूर्व तिर पर्ने लिपुलेकको एउटा खोल्सीलाई महाकाली नदीको उद्गम हो भन्ने प्रमाणित गर्ने दुस्प्रयास गरिेएको छ। यो जालसाँजाी भारत सरकारकालागि निकै महँगो पर्ने स्पष्ट छ। यदि भारत सरकारले यसैमा अडान लिई नै रह्यो भने उसले सन् १८१६ को सुगौली सन्धीलाई नमानेको वा खारेज गरेको ठहर्ने छ । जब एक पक्षले मान्दैन भने त्यो सन्धीको औचित्य के भन्ने प्रश्न उठ्नु स्वधाविक बन्न जान्छ। त्यो अवस्थामा नेपालले सुगौली सन्धी हुनु भन्दा अघिको सिमाना कहाँसम्म थियो भन्ने खोजी गर्नु पर्ने अवस्था आउन सक्छ। नेपालको सिमानामा अतिक्रमण गरिरहँदा मोदी सरकारले यस विषयमा कुनै ध्यान नदिएको देखिन्छ। नेकपा(क्रान्तिकारी माओवादी)ले भारतको यो अतिक्रमणका विरुद्ध संघर्षमा उत्रन जनतालाई आह्वान गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाले काठमाडौं, चितवन, जनकपुर, धनगढी, लगायत देशका विभिन्न भागमा अतिक्रमणका विरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ। विप्लवले नेतृत्व गरेको नेकपाले पनि भारतव्दारा भएको यो अतिक्रमण विरुद्ध आफ्आफ्नै तहबाट विरोधका कार्यक्रमलाई अघि सारेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी माथि भारतको अतिक्रमण नै हो, लिम्पियाधुरा नै महाकाली नदीको वास्तविक मुहान हो र हाम्रो पश्चिमको सिमाना पनि त्यही हो भन्ने कुरामा यतिखेर नेपालमा आम सहमति जस्तै कायम भएको छ। मोदीका अगाडि लम्पसार पर्दै आएका संसदका सत्ताधारी र प्रतिपक्षी दल र तिनका नेताहरु समेत लिम्पियाधुरा भन्दा पूर्वको भूभाग नेपालको हो, कालापानीमा सन् १९६२ देखि जबर्जस्ती राखिएको भारतीय सेना फिर्ता लैजानु पर्छ, भारतले भन्ने स्वर निकालिरहेका छन्। प्रधानमन्त्री के पी ओलीले बालुवाटारमा बोलाएको संसदमा भएका सबै दल, पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्रीहरुको संयुक्त बैठकमा यो तथ्यलाई सबैले स्वीकार गरे। भारतको यो हर्कत्लाई नेपाली भूमि माथिको अतिक्रमण भन्नेमा पनि सहमति भयो । यस सम्वन्धी संसदको समितिले पनि यही किसिमको निर्णय गरेको छ, एकमतले। यसरी भारत सरकारको अतिक्रमणका विरुद्ध संघर्ष गर्न देश एक ढिक्का भएको अवस्थामा अविलम्ब राष्ट्रिय स्वाधिनताको रक्षाकालागि सकृय पहल लिनु पर्नेमा ओली सरकार आश्चर्यजनकरुपमा मौन धारण गरेर बसेको छ । विभिन्न पार्टीहरु विभिन्न किसिमका कुतर्क अघि सारेर आन्दोलन र संघर्षको लहरलाई शिथिल पार्ने काममा सहयोग गर्दैछन् कि भन्ने आशंका पनि बढ्दै गएको छ । ओली सरकार देशको एउटा ठूलो भूभागमा भैरहेको नांगो अतिक्रमणको विरोध प्रदर्शन गरिरहेका युवाहरुको टाउको फुटाउन प्रहरी परिचालन गरिरहेको छ । दशौं लाख देशभक्त नेपाली जनता देशमाथि भैरहेको अतिक्रमणका विरुद्ध दवाव सिर्जनागर्नकालागि सडकमा ओर्लनु पर्ने अहिलेको अवस्थामा यो सरकार जनता माथि अन्धाधुन्ध दमन गर्न उत्रिन्छ भने यसको अर्थ के हुन्छ ? यसले कसलाई फाइदा पु¥याउँछ त ? अतित्रमणकारीलाई नै होइन त ? केही मानिसहरु भारतले वार्ताव्दारा यो समस्याको समाधान गर्ने बताए पछि भारतले चाँडै कालापानीबाट भारतीय सेना फिर्ता गरिहाल्ने भयो भन्ने किसिमका भ्रमपूर्ण किसिमका अभिव्यक्ति दिइरहेका छन् । वास्तविकता के हो भने भारतको मोदी सरकारले यो काम सोचेर विचारेर गरेको हो । झण्डै साठी वर्ष देखि कालापानी कब्जा गरेर बसिरहेको भारतीय सेना त्यती सजिलै फिर्ता भै हाल्छ भन्नु मूर्खता हो । भारत कालापानीबाट सजिलै हट्नेवाला नै छैन । त्यसका निमित्त त्यसका विरुद्ध ठूलो दवाब सृष्टि गर्न सक्नु पर्दछ । यसका निमित्त निम्न लिखित कदम चाल्नु आवश्यक छ ः (क) नेपाल सरकारले कूटनीतिक पहललाई अविलम्ब अघि बढाउनु पर्दछ। यसका निमित्त आफ्नो अतिक्रमित भूभागबाट भारतीय सेनालाई फिर्ता गराउन समकक्षीसँग प्रधानमन्त्री स्तरमा वार्ता गर्न तिथि मिति तय गरिहाल्नु पर्दछ। (ख)प्राप्त जानकारी अनुसार लिपुलेक –कालापानी–लिम्पियाधुरा क्षेत्रमा नेपालको सुरक्षा निकायको उपस्थिति लगभग सुन्य बराबर छ । जबकी हरेक चार किलो मिटरको दुरीमा भारतीय प्रहरी, सिमा सुरक्षाबल र सेनाका बाक्लो उपस्थिति छ। यस क्षेत्रमा भारतको सुरक्षा निकायको उपस्थिति दश हजार छ। त्यसाकारण, नेपाल सरकारले पनि सुरक्षाका तीनै निकायलाई व्यापकरुपमा परिचालन गर्नु पर्छ। भारत सरकारले परिचालन गरेकै अनुपातमा परिचालन गर्नु पर्छ। (ग) यो अतिक्रमणको विषयलाई लिएर कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गराउनका लागि यो विषयलाई अविलम्व अन्तर्रा्ष्ट्रिय मंचमा लैजानु पर्दछ। यसका निमित्त संयुक्त राष्टूसंघ र अन्तर्रा्ष्ट्रिय अदालत, हेगमा यो विषयलाई लैजाने पहल चाँडो भन्दा चाँडो गरिहाल्नु पर्दछ। (घ) देशभित्र देशभक्तिपूर्ण आन्दोलन व्यापकरुपमा संचालन गर्नु पर्छ। दशौंलाख नेपाली जनतालाई सडकमा उतार्नु पर्दछ। यसले भारत माथि ठुलो दवाब सिर्जना गर्न सक्दछ। उपरोक्त सबै कार्यहरुलाई सकृयता र तदारुकताका साथ गर्न सकेमा मात्र भारतीय सेनालाई यो क्षेत्र छाड्न वाध्य गराउनु सकिने छ। यदि यो ओली सरकार यसैगरी मौन धारण गरेर बसिरह्यो भने यो सरकारकै बिरोधमा पनि संघर्ष गर्ने तयारीमा लाग्नु जरुरी छ। लामो समयदेखि भारतीय सेनाले अतिक्रमण गरेर ढुक्क सँग कब्जा जमाएर बसिरहेको अवस्थामा यो नयाँ नक्सा छपाएर वितरण गरेको विषयले नेपाली देशभक्तहरुलाई उव्देलित बनाएको छ। यसको विरोधमा देशै एक ढिक्का हुन सक्ने अवस्था सिर्जना भएको छ । यो चुनौतीको सामना गर्दै यसलाई सदा सदाकालागि भारतीय विस्तारवादको चेपुवाबाट मुक्त हुने अवसरका रुपमा प्रयोग गरौं । फेरी देशका निम्ती हाम्रा पूर्खाले देखाएका ती एकता, वीरता र सौर्यको पुनः परिचय दिउँ ।
2021/04/21 07:50:41
https://daunnenews.com/2019/11/16632/
mC4
Everestmission | हरपल खबर, निष्पक्ष विश्लेषण मौसम महाशाखाको चेतावनी, गृह मन्त्रालयले बेवास्ता गर्दा क्षति ५ कार्तिक २०७८, शुक्रबार ०८:१८ काठमाडौँ, ५ कार्तिक । जल तथा मौसम पूर्वानुमान महाशाखाले बेमौसमी वर्षाबाट हुने सम्भावित जनधनको क्षति रोकथाम तथा नियन्त्रणका लागि पूर्वचेतावनी दिए पनि सरकारी निकायबाटै बेवास्ता गरेको पाइएको छ । महाशाखाको पूर्वानुमानअनुसार सम्भावित क्षति न्यूनीकरण एवं प्रतिकार्य योजना लागू गर्नबाट सरकार चुकेको हो । महाशाखाले दसैंको टीकाकै (असोज २९) साँझ असोज ३१ बाट मौसम बदली भई देशभर भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन भनेको थियो । सार्वजनिक बिदा परे पनि गृह मन्त्रालयमा अपराध अनुसन्धान तथा नियन्त्रण, प्रकोप व्यवस्थापनलगायत आपत्कालीन कार्यका लागि 'रेस्पोन्स' गर्न चौबिसै घण्टा संयन्त्र खुला रहने व्यवस्था छ । भारी वर्षाबाट निम्तिने जोखिमका कारण यात्रा र कृषि कार्यमा असर पुग्ने समेत महाशाखाको चेतावनी थियो । उक्त चेतावनी गृहमा बेलैमा पुगेको थियो तर त्यसलाई गम्भीर रूपमा नलिँदा बेमौसमी मनसुनबाट ठूलो जनधनको क्षति हुन पुगेको छ । सरकारले सावधानी अपनाउन सक्रियता देखाएको भए क्षति न्यूनीकरण गर्न सकिने अवस्था थियो । महाशाखाको पूर्वचेतावनीलाई विपद् रोकथाम तथा नियन्त्रणकै लागि गठन गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि बेवास्ता गरेको पाइएको छ । जसका कारण बेमौसमी विपद्बाट सिर्जित बाढीले तराई/मधेस र पहाडी जिल्लामा हजारौं हेक्टरमा लगाइएको धानबाली नष्ट भयो । बाढी नदीतटीय क्षेत्रका बस्ती पस्दा जनधनको क्षति भयो । पहिरोको जोखिममा रहेका कतिपय बस्तीका मानिस समयमै सुरक्षित स्थानतर्फ जान नपाई ज्यान गुमाउन बाध्य भए । महाशाखाले भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३० बाट देशभर मौसम बदली भई विभिन्न जिल्लामा आंशिक र सामान्य वर्षा तथा असोज ३१ बाट केही दिन देशभर सामान्यदेखि पूर्ण रूपमा मौसम बदली भई धेरैजसो स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको औंल्याएको थियो । 'उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहन अनुरोध छ, विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजग रहनुहोला,' महाशाखाको बुलेटिनमा भनिएको थियो । गृहले महाशाखाको पूर्वचेतावनीलाई किसानको पहुँचसम्म पुर्‍याएको भए काटेको धान सुरक्षित स्थानसम्म लैजान पाउने मौका रहन्थ्यो । पूर्वचेतावनीलगत्तै प्राधिकरणले देशभरका प्रशासन कार्यालयमार्फत पालिका र वडा तहसम्म भारी वर्षा र त्यसबाट निम्तिने जोखिमबारे सावधानी अपनाउन सचेत गराउनुपर्नेमा त्यसो भएन । बरु भारी वर्षा र त्यसले निम्तिएको बाढीपहिरोबाट बिहीबार बेलुकासम्म १ सय ४ जनाको ज्यान गइसकेको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले मौसम पूर्वानुमान महाशाखाबाट आउने पूर्वचेतावनी र सावधानीबारेको जानकारी राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत 'अटोमेटिक रूपमा हेर्न मिल्ने' भए पनि प्राधिकरणबाट जोखिम न्यूनीकरणका लागि छुट्टै रूपमा पत्र नआएको बताए । तर विपद्पछिको खोज, उद्धार र राहत व्यवस्थापनमा मन्त्रालय सक्रिय रूपमा लागिपरेको उनले दाबी गरे । 'मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्र २४ सै घण्टा खुला रहन्छ, प्राधिकरणबाट कुनै पत्र आएको थियो भने प्रशासनलाई यसबारे परिपत्र त भइहाल्थ्यो नि,' पोखरेलले कान्तिपुरसँग भने, 'तर विपद् जोखिम रोकथाम तथा नियन्त्रण र आवश्यक प्रतिकार्य योजना तर्जुमा गर्नकै लागि क्रियाशील विज्ञ संस्थाले पछिल्लो प्रकोप रोकथामका लागि पूर्वतयारी गर्न चुकेकै हो ।' प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले प्रकोप न्यूनीकरणका लागि प्रतिबद्ध भएर लागिपरेको बताए । पोखरेलले विगतका जोखिम र जनधनको क्षतिबाट पाठ सिकेर प्राधिकरण प्रभावकारी प्रकोप व्यवस्थापनमा जुटेको दाबी गरे । दुई वर्षअघि सरकारले विपद् जोखिम रोकथाम तथा न्यूनीकरणका लागि छुट्टै प्राधिकरण गठन गरेपछि गृह मन्त्रालय 'बेखुस' देखिएको थियो । विपद्सम्बन्धी कामकारबाही र प्रतिकार्य योजना गृहअन्तर्गतकै संयन्त्रबाट हुने गरेका थिए तर प्राधिकरण गठनपछि विपद् व्यवस्थापनसम्बन्धी गृहको अधिकार बाँडफाँट भयो । गृहकै एक कर्मचारीले 'मन्त्रालय–प्राधिकरण अघोषित द्वन्द्व' का कारण कतिपय कामकारबाहीमा तालमेल नमिलेको बताए । 'हालको बाढीपहिरो र डुबानमा पनि मन्त्रालय–प्राधिकरण समन्वय नभएको देखिन्छ,' उनले भने । बाढीपहिरोबाट प्रभावितमध्येको बझाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहन अधिकारीले मौसम पूर्वानुमान र भारी वर्षाको जोखिमबारे गृह मन्त्रालय र प्राधिकरणबाट कुनै पत्र वा सर्कुलर नआएको बताए । 'मौसम बदली भई वर्षा हुने र त्यसबाट निम्तिने जोखिमका साथै सम्भावित सावधानी अपनाउनेबारे मन्त्रालयबाट कुनै पत्र विपद् हुनुअगावै त आएन,' अधिकारीले भने, 'तर हामी आफैंले जोखिमबारे सावधानी अपनाउन सक्दो प्रयास गरेका हौं ।' बाढी र डुबान प्रभावित जिल्ला कैलालीका सहायक प्रजिअ हिरालाल चौधरीले सकेको सावधानी अपनाएकै कारण कैलालीमा मानवीय क्षति हुन नपाएको दाबी गरे । तर भन्नेबित्तिकै धानबाली उठाउन सक्ने अवस्था नभएको उनको भनाइ थियो । महाशाखाको पूर्वजानकारीबारे उनले पनि अनभिज्ञता जनाए । विपद् व्यवस्थापन विज्ञ एवं नेपाल प्रहरीका पूर्वएआईजी ठूले राईले मौसम पूर्वानुमानसम्बन्धी 'पूर्वचेतावनी' लाई विपद् व्यवस्थापन न्यूनीकरण र व्यवस्थापनको दायित्व बोकेका निकायले गम्भीर रूपमा नलिँदा हरेक वर्ष जनधनको क्षति दोहोरिने गरेको बताए । 'मौसम अदलबदल भई निम्तिने जोखिमबारे सावधानी अपनाउने र क्षति न्यूनीकरणका लागि सरकारले लक्षित वर्गसम्म प्रभावकारी रूपमा सन्देश प्रवाह नै गरेको पाइँदैन, सहरबजारमा बस्ने, टाठाबाठाले मात्रै सूचना पाएर हुँदैन, किसान र दूरदराजसम्म यसको पहुँच पुर्‍याउन आवश्यक छ,' उनले भने, 'खासगरी आकस्मिक विपद्बाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र भनेको कृषि, उद्योग, निर्माण, वन सम्पदा, पदयात्रामा निस्केका र जोखिमपूर्ण स्थानका बस्ती हुन्, मौसम पूर्वानुमान महाशाखाबाट जोखिमबारे दिइएका चेतावनीयुक्त विवरण यी क्षेत्रमा सहज प्रवाह भए मात्रै जनधनको क्षति रोक्न मद्दत पुग्छ ।' बाढीपहिरोजन्य प्रकोपको वैज्ञानिक व्यवस्थापन नहुँदा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । सरकारले विपद्पछि खोज/उद्धार र राहत व्यवस्थापनमा सक्रियता देखाए पनि विपद्का घटना रोकथामका लागि पहिलै तदारुकता देखाउन सकेको छैन । जोखिमका बस्ती स्थानान्तरण गर्नेदेखि जोखिमयुक्त क्षेत्रमा मानव बस्ती/घर बनाउनै नदिने प्रतिबद्धता सरकारी तहबाट पटक–पटक भए पनि कार्यान्वयन हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ५ आर्थिक वर्ष र गएको साउनयताको ३ महिनामा देशभर बाढीपहिरोबाट मात्रै १ हजार १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । साउनयता मात्र १ सय ६५ जनाको ज्यान गइसकेको छ । यो संख्या ०७७/७८ मा ३ सय, ०७६/७७ मा १ सय ७५, ०७५/७६ मा ८५, ०७४/७५ मा २ सय १ र ०७३/७४ मा १ सय ६९ थियो । 'बाढीपहिरोबाट मानिसको ज्यान जानु भनेको अकालको काल हो, यो अप्राकृतिक निधनलाई रोक्न सकिन्छ तर त्यहीअनुसार सरकारका सम्बन्धित निकायहरूको एकीकृत तदारुकता आवश्यक पर्छ,' गृहकै एक सहसचिवले भने, 'एउटाको मन्त्रालय वा निकायको प्रयासबाट मात्रै यो सम्भव छैन ।' कान्तिपुरबाट
2021/12/04 02:46:01
https://everestmission.com/2021/10/22/08/170146/
mC4
डाक्टर खोज्दै एनआरएनए यूके | We Nepali २०७२ वैशाख ५ गते १०:५० लन्डन । यतिखेर बेलायतमा केहीको चर्चा छ भने त्यो हो विद्यावारिधी (पिएचडी होल्डर) नेपालीहरुको खोजी । एनआरएनए यूकेले अप्रिल तेश्रो साता आयोजना गर्न लागेको पिएचडी होल्डर भेलाले सकारात्मक नकारात्मक दुवै चर्चा बटुलिरहेको छ । कतिले यसलाई 'पिएचडी फोरम' गठन गर्ने योजनाका रुपमा नकारात्मक चित्रित गरेका छन् भने कतिले पिएचडी गर्ने मात्र वौद्धिक कसरी भए भनेर प्रश्न तेर्साइरहेका छन् । एउटा यस्तो जमात समेत छ जसले बरु बीबीक्यू भेलालाई बढि महत्व ठानेको छ, न कि विद्यावारिधीहरुको जमघट । तर, कार्यक्रम संयोजक एवं लिभरपुल जोनमुर यूनिभर्सिटीका प्राध्यापक डा. पदम सिम्खडाको स्पष्टोक्ति छ, 'अहिले जे जस्तो हल्ला र भ्रम छ त्यो विल्कुल होइन ।' उनका शब्दमा, भेलाका तीन मुख्य उद्देश्य छन् । पहिलो, बेलायतबाट पिएचडी गर्ने र नेपालबाट पिएचडी गरेर बेलायत आएकाहरुको अभिनन्दन एवं उनीहरुको चिनारी । दोश्रो, बेलायतबाट धेरै नेपालीले पिएचडी गरेर निस्किए पनि उनीहरुले राम्रो 'एकेडेमिक जव' पाउन नसकेकाले तिनलाई सहयोग र उत्प्रेरणा गर्ने अनि तेश्रो दीर्घकालिन उद्देश्य आ आफ्नो दक्षता अनुरुप स्किल डाइरेक्ट्री बनाउने । 'नयां साथीहरुलाई मेन्टरसिप दिन सकियो भने धेरै पक्ष लाभान्वित हुन सक्छन्', सिम्खडाले भने, 'उनीहरुका आ आफ्नो दक्षता नेपालतिर लान पनि सकिन्छ ।' आगामी २६ अप्रिलमा लन्डन साउथ ह्यारोमा पिएचडी भेला तय भएको हो । अहिले भेला संयोजन समितिले विभिन्न ११ प्रश्नावलीसहित उपस्थितिका लागि आग्रह गरिरहेको छ । बेलायतमा पिएचडी होल्डर नेपालीहरु करिब एकसय जना रहेको अनुमान सिम्खडाको छ । तर, कार्यक्रममा कति सहभागिता हुन्छ त्यो यकिन छैन् । गैर आवासीय नेपाली संघ, बेलायतका प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदी, प्रा. डा. पदम सिम्खडा (संयोजक), डा. चन्द्र लक्सम्बा, डा. हेमराज शर्मा, डा. अच्युत गौतम, डा. भरत सिम्खडा, डा. रामनारायण कन्दंग्वा, डा. पुरुषोत्तम पौडेल, डा. चन्द्रबहादुर गुरुङ, डा. मीन रानाभाट, डा. चन्द्र गुरुङ, डा. कपिल श्रेष्ठ, डा. एनजे गुरुङ सम्मिलित भेला संयोजन समिति र एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, महासचिव आर के त्रिपाठी र कार्यालय सचिव अर्जन कटुवाल रहेको भेला आयोजक र व्यवस्थापन समिति कार्यक्रम सफल बनाउन जुटेको छ ।
2021/12/01 13:19:12
https://www.wenepali.com/2015/04/8353.html
mC4
साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार - सिधा दृष्टी साताभर कूल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार १४५ बराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार भयो । सबै दृष्टिकोणबाट हेर्दा साताभर शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक बिन्दु कायम गरेर तीन हजार १०० को बिन्दुमाथि पुगेको थियो । साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखियो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहेका कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखा परेको हो । बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम ग¥यो । नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुग्दा तीन हजार १०० को बिन्दुको यात्रा तय गऱ्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीका दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । यस साता जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए । त्यसमा रिडी हाइड्रोपावरका लगानीकर्ताको ३१।१२ प्रतिशतले सम्पत्ति थपियो । यस्तै नेपाल हाइड्रो डेभलपर २८.३४, ङादी ग्रुप अफ पावर २७.२२, हिमालयन ऊर्जा विकास कम्पनी २६.७२ र यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २५.९९ प्रतिशतले आर्जन गरे । त्यस्तै सिटिजन म्युचुअल फण्ड दुई ५.२१, एनआइसि एशिया ग्रोथ फण्ड ४.३४, सिभिल लघुवित्त ३.७६, ग्लोबल आइएमइ समुन्नत स्किम एक ३.७२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३.६५ प्रतिशतले कमाए ।
2021/09/18 22:14:27
https://sidhadrishti.com/2021/07/31/16906/
mC4
डा विनोद घिमिरे नसर्ने रोगको बिगबिगी सँगै वर्तमान समयमा योग चिकित्साको महत्व बढ्दै गएको छ । सामायन्तया शरीर भाँच्नु तथा छिटोछिटो सास तान्दै पेट हल्लाउनुलाई योग भनेर बुझ्ने चलन छ । तर यति मात्रै योग होइन यी त योगका केही सामान्य अभ्यासहरु मात्र हुन् । त्यसैले योगका बारेमा विस्तृत जानकारी हुनु आवश्यक छ । योग शब्दको अर्थ जोड्नु हुन्छ । आत्माको पर आत्मासँगको मेल वा जोडलाई योग... प्रिय इशिका, मैले तिम्रो इमेल पाएँ । दोहोर्‍याई-तेहेर्‍याई धेरैचोटि पढेँ । लागेको थियो- सात समुद्रपारि पक्कै पनि शान्तसँग बाँचेकी हौली । बोस्टनको व्यस्त शहरमा आ-आफ्नै लयमा ढकमक्क फुलिरहेका शिरीषका रङ्गीन फूलहरूसँग मन फुकाएर हाँसेकी हौली । तर, तिमी त मनमा समुद्रको अशान्त छाल बोकेर पो बाँचेकी रै'छौ ! प्रिय सखी ! तिम्रो इमेल पढेपछि मेरो मनको तलाउमा पनि ज्वारभाटा... देशमा बेरोजगारीको समस्या र त्यसमा पनि शैक्षिक बेरोजगारहरुको संख्या बढ्दो छ । यस्तो स्थितिमा निजामती सेवाप्रति चौतर्फी रुपमा आकर्षण देखिन्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीमाझ अहिले जिज्ञासा बढेको छ, यस वर्ष लोकसेवा आयोगले नयाँ विज्ञापन गर्छ कि गर्दैन ? यसका साथै परीक्षा १ वर्ष र अझ २ वर्ष नै खुल्दैन रे भन्ने हल्ला बजारमा चलिरहेका छन् । अर्कातिर,... वित्तीय स्रोतः सिंहदरबारको अधिकार गाउँमा पुगेको छैन सिंहदरबारको अधिकार गाउँ/गाउँसम्म पुगेको रटान नलगाउने सायदै कोही होला । तर, यी अधिकार प्रयोग गर्न संविधानले ठाउँ/ठाउँमा रोक लगाएको छ । यति मात्र हैन, सरकारले पनि स्थानीय तहलाई यसो गर उसो गर भन्ने निर्देशानात्मक आदेश जारी गरेको छ । सिद्धान्ततः स्थानीय तह/सरकार संवैधानिक होस् वा नहोस् कुनै पनि निकायले स्थानीय तहलाई खास परिस्थितिबाहेक आदेश दिन मिल्दैन । आदेश दिनु... पहाडी क्षेत्रको गठबन्धन मधेसमा फलिफाप हुन्छ ? राष्ट्रिय जनता पार्टीका दोस्रो तहका एक नेताले सामाजिक संजालमा आक्रोश पोख्दैलेखेका थिए –राजपाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार फलाना (संघीय समाजवादी फोरमतिर संकेत गर्दै) लाई कसले दियो ? चुनावमा जाने, नजाने निर्णय राजपाले गर्नेछ अरूले हैन । र, फोरमलाई प्रथम चरणको निर्वाचनमा भागलिएकै कारण निकै सरापेका थिए । मलाई त्यो आक्रोश अस्वाभाविक लागेको थिएन । प्रथम चरणमा... नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको विगतको छवि त्यति राम्रो छैन । उनलाई 'पावर हंगर' का रुपमा चित्रित गर्ने गरिएको छ । उनी चौथोपटक प्रधानमन्त्री भएका छन् । अब देउवाले आफ्नो कार्यशैलीमा के-के सुधार गर्नुपर्छ ? र, उनीबाट के अपेक्षा गर्न सकिन्छ ? यसबारे हामीले राजनीतिक विश्लेषक पुरञ्जन अचार्यलाई सोधेका थियौं ।जवाफ आचार्यकै शब्दमाः शेरबहादुर देउवाले सुधार... डा. शेरबहादुर पुन जिका भाइरसको चर्चा सन् २०१५ पछि खासै भएको छैन। खासगरी, जिका संक्रमणले टाउको सानो भएको बच्चा एकपछि अर्को ठूलो मात्रामा देखिन थाल्यो भनेर सुन्नमा आएको छैन। तर प्रश्न उठ्छ, सन् २०१५ (अक्टुबर तिर) मा मात्र किन यति धेरै (दुई हजारभन्दा बढी) संख्यामा देखियो होला त यो समस्या? विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले हालै मात्र ब्राजिलको स्वास्थ मन्त्रालयसँग मिलेर गरेको... डा. गान क्वान मलाई यो कुरा व्यक्त गर्दा निकै दुःख लाइरहेको छ। तर, यो यथार्थ हो। नेपालमा हरेक वर्ष २५ हजारभन्दा बढी मानिसले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो संख्या निकै ठूलो हो। एक वर्षमै यति धेरै नागरिकको ज्यान लिने यो महामारीलाई रोक्न सकिन्छ। यतातिर सबैको ध्यान जान आवश्यक छ। नेपालमा दुई वर्षअघि विनाशकारी भूकम्प गयो। भूकम्पले... इ. रामराज शर्मा राजधानीलगायत मुख्य सहरहरू लोडसेडिङ्ग मुक्त भए । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने वाचा फेरि पनि दोहोर्‍यायो । केही नीतिगत सुधारहरु गरिए । उदाहरणका लागि ऊर्जा खरिद दर हिँउद र बर्खाको लागि १०० मेगावाटसम्मका 'रन अफ द रिभर' आयोजनाका लागि ४.८ र ८.४ रुपियाँ कायम गरियो । जलाशय युक्त आयोजना र 'पिकिङ्ग रन अफ द रिभर' आयोजनाका लागि नयाँ... आधारहीन प्रचारवाजी कि चुनाव घोषणापत्र विक्रम आचार्य स्थानीय चुनावको रन्को सबैलाई लागेको छ । प्रमुख दलदेखि वैकल्पिक भनिएका दलले समेत मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । सबैका घोषणापत्र हेर्दा लाग्छ, अब देशले १० वर्षभित्रै र नभए पनि २० वर्षमा अवश्य काँचुली फेर्नेछ । अर्थात् उनीहरूकै घोषणा पत्रलाई आधार मान्ने हो भने नेपालीको प्रतिव्यक्ति आय कम्तीमा पनि ५ हजार अमेरिकी डलर... कस्ता–कस्ता मतदाता ! पूरै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुनलाग्दा उमेदवारमात्र होइन मतदाता प्नि हौसिएका देखिन्छन् । तर, निर्वाचनपछि देशले गति लिन्छ भनेर आशा गरेका जनताले भोट कसलाई दिने भनेर मापदण्ड बनाएको भने पाइँदैन । यी यी गुण भएका उमेदवारलाई आफ्नो मत दिने हो भन्नुको सट्टा उही पुरानै शैलीमा मतदान गर्न आतुर देखिन्छन् । कस्लाई मत दिने भन्ने विषयमा धेरैको प्रतिक्रिया यस्तो पाइन्छ... यो साता नेपालको स्वास्थ्य क्षेत्रमा पोखराको मणिपाल शिक्षण अस्पताल र त्यहाँ कार्यरत चिकित्सकको चर्चा खूब चल्यो। घटना मानवीय संवेदनासँग जोडिएको हुनाले पनि यसले आम सर्वसाधारणको ध्यान तान्नु स्वाभाविकै हो। दुर्गम हिमालपारिको जिल्ला मुस्ताङमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई जति सक्दो चाँडो उपचारको आवश्यकता थियो। त्यसैले उनीहरूलाई हेलिकप्टरबाट सिधै मनिपाल... अस्पताल फार्मेसी : कसरी पन्छाउने चुनौतीका चाङ? सुस्मिता शर्मा आधारभूत स्वास्थ्य सेवा विश्वका हरेक नागरिकको अधिकार हो। नेपालको संविधान २०७२ ले पनि आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ। संविधानको मर्म अनुरूप नागरिकलाई स्वास्थ्य सम्बन्धी हरेक सेवा प्राप्त गर्ने अधिकार छ। अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्तहुने स्वास्थ्य सम्बन्धी सेवामा फार्मेसी सेवा पनि एक हो। यहाँ फार्मेसी सेवा... प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ । कुटनीतिक सम्बन्धका आफ्नै मूल्य र मान्यता रहन्छन् । एउटा निश्चित सिमाभित्र बाँधिएर कुटनीतिक मर्यादाको पालना गर्ने गरिन्छ । तर पछिल्लो दिनहरुमा नेपाल र भारतको औपचरिक र अनौपचारिक...
