text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
;/:jtLladn afªdo k'/:sf/af6 ;Ddflgt ;|:6fx? . tl:a/M cuGw/ ltjf/L÷sflGtk'/ . ;ft ;|:6fnfO{ afªdo k'/:sf/ . ;dfrf/sf nflu .
पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिले समाजसेवा, साहित्य र पत्रकारिता विधामार्फत सामाजिक चेतना, विकास र साहित्यमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानका अध्यक्ष, साहित्यकार एवं समाजसेवी सरस्वती शर्मा जिज्ञासु एवं उनका श्रीमान साहित्यकार एवं पशु चिकित्सक बिमल शर्माद्वारा संयुक्त रुपमा स्थापना गरेको अक्षयकोषबाट हरेक वर्ष समाजसेवा, साहित्य र पत्रकारिता बिधामा बितरण गर्दैआएको पुरस्कारको वर्ष ०७७ र ०७८ को संस्करणका पुरस्कार एकैसँथ बितरण गरिएको हो । दुई वर्षको पुरस्कार पाउनेहरुमा सामाजिक अगुवा लोकनाथ आचार्य, प्राध्यापक डाक्टर षडानन्द पौड्याल, साहित्यकार शान्तिनारायण श्रेष्ठ, साहित्यकार सदानन्द अभागी, स्तम्भ लेखक डाक्टर साधना प्रतिक्षा, साहित्यकार गोर्खे साईंलो र पत्रकार तथा साहित्यकार ओमप्रसाद घायललाई प्रदान गरिएको हो ।
८२ वर्षिय लोकनाथ आचार्य पर्वतमा रहेर करिव चार दशकदेखि सँमाजिक क्षेत्रमा जेष्ठ नागरिकको हकहितमा काम गर्दैआएका छन् । साहित्यकार षडानन्द पौड्याल र सरलकवि शान्तिनारायण श्रेष्ठले साहित्यमार्फत सामाजिक चेनताको विकास गर्दैआएको पुरस्कार छनोट समितिका संयोजक सुमन्तनाथ शर्माले बताए । त्यस्तै साहित्यकार गोर्खे सांहिलो र स्तम्भ लेखक साधना प्रतिक्षा स्तम्भलेखन तथा बिभिन्न सामाजिक सचेतनामा अग्रणी स्थानमा छन् । पर्वतका स्थानीय पत्रकार ओम घायललाई पत्रकारिता र साहित्यमार्फत योगदान पु¥याएकोेले सम्मान गरिएको आयोजकले जनाएको छ । साहित्यकार सदानन्द अभागिले कृषि साहित्य र कृषिसंग सम्बन्धित लेखरचना मार्फत ग्रामिण किसानको जिविकामा सहयोग पु¥याएकोले सम्मान गरिएको हो । स्रस्टा तथा पत्रकारहरुलाई जनहि १० हजार नगद, कदरपत्र तथा दोशल्लाले सम्मान गरियो । हरेक वर्ष बितरण गरिने पुरस्कार अघिल्लो वर्ष कोभिडका कारण रोकिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले सामाजिक सेवा र साहित्यले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र भाइचाराको सम्बन्ध स्थापित गर्न सघाउने बताए । उनले पर्वतका पाङ, मोदीबेणी र अर्मादीका ऐतिहासिक विशेषता रहेको उल्लेख गर्दै यि क्षेत्रको प्रचार गरेर धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । गुरुङले ऐतिहासिक सम्पदासंग गहिरो साइनो रहेको पर्वतमा देश चिनाउने साहित्यिक र धार्मिक व्यक्तिहरु जन्मिएकँे उल्लेख गरे । यसअघि सोहि पुरस्कारबाट साहित्यकार कृष्णादेबी शर्मा, साहित्यिक पत्रकार राजेन्द्र पहाडी र सामाजिक अभियन्ता मानकुमारी गिरी पुरस्कृत भइसकेका छन् । | 2022-12-01T03:59:14Z | https://saghannews.com/2342 | OSCAR-2301 |
माधवी भट्ट - कान्तिपुर समाचार
नेपालको सन्दर्भमा मात्र नभई विश्व परिवेशमै 'संक्रमणकालीन न्याय' एउटा नवीनतम अवधारणा हो । यसको सैद्धान्तिक जग बलियो छैन भने व्यावहारिक अभ्यासले पनि सफलता पाउनसकेको छैन । विश्वका धेरै देशहरूले यसको चुनौती भोगिरहेका छन् ।
चार वर्षअघि 'सत्यनिरूपण तथा मेलमिलाप आयोग' र 'बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग' गठनबाट सुरु भएको संक्रमणकालीन न्यायको यात्रा अधुरै छ । सैनिक शासन खेपेका वा द्वन्द्वबाट गुज्रिएका देशहरूको अभ्यास र अनुभवलाई पछ्याउँदै नेपालमा दुई आयोग गठन गरिएका थिए । | 2019/07/17 22:58:53 | https://www.kantipurdaily.com/author/author-11820 | mC4 |
थाहा खबर: कृष्णनगरमा शनिबारदेखि हट्यो कर्फ्यु
कपिलवस्तु : मूर्ति बिसर्जनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले शनिबार बिहानदेखि हटाएको छ।
दीपावलीमा पूजा गरिएको गणेश÷लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। बुधबार राति १० बजेदेखि १ बजेसम्म दुई धार्मिक समुदायबीच् झडप भएको थियो।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला सुरक्षा समितिको बैठकले कृष्णनगर बजार वरपरका क्षेत्रमा क्रफ्यु जारी गरेको थियो। यस क्षेत्रको अवस्था नियन्त्रणमा लिन प्रहरीले करिब ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो। हिंसामा दुई समुदायबीच ६ जना प्रर्दशनकारी र १२ जना प्रहरी घाइते भएका थिए।
कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल सञ्चालन गर्दै आएका भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। यसैबीच दुई पक्षको झडपका कारण भएको तनावले रोकिएका मूर्ति विर्सजन ११ बुँदे सहमति भएसँगै विर्सजन गरिएको छ। | 2020/06/05 18:52:58 | https://www.thahakhabar.com/news/82854 | mC4 |
लोकतन्त्र दिवस: सामाजिक सञ्जालमा नेपालीको निराशाजनक स्वर - BBC News नेपाली
लोकतन्त्र दिवस: सामाजिक सञ्जालमा नेपालीको निराशाजनक स्वर
उन्नाइसदिने आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा बुधवार १३औँ लोकतन्त्र दिवस मनाइँदै गर्दा सामाजिक सञ्जालमा भने धेरैले निराशा व्यक्त गरेका छन्।
लामो सङ्घर्षपछि देशबाट राजतन्त्र हटेको र मुलुक गणतन्त्रात्मक बनेको दिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सहित केही नेताहरूले दिएका शुभकामनाको प्रतिक्रियामा समेत सर्वसाधारणको त्यस्तै निराशा झल्किएको देखिन्छ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको शुभकामना दिँदै ट्विटरमा लेखेका छन्, "लोकतन्त्रलाई संवैधानिक संस्थाकरण गरेपछि हामी समृद्ध नेपाल निर्माणको यात्रामा छौँ । न्याय सहितको आर्थिक सामाजिक रूपान्तरण गरी समग्र लोकतन्त्रलाई मजबुत बनाउन एकजुट हुन आह्वान गर्दछु।"
उनले लोकतान्त्रिक जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरेका छन्।
ओलीको ट्वीटमा प्रतिक्रिया जनाउँदै प्रमोद धितालले "नेता मोटाए जनता उस्तै" भनेका छन्।
ट्विटरमै सुजाता तिवारीले कवितात्मक शैलीमा असन्तुष्टि व्यक्त गरेकी छन्।
पत्रकार गजेन्द्र बुढाथोकीले चाहिँ नेपालको अर्थतन्त्रलाई लोकतन्त्रसँग जोडेर टिप्पणी गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, "विगत १३ वर्षमा नेपालीहरूको प्रतिव्यक्ति आय (स्थिर मूल्यमा) १,००० अमेरिकी डलर पनि पुगेको छैन (यद्यपि सरकारले समायोजित तथ्याङ्कका आधारमा १,०३० डलर पुगेको दाबी गर्छ)। खोइ लोकतन्त्रका उपलब्धि कसले लिए, कसले पाए?"
मनीष झाले भने लोकतान्त्रिक सिद्धान्तहरू पालन नभएकोतर्फ सङ्केत गरेका छन्।
पत्रकार मात्रिका पौडेलले चाहिँ वर्तमान जीवनशैली र नेताहरूप्रति व्यङ्ग्य गरेका छन्।
उनी ट्विटरमा लेख्छन्, "बाँदर लड्ने भीरमा मोटर गुडेका छन्, हँसिया बोक्ने हातमा मोबाइल छन्, जोईपोइको झगडामा समेत चक्काजाम गर्न पाकै छन्, फेसबुक र ट्विटरबाट आमाचकारी गालीगलौज र विषवमन गर्न पाकै छ। लोकतन्त्रको उपलब्धि यही होइन ? कलियुगमा रामराज्य खोजेर कहाँ पाइन्छ ? एकाबिहानै नेताजीहरूको कुरा।"
अर्का ट्विटर प्रयोगकर्ता इन्द्रध्वज क्षेत्रीले भने यस्तो विचार राखेका छन्।
उनले ट्विटरमा लेखेका छन्, "आज लोकतन्त्र दिवस। हामी सबै लडेर ल्याएको दिन। सामन्तवादको अवशेष राजतन्त्रमाथि जनबलको विजय भएको दिन। लोकतन्त्रको विकल्प छैन तर यो एउटै आन्दोलनबाट प्राप्त हुने साध्य होइन, क्रमिक विकास हुने साधन हो। यसलाई अपनाउँ, सम्मान गरौँ र सुधार्नतर्फ लागौँ।" | 2021/06/23 22:32:35 | https://www.bbc.com/nepali/news-48033675 | mC4 |
एजेन्सी,असार ९ । हंगेरीसँग बराबरी खेल्दै पर्चुगल नक आउट चरणमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा हंगेरी र पोर्गुगलले ३(३ को बराबरी खेलेका हुन् । बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह एफको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो । पोर्चुगलको लागि दुईगोल क्रिष्टियानो रोनाल्डोले गरे भने एक गोल रोनाल्डोको पासमा गोल गर्दै नानीले गरे । अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासँग खेल्नु पर्नेछ ।
खेलमा हंगेरीले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । हंगेरीले १९ औं मिनेटमा जेराको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर रोनाल्डोको पासमा नानीले बराबरी गोल फर्काए ।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै हंगेरीले फेरि अग्रता लियो । तर, ५० औं मिनेटमा रोनाल्डाले उत्कृष्ट वान टच गोल गरे । त्यसको पाँच मिनेटपछि नै फेरि हंगेरी गोल गर्न सफल भयो । तर, ६२ औं मिनेटमा रोनान्डोले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरी पुर्याए योसँगै उनी लगातार ४ वटा युरोपियन च्याम्पियनसिपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २००४, २००८, २०१२ र २०१६ को युरोपियन च्याम्पियनसीपमा गोल गरेका छन् ।
काठमाडौं,बैशाख ८ । सरकारको निरन्तरतामाथि प्रश्न उठ्न थालेपछि प्रभानमन्त्री केपी ओली गठबन्धन टुट्न नदिन सचेत हुनुभएको छ । सरकार ढाल्न गठबनधनमा वैधानिक अवस्था रहेकाले उहाँ गठबन्धनलाई बलियो बनाउनेतर्फ विशेष रुपले केन्द्रीत हुनुभएको छ । छिमेकी मित्रराष्ट्र भारतको विरोधलाई नेपाली राष्ट्रवादको मुख्य आधार बनाउँदै आउनुभएको ओलीले आफू नेतृत्वको सरकार बचाउन पनि ‘भारत विरोध’ लाई नै आधार बनाउन खोज्नुभएको छ । त्यस निम्ति गठबन्धनलाई कसिलो बनाउँदै जान उहाँले ‘राष्ट्रवाद’को सहारा लिन थाल्नुभएको छ ।
प्रचण्ड, गच्छदार र कमल थापाहरु कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने भन्ने चर्चा व्यापक हुन थालेपछि प्रधानमन्त्री ओलीले गत साता मन्त्रिमण्डलको बैठकमै झोक्किएर ‘यदि सरकार छाड्ने हो भने छोडौं, मलाई प्रधानमन्त्री पदमा झुन्डिरहनुपरेको छैन, म पनि छोड्छु, राष्ट्रमाथि आइलागेको संकटबाट भाग्नुहुँदैन भन्ने सोचले मात्र म प्रेरित भएको हुँ, छोड्ने नै हो भने हामी सबै मिलेर छाडौं’ भनेपछि कमल थापा र गच्छदारले कुनै हालतमा सरकार नछोड्ने भनी प्रतिबद्वता जाहेर गरेको बुझिएको छ । आजको घटना र विचार साप्ताहकिमा खबर छ ।
द्धन्द्धका समयमा माओवादी बिरुद्धको कारवाहीमा चरम मानवअधिकार हनन गरेको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ ।
लण्डनको चर्चित सेन्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रिय फौज्दारी अदालतमा जस्टीस स्वीनीको इजलासमा लामा बिरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।
लामा माथि कपिलवस्तु गोरुसिंगेस्थित सेनाको ब्यारेकमा थुनामा रहेका दुईजना सर्वसाधारणलाई यातना दिएको अभियोग छ । तर लामाले भने आरोप अस्विकार गर्दै आएका छन् । लामा सो समयमा गोरुसिंगेस्थित सेनाको ब्यारेकका प्रमुख रहेका थिए ।
लामा सन् २०१३ मा दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको शान्तिस्थापनार्थ खटेका बेला विदामा बेलायत रहेकी श्रीमती भेट्न जाँदा मेट्रो पोलिटन पुलिसले पक्राउ गरेको थियो । | OSCAR-2019 |
||
क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत – www.agnijwala.com
क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत
ऐतिहासिक सफलता प्राप्त गरेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो । क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गर्नुभएको थियो ।
खेलाडीलाई स्वागत गर्न सयौँ समर्थकहरु विमानस्थल पुगेका थिए । उनीहरुले क्रिकेट टिमको प्रशंसा गर्दै नाराबाजीसमेत गरे ।
नेपाली क्रिकेट खेलाडीहरुले यस पटक मात्र होइन, धेरै पटक आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् । तर, सरकार र आफूलाई क्रिकेटका स्टेक होल्डर भन्नेहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा पाएको सफलता जोगाउन सकिएको छैन ।
त्यसैले, यो उपलब्धिपछि नेपाली टोलीका कप्तान पारस खड्का तथा प्रशिक्षक जगत टमटाले खेलाडी तथा प्रशिक्षकले जे गर्नुपर्ने हो त्यो गरेको र अब पालो सरकारको रहेको भन्दै विमानस्थलमै सरकारलाई घच्घच्याए ।
कप्तान पारस खड्का भन्छन्, 'खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अब खेलाडीसँगै क्रिकेट पदाधिकारी र देशमाथि नै जिम्मेवारी छ कि क्रिकेटलाई कसरी हेर्ने ?'
विश्वकप छनोटको यो यात्राले नेपाललाई फेरि एक पटक मौका दिएको छ । सुपर सिक्समा नपुगे पनि नेपालले अबको चार वर्षका लागि एकदिवसीय मान्यता पाएको छ । चार वर्षमा घरेलु क्रिकेटको राम्रो जग बसाल्नु सक्ने हो भने अगाडिको यात्रा सहज हुन्छ ।
प्रशिक्षक जगत टमाटा भन्छन् 'हामीले एक दिवसीय मान्यता पायौं, खुसी छौं । २०१४ मा टी-२० पाएपछि के गर्यौं त भन्ने प्रश्न छ' , 'त्यसैले महत्वपूर्ण अब चार वर्ष क्रिकेटलाई कसरी चलाउने त ? यहि तरिकाले केही हुन्न ।' यसका लागि सक्षम क्रिकेट बोर्ड चाहिने र घरेलु संरचनालाई बलियो बनाउनु पर्ने उनी बताउँछन् ।
तर, नेपाल क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ । आगामी जुनमा निलम्बन फुकुवा हुने अपेक्षा राखिएको थियो । तर, निर्वाचित क्यानले साधारणसभा बोलाएर विधान अनुमोदन नगर्दा यो लक्ष्य प्रभावित हुने खतरा देखिएको छ ।
आईसीसी छनौटको समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो ।
маркетинг в социальных сетяхru-ru.facebookраскрутка сайтовнеработающиеfree online sex datingвирусная реклама маркетинг | 2021/10/21 14:34:50 | https://agnijwala.com/archives/4171 | mC4 |
आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि – Deshko News
Home » खेलकुद » आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि
पोखरा, मंसिर १८
सहारा क्लबद्वारा अाइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी 'ए' डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक/एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो ।
पोखरा लेखनाथ उपमहानगरपालिका– १७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित सो फुटबल प्रतियोगितामा कूल एक करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख पाँच हजार ५०० सय खर्च गरी तीस लाख भन्दा बढी आम्दानी गर्ने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिनुभयो ।
मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्र्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको सो फुटबल प्रतियोगता सम्पन्न गर्न पोखरा लेखनाथ महानगरपालिकाको संयोजन, राष्ट्यि खेलकूद परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकूद विकास समिति, कास्की जिल्ला फुटवल संघ, सहारा युके, हङकङ, अष्टेलियाको सहयोग रहने कार्यक्रममा जानकारी दिइयो । | 2018/05/26 09:50:16 | http://www.deshkonews.com/2017/12/42138 | mC4 |
को'रोनालाई जितेर घर फर्केका युवकको सन्देश : हिम्मत हार्नु हुदैन, को'रोनालाई जितिन्छ – Khabarhouse
को'रोनालाई जितेर घर फर्केका युवकको सन्देश : हिम्मत हार्नु हुदैन, को'रोनालाई जितिन्छ
Khabar house | ८ बैशाख २०७७, सोमबार ०२:४० | Comments
लम्की, वैशाख ८ गते। नेपालमा को;रोना संक्रमितको संख्या ३१ पुगेको छ। तिनमध्ये सं'क्रमण निको भएर चार जना घर फर्कि सकेका छन्। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनु भएको छ । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्कनुभएको हो ।
चैत १० गते धनगढीको गौरीफन्टा पुग्नुभएका उहाँ लक डाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुग्नुभएको थियो । घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बस्नुभएका उहाँको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसो लेशनमा राखी उपचार शुरु गरिएको हो । स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतबार घर पठाएको छ । आइतबार सांँझ ६ बजे घर पुग्नुभएको कोरोना विजेतासंँग राससकर्मी दुर्गा देवकोटाले गर्नुभएको कुराकानीको अंशः
म १६ दिन आइसोलेशनमा बसेर फर्किएको छु । नयांँ जीवन पाएजस्तै लागेको छ। अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थँे, फोनमा धेरै साथी हरुसंँग कुराकानी गर्थेँ । अस्पतालले 'भागवत गीता' दिएको थियो, त्यो पनि पढेंँ । अस्पतालमा हामी पांँच जना सं'क्रमित थियाँैं । हामीलाई अलग अलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गथ्र्याैँ । एक अर्काका समस्या बारे जानकारी लिन्थ्यौंँ । हामी सबैलाई खासै समस्या थिएन ।
२. डाक्टर र नर्सको व्यवहार कस्तो पाउनु भयो ?
डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्याल बाटै दिन्थे । फोन गरेर पटक पटक जानकारी लिन्थे । बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे । एक दिन भने एक जना डाक्टर मेरो नजीकै आउनु भएको थियो । उहांँले नआत्तिन आग्रह गर्नुभयो । हामी तपाईँको साथमा छौंँ भन्नुभयो, निकै खुशी लागेको थियो ।
३. कत्तिको डराउनु भएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ?
को'भिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ। संक्रमण भयो भनेपछि मलाई तनाव भयो। हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बांँच्नुपर्छ भन्ने लाग्दो रहेछ । जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझेंँ । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहे छ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि सं'क्रमण देखियो भने पछि अलि ड'राएको थिएँ । कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउंँदैनथे । डाक्टर र नर्सबाहेक अन्य कोही आएनन् ।
मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन । ज्वरो, खोकी, श्वास प्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन्। म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिए पछि शुरुका केही दिन त मैले डाक्ट रहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरँें । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् ।
म विपन्न परिवारको मानिस हुंँ । म भारतको होटलमा खाना पकाउने काम गर्थेँ । मैले कमाएर मेरो घर चलेको छ। अहिले त केही दिन छुट्टै बस्छु। घरमा आफैँ पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु । म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनःपरीक्षण गर्ने भनिएको छ । अहिले त डाक्टरहरुले भने अनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ?
६. को'भिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनुहुन्छ ?
मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटकपटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस्। लक डाउन पालना गराँैं । सकेसम्म एक आपसमा टाढा रहाँैं । सं'क्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ । को;रोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन्। नआत्तिए रोग जित्न सकिन्छ । मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद । मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्की चुहा नगरपालिका, साथीभाइ मेरो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारी छु। रासस | 2022/05/16 19:01:24 | http://khabarhouse.com/archives/7192 | mC4 |
सेनाको जहाज दुर्घटना ग्रस्त
बाजुरा १६ जेठ- बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको जहाज स्काई ट्रक NA-०४८ दुर्घटनाग्रस्त भएको छ । सुर्खेतबाट हुम्लाको सिमकोटतर्फ कार्गो लिएर गएको जहाज खराब मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।
दुर्घटनाका क्रममा जहाजमा आगलागी भएको छ। दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको निधन भएको छ, नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिला गम्भीर घाइते भएका छन् भने अरु तिन जना सामान्य घाइते भएका छन् । आगो नेपाली सेना र नेपाल प्रहरीले निभाएको छ। कार्गो लिएर गएको जहाज आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको हो।
खाद्य संस्थानको खाद्यान्न बोकेर हुम्लाको सिमकोट गएको विमान खराब मौसमका कारण हुम्ला जान नसकी कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा धावनमार्गबाट ५० मिटर बाहिर दुर्घटनाग्रस्त भएको हो । जहाजमा ५ जना चालक दलका सदस्यहरु रहेका थिए । | 2022/01/25 05:46:41 | https://suchanakhabar.com/%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%B9%E0%A4%BE%E0%A4%9C-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE-%E0%A4%97%E0%A5%8D%E0%A4%B0/ | mC4 |
रुस-युक्रेन यु,द्धको प्रभाव दिनानुदिन विश्वभर पर्न सुरु भएको छ । पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन आकासिँदै गएपछि रुस युक्रेन यु,द्धको प्रभाव विश्वभर देखिने प्रस्ट सङ्केत देखिन थालेको जनकारहरू बताउन थालेका छन् । राष्ट्र सङ्घका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेता,वनी दिँदै भनेका थिए 'हामीले सम्भावित सबै उपाय अपनाएर भोकमरीको आँ,धी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरा,शायी हुनबाट रोक्नुपर्छ'।
राष्ट्र सङ्घका महासचिवको यो भनाई ले के प्रस्ट हुन सकिन्छ भने रुस र युक्रेनमा चलेको यु,द्धको प्रभावले बिश्वबजार तर,ङ्गित हुने अवस्था आउन सक्ने छ । विश्वकै सर्वशक्तिमान् मुलुक भनेर चिनिएको रुस यु,द्धमा होमिदा रुसलाई विभिन्न देशले नाका,बन्दी गरेका छन् । नाका,बन्दीको सिधा असर विभिन्न देशका जनताले पाउने छन् । मुख्यतः रुसबाट तेल आयत बन्द हुँदा विश्व बजारमै कच्चा तेलको मूल्य आकासिएको छ ।
यसको प्रभाव विश्वभर पर्ने छ । विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन यु,द्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेता,वनी दिई सकेका छन् । युक्रेन रुस यु,द्धले विश्वव्यापी भोकमरीको सङ्कट डरलाग्दो अवस्थामा पुग्न सक्ने तर्फ विभिन्न माध्यमबाट जानकारहरूले बताई सकेका छन् ।
आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रूपमा प्रभावित बन्न सक्ने तर्फ सङ्केत बिभिन्न देशका राष्ट्र प्रमुखहरुले गम्भिर चिन्ता जनाईसकेका छन् । यु,द्ध अझै लम्बिएर जने हो भने बिश्वभर रुस-युक्रेन युद्धको प्रभावले भो,कमरी सिर्जना हुने जानकारहरू बताउँदै आएका छन् । विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने चेता,वनी बिभिन्न मुलुकका बिसेसज्ञहरुले दिईसकेको अबस्था छ ।
यु,द्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ । त्यस्तै, विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा बेलारुस र रुसमा अड्किएर बसेको छ । यसको प्रभाव संसार भर देखा पर्ने र परिणाम भोकमरी संसारमा देखिने तर्फ बिसेसज्ञहरुले संकेत गरेका छन् । | 2022/05/26 21:15:58 | https://www.scotnepal.com/posts/83103 | mC4 |
असारको लगानी बालुवामा पानी « News of Nepal
असार महिनामा सडकमा गरिएको लगानीको पूर्णरूपमा मूल्यांकन गर्ने बेला पनि आउँदो सहेछ। विगतका वर्षझैँ यो वर्ष पनि सडकमा गरिएको लगानी खेर जाने अवस्था देखिएको छ। प्रायः सबै स्थानका सडकमा यस्तै समस्या छ। कतिपय नाली विस्तार गरेरै खनिएका सडकहरूमा पनि यस्तो समस्या बढेको गुनासो छ।
कार्यकर्ता भिजाउनका लागि सबै जिल्लाका वडा–वडामा गरिएको सडक विकासले धेरै विकृति ल्याएको छ। यस्ता विकृति रोक्दै अब स्थानीय सरकारले सडकमा हुने लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने देखिएको छ। जसरी पनि र जताबाट पनि रकम सक्न मिल्ने सडक निर्माणलाई असारे सडक भनिन लागेकको छ। जति करोड पनि लगानी गर्न मिल्ने र जति लाख पनि सकिएको बिल देखाउन मिल्ने सडकमा धेरै लगानी गर्नुले यहाँ केही न केही बदमासी हुने आँकलन गर्न सकिन्छ।
अब हरेक स्थानीय तहले कुन सडकलाई कसरी अगाडि बढाउने भन्नेबारेमा गाउँ वा नगरसभाबाटै नीति पास गरेर नालीसहितको पक्की सडक निर्माण गर्नेबारे गुरुयोजनामार्फत काम अगाडि बढाउनु जरुरी छ। यसो नगरे हरेक वर्ष सडकमा लगानी हुने लाखौं रकम वर्षातको भेलझैँ अर्थहीन हुने देखिन्छ। बजेटको असारे लगानी, त्यो पनि सडकमा अनि वर्षाका भेलसँगै किन नबगोस् त ? –
– शिवप्रसाद सुवेदी, धुलिखेल, काभ्रे।
स्थानीय तहमा मनपरि खर्च
हरेक वर्ष करोडौं बजेट विकासलगायतका अन्य विभिन्न शीर्षकहरूमा खर्च हुने गरेको छ। देशका सबै स्थानीय तहमा अहिले बजेट सक्ने हतार भएको चटारोका बारेमा भिन्न–भिन्न खाले विश्लेषणहरू भैरहेका छन्। अधिकांश स्थानीय सरकार प्रमुखहरूले स्पष्ट नीति र नियम निर्माण गर्न नसकेका कारण करोडौं रकमका बजेटहरू अहिले अर्थहीन भएका छन्।
आफ्नो पार्टी निकटका व्यक्तिहरूले गरेका अपूरा कामहरूलाई जसरी भए पनि पूरा गरिदिन भन्दै स्थानीय सरकार प्रमुखहरूले अहिले प्राविधिकहरूलाई जबरजस्ती दबाब दिएका घटनाहरू पनि बाहिर आएका छन्। काम नै नसकेर भुक्तानी दिने प्रचनलेको विरोध गर्दै अहिले कतिपय स्थानीय तहहरूका कामहरूको बारेमा अख्तियारमा मुद्दा दर्तासमेत भएका छन्।
स्थानीय सरकारका कामहरूको प्रभावकारिता नभएको भन्दै परेका मुद्दाहरूको बारेमा अख्तियारलाई जवाफ दिन पनि अहिले स्थानीय सरकारलाई हम्मे–हम्मे परेको देखिन्छ। जनतामुखीभन्दा कार्यकर्तामुखी विकासमा तल्लीन देखिएका स्थानीय सरकारका प्रमुखहरूले पहिलो वर्षको कार्यप्रगति देखाउन निकै चुनौती थपिएको छ। यस्ता चुनौतीहरूलाई आगामी वर्षमा व्यवस्थित र नीतिसंगत बनाउनुपर्ने अहिलेको आवश्यकता हो।
–सागरमणि धिताल, बेंसीशहर, लमजुङ
सञ्चारमाध्यम चनाखो बन्नुपर्यो
सञ्चारकर्मी अर्थात् सञ्चारमाध्यमले नराम्रो वा बिग्रेका र बिग्रन थालेका विकास गतिविधि हुन् वा अन्य विषयहरू किन नहुन्, सबैको खोजी गर्नु जरुरी हुन्छ। अन्यायमा परेकालाई न्याय दिनु, आवाजविहीनहरूको आवाज बन्नु, लाखौं रकम खर्च गरेर निर्माण गरिएका विकास निर्माणमा देखिएका अनियमितताहरूको बारेमा खबरदारी गर्नु स्वाभाविक हो। खबरदारी गर्नुपर्दछ, यो पनि स्वाभाविक हो।
लेख्ने स्वतन्त्रता सबैलाई छ, चाहे त्यो सामाजिक सञ्जालमा लेख्नेहरू नै किन नहुन्, चाहे विभिन्न सञ्चारमाध्यमहरूमा लेख्नेहरू नै किन नहुन्, सबैका आ–आफ्ना दायित्वभित्र पर्ने कुराहरू हुन्। काम दिएपछि चुपचाप बस्ने र नदिएपछि बहाना खोज्दै खेदो गर्ने प्रवृत्ति कसैले पनि गर्नुहुँदैन। राम्रो छ भने राम्रो भनेर लेख्नुपर्दछ। नराम्रो हो भने नराम्रो लेख्ने क्षमता राख्नुपर्दछ। कोही पनि मानिस कसैप्रति पूर्वाग्रही भएर लाग्नुहुँदैन। यस्ता विषयहरूका बारेमा आचारसंहिता नै निर्माण गरिएका छन्। सबैले अचारसंहिता पालना गरौं। सञ्चारकर्मी चनाखो हुनुपर्यो।
– कमल थापा, शंखमूल, काठमाडौ
विपतमा परेकाको छिटो
उद्धार होस्
वर्षायाम शुरू भएसँगै पहाडी क्षेत्रमा पहिरो जाने र तराई क्षेत्रमा बाढी आएर जलमग्ने हुने क्रम बढिरहेको छ। हरेक वर्ष बाढी र पहिरोमा परेर धेरै नागरिकले ज्यान गुमाएका छन् भने कोही अंगभंग भएका छन्। नेपाल र भारतको सिमानामा भारतले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत बाँध बनाउनाले बर्सेनि नेपाली भूमि डुबानमा पर्दै आएको छ भने सो क्षेत्रका नागरिकले ज्यानसमेत गुमाउने गरेका छन्। भारतले एकतर्फीरूपमा बनाएका बाँधका विषयमा सरकारले पटकपटक कुरा उठाए पनि भारतले बेवास्ता गर्दै आएको छ। यता पहाडी क्षेत्रमा पनि पहिरो खस्दा ठूलो धनजनको क्षति हुँदै गएको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार, बाढीपहिरोका कारण पछिल्लो पाँच वर्षमा १ हजार ३७ जनाको मृत्यु भएको छ। उक्त अवधिमा बाढीपहिरोका कारण ५ सय ३४ बेपत्ता र कैयौं घाइते भएका छन्।
भर्खरै भक्तपुरमा घरले पुरेर ३ जनाको ज्यान गएको छ। सहयोगी भावनाको विकास गर्नका निम्ति हामी तयार हुनुपर्छ। पीडित परिवारका लागि हामी सबैले सहयोग गर्नुपर्छ। त्यो पीडा भोलि हामीमा पनि निम्तिन सक्छ। त्यसैले एकले अर्कालाई सहयोग गर्न कहिल्यै पनि कन्जुस्याइँ गर्नुहुँदैन। पहिरोबाट अभिभावक गुमाए पनि समाजको सान्त्वनाले उनीहरूलाई राहत महसुस हुन सक्छ। बाढी र पहिरोबाट पीडित बनेका अन्य जिल्लामा पनि छन्। सबैलाई खुल्ला हृदयले सहयोग गर्नुपर्छ। | 2019/02/21 22:58:10 | http://www.newsofnepal.com/2018/07/13/119931/ | mC4 |
उनै, संजयले सोमबारदेखि चलचित्र ‘शमशेरा’को छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, कोरोना भाइरसको बढ्दो संक्रमण र संजयको स्वास्थ्य अवस्थालाई हेरेर यसको निर्माणपक्षले छायांकन सेटमा कडा सुरक्षा व्यवस्था गरेको छ ।
यशराज फिल्म स्टूडियोमा भैरहेको छायांकनमा निकै कम मानिसहरुलाई मात्र प्रवेश दिइएको छ । जसमा, सबै यूनिटका सदस्यहरुको कोरोना टेष्ट समेत गरिएको छ ।
अगष्ट ८ मा स्वास्थ्यमा समस्या देखिएपछि संजय अस्पताल भर्ना भएका थिए । अगष्ट ११ मा उनलाई क्यान्सर भएको रिपोर्ट सार्वजनिक भएको थियो । यसपछि, उनलाई उपचारका लागि अमेरिका लैजाने चर्चा पनि चलेको थियो । तर, अहिले उनको मुम्बइमा नै उपचार भैरहेको छ ।
हालै जारी भएको नेपाल पुर्वाधार विकास बैंक (निफ्रा) को आइपिओलाई लक्षित गरि अहिले बैंक तथा बित्तिय संस्थाहरुमा आम मानिसहरुको भिडभाड बढेको देखिन्छ । | 2021-02-24T20:28:21Z | https://onlinedabali.com/archives/59689 | OSCAR-2109 |
के हो कम्युनिष्ट नैतिकता ? | Pradesh Aawaj
के हो कम्युनिष्ट नैतिकता ?
नेपालको कम्युनिष्ट आन्दोलनमा नैतिकता सम्बन्धी अत्यन्त साँघुरो र कतिपय सन्दर्भमा भ्रामक मानसिकता कायम रही आएको छ । नेपाली समाज बरु यस मामिलामा अलि बढी उदार छ, तर मैले भन्नै पर्दछ कम्युनिष्ट आन्दोलन यस मामिलामा नेपाली समाजभन्दा धेरै पछाडि छ ।
अब परिभाषित गर्ने प्रयास गरौं– के हो कम्युनिष्ट नैतिकता ?
