text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
बेपत्ता रहेका गंगामायाका छोरा नुरप्रसाद भेटिए – Sajha Sawal Online
साउन २०, काठमाडौँ | गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गंगामायाकै आग्रहमा उनको खोजी गरेको थियो ।
अनसन तोड्ने क्रममा गंगामायाले मानव अधिकार आयोगसँग आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । त्यसै आग्रह पछि नेपाल प्रहरी अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको नुरप्रसाद अधिकारीलाई सबै प्रक्रिया पुरा गरि गंगामायालाई बुझाउने प्रहरीको तयारी छ ।
गंगामाया र उनका श्रीमान नन्दप्रसाद आफ्नो कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै लामो समयदेखि अनसनमा बसेका थिए । बुबा-आमा अनसन बसेलगत्तै छोरा नुरप्रसाद वेपत्ता भएका थिए । अनसन बस्ने क्रममा बुबा नन्दप्रसादको निधन हुँदा समेत नुर प्रसाद बेपत्ता नै थिए । गंगामायाले केहि दिन अघि अनसन तोडेपछी आफ्नो बेपत्ता छोरालाई खोजि गरिदिन आग्रह गरेपछि प्रहरीले उनको खोजि गरेको थियो । | 2020/07/10 00:59:48 | http://sajhasawal.net/?p=7112 | mC4 |
नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानीमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ। त्यसपछि यो निराशाको माहौल हटेर हामीप्रति विश्वासको वातावरण बन्ने छ।
नेपाल समय | शुक्रबार, मंसिर २, २०७९
मतदानको निष्पक्षतामा असर पार्ने जो कोहीलाई पनि कारबाही हुन्छ : दिनेशकुमार थपलिया [अन्तर्वार्ता]
मतदान शुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ।
खिला कार्की | बुधबार, कार्तिक २३, २०७९
मकवानपुरबासीको मन र मत पाउन प्रत्यक्ष चुनावमा होमिएकी हुँः महालक्ष्मी उपाध्याय [अन्तर्वार्ता]
मैले सांसदमात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गरे पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने अठोट लिएर मकवानपुरबासीको मन र मत पाउन चुनावी मैदानमा होमिएकी हुँ।
तीर्थराज बस्नेत | शनिबार, कार्तिक १९, २०७९
शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला
मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ।
शर्मिला ठकुरी | शुक्रबार, कार्तिक १८, २०७९
दलका घोषणापत्र बनाउने अर्थविद् लेखनदास मात्रै हुन् : डा. विमल कोइराला [अन्तर्वार्ता]
राजनीतिक दलले जारी गरेका घोषणापत्र वाचाकबुल र आश्वासन दिने तर काम नगर्नेहरूको फेहरिस्त मात्र हो। राजनीतिक दलहरूका बीचमा कति हावादारी गफ लेख्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ। जसले बढी हावादारी कुरा घोषणापत्रमा लेख्छ, उही जनताको बीचमा लोकप्रिय हुन्छ भन्ने भ्रम छ।
खिला कार्की | सोमबार, कार्तिक ७, २०७९
विकासका दृष्टिले बाजुरालाई अन्य जिल्ला हाराहारी पुर्याउने लक्ष्य छ : बद्री पाण्डे [अन्तर्वार्ता]
वामपन्थी र लोकतन्त्रवादी एक ठाउँ हुने सम्बन्धको पृष्ठभूमि प्रतिनिधिसभा विघटन असंवैधानिक थियो भन्ने नै हो। यही जगमा उभिएर हामी अगाडि बढिरहेका छौं। स्थानीय निर्वाचन नै तालमेल गरेर सम्पन्न गरिसकेका छौं। हामी यो गठबन्धनलाई अझ कसिलो बनाउन चाहन्छौं।
शर्मिला ठकुरी | बिहीबार, कार्तिक ३, २०७९
सरकारी नीतिकै कारण नेपाल परनिर्भर भएको होः प्रा.डा. शिवराज अधिकारी [अन्तर्वार्ता]
मुलुकमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु उत्पादन गर्न नसक्दा ९० प्रतिशतभन्दा बढी आयात गरिरहेका छौं। उपभोग्य वस्तु मात्र हैन, देशमा सञ्चालनमा रहेका उद्योगलाई चाहिने कच्चा पदार्थ पनि आयात गर्छाैं। परनिर्भरता बढ्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा जस्तो उतारचढाव आउँछ, त्यसले मुलुकको आन्तरिक अर्थतन्त्रमा पनि असर गर्छ।