2018/12/09 19:31:04
http://radiosolu.org/single-page.php?catId=11?per=15&p=5/
mC4
नेप्से १६ अंकले बढ्दा ३ अर्ब ३७ करोडको कारोबार | Samajik Khabar Home अर्थ नेप्से १६ अंकले बढ्दा ३ अर्ब ३७ करोडको कारोबार काठमाडौं : साताको पहिलो दिने सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार प्रि-ओपानिङ सेसनमा नै ७ अंकभन्दा बढीले बढेको नेप्से १.०९ प्रतिशतले बढेर बन्द भएको छ । नेप्सेमा भएको वृद्धिसँगै कारोबार रकममा पनि उत्साह देखिएको छ । आइतबार १६.५६ अंकले बढेर १५३७.२५ अंकमा पुगेको बजारमा करिब साढे ३ अर्बको कारोबार भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिँदा करिब ३ घण्टा अवरुद्ध भएको बजारमा निर्धारित समयभन्दा सवा २ घण्टा ढिलोसम्म कारोबार भएको थियो । टीएमएसमा समस्या देखिँदा ११ बजेर २५ मिनेटबाट रोकिएको सेयर कारोबार २ बजेर १५ मिनेटमा सुचारु भएको थियो भने आजको कारोबार ५ बजेर १५ मिनेटमा बन्द भएको हो । आज नेप्सेमा १९१ कम्पनीको ७१ लाख ७९ हजार ००८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आर्थिक गतिविधि ठप्प हुँदा पनि पछिल्लो समय सेयर बजार भने लगातार बढिरहेको छ । पछिल्लो ३ सातामा मात्रै नेप्से ११० अंकभन्दा बढीले बढेको छ । आज थप १६ अंकले बढ्दा नेप्सेमा १२६ अंकभन्दा बढीका वृद्धि देखिन्छ । कोभिड १९ को कारण लकडाउन तथा निषेधाज्ञा जस्ता कारणले गर्दा आर्थिक गतिविधि ठप्प अवस्थामा रहेको छ । तर अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार भने लगातार रुपमा बढिरहेको छ । कोभिड १९ ले गर्दा अन्य व्यापार व्यवसाय ठप्प हुनुको साथै बैंकिङ प्रणालीमा पनि पर्याप्त तरलता रहेको छ । विगतका वर्षमा आर्थिक वर्षको पहिलो त्रैमासमा वर्षभरी लगानी हुने कुल कर्जाको ३०-४० प्रतिशत कर्जा बैंकअरुले लगानी गर्ने गरेका थिए । तर चालु आर्थिक वर्षमा पहिलो त्रैमासको २ महिना बितिसक्न लाग्दा पनि असार मसान्तमा रहेको कुल कर्जा बराबर कर्जा पुग्‍न नसकेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । बैंकहरुले व्यापार व्यवसायमा कर्जाको माग नहुँदा सेयर लगानीकर्तालाई कर्जा लिन बोलाइरहेका छन् । अर्कातर्फ व्यापार व्यवासय ठप्प हुँदा व्यापारीहरुले पनि लकगानीका विकल्पको रुपमा सेयर बजारमा लगानी गर्दा परिसूचकसँगै कारोबार रकमा पनि उत्साह देखिएको जानकारहरु बताउँछन् । पछिल्लो समय बैंकिङ समूहको सूचक स्थिर जस्तै देखिए पनि बिमा तथा हाइड्रनेपावरप्रति लगानीकर्ताकको आकर्षण बढेको छ । नेपालको पुँजीबजारको अधिकांश हिस्सा बिमा तथा बैंक वित्तीय क्षेत्रले ओगटेको छ । कोभिड १९ को कारण निजी क्षेत्र समस्यामा पर्दा बैंकहरुको कर्जा असुली हुन सकेको छैन जसले गर्दा बैंकको लाभांश क्षमतामा संकुचन आउने देखिन्छ । तर बैंकको तुलनमा बिमा कम प्रभाव पर्नु तथा कर्जाको ब्याजदर घट्दा हाइड्रोपावरको मुनाफामा भएको वृद्धिले गर्दा लगानीकर्ताको रोजाइ बिमा र हाइड्रोपावर रहेको देखिन्छ । आइतबार आज पनि निर्जीवन बिमा समूहको सुचक ४.०५ प्रतिशत, जीवन बिमा समूहको सूचक २.९८ प्रतिशत र हाइड्रोपावर समूहको सूचक ३.६४ प्रतिशतले बढेको छ । वित्त कम्पनीको समूहको सूचक नेगेटिभ हुँदा बैंकिङ समूहको सूचक ०.४८ प्रतिशत र विकास बैंक समूहको सूचक ०.०८ प्रतिशतले बढेको छ । वित्त कम्पनीसँगै व्यापार र म्युचुअल फन्ड समूहको सूचक भने नेगेटिभ भएको छ । कारोबार रकममा पनि बैंकिङ समूहबाहेकका कम्पनीले नै नेतृत्व गरेको छ । आइतबार नेपाल पुनर्बिमा कम्पनीले करोकार रकमको नेतृत्व गर्दा कम्पनीको २४ करोड २० लाख ३२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफ, नागरिक लगानी कोष, शिवम् सिमेन्ट र प्रिमीयर इन्स्योरेनसले कारोबारमा नेपाल पुनर्बिमालाई पछ्याएका छन् । आइतबार कारोबारमा आएका मध्ये ५ वटा कम्पनीको सेयर सर्किट मुल्यको नजिक कारोबार भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर, राधि विद्युत कम्पनी र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्यमा पाजेटिभ सर्किट लागेको छ । Previous articleनेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई निमित्त दिने तयारी
2021/04/23 00:04:36
https://samajikkhabar.com/blog/artha/7724/
mC4
सिद्धार्थद्धारा पिपिई सेट सहित क्वारेन्टाइन बेड सहयोग « Mayadevi Online News Portal सिद्धार्थद्धारा पिपिई सेट सहित क्वारेन्टाइन बेड सहयोग २८ चैत्र २०७६ शुक्रबार ००:०० मायादेवी अनलाइन, जितपुर । कोरोना भाइरस रोकथाम र नियन्त्रणको अभियानमा वाणगंगा नगरपालिकामा स्थानीय संघ संस्थाले सहयोग गर्ने क्रम जारी छ । सोही अनुरुप स्थानीय सिद्धार्थ सामाजिक विकास केन्द्रले वाणगंगा नगरपालिकालाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन नगरपालिकाको स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पिपिई १२ सेट र २ सय थान केएन ९५ माक्स प्रदान गरिएको हो । कपिलवस्तुमा २५ वर्षदेखि सामाजिक रुपान्तरणको क्षेत्रमा कृयाशिल उक्त संस्थाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी विरुद्धको अभियानमा स्थानीय सरकारलाई सहयोग गरेको संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी दिनुभयो । संस्थाले नगरपालिका भित्र निर्माण भएका क्वारेन्टाइन वेडहरु मध्ये २५ वटा बेड निर्माणमा आर्थिक सहयोग गरेको जनाएको छ । अध्यक्ष आचार्यका अनुसार नगरपालिकालाई १ लाख ५२ हजार बराबरको स्वास्थ्य सामग्री र ९० हजार बराबरको क्वारेन्टाइन वेड निर्माणमा सहयोग गरेको छ । वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले पिपिई सेट र माक्स ग्रहण गर्दै स्वास्थ्य संस्थाका लागि चाहिने सामग्री गुणस्तरीय भएको भन्दै अव अभाव नहुने जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणको रोकथाममा संस्थाले पु¥याएको सहयोगको प्रंशसा गर्दै अव जिन्सि भन्दा पनि नगद सहयोगले राहत वितरणमा टेवा पुग्ने बताउनुभयो । यसैबीच संस्थाले गत साता मायादेवी र शुद्धोधन गाउँपालिका अन्तरगत ३ वटा वडाका १ सय ६० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न वितरण गरेको थियो भने विजयनगर गुगौलीका २५ आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको थियो ।
2022/05/27 02:05:24
https://www.mayadevionline.com/2020/04/57803
mC4
नेपालमै पहिलो पटक 'रोड सेफ्टी फिल्म फेस्टिभल' हुने | suryakhabar.com Home मनोरञ्जन नेपालमै पहिलो पटक 'रोड सेफ्टी फिल्म फेस्टिभल' हुने on: १२ जेष्ठ २०७५, शनिबार १५:५७ In: मनोरञ्जनTags: No Comments काठमाडौं । नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ । आगामी जुलाई २ र ३ तारिखमा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा फिल्म प्रदर्शन गरिने छ । नासा फाउन्डेसनले विभिन्न संघ संस्थाको सहकार्यमा सो फेस्टिभल आयोजना गर्न लागेको हो । फेस्टिभलमा बढीमा १० मिनेट सम्मका लगभग २ दर्जन फिल्म प्रदर्शन गरिने छ भने उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फेस्टिभलमा विदेशी फिल्म मध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ । फिल्म फेस्टिभलका लागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र, अन्तरक्रिया र प्रदर्शन समेत हुनेछ । संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ सडक दुर्घटना । आज संसारमा वार्षिक रुपमा चौध लाख भन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सय भन्दा बढी अनाहक मै मारिन्छन् । त्यसै गरि नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौको क्षति भइरहेको पनि छ । सडक दुर्घटनाका कारण हाम्रो सामाजिक संरचना नै धरापमा पर्ने अवस्थामा पुगेको छ । र, त्यही कहाली लाग्दो अवस्थामा केही सुधार गर्ने उद्देश्यका साथ सरकारी र नागरिक स्तरमा पनि केही न केही कार्य भइरहेका पनि छन् । त्यसैको एक प्रयासको रुपमा नासा फाउन्डेसन र अन्य संस्थाहरुले पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गर्न लागेको बताईएको छ ।
2020/05/27 20:56:13
https://www.suryakhabar.com/2018/05/54539/
mC4
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बारपाक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेता भट्टराईले सोमबार सामाजिक संजाल ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबि गर्न माग गरेका हुन्। हाल डा.भट्टराई उपचारका क्रममा भारतको नयाँ दिल्लीमा छन्। उनले ट्वीटमा लेखेमा छन्- ज्यादै दु:खद घटना ऐतिहासिक बारपाक-सुलीकोटको! घटनाको निष्पक्ष र तथ्यगत छानबिन होस्! सहर मात्र हैन गाउॅघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं।’ बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा शनिबार राती एउटै घरमा सुतेका एक पुरुष र दुई महिला आइतबार मृतावस्थामा भेटिएका थिए।मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। आइतबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनैजना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चितवन- पहिरोले अबरुद्ध भएको करिव ३६ घण्टापछि एकतर्फी सुचारु भएको नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । सोमबार बिहान करिब ५ बजेतिर चार किलो नजिक खसेको पहिरोले अबरुद्ध सडक खण्ड बेलुका ५ बजेतिर एकतर्फी सुचारु भएको थियो ।
2021-03-04T21:12:22Z
https://covidresponse.wisc.edu/ne/covid-19-response-nepali/
OSCAR-2109
पछिल्लो समय उनी नेपाललाई हिन्दु धर्म सापेक्ष मुलुक घोषाणा गर्नुपर्ने अभियानमा लागेका छन् । विश्व शान्ती कायम तथा नेपाललाई हिन्दुधर्म सापेक्ष गरिनुपर्ने माग राख्दै उनले मेची महाकाली पैदल यात्रा समेत गरेका थिए । पूर्व मेचीमा रहेको पानीलाई पश्चिमको महाकाली नदीमा मिसाउँद २०७६ सालमा ४८ दिने उनको पैदल यात्रा सम्पन्न भएको थियो । रोसन/ज्ञानु भट्टराईसंगको कुराकानीमा अनादी कालदेखि ऋषीमुनीहरुको बसोबास रहेको धार्मिक राष्ट्र नेपाललाई बिदेशी डलरको आडमा धर्म निरपेक्ष घोषण गरिएको उनले आरोप लगाएका छन् । हिन्दु धर्मको संरक्षणमा राज्यले उदाशिनता देखाएको भन्दै नेपाली जनताले नचाहँदा नचाहँदै विदेशीको इसारामा भ्रष्ट नेताहरुले धर्म बेचेकोे उनको भनाई छ । २०१९ को संविधानमा नेपाललाई हिन्दु राज्य भनि घोषणा गरिएको थियो तर २०६३ को अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा ग¥यो । नेपाललाई धर्म निरपेक्ष घोषण गरे संगै यसका पक्ष र विपक्षमा थुप्रै वहसहरु भएका थिए । संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता नहटाएमा संविधान समाप्त हुने गुरु उनले चुनौती दिएका छन् । सदियौंदेखि सनातन धर्मसँगै हिन्दुत्व जोडिएको मुलुक नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर बनेको संविधान दिगो नहुने उनको भनाई छ । नेपालीहरुको नासोको रुपमा रहेको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष लेखिदा करोडौं हिन्दुहरुको मन दुखेको समेत उनले बताएका छन् । नेपाली जनताको अभिमतालाई एकातिर थन्क्याएर ल्याएको धर्मनिरपेक्षता कसैलाई मान्य नभएको बताउँदै 'दलिय भागण्डाका आधारमा नेपालको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषण गर्ने अधिकार कसैलाई नभएको उनले प्रष्ट पारे । नेपाल सरकारलेगौमाता बचाउनु पर्ने, सिमाना बचाउनुपर्ने, नदीनाला बचाउनुपर्ने र धर्मको नाममा परिवर्तनको आगो निभाउनुपर्ने साथै यहाँ रहेका साधु सन्त, महात्माको रक्षा र सम्मान गर्नुपर्नेमा उनले जोड दिए । 'धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश अस्थिर अवस्थामा पुगेको छ यहाँको सस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ त्यसैले संस्कृति, संस्कार धर्म बचाउन सबै सरोकारवाला निकायहरुलागी पर्नुपर्नेमा गुरु ख्यामप्रसाद जोड दिए । मुलुकमा धर्म निरपेक्षता हटाएर हिन्दु राज्य घोषणा गर्न पछिल्लो समय विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिने उनले जानकारी दिएका छन् । मुलुकमा हत्या, हिंसा, अत्याचार, बलात्कार, भष्ट्रचार बढिरहेको भन्दै यसको अन्त्य नै हिन्दु संस्कार मात्रै हुनेमा उनले खुलेर आफ्नो मत व्यक्त गरे । वर्तमान नेतृत्व पंक्तिमा रहेका नेताहरुलाई जनताले हिन्दु राज्य हटाउन मत नदिएको जिकिर गर्दै आगामी दिनमा हिन्दु विरोधी उमेदवारलाई मत नदिन उनले आग्रह समेत गरे । पछिल्लो समय देश व्यापार मात्र गर्न जान्ने वैश्यको हातमा रहेकोले राजनीतिमा व्यापारीकरण भएको जस्का कारण देश विकास उन नसकेको उनको गम्भिर आरोप छ । त्यसो भए देश विकास गर्न कस्ले नेतृत्व गर्छ पर्छ त भन्ने बुद्धशान्ति साप्ताहिकको प्रश्नमा उनले राजसी योग भएको व्यक्तिले राज्य संचालन गरे मात्र देश विकास हुने प्रष्ट्याउँदै अबको केही वर्षमा राजसी योग भएको मान्छेले देश संचालन गर्ने समेत ठोकुवा गरे ।
2021/01/26 11:17:46
https://ktmdainik.com/2021/01/45206/
mC4
पर्वलाई पर्यटनसँग जोडौँ : प्रधानमन्त्री - Butwal Online काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताए । "समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ", प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, "प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।" उनले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरे । "एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधी मान्दै आएका छौँ । यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ", उनले सन्देशमा भनेका छन्, "हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए, तर हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौँ ।" "इन्द्रजात्राका बारेमा वाल्मिकी रामायण, महाभारत, हरिवङ्शपुराण, कालिकापुराण, विष्णु धर्मोत्तर पुराण, बृहत् संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुवंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ", उनले सन्देशमा भनेका छन्, "पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।"
2019/09/20 14:51:04
http://butwalonline.com/2019/09/79373/
mC4
यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई | Radio Nepal | रेडियो नेपाल रेडियो नेपाल २०७६ असोज २६ गते १५:४२ काठमाडौँ – दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको बिदाइ गर्नुभएको थियो ।
2022/07/01 13:16:43
https://onlineradionepal.gov.np/2019/10/13/19986.html
mC4
गैरकानूनीरुपमा सञ्चालित निजी विद्यालय छ्यासछ्यास्ती ! - Everest Dainik - News from Nepal गैरकानूनीरुपमा सञ्चालित निजी विद्यालय छ्यासछ्यास्ती ! बर्दिवास, मङ्सिर १४ । महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ । पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक्त कार्यालयका प्रमुख शत्रुधन यादव बताउँछन् । याे पनि पढ्नुस मिथिलाञ्चलमा झिझियाको रौनक जिल्लामा यसरी बिनाअनुमति सञ्चालनमा रहेका विद्यालयको सङ्ख्या १०० भन्दा बढी भएको अनुमान गरिए पनि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी जानकारी गराएपछि मात्र यकिन विवरण आउने जिल्ला शिक्षा समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनार्इ छ । बर्दिवास नगरपालिकाको शिक्षा शाखाका प्रशासकीय अधिकृत गणेश दाहाल अनुगमनका क्रममा नगर क्षेत्रका विभिन्न वडा बस्तीमा सञ्चालित ३७ संस्थागत विद्यालयमध्ये अहिलेसम्म १५ वटा अनुमतिबिना नै सञ्चालित भएको पाइएको जानकारी दिएका छन् । तीमध्ये १० विद्यालयले सञ्चालन स्वीकृति लिएका कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरेको पाइएको छ भने पाँचवटाले त विद्यालय सञ्चालनको कुनै प्रक्रिया नै अघि बढाएको नपाइएको उहाँ बताउँछन् । जिल्लामा सञ्चालित प्राय संस्थागत विद्यालयले कक्षाकोठा, विद्यार्थीका लागि बस्ने व्यवस्था, शैक्षिक सहायक सामग्री र योग्य विषय शिक्षकको व्यवस्थाबिना नै स्वीकृतिबिना नै कक्षा सञ्चालन गर्नाका साथै अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने विज्ञापन गरेर मनपरी चर्को शुल्क उठाउने गरेको सम्बद्ध अभिभावक बताउँछन् । शिक्षा क्षेत्रको यो अस्तव्यस्तता चिर्न सबै स्थानीय तहले योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा शिक्षसेवी कृष्णचन्द्र झा जोड दिन्छन् । रासस
2020/08/10 21:15:17
https://everestdainik.com/2018/11/224221/
mC4
२०७२ को भूकम्पमा यदि काष्ठमण्डप नढलेको भए त्यो उति सम्झनयोग्य भूकम्प नै हुने थिएन सायद । ठूला भूकम्पमा घर ढल्नु, मान्छे मर्नु स्वाभाविक हो । तर, काष्ठमण्डप नै ढल्नु बिर्सिनका लागि घटेको घटना होइन । काष्ठमण्डप ढलेकै कारण २०७२ को भूकम्प स्मरणीय रहने निश्चित छ । ‘काष्ठमण्डप’ नामैले भन्छ– यो काठैकाठले बनेको मण्डप हो । त्यही ‘मण्डप’ शब्द अपभ्रंश हुँदै ‘मरु’ बन्न गयो । ‘मरु’ बाटै उक्त सत्तलको नाम मरु सतः, टोलको नाम मरु टोल, सँगैको गणेश मरु गणेश, अलि परको हिटी मरुहिटी, छेउकै बही मरुबही बन्न पुग्यो । ‘मरु’ शब्दको शक्ति यसले जनाउँछ । सिंगो ‘काष्ठमण्डप’ बाट ‘काठमाडौं’ बन्न गयो, जो देशकै राजधानी सहर बन्यो । भनिन्छ, काष्ठमण्डप पूरा एउटै रूखको काठबाट बनेको स्मारक हो । किंवदन्ती भन्छ– काष्ठमण्डप बनाउन जुन रूखको काठ प्रयोग भएको हो, त्यसलाई कल्पवृक्ष भनिन्छ । रूख यति विशाल थियो कि त्यसको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो । तत्कालीन काठमाडौंमा हरिसिद्धिको जात्रा हेर्न कल्पवृक्ष पनि मान्छेको रूप धारण गरेर आएका रहेछन् । मान्छेको रूपमा आएका कल्पवृक्षलाई भीडले चिनेन, तर एक तान्त्रिकले चिने । त्यसपछि उनले कल्पवृक्षमाथि तारण लगाएर उनलाई हलचल गर्न नसक्ने बनाइदिए । आफ्नो वशमा आइसकेको कल्पवृक्षलाई तान्त्रिकले भने, ‘म यो ठाउँमा एउटा यस्तो स्मारक बनाउन चाहन्छु, जहाँ तेत्तिसकोटी देवताको बास होस्, त्यसका लागि आवश्यक काठ उपलब्ध गराइदिनुपर्‍यो ।’ कल्पवृक्ष उनको माग पूरा गर्न तयार भए । उनले आफ्नो एउटा बीउ छोडेर गए । त्यही बीउबाट उम्रेको वृक्ष काटेर तान्त्रिकले काष्ठमण्डप बनाए । काष्ठमण्डप बनाइसकेपछि तेत्तिसकोटी देवतालाई आह्वान गरी त्यहीं बास गराए । बासपछि उनले देवताहरूलाई काष्ठमण्डपको प्रतिष्ठा नसकुन्जेल फर्कन नपाइने वाचा गराए । काष्ठमण्डपको प्रतिष्ठाचाहिँ जुन दिन नुन र तेलको भाउ एउटै हुन्छ, त्यही दिन गर्ने भन्ने तय गरियो । तर, नुन र तेलको भाउ कहिल्यै समान भएन । त्यसैले अहिलेसम्म पनि काष्ठमण्डपको प्रतिष्ठा गरिएको छैन । र, तेत्तिसकोटी देवता पनि त्यहाँबाट फर्केका छैनन् भन्ने विश्वास गरिन्छ । ... २०७२ को भूकम्पमा काष्ठमण्डप ढलेपछि यसको पुनर्निर्माण सुरु गरियो । पुनर्निर्माण क्रममा परीक्षण गरियो– काष्ठमण्डपका काठहरू साँच्चै एउटै मात्र रूखबाट प्राप्त गरिएको थियो त ? तर, परीक्षणमा त्यस्तो देखिएन । काष्ठमण्डपमा साल, सल्ला, आँप र अग्राखका विभिन्न काठ प्रयोग भएको पाइयो । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं वाग्मती प्रदेशसभाका सांसद राजेश शाक्यका अनुसार, काष्ठमण्डप निर्माणको सुरुमै यी विभिन्न जातका काठ प्रयोग गरिएका हुन् वा विभिन्न समयमा काष्ठमण्डपको जीर्णोद्धार हुँदा यी काठ घुसाइएका हुन्, यकिन भन्न सकिएको छैन । अहिलेसम्म थाहा भएअनुसार, काष्ठमण्डपको पुनर्निर्माण सत्रौं शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल अर्थात् प्रताप मल्लका बुबा (सन् १६२१–१६४१) बाट भएको थियो । अहिलेसम्म काष्ठमण्डपको तीन पटक जीर्णोद्धार गरिएको छ । काष्ठमण्डपमा विभिन्न कालखण्डका काठहरू प्रयोग गरिएको पनि परीक्षणबाट थाहा भएको छ । आश्चर्य के भने काष्ठमण्डपमा रहेका यी विभिन्न काठमध्ये पाँचौं शताब्दीको एक टुक्रा काठ पनि भेटिएको छ । बेलायतको डुराम विश्वविद्यालयले त्यसको परीक्षण गर्‍यो र त्यो पाँचौं शताब्दीको भएको पुष्टि गर्‍यो, तर त्यो कुन जातको काठ हो भन्ने अहिलेसम्म खुलेको छैन । वास्तुकलाविद् प्रा.डा. सुदर्शनराज तिवारीका अनुसार, काठको जात पत्ता नलागेर अहिले विदेशी पनि हैरान छन् । उक्त काठमा सिंहको जस्तो अनुहार कुँदिएको छ । परीक्षणबाट अझै काम लाग्ने प्रमाणित भएकाले पहिले जुन ठाउँमा त्यो काठ थियो, पुनः त्यही ठाउँमा मेथको रूपमा जडान गरिएको छ । यति मात्रै होइन, यो काठले एउटा अर्को पनि इतिहास रच्ने तयारी गरिरहेको छ । यो संसारकै सबैभन्दा पुरानो बुट्टा कुँदिएको काठ हुन सक्ने सम्भावना प्रबल छ । योभन्दा पुरानो बुट्टावाल काठ विश्वमा कहीं छ कि भनेर डुराम विश्वविद्यालय अहिले खोजी कार्यमा लागिरहेको पनि संयोजक शाक्यले बताए । तर, अहिलेसम्म योभन्दा पुरानो अर्को बुट्टावाल काठ भेटिएको छैन । अहिले काष्ठमण्डपलाई चाहिने काठ ल्याउने जिम्मेवारी पनि संयोजक शाक्यकै काँधमा आएको छ । काष्ठमण्डपको पूरा संरचनामा ९० प्रतिशत काठ मात्रै प्रयोग गरिएको छ भने १० प्रतिशत मात्रै विभिन्न आकार र नापका इँटाहरू प्रयोग गरिएको छ । एउटा सिंगो काष्ठमण्डप बनाउन १७ हजार ५०८ क्युफिट काठ चाहिने अनुमान छ । यसका लागि करिब १८०० देखि २००० वटा रूख काट्नुपर्ने देखिन्छ । एउटै काठ ३२ फिट अग्लो चाहिने भएकाले चिरानको समस्या आइरहने शाक्य बताउँछन् । काठका लागि सुरुमा टिम्बर कर्पोरेसनसँग सहमति भएको थियो । तर, अहिले कर्पोरेसनले काठ दिन नसकेकाले अनेक राजनीतिक तनाव आइपरेको बताउँछन् पुनर्निर्माण समितिका सचिव गौतम डंगोल । काष्ठमण्डपका लागि काठ ल्याउन गरिएका प्रपञ्च कम्ता रोचक छैनन् । काष्ठमण्डपलाई आवश्यक काठ काठमाडौं उपत्यकामा पाइँदैन, २ नम्बर प्रदेशका जंगलतिर जानुपर्ने हुन्छ । तर, नेपालको वनसम्बन्धी कानुनका कारण कसैलाई चाहियो भन्दैमा जंगलको रूख जथाभावी काट्न पाइँदैन । बुझ्दै जाँदा वन मन्त्रालयबाट के थाहा पाइयो भने भारतबाट बिजुली ल्याउन र भारतमा बिजुली पठाउन ४०० केभीको प्रसारण लाइन जोड्नका लागि रौतहटको जंगलमा केही रूख काट्ने तयारी हुँदै छ । तर, ४०० केभीको प्रसारण लाइन ल्याउने योजना मात्रै रहेछ, मन्त्रिपरिषद्बाट निर्णय भने हुन पाएको रहेनछ । काष्ठमण्डप पुनर्निर्माणका पदाधिकारीहरूले उक्त प्रसारण लाइनको फाइल नै मन्त्रिपरिषद् पुर्‍याएर त्यसलाई पारित गर्ने काम पनि गरायो । त्यो पारित भएपछि रूख काट्न सुरु भयो । त्यही रूख आवश्यक गोलाइमा कटान गरी काठमाडौं ल्याइयो । रूख कटानपछि त्यहाँ प्रसारण लाइनको पोल पनि गाड्न सुरु भयो । त्यस्तै भारतको रक्सौलबाट नेपालको अमलेखगन्जसम्म पेट्रोलको पाइप लाइन बिछ्याउन पनि नेपालको जंगलमा केही रूख काटिएको थियो । त्यो रूख पनि काष्ठमण्डपमै प्रयोग गर्न काठमाडौं ल्याइएको छ । त्यसरी नै धनगढीमा टनकपुरको पानी प्रयोग गर्न महाकाली नदीमा सिँचाइको काम पनि भइरहेको छ । त्यसका लागि पनि केही रूख काटिएको थियो । त्यो पनि काष्ठमण्डपमै जडान गरिएको छ । यसरी काष्ठमण्डप पुनर्निर्माणमा महोत्तरी, पर्सा, महाकाली, रौतहटको समेत काठ प्रयोग भएको छ । तर अहिलेसम्म काष्ठमण्डपकै लागि भनेरचाहिँ एउटै पनि रूख काटिएको छैन । संयोजक शाक्य भन्छन्, ‘काठ पाएर मात्र पनि के गर्नु, २ नम्बर प्रदेशको काठ ३ नम्बर प्रदेशलाई दिन मिल्छ कि मिल्दैन भनेर अर्को बखेडा पनि निस्क्यो । त्यसलाई पूर्वमन्त्री राजेन्द्र महतोले हल गरिदिनुभयो ।’ काठमाडौंका संयोजक शाक्य अक्सर जानुपर्ने त प्रदेश राजधानी हेटौंडा हो, तर उनी त्योभन्दा बढी पुगिरहेका हुन्छन् जनकपुर । ‘के गर्नु, काठको खातिर..,’ उनी भन्छन् । जनकपुर हुँदै ल्याइने मकवानपुरको सःमिलमा काठलाई नापअनुसार कटान गर्ने र काठमाडौं पठाउने उनको काम हो । काठमाडौंको कालभैरव अगाडिको पुरानो जिल्ला प्रहरी कार्यालय अहिले काष्ठमण्डपको काठमा बुट्टा कुँद्ने ‘वर्कशप’ बनिरहेको छ । बाहिरबाट आउने काठहरू जम्मै अहिले यहीं स्टोर गरिएको छ । सातौं शताब्दीमा काष्ठमण्डप निर्माण हुँदा त्यहाँ प्रयोग गर्न ल्याइएको काठ हाल कुमारी घर रहेको एउटा बहालमा स्टोर गरी राखिएको थियो । उक्त विहारको खास नाम श्रीखण्ड तरुमुल महाविहार हो । तर, काष्ठमण्डप बनाउन ल्याइएका काठमा मुढाहरू मात्र राख्दाराख्दै विहारको नामै परिवर्तन भई ‘सिंखंमू बहाः’ बन्न पुग्यो, ‘सिंखंमू’ अर्थात ‘काठको डंगुर’ । उक्त विहारका प्रमुख थिए, तान्त्रिक लीलावज्र वज्राचार्य । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार, काष्ठमण्डप बनाउने तान्त्रिक पनि अरू कोही नभई उनै लीलावज्र वज्राचार्य थिए । हाल भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले नै सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ । पुनर्निर्माणमा धेरै नयाँ काठ प्रयोग भए, परीक्षण गर्दा सद्दे देखिएका पुराना काठ पनि प्रयोग गरिएको छ । त्यसपछि पनि बाँकी भएका काठ संकलन गरी अब एउटा म्युजियम बनाउने सोच रहेको योजना सुनाउँछन् सचिव डंगोल । सातौं सदीमा काष्ठमण्डप निर्माण गर्दा बाँकी भएको काठबाट अर्को एउटा पनि सत्तल बनाइएको किंवदन्ती पाइन्छ, जसको नाम हो ‘सिंल्यं सतः’, अर्थात् ‘बाँकी बचेको काठको सत्तल’ । त्यसपछि पनि बाँकी रहेको काठका टुक्राटाक्री जम्मै गाडेर त्यसमाथि एउटा डबली बनाइएको थियो, जसलाई ‘मरु दबू’ भनिन्छ । यदि काष्ठमण्डप जीर्णोद्धार गरी त्यसमा कुनै काठ फेर्नुपर्‍यो भने नयाँ काठ नराखी त्यही डबली खनेर त्यहींबाट काठ झिकेर प्रयोग गर्नुपर्छ भन्ने पनि कथन रहेको छ । काष्ठमण्डप पुनर्निर्माणलाई काठको खोजीमा भौंतारिँदा–भौंतारिँदै हैरान खाएका संयोजक शाक्य अब सरकारसमक्ष एउटा प्रस्ताव राख्ने तयारीमा छन् – काष्ठमण्डपका लागि अहिले जति रूख काटिएको हो, त्यसको दस दोब्बर हुने गरी नयाँ रूख रोप्ने । त्यो रूख अन्त होइन, यही नेपाल मण्डल भू–भागकै छेउछाउमा रोप्ने । ताकि अर्को सय वर्षपछि पुनः काष्ठमण्डप जीर्णोद्धार गर्नुपर्‍यो भने काठका लागि टाढा भौंतारिनु नपरोस् र काष्ठमण्डपकै लागि रोपिएको रूख हो भनी सजिलै उपलब्ध होस् । भन्छन्, ‘यसले सम्पदा पनि बचाउँछ, पर्यावरण पनि बचाउँछ ।’ प्रकाशित : वैशाख ११, २०७८ १०:१० Share on Facebook Share on Twitter Share via Email प्रतिक्रिया पठाउनुहोस् अर्को समाचार shares संग्रह सेयर कोसेली आगोको कथा : लप्काको लामो यात्रा आगो प्राप्तिपछि संसारकै कायाकल्प भयो । मान्छेको साथ लागेर आगोले संसार विचरण गर्‍यो । र, उसले आफ्नो चरित्र बदल्यो । मान्छेलाई मुक्ति दियो, मान्छेले आगोको आयाम बदल्यो । कालान्तरमा दुवै एक अविभाज्य शक्ति बने । अन्तत: मानवता र आगो एकअर्काका परिपूरक देखिए । वैशाख १०, २०७८ विकास बस्नेत भुइँचालोका देउता माफुईसँग पाताल लोकमा निरन्तर बलिरहने आगो थियो । यता मत्र्यलोकका प्राणी भने आगोविहीन थिए । किशोर टिइइटीका बाबु तालङ्गा र माफुई देउताको दोस्ती थियो । तालङ्गा प्रत्येक दिन घरबाट निस्केर पाताल लोकमा काम गर्न जान्थ्यो । एक दिन ऊ लुसुक्क पिताको पछि लाग्यो । पिता पाताल लोकमा माफुईको खेतबारीको काममा व्यस्त थियो । भित्रको वातावरण धूवाँले भरिएको थियो । छोरोले प्रश्न गर्‍यो, ‘बा, यो के हो ?’ अकस्मात् छोरोलाई पाताल लोकमा देखेर तालङ्गा डरायो । ‘यो धूवाँ हो, माफुईको आगोबाट निस्केको,’ पिताले भन्यो, ‘तँ यहाँबाट गइहाल्, देउता रिसाए भने तँलाई सर्लक्कै निल्छन् ।’ टिइइटीले मत्र्यलोकमा पनि आगो लिएर जाने प्रस्ताव राख्यो । तर, पिता डरायो । टिइइटी आफैं माफुईसामु उपस्थित भयो– आगो माग्न । माफुईले केटोलाई आगो दियो । त्यो आगोमा पिँडालु पोलेर खान खोज्दा भुइँचालो उत्पन्न गरी माफुईले चुलोको ढुङ्गो र पिँडालु छरपष्ट पारिदियो । त्यसपछि दुईबीच भयानक युद्ध भयो । अन्त्यमा टिइइटीले माफुईको हात भाँचिदियो । त्यसपछि माफी माग्दै माफुईले टिइईटीसामु आफ्नो देब्रे हातचाहिँ नभाँचिदिन आग्रह गर्‍यो । टिइइटीले माफी दिने, तर बदलामा आफूले मागेको चिज पाउनुपर्ने प्रस्ताव राख्यो । माफुईले टिइइटीलाई सयवटी श्रीमती दिन्छु भन्यो । टिइइटीले अस्वीकार गर्‍यो । हार खाएर माफुईले टिइइटीलाई मत्र्यलोकमा पनि आगो बाल्ने तरिका सिकाइदिने वाचा गर्‍यो । माफुईले भन्यो, ‘सृष्टिकर्ता ईश्वरले पृथ्वीको रचना गरेपछि आगोलाई विभिन्न रूखहरूमा लुकाएर राखेका छन् । तिनै रूखका काठहरू एक–आपसमा घोटेर आगो निकाल्न सकिन्छ ।’ र, माफुईले आगो लुकाइएका रूखहरूको नाम बतायो । त्यसउप्रान्त पृथ्वीमा सबैका लागि आगो प्राप्य भयो । (जेम्स जर्ज फ्रेजर, मिथ्स अफ द ओरिजिन अफ फायर) । माथि लेखिएको लोककथा सामोआ द्वीपका आदिवासीहरूमा निकै प्रचलित छ, जहाँ अझै पनि दाउराको घर्षणबाट आगो निकाल्ने परम्परागत तरिका फाट्टफुट्ट प्रचलनमा छ । ००० आरम्भदेखि नै आगोमा विनाशकारी–रचनात्मक शक्ति दुवै देखेको र यसको अपार शक्तिसामु निरीह बनेको मान्छेले मिथकहरूमा आगोको एकाधिकार ईश्वर वा अन्य अपराजेय शक्तिको जिम्मा लगाएको छ । जिम्बावेका बा इला, नाइजेरियाको इकोइ, प्राचीन ग्रीक, अमेरिकाका कारोक आदिवासी, युरोपको नर्मान्डीलगायत ठूलो समुदायमा प्रचलित मिथकहरूमा आगो ईश्वरको कब्जामा थियो । यस्ता थुप्रै संस्कृतिले ईश्वर वा त्यसका समकक्षी सत्ताहरूबाट आगो चोर्ने, खोस्ने, छक्याएर हात पार्ने सांस्कृतिक नायक वा चलाख पात्र जन्माएको छ । ग्रीक कथाका प्रमिथसदेखि न्युजिल्यान्डका माओरी जातिका माउवी आगो चोरेर/खोसेर मानवतालाई उन्मुक्त पार्ने त्यस्तै सांस्कृतिक नायक हुन् । त्यसैले आगोको तृष्णा शक्तिको तृष्णा हो । आगोको प्राप्ति शक्तिको प्राप्ति हो । प्रचलित मिथकहरू आगो–प्राप्ति र यसको नियन्त्रित प्रयोगको चरणबद्ध इतिहासलाई मानिसले आफ्नो कल्पनाशीलताले सजाएका मौखिक दस्तावेज हुन् । मिथकहरू भन्छन्– आरम्भमा आगो थिएन । मेक्सिकोका सिया, न्युगिनीका मासिङ्गारा, क्यारोलिन टापुका याप, बर्माका काचिललगायत सयौं आदिवासी समुदायका मिथकमा आरम्भमा दुनियाँ आगोविहीन थियो । पपुवा न्युगिनीनजिक रहेको टापुका आदिवासीहरूको मिथकअनुसार, एक बूढीआमाले सूर्य–चन्द्र र आगोलाई जन्म दिएकी हुन् । मानिसहरू भन्छन्, जीवन नै आगोको पूर्वसर्त हो । तर, जीवनचाहिँ आगोबिना पनि सम्भव छ । जलचरको विविधता हेरे त्यो पुष्टि हुन्छ । तर, जीवनबिना आगोचाहिँ सम्भव थिएन । मिथकको संकेतझैं यो धरतीमा जीवनले नै आगो जन्मायो र कालान्तरमा आगोले जीवनको गोरेटो बदल्यो । आगोको जन्म आदिम धरती आगोविहीन थियो । आगो बल्न आवश्यक तीन सरजाम एकसाथ जुट्न जरुरी हुन्छ । पहिलो अक्सिजन, दोस्रो इन्धन र तेस्रो ताप । आगो अध्येताहरू यी तीन चिजलाई अग्नि–त्रिकोण भन्छन् । इन्धनका रूपमा रहेको हाइड्रोकार्बनसँग अक्सिजनको शृंखलाबद्ध रासायनिक प्रतिक्रिया नै आगो हो । यो प्रक्रियामा ताप, प्रकाश र अन्य रसायन उत्सर्जन हुन्छ । बलेको आगो निभाउन पानी वा कार्बनडाइअक्साइडको प्रयोग वा आगोलाई छोपेर अक्सिजनको आपूर्ति बन्द गराएर आगो निभाएका उदाहरणले आगो बल्ने रासायनिक प्रक्रियामा अक्सिजनको महत्त्व पुष्टि गर्छ । पृथ्वीमा यी तीन चिज एकसाथ जुट्न निकै लामो समय लाग्यो । अग्नि–त्रिकोणका आवश्यक तीन चिजमध्ये आरम्भमा चट्याङ, चट्टानहरूको घर्षण तथा ज्वालामुखीय गतिविधिबाट उत्पन्न हुने तापको स्रोत मात्रै पर्याप्त थियो । तर, रासायनिक प्रतिक्रियाका लागि आवश्यक अक्सिजन र इन्धनका रूपमा रहेको वनस्पति थिएनन् । आरम्भ र उद्विकासको लामो कालसम्म जीवहरूले ऊर्जा दोहनका लागि अक्सिजन प्रयोग गर्दैनथे । बरु अक्सिजन तिनका लागि विषाक्त वायु थियो । तर, दुई अर्ब वर्षअगाडि सायनोब्याक्टेरियाको उद्विकास भयो । यसले सूर्यको प्रकाशको उपस्थितिमा ऊर्जादोहन गर्न थाल्यो र ‘बाइप्रडक्ट’ का रूपमा अक्सिजन वायुमण्डलमा छाड्न थाल्यो । यसलाई ‘ग्रेट अक्सिडेसन इभेन्ट’ भनिन्छ । दुई अर्ब वर्षअघिदेखि वायुमण्डलमा जम्मा हुन थालेको अक्सिजनको पछिल्लो ४५ करोड वर्षअघि आएर मात्रै आगो बल्न सक्ने गरी पर्याप्त मात्रा पुग्यो । अहिले पृथ्वीको वायुमण्डलमा यसको २१ प्रतिशतको सन्तुलन विन्दुमा छ । वायुमण्डलमा १५ प्रतिशतभन्दा कम अक्सिजन भएमा पृथ्वीमा आगोको फिलिङ्गोसम्म जुर्ला तर त्यो टिक्न सक्दैन । अक्सिजनको तह ३५ प्रतिशतभन्दा ज्यादा भएमा आगोले आफू बल्न चाहिने इन्धन नै बाँकी नराखी सबै सोत्तर पार्न सक्छ । आगो बल्न आवश्यक इन्धन अर्थात् जमिनमा वनस्पतिको उद्विकास र विस्तार ४५ देखि ४२ करोड वर्षअघि मात्रै भएको हो(द इमरल्ड प्लानेट, डेभिड बियरलिङ) । यसअघि पानीको स्रोतको किनारमा परेर सुेकेको लेउ वा झ्याउ तापको संसर्गमा आउँदा यदाकदा आगोको झिल्को उठ्यो होला । तर, त्यो फिलिङ्गो हामीले बुझे–जानेको आगोको एकछेउ पनि थिएन । यसरी पानीबाट निस्किएर बिस्तारै किनारको जमिन ढाक्दै गरेको आदिम वनस्पतिबाट सिर्जित इन्धनको पहिलो लट, वायुमण्डलमा जीवनले नै सञ्चित गरेको पर्याप्त अक्सिजनको तह र ताप/झिल्को अर्थात् अग्नि–त्रिकोणका सामग्री करिब ४२ करोड वर्षपहिले एकैसाथ जुट्न पुग्यो । त्यही क्षण पहिलो पटक पृथ्वीमा आगोको ज्वाला दन्किएको हुनुपर्छ । पुरातात्त्विक अवशेष र अन्य प्रमाणले यसै भन्छन् । यही समयकालमा बनेको पत्रे चट्टानमा फेलापरेको अंगारको अवशेषले यसको पुष्टि गर्छ । (फायर : नेचर एन्ड कल्चर, स्टेफेन जे. पायने) । त्यसयता पृथ्वीमा आगोको सघनता, शक्ति र फैलावटमा प्रशस्तै उतारचढाव आए पनि आगो धरतीबाट पलायन भने भएन । धरती आगोमय भएको लामो समयपछि आफूखुसी आगो बाल्न र निभाउन सक्ने विशिष्ट प्राणीको रूपमा मान्छे आइपुग्यो । यससँगै ताप सिर्जना गरेर आगो बाल्न सक्ने प्रकृतिको एकाधिकार सकियो । अगुल्टो बोकेर मानिसले दुनियाँ कब्जा गर्‍यो । मान्छेको साथ लागेर आगोले दुनियाँ ढाक्यो । प्रमिथसहरू वृहस्पतिमा चट्याङ चल्छ, मंगलमा फ्रि–अक्सिजनको अंश छ, शनिको चन्द्रमा टाइटानमा मिथेनमा आधारित इन्धन पनि छ । तर, यी तिनै चिजको अद्भुत संयोगचाहिँ पृथ्वीमा मात्रै छ । त्यसैले पृथ्वी आगो बल्ने विशिष्ट ग्रह हो । धरती आगोमय भएको लामो समयपछि आफूखुसी आगो बाल्न र निभाउन सक्ने एक्लो विशिष्ट प्राणीको रूपमा मान्छे आइपुग्यो । यससँगै ताप सिर्जना गरेर आगो बाल्न सक्ने प्रकृतिको एकाधिकार सकियो । धरतीको एक सामान्य रासायनिक प्रतिक्रिया मान्छेको बेचैन हातमा पुगेपछि धरतीकै स्वरूप बदल्ने शक्तिशाली औजार बन्यो । अगुल्टो बोकेर मानिसले दुनियाँ कब्जा गर्‍यो । मान्छेको साथ लागेर आगोले दुनियाँ ढाक्यो । तर, पृथ्वीमा आगोको आरम्भ ठ्याक्कै कहिले र कसरी भयो, ठोस प्रमाण छैन । आफूभन्दा निकै जेठो आगोबारे मान्छे पक्कै सचेत थियो । प्राकृतिक रूपमा सल्केको आगोबाट मान्छेले आफ्नो प्रजातिको शैशवकालदेखि नै फाइदा लिएको हुन सक्ने प्रमाण पर्याप्त छन् । तर, यसको नियन्त्रण र व्यवस्थित प्रयोग भने थुप्रै चरण पार गरेर आएको हुनुपर्छ । ज्ञान/विवेक, सामाजिक व्यवहार र शारीरिक संरचनाको निश्चित मात्राको संयोग मिलेपछि मात्रै आगोसँग मान्छेको सचेत सम्बन्धको आरम्भ भएको हुनुपर्छ (फ्रान्सेस डी बुर्टन, फायर : द स्पार्क द्याट इग्नाइटेड ह्युमन इभोलुसन) । आगोको महत्त्व बुझ्न सक्ने मानसिक क्षमता, यसलाई व्यवहारमा उतार्न सक्ने सीप, त्यो सीपलाई अर्काे पुस्तामा हस्तान्तरण गर्न सक्ने सांस्कृतिक–शारीरिक क्षमताको विकास (दुई खुट्टामा उभिएर हिँड्न सक्ने क्षमता) जस्ता आधारभूत सर्त पूरा नभई मानिसले आगोको सचेत र नियन्त्रित प्रयोग गर्न भने सकेन । फैलिँदो घाँसे मैदान, बदलिँदो भूगोल र पर्यावरणले करिब ७० लाख वर्षअघिदेखि अफ्रिकामा पर्याप्त डढेलो लाग्न थालेको थियो (बर्निङ प्लानेट, एन्ड्रयु सी स्कट) । यही समयदेखि नै मानव पुर्खा र आगोबीच बाक्लो सम्बन्धको आरम्भ भएको हुनुपर्छ । आरम्भमा डढेलोको आगोमा ‘मौका छोपेर’ मान्छेले आफ्नो भोक मेटेको हुनुपर्छ । डढेलोमा पोलिएका प्राणी, बाफिएका/पाकेका फल मात्रै होइन, आगोमा फसेका जनावरलाई घेरा हालेर सिकार गर्ने मौकाका रूपमा मानिस र आगोको सम्बन्ध आरम्भ भएको हुनुपर्छ । डढेलोलाई अझै पनि धेरैले प्राणी–सिकारको अवसरका रूपमा प्रयोग गर्छन् । २६ लाखदेखि पछिल्लो १० लाख वर्ष मानव उद्विकासको अर्काे महत्त्वपूर्ण संक्रमणकाल थियो । यही कालखण्डमा मान्छेले ढुङ्गाको औजार प्रयोग गर्न थाल्यो । होमो ‘जिनस’ भित्रको पहिलो प्रजातिको उद्विकास भयो । यो कालखण्डका पर्याप्त जीवाश्मा र पुरातात्त्विक प्रमाणले तिनको शारीरिक संरचना, व्यवहार र संस्कृतिको आकलन गर्न सक्ने बनायो । प्राप्त जीवाश्माको शारीरिक संरचना र पुरातात्त्विक प्रमाणले पनि यही समयमा मान्छेले आगोको नियन्त्रित प्रयोग गर्न थालेको देखाउँछ । नभन्दै दक्षिण अफ्रिकाको वन्डररेक गुफामा करिब १० लाख वर्षपहिलेको आगोको नियन्त्रित प्रयोगको पहिलो अकाट्य प्रमाण फेलापरेको छ (टाइम, जुन १, २०१८) । केन्याको स्वार्तक्रान्स गुफामा १५ लाख वर्षअघि नै आगोको नियन्त्रित प्रयोगको संकेत मिलेको छ । यहीकालका पुष्टि भएका अन्य छिटफुट प्रमाणमा मानव पुर्खाको शिविरको अँगेनो (वा यस्तै संरचना) मा डढेर रातो र कडा भएको माटो (चेसोवान्जा, केन्या) अँगेनोमा डढेको ढुङ्गो (इथियोपिया) तथा पकाउने क्रममा डढेको वनस्पतिको अवशेष (कोबी फोरा, केन्या) रहेका छन् । तर, यी प्रमाण आगोको नियन्त्रित प्रयोग नै हो भन्नेमा सबैको मतैक्यता भने छैन । त्यस समय अफ्रिकाबाट निस्किएर एसियाको ठूलो क्षेत्रमा विस्तार भएको होमो–इरेक्टस्को समय थियो । त्यसैले अधिकांश विज्ञहरू करिब १९ लाख वर्षअघि अफ्रिकामा उद्विकास भएको होमो–इरेक्टस्लाई नै आगोको प्रथम नियन्त्रित प्रयोगको जस दिन्छन् । अफ्रिकाको बृहत् भूगोल र बाटाका भौगोलिक कठिनाइ छिचोल्दै युरेसियाको उत्तरी क्षेत्रको विषम पर्यावरणमा फैलन उसलाई यही आगोले सघाएको हुनुपर्छ । चीनमा पनि होमो–इरेक्टस्ले आगोको प्रयोग गरेको प्रमाणले समेत आगोसँग उसको नियन्त्रित सम्बन्धको पुष्टि गर्छ । तर, आगो उसको एकल प्रयास भने थिएन । औजार निर्माणदेखि आगोको नियन्त्रित प्रयोगसम्मको ‘टुल किट’ निर्माण लाखौं वर्षको सामूहिक कर्म थियो । ज्ञानको संग्रह गर्ने, त्यसलाई सुधार्ने र त्यो विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने लामो सामाजिक–सामूहिक कदमको एक खुड्किलो थियो– इरेक्टस्ले प्राप्त गरेको आगोको नियन्त्रित प्रयोगको आरम्भ । त्यसैले मिथकहरूले प्रमिथसजस्ता एक्लो नायक मात्रै जन्माएको छैन । तिनले आगो प्राप्तिको सामूहिक कर्मलाई समेत इंगित गरेका छन् । अमेरिकाका चेरेके आदिवासीमा प्रचलित कथाअनुसार काग, उल्लु, मान्छे, सर्प र माकुरो मिलेर आगो ल्याएका हुन् । मेक्सिकोका कोरा आदिवासीका अनुसार, आकाशमा रहेको आगो मान्छे एक्लैले ल्याउन नसकेपछि उसले जंगलका सबै प्राणीलाई सहयोगका लागि आग्रह गर्‍यो । यसक्रममा कागलगायत धेरै प्राणीले शहादत प्राप्त गरे । कोलम्बिया, थाइल्यान्ड, न्युगिनी, अस्ट्रेलियालगायत मुलुकका धेरै समुदायमा आगो प्राप्तिको सामूहिक कर्मलाई देखाउने पर्याप्त मिथक छन् । मान्छेको कायाकल्प धेरै मिथकमा आगो मानवताको सर्जक हो । यसले मान्छेको शारीरिक संरचनामा घन–छिनो चलायो र संस्कृति–व्यवहारलाई आकार दियो । सबैभन्दा पहिले आगोले अगुल्टो बोक्नेलाई नै बदल्यो । आगोले पकाउन सिकायो । पकाउने कर्मले दाउरा, ढुुङ्गा, धातु वा आगोको नियन्त्रित प्रयोगका लागि आवश्यक अन्य सरजाम जुटाउन लगायो । यसले मानिसको शारीरिक स्वरूपदेखि उसको सांस्कृतिक व्यवहार र सामाजिक जीवनमा अद्वितीय परिवर्तन आयो । अन्नपात पाक्नु भनेको असामान्य नतिजा दिने सामान्य प्रक्रिया हो । पाकेको अन्नपातले त्यसको पोषण र स्वाद बढाउँछ । यसले खाद्यान्नमा रहेको हाइड्रोकार्बनको थुप्रोलाई शारीरिक ऊर्जामा बदलिदिन्छ । अन्नमा भएको स्टार्चलाई पाचनयोग्य बनाउँछ । यसले खाद्यान्नमा रहेको हानिकारक तत्त्व नष्ट पार्छ, अखाद्य रसायन निस्तेज बनाउँछ, किटाणु र परजीवी नष्ट पार्छ र थुप्रै अखाद्य ‘बायोमास’लाई शरीरका लागि आवश्यक ऊर्जा दोहन गर्न योग्य बनाउँछ । काँचो मासुले भन्दा पोलेको कन्दमूलले पोषण बढी दिन्छ । आगोको प्रयोगसँगै खान्कीमा आएको यो आमूल परिवर्तन अनुकूल हुने गरी मानिसको शारीरिक संरचना र स्वरूपको उद्विकास भयो । पाकेको खाना टुक्र्याउन, चपाउन तथा पचाउन समय र ऊर्जाको खपत कम भएपछि मान्छेको थुतुनो, पेट र पाचन प्रणालीमा संलग्न अंगहरूको आकार सानो/छोटो भयो (अपुच्छ बाँदरहरूको तुलनामा मानिसमा ती अंग निकै साना हुन्छन्) । समयक्रममा आगोले नरम बनाइदिएको खाना चपाउन मान्छेको दाँत, बंगारा र च्यापुको आकार तथा स्वरूप भिन्न भयो । खाद्यान्नमा रहेको ऊर्जालाई आगोले सहजसँग टुक्र्याइदिएपछि यसको दोहनमा ऊर्जा बचत भयो । कालान्तरमा हाम्रो आन्द्रा र पेट सानो भयो । बचत ऊर्जाले हाम्रो मस्तिष्कको विकासमा सहयोग पुग्यो । नतिजास्वरूप हाम्रो मस्तिष्क ठूलो र आन्द्रा छोटो भयो । विज्ञहरू यसलाई इभोलुसनरी ‘ट्रेड अफ’ भन्छन् । यसरी हामीमा खाद्यान्न थोरै, तर विचार धेरै प्रशोधन तथा दोहन गर्न सक्ने प्राणी भयौं (रिचार्ड र्‍याङ्घम, क्याचिङ फायर : हाउ कुकिङ मेड अस ह्युमन) । मानिसको शरीर निष्क्रिय रहँदासमेत सम्पूर्ण ऊर्जाको २५ प्रतिशत मस्तिष्क एक्लैले खर्च गर्छ । आफ्नो तात्कालिक पूर्वज होमो ह्याबिलसभन्दा करिब पाँच लाख वर्षपछि मात्रै उद्विकास भएको होमो–इरेक्टसको मस्तिष्कको आकार करिब दोब्बर ठूलो थियो । करिब १८ लाख वर्षअघि भएको मस्तिष्कको यो हदको उद्विकासलाई पाकेको खानाले अतिरिक्त क्यालोरी प्रदान गरेर सघाएको थियो । रिचार्ड र्‍याङ्घमको यो ‘कुकिङ हाइपोथेसिस’ लाई पछिल्ला प्रमाणले समेत पुष्टि गर्दै छन् । आगोले रातमा आफू अन्य जनावरको सिकार हुन सक्ने खतराबाट मान्छेलाई जोगायो । खतरा टार्न राति रूख चढेर सुत्नुपरेन । लामो खुट्टा भएको होमो–इरेक्टस्लाई दौडिन र हिँड्न सहज थियो, तर रूख चढन गाह्रो थियो । आगोले यो बेफाइदा टार्‍यो । दुई खुट्टाले टेकेर हिँड्ने गुणले ‘इभोलुसनरी फेवर’ पायो । लाखौं वर्षसम्म मूलत: शाकाहारी रहेको मानिसका लागि बदलिँदो वातावरण र सांस्कृतिक व्यवहारले मासु पोषिलो साथै सरल, सहज रूपमा उपलब्ध खान्की बन्यो । इरेक्टस्को समयकालसम्म आइपुग्दा मानव पुर्खा बेजोड सिकारी र छरितो धावक भइसकेको थियो । मान्छेको कम्मर, मेरुदण्ड र नितम्ब यही जीवनशैलीका लागि अनुकूलन हुने गरी विकास भयो । दुई खुट्टे चाललाई सन्तुलित बनाउन हातको आकार सुधारियो । त्यसअलाबा मान्छेमा भाला वा ढुङ्गा लक्षित टार्गेटतर्फ हुर्‍याउन सक्ने विशिष्ट क्षमताको विकाससमेत भयो । आसामी नागा जाति सेमासमा प्रचलित लोककथाअनुसार, मान्छेले आगोको प्रयोग गर्नुअगाडि उसको शरीरभरि रौं थियो । आओस् भनिने अर्काे समूहमा प्रचलित लोककथाअनुसार, मानिस र बाँदरबीच आगो हत्याउने प्रतिस्पर्धा भयो, बाँदरले हार्‍यो । त्यसैले बाँदरको शरीरलाई आवश्यक न्यानो प्रदान भएन र उसको शरीरमा रौं कायम रह्यो । तर, आगो पाएको मानिसलाई तापका लागि रौं नचाहिएकाले यो झरेको भन्ने विश्वास छ । नभन्दै आगोको प्रयोग र त्यसले निम्त्याएका शृंखलाबद्ध परिणतिमध्ये एक थियो– मानिसले शरीरको रौं गुमाउनु । दुई खुट्टामा उभिएर हिँड्न थालेपछि मान्छेको शरीरको रौं गुम्यो र सट्टामा शरीरमा पसिना–ग्रन्थीको संख्या बढ्यो । अफ्रिकाको तातो घाममा दौडिँदा पसिनामार्फत गर्मी बाहिर फालेर शरीरको सन्तुलित तापक्रम मिलाउन यो सहयोगी सिद्ध भयो । यही समयकालमा सूर्यको पराबैजनी किरणबाट जोगाउन छालाको रंग श्यामल बनाउने जिन देखापर्‍यो । मान्छेको शारीरिक स्वरूप र संरचनामा देखिएको यो अनुकूलन वातावरणको ‘प्रेसर’ मात्रै थिएन । उत्परिवर्तनले निम्त्याएका गुणमध्ये आगो प्राप्तिले बदलिएको जीवनशैलीलाई सहयोग गर्ने गुणलाई प्राकृतिक छनोटले ‘फेवर’ गर्‍यो । यसरी हातमा मसाल बोकेको मान्छले कालान्तरमा आफ्नै कायाकल्प गरायो । संसारको कायाकल्प आफ्नो इच्छाअनुकूल आगो सल्काउन सक्ने शक्ति मान्छेको हातमा पर्‍यो । अनेक संयोग जुरेपछि यदाकदा बल्ने आगो मान्छेको हातको सीप निखारिएपछि नियमित बल्न थाल्यो । यसपछि मान्छेले आफू मात्रै होइन आफ्नो परिवेशको दृश्यचित्र नै बदल्यो । यही क्रममा मान्छेको सामाजिक–सांस्कृतिक विकास साथ लागेर अगाडि बढ्यो । आगोले रात छोट्यायो, दिन लम्ब्यायो । दिन लम्बिएसँगै मान्छेको सक्रियता लम्बियो । लम्बिएको दिनले सामाजिक सम्बन्ध र अन्तक्र्रियाको समय लम्ब्यायो । सामाजिक अन्तरघुलन बलियो बनायो । आफ्नो अस्थायी मुकाममा साँझ बल्ने ‘क्याम्पफायर’ यो अन्तरघुलन र सामाजिक जीवनको मियो बन्यो । रातको चिसो सिरेटोबाट बच्न सबै मान्छे आगोवरिपरि झुम्मिन थाले । सायद भाषाको विकासमा समेत यो एउटा महत्त्वपूर्ण कदम थियो । कालान्तरमा यही आगो वरपर झुम्मिएर आगोका मिथकहरू बुनिए । आगो सल्काउनु, सल्केको आगोलाई टिकाउनु, त्यसलाई पुन: प्रयोगका लागि जोगाउनु एक्लो ज्यानका लागि असम्भव थियो । त्यसैले यो सामूहिक कर्म बन्यो । र, मान्छेका लागि सामाजिक अन्तरघुलन, सामाजिक अन्तक्र्रिया र सामूहिक सहकार्य अनिवार्य भयो । आगोको नियन्त्रित प्रयोगका थप परिणाम देखिए । काठको भाला तिखारेर दह्रो बनाउन, ढुङ्गा पर्गेल्न, हतियारमा साँध लगाउन आगोले सघायो । यसले सिकारको नयाँ आयाम खोलिदियो । यिनै औजारको सहायतामा मान्छेले आफू बाँच्ने परिवेशकै दृश्यचित्र बदलिदियो । अँगेनोमा अन्नपात र मासु पकाएर तिनमा अतिरिक्त गुण मात्रै थपेन, दुनियाँलाई नै आगोको भट्टीमा हालेर दुनियाँलाई आकार दिँदै हिँड्यो । खासमा सम्भावित नतिजाको आकलन गर्दै आगोको नियन्त्रित प्रयोग गर्न सक्नु सानो खुबी थिएन । प्रत्येक पटक आगो सल्काउँदा मान्छेले आगो खेलाउने आफ्नो सीप तिखार्‍यो । उता आगो आफैं पर्यावरणको अभिन्न अंग भएर समाहित हुने क्रम सुरु भयो । डढेलोले पोलेको घाँसे मैदानमा हुर्किएको नयाँ पालुवामा लोभिएको जनावर र पन्छीको हूल लोभी मान्छेले देख्यो । यो बुझेको मान्छले झाँडी फाँड्यो, नयाँ घाँस र पालुवाका लागि डढेलो लगाएर वातारण तयार पार्‍यो । आफूले चाहेको ठाउँमा आफूले इच्छाएका वन्यजन्तु र वनस्पतिको मात्रै अस्तित्व रहन/हुर्कन दिएर बाँकीलाई निषेधसमेत गर्न सक्ने भयो । आगोले मानिसलाई बन्चरो र घुयेत्रोले भन्दा अकल्पनीय ठूलो शक्ति दियो । मान्छेले आगोको सहयोगमा सिकार गर्‍यो, आगो लिएर कन्दमूल बटुल्यो, आगो लिएर खेती गर्‍यो, आगो लिएर पशुपालन गर्‍यो । यो लामो कालखण्डमा मान्छेले धरतीमा जे–जति रूपान्तरण गर्‍यो तिनमा आगो नजोडिएको कुनै कर्म थिएन । आगो लिएर सिकार गर्ने सक्ने पहिलो प्राणी भयो मानिस । अगुल्टोले मानिसलाई साँझमा पनि सिकार गर्न सक्ने बनायो । आगोको धूवाँले भालुलाई गुफाबाट निकाल्यो, मृगलाई लखेट्यो, माछा मार्नसमेत आगो प्रयोग भयो । दक्षिण अफ्रिकामा मृग धपाउन, सुडानमा हात्ती लखेट्न, भेनेजुयलामा कछुवा घेरा हाल्न, अस्ट्रेलियमा कंगारु सिकार गर्न र रुसको बैकाल तालवरपर बँदेल हात पार्न मान्छेले आगोको प्रयोग गर्‍यो । आगो हात पारेपछि मान्छे आफूभन्दा ठूला जनावरको सिकार गर्न सक्ने भयो । मान्छेले गरेको पहिलो सिकारको प्रमाण आजभन्दा २० लाख वर्ष पुरानो छ । मान्छेको शारीरिक संरचना र व्यवहारसमेत परिवर्तन गर्ने सांस्कृतिक विकासको यो प्रमाण एक कोसेढुङ्गा हो (टम हिगह्याम, द वल्र्ड विफोर अस) । सिकारले श्रम विभाजनलाई थप विशिष्टीकृत गरायो । सिकार सामूहिक कर्म बन्यो । एकभन्दा ज्यादा मानिसले आपसी समझदारीमा साझा लक्ष्य (सिकार) प्राप्तिका लागि सहकार्य गर्नुपर्‍यो । समूहका अन्य साथीको मनको कुरो, तिनको सम्भावित कदम र आफूलाई पर्न सक्ने खतराको सही आकलन गर्न सक्ने समूह नै सफल हुने भयो । यसका लागि पूर्वनिर्धारित योजना, धैर्य, मिहिन अवलोकन र रणनीति पनि चाहियो । सामाजिक–मानसिक रूपमा यो जटिल प्रक्रिया भए पनि श्रम लगानीभन्दा त्यसबाट प्राप्त हुने क्यालोरीको प्रतिफल ज्यादा हुने भएकाले सामाजिक जीवनको उद्विकासलाई यसले टेवा पुर्‍यायो । अन्य धेरै प्राइमेटजस्तै मान्छले आफ्ना लागि मात्रै सिकार गर्दैन । मान्छेले ल्याएको सिकार आफ्नो समूहको शिविरमा पनि पुर्‍याएको प्रमाण २० लाख वर्ष पुरानो छ । यसले सिकार सीपलाई विशिष्टीकृत गर्‍यो । सामूहिकता, साझेदारी र आहाराको समानुपातिक बाँडफाँटले समूहको शक्ति बढायो । आगो, यसको सहायताले बनाएको परिष्कृत औजार र सामाजिक संस्कृतिको सहयोगमा मान्छेले आफ्नो परिवेशमा नाटकीय प्रभाव पार्न सक्यो । करिब २० लाख वर्षपहिलेका १८ ठूला मांसाहारी प्राणीमध्ये पूर्वी अफ्रिकामा अहिले सिंह, चितुवालगायत ६ प्राणी मात्रै बाँकी छन् । तिनको संख्या घट्नु र हामीले सिकारको आरम्भ गर्नु संयोग मात्रै होइन । अन्यत्रको पनि अवस्था यस्तै हो । पछिल्लो हिमयुगको अन्त्यसम्ममा करिब ५० लाख मानिसले एक अर्बभन्दा ज्यादा प्राणीलाई नामेट बनाएका छन् । प्रत्यक्ष सिकार मात्रै तिनको विनाशको कारण होइन । तिनका बासस्थान, आहारा तथा पर्यावरणको विनाश गरेर मान्छे आफैं खाद्य शृंखलाको माथिल्लो तहमा पुग्नु प्रमुख कारण हो । आगोको सहायताले मान्छेले ‘फुड चेन’को माथिल्लो तप्कामा रहेका मांसाहारी जनावरहरूको उन्मूलन गर्‍यो । त्यसैले पूर्वी अफ्रिकाको पर्यावरण ‘ट्रफिक क्यास्केड’ बन्न पुग्यो, जहाँ केही ठूला मांसाहारी जनावरलाई मानिसले निर्मूल पारेपछि शाकाहारी साना स्तनधारी जनावरको व्यापक फैलावट र विस्तार भयो । यसले अफ्रिकाको जंगलमा रूखको ‘कभरेज’ झन् पातलो बनाइदियो । यो प्रतिनिधि उदाहरण मात्रै हो । यसरी मान्छेले प्राणी र वनस्पतिको उद्विकासको पथ मोडिदियो । साथमा आफ्नो पाखुरीबाहिर रहेको शक्तिको आडमा मान्छेले आफ्नो परिवेशको पूरै ‘रिइन्जिनियरिङ’ गर्‍यो । अविभाज्य सम्बन्ध कोलम्बस कालअघि मेक्सिकोका याजटेकहरू २६० र ३६५ दिने पात्रो जुधेको हरेक ५२ वर्षमा आगो जात्रा मनाउँथे । जात्रा असाध्यै भव्य हुन्थ्यो । जात्राका दिन गाउँदेखि सहरभरिका हरेक चुलो, खोपी, मन्दिर, गुफा सबै स्थानमा मान्छेले सल्काएको पुरानो आगो निभाएर अन्धकार बनाइन्थ्यो । चकमन्न चुक घोप्टिएको रातमा आकाशमा ताराको टिलपिल उज्यालो मात्रै बाँकी रहन्थ्यो । पहाडको टुप्पोमा रहेको मन्दिरको बेदीमा पुजारीहरू कर्मकाण्ड सुरु गर्थे । त्यसपछि मूल पुजारीले बलि दिन तयार पारिएको मान्छेको छाती चिरेर धड्किरहेको मुटु निकाल्थ्यो । त्यसपछि उसको रित्तो छातीभित्र परम्परागत शैलीमा नयाँ आगो बालिन्थ्यो । यसरी नयाँ जीवन र नयाँ संसार आरम्भको संकेत गरिन्थ्यो । यो आगो चारै दिशा पुर्‍याएर हरेक चुलो, मन्दिर, खोपीतिर सल्काइन्थ्यो । मन्दिरको आगो अर्काे ५२ वर्षसम्म अविरल बल्थ्यो । आगो निभेमा संसारको अन्त्य हुन्छ भन्ने गहिरो विश्वास थियो । यसको निरन्तर प्रज्वलनको जिम्मा पुजारीहरूले लिन्थे । पछिल्लो पटक यो जात्रा सन् १५०७ मा मनाइएको थियो । (स्टेफेन जे पायने, फायर : अ व्रिफ हिस्ट्री) । आगो सृष्टि र अन्त्य दुवैको प्रतीक रहेको यस्ता सांस्कृतिक मान्यता र विश्वास पर्याप्त छन् । आगो हात पारेपछि मान्छेले आफू र आफ्नो परिवेशमा गरेको कायाकल्प एउटा नयाँ सृष्टि थियो । उता मान्छेको साथ लागेर आगोले संसार विचरण गर्‍यो । यसरी आगोले पनि आफ्नो चरित्र बदल्यो । आगोले मान्छेलाई मुक्ति दियो, मान्छेले आगोको आयाम बदल्यो । कालान्तरमा दुवै एक अविभाज्य शक्ति बने । मानवता र आगो एकअर्काका परिपूरक बने । अब त कुनै एकको निषेधमा अर्काेको वर्तमान स्वरूप र चरित्रको कल्पना पनि गर्न सकिन्न । (शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘कोसेली’बाट ।) प्रकाशित : वैशाख १०, २०७८ १९:५५ पूरा पढ्नुहोस् Share on Facebook Share on Twitter Share via Email प्रतिक्रिया पठाउनुहोस् थप केही कोसेलीबाट ‘अब हिमाललाई आराम दिऊँ’ गोविन्द पोखरेल ‘थुप्रै छन् बेनामे हिमाल’ सुरज कुँवर गणतन्त्र : ‘नेपाली राजनीतिक चेतनाको प्रतिविम्बन’ पुरुषोत्तम सुवेदी काठमाडौंको ‘कोर’ कथा सुरेश किरण सञ्जालको द्रव्य-दुनियाँ सजना बराल १०१ वर्षअघिको त्यो आरोहण सुरेश