जे गर्दा, बोल्दा–लेख्दा, आम श्रमजिवी जनताको हित हुन्छ, कम्युनिष्ट आन्दोलनको हित हुन्छ, देशको हित हुन्छ र समग्रतामा भन्नुपर्दा सम्पूर्ण मानवसमाजको हित हुन्छ, त्यही गर्नु नै अहिलेको युगमा कम्युनिष्ट नैतिकता हो । समाजलाई निरन्तर प्रगतिशीलतातिर उन्मुख गराउने गतिविधिमा लाग्नु कम्युनिष्ट नैतिकता हो । जे गर्दा मानव र प्रकृतिको उचित तालमेल हुनसक्छ, त्यही गर्नु कम्युनिष्ट नैतिकता हो । जे गर्दा कम्युनिष्ट आन्दोलनलाई नोक्सान हुन्छ, समाजमा प्रतिगमन हुन्छ त्यो कम्युनिष्ट मापदण्डमा अनैतिक हुन्छ । अहिलेको युगलाई सहि दिशा दिनसक्ने विचारधारा कम्युनिष्ट विचारधारा हो । कम्युनिष्ट आदर्शले युक्त बलियो पार्टीले मात्रै मानवसमाजलाई सही दिशा दिनसक्छ । पार्टी बलियो हुन सामूहिकता चाहिन्छ । सामूहिकतामा एकता नै कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त हो । पार्टीको नाम 'कम्युनिष्ट' राख्दैमा केही हुँदैन, नाम अनुसार आचरण चाहिन्छ । 'सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी' को विधि नै कम्युनिष्ट एकता कायम गर्न सकिन्छ ।
भियतनामका राष्ट्रपिता तथा प्रथम राष्ट्रपति हो चि मिन्हले भन्नुभएको छ–
'आम श्रमजीवी जनसाधारणसंग एक मन एक शरीरजस्तो भएर एकाकार हुने, जनतालाई विश्वास गर्ने, उनीहरुका कुरा गंभिरतापूर्वक सुन्ने र मनन गर्ने प्रक्रियामा नै क्रान्तिकारी नैतिकता सन्निहित रहेको हुन्छ, श्रमजीवी जनताको निरन्तर सेवा गर्नु तथा कहिल्यै पनि उनीहरुलाई धोखा नदिनु नै क्रान्तिकारी नैतिकता हो । 'क्रान्तिकारी नैतिकता आकासबाट झर्दैन, हरेक कार्यकर्ताले आफैंभित्र यसलाई जन्माउनु पर्दछ । दैनिक जीवनका संघर्षबाट खारिने क्रममा नै यो विकसित हुन्छ । सुनलाई जति खार्यो उति शुद्ध भएजस्तै समाज परिवर्तनको कठोर संघर्षमा खारिने क्रममा नै क्रान्तिकारी नैतिकताका मापदण्डहरु सिर्जना हुन्छन् ।' ('अन रेभुलुशनरी मोरालिटी', सेलेक्टेड वक्र्स अफ हो चि मिन्ह (अंग्रेजी),(न्यु योर्कः प्रिज्म की प्रेस, २०११), पृ.७ ।
यसै गरी लेनिनले भन्नुभएको छ–
'संघर्षको क्रममा सर्वहारा वर्गको हित रक्षा नै हाम्रो सम्पूर्ण नैतिकता हो । वर्ग संघर्षका क्रममा सर्वहारा वर्गको हित रक्षा गर्दै अगाडि बढ्दा हाम्रो नैतिकताको उत्पत्ति र विकास हुन्छ ।' (द टास्क अफ युथ लीग', कलेक्टेड वक्र्स, भोलुम– १४, (अंग्रेजी), (मस्कोः प्रोग्रेस पब्लिशर्ष, सन् १९८२), पृ.११५) ।
हरेक युगका आ–आफ्नै नैतिक मानक या मूल्य हुने गर्छन् । हरेक युगका आ–आफ्नै विचारप्रणाली हुन्छन् र यसै हिसाबले हरेक विचारप्रणालीका पनि आ–आफ्नै नैतिकतासम्बन्धी मूल्य–मान्यता हुन्छन् । दास युगमा दास राख्नु कुनै अनैतिक कुरा थिएन । वंशानुगत राजतन्त्र र जमिन्दारी शासन सामन्ती युगको नैतिकता थियो । जे–जसरी हुन्छ मुनाफा कमाउनु, पैसा थुपार्नु र त्यसका लागि राज्यसत्ताको उपयोग गर्नु पुँजीवादी नैतिकता हो । धनी र गरीबका बीचमा असमानता कायम रहन दिनु या वर्ग विभेद कायम राख्नु पनि पुँजीवादी नैतिकता हो । 'विकास' सम्बन्धी अवधारणा होस् वा 'लोक कल्याणकारी कार्यक्रम' को कुरा होस् पुँजीवादी सरकारको मूल ध्येय शोषणयुक्त पुँजीवादी ब्यवस्था टिकाउनु हो । पुँजीवादमा गरीबी निवारण या गरीबी न्युनीकरण को कुरा गरिन्छ, वर्गभेद मेटाउने कुरा गरिन्न । ब्यक्तिगत सम्पत्तिमा निरन्तर बढोत्तरी गर्न पाउने ब्यवस्था र त्यसले सिर्जना गर्ने चरम व्यक्तिवाद पुँजीवादी नैतिकताका कुरा हुन् ।
महिलाहरुलाई खुला बजारको बिक्रीको वस्तु बनाइनु पुँजीवादका लागि ग्राह्य र नैतिक छ । महिलाहरुलाई बजारमा नांगो बनाउनु, 'को भन्दा को राम्री ?' भन्दै सौन्दर्य प्रतियोगिता गराउनु र त्यस मानावताको कलंकित परंपरालाई भब्य समारोहको रुप दिनु नैतिक छ पुँजीवादी समाजमा । यहाँसम्म कि पुरुषको दाह्री फाल्ने ब्लेडको प्रचारमा पनि महिलाको सौन्दर्य बेचिन्छ । अरु के कुरा गर्नु, यौन जस्तो नितान्त निजी विषयलाई पनि पुँजीवादी कानुनले खरिद बिक्रीको विषय बनाइदिन्छ । पुँजीवादी ब्यवस्थाले आफ्नो वैचारिक प्रभाव यसरी कायम गरेको छ कि कतिपय कम्युनिष्ट पार्टीको लाइसेन्स लिएका नेताहरु नै यौन ब्यवशायलाई बैधानिक बनाउँदा समाजको हित हुने कुरा गर्दछन् । सौन्दर्यको आभाष या सौन्दर्यबोध पनि वर्गीय हुन्छ भन्ने कुरा गहिरिएर विश्लेषण गर्दा थाहा हुन्छ । उदाहरणका लागि सामन्ती युगमा कृषि र पशुपालनको प्रधानता थियो । शक्ति चालित यन्त्र–उपकरण थिएनन्, मानव वा पशुको श्रमबाट चल्ने सरल औजार मात्र थिए । यस्ता उत्पादनका काममा बढीमात्रामा शारीरिक श्रमको आवश्यकता पर्दथ्यो । यसैले आमरुपमा मोटो–घाटो पुरुष वा मोटी–तगडी महिला 'राम्रो' या 'राम्री' मानिन्थे । पुँजीवादमा बढीमात्रामा मेशिनको प्रयोग हुन्छ, शारीरिक श्रमको मात्रा घट्दै जान्छ । यसैले पुँजीवादी शहरको सभ्यताले पातलो वा 'स्लिम' शरीरलाई राम्रो देख्छ ।
खाना सम्बन्धी मापदण्ड त वर्गीय हुन्छ, अरु के कुरा गर्नु ! पुँजीवादी समाजमा आमरुपमा गरीब परिवारका मानिासहरु बोसोयुक्त मासु या बढी चिल्लो खाना रुचाउँछन्, धनीले त्यसको विपरित बोसो नभएको मासु वा कम चिल्लो खाना रुचाउँछ । यहाँ भन्न खोजिएको कुरा हो– पुँजीवादी हुनु र समाजवादी हुनु आधारभूतरुपमै भिन्न मानिस हुनु हो । यही भिन्नता हराउँदै जाँदा आज कम्युनिष्ट र गैरकम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताका बीचमा भिन्नता देखिन छोडेको छ । ब्रांण्ड बाहेक को कम्युनिष्ट हो र को हैन भनेर छुट्याउन नसकिने अवस्था हुनु ज्यादै दुःखद छ । आन्दोलनलाई धोखा दिनु, सरकारी पद वा राजनीतिक हैसियतको दुरुपयोग गरेर विनापरिश्रमको धन आर्जन गर्नु वा घुस खानु, भडकिलो जीवनशैली अपनाउनु, पैसाको प्रभावमा परेर निर्णय लिनु, आदर्शका बनावटी कुरा गर्नु र ब्यवहार त्यसको ठीक विपरित गर्नु कम्युनिष्ट नैतिकताका हिसाबले पतित कुरा हुन् । कम्युनिष्ट पार्टीभित्र पुँजीवादी प्रभाव बढ्दै जाँदा पतनका सबै कुरा सामान्य बन्न थालेका छन् । भ्रष्टाचारमा चुर्लुम्म डुबेको मानिसलाई पार्टीबाट कार्वाही गरिनुको साटो 'इज्जतिलो नेता' मानिनु भनेको कम्युनिष्ट नैतिकताको खडेरी परेको अवस्था हो ।
कम्युनिष्ट नैतिकतालाई यसको खास र विस्तृत अर्थमा बुझाइएको छैन । यसैले हाम्रो कार्यकर्ता पंक्ति यौनिक विषयलाई मात्रै नैतिकताको कसी मान्दछ । निसन्देह रुपमा कम्युनिष्ट कार्यकर्ता शारिरिक या दैहिक (देह सम्बन्धी) नैतिकताको क्षेत्रमा पनि खरो हुनु पर्दछ तर समग्र नैतिकताको कसी त्यही एउटा कुरा मात्रै मान्नु नितान्त गलत छ । तर विडम्बना छ– आजसम्म कम्युनिष्ट आन्दोलनमा अधिकांश कार्वाहीहरु जे–जति भए ती मध्ये अधिकांश दैहिक विषयमा नै भएका छन् (अचेल त त्यो पनि हराउन थालेको छ) । आन्दोलनमा पुर्याइएको घाटा, अस्वाभाविक जीवनशैली, राजनीतिक बेइमानी, भ्रष्टाचार जस्ता विषयमा कम्युनिष्ट पार्टी भित्र कहिल्यै कार्वाही भएन, अहिले त्यस्ता विषयमा ध्यान जान पनि छोडेको छ । केही मानिस जुटेर वैचारिक छलफल गरे भने त्यसले कतिपयको टाउको दुखाउँछ तर भ्रष्टाचार र पदीय दुरुपयोगको कुरा छलफल नै हुन छोडेको छ । यो भनेको कम्युनिष्ट नामको पनि उपहास हो । श्रमको उच्च सम्मान, निर्णयमा सामूहिकता, निश्चित पद्धतिको पालना, हरेक निर्णयमा जनहितको खोजी वा ठम्याई, सादा जीवनशैली, आम श्रमजीवी जनताको हित साधना वा वर्गीय आचरण, प्रगतीशील राष्ट्रवाद, पार्टीभित्र समानताको वातावरण, ब्यवस्थित वा वैज्ञानिक मूल्यांकन प्रणाली, सामाजिक–सांस्कृतिक नैतिकताको उच्च पालना, कम्युनिष्ट संस्कृतिको निरन्तर निर्माण र परिस्कार जस्ता कुराहरु नै कम्युनिष्ट नैतिकताका मानकहरु हुन् ।
जनताले कम्युनिष्ट पार्टीका मानिसलाई उच्च नैतिकतायुक्त देख्न चाहन्छन् । असल कार्यकर्ताहरु आफ्ना नेताहरुलाई आदर्श नैतिकताका प्रतिक भैदिउन् भन्ने चाहन्छन् । त्यस्तो हुन नसकेपछि कार्यकर्ताहरु नेताबाट र जनता पार्टीबाट टाढिन थाल्छन् । कम्युनिष्ट नैतिकताले मात्रै अहिलेको समाजलाई सही दिशा दिन सक्छ । भ्रष्टहरु संरक्षित हुन थालेपछि समाजमा प्रतिगमन शुरु हुन्छ । भ्रष्टहरु किन पुरस्कृत भैरहेका छन ? भ्रष्टाचारको विरुद्धमा देशब्यापी आवाज नउठ्नु भनेको कम्युनिष्ट पार्टीलाई अनैतिकताको धमिरोले खाँदै गरेको अवस्था हो । साभार जनता समाचार . | 2019/01/16 02:40:00 | https://pradeshaawaj.com/?p=8292 | mC4 |
२० कात्तिक, अछाम । अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको छ । खेतसँगै रहेको भैंसी गोठ पनि बगायो र घरसँगै रहेको पाखोबारी पनि बाढीले बगाउँदा केही दिन घर छोडेर अरुको घरमा साहरा लिन पुगेको उनी बताउँछन् ।
उनका अनुसार बाढीका कारण ज्यान गुमाउने मृतक परिवारलाई ५ हजारका दरले र दुईजनाका परिवारलाई ४० हजारका दरले गाउँपालिकाले सहयोग गरेको छ भने गाउँपालिकाले बाढी प्रभावितहरुको सहयोग सङ्कलनका लागि खोलिएको खातामा हालसम्म ४ हजार ७५ हजार ७६ सय ८५ रुपैयाँ सङ्कलन भएको जनाइएको छ विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो । | 2022/06/30 14:06:54 | https://www.nmbnews.com/2020/11/13903/ | mC4 |
जुम्लामा अब नर्सिङ स्नातकोत्तरको पठनपाठन हुने – Nepal Japan
जुम्लामा अब नर्सिङ स्नातकोत्तरको पठनपाठन हुने
नेपाल जापान ३२ श्रावण २१:५३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ ।
यसैवीच प्रतिष्ठानले एमएन तहको पाठ्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन हालै भर्जुअल छलफल समेत आयोजना गर्यो । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले प्रतिष्ठानलाई चिकित्सा शिक्षा र सेवाको उत्कृष्ट केन्द्र बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो " प्रतिष्ठानले चिकित्सा विधाका प्रमुख विषयमा पठन पाठन गर्ने तयारीमा जुटेको छ । प्रतिष्ठानलाई सेवा र शिक्षाको उत्कृष्ट गन्तव्य बनाउँछौँ । अव कर्णालीले चिकित्सक उत्पादन गरी अन्यत्र पठाउँछ ।"
प्रतिष्ठानका नर्सिङ डीन सहायक प्राडा सरस्वती गौतमले नर्सिङ विषयका सबै तहमा प्रतिष्ठानमा पठन पाठन हुन लागेको जानकारी दिँदै यसले समग्र कर्णालीको शिक्षा र स्वास्थ्यमा कोशेढुङ्गाका काम गर्ने बताउनुभयो । सहायक प्राडा शर्मिला जोशीले प्रतिष्ठान र विज्ञले तयार पारेको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उहाँले दुई वर्षको उक्त पाठ्यक्रम बढीभन्दा बढी व्यावहारिक हुने बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पाठ्यक्रमको मस्यौदामा सुझाव दिँदै कुनै समय डाक्टर नपाउने जुम्लाले अहिले आफले चिकित्सा विषयका विभिन्न विधामा पाठ्यक्रम तयार गर्नु कर्णालीका लागि गौरबको विषय भएको बताउनुभयो । | 2022/07/07 17:06:54 | https://www.nepaljapan.com/08/16/522964/ | mC4 |
नेपाल लाइभ सोमबार, पुस २७, २०७७, १९:५३
काठमाडौं- वैशाखमा निर्वाचन हुने गरी निर्वाचन गतिविधि अघि नबढाउन नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षले गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ।
'प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेकाले वैशाखमा निर्वचान गर्ने गरी प्रक्रिया अगाडि नबढाउनु भन्ने उहाँहरुको आग्रह थियो,' आयोग स्रोतले भन्यो, 'तर हामीले सरकारको निर्णय अनुसार प्रक्रिया अगाडि बढाएकाले सरकार वा अदालतबाट रोक्न भन्ने आदेश आए मात्र प्रक्रिया रोक्न सक्ने भनेका छौं।'
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनअनुसार प्रक्रिया अगाडि बढाएको जानकारी उनीहरुलाई गराएको बताए। 'सामान्य छलफल भयो। उहाँहरुले आफ्नो कुरा राख्नुभयो। हामीहरुले हाम्रो प्रक्रियाका विषयमा जानकारी दियौँ,' उनले भने।
प्रचण्ड-नेपाल पक्षले भने प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले तत्काल निर्वाचनसम्बन्धी कार्यक्रम नगर्न आग्रह गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेपाल लाइभसँग बताए।
राजनीतिक रुपमा आम सहमति भई नसकेकाले अरु निर्वाचनसम्बन्धी कार्यक्रममा अगाडि नबढेको निर्वाचन आयोगले जनाएको छ। पार्टीको पत्र लिएर प्रचण्ड-नेपालसहित लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिँडारी, कृष्णभक्त पोखरेललगायत नेता निर्वाचन आयोग पुगेका थिए। | 2021/04/18 00:45:42 | https://nepallive.com/story/236422 | mC4 |
बिधवा | मझेरी डट कम
krantibir — Fri, 04/03/2015 - 06:31
हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए । यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए । जुनबेला उसको भर्भराउदो जवानीको रापले तातिएर उम्लिएको थियो । आज त्यही मान्छे मलाई देखाएका सपनाहरू; मलाई बाडेका आश्वासनहरू अनि मलाई दिएका भरोसाहरूलाई बिर्सिएर चिसाम्मै भएर पल्टिएको छ । उसले नाबिर्सोस मेरा भरोसालाई आगामी भेटसम्म र साचेर मैलाई बुझावस भनेर आँशुसँगै पठाएका मेरा विश्वासका कोसेलीहरू पनि नफर्काइ निर्जीव भएर काठको बाकसमा लम्पसार परेर आएको छ । म रुन्न हे ! प्राण मेरो यौवनतालाई लुटेर किन जुठो बनायौ भनेर । म रुन्न मेरो विश्वासको पोखरी किन धमिल्यायौ भनेर । बरु मलाई भन्न मन लागेको छ -" मेरो प्राण ! तिमी कायर हौ मेरो जवानीसँग डरायौ । " बरु मलाई भन्न मन लागेको छ - "तिमी विश्वासघाती हौ मेरो विश्वासलाई लत्यायौ भनेर । " तर म भन्दिन किनकि ऊ सुन्दैन । ऊ निदाएको छ चिर निद्रामा स्वतन्त्र रुपले सुरक्षित कवचभित्र लम्पसार परेर ।
"जीवन र जिन्दगी देखि थाकेर नाभाग्नु है" हाम्रो मिलनको पछिल्लो रात यसै भन्दै मेरो कोखमा लुटपुटिदै भक्कनिएको थियो ।
"छि लाछी! लोग्नेमान्छे भएर पनि आइमाई मान्छे जस्तै कोमल मन बनाएर रुन हुन्छ त!" सायद यसै भन्दै मैले उसलाई मेरा अन्तरमनबाट पूर्वाग्रह बिना हास्दै खेल्दै निस्किएका भावनाहरूले उसको टाउको मुसारेको थिए । मलाई नभाग्नु भन्ने आज आफै जीवन र जिन्दगीसँग डराएर सदाका लागि भागेर काठको बाकसभित्र लुकेर आएको छ । उसले सुन्ने भए मैले भन्ने थिए -"देख्यौ लाछीहरू मात्र भाग्छन जीवन र जिन्दगीका संघर्षहरूबाट ।" तर ऊ सुन्दैन ।
विवाहमा पनि लाउन पाइन् मैले मेरो मनले चाहेको बनारसे साडी । उसले बुझेको थियो मेरो इच्छालाई त्यसैले पटक पटक हुने फोन वार्तालापमा दोहाराइ तेहराई भन्थ्यो - "म आउदा बनारसे साडी ल्याइदिउला |" म प्रतिको उसको माया देखेर उसले नदेखे पनि खुसीका आँशु भक्कानिएर तुरुक्क चुहाई दिन्थे ।आज भन्न मन लागेको छ -"बनारसे साडी ल्याइदिने तिम्रो सपनाले जीवन भरि अब म सेतो साडीमा बेरिने भए । "
तर भन्दिन किनकि उसले सुन्दैन । उसले सुन्ने र देख्न सक्ने भए यसरी लाछी भएर निर्जीव काठको बाकस भित्र लुकेर कदापि आउने थिएन । ऊ त लाछी मात्र होइन भगौडा पनि हो भाग्यो मेरो जीवन र जिन्दगीबाट ।
मैले विवाहको लागि मण्डप रोजिन । आमा बाउको आशीर्वाद थापिन । मैले उसको जात धर्म पनि रोजिन । रोजे केवल उसको अन्तर आत्मालाई । शहरमा भौतारिदै भबिष्य खोजिरहेको युवक प्रतिको मेरो आशक्तिले ऊ गलेको थियो निमेष भारको मेरो मायामा । मैले उसको औला काटेर उसको रगतको सिन्दुर लगाएकी थिए । जीवन जिउने कलामा ऊ अधकल्चो अल्लारे थियो म पनि दुरुस्त ऊ जस्तै थिए । ऊ यौवनको पाइन थप्दै थियो म भर्खर बल्दै गरेको आगो जस्तै जल्दै थिए । भविष्यका अप्ठ्यारा यात्राका काहाली लाग्दा चढाई उसले देखेन त्यसैले त उसले मलाई भगाएको थियो र म भागेकी थिए । सुन्दर संसारको स्वच्छन्द बस्तीमा लैला मजनु भएरसँगै मरौलासँगै बाचौला भन्ने कसम विवाहको मण्डपमा नभए पनि उसले बिच्छाएको बिछौनामा बसेर हामी दुवैले खाएका थियौ । आज भन्न मन लागको छ -" तिम्रो कसम फगत देखाउनका लागि मात्र रहेछन । तिमी भगौडा हौ । " तर म भन्दिन किनकि यसरी व्यक्त गर्ने मेरा आक्रोसयुक्त शब्दहरूअब उसले सुन्दैन ।
अन्तिम रात हामी धेरै रोएका थियौ । बिपना सपना देखे जस्तो रहेनछ । उसले मेरा खातिर ढुङ्गा बोक्यो । मैले उसका लागि गिट्टी कुटे । जसरी उसले बोकेका ढुङ्गाहरू मैले कुटेर चकनाचुर पारिदिन्थे त्यसै गरी मैले बोकेका सपनाहरू आज उसले चकनाचुर पारी दिएको छ । उठ्ने भए एक पटकको लागि उसलाई उठाउन मन छ र अंगालोमा हालेर उसले मेरा लागि खुइलाएको ढाड धित मरुन्जेल मुसार्ने मन छ तर ऊ उठ्दैन । बोल्ने भए एक पटक बोल्ने मन छ उसले गरेका बाचाहरू कतै सम्झिन्थ्यो कि भनेर तर ऊ बोल्दैन । उसले बुझेन उसका आकांक्षाहरू कसरी मेरो जिउमा सल्बलाइरहेका छन् भनेर । ऊ त फिस्स हस्यो जुनबेला मैले फोनबाट मेरो खुसी उसलाई जानकारी गराएकी थिए । मैले ठाने उसले बुझ्पचाएको छ तर होइन रहेछ । उसले त उसको फिस्स हसाइसँग मेरा रहरको खुसीलाई पनि त्यही हासोसँग उडाई दिएको रहेछ । होइन भने ऊ आज जिउदो आएर सोध्नु पर्थ्यो -खै मेरा आकांक्षा ? भनेर । उसका मुलायम हातहरूले सुम्सुमाउनु पर्थ्यो उसका आकांक्षाहरूलाई तर उसले चाहेन । ऊ लाछी हो भगौडा हो त्यसैले त जीवन र जिन्दगीबाट भागेर लम्पसार परिरहेको छ मेरो अगाडि चिसाम्मै भएर ।
यही घर अनि यही आँगन हो जहा मैले पहिलो पाइला हाल्दा मेरो स्वागतमा शुन्य हावा मात्रअँध्यारो कोठाभित्र खुसीले मडारिएको थियो । न अन्माउने कोही थिए न अँगालो हाल्ने कोही थिए । टुकीको धिपधिपे बत्तीको उज्यालोमा मेरा हात समाएर उसले मलाई भित्र हुलेको थियो । ओच्छ्यानमा पल्टाएर बडो नम्र भावमा भनेको थियो -
"अबदेखि तिमी नै यो घरकी ज्योति हौ जति सक्छौ बल निर्धक्क भएर अनि उज्यालो बनाउ यो घरलाई ।"
काठको सानो सन्दुसबाट उसकी आमाले साचेको रातो पोते सहितको तिलहरी मेरो गलामा झुन्ड़ाई दिएको थियो अनि खुसीमा मलाई बेस्सरी अंगालोमा हालेर निचोरेको थियो । मेरा भावुकतामा निस्किएका नूनिला आँशुहरू अपनत्वले पिएको थियो । मैले थाहै पाइन त्यो रातको निचोराइमा उसले आफ्नो रगत मेरो शरीरको रगतसँगै मिसाइदियो भनेर । रित्तो घर,रित्तो आँगन अनि रित्ता करेसा बारीमा छुन्मुनाउदै खेल्ने आफ्नो बंश उसले मेरो मनको आँगनमा रोपिदिएछ । दिनभरिको कामको थकाइले जब ऊ ओच्छ्यानमा पल्टिनथ्यो मैले उसको रगत निचोरिएको मुहार एकनासले हेरिरहन्थे । ऊ आफ्ना हातका पन्जाहरूले आफ्नो बंशको फूलबारी सुम्सुमाइरहन्थ्यो अनि भन्थ्यो -"हे भगवान आज मेरो यो घरमा मेरी आमा भैदिएकि भए!" खै किन हो उसले कहिल्लै पनि लिएन उसको आफ्नो बाबाको नाम र मैले पनि सोधिन उसको बाबाको बारेमा ।
खरले छाएको फुसको सानो घर अनि करेसाबारीको जमिन उसले मलाई चिनायो । भविष्यमा झुल्किने आफ्नो बंशको लागि सात समुद्र पारि उडेर गयो । समाजको हेराइमा म अर्कै संसारबाट आएकी बिजातकी आइमाई थिए । मेरो जात र धर्म यो समाजले कहिल्लै स्वीकारेन । यो घरभित्र हुलिदा मैले भोगेको अपहेलत्वले गर्दा पनि म कहिल्लै विक्षिप्त भइन किनकि म समाजको लागि होइन मेरो उसको लागि आएकी थिए । उसले मलाई खुसीखुसीमा स्वीकारेको मात्र थिएन मानवीय भावनाका सबै मिठासहरू खुसीखुसीमा बाढेको पनि थियो । म थाक्दा उसले मेरा थकाइ बाढ्यो; म रुदा मेरा आँशुहरू पिई दियो; म दुख्दा उसले मेरा दुखाइहरू पनि खोसेर आफूले लियो । सायद त्यसैले पनि होला मैले यो समाजले लगाएका तगाराहरूलाई नाघ्ने चेष्टा पनि कहिल्लै गरिन ।
"दौलत र सम्पत्तिमा मात्तिएको यो संसारले गरिबी र पीडाहरूको मलम उत्पादन गर्दैन 'काली' । "
बारम्बार यसै भन्दै मलाई ढाडस दिइरह्यो अनि सात समुद्र पारी भएर पनि मेरो विश्वासलाई गाँठो पारेर आफूले बाधी राखेको प्रेमको डोरीमा लुकाई राख्यो ।
"अँझै फूल फुल्ने बेला भएन काली ?"
एक हप्ता अगाढी उसले प्रेमपूर्ण भावमा सोधेको थियो । मैले हास्दै भनेको थिए -
"कोपिला बनिसक्यो अब केही दिनमा फूल्नेछ छिट्टो आउनुस अनि सुगन्ध लिनुस आफ्नो फूलको भनेर ।"
ऊ खुसीले चिच्चाएको थियो । मैले मेरा शरीरका रक्त संचारबाट मालीको खबर पुर्याई दिएकि थिए उसको फूललाई । मेरो करेसा बारीमा रोपिएको फूल हरेक रात मै सग जिस्किन्थी खेल्थी अनि फक्रिन्थी अनि आतुरतामा हौसिन्थी पनि । म सम्हाल्थे उसलाई अनि पर्खाउथे उसको आफ्नो रक्षक आगमनको समयसम्मको लागि ।
वर्षौसम्मको मेरो मेहनत र उसको पसिनाले झलमल्ल परेको घर आज फेरि उसै गरी अँध्यारो भएको छ । घरको यही आँगन जहा हाम्रो भबिष्य छुन्मुनाउदै खेल्ने छ उफ्रिनेछ भनेर हरेक दिन लिपपोत गर्दै सिंगारे । त्यही आँगनको एक छेउमा रातो काठको बाकस तेर्सिएको छ । बिगतमा परेका हरेक आपद र बिपत्तिमा मन्टो बटार्ने आफन्त र समाजले घरको आँगन र दलान भरिभराउ भएको छ । बिजातकी भनेर अपहेलना गर्दै प्रकृतिबाट सित्तैमा उपहार स्वरुप पाएको पिउने पानीमा समेत जातीय गन्ध मिसाउनेहरू मेरो रहरमा मेरो सौन्दर्यताको लागि लगाइएका गहना छिदाल्न,फुटाउन अनि धोएर पखाल्न आतुर भएका छन् । म चाहन्न मेरा सौन्दर्यताहरू फुटालीउन र पखालिउन भनेर । किनकि मेरो शरीरमा सिङ्गारिएका सौदार्यताका यी गहनाहरू मैले मेरा खुशीका लागि लगाएकी हु र मेरो आफ्नो मान्छेको खुसीको लागि सिंगारेको हु । समाज र आफन्तले त मलाई हिजो पनि चाहेन जबकि म यही समाज र आफ़न्तकि परिवारको सदस्यको एउटा अङ्ग भएर यो घर भित्र पसेकी थिए । अहिले के अधिकार छ र मेरो सौदार्यतालाई भताभुङ्ग पारेर फेरि अर्को उपमा दिएर जिउदै मार्नलाई ? बरु मलाई भन्ने मन छ मेरो आफ्नो मान्छेलाई जो यतिखेर रातो बाकसमा लम्पसार भएर घरको आँगनमा तेर्सिएको छ ।
"खै मेरो रातो बनारसे सारी अनि मेरा चाहनाका पोका पन्तुराहरू जुन तिमीले आफ्नो घरको आँगनदेखि सात समुद्र पारीको देशमा रहुन्जेलसम्म पनि सपनामा देखाइरह्यौ ।"
तर भन्दिन किनकि ऊ मेरो यिनै चाहना र आवश्यकता पुरा गर्नु पर्ला भनेर नै सदाका लागि मबाट भागेर गए जस्तो भान भै रहेको छ । बरु म चाहन्छु एकपटक ऊ सुतेको बाकसमा हेर्न । के? अँझै पनि उसको आशक्ति माया र मानवीयता म प्रति उस्तै छ । भो म हेर्दिन किनकि अब मैले उसको शरीरमा मेरा भावनाहरू बाचेको छ भनेर विश्वास गर्न सक्दिन । मलाई थाहा छ अब केही क्षणमै मेरो मान्छे मबाट भौतिक रुपमै सकिने छ । उल्टो शंख बजाउदै उसलाई लगिने छ अनि जलाइने छ उसको शरीरलाई खरानी पारेर । बरु म भन्न चाहन्छु -
"हे मेरो मान्छे तिमीले जे मलाई दियौ त्यसको लागि म ऋणी छु तर अलिकन दुखी पनि छु किनकि तिमीले आफैले रोपेको बिरुवा अब मैले यो समाजमा कसरी हुर्काएर फूलाउ जुन समाजले हुर्किएर फूलिसकेको फूलमा भेदभाव गर्छ भने । र म कसरी हरेक पाइला पाइलाहरूमा तिखा र अपाच्य बचनहरूको प्रतिवाद गरु जहाँ तिमी असल जातको मान्छे भन्नेबाट भित्राएको बिरुवामा पनि बिजातको गन्ध देखाएर लज्जित गराइन्छ भने । भो भन्दिन किनकि तिमीलेअब सुन्दैनौ र देख्दैनौ मेरा भावनाका चोटहरू । बरु म सम्हालिने कोशिस गर्छु अब म माथि लगाइने अति घृणित अपाच्य र सुन्न पनि डर लाग्ने 'बिधवा'उपमाको पगरिबाट । " | 2019/12/05 15:01:38 | http://www.majheri.com/node/16505 | mC4 |
चाबहिल–साँखु सडक खण्ड अटेर गरेपछि घरमा डोज – Upahar Khabar
प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार ०८:४२ March 19, 2020
तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।
स्थानीयवासीले सडक क्षेत्रमा परेका घर नभत्काउँदा सडक निर्माण नै अवरोध भएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा बुधबार चाबहिल–साँखु सडक खण्डमा पर्ने मूलपानी, थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो सडक खण्डमा पर्ने मूलपानी र डाँछीमा एउटा÷एउटा तथा थलीमा पाँचवटा घरमा डोजर चलाइएको हो । "दुई वर्षअघि नै मुआब्जा लिइसकेको तथा घर भत्काउन पटकपटक सूचना र ताकेता गर्दा पनि नभत्काएपछि सडक क्षेत्रमा परेका घरहरूमा डोजर चलाई साङ्केतिक रूपमा भत्काइएको छ, अब उहाँहरूले आफैँ भत्काउनुपर्छ," उहाँले भन्नुभयो, "अब पनि उहाँहरूले घर भत्काउनुभएन भने हामीले पूर्णरूपमा घर भत्काउने छौँ ।" मुआब्जा लिएकाहरूको मात्र घरमा डोजर लगाइएको उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीले घर भत्काउनका लागि घरघरमा गएर सूचना दिए पनि सम्बन्धित घरधनीले घर नभत्काएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा घरमा डोजर चलाइएको उहाँले स्पष्ट पार्नुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक क्षेत्रका घरहरू भत्काई विस्तार गर्नुपर्ने सडक 'एलाइन्मेन्ट' पूर्णरूपमा खाली गराइसकेपछि सो क्षेत्रमा विस्तार तथा कालोपत्रेको काम सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्र शर्माले तीन वर्षअघि नै मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गरी अहिलेसम्म घर नभत्काएका स्थानीयवासीको घरमा बुधबार डोजर लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "भत्काउनुपर्ने घरहरू डेरा गरी बसोबास गरेका, पसल भएका कारण मानवीय हिसाबले पनि बुधबार साङ्केतिक रूपमा घरमा डोजर चलाइएको हो, आफ्नो घर आफैँ भत्काउनका लागि सम्बन्धित घरधनीहरूलाई सूचना दिइसकिएको छ, यो सडक खण्डमा हामी अब नियमित काम गर्छौं ।"
चाबहिलदेखि साँखुसम्मको सडकलाई २२ मिटर चौडा गर्ने गरी २०७२ सालदेखि काम सुरु गरिए पनि घरजग्गा मुआब्जा विवादका कारण उक्त सडक खण्डको विस्तार तथा कालोपत्रे अहिलेसम्म हुन सकेको छैन । यस सडक खण्डको कुल लम्बाइ १२.५०० किलोमिटर रहेको छ । | 2022/05/28 08:14:09 | https://upaharkhabar.com/5882/ | mC4 |
के जापानमा लगाइएको आपताकाल लम्बिन्छ ? – PrawasKhabar
के जापानमा लगाइएको आपताकाल लम्बिन्छ ?
२०७७ चैत ३ गते १२:००
टोकियो । जापान सरकारले विहीबार कोरोना भाइरस संक्रमणका कारण लगाइएको आपतकालिन अवस्था अन्त्य गर्ने नगर्ने निर्णय गर्ने भएको छ।
अझैसम्म आपतकाल अन्त्य गर्ने योजनाको निर्णयमा नपुगेको सरकारले टोकियो महानगर क्षेत्रमा आपतकाल थप विस्तार गर्नसक्ने अनुमान गर्न थालिएको छ । यसको मुख्य आधारको रुपमा चार प्रिफेक्चरहरुले आपतकाल हटाउन अनुरोध नगर्नु तथा संक्रमणको दर पछिल्लो हप्ता उकालो लाग्नुलाई बनाइएको छ ।
यसबाहेक संक्रामक कोरोना भाइरसका विरामीको संख्यामा वृद्धि तथा आसन्न टोकियो ओलम्पिक तयारी र संक्रमण फैलन नदिन पनि आपतकाल विस्तार उपायको रुपमा सरकारले लिएको विश्लेषण गरिएको छ । प्रधानमन्त्री योशीहिदे सुगाको प्रशासनका केही सदस्य प्रतिबन्ध हटाउने पक्षमा रहेका छन् । संक्रमणको पुनरुत्थान र कोरोना भाइरसको थप संक्रामक रूपको फैलावटको बारेमा चिन्ता भइरहेको अधिकारीहरुले बताएका छन्।
सुगाले संसदीय सत्रमा टोकियो, खानागावा, चिबा र साइतामा प्रान्तको लागि आपतकालिन अवस्था हटाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा बताउन असम्भव भएको बताउँदै उनले अन्तिम निर्णय लिनुअघि ताजा तथ्यांक हेर्ने र स्वास्थ्य विशेषज्ञसँग परामर्श लिने कुरामा जोड दिएका छन् ।
आपतकालिन अवस्था अन्तर्गत, मानिसहरूलाई अनावश्यक रूपमा घर बाहिरको यात्रामा ननिस्कन आग्रह गरिएको छ, जबकि रेस्टुरेन्ट र बारहरू रात ८ बजे बन्द गर्न भनिएको छ । यस बाहेक व्यवसायहरूलाई टेलिवर्किंग अपनाउन प्रोत्साहन, कन्सर्ट, खेलकुद जस्ता ठूला कार्यक्रममा अधिकतम ५ हजार दर्शक क्षमता तोकिएको छ।
७ जनवरीमा आपतकाल लागू भएदेखि संक्रमणहरू घट्दै गइरहेका थिए, तर गिरावटको गति पछिल्लो हप्ताहरुमा घट्नुका साथै हप्तादिन यता भने संक्रमणदर केही बढेको तथ्यांकले देखाएको छ। | 2021/10/18 04:00:10 | https://www.prawaskhabar.com/2021/03/16/2127/ | mC4 |
काठमाडौँ, ११ चैत्र । सरकारले नेत्र विक्रम चन्द समूहप्रति आक्रामक नीति लिएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रमलाई पछिल्लो समयमा निरन्तरता दिएको छ ।
सरकारले विप्लव समूहका नामले चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
विप्लव समूहले चन्दा माग्ने क्रमलाई निरन्तरता दिएको भन्दै सरकारले प्रतिबन्ध लगाएको उक्त समूहलाई चन्दा दिने पनि कारबाहीको भागिदार हुने चेतावनी दिएको हो ।
आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरुलाई पनि कारबाही गर्ने उल्लेख गरेको छ । | 2022-12-07T22:36:58Z | https://www.onlinebichar.com/archives/8767 | OSCAR-2301 |
कम्युनिष्ट सरकारले अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दियोः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएकाे आरोप लगाएका छन्। पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिष्टहरूले जनताबाट अत्यधिक मत पाएको तर, सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचार बाहेक केही पनि दिन नसकेको टिप्पणी गरे।
गणेशमान सिंहको १०६औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको आरोप लगाए।
बालुवाटारको ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइडबडी, न्यारोबडी प्रकरण बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए। प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरू संलग्न भएका घोटालाहरूमा संरक्षण गर्ने काम गरिराखेको सिंहको टिप्पणी छ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको उनले बताए। कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरीदमा घोटाला गरेको उनको भनाइ छ।
सरकारले संघीयताको भावना विपरीत एकपछि अर्को काम गरिराखेको नेता सिंहको आरोप छ। संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाइको रूपमा प्रदेश र स्थानीय तहलाई लिएको सिंहले बताए।
कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढे
नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको टिप्पणी गरे। पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने उनको माग छ।
चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै उनले चिन्ता व्यक्त गरे। महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उनको भनाइ छ।
प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरू खारेज हुनुपर्ने उनको माग छ। नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै नेता सिंहले अहिलेका नेताहरू पनि सच्चिनुपर्ने उनको भनाइ छ। | 2022/05/18 14:06:14 | https://www.himalkhabar.com/news/120273 | mC4 |
लेकसाइड डोजाङ्गद्वारा वडा प्रतिनिधीहरुको सम्मान - Pokhara News
होमपेज/खेलकुद/लेकसाइड डोजाङ्गद्वारा वडा प्रतिनिधीहरुको सम्मान
लेकसाइड डोजाङ्गद्वारा वडा प्रतिनिधीहरुको सम्मान
कास्की जिल्ला तेक्वान्दो संघ मातहतको लेकसाइड डोजाङ्गले स्थानिय तहको निर्वाचनमा निर्वाचित वडा नम्बर ६ का प्रतिनिधीहरुलाई सम्मान एवं पेटी परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान लेकसाइडको बसुन्धरापार्कमा आयोजित कार्यक्रममा डोजाङ्ग प्रमुख प्रितम कुँवरले वडा सदस्यहरु विष्णुबहादुर भट्टराई, हरि पहारी, पुष्प घले पहारी र राममाया विकलाई दोसल्ला ओढाई सम्मान गरे ।
सम्मान पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको वडा सदस्य विष्णुबहादुर भट्टराईले लेकसाइड डोजाङ्गले विद्यार्थीहरुलाई खेलका मार्फत अनुशासनको पाठ पनि पढाइरहेको बताए । एक दशकदेखि निरन्तर रुपमा सञ्चालित डोजाङ्गलाई आफ्नों व्यक्तिगत र वडास्तरबाट गर्न सकिने सहयोग गर्ने समेत उनले प्रतिवद्धता जाहेर गरे । हुर्कदै गरेका बालबालिकालाई लागूऔषधको कुलतबाट टाढा राख्नका लागि पनि खेलकुद लगायत श्रृजनात्मक रचनात्मक कृयाकलापतर्फ लगाउनुपर्नेमा भट्टराईले जोड दिए ।
त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वाध्यक्ष विनोद लामिछानेले डोजाङ्ग खेलकुदसंगै सामाजिक कार्यमा पनि सक्रिय रहेको जानकारी दिए । पेटि परिक्षाका लागि कार्यक्रममा उपस्थित कास्की जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष विकास धामिले कुनैबेला गुण्डागर्दीको संज्ञा दिइने तेक्वान्दो अहिले राष्ट्रका लागि मेडल ल्याउने खेल भएको बताए । कार्यक्रममा स्थानिय आमा समुहहरुको तर्फबाट अन्नपूर्ण आमा समुहका गंगा लामिछानेले मन्तब्य राखेकि थिइन् ।
कार्यक्रममा तेक्वान्डो किकुवान कोरियाबाट प्राप्त प्रमाणपत्रले विद्यार्थीद्वय सुवोध बस्नेत र दर्शन श्रेष्ठलाई तथा डोजाङ्गका अनुशासित खेलाडीहरु जनम तामाङ्ग र सक्षम गुरुङ्गलाई पुरस्कृत गरिएको थियो । डोजाङ्ग प्रमुख प्रितम कुँवरको अध्यक्षतामा भएको कार्यक्रम तेक्वादो संघ कास्कीका सह–सचिव दिपेन्द्र पहारीले सञ्चालन गरेका थिए । | 2018/11/21 19:44:30 | http://pokharanews.com/2017/06/29252/ | mC4 |
त्यस्तै ४ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा बसेको बुटबल ब्लास्टर पनि यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको थियो। ४ अंकका साथ काठमाडौं तेस्रो स्थानमा थियो भने २ अंकका साथ विराटनगर चौथो स्थानमा थियो। विराटनगरलाई प्लेअफ प्रवेश गर्न बुटवलविरुद्धको जित मात्र पर्याप्त थिएन। बुटबलले प्रस्तुत गरेको लक्ष्य १२.२ मा पूरा गर्नुपर्ने थियो। दबाबमा रहेको विराटनगर अन्ततः १ सय ३४ रनको लक्ष्य ८ विकेटको क्षतिमा मात्र ११.४ ओभरमा पूरा गरी रनरेटमा भाग्यमानी बन्दै प्लेअफ प्रवेश गर्ने अन्तिम टोली बन्यो।
विराटनगरको जितमा नोमान खानले सर्वाधिक ३५ रनको योगदान गर्दा पुनित मेहराले ३२ रनको योगदान गरे। नोमानले २२ बलमा ५ चौका प्रहार गर्दा मेहेराले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। पहिलो विकेटका लागि १.४ ओभरमा ओपनर लोकेश बम र मोहम्मद जाइद आलमले २६ रनको साझेदारी गर्दै विराटनगरलाई राम्रो सुरुआतको संकेत गरेका थिए। १३ रन जोडेका लोकेशलाई चितवनका हर्स टंकले बोल्ड गरेका थिए।
विराटनगरले थप ५ रन जोड्दा कप्तान प्रदीप ऐरी (५) लाई समेत गुमयो। ऐरीलाई नीतिश थापाले रवीन्द्र शाहीबाट क्याच गराएका थिए। तेस्रो विकेटका लागि आलम र मेहराले २७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ उकास्ने प्रयास गरेका थिए। आलमले अविनाश बोहोराको बलमा सिद्धान्त लोहनीबाट क्याच हुनुअघि १० बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाए। चौथो विकेटका लागि मेहरा र नोमनले ३४ रनको साझेदारीका साथ विराटनगरको इनिङ थप उकासेका थिए। पुष्प थापाले नोमनसँग सातांै विकेटका लागि २८ रनको साझेदारीका साथ विराटनगरलाई सहज जित दिलाउँदै अघिल्लो चरणको सम्भावना प्रबल बनाएका थिए। १२औं ओभरको चौथो बलमा पुष्पले लेगबाईमा चौका प्रहार गरेपछि विराटनगरले पोखराको मैदानमा प्लेअफको खुसी मनाएको थियो।
बुटबलका नीतिश थापाले २ तथा अविनाश बोहोरा, हर्ष टंक र कमल खत्रीले समान १ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको बुटवलले हर्ष टंकले बनाएको अर्धशतकमा ८ विकेट गुमाउँदै विराटनगरलाई १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
बुटबलले ओपनर अफ्ताबुद्दिन अहमदलाई रन खाता नखोल्दै पहिलो विकेटको रूपमा गुमायो। बुटबलका शंकर राना र हर्षले दोस्रो विकेटका लागि ३२ रनको साझेदारीका साथ इनिङ उकास्ने प्रयास गरेका थिए। २ रन मात्र जोडेका शंकरलाई दोस्रो विकेटका रूपमा गुमाएको बुटबलले थप १५ रन जोड्दा भीम सार्कीलाई पनि गुमायो। भीमले ५ रनमा आउट भएपछि हर्षले शिवम् सिंहसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे। टंकले ६७ रन बनाए। उनले ४४ बलमा ६ चौका र ५ छक्का हिर्काउँदै फास्टेस्ट ५० को पुरस्कार थापे। शिवम्ले पनि ३७ रन बनाए। २६ बलमा ३ चौका र १ छक्का उनको इनिङ्समा रह्यो। रवीन्द्र शाही ०, समसाद शेख ७ रनमा आउट भए।
विराटनगरका मोहम्मद जैद आलमले ४ विकेट लिए। उनी म्यान अफ दी म्याचको हकदार बने। २७ लाख पुरस्कार राशिको उपाधिका लागि चितवन फाइनलमा पुगिसकेको छ। उपाधिका लागि बुटवलले विराटनगरसँगै बिहीबार प्लेअफ खेल्नेछ। बुटवलले आफ्ना नियमित कप्तान सोमपाल कामीलाई आराम दिएको थियो। १२औं ओभरको चौथो बलमा पुष्पले लेगबाईमा चौका प्रहार गरेपछि विराटनगरले पोखराको मैदानमा प्लेअफको खुसी मनाएको थियो। | 2020/09/20 16:36:15 | https://nepmag.net/%E0%A4%B0%E0%A4%A8%E0%A4%B0%E0%A5%87%E0%A4%9F%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%9F%E0%A4%A8%E0%A4%97%E0%A4%B0-%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%BE/ | mC4 |
नेपाल बैंकको एजीएमबाट १६ प्रतिशत लाभांश पारित, ३ जना सञ्चालक निर्वाचित| Corporate Nepal
नेपाल बैंकको एजीएमबाट १६ प्रतिशत लाभांश पारित, ३ जना सञ्चालक निर्वाचित
पुस २९, २०७७ बुधबार २२:२६
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६१औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल मार्फत आयोजना गरिएको वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।
यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।
सभाले हालको चुक्ता पूँजी रु.११,२८,२८,२०,२००/– को ४ (चार) प्रतिशतका दरले हुन आउने रु.४५,१३,१२,८०८/– (अक्षेरुपी पैंतालिस करोड तेह्र लाख बाह्र हजार आठ सय आठ) नगद लाभांश(लाभांश कर समेत) र चुक्ता पूँजीको १२ (बाह्र) प्रतिशतका दरले हुन आउने रु.१,३५,३९,३८,४२४/–(अक्षेरुपी एक अर्ब पैंतिस करोड उन्चालिस लाख अड्तिस हजार चार सय चौविस) रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१२,६३,६७,५८,६२४/– (अक्षेरुपी बाह्र अर्ब त्रिसठ्ठी करोड सतसठ्ठी लाख अन्ठावन्न हजार छ सय चौविस) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।
साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर जबरा, विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओमकृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए । | 2021/03/07 15:45:09 | https://corporatenepal.com/news/detail/204845/ | mC4 |
एक दिन लोग्नेमान्छे भएर बाँच्ने मन छ ........ - Himalayan Kangaroo
Posted by Himalayan Kangaroo | ७ श्रावण २०७६, मंगलवार १४:२२ |
रिता पन्त
त्यो दिन कामबाट फर्किसकेपछि खाना खाएर ओछ्यानमा पल्टिएँ । निन्द्रा भने फिटिक्कै लागेको थिएन । मन गह्रौं ढुंगाले थिचिरहेको जस्तो भएको थियो । निन्द्रा नलागेपछि आँखा सामाजिक संजालतिर डुलाउन थालें । सामाजिक संजालमा फलानाले श्रीमती कुट्यो, फलानाले श्रीमतीको हत्या गर्यो भन्ने पोस्ट देखेर मन झन् बेचैन बन्यो । निन्द्रा नलागेर छटपटी भएको समयमा झन् टाउको पनि भारि हुन थाल्यो ।
अचम्म छ है ! केटा मान्छेहरुलाई जेसुकै गर्न पनि छुट ! जे सुकै गर्ने केटा मान्छे झन् मर्द रे ! म पनि केटा मान्छे भएर जन्मिन पाएको भए ! छिमेकी बहिनी केटा मान्छेको व्यवहारलाई मन पराउँदिनथिन् । सधै दाईसंग सोध्ने गर्थीन्, " दाई ! तपाईं पनि त्यस्तै हुनुहुन्छ ? के सबै केटा मान्छे त्यस्तै हुन्छन् ? केटा मान्छेहरु किन त्यस्ता हुन्छन् " । आज मलाई पनि मेरो बुवा, मेरा दाइ भाइ, मेरा केटा साथीलाई सोध्ने मन छ । तर रातीको समय छ, एक्लै छु । आफ्नै कोठाभित्र यी प्रश्न दिमागमा खेलाएर बस्नु बाहेक विकल्प पनि छैन । हुन त मलाई विशेष लिङ्ग, वर्ग, जात आदिलाई लिएर कुरा गर्न मन लाग्दैन । तर पनि परिस्थितिहरुले बोल्न बाध्य बनाउँदा रहेछन् । त्यसैले प्रत्यक्ष रुपमा सोध्न नपाएका प्रश्नहरु लेख्न थालें ।
थाहा पाएकी छु, त्यो बहिनीले अझै प्रश्नहरुको उत्तर भेटेकी छैन । आजकल त ऊ भन्छे, " बाउ बाजेको पाला देखी चलिरहेको संस्कार र परम्परा रे , दिदी " । वास्तवमा उनलाई बाल्यकाल देखि नै ती प्रश्नले सताउने गर्थ्यो, बाउले आमालाई सधै कुटेको जो देख्थीन् । त्यसपछि आफूप्रति अरु केटाको नजरले पछि झन् उनले केटा मान्छेलाई नै घृणा गर्न थालेकी थिईन् ।
सामाजिक संरचनाले साँच्चै नै कति अन्याय गरेको छ । त्यसैले त केटीहरु आफ्नो जीवनलाई बोझ मान्छन् । श्रीमती मरेको तेह्र दिन समेत नहुँदै विवाह गर्ने लोग्ने मर्द हुन्छ । लोग्ने मरेपछि समाजले जीवनभर सेतो लुगा लगाउने आदेश दिन्छ । विवाह गरि या रंगीचंगी लुगा लगाई भने चरित्रहीन भनिदिन्छ । कहिलेसम्म चलिरहला यो परम्परा, यो संस्कार, यो मानसिकता ?