शर्मिला ठकुरी | बुधबार, असोज १२, २०७९
सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]
हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।
शर्मिला ठकुरी | आइतबार, असोज २, २०७९
लगानीकर्ताको हितलाई केन्द्रमा राखेर नयाँ एक्सचेन्ज ल्याउन लागिएको हो : सेबोन अध्यक्ष हमाल [अन्तर्वार्ता]
हामीले विश्वभरमा स्टक एक्सचेन्जको अवस्था, नेप्सेको अहिलेको अवस्था, यसको सेवा प्रणाली, क्षमता आदिका विषयमा गम्भीर अध्ययन गरेर नै नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेका हौं।
खिला कार्की | मंगलबार, भदौ १४, २०७९
१६५ निर्वाचन क्षेत्रमा २२७ वटा सिट पाउनुपर्ने चार दलको अडान अचम्मलाग्दो छः हिमलाल पुरी [अन्तर्वार्ता]
केपी ओलीले प्रतिगमन गरे भनेर रोइलो गर्ने हामीहरू उनै ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर एमाले चुनावमा गइसक्दासमेत संविधान जोगाउँछौं भनेर गठबन्धन गरेकाहरूका बीच सिट बाँडफाँटकै लागि एकता हुन नसक्नु दुर्भाग्य हुनेछ। | 2022-12-02T12:06:13Z | https://nepalsamaya.com/archive/interview?page=1 | OSCAR-2301 |
पचास वर्षदेखि चुनाव जित्दै आएका राजपा नेता यसपालि पनि चुनावमा
कपिलवस्तु नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार रामदास गुप्ता स्थानीयमाझ। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
रामदास गुप्ता पहिलोपटक गाउँ पञ्चायत चुनावमा उठ्दा २४ वर्षका थिए। उनी २०२४ सालमा तत्कालीन ठूलो बर्गदवा गाउँ पञ्चायत वडा नम्बर २ मा अध्यक्ष निर्वाचित भएका हुन्।
पछिल्लो समय राष्ट्रिय जनता पार्टी (राजपा) मा आबद्ध उनी पचास वर्षपछि फेरि चुनावी मैदानमा छन्- कपिलवस्तु नगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवारका रुपमा।
मधेस आन्दोलन क्रममा अग्रपङ्त्तिमा रहेका गुप्ताले '२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन सदुपयोग गर्नुपर्छ' भन्दै आफ्नो पार्टीको निर्णयविपरित स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
'मधेसको माग पूरा भएको छैन भन्ने नेताहरुको भनाइ छ। तर, यहाँनिर आइपुग्दा मधेसी जनताले नेताको अडानलाई साथ दिएको देखिन्न,' गुप्ताले सेतोपाटीसँग भने, 'बीस वर्षपछि हुन गइरहेको स्थानीय चुनावमा भाग लिन जनता आतुर छन्।'
गुप्ता आफैं पनि चुनावमा विश्वास गर्छन्। राजनीति बुझेदेखि नै चुनावमा भाग लिँदै आएका गुप्ता भन्छन्, 'जनताले हामीलाई शक्ति दिने भनेकै चुनावबाट हो। चुनावमै भाग नलिने हो भने हामीले कसको शक्तिबाट लड्ने?'
हुन पनि ०२४ सालयता उनी जहाँबाट चुनाव उठे पनि हारेका छैनन्।
२०३० सालमा ठूलो बर्गदवा गाउँ पञ्चायत अध्यक्ष भई चार वर्ष काम गरेका उनी त्यसपछि कपिलवस्तु आदर्श गाउँ पञ्चायतको उपाध्यक्ष भए। २०४० सालमा कपिलवस्तु नगरपालिकाको पहिलो नगर प्रमुख पनि बने।
प्रजातन्त्र पुनर्स्थापनापछि उनी सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए। त्यसपछि तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै अहिले मधेसी दलहरुको एकीकरणपछि राजपा कपिलवस्तुको अध्यक्षमण्डलमा सदस्य छन्।
'राजपाले गरेको झगडा, लाठी जुलुस, डन्डा जुलुस प्रदर्शनले जनता आत्तिए, गोली चल्यो, कति मान्छे मरे, कति घाइते भए। घाइतेहरुको उपचार छैन। सहिदहरुको नामनिसान भएन,' उनले भने, 'अब यस्तो आन्दोलनमा लाग्नुभन्दा म जनताको दैलोमा जान्छु। जनताको मन र मत जितेर आफ्नो समुदायको समस्या हल गर्नमा अघि बढ्नेछु, त्यसलाई सरकारसमक्ष राख्नेछु। जनताको मतबाट प्राप्त त्यो बल अझ धेरै हुनेछ भन्ने मलाई लाग्छ।'