पौडेल Best Deals on Daraz 12.12 Enya 21 Inch Soprano Ukulele Rs. ?999 Daraz Grand Year End Sale Coming Soon | Upto 70% off | Mega Vouchers up to Rs.7000 & More Apple iPad 9th Gen Rs. 4?999 Start adding to your cart | Daraz 12.12 Coming Soon | Grand Year End Sale Lotto Track Set for Men Rs. ?300 Daraz Grand Year End Sale Coming Soon | Upto 70% off | Bank Discounts up to Rs.1212 & More विचार/विविधा विचार आम चुनावपछिको राजनीतिक परिदृश्य मोहना अन्सारी मंसिर २१, २०७९ दोस्रो आम निर्वाचनको नतिजा लगभग अन्तिम चरणमा छ । राजनीतिक पर्यवेक्षक र बौद्धिक जमातबाट निर्वाचनको सन्देशलाई विभिन्न कोणबाट अर्थ्याउने प्रयास हुँदै छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र... विचार विपरीत यात्रामा अन्योलग्रस्त वामपन्थीहरू टीकाराम भट्टराई मंसिर २१, २०७९ गन्तव्यभन्दा ठीक विपरीततर्फ पाइला चालियो भने यात्रीहरूको हालत के होला ? जब विपरीत दिशातर्फ पाइला सारिन्छ तब यात्रीहरू अन्योलग्रस्त हुन पुग्छन् । यात्राको सामान्य बुझाइ हो यो ।... विचार महँगो उपचार खर्चले बुनेको गरिबीको जालो तारानाथ सापकोटा मंसिर २१, २०७९ काभ्रेको दोलालघाटका ६३ वर्षीय पुरुषको मुटुमा समस्या देखिएको निकै पछि अस्पताल जाँदा डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताए, जसका लागि झन्डै ५ लाख रुपैयाँ जोहो गर्नुपर्ने भयो ।... विचार पुल नहुँदाको सडक-सास्ती सम्पादकीय मंसिर २१, २०७९ भारत र चीनलाई जोड्ने भेरी करिडोर अन्तर्गत जाजरकोटबाट डोल्पासम्म १ सय १८ किमि सडक २०६५ सालमा खन्न सुरु गरियो । जटिल भूबनोट भएको यो क्षेत्रको ‘ट्र्याक’... विविधा जैविक विविधता कसरी जोगाउने ? दिलराज खनाल मंसिर २०, २०७९ ‘मानिसले प्रकृतिसँग सद्भाव र मेलमिलाप गरी बाँच्ने’ प्रतिवद्धतासहित जैविक–विविधता महासन्धि १९९२ अन्तर्गत सन् २०११–२०२० का लागि घोषणा गरिएको जैविक विविधतासम्बन्धी विश्व्यापी रणनीतिक योजना (जसलाई आईची... विचार आफैं लघारिँदै कम्युनिस्ट पार्टीहरू झलक सुवेदी मंसिर २०, २०७९ आमनिर्वाचनको पूर्वसन्ध्यामा एउटा टीभी च्यानलसँगको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओलीले दाबी गरेका थिए, ‘दुईचार सिट तलमाथि होला तर प्रत्यक्षतर्फ १०० सिट ल्याउँछौं । सुविधाजनक... विचार लुइँचेका दुइटा भाले महेन्द्र पी‍. लामा मंसिर २०, २०७९ हाम्रा म्हेम्हे–बाजेले सुनाउने दन्त्यकथाहरूमध्ये बढी चाखलाग्दो कुरोचाहिँ जंगली कुखुरा लुइँचेका भालेहरूबारे हुन्थ्यो । आआफ्ना पोथीहरूलाई लिएर हिँड्दै गरेका लुइँचेका भालेहरू एकअर्कोलाई देख्नासाथ हुर्रिएर गई झम्टिन्छन् रे... विचार नारायणी किनार बचाऊ ! सरिता तिवारी मंसिर २०, २०७९ केही दिनयता चितवनका पर्यावरणकर्मीहरू भरतपुर महानगरतर्फ फर्किएर महानगर स्वयं संलग्न एउटा गम्भीर त्रुटिपूर्ण पर्यावरणीय मुद्दाको जवाफदेही खोजिरहेका छन् । त्यो जवाफदेही औद्योगिक र व्यावसायिक समृद्धिको लक्ष्यसँगै... विचार ढुंगा-गिट्टी निर्यात योजनालाई सर्वोच्चको अंकुश मननीय सम्पादकीय मंसिर २०, २०७९ व्यापार घाटा न्यूनीकरणको बहानामा ढुंगा–गिट्टी निर्यात गर्न नमिल्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र त्यसको पूर्णपाठ सराहनीय छन् । प्रकृतिको अनियन्त्रित दोहन गर्न कसैले नपाउने भन्ने... विचार गरिबीका पक्षमा लोकतन्त्र भास्कर गौतम मंसिर १९, २०७९ अहिले देशमा नयाँ सरकार गठनसँगै काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण आदि शासकीय संरचनाले अँगालेका नीति र हिंसाको परिचर्चा सर्वत्र छ ।... पुस १७, २०२६ कान्तिपुरका स्तम्भहरु १३औं साग खेलकुद हेलो शुक्रबार हाम्रो नेपालमा स्वास्थ्य स्थानीय निर्वाचन २०७४ स्थानीय तह निर्वाचन २०७९ सुदूरपश्चिम साहित्य/विविध सम्पादकलाई चिठी समाचार शिक्षा विश्वकप फुटबल २०२२ विश्व विविधा विज्ञान र प्रविधि विचार वाग्मती लुम्बिनी रोचक मनोरञ्जन मधेस मधेश मन्थन भिडियो ब्लग बजार फोटोफिचर फिचर फड्को प्रिन्ट संस्करण प्रवास प्रदेश १ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ नारी नेपाली दसैं विशेष जीवनशैली गन्तब्य गण्डकी खेलकुद क्रिकेट विश्वकप - २०१९ कोसेली कोपिला कुराकानी कला कर्णाली उपत्यका अर्थ / वाणिज्य अन्य हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
2022-12-07T12:59:44Z
https://ekantipur.com/koseli/2021/04/24/16192339260267154.html
OSCAR-2301
रातो मच्छिन्द्रनाथको रथारोहण - Dainik Online Dainik Online वर्षा र सहकालका देवता' रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो । " आजको चार दिन अर्थात् आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लगिने भइरहेको डंगोलले जानकारी गराउनुभयो ।
2021/06/19 22:01:02
https://www.dainikonline.com/story/132755/2021/05/12/
mC4
गत जनवरी ६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको प्राँगणमा आफ्ना समर्थकलाई उत्तेजक भाषण दिएलगत्तै ट्रम्पका उग्र समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । उक्त घटनामा एक प्रहरी अधिकृत सहित पाँच जनाको मृत्यु भएको थियो । अमेरिकी राजनीतिक इतिहासमा कालो दिनका रुपमा लिइएको उक्त घटनालाई डेमोक्रेट र कतिपय रिपब्लीकन सांसदले ट्रम्पको “सत्ता विद्रोह” का रुपमा लिइएको थियो । १६ फागुन, येरेभान । आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गर्नुभएको छ । १४ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ । निर्वाचनमा बक्स पार्टीले पहिलेकोभन्दा बढी सफलता पाउने अनुमान गरिएको छ । सोमबारसम्म देशभरको करीब ९० प्रतिशत मत गणना सकिएको छ । जसमा समाजवादी पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको छ । अप्रिलमा भएको निर्वाचनको तुलनामा समाजवादी पार्टीको सीट सङ्ख्यामा केही कमी आउने देखिएको छ । अप्रिलको निर्वाचनमा प्रधानमन्त्री साञ्चेजको समाजवादी पार्टीलाई ३५० सीटमध्ये १२३ आएको थियो । यसपटक उक्त सीटबाट केही गुम्ने आधार ९० प्रतिशत मत परिणाम घोषणा भइसक्दा देखिएको छ । स्पेनको अनुदारवादी पिपुल्स पार्टीले अप्रिलको तुलनामा केही सीट बढाउने देखिएको छ । अप्रिलमा १६.६९ प्रतिशत मत प्राप्त गरी ६६ सीट जित्न सफल भएको पिपुल्स पार्टीले यस पटक २०.८१ प्रतिशत अर्थात ८८ सीटको हाराहारीमा जीत हाँसिल गर्ने देखिएको छ । त्यस्तै वक्सले अघिल्लो निर्वाचनमा १०.२६ प्रतिशत मतसहित २४ सीट ल्याएर तेस्रो स्थानमा रहेकोमा यस पटक करिब पाँच प्रतिशत मत बढी (जम्मा १५ प्रतिशत) ल्याई करिब ५२ सदस्य जित्ने देखिएको छ ।
2021-02-26T06:07:08Z
https://nepalisurya.com/archives/category/horoscope
OSCAR-2109
लोडसेडिङ नभएकाे भए नेपालको आर्थिक विकास ७ प्रतिशतले वृद्धि हुन्थ्योः विश्व बैंक काठमाडौं– केही वर्षअघि धेरै नेपालीको घरमा एउटा तालिका टाँसिएको हुन्थ्यो । त्यो हातले लेखेर होस् वा पत्रिकाबाट काटिएको सानो टुक्रा नै किन नहोस्, घरको भित्तामा वा ढोकापछाडि यसले राम्रो स्थान पाएको हुन्थ्यो । जसमा एउटा छेउमा बारको नाम हुन्थ्यो । अर्काेतिर समय हुन्थ्यो । समयलाई पनि दुई भाग लगाइएको हुन्थ्यो– बिहान वा बेलुका । हो, यो समय तालिका थियो लोडसेडिङको । यस्तै, मोबाइलमा पनि भर्खरै एन्ड्राइडको प्रचलन सुरु भएको थियो । र हरेकको मोबाइलमा लोडसेडिङ एप हुन्थ्यो । त्यो कुनै दिन थियो, जब नेपालीहरू अँध्यारोमै निकै समय बिताउने गर्थे । आज त्यो इतिहास भइसकेको छ । नेपालीले एक दिनमा २१ घन्टासम्म पनि विद्युत्विना जीवन निर्वाह गरेका थिए । बिजुलीले नै गर्नुपर्ने काम तालिका हेरेर समय निकालिन्थ्यो । औसतमा नेपालीले त्यो समय १४ घन्टाको दरले लोडसेडिङको सामना गरे । यसले मानिसकै दैनिकीमा त निकै ठूलो असर पा¥यो नै, सँगसँगै यसले देशको अर्थतन्त्रमा पनि निकै ठूलो धक्का दियो । नेपालमा सन् २००७ सम्म मागको तुलनामा विद्युत्को आपूर्ति धेरै थियो । त्यसपछि भने कहिल्यै माग थोरै भएन । त्यो समय नेपालमा लोडसेडिङ नभएको भए नेपालको आर्थिक अवस्था कस्तोे हुन्थ्यो त ? विश्व बैंकले केही दिनअघि यस्तै रिपोर्ट निकालेको छ । जसमा सन् २००८ देखि २०१६ सम्ममा नेपालले लोडसेडिङका कारण गुमाएको तथ्यांकको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा लोडसेडिङले निकै ठूलो असर पारेको थियो । यदि नेपालमा त्यो नौ वर्षसम्म लोडसेडिङ नभएको भए प्रत्येक वर्ष सात प्रतिशतभन्दा बढीको कुल गार्हस्थ उत्पादनमा वृद्धि हुन्थ्यो । लोडसेडिङले सबैभन्दा ठूलो असर गरेको क्षेत्र हो लगानी । लोडसेडिङले गर्दा लगानीको वातावरणमा ४८ प्रतिशतसम्म कम भएको छ । लोडसेडिङले गर्दा नेपालको कुल गार्हस्थ उत्पादनमा ११ अर्ब अमेरिकी डलरबराबरको घाटा लागेको छ । लोडसेडिङको कारणले गर्दा नै नेपालमा धेरै विद्युत् खपत गर्ने उद्योग खुल्न सकेनन् । आज नेपालमा आद्योगिक विकास नहुनुको एक कारण भनेको लोडसेडिङ नै हो । आयात र निर्यातमा असर लोडसेडिङले नेपालको वैदेशिक व्यापारमा निकै ठूलो असर पारेको छ । यदि नेपालमा लोडसेडिङ नभएको भए अहिले भएको भन्दा ५.४ प्रतिशतले आयात बढ्ने थियो । सन् २००८ देखि २०१६ सम्ममा लोडसेडिङले गर्दा निर्माण क्षेत्रको आयातमा ३१.३ प्रतिशतले कमी आएको छ भने खनिज वस्तुहरूको आयातमा २७.३ प्रतिशतले कमी आएको छ । यस्तै, खाद्यान्नमा ०.७ प्रतिशतले कमी भएको छ । तर, सेवा क्षेत्रको आयातमा लोडसेडिङका कारण ५.२ प्रतिशतले वृद्धि भएको छ । सेवा क्षेत्रमा वृद्धि हुनुको कारण भनेको लोडसेडिङले गर्दा एलपि ग्यासमा भएको वृद्धि हो । यस्तै, लोडसेडिङले सेवा क्षेत्रको निर्यातमा ०.८ प्रतिशतले कमी आएको छ भने खनिज पदार्थको निर्यातमा १५.९ प्रतिशतले कमी भएको छ । तर, कृषि तथा वन क्षेत्रको निर्यातमा ०.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, यो समयमा सरकारको आम्दानीमा २.५ प्रतिशतले कमी भएको छ । लोडसेडिङले गर्दा नेपालमा लगानीको मागमा ३२.६ प्रतिशतले कमी आएको छ । अध्ययनअनुसार लोडसेडिङले नेपालको औद्यौगिक उत्पादनमा ६.९ प्रतिशतसम्म कमी आएको छ । प्रतिव्यक्ति विद्युत् खपतमा नेपाल विश्वको सबैभन्दा धेरै विद्युत खपत गर्ने देशमा सबैभन्दा अगाडि आइसल्यान्ड आउँछ । आइसल्यान्डमा भन्दा नेपालमा ४ सय २७ गुणा कम विद्युत खपत हुने गर्छ । यस्तै, अमेरिकामा भन्दा १०१ गुणा र दक्षिण कोरियाभन्दा नेपालमा प्रतिव्याक्ति ८१ गुणा कम विद्युत खपत गर्ने गरिन्छ । छिमेकी देश चीनमा भन्दा नेपालमा ३१ गुणा कम विद्युत खपत हुन्छ भने भारतमा भन्दा ६ गुणा कम विद्युत खपत हुने गरेको छ । नेपालमा अहिले प्रक्तिव्यक्ति ९३ युनिट विद्युत खपत हुन्छ । विश्व बैंकले प्रकशन गरेको उक्त रिपोर्टमा जनरल इक्विालिटी मोडलको प्रयोग गरिएको थियो । यो रिपोर्ट गोविन्दराज तिमिल्सिना, प्रकाशराज सापकोटा र जिभ्गेनिज स्टेलबुक्सले गरेका थिए । तर, एक वर्ष यतादेखि नेपालमा लोडसेडिङ भने शून्यजस्तै भएको छ । बसोवास क्षेत्रहरू लोडसेडिङमुक्त भइसकेका छन् । अहिले औद्योगिक क्षेत्रमा भने लोडसेडिङ बाँकी छ । पछिल्लो समय भइरहेको लोडसेडिङको अन्त्यको श्रेय नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दिइरहेका छन् । त्यसो त कोही आलोचकले भने भारतबाट विद्युतको आयात गरेर लोडसेडिङ अन्त्य गरेको आरोप पनि लगाएका छन् । तर, घिसिङले भने प्राधिकरणको बेथिती अन्त्य गरेर लोडसेडिङ अन्त्य भएको दाबी गर्दै आएका छन् । जसले योजना भए पनि देशमा लोडसेडिङको अन्य भएको छ, यो निकै ठूलो खुसीको कुरा हो ।
2018/08/20 04:49:42
http://www.farakdhar.com/content/18631/
mC4
नेपालको तीनदिने भ्रमणमा भारतीय सेनाध्यक्ष नरवणे {भिडियाे} « Naya Page नेपालको तीनदिने भ्रमणमा भारतीय सेनाध्यक्ष नरवणे {भिडियाे} प्रकाशित मिति : November 5, 2020 काठमाडाैं, १९ कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि नेपाल आएका छन् । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेको नेपाली सेनाले जनाएको छ। नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुनेछ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनेछन । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको जानकारी दिएको छ । स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछ । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्नेछ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तेह्राैं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछ । उनको सम्मानमा भोलि नै जङ्गी अड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमणको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने सुरक्षाकर्मीले रोक लगाएको थियो । विमानस्थलको मुल गेटबाट भित्र छिरेका सञ्चारकर्मीलाई पार्किङ्ग क्षेत्रमै प्रहरीले रोकेको थियो भने केहीलाई मुल गेटमै रोकेको थियो । माइतिघर प्रदर्शन भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको विरोधमा २१ दलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले नरवणेको नेपाल भ्रमणलाई लिएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नरवणेले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दा सार्वभौमिकताविरुद्ध बोलेको भन्दै प्रदर्शन गरेको जनाएका छन् । उनीहरुले भारतीय सेनाले कालापानी छाड्नुपर्ने, असमान सन्धिसम्झौता खारेज गर्नुपर्ने, नेपालमाथि हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका नारा लगाएका थिए । बसन्तपुर भ्रमण नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उहाले जिवितदेवी कुमारीको दर्शन गरेकाे हो । इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि उहा आफ्ना श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेको थियो । सो क्रममा उनले वसन्तपुर स्क्वायरको अवलोकन गरेकाे थियो ।
2021/08/05 15:03:26
https://www.nayapage.com/archives/273665
mC4
कोरोना भाइरस केपी शर्मा ओली कोरोना खोप निषेधाज्ञा भारत नेपाली कांग्रेस शेरबहादुर देउवा बाढीपहिरो प्रचण्ड मौसम समाचार नागढुंगाबाट लागू औषधसहित २ युवक पक्राउ ' एनएमबि न्यूज २०७८ साउन २ गते शनिवार २ साउन, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट लागुऔषध बरामद गरिएको छ । एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
2021-12-07T03:37:18Z
https://www.nmbnews.com/2021/07/49054/
OSCAR-2201
निर्वाचन अनि आशाका त्यान्द्रोहरु (सुमन दाहाल) – लोकल खबर अनलाईन Posted by: Local Khabar in लेख-विचार, लोकल खबर, समाचार November 23, 2017 708 Comments 9,975 Views सामाजिक संजाल फेशबुक मार्फत लेखकसँग जोडिनका लागि तस्वीरमा (फोटोमा) क्लिक गर्नुहोस् । सुमन दाहाल (शिष्टाचार अभियन्ता) देश यतिबेला प्रतिनिधीसभा र प्रदेशसभाको लागि निर्वाचनमा होमिएको छ । निर्वाचनपछि देशमा केही परिवर्तन हुने आशा धेरैले व्यक्त गरेका छन् । राजनीतिक अस्थिरताबाट स्थिरता, भ्रष्टाचारबाट सदाचार, अपमानबाट सम्मान र अविकसितबाट विकसितका रेखाहरु कोरिने अपेक्षासहित धेरै नेपाली मार्गशीर्ष (मंसिर) १० र २१ गते निर्वाचनमा मतदान गर्न निस्किने छन् । विभिन्न कालखण्डमा भएका विभिन्न निर्वाचनले देशमा उल्लेख्य परिवर्तन गर्न नसकेपछि अब हुने निर्वाचनले पनि परिवर्तन गर्ला भनेर नेपाली जनता ढुक्क हुन सकेका छैनन् । यद्यपी, सम्भावना बोकेको यो निर्वाचन विगतभन्दा फरक र इतिहासमा पहिलोपटक हो भन्ने बुझ्न जरुरी छ । आखिरीः खासमा के–के छन त आशाका त्यान्द्रोहरु ? यसरी केलाउन सकिन्छ । मरुभूमीमा पानी मरुभूमीमा पानी सम्भब छ । मानिसको चेतना, बिबेक, निष्ठा र जबाफदेहिताले मरुभूमीमा पानीको सहज ब्यबस्थापन गर्न सकिन्छ । पहिलेका निर्वाचनमा देखिएका कयौं कमीकमजोरीहरु जो चेतना, बिबेक, निष्ठा र जबाफदेहितासँग सम्बन्धित थिए । आज सुधारात्मक संकेतहरु देखिन थालेका छन । ५ प्रतिशत नै सही, हामी सकारात्मक बाटोमा छौं । यद्यपि गन्तब्य सोचेजति नजिक छैन । पूर्ण भरोशा र आशाको धिपधिपे दियो पनि भोली गएर ज्योतिपुन्ज बन्नसक्छ । हामी किन पछि पर्यौ ।हामीमा के कमीकमजोरी रह्यो ।हाम्रा ऊम्मेदवार हरुले किन सधैं हामीहरुलाई सपना मात्र देखाई रहे । हामीहरुले पटकपटक किन तीनै नेताहरुलाई विश्वाश गरिरहेका छौं । हाम्रो मतले किन उनीहरु सम्ब्रिद्दिको उकालो चढि रहे । मत प्राप्तिकालागी हामीहरु किन यसरी प्रयोग भयौं ( यस्ता हज्जारौं प्रश्नहरुको जबाफ खोज्न हाम्रो मजबुत चेतनाले यतिबेला हामीहरुलाई बसी सुख न उठि सुख बनाएको छ । केही पदलोलुप झुण्डहरु, क्षणिक लाभको आत्मरतीमा रमाउनेहरु त अपबाद मात्र मान्न सकिन्छ । बिचार, बोली र व्यबहार बिचार एउटा, बोली अर्कै र व्यबहार अझ नौलो अर्थात बिचार र बोलिसँग पटक्कै तालमेल नमिल्ने चरित्रबाट वाक्क दिक्क भएको अवस्थामा छौं हामीहरु । अब सबैलाई महशुश हुन थालेको छ कि ( यो त अती भयो । झकिझकाउ बश्त्र धारण गरेर हिंडे पनि सर्बाङ्ग नाङ्गो देखिनु राजनीतिज्ञहरुकालागि अब घातक हुनसक्छ । भनाइ छ झूठलाई सधैकालागि ढाकछोप गर्न सकिन्न । यो निर्वाचनले सिद्धान्त र आदर्शको पक्षमा प्रसस्त सकारात्मक सन्देश प्रबाहित गर्दैछ । सर्बत्र भ्रष्टाचारले ग्रसित नेपाली समाजमा बिस्तारै सदाचारको चेतना अँकुराउन थालेको छ । भ्रष्टाचारले अब सातपुस्ते सम्वृद्धि होइन सातपुस्ते कलंकको काम गर्छ भन्ने मान्यता स्थापित हुँदैछ । यस् पटकको निर्वाचनले भ्रष्टाचारीहरुको सातोपुत्लो जाने सम्भावना प्रचुर छ । पद, पैसा र शक्तिले केही त्यस्ता ब्यक्तिहरुले यस् पटकको निर्वाचनमा स्थान पाएपनि यो नै अन्तिम हुने सम्भावना छ । इमान्दार र नैतीकवान कार्यकर्ताहरु निर्वाचनमा छेउलाग्नु अन्ततोगत्वा दलहरुको नैतीक पराजय हो । हत्या, हिंशा र आतंक हत्या, हिंशा र आतंकले थिलथिलो नेपाली समाजले यसको बिकल्प खोज्न शुरु गरिसकेको छ । बिगतमा सम्पन्न स्थानिय निर्वाचनले पनि यसको संकेत दिएको प्रष्ट हुन्छ । देशमा सुशाशन, अमनचैन र सम्पूर्णतामा बिकाश नै जनचाहना हो भन्ने सत्यलाई सम्पूर्ण राजनीतिक दलहरुले आत्मसात् नगर्ने हो भने यस्ता राजनीतिक दलहरुको अश्तित्व धरापमा पर्ने निश्चित छ । आरोप, प्रत्यारोप र हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ति निमिट्यान्न नभएपनि तुलनात्मक रुपमा कमी भएको महशुश गर्न सकिन्छ । मिडियाहरुमा प्रायजसो देखिने निम्नस्तरका टिकाटिप्पणीले ब्यक्तिको उचाई घट्ने गर्दछ । मर्यादित, सभ्य र सुसंस्कृत राजनीतिले मात्र नैतीकता र निष्ठाको प्रत्याभुती दिने कुरामा अब हामीसबै ढुक्क छौँ । देशभर शिष्ट, शालीन र सभ्य चालचलनको बिस्तारै बिकाश भैरहेको छ । यो चालचलन वर्तमान निर्वाचनमा पनि केही हदसम्म लागुहुनु आम मतदाता र उम्मेदवारकालागि खुशीको कुरा हो । हामी पूर्ण आशाबादी छौं निष्ठा र जबाफदेहिताको प्रत्याभुतीकालागि यो निर्वाचन कोशेढुँगा साबित हुनेछ । शिष्टाचार अभियान नेपालका संस्थापक अभियन्ता दाहाल चिकित्सा, स्वास्थ्व, शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियशील छन् । सुनसरीको साबिकको हाँसपोसा गाविस, तरहरा (हाल, इटहरी उपमहानगरपालिका वडा नम्वर २०) मा लामो समय सुमन मेडिकल हल संचालन गरेका दाहालले पछि गएर सामुदायीक स्वास्थ्व केन्द्र स्थापना गरे । उनले पुस्तक पनि प्रकाशन गरिसकेका छन् । शालिन, भद्र, शिष्ट र इमान्दार दाहाल सुन्दर, सभ्य, शिष्ट र अनुसाशित समाज निर्माणको परिकल्पनामा हाल अमेरिकामा रहेर पनि नेपाली समुदायमा योगदान पुरयाईरहेका छन् । –सम्पादक ।
2018/09/23 01:06:18
http://localkhabaronline.com/2017/11/23/%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%A8-%E0%A4%85%E0%A4%A8%E0%A4%BF-%E0%A4%86%E0%A4%B6%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8/
mC4
बजेट, संयुक्त सरकार र आर्थिक विकासः एक दृष्टिकोण । - सुरेन्द्र पाण्डे देशमा विनाशकारी महाभुकम्पले झण्डै ९ हजार व्यक्तिहरुको ज्यान लियो । त्यसले करीब एक तिहाई गार्हस्थ उत्पादन अर्थात झन्डै ७ खरब बराबरको राष्ट्रिय सम्पतिको विनाश गर्यो । ५ लाख भन्दा बढ्ता जनताका घरहरु ध्वस्त भए र ३ लाख भन्दा बढी घरहरु आँसिक रुपमा भत्किए र करिब ४० लाख मानिसहरु त्यस्को मारमा परे । ठूलो मात्रामा सरकारी भवन, विद्यालय र पुरातात्विक मठ मन्दिर ध्वस्त भए । उक्त भूकम्पको लगत्तै पछि प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वको हाम्रो पार्टी नेकपा (एमाले) सहितको संयुक्त सरकारका अर्थमन्त्री डा. रामशरण महतले गएको असार २८ गते व्यवस्थापिका संसद समक्ष आथिर्क बर्ष २०७२र७३ को बजेट प्रस्तुत गरे । उक्त बजेटमा उनले यस आव २०७२र७३ को लागि ८ खरब १९ अरब ४६ करोड ८८ लाख ८४ हजार प्रस्तुत गरेकाछन् । जसमा चालू खर्च तर्फ ४ खरब ८४ अरब २६ करोड ६३ लाख ७५ हजार अर्थात ५९.१ प्रतिशत, पूँजिगत खर्च तर्फ २ खरब ८ अरब ८७ करोड ७२ लाख ४२ हजार अर्थात २५.५ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ १ खरब २६ अरब ३२ करोड ५२ लाख ६३ हजार अर्थात १५.४ प्रतिशत छुट्याएकाछन् । यो बजेट गत बर्ष प्रस्तुत बजेट भन्दा ३२.६ प्रतिशतले बढी छ भने संशोधित अनुमान भन्दा ५८.८ प्रतिशत बढीछ । अर्को तर्फ देश नयाँ संबिधान निमार्णको सम्मुखमा छ । मुलुकले संबिधान निर्माण पश्चात राष्ट्र निर्माणको दृष्टिकोण सहितको आर्थिक कार्यक्रमको अपेक्षा गरिरहेको अवस्थामा यो बजेट प्रस्तुत भएकोछ । देशका आधारभूत आर्थिक समस्याहरु दिनानुदिन गम्भीर बन्दै गएकोछ । यो लेखमा प्रस्तुत बजेटमाथिको विष्लेषण गर्ने जमर्को गरिएकोछ । आशा छ यसले थोरै मात्रामा भएपनि देशको अर्थतन्त्रमा चालु बजेटले पार्ने सकारात्मक तथा नकारात्मक पक्षलाई बुझ्न सहयोग पुग्नेछ । १. बजेट भन्नाले आगामी आर्थिक बर्षको संख्यात्मक ९त्तगबलतषष्भम० वित्तिय योजना हो । यसले देशको राजनीतिक कार्यदिशा र कार्ययोजनालाई गणितीय भाषामा उल्लेख गर्दछ । बजेटबाट राष्ट्रिय राजनीतिको अवस्थाको तस्वीर व्यक्त हुने गर्दछ । झट्ट हेर्दा यो सालबसाली रुपमा १र१ बर्षको आयव्ययको लेखाजोखा र व्यवस्था जस्तो लागे पनि यसले दीर्घकालिन योजना र मुलुकको गन्तव्यलाई र्इंगित गर्दछ र त्यसलाई प्राप्त गर्ने उद्देश्य बजेटले बोकेको हुन्छ । ल्याटिन भाषाको बुल्गा शव्द विकसित भई पुरानो फे्रन्च भाषाको बुग –द्ययगनभ) शव्द बन्यो । जस्को अर्थ थैली भन्ने बुझिन्छ । यहि बुग शव्दबाट फ्रान्सेली भाषाको बगेट –द्ययगनभततभ) शव्द बन्यो । जस्को अर्थ हुन्छ थैली –एगचकभ) । त्यसैबाट अंग्रेजीमा बजेट बन्न पुग्यो । बजेटको प्रचलन हजारौं बर्ष देखि खासगरी (मन्दिर(मस्जिद) को खर्च व्यवस्थापन गर्ने सन्दर्भमा भएको थियो । पछि सैनिक खर्चको व्यवस्था गर्ने प्रयोजनको लागि बजेटको व्यवस्था हुन थाल्यो । आधुनिक विश्वमा सन् १७३३ मा सर्वप्रथम बेलायती प्रधानमन्त्री वालपोलले राजा जर्ज प्रथमको समयमा बेलायती संसद समक्ष क्राउनको तर्फबाट प्रस्तावित खर्चको लागि छलफलको उदघाटन गर्ने परम्परा शुरु गरे । जसलाई बजेट प्रस्तुती भन्न थालियो । यो परंपरालाई विश्वका अधिकांश मुलुकहरुले अनुशरण गर्दै गए । नेपालको सन्दर्भमा सन् १९५२ विसं (२००८) देखि बजेट प्रस्तुत गर्ने चलन शुरु भयो । त्यसबेला नेपालमा संसदको व्यवस्था थिएन । तत्कालिन अर्थमन्त्री सुवर्ण शम्सेर जवराले रेडियो नेपालको स्टुडियोमा बजेट प्रस्तुत गरी प्रसारण गरियो । सन् १९५१ देखि १९५९ सम्म सरकारले राजपत्र (सरकारी गजेट) मार्फत बजेट सार्वजनिक गर्दथ्यो । विसं २०१५ मा भएको पहिलो संसदिय निर्वाचन पश्चात सोहि बर्ष देखि बजेट संसद समक्ष प्रस्तुत गर्ने प्रणाली शुरु भयो । त्यो परम्परा अद्यावधी जारीछ । बजेटमा आगामी आर्थिक बर्षको लागि सरकारी खर्च र त्यो खर्चको श्रोत तथा सरकारी खर्चका प्राथमिकताहरु किटान गर्ने गरिन्छ । यसरी बजेट सरकारको मूख्य नीति दस्तावेजको रुपमा रहँदै आएकोछ । २. बजेटको स्वरुप सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा तय हुन्छ । विसं २०४७ सालमा पंचायतको अन्त्य भयो र संसदिय व्यवस्थाको पुनःस्थापना भयो । त्यस व्यवस्थाले सरकारको तर्फबाट बजेट प्रस्तुत हुनु पूर्व नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यसलाई पारित गसिकेपछि त्यसकै मार्गदर्शनमा बजेट प्रस्तुत गर्ने चलन शुरु भयो । विसं ०६२र६३ को राजनीतिक परिवर्तन पश्चात भने बजेट प्रस्तुत गर्नु पूर्व व्यवस्थापिका संसद समक्ष पूर्व बजेट छलफल गर्ने व्यवस्था शुरु भयो । त्यसमा सरकारले संसद समक्ष बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने र त्यसमाथि सभासदहरुले छलफल गर्ने गरिन्छ । यसो गर्दा करका बिषयलाई गोप्य राखी बाकी बिषयहरु आम जनता र राष्ट्रका सरोकारका बिषय भएको हुँदा त्यसको बारेमा जति धेरै छलफल भयो त्यति नै राम्रा नीति र कार्यक्रम निर्माण गर्न सकिने र त्यसले सरकारलाई नै मद्दत पुग्नेछ भन्ने मान्यताका आधारमा व्यवस्थापिका संसदले यो बजेट पूर्वको छलफललाई अवलम्वन गर्न आवश्यक ठानेको हो । पूर्व बजेट छलफल पश्चात प्रस्तुत भएको नीति तथा कार्यक्रम, त्यसको मार्गदर्शनमा आएको वजेट र नेपाल राष्ट्र बैंकले प्रस्तुत गर्ने मौद्रिक नीतिमा एकरुपता आउनु पर्दछ । ती नीति र कार्यक्रमको तालमेल र स्पष्ट लक्ष्यबोधले मात्र देशले भोगिरहेको आर्थिक समस्यालाई समाधान गर्न संभव हुन्छ । ३. हाम्रो देश एक दशक सम्मको शसस्त्र व्दन्द र एक दशक भन्दा लामो संक्रमणकालिन राजनीतिक स्थिति र गतिरोधबाट गुज्रदै आएको छ । यस विचमा अन्तरिम संसदको संरचना र संविधानसभाको निर्वाचन पद्धतिका कारण संसदमा कुनै एक दलको बहुमत वा वर्चश्व हुने अवस्था रहन सकेको छैन । व्यवस्थापिका संसदवाट निर्वाचित हुने प्रधानमन्त्रि र त्यसप्रति उत्तरदायी बन्ने संसदिय परिपाटी अवलम्वन गरिएको भनिएपनि कुनै एक दलको बहुमत शिट नआउनुको कारण विभिन्न राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पर्ने बाध्यात्मक अवस्था छ । यसतो खालको सरकारको निर्माण गर्दा संयुक्त सरकारमा रहेर काम गर्दा अवलम्वन गर्नु पर्ने साझा मान्यता र संस्कृतिको अवलम्वन हुन नसकेको अवस्था छ । बिशेषतः नेपाली कांग्रेसमा रहेको हेपाहा चिन्तनका कारण यस्तो अवस्था देखिएकोछ । यसबर्षको बजेट निर्माणका सन्दर्भमा त्यो गंभिर समस्याको रुपमा प्रकट भएको छ । यस्तो परिस्थितिमा बजेट पारित गर्ने र त्यसको सहि कार्यान्वयन तथा अपेक्षित नतिजा हासिल गर्ने बिषय झनै गंभीर देखिएकोछ । ४. यो बर्षको बजेटले हाम्रो अर्थतन्त्रको मुख्य समस्याका रुपमा लामो समयदेखि कायम रहेको न्यून आर्थिक बृद्धि, पूँजिगत खर्च हुन नसक्नु वा वास्तविक अर्थमा घट्दै जानु, बढ्दो व्यापार घाटा, मुलुकको आवश्यकता अनुरुप रोजगारी बृद्धि हुन नसक्नु, खुद सापटी घट्नु जस्ता कुरा औल्याएको छ । त्यसका कारणहरुमा समयमा योजना स्वीकृत नहुनु, अन्तर मन्त्रालय र निकाय विच संयोजन नहुनु, सुशासनमा कमि आउनु, भ्रष्टाचार बढ्दै जानु, व्यूरोक्रेसीको कार्य सम्पादन क्षमता अभिबृद्धि नहुनु आदि रहेको उल्लेख गरेका छन् । ती समस्याहरु यथार्थमा नै सहि छन् । तर उक्त बजेट ती समस्याहरुको अन्त्य कसरी र कहिले सम्ममा गरिने हो भन्ने संन्दर्भमा अस्पष्ट छ । बजेटले त्यस्ता समस्याको चिरफार र सुधारको योजना अगाडी सार्न सकेको छैन । आर्थिक समस्यालाई न्यूनिकरण गर्ने वा समाप्त पार्ने ठोस योजनाको अभावमा सन् २०२२ सम्ममा नेपाललाई अति गरीव राष्ट्रको सूचिवाट विकासशिल राष्ट्रमा पुर्याउने र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रमा पुर्याउने लक्ष्यमा सरकार पुग्न कठिन छ । किनकि गत आवको वृद्धि दर ३.