मैले सबै पुरुष खराब र सबै महिला असल भन्न खोजेको होइन । तर मलाई एक दिनको लागि मात्रै भए पनि पुरुष भएर जिउने रहर छ । मलाई उनीहरुको त्यो विभेदकारी र हिंसात्मक मानसिकता कसरि जन्मिन्छ, उनीहरुले साथीहरु बीच कस्ता कुरा गर्छन्, उनीहरुको मनमा कस्ता भावना जागृत हुन्छन्, मलाई अनुभव गर्न मन छ । श्रीमती या कुनै पनि केटीमाथि हिँसा गर्नुलाई कसरि उनीहरुले आफ्नो अधिकार सम्झिन्छन्, मलाई जान्न मन छ ।
Previousभूतसंग विवाह गरेकी महिलाले उसले आफूलाई सताएको भन्दै गरिन् सम्बन्ध-विच्छेदको घोषणा
Nextमेलम्ची आयोजनाको ठेक्का बिना प्रतिस्पर्धा पूर्व माओवादीलाई
अष्ट्रेलियामा दश वर्ष यताकै सबैभन्दा बढी गर्मी : बिजुली कट्यो, एक सय ट्राफिक लाइट बन्द
११ माघ २०७५, शुक्रबार ०७:३४
२०१८ सेप्टेम्वर २५ तारिखको राशिफल
९ आश्विन २०७५, मंगलवार ००:००
अष्ट्रेलियाको मेलबर्नमा भव्य शैक्षिक मेला: विद्यार्थीहरुको लागि विशेष छुट सहित सम्पूर्ण जानकारी एकै ठाउँमा | 2019/12/11 03:47:45 | http://tictacslackapp.com/76833.html | mC4 |
कास्की कांग्रेस उपसभापतिमा रंगिलाको उम्मेदवारी घोषणाGandaki Press
कास्की कांग्रेस उपसभापतिमा रंगिलाको उम्मेदवारी घोषणा
मंसिर ९, २०७८ ०७:३० मा प्रकाशित
पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्की जिल्ला उपसभापतिमा रंगीला पौडेल आचार्यले उम्मेदवारी घोषणा गरेकी छन् । हाल जिल्ला सहसचिव रहेकी उनले उपसभापतिमा उम्मेदवारी दिने सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् ।
उनले अग्रज नेताहरुको सल्लाह, सुझाव , समकालिन साथीहरुको भावनाको कदर र अनुजहरुको इच्छा बमोजिम नेपाली कांग्रेस कास्कीको उपसभापति पदमाआँफूलाई प्रस्तुत गरेको उल्लेख गरेकी छन् । कांग्रेसमा सवल र सक्षम नेतृत्वका लागी आफ्नो उमेद्वारी रहेको उनले बताइन् ।
हालै कास्की क्षेत्र नं २ को महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी पौडेलले विगतमा जस्तै माया र सद्भाव सहित सहयोगका लागी क्षेत्रिय प्रतिनिधीलाई मतदानगर्न लागी आग्रह गरेकी छन् ।
लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न संगठनमा क्रियाशील छन् । सामाजिक कार्यसमेत गर्दै आएकी उनले गत वर्ष कोरोना महामारीको समयमा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरिन । | 2021/12/04 08:23:23 | https://gandakipress.com/2021/11/25/4443/ | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - डा. देवकोटाले भने, 'सी वाज माई लास्ट केस'
बिहिबार, २७ चैत २०७६, ०२ : ५५
आइतबार, २३ बैशाख २०७५, ०७ : २० | दीपक दाहाल | @DeepakDahal1
काठमाडौं – आफैंले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालको दोस्रो तलाको 'होप' वार्डको एउटा कोठामा सोफाअगाडि खुट्टा फैलाएर बस्न सहज हुने गरी साना टेबुल राखिएका छन्। अगाडि उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन्। वरिष्ठ स्नायु विशेषज्ञ डा.उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा.मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी।
बेलायतमा आफ्नो उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने अठोटसहित फर्किएका डा.देवकोटालाई भेट्न अस्पतालमा दिनहुँ आफन्त र शुभेच्छुकको भीड लाग्ने गरेको छ। उनी अस्पतालको सोही वार्डमा बसेर आफन्त र चिकित्सा सेवामार्फत आफूले जीवन दिएकाहरुसँग पीडा भुल्दै आत्मविश्वास बटुलिरहेका छन्। शुभेच्छुकसँग नातासम्बन्धदेखि उनीहरुसँग जोडिएका घटना कोट्याउन भुल्दैनन् डा. देवकोटा। शुभेच्छुकहरुको सदासयताले उनलाई आफ्नो जीवनमा कुनै चमत्कार (मिराकल) हुने आशाको दियो निभ्न दिएको छैन। ६ महिनासम्म उपचार गरी अघिल्लो शनिबार बेलायतबाट स्वदेश फर्किएपछि डा. देवकोटा दैनिकी यसरी नै बित्दै आएको छ।
यस्तो दैनिकीमा शनिबार उनका अगाडि एउटा विशेष पात्रको प्रवेश भयो। ती पात्र हुन् गोरखा पालुङटारकी १३ वर्षीया बालिका राधिका बस्नेत। राधिका देखेपछि डा. देवकोटा केहीबेर टोलाए। उपचारका लागि बेलायत जानुअघि उनले गत मंसिर १ गते राधिकाको ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए। उनी त्यसपछि शल्यकक्षमा छिरेका छैनन्। 'अब म सायद बिरामीको सेवामा फर्किन पाउने छैन' डा. देवकोटाले यसअघि नै भनिसकेका छन्।
राधिका नजिकै आएपछि परिवारका सदस्यलाई सोफाबाट उठ्न लगाई डा. देवकोटाले उनलाई बोलाएर आफूसँगै बसाले। उनले सोधे, 'तिमीलाई कस्तो छ? पढ्न जान्छ्यौ ? पहिलाजस्तो अप्ठेरो त छैन नि?' बिस्तारै बालिकाको टाउकोमा हात पु-याएर र मुसारे– एउटा कलाकारले रचना गरेको सुन्दर सिर्जना सुस्तरी छोएजस्तै । 'सी वाज माई लास्ट केस' डा. देवकोटाले बालिकालाई चिनाउँदै आफन्तसँग भने।
उनले बालिकालाई मास्क खोल्न लगाएर सँगै तस्बिर खिचाए। 'लाइट बाल न, राम्रो आउँछ,' उनले भने। त्यसपछि पत्नी मधुले कोठाको पर्दा बन्द गरिन्। छोरी मेघाले लाइट बालेर तस्बिर खिचिन्। डा. देवकोटालाई देखाइन् । उनले बालिकालाई 'हेर त' भन्दै फोटो देखाए । बालिका मुस्कुराइन्। देवकोटाको अनुहारमा सन्तोष झल्कियो । डा. देवकोटाको परिवारले भेट्न जाने शुभेच्छुक र सञ्चारमाध्यमलाई फोटो नखिच्न आग्रह गरेको छ। उनले चाहेका क्षणहरु भने छोरीहरुले मोबाइलमा कैद गरिदिन्छन्।
एक दिन अचानक बान्ता भई टाउकोमा समस्या भएपछि अभिभावकले राधिकालाई काठमाडौं ल्याएका थिए। बागबजारस्थित एक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्रेन ट्युमर पुष्टि भएपछि उनका अभिभावक देवकोटाको घरमै पुगेका थिए। 'नआत्तिनुस्, यो नानीको अप्रेसन मै गर्छु,' आमा सीताले सम्झिइन्, 'बिरामी हुनुभएको रहेछ, तर वचन दिएको छु भनेर अप्रेसन गर्नुभयो।'
डा. देवकोटालाई भेट्न शनिबार पालुङटारकै राधिका देवकोटा पनि आएकी थिइन्। उनको पनि देवकोटाले १५ वर्षअघि शल्यक्रिया गरेका थिए। 'अब १० वर्ष केही हुँदैन,' त्यतिबेला डा. देवकोटाले भनेको राधिकाले सम्झिइन् '१५ वर्ष भयो स्वस्थ छु ।' देवकोटालाई देखेपछि उनी भक्कानिँदै कोठाबाट बाहिरिइन्। त्यसपछि डा. देवकोटाले आफन्तसँग भने, 'ठूली राधिका खै ? बोलाउनुस् त।' उनी पनि नजिकै आइन्। डा. देवकोटाले उनको हालखबर सोधे । केही समयअघि गाउँ जाँदा डा. देवकोटाले राधिकालाई के छ भनेर धाप मारेका थिए। 'उपेन्द्र डाक्टर साप्ले धाप मारेको मान्छे भनेर मलाई सबैले भने, उहाँ गाउँ, जिल्लामात्रै होइन, देशकै गहना हो,' राधिका देवकोटाले नागरिकसँग भनिन्। देवकोटा गाउँ जाँदा पनि आफूले उपचार गरेका व्यक्तिको स्वास्थ्य अवस्थाबारे सोधखोज गरिहरन्छन्। 'आफू असाध्य रोग लागेर बसिरहनुभएको छ, उहाँलाई भेट्न आउनेहरुको स्वास्थ्यको बढी चिन्ता छ,' ईश्वरले नागरिकसँग भने।
पित्तथैलीको क्यान्सर भएका देवकोटालाई दीर्घजीवनको शुभकामना दिन आउनेमा उनले नयाँ जीवन दिएका बिरामीदेखि उच्चपदस्थ, समाजका लब्धप्रतिष्ठित र साथी–सहकर्मीसमेत छन्। डा. देवकोटालाई भेट्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए। कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य पत्नी शारदासहित पुगेका थिए। आचार्यलाई केही वर्षअघि मस्तिष्कघात हुँदा देवकोटाले नै उपचार गरेका थिए। अस्पताल पुगेका शुभेच्छुकहरुले विशिष्ट क्षमताको डाक्टरमाथि आइपरेको विपत्तिप्रति दुःखेसो व्यक्त गरिरहेका छन्।
पूर्वस्वास्थ्य सचिव डा.सुधा शर्माले शुभेच्छा पुस्तिकामा चिकित्सा पेसामा उच्च सीप आर्जन गरका डा. देवकोटा आँट र साहसजस्ता विशिष्ट गुणका कारण सम्मानित व्यक्तित्व भएको लेखेकी छन्। उनले डा. देवकोटाका यी विशिष्ट गुणलाई निरन्तरता दिएर दीर्घजीवनका लागि भगवान्सँग प्रार्थना गरेकी छन्। 'असाध्य रोग लाग्दा पनि म मेरै देशमै शुभेच्छुक, आफन्त र परिवारसँगै बिताउँछु भनेर फर्किएर फेरि सकारात्मक सन्देश दिनुभएको छ,' डा.शर्माले लेखेकी छन्, 'यसले उहाँप्रतिको सम्मान अझै बढाएको छ।'
डा. देवकोटालाई गत कात्तिकमा स्वास्थ्य समस्या देखिएको थियो। सर्वप्रथम उनको ग्यास्ट्राइटिसको उपचार गरिएको थियो । ेही दिनपछि सिटी र एमआरआई गर्दा पित्तनली थिचिएर 'अबस्ट्रक्टिभ जन्डिस' भएको देखिएको डा. देवकोटा आफैंले बताएका छन्। उनी मंसिर ५ गते थप उपचारका लागि बेलायत गएका थिए । बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्तथैली) मा क्यान्सर प्रमाणित भएको थियो।
त्यहाँ माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो । तीन चरणसम्म केमोथेरापी गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन । पित्तथैलीको शल्यक्रियासमेत गर्न नमिल्ने अवस्था आएपछि उनले 'एक्सपेरिमेन्टल ट्रिटमेन्ट' गरेर विदेशमा बस्नुभन्दा स्वदेश फर्केर बाँकी जीवन बिताउने अठोट गरी फर्केको बताएका छन्। अस्पताल पुगेका सबै शुभेच्छुकसँग आफ्नो भेट गराउन उनले आफन्तलाई आग्रह गरेका छन् । 'सबैसँग भेट्नुहुन्छ र छोटो कुरा पनि गर्नुहुन्छ, कसैलाई हेरेर अभिभादन फर्काउनुहुन्छ,' भतिजा वसन्त देवकोटाले भने।
गोरखाको अमरज्योति जनता माविबाट विद्यालय शिक्षा पूरा गरेका देवकोटा एसएलसीमा बोर्डमा परेका थिए । उनी कलेजमा पनि अब्बल विद्यार्थीका रुपमा चिनिए। २५ वर्षसम्म वीर अस्पतालमा सेवा गरेका डा. देवकोटा सात महिना स्वास्थ्यमन्त्री भएका थिए। त्यसपछि उनी न्युरो अस्पताल स्थापना गरेर सेवा पु-याउँदै आएका छन्।
कविराज होमनाथ देवकोटाका छोरा उपेन्द्रले पाँच वर्षअघिको एउटा अन्तरवार्तामा बुबाले गाउँमा पु-याएको सेवा देखेरै डाक्टर हुने इच्छा जागेको बताएका थिए । देवकोटाले अमृत साइन्स क्याम्पसबाट आइएसी र शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् । एमबिबिएसपछि उनले उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसमा पढाएका थिए।
त्यसपछि मेडिकल अफिसरका रुपमा वीर अस्पतालको सर्जरी विभागमा प्रवेश गरेका उनी चर्चित सर्जन डा. दिनेशनाथ गंगोलसँगको निकटताले शल्यचिकित्सातर्फ आकर्षित भएका थिए। वीरमा काम गर्दागर्दै उनी न्युरो सर्जरी पढ्न बेलायत गएका थिए । चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी उनले तालिम अवधि नसकिँदै पूरा गरेका थिए।
बेलायतमा रहँदा उनले करिब ६ वर्षसम्म सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा काम गर्ने अवसर पाएका थिए। 'बेलायतको उत्कृष्ट संस्थाको एक्स्पोजरले नै आफ्नो सोचाइ, आँट र सीपलाई अझै परिष्कृत गरेको' डा. देवकोटाले एक प्रसंगमा बताएका छन्।
मन्त्रीबाट हटेको केही समयपछि देवकोटाले बाँसबारीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापना गरेका थिए। नेपालमा न्युरो सर्जरी क्षेत्रको विकासमा डा. देवकोटाको विशेष योगदान रहेको मानिन्छ। | 2020/04/08 21:10:52 | https://nagariknews.nagariknetwork.com/news/45880/ | mC4 |
ज्योति विकास बैँकले बनायो उठिबास, जालझेल गरि छिमेकीले खाए जग्गा - Sainokhabar
होमपेज / Uncategorized / ज्योति विकास बैँकले बनायो उठिबास, जालझेल गरि छिमेकीले खाए जग्गा
सोमबार, असोज १२, २०७७ , साइनो समाचारदाता
मोरङ । कानेपोखरी गाँउपालिका २ का गोवरधन झागर ज्योति विकास बैँक र छिमेकीका कारण घर जग्गा विहिन हुनु परेको छ । गोवरधन झागरको कानेपोखरी गाँउपालिका २ मा ११ कठ्ठा १३ धुर जग्गा थियो । ज्योती बिकास बैँक र छिमेकी घनश्याम मण्डल कविरत, कृष्ण न्यौपाने, अर्जुन कटुवाल र चिन्तामणी अधिकारीका कारण जग्गा विहिन हुनु परेको झागर परिवाले बताएको छ ।
गोवरधन झागरले २०७४ सालमा पथरीमा रहेको ज्योति बिकास बैँकबाट ९ लाख ओडि रिन लिएका थिए । बैँकको ऋण तिर्न नसकेका गोवर्दन झागरलाई बैँकले पटक पटक पत्र काटेको थियो । ऋण तिर्न नसकै पछि बैँकको २०७६ साउन १३ गते लिलामी सुचना निकालेको थियो । तर बैँक र गाउँका छिमेकी घनश्याम मण्डल कविरत, कृष्ण न्यौपाने, अर्जुन कटुवाल र चिन्तामणी अधिकारीको जाल झेलका कारण गोवर्दन झागरले अर्जुन कटुवाल र चिन्तामणी अधिकारीलाई २०७६ साउनमा जग्गा बेच्छन ।
ज्योति बिकास बैंकमा घनश्याम मण्डल कविरतले गोर्वदन झागरलाई ऋण खाने देखि जग्गा बेच्ने सम्मको सबै बन्दो बस्त गरेर झागरको ९ लाख रुपयाँ लगेको झागर बताउछन । ६ महिनामा सावा ब्याज फिर्ता गरि जग्गा उकास्ने सम्मको कागज गरेका छन अर्जुन कटुवाल र चिन्तामणी अधिकारीले ।
त्यती मात्र हैन घनश्याम मण्डल कविरत र कृष्ण न्यौपानेले २०७६ साउन ३१ गते ज्योति बिकास बैंकमा गोवर्दनको नाममा खाता ९/९ लाख लगेको बैंक स्टटमेनमा देखिन्छ । २९ गते खोलेको खातामा अर्जुन कटुवाल र चिन्तामणी अधिकारी जग्गा किन्ने भन्दै १०/१० लाख जम्मा गरेका छन । बैकको ऋण तिरेका झागरले बाकी रहेको सबै पैसा मण्डल र आचार्यले लगेको बताउछन । मण्डलले कागज पत्र मिलायन भन्दै गोवर्दनको नाममा समेत २ लाख झिक्न लगाएर लगेको बताएका छन ।
अहिले जग्गा फिर्ता गर्न मण्डल र आचार्य संग पैसा माग्दा आफुले नलगेको तर कारोवार मिलाउन सहयोग गरेको मण्डल बताउछन । तर बैंक स्टटमेनमा मण्डल र न्यौपानेले जग्गा बेचेकै समयमा पैसा लगेको देखिन्छ भने तिरेको कुनै प्रमाण देखिदैन । झागरले आफ्नो जग्गा फिर्ता गराईदिन पटक पटक वडा र गाउँपालिका धाउदा सम्म आफ्नो कुरा सुनुवाई नभएको बताउछन । जाल झेल गरि जग्गा किनेका अधिकारी भने आफ्नो सावा ब्याज फिर्ता गरे जग्गा फिर्ता गरिदिने बताउछन ।
कटुवाल, अधिकारी, मण्डल र न्यौपानेले छोरा जिवन कुमार मुडियारीलाई विदेश जान पासपोर्ट बनाउन काठमाडौ पठाएर जग्गा पनि २० लाखखको कागज गराएको गोवर्दनले बताए । बैकको लिलामी समय सकिदा आफु बुझ्न जादा सो समयका बैंकका मेनेजर दुर्गा मणी चौलागाईल २ जनाले बोलपत्र हालेको बताएको छोरा जिवन बताउछन । लिलामीमा गएको जग्गालाई मण्डल र ज्योति बिकास बैंकका मेनेजर दुर्गा मणी चौलागाईको मिलेमतोमा बाहिर बाहिरै बेचविखन गरेर झागर परिवारलाई उठिबास लगाएको देखिन्छ ।
यता ज्योति विकास बैक पथरी शाखाका मेनेजर सुनिल दाहालका अनुसार लिलामी प्रकृयामा गएको तर २ ओटा मात्र आबेदन भएकाले लिलामी रोकिएको हो पछि उहाहरु बाहिरै मिलेर आउनु भयो बैकको ऋण तिरे पछि बैकले जग्गा फिर्ता गरेको भन्दै बैकको कुनै गल्ती नभएको बताए । | 2020/10/24 14:33:26 | https://www.sainokhabar.com/2020/09/28/18519/ | mC4 |
खोकनामा द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग – Online Khabar
खोकनामा द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग
२०७५ मंसिर १० गते १७:५३ मा प्रकाशित
१० मंसिर, काठमाडौं । संसदको राज्यव्यवस्था समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । तर, यसमा समितिले कुनै औपचारिक निर्णय भने लिएको छैन ।
ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय र जनप्रतिनिधिको माग सुनेपछि भएको छलफलमा समिति सदस्यहरुले तत्काल काम रोक्नुपर्ने र प्रधानमन्त्रीलाई समेत बोलाएर जानकारी लिनुपर्ने माग गरे । नेपाली सेनाले जनतालाई बन्दुक देखाएर निमार्ण कार्य जारी राखेको उनीहरुको भनाइ थियो । समिति सभापति शशी श्रेष्ठले भने रक्षा मन्त्रालयसँग आवश्यक परामर्श गरी निश्कर्षमा पुग्ने बताएकी छन् ।
छलफलमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीयको कुरा सुनेर निर्माण कार्य रोक्नुपर्ने बताए ।
'आर्मीले काम सुरु गरेको छ, तर स्थानीयले तत्काल काम रोक्न माग गरेका छन्,' उनले भने, 'तत्काललाई काम रोक्ने निर्देश गरौं, तर सरकारका कुरा पनि सुनौं ।' उक्त द्रुतमार्गको आवश्यकतामाथि नै स्थानीयबाट प्रश्न उठेकाले त्यसबारे प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, नेपाली सेनालाई समितिमै बोलाएर छलफल गर्नुपर्ने उनले बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णगोपाल श्रेष्ठले पनि बिनाडीपीआर सेना लगाएर काम गर्न थालिएको भन्दै समितिले तत्काल बिबादित क्षेत्रमा जारी निमार्ण कार्य रोक्न निर्देश गर्नुपर्ने बताए ।
'पहिले काम गर्ने अनि योजना बनाउने ? बिना डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) दुई सय अर्बको योजना अगाडि बढ्न सक्छ ?' सांसद श्रेष्ठले प्रश्न गर्दै भने, 'सरकारलाई एउटा पत्र लेखौं र अर्को निर्णय नभएसम्मका लागि काम रोक्न भनौं ।'
खोकना र बुङमतीमा १० मिटरको अन्तरालमा सेनालाई हतियारसहित उभ्याएर निर्माण कार्य भइरहेको भिडियो र फोटो सहित आइएलओले राष्ट्रसंघमा मुद्धा हाल्न लागेको उनले दावी गरे । समिति सदस्य एवम् ललितपुर क्षेत्र नम्बर ३ कि सांसद पम्फा भुसालले खोकना र बुङ्मतीका स्थानीयको माग सम्बोधन गर्नका लागि कर्मचारीतन्त्र बाधक भएको बताइन् ।
'आर्मीले काम सुरु गरेको छ, तर स्थानीयले तत्काल काम रोक्न माग गरेका छन्, तत्काललाई काम रोक्ने निर्देश गरौं, तर सरकारका कुरा पनि सुनौं' कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडु
'ब्युरोकेसी जनविरोधी छ, पश्चगामी छ । द्रुतमार्गको जिरो प्वाइन्ट बुङ्मतीमा राख्न र मुआब्जालगायतका स्थानीयका अन्य मागमा राजनीतिक नेतृत्व सहमत भए पनि गृहमन्त्रालयको फुच्चे अधिकृतले रोकिदिन्छ । गृहसचिवले अहिले पनि त्यस्तै के भनेका छन् रे, मैले हेरेको त छैन' भुसालले भनिन् ।
स्थानीयको जग्गा अधिग्रहणको नाममा केही ब्यक्तिले सस्तो दरमा जग्गा खरिद गरिरहेको भुसालले बताइन् । 'यो आयोजना सुरु गर्ने भनिएपछि एक जनाले एक सय २५ रोपनीसम्म जग्गा खरिद गरेका छन्,' उनले भनिन् ।
फर्सिडोलदेखि खोकनासम्मको चार किलोमिटरमा अहिले विवाद रहेको भन्दै त्यो तत्काल रोकिनुपर्ने उनले बताइन् । उनले पनि विवादित क्षेत्रमा आर्मीले जारी राखेको सडक निमार्णको कार्य तत्काल रोक्नुपर्नेमा जोड दिएकी थिइन । सांसद बृजेश कुमार गुप्ताले जनताको चाहना विपरीत जान नहुने भन्दै समितिले तत्काल आवश्यक निर्देशन दिनुपर्ने बताए । निर्देशन पश्चात प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र सेनासँग छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद प्रेम सुवालले नेवारहरुको संस्कृति नै मासिने गरी आयोजना अगाडि बढाउन खोजीएको आरोप लगाए । नेपाल–भारत खुला सिमाना भएका कारण द्रुतमार्गलाई रणनीतिक रुपमा पनि लिइएको हुन सक्ने भन्दै सरकार त्यसतर्फ सचेत रहनुपर्ने उनले बताए ।
'द्रुतमार्ग नै आवश्यक छ कि छैन भनेर स्थानीयबाट समेत आएकाले त्यसमा पनि छलफल हुनुपर्छ,' उनले भने ।
नेकपाका सांसद नवराज सिलवालले जनतालाई सुकुम्बासी बनाउने गरी द्रुतमार्ग बन्न नसक्ने बताए । तर, स्थानीयको मागका सम्बन्धमा एकपक्षीय कुरा सुनेकै आधारमा निर्णय गर्नुभन्दा सरकारसँग पनि छलफल गरेर समितिले निर्णय गर्नु उपयुक्त हुने उनले सुझाए । कांग्रेस सांसद मिना पाण्डेले पनि प्रधानमन्त्री, रक्षामन्त्री लगायतसँग स्थानीय जनताको मागका सम्बन्धमा छलफल गरी समितिले निर्णय लिनु परिपक्व हुने सुझाइन ।
सांसद अमरेशकुमार सिंहले भने द्रुतमार्ग निर्माणको विषय संसदकै विकास समितिलाई जिम्मा दिएर निर्मला हत्या प्रकरण, कर्मचारी समायोजन र नेपाली सेनामा भएका भ्रष्टाचार लगायतका विषयलाई राज्य व्यवस्था समितिले अगाडि ल्याउनुपर्ने बताए ।
समितिले सोमबार खोकना र बुङमतीका स्थानीय सरोकारवालाहरु र जनप्रतिनिधहरुलाई बोलाएर उनीहरुका गुनासो सुनेको छ । यसअघि, समितिले द्रुतमार्गको निमार्णस्थलमै गएर पनि स्थलगत अवलोकन गरेको थियो ।
उक्त अवलोकनका क्रममा आयोजना प्रमुख, स्थानीय जनप्रतिनिधि र सरोकारवालासहितको संयुक्त भेलाले द्रुत मार्गको जिरो प्वाइन्ट फर्सिडोलमा राख्न सकिने सहितका १० बुँदे सहमतिसमेत गरेको थियो । तर, उक्त सहमति कार्यान्वयन नभएको भन्दै सांसदहरुले आवाज उठाएपछि सोमबार समिति बैठकमै बोलाएर स्थानीयको गुनासो सुनिएको हो । | 2019/11/14 10:48:58 | https://www.onlinekhabar.com/2018/11/722589 | mC4 |
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार संक्रमित युवासँगै आउने ६ जना घोराही र ४ जना लमहीका रहेका छन् । घोराही–४ का २२ वर्षीय दुई जना, १७ वर्षका एक जना, २६ वर्षका एक जना, २९ वर्षका एक जना र साविक सोनपुर–२ का १९ वर्षका एक जना युवा भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन् ।
यसैगरी भारतको चेन्नईबाट आएका लमही–५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि संक्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ । त्यस्तै राजपुर गाँउपालिका–८ का १९ र २६ वर्षका दुई जना युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले संक्रमित युवासँगै आउने १० जनाको पहिचान भइसकेको र अहिले स्थानीय तहसँग सहकार्य गरेर उनीहरुको खोजी गर्न प्रहरी परीचालन भइसकेको जानकारी दिए । | 2022-12-02T10:56:34Z | https://mardinews.com/2020/04/4820/ | OSCAR-2301 |
४० वर्षदेखि रोकिएको वाग्मती तीर्थयात्रा सोमबारबाट सुरु हुँदै • Image Khabar Image Khabar
४० वर्षदेखि रोकिएको वाग्मती तीर्थयात्रा सोमबारबाट सुरु हुँदै
९ बैशाख २०७५, आईतवार १८:०४
काठमाडौं, वैशाख ९ । ४० बर्षदेखि रोकिएको वाग्मती तीर्थयात्रा फेरि थालिने भएको छ ।
धार्मिक एवं प्राकृतिक सम्पदाको संरक्षणका लागि समाजलाई जागरुक बनाउन सोमबारदेखि फेरि तीर्थयात्रा शुरु गर्न लागिएको हो ।
पशुपति क्षेत्र विकास कोषको अगुवाइमा हुन लागेको यात्रा पशुपतिनाथबाट सुरु भई दक्षिणकाली, गोपालेश्वर, कोटेश्वर महादेव, गुह्येश्वरी, उत्तरवाहिनी, गोकर्ण, चाँगुनारायण, शंखतीर्थ हुँदै पशुपति मन्दिरमा आएर समापन गरिने कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
यात्राका क्रममा परम्परागत जात्रा, मठ–मन्दिर, विश्रामस्थलहरुको भौतिक अवस्थाको विवरण संकलन गरिने कोषले जनाएको छ । तीर्थयात्रामा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरिएको छ । तीर्थयात्रा बैशाख १७ गतेसम्म चल्नेछ । | 2020/10/21 21:20:15 | https://www.imagekhabar.com/news/77282/ | mC4 |
हाम्रो कार्यक्रमहरु — Ujyaalo Lalteen
गृहपृष्ठ → हाम्रो कार्यक्रमहरु
November 6, 2017 | Posted by |
संस्था दर्ता हुनु अघि र दर्ता भएपछि गरिएका केहि मुख्य कार्यक्रमहरु यहाँ बुद्धागत रुपमा यहाँँ राखिएको छ ।
साहित्यिक कार्यक्रमहरु :-
– उज्यालोमा सलामी नामक कार्यक्रम ।
(आझेलमा परेका गजल लेखक विपीन सलामीको जनसहभागिता सहितको एकल गजल वाचन कार्यक्रम) देवदह स्वास्थ्य चौकी खैरेनी ।
– उज्यालोमा पूर्वी नामक कार्यक्रम ।
(बाग्लुङको विकट ठाँउमा रहेर नेपाली साहित्यमा कलम चलाईरहुनभएका अब्बल लेखक को पुस्तक चर्चा परिचर्चा कार्यक्रम) रुस्सेल्स क्याफे बुटवल ।
– उज्यालोमा पात्रहरु नामक कार्यक्रम ।
(रुपन्देहीका मुक्तककार लेखक तथा साहित्यकार रुद्र ज्ञवालीको मुक्तक संग्रह पात्रहरुको चर्चा परिचर्चा कार्यक्रम) श्री कस्तुरी होटल बुटवल ।
– सहकारी विशेष रचना वाचन कार्यक्रम ।
(कोलिय बचत तथा ऋण सहकारी संस्थाको विशेष कार्यक्रममा देवदह भित्रका १० जना साहित्यकारहरुद्धारा सहकारी विशेष रचना वाचन कार्यक्रम) होटल हेरिटेज, खैरेनी
– उज्यालोमा प्रतिभाहरु नामक कार्यक्रम ।
(रुपन्देही, नवलपरासी र कपीलवस्तुका गजलकार एवंम कविको रचना वाचन तथा प्रशिक्षण कार्यक्रम) अपांङ्ख समाज सेवाको हल, देवदह सित्तलनगर
– साहित्य साईकल यात्रालाई स्वागत तथा सम्मान कार्यक्रम ।
(पूर्वका साहित्यकारको पूर्व पश्चिम साहित्य साईकल यात्राको क्रममा देवदहमा स्वागत तथा सम्मान कार्यक्रम ) देवदह स्वास्य चौकी खैरेनी ।
– उज्यालोमा मनसुन कार्यक्रम ।
(युवा पुस्तामा लोकप्रिय उपन्यासकार सुविन भट्टराईको पछिल्लो उपन्यास मनसुनको चर्चा परिचर्चा, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम) मदन आश्रीत सभा हल सित्तलनगर ।
– राष्ट्रियता सम्बन्धी रचना वाचन कार्यक्रम ।
(प्रदेश विभाजन विरुद्ध सडकमा राष्ट्रिय एकता सम्बन्धी रचना वाचन कार्यक्रम) देवदह खैरेनी चोक ।
– उज्यालोमा ईन्द्रेणी २ कार्यक्रम ।
(देशका विभिन्न भागमा रहेका २० गजलकाहरुको संयुक्त गजल संग्रहको विमोचन कार्यक्रम) श्री कस्तुरी होटोल वुटवल।
– उज्यालोमा बुलबुल कार्यक्रम ।
(उज्यालो नाईन्टी नेटवर्क काठमाण्डौंका कार्यक्रम प्रस्तोता अच्यूत घिमिरे बुलबुलको विशेष रचना वाचन तथा साहित्यिक पत्रिका वुलवुलको प्रचारप्रसार एवंम सदस्यता वितरण कार्यक्रम । रुस्सेल्स क्याफे वुटवल ।
– उज्यालोमा जुनको चुम्बन कार्यक्रम ।
(नेपाली साहित्यका गजल विद् डा. घनश्याम न्यौपाने परीश्रमीको गजल संग्रह जुनको चुम्बनको चर्चा परीचर्चा साथै राष्ट्रिय गजल गायक तेजु अर्याल र सुशिल श्रोष्ठद्धारा विशेष गजल गायन प्रस्तुती ) अपाङ्ख समाज सेवा हल सित्तलनगर ।
– उज्यालोमा झझल्काहरु नामक कार्यक्रम ।
उज्यालो नाईन्टी नेटवर्क काठमाण्डौंका कार्यक्रम बुलबुल र श्रुती संबेग का प्रस्तोता अच्युत घिमिरे र देशका अन्य बिभिन्न भुभागबाट पाल्नुभएका साहित्यकारहरुको उपस्थितिमा सञ्चालित डिल्ली प्रसाद आचार्यको जीवनी "झझल्काहरु" को चर्चा परिचर्चा तथा रचना बाचन कार्यक्रम ।
– उज्यालोमा गजल साँझ कार्यक्रम ।
देवदहमा साहित्यिक प्रबर्धन र बिकासका लागि जनप्रिय गजलकार प्रदिप रोदन र प्रशिद्द गजल गायक सुबास अगम को प्रस्तुती रहेको एक बिशुद्द साहित्यिक कार्यक्रम ।
जनचेतनामूलक सामाजिक कार्यक्रमहरु :-
– अन्तर्रािष्ट्रय युवा दिवसका अवसरमा एक युवा एक संकल्प कार्यक्रम ।
(अन्तराष्ट्रिय युवा दिवको अवसरमा देवदहका समग्र युवाहरुलाई समेटी निम्न ३ वटा संकल्पहरु वि.वि.सी. नेपालका प्रमुख रविन्द्र मिश्रको आतिथ्यतामा गराईयो ।
संकल्पहरु ः
१) पाकरी वृक्ष संरक्षण तथा संवद्धनमा देवदह नगरपालिका संग समन्वय गरि जोड दिने ।
२) अन्तराष्ट्रिय विमान स्थलको रुपमा निर्माणाधीन भैरहवा गौतम बुद्ध विमानस्थलमा बौद्ध संग सम्बन्धीत वास्तुकलाले निर्माण गर्नुपर्ने सुझाव सहितको डेलीकेसन जाने ।
३) देवदह भरीमा अनाथ तथा सडक बालबालिका भएमा नारायणगढको मानव सेवा आश्रममा लएर ब्यवस्थापन गरि उनिहरुको उच्च शिक्षा को लागि पहल गर्ने ।
देवदह खैरेनी चोक ।
– उज्यालोमा रक्तदान कार्यक्रम ।
संविधान दिवसको अवसरमा नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पतालमा नवलपरासी रेडक्रस संग समन्वय गरि बृहत रक्तदान कार्यक्रम । सहित स्मृति अस्पताल, चौपत्ता नवलपरासी ।
– उज्यालोमा जनचेतना कार्यक्रम ।
ईलाका प्रहरी कार्यालय संग समन्वय गरि देवदहका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु तथा अन्य युवाहरुलाई लागुऔषध नियन्त्रण, साईबर क्राईम र ब्यक्तित्व विकास संबन्धी १ दिने तालिम । देवदह सित्तलनगर रुपन्देही ।
– उज्यालोमा अनतरक्रिया कार्यक्रम ।
देवदहको सम्रग विकास र निकासका लागि विभिन्न राजनैतिक तथा समाजसेवीहरु विच अनतरक्रियात्मक कार्यक्रम । साथै उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा एम्बुलेन्स खरिदको लागि देउसी भैलो कार्यक्रम आयोजनको लागि अन्तरक्रियात्मक कार्यक्रम ।
– उज्यालोमा देउसी भैलो ।
नेपाली संस्कृतिको जगेर्ना गर्न तथा सामाजिक सद्भाव कायम राख्न देउसी भैलो कार्यक्रम आयोजना गरिएको साथै उक्त कार्यक्रमबाट उठेको रकमले हाल एम्बुलेन्स खरिद गरिएको ।
– संविधान संसोधन विषयमा अनतरक्रिया कार्यक्रम ।
देवदहका राजनैतिक दलका प्रतिनिधिहरु संग संविधान संसोधन तथा आगामी देवदहको विकासको लागि अनतरक्रियात्मक कार्यक्रम । होटल हेरीटेज, खैरेनी ।
– उज्यालोमा देवदह ।
तेस्रो राष्ट्रिय औधोगिक ब्यापार मेलाको अवसरमा सेल्फी ईन देवदह २०७३ कार्यक्रम । देवदहका ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको देश विदेशमा प्रचार प्रसार गरि आन्तरिक तथा वाह्य पर्यटक भित्राई देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापीत गर्ने उद्देश्यले सेल्फी प्रतियोगिताको आयोजना । देवदह रुपन्देही ।
– उज्यालोमा प्रणय दिवस ।
२०७३ सालको प्रणय दिवसको अवसरमा बिबाहित जोडीद्धारा बृक्षारोपण तथा रोपियका विरुवाको १ वर्ष सम्म संरक्षण गर्ने प्रतिवद्धता कार्यक्रम । देवदह भलुही ।
– उज्यालोमा आँखा शिविर तथा नेत्र दान कार्यक्रम ।
देवदहमा सुविधा पु¥याउने उद्देश्यले निशुल्क आँखा शिविर तथा मोतिवा विन्दु भएकाहरुको लागि लुम्बिनी रण अम्बीका नेत्र अस्पतालको सहयोगमा निःशुल्क अप्रेशन सहितको आँखा शिविर कार्यक्रम । साथै सोहि कार्यक्रममा नेत्र विहिनहरुको लागि नेत्र दान कार्यक्रम । देवदह खैरेनी ।
– उज्यालोमा अभिभावकत्व कार्यक्रम ।
माया देवी अनाथ आश्रमका अनाथ बालबालीकालाई सहयोग र मनोवल वढाउने उद्देश्यले अभिभावकत्व प्रदान कार्यक्रम ।
– उज्यालोमा फागु पर्व ।
होलीमो अवसर पारी सामाजिक सद्भाव बढाउने उद्देश्यका साथ साथै विकृती विसंगतीलाई तोड्दै युवाहरुद्धारा प्रतिक्षलय रंगरोगन कार्यक्रम । देवदह ३ सेमरहाना ।
– नवनिर्र्वािचत जनप्रतिनिधिहरुलाइ साझा सुझाव कार्यक्रम ।
देवदह नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई देवदह नगरपालिकामा आगामी कार्यक्रमको लागि र देवदहको विकासको लागि सुझाव तथा शुभकामना कार्यक्रम । देवदह भवानीपुर ।
– उज्यालोमा सडक नाटक कार्यक्रम ।
देशभरीमा ब्याप्त लागुपदार्थ दुब्र्यसनमा परि घरबार विगारेको तथा आफ्नो जिवन नै धरापमा पारेका युवाहरुलाई फरक फरक ठाँउ गरि देवदहका ७ ठाँउमा जनचेतनामूलक सडक नाटक प्रर्दशन कार्यक्रम । आगामी दिनहरुमा पनि उक्त कार्यक्रमलाई अगाडी बढाउने अभियान ।
– बालबालिकाहरुको लागि आत्मरक्षा तालिम ।
देवदह नगरपालिकाको वडा नं. ४ स्थीत श्री महामाया भवानी माध्यमिक विद्यालयमा देवदहमा रहेका ४७ वटा विद्यालयहरु बाट ३ जनाका दरले विद्यार्थी(२ जना छात्रा र १ जना छात्र) र १ जना शिक्षक अनिवार्य सहितको उपस्थितिमा बालबालिकाहरुको लागि तालिम सञ्चालन गरी तालिममा बालबालिकाहरुमाथी अरुले कस्तो नजर राखिरहेका छन्, कस्तो गरेमा हामीलाई नराम्रो नजरले हेरेको छ भन्ने थाहाँ पाउने र हामी माथी आक्रमण गरेमा कसरी हामी बच्ने (हामीलाई कसैले आक्रमण गरे प्रतिकार स्वरुप हामी कसरी, के गर्न सकिन्छ ) त्यस विषयमा प्रहरी, बालअधिकारकर्मी, मानअधिकारवादी तथा विज्ञ प्रशिक्षकद्धार तालिम सञ्चालन ।
– निर्मलाका निम्ती न्याय ।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरीएकी चेलीको न्यायको निमित्त सडमका दवावमुलक कार्यक्रम देवदह खैरेनी चोक ।
– स्वास्थ्य शिविर ।
देवदह २ ढेकावर र देवदह ४ भवानीपुरमा सम्पूर्णको लागि १ दिने निशुल्क दन्त तथा आँखा शिविर सञ्चालन ।
– तीन दिने ब्यवसायिक कुखुरापालन तालिम ।
युवाहरुलाई देशमै लगानी गरी कृषि उपजमा सहभागी गराई रोजगारिको श्रीजना गर्ने, युवाहरुलाई देशमै ब्यवसायिक बनाउने र काम गर्न खोजिरहेका तथा ब्यवस्थित गराउन नसकेका हरुको लागि उपयोगी बनाउने उद्देश्यले सन्चालित कार्यक्रम ।
– उज्यालोमा लागु पदार्थ दुर्व्यसन बिरुद्द सचेतना कार्यक्रम ।
ईलाका प्रहरी कार्यालय, प्रदेश नं ५ का प्र स नि गंगा बहादुर सारु, देवदह प्रहरी चौकिका प्रमुख दिपक महत र उज्यालो लाल्टिन का सदस्य बिमल पराजुली द्वारा प्रशिक्षित देवदह नगरपालिका भित्रका १० स्कुलबाट करिब १५० जना विद्यार्थी र अन्य स्थानियको सहभागितामा सम्पन्न कार्यक्रम ।
– उज्यालोमा देउसी भैलो कार्यक्रम – २०७६ ।
"उज्यालोको अभियान, संस्कृतिको सम्मान" भन्ने मुल नारा लिएर नेपाली लोक तथा मौलिक संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले शुभ दिपावली २०७६ को उपलक्ष्यमा आयोजित कार्यक्रम ।
– psycological First aid Online Session नामक कार्यक्रम ।
कोरोनाको माहामारी र सामाजिक मनोबैज्ञानीक चिन्तनलाई मध्यनजर गर्दै समाजका सचेत युवाहरु मार्फत सिङ्गो समाजलाई मनोबैज्ञानीक रोग एवं यसको रोकथाम तथा सचेतनाका लागि मन्त्रा प्राइभेट लिमिटेड को सहयोगमा आयोजित कार्यक्रम ।
– उज्यालोमा राहत बितरण कार्यक्रम ।
FLYING AID NEPAL को आर्थिक सहयोगमा देवदह नगरपालिकाको वडा नं २, ३, ४, १० र सुनवल नगरपालिका वडा नं १, ३ र ४ का कोभिड–१९ बाट प्रभाबित अती बिपन्न ४६ परिवारलाई मिती २०७८ असार १८ र १९ गते बिपन्न परिवारको घरमा पुगी प्रती परिवार तपशिल अनुसारको राहत बितरण ।
चामल : २५ किलोग्राम (परिवार संख्या ३ भन्दा बढी थप २५ किलोग्राम)
दाल : ५ किलोग्राम
चिउरा : २ किलोग्राम
तेल : ४ लिटर
नुन : ३ किलोग्राम
सोयाबिन : ४ प्याकेट
साबुन : ४ वटा
चिनी : २ किलोग्राम
पिठो : १० किलोग्राम
माक्स : २ पोका
– उज्यालोमा शेयर बजार तालिम
लगानिमा निहित रहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै शेयर बजारका बारेमा बिशिष्ट ज्ञान राख्नुहुने ब्यक्तित्वहरुबाट शेयर बजार सम्बन्धी ज्ञान र अनुभव प्रदान गर्ने हेतुले FLYING AID NEPAL तालिम Zoom Application बाट Online Live सञ्चालित कार्यक्रम ।
यसका साथै सूचना ,शिक्षा तथा जन–जीवनमा प्रत्यक्ष सरोकार राख्ने समाजसंग हरेक विषयवस्तुलाई जस्ताको तस्तै प्रस्तुत गर्दै आइरहेका छौ । | 2022/07/04 13:02:29 | http://ujyaalolalteen.com/%E0%A4%B9%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A5%81 | mC4 |
चुनावअघि नै लड्न थाले रवि लामिछानेका दाइ भाइ ! | ७प्रदेश.com
Homeराष्ट्रीयचुनावअघि नै लड्न थाले रवि लामिछानेका दाइ भाइ !