पार्टीको निर्णयविपरित चुनावमा जाँदा कारबाहीमा परिएला भन्ने तनाव पनि आफूलाई नभएको उनी बताउँछन्।
'मलाई कारबाही कसले गर्छ, म जनताका लागि आफैं पार्टी छाडेर आएको छु, मैले त राजपाबाट राजीनामा दिइसकेँ,' उनले भने, 'राजनीतिक व्यवस्था नै नभएको अवस्थामा समेत जनताको प्रतिनिधि भएको मान्छेलाई राजनीतिक दलले कारबाही गर्ला भन्ने डर हुँदैन।'
७४ वर्ष टेकेका गुप्ता उमेर जति भए पनि समुदायका लागि काम गर्ने उत्साह कम नभएको सुनाउँछन्।
'मलाई बूढो भएँ भन्ने नै लाग्दैन,' उनले भने, 'पहिले गर्न नपाएका केही अधुरा काम छन्, अब ती पूरा गर्छु।'
गुप्ताको परिवारमा राजनीतिमा लागेका उनी एक्ला होइनन्। उनका दाइ भगवानदास गुप्ता राष्ट्रिय पञ्चायत सदस्य थिए। भतिज वृजकुमार गुप्ता त अहिले पनि सांसद छन्। वृज यसअघि पनि सांसद तथा कानुनमन्त्री भइसकेका छन्।
गुप्ता भने आफूलाई स्थानीय राजनीतिमै टक बसेको बताउँछन्। 'नगरपालिकाको विकास निर्माण र जिल्ला राजनीतिमै अल्झिएँ,' उनी भन्छन्, 'मैले त्यतिखेर योजना बनाएर काम गर्न सकिनँ, अब नगरपालिकाको मास्टरप्लान बनाएर काम गर्ने इच्छा छ।'
उनले आफ्नो योजना सुनाउँदै भने, 'यहाँको उर्वर खेतीयोग्य जमिनमा पनि घर बनेका छन्। अब खेतीयोग्य जमिनमा खेती गर्ने र अन्यलाई आवासीय क्षेत्र बनाउने गरी योजना बनाउनुपर्छ। तौलिहवा बजार बाक्लिएसँगै सडक सांघुरो भएको छ। यहाँ रिङरोड बनाउनु छ।'
आफ्ना एक जना छोराबुहारी डाक्टर रहेको र अर्का छोराले पनि बाटो समातिसकेको जनाउँदै उनले भने, 'छोराहरुले आफ्नो बाटो लिइसके। म अब झन् जनताको काम गर्न स्वतन्त्र छु।' | 2018/03/17 21:55:35 | http://wordpress-101493-307466.cloudwaysapps.com/politics/51828 | mC4 |
आत्महत्या (कथा) « Naya Page
आत्महत्या (कथा)
भावना लुइँटेल
प्रकाशित मिति : 11 July, 2020 1:32 pm
असारको महिना तीन दिनबाट मुसलधारे पानी परिरहेको थियो । टिनको छानोमा दर्किएको बर्षात, धररर आवाजसँगै बिहानी पखको मीठो निन्द्रामा निदाएको शरीरलाई व्यूँझाउँदै मोबाइलमा घण्टी बज्यो । लगभग विहानीको चार बजेको हुँदो हो । खोपीमा छामछुम गरी मोवाइल टिपेर, राम्ररी नउघ्रिसकेको आँखा मिच्दै सिरकभित्रैबाट प्रतिक्षा फोन उठाउँछिन् ।
उताबाट एक कर्कश पुरूष आवाज सुनियो, 'हेलो मुइया एक रातको कति लिने गरेको छ ?'
प्रतिक्षालाई गलत नम्बरमा फोन गरे जस्तो लाग्यो ।
भनी, 'हजुरले गलत नम्बरमा फोन गरे जस्तो लाग्यो ।'
'नम्बर गलत हैन । सही छ प्रतीक्षा भण्डारी । भन, एक रातको कति लिन्छेस् । तँसँग मोज गर्नुछ ।' हाँसोसहितको आवाज सुनियो ।
प्रतीक्षा रिसले आगो हुन्छिन् 'हु आर यू ? मिस्टर, हाउ डेयर यू….'
यति भन्न नपाउँदै उताबाट आवाज आयो 'साला रण्डी नौटङ्की गर्छे….'
मानिसको जीवन कति अनौठो छ । केवल मांशपेसीको एक थुप्रो मानिस आज संसारमा सर्वश्रेष्ठ छ । आफ्नो दिमागको प्रयोग गर्न सक्ने एक विवेकशील प्राणी मानिस । पलपलमा अनेकन भावनाका तरङ्गहरू । छाल बनेर आइदिन्छन् ।
प्रतिक्षाको दिमागमा अहिले भावनाका छाल तरङ्ग बनेर उडिरहेका थिए । को हो ? नम्बर कहाँबाट पायो ? किन कर्कश बोल्यो ? त्यो हाँसोको रहस्य के हो ? तीन दिनबाट अवरुद्धद विद्धुतका कारण टुकी बाल्ने ध्यान पनि नगरी, भुँईमा झरेको सिरक टिप्न नि ध्यान नगरी टोलाइराको बेला अकस्मात ढोकामा कसैले हानेको सुनिन्छ 'ढक् ढक् ढक !'