०४ प्रतिशत रहेको र विगत दशकको सालाखाला वृद्धिदर ४.१ प्रतिशत रहेको अवस्थालाई बदली माथि उल्लेख लक्ष्य हासिल गर्न कसरी सालाना ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अवस्थामा पुरयाउने भन्ने विषयमा ठोस नीति र कार्ययोजनाको अभाव रहेकोछ । यहि समस्या पूँजिगत खर्च गर्ने विषयमा पनि छ । एकातिर चालु खर्च निरन्तर बढ्दो छ भने चालु र पूँजिगत खर्चको अनुपात हेर्दा पूँजिगत खर्चको अनुपात निरन्तर घट्दो छ । बजेटमा छुट्याइएको पूँजिगत खर्चको विनियोजित रकमको ७० प्रतिशतको हाराहारीमा खर्च भएको वा हुने गर्दछ । यसैगरी सरकारले पूँजिगत खर्चको लागि लिने गरेको आन्तरिक र वाह्य ऋण प्रस्तावलाई केलाउँदा के देखिन्छ भने सरकारले ऋण लिनेको अनुपात तिर्ने भन्दा ज्यादा छ । उदाहरणको लागि आ.व ०७१र०७२ ४ अरब २४ करोड ३० लाख सापटी लिएको छ भने सरकारले ४ अरब ७४ करोड २० लाख सापटी भुत्तानी गरेकोछ । यसरी खुद ऋण लिनेकार्य घटेको देखिन्छ । यहि अवस्था आ.ब. ०६९र७० र ०७०र०७१ मा पनि रहेको थियो । झट्ट हेर्दा एकातर्फ ऋण घट्नु राम्रो हो कि भन्ने लाग्न सक्छ । तर त्यसले देशको आर्थिक लगानी गर्ने क्षमताको दूरावस्था र पूँजिगत खर्च गर्न नसक्ने कमजोरीलाई औल्याएकोछ । पूँजिगत खर्च हुन नसक्नुमा अस्थिर राजनीति र छिटो समय भित्र सरकार परिवर्तन, खर्च गर्ने निकायमा रहेको कमजोर कार्य क्षमता, जवाफदेहिताको अभाव वा काम नगर्ने प्रवृत्ति र अन्तर सरकारी निकाय विच असमायोजन जस्ता पक्षहरु रहेकाछन् । यसलाई समाधान कसरी गर्ने, कहिले सम्म त्यस्ता पक्षलाई सुधार्र्ने जस्ता बिषयमा प्रवेश नगरी अपेक्षित नतिजामा पुग्नु सम्भवछैन । व्यापार घाटाको क्षेत्रमा पनि उस्तै अवस्था देखिन्छ । गत आवको ११ महिनाको आयात ६ खरब १३ अरव छ । आयातको अनुपातमा निर्यात घट्दोछ । अहिले बर्षको निर्यातले केवल १० प्रतिशत आयात धान्ने अवस्थाछ । स्वदेशी उत्पादनको वृद्धि नबढाई आयातलाई रोक्न सम्भव छैन । तर कसरी राष्ट्रिय उत्पादनलाई बढाई विदेशी आयात रोक्ने वा घटाउने, त्यसका लागि विदेशिएको श्रम शक्तिलाई स्वदेशमै राख्ने र उत्पादन कार्यमा लगाई रोजगारी श्रृजना गर्ने भन्ने गंभीर समस्या छ । रेमिटान्समा आधारित वैदेशिक मुद्रा माथिको निर्भरताले कुनै पनि बेला ठूलो आर्थिक संकट र दुर्घटना निम्तिन सक्ने खतरा टड्कारोछ । ५. हाम्रो अर्थतन्त्रमा गंभीर समस्याका वावजुद केहि महत्वपूर्ण सकारात्मक अवस्था विद्यमान छन् । अहिले हाम्रो सोधनान्तर बचत १ खरब २७ अरब २० करोड रहेकोछ । बिदेशी मुद्राको संचितिको अवस्था सन्तोषजनक छ । पूँजिवजार बढ्दो क्रममा छ । ऋण र कूल गार्हस्थ उत्पादन विचको अनुपात ३५ प्रतिशतको हाराहारीमा अर्थात हाम्रो बैदेशिक ऋण भार घट्दोछ । हाम्रो राजश्व असुलिको अवस्थामा सन्तोष जनक छ । अहिले कूल गार्हस्थ उत्पादनको १८ प्रतिशत राजश्व संकलन हुने गरेकोछ । राजश्व तर्फ मुल्य अभिवृद्धि कर शिर्ष स्थानमा छ । त्यसपछि क्रमश आयकर र भंसार रहेकोछ । भंसार राजश्व घट्दै जानु र आयकर बढ्दै जानु सकारात्मक कुरा हो । यति भएपनि के बिचार गर्नु पर्दछ भने मुल्य अभिवृद्धि करको मुख्य हिस्सा आयातमा आधारित छ । त्यसका दुई तिहाई हिस्सा भंसार विन्दुमा संकलन हुने गर्दछ । आन्तरिक उत्पादनको वस्तु र सेवामा लगाइने मुल्यवृद्धि करको हिस्सा बढ्दा मात्र हामीले सन्तोष गर्ने ठाउँ रहन सक्छ । यो वजेटमा केहि सकारात्मक प्रस्तावहरु प्नि आएकाछन् । जसमा भुकम्पबाट घरहरु पूर्ण रुपमा क्षति पुगेका परिवारलाई अनुदानका लागि ५० अरब सहित भुकम्प पुःननिर्माणका लागि ९१ अरब विनियोजन गरिएकोछ । सरकारी खरिदमा विदेशी वस्तु भन्दा १५ प्रतिशत सम्म महँगो भए पनि स्वदेशी वस्तु नै खरिद गर्नु पर्ने, तराईको हुलाकी सडक नेपाल सरकारले नै निर्माण गर्ने र पाँच बर्ष भित्र समाप्त गर्ने, सिमेन्टमा आत्मनिर्भर बन्न त्यस्ता उद्योगमा खानी क्षेत्र सम्म पहुँच मार्ग निर्माणको लागि र विद्युत लाईन जोड्न अनुदान दिने र वातावरणिय प्रभावको अध्ययनको लागि प्रारम्भिक वातवरणीय परिक्षण गरे पुग्ने, स्वदेशी प्रयासमा बुढीगण्डकी आयोजना शुरु गर्न रकम विनियोजन गर्ने, नलसिंगगार्ड आयोजनाको अध्ययन र बिस्तृत आयोजना प्रतिवेदन तयार गर्नको लागि रकम छट्याउने, भूकम्प सुरक्षा परिक्षण गर्ने र पर्यटक आकर्षण बढाउने, बुटवलको टिनाउ र कन्चनपुरको दैजीमा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्ने, विदेशीहरुलाई एपार्टमेन्ट खरिद गर्ने कानूनी व्यवस्था गर्ने, मध्य तराईका सीमानाका ११४ गाविस र ४ नपामा विशेष कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेकोछ । यसगरि मध्यतराईका कक्षा ११(१२ पढ्ने ८० हजार छात्राहरुलाई छात्रबृत्ति प्रदान गर्ने, हलिया, कमैया र मुश्लिम र तरार्ई तथा पहाडका दलितका एक हजार छोराछोरीलाई प्राविधिक डिप्लोमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने, प्रत्येक नगरपालिकामा १५ वेड अस्पताल स्थापना गर्ने, १२ जिल्लालाई धानको पकेट क्षेत्र घोषणा गर्ने, तराईका दश ठाउँमा दश वटा सुविद्या सम्पन्न शहर निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने, जेष्ठ नागरिक भत्ता शत प्रतिशत बृद्धि गर्ने जस्ता सकारात्मक पक्ष रहेकोछ । ६. उपरोक्त कुराहरुको बावजुद वजेटले छोटो समयमा ठोस कार्यहरुव्दारा अर्थतन्त्रमा ठूलो फड्को मार्ने कार्यक्रम तर्फ ध्यान दिएको छैन । विगतमा डा. महतले पटक पटक ुकनिका छर्ने वजेटु को विरोध गर्दै आएको भनिएता पनि यसपटक उनले आफै बढी कनिका छर्ने काम गरेकाछन् । डा. रामशरण महत सवैभन्दा लामो समय अर्थमन्त्रालय सम्हालेका र धेरै पटक वजेट पस्तुत गर्ने मौका पाएका व्यक्ति हुन् । तर उनको कार्यकालमा देशको विद्यमान आर्थिक समस्या समाधान गर्ने र देशले ठूलो फड्का मार्न सक्ने पूर्वाधार निर्माण हुन सकेन । ठूला पूर्वाधारहरु सवै निजिक्षेत्रले गर्ने छन् भन्ने उनका सोचाइहरु खोटपूर्ण रहेकाछन् । हाम्रो अहिले सम्मको अनुभवले के देखाएकोछ भने सरकारले नै केहि आधारभूत ठूला भौतिक पूर्वाधारहरु जस्तै सडक, विद्युत आयोजना, शिक्षा, खोज अनुसन्धान जस्ता कार्यमा सरकारी लगानी अनिवार्य छ । नीजि क्षेत्रको क्षमता अभिवृद्धि पनि तव संभव हुन्छ जव सरकारले आधारभूत पूर्वाधारमा लगानी गर्दछ । सरकारले आधारभूत पूर्वाधारमा लगानी गरेको खण्डमा मात्र व्यवसायीको व्यवसाय लागत घट्न सक्दछ र व्यवसायीहलाई अगाडी बढ्न सघाउँछ । ७. अव के गर्ने? देशको आर्थिक अवस्था दिनानु दिन कमजोर हुनुमा विभिन्न कारणहरु छन् । जसको केहि चर्चा माथि पनि गरिएकोछ । तर हामी के भन्न सक्छौं भने ती कारणहरुले मात्रै हाम्रो आर्थिक स्थिति विग्रेको भने पक्कै होइनन् । त्यसभन्दा पनि महत्वपूर्ण पक्ष भनेको राजनीतिक नेतृत्वमा रहेका कमि कमजोरीहरु नै सर्वाधिक रुपले औंल्याउनु पर्ने बिषय हुन् । प्रथम त हामीहरु सात दशक भन्दा लामो समय देखि राजनीतिक परिवर्तनका लागि लड्दै आएकाछौं । हाम्रो ध्यान आज सम्म पनि आर्थिक परिवर्तनको दिशामा केन्द्रित भएको छैन । दोश्रो हाम्रो देशमा कस्तो आर्थिक नीति अवलम्वलन गर्ने र त्यसमा सरकारको भुमिका के हुने भन्ने सन्दर्भमा अपेक्षित वहस हुन सकेको छैन । तेश्रो राष्ट्रिय हित भन्नाले समकालिक दुनियाँमा आर्थिक कृयाकलापमा व्यक्त भएकोछ र देशको अािर्थक क्षमताको आधारमा मात्र राष्ट्रिय तागत श्रृजना हुन्छ भन्ने वारेमा राजनीतिक शक्ति र पार्टी नेतृत्वमा उच्च समझदारी बन्न सकेको छैन । चौथो आम नागरिकका साथै राजनीतिक कार्यकताहरु उत्पादन कार्यमा सरिक नभई देशको आर्थिक उत्पादन बृद्धि हुन्न भन्ने मान्यता प्रवल बनाउनु आवश्यकछ । त्यस्तो नभई राष्ट्रिय रोजगारी बृद्धि र आर्थिक सम्वृद्धि प्राप्ती हुन सक्दैन । केवल राजनीतिक ओहदाका लागि भइरहेको वा हुने होडवाजीले आर्थिक विकासको पक्षलाई महत्व दिएको छैन वा त्यो सँधै ओझेलमा पर्दै आएकोछ । पाँचौ हाम्रो समग्र ध्यान र गतिविधि अधिकार प्राप्तीमा केन्द्रितछ । चाहे पार्टी होस वा गैरसरकारी संस्था वा जनवर्गिय संगठन हुन् वा ट्ेड यूनियन, चाहे धार्मिक संगठनहरु हुन् वा सामाजिक संगठनहरु । यी सवै उत्पादनमुखि वा कर्तव्यमुखी हुन होइन अधिकारमुखि मात्र हुन प्रेरित गरिहेकाछन् र त्यसैका लािग आफ्नो प्रयास केन्द्रित गरिरहेका छन् । अवको समयमा सम्पूर्ण तप्का र तहले सम्पूर्ण ध्यान आर्थिक मुद्दा र विकासमा केन्द्रित गर्नु पर्दछ । ८. केहि नीतिगत र कार्यक्रमका प्रस्तावहरु क) विसं २०५१ सालमा नेकपा (एमाल)े ले सर्वप्रथम अल्पमतकै भए पनि ९ महिना सम्म एक्लै सरकार संचालन गर्ने मौका पायो । त्यसै समयमा क. मनमोहन अधिकारीको नेतृत्वको सरकारले बृद्धभत्ता र आफ्नो गाउँ आफै बनाऔं जस्ता आकर्षक कार्यक्रम अगाडी सार्यो । त्यसपछि पनि नेकपा (एमाल)े ले पटक पटक अर्थमन्त्रालय सम्हाल्ने मौका पाउँदै आएकोछ । त्यस पछिका सरकारले पनि कतिपय राम्रा कार्यक्रम अघि सारेकोछ । तर त्यसले मात्र देशको समग्र आर्थिक बृद्धि, रोजगारी श्रृजना र आर्थिक समृद्धिको दिशामा अपेक्षित नतिजा दिन सकेको छैन । यसको हामीले समिक्षा गर्ने पर्छ । सामाजिक सुरक्षा कार्यक्रम वितरण मुखी चरीत्रको हुन्छ र त्यसले आर्थिक दुरावस्था हटाउन केहि भएपनि मद्दत पुर्याउँछ । तर त्यसले पूँजि श्रृजनामा ठोस मद्दत पुर्याउँदैन । यदि हामीले वितरणमुखि नीति निर्माणमा केन्द्रित भयौं र पूँजि श्रृजना तर्फ ध्यान दिएनौं भने ती कार्यक्रमहरुलाई पनि निरन्तरता दिन कठिन हुन जान्छ । थैलीमा धन भएसम्म वितरण सम्भव हुन्छ, थैलीमा धन नै छैन भने के वितरण गर्ने ? नेपाल अहिले पूँजिवादमा प्रवेश गरिसकेको र समाजवादतिर उन्मूख हुने भनिरहेको अवस्थामा नेपालको लागि छिमेकी राष्ट्र चीनका अनुभवहरु हाम्रा लागि महत्वपूर्ण छन् । चीनका नेता तङसियाओफिङले भनेका थिए ुसमाजवाद गरीबी बाँडफाँड गर्ने व्यवस्था होइन । सम्पन्नता श्रृजना नभएसम्म समाजवादको जरा दह््रो बनाउन सकिन्नु । तसर्थ अवका दिनमा पूँजि वा धनको वृद्धि मुख्य लक्ष्य बनाई त्यसको मातहतमा सामाजिक सुरक्षालाई राख्नु पर्दछ । यसो गर्दा केहि समय केहि व्यक्ति अरु भन्दा बढि धनी हुन सक्छन् । त्यसले पनि समग्र राष्ट्रिय सम्बृद्धिलाई नै टेवा पुर्याउँछ । तङसियाओफिङको भनाईमा ुकेहि व्यक्ति र क्षेत्रलाई पहिले धनी हुन देउ । त्यसले अरुलाई पनि धनी हुन पे्ररित गर्नेछु भन्ने कुरालाई होशियारीपूर्वक हेक्का राख्नु उपयुक्त हुने छ । ख्) नेपालको वर्तमान कमजोर आर्थिक धरातलाई माथि उठाउन सरकारले नै केहि प्रमुख र आधारभूत पूर्वाधारमा लगानी गर्नु पर्छ । संसारभरिको विकास प्रकृया हेर्दा चाहे यूरोप, अमेरिका, जापान, द. कारिया, चीनको विकासमा त्यहाँका सडक, रेलवे हवाई मैदान, वन्दरगाह, विश्वविद्यालय देखि विद्यालय, खोज अनुसन्धान जस्ता क्षेत्रमा सरकारको लगानी भएकोछ । पछिल्ला समयमा आएर मात्र नीजि क्षेत्रले मुनाफाको सुनिश्तितामा पूर्वाधारमा लगानी बढाएको पाइन्छ । विकासको शुरुका चरण पार गर्न वा फड्को मार्न सरकारी लगानी अनिवार्य हुन्छ । नीजि क्षेत्रले त्यस्तो लगानी गर्नेछ भन्ने प्रतिक्षा गर्नुले विकास प्रकृयामा हामी धेरै पछाडी धकेलिने छौं । हाम्रो देशको नीजि क्षेत्रको अवस्था उन्नत भई नसकेको आजको अवस्थामा सरकारले नै मुख्य पूर्वाधार निर्माणमा लगानी गर्नु पर्दछ । त्यसले नीजि क्षेत्रको क्षमतालाई माथि उठाउन मद्दत गर्दछ । पूर्वाधार निर्माणमा नीजि क्षेत्रमा जोड दिने डा. महतका जस्ता सोचका कारण हाम्रो पूर्वाधार निर्माणको नतिजा उपलव्धीपूर्ण भएन । त्यसकारण हाम्रो आधारभूत आर्थिक समस्या समाधान गर्न र छिटो फड्को मार्न, रोजगारी श्रृजनाका लागि सरकारले काठ्माडौं नीजगढ द्रुतमार्ग, नीजगढ विमानस्थल, मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, काठमाडौं त्रिशुली सुरुंग मार्ग, रसुवागढी जोड्ने दु्रतमार्ग, बुढीगण्डकी आयोजना, मध्यपहाडी क्षेत्रमा र तराईमा ठूला शहर निर्माण शिक्षा तथा खोज र अनुसन्धानमा लगानी गर्ने काममा सरकारको प्रमुख जोड हुनु पर्दछ । ग्) जमिनलाई उपयोगका आधारमा वर्गिकरण गरी कृषि जमिनलाई अन्यमा प्रयोग गर्न नपाउने व्यवस्था गर्नु पर्छ । विभिन्न जिल्ला र स्थानलाई खास कृषि वस्तु उत्पादनमा केन्द्रित गर्न निश्चित बर्षसम्म अनुदान दिने नीति अगाडी सार्नु पर्छ । कृषि उत्पादनको बृद्धिको जगमा राष्ट्रिय औद्योगिकीकरणको आधारशिला निर्माण गर्नु पर्छ । त्यसको लागि सरकारले निश्चित अनुदानको नीति अगाडी सार्नु पर्छ । साथै तुलनात्मक लाभ हुने क्षेत्रमा सरकारी लगानीलाई केन्द्रित गर्ने नीति लिनु पर्दछ । उदाहरणका लागि हाम्रो धान उत्पादन सामान्यतः ५० देखि ५५ लाख मेट्रिक टन उत्पादन हुन्छ । धानको उत्पादन ८० प्रतिशत तराई र वाँकि पहाडमा हुन्छ । सालाना लगभग २ खरबको धान उत्पादन हुने गर्दछ । तर हाम्रै देशमा झण्डै १ खरब बराबरको कुखुरा उत्पादन हुने गरेकोछ । कुखुराको उत्पादनलाई १० खरब बराबर पुर्याउन जति लगानी र प्रोत्साहणको साँचो पर्दछ, धानको उत्पादन बढाउन त्यति लगानीले सम्भव छैन । त्यसो हुँदा कम लगानीमा बढी उत्पादन र बढी मुनाफा दिने कुखुरा उत्पादनलाई उच्च प्राथमिकतामा राखेर अनुदान दिने कि धानमा दिने? यसरी तुलनात्मक लाभका क्षेत्र खोजी त्यस्ता क्षेत्रमा लगानी बढाउने नीति अगाडी सार्नु पर्दछ । घ) महामुकम्पको विनाशवाट क्षतविक्षत भएका क्षेत्रहरुमा सिघ्र पुनःनिर्माण कार्य अगाडी बढाउन सरकारले युवाहरुलाई उत्साहित पार्नु पर्दछ । सरकारले २ लाख युवाहरुलाई तालिम उपलव्ध गराई कमसेकम १५ हजार न्यूनतम ज्याला निर्धारण गरी ३ बर्षसम्म पुननिर्माणमा लगाउने ग्यारेन्टी गर्न सक्दा युवाहरुलाई स्वदेश मै काम गर्न प्रोत्साहित गर्न सकिन्छ । यसले स्वदेश मै रोजगारी श्रृजना गरेर देश निर्माण गर्न युवा शक्तिलाई उत्प्रेरित गर्दछ । त्यसले आर्थिक वृद्धि दर माथि उठाउन पनि ठूलो सघाउ पुग्नेछ । ङ) वर्तमान पूँजिगत खर्च गर्ने कमजोर क्षमता अन्त्य गर्न, भुकम्पको विनासबाट भएका संरचनाको सिघ्र निर्माण गर्न कमसेकम २ हजार ईंजिनियर र प्राविधिकहरुलाई सरकारले तत्काल भर्ति गर्नु पर्दछ । साथै आवश्यक औजार र उपकरण खरिद गरी पूँजिगत खर्च गर्ने क्षमतालाई बृद्धि गर्नु पर्दछ । च) समयमा काम नगर्ने, काम ढिला गर्ने कर्मचारीलाई दण्ड र कार्वाही र राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्य शुरु गर्नु पर्दछ । छ) भ्रष्टाचारको नियन्त्रण र शुशासन अभिबृद्धिको लागि प्रविधिको प्रयोग बढाउनु पर्छ । नगदमा गरिने कारोवारलाई नियन्त्रण गर्नु पदर्छ र चेक वा अनलाइन भुक्तानीलाई अनिवार्य गर्नु पर्छ । घरजग्गाको कारोवार अनलाईन मार्फत गर्ने र कमसेकम काठमाडौ उपत्यकामा त्यसलाई अनिवार्य गर्नु पर्दछ । त्यसपछि क्रमश अन्य व्यवसायिक केन्द्र र राजमार्गका दायाँवायाँ क्षेत्रमा अनलाइन कारोवारलाई विस्तार गर्नु पर्छ । संयुक्त सरकारमा रहेको हाम्रो साझेदार र हाम्रो पार्टीको दृष्टिकोणमा अन्तर भएकै कारण हाम्रो चाहना अनुरुपको बजेट आउन सकेन । तर त्यसलाई गालि मात्र गरेर बसेर कुनै उपलव्धी हुने छैन । जनतामा विकास र अग्रगतिको तीव्र आकांक्षा छ । बजेट व्दारा प्रस्तृत भएका नीति र कार्यक्रमलाई सहि ढंगले कार्यान्वयन गर्न र जनता विच आफ्नो सम्वन्ध धनिष्ठ तुल्याउन पार्टीको सभासद मात्र होइन संपूर्ण नेता कार्यकताहरु सक्रिय हुनु पर्दछ । पार्टीको नवौं महाधिवेशनले जनताको जीवनस्तर उठाउने र राष्ट्रिय सम्वृद्धि हासिल गर्न मार्गदर्शन गरेको छ । संविधान निर्माण पछिको रािष्ट्रय ध्यान देशको आर्थिक निर्माणमा मुख्य रुपले केन्द्रित हुनु पर्दछ । ती कार्यमा श्रेष्ठता हासिल गर्ने, पार्टी जनताप्रति पूर्ण समर्पित भइ जनताको विश्वास प्राप्त गर्ने र राष्ट्रको नेतृत्व गर्ने अभिभारा पुरा गर्ने वाटोमा लाग्नु पर्दछ ।
2022/05/25 22:58:44
https://surendrapandey.com/post/481cccf0d7ec721549a6f9236d6b59b0
mC4
सामान्यतः चट्याङका विषयमा त्यत्ति धेरै बहस हुँदैन । चट्याङले पुर्‍याएको क्षतिका बारेमा मात्र कुरा हुन्छ र समाचार बन्छ । तर, चट्याङकै विषयमा डा. श्रीराम शर्माले विज्ञता हासिल गरेका छन् । चट्याङका विविध पक्षबारे हामीले डा.शर्मासँग कुरा गरेका छाैँ । ० हामीकहाँ चट्याङका विषयमा बहस एकदमै न्यून हुन्छ हाे ? – हो, हामीकहाँ चट्याङले क्षति पु-याएपछि मात्र बहस हुन्छ, अरुबेला खासै हुँदैन । त्यत्तातिर ध्यान नजानुमा केही कारणहरु छन् । चट्याङले एकै ठाउँमा धेरै मान्छे मार्दैन । एउटै स्पटमा दर्जनौं मान्छेको ज्यान जाँदैन । चट्याङले एक दुईजना मान्छे मार्छ । त्यो मृत्यु एक रातमा १० जना भए पनि आम मानिस ध्यान त्यत्ति जाँदैन । यसलाई हामी साइलेन्ट किलरका रुपमा मानिन्छ । चुपचाप आउँछ, एक दुईजना मार्छ, ठूलो क्षति गर्दैन । त्यसकारणले गर्दा पनि सरकार र व्यक्तिको ध्यान जाँदैन । ठूलो स्केलमा मृत्यु भयो भने मात्र राज्यको ध्यान जान्छ । ० चट्याङलाई रोक्न वा जोगिन सकिन्छ ? – चट्याङ रोक्न सकिँदैन र रोक्न हुँदैन । यो प्राकृतिक प्रकृया हो । हामीलाई फाइदा गर्ने केही चिजहरु जन्माएको हुन्छ । हाम्रो प्रकृतिमा जति बोटविरुवा छन्, तिनीहरुलाई नाइट्रोजनका कम्पाउन्डको आवश्यकता हुन्छ । नाइट्रोजनको फिक्सेसन नभइकन, बोटविरुवा हुर्कदैन । नाइट्रोजन फिक्सेसनका लागि नाइट्रोजन अक्साइट चाहिन्छ । बायुमण्डलमा भएका नाइट्रोजन र अक्सिजनको मिश्रण गराउने काम चट्याङले नै गर्छ । मानिसले बनाउन सक्दैन । त्यो प्रकृया रोक्न हुँदैन, रोक्न सकिँदैन । साथसाथै हाम्रो ओजन तह जसले सूर्यबाट आउने विकरणबाट जोगाउँछ । त्यसको निर्माण पनि पटक पटक क्षय हुन्छ, फेरि रिभाइभ गर्ने बनाइ राख्ने काम पनि चट्याङले गर्छ । बच्ने उपाय प्रशस्त छन् । सामान्य सावधानी अपनाउने हो भने चट्याङबाट बच्न सकिन्छ । हाम्रा लागि सबैभन्दा ठूलो कल्याण भनेकै चट्याङबाट जोगिनु, बच्नु नै हो । ० मध्यपहाडी क्षेत्रका अग्लो क्षेत्रमा चट्याङले धेरै क्षति पुर्‍याएको छ । यसबाट बच्न सकिन्छ ? – बच्न सकिन्छ, अग्ला टावर र डाँडामा रहेका रेडियो स्टेशनमा बढी क्षति पुर्‍याएको हुन्छन् । किनभने उनीहरुसँग चट्याङबाट बच्न उपायको त्यत्ति धेरै प्रयाक्टिस गरेको देखिँदैन । टेलिभिजन र टेलिकमका टावरहरुमा यसको उपाय अपनाइएको हुन्छ । चट्याङ प्रतिरोधी उपकरण जडान गरिएको हुन्छ । जसले गर्दा अग्ला टावर चट्याङबाट जोगिएका हुन्छन् । स्वभावतः होचोभन्दा अग्लो ठाउँमा चट्याङले बढी प्रभाव पार्छ । त्यसैले मध्यपहाडी र चुरे क्षेत्रमा प्रशस्त चट्याङ पर्छ । मनसुन सुरु भएपछि चट्याङको चर्चा सुरु हुन्छ । चट्याङ मनसुनभन्दा पहिला प्रिमनसुनमा अझ धेरै पर्छ । त्यसबेला जमिन तात्छ र धेरै चट्याङ पर्छ । चैत १५ पछि र जेठको अन्तिमतिर अथवा असार मध्यसम्म नेपालभरि अत्याधिक चट्याङ पर्ने गर्छ । र धनजनको क्षति त्यत्ति नै बेला बढी हुन्छ । बर्खा लागिसकेपछि अलि कम हुन्छ र चट्याङ पर्छ मान्छे मर्ने क्रम पनि कम हुन्छ । ० चट्याङ कहाँ पर्छ भन्ने केही नियम हुन्छ ? – चट्याङको सामान्य प्राकृतिक नियम छ । यो बादलभित्रको विजुलीको करेन्ट हो, यो बादलबाट जमिनतिर बग्छ । त्यो करेन्ट बादलबाट जमिनतिर बग्न सुरु गर्छ, तल के छ भन्ने कुरा उसले केही थाहा पाउँदैन । जमिनदेखि निश्चित स्थानमा आइपुगेपछि जमिनमा रहेको वस्तुले पनि चट्याङ आउँदैछ भन्ने थाहा हुन्छ । त्यो रेस्पोन्सका आधारमा त्यो वस्तुलाई चट्याङले हान्ने गर्छ । सामान्यतः जति अग्लो बस्तु भयो, उसले बढी रेस्पोन्स गरेको हुन्छ । सामान्यतः अग्लो बस्तुलाई चट्याङले हान्ने गरेको छ । यो सामान्य नियम हो । ० यो जेनेरेट कसरी हुन्छ, त्यो पनि सामान्य प्रक्रिया नै हो ? –सामान्य प्रक्रिया नै हो । जब जमिन सूर्यको तापको कारण तात्न जान्छ, पानीको भागबाट वाष्फ भएर बादल बन्न जान्छ । तातिएको बादल माथि जान खोज्छ, माथि चिसिएको वादल तल झर्न खोज्छ । बादलका कणहरु हुन्छन् । त्यो भन्नाले के बुझ्नु पर्दछ भने, पानी जमेर स–साना बरफका करणहरु बनेका हुन्छन् । सुख्खा बरफका कणहरु हलुका हुन्छन् माथि जान खोज्छन् । भिजेका बरफका कणहरु गह्रँगो हुन्छन्, ति तल झर्छन् । यी तलमाथि गर्ने क्रममा आपसमा ठोक्किदा घर्षणका कारणले वादलभित्र चार्ज उत्पन्न हुन्छ । त्यो चार्ज भनेको जसरी हामी व्याट्रिलाई चार्ज गर्छौँ, त्यहाँ धनात्मक र ऋणात्मक इन्डहरुमा हामी जसरी चार्ज उत्पन्न गर्छौँ । त्यसैगरी वादलभित्र पनि एकातिर धनात्मक र एकातिर ऋणात्मक चार्जको उत्पन्न हुन्छ । त्यो घर्षणकै कारणले हो । ठूलो मात्रामा जब वादलभित्र चार्ज उत्पन्न हुन्छ, त्यो दुईटा आकारमा उत्पन्न भएको चार्जले एउटाले अर्कोलाई आकर्षण गर्छ । वायुमण्डलका ग्यासहरुले त्यसलाई धान्न नसकेपछि चट्याङ पर्ने गर्छ । हामी ईलेक्ट्रीकल डिस्चार्ज भन्छौँ नि, त्यो बेला इेलेक्ट्रीकल डिस्चार्ज हुन्छ । ० अग्लो वस्तुलाई मात्रै यसले टार्गेट बनाउने हो कि होचो ठाउँमा पनि यसको जोखिम हुन्छ ? –माथिबाट झर्दा यसले अग्लो बस्तु देख्दै देख्दैन । जमिनसँग ५० देखि १०० मिटर नजिक आईसक्दा मात्रै यसले वस्तु देख्छ । किन भने तलको बस्तुले पनि रेस्पोन्स गरेको हुन्छ । समथल जमिन, समुद्रमा पनि प्रसस्त खसेको पाईन्छ । गल्फकोर्षहरुमा पनि चट्याङले धेरै मान्छेहरु मरेको हामीले सुनेका छौँ । अग्लो नै हेर्ने देख्ने भन्ने हुँदैन । तर, नजिक आउँदा तलको वस्तुको रेस्पोन्सको कारणले गर्दा करेन्ट जोडिन आउँछ । ० तलको वस्तुको रेस्पोन्स भन्नाले,, करेन्ट उत्पन्न हुने पोजेटिभ र नेगेटिभको कुरा आयो हैन ? –हो, हो, पक्कै पनि हो । ० आफुअनुकुल अर्थात् आफुलाई सघाउने वस्तुतिरै झर्न खोज्छ, हो ? –हो, हो । माथिबाट नेगेटिभ चार्ज बग्दै आएको छ भने, जमिनका मानौ ठूलो अग्लो टावर छ , भने त्यो टावरले माथि पोजेटिभ चार्ज पठाउन खोजिरहेको हुन्छ । त्यसैले ति दुईबीचमा आकर्षण हुन्छ । त्यही आकर्षणका कारण करेन्ट जोडिन जाने हो । ० यो बाट सामान्यतया घरहरु । जहाँ मान्छेको जीवन वित्छ, त्यो घरहरुलाई केही प्रविधियुक्त बनाएर बनाईयो भने चट्याङप्रतिरोधी हुने अथवा चट्याङबाट हामीलाई बचाउने खालको बनाउन सकिन्छ ? –सकिन्छ । सजरी मैले अघि भने । टावरहरुमा चट्याङ प्रतिरोधी प्रविधि जोडिएको हुन्छ । यो सामान्य प्रविधि हो । हाम्रो पूर्खाले गरेकै चलन हो । तपाईहरुले याद गर्नु भयो भने हाम्रा पूराना भवन र मन्दिरहरुको माथि त्रिशूल राखिएको हुन्थ्यो । तामाको त्रिशूल । त्रिशूलदेखि जमिनसम्म धातूको तार अथवा भनौ तामाकै पाता लगिएको हुन्थ्यो । त्यो जमिनमा गाडिदियो भने, जमिन र आकाशमा उत्पन्न हुने चार्ज समाहित भए भने न्यूट्रलाईज हुन्छ । जमिनको पोजेटिभ र आकाशको नेगेटिभ चार्ज न्यूट्रलाईज भयो भने माथिको चार्ज सजिलै जमिनमुनि गाडिन्छ । र, हामीलाई क्षति गर्दैन । यो प्रविधि पहिला थियो । अहिले पनि देखिन्छ भनौँ, हामी मन्दिर गयौँ भने । मन्दिरमा तामाको त्रिशूल त बाँकि छ तर, त्रिशूलदेखि तल तामाको पाता जसलाई जमिनसम्म लगिएको हुन्थ्यो । त्यो पाता गायब भएको पाईन्छ, समय क्रममा । धेरै वर्ष यसको प्राक्टिस नभएको वा वैज्ञानिक कारण पुष्टि नभएका कारण । त्यतातिर मान्छेको ध्यान नगएका कारण । अथवा, मन्दिरको शौन्दर्यता नमास्न भनेर हो वा के हो ? त्यो पाता देखिँदैन । मलाई जहाँसम्म लाग्छ,, हाम्रो पूर्खाले यो अभ्यास गरिसकेका थिए । ० त्यो ज्ञान पहिले नै थियो ? –थियो भन्ने बुझ्छु म चैँ । त्रिशूलको अवधारणा त्यसै आएको जस्तो लाग्दैन र हाम्रा कतिपय चलचित्र अथवा लघु चलचित्रमा शिवजीको त्रिशूलमा चट्याङ अथवा करेन्ट जेनेरेट गरेका चित्रणहरु गरिएका छन् । तपाई हामीले देखेका छौँ । त्यसको आधार भनेकै त्रिशूललाई चट्याङलाई आफुतिर तान्ने माध्यम वा औजारको रुपमा चित्रित गरेको रुपमा म बुझ्छु । ० एउटा घरलाई चट्याङबाट जोगाउन त्रिशूल होला वा आधुनिक यन्त्रहरु होला । त्यसले कत्तिको खर्च गराउँछ छ त एउटा घरलाई ? –घरको आकार हेरर विशेष गरेर धातुको मूल्यको कुरा रहयो । जस्तो हाम्रा ग्रामीण भेगमा हुने जस्ताको घरमाथिको छानामा राखिएको एरेष्टरको मूल्य दुई तीन हजार मात्रै हुन्छ । र, त्यहाँबाट तल झर्ने पाता तामाकै चाहिन्छ भन्ने छैन । तामाको चोरी पनि छ, जोखिम पनि छ । त्यो भन्दा तल ग्याल्बनाईज आईरनको पाता जमिनसम्म राख्न सकिन्छ । १० देखि १५ हजारकोबीचमा गाउँघरका घरहरुलाई क्षति हुनबाट जोगाउन सकिन्छ । अहिले आधुनिकताको नाममा बजारमा विभिन्न हल्लाहरु हुन्छन् । हल्ला गर्ने खाले सामाग्रीहरु आएका छन् । तीनीहरु हेर्दा राम्रा देखिन्छन् । मूल्य डेढ लाख, दुई लाख, ३ लाखसम्म लिने गरिएको छ । मनोमानी छ । म यसको अनुसन्धाता र वैज्ञानिक भएको नाताले के भन्छु भने, बजारमा आएका सामाग्रीहरुबाट सचेत हुनु पर्दछ । सामान्य त्रिशूलले गर्ने काम र बजारमा निकै महँगो पर्ने उपकरणमा तात्विक केही फरक छैन । कहिलेकाँही त त्रिशूलकै काम प्रभावकारी भएको पाईन्छ । त्यसैले घरको आकार प्रकार हेरेर न्यूनतम मूल्यमा हामी गाउँ वा शहरका घरहरुलाई सुरक्षित बनाउन सक्छौँ । मूख्य कुरा जडानको कुरा हो । कतिपय ठाउँमा जोडाई गतिलो नहुँदा काम नगरेको पनि हुन सक्छ ।