चुनावअघि नै लड्न थाले रवि लामिछानेका दाइ भाइ !
काठमाडौं – पत्रकारिता छोडेर राजनीतिमा होमिएका लामिछाने दाजुभाई निर्वाचन घोषणा नहुँदैन लड्न थालेका छन् । सिधा कुरा जनतासँगबाट निकै चर्चामा आएका रवि लामिछाने र रेडियो नेपालमा लामो समय पत्रकारिता गरेका हरिशरण लामिछाने एउटै निर्वाचन क्षेत्रबाट लड्ने सम्भावना देखिएको छ ।
रवि लामिछाने काठमाडौँ क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गर्दैगर्दा हरिशरणले उछिन्दै उम्मेदवारी घोषणा गरेका छन् । भाइ रविलाई उछिनेर हरिशरणले रविले घोषणा गर्नभन्दा एकदिन अगाडि स्वतन्त्रको अलाइन्स घोषणा गरेर काठमाडौँ ३ बाट निर्वाचन लड्ने बताएका हुन् ।
हरिशरणले सोमबार 'स्वतन्त्रहरूको तर्फबाट' प्रेस नोट जारी गर्दै आफू काठमाडौं–३ बाट, रन्जु दर्शना काठमाडौं–५, पुकार बम काठमाडौं–१ र सुमन सायमी काठमाडौं–८ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्।
प्रेस नोटमा रवि लामिछानेका बारे कुनै चर्चा गरिएको छैन। रविले राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताएका थिए। उनले भनेका थिए– एक्लै स्वतन्त्र जाने सोच छैन। बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।
तीन दशक रेडियो नेपालमा काम गरेर राजीनामा दिएका हरिशरणले अब आफू सक्रिय राजनीतिमा होमिएको बताए। स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरू एकै क्षेत्रमा नदोहोरिउन भनेर स्वतन्त्रहरूको सञ्जाल बनाएर छलफल गर्न थालिएको लामिछानेले बताए।
'काठमाडौं–३ मा मैले उम्मेदवारी दिन्छु। आफू बसेकै ठाउँबाट उम्मेदवारी दिऔं भन्ने हो,' लामिछानेले सेतोपाटीसँग भने, 'को कहाँबाट उठ्ने भनेर हामीले पटकपटक सामूहिक छलफल पनि गरेका छौं।' उनको मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर ३ मा छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहनेहरूले यही असार १७ र १८ मा राष्ट्रिय भेला गर्ने उनले बताए। उनले आफू बहुदलीय राजनीतिक पार्टीहरू विरूद्ध भने नउभिएको बताए।
'कुनै पेशामा लागेको व्यक्तिले अहिले फ्याट्ट एउटा पार्टीमा प्रवेश गरेर केही प्रगति हुन्न कि भनेर स्वतन्त्र रूपमा लागेका छौं,' उनले भने, 'राजनीतिमा अनेक सम्भावना हुन्छ।
भोलि कसैले हामीलाई निर्वाचन क्षेत्र छाड्न पनि सक्छन्, हामी पार्टी खोल्न पनि सक्छौं। चुनाव आउन पनि समय छ।' हरिशरण सुरूमा काभ्रेबाट चुनाव उठ्न चाहेका थिए। तर उनले काभ्रेभन्दा काठमाडौं–३ मै उठ्ने निर्णय गरेको बताए। भाइ रवि पनि यही क्षेत्रमा चुनाव लड्ने चर्चाबारे भने आफूलाई जानकारी नभएको हरिशरणले बताए। भाइसँग आफूले यसबारे कुराकानी गरेको हरिशरणले बताए।
हरिशरणले भाइ रविले फिल्मी शैलीमा राजनीति गर्न खोजेको थिए। 'राजनीति भनेको अर्कै क्षेत्र हो। सबै कुरा सोचविचार गर्नुपर्छ। उसले त अपर्झट टिभी छोडेको छ। फिल्मी शैलीले त राजनीति होलाजस्तो मलाई लाग्दैन,' उनले भने। उनका अनुसार रविले पार्टी खोल्न सक्छन्।
'मैले काठमाडौं–३ भाइलाई छोड्नुपर्ने हो भने त्यहीअनुसार भन्नुप¥यो,' उनले भने, 'मैले स्वतन्त्र सञ्जालमा कोर्डिनेसन गरिरहेको छु। यो भोलि पार्टी बन्न पनि सक्छ। पार्टी बन्यो भने युवाहरूलाई प्रत्यक्ष उम्मेदवार बनाएर म समानुपातिकमा पनि बस्न सक्छु।'
स्थानीय चुनावबाट काठमाडौं, धरान र धनगढीमा स्वतन्त्रले जितेकोले एउटा मुभमेन्ट आएको बेला देशभर कम्तीमा ८÷१० ठाउँमा युवाहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुपर्छ भनेर आफूहरूले तयारी गरिरहेको हरिशरण बताउँछन्।
'स्वतन्त्र उम्मेदवारीले धेरै कुरामा असर पार्छ। जनताका आवाज बोल्न पनि यसले सहयोग पु¥याउँछ भन्ने हो,' उनले भने। असार १७ र १८ मा भेला गरेर जिल्ला–जिल्लाका मानिसलाई पनि स्वतन्त्र सञ्जालमा जोड्ने उनले बताएका छन्।
'हामीले कस्ता मुद्दा उठान गर्ने भनेर राष्ट्रिय भेला गर्न लागेको हो,' उनले भने। राष्ट्रिय भेला प्रत्यक्ष प्रसारण गरिने पनि उनले बताएका छन्। उनले स्वतन्त्र उम्मेदवारीको चर्चा चलेसँगै विभिन्न पार्टीबाट अफरसमेत आउन थालेको दाबी गरेका छन्।
उनले पनि असार १७ र १८ गते देशभरका स्वतन्त्रहरूको काठमाडौंमा दुइ दिने कार्यक्रम भएको बताए। 'त्यसबाट सबैको एक मत र एक विचार कसरी राख्ने भनेर छलफल र निर्णय हुन्छ,' उनले भने,'नेताहरूको चरित्र सुधार्न गाह्रो भएकाले देशभरका स्वतन्त्र युवा एकिकृत भएर उठ्न लागेका हौं।
तर स्वतन्त्र मात्र भएर देश चलाउन सकिन्न। विचार पनि एक हुनुपर्छ।'रवि लामिछानेसँग आफ्नो कुरा नभएको सायमीले बताए। 'उहाँ कहाँबाट चुनाव लड्ने हो भन्ने पनि थाहा छैन। उहाँसँग खासै कुरा भएको छैन,' सायमीले भने। | 2022/07/04 03:50:14 | https://7pradesh.com/archives/361 | mC4 |
आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी खुल्ला नगर्न एफएनसिसीआईको आग्रह Bizshala -
आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी खुल्ला नगर्न एफएनसिसीआईको आग्रह
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।
महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवम् संस्थाहरु, ई–कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नुपर्ने सुझाव दिएको छ ।
भेटवार्ताका क्रममा महासंघको प्रतिनिधिमण्डलले उल्लेखित क्षेत्रहरूमा अरबौको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यकता नरहेको सभापति श्रीवास्तव समक्ष जानकारी गरायो । स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायीहरू सक्षम र विशेष शीप पनि भएकाले महासंघले पेश गरेका सुझावलाई नयाँ ऐनमा समावेश गर्न महासंघको प्रतिनिधिमण्डलले सो अवसरमा आग्रह गर्यो ।
महासंघबाट गएको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, महासंघको वस्तुगत परिषदका सह–सभापति सुमित केडिया, नेपाल वोटल वाटर एसोसिएसनका अध्यक्ष सुवाष भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी थिए । | 2021/08/02 05:11:15 | https://www.bizshala.com/story/%E0%A4%86%E0%A4%A4%E0%A5%8D%E0%A4%AE%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%B0-1 | mC4 |
काठमाडौँका दुई पोल्टीफर्ममा बर्डफ्लु भेटियो « Khabar24Nepal
चैत ४, काठमाडौँ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा.जयप्रकाश राय यादवले जानकारी दिए ।
उनका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।
प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पंक्षी नष्ट गरी खाडलमा पुरिएको छ । खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र 'भिर्कोन स्प्रे' छर्ने काम भइरहेको बताइएको छ | 2022/01/19 00:49:27 | https://khabar24nepal.com/03/18/2019/4348 | mC4 |
पैसा नहुनेका लागि त काठमाडौं 'नाइटमेयर' हो : श्रृंखला खतिवडा - खबर प्रवाह::Khabarprawaha.com पैसा नहुनेका लागि त काठमाडौं 'नाइटमेयर' हो : श्रृंखला खतिवडा - खबर प्रवाह
पैसा नहुनेका लागि त काठमाडौं 'नाइटमेयर' हो : श्रृंखला खतिवडा
बुधबार, असार ३, २०७७
मिस नेपाल २०१८ श्रृंखला खतिवडा काठमाडौं उपत्यकाको विकास ट्रेण्डसँग खुसी छैनन्। अग्ला भवन र फराकिलो सडकलाई विकासको मानक बनाइएको उनलाई चित्त बुझेको छैन।
रिङरोड चौडा बनाउने नाममा रूख काटिँदा सडक नै नांगो भएको महशुस उनलाई भएको छ। चक्रपथमा दुईतर्फ छहारी दिएर बसेका अग्ला रूखहरू काटिएपछि चक्रपथमा गुडिरहँदा उनलाई नरमाइलो लाग्छ।काठमाडौंका भित्री भागमा कतै पनि खाली ठाउँ देख्यो कि संरचना बनाएर भाडामा लगाउने प्रवृत्ति देखेर उनी दिक्क छिन्।
'हामीले विकास भनेको अग्ला भवन र चौडा सडकलाई ठान्यौं', श्रृंखलाले भनिन्, 'जति पनि काठमाडौंका भित्री भागका जमिन थिए, त्यहाँ सबैको आँखा जाँदो रहेछ। लिजमा लिएर ठूलो भवन बनाउने र आम्दानी गर्ने सोच धेरै देखियो।'गत वर्ष झण्डै डेढ महिना युरोप घुमेपछि भने श्रृंखलालाई उपत्यका विकासको दृष्टिकोण बदल्नै पर्ने देखिन्।युरोपमा जता हेरे पनि पार्क, कुना कुनासम्म हरियाली र व्यवस्थित संरचना देखें', श्रृंखलाले भनिन्, 'त्यसले जीवनको गुणस्तर बढेको थियो।'
एकैदिन अहिलेसम्मकै सबै भन्दा बढी संक्रमित थपिए, थप ५८६ जनामा संक्रमण, संक्रमितको संख्या ७ हजार नाघ्यो
काठमाडौं ।पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फिर्ता गर्न माग गरेका छन् । नेता विष्टले देश र जनताले अत्यन्तै पिडा भोगिरहेका बेला दशैं भत्ता लिने कुरा सामाजिक न्यायको हिसाबले समेत यो अवस्थामा ठिक नभएको भन्दै आफूले फिर्ता गरेको घोषणा गर्दै यो निर्णय […]
काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलोचना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो । सोमबार ट्विटरमा भट्टराईले पर्वमुखी भत्ता प्रणालीलाई खारेज गर्नुपर्ने पनि बताएका छन् । भट्टराईले लेखेका छन्, 'मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न नसक्ने बतानुभएको छ […] | 2020/10/31 19:15:30 | https://khabarprawaha.com/2020/06/32946/ | mC4 |
प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १३:०३
काठमाडौं, ०१ कार्तिक २०७८
रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष स्थापना गरेका छन्। उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को 'स्नेहा छात्रवृत्ति अक्षयकोष' स्थापना गरेका हुन् ।
उनले सो रकम बराबरको चेक शनिबार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । शनिबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो ।
साथै उनले यहाँको दरैठाँटी माविमा पनि मातापिताका नाममा रु ५१ हजार ६०६ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिए । "आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हुँ, अहिले स्थापना गरेको कोषमा रकम थप गर्दै जानेछु, शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ," कँडेलले भने । | 2021/12/04 07:01:07 | https://newslinesnepal.com/2021/10/18/49553/ | mC4 |
अमेरिकामा नेपाली परेड | SaraKhabar.com
न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था "हेल्पिङ हेण्ड्स" को सहयोग र "रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल" को आयोजनामा कोलोराडोको बोल्डर सहरमा हिजो आईतबार "नेपाल डे परेड २०७६" सम्पन्न भएको छ ।
प्रसिद्ध लोक गायक एवं अमेरिकाको लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको प्रमुख आतिथ्यमा सम्पन्न सो परेडमा स्थानीय नेपाली समुदायका आ-आफ्नो संस्थाको ब्यानरमा संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
परेड कार्यक्रमका विशेष अतिथि बोल्डर नगरकी मेयर सुजन जोन्सले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीहरूको नयाँ वर्षको यस्तो भव्य र सुन्दर कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै गौरवको अनुभूति भएको भन्दै उहाँले नेपाली समुदायलाई नेपाली नयाँ वर्षको शुभकामना दिनुभयो ।
आयोजक संस्थाका अध्यक्ष विनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचान दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।
कोलोराडो स्थित बोल्डर सिटी एन्ड काउन्टिको कार्यालयबाट स्विकृत प्राप्त भएपछि सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आइतबार नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने "नेपाल डे परेड" विश्वमा नेपाल परिचय गराउने र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उदेश्यको साथ आयोजना गर्ने गरिन्छ ।
समाचार स्राेत: tutulkokhabar
गैरसरकारी संस्था खोलेर रकम जम्मा गरेको आरोपमा पक्राउ, हाफिज सइद
लाहोर । मुम्बई आक्रमणका अभियुक्त हाफिज सइद पाकिस्तानको लाहोरमा पक्राउ परेका छन्।सन् २००८ मा भारतको ...
इन्डोनेसियामा शक्तिशाली ७.३ म्याग्निच्युड भूकम्प
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। अन्तराष्ट्रिय समाचार संस्था अलजेरियाका अनुसार हालसम्म एक जनाकाे मृत्यु भएकाे ...
युएइकी रानी हया बिन्त अल हुसैन बेपत्ता
एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी हया बिन्त अल हुसैन दुई बच्चासहित ३१ ...
छोराको नाम गूगल
इन्डोनेशियामा एक दम्पती, २७ वर्षिया एला र एन्डी सपुत्रा, ३१, ले आफ्नो छोराको नाम गूगल ...
संसार हल्लाउने तस्विरकाे कथा
रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डीदेखि नजिकै छ, मेक्सिकोको माटामोरोस ...
अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन ४ बुँदे घाेषणा पत्र सहित सम्पन्न
बैंकक । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन जुन २२ गते शनिवार अर्थात असार ७ गते ... | 2019/07/20 03:04:41 | https://sarakhabar.com/news/1881 | mC4 |
पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल - Dainik Nepal
दैनिक नेपाल २०७५ कार्तिक २९ गते २०:३५
पर्सा, २९ कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, "मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यकता हो ।" उहाँले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको आरोप लगाउनुभयो । उहाँले सरकार गठन भएको छ महीना बितेपनि सरकारले जनतालाई राहत दिनुको सट्टा काण्डै–काण्डमात्र दिएकाले जनता निराशा भएको टिप्पणी गर्नुभयो ।
नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजयकुमार चौरसिया लगायतले तीनै तहका सरकारको कर नीतिले जनतालाई दुःखी बनाएको धारणा व्यक्त गर्नुभयो । –रासस | 2018/12/11 17:59:17 | https://www.dainiknepal.com/2018/11/361065.html | mC4 |
'गोपी'को अाफ्नै प्रचारशैलीः मन्त्री भेट्दै निम्ता दिँदै
काठमाडौं– गाईपालक उद्यमी युवाको कथामा बनेको फिल्म 'गोपी' अहिले चर्चामा छ । केही साताअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलर र फिल्मको शीर्ष गीत लोकप्रिय बन्दै गएको छ ।
रिलिज मिति नजिकिएसँगै निर्माण टोली फरक शैलीमा प्रचार–प्रसारमा उत्रिएको छ । फिल्म युनिट अहिले सिंहदरबारका विभिन्न मन्त्रालयमा पुगेर प्रचार–प्रसारमा जुटेको हो ।
मंगलबार 'गोपी' युनिटले श्रम, रोजगार तथा सामाजिकमन्त्री गोकर्ण विष्टसँग पनि भेटघाट गर्यो । मन्त्री विष्टले सिनेमा हेर्न हलसम्मै आउने वाचा गरेको फिल्मका निर्देशक दीपेन्द्र लामाले सुनाए । मन्त्री विष्टको भनाइ उद्धृत गर्दै निर्देशक लामाले भने, 'श्रम मन्त्रालयले उठाउनुपर्ने विषय सिनेमाले उठाएको भन्दै मन्त्रीजी खुसी हुनुभयो ।'
श्रममन्त्रीलाई भेटेको भोलिपल्ट 'गोपी' युनिटले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल 'बलदेव'लाई भेटेर पmिल्म हेर्न निम्ता दियो । विष्टलेझैँ मन्त्री खनालले पनि 'गोपी' युनिटसँग मन्त्री खनालले पनि सिनेमा हेर्न आउने वाचा गरेको निर्देशक लामाले सुनाए । त्यति मात्र होइन, कृषिमन्त्री खनालले त सिनेमासँग सहकार्य नै गर्ने तत्परता देखाएको निर्देशक लामाको दाबी छ ।
निर्देशक लामाका अनुसार फिल्म युनिट सिंहदरबारको प्रचारप्रसारपछि सिंहदरबार बाहिर पनि प्रचार–प्रसार गर्ने तयारीमा छ । फिल्मका कलाकार विपिन कार्की, सुरक्षा पन्त, निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेनाको टोली प्रचर–प्रसारमा सक्रिय भएर लागेको छ । 'गोपी' माघ १८ देखि देशभर प्रदर्शन हुँदै छ । | 2019/06/16 13:15:44 | https://farakdhar.com/story/8710/ | mC4 |
प्रतिफलमुखी र प्रविधियुक्त बन्दै कोष | SouryaOnline
प्रतिफलमुखी र प्रविधियुक्त बन्दै कोष
सौर्य अनलाइन २०६९ चैत ४ गते १:३० मा प्रकाशित
काठमाडौ,४ चैत । वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका व्यक्तिका रूपमा पर्छन ऋषिराम गौतम । वित्तीय क्षेत्रमा लामो अनुभव र अनवरत समर्पणले उनलाई वित्तीय क्षेत्रका ऊर्जाशील र सकारात्मक सोचधारी व्यक्तित्वका रूपमा उभ्याएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतबाट एमबिए कोर्स उत्तीर्ण गरेका गौतमले लामो समय राष्ट्र बैंकमा रहेर आफ्नो व्यावसायिकतालाई अझ उच्च पारे । गौतमले वित्तीय क्षेत्रका समस्या, चुनौती अनि अप्ठ्यारालाई नजिकबाट नियालेका छन् । यो लामो अनुभवले दिलाएको क्षमतालाई चार वर्ष अघि देखि कार्यकारी निर्देशक भएर नागरिक लगानीकोषमा लगाइरहेका छन् । चार वर्षअघि खुला प्रतिस्पर्धामार्फत आएका गौतमले कोषलाई अहिलेको अवस्थामा ल्याएका हुन् ।
०६९ पुस मसान्तसम्म कोषको कुल लगानी ३४ अर्ब ५२ करोड रुपियाँ पुगेको छ । यो उनकै कार्यकालको देन हो । कोषको लगानीको दायरा फराकिलो हुँदै छ । निक्षेप राख्ने र त्यसको ब्याज मात्रै लिएर बस्ने वर्षौदेखिको न्यून लाभकारी प्रवृत्तिलाई गौतमले परिवर्तन गरेका छन् । मुलुकको आर्थिक विकासलाई योगदान पुग्ने गरी दीर्घकालीन पुँजी निर्माणका आयोजनामा लगानी प्रवाह गराउन उनले ठूलो प्रयास गरेका छन् । कोषको लगानी रकमलाई हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा कुल रकमको ४७ दशमलव ६० प्रतिशत रहेको छ । त्यसैगरी सरकारको ऋणपत्र र समयकालीन कर्जामा क्रमश: ९ दशमलव ४८ र २० दशमलव २० प्रतिशत लगानी रहेको छ । अन्य संगठित संस्थाको सेयर/डिवेञ्चरमा कुल लगानीको ९ प्रतिशत र कोषले सञ्चालन गरेका कार्यक्रमका सहभागीलाई कुल लगानीको १३ दशमलव ८२ प्रतिशत लगानी गरेको अवस्था बिद्यमान छ ।
यो सँगै कोषले पूर्वाधार विकास, कृषि, ऊर्जा, वन्यजन्तु, खनिज, सेवा, निर्माण आदिसँग सम्बन्धित संगठित संस्थालाई लगानी गर्ने नीति अख्तियारी गरेको छ । कोषले लगानी विविधिकरणलाई प्राथामिकता दिँदै जलविद्युत् कम्पनी र पूर्वाधार विकास, निर्यात प्रवर्धन र पर्यटन, व्यापार तथा व्यावसायिक र अन्य उत्पादनशील क्षेत्र, सरकारको प्राथमिकतामा परेका समयानुकूल र उपयुक्त सुरक्षणयुक्त क्षेत्रमा लागनी गरिरहेको छ । यसको अलावा कोषले संगठित संस्था, उद्योग वा सरकारको स्वामित्वमा रहेका संस्थाको संस्थापक सेयर, साधारण सेयर र अग्राधिकार सेयर, संगठित संस्थाले जारी गरेको डिवेन्चरमा लगानी गर्ने सोचलाई अघि सारेको छ । यी सबै बैक तथा वित्तीय संस्थाभित्र मुद्दती निक्षेपमा केन्द्रित लगानीलाई सरकारी प्राथामिकताका पूर्वाधार विकास आयोजनातर्फ केन्द्रित गर्नमा गौतमको महत्त्वपूर्ण भूमिका छ ।
दोलखाको लामाबगर गाविसमा ०६३ सालमा स्थापना भएको ४ सय ५६ मेगाबाट क्षमताको अपर तामाकोसी जलविद्युत् आयोजनालाई आव ०७१/७२ सम्ममा सम्पन्न गर्न लाग्ने कुल लागत ३५ अर्ब २९ करोड मध्ये कोषले ऋण प्रदान गर्ने प्रतिबद्धता जनाएको २ अर्ब रुपियाँ तथा सेयरमा चुक्ता पुँजीको २ प्रतिशतको २१ करोड १८ लाखको सीमामध्ये ५५ करोड रुपियाँ प्रदान गरिसकेको छ । माथिल्लो तामाकोसीजस्ता आयोजनामा गरिएको सेयर तथा ऋण लगानीले कोषको विकासमा महत्त्वपूर्ण भूमिका राख्ने देखिन्छ । सर्वसाधारणलाई बचतका लागि प्रोत्साहन गरी लगानीका अवसर बढाउनु र पुँजी बजारको विकासमा गतिशीलता ल्याई मुलुकको आर्थिक विकासलाई सघाउनु कोष स्थापनाको उद्देश्य हो । कोषको यो उद्देश्य र आफ्नो जिम्मेवारीलाई सार्थक बनाउने बाटोमा गौतम निरन्तर लागिरहेको उनले गरेको कार्यले पुष्टि गर्छ । कोषले साना तथा मझौला स्तरका सहभागीको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्दै आएको छ । सार्वजनिक संस्थान र अन्य संघसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व सुरुमै कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारीसाथै अन्य क्षेत्रमा सामाजिक सुरक्षा प्रदान गर्न पेन्सन तथा उत्पादन योजना लागू गर्ने कार्यमा कोष दत्तचित्त छ ।
प्रतिफलमुखी र प्रविधियुक्त कार्यक्रममार्फत कोषलाई प्रभावकारी बनाउने यात्रामा गौतमको जिम्मेवारी सक्षम मानिन्छ । जोखिम र प्रतिफलका आधारमा उच्च प्रतिफल दिने गरी लगानी केन्द्रित गर्ने, संगठनात्मक स्वरूपलाई आवश्यकताअनुसार संशोधन गरी समयानुकूल बनाउने, सूचनाप्रणालीको सशक्तता बढाउने र भौतिक पुर्वाधार निर्माण–विकासतर्फ उनले महत्त्वपूर्ण काम गरेका छन् । कार्यलय र मुलुकको आर्थिक अवस्थाको सुक्ष्म र बृहत् रूपले अध्यन गर्ने गौतम अधुरै रहेका थुप्रै आर्थिक लक्ष्य र समस्याको निराकरणनमा अहोरात्र खटिरहेका हुन्छन् । उनको हेराईमा आार्थिक विकासका कार्यक्रमले गति लिन नसक्नु, आर्थिक असमानता र बेरोजगारी, राजनीतिक अस्थिरता, आर्थिक विभेद, अहिलेको राष्ट्रिय समस्याका रूपमा रहेका छन् । त्यसैले लगानी कोषमार्फत आफूले सकेजति मुलुकको आर्थिक विकासलाई सघाउने योजनामा गौतम सोचिरहन्छन् । हाल कोषले कर्मचारी बचतवृद्धि अवकाश कोष, लगानीकर्ता हिसाब योजना, उपदान कोष, नागरिक एकांक योजना, निजामती कर्मचारी बिमा, सामुदायिक बिद्यालय शिक्षकहरूको जीवन बिमा कोषजस्ता सामाजिक सुरक्षणकारी आयोजना, ट्रस्टी र पुँजी बजार सेवा सञ्चालन गरिरहेको छ । बचत कार्यक्रमबाट संकलित रकमलाई उत्पादनमूलक लगानीका रूपमा सफलतापूर्वक व्यवस्थापन गर्ने गौतमको चाहना सफल हुँदै गइरहेको कोषको गतिविधिले जनाउँछ ।
पछिल्लो समय गौतम देशमा राम्रो प्रतिफल तथा योगदान गर्न सक्ने, आमुल परिवर्तन गराउने परियोजनमा लगानी प्रवाह गराउने गृहकार्य गरिरहेका छन् । निजीक्षेत्रका बाणिज्य बैंकहरूसाँगको सहवित्तीयकरणमा लगानी गर्न सके ठूला आयोजनामार्फत पुँजी विकासलाई गति दिलाउन सकिने उनको बुझाइ छ । विगतमा सहवित्तीयकरण सरकारी बैंकहरूबाट बढी भएको छ । त्यस्तो लगानीमा राजनीतिक हस्तक्षेप देखिन्छ । तर, अब त्यस्तो अवस्था नरहेको उनी बताउँछन । 'अब निजीक्षेत्रका वाणिज्य बैंकहरूले पनि आयोजनाबारे स्वतन्त्र रूपमा विस्तृत अध्ययन गर्नसक्ने क्षमता राख्छन् । लगानी गर्न उपयुक्त छ/छैन, प्रतिफलमुखी हुन्छ/हुँदैन त्यो हेरेर लगानीको निर्णय लिन सक्छन् । त्यसैले उनीहरूसँगको सहवित्तीयकरण थप प्रभावकारी हुन सक्छ ' उनी भन्छन् ।
उनले आफ्नो कार्यकालमा मुलुकको आवश्यकताअनुसार कार्यक्रम पहिचान गरी लगानी सञ्चालन गर्नतिर कोषलाई अग्रसर गराइरहेका छन् । यसका लागि सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नसमेटिएका संघ, संस्था र व्यक्तिलाई पनि समेट्ने गरी अघि बढ्ने तर्फ कोष लागिरहेको छ । | 2022/05/27 22:19:41 | https://www.souryaonline.com/2013/03/62549.html | mC4 |
एएफयूमा कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारको विशेष अनुसन्धान • Nepal's Trusted Digital Newspaperएएफयूमा कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारको विशेष अनुसन्धान • Nepal's Trusted Digital Newspaper
कृषि तथा वन विज्ञान विश्वविद्यालय ९एएफयू० रामपुरमा कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारले विशेष अनुसन्धान थालेको छ । उक्त घोटालाको विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले तीन वर्ष पहिले नै विश्वविद्यालयमा प्रारम्भिक छापा मारेको थियो ।
उनीहरूले पटकपटक अख्तियार कार्यालयमा गएर बयानसमेत दिइसकेका छन् । अचल शाक्य अहिले कृषि संकायको प्रशासन प्रमुख छन् भने ढुंगाना विश्वविद्यालयको कामु प्रशासक भएका छन् । उनीहरूको मिलेमतोमा सप्लायर्स बंगलामुखी(बीरा जेभीले २० चैत २०७४ मा फर्निचर सप्लाइ गरेको थियो । तोकिएको परिमाण र गुणस्तरसमेत कम राखेर महंगो मूल्यमा फर्निचर खरिद गरेको देखिएको छ । सो सप्लायर्स कम्पनीले २४ असार २०७५ मा बिल पेस गरेर दुई करोड २१ लाख नौ हजार ६३० रुपैयाँ भुक्तानी लिएको थियो । | 2022/05/21 21:49:14 | https://samacharpati.com/2022/02/106486/ | mC4 |
चूनावी बाचापूरा गर्दै सांसद पहारी : वडामै पहिलोपटक सडक कालोपत्रे हुँदै – हिमाली आवाज
चूनावी बाचापूरा गर्दै सांसद पहारी : वडामै पहिलोपटक सडक कालोपत्रे हुँदै
हिमाली आवाज २०७७ आश्विन १८ गते ,आईतवार १८:४२ मा प्रकाशित
हिमाली आवाज । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले आफ्ना चुनावी प्रतिवद्धता पूरा गर्दै गएका छन् ।
निर्वाचनका बेला पोखरा महानगरपालिकाकाको एक मात्र पिच बाटो नपुगेको भर्जिन वडा पोखरा–२३ मा पिच बाटो बनाउने प्रतिवद्धता जनाएका पहारीले सडक कालोपत्रे कार्यको शिलान्यास गर्दै आफ्नो बाचा पूरा गरेका छन् ।गण्डकी प्रदेश सरकारको बजेट परेपछि पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो ।
लौरुक वामदी चापाकोट ग्रामिण सडक निर्माणका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँ छुट्याएपनि ३४ लाख ४७ हजार ६ सय २२ रुपैयाँमा टिबी कन्स्ट्रक्सन एण्ड भिलेजले बाटो निर्माणको ठेक्का पाएको छ । ५ मिटर चौंडाईको सो पिचमा २ सेन्टिमिटर प्रिमिस पिच गरिने ठेकेदार बिनोद भण्डारीले जानकारी दिए । उनका अनुसार बाटोको दक्षिणतर्फको साइडमा नाली बनाइनेछ भने नालीसँग जोडिएको माथिल्लो भागमा रिटेनिङ वाल निर्माण गरिनेछ । ४ महिना भित्रमा बाटो निर्माण गरिसक्ने गरि ठेक्का लिएपनि २ महिना भित्रै सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको ठेकेदार भण्डारीले बताए ।
बाटो शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा–२३ मा पिच बाटो निर्माणको शुरुवात मात्र भएको बताए । यो फिल्मको कास्टिङ मात्रै हो,'उनले भने,'भर्जिन वडामा पिच बाटो बन्न शुरु भो, अब यो निरन्तर चल्छ ।' उनले अहिले निर्माण शुरु गरिएको पिच बाटोले पोखरा–२२ पुम्दीभुम्दीस्थित पलाईँचेसम्म पु¥याउने र त्यसका लागि बजेट उपलब्ध गराइ छाड्ने बाचा गरे ।
सांसद पहारीले फेवातालमा लेदोसहितको ढुंगा माटो बगेर आउन नदिनपनि फेवातालको सिरान क्षेत्रका रुपमा रहेका पोखरा–२३ र २४ वडाका कच्ची बाटोलाई पिच बनाउनुपर्ने आवश्यक्ता रहेकोमा जोड दिए । उनले फेवातालको तटीय तथा सिरान क्षेत्रको विकास नभई फेवाताल संरक्षण नहुने भन्दै त्यसले लेकसाईडलाई घाटा भन्दा बढी फाईदा हुने बताए । | 2021/09/26 13:38:21 | https://www.himaliawaj.com/2020/10/2839 | mC4 |
२२ किलोवाटको विद्युत उत्पादन – Janamanch.com
२२ किलोवाटको विद्युत उत्पादन
बागलुङ, २३ भाद्र – ताराखोला गाउँपालिका– ५ तारामा निजी लगानीमा २२ किलोवाट क्षमताको विद्युत उत्पादन गरिएको छ ।
साबिक तारा गाबिसको छेल्दोर खोलामा ९५ लाख रुपयाँको लगानीमा सो विद्युत उत्पादन गरिएको हो । विद्युत उत्पादनका लागि ३४ जना स्थानीयले न्युनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म शेयर लगानी गरेको आयोजनाका अध्यक्ष रणबहादुर पुनले जानकारी दिए ।
गत २०७३ चैत्रदेखि निर्माण कार्य सुरु गरिएको उक्त कार्य ६ महिनाको अवधिमै सम्पन्न गरिएको कोषाध्यक्ष हर्कमान घर्तीले बताए । घर्तीका अनुसार, आयोजना सम्पन्न गर्ने अवधि सम्ममा ६५ लाख शेयर संकलन भएको र २० लाख बराबरको शेयर सदस्यबाट श्रमदान गरिएको र १० लाख जति ऋण रहेको छ ।
आयोजना संचालनमा ल्याउनका लागि ओसिन पावर सर्भिस प्रा. लि. बुटवलले प्राबिधिक सहयोगको काम गरेको थियो । प्रतिकुल मौसमका बाबजुद पनि स्थानीय समुदायको जागरुकताका कारण छोटो समयमै विद्युत उत्पादन गर्न सकिएको आयोजनाका सव–ओभर सियर हेमराज रेग्मीले बताए । उत्पादित विद्युत अहिलेलाई शेयर सदस्य तथा त्यस आसपासका घर धुरीमा बितरण गरिने र मागका आधारमा उद्योग कलकारखाना, संघ संस्थाहरुलाई बितरण गरिने उपाध्यक्ष रबिन घर्तीको भनाई छ । निर्माण कार्य सम्पन्नपछि बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
सो अबसरमा ओसिन पावर सर्भिस प्रा. लि.का मेनेजर ज्योति प्रकाश आचार्य, ताराखोला गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर रोका, वडा सदस्य दलराम पुन, महिला सदस्य सपनादेवी बुढाथोकी, आयोजनाका उपाध्यक्ष रबिन घर्ती, गल्कोट पत्रकार समाजका सचिब पूर्णभद्र निउरे, लाबाङ प्राबिका प्रअ पोकबहादुर घर्ती, नारायण घर्ती, खिमबहादुर पुन, दिपक रोका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम छेल्दोर खोला जलविद्युत आयोजनाका अध्यक्ष रणबहादुर पुनको अध्यक्षता, सदस्य लक्षुमण रोकाको स्वागत र दिलबहादुर घर्तीको संचालन मा सम्पन्न भएको थियो । | 2018/03/25 01:21:54 | http://www.janamanch.com/?p=17464 | mC4 |
भन्टा खानुका ६ फाइदा र ६ हानी – Khabarhouse
Khabar house | २६ जेष्ठ २०७८, बुधबार ०७:०३ | Comments
काठमाडौं : भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि। यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन, पोलिफिनालिक तत्व, भिटामिन ई, आइरन, जिंक, फाइबर, एन्थोसाइएनिन, भिटामिन बी–१२, भिटामिन बीसिक्स, भिटामिन बीटु, फ्याटी एसिड पाइन्छ। यी पोषक तत्व छाला वा कपालका लागि मात्रै फाइदाजनक नभई शरीरका विभिन्न समस्यालाई टाढा राख्दछ । आज हामी भन्टा खानुका फाइदा बारे जानकारी दिँदैछौं, साथै यसका हानीबारे पनि अवगत गराउनेछौं ।
सुरुमा यसका फाइदाबारे जानकारी लिऔं ।
१. शरीरमा ऊर्जाको सञ्चारः भन्टामा पाइने औषधीय गुणले तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ । यसमा चिल्लो कम हुने भएकोले यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ। यसको सेवनले शरीरमा थकान, सुस्तता आदि समस्या टाढा रहन्छ ।
२. प्रतिरोधी क्षमताका लागि भन्टाः हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता बढाउनका लागि केही अत्यावश्यक भिटामिनको आवश्यकता पर्छ । यी भिटामिन भन्टाको सेवनले हाम्रो शरीरले प्राप्त गर्छ। भन्टाभित्र भरपुर मात्रामा भिटामिन, ए, सी, डी, बीटु, बीसिक्स, बी टुवेल्भका साथै सेलेनियम, आइरन, जिंक आदि तत्व पाइन्छ जसले हाम्रो प्रतिरोधी क्षमतालाई राम्रो बनाउनुका साथै संक्रमणबाट शरीरलाई टाढा राख्न मद्दत गर्छ ।
३. तौल कम हुन्छः केही मानिसहरु मोटो पनाको समस्या हटाउनका लागि थाहा छैन कति महँगा उत्पादन खरिद गर्छन् वा आफ्नो खान्कीमा परिवर्तन गर्दा पनि फाइदा नपाउँदा उदास पनि हुने गर्छन् । यदि तपाईं पनि यी मानिसमध्ये एक हुनुहुन्छ भने भन्टा सेवन गरेर सजिलै तौल घटाउन सकिन्छ । भन्टाभित्र पानीको मात्रा हुन्छ, साथै यसभित्र फाइबर पनि पाइन्छ । यस्तै यस भित्र अत्यधिक कम क्यालोरी हुन्छ । यस्तोमा यसको सेवनले पेट भरिएको महसुस हुन्छ र व्यक्तिले कम खाना खान्छन् ।
४. स्मरण शक्ति कम भएकाहरुका लागि भन्टाः भन्टाको सेवनले मानसिक समस्या टाढा राख्न सकिन्छ । यसको सेवनले मुड राम्रो हुन्छ । साथै मानिसहरु भित्र खुसीको भावना जागृत हुन्छ। यदि तपाईंको स्मरण शक्ति कम छ वा दिमागको कार्य क्षमताको कमीले चिन्तित हुनुहुन्छ भने तपाईं भन्टाको सेवन गर्न सक्नुहुन्छ । भन्टामा पाइने फोलेट, भिटामिन ए, भिटामिन बी, भिटामिन सी, आइरन, जिंक आदिले तपाईंको यो समस्यालाई टाढा राख्न उपयोगी हुन्छ ।
५. कपालका लागि भन्टाको सेवनः भन्टा भित्र भरपुर मात्रामा आवश्यक भिटा मिन, पानी आदि तत्व पाइन्छन् जसले कपालको जरालाई बलियो बनाउनुका साथै जरालाई आवश्यक पोषण प्रदान गर्छ । तपाईं भन्टाको पेस्टको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसका लागि भन्टा पिसेर आफ्नो जरामा रगड्नुहोस् । स्याम्पु र साधारण पानीले कपाल धुनुहोस् । यस्तो गर्दा कपाल बलियो हुनेछ ।
६. छालाका लागिः भन्टाभित्र भरपुर मात्रामा फाइबर, भिटामिन, खनिज आदि तत्व पाइन्छ जसले छालालाई हाइड्रेट राख्न मद्दत गर्नुका साथै रुखो छालालाई सूर्यको किरणबाट पनि जोगाउँछ । प्राकृतिक मोइस्ट स्थापित गर्नका लागि र छाला मा कुनै प्रकारको एलर्जीलाई टाढा राख्नका लागि भन्टाको प्रयोग गरिन्छ । यसका लागि तपाईं मह, एलोभेराको रस र भन्टाको पेस्ट, तीनैलाई मिसाएर अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहार धुनुहोस्। अब आइस क्यूबको मद्दतले अनुहारलाई चिसो बनाउनु होस् । त्यसपछि अनुहार धुनुहोस् । यस्तो गर्दा प्राकृतिक मोइस्ट फिर्ता हुनेछ ।
भन्टाका हानी, भन्टाको सेवन गर्दा केही हानी पनि देखिएको छ, जुन यस प्रकार छः
१. भन्टालाई डिप फ्राइ गर्नुहुन्छ भने यसले अत्यधिक तेल सोस्ने गर्छ । यस्तोमा डिप फ्राई गरिएको भन्टा अत्यधिक चिल्लो हुन्छ र यसको सेवनले तौल बढ्ने, मुटु र मस्तिष्कमा समस्या देखिन सक्छ ।
२. डिप्रेशनको औषधी खाइरहेका व्यक्तिले आफ्नो डाइटबाट भन्टालाई निकाल्नुहोस् । भन्टाले औषधीको असरलाई कम गर्न सक्छ ।
३. जसलाई पत्थरी छ, उनीहरुले पनि भन्टाबाट टाढा नै बस्नुपर्छ नभए पत्थरीको पीडा वृद्धि हुनसक्छ ।
४. भन्टाको सेवन गर्दा यदि कुनै प्रकारको एलर्जी देखिएको छ भने यसको सेवन तुरुन्त बन्द गर्नुहोस् ।
५. यदि अत्यधिक भन्टाको सेवन गर्नुहुन्छ भने यसले पेटमा समस्या निम्त्याउन सक्छ जस्तै पेट दुख्ने, पोल्ने आदि हुनसक्छ ।
६. रक्तचाप कम भएका मानिसहरुले पनि भन्टाको सेवन गर्नु छ भने डाक्टरको सल्लाह लिनुहोस् ।
नोटः माथि बताइएको बुँदाबाट थाहा हुन्छ कि भन्टाले शरीरलाई विभिन्न फाइदा पुर्याउँछ तर यसको अत्यधिक र डिप्र फ्राइ गरेर सेवन गर्दा यसले हानी पुर्याउन सक्छ । यस्तोमा सबै भन्दा पहिला यसको सिमित मात्राबारे जानकारी लिनुहोस्, त्यसपछि यसलाई आफ्नो खानामा समावेश गर्नुहोस् । ग'र्भवती महिला वा स्तनपान गराइ रहेका महिलाले भन्टालाई आफ्नो खानामा समावेश गर्नुभन्दा अघि विज्ञको सल्लाह लिनुहोस् । यदि कोही व्यक्ति कुनै गम्भीर रोगले ग्रस्त छन् वा कुनै विशेष डाइट अनुसरण गरिरहेका छन् भने आफ्नो डाइटमा भन्टालाई जोड्नुअघि विज्ञमार्फत् परामर्श लिनुहोस् । यो लेख भारतका न्यूट्रिशनिस्ट तथा वेलनेस एक्सपर्ट वरुण कत्यालसँगको कुराकानीमा आधारित छ । | 2021/06/16 19:49:21 | https://khabarhouse.com/archives/35682 | mC4 |
निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेका पूर्वएसपी विष्ट हिरासतमा | Sarathi News
March 20, 2019 | 7:40 am
काठमाडौं चैत ६–निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि गृह मन्त्रालयको बर्खास्तीमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई कञ्चनपुर प्रहरीले हिरासतमा लिएको छ। अदालतले पक्राउ पुर्जी काटेपछि उनी मंगलबार अदालतमा हाजिर भएका थिए । उनीविरुद्ध परेको मुद्दाको सुनुवाईका क्रममा बयान नसकिएपछि विष्टलाई प्रहरी हिरासतमा राखिएको हो ।
विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए । विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू अदालतमा प्रमाणसहित हाजिर भएको मंगलबार बिहान रातोपाटीलाई प्रतिक्रिया दिए । यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको थियो । अदालतले डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको थियो । यस्तै प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामिसँग ३ लाख ५० हजार, सई रामसिंह धामिसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको थियो ।
तत्कालीन एसपी विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको आरोप छ । यही अभियोगअनुसार उनीहरुविरुद्ध अदालतमा मुद्दा परेको हो । सरकारले विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् । २०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो । | 2021/05/11 13:17:04 | http://sarathinews.com/2019/03/61549 | mC4 |
सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन खुला
सिद्धार्थ बैंकले आज ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
योमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सिद्धार्थले १० वर्ष अवधिको 'एसबीएल डिबेन्चर २०८९' जारी गर्न लागेको हो । यसमा वार्षिक १०.७५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ । सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । | 2022/06/30 11:33:29 | https://kendrabindu.com/economy/95239-1656044435.html | mC4 |
विप्लवका बिद्यार्थी अध्यक्ष गैरे प्रहरीद्वारा गिरफ्तार – Ranga Pati
Posted on May 9, 2019 May 9, 2019 Author rangapati Comment(0)
बैशाख २६, पाल्पा । नेत्रबिक्रम चन्द 'बिप्लब' निकट बिद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष मुक्ति गैरेलाई प्रहरीले प्रकाउ गरेको छ ।
पाल्पा तानसेनको सितलपाटीबाट पक्राउ गरेको हो ।बिहिबार साझ ७:३० बजे उनि पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ ।
अध्यक्ष गैरे यसअघि पनि पक्राउ परेका थिए ।
गृहजिल्लाबाट फर्किए शनि काठमान्डौ, शुभचिन्तकहरुलाई त्रिभुवन विमानसस्थलमा निम्तो
Posted on October 20, 2019 October 20, 2019 Author rangapati
कार्तिक ३, काठमान्डौ । गृहक्षेत्र भेटघाट कार्यक्रम सकेर लोकस्टार प्रतियोगी शनि बिश्वकर्मा सोमबार बिहान काठमान्डौ त्रिभुवन बिमान स्थल भएर फर्किने भएका छन् । आउदो कार्तिक ८ गतेको फाइनलको तयारीका लागि काठमान्डौ फर्किने भएका हुन् । शनि जिताउ सयुक्त मूलसमितिले शनि बिश्वकर्मालाई त्रिभुवन बिमान स्थलमा स्वागत गर्ने भएको छ । मौलिक गाजा बाजा सहित विमानस्थलमा स्वागत […] | 2021/06/21 03:58:43 | https://rangapati.com/2019/05/09/80 | mC4 |
कान्दाहार । अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् । त्यस आक्रमणमा परी अरु दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरुको भने परिचय खुलाइएको छैन । बिहीबार बिहानै ठूलो सङ्ख्याका तालिबानहरुले निकै शक्तिशाली हतियार प्रयोग गरेर कान्दाहारको प्रहरी मुख्यालयमै आक्रमण गरेका थिए । उनीहरुले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए । तर अमेरिकी सेनाका अफगान कमाण्डर जनरल स्कट
– राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो । पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीको घरमा पुगेर टीका थाप्नुभएको हो । टीका थापेपछि नृत्य टोलीको नृत्य गुरुवालगायतले रमाएर हेनुएभयो । गुरुवाको हातको टीका थाप्न टाढाबाट सो समुदायका मानिसहरु आएका थिए । ‘‘मुग्रहवा नृत्य लोपोन्मुख अवस्थामा पुगेकाले सबैलाई देखाएर मनोरञ्जन गर्न आएको छु ।’’ उहाँले भन्नुभयो, “थारु समुदायमा देशबन्धीया गुरुवाको स्थान सबैभन्दा उच्च हुने हुँदा टीका थाप्न आएका हौँ ।” थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली)
बैतडी । दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ
रुकुम । रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिनुभयो । घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर आगलागी भएको थियो । उहाँका अनुसार ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला बुढाको हात, खुट्टा र ढाडमा आगोले पोलेकाले उपचारका राति नै जनस्वास्थ्य रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले | OSCAR-2019 |
||
सौन्दर्य खासमा त भित्रबाट आउनुपर्ने हो। भित्री सौन्दर्य नै महत्वपूर्ण हुन्छ। तर, बाहिरी सौन्दर्यको महत्व बेग्लै छ। सबैले हेर्ने बाहिरी रूप नै हो। यसो हेर्दा 'वाह' भन्ने प्रतिक्रिया प्राप्त हुने योग्यता नै सायद सौन्दर्य हो।
व्यक्तिगत आत्मविश्वास विकास गर्न शृंगार चाहिन्छ। शृंगार गरेपछि मान्छे स्वःस्फूर्त रूपमा 'कन्पि्कडेन्ट' हुन्छ। जो पनि राम्रो हुन खोज्छ। सौन्दर्य पहिरन र अनुहारमा प्रतिविम्बित हुनुपर्छ। यसो हेर्दा सबैले राम्रो भनून्, अरू प्रभावित होऊन् भन्ने को चाहँदैन होला? कुनै मेकअप नगर्ने मान्छेले पनि दिनमा चारपटक ऐना हेर्छ, यसो मुख धोएर भए पनि। आजको दिनमा मान्छे पहिलाजस्तो खेतीकिसानीमा मात्र छैन। कर्पोरेट कल्चरको विकास भएको छ। कर्पोरेट अफिसमा काम गर्ने मान्छे भित्री रूपमा जतिसुकै क्षमतावान् भए पनि पहिलोपटक हेरिने भनेको उसको लुक्स नै हो। त्यसैले अफिस वा आफ्नो दैनिक जीवनमा व्यक्ति स्मार्ट र सुन्दर देखिन चाहन्छ। व्यक्तित्व देखाउनका लागि शृंगार र सौन्दर्य प्रसाधन प्रयोग गर्न सबै चाहन्छन्।
अब ती सबै परिपूर्ति गर्न आस्टाबेरी सक्षम नहोला। तर, धेरैको रोजाइ भने बनेको छ। फेसियल किट छ। अनुहारमा टि्रटमेन्टसहित गोरोपन, साइनिङ दिने हाम्रा कस्मेटिक उत्पादन छन्। ती भारतबाट ल्याएर नेपाली उपभोक्तलाई दिएका छौँ। आस्टाबेरी मुख्य गरी महिलालक्षित छ। ब्युटी पार्लरमा जानासाथ केटीहरू आस्टाबेरी सम्भि्कहाल्छन्।
पूरै उत्पादन होइन। हाम्रा(आस्टाबेरीका) पोडक्टमा हामी पायनियर हौँ। फेसियल किट्सको अवधारणा दिएको आस्टाबेरीले हो। पहिला विभिन्न क्रिम प्रयोग गर्थे। अहिले चाहिनेजति सारा एउटै किट्स बक्समा हुन्छ। ब्युटी पार्लरमा तालिम दिन्छौँ। त्यसका आधारमा प्रयोग गर्छन्।
प्रयोगकर्ताको रेस्पोन्स निकै राम्रो छ। नेपालजस्तो देश कस्मेटिक्समा बढ्दो बजार भएको छ। मान्छेसँग पैसा भएपछि राम्रो हुन खोज्छ। पहिला शहरीया इलाकामा भए पनि अहिले गाउँ—गाउँमा सबै ब्युटी प्रोडक्टप्रति आकर्षित छन्। यसको कारण हो– रेमिटेन्स। विदेशबाट आएको पैसा केही सौन्दर्यमा खर्च गर्ने बानीको विकास भएको छ। थुप्रै नेपाली विदेशमा छन्। त्यसले आयसँगै प्रयोगकर्ता वृद्धि गराएकाले अवसर निकै बढेको छ।
अहिले सबै नेपालीको वर्ग फेरियो। निम्न वर्गीय मध्यम वर्गीयमा आए। उच्च घरानियाँको त कुरै नगरौँ। निम्न वर्गीय र मध्यम वर्गीयलाई हामीले लक्ष्य गरेका छौँ। हुनेखाने मात्र नभएर सबै मान्छे अहिले सौन्दर्यमा संवेदनशील छन्। त्यसका लागि पार्लर जान्छन्।
राज्यले हामीलाई घाँटी अँठ्याएको छ । कच्चा पदार्थ आयात महँगो हुँदा कस्मेटिक उद्योगमा लाग्न खोजे पनि कठिनाइ भएको छ। विगतमा प्रतिस्पर्धा कम थियो। बजार बढेपछि प्रतिस्पर्धा बढेर गएको छ।
प्रचुर सम्भावना छ। तर, राज्यले उपयुक्त वातावरण बनाउनुपर्छ। हामीले पनि स्वदेशमा गर्न सकिन्छ कि भनेर भक्तपुरमा फ्रेसिया ब्रान्डको उद्योग चलाएका छौँ। भारतबाट कच्चा पदार्थ ल्याउँदा महँगो पर्छ। अहिले राजस्व कम उठे पनि कच्चा पदार्थमा कम राजस्व उठाएर उद्योग चलाउने वातावरण मिलाए रोजगारीसँगै राजस्व पनि बढ्छ।
आठ वर्षअघिसम्म चितवनका पहाडी गाउँका चेपाङ समुदायले जंगलभित्र धुमधामले प्रकृति पूजा गर्थे। पूजापछि गाउँमा भोज चल्थ्यो। तर, अचेल गाउँमा प्रकृतिको पूजा हुँदैन। चेपाङहरू अचेल गाउँमा बनेका चर्चहरूमा येशुको भजन गाउँछन्।...