ढोकाको आवाज सँगै प्रतिक्षाकी बाह्र बर्षकी बहिनी सिर्जनाको आवाज सुनिन्छ 'प्रतीक्षा दिदी उठ्नुस् रे बाबाले बोलाउनु हुँदैछ ।'
'सधै सात बजेसम्म सुत्ने बहिनी आज झिसमिसेमै कसरी उठी ? अनि बाबा ममी ? फोन ?' प्रतिक्षाको मुटु ढुकढुक गरेको बाहिरै सुनिन्छ ।आलस्यसँग उठेर मोबाइल टिपी खाटबाट ।
ला ! चार्ज पनि सकिन लागेको रहेछ । 'भित्तामा रातो माटो दलिएको बत्तीको स्वीच खोल्छे । आवाज आउँछ 'कड्याक्क'
'यो बत्ती पनि कति ग'को तीन दिन भइसक्यो फोकटमा जागिर खा'का छन् कर्मचारीले..' मुर्मुरिन्छे एक्लै । बाहिर कोठामा कोहि बोलिरहेको आवाज आइरहेको थियो ।
'प्रतिक्षा दिदी ?' आजाज आयो फेरि ।
'आएँ…..'
अँध्यारोमा ढोकाको दलिनमा टाउको ठोकिन्छ 'ऐया !'
उठेर किचनमा गई । टुकी बत्ती बलिरहेको थियो । सलेदो लामो भएछ कोठाभरी धुँवा गुम्सिरहेको थियो । रातो माटो पोतिएको चुलोमा कालो कित्लीमा चिया पाक्दै थियो । बाबा मुढामा बसेका थिए ।अनुहार कालो भएको थियो । त्यहिबेला प्रतिक्षाले बाबाको कुम च्यातिएको सट पनि देख्छे ।
आमा अँगेनामा बसेर पाक्दै गरेको चियामा दाउरा ठेल्दै थिइन् । उनको आँखा सुनिएको थियो र अनुहारभरि आँशु लतपतिएको थियो । आमाको सिधा अर्को पिरामा बहिनी डर र उदासी मिसिएको रून्चे अनुहार लगाएर बसिरहेकी थिई ।
टिन चुहिएर किचनको एक कुनामा थापिएको भाँडामा पानी भरिन लागेको थियो । कोठामा सन्नटा भएर पानी चुहिएको तपतप आवाज निरन्तर आइरहेको थियो । बाहिर किराहरू कराएको आवाज प्रष्ट सुन्न सकिन्थ्यो ।
वातावरण देखेर प्रतिक्षा झस्की । प्रकृतिमा त पानी मात्र परिरहेको थियो । उसको मनको समुन्द्रमा भने आँधीहुरी र सुनामीले बहेली खेल्न थाल्यो ।
पानीको तपतपसँगै आमाको सुँक्क सुँक्क आवाज आइरहेको थियो ।
'किन रून्छेस् प्रतिक्षाकी आमा हाम्रै लालनपालन शिक्षादीक्षामा खोट रहेछ र आज यो दिन देख्नु पर्यो'
आमाले सुँक्क गर्दै साडीको फेरले आँशु पुछिन् ।
'ला….के भा होला ?' प्रतिक्षाको मनमा ढ्याङ्ग्रो ढोक्दै थियो । पुलुक्क बहिनीलाई हेरी । बहिनी अनुहारमा आएका केशका रेसालाई एक हातले पन्छाउँदै एक हातले भुँइ कोर्दै बसिरहेकी थिई ।
त्यो विस्मात वातावरणले उसको मन भने हिउँझै जम्दै थियो ।
अझै पनि उसले भ'को के भनेर सोध्न सकेकी थिइनँ ।
प्रतीक्षा भण्डारी, घर पूर्वी पहाडी जिल्ला भोजपुर । एक मध्यमवर्गीय गाउँले केटी जसका बाबा पूर्णबहादुर भण्डारी एक सरकारी कर्मचारी थिए । गाउँकै वडा कार्यालयमा काम गर्थे । आमा निरकुमारी भण्डारी । माइत ताप्लेजुङ । उबेला पनि प्रेम विवाह गरेका रे ।
उनी घरमा खेतीपाती गर्थिन् । बेलामौका गाउँमा मेलापात गरेर जीविका चलेको थियो । पुर्खाले छोडेर गएका जग्गामा बनेको एउटा दुईतले टिनको घर