2020/09/24 21:31:46
https://hamrakura.com/news-details/46266/2018-08-05
mC4
कोटेश्वर–जडीबुटीको जाम हटाउन पहिलो चरणमा पिच, दोस्रो चरणमा अन्य विकल्प Homenationalकोटेश्वर–जडीबुटीको जाम हटाउन पहिलो चरणमा पिच, दोस्रो चरणमा अन्य विकल्प hamro yatra 29 October काठमाडौं । कोटेश्वर जडिबुटीको जामका कारण ठूलै सास्ती भोगिरहेका उपत्यकावासीमा कोटेश्वर जडिबुटीको जाम खोल्न जडिबुटी पुलदेखी हनुमन्ते करिडोर सडक पिच गर्ने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा जडिबुटीको पुलदेखि आखाँ अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक पिच गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ । १२ करोडमा उक्त दोभानदेखी बालकुमारीसम्मको सडक निर्माणलाई द्रुत गतिमा निर्माण कार्य अघि बढाइएको छ । त्यस्तै कोटेश्वर जडिबुटीको सडकलाई जाम मुक्त बनाउन मनोहरा खोलामा बेलिव्रिज निर्माणको कार्य समेत शुरु गरिएको छ । बेलिव्रिज तथा करिडोर निर्माण सम्पन्न भए सडक जामका कारण घण्टौं समय बर्वाद हुने समस्याबाट यात्रुहरुले मुक्ति पाउने भएका छन् । सडक बिभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठले दोभानदेखि बालकुमारीसम्म आगामी दुई महिनाभित्रमा कच्ची सडक निर्माण गरेर गाडी सञ्चालन गर्दै जाने र पीच गर्दै कोटेश्वर जडिबुटीको जामलाई अन्त्य गराउन विकल्पको रुपमा जडिबुटी पुलबाट बालकुमारी पुलसम्मको सडक प्रयोग गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त स्थानमा भएको सडक पिचको अवस्थालाई निरिक्षण गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रशासनिक ढिलासुस्ती तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले मनोहरा नदीमा ढल हाल्ने काममा ढिलाई भएको कारण सडक निर्माण प्रक्रिया ढिला भएको बताउनुभयो । त्यस्तै उहाँले समस्या समाधान गर्न आवश्यक पहल गरीरहेको बताउनुभयो । डिभिजन कार्यालय भक्तपुरका डिभिजन इन्जिनियर बेदबहादुर भुजेलले भक्तपुर र ललितपुर जोड्ने मनोहरा–हनुमन्ते नदीको दोभानमा रहेको पुल निर्माणका लागि टेण्डरको प्रकृया अघि बढाई यसै वर्ष निर्माण कार्य सुरु गर्ने जानकारी गराउनुभयो । मनोरम समाजका अध्यक्ष विश्व बन्धु बास्तोलाले सडक सञ्चालन गर्न परम्परागत रुपमा प्रयोग भैरहेको घाटलाई नजिकै स्थानान्तरण गरी यातायात सञ्चालन गर्न सहज वातावरण सिर्जना गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
2022/06/27 09:02:16
http://www.hamroyatra.com/2018/10/jam.html
mC4
उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन – Bihani Online काठमाडौं,मंसिर,११-नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमै थोरै व्यक्तिहरुलाई सहभागी गराई अन्यलाई भने भर्चुअल प्रविधिमा सहभागी गराएर साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो । उहांले उद्घाटन कार्यक्रममा बोल्दै यो कार्यक्रमको आयोजना गर्नुले नै अहिलेको अवस्था देखाएको बताउनुभयो । उहांले भन्नुभयो, 'अहिले परिस्थिति कठिन छ। त्यसले लामो समय यो संस्थामा रहेका र नेपालको उद्योग वाणिज्य तथा व्यापार व्यवसायमा रहेकाहरुले मिलेर काम गर्नुपर्ने हुन्छ।' प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि ८ दशमलव ५ प्रतिशतले हुने भनिए पनि झण्डै शून्यमा पुगे पनि यसमा आशा जगाउने स्थिति आएको बताउनुभयो । 'कयौँ देश ऋणात्मक हुँदा पनि हामी हुनुपरेन', उहांले भन्नुभयो, 'विश्वको कयौँ देशले ठूलो रकम पुनरुत्थानमा खर्च गरिरहेका छन्। तर पनि नेपाल सरकारले दिएन भन्ने धेरै व्यवसायीलाई लागेको होला तर नेपाल सरकार मनको गरिब भएर हैन। आफ्नो गच्छे यस्तो भएकोले हो।' उहांले सरकारको गच्छेअनुसार रकम दिएको बताउँदै सोहीअनुसार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साधारणसभा उद्घाटन कार्यक्रममा स्वागतमन्तव्य राख्दै महासंघकी अधयक्ष भवानी राणाले कोरोनाको कारणले धेरै उद्योगी व्यवसायी मारमा परेको र उद्योग व्यवसायको कसरी उत्थान गर्ने भन्ने नै महासंघको अबको अवधारणा हुने र हुनुपर्ने बताउनुभयो। यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। त्यसमा लोकत्रान्त्रिक पद्धतिबाट निर्वाचन हुनलागेका र निर्वाचनपछि महासंघको नेतृत्वमा आउने सबैले आपसी सहयोगमा काम गर्नुपर्ने अध्यक्ष राणाको भनाइ छ। उहांले भन्नुभयो, 'जुनसुकै प्यानलबाट निर्वाचित भए पनि निर्वाचनपश्चात् भने हातेमालो गर्नुपर्ने हुन्छ।' आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उहांले धन्यवाद पनि दिनु भएको थियो । महासंघको यो साधारणसभाले वरिष्ठ उपाध्यक्ष, वस्तुगत र एसोसिएटतर्फका ३ उपाध्यक्षसहित १८ जना खुल्लातर्फका १८ जनासहित संस्थापकमध्येबाट १, प्रदेशबाट ७ तथा वस्तुगततर्फबाट १४ र एसोसिएटबाट १९ जना केन्द्रीय सदस्य छान्दै छ।
2021/12/06 02:13:57
https://bihanionline.com/archives/27392
mC4
के हो फुड पोइजनिङ ? कसरी बच्ने ? - Health Aawaj - a health news portal in Nepal गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के हो फुड पोइजनिङ ? कसरी बच्ने ? के हो फुड पोइजनिङ ? कसरी बच्ने ? हेल्थ आवाज शुक्रबार, २०७६ असोज २४ गते, १७:४२ मा प्रकाशित डा.केदार सेञ्चुरी निर्देशक, वीर अस्पताल दूषित खानाको सेवनले लाग्ने रोग नै फुड पोइजनिङ हो । विभिन्न व्याक्टेरिया र फंगसका कारण खाना कन्टामिनेट (दूषित) हुने गर्छ । अन्डा, माछामासु तथा तरकारी राम्रोसँग नपकाइ खानुहुँदैन । फलफूल तथा तरकारी राम्रोसँग नपखाली खाँदा समेत पोइजनिङको उच्च जोखिम हुन्छ । विभिन्न केमिकल प्रयोग गरिएको ड्रिंक्स तथा मिठाइ पनि सकेसम्म नखानु राम्रो हुन्छ । लामो समयसम्म बाहिर राखेको दुग्धजन्य पदार्थहरूको प्रयोग गर्दा पनि पोइजनिङ हुनसक्छ । इनार, कुवा तथा खोलाको पानी प्रशोधन नगरी प्रयोग गरेमा पनि पोइजनिङ हुने सम्भावना हुन्छ । प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाको प्रकारका आधारमा यसको लक्षण देखिन्छ । यसका लक्षणहरू आधा घण्टाभित्र वा विस्तारै केही दिन देखि केहि हप्तामा समेत देखिन सक्छ । वाकवाक लाग्ने, बान्ता हुने, बारबार दिसा लाग्ने, पेट दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ । प्रायजसो खानाको विषाक्तता दुई दिनपछि आफैँ निको हुने गर्दछ । के कारणले पोइजनिङ भएको हो त्यही अनुसार उपचार गर्नुपर्छ । उपचारको मुख्य उद्देश्य भने शरीरमा पानीको मात्रा कम हुन नदिनु हो । विरामीलाई जल विनियोजन भएको छ भने सलाइन चढाउनुपर्छ । दिसा लागुन्जेल ठोस खानेकुराहरू खानुहुँदैन । दूग्धजन्य पदार्थबाहेक अन्य तरल पदार्थ प्रशस्त पिउनुपर्छ । यदि च्याउ जस्ता विषादी खानेकुरा खाएकाले पोइजनिङ भएको हो भने तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ ।
2022/06/25 04:22:42
https://www.healthaawaj.com/primary-health/4802/
mC4
2021-03-06Saturday लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो – Online Khabar – Hamro Nepal लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो – Online Khabar १२ असार, चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्क कम संकलन गरेको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड ९२ लाख १३ हजार रुपैयाँ असुल गर्ने लक्ष्य लिएकोमा १७ अर्ब ९२ करोड आठ लाख आठ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले दिएको जानकारीअनुसार अन्तःशुल्कको लक्ष्यको ४९ दशमलव ७१ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । जेठ मसान्तसम्ममा कूल राजस्व सङ्कलन ४० अर्ब ५८ करोड ५५ लाख ६२ हजार रुपैयाँ हुने लक्ष्य राखिएकोमा २१ अर्ब ६१ करोड छ लाख २३ हजार रुपैयाँ मात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ५३ दशमलव २५ प्रतिशतमात्र हुन आउँछ । कूल लक्ष्यभन्दा रु १८ अर्ब ९७ करोड ४९ लाख ३९ हजार कम राजस्व उठेको हो । जेठ महिनामा मात्र अन्तःशुल्कबाट पाँच अर्ब २५ करोड १३ लाख ६९ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा एक अर्ब १० करोड ५३ लाख ४९ हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । अन्तःशुल्कमा धेरै राजस्व सङ्कलन हुने गर्दछ । यसअन्तर्गत बियर, मदिरा, सुर्तीजन्य, पेन्ट्स, सिमेन्ट, हल्का पेय पदार्थ, फलामको निर्माण सामग्री, ग्रिल, चाउचाउ, दालमोठ, भुजियाजस्ता सामग्री पर्दछन् । यस कार्यालयले चितवन र नवलपरासीको त्रिवेणी–सुस्ता पूर्वको भाग हेर्दै आएको छ । यस क्षेत्रमा सात वटा मदिरा र छ वटा बियर उद्योग रहेका छन् । कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार अन्तःशुल्कमा विभिन्न सामग्री पर्ने भए पनि अधिकांश हिस्सा बियर र मदिराले ओगट्ने गर्दछ । गत वर्षको जेठ मसान्तसम्ममा अन्तःशुल्क रु २४ अर्ब ७२ करोड ७२ लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको १०४ प्रतिशत रहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा पनि जेठसम्ममा अन्तःशुल्क १७ अर्ब दुई करोड ८३ लाख ९९ हजार रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको ११५ दशमलव ९६ प्रतिशत राजस्व सङ्कलन भएको उनको भनाइ छ । यस वर्षको असार मसान्तसम्ममा अन्तःशुल्कमा ३७ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । रिजालले यस वर्ष पनि लकडाउन नभएको भए लक्ष्य वरपरनै राजस्व उठ्ने भए पनि प्रभावित बनेको बताए । मदिराजन्य वस्तु बिक्री वितरण, निष्काशन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उनको भनाइ छ । शिलबन्दी मदिरा र बियर बजारमा उपलब्ध नहुँदा अवैध मदिराको खपत बढेको व्यवसायीले जनाउँदै आएका छन् । रिजालले भने, 'व्यवसायीले भने जस्तो हो भने बियर र मदिरा बजारमा जान नपाउँदा राजस्व र मानव स्वास्थ्यमा असर परेको छ ।' उनले थपे, 'कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको विकल्प नभएकै कारण लकडाउन गर्नुपरेको हो ।' राजस्वभन्दा मानव स्वास्थ्य ठूलो भएको भन्दै उनले लकडाउन खुकुलो हुँदै जाँदा राजस्व सङ्कलन बढ्दै जाने बताए । केपी ओलीको बचाउ गर्दै योगेश भट्टराईले भने– बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस् – Online Khabar :Newer
2021/03/06 07:46:03
https://abishekchamlagai98.com.np/2020/06/26/%E0%A4%B2%E0%A4%95%E0%A4%A1%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE%E0%A4%B8%E0%A4%81%E0%A4%97%E0%A5%88-%E0%A5%A7%E0%A5%AE/
mC4
२०७८ अषाढ ८, मंगलबार मा प्रकाशित १ महिना अघि शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभा आज(मंगलवार)बाट सुरु भएको छ। सभामा यस चालु आ.ब. २०७७/७८ मा हाल सम्म भएगरेको सम्पूर्ण गतिविधीहरुको समीक्षा सहित आगामी आर्थिक बर्ष २०७८/७९का लागि ७१ करोड ४८ लाख ३ हजार रुपैयाँ बराबरको वजेट पेश गरेको छ । नगर प्रमुख दिल बहादुर ऐरले अध्यक्षता गर्नुभएको सभाको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहनुभएको थियो । नगर उप प्रमुख तुलसी देवी हमालले बजेट, निति तथा कार्यक्रम पेश गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले सुदुरपश्चिम् प्रदेशको मुख्य नाकाहरु कैलालीको गौरीफन्टा,कंचनपुरको गड्डाचौकि,बैतडीको झुलाघाट संगै दार्चुलाको नाकामा समेत बृहत रुपमा कम्तिमा पनि एक हजार जना मानिसहरु अटाउन सकिने गरि नाकामा होल्डिङ्ग सेन्टरको निर्माणका लागि आफुहरु लागि परेको जानकारी दिए। भारत बाट नेपाल फर्किने सम्पुर्ण नेपाली दाजुभाइहरुको स्वास्थ्य चेकजाँच गरि कोरोना पोजेटिभ भएका ब्यक्तिहरुको लागि सम्बन्धीत स्थानिय तह सम्म पुर्याउने ब्यवस्थाको लागि समेत प्रयास गरिरहेको मन्त्री खड्काले बताए । आउदो आर्थिक बर्ष २०७८/७९ मा अरु क्षेत्र भन्दा पनि स्वास्थ्य क्षेत्रमा अत्याधिक बजेट छुट्याइएको हुदा सम्पुर्ण जनमानसमा स्वास्थ्य सेवा प्रवाह र सुविधाको पहुच बाट कोहि पनि बन्चित नहुने उल्लेख गर्दै,अब छिट्टै लालपुर्जा र सुकुम्बासी समस्याको समाधान हुने प्रतिबद्धता जनाएका छन । त्यस्तै नगरपालिका को नबौ नगरसभामा पनि शिक्षा,स्वास्थ्य,कृषि,खेलमैदान,विभिन्न प्रकारका अभियानहरु संचालन,संगै बाकी रहेका योजनाहरु क्रमिक रुपमा पूरा गर्ने शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख ऐर तथा उपप्रमुख हमालले उद्घोस गरेका छन । नगरसभामा १२ ओटै वडाका जनप्रतिनीधी,राजनितीक दलका प्रतिनीधी,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । नगरसभा सुरु हुनुपूर्व सम्पुर्णको कोरोना परिक्षण गराउँदा एक जनामा संक्रमण पुष्टि भएको थियो । नगरसभाको सञ्चालन सुरेन्द्र भट्टले गरेका थिए ।
2021/07/26 23:13:09
https://prabhukhabar.com/2021/06/8313/
mC4
साम्राज्ञीले आफ्नी आमा नेहा राणाले गाएको गीतको भिडियोमा समेत देवाशंसँग रोमान्स गरेकी थिइन् । उनीहरुलाई दुवैपरिवारले विवाह गर्ने अनुमति दिएको खबर समेत आएको थियो । केही वर्षपछि विवाह गर्ने योजनामा भएका यी जोडीको के कारणले प्रेम सम्बन्ध टुट्यो त्यसको बारेमा भने अहिलेसम्म केही जानकारी आएको छैन् ।
2021-02-24T18:13:39Z
http://khabarbishesh.com.np/2019/07/03/%E0%A5%AB%E0%A5%A6-%E0%A4%A0%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A4%82%E0%A4%B8%E0%A4%BF%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D/
OSCAR-2109
डाक्टर गोविन्द केसी पुष १७ देखि आमरण अनसन बस्ने डाक्टर गोविन्द केसी पुष १७ देखि आमरण अनसन बस्ने – Diyopost – ओझेलको खबर बिहिबार, मंसिर २२, २०७९ | December 8, 2022 Dark Mode × Close होमपेज समाचार दियो विशेष अन्तर्राष्ट्रिय अन्तर्वार्ता अर्थ/व्यापार खेलकुद कला-मनोरंजन दियोखोज मिडिया भर्खरै युनिकोड ट्रेण्डिङ : निर्वाचन निर्वाचित नेपाली कांग्रेस प्रतिनिधि सभा प्रतिनिधि सभा निर्वाचन प्रतिनिधि सभा निर्वाचन २०७९ माओवादी केन्द्र विश्वकप फुटबल २०२२ सर्वोच्च अदालत डाक्टर गोविन्द केसी पुष १७ देखि आमरण अनसन बस्ने Diyo post सोमबार, पौष ०२, २०७५ | १९:१०:१० काठमाडौँ, पुष २ । डाक्टर गोविन्द केसीले आगामी १७ गतेबाट पुनः आमरण अनसन शूरु गर्ने भएका छन् । आफ्ना मागहरुलाई सरकारले गम्भिर हिसाबमा नलिएको र कार्यन्वयनतर्फ नलागेको भन्दै डा. केसीले १६ औँ अनसन शूरु गर्न लागेका हुन् । केसीले सरकारलाई आफुले राखेका मागको सम्वोधन गर्नको लागि आज (पुष २) गतेसम्मको अल्टिमेटम दिएका थिए । सरकारले आफ्नो मागप्रति ध्यान नदिएपछि डा. केसी सोमबार बाटै अनसन बस्ने तयारीमा थिए तर संसदको शिक्षा था स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि उनले पुष १६ गतेसम्मलाई आफ्नो अनसन स्थगित गरेका हुन् । डा केसीले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुनुपर्ने र त्यही अनुसार आउनु पर्ने माग गरेका छन्। उनले मंसीर ११ गते सार्वजनिक गरेको तीन बुँदे माग पूरा नभए १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने भएका हुन्। डा. केसीले पछिल्लो पटक आज २ गते सोमबारसम्मको अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिँदा पनि सरकारले मागको विषयमा सुनुवाइ नगरेपछि डा केसीले आजैबाट अनसन सुरु गर्ने तयारी गरेका थिए। तर, स‌ंसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार केही समय दिन आग्रह गरेपछि १७ गतेसम्मको समयसीमा दिएका हुन्। यस्ता छन् डा. केसीले राखेका मागहरुः १. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्। क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्। ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस्। ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस्। २. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्। प्रकाशित मिति : सोमबार, पौष ०२, २०७५ | १९:१०:१० Diyo post दियोपोस्ट अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
2022-12-08T07:21:45Z
https://www.diyopost.com/12/46661/
OSCAR-2301
लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ पक्राउ | Nagarik News - Nepal Republic Media अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँको संख्यामा पक्राउ परेका छन्। देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो। यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागु गर्ने निर्णय गरिसकेको छ। महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन्। यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ। सिड्नीको बृहत क्षेत्र र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेको छ। तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ। प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो। प्रहरीको आदेश अस्विकार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारी र प्रहरीबीचमा झडप हुँदा कम्तीमा सात अधिकारी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी प्रदर्शनमा उत्रिएका २०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। कतिपय क्षेत्रमा राति ९ बजेदेखि बिहान ०५ बजेसम्म कर्फ्यु पनि लागु गरिएको सरकारी अधिकारीले जनाएका छन्। तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ।
2022/05/19 15:30:41
https://nagariknews.nagariknetwork.com/international/604601-1629541617.html?click_from=trending
mC4
बढ्दो उमेरमा चढ्दाे जाँगर, लोभलाग्दो किबी खेती – Khabarhouse बढ्दो उमेरमा चढ्दाे जाँगर, लोभलाग्दो किबी खेती Khabar house | ७ मंसिर २०७७, आईतवार १२:१४ | Comments बागलुङ, मसिर ७ गते । बारीभरि फलाम र सिमेन्टका पोल, त्यही पोलमा जेलिएका किबीका लहर र लहरामा लटरम्म किवी फल । ६१ वर्षीय ज्येष्ठ नागरिकको लोभलाग्दो किबी खेत। जोकोहीलाई पनि लोभ्याउने गर्छ गल्कोट नगरपालिका –१ दुदिलाभाटी चौराहका सन्तबहादुर बुढाथोकीको थालेको व्यवसायिक किवि खेतीले । होटल व्यवसाय छोडेर विगत ६ वर्षदेखि किवी खेतीमा लागि पर्नुभएका बुढाथोकीको होटल वालाबाट किवीवालाको रुपमा परिचय नै बदलिएको छ । जीवन कालको २५ वर्ष भारतमा सवारी चालक, १२ वर्ष काठेखोला गाउँपालिका बिहुँमा होटल व्यवसाय गरेर गरेर धित मरेपछि उहाँमा किवी खेतीको हुटहुटी चल्यो । घुमफरि गर्दै इलाम पुगेको समयमा त्यहाँको खेतीबाट प्रभावित भएर बुढाथोकीले आफ्नो १० रोपनी जग्गामा किवी लगाउनुभएको छ । कोदो, गहुँ, मकै, केराउ उत्पादन हुने बारीमा अहिले किवीका लटरम्म फल देख्न सकिन्छ। '१० रोपनी जग्गामा उत्पादन हुने अन्नवाली भन्दा १०वर्षको एउटा बोटले बढी उत्पादन दिन्छ' बुढाथोकीले भन्नुभयो–'माटोमा पसिना बगाउनु प¥यो, आत्मनिर्भर बन्न समस्या छैन ।' बिरुवा लगाएको तीन वर्षदेखि उत्पादन सुरु भएको थियो । छैटाैं वर्षसम्म आई पुग्दा यस वर्ष १३५ बिरुवाबाट करिव १० क्विटन किबी उत्पादन हुने अपेक्षा गर्नुभएको छ । किवी व्यापारीसँगको समन्वयमा बुढाथोकीले पोखरा, बुटवल, नारायणगढ बागलुङ बजार लगायतका सहरमा विक्रीको लागि पढाउने गर्नुभएको छ। व्यापारीहरुले बारीमै आएर न्यूनतम ३५० रुपियाँ प्रतिकिलोको दरले खरिद गर्ने उहाँको भनइ छ। अन्य खेतीबालीलाई जस्तो धेरै दुःख गर्न नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ । विरुवा खरिद, फलाम तथा सिमेन्टको पोल निर्माण, बगैजा तयार जस्ता संचरना निर्माण गर्दा करिव २८ लाख रुपियाँ खर्च भएको बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीले चोराह कृषि तथा पशुपालन फर्म दर्ता गर्नुभएको छ । उहाँको फर्ममा मन्टी, हेलिसन र हेवार्ड जातका बोट छन् । आगमी बर्षदेखी आफनै नर्सरीमा बिरुवा उत्पादन गरेर विक्री तथा खेती विस्तारको योजना बनाउनु भएको छ । 'अहिले किवी खेतीमा आकर्षण बढ्दो छ' उहाँले भन्नु भयो– 'विरुवा विक्री गरेर पनि आम्दानी गर्न सकिन्छ ।' मेहनत गर्न सके स्व-रोजगारमा समस्या नहुने उहाँको भनइ छ । गोरखापत्र दैनिकमा नवीन शिशिर विकले लेख्नु भएको छ । राष्ट्रिय झण्डा फहराउँदै र राष्ट्रिय गान बजाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भित्रीए ५३ टिपर
2021/04/12 07:18:51
http://khabarhouse.com/archives/19970
mC4
'ऐश्वर्य' सोलो रिलिज, कमाउला ऐश्वर्य ? | Jukson फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागि वर्षको प्रतिक्षीत फिल्म 'ऐश्वर्य' सोलो रिलिज भएको छ । यो फिल्मसँग जुध्न अन्य कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । तर, मल्टिप्लेक्समा भने गएको हप्ता प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म 'सिक्रेट सुपरस्टार' र 'गोलमाल अगेन'सँग 'ऐश्वर्य'ले भिडन्त गर्नु पर्नेछ । केही सिंगल हलमा 'रुद्रप्रिया' र 'रानी' पनि प्रदर्शन भैरहेका कारण यो फिल्ममाथि नेपाली दुई र बलिउड दुई फिल्मसँग खरो उत्रनु पर्ने चुनौती छ । शुक्रवारमात्र फिल्म प्रदर्शन गर्नु पर्ने प्रावधान भएपनि आज बिहीवार छठ पर्वको बिदा भएका कारण 'ऐश्वर्य'ले आफ्नो प्रदर्शन सुरु गरेको हो । काठमाडौंका मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङ राम्रो छ । 'तिमी रोएको पल' बोलको गीतबाटै प्रतिक्षामा रहेको फिल्मको ट्रेलरले झन दर्शकमा उत्सुकता थपेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।
2019/04/26 08:20:36
http://jukson.com/news/entertainment/_7447
mC4
विश्व व्यापि रूपमा फैलिरहेको कोरोना भाईरसको रोमथामको लागि स्थानीयले टोलटोलमा सचेतनाका उपायहरू अपनाउन थालेका छन् । स्थानियहरूले जथाभावी रूपमा मानिस ओहोरदोहोर भएको भन्दै ग्रामीण क्षेत्रको सडक बन्द गर्ने, स्थानिय स्थरमा सचेतना अपनाउने लगायतका कामहरू गर्दै आएका छन् । सचेतना कार्यक्रम अन्तरगत म्याग्दे गाउँपालीका ३ किल्चोकमा स्थायी साबुन पानीले हात धुने कार्यक्रम सुरू गरेका छन् । सावुन पानीले हात धुने अभियानलाई स्थानीय अकला युवा क्लवद्वारा तिब्रता दिईएको क्लवले जनाएको छ । त्यस्तै स्थानियहरूले अनावश्यक रूपमा गाउँमा हिड्डुल भएकाले बाटो बन्दा गरिएका छन । तर अत्यावश्यक अवस्थामा भने बाटो सञ्चालन गरिने स्थानीय मिन थापाले जानकारी दिनुभयो । किल्चोक जस्तै जिल्लाका विभिन्न टोल विकास सस्थाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र रहेका जनतालाई पूर्ण निगरानीमा राख्न थालेको छ । मुख्यतः विदेशबाट आएका नागरिकहरुमा कोरोनाको संक्रमण देखिएपछि स्थानीय तहले विदेशबाट आउने नागरिकको तथ्यांक संकलन र निगरानी बढाएको छ ।
2022-12-07T10:47:05Z
https://damaulikhabar.com/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE-%E0%A4%B0%E0%A5%8B%E0%A4%AE%E0%A4%A5%E0%A4%BE%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%95%E0%A4%BF%E0%A4%B2/
OSCAR-2301
बनेपामा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा | My News Nepal बनेपामा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा २०७५ बैशाख १२ गते काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट पाचौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरेका हुन । शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्त कुमार तामाङलाई नियुक्त गरेको जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकाश हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार १५७ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३४ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सुचना अधिकारी सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जनाएका छन् ।
2019/02/19 02:48:04
http://mynewsnepal.com/3899/
mC4
बिशेष गरेर यो रोग फैलिने आधार भनेको सास प्रस्वास तथा हातमा टासिएका कोरोनाका जिबाणुबाट नै हो।यो रोगको औषधि नै नभएकोले फैलिन नदिने बिकल्प भनेको हात राम्रो सङ्ग साबुन पानीले धुनु र सकेसम्म घरबाट बाहिर ननिस्कनु नै हो। अहिले यो घडीमा सबैजना त्रसित बनेका छन । यो संकट घडीमा आफ्ना आफन्तहरु देश तथा बिदेशमा छरिएको र एकआपसम भेट हुन नसक्ने अबस्था छ।यहि संकटको क्षणमा नेपाल टेलिकमले सम्पुर्ण सेवाहरु निशुल्क प्रदान गर्नुपर्नेमा अनाबस्यक व्यापार गर्ने तथा धेरै भन्दा धेरै कमाउने उदेश्यले ल्याएको छ।
2021-03-04T00:03:18Z
https://www.ideakhabar.com/2018/08/02/18718.html
OSCAR-2109
अखिल क्रान्तिकारी कर्णाली प्रदेशले गर्यो विद्यार्थी जागरण अभियानको उद्घाटन – eratokhabar ई-रातो खबर २०७८, १२ मंसिर आइतबार १६:५९ November 28, 2021 811 Views काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, सुर्खेतमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा "वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह" लागि राखी देशै भरी अभियान चलाउने भएको छ ।
2022/01/25 10:19:25
https://eratokhabar.com/archives/55355
mC4
थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ३ सय ८१ नमूना परीक्षण गर्दा १० जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ८ सय ७१ जनाकाे पीसीआर परीक्षण गर्दा १० जना र ५१० जनाकाे एन्टिजेनकाे नमूनाको परीक्षण गर्दा ० गरी १० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप २८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ सय २७ पुगेको छ। देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाख ८८ हजार ५ सय २९ पुगेकाे छ भने मृत्यु हुने काे संख्या १२ हजार १९ पुगेकाे छ ।
2022-12-05T14:17:16Z
https://samacharpati.com/corona-3/
OSCAR-2301
दशैं पनि फास्ट ट्रयाक जस्तो भइरहेको छ : नायिका रेजिना उप्रेती – jagritikhabar.com दशैं पनि फास्ट ट्रयाक जस्तो भइरहेको छ : नायिका रेजिना उप्रेती लामो समय हराएपछि नायिका रेजिना उप्रेती फेरि विभिन्न फिल्मी जमघट र कार्यक्रमहरुमा देखा पर्न थालेकी छन् । ६ वर्षअघि विवाह गरेपछि फिल्मी दुनियाँबाट हराएकी थिइन् । केही समयअघि सम्पन्न चलचित्र कलाकार संघको अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भइन् । केही दिनअघि उनको रेजिना फिल्मस र शहिद फिल्मस् नामक कम्पनीले रक्षा नेपालको सहयोगमा ९ जना अभिनेत्रीलाई नवदुर्गा सम्मान गरेको छ । दशैं कसरी मनाउँदै हुनुहुन्छ ? – पहिला काठमाडौंमा हाम्रो घर थिएन । डेरामा बस्नुपथ्र्यो । धादिङको हाम्रो घर काठमाडौंबाट दुई घण्टामै पुगिन्छ । त्यसैले हामीलाई दशैंमा घर जानु सामान्य कुरा नै हुन्थ्यो । तर, अब काठमाडौं (सतुंगल) मा घर छ । बालबच्चा भए । व्यवहारमा परियो । त्यसैले दुई वर्षदेखि दशैं नै भनेर गाउँ जानु पर्दैन । बुबा र ममीहरु यतै आउनुहुन्छ । काठमाडौंमा पनि दशैं रमाइलो हुन्छ र ? – रमाउन जान्यो भने जहाँ पनि रमाइलो । रमाउन नजान्नेका लागि कतै पनि रमाइलो हुँदैन । गाउँको दशैं कत्तिको मिस गर्नुहुन्छ ? – जीवनमा बालापन भन्ने कुरा एकचोटी आउँछ र त्यसले जीवनभर भुल्न नसक्ने छाप छोडेर जान्छ । मेरो लागि गाउँमा वाल्यकालमा मनाएका प्रत्येक दशैंहरु सधैं मिस हुन्छ । हामीले चाहेर पनि त्यो उमेर, त्यो समय र त्यसबेलाको उमङ्ग फिर्ता ल्याउन सक्दैनौं । अब त आफ्नो खुशीभन्दा पनि बालबच्चाको खुशीमा रमाउने समय आयो । ३ वर्षकी छोरी छ । ऊसँगै रमाउने र उसको खुशीमा हामी पनि खुशी हुने । पहिलाको दशैं र अहिलेको दशैंमा के भिन्नता पाउनु हुन्छ ? – पहिला सबै कुरा नेचुरल हुन्थ्यो । अहिले हरेक कुरा आयातित हुन्छ । गाउँमा आफ्नै खेतको चामल हुन्थ्यो, करेसाबारीको तरकारी खाइन्थ्यो, घरमै पालेको खसी काटिन्थ्यो । अहिले सबै कुरा चाहिएपछि किन्यो, खायो । त्यसैले हामी नेपालीको जीवन अलिक फास्ट ट्रयाक भएको छ । दशैं पनि फास्ट ट्रयाक जस्तो दुई–चार दिनअघि देखि आयो–आयो भन्यो, एक–दुई दिनमा गयो–गयो भन्ने हुन्छ । पहिला–पहिला ६ महिनाअघि दशैंको प्लान बनाउँथ्यौँ । दशैं आउँदैछ भनेर धेरै पहिलादेखि रमाइलो मानिन्थ्यो । अब दशैं मुखमा आएपछि बल्ल आयो भन्ने बेला छ । भर्खरै नवदुर्गा सम्मानको आयोजना गर्नुभयो । कसरी आयो यस्तो आइडिया ? – मेरो नाम, पहिचान भनेकै चलचित्र क्षेत्रसँग जोडिएको छ । जहाँ गए पनि, जे गरे पनि मनबाट 'चलचित्र' हटाउन गाह्रो हुँदोरहेछ । फिल्म बनाएँ, कलाकारिता त मुख्य काम भइहाल्यो । बीचमा श्रीमानको व्यवसायमा सहभागी भएँ । तर, चलचित्रकर्मले मलाई र मैले चलचित्रकर्मलाई छोड्नै नसक्ने गरी सम्बन्ध बनेको रहेछ । मनमा के गरौं–के गरौं भन्ने भइरहने । अनि, डेढ महिनाअगाडि मेरो मनमा हामीभन्दा सिनियर दिदीहरुलाई नवदुर्गा सम्मान गर्ने भन्ने कुरा खेल्यो । शहिद फिल्मस्को दुर्गा केसी र रक्षा नेपालको मेनुका थापाहरुसँग सल्लाह गरें । उहाँहरुले पनि हौसला दिनुभयो । दुर्गाजी र मेरो रेजिना फिल्मस् त आयोजक नै भयो । रक्षा नेपाल जस्तो संस्थाले पनि सघाउने भएपछि हामी उत्साहित भयौं । दशैंकै बेला किन कार्यक्रम गर्नुभएको ? – हामीले लिएको धार्मिक विश्वासअनुसार दुर्गा भवानीका विभिन्न नौ रुप हुन्छन् । नेपालको चलचित्र क्षेत्रलाई इतिहासदेखि यहाँसम्म ल्याउने काममा थुप्रै दिदी, बहिनीको योगदान छ । त्यसमध्ये पनि हाम्रा अग्रज दिदीहरु, जसलाई हेरेर हामी पनि यो क्षेत्रमा आउनका लागि प्रेरित भयौं, उहाँहरुलाई दुर्गा भवानीका विभिन्न नौ रुपमा रुपान्तरण गर्ने सोचको विकास भयो । आज हामीले गर्‍यौं भने भोलि आउने पुस्ताका कलाकारलाई पनि यस्तो काम गर्नै हौसला मिल्छ । त्यही भएर यो कार्यक्रम गर्‍यौं । कत्तिको दुःख भयो ? – यस्तो काम गर्ने भनेर प्रतिज्ञा गरिसकेपछि दुःख मान्नु हुँदैन । ९ जना सिनियर दिदीहरुलाई एउटै स्टेजमा ल्याउने कुरा सजिलो थिएन । सबैलाई गएर आफै भेटें । कुरा राखें । सहमत हुनुभयो । तर, कता–कता मनमा चाहिँ 'बाइ दि वे आउनु भएन भने ?' भनेर कुरा खेल्थ्यो । अनि, हरेक दिन उहाँहरुसँग कन्ट्याक्टमा हुन्थें । कार्यक्रममा पर्फमेन्स गर्ने साथीहरुलाई कोअर्डिनेट गर्नुप¥यो । त्यसैले दुःख हैन, व्यस्त भइयो भनौं । पैसाले दुःख भएन ? – त्यो पनि दुःख मानिनँ । सकेको गरें भन्छु । कलाकार साथीहरुले कलाकारले नै आयोजना गरेको कार्यक्रम भनेर धेरै कोअपरेट गर्नुभयो । टोकन मनी भनेर थोरै थोरै पैसामा चित्त बुझाई दिनुभयो । केही समय फिल्म लाइनबाट हराउनु भयो । कहाँ हुनुहुन्थ्यो ? – विवाह गरें, ६ वर्षअघि । त्यसपछि श्रीमानको ट्राभल एजेन्सीमा सघाउन थालें । तीन वर्षअघि छोरी जन्मिइन् । छोरी नहुर्किंदासम्म आमालाई अलिक फ्रि भएर हिँड्न गाह्रो हुन्छ । व्यवहार पनि हेर्नुपर्छ । त्यसैले अहिले पनि पूरै समय दिएर चलचित्र क्षेत्रमा लाग्न सकेकी छैन । भर्खरै माननीय शान्ता चौधरीको गीतको म्युजिक भिडियोमा काम गरें । अब विस्तार विस्तारै सक्रिय हुँदैछु । ट्राभल एजेन्सी कहाँ छ ? – विशालनगरमा । श्रीमान् १५–१६ वर्षदेखि यही क्षेत्रमा हुनुहुन्छ । म चाहिँ नयाँ–नयाँ भनौं । हराएको मान्छेले कसरी कलाकार संघको चुनाव जित्नु भयो ? – कलाकारका रुपमा म स्थापित नै छु, केही वर्ष टाढा भएको मात्र थिएँ । हामी प्रगतिशील पक्षका कलाकार हौं । तर, यो क्षेत्रमा सबै विचारका अग्रज, सहकर्मीले माया गर्नुहुन्छ । त्यही भएर चुनाव जितियो । लक्ष्मण डङ्गोल नेपालमा बनेका परम्परागत घर, मठमन्दिरहरू त्यसबेलाका उच्चतम प्रविधि मानिन्छन् । यद्यपि, त्यस्ता घरहरू...
2021/11/30 15:33:55
https://jagritikhabar.com/2019/10/20178/
mC4
इटहरीमा एक बर्षकी वालिकाले जीतिन कोरोना इटहरीः इटहरी आइसोलेसनमा एक बर्षकी वच्चीले सहज ढंगले कोरोना जीतेकी छिन । इटहरी ५ की सायरा प्रधानले कोरोना जीतेकी हुन । उनकी आमा सविना प्रधान र छोरी सायरालाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आमा छोरी असोज १६ देखिनै इटहरी आइसोलेसनमा वस्नु भएको थियो । उहाँहरुमा खास कुनै पनि लक्षण नदेखिएको स्वास्थ्यकर्मी शिव कुमार झाले वताए । एक बर्षको उमेरमा कोरोना जीतेकी सायराको प्रथम जन्म दिन पनि इटहरी आइसोलेसनमै मनाइएको छ । डिस्र्चाज हुनुअघि केक काटेर आइसोलेसनमा रहेका संक्रमितहरुले सायरालाई जन्मदिनको शुभकामना दिए । "जीवनको पहिलो वसन्तमै कोरोना संक्रमणलाई परास्त गरेकी सायराले जीन्दगीमा जस्तोसुकै कठिन परिस्थिति आएपनि सहज ढंगले परास्त गर्न सक्नेछिन हामीले उनको उत्तरौ उत्तर प्रगति सुस्वास्थ्य एवं प्रगतिको कामना गरयौ,"एक संक्रमितले वताए । सायराकी आमाले १५ दिनसम्म आइसोलेसनमा वस्दा खेल्ने,नाँच्ने,गाँउने गरिएको र डिस्र्चाज हुनुअघि नानीको जन्मदिन यहि मनाउन संक्रमितहरुले आग्रह गरेका कारण छोरीको जन्मदिन आइसोलेसनमै मनाएको वताए । आइसोलेसनमा खाना र वस्ने राम्रो प्रवन्ध रहेको जनाउदै उनले उपमहानगरलाई धन्यवाद दिए । स्वास्थ्यकर्मीहरुले लगातार सम्पर्क गरेर आफूहरुको स्वास्थ्य अवस्था वुझेको,चेक जाँच गरेको उनले वताए ।
2020/10/25 16:54:46
https://pradeshportal.com/news/10695
mC4
निर्णयअनुसार बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा भूमाफियाको कब्जामा पुर्याउनका लागि तात्कालिन प्रधानमन्त्री नेपाल आफै सक्रियतापुर्वक योजना बनाएरै लाग्नुभएको तथ्य देखिएको छ । नेपालले सम्बन्ध नै नरहेको मन्त्रालयलाई समेत प्रयोग गरी ललितानिवासको जग्गा भूमाफियालाई दिलाउन मन्त्रिपरिषदबाट निर्णय गर्नुभएको पाइएको हो । ललितानिवास प्रकरणमा नेपाल नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीले आफूहरुलाई जानकारी नभएको र मन्त्रिपरिषदमा छलफल पनि नभएको तथ्य यसअघि नै खोलिसक्नु भएको छ । माधव नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको बयानबाटै सत्तारुढ नेकपाका बरिष्ठ नेता तात्कालिन प्रधानमन्त्री नेपाल प्रधानमन्त्री निवास बिस्तारको बहानामा बालुवाटारस्थित ललितानिवाशको जग्गा हडप्ने भूमाफियाको खेलमा सहभागी हुनुभएको प्रष्ट देखिएको छ । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले अनुसन्धानको क्रममा ललिता निवासको सरकारी जग्गा बदनीयतपुवर्क निर्णय गरी सरकारले भूमाफिया पोसेको निश्कर्ष निकालेको थियो । सो समितिको प्रतिवेदनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाटै जग्गा फिर्ता लिने निर्णय गराउनु भएको छ भने अख्तियारले नेपाल नेतृत्वको सरकारका दुई मन्त्रीलाई बिशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
2021-03-08T13:10:10Z
https://www.brtnepal.com/2018/04/21/45820.html
OSCAR-2109
प्रेस युनियनको ध्यानाकर्षण – News Portal September 5, 2019 epradeshLeave a Comment on प्रेस युनियनको ध्यानाकर्षण घोराही, १९ भदौ । नेपाल प्रेस युनियन दाङले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारलाई कामबाट निष्कासन गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक आस्था र पूर्वाग्रह राखी तीनजना पत्रकारलाई कामबाट हटाइएको भन्दै प्रेस युनियन दाङले प्रमुख जिल्ला अधिकारीमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । प्रादेशिक केन्द्र दिपायलमा कार्यरत पत्रकारहरू प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुँवरलाई राजनीतिक पूर्वाग्रहमा रेडियो प्रसार विकास समितिले कामबाट हटाएपछि पुनर्वहाली गर्न यसअघि अनुरोध गरिएको छ । सरकारी सञ्चारमाध्यमबाट व्यवसायिक पत्रकारलाई निष्कासन गर्ने तथा स्टिन्जरको म्याद नथपी आफ्ना पार्टी कार्यकर्ता भर्ती गर्ने अवाञ्छित काम भइरहेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरिएको छ । यसैगरी ज्ञापनपत्रमा प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र यसको सर्वत्र विरोध भएपछि केही समय स्थगत गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्ष, संघसंस्थाहरुसँग कुनै सल्लाह र परामर्श नै नगरी एकाएक राष्ट्रिय सभाबाट प्रक्रिया अघि बढाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै युनियनले सरोकारवालाहरुको माग सम्बोधन गदै संसदमा रहेका दलहरुको सहमतिबाट मिडिया काउन्सिल पारित गर्न माग गरेको छ । युनियनले उठाएका जायज मागका सन्दर्भमा सरकारले बेवास्ता गरी सिङ्गो पत्रकारिता, पत्रकारको हकहित र प्रेस स्वतन्त्रता विरोधी काम भएमा देशभरका पत्रकार चुप लागेर नबस्ने र कडा आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमार्फत चेतावनी पनि दिइएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले युनियनको ध्यानाकर्षण तालुक मन्त्रालय र सरोकार निकायमा पु¥याई माग सम्बोधन गर्न पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष देव यादव, सचिव आरके शीतल, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम, पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सुदीप गौतम, युनियनका निवर्तमान सचिव देवेन्द्र बस्नेतसहितको टोली पुगेको थियो ।
2021/02/26 15:47:45
https://epradeshtoday.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A4%B0%E0%A5%8D/
mC4
दुर्घटना न्यूनीकरण गर्न सचेतना – News Portal दुर्घटना न्यूनीकरण गर्न सचेतना September 16, 2019 epradeshLeave a Comment on दुर्घटना न्यूनीकरण गर्न सचेतना तुलसीपुर, ३० भदौ । चाडपर्वमा सवारीको चाप बढेसँगै हुनसक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियानलाई तिब्र बनाएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आइतबार अटो र टेम्पो व्यवसायीहरुको संयुक्त भेला तथा प्रशिक्षणसमेत गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख प्रेमप्रसाद रेग्मीले नियम कानूनको परिधिमा रहेर सबैले आफ्नो व्यवसाय सञ्चालन गर्न सकेपनि दुर्घटना न्यूनीकरण हुन सक्ने बताए । छहरा यातायात प्रालिका अध्यक्ष गंगाराम वलीको अध्यक्षता तुलसीपुर उपमहानगरका कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख डाँगीले अटो व्यवसायीहरुलाई कानूनी दायरमा ल्याउने बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत तीनपाङ्ग्रे साधनहरुको व्यवस्थापनका लागि कार्यदल निर्माण भएको बताए । 'व्यवसायीहरुले पनि व्यवसाय गर्न पाउर्नुपर्छ, तर नियम कानूनको दायरामा सबै आउनुपर्छ' उनले भने 'अटो व्यवसायीहरुको समस्या समाधानका लागि उपमहानगर तयार रहेको बताए ।' त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य अम्मर नेपाली माइकलले बजार व्यवस्थापनमा आफूहरु लागेका भन्दै त्यसमा अटो व्यवसायीहरुले पनि सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपाल, यातातायत व्यवस्था कार्यालयका ओविन्द्रबहादुर वली, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष नारायणी रजौरेलगायतले सडक तथा ट्राफिक नियम र कानून सबैले पालना गर्नुपर्नेमा जोड दिए ।
2021/02/26 09:16:39
https://epradeshtoday.com/%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8/
mC4
काठमाडौँ:अभिनेत्री आशा भुषाल चलचित्र ‘दुश्मनी’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । सिन्धुलीबाट कलाकारितामा लागेर नाम र दाम कमाउने सोचका साथ काठमाडौँ आएकी भुषालले ‘सुनपानी’, ‘समर्पण’,’लभ इज लाइफ’ जस्ता चलचित्रमा काम गरि सकेकी छन् । उनि अभिनित पछिल्लो चलचित्र ‘झिङ्गेदाउ’ प्रदर्शन हुन बाँकि छ। उनले ३ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा समेत अभिनय गरि सकेकी छन्। भबिस्यमा पनि कलाकारितालाई नै निरन्तरता दिने उनको सोच रहेको छ । नेपाली कला क्षेत्रमा रुचि भएकै कारण यसैलाई आफ्नो काम बनाएको भुषाल बताउछिन् । नेपालमा तथा विदेशमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा समेत उनले आफ्नो कला प्रस्तुत गरि सकेकी छिन् ।
2021-11-30T15:27:05Z
https://celebritynepal.com/e-news/kollywood/jhinge-dau-aasha-bhushal
OSCAR-2201
दर्शनको अलौकिक आनन्द दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको आवश्यकता पर्दछ । तर मसँग यति धेरै क्षमता छैन, तर पनि पत्रकारिताको जगत्मा लामो बाटो नाप्नुभएका मेरा अनन्य मित्र विष्णु निष्ठुरीको मीठो आग्रह र उहाँसँग काम गर्ने मेरो इच्छाले गर्दा दर्शन, अध्यात्म, साहित्य एवं कला जस्तो महनीय विषयमा चञ्चुप्रवेशको जमर्को गरेको छु । दर्शन भनेको देख्नु हो । तर हामीसँग भएका दुई आँखाले देख्नुलाई दर्शन भनिदैन । दार्शनिक दृष्टिका लागि तेश्रो आँखाको आवश्यकता पर्छ । तर तेश्रो आँखा सजिलै खुल्दैन । हामी चेतना, बुद्धि एवं संकल्पको एकीकरणबाट साधनाको मार्गमा ओर्लनसम्म त सक्छौं, तर हिँड्न अझै ठूलो धेैर्यपूर्ण यात्राको आवश्यकता पर्दछ । दर्शन एवं अध्यात्म–विद्याको धारावाहिक रचनाकोलागि मेरो धैर्यपूर्ण यात्रा वास्तवमा एउटा जटिल आरम्भ हो । जबसम्म मैले मेरो संकल्प–शक्तिलाई साधनाको आलोकमा स्थापित गर्न सक्दिन तबसम्म मेरो यो यात्रा जति बेला पनि खण्डित हुन सक्छ । त्यसैले अखण्ड यात्राकोलागि बुद्धि तत्वभन्दा पनि चेतनाकै शिवतम शरणमा पर्न सक्नुपर्छ । बुद्धि त थाक्छ , तर परम् शिवतत्वको असीम संकल्प शक्ति कहिल्यै थाक्दैन । बुद्धि तथा इन्द्रियहरु सुषुप्त रहँदा पनि शिवतम् चेतना अखण्ड–दीपरुपले प्रकाशित भइरहन्छ । तिनै अखण्ड प्रकाश स्वरुप शाश्वत, निराकार एवं निवीज शिव–तत्वलाई अनन्तकोटी नमन गर्दै यो मंगलकार्यको थालनी गरेको छु । दर्शन एक अलौकिक आनन्दको विषय हो । दर्शन भन्नासाथै अमूर्त विषयको जिज्ञासासँग ठोकिन्छ । अझ दर्शनसँग अध्यात्मको अभेद्द सम्बन्ध रहेको हुन्छ । दर्शन तथा अध्यात्म क्षेत्रमा यात्रारत विद्यार्थीकालागि आर्थिक फाइदा तथा भौतिक जगतको चाकचक्य फिका एवं सामान्य अनुभव हुन्छ । दर्शन तथा अध्यात्म क्षेत्रका उपासकहरुको यो प्रमोदपूर्ण यात्रालाई पाश्चात्य दार्शनिक प्लेटो "दर्शनको प्रिय आनन्द" भन्छन् । प्लेटोको त्यस समयलाई बुद्धिको युग भनेर पनि चिनिन्छ । पश्चिम कै अर्का दार्शनिक ब्राउनिंग दार्शनिक जिज्ञासालाई जीवनको आधारभूत पक्ष भन्छन् । "जीवनको एक विशिष्ठ अर्थ हुन्छ र त्यस अर्थको खोजी मेरालागि भोजन तथा पानी सरह नै हो" ब्राउनिंग भन्छन् । तैपनि मानवीय समाज गन्तव्यहीन यात्रामा अल्मलिँदै छ । अर्थहीन विषयमा प्रयत्न गर्दैछ । हामी भित्र र बाहिर अनौठो द्धिविधा छ, अराजकतापूर्ण द्धन्द छ । तथापि हामी विश्वास गर्छौं कि हामी भित्र कुनै सशक्त सत्ता छ । त्यो सत्ताको सहारामा हामी अमूर्त सत्यको उद्घाटन गर्ने जमर्को गर्छाैं । अमूर्त विषय भन्नासाथ हाम्रो अन्तरजगतीय साम्राज्यको खोजी नै हो । त्यो अन्तरजगतीय साम्राज्य मन तथा आत्मा नै हो । हामी जीवनको सत्य खोजीरहेका छौं । जुन सत्य हाम्रो आन्तरिक सत्ताबाट उद्भाषित हुन्छ । त्यो आन्तरिक सत्तालाई उद्भाषित गर्न आवश्यक पर्ने साधन भनौ या बाटो हामी खोजीरहेका छौं । सनातन सत्यको खोजी नै दर्शन तथा अध्यात्मको मूल बाटो हो । अध्यात्म विद्या जटिलतालाई सरलतामा बदल्ने एउटा अनूपम साध्य हो । जटिलतासँग कसरी सामना गर्ने र साक्षात मृत्युको अगाडि पनि कसरी मुस्कुराउने भन्ने कला अध्यात्मको तेजस्वी सत्ताले सिकाउँछ । हामी पूर्णता प्राप्त गर्न चाहन्छौं । आफ्ना अनन्त इच्छाहरुलाई छानेर इच्छा तथा सामथ्र्यका वीच सन्तुलन स्थापित गर्न सक्नु नै अध्यात्मको सफल प्रयोग हो । पश्चिमी दार्शनिक थ्युरोको भनाइ छ कि "केबल गम्भिर एवं उच्च विचारहरुको पोषण या कुनै गहकिला तथा क्ल्ष्टि विचारधाराबाट सम्बद्ध हुनु दार्शनिकता हैन, बरु ज्ञान अथवा विद्या प्रेम चाहि असली दार्शनिकता हो र त्यही ज्ञान तथा विद्या प्रेमका साथ जीवनयापन गर्नु दर्शनको उत्कृष्ट साधना हो ।" अर्थात सादगी, स्वतन्त्रता, एवं आस्थामय जीवन विताउनु नै वास्तविक दार्शनिकता हो । दर्शनका अनेक सम्प्रदायहरु छन् । मुख्यतः पूर्वीय(भारतीय) र पश्चिमी दर्शनको अस्तित्व समृद्ध छ । दर्शनको मूलभूत सिद्धान्त सत्यको खोजी तथा मूर्त अमूर्त विषयको सूक्ष्म विश्लेषण हो । पश्चिमी दार्शनिक फ्रान्सिस बेकन सत्यलाई समृद्धि भन्दा स्वतन्त्रताको साधन ठान्छन । भारतीय दर्शन सम्प्रदायमा पूर्वीय दर्शनमा इहलौकिक र पारलौकिक अथवा लोक तथा लोकोत्तर सत्ताको खोजी गरिएको छ । पश्चिमी दर्शन र पूर्वीय दर्शन परम्परामा खासगरी एउटा विशिष्ट र मौलिक भिन्नता छ । पश्चिमी दर्शन भौतिक जीवन तथा यसका असीमित पक्षहरुलाई उत्सुकता एवं आश्चर्यपूर्ण ढंगबाट खोतल्ने काम गर्छ भने पूर्वीय दर्शन जीवनलाई साधनाका माध्यमबाट अखण्ड सत्यको प्रबुद्ध सत्तामा अनुभूत गर्न चाहन्छ । पूर्वीय दर्शन आत्माको सत्तालार्ई सर्वोपरि मान्दै कैवल्यको साम्यावस्थामा पुग्ने र आत्मसत्ताको शाश्वत अनुभूतिमा लय हुने प्रयत्न गर्दछ । तसर्थ पूर्वीय दर्शन केवल उत्सुकताजन्य खोजी मात्र हैन जीवनलाई शाश्वत आलोकमा भाषित गर्ने संकल्प पनि हो । पूर्वीय दर्शन साधना तथा अभ्यासका माध्यमबाट अविद्यालाई स्थानच्युत गरी प्रज्ञाको उद्भाष गर्ने अविरल यात्रा हो । जब विद्या या बेधिको उपलब्धि हुन्छ तब शक्ति एवं निष्ठा प्राप्त हुन्छ । यसबाट साधकको प्रकृति पूर्णतः न्यूनतम रुपमा आलोकित हुन्छ र अन्तर्मुखी आयाममा लीन हुन पुग्छ । पूर्वीय दर्शन अनुसार मोक्ष, निर्वाण तथा ईश्वरीय सत्ता मनको आन्तरिक स्थिति हो । जुनसुकै धर्मको लक्ष्य मन तथा आत्माको शुद्धि नै हो । असीमित वासना एवं लालसाको दासताबाट मुक्त हुने उपाय खोज्ने कार्यमा पूर्वीय दर्शनलाई पश्चिमी दर्शनले भेट्न सक्दैन । पश्चिमी दर्शन सत्यको अन्वेषण त गर्छ तर निष्ठापूर्ण अवतरणका लागि खासै ध्यान दिँदैन । भक्ति विनाको निष्ठा फल रहित बृक्ष जस्तै हो । भक्तिमा समर्पण हुन्छ । तर पश्चिमी दर्शनमा समर्पण भन्दा पनि जिज्ञासा हुन्छ । भक्ति कुनै शास्त्रीय एवं ज्ञान–परम्परामा बाँधिदैन, न त राजयोग जस्तै मनोवैज्ञानिक शास्त्रमा या हठयोग जसरी मनोभौतिक विज्ञान तथा ज्ञानयोगको विधि जस्तै कुनै बौद्धिक प्रव्रिmयाद्धारा सञ्चालन गर्न सकिन्छ । हाम्रो प्रकृति भन्दा पर एक यस्तो सत्ता छ, जो अति विशाल, शक्तिशाली एवं अपरिमेय छ । यस शक्तिको उद्गम स्थल आफैंमा अचिन्त्य छ । यो शक्ति प्रकृति भन्दा पर भए पनि शक्तिको श्रोत भने प्रकृति नै हो । (लेखक खनाल दर्शन शास्त्रका अध्यापक तथा अध्यात्मसाधक हुन्)
2018/09/25 11:36:57
https://www.saralpatrika.com/news-details/8844/2018-05-15
mC4
NewsofTokhaखरानीको थुप्रोमाथि गणतन्त्र दिवस! | खरानीको थुप्रोमाथि गणतन्त्र दिवस! १५ जेष्ठ २०६९, सोमबार ०५:२७ | न्यूज अफ टोखा किशोर नेपाल -आज गणतन्त्र दिवस। संविधानसभाको खरानीको थुप्रोमा उभिएर हामी बजाउँदैछौँ, गणतन्त्रको बाजा। जनताका आशा, अपेक्षा र आकांक्षा ठोकिने थलोको रुपमा चार वर्ष अस्तित्वमा रहेको संविधानसभा बाँझै अवस्थामा नेपाली जनताको विस्मृतिमा थन्कियो। ९ अर्बको सरकारी खर्च र चार वर्षको समय व्यर्थमा खर्च गरेर २०६९ जेठ १५ को मध्यरातपछि संविधानसभा अस्तित्वहीन बन्यो। यसका साथै देश अनिश्चयको महाभुमरीमा फँस्ने सम्भावना पनि बढ्यो। खण्ड र अखण्डको विवादमा बाँडिएको मुलुक संविधानका बारेमा अत्यन्त सजग थियो। संविधानसभा अस्तित्वहीन भइसकेको अवस्थामा यो सजगता उल्टो बाटोमा डोरिने सम्भावना उत्तिकै छ। संविधानसभाले बहुमतका आधारमा निर्वाचित सरकारको अस्तित्व नै धरापमा रहेका बेला मानिसको मनस्थिति बिथोलिनु अस्वाभाविक होइन। अब के हुने हो? संविधानविद्हरू व्याख्याको तयारीमा होलान्। तर, प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा अस्तित्वहीन हुनु केही मिनेटअघि मात्र टेलिभिजनमार्फत संविधानसभा नरहे पनि आफ्नो सरकारको वैधानिकता रहेको दाबी गर्दै आगामी मंसिर ७ गते संविधानसभाका लागि ताजा चुनाव गर्ने घोषणा गरे। भट्टराई सरकारको वैधानिकता अहिलेको राजनीतिको एउटा मुख्य पाटो हो। राष्ट्रपतिको कार्यालयले यसको छानबिन गरेकै हुनुपर्छ। भट्टराईले संविधानसभाको विघटन त्यति बेला हुन दिएका छन्, जब यसका एक, एक सदस्य जनताको क्रोध, आवेग र आक्रोशको शिकार हुँदै गएका छन्। राम्रा-नराम्रा र खराब-असल चरित्रहरूको छानबिन नै नगरी सिंगै संविधानसभाका सदस्यमाथि आरोपको वर्षा लाग्न थालेको छ। व्यक्तिगत आचरणमा चुकेका कतिपय सभासद् नांगिँदैछन्। सभासदमाथि देशी बजेट र विदेशी अनुदानको अथाह धनराशिमा मोज गरेर दिन विताएको तर संविधान नबनाएको आरोप लागेका बेला संविधानसभाको स्वतः विसर्जनले सामान्य सभासद्को हुर्मत लिने काम गरे पनि नेताहरूको इज्जत जोगाएको छ। संविधानसभा निर्वाचित भए पनि यसका सभासद् निष्क्रिय थिए। आ-आफ्ना नेताले आँखा नझिम्क्याएसम्म एकटक शून्यमा हेरिरहने बानी थियो सभासद्हरूको। मसिन-मानिसजस्तो रिमोट नचली पाइला नसर्ने प्रवृत्ति। राजनीतिक र नैतिक हिसाबले वर्तमान संविधानसभा दुई वर्षअघि नै मरिसकेको थियो। उसैबेला यसको विसर्जन गरेर नयाँ चुनाव गराउने माग नभएको थिएन। त्यतिबेला संविधानसभाका लागि ताजा चुनाव भएको भए अहिले मुलुकको हालत फरक भइसक्ने सम्भावना थियो। तर, नेताहरूले छ महिना र तीन महिनाको म्याद थप्दै संविधान निर्माणको अमूर्त नाटक मञ्चित गरिरहे। सर्वोच्च अदालतले पनि संविधानसभाको अस्तित्व राख्न नहुने ठहर गरेन त्यतिखेर। अन्तिम समयसम्म संविधानसभाले एक थान संविधान प्रस्तुत गर्नेमा सबै विश्वस्त थिए। तर, राज्य पुनर्संरचनाका जटिल विषयमा नेताहरूबीच छलफल सुरु हुनासाथ संविधानसभाको म्याद सकियो। जटिल विषय अब झन् झन् जटिल बनेका छन्। बाबुराम भट्टराईले यतिबेला गरेको चुनाव घोषणा कुनै हालतमा पनि उचित होइन। पूरै मुलुक आक्रोश र उद्वेलनमा रहेको अहिलेको समयमा चुनाव घोषणाको कुनै तुक छैन। पाँच महिनापछि हुने चुनावका लागि वातावरण सङ्लो बनाउन आवश्यक पर्ने राजनीतिक दलहरूको सक्रियता उपलब्ध हुने समय पनि यो होइन। विभिन्न जाति, जनजाति र स्वार्थ समूह केन्द्रीय दलहरूसँगै असन्तुष्ट रहेका बेला दलहरूले राजनीतिक वातावरण चुनाव अनुकूल बनाउन सक्छन् भन्ने तर्क अत्यन्त अविश्वसनीय छ। संविधान बनाउन विफल दलहरूको अपजशको भारी बोक्न अहिले कोही पनि तयार हुने अवस्था छैन। राजधानी सहरमा चुनाव रमाइलो विकल्प भए पनि मंसिरमा हुने चुनाव गाउँघरका लागि कहर हो। खेती भित्र्याउने बेलाको चुनाव किसानका लागि किचलो नै सावित हुन्छ। भट्टराईले संविधान निर्माणमा सर्वसम्मत दृष्टिकोण निर्माणको वातावरण तयार पार्न सकेनन्। प्रतिपक्ष र मुलुकका सबै महत्वपूर्ण समूहहरूलाई विश्वासमा नलिई गरेको चुनाव घोषणा स्वयंका लागि प्रत्युत्पादक सावित हुनेछ। मुलुक संकटमा परेका बेला सहमतिको खोजी आवश्यक हुन्छ। भट्टराई सरकारले घोषणा गरेको चुनाव भए पनि र रोकिए पनि यसले अहिले सामाजिक विचलनको उत्कर्षमा रहेको नेपालको भलो गर्दैन।
2021/04/15 02:58:01
https://newsoftokha.com/2012/05/28/%E0%A4%96%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A5%E0%A5%81%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF-%E0%A4%97%E0%A4%A3%E0%A4%A4%E0%A4%A8%E0%A5%8D/
mC4