महिलाको सौन्दर्यमा ओठको ठूलो भूमिका हुन्छ। अनुहारको अरू भागमा जस्तै ओठमा पनि पर्याप्त ध्यान दिनुपर्छ। फुटेको, छाला निस्केको र कालो भएको ओठले तपाईंको सौन्दर्यप्रति उदासीनतालाई जनाउँछन्।
नायिकाका रूपमा थुप्रै अवार्ड थापेकी झरना थापा यस पटक भने फिल्म करिअरमै फरक विधामा अवार्डका लागि छानिएकी छिन्। अरू अवार्डमा सँगै प्रतिस्पर्धा गर्ने अन्य सहकर्मीले सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्डका लागि प्रतिस्पर्धा...
लोकगीतले लोक, अझ भनौँ, नेपालीका दुःखसुखका कथा भन्नुपर्ने हो। हाम्रा मौलिकता र संस्कृतिलाई बचाउनुपर्ने हो। तर, अचेल लोकदोहोरीले संगीतकै हुर्मत लिन थालेको छ। लाजै त्यागेको छ लोकदोहोरीले। शब्द सस्ता र...
प्रा. पी खरेलमेरो विचारमा नेपालबाट प्रकाशित साप्ताहिक पत्रिकाहरूमध्ये विविधता, लेखनशैली, चित्र प्रयोगका हिसाबले शुक्रवार अब्बल पत्रिकामा पर्छ। बजारमा थुप्रै पत्रिका स्थापित भइसकेको अवस्थामा शुक्रवार प्रकाशनमा आएको थियो।
क्यान्सरसँग लड्न सक्षम भएँ म। त्यसैले अहिले नयाँ जीवन बाँचिरहेकी छु। मलाई पाठेघरको क्यान्सर भएको थियो। अस्पतालको बेडमा मैले लामो समय बिताएँ। त्यतिबेला मैले जीवन र मृत्युलाई धेरै नजिकबाट नियाल्ने...
'ठूलो भएर के बन्ने?' भन्ने सपना धेरैले सानैमा देखिसकेका हुन्छन्। त्यसैअनुसार पढाइ, विषय छनोट, सबै काम योजनाबद्ध हुन्छन्। तर, सबैका सपना पूरा हुँदैनन्। यस्तै नियति धेरै भारतीय कलाकार र सेलिब्रिटीको...
बेनिशा हमालले केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। 'सफल', 'हिट', 'चर्चित' जस्ता कुनै फुँदा उनका नामका पछाडि झुन्डिन सकेका छैनन्। आफू 'आफन्त र छिमेकीका अगाडि मुख देखाउन... | OSCAR-2019 |
||
हुम्लाको सिटिजन बैैंक सिल - sailungonline
कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी
२७ पुष २०७७, सोमबार ०८:५२ । हुम्ला
पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
जिल्लामा सङ्क्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको फडेराले बताए । जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले जानकारी दिए । | 2021/01/18 00:38:27 | https://www.sailungonline.com/49967/11/01/2021/ | mC4 |
चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु, महोत्सवको आम्दानीबाट शव वाहन खरिद गरिने - Enepalese.com
चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु, महोत्सवको आम्दानीबाट शव वाहन खरिद गरिने
शिशिर सिंखडा २०७५ मंसिर १ गते २३:१५ मा प्रकाशित
पूर्वी चितवनको रत्ननगरमा आज शुक्रवारबाट पूर्वी क्षेत्र महोत्सव सुरु भएको छ । रत्ननगर –४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको महोत्सव आगामी मंसिर ११ गते सम्म चल्नेछ ।
एन.एस.क्रियशन एण्ड इभेन्टस् प्रा.लि.र लायन्स क्लव अफ चितवन राइनो सिटीको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको अवसरमा चितवनको रत्ननगर वजार सिंगारिएको छ । महोत्सव सुरु हुनु पूर्व रत्ननगर नगरपालिका परिसरबाट शोभा यात्रा निकालिएको थियो । शोभा यात्राले रत्ननगर बजार परिक्रमा गरी महोत्सव स्थलमा पुगेर औपचारिक कार्यक्रम सुरु भएको हो ।
महोत्सवमा व्यावसायिक प्रवद्र्धनका अतिरिक्त महोत्सवबाट भएको आम्दानीले क्लबले शव बहान खरीद गरी सञ्चालन गर्ने, पूर्वी क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक निरज श्रेष्ठले बताए ।
चितवनको कृषि र पर्यटनसंगै सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सवमा ३०० वटा स्टल रहेको छ । स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सव अवलोकन गर्नेहरुले रत्ननगर ११ जिरौना स्थित धर्मधाम घुम्न चाहेमा सो को समेत व्यवस्था मिलाइएको छ । महोत्सवको अवसरमा विभिन्न सामाजिक अभियान सञ्चालन गरी सामाजिक कार्यमा योगदान गरेका अभियन्ताहरुलाई सम्मान समेत गरिने लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए ।
महोत्सवमा कलाकारहरु शिव परियार, मेलिना राई, बद्रि पंगेनी, राजनराज सिवाकोटी, प्रिती आले मगर, बविता जेरी, बलराम सरकारको जादुलगायतको प्रस्तुती रहने छन् । सो अवसरमा लायन्स क्लवहरुको तर्फबाट निःशुल्क स्वास्थ्य शिविर, लायन्स क्लवहरु बीच डोरी तान्ने प्रतियोगिता लगायतका विभिन्न खेलकुदहरु समेत आयोजना गरिने क्लवका अध्यक्ष सापकोटाले जानकारी दिए । महोत्सवको एक भव्य समरोहका बीच पूर्व अर्थमन्त्री एवंम चितवन क्षेत्र नम्वर १ का साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल,राप्ती नगरपालिका मेयर प्रभा वराल,रत्ननगर नगरपालिकाका कार्यवहाक मेयर विमलादेवी दुवाडी,नेपाली काग्रेश रत्ननगरका सभापति रुपनराज घिमिरे,लायन्स क्लव इन्टरनेशनल ३२५ वि २ नेपालका डिष्ट्रिक सेकेन्ड भाईस गर्भनर शम्भु नकर्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए । मुल समरोह समितिका संयोजक निरज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम क्लवका अध्यक्ष ओमलाल सापकोटाको अध्यक्षतामा भएको थियो । महोत्सव पुर्व आयोजित शोभा यात्रामा प्रथम भएको इन्दे्रणी क्लव नरकटियाले रु १० हजार रुपैया पुरस्कार प्राप्त गरेको थियो ।त्यस्तै गरी उत्कृष्ट संस्थाहरु लायन्स क्लव अफ रत्ननगर समृद्धी,ठेकरा स्ट्रीक डान्स,स्ट्रीक डान्स मैनाहा,शक्तिशाली आमा समुहले पनि ५,५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । | 2021/09/23 21:02:16 | https://www.enepalese.com/2018/11/204452.html | mC4 |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद्मा रहेका राजनीतिक दलहरूको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने, “मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका लागि बैठक डाकिएको हो ।”
विघटित प्रतिनिधि सभा पुनस्र्थापना र नेकपा (नेकपा मा आएको विभाजनपछि मुलुकको राजनीतिमा अन्योल देखापरेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले डाक्नुभएको संसद्मा रहेका दलहरूबीचको सर्वदलीय बैठकलाई राजनीतिक दलका नेताहरूले सकारात्मक रूपमा लिएका छन् ।
संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्या लगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसद्मा छन् । | 2022-12-01T00:04:34Z | https://www.flashnewsnepal.com/2021/04/55451.html | OSCAR-2301 |
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा « Farakkon
काभ्रेपलाञ्चोक, पुस १० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताएका छन ।बनेपा इसाई समितिद्वारा आज आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, "जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन ।" उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताए ।
मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताए। उनले भने , "धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न ।"
मन्त्री बाँस्कोटाले धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर गर्नुहुन्न भने । "कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन ।" धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको बताए ।
मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनै पनि नागरिकलाई छुट नभएको बताउँदै हामीले धार्मिक सहिष्णुता अङ्गालेका छौँ । "हाम्रो एउटै बस्तीमा अनेक जातजाति र धार्मिक आस्थाका व्यक्ति बस्छन्, हामीले एकअर्काको धर्मको सम्मान गर्नु सिक्नुपर्छ", उनले भने । | 2021/02/26 20:52:13 | https://farakkon.com/main-news/3436/ | mC4 |
चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आइपुग्यो - OK Khabar
चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आइपुग्यो
ओके खबर १६ चैत्र २०७७, सोमबार ०९:२७ मा प्रकाशित ( २ हफ्ता अघि) २१४ पाठक संख्या
काठमाडौं । चीन सरकारले दिएको कारोना भाइरसविरुद्धको खोपलगायतका सहायता सामग्री आज नेपाल आइपुगेको छ।
सहायता समाग्री लिन चिन गएको नेपाल एयरलाइन्सको विमान आज बिहान ८ बजेर ४२ मिनेट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। विमान हिजो बेलुकी खोप लिन बेइजिङ गएको थियो ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनले सहयोगस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप 'भेरोसेल' लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आठ लाख मात्रा खोपलगायत अन्य सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको थियो। निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला बेइजिङ तथा ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताए । यो खोप कसरी र कस्ता व्यक्तिले लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ । पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो खोप, खोप नलगाएकाहरुलाई दिइने छ। | 2021/04/12 06:02:29 | https://okkhabar.com/2021/03/29/31118/ | mC4 |
राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु| The Margin Media
काठमाडौँ । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ । रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहिबार छ खेल सम्पन्न भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बिच भलिबलको उद्घाटन गर्दै रानीमहल बिच भलिबलको राजधानी बनाउन सकिने बताएका छन् ।
खेलकुदको राम्रो सम्भावना बोकेको रानीमहल क्षेत्र बिच भलिबलको हब बनाउन सकिने सचिव रेग्मीले बताए । कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताए ।
महिला बिच भलिबलका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले रु ३० हजार नगद पुरस्कार दिने घोषणा गरे ।
बिहीबारदेखि सुरु खेलमा आज चार खेल हुनेछन् । चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए । पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबीच हुनेछ । दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबीच हुने छ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ । चौथो खेल गण्डकी र प्रदेश नं १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिए । | 2022/07/02 12:10:39 | https://themargin.com.np/sports/4526/ | mC4 |
झलकमा तेरियालाई जिताऔं अभियान - Arghakhanchi Saptahik
Home Slider समाचार झलकमा तेरियालाई जिताऔं अभियान
झलकमा तेरियालाई जिताऔं अभियान
माघ ३, २०७३-
भारतीय टेलिभिजन च्यानल जिटिभीको अत्यन्तै लोकप्रिय डान्स रियालिटी सो सन् २०१२को 'डिआईडी सिजन ३' की विजेता बन्न सफल बुटवल नजिकै रुद्रपुरकी १४ बर्षकी नेपाली चेली तेरिया फौजा मगर फेरी भारतको अर्को टेलिभिजन च्यानल कलर्सको लोकप्रिय डान्स रियालिटी सो झलक दिखलाजामा पनि फाइनलमा पुगेकी छिन् । आउने शनिवार जनवरी २१ तारीखका दिन हुने ग्य्राण्ड फाइनलमा भिडन्त गर्न लागेकी नेपालकी तेरिया फौजा मगरलाई जिताउनका लागि शुरु गरिएको 'तेरिया जिताऔं अभियान' का बारेमा तेरिया मगर फाउण्डेसनका अध्यक्ष तथा तेरियाका हजुरबुवा कृष्ण फौजा मगरले एक कार्यक्रममा जानकारी गराएका छन् ।
गत शनिवारको एपिसोडमा पनि निर्णायकहरुबाट ४० मा ४० नम्बर प्राप्त गरेर अत्याधिक नम्बर प्राप्त गर्ने प्रतिस्पर्धि जोडी मानिएका तेरिया मगर र उनको जोडी अर्थात डान्स पार्टनर आर्यन पात्रलाई निर्णायकहरु बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस, कोरियोग्राफर फराह खान र गणेश हेगडे तथा बलिउडका चर्चित निर्देशक करण जौहरले उनीहरुको नृत्य क्षमताको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।
साप्ताहिकसंगको टेलिफोन सम्पर्कमा आएकी तेरियाले भोली शनिवार प्रसारण हुने फाइनलका लागि दिनरात एक बनाएर नृत्य अभ्यास गरिरहेको बताइन् । उनले भनिन्–'नेपाल र नेपालीको नाम यसअघि डिआइडी जितेर विश्वसामू चिनाउने अवसर पाएकी थिएँ । अहिले दोश्रोपटक पनि त्यसैगरी नेपालको नाम उच्च गर्ने अवसर पाएकी छु । निर्णायकहरुको छनौटमा पर्नु मेरो मेहनतको परिणाम होला, तर अब दर्शकको साथ पाएँ भने मात्र विजेताको ट्रफी उचाल्न पाउनेछु । त्यसैले नेपाल, भारत तथा संसारभरी रहनु भएका समस्त नेपालीहरुलाई एसएमएस तथा अनलाइन भोटिङ गरि मलाई जिताउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।'
तेरियालाई जिताउनका लागि धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ । तेरियालाई भारतमा रहेकाहरुले उतैको सिमकार्डबाट बढिमा एक सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्नेछन् । अनलाइन भोटिंगका लागि पनि एउटा अनलाइन पिसीबाट पनि एक सयपटकसम्म भोट गर्न सकिनेछ । भोटिंग गत शनिवार जनवरीबाट शुरु भैसकेको छ भने १९ जनवरी, बिहिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ ।
तल दिएको लिंकमा गएर क्लिक गर्ने, यसपछि होम पेजको दाँयातिर भोटिङमा क्लिक गरेपछि तेरिया लगायत अन्य तस्विरहरु देखिन्छन्। यसको ठिक माथि लग इन भन्नेमा गएर पुनस् किल्क गर्ने । त्यसपछि फाइल खुल्छ त्यहाँ फेसबुक, ट्विटर र ईमेल आफूले कुन माध्यम मार्फत तेरियालाई भोट गर्ने हो निश्चित भएर भोट दिने । | 2017/08/20 02:14:18 | http://www.arghakhanchisaptahik.com/2017/01/blog-post_83.html | mC4 |
पश्चिम नवलपरासीमा काङ्ग्रेस विवाद छताछुल्ल : दुई गुटले बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र – NawalpurTimes.com
पश्चिम नवलपरासीमा काङ्ग्रेस विवाद छताछुल्ल : दुई गुटले बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र
प्रकाशित : २०७७ असार २ गते १७:५६
हरि शर्मा/परासी
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद छताछुल्ल हुँदै गएको छ । दुई गुटबीच जिल्ला नेतृत्वको विषयलाई लिएर हुँदै आएको विवाद सोमबार झन छताछुल्ल भएको हो ।
कोभिड -१९ विरुद्ध सरकारले गरेका कामप्रति असन्तुष्ट जनाउँदै ध्यानआकर्षण गराउन सोमबार केन्द्रीय समितिले सबै जिल्ला समितिलाई प्रमुख जिल्ला जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार जिल्ला तहका दुई गुटका नेताहरु एउटै विषयको ज्ञापन पत्र बुझाउन छुट्टा छुट्टै जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापन पत्र बुझाएका थिए ।
जिल्लामा कार्यबहाक अध्यक्ष र जिल्ला सभापतिको विषयमा विवाद छ । जिल्लामा प्रतिनिधिसभा सदस्य एंव पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल समूह र संविधानसभा सदस्य विक्रम खनाल समूहको दुई गुट छ ।
कँडेल गुटले कार्यबहाक सभापतिको अस्तित्व स्वीकार गरेको छैन भने खनाल गुटले विधान विपरीत पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिको पत्र दिएर पठाएको भन्दै जिल्ला सभापति स्वीकारेको छैन ।
जिल्ला विभाजनपछि निर्वाचित जिल्ला सभापति एंव प्रदेश ४ का सभासद् विष्णु लामिछानेले पूर्वी नवलपरासी पार्टी नेतृत्वको जिम्मेवारी लिएसँगै जिल्ला नेतृत्वको विवाद चर्किको हो । सभापति लामिछानेले कार्यबहाक को जिम्मेवारी उपसभापति अर्जुन कुमार पोखरेललाई दिएका थिए । त्यसमा कँडेल पक्षले असहमति जनाउँदै आएको थियो ।
कँडेल पक्षकै दबाबमा पार्टी सभापति देउवाले गत फागुन २२ गते विष्णु प्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारीसहितको पत्र पठाएका थिए । लगत्तै महामन्त्री कोईरालाले फागुन २८ गते पार्टी सभापति देउवाले विधान विपरीत सभापतिको पत्र दिएर पठाएको भन्दै लिखित पत्र मार्फत आपत्ति जनाएका थिए ।
महाधिवेशनको मिति तोकिसकेकाले जिल्लामा निर्वाचन प्रकृया नहुने र कार्यबहाक पोखरेलले नै जिल्ला नेतृत्व समाहाल्ने व्यहोराको पत्र महामन्त्री कोईरालाले केन्द्रीय समितिमा बुझाएपछि दुई गुटकले एक अर्काको अस्तित्व नस्विकारेका हुन् ।
जिल्ला नेतृत्वको विवादमा केन्द्रीय नेताहरुले समेतले आ–आफ्ना गुटका जिल्ला नेताहरुलाई मान्यता दिएपछि दुई गुटले छुट्टा छुट्टै जिल्ला बैठक र कार्यक्रम समेत गर्दै आएका छन् । सांसद कँडेललाई पार्टी सभापति शेरबहादुर देउवा र खनाललाई महामन्त्री शंशाक कोईरालाको आड छ । | 2022/01/17 17:12:57 | https://www.nawalpurtimes.com/2020/06/16/22593/ | mC4 |
धनगढी, ४ मङ्सिर (रासस) ः यहाँ भएको निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि घरेलु टोली लिटिल फ्लावर बोर्डिङ स्कूल धनगढीले जितेको छ ।
आज भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई सात विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलो पटक उपाधि जितेको हो । पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कूल धनगढीले उपाधिसँगै रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेता बनेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले रु ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
यहाँस्थित सङ्घीय प्रहरी कार्यालयको खेलमैदानमा आज भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा तीन विकेट गुमाउँदै १४५ रनको योगफल बनायो । लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र सुशील खड्काले १९ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले दुई तथा सागर भण्डारीले एक विकेट लिए । १४६ रनको विजयी लक्ष्य लिटिल फ्लावर स्कूल धनगढीले १८ दशमलब एक ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।
लिटिल फ्लावरलाई उपाधि दिलाउने क्रममा कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको जोडे । उनले ४१ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए । दीपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४÷१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले दुई विकेट लिएका थिए । गत कात्तिक २७ गतेदेखि शुरु भएको प्रतियोगितामा 'प्लेयर अफ द सिरिज' नेपाली अण्डर १९ टोलीका सदस्य शेर मल्ल, 'बेस्ट ब्याटसम्यान' सिद्धार्थ शिशु सदनका खड्क बोहोरा, 'बेस्ट बलर' लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र 'राइजिङ प्लेयर' लिटिल फ्लावर स्कूल धनगढीका विशाल भट्ट बने । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट ब्याटसम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु पाँच–पाँच हजार प्राप्त गरे । प्रतियोगितामा देशभरिका विभिन्न १२ क्रिकेट टोलीले भाग लिएका थिए ।
डिपिएलको निर्देशकमा दास
आगामी माघ १९ देखि फागुन ४ गतेसम्म यहाँ आयोजना हुने 'रुस्लान धनगढी प्रिमियर लिग' (डिपिएल) प्रतियोगिताको निर्देशकमा राष्ट्रिय क्रिकेट टोलीका निवर्तनमा कप्तान एवं यू—१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलाई नियुक्त गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
रुस्लान डिपिएलको तेस्रो संस्करण अनुमानित रु पाँच करोडको लागतमा सञ्चालन हुन लागेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अनुसार प्रतियोगितामा देशभरका छ वटा फ्रेञ्चाइजी टोलीको सहभागिता रहनेछ । डिसिएका अध्यक्ष सुवास शाहीले डिपिएलको दोस्रो संस्करणमा टोली चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्स सहभागी हुन लागेको जानकारी दिनुभयो । दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टोलीमा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ । टी–२० को आधारमा खेलाइने उक्त प्रतियोगितामा कूल १९ खेल हुनेछन् ।
रुस्लानसँग सम्झौता
गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लानले डिपिएललाई यस वर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ । आगामी तीन वर्षका लागि रुस्लानले डिसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्झौताअनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ ।
शुक्रबार नै विजय डिस्टिलरी र डिसिएबीच मुख्य सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । विजय डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत शतीश कर्ण र डिसिएका अध्यक्ष शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार मुख्य प्रायोजकबापत विजय डिस्टिलरीले यस संस्करणका लागि नगद र जिन्सी गरी रु एक करोड १० लाख दिने भएको छ । देशकै सर्वाधिक ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रुपमा २०७३ र २०७४ मा डिपिएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो । डिपिएल देशमै पहिलो पटक अक्सन गराउने प्रतियोगिता पनि हो ।
दोस्रो संस्करणमा झँै यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक जना पूर्वखेलाडीलाई 'धनगढी क्रिकेट सम्मान' तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई 'अर्जुन खड्का स्मृति सम्मान'स्वरुप रु एक–एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
यस संस्करणदेखि डिपिएल प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने आयोजकले जनाएको छ । यसअघि प्रतियोगिता हँुदै आएको सङ्घीय इकाई प्रहरी कार्यालय धनगढीको मैदानलाई वैकल्पिक मैदानका रुपमा तयार गरिने भएको छ । प्रतियोगितामा दर्शकका लागि टिकट दर लिग चरणमा रु ५०, प्ले—अफमा रु ७० र फाइनलमा रु १०० तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला रंगशाला निर्माण अभियानका लागि छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टोलीलाई बाँडिने आयोजकले जनाएको छ । | 2018/12/14 03:01:19 | http://www.newsabhiyan.com.np/news-details.php?nid=151956 | mC4 |
सिटी रेवान महोत्सव शुरु | eAdarsha.com
सिटी रेवान महोत्सव शुरु
पोखरा, २ असोज। पोखरामा छैटौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित महोत्सवको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्दै पोखरा सबै क्षेत्र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको औंल्याए।
उनले व्यवसायीलाई क्रमशः व्यवसाय वृद्धि गर्न सुझाव दिँदै अन्तर्राष्ट्रिय गुणस्तरको सेवासुविधा प्रदान गर्न पनि सुझाए। 'लेकसाइडमात्रै नभएर यहाँका अन्य स्थानमा पनि रेष्टुरेण्ट व्यवसायीको संख्या उल्लेख्य छ'-मन्त्री थापाले भने-'प्रतिष्पर्धासं'गसं'गै गुणस्तरीय बनाउन आवश्यक छ।'
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक झलकराम सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, वस्तुगत संगठनका तर्फबाट शिव बास्तोला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला लगायतले शुभकामना मन्तव्य दिएका थिए।
सिटी रेवानका कार्यवाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष केपी शर्मा पाध्याले स्वागत, संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाबारे प्रकाश, पूर्व अध्यक्ष यामबहादुर गुरुङले धन्यवाद ज्ञापन र महासचिव जीवन दाहालले कार्यक्रम सञ्चालन गरेका थिए।
महोत्सवमा नृत्यदेखि थारु नृत्यसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा व्यावसायिक प्रयोजनका ९५ र रेस्टुरेन्टका १० तथा सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्यसम्बन्धी २० गरी कुल एक सय २५ वटा स्टल छन्। महोत्सवमा मंगलबार लोकदोहोरीतर्फ बद्री पंगेनी र सुगम संगीततर्फ कमल खत्रीको प्रस्तुति रहनेछ। यसबाहेक विभिन्न कलाकारको दैनिक प्रस्तुति रहने संस्थाका सचिव जीवन दाहालले जानकारी दिए। यस्तै, पप कर्न्र्सट, हास्यकलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणीको एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दशैं अवसरमा खसी, बोका र च्याङ्ग्रा बिक्री महोत्सवको मुख्य आकर्षण रहेको छ ।
करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने आयोजकको अनुमान छ। बचत रकम पर्यटन प्रवर्द्धन र दैवी प्रकोप एवम् असहाय बालबालिकाका लागि पाँच प्रतिशत खर्चिने आयोजकले जनाएको छ ।महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ।
महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ। विद्यार्थी, अशक्त, वृद्धवृद्धा र बालबालिकाका लागि परिचयपत्र आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ। | 2018/11/18 14:06:33 | http://eadarsha.com/?p=55506 | mC4 |
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एथलेटिको बिल्वाओलाई २–० ले पराजित गर्दै रियल म्याड्रिडले १२औ पटक सुपर कपको उपाधि आफ्नो नाममा गरेको छ।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको हो।
१० खेलाडीमा समेटिएको रियलले २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो ।
आइतबार राति भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरे।
खेलको सुरुवातदेखि नै बिल्वाओलाई दवावमा राखेको रियलले गोलको लागि पहिलो हाफको अन्तिम समय पर्खनु परेको थियो।
३८औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगोले दिएको पासलाई पहिलो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।
५२औं मिनेटमा कप्तान करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाकै प्रहारलाई पेनाल्टी बक्समा यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो ।
८७औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएको थियो ।
त्यसमै प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिदै बचाए ।
सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औं पटक सुपर कप च्याम्पियन बनेको हो ।
-एजेन्सी
Share this:
Tweet
Like this:
Like Loading...
Related
Posted in अन्तरष्ट्रिय फुटबल, फुटबलTagged #hamro nepal sports #laliga #real madrid #Spanish super cup
Leave a Reply Cancel reply
Next Post
मुख्य खबर
लुका मोड्रिकको जारी प्रदर्शन, अर्को बेलुन डी ओर जित्न लायक : पेरेज
Mon Jan 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडको पछिल्लो सिल्भरवेयरले आइतवार राति क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई निकै खुसी बनाएको छ। अघिल्लो सिजन ट्रफी बिहिन बनेको मड्रिडले यसपटक पहिलो उपाधि जित्दा उनले लुका मोड्रिचको दरिलो फर्मलाई खुलेर प्रशंसा गर्न भ्याएका छन्। मोड्रिचले उत्कृष्ट ओपनर गोल गरेपछि आइतबार भएको सुपरकोपा डे स्पानाको फाइनलमा रियल […] | 2022-11-29T10:20:09Z | https://hamronepalsports.com/%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%B2-%E0%A4%AE%E0%A4%A1%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%A1%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A5%87%E0%A4%A8%E0%A4%BF%E0%A4%B6-%E0%A4%B8/ | OSCAR-2301 |
FINANCE » कसरी छापिन्छ नयाँ नोट
कसरी छापिन्छ नयाँ नोट
काठमाडौं १ असोज– हिन्दु नेपालीहरुको प्रमुख चाड दशैं र तिहारको समयमा नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउँछ । दशैंको टिका लगाएर दक्षिणामा नयाँ नोट दिने गरिन्छ । त्यसैले नयाँ नोट साँट्नका लागि राष्ट्र बैंकले तोकेका सरकारी बैंकमा अहिले लामो भिड लागेको छ ।
हरेक वर्ष दशैंको समयमा नेपाल राष्ट्र बैंकले आम सर्वसाधारणका लागि नयाँ नोट साट्ने बिशेष व्यवस्था समेत गरिदिएको हुन्छ ।
यो वर्ष पनि दशैं तिहारको मौकामा नेपाल राष्ट्र बैङ्कले पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा बितरण गर्न छुट्याएको छ । सर्वसाधारणले राष्ट्र बैंकको थापाथलीका शाखाका साथै सरकारी स्वामित्वका तीन बाणिज्य बैंकको १६ शाखा कार्यालय मार्फत नयाँ नोट साटिरहेका छन् ।
नोट साट्नका लागि यो बर्ष राष्ट्र बैंकले १० दिन समय छुट्याएको छ, गत साल भने ७ दिन मात्रै नोट साट्न पाइएको थियो ।
अघिल्लो बर्षमा काठमाडौंमा थापाथलीबाट तथा पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय कार्यालयबाट मात्र नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्ष काठमाडौंमा कृषि विकास बैंकको पाँच शाखा, नेपाल बैंकको पाँच शाखा र राष्ट्रिय वाणिज्य बैंकको ६ शाखा कार्यालयबाट प्रतिव्यक्ति २० हजार रुपैयाँको नयाँ नोट वितरण गर्न लागेको हो ।
पैसा छाप्नु अघि एक वर्षमा चलन चल्तिको निमित्त कति रुपैयाँ बराबरको नोट आवश्यक पर्छ भन्ने तय गर्नुपर्छ । देशको कुल गार्हस्थ उत्पादन, बजेटले व्यवस्था गरेको चालु खर्च र त्यस वर्ष आएको रेमिट्यान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ ।
कसरी छापिन्छ नयाँ नोट ?
नयाँ नोटबारे सर्बसाधारणको चासो हुँदाहुँदै पनि नयाँ नोट कहाँबाट आउँछ, कसरी छापिन्छ भन्नेबारे अनभिज्ञ जस्तै छन् ।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अधिकारीहरुकाअनुसार कुनै पनि देशमा के उत्पादन हुन्छ ? रोजगारीको अवस्था कस्तो छ ? उत्पादन भएका वस्तु कति मात्रामा निर्यात हुन्छ ? सेवा र बस्तुको व्यापारबाट कतिको कमाई हुन्छ भन्ने आधारमा अर्थतन्त्रको आकार तय हुन्छ । त्यही अर्थतन्त्रको आधारमा मुद्राको मूल्य निर्धारण भएको हुन्छ ।
नोट छाप्नको लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको सुरक्षा 'सेक्यूरेटीज' खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीमा लगानी गर्दा त्यसको ब्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी तुरुन्त फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यीनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो त्यस बरावरको सम्पती हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ ।
यस्तो कागजातको नियमन गर्ने सबैभन्दा विश्वसनीय निकाय सोही देशको सरकार हो । बैंकको पनि बैंक मानिने अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि ती कागजातको रखेदेख गरिरहेको हुन्छ ।
कहाँ छापिन्छ नोट ?
विश्व बजारमा नोट छाप्ने प्रतिष्ठित कम्पनीहरु छन् । नोट छाप्नको लागि प्रेसको छनौट गर्दा त्यसको के–के योग्यता हेर्ने भन्ने नेपालका लागि राष्ट्र बैंकले तय गर्छ र टेण्डर आह्वान गर्छ । टेण्डर गर्ने कम्पनीहरुको प्राविधिक र आर्थिक पक्ष हेरिन्छ ।
प्राविधिक रुपमा उक्त कम्पनीले कति रकम बराबरको कस्ता नोट कस्ता सुरक्षा चिह्न राखेर छापेको छ भन्ने हेरिन्छ । सम्बन्धित कम्पनीले पनि त्यसको प्रमाण पेश गर्नुपर्छ । आर्थिक पक्ष अन्तर्गत कुन प्रेसले आफूलाई चाहिएको सबै सुविधा सहित कम लागतमा नोट प्रिन्ट गर्न सक्छ भन्ने कुरामा ध्यान दिइन्छ र मापदण्ड पुरा गर्न सक्ने प्रेसलाई नोट छाप्ने जिम्मा दिइन्छ ।
नक्कली नोट बजारमा आउन सक्ने खतरालाई मध्यनजर गर्दै प्रशस्त मात्रामा सुरक्षा चिन्ह (सेक्युरिटी फिचर) राखिएको हुन्छ । गणतन्त्र स्थापनापूर्व नोटको सेतो भागमा श्रीपेच राखिएको हुन्थ्यो, गणतन्त्र स्थापनापछि लालिगुराँस राखिएको हुन्छ । नोटमा रहेको सुरक्षा चिन्हमा मा 'एनआरबी' लेखिएको हुन्छ ।
यसका लागि राष्ट्र बैंकले मापदण्ड नै बनाएको हुन्छ । यस्ता सेक्युरिटी प्रेसलाई नियमनका लागि राष्ट्रिय अन्तरर्राष्ट्रिय रुपमा पनि विभिन्न नियम कानुन बनेका हुन्छन् ।जेनेभामा रहेको इन्टरनेशनल बैंक फर सेटलमेन्ट र अन्तरर्राष्ट्रिय मुद्रा कोषले आफ्ना सदस्य देशले समय समयमा दिएको तथ्याङ्कको आधारमा मुद्राको अनुमति दिने तथा नियमन गर्ने हुन्छ ।
डिजाइन र डिनोमिनेशन
नेपाल राष्ट्र बैंकले छाप्ने नोटको आकार तयार गरेपछि त्यसको 'डिनोमिनेशन (कुन दरका नोट कति) छाप्ने तयार गरिन्छ । जुन डिनोमेशनको नोट बजारमा बढी चलनचल्तिमा छ त्यही नोट बढी मात्रामा छापिन्छ । मानौ २० दरको नोट बढी चल्तिमा छ भने त्यही नोट बढी मात्रामा छापिन्छ ।
सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै देवनागरिको अ १ बाट छाप्न सुरु भएको नोट अ १०० सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरी आ १ बाट अरु नोट छापिन्छ । यसरी आवश्यकताको आधारमा ज्ञ सम्म नम्बरिङ गरेर नोट छाप्न सकिन्छ ।
नोटमा कस्ता कस्ता चित्र राख्ने तय गर्नका लागि छाप्नुअघि नेपाल राष्ट्र बैंकका गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकारसँगै धार्मिक तथा सांस्कृतिक समुदाय रहेको नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तु विज्ञले कुन बन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रवद्र्धन गर्ने भन्ने सुझाव दिन्छन् ।
सोही सुझावका आधारमा तय गरिएपछि राष्ट्र बैंकको बोर्ड, मन्त्रीपरिषद्बाट स्वीकृतिका लिइन्छ ।
कसको हस्ताक्षर ?
मुद्रामा हस्ताक्षर गर्ने व्यक्तिलाई निकै महत्वका साथ हेरिन्छ । कुनै पनि देशको केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गरेका हुन्छन् । गभर्नरको हस्ताक्षर 'स्क्यान' गरेर नोटमा राखिन्छ । तर, सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्न पाउँदैनन् भने कोहीले छोटो समयका लागि गभर्नर हुदाँ पनि सबै नोटमा हस्ताक्षर गरेका हुन्छन् । | 2018/06/23 17:29:22 | http://www.erupse.com/2017/09/blog-post_916.html | mC4 |
प्रविधीमा चिनको चमत्कार, 'कृत्रिम सूर्य' ले बनायो विश्व रेकर्ड – Koshidaily
मुख्य पृष्ठसमाचारप्रविधीमा चिनको चमत्कार, 'कृत्रिम सूर्य' ले बनायो विश्व रेकर्ड
प्रविधीमा चिनको चमत्कार, 'कृत्रिम सूर्य' ले बनायो विश्व रेकर्ड
शुक्रबार चिनियाँ वैज्ञानिकहरुले 'कृत्रिम सूर्य' पनि भन्ने गरिएको, 'फ्युजन रियाक्टर' को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।
यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो ।
यो उपकरण चीनको पूर्वतर्फ रहेको आनह्वी प्रान्तको हिफेइ शहरमा रहेको छ । यसको लक्ष्य भनेको 'ड्युटेरियम' हाइड्रोजन तत्वको प्रयोग गरि सूर्य जसरी न्युक्लियर फ्युजनमार्फत सफा ऊर्जा उत्पादन गराउनु हो ।
यसमा एक लिटर समुद्री पानीमा हुने ड्युटेरियमले फ्युजन रियाक्सन मार्फत, ३०० लिटर इन्धन बराबर ऊर्जा उत्पादन गर्न सक्ने बताइएको छ ।
यस सम्बन्धी अध्ययन अनुसन्धान लामो समय अगाडि नै सुरु भएको हो जसमा ३०० वैज्ञानिक र इन्जिनियरहरु तैनाथ गराइएको छ । यस उपकरणमा भ्याकुम सिस्टम, आरएफ वेभ सिस्टम, लेजर सिस्टम अनि माइक्रोवेभ सिस्टम समावेश रहेको छ । फिजिक्स र इन्जिनियरिङको क्षेत्रमा यो चीनको अत्यन्तै ठूलो उपलब्धी भएको बताइएको छ ।
कोइला, तेल, प्राकृतिक ग्यास जस्ता पदार्थहरु माँसिदै जाने र कुनैदिन सकिने खतरामा छन् भने तिनले वातावरणलाई पनि उत्तिकै हानि पुर्याइरहेका छन् । यसरी विद्युतको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् । त्यसैले पनि चीनले यस फ्युजन परियोजनामा लगातार काम गरिरहेको छ जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ । यस कृत्रिम सूर्यका लागि आवश्यक कच्चा पदार्थ भने पृथ्वीमा असिमित रहेकाले पनि चीनले फ्युजन ऊर्जालाई नै सबैभन्दा प्रभावशाली ऊर्जा मानेर यस मार्फत देशलाई कार्बनमुक्त गराउन मद्दत पुग्ने अपेक्षा गरिरहेको छ ।
तर फ्युजन ऊर्जाका लागि फिजिक्सका साथै अत्यन्तै सक्षम वैज्ञानिक रिसर्च टोली अनि ठूल्ठुला आनुसन्धानात्मक उपकरणहरुको पनि आवश्यकता पर्दछ ।
इस्टका उपनिर्देशक सङ युनताआले बताए अनुसार यो उपकरण नियन्त्रण गर्न सहज छ र कुनैपनि समय पावर सप्लाइ बन्द गर्दा यन्त्रले पूर्ण रुपमा काम गर्न बन्द गर्ने हुँदा परमाणु विस्फोटन वा अन्य भयानक दुर्घटना हुने खतरा हुँदैन । तर यसका धेरै फाइदा भएपनि प्राविधिक आवश्यक्ता पूरा गर्नु यसको सबैभन्दा ठूलो चुनौति रहेको बताइएको छ । सिजिटिएनबाट | 2021/08/05 11:41:38 | https://koshidaily.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%AE%E0%A4%A4%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0/ | mC4 |
समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीलाई अनुदान दिइने « रिपोर्टर्स नेपाल
समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीलाई अनुदान दिइने
काठमाडौं, कार्तिक ७ । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीलाई सरकारले अनुदान दिने निर्णय गरेको छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीहरूलाई सरकारले प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।
सरकारले बाली लगाउनुपूर्व नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने नीतिअनुसार चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्वीन्टल रू २७ सय ३५ र मध्यम धानको प्रतिक्वीन्टल रू २८ सय ८५ मूल्य तोकेको थियो ।
बाली लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेका कारण धानको बजार मूल्य सुनिश्चित हुने भएको छ । यसैको सकारात्मक प्रभाव स्वरूप यस वर्ष धानखेतीको क्षेत्रफलमा समेत उल्लेख्य वृद्धि भएको र उत्पादनमा समेत वृद्धि हुने दाबी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले गरे ।
उनका अनुसार समर्थन मूल्यमा धान खरीदका लागि विभिन्न चरणको छलफलबाट सहकारीमार्फत कार्यान्वयन गर्दा प्रभावकारी हुन सक्ने देखिएको हो । सहकारीमार्पmत कृषिको बजारीकरण गर्ने सरकारको नीति रहेको छ ।
गत मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका स्वीकृतसमेत गरेको मन्त्रालयले जानकारी दिएको छ । न्यूनतम समर्थन मूल्यमा धान खरीद कार्यक्रम कार्यान्वयनका लागि जिल्ला स्तरमा जिल्ला कार्यान्वयन समिति र मार्गदर्शनका लागि केन्द्रीय स्तरमा निर्देशक समितिको व्यवस्था गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
ओली-प्रचण्ड सत्तासंघर्षले 'गणतन्त्र धरापमा'
दीपेश केसी: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा
आरोप पुष्टि गर्न दाहाललाई ओलीको चुनौती
काठमाडौं, मंसिर १४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले
, मंसिर १४ । मदिरा तथा चुरोटमा प्रयोग हुने अन्तः शुल्क स्टीकर अहिले दैनिक ५०
खिर खान बोलाएर ७६ वर्षीय वृद्धले ७ वर्षिय बालिका बलात्कार गर्न खोजेपछि'
सप्तरी, मंसिर १४ । सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका
भारतीय मिडियाले लेख्यो: ओलीलाई चीनको खुलेआम साथ
काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा
म्याराडोना अब सम्झनामा
काठमाडौं, मंसिर १३ । अन्य क्षेत्रजस्तै खेलजगत्मा पनि त्यस्ता केही महान् व्यक्तित्व हुन्छन्, जसलाई प्रशंसकहरूले
२३ करोड ठगी फरार भएका न्यौपाने पक्राउ
भक्तपुर, मंसिर १२ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका तत्कालीन अध्यक्ष लम्बोदर
वार्ता सकारात्मक मोडमाः शृंगला
काठमाडौं, मंसिर १२ । नेपाल भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।
कतार र साउदीबीचको विवाद मिलाउन लाग्यो ट्रम्प
एजेन्सी, १६ मंङसिर । ह्वाइट हाउसको बरिष्ठ सल्लाहकार र उनको टिम कतार र साउदी अरबको
राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः थापा
काठमाडौंँ, १६ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने
दमौली, १६ मङ्सिर: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती | 2020/12/01 15:04:53 | https://www.reportersnepal.com/2020/10/484632 | mC4 |
राष्ट्रिय पुँजी र विदेशी लगानीको सन्दर्भ - Jhilko
राष्ट्रिय पुँजी र विदेशी लगानीको सन्दर्भ
यतिखेर सरकारले ठूलै तामझामका साथ विदेशी लगानी ल्याउने सम्मेलन सुरु गरेको छ । ३० खर्बको खोजी गर्दै सुरु भएको सम्मेलनमा सरकारले ५० वटा र निजी क्षेत्रले २७ वटासहित कुल ७७ वटा परियोजनामा लगानी ल्याउने अनुमान गरिएको छ ।
कूल ७७ आयोजनामार्फत ३० खर्ब भित्रिने र यसमध्ये १२ वटा आयोजन सम्झौतामा पुग्ने सम्मेलनको प्रारम्भिक लक्ष्य हो । विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, पावर रेल्वे, डाबर कर्पोरेसन, यूनिलिभर लिमिटेड लगायतका कर्पोरेट लगानीकर्ताको सम्मेलनमा सहभागिता छ ।
चालीस देशका करिव सातसय प्रतिनिधि सहभागी रहने सम्मेलनले निकाल्ने परिणामबारे सम्मेलनको समाप्तिपछि नै दिन सकिन्छ ।
नेपालमा केही वर्षदेखि विदेशी लगानीको 'धुन' सुरु भएको छ । तर वैदेशिक लगानी ल्याउने प्राथमिक क्षेत्रहरु अनुसन्धानपूर्वक पहिचान भने गर्ने गरिएको छैन । विदेशी लगानी आए आर्थिक मामिला स्वतः छुमन्तर हुन्छ भन्ने धारणाले काम गरेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्ष सबैभन्दा बढी १७ अर्व ५१ करोड र त्यसअघिका वर्षहरुमा क्रमसः साढे १३ अर्व ५० करोड र ५ अर्ब ९२ करोड रुपैया भित्रिएको छ । तर भित्रिएका रकमहरु उत्पादन र सेवाको क्षेत्रमा कति लगानी भए र त्यसको परिणाम सार्वजनिक जानकारीमा छैन् । यो लगानीले राष्ट्रिय पुँजीमा पारेको प्रभाव मूल्यांकन भएको छैन् ।
राष्ट्रिय पुँजीको सन्दर्भ
नेपालको संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ । अझ जोड दिएर भन्ने हो भने संविधानको प्रस्तावनामा नै समाजवादको परिकल्पना गरिएको छ । तर, आजको पुँजी बजार समाजवादको सहयोगी अर्थ ढाँचामा छैन । मुलुकको स्रोत, सामाग्री र सीपमा आधारित भएको पुँजीमार्फत उद्योग, व्यापार एवम् वाणिज्यको अभ्यास गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने काम नेपालमा भइसकेको छैन् ।
परम्परागत निर्वाहमुखी अर्थतन्त्रलाइ जसोतसो धानिरहेको नेपालको राष्ट्रिय पुँजीमाथि विकास र समृद्धिको नाममा अर्थात द्रुत आर्थिक विकास गर्ने नाममा भित्रिने विदेशी पुँजीले राष्ट्रिय पुँजीलाई कुन कुनामा धकेल्छ ? अहिले नै प्रश्नहरु बग्रेल्ती उठेका छन् । भर्खर भर्खर बामे सर्दै गरेको नेपालको सेवा उद्योग विकसित हुन अझै केही समय लाग्नेछ । उत्पादनको क्षेत्रमा त नेपालको राष्ट्रिय पुँजीको विकास भनेको वामे सर्दै गरेको अवस्था हो ।
विदेशी पुँजीको हस्तक्षेप विरुद्ध राष्ट्रको पुँजीको विकास गर्न सक्रिय रहनु पर्ने यो बेला हो । विदेशी एकाधिकार पुँजीवादको शोषणबाट देशलाई बचाउन राष्ट्रिय पुँजीको विकास गर्ने गरिन्छ । यदि मुलुकको स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिएन भने त्यसले राष्ट्रिय स्वाधिनतामाथि नै धक्का लगाउँछ । स्वाधीन अर्थतन्त्रको अभावमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नसकिएको कुरा विश्वमा अनेकौं उदाहरणहरु छन् । के अहिले भइरहेको सम्मेलनले यसको उत्तर दिन सक्छ ?
राष्ट्रको स्वाधीन आर्थिक विकास (यहाँ केवल आर्थिक विकासको मात्र कुरा गरिएको हैन, स्वाधीन शब्द प्रयोग गरिएको छ) मा सम्मेलन कोशे ढुंगा सावित हुन सक्छ ? प्रश्नहरु अनुत्तरित हुनु हुन्न । राज्य नियन्त्रित विदेशी लगानीका सन्दर्भहरु जापान, ताइवान, थाइलेण्ड आदि मुलुकमा केही सार्थक भयो । पछिल्लो पटक ८० को दशकमा चीनले राज्य नियन्त्रित समाजवादी व्यवस्था अनुकूल बनाएर विदेशी लगानीलाई देशहित अनुकूल बनाउने प्रयास गरिएको अभ्यास हो । भलै ती देशहरुमा विदेशी लगानीसँगै भित्रिएको राजनैतिक, सांस्कृतिक उप–उत्पादनको प्रसंगको परिणाम आउन बाँकी नै छ । तर नेपालले भने ऐनहरु नै संशोधन गरेर विदेशी लगानीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेको छ । | 2022/05/28 11:03:41 | https://archive.jhilko.com/post/--1435 | mC4 |
विदेशमा रहेका व्यक्तिको लगत सङ्कलन शुरु – email khabar | Latest news of Nepal
जेठ ९,काठमाडौँ – नुवाकोटको किस्पाङ गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकको लगत सङ्कलन शुरु गरेको छ । यहाँका सबै स्थानीय तहले आफ्नो पालिकाबाट विदेशमा गएका नागरिकको लगत सङ्कलन तथा तथ्याङ्क लिने अभियानअन्तर्गत किस्पाङले पनि विभिन्न उद्देश्यले विदेशमा रहेका पालिकावासीको जानकारी सङ्कलन गर्न शुरु गरेको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेको समयमा आफ्ना नागरिक कुन राष्ट्रमा, कुन अवस्थामा रहेको छ भनेर सूचना सङ्कलन गर्न तथा आगामी दिनमा उनीहरुका लागि स्थानीय सरकार एवं राज्यले सम्बोधन गर्नसक्ने नीति तथा कार्यक्रमको पूर्वतयारी गर्न विदेशमा रहेका व्यक्तिको लगत सङ्कलन थालिएको हो ।
वडा कार्यलयमार्फत शुरु गरिएको लगत सङ्कलनमा घरपरिवारका सदस्यमार्फत तोकिएको ढाँचामा विवरण उपलब्ध गराउन आग्रह गरिएको छ भने विदेशमा भएका व्यक्तिले गाउँपालिकाको वेभसाइडमा तयारी गरिएको प्रश्नावली भरेर सूचना दिनसक्ने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाको समन्वयमा वडा कार्यालयमार्फत थालिएको लगत सङ्कलनमार्फत विदेशमा रहेका व्यक्तिको अवस्था, कोरोना भाइरस सङ्क्रमणले पु¥याएको असर, स्वदेश फर्कन तथा आफ्नै गाउँमा बसेर उद्यम गर्न बनाएको योजनालगायतको तथ्य खोजिने भएको छ ।रासस | 2021/10/19 18:28:27 | https://www.emailkhabar.com/2020/05/22/67317/ | mC4 |
१६ भदौ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा सर्लाहीको वरहथवा-२ का १५ वर्षीय बादे रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
अन्य घाइतेको अवस्था मध्यम रहेको र त्यही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । काठमाण्डौबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो | 2022-12-06T20:44:07Z | https://baglungkhabar.com/archives/929 | OSCAR-2301 |
सभामुखको विकल्प खोज्न कांग्रेस तयार « Janata Times
१३ फाल्गुन २०७८, शुक्रबार ००:००
काठमाडौं, फागुन १३ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।
बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ ।
उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा कांग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ । 'गठबन्धनमा पनि बस्ने सरकारको प्रस्तावको विरोधमा पनि उत्रने, यो शैली देशकै लागि हानिकारक छ भन्ने कांग्रेसको निष्कर्ष हो, एमसीसी पास गर्ने विषयमा एमाले लचक भए उसले उठाएका माग पूरा गर्न सरकार पनि लचक हुन्छ, अब अवस्था त्यस्तो बन्दै छ, त्यहीअनुसार तारन्तार संवाद अघि बढेका छन्,' स्रोतले भन्यो ।
बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमालेसँगको संवाद सकारात्मक रहेको जानकारी दिए । 'एमालेसँग कांग्रेसको प्रस्ताव राष्ट्रिय महत्वको विषयमा सँगै जाऔं भन्ने हो, संविधान बनाउँदादेखि पटकपटकसँगै उभिएका छौं, यो कुनै सहयोगको विषयभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्धको विषय भएकाले एउटै धारणा बनाऔं भन्ने हाम्रो प्रस्ताव हो, उहाँहरू पोजेटिभ हुनुहुन्छ, अब कसरी अगाडि बढ्ने भन्नेमा केही कुरा अड्किएको छ, त्यसमा पनि सहमति बन्ने अवस्था छ,' कांग्रेस महामन्त्री थापाले भने ।
बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वार्ता सकरात्मक दिशामा अघि बढेको जानकारी दिए । 'एमाले र कांग्रेसबीचको संवाद सकारात्मक दिशामा अघि बढेको छ, हाम्रा मागका विषयमा कांग्रेस सहमतिनजिक छ, हामी पनि माग पूरा भए एमसीसी पारित गर्न र संसद् सुचारु गर्न तयार छौं,' बैठकपछि नेम्बाङले भने ।
नेम्वाङले शुक्रबार बिहान पुनः दुई दलका शीर्ष नेताहरूबीच छलफल हुने जानकारी दिए । स्रोतका अनुसार १० फागुनमासमेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै गठबन्धनभित्र असहमति कायम भए विकल्पमा गएर एमसीसी पास गर्ने र एमालेले उठाएका मागमा कांग्रेसले साथ दिने विषयमा प्रधानमन्त्री दे उवा र एमाले ओलीबीच भद्र सहमति बनेको थियो ।
कांग्रेस नेताहरूले सो सहमतिलाई 'जेन्टल एग्रिमेन्ट' भन्दै आएका छन् । 'एमालेसँग विभिन्न चरणमा वार्ता भएको छ, प्रधानमन्त्री देउवा र केही मन्त्री तथा कांग्रेस शीर्ष नेताहरू एमालेसँगको नियमित संवादमा हुनुहुन्छ, दुवै दलबीच शंका निवारण र सर्त पूरा गर्न लिखित प्रतिबद्धता गर्नेसम्म कुरा भएको छ, शुक्रबार सबै विषय टुंगिन सक्छ,' स्रोत भन्छ ।
प्रधानमन्त्रीसँगको वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएका थिए । त्यसबखत प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच वान टु वान वार्ता भएको थियो ।
निरन्तरको भेटवार्ताका क्रममा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र माधव ने पालको दलमा गएका १४ सांसदको विषयलाई प्राथमिकताका साथ उठाउँदै आइरहेका छन् । यस्तै, सभामुख सापकोटाले एमालेले ती सांसदहरूमाथि गरे को कारबाहीको सूचना संसद्मा टाँस नगरेको र सभामुखको भूमिका उचित नभएको भन्दै विकल्पमा पनि ध्यान दिन सरकारलाई भन्दै आइरहे का छन् ।
पछिल्लो समय कांग्रेसभित्रैबाट सभापति देउवालाई गठबन्धन तोड्न तथा सभामुखको विकल्पमा पनि अघि बढ्न दबाब बढ्दै आएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवालाई उनीनिकट केही नेता र कांग्रेसभित्रको संस्थापन इतर समूहका नेताहरूले गठबन्धन तोडेर अघि बढ्न सुझाउँदै आइरहेका छन् ।
बिहीबार नै कांग्रेस नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा आयोजित पत्रकार भेटघाटमा सरकारको प्रस्तावको विरोध गरेर सत्तामा बसिरहन नमिल्ने भन्दै गठबन्धनको विकल्प खोज्न कांग्रेस तयार रहेको बताएका थिए । उनले एमालेसँग कांग्रेसको सहकार्य हुन सक्ने बताएका थिए ।
ओली र प्रचण्डबीच पनि 'वान टु वान' वार्ता
एमसीसीका विषयमा सत्तारूढ दलभित्र असहमति बढ्दै गरेका बेला दुई कम्युनिस्ट पार्टीका अध्यक्षबीच पनि वान टु वान वार्ता भएको छ । बिहीबार संसद् बैठक स्थगित भएसँगै कांग्रेससँगको बैठकमा बसेका एमाले अध्यक्ष केपी ओली कांग्रेससँगको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वान टु वान वार्तामा बसेका थिए ।
सो क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै सो परियोजनाका विपक्षमा उभिन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले भने आफू प्रधानमन्त्री हुँदा संसद्मा सो परियोजना दर्ता भएको भन्दै त्यसलाई आफूले कुनै राष्ट्रघाती प्रावधान नदेखेको बताएका थिए ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले भने पहिले आफूहरूले कारबाही गरेका १४ जना सांसदहरूलाई प्रतिनिधिसभामा सहभागी नहुने वातावरण बनाउनुपर्ने सर्त राखेका थिए ।
'हाम्रा केही रिजर्भेसन छन्, हामीले कारबाही गरेका १४ जना सांसदलाई प्रतिनिधिसभामा सहभागी नगराउने वातावरण बनाउनुस्,' त्यसपछि प्रतिनिधिसभाको अवरोध खोल्छौं अनि एमसीसीबारे छलफल गरौंला ।' प्रचण्डसँगको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले भने का थिए ।
संसद् रोकेर एमालेसँग संवाद
बिहीबार प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय भइसकेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीसम्बन्धी विषय कार्यव्यवस्था समिति बैठकमा छलफल गराएर कार्यसूचीमा चढाएका थिए ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एकाएक सभामुखलाई प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्नुपर्ने भन्दै आग्रह गरेर बैठक स्थगित गर्न लगाए । स्रोतका अनुसार सभामुख सापकोटा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ भएको भेटका क्रममा एमसीसी परियोजनासम्बन्धी प्रस्तावको छलफलका क्रममा मत विभाजनको माग गर्ने सहमति भएको थियो ।
सो सूचना प्रधानमन्त्री देउवाले पाएका थिए । देउवाले एमसीसीसम्बन्धी सरकारको प्रस्ताव प्रचण्ड र सभामुखका कारण अल्पमतमा पर्ने संकेत पाएपछि संसद् बैठक स्थगित गर्न लगाएका हुन् । प्रधानमन्त्री देउवाले संसद् बैठक स्थगित गर्न लगाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूसँग संवाद गरेका थिए ।
सो क्रममा उनले सभामुख र माओवादी केन्द्रको रणनीतिबारे समेत प्रतिपक्षी दलका नेताहरूलाई जानकारी गराएका थिए । एमालेका नेताहरूसँगको वार्तामा प्रधानमन्त्री देउवाले माओवादीका २८ जना सांसद उभिएर एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्तावमा मत विभाजन माग्ने तयारी भएको भनेका थिए । | 2022/07/07 16:10:17 | https://janatatimes.com/archives/123161 | mC4 |
यशराजको चलचित्रमा चुनौतीपूर्ण किरदार गर्दै वाणी कपूरका साथै हृतिक रोशन र टाइगर श्राप » Kollywood Mania
बलिउड, अभिनेत्री वाणी कपूर यशराज बैनरमा बन्न लागिरहेको आउँदो चलचित्रमा चुनौतीपूर्ण किरदारमा देखा पर्दैछिन् । 'शुद्ध देसी रोमांस' र 'बेफिक्रे' जस्ता चलचित्रमा काम गरिसकेकी वाणी कपूर यशराज बैनरमा बनिरहेको चलचित्रमा काम गर्ने भएकी छिन् ।
चलचित्रमा ऋतिक रोशन र टाइगर श्रॉफको पनि अहम भूमिका छ । वाणीले भनेकी छिन् कि यो चलचित्रमा उनको किरदार चुनौतीपूर्ण हुनुका साथ साथै रमाइलो पनि छ । वाणीले भनेकी छिन् , म आफ्नो किरदारको बारेमा बताउन त सक्दिन तर यो मेरो लागि धेरै नया, चुनौतीपूर्ण र रमाइलो पनि छ ।
सिद्धार्थ आनंदको निर्देशनमा बन्न लागेको यो चलचित्रको शिर्षक फिलहाल अहिलेसम्म बाहिर आएको छैन । यो चलचित्र २ अक्टूबर २०१९ मा रिलीज हुनेछ । चलचित्रको शूटिंग यो महीनाको शुरुबाट हुने र आउँदो फरवरी २०१९ मा समाप्त हुने संभावना छ ।
Tagged Hritik Roshan, Tiger Shraap, Vani Kapoor, Yashraaj Films, टाइगर श्राप, बलिउड समाचार, वानी कपूर, ह्रितिक रोशन | 2019/06/19 21:23:30 | https://www.kollywoodmania.com/2018/08/27/%E0%A4%AF%E0%A4%B6%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%B2%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A5%8C%E0%A4%A4%E0%A5%80/ | mC4 |
स्थानीय तहको निर्वाचन सरकारको प्राथमिकता - नेपाल आवाज
स्थानीय तहको निर्वाचन सरकारको प्राथमिकता
नेपाल आवाज ३० असार २०७८, बुधबार ०८:१४ मा प्रकाशित ९१ पाठक संख्या
कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ । सल्लाहकारले सरकारको काम कारवाहीलाई व्यवस्थित रुपमा अगाडि बढाउन सहयोग गर्नेछ ।कोभिड–१९ को रोकथाम नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । यसैगरी कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक हप्ताभित्र विशेष प्याकेज ल्याइने भएको छ । यस्तै शािन्त प्रक्रियाका बाँकी काम सम्पन्न गरिनेछ । सरकारी, सार्वजनिक निकायमा श्रेस्ता प्रणालीमा आधारित कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याइने भएको छ ।
समग्र आर्थिक विकासका लागि विभिन्न विधामा आवश्यक दक्ष जनशक्तिको प्रक्षेपण गरी व्यवस्थापन गर्न वृहत जनशक्ति योजना तयार गरिनेछ । विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्र राष्ट्रलगायत सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना छ ।मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिनुभयो । | 2021/07/28 20:57:20 | https://nepalawaj.com/2021/07/14/33768/ | mC4 |
आर्थिक–सामाजिक क्षेत्रमा 'गेम चेञ्ज' हुँदैछ | Ekhabar Nepal
अर्थ पौष २७ २०७६ ekhabarnepal
काठमाडौं,पुष २६, २०७६ । अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही 'ट्र्याक'मा अगाडि बढेको बताएका छन् । सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता 'क्लियर' भई कार्यान्वयन हुन थालेको उनले सुनाए ।
अर्थमन्त्री डा खतिवडाले देशको समग्र क्षेत्र नयाँ चरणमा प्रवेश गरेको भन्दै आर्थिक–सामाजिक रूपान्तरण हुने विश्वास व्यक्त गरे । प्रस्तुत छ, अर्थमन्त्री डा. खतिवडासँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको कुराकानीको सम्पादित अंश :
सङ्घीयतामा एउटा बुझाइ के हो भने दायित्व जति सङ्घले राखोस्, आम्दानी जति तल देओस् भन्ने छ । रु १० खर्ब राजश्व उठ्दा, नौ खर्ब जति हाम्रो अनिवार्य दायित्व छन्, जुन सङ्घमा रहन्छन् । प्रशासनिक खर्च, पेन्सन खर्च, ऋणको सावाँब्याज भुक्तानी, सामाजिक सुरक्षालगायत केही ठूला गौरवका आयोजना जुन सङ्घले खर्च नै गर्नुपर्छ । आठ-नौ खर्ब त घटीमा त्यहीँ जान्छ भनेपछि बाँकी रहेको पैसा बाँड्ने हो । उहाँहरु के भन्नुहुन्छ भने हरेक वर्षको आम्दानी १० खर्ब भाछ भने यो त बराबर बाँड्नुपर्यो ।
हाम्रा सबै सडक घटीमा दुई लेनका हुन्छन् । राजमार्ग चार-छ लेनमा स्तरोन्नति हुन्छन् । केही मार्ग आठ लेनका पनि बन्छन् । सिङ्गल लेनको त अब हामी बनाउँदै बनाउँदैनौँ । सडक सुरक्षाका कार्यक्रमसहित अगाडि बढेको छ । सडकले मात्र पुगेन भनेर रेल्वेको कुरा पनि गरेका छौँ । तर, रेल्वेमा डिपिआर गर्न घटीमा दुई वर्ष लाग्छ । निर्माण हुन पाँच-सात वर्ष लाग्छ ।
दोस्रो, मध्यपूर्वमा हाम्रो रोजगारीका अवसर छन्, त्यसमा प्रतिकूल असर पर्छ कि भन्ने छ । तेस्रो, धेरै मुलुक नेपाललाई द्विपक्षीयरूपमा सहयोग गर्ने मुलुक छन्, उनीहरु आफैं द्वन्द्वमा फसे भने हामीलाई सहयोग गर्ने वातावरणमा अप्ठ्यारो हुन्छ कि भन्ने छ । त्यसको असर छिमेकी मुलुकमा प¥यो भने छिमेकी मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्यो भने र त्यहाँको विदेशी विनिमय बजारमा चाप प¥यो भने भारतीय मुद्राको विनिमय दरमा अस्थिरता आयो भने हामीलाई पनि अस्थिरता आउने डर हुन्छ । नेपाल र भारतको अर्थतन्त्रको बीचमा आर्थिक मात्र होइन, एक किसिमले मनोवैज्ञानिक सम्बन्ध पनि छ । हामीले मनोवैज्ञानिक असर पर्न नदिने गरी उच्च मनोबल बढाउने गरी काम गर्नुपर्छ ।
मसीसी हामीले खोजेको आयोजना हो । एमसीए भनेर हामीले नेपालमा सम्झौता गरेको छौँ । सम्झौता गरिसकेको विषय छ, त्यसलाई राष्ट्रको हितमा उपयोग गर्ने हो । | 2021/06/13 02:30:33 | https://ekhabarnepal.com/welcome/7155 | mC4 |
प्रधानमन्त्री ओलीले राजीनामा दिने-नदिनेबारे सल्लाहकार विष्णु रिमालले गरे यसो खुलासा — Sanchar Kendra
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्को सामना गर्ने प्रष्ट पारेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताएका छन् । जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताए ।
न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले भने, 'प्रधानमन्त्री ओलीले म माथिको प्रहार तीव्र पार्नुभयो । त्यसैले पार्टी एकतामा संकट पैदा भयो । अब तपाईंहरुले सत्य र न्यायको झण्डा बोकिदिनु पर्यो ।'
शिक्षकलाई संगठित हुनबाट ओलीले रोकेको आरोप लगाउँदै प्रचण्डले पार्टी एकता नभए पनि शिक्षक संगठन एकता नहुनुको दोषी ओली भएको बताए । ओली सँगको लडाइ अदालतको फैसलासँगै जितिएको प्रचण्डको भनाइ छ ।
आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमतिबाट ओली पछि हटेको तथा समाजवाद उन्मुख पार्टीको अवधारणा बनाउन हस्ताक्षर गर्ने पहिलो नेता पनि ओली नै भएको प्रचण्डको टिप्पणी छ। | 2021/04/11 04:20:49 | https://sancharkendra.com/archives/110133 | mC4 |
आरम्भ कलेक्शन - आउटलेट - नारी
आरम्भ कलेक्शन
स्थान–सहयोगीनगर, कोटेश्वर
बिशेषता– इण्डियन फर्मल वेयर तथा डिजाइनर ईयररिङस
भारतीय ब्राण्डका कुर्ती, लेहेंगा, टप्स, सलवार–कुर्ता, साडी लगायतका फर्मल वेयर उपलब्ध आरम्भ कलेक्सन महिलाहरुका लागी पुर्ण प्याकेज पाइने स्थान हो । पहिरनका अलावा इण्डियन डिजाइनका झुम्का यहांको प्रमुख बिशेषता हो । हेर्दा अत्याकर्षक यि झुम्का मुल्यका हिसाबले निक्कै सुलभ छन् ।
त्यति मात्र होइन आरम्भ कलेक्सनमा बिक्रीका लागी राखिएका डिजाइनदार चुरासेट, कंगन, बालाले जो कसैलाई लोभ्याउंछ । यथेस्ट पार्किङको सुविधा भएको आरम्भ कलेक्सनका सम्पुर्ण सामान गुणस्तरीय, रंग नजाने, नखुइलिने र टिकाउयुक्त भएको सञ्चालक पुजा सिंह के.सी. बताउंछिन् ।
अर्डर गरेको खण्डमा होम डेलिभरीको समेत व्यवश्था भएको आरम्भ कलेक्सनमा छिरेपछि महिलाको परिधान, एक्सेसरिज लगायत श्रृंगार अधुरो रहंदैन् । बिशेषत यहांका टप्स, कुर्ती र झेम्का अत्यधिक रुचाइएका छन् । | 2019/08/22 22:19:39 | https://narimag.com.np/news/2019-02-24/20190224122839.html | mC4 |
एमाले लुम्बिनीद्वारा विभिन्न उपसमिती गठन – Gulmiews
एमाले लुम्बिनीद्वारा विभिन्न उपसमिती गठन
१० फाल्गुन २०७२, सोमबार १७:४३ Sanju Kauchha
No comments भैरहवा, फागुन १० । नेकपा एमालेद्धारा यहि फागुन १४ गते भैरहवामा आयोजना हुने विशाल आमसभालाई सफल पार्न लुम्बिनी अन्चल समन्वय कमिटीले विभिन्न उपसमिती गठन गरेको छ ।
पार्टिका अन्चल कार्यलय सचिव गोपाल भट्टराईले दिएको जानकारी अनुसार पार्टिका अन्चल इन्चार्ज बैजनाथ चौधरीको संयोजकत्वमा मुल व्यवस्थापन समिती चयन भएको छ । जसमा केन्द्रिय सल्लाहकार, लुम्बिनी अन्चलका सबै केन्द्रिय सदस्य, ६ वटै जिल्ला गुल्मी, पाल्पा, अर्घाखाची, रुपन्देही, नवलपरासी, र कपिलवस्तुका जिल्ला अध्यक्ष र अन्चल कार्यलय सचिव सदस्य रहेका छन् ।
विशाल आमसभालाई सफल पार्न आर्थिक व्यवस्थापन उपसमिती संयोजकमा केन्द्रिय सदस्य तथा लुम्बिनी अन्चल इन्चार्ज बैजनाथ चौधरी संयोजक रहेका छन् । जसको सदस्यमा केन्द्रिय सदस्य लिला गिरी, केन्द्रिय सदस्य एकराज वि.क, केन्द्रिय सल्लाहकार नेत्र पन्थि र रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ रहेका छन् । स्वागत उपसमितीमा केन्द्रिय सदस्य लिला गिरी संयोजक रहेका छन् जसको सदस्यहरुमा केन्द्रिय सदस्यहरु खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, एकराज विश्वकर्मा, नजिर मिया, तिलक महत रहेका छन् ।
त्यसैगरी स्वयंसेवक परिचालन उपसमिती संयोजकमा पुर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य रहेका छन् जसको सदस्यहरुमा युवा संघका केन्द्रिय उपाध्यक्ष राजु गुरुंग, पार्टि रुपन्देही जिल्ला सदस्य तथा विद्यार्थि इन्चार्ज क्रृषी पाण्डे, युवा संघका केन्द्रिय सदस्य धुव्र आचार्य र युवा संघ केन्द्रिय सदस्य सरिता श्रीस रहेका छन् ।
मन्च व्यवस्थापन उपसमिती संयोजकमा रुपन्देही पार्टि उपसचिव राजेन्द्र प्रसाद पन्थि संयोजक रहेका छन् जसको सदस्यहरुमा पार्टिका क्षेत्रीय इन्चार्ज हरि प्रसाद अधिकारी, सह इन्चार्ज हितराज पन्थि, सिद्धार्थ नगर इन्चार्ज जिवलाल अर्याल, मुश्लिम इत्तेहात संगठन जिल्ला अध्धयक्ष लालमोहमद पठान रहेका छन् । यसैगरी यातयात व्यवस्थापन उपसमिती संयोजकमा रुपन्देही पार्टिका जिल्ला सदस्य कुमार थापा संयोजक रहेका छन् । जसको सदस्यहरुमा नारायण भट्टराइ र नारायण घिमिरे रहेका छन् । कार्यलय व्यवस्थापन संयोजकमा अन्चल पार्टि कार्यलयका सचिव गोपाल भट्टराइ रहेका छन् ।
रुपन्देहीमा घरदैलोलाई तिब्रता…
ने.क.पा. एमाले लुम्बिनीको आयोजनामा फागुन १४ गते शुक्रबार भैरहवा स्थित सिद्धार्थ रंगसालामा हुने विशाल जनसभामा सहभागीताकोलागी एमालेले जिल्लाभरी घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
पार्टिका अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्रि के.पी शर्मा ओलीले सम्बोधन गर्ने सो सभामा करिब डेढ लाख जनताको सहभागीता रहने पार्टिले अपेक्षा गरेको छ । पार्टिका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले दिएको जानकारी अनुसार विशाल सभामा रुपन्देहीबाट ८० हजार, कपिलवस्तु र नवलपरासीबाट २० । २० हजार, पाल्पाबाट १५ हजार, गुल्मीबाट ८ हजार र अर्घाखाचीबाट ७ हजार जनताको सहभागीता रहनेछ ।
संविधानको विरुद्धमा तराई मधेसमा केही तत्वले संविधानको विषयमा भ्रम फैलाएका छन् त्यसलाई चिर्न, जनताको संविधान जनताकै माझमा पुराउन संविधान जारी भएपछि नेपालमै पहिलोपटक भैरहवामा पार्टिले विशाल सभा आयोजना गर्न लागेको केन्द्रिय सदस्य गिरीले जनाए ।
फागुन १४ गतेको कार्यक्रमको आयोजक एमाले भएता पनि यो मुलुकका सबै जनताको साझा कार्यक्रम भएको हुदां सबै जनताको घरदैलोमा पुगेर कार्यक्रमा सहभागी हुन एमालेले रुपन्देहीभरी नेता कार्यकर्ता परिचालन गरेको एमालेका अर्का केन्द्रिय सदस्य तथा रुपन्देही सह इन्चार्ज एकराज विश्वकर्माले जनाए । केन्द्रिय सदस्य विश्वकर्माले भने " रुपन्देहीको करिब २ लाख घरधुरीमा एमालेका नेता कार्यकर्ता पुगीसकेका छन् । पर्चा पम्प्लेटींग भईरहेको छ । "
विशाल सभालाई सफल पार्नकोलागी अहिले एमाले केन्द्रिय सदस्य बैजनाथ चौधरी, लिला गिरी, एकराज वि.क, केन्द्रिय सल्लाहकार नेत्र पन्थी, सांसद आदित्य नारायण कसौधन लगायत लुम्बिनी अन्चलका तथा जिल्लाका सबै पदाधिकारी, सल्लाहकार, क्षेत्रीय पदाधिकारी एवं जनवर्गिय संगठन पनि क्रियासीलतापुर्वक लागेका छन् । | 2016/10/28 17:44:22 | http://www.gulminews.com/2016/02/15181 | mC4 |
यू१९ एसिया कप: नेपालको सानदार जित
नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो विकेट गुमाएको थियो । कमलसिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । १३ ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गरे ।
ओपनर रित गौतम र पवन सरार्फ दुबै शून्यमा आउट भए । १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि विकेटकीपर आशिफ शेखले ५३ बलमा ८ चौका सहित ४५ रन जोडे ।भिम सार्की १ रनमा आउट भए। सन्दीप जोरा ५३ बलमा ६ चौका सहित ४८ र कुशल मल्ल २२ बलमा २ छक्का र १ चौकाको सहयोगमा २२ रनको योगदान दिएका थिए । यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए । कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो । समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।हाम्रो खेलकुद | 2020/01/20 14:06:01 | https://www.kantipath.com/sports/cricket/nepal-uar-nepal-winner | mC4 |
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले २०७६ माघ १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
२०७७ माघ २५ गतेदेखि २०७७ फागुन २७ गतेसम्म र २०७८ कार्तिक २८ गतेदेखि २०७८ मार्ग १६ गतेसम्म सञ्चालित लिखित परीक्षामा सहभागी भई उत्तिर्ण भएका उम्मेदवारहरू मध्ये योग्यताक्रमका आधारमा प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका लागि नाम सिफारिस गरेको हो।
लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये त्रिभुवन विश्वविद्यालय कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिश सम्बन्धी विनियम, २०७३ मा भएको व्यवस्था बमोजिम परीक्षामा उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको लागि प्रतियोगीलाई छनोट गरेको छ ।
अन्य सेवा समूहका पदहरूको नतिजा क्रमशः आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ । योग्यता क्रममा पर्न सफल उम्मेदवारहरूको प्रयोगात्मक परीक्षा मिति २०७९ असार २८ गतेदेखि र अन्तर्वार्ता सम्बन्धी कार्यक्रम २०७९ असार २९ गतेदेखि सञ्चालन हुनेछ । | 2022-11-28T20:56:20Z | https://globenepal.com/2022/06/27142 | OSCAR-2301 |
Capital Live News | सरकारको अनियमित खर्च ४७ अर्ब
बिहिबार २५, असार २०७७ २२:५२
आर्थिक वर्ष २०७५ र ७६ को अनियमित खर्च ९बेरुजु० ४७ अर्ब ६२ करोड रुपैयाँ देखिएको छ। यो कुल खर्चको ४ दशमलव २५ प्रतिशत हो। महालेखा नियन्त्रक कार्यालयलको आन्तरिक लेखापरीक्षणले यस्तो देखाएको हो। आव २०७५र७६ को निकासा खर्च रकम ११ खर्ब ९ अर्ब रुपैयाँ छ।
महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवदेन तयार गरी कात्तिकमा अर्थमन्त्री समक्ष पेस गरेको थियो। प्रतिवेदनअनुसार बेरुजु १७ अर्ब २१ करोड रुपैयाँ छ। फस्र्योट गर्ने अवधि बाँकी रहेको पेस्की भने ३० अर्ब ४१ करोड छ। महालेखा परीक्षकको कार्यालयले पेस्कीलाई पनि बेरुजु भनेको छ। वित्तीय अनुशासनको बर्खिलाप गरिएकाले बेरुजु बढेको प्रतिवेदनको निष्कर्ष छ। सार्वजनिक सेवा प्रवाहमा खर्च गर्ने, लेखा राख्ने तथा प्रतिवेदन गर्नुपर्ने हुन्छ। स्वीकृत कार्यक्रम बिना खर्च गर्ने, खर्च शीर्षक फरक पारी भुक्तानी गर्ने, बिलभन्दा बढी भुक्तानी जस्ता गतिविधिले वित्तीय अनुशासनको पालना नभएको देखाएको छ। कुल बेरुजुमध्ये १ अर्ब ५८ करोड २० लाख नियमित गर्नुपर्ने किसिमका छन्। ४० करोड ८७ लाख असुल गर्नुपर्ने देखिन्छ। १५ अर्ब २२ करोड ३९ लाख म्याद नाघेको पेस्कीबापतको छ।
जम्मा १७ अर्ब २१ करोड बेरुजु र फस्र्योट गर्ने अवधि बाँकी पेस्की ३० अर्ब ४१ करोड गरी जम्मा ४७ अर्ब ६२ करोड रुपैयाँ देखिएको हो। आव ०७४र७५ को कुल बेरुजु अंक ५३ अर्ब ५८ करोड रुपैयाँ थियो। आव ०७५ र ७६ को बेरुजु अंक ४७ अर्ब ६२ करोड पेस्की बाँकीसहित देखिएको छ। यसले बेरुज अंक केही कम भएको छ। बेरुजुलाई मुख्य ४ भागमा वर्गीकरण गरी प्रतिवेदन तयारी गरिएको छ। यसमा नियमित गर्नुपर्ने, फस्र्योट गर्ने अवधि बाँकी, असुल उपर गर्नुपर्ने र फस्र्योट गर्ने अवधि बाँकी छ।
बेरुजु सम्बन्धित कार्यालय आन्तरिक लेखापरीक्षणबाट औंल्याइएको बेरुजुमा सुधार गर्न उदासीन देखिएको ठहर गरेको छ। आर्थिक वर्ष २०७५र७६ को बेरुजुका प्रकृति अधिकांश अघिल्लो आवको आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा देखिएका बेरुजु सरह देखिएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा भनिएको छ, 'बेरुजुको प्रकृति नै दोहोरिएको छ।'