किन रोकियो एमबिबिएसको प्रवेश परीक्षा ? - Health Today Nepal किन रोकियो एमबिबिएसको प्रवेश परीक्षा ? September 7th, 2019 समाचार 0 comments काठमाडौ,२१ भदौः सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको एमबिबिएस तहको प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ । अदालतको अन्तरिम आदेशपछि आइओएमले सबै विषयको परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शनिबारका लागि तय भएको परीक्षा रोकेर दुवै पक्षलाई २५ भदौमा छलफलका लागि बोलाएको छ । आयुष ओझा लगायतले चिकित्सा शिक्षा ऐनविपरीत परीक्षा लिन लागेको भन्दै अदालतमा रिट दायर गरेका थिए । चिकित्सा शिक्षा ऐनमा ७५ प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति, एकीकृत प्रवेश परीक्षालगायत व्यवस्था गरिएको छ । तर, त्यसलाई छल्न मेडिकल कलेज र संस्थानले आफूखुसी भर्ना प्रक्रिया सुरु गरेको भन्दै रिट परेको थियो । आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले २१ भदौमा प्रवेश परीक्षा लिने तय भएको थियो । त्यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले २८ भदौ, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले ४ असोजमा प्रवेश परीक्षा लिने गरी सुचना निकालेका थिए । प्रवेश परिक्षा रोक्न माग गर्दै विद्यार्थीहरुले आइओएममा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । यस्तै,आन्दोलनरत विद्यार्थीहरुले तत्काल चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन माग गरेका छन् । उनीहरुले अदालतको आदेशको स्वागत समेत गरेका छन् । यस्तै, आन्दोलनरत विद्यार्थीहरुले सबै प्रवेश परीक्षा एकै ठाउँबाट हुनुपर्ने माग राखेका छन् । सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठानले विद्यार्थीको फर्मबाट उठ्ने पैसाको प्रलोभनमा परेर एकीकृत प्रवेश परीक्षा गर्न नदिएको उनीहरुको आरोप छ । सर्वोच्चले चिकित्सा शिक्षा ऐनको दफालाई आधार मान्दै परीक्षा रोक्न शुक्रबार आदेश दिएपछि आइओएमले एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, बिपिएचलगायत सबै विषयको परीक्षा पनि रोकेको छ । प्रवेश परिक्षाको लागि झण्डै २० हजार विद्यार्थीले आवेदन दिएका थिए ।
2020/02/26 10:17:43
http://healthtodaynepal.com/2019/09/07/%E0%A4%95%E0%A4%BF%E0%A4%A8-%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A4%8F%E0%A4%AE%E0%A4%AC%E0%A4%BF%E0%A4%AC%E0%A4%BF%E0%A4%8F%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D/
mC4
पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको हो । अभियानको सुरुआत गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रका खुला क्षेत्रमा धार्मिक प्रजातिका वृक्षरोपणलाई तीव्रता दिन निर्देशन दिए। विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । रोपेका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई उनले निर्देशन दिए । पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपीपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाउने योजना कोषको छ । कार्यक्रममा खाँदवारी नगर प्रमुख महेश थपलियाले एक लाख रुद्राक्षको बिरुवा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सो अवसरमा मुख्यसचिव शङ्करदास वैरागी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, महानगरपालिका वडा नं ७ का अध्यक्ष विनोद हाडा, वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र वडा नं ९ का अध्यक्ष रामजी भण्डारीलगायतले वृक्षरोपण गरेका थिए। वृक्षरोपण अभियानका लागि जेबी फाउण्डेशनका अध्यक्ष जगदीश वैद्यले पनि अम्बासहित धार्मिक प्रजातिका ५१ हजार ९०० बिरुवा हस्तान्तरण गरेका थिए । यो अभियानअन्तर्गत साउन महिनाभर पशुपति क्षेत्रमा बिरुवा रोपिने जनाइएको छ । प्रतिक्रिया ट्रेन्डिङ १. युवती हत्या आरोपमा प्रहरी जवान पक्राउ २. नेता खनालमाथि लगाइएको आरोप पुष्टि गर्न एसको एमालेलाई चेतावनी ३. चाँरपाँच तल्ले घर मंहगो भाडामा लाएर सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नेलाई कडा कारबाही गछौं : मन्त्री चौधरी
2022-12-05T13:56:49Z
https://sakurakhabar.com/2022/07/5611/
OSCAR-2301
प्रहरी सेवा नियमावली २०७१ को दफा ११५ मा उल्लेखित सजायँसम्बन्धी कार्यविधिको उपदफा ८ अनुसार प्रहरीमा यस्तो विभेदकारी कानुन हावी भएको हो । उक्त उपदफामा भनिएको छ, ‘कुनै फौजदारी अभियोगमा वा ऐनअन्तर्गतको कसुरमा गिरफ्तार भई थुनिएको वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारी साधारण तारेखमा छुटेको अवस्थामा बाहेक मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बनमा रहनेछ ।’ अदालतले थुना बाहिरै बसेर कुनै पनि मुद्दाको पुर्पक्ष गर्न पाउने सुविधास्वरुप आरोपित पक्षलाई साधारण तारेखमा छोड्ने व्यवस्था गरेको हो । तर, त्यस्ता व्यक्तिहरुको मुद्दा टुंगिएको भने होइन । अर्थात्, मुद्दा विचाराधीन रहेको स्थितिका प्रहरी कर्मचारीहरु साधारण तारेखका नाममा धमाधम जागिरमा बहाली भइरहेका छन् । तर, मुद्दा किनारा लागी सफाई दिइएको फैसला आउँदा ‘अन्तिम फैसला’ का नाममा प्रहरीहरु जागिरमा फर्किन सकिरहेका छैनन् । निर्मला काण्डको अनुसन्धानका खटिएका जिप्रका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट बर्खास्तमा परेका थिए भने केन्द्रीय अनुसन्धान विभागबाट खटिएर घटनाको तीन दिनपछि घटनास्थलमा पुगेका डिएसपी अंगुर जिसी निलम्बनमा परेका थिए । यीसहित ८ प्रहरीमाथि लागेको यातना विरुद्धको कसुरसम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतले साउन १५ गते सफाई दिएको थियो । अदालतले यातना दिएको कुनै प्रमाण फेला नपरेको, स्वास्थ्य जाँच प्रतिवदेनमा पनि त्यस्तो नदेखिएको र प्रमाण नष्ट गर्नुपर्ने कारण पनि नदेखिएको भन्दै उनीहरुलाई सफाई दिएको थियो । पछिल्लो समय ३३ किलो सुन प्रकरणका विभिन्न घटनासँग जोडिएर पुर्पक्षका लागि थुनामा पठाइएका प्रहरीहरु उच्च अदालत विराटनगरबाट प्राप्त साधारण तारेखको सुविधापछि जागिरमा बहाली भइसकेका छन् । उनीहरुको मुद्दा अझै विचाराधीन छ, टुंगो लागेको छैन । तर, मुद्दा टुंगो लागिसकेका प्रहरी बहाली पाइरहेका छैनन् । जिल्ला अदालतको फैसलामा चित्त नबुझे उक्त मुद्दाको पक्ष (सरकारी वकिल) पुनरावेदनका लागि उच्च अदालतमा जान सक्ने र उच्चको फैसलाउपर चित्त नबुझे फेरि सर्वोच्चमा पुनरावलोकनमा जान सक्ने कानुनी व्यवस्था छ । प्रहरी नियमावलीले ‘अन्तिम फैसला’ को व्याख्या त गरेको छैन । तर, सर्वोच्चसम्म पुगेर आउने ‘अन्तिम फैसला’ बुझिने आशय त्यसमा छ । यस्तो व्यवस्थामा संशोधन गर्न प्रहरी प्रधान कार्यालयले गृहलाई पठाएको संशोधनको मस्यौदा तीन सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएर बसेको छ ।नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ ।जनआस्था न्युज बाट
2021-03-01T23:19:28Z
https://www.himalayatv.com/2020/11/21/17465/
OSCAR-2109
११ असार २०७९ शनिबार | 25th June, 2022 Sat 21st June, 2022 Tue १८:५९:२७ मा प्रकाशित काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । आज नाडाका अध्यक्ष धु्रवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाईएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो । देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै चालु आर्थिक वर्षका लागि (असार मसान्तसम्म०)विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो । जसमा कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो । नाडाले सरकारले उक्त निर्णय खारेज गरी अटोमोबाइल व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न उद्योगमन्त्रीसँग आग्रह गरेको हो । अध्यक्ष थापाले मन्त्री बडूसँग पछिल्लो समय अटोमोबाइल्स क्षेत्रमा ८० प्रतिशत ह्रास आएको बताए । नाडाले अटो एक्सपो २०२२ आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म आयोजना गर्न लागेको भन्दै उक्त समयमा निजी सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन समेत आग्रह गरेको छ । अटो मोबाइल्स व्यवसायीसँगको भेटमा मन्त्री बडूले सरकारले असार मसान्तसम्म मात्रै आयातमा रोक लगाएको भन्दै धैर्य गर्न व्यवसायीलाई आग्रह गर्नुभएको थियो । उहाँले आगामी साउन १ गतेदेखि सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा हुने आश्वासन व्यक्ति गर्नुभएको नाडाले जनाएको छ । आषाढ़ ११ गते, २०७९ - १४:५० सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थ... आषाढ़ ११ गते, २०७९ - १४:४२ काठमाडौँ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री ...
2022/06/25 17:19:02
https://www.khabardabali.com/news/327286
mC4
अनुहार सुन्दरता बढाउन व्युटी फुड्सको प्रयोग गर्नुस् | SwasthyaNews.Com Nepal's Leading Health News Portal अनुहार सुन्दरता बढाउन व्युटी फुड्सको प्रयोग गर्नुस् बजरमा उपलब्ध विभिन्न व्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । यसको सट्टा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न किसिमका खानेकुराको सेवन गरेर अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य प्राप्त गर्न सकिन्छ । अनुहार, छाला तथा सम्पूर्ण शरीरलाई स्वस्थ एवं आर्कषक राख्न सकिने त्यस्ता खानेकुरालाई चिकित्सकीय भाषामा 'व्युटी फुड्स' भन्ने गरिन्छ । व्युटी फुड्सको नियमित सेवनले रक्तसञ्चार सुचारु हुन्छ, छालाको कोषिका स्वस्थ हुन्छ र अनुहारको सुन्दरता वृद्धि हुन्छ । यस्ता खानेकुराको सेवनले लामो समयसम्म जवान तथा सुन्दर देखिन सकिन्छ ।
2022/06/25 22:13:12
https://swasthyanews.com/news/5519
mC4
गर्भपतन गराएकी महिलाको स्वास्थ्य गम्भीर : नारीदर्पण डट कम समाचार » गर्भपतन गराएकी महिलाको स्वास्थ्य गम्भीर गर्भपतन गराएकी महिलाको स्वास्थ्य गम्भीर खोटाङ भदौ १९, जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित्सकहरुकै सल्लाहमा सोही दिन गर्भपतन गरिएको थियो । शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको अवस्था अहिले गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । गर्भपतन गराउने क्रममा चिकित्सक सन्तोष साहको लापरवाही गरेकोउनका पति चन्द्र किरात राईले आरोप लगाएका छन्। "हामीले यहाँ हुँदैन भने नगर्दिनुस् भनेका थियौं," श्रीमतीसँगै अस्पताल रहे राईले भने, "गर्भपतन गरिसकेपछि तत्काल बाहिर लैजान भन्यो । अहिले ज्यानै खतरामा परेको छ ।" आर्थिक अवस्था कमजोर भएकी महिलालाई अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौँ पठाउन आफन्तले खानीडाँडा विमानस्थलसम्म पु¥याएका थिए । मौसममा आएको खराबीका कारण हवार्ईजहाज नआएपछि उनलाई पुनः अस्पताल नै फर्काइएको छ । शल्यक्रियापछि निरन्तर रगत बगेर टलकुमारी अस्पतालको शय्यामा छट्पटाई रहेकी छिन् । सात जनाकी आमा टलकुमारीले आँखाभरि आँसु पार्दै भनिन् – "अब म मर्ने नै भएँ । मेरा सात जना छोराछोरी छन् । उनीहरुको बिचल्ली हुनेभयो ।" योनीबाट निरन्तर रक्तस्राव हुनुका साथै टलकुमारीको पेट अत्यधिक फुलेर बस्न नमिल्ने भएको छ । उहाँको श्वासप्रश्वासमा पनि समस्या रहेको र शरीरमा रगत सकिएकाले रगत र अक्सिवजन दिने काम भइरहेको अस्पतालले जनाएको छ । यस विषयमा कुरा गर्न खोज्दा शल्यक्रिया गर्ने चिकित्सक साहसँग टेलिफोन सम्पर्क हुन सकेको छैन । अस्पतालका प्रमुख चिकित्सक डा रामबहादुर केसीले टलकुमारीलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजान अनुरोध गरेका छन्। रासस
2022/07/04 20:32:41
http://www.naridarpan.com/2016/09/blog-post_4.html
mC4
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै • Nepal's Trusted Digital Newspaperएमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै • Nepal's Trusted Digital Newspaper रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् ।सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले साेमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् । 'म आफै पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु' भन्ने लागेर उम्मेदवारी दिएको स्वेताले बताइन् । उनले युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाइन् । स्वेता हाल स्नातक तहमा अध्ययनरत छन् । विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ । सिद्धार्थनगर-६ मा एमालेबाट वडाध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेताकुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका हुन् । अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले युवालाई प्राथमिकता दिने पार्टीको नीति अनुसार स्वेताले उम्मेदवारी दिएको बताइन् ।
2022/07/02 01:53:34
https://samacharpati.com/2022/04/112547/
mC4
कोइलीको कुहु– कुहु र काफल पाक्यो चरीको सन्देश । फूल अनि हरिया रूखहरू, उमंग दिने समय, नयाँ क्यालेन्डर,नयाँ उत्साह र अठोट...यिनै हुन् वसन्त ऋतुका सुन्दर पक्ष । पुरा पढ्नुहोस् रौतहट जिल्लाका गरुडा, गौर, कटहरिया आदि बजारमा पाइने कटियामा पकाएको खसीको मासुको स्वाद विशेष मानिन्छ । कटियाको अर्थ हुन्छ, माटोको भाँडो । एक पटक कटियामा पाकेको स्वाद चाख्नेहरूको जिब्रोमा यसको स्वाद झुन्डिन्छ । अब भने यो स्वाद चाख्न रौतहट नै पुगिरहनु पर्दैन । डिल्लीबजार, कालिकास्थानस्थित कटिया हाउसमा त्यो रहर पूरा हुनेछ । पुरा पढ्नुहोस् चैत २९ गते प्रदर्शनमा आउने चलचित्र 'यात्रा–अ म्युजिक भ्लग' मार्फत रजतपटमा आउने तयारी गरिरहेकी मलिका महतले पहिलो चलचित्रमै अभिनेता सलिनमान बानियाँसंग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी छिन् । पुरा पढ्नुहोस् पछिल्लो छ वर्षमा बलिउडका चलचित्रको व्यवसाय २८ प्रतिशतले बढेको छ भने हलिउड चलचित्रको बजार १ सय ५७ प्रतिशतले बढेको छ । सन् २०१७ को तुलनामा २०१८ मा बलिउड चलचित्रको बक्स अफिस कलेक्सन करिब १५ प्रतिशतले बढ्यो, जबकी हलिउड चलचित्रको कमाई २१ प्रतिशतले बढी भयो । पुरा पढ्नुहोस् चैत १ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र 'पुरानो बुलेट' को ट्रेलर सार्वजनिक भएको छ । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित चलचित्रको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन सबै समेटिएको छ । पुरा पढ्नुहोस् अभिनेत्री निरुता सिंहले सुपरहिट चलचित्र 'दर्पण छायाँ'को सिक्वेल बन्न सक्ने संकेत देखाएकी छिन् । उनले एक कुराकानीका क्रममा उक्त चलचित्रको सिक्वेल बन्न सक्ने संकेत देखाएकी हुन् । दर्पण छायाँको अब बन्ने सिक्वेलमा पनि उत्तम प्रधान, दिलिप रायमाझी र निरुता सिंहले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने पनि उनको भनाई थियो । पुरा पढ्नुहोस् एक समय रेशम थापाले गाएको 'रुमालै छ चिनो' बोलको गीत निक्कै चर्चित थियो । अहिले यहि नामलाई सापटी लिएर ज्योती फिल्मस् ले चलचित्रनै निर्माण गरेको छ । चलचित्र 'रुमालै छ चिनो' यसै साता प्रदर्शनमा आउँदै छ । यो चलचित्रको प्रचारमा अभिनेत्री अप्सना थापा एक्लै परेकी छिन् । पुरा पढ्नुहोस् भोज डिल्सले आफ्नो दोस्रो संस्करण स्वरुप 'भोज स्प्रिंग कार्निवल' गर्ने भएको छ । डिल्सले आगामी फेबु्रअरी १८ देखि २४ तारिकसम् मगर्न लागेको 'भोज स्प्रिंग कार्निवल'को भव्य तयारी गरिरहेको छ । खानाका पारखीहरुका लागि लक्षित गर्दै आयोजना हुने लागेको 'भोज स्प्रिंग कार्निवल'मा सय भन्दा धेरै रेस्टुराँको सहभागीता रहने छ । पुरा पढ्नुहोस्
2019/05/26 00:03:10
http://saptahik.ekantipur.com/archive/2019-02-18/2019-02-18
mC4
पानी छोएको निहुँमा महिला कुटिएको घटनाप्रति मानव अधिकार अयोगको ध्यानार्कषण — JagaranMedia.Com हरिजंग थापा प्रकाशित : २०७६/४/२३ गते दलित महिलाले पानी छोएको निहुँमा हँसिया प्रहार भएको घटनाप्रति मानव अधिकार आयोगको ध्यानार्कषण भएको छ । आयोगको कर्णाली प्रदेश शाखा जुम्लाले पिडितलाई न्याय दिलाउन ताकेता गरिरहेको कार्यालय प्रमुख रमेश कुमार थापाले जानकारी दिनुभयो । दैलेख नारायण नगरपालिका १० भवानीकी लक्षिमा कामीमाथि भएको अन्याय आफुहरुको जानकारीमा आएको र आरोपितलाई जति सक्दो छिटो पक्राउ गरी कारबाही प्रकि्रया अघि बढाउन ताकेता गरिरहेको उहाँको भनाई छ । जागरण मिडिया सेन्टरसँग कुराकानी गर्दै थापाले भन्नुभयो, 'पिडितलाई विभिन्न पक्षबाट मिल्नका लागि दबाब आएको कुरा पनि हाम्रो जानकारीमा छ, दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी)सँग कुराकानी गरेर अन्यायमा परेकी महिलालाई न्याय दिलाउन पहल गरिरहेका छौं ।' दैलेखका पत्रकार अमर सुनारका अनुसार आरोपित राजकुमारी न्यौपाने अहिलेसम्म फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ । पिडितले प्रहरीमा आफ्नो बयान दिईसकेको र उनले न्याय पाउने आशा बढेको बताएको पत्रकार सुनारले जानकारी दिनुभयो । वैशाख ११ गते सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भन्दै लकि्षमालाई हसिया प्रहार गरी सख्त घाइते बनाइएको थियो । चार महिनापछि न्याय खोज्दा जनप्रतिनिधि र पार्टी नेताहरुले मेलमिलापमा जान दवाव दिएको पीडित पक्षको गुनासो मिडियामा सार्वजनिक भएको थियो । घटनाको लगतै उपचारपछि जातीय विभेद मुद्दा दर्ता गराउन जाँदा नै नारायण नगरपालिका–१० का वडाध्यक्ष लोकबहादुर थापाले जाहेरी रोक्न बल गरेको पिडितको गुनासो छ । जाहेरी दर्ता भए लगतै फरार भएकी आरोपित राजकुमारीलाई …कैद हुने अवस्था नगराइदेऊ बरु खर्च तिराइदिउँलाÚ भनी मिल्नुपर्छ भनी दवाव दिएको कुरा समाचार विभिन्न मिडियाले लेखेका छन् । पानीको ड्रम छोएको भन्दै हसियाले टाउको, छाति, ढाडमा कोप्नुसंगै पाइटाले हान्दा भएको घाउको कारण लकि्षमा बेहोस भएकी थिईन् । बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याएपछि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।
2020/06/01 04:31:36
http://jagaranmedia.com/archives/1780
mC4
डब्लुएचओको अनुसन्धान रिपोर्ट– कोरोना जनावरबाट मानिसमा सरेको हो, प्रयोगशालाबाट होइन - Dainik Online Dainik Online डब्लुएचओको अनुसन्धान रिपोर्ट– कोरोना जनावरबाट मानिसमा सरेको हो, प्रयोगशालाबाट होइन प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ३ : १० बेइजिङ। चिनियाँ र विश्व स्वास्थ्य संगठन डब्लुएचओको संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड प्रेस एपीलाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ । अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित रहेका छन् । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ । प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन डब्लुएचओका एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराउनु भएको थियो । अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन । कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । तथापी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुनसक्ने देखिएको छ । प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक प्यान्गोलिन०मा पनि भेटिएको उल्लेख छ, तर मिन्क ९पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ । उहान मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जनाकारी दिए ।
2021/07/26 22:42:01
https://www.dainikonline.com/story/122811/2021/03/29/
mC4
धनकुटामा पीडितले प्रहरीमा उजुरी दिएको तीन महिना वितिसक्दासम्म पनि बलात्कार आरोपित पक्राउ नपरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । बलात्कार आरोपितलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ समय: १०:०१:०५ सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् । SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् । तपाईको प्रतिक्रिया Advertisement सम्बन्धित समाचार चुनाव जितेलगत्तै डा.शर्मा उत्रिए ‘एक्सन’मा : अब गोठगाउँमै पूर्णकालीन अस्पताल चलाइने विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद... शिक्षकको चार हजार दरबन्दी थपिदै काठमाडौं । करिब ४ हजार शिक्षकका लागि नयाँ दरबन्दी खुलाइने भएको छ । ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी खुलाउने तयार... विराटनगर–ताप्लेजुङ गरियो परीक्षण उडान विराटनगर । नियमित उडान बन्द भएको १४ बर्षपछि बिहीबार विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरिएको छ । नेपाल वायु सेवा निगमले प्... ६० किलो गाँजासहित एक युवा पक्राउ उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित साँगुरीबाट अवैध लागूऔषध गाँजासहित आज एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा... विराटनगरमा अग्नि नियन्त्रण तथा उद्धार तालिम विराटनगर । विराटनगरमा नगर प्रहरी र वारुणयन्त्रका कर्मचारीलाई अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धि तालिम दिइएको छ । विराटन... धनकुटामा कार्यरत दाहाल बने उत्कृष्ट प्रहरी धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान ईश्वरप्रशाद दाहाल उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प... फेसबुक पेज SangaloKhabar Subscribe to Sangalo Khabar. आजको राशिफल हाम्रो बारेमा संगालो खबर मिडिया प्रा.लि. द्वारा सञ्चालित अनलाइन मिडिया हो संगालोखबर । २०७३ सालबाट सञ्चालन भइरहेको संगालोखबर सत्य, तथ्य र निष्पक्ष खबर प्रकाशन गर्न प्रतिवद्ध छ । बिस्तृतमा
2022-12-06T08:39:39Z
https://sangalokhabar.com/big-news/%E0%A4%A7%E0%A4%A8%E0%A4%95%E0%A5%81%E0%A4%9F%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%A4%E0%A5%80%E0%A4%A8-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE-%E0%A4%AA
OSCAR-2301
एजेन्सी । यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उपाधि कुन देशले जित्ला ? विश्व फुटबलका अधिकांश ठूला देशहरू प्रतियोगितामा छनौट भइसकेका छन् । पूर्वच्याम्पियन इटाली भने लगातार दोस्रोपटक विश्वकपमा छनौट हुन असफल हुँदा यसबाहेक अन्य सबै हेभिवेट देशलाई कतार विश्वकपमा देख्न पाइने पक्का भएको । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । त्यसो भए फाइनलको कसले जित्ला ? सुपरकम्प्युटरका अनुसार कतार विश्वकपको उपाधि फ्रान्स र बेल्जियम मध्ये कुनै एक देशले जित्न सक्छ । रोनाल्डोको देश पोर्चुगल सेमिफाइनल पुगेको अवस्थामा फाइनल पुग्ने सम्भावना ३४ प्रतिशत रहन्छ भने मेस्सीको देश अर्जेन्टिना फाइनल पुग्ने सम्भावना केवल ९ प्रतिशत मात्रै रहेको भविष्यवाणी छ ।
2022/05/28 03:19:27
https://europenepalikhabar.com/news.php?id=2668
mC4
एडोबको क्रिसमस प्रस्तुत: सयौं नि: शुल्क एनिमेटेड प्रतीकहरू क्रिएटिव अनलाइन दुबै SVG र PNG मा Adobe नि: शुल्क एनिमेटेड क्रिसमस प्रतीकहरू पाउनुहोस् मानुएल रामीरेज | | ग्राफिक डिजाइन, प्रतीकहरू ठीक छ, एडोब एक महान क्रिसमसको उपहारको साथ हामीसँग आउँदछ र यो यो हो कि १० देखि १ 10 मा तपाइँ क्रिष्टमस प्रतिमाहरूको श्रृंखला निःशुल्क डाउनलोड गर्न सक्षम हुनुहुनेछ। हो, तपाईंले आफ्नो सिर्जनात्मक क्लाउड खाताबाट साईन इन गर्नुपर्दैन। तपाईं लिंक र डाउनलोडहरूमा जानुहोस्। क्रिसमस आइकनहरू र ग्राफिक्सको श्रृंखला जिसमें एनिमेसनहरू पनि समावेश छन् जुन तपाईं आफ्नो वेबसाइटहरूमा शो एनिमेट गर्न सक्नुहुन्छ। Adobe द्वारा पूरा प्रस्ताव जुन आउँछ आइकनफाइन्डरको सहयोगमा. एडोबको नि: शुल्क एनिमेटेड आइकन सेटहरू व्यवस्थित छन् वीकोफिकन्स पृष्ठमा आइकनको हप्ता भनिने उपहारको रूपमा १० देखि १ called डिसेम्बर सम्म। यी उत्कृष्ट आइकनहरू रंगीन र धेरै राम्रो एनिमेटेड तिनीहरू क्रिसमसको लागि तपाइँको वेबसाइटहरू "हेर्न" को लागी उत्तम बहाना हुन् कि तपाइँका ग्राहकहरु कती कूल छन् किनकी सजिलै बाहिर आउँदछन्। के हामी सुझाव दिन्छौं कि तपाईं ती सबै डाउनलोड गर्नुहोस्, किनकि तपाईं तिनीहरूलाई प्रयोग गर्न सक्नुहुन्छ जब तपाईं चाहनुहुन्छ। र अधिक जब तपाईं दुबै SVG र PNG ढाँचामा हुन्छन्। त्यसैले त्यहाँ डाउनलोड पृष्ठ द्वारा रोक्न कुनै बहाना छैन। यो आइकनको त्यो हप्तामा हो #WeekofIcons जहाँ एनिमेसन विज्ञहरूले चाल र काम गरेको वर्णन गर्दछ। साथै तपाईं ट्यूटोरियल पहुँच गर्न सक्नुहुन्छ हरेक दिन पास गर्न सम्झनुहोस् यो लिंक द्वारा. तपाईं कसरी गर्न सक्नुहुन्छ साझा GIF मा हेर्नुहोस्तिनीहरू उच्च गुणवत्ताका छन् र ती राम्रोसँग एनिमेटेड छन् ती चक्रीय एनिमेसनहरू सिर्जना गर्न जुन तिनीहरूलाई हाम्रो वेबसाइटमा कहिँ पनि राख्न अनुमति दिन्छ। आफैलाई काट्नुहोस् र सबै डाउनलोड गर्नुहोस्, किनकि तपाईंसँग वेबसाइटको सबै प्रकारका डिजाइन आवश्यकताहरूका लागि सयौं आइकनहरू छन्। जस्तै तपाइँको बनाउने यस उपकरणबाट आफ्नै उदाहरण मोडेलहरू जुन हामी तपाईसँग बाँड्न नपरोस् भन्ने महान गुण र महत्वको अर्को वेब स्रोत तपाईसँग साझेदारी गर्छौं। लेखको पूर्ण मार्ग: अनलाइन रचनात्मक » पुनरावृत्त » प्रतीकहरू » दुबै SVG र PNG मा Adobe नि: शुल्क एनिमेटेड क्रिसमस प्रतीकहरू पाउनुहोस्
2022/01/20 23:31:11
https://www.creativosonline.org/ne/%E0%A4%A6%E0%A5%81%E0%A4%AC%E0%A5%88-svg-%E0%A4%B0-png-%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%A8%E0%A4%BF%E0%A4%83%E0%A4%B6%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%95-%E0%A4%8F%E0%A4%A8%E0%A4%BF%E0%A4%AE%E0%A5%87%E0%A4%9F%E0%A5%87%E0%A4%A1-%E0%A4%8F%E0%A4%A1%E0%A5%8B%E0%A4%AC-%E0%A4%86%E0%A4%87%E0%A4%95%E0%A4%A8%E0%A4%B9%E0%A4%B0%E0%A5%82-%E0%A4%AA%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%81%E0%A4%B9%E0%A5%8B%E0%A4%B8%E0%A5%8D.html
mC4