कतिपय सरकारी कार्यालयले कर कट्टा नगरेको पाइएको छ। नियमानुसार भुक्तानीमा करकट्टी गर्नुपर्ने हुन्छ। त्यस्तै कर कट्टी गरी भुक्तानी दिएकोमा समेत राजस्वमा कर दाखिला नगरेको लेखापरीक्षणबाट औंंल्याइएको छ। तलब भुक्तानीमा समेत पारिश्रमिक कर कट्टी नगरेका कार्यालयलले अन्तिम लेखा परीक्षण हुनु अगावै कर दाखिला गरी लेखा अद्यावधिक गर्नुपर्ने देखिएको छ। सरकारी कार्यालयले तोकिएको सीमाभन्दा बढीको सामान सोझै खरिद गरिएको पाइएको छ। एक आर्थिक वर्षमा एकैपटक वा पटकपटक गरी सीमाभन्दा बढी रकमको एउटै व्यक्ति, फर्म कम्पनी वा संस्थाबाट सोझै खरिद गर्न सकिने छैन भन्ने प्रावधान सार्वजनिक खरिद ऐनमा छ। | 2020/07/09 17:07:40 | https://capitallivenews.com/news/1171 | mC4 |
एएफसी यु–१६ महिला छनोट : नेपाललाई जित्नैपर्ने दबाब | Nagarik News - Nepal Republic Media
एएफसी यु–१६ महिला छनोट : नेपाललाई जित्नैपर्ने दबाब
अघिल्लाे खेलमा फिलिपिन्ससँग भिड्दै नेपाली महिला टाेली (राताे)।
५ आश्विन २०७५ ३ मिनेट पाठ
काठमाडौं – दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्दा नेपालसामु एएफसी यु–१६ महिला छनोटको दोस्रो चरण प्रवेश सम्भावना कायम राख्न जितबाहेकको विकल्प हुनेछैन।
छनोट चरणअन्तर्गत समूह 'ई' को पहिलो खेलमा नेपालले बुधबार फिलिपिन्सलाई ४–० को नतिजा सुम्पिएको थियो । त्यसैले प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवत राख्न पनि नेपाललाई स्पष्ट ३ अंक आवश्यक छ । नेपालले समूहको अन्तिम खेलमा आइतबार मलेसियाको सामना गर्नेछ।
फिलिपिन्सविरुद्धको खेलको सुरुआतमा आक्रामक खेले पनि त्यसपछिका अधिकांश समय विपक्षी खेलाडीलाई रोक्नमा व्यस्त नेपालका लागि म्यानमारकी स्ट्राइकर म्याट नोइ खिन खतरा बन्न सक्छिन् । बुधबार मलेसियाविरुद्ध गोलरहित बराबरीतर्फ अग्रसर खेलको अन्तिम १५ मिनेटमा खिनले ह्याट्रिक पूरा गरेपछि म्यानमारले मलेसियामाथि ३–० को सहज जित हात पारेको थियो।
यता पहिलो खेलमा मलेसियालाई निराश पारेको म्यानमार लगातार दोस्रो जितका साथ शीर्ष दुईमा बस्दै अघिल्लो चरण प्रवेश सम्भावना थप बलियो बनाउन चाहन्छ । म्यानमारले अन्तिम खेलमा आइतबार फिलिपिन्सको सामना गर्नेछ । त्यसैले म्यानमार उक्त खेलअघि नै अघिल्लो चरणमा प्रवेश सम्भावना बलियो पार्न चाहन्छ । यद्यपि नेपालसँग १ अंक मात्र खोस्न सके मात्र पनि म्यानमारको अघिल्लो चरण प्रवेश सम्भावना कायम रहनेछ।
शुक्रबारै चाँडो गरी हुने खेलमा फिलिपिन्सले मलेसियाको सामना गर्नेछ । पहिलो खेलमा नेपालमाथि सहज जित हात पारेसँगै हौसिएको फिलिपिन्स मलेसियाविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने सोचमा हुनेछ । यता अन्तिम १५ मिनेट सम्लालिन नसक्दा म्यानमारलाई नतिजा सुम्पिएको मलेसियासामु पनि प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि जितबाहेकको विकल्प छैन।
एसियाली फुटबल महासंघ(एएफसी)ले सहभागी ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर थाइल्यान्डमा हुने प्रतियोगिताका छनोट गर्न लागेको हो । ६ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने यस्तै समूहका उपविजेतामध्ये उत्कृष्ट २ टोलीले पनि दोस्रो चरणको यात्रा तय गर्नेछ।
छनोट प्रतियोगितामा नेपाल भुटानमा भएको साफ यु–१५ च्याम्पियनसिप खेलेर सहभागिता हुने मौका पाएको हो भने बाँकी तीन टोलीले एएफएफ यु–१६ च्याम्पियनसिप खेलेर सहभागिता जनाउन लागेका हुन्। | 2020/08/15 19:57:36 | https://nagariknews.nagariknetwork.com/sports/160068-1537503960.html | mC4 |
कोरोनाले पनि नरोकिएको 'अमेरिकन आइडल' रियालिटी सोमा नेपाली युवाको सनसनी - ePosttimes
Homeअन्तर्राष्ट्रियकोरोनाले पनि नरोकिएको 'अमेरिकन आइडल' रियालिटी सोमा नेपाली युवाको सनसनी
कोरोनाले पनि नरोकिएको 'अमेरिकन आइडल' रियालिटी सोमा नेपाली युवाको सनसनी
२३ बैशाख २०७७, मंगलवार ०९:४६ अन्तर्राष्ट्रिय, गीत/संगीत 0
काठमाडौं । नोवल कोरोना भाइरसको त्रासका कारण उत्पन्न असहज परिस्थितिले गर्दा नेपालमा टिभी रियालिटी सोहरू स्थगित छन् । तर, कोरोनाको इपिसेन्टरको रुपमा रहेको अमेरिकामा 'अमेरिकन आइडल' भने निरन्तर छ ।
यो अमेरिकामा मात्र नभएर विश्वभर हेरिने गायन रियालिटी सो हो । अमेरिकन आइडलको यो संस्करण नेपालीका खास किन छ भने एक नेपाली युवाले यसमा आफ्नो दमदार उपस्थिति जनाइरहेका छन् ।
अर्थर गन उर्फ दिवेश पोखरेल । उमेर २३ वर्ष । उनी नेपालीहरू कहिल्यै नपुगेको स्टेजमा पुगेनन् मात्रै, लगातार निर्णायकहरुको उच्च प्रशंसा पाउँदै सर्वाधिक चर्चित प्रतियोगीका रुपमा दरिएका छन् । नेपालमा त उनको सेलिब्रिटी छवि बनिसकेको छ ।
दिवेश गत आइतबार अमेरिकन आइडलको 'टप १०' मा उक्लिए । जोन डेनभरको बहुचर्चित 'कन्ट्री रोड्स' बोलको गीत आफ्नै स्टाइलमा गाएर उनले फेरि एकपटक निर्णायकहरुको मन जिते । अमेरिकन आइडलको अडिसनबाट छानिएकै पहिलो नेपाली भएकाले त्यसयता उनी जति खुड्किला चढ्छन्, त्यति नयाँ इतिहास बन्ने छ ।
लकडाउनका कारण टप-१० को प्रतिस्पर्धा हलभित्र दर्शकमाझ गराइएको थिएन । प्रतियोगीहरुले आ–आफ्नै घरबाट प्रस्तुति दिएका थिए भने निर्णायकहरुले पनि आ–आफ्नै घरबाट भर्चुअल माध्यमबाट मूल्यांकन र विश्लेषण गरेका थिए । विजेताको घोषणा भिडियो कन्फ्रेन्समार्फत गरिएको थियो ।
दिवेशको संगीत यात्रा
काठमाडौंको रविभवनमा जन्मेका दिवेश सानैदेखि संगीतका पारखी थिए । स्कुल-कलेजका कार्यक्रमहरूमा गाउने गर्थे । यद्यपि, सांगीतिक क्षेत्रमा नै समर्पित भएर लागेको भने अमेरिका गएपछि मात्रै हो ।
दिवेशका बुवाआमा सन् २००८ मा अमेरिका गएका थिए, जतिबेला दिवेश स्कुल पढ्दै थिए । प्लस टुको अध्ययन सकेपछि उनी पनि सन् २०१४ मा अमेरिका गए । दिवेशका चार दिदीबहिनी छन् । अडिसनमा दिवेशले दिदी रुपालाई साथ लिएर गएका थिए । संगीतमा लाग्न उनलाई परिवारको पूरा सपोर्ट छ ।
अमेरिकाको कान्ससस्थित विचिटामा परिवारसँग बस्दै आएका दिवेश शहरमा रहेका कफी हाउसहरुमा गाउने गर्थे । उनले न्यूयोर्क, सान फ्रान्सिस्को, लस एन्जेलसका सडक–गल्लीहरुमा पनि गिटार बजाउँदै गाएका छन् ।
सन् २०१८ मा दिवेशले नेपाली गीतहरुको एल्बम निकाले । उनको 'ग्रहण' एल्बममा आठ वटा गीत छन् । सबै गीतहरु उनी आफैंले लेखेका हुन् । यसमा रहेको 'न्यानो घर' बोलको गीत दिवेशले यूट्यूवमा समेत राखेका छन् जसको भ्यूज ४६ लाखभन्दा बढी छ । उक्त एल्बम सार्वजनिक गर्नेबेला उनी नेपाल आएका थिए ।
दिवेशले सन् २०१९ मा केही नयाँ गीतहरु रेकर्ड गरे । जसमध्ये 'म', 'खोज', र 'कर्णाली' बोलका गीत गत डिसेम्बरमा उनले आफ्नै नामको च्यानलबाट यूट्यूवमा अपलोड गरेका छन् । यी गीतहरुको भ्यूज सामान्य छ । दिवेशको च्यानलमा गत फेब्रुअरीमा ७० हजार 'सब्स–क्राइबर' थिए भने अहिले सो संख्या अढाई लाख पुगेको छ ।
नाम परिवर्तनको रहस्य
धेरैलाई दिवेशको अंग्रेजी नामको विषयमा पनि कौतुहल छ । अमेरिकन आइडलमा उनलाई 'अर्थर गन' भनेर चिनाइएको छ । साथै सामाजिक सञ्जालका विभिन्न अकाउन्टहरुमा पनि उनले यही नाम प्रयोग गरेका छन् । नेपाली नाम लुकाएको भनेर कतिपय नेपाली फ्यानहरु खुशी छैनन् ।
'अर्थर गन' दिवेशको 'स्टेज नाम' हो । एक अन्तरवार्तामा दिवेशले बताएअनुसार उनले सन् २०१८ बाट यो नाम प्रयोग गर्न थालेका हुन् । अमेरिकाको सांगीतिक क्षेत्रमा संघर्ष गर्ने अठोट गरेपछि नाम परिवर्तन गरेको उनको भनाइ छ । उनले आफूलाई मनपर्ने फ्रान्सेली कवि अर्थर रिमबडको नाम सापट लिएका हुन् । 'गन' चाहिँ लडाइँको प्रतिकका रुपमा लिएको उनको भनाइ छ । स्टेजमा प्रस्तुति दिने कलाकारहरूले यसरी अर्को नाम राख्दा त्यसलाई 'स्टेज नेम' भन्ने गरिन्छ ।
अमेरिकन आइडलमा चाहिँ उनी आफ्नो वास्तविक नाममै सहभागी हुन सक्थे । यसमा भाग लिन अमेरिकी नागरिक नै हुनुपर्ने बाध्यता छैन । खाली तत्कालिन समयमा अमेरिकाको वैधानिक बासिन्दा भए पुग्छ ।
दिवेशले अमेरिकी बासिन्दाको हैसियतमा यस सोमा सहभागिता जनाउन पाएका हुन् । अमेरिकन आइडलको परिचयात्मक भिडियो तथा अडिसनका क्रममा निर्णायकहरूलाई उनले आफ्नो वास्तविक नाम बताएका पनि थिए । साथै नेपाललाई सुन्दर देशका रुपमा चित्रित पनि गरेका थिए ।
संसारमा आफ्नो वास्तविक नाम फेरेर अर्को नामले चिनिने थुप्रै कलाकार छन् । कलाकारले व्यवसायिक क्षेत्रमा चिनन छुट्टै नाम राख्नुका धेरै कारण हुन्छन् । आफ्नो वास्तविक नाम मन नपरेर वा आकर्षक नलागेर, आफ्नो नाम अरु कुनै चर्चित सेलिब्रिटीसँग जुध्न गएमा, उच्चारण गर्न वा सम्झिन अप्ठेरो खालको भएमा, नामले गलत वा आफूले नचाहेको अर्थ दिने अवस्थामा फेर्ने प्रचलन छ । दिवेशले चाहिँ नाम र थर दुवै फेरेका छन् । उनको नामले नेपाली हुन् भन्ने जनाउँदैन ।
कति माथि पुग्लान् ?
प्रारम्भिक प्रस्तुतिहरूमा दिवेशले निर्णायकहरूबाट निकै आश लाग्दा रेस्पोन्स पाएका थिए । अहिलेसम्मका प्रस्तुतिहरुमा उनलाई हरेकपटक जजहरुले उच्च मूल्यांकन नगरेका छन् ।
अमेरिकन आइडल पूर्णरुपमा भोटिङ राउन्डमा प्रवेश गरिसकेको छ । अबको प्रत्येक खुड्किलो उक्लिन अरुले जस्तै दिवेशले पनि भोटको भर पर्नुपर्ने हुन्छ । उनले भोटको आशा गर्ने भनेको विश्वभर रहेका नेपाली समुदायबाटै हो ।
नेपालीहरू भोटिङमा कति अगाडि छन् भन्ने यहाँ दोहोर्याइरहनु नपर्ला । अहिले पनि सबै प्रतिस्पर्धिमध्ये सामाजिक सञ्जालमा धेरै फलोअर्स दिवेशकै छन् । यद्यपि, अमेरिकी आइडलमा अमेरिकाभन्दा बाहिरबाट भोट दिने औपचारिक व्यवस्था छैन । यसबारे तल चर्चा गरिनेछ ।
दिवेशको फ्यान फलोइङ नेपाली मात्रै छैनन् । अन्य देशका नागरिक पनि उनका फ्यान छन् । धेरैले उनको 'रफ' आवाजलाई रुचाएका छन् । रक जनराका गीतमा दिवेशको आवाज बबाल सुनिन्छ ।
अमेरिकन आइडलकी एक निर्णायक केटी पेरीले उनलाई अडिसनमै 'रक स्टार' संज्ञा दिएकी थिइन् । कतिपयले उनलाई प्रख्यात जमैकन गायक बब मार्लेसँग दाँज्न थालेका छन् । मेलोडियस गीतहरुमा चाहिँ उनको परिक्षा भइसकेको छैन । बोल्दा लजालु देखिने उनी गीत गाउँदा भने पूर्ण आत्मविश्वासी लाग्छन् ।
इन्डियन आइडल वा नेपाल आइडलमा जस्तो टप १० पछि प्रत्येक हप्ता एक जना प्रतियोगी बाहिरिने फम्र्याट अमेरिकन आइडलमा छैन । त्यसो त यसका प्रत्येक सिजनमा नयाँ-नयाँ नियमहरु ल्याउने गरिन्छ । यस सिजनमा सबैभन्दा पहिले प्रि-लिमिनरी अडिसन र त्यसपछि रिजनल अडिसन भएको थियो । त्यसमा छनोट भएका १६७ जनालाई हलिउडमा ल्याइयो । उनीहरुबाट टप ४०, टप २० हुँदै टप १० सम्म आइपुगेको हो ।
अब केवल २ हप्तामा अमेरिकन आइडलको टुंगो लाग्नेछ । टप १० प्रतियोगीले आउँदो १० मेमा प्रस्तुति दिनेछन् । उनीहरुमध्येबाट टप ७ छनोट गरिनेछ । टप ७ बीच मे १७ मा फाइनल प्रतिस्पर्धा भएर विजेताको छनोट गरिन्छ । दोस्रो र तेस्रो हुनेलाई रनर अप र थर्ड प्लेसको पुरस्कार दिइन्छ । फाइनल राउन्डसम्म प्रत्येक प्रतिस्पर्धामा निर्णायकहरुले रुचाएका एक जनालाई सुरक्षित राख्न सक्ने प्रावधान छ । जस अनुसार अहिले टप टेनका अतिरिक्त निर्णायकले सुरक्षित राखेका थप एक प्रतिस्पर्धी पनि टप ७ का लागि भिड्नेछन् । टप ७ मा पनि एक प्रतिस्पर्धीलाई निर्णायकले जोगाए भने ८ जनाबीच फाइनल हुनेछ ।
दिवेशले अहिलेसम्म ६ वटा खुड्किला पार गरिसकेका छन् । अब दुईवटा निर्णायक खुड्किला उनका सामुन्ने छन् । टप ७ मा छनोट भएको खण्डमा उनी फाइनलमा पुग्नेछन् र २० तारिखमा उनको भाग्य फैसला हुने छ ।
अमेरिकन आइडलमा टप २० बाट पब्लिक भोटिङ सुरु हुन्छ । अमेरिकामा भोट गर्ने तीन तरिकाहरु छन् । पहिलो, idolvote.abc.com मा गएर, दोस्रो 'अमेरिकन आइडल'को एप डाउनलोड गरेर र तेस्रो एसएमएस गरेर । अमेरिकामा एसएमएसमार्फत भोट गर्नका लागि प्रतियोगीको नम्बर टाइप गरेर २१५२३ मा पठाउनुपर्छ । दिवेशको नम्बर १६ हो ।
माथि उल्लेखित विधिहरुबाट तोकिएको समयभित्र एकजनाले १० वटासम्म भोट गर्न सक्छन् । तर, यो विधि अमेरिकाबाहिर काम लाग्दैन । नेपालसहित अन्य देशहरुबाट भोट गर्न मिल्ने औपचारिक व्यवस्था छैन ।
यद्यपि, भीपीएन एप्लिकेसन/सफ्टवेयरमार्फत भोट गर्ने एउटा उपाय छ । त्यसका लागि भिपीएन सफ्टवेयर डाउनलोड गरेर त्यसमा (जुन देशमा भए पनि) आफूलाई अमेरिकामा रहेको जनाउनुपर्छ । त्यसपछि अघिकै प्रक्रियाबाट अमेरिकन आइडलको एप वा idolvote.abc.com मा गएर भोट गर्न सकिन्छ ।
रियालिटी सोको शक्ति
नेपालमा पनि पछिल्लो समय गायन रियालिटी सोहरु निकै फस्टाइरहेका छन् । तर विदेशका रियालिटी सोमा नेपालीले भाग लिएर सफलता पाउनुको बेग्लै महत्व हुन्छ । नेपालीहरुले भारतबाहेक अरु देशमा अहिलेसम्म यस्तो सफलता खासै पाएका छैनन् ।
भारतको गायन रियालिटी सो इन्डियन आइडलमा नेपाली मूलका प्रशान्त तामाङले भिडन्त गर्दा नेपालमा भोटिङ अभियान नै चलेको थियो । उनलाई इन्डियन आइडलको उपाधि जिताउन नेपालीहरुको ठूलो योगदान रह्यो । प्रशान्त नेपाली मुलका भारतीय नागरिक हुन् । नेपाली मूलको मात्रै हुँदा त यसरी हौसिएका नेपालीहरु दिवेशप्रति उत्साहित नहुने कुरै भएन । उनी त जन्मजात नेपाली हुन् ।
साथै, भारतीय टेलिभिजनको र अमेरिकी टेलिभिजनको रियालिटी सोमा पनि निकै फरक हुन्छ । इन्डियन आइडलका दर्शक भारतीय वा हिन्दी भाषा बुझ्नेहरु मात्र हुन् । अमेरिकी आइडल संसारभरी हेरिन्छ किनकी अंग्रेजी संसारभरी बोलिने भाषा हो । त्यसैले अमेरिकी आइडलको महत्व र आयाम निकै ठूलो छ नेपालीका लागि पनि ।
अरु देशमा गएर नेपाललाई चिनाउनुपर्दा अहिले पनि सगरमाथा वा गौतम बुद्धको नाम लिनुपर्छ । तर, विभिन्न विधाका यस्ता प्रतिभाहरुले देशलाई विश्वमा नयाँ पहिचान दिन सक्छन् । जस्तो कि सन्दिप लामिछानेले क्रिकेट खेलेर नेपाल चिनाइरहेका छन् । भोली दिवेशले संगीतका माध्यमबाट त्यही काम गर्न सक्छन् । नेपालीहरु 'बहादुर' का रुपमा भन्दा 'प्रतिभाशाली' भनेर विश्वमाझ चिनिनु राम्रो हो । | 2022/06/26 08:43:16 | https://eposttimes.com/2020/05/05/23-6/ | mC4 |
संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा संसद् विघटन : प्रधानमन्त्री ओली – Online Khabar
२०७७ माघ ४ गते १८:४२ मा प्रकाशित
४ माघ, काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताएका छन् । आफ्नो समूहका अखिल नेपाल महिला संघ(अनेम) को बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् विघटनबारे आफू जवाफ दिन तयार रहेको बताए ।
'संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सिफारिस गरिएको छ । अनि त्यति पनि नपढी कुदेका छन्', ओलीले भने ।
संसद् विघटनको विषयमा राष्ट्रपतिको मर्यादा समेत ख्याल नगरिएको ओलीले बताए । संसद् विघटन प्रधानमन्त्रीले गरेपनि राष्ट्रपति माथि हमला गरिएको उनको भनाइ थियो । हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरेको ओलीले बताए । 'दरबार हत्याकाण्ड पछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन ? अहिले फेरि गणतन्त्रमाथि हमला ?', उनले भने ।
स्वतन्त्र न्यायलय र निर्वाचन आयोगलाई हमला गरिएको ओलीले बताए । 'अदालतप्रति सम्मान छ । तर, हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनर्स्थापना गर्छौ । यो भनेको न्यायलयमाथि हमला होइन ?', उनले भने । न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएको बताए ।
निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगलाई हुल बाँधेर काम नगर्न धम्की दिएको ओलीले बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता नै भएको ओलीको भनाइ थियो । पार्टी, सत्ता र देश कब्जा गर्छु भनेर पार्टी एकता गरेको उनले आरोप लगाए ।
एकताको तीन वर्षसम्म कामै गर्न नसक्ने अवस्थामा पुगेको पार्टीले अहिले गति लिएको ओलीले बताए । 'पार्टीमा सुद्धिकरण आवश्यक थियो । केहीलाई कारबाही र्गुपर्ने थियो, तर आफैं सुटुक्क', ओलीले भने । तानाशाहीको विरुद्ध मात्रै सडकमा जानुपर्ने भए पनि अहिले लोकतन्त्रका विरुद्ध प्रचण्ड र माधव नेपालहरु सडकमा गएको उनले टिप्पणी गरे ।
भीरमा जाने गोरुलाई राम राम
संबिधानको धारा बिपरित संसद बिगठन भएपछी कसरी संबिधानको रक्षा भयो? अनि २०४७ सालको संबिधान मानेर गणतान्त्रिक नेपालको संबिधान नै नमाने पछि कसरी गणतन्त्रको पक्षमा भयो? कसरी राष्ट्रको पक्षमा भयो यो? सबै कार्य आखाँको अगाडी छर्लंगै छ, अझै कसलाई झूठो बोल्दैछौ ए हरिलट्ठक?
Kati samma janatalai gumraahma rakhxau yar, Bastabma timi hau deshko ra janatalai dhoka dine manxe.
२०७७ माघ ४ गते १९:१४
Naapis taile, euta janeko chha nakkali rastrabad kati din janata jhulkine ho, baicharik vision ta antha na santha ko, physical ta tesai Durval arkako bhar ma
२०७७ माघ ४ गते १९:१३
संघीयता खारेज गर। २०७२ को संबिधान खारेज गर। भ्रष्टहरुलाई जेल हाल। जनहत्यारा प्रचण्ड लगायतलाई जेल हाल।जनताबाट निर्वाचित राष्ट्रप्रमुखबााट शाशन गर्ने व्यवस्था लागू गर। यति गर्न सक्यौ भने तिमी कसैसंग पनि हार्ने छैनौ। नेपालको इतिहासमा एक अब्बल नेताकोरूपमा स्थापित हुने छौ। ३ करोड नेपालीले मुटुमा राख्ने छन्। बिष्णु पौडेल, गोकुल बास्कोटा, महेश बस्नेत जस्ता भ्रष्टहरुलाई बोकेर हिड्यौ भने तिम्रो राजनीतिक जीवनको दुखद अन्त्य हुनेछ।
Rewant Kumar Basnet
२०७७ माघ ४ गते १९:०५
यदि सेटिंगमा संसद विघटन भए प्रधानमन्त्रीले संविधानमा माथि कु गरेको प्रमाणित हुनेछ । त्यस्तो संविधान माथि कि के पी ओली माथि ?? | 2021/04/17 11:32:05 | https://www.onlinekhabar.com/2021/01/924439 | mC4 |
बाढीको उच्च जोखिममा चामेको जनप्रिय मावि - Dainik Online Dainik Online
प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १ : ४२
गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ ।
लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ । विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उहाँहरुको भनाइ छ ।
बाढीसँगै आएको काठ, ढुङ्गा र बालुवा चामेको मोटरेबल पुलमा अड्किएर बस्तीतर्फ कटान गरेपछि विद्यालय उच्च जोखिममा परेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि विद्यालयमा बढी क्षति पुगेको उहाँले बताउनुभयो ।
चामेका चार विद्यालयलाई गाभेर आवाससहितको एउटा मात्रै जनप्रिय मावि बनाइएको थियो । विद्यार्थीलाई सहज बनाउनका लागि आवासीय बनाए पनि जनप्रिय बाढीको उच्च जोखिममा रहेकाले समस्या थपिएको उहाँले बताउनुभयो । भौतिक संरचनाले नै व्यवस्थित बनाएको विद्यालय जोखिममा पुगे पनि सरकारको चासो अझैसम्म नपुगेको उहाँ बताउनुहुन्छ । | 2021/09/17 09:29:37 | https://www.dainikonline.com/story/147900/2021/07/23/ | mC4 |
प्रदेश २ सरकारको निर्णय: किसानको व्याज तिर्नेसहित यस्ता राहत उपलब्ध गराउने -
प्रदेश २ सरकारको निर्णय: किसानको व्याज तिर्नेसहित यस्ता राहत उपलब्ध गराउने
२८ चैत्र २०७६, शुक्रबार १७:११ 280 पटक हेरिएको
जनकपुरधाम । चीनबाट सुरू भइ विश्व्यापी महामारीकाे रूपमा फैलिएको कोरोना भाइरसका कारण जारी 'लकडाउन' ले आम्दानीको श्रोत खाेसिएपछि प्रदेश २ को सरकारले कृषकहरूकाे ब्याज तिर्नेसहित विभन्न राहत उपलब्ध गराउने निर्णय गरेकाे छ। किसानले बैंक, वितिय संस्था वा सहकारी संस्थाबाट लिएको ऋणको व्याज प्रदेश सरकारले चुक्ता गर्ने निर्णय भएको हाे ।
मन्त्री परिषद्को बैठकले कृषि कर्मको लागि किसानहरुले पाँच लाखसम्म लिएको ऋणमा अधिकत्तम १२ प्रतिशत सम्म ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने भएको छ। ५ लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशत व्याजदरमा ५० प्रतिशत, १५ देखि ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋण कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा सरकारले तिर्ने भएको छ। यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए । प्रदेश सरकार मन्त्रिपरिषदको सम्पन्न बैठकले उपचारकार्यमा संलग्न निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश २ को प्रमुख आम्दानीको श्रोत कृषि कोरोना (कोभिड-१९) बाट प्रभावित भएपछि चार ४ महिनाको व्याज प्रदेश सरकारले चुक्ता गर्ने निर्णय गरेको छ । | 2021/07/28 11:20:04 | https://www.sundaykhabar.com/2020/04/10/16799/ | mC4 |
सत्तारूढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी । - Saitim Khabar
सत्तारूढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी ।
३ मंसिर २०७७, बुधबार १३:५६
काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरुभएको आजको बैठक गत शुक्रबार बसेको सचिवालय बैठकको नियमित बैठक हो । बैठकमा दुबै अध्यक्षकाे उपस्थिति रहेकाे छ ।
प्रधानमन्त्रीको सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार बैठक निर्धारित समय १ बजे नै शुरुभएको छ । बैठकमा सचिवालयका सबै सदस्यहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।
गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठको लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
राजनीतिक प्रतिवेदनसँगै अध्यक्षद्वय केपी शर्मा ओली तथा प्रचण्डले लेख्नुभएको छुट्टाछुट्टै पत्र पनि सचिवालयका सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ । त्यसको अतिरिक्त कोभिड १९ ले पारेको समस्या र साधानका विषयमा पनि छलफल हुने सचिवालयका सदस्यहरुले बताउनु भएको छ ।
'तपाईंले प्रस्ताव फिर्ता... काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओली आज बसेको नेप... 68 views | 0 comments | by saitimkhabar | posted on December 5, 2020
पछिल्लो २४ घण्टामा २१ जना... काठमाडौ / २४ घण्टामा नेपालमा २१ जनाको कोरोना संक्रम... 16 views | 0 comments | by saitimkhabar | posted on December 1, 2020 | 2020/12/05 18:19:17 | https://shaitimkhabar.com/2020/11/18/12020/ | mC4 |
चीनले ध्वस्त बनायो अमेरिकी खुफिया सञ्जाल, सीआइएका २० गुप्चरको हत्या गरेको दाबी | Navadristi.com – Nepal Leading Online News Protal
चीनले ध्वस्त बनायो अमेरिकी खुफिया सञ्जाल, सीआइएका २० गुप्चरको हत्या गरेको दाबी
७ जेष्ठ २०७४, आईतवार १०:२८
काठमाडौँ ७ जेठ । चीनले अमेरिकी खुफिया संस्था सीआइएको सञ्जाल ध्वस्त पार्न सफल भएको छ । दुई वर्षको अवधिमा चीनले सीआइएका १८ देखि २० जना हत्या गरेको अमेरिकाबाट प्रकाशति हुने न्यूयोर्क टाइम्स पत्रिकाले समाचार छापेको छ । जासुसी गर्न पठाएका सीआइएका गुप्तचरलाई चीनले हत्या वा जेल हालेर अमेरिकाको खुफिया सञ्जाल ध्वस्त पारेको अमेरिकी उच्च अधिकारीले बताएका छन् ।
सन् २०११ देखि चीन पठाएका अमेरिकी गुप्तचर हराउन थालेका हुन् । त्यसयता विशेष तालिम र प्रशिक्षणसहित चीनतिर पठाइएका र चीनमै जन्माइएका २० जना गुप्तचर हराएको बताइएको छ ।
अमेरिकाले यो घटनालाई दशकौंयता अमेरिकी गुप्तचर सुरक्षाले बेहोरेको सबभन्दा खराब क्षति भएको बताएको छ । यस घटनालाई अमेरिकाले विगतमा सोभियत युनियनका निम्ति अमेरिकी गोपनीयता भंग गरिदिएका सीआइएका एल्ड्रिक एम्स र एफबीआइका रोबर्ट हानसेनको घटनासँग तुलना गरेका छन् ।
एक जना अमेरिकी गुप्तचरलाई चीनले सरकारी कार्यालयमै उनका समकक्षीहरुका सामुन्ने गोली हानि मारेको समाचारमा बताइएको छ ।
पछिल्लो पटक चीनसँग अमेरिका निकै आतंकित छ । चीनले सीआइएको खुफिया सञ्चार प्रणाली ह्याक गरेको हुनसक्ने वा चीनका निम्ति कोही अमेरिकी गुप्तचरले नै सन् २०१० ताका ती सूचना चुहाइदिएको हुनसक्ने अमेरिकी अधिकारीको अनुमान छ ।
सन् २०१२ सम्म आइपुग्दा अमेरिकाको एउटा महत्वपूर्ण खुफिया सञ्जाल करिब करिब पूर्ण रुपमा ध्वस्त भएको बीबीसीले बताएको छ । यसबारे सीआइएले केही बोलेको छैन ।
चारजना पूर्व सीआइए अधिकारीहरुले उक्त समाचारपत्रसंग बोल्दै चिनियाँ कर्मचारीतन्त्रको भित्री तहमा रहेका सूचनाका सूत्रहरुबाट आइरहने सूचना सन् २०१० मा लगभग रोकिएको बताएका छन् । चीनका लागि तयार पारेका सुत्रहरु सन् २०११ को शुरुदेखि हराउन थालेको बताइएको छ । यसबारे पूर्व राष्ट्रपति बराक ओबामाले समेत चाँसो राखेको बताइएको छ । | 2022/05/18 00:30:59 | https://navadristi.com/archives/2900 | mC4 |
'सन्नाटाको लय' कविता संग्रह सार्वजनिक - Bidur Khabar
'सन्नाटाको लय' कविता संग्रह सार्वजनिक
विदुर खबर २०७६ भदौ ७ गते २१:१०
नुवाकोट, कवि नरेन्द्र कुमार नगरकोटीको पहिलो कवितासंग्रह 'सन्नाटाको लय' शुक्रबार सार्वजनिक भएको छ ।
कवितासंग्रह 'सन्नाटाको लय' कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक ज्ञानु अधिकारीले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । समिक्षक कवि प्रतीकले 'सिंगो आख्यानले भन्ने कुरा कवितामा ६ लाइनले भन्न सकेको बताए । संग्रहभित्रका अधिकांश कविताले आम मान्छेको आवाज बोलेको प्रतीकले बताए । समाजका असमानताको विरुद्ध शालीन ढंगले कविताले आवाज उठाएको प्रतीकको भनाइ थियो।
आख्यानकार विजय सापकोटाले नगरकोटीसँग करिब २ दशक अघिदेखिको सम्बन्ध र सहयात्राबारे स्मरण गरेका थिए । सापकोटाले कवी नगरकोटि नजिकका साथी रहेको र उनको कविता लेखन सुरुबाट नै आफु उनको कविताको साक्षी रहेको बताए । कविताले आफूलाई सधैं प्रभावित गरिरहेको उनले बताए ।समालोचक ज्ञानु अधिकारीले संग्रहका २८ वटा कविताले कविताको प्यासलाई मेटाएको बताइन्। 'कविताले मेरो मन हल्लायो, पाठकहरूको पनि हल्लाउँछ। आजको समय र चेतना, संग्रहभित्रको कवितामा मैले पाएँ,' उनले भनिन्।नरेन्द्रका कविताले हरफै पिच्छे तरंग पैदा गर्ने क्षमता राखेको अधिकारीको टिप्पणी थियो।
कवि नगरकोटीले पहिलो कामको अनुभूति सधैं विशेष र फरक हुने बताए ।उनले आफूलाई कविताकर्ममा साथ र प्रेरणा प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो कवितासँग आफु भन्दा नजिक अरु व्यक्तित्वहरू रहेको बताए ।कार्यक्रममा कवि नगरकोटीले शीर्ष कविता'सन्नाटाको लय,' 'ढुकढुकीको आवाज' र 'मार्च ८ मा बाको सम्झना' सुनाए। मूल्य रु १ सय ९९ राखिएको संग्रहलाई शाब्दिक बुकले प्रकाशनमा ल्याएको हो। | 2022/07/02 01:07:27 | https://www.bidurkhabar.com/archives/10023 | mC4 |
ताजा समाचार 3 Archives - Sabal Post
काठमाडौं - यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँदै छ । सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने
१४ कार्तिक २०७६, बिहीबार विस्तृतमा »
कपिलवस्तुको वाणगंगामा वेवारिशे बालिका फेला
कपिलवस्तु-कपिलवस्तुको वाणगंगामा वेवारिशे बालिका फेला परेकी छिन् । वाणगंगाको वडा नं। १० पटनाको मेचकुरीमा बालिका वेवारिशे रुपमा फेला परेकी हुन् । बालिका एकोहोरी रोइरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएकी बालिकालाई इलाका प्रहरी कार्यालय पिपराको जिम्मा लगाइएको थियो
महोत्तरी- जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ÷नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखाँैको
डलरको भाउ फेरि बढ्यो, एक महिनामा ५ रुपैयाँले महँगियो
काठमाडौं - डलरको भाउ फेरि बढेको छ । खासगरि भरतीय मुद्रा कमजोर बन्दाको असर नेपाली रुपैयाँमा परेको छ । जसका कारण नेपालमा एक महिना यता डलरको भाउ ५ रुपैयाँले बढेको छ ।पछिल्लो एक महिनामा डलरको भाउ ५ रुपैयाँले बढेको छ
फेरी मनसुन सक्रिय हुने पुर्वानुमान
फेरी मनसुन सक्रिय हुने पुर्वानुमान , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको यो सूचना हेर्नुस् : मौसम विश्लेषण (Meteorological Analysis): मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने
१७ श्रावण २०७६, शुक्रबार विस्तृतमा »
नगरप्रमुख द्वारा राज्य कोषको सुविधा विद्यालयलाई हस्तान्त्रण
अर्घाखाँची/ सितगङ्गा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारिले आफुले ५ बर्ष सम्म नगरपालिका बाट राज्यले उपलब्ध गराउने पारिश्रमिक बापतको रकम सितगङ्गा नगरपालिका भित्रका १२ माध्यमिक विद्यालयहरुको शैक्षिक सुधारका लागि उपलब्ध गराउने प्रतिवद्धता अनुसार । रकम हस्तान्त्रण गरेकाछन् । उनले एक समारोहका
भारतीय प्रधानमन्त्री मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७
१० श्रावण २०७६, शुक्रबार विस्तृतमा »
'रअ' प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको छैन– मन्त्री बाँस्कोटा
काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तर 'रअ' का प्रतिनिधिसँग प्रधानमन्त्रीको भेटवार्ता नभएको बताएका छन् । गत आइतबार नेपाल भ्रमणमा आएका रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका अध्यक्ष प्रचण्ड लगायतले भेटवार्ता गरेको
९ श्रावण २०७६, बिहीबार विस्तृतमा »
अख्तियारद्धारा 'स्टिङ अपरेसन' बढाउँदै
भीमदत्तनगर - सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'स्टिङ अपरेसन' लाई सक्रियाताका साथ अघि बढाएको छ भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२–७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै | 2019/11/15 09:03:04 | https://sabalpost.com/archives/category/%E0%A4%A4%E0%A4%BE%E0%A4%9C%E0%A4%BE-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-3 | mC4 |
हाम्राे पिपलबाेट » क्रिसाको आठौ साधारण सभा सम्पन्न क्रिसाको आठौ साधारण सभा सम्पन्न – हाम्राे पिपलबाेट
क्रिसाको आठौ साधारण सभा सम्पन्न
कबिन्द्र परियार
कोहलपुर क्षेत्रका निजि तथा आवशिय विद्यालयहरुको संगठन (क्रिसाको ) आठौं साधारणसभा तथा योजना तर्जुमा भेला शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । भेलामा क्रिसाका सचिव शिव डाँगीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष केशर बहादुर वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलाले रु १ लाख ५० हजारको अक्षयकोषकोे समेत स्थापना गरेको छ । सो अक्षयकोषबाट बाँकेका ३ वटा स्थानीय तह राप्तीसोनारी,बैजनाथ र कोहलपुर नगरपलिकाले सिफारिस गरि पठाएका १÷१ जना विद्यार्थीहरुलाई अध्ययन गराइने क्रिसाका अध्यक्ष दिनेश सिग्देले जानकारी दिए । त्यस्तै भेलाले सामुदायिक विद्यालयबाट आधारभुत तह उर्तिण गरि निजी विद्यालयमा मा.वि अध्ययन गर्न चाहने गरिब र जेहेन्दार ३० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा पढाउने निर्णय समेत गरेको सचिव शिव डागीले बताए ।
त्यस्तै भेलाले कोहलपुर नगरपलिकाले लागु गर्ने भनिएको पोषाकमा एकरुपताका विषयमा असहमति जनाएको छ । पाठ्यक्रममा एकरुपताको विषयमा आपत्ति होईन तर पोषाकका हकमा भने हामीलाई स्विकार्य छैन । अध्यक्ष सिग्देलले भने । साधारणसभामा नेशनल प्याब्सन प्रदेश नं ५ का सदस्य गोविन्द चौधरी, कमल पछाई,जिल्ला अध्यक्ष श्याम कुवर,प्याब्सन जिल्ला सचिव रोशन श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । | 2022/05/22 09:58:14 | https://hamropipalbot.com/2559 | mC4 |
लमही, १६ मङ्सिर (रासस) : दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण भइरहेको छ ।
भवन निर्माणमा क्यानडा सरकारले आफ्नै कामदार खटाएको छ । भवन निर्माण कार्यको ८० प्रतिशत काम पूरा गरेको विद्यालयका प्रधानअध्यापक रामसुरत यादवले जानकारी दिनुभयो । "विदेशी कामदार खटिनुभएको छ" उहाँले भन्नुभयो, "बीस दिनमै चारकोठे भवन निर्माणको ढलान सकिएको छ ।" ढलान गरेको करीब १०÷१५ दिन भइसकेको भन्दै अब २० दिनमा सबै काम पूरा हुने उहाँको भनाइ छ । कात्तिकको पहिलो सातादेखि निर्माणको काम शुरु भएको हो । कम्प्युटर कक्ष, सूचना प्रविधि कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापनका लागि भवन निर्माण हुनलागेको प्रअ यादवले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको तर भवन जीर्ण हुँदा समस्या भएको भन्दै विदेशी लगानीकर्तासँग समन्वय गरेर भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । "विद्यार्थीको सङ्ख्या धेरै छ", उहाँले भन्नुभयो, "तर भवन जीर्ण हुँदा पठनपाठनमा समस्या थियो, त्यसैले भवन निर्माणमा विदेशी लगानी पनि भित्र्याएका हौँ ।" प्रअ यादवका अनुसार अहिले विद्यालयमा जम्मा एक हजार ६०० विद्यार्थी अध्ययनरत् छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने तथा प्रविधिमैत्री विद्यालय बन्ने समेत उहाँले बताउनुभयो । | 2019/09/23 04:09:57 | https://edusanjal.com/samachar/foreign-aid-build-schools/ | mC4 |
नवलपुरको भृकुटी कागज कारखाना कुरुप र खण्डहर – उज्यालो खबर
नवलपुरको भृकुटी कागज कारखाना कुरुप र खण्डहर
मंगलबार, मंसिर ३०, २०७७ | १३:०२:३७ |
भृकुटी कागज कारखाना बन्द हुँदा सयौँ व्यक्तिले रोजगारी गुमाए । यति मात्रै होइन कागजमा आत्मनिर्भर बनेको र विदेशमा पनि यहाँ उत्पादित कागज निर्यात हुँदै आएका ठाउँमा अहिले भने कागजमा विदेशमा नै निर्भर हुनपर्ने अवस्था आएको छ ।
गैँडाकोटमा बस्दै आउनुभएका पर्वतका होमनाथ सापकोटाले २०५३ सालदेखि कारखानामा काम गर्दै आउनुभएको थियो । बन्द भएको आधिकारिक सूचना नआई बन्द भएको बताउने सापकोटाले तलब पनि नपाएको बताउनुहुन्छ । अहिले उहाँ घर नजिकै रहेको सरस्वती आधारभूत विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्दै जीवननिर्वाह गरिरहनुभएको छ । उर्जाशील उमेर उद्योगकै उन्नतिका लागि खर्चनुभएका उहाँ यो अवस्था आउला भन्ने कल्पना नै गर्नुभएको थिएन । अझै पनि आफुले गरेको मेहनतको मूल्य पाउने हो वा होइन उहाँ अन्योलमा नै हुनुहुन्छ ।
२०७५ साल वैशाख १५ गते तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादवले भृकुटीको अवलोकन गर्दै राष्ट्रियकरण गर्ने चेतावनी दिए पनि अझैसम्म केही हुन सकेको छैन । यादवसमक्ष मजदुरले आफ्नो माग र गुनासासहितको पत्र पनि बुझाएपनि सुनुवाइ भएको छैन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, तत्कालीन टे«ड युनियनका अध्यक्ष एवं प्रधानमन्त्रीका वर्तमान राजनितिक सल्लाहकार विष्णु रिमाललगायत यसबारेमा जानकार हुनुहुन्छ तरसुनुवाइ नभएको सोही कारखानामा काम गर्नुभएका मजदुरका तर्फबाट सम्झौताकारमध्येका एक साक्षी गैँडाकोट ५ का वडा सदस्य हरिप्रसाद ढकालको भनाइ छ । उहाँले श्रम कार्यालयमा मुद्दा हाल्नेदेखि पटक–पटक सहमति र सम्झैता गरेपनि कार्यान्वयन नभएको बताउनुभयो ।
अहिले पनि १६÷१७ जना गार्डले भृकुटीको हेरचाह गरेर बसेको ढकालको भनाइ छ । भृकुटी कागज कारखानाका नाउँमा ५२ बिगाहा जमिन छ । सो कारण अहिले पनि आफुले गरेको परिश्रमको मूल्य पाइने आश साँचेर बसेको उहाँ बताउनुहुन्छ ।
निजीकरणपछि ८० टन कागज उत्पादन हुँदै आएको र विदेश पनि निर्यात हुने गरेको कामदार बालकृष्ण ढकालको ठम्याइ छ । दैनिक ज्यालादारीमा २ वर्ष काम गरेर ०५३ सालमा स्थायी हुनुभएका उहाँले कारखाना बन्द भएको १७ महिनापछि मजदुरको हिसाब गरेर दिन्छु भने पनि नदिएको बताउनुभयो । मजदुरले विभिन्न चरणमा आन्दोलन पनि गरे। तत्कालीन उद्योगमन्त्रीकै नेतृत्वमा वार्ता भएपनि कार्यान्वयन नहँुदा उनीहरु निराश छन् ।
यस्तै गैँडाकोटकी रेनु कुँवर भृकुटीमा नै १७ वर्ष काम गर्नुभयो । आन्दोलन गरेर सम्झौता गरेपछि श्रमको मूल्य दिन्छु भनेपनि मूल्य नपाएको उहाँ बताउनुहुन्छ । उहाँले एकपटक २० हजार पाए पनि अरु तलब नपाएको बताउनुहुन्छ ।
रोजगारी गुमेकामा मजदुरलाई पनि ठूलो शोक छ । त्यसभन्दा ठूलो चिन्ता सरोकारवालाहरुले गरेका उल्लङ्घनले परेको छ तर आपूmले बगाएको पसिनाको मूल्य चुकाउन उनीहरु तयार छैनन् । उनीहरुले पटक पटक गरेका सम्झौताअनुरुप नै पारिश्रमिक उपलब्ध गराउन माग गर्दै आएका छन् । साभार विजय एफ एम अनलाईन | 2021/01/24 14:36:41 | https://www.ujayalokhabar.com/2020/12/15/3777/ | mC4 |
योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा – Online Khabar
२०७७ असार २ गते १७:३० मा प्रकाशित
२ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगपत्र तयार पारेकाे छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा तयार पारिएको विभाग स्रोतले बतायो । विभागका कर्मचारीहरू मंगलबारै विशेष अदालतमा श्रेष्ठविरूद्ध मुद्दाको फाइल लिएर पुगेका थिए ।
मंगलबार मुद्दा दायरका लागि विशेष अदालत पुगेको विभागको टोलीलाई सबै कागजात अध्ययन गर्न समय नपुगेको र केही बैंक खाता नम्बरको विवरण छुटेको देखेपछि भोलि दर्ताका लागि आउन भनेर फिर्ता पठाइएको अदालतका सूचना अधिकारी इन्द्रकुमार खड्काले बताए ।
'सबै कागजातको अध्ययन गर्न नभ्याएकाले भोलिका लागि बोलाएका छौं, प्रक्रिया भोलि पूरा हुन्छ, उनले भने ।
विभाग स्रोतका अनुसार श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर गर्न लागिएको हो ।
श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाझीपूर्वक मिनाहा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको पाइएको छ ।
श्रेष्ठले आफ्नो बैंकमार्फत आकर्षक ब्यादर तोकेर निक्षेप आकर्षित गर्ने र नक्क्ली ऋणी खडा गरेर रकम आफैंले दुरुपयोग गर्ने गरेको विभागको अनुसन्धानमा खुलेको छ । कर्जा फारमलगायत आवश्यक फारम नभरी र कागजी प्रक्रिया पूरा नगरी नक्कली ऋण खडा गर्न उनी माहिर देखिएको विभाग स्रोत बताउँछ ।
ठूलो घोटालाका योजनाकार
श्रेष्ठ नेपालको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो घोटाला गर्ने बैंकरमध्ये एक मानिन्छन् ।
उनी अध्यक्ष फाइनान्समा करिब दुई अर्ब घोटाला भएको यसअघि भएको अनुसन्धानले पनि देखाएको थियो । सो फाइनान्सले ८८ जनाको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण श्रेष्ठले दुरुपयेाग गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो ।
उनलाई त्यसकै आधारमा उनीमाथि सवा दुई अर्बको बैंकिङ कसुरको मुद्दा लागेको थियो । घोटाला काण्डपछि फरार श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो । सर्वसाधारणको निक्षेपसमेत छल पूर्वाक आफ्ना खातामा पठाउने गरेको अनुसनधानबाट खुलेको थियो ।
तर, २०७१को असार १२ गते सर्बोच्चले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो । तर, मुद्दा विचाराधीन हुँदा एक वर्षभन्दा बढी पुर्पक्षका लागि थुन्न नपाइने अदालती बन्दोबस्तसम्बन्धी महललाई आधार मान्दै सर्वोच्चका तत्कालीन न्यायधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
श्रेष्ठले फाइनान्समा जम्मा गरेको सर्वसाधारणको निक्षेप आफ्नो व्यक्तिगत खातामा जम्मा गरी रकमको दूरुपयोग गरेको र नक्कली ऋणी खडा गरी कर्जा अपचलनसमेत गरेको राष्ट्र बैंकको दाबी छ । श्रेष्ठले मोटो रकम अपचलन गरेपछि संस्था समस्याग्रस्त बनेको छ र सो संस्थाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्र बैंकले लिएको छ ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको यो फाइनान्समा करिब ५० करोडभन्दा बढी निक्षेप फसेको अनुमान छ ।
योगेन्द्र श्रेष्ठ सम्पत्ति शुद्धीकरण
२०७७ असार २ गते १७:१९
थुइक्क ! आफुले बा को गोजीबाट जाबो २० रुपैया चोर्दा त दिमागै रन्थनिने गरि झापु खाईया थ्यो। अनि कहाँ बाट हुन्छ प्रगति ?
२०७७ असार २ गते १७:२७
हेरी रहनु होला अदालतवाट यो चाँडैनै रिहा हुनेछ, पहिला पराजुलीले बजायो अव कसको चिठ्ठा खुल्ने हो ?
यो, कमल gynawali, सुधीर खत्री, भक्त prhalad पाँडे, nefinsco को के नाम हो, सबै prithivi पाँडे बन्न खोज्दै डुबे उ भने ठूलो मान्छे हा हा हा। | 2021/05/13 06:13:13 | https://www.onlinekhabar.com/2020/06/873737 | mC4 |
मनकामना मन्दिरमा पूजापाठ गर्नदिन स्थानीयको माग – Milappost
मनकामना मन्दिरमा पूजापाठ गर्नदिन स्थानीयको माग
प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर खोल्न स्थानीय बासिन्दाले माग गरेका छन्।कोरोनाभाइरस महामारीले गत चैतमा गरिएको लकडाउनदेखि नै मनकामना मन्दिरमा भक्तजनका लागि पूजापाठ गर्न दिइएको छैन।
नियमित पूजाआजा भने पूजारीले सञ्चालन गरिरहेका छन्। लकडाउन सुरू भएदेखि नै मनकामना केवलकार पनि बन्द छ। स्थानीय बासिन्दाले सामाजिक दूरी कायम हुने गरी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ लागू गरी मन्दिर खोल्नुपर्ने बताउँदै आएका छन्।
केही दिनअघि उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले भेला गरी तत्काल मन्दिर र केवलकार सञ्चालन गर्न माग गरेका थिए।
मन्दिर र केवलकार बन्द हुँदा मनकामनादेखि कुरिनटार क्षेत्रको व्यापार व्यवसायमा प्रभावित पारेको उनीहरूको भनाइ छ।
इकाइ अध्यक्ष हरि श्रेष्ठका अनुसार मन्दिर नखुल्दा व्यापार व्यवसायमा प्रभाव परेको छ। उनीहरूले सहिदलखन गाउँपालिका वडा नम्बर १ र २ लाई पत्राचार गर्दै मन्दिर र केवलकार खुला गर्न पहल थाल्न आग्रह गरिसकेका छन्।
यस्तै आइतबार सहिदलखन गाउँपालिका नेविसंघ इकाइ समितिले पनि मनकामना मन्दिर भक्तजनका लागि खुला गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन्।
मन्दिर र केवलकार बन्द हुँदा स्थानीय बासिन्दाको रोजिरोटी गुमेको तथा व्यापार व्यवसायमा प्रभाव परेको नेविसंघ इकाइ समिति सभापति अविन श्रेष्ठ बताउँछन्।
मनकामना मन्दिरमा दिनमा सात हजारसम्म भक्तजन जाने गरेका थिए। सरकारले धेरै भिडभाड हुने मन्दिरलगायत ठाउँ खुला गरेको छैन। कोरोना भाइरस महामारी कायमै रहेको भन्दै सरकारले मन्दिर, अवस्था हेरेर विद्यालयहरू र चलचित्र हल खुला गरेको छैन। | 2021/08/02 06:03:54 | https://milappost.com/archives/3399 | mC4 |
भारत र अमेरिकाको एउटै चासो : प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस् - Ratopati
भारत र अमेरिकाको एउटै चासो : प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस्
जेठ २७, काठमाडौं – भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिको निरन्तरतामा जोड दिइन् । आजको नयाँ पत्रिकामा खबर छ ।
शुक्रबार दिउँसो पौने १ बजे विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री महरालाई दिल्लीबाट टेलिफोन गरेर बधाई दिएकी थिइन् । माओवादी केन्द्रका विदेश विभाग सदस्य एवं महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईंका अनुसार करिब १० मिनेट लामो कुराकानीमा स्वराजले विगतको निरन्तरता चाहेको बताएकी थिइन् । उपप्रधानमन्त्री महराले अघिल्लो सरकारले लिएको नीति वर्तमान सरकारले लिने आश्वस्त पारेका थिए । 'विदेशमन्त्री स्वराजले वर्तमान सरकारसँग नजिकबाट सहकार्य गर्ने चाहना व्यक्त गर्नुभएको थियो, उपप्रधानमन्त्री महराले पनि त्यही चाहना व्यक्त गर्नुभएको छ,' चौलागाईंले नयाँ पत्रिकासँग भने ।
अमेरिकी राजदूत टेपलेट्जले नेपालमा रहेका तिब्बती शरणार्थीको मानवीय समस्या सम्बोधन गर्नुपर्ने र नयाँ दर्ता गर्नुपर्ने बताएकी थिइन् । 'सन् १९९५ देखि नयाँ दर्ता नहुँदा शरणार्थीका सन्ततिलाई समस्या भएको छ, नेपालले मानवीय समस्या समाधान गरिदिनुपर्यो,' राजदूतको भनाइ उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले भने । यसमा उपप्रधानमन्त्री महराले राजदूतलाई केही जवाफ दिएनन् । | 2020/07/03 16:56:56 | http://archive.ratopati.com/aakhabar/152658/ | mC4 |
वीरगन्जमा गोली प्रहार, महिला घाइते
वीरगन्ज, चैत २९– पर्साको वीरगन्जमा मंगलबार बिहान अपरिचित व्यक्तिको गोली प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। उपमहानगरपालिका-१४ स्थित पिपराका धीरेन्द्र पटेलकी २३ वर्षीया पत्नी निलु घाइते भएकी हुन्। उनको दाहिने कन्चटको पछाडीको भागमा गोली लागेको छ। उनको अहिले वीरगन्जस्थित नेशनल मेडिकल कले...
डन दावा लामामाथि गाेली प्रहार
काठमाडाैं, चैत २९ – प्रहरीकाे निगरानीमा रहेका डन दावा लामामाथि गोली प्रहार भएकाे छ। प्रहरीका अनुसार काठमाडौंकाे गाैरीघाटमा अज्ञात समूहले लामामाथि गोली प्रहार गरेको हो। लामालाई दुई वटा गोली दागिएकाे प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक केशव बस्नेतले जनाएका छन्। प्रहरीका अनुसार घाइते लामालार्...
फलेवास (पर्वत), चैत २८– फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको सोमवार बिहान जिपबाट खसेर मृत्यु भएको छ। फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन्। गाडीबाट खसेर ग...
ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु
इनरुवा, चैत २४- सुनसरीको हरिनगरा गाउँपालिका–१ मा बिहीबार ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण्डलकी दुई वर्षीया छोरी मनिषा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाटो छेउमा खेल्ने क्रममा को२त ११२९ नम्बरको ट्याक...
Suvadin Correspondent 441 0
गौशाला, चैत २३ - महोत्तरीको गौशाला बजारमा ट्युसन पढाउने नाममा छात्रालाई यौनशोषण गर्दै आएका एक शिक्षक पक्राउ परेका छन्। विगत तीन वर्षदेखि जनता माध्यमिक विद्यालयमा अंग्रेजी पढाउँदै आएका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनार पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले...
Suvadin Desk 350 1
काठमाडाैं, चैत २१ -काठमाडाैंमा जारी गौतम बुद्ध ४८ औं राष्ट्रिय कराँते प्रतियोगिताको दोस्रो दिन आइतबार नेपाल प्रहरीले थप ६ स्वर्ण जितेको छ। अघिल्लो दिन ४ स्वर्ण जितेको प्रहरीको कूल स्वर्ण संख्या १० पुगेको छ। नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा प्रहर...
डोटीको पिपल्ला बजारमा भीषण आगलागी
दिपायल, चैत २० – सुदूरपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम दिपायलमा भीषण आगलागी भएको छ। पिपल्ला बजारस्थित जीबी पेट्रोल पम्पबाट सुरू भएकाे अागलानी अनियन्त्रित भएकाे हाे। आगलागीसँगै ठुलो आवाजमा बिष्फोटको स्थानीय बासिन्दाले बताएका छन्। सँगै रहेका राष्ट्रिय वाणिज्य बैंकलगायत ५ वटा घरमा पनि आगो सल्क...
लहान, चैत १७ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिराहामा लगाएको ताला बिहीबार प्रहरीले फुटाएको छ। सरकारले घोषणा गरेको ३१ वैशाखको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय...
हवल्दारले नै रकम लुटेपछि...
काठमाडौं, चैत १६ – 'सत्य सेवा सुरक्षणम्' को मन्त्र जप्ने प्रहरी नै लुट्पाटमा संलग्न हुन्छ भने सर्बसाधारणले कसको विश्वास गर्ने ? यस्तै भएको छ, धनुषामा। जिल्ला प्रहरीमा कार्यरत एक जना प्रहरी हवल्दारले भारतीय नागरिकबाट दुई लाख रुपैयाँ नगद लुटेका हुन्। भारत, मधुवनी जिल्ला कलना ग्राम...
Suvadin Desk 238 0
सुरक्षा घेराबाटै अभियुक्त फरार
ध्रुव ढकाल सुनसरी, चैत १४ - म्याद थपका लागि धरानबाट सुनसरी सदरमुकाम इनरुवा लगिएका एक लागुऔषध मुद्धाका अभियोगी फरार भएका छन्। लागुऔषधसहित चैत ९ गते पक्राउ परेका मोरङ बेलबारीका वीरेन्द्र खत्री फरार भएका हुन्। म्याद थपका लागि इनरुवास्थित जिल्ला सरकारी वकिल कार्यालय लग्दै गर्दा खत...
Suvadin Desk 3.1k 0
हराएको प्रहरीको हतियार फेला पर्याे
महेन्द्रनगर चैत ९– कञ्चनपुर गोलीकाण्डमा हराएको नेपाल प्रहरीका एक जना जुनियर अधिकृतको हतियार १४ दिनपछि फेला परेको छ। पुनर्बासको आनन्द बजारस्थित दशगजा आसपास भएको झडपका हराएको प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको हो। कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन...
Suvadin Desk 173 0
रौतहटमा पेस्ताेलसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, चैत ९ – रौतहट र नुवाकोटबाट प्रहरीले अवैद्य हतियार बरामद गरेको छ। रौतहट, मठिया–५ स्थित सडकमा प्रहरीले मंगलबार डिएल ३ एएक्स ९६५९ नम्वरको मोटरसाइकलमा सवार भारतीय नागरिकको साथबाट पेस्तोल बरामद गरेको हो। मोतीहारी जिल्ला महुआही ग्राम पञ्चायत–११ बस्ने २७ वर्षीय रञ्जन कुमार र...
बीस लाख भारुसहित चार पक्राउ
काठमाडौं, चैत ३ - प्रहरीले नेपालगन्जबाट अवैध भारुसहित चारजना लाई बिहीबार पक्राउ गरेको छ। स्रोत नखुलेको भारु बीस लाख र सात लाख नेपाली रुपैयाँसहित चार जना पक्राउ परेका हुन्। अञ्चल प्रहरी कार्यालय भेरीबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा धम्बोजी र घरबारी टोलबाट अवैध भारु बरामद गरेक...
दुर्घटनामा बालकसहित दुई जनाकाे ज्यान गयो
नवलपरासी, चैत्र १ - नवलपरासी र सप्तरीमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा मंगलबार भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली– ३ कैउरेनी बस्ने ३५वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ। ...
भ्यानकाे ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गयाे
दमक, फागुन २८- झापाको लखनपुरमा पिकअप भ्यानको ठक्करबाट शनिबार दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ । गौरादहस्थित कनकाई ग्यास उद्योगको मे१च ३७३६ नम्बरको पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमाया अधिकारीलाई लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ठ...
Khilanath Dhakal 39.9k 54
विराटनगर, फागुन २२ - लखन्तरी–५ बिर्ताटोल बस्ने तिरु खाँको एक तले टिनको छानो भएको कच्ची घरको भान्सा कोठाबाट शनिबार अचानक आगलागी हुँदा चार तीन घर जलेर नष्ट भएका छन्। तिरु खाँसमेत चार जनाको तीन वटा कच्ची घर, एउटा गोठ र वटा भान्सा घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीबाट ११ लाख ५० ह...
हतियार प्रहारबाट महिलाको मृत्यु
रौतहट, २२ फागुन - धारिलो हतियार प्रहारबाट रौतहटमा एक जनाको मृत्यु भएको छ। कनकपुर–२ बस्ने ३० वर्षीय शेख खजुरकी २५ वर्षीया श्रीमती सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। सोही स्थान बस्ने नसरुद्दिनको घरमा चोर आएको भन्ने हल्ला–खल्ला भएकोले शेख खज...
जनकपुर, फागुन २२ - कुटपिटमा संलग्न रघुनाथपुर–८ बस्ने ६५ वर्षीय विन्देश्वर यादव र गणेश यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। उनीसहित पाँच जनाले पुरानो रिसइवीको कारण सोही स्थान बस्ने ४० वर्षीय ठगाई मुखिया, छोराहरु ३० वर्षीय शिवनाथ मुखिया र २५ वर्षीय बैधनाथ मुखिया तथा बुहारीहरु २५ वर्ष...
मकवानपुर, फागुन २२ - प्रहरीले हेटौडा उपमहानगरपालिका–८ बाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट रक्सौलतर्फ जाँदै गरेको बिआर २९ ७१४१ नम्बरको भारतीय जिप चेकजाँच गर्ने क्रममा पाँच केजी चरेससहित भारत गोतिहारी–३४ का मेराज साह र मिथलेश सहनीलाई शनिबार राति पक्राउ गरेको हो।...
Khilanath Dhakal 15.2k 0
नेपाल प्रहरी संगठनको मुख्य पद प्रहरी महानिरीक्षक नियुक्तिको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन बन्न पुगेको छ। अदालतबाट निर्णय आइनसकेको अवस्थामा प्रहरी प्रमुख को बन्ने विषय यसै भन्न सकिने अवस्था पनि छैन। फागुन १ गते सरकारले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति गरेपछि सर्वोच्च अ...
Kuber Singh Rana 7.9k 29
फाइनलमा एपीएफ र रेल्वे भिड्दै
काठमाडाैं, फागुन १८ - नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियाेगिता अन्तर्गत अाज (बुधबार) केहीबेरमा हुने फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र रेल्वे टिम इण्डिया प्रतिस्पर्धामा उत्रने भएका छन्। नेपालगञ्ज रङ्गशालामा जारी प्रतियोगितामा नेपालगञ्ज रंगशालाको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा...
सिरहामा सडक दुर्घटना, एकैदिन चारको मृत्यु
लहान, फागुन ११ सिरहाका दुई छुट्टाछुटै स्थानमा मंगलवार राति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार सोही ठाउका रूपेश यादव, हरेराम यादव र नितेश यादवको मृत्यु भएको हाे। रुपेश र ह...
Suvadin Desk 211 0
जाजरकोट, फागुन ९– अवैध रूपमा बिक्रीका लागि लाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ। जिल्ला वन कार्यालयको छुट पुर्जी बिना चोरी निकासी हुन लागेको चार ट्रयाक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मंगल बुढा र ८ का सन्तोष खत्र...
Suvadin Desk 282 0
Khilanath Dhakal 455 0
आइजिपी नियुक्तिको बिरोध
काठमाडौं, फागुन १ - सरकारले वरियता मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति गरेको भन्दै आइतबार माइतीघर मण्डलामा भेला भएका युवाले चर्को बिरोध गरेका छन् । नेपाल प्रहरीको वरियता अनुसार वरिष्ठ अधिकृतलाई महानिरीक्षक नियुक्ति नगरिएको भन्दै उनीहरुले बिरोध गरेका हुन्। नेपाल प्रहरीजस्... | 2020/06/01 12:42:03 | https://suvadin.com/tags/nepal%20police?page=3 | mC4 |
दैलेख जिल्लामा ग्यास र पेट्रोल भएको पुष्टि : चिनियाँ अध्ययन प्रतिवेदन
दैलेखको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणमा कार्यरत चिनियाँ प्राविधिकको टोलीको फाइल फोटो
भदौ २४, दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ ।
नेपाल र चीन सरकार बीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ ।
चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा सुधीर रजौरेले बताए। 'सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो', उनले भने, 'अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुनेछ ।'
कोरोना भाइरस संक्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ । 'चार ओटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ', उनले भने, 'टोली आउनासाथ धमाधम काम शुरु हुन्छ ।'
दुबै देशका सरकार बीच जीटुजी सम्झौताअनुसार काम शुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले बताएको छ । 'विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला', भूगर्भविद् डा रजौरेले भने, 'कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ ।"
दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम शुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको बताएको छ ।
करीब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तरराष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० ओटा जिल्लामा अन्वेषण शुरु गरेका थिए ।
अन्वेषणको अन्तिम चरणमा जमीनमुनि ४ हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ । विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्याँस वा पेट्रोल छ भनेर थाहा हुनेछ ।
विभागका अनुसार काम शुरु भइरहेकै बेलामा कोरोना संक्रमणको दर बढेपछि केही समस्या भएको छ । अन्तिम सर्वेक्षणका लागि प्राविधिक टोली र आवश्यक उपकरण ल्याउन समयमै सकिएको भए अहिलेसम्म अन्तिम नतिजा पनि आइसक्थ्यो । कोभिड संक्रमणकै कारण झण्डै १८ महीना अन्वेषणको काममा ढिलाइ भएको छ । रासस | 2021/09/20 11:06:59 | https://www.abhiyandaily.com/newscategory-detail/394329 | mC4 |
मुस्ताङमा हिमपात – Tandav News
ताण्डव न्यूज द्वारा २०७५ फाल्गुन ३ गते शुक्रबार १८:०९ मा प्रकाशित
एक हप्ता अगाडिको हिमपातका कारण हिउँ नै नपग्लिएको मुस्ताङमा आज साँझबाट फेरि हिमपात शुरु भएको छ । मौसममा आएको खराबीसंगै चिसो बढेपछि फेरि बाग्लो हिमपात शुरु भएको हो ।
हिमपातसंगै मौसम अत्याधिक चिसो बन्दा सर्वसाधरणहरु घर बाहिर निस्कन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।
आज दिउसो सम्म घाम लागेका कारण पुरानो हिउँ पग्लिैँदै गएको भएपनि पुन हिमपात भएसंगै मुस्ताङको जनजीवन प्रभावित भएको छ । हिमपातसंगै धाराको पानी जमेको छ भने सडकहरु ढाकिएका कारण सवारी संचालनमा पनि समस्या भएको छ ।
यसअघिको हिमपातको एक हप्ताको अबधिमा मुस्ताङको हवाई सेवा पनि प्रभावित भएको छ । तल्लो मुस्ताङमा पर्ने जोमसोम बिमानस्थलको हिउँ पग्लिएपछि हिजो र आज १/१ उडान भएको भएपनि आज साँझको हिमपातले बिमानस्थालमा हिउँ जम्मा भएको छ ।
अहिले हिउँ परिरहेकोले बिमानस्थल ढाकीएको र अब फेरि केही दिन बिमान सेवा बन्द हुने सम्भावना रहेको प्रहरी निरीक्षक रेग्मील जानकारी दिए । | 2021/09/17 12:38:09 | https://www.tandavnews.com/2019/02/19126 | mC4 |
गोरखामा खेलकुद उत्सव | Suchana Patra गोरखामा खेलकुद उत्सव | Suchana Patra
सूचनापत्र | माघ २३, २०७४ | ९८१ पटक हेरिएको
जिल्लाको शैक्षिक विकासमा निजी क्षेत्रबाट भूमिका खेलेको गोरखा ग्रुपले सञ्चालन गरेको गोरखा मावि तुलसीपुरमा स्थापना दिवसको अवसरमा खेलकुद उत्सव गरिएको छ । तीन दिन सम्म गरिएको खेलकुद उत्सवको मंगलवार एक समारोहका विच समापन गरिएको छ । तुलसीपुर ६ बरुवागाउँमा रहेको गोर्खा सेकेन्डरी स्कुलले ७ औ बार्षिक उत्सवको अवरमा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई बढाउने उदेश्यले २ज्ञ गते देखि २३ गते सम्म खेलकुद उत्सवको आयोजना गरेको विद्यालयका प्राचार्य विजय जिएमले जानकराी दिए । खेलकुद उतसवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता गरिएको छ । वार्षिक उत्सवको अवसरमा यस बर्ष पनि बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम गरेकोर त्यो अनरत खेलकुलपनि एक भएको बिद्यालयका निमित्त कार्यकारी अधिकृत दुर्गा केसीले बताए ।
मंगलबार एक कर्याक्रमकाबीच बिजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । निमित्त कार्यकारी अधिकृत केसीका अनुसार छात्रछात्रा दौड, हाईजम्प, लम्जम्प, भलिबल, फुटबल , सटफुट, चार हजार मिटर म्याराथुन प्रतियोगिता भएका हुन् । बिद्यालयमा गठन भएका चार वटा हाउस मध्य अधिकांस प्रतियोगीतामा ग्रीन हाउस विजय भएको छ ।
बिगत ७ बर्ष देखी बिद्यालयले खेलकुद प्रतियोगिता गरिरहेको छ । बिद्यार्थीहरुको मानसिक संगै शारीरिक विकासमा मद्धत पु¥याउन प्रतियोगीताको आयोजना गरिएको बिद्यालयका प्राचार्य जिएमले वताए । खेल पनि राष्ट्रको गहना भएको भन्दै बिद्यार्थीहरुलाई खेल आबश्यक हुने उनले बताए ।
गोरखा एजुकेशन गु्रपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा १९ नं. बाहीनीका साहयक बाहीनीपति भक्त बहादुर खड्काको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिका ६ का अध्यक्ष नबराज लामिछानेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जोशीले बिद्यालयमा हुने यस्ता खेलकुदले भबिष्यमा राष्ट्रलाई फाईदा हुने बताए । कार्यक्रमका वडा अध्यक्ष नवराज लामिछानेले सामुदायिक र संस्थागत बिद्यालयबीच सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए । शिक्षा क्षेत्रको बिकासका लागि संस्थागत बिद्यालयको पनि भूमिका महत्वपूर्ण रहेको भन्दै आउँदा दिनमा पनि सहकार्य गरेर अगाडि बढ्नु पर्ने वताए ।
कार्यक्रममा स्रोत ब्यक्ति बिष्णु खत्री, स्कुलका सल्लाहकार प्रमोद न्यौपाने, खेलकुद शिक्षक मोहन स्वर्णकारलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
बिद्यालय व्यबस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिद्यार्थीहरुले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए । | 2020/09/20 14:55:05 | http://www.suchanapatra.com/archives/7001 | mC4 |
कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाऊः उपराष्ट्रपति पुन - NepalTimes
कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाऊः उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याएका छन् ।
"म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्ने भूमिका निर्वाह गर्न आम दिदीबहिनी तथा दाजुभाइहरुलाई अपिल गर्दछु", उनले भनेका छन् ।
कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्न र विजय प्राप्त गर्न गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक रहेको बताउँदै उपराष्ट्रपतिले बुद्धका उपदेशलाई आत्मसात् गर्न सकेमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।(रासस) | 2021/06/13 23:44:25 | https://nepaltimes.net/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%95%E0%A5%8B-%E0%A4%96%E0%A5%8B%E0%A4%AA-%E0%A4%85%E0%A4%AD%E0%A4%BF-3/ | mC4 |
घोराही, ३ मंसिर । दाङको क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । राजनीतिक दलहरुको सर्वदलिय बैठकको आधारमा क्षेत्र नं. ३ मा १०ः३० बजेदेखि मतगणनाको काम सुरु हुने भनिएपनि करिव डेढ घण्टापछि मतगणना सुरु भएको हो ।
निर्वाचन क्षेत्र नं. ३ को तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरस्थीत भु तथा जलाधार व्यवस्थापनको कार्यालयको हलमा मतगणनाका लागि मतपत्रहरु पट्याउने काम भैरहेको छ । आइतवार भएको मतदानमा क्षेत्र नं. ३ मा ९० हजार ५ सय ३० मत खसेको थियो । क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, नेकपा एमालेबाट कोमल वली,राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदीलगायतका १७ जना उम्मेदवारहरु रहनुभएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ११ बजेदेखि मतगणना गर्ने भनिएपनि केही समय पछि मतगणनाको तयारी सुरु भएको छ । सोमवार विहान बसेको सर्वदलिय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमती अनुसार जिल्ला समन्वय समितिको सभाहलमा मतगणनाको तयारीलाई अघि बढाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ ।
आइतवार भएको मतदानका क्रममा क्षेत्र नं. २ मा ७९ हजार ४ सय ३७ मत खसेको छ । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्वतन्त्रबाट बिशाल अधिकारीलगायतका १४ जना उम्मेदवारहरु रहनुभएको छ ।
क्षेत्र नं. १ मा दिउँसो १ बजेदेखि गणना हुने
त्यसैगरी दाङमा क्षेत्र नं. १ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । सोमवार विहान बसेको सवैदलिय बैठकले दिउँसो १ बजेदेखि क्षेत्र नं. १ को मत गणना गर्ने सहमति गरेको थियो । मत गणना लमही बजारमा रहेको लमही नगरपालिकाको हलमा हुने भएको छ । क्षेत्र नं. १ मा ७८ हजार ६ सय ९५ मत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, हाम्रो नेपाली पार्टीबाट पूर्व सांसद गंगा चौधरीलगायतका १२ जना उम्मेदवारहरु रहनुभएको छ । दाङ जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरेर प्रतिनिधिसभा सदस्यका लागि ४३ जना र प्रदेशसभा सदस्यका लागि ४६ जना उम्मेदवार रहनुभएको छ । | 2022-12-09T19:45:05Z | https://gsamachar.com/?p=23419 | OSCAR-2301 |
भारतबाट आयातित माछा स्वास्थ्यका लागि हानिकारक! - Dainik Online Dainik Online
भारतबाट आयातित माछा स्वास्थ्यका लागि हानिकारक!
प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार ६ : ३७
तपाईँले खानु भएको माछा कत्तिको स्वस्थकर छ भन्ने बारेमा केही सोच्नु भएको छ? छैन भने अब विचार गर्नोस्, बजारमा विक्रीका लागि राखिएको ठूला आकारका माछामा प्रयोग हुने फरमालिनले माछालाई लामो समयसम्म ताजै राखे पनि स्वास्थ्यका लागि हानिकारक छ ।
निर्वाधरुपमा भारतबाट आयातित ती माछा खाँदा जनस्वाथ्यमा दीर्घकालीन असर गर्ने हुँदा यसमा गम्भीर हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्को अर्थ समितिले आज आयोजना गरेको छलफल कार्यक्रममा सांसद रामबाबु यादवले फरमालिन प्रयोग भएका माछाको आयात रोक्न आग्रह गरेका छन। माछा तथा मासुजन्य परिकारलाई ताजै राख्न प्रयोग गरिने फरमालिनको खपतलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धि, प्रचलित कानूनको कार्यान्वयनमा सांसदहरुले जोड दिए।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र आगामी आर्थिक वर्ष २०७८÷७९ बजेट तयारी सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा सांसद मेघमनी चौधरी, सरवत आरा खानम हलवाइनी र खुसीलाल यादवले उत्पादन वृद्धिका साथै स्वास्थ्यवद्र्धक वस्तुको आयातमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए।
मन्त्रालयका पशुपंक्षी विकास सचिव डा.पे्रमनारायण कँडेलले नेपाल माछामा आत्मनिर्भर हुन लागेको धारणा बताउँदै गर्दा छलफलमा सहभागी सांसदले कृषिको आयात प्रतिस्थापनको योजनाका सम्बन्धमा विभिन्न प्रश्न गरेका थिए।
उनले हालको जनसङ्ख्याको मागअनुसार पाँच लाख मेट्रिक टन माछा अपुग रहेको बताए।
हाल विभिन्न जातका गरी एक लाख ३० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ।
त्यतिमात्र होइन, कागतीसमेत रु चार अर्ब ५० करोड, प्याज रु छ अर्ब ५० करोड, आलु रु तीन अर्बको आयात भएको जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ मा मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, र आलु गरी कूल ६२ अर्क ६४ करोड आठ लाख, ६० हजारको आयात भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
अण्डा, दूध र कुखुराको मासुमा भने नेपाल आत्मनिर्भर भएको सचिव कँडेलले बताए।
उनले देशको कूल गार्हस्थ्य उत्पादनमा पशुपंक्षी तथा मत्स्य क्षेत्रको योगदान १३ दशमलव पाँच प्रतिशत रहेको र पाँच वर्षभित्रमा नेपालले पशुपंक्षी तथा मत्स्यपालन क्षेत्रबाट निर्यात गर्न सकिने अवस्थामा पुगिने दाबी गरे। रासस | 2021/09/27 10:35:50 | https://www.dainikonline.com/story/127800/2021/04/20/ | mC4 |
पार्टी सचिवालयमा महिला नपरेकोमा असन्तुष्टि - BBC News नेपाली
पार्टी सचिवालयमा महिला नपरेकोमा असन्तुष्टि
१८ मई २०१८
एमाले र माओवादी केन्द्रको एकीकरण भई निर्मित 'नेपाल कम्युनिस्ट पार्टी' सञ्चालन गर्ने सचिवालयमा महिलालाई नराखिएको भन्दै सो दलका नेत्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
दुवै तर्फबाट गरेर नौ नेताहरू सम्मिलित सचिवालयमा एक जना पनि महिला छैनन्।
ठूलो दल बनाउँदा समावेशिताको मान्यतालाई अपेक्षा गरिएको भन्दै नेत्रीहरूले शीर्ष नेताहरूले आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने टिप्पणी गरेका छन्।
ओली र प्रचण्डका उल्लेख्य पाँच बोली
तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने एमाले र माओवादी केन्द्रको तत्कालीन सङ्गठनका आधारमा नै एकीकरण भएको हुनाले महिलाको उपस्थिति नदेखिएको तर्क गरेका छन्।
उनका अनुसार सचिवालयलाई पछि समावेशी बनाइने छ।
'ध्यान पुगेन'
मर्यादाक्रमअनुसार सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, ईश्वर पोख्रेल र विष्णु पौडेललाई राखिएको छ।
तीमध्ये श्रेष्ठ र थापा मात्र गैरब्राह्मण नेता हुन्।
तत्कालीन एमालेमा उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्यले भनिन्, "समावेशितामा ध्यान पुगेन भन्ने मलाई पनि लागेको छ। सच्चिनै पर्छ, समावेशी नभई एकपक्षीय ढङ्गले हुँदैन। यत्रो व्यवस्था परिवर्तन भइसक्यो, सोचमा परिवर्तन गरेर नेतृत्वले समावेशी सोच बोक्नैपर्छ।"
'उल्टो बाटो'
संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिएका बेला सरकारको नेतृत्व गरिरहेको पार्टीमा यस्तो अवस्था हुनुले समावेशिताको मान्यतालाई चुनौती दिइएको कतिपयको बुझाइ छ।
एकीकृत पार्टी समावेशिताको उल्टो बाटो गएको तत्कालीन माओवादी केन्द्रको कार्यालय समितिकी सदस्य जयपुरी घर्ती बताउँछिन्।
ओली-प्रचण्ड: कटुतादेखि एकतासम्म
उनले भनिन्, "महिलाहरूको सहभागिता बढाउनैपर्छ। विगतको स्थिति भन्दा अलिकति पछाडि फर्किएको अनुभव भएको छ। सोचकै समस्या हो। अगाडि बढ्दै जाँदा ५१ प्रतिशत हुनुपर्छ भन्ने हाम्रो मुद्दा छ। अहिले तत्काल ३३ प्रतिशत लागु हुनुपर्छ भन्ने हो। "
तर नारायणकाजी श्रेष्ठले भने यो प्राविधिक कुरा भएकाले छिट्टै सुधार हुने तर्क गर्छन्।
उनले भने, "मूलत: अहिले दुई समितिहरुको एकीकरण हो। त्यस कारणले समावेशिताको सीमा पूर्वपार्टीहरूमा जुन चरित्रको थियो त्यस्तै भएको हो। तर हामीहरू एकीकृत पार्टीलाई समावेशी ढङ्गले सङ्गठनका समितिहरू निर्माण गर्ने तर्फ लैजान्छौँ।"
हालकै संरचनाअनुसार एकीकृत पार्टीका समितिहरू निर्माण हुँदै गएमा ४५ जनाको स्थायी समितिमा पनि जम्मा तीन जना मात्रै महिला पर्ने बताइएको छ।
पोलिटब्युरो र केन्द्रीय समितिमा पनि महिलाहरूको उल्लेख्य उपस्थिति नहुने भएकाले नेतृत्वले फरक तरिकाले समावेशिताको योजना बनाउनु पर्ने नेत्रीहरूको माग छ।
महिलासँगै दलित, मधेशी, जनजाति लगायत संविधानले समावेशीको सूचीमा राखेका अन्य समुदायलाई पनि समावेश गरेर एकीकृत पार्टीका विभिन्न समितिहरू निर्माण गरिनुपर्ने आवाज उठेका छन्। | 2021/07/29 10:36:33 | https://www.bbc.com/nepali/news-44170028 | mC4 |
Subsets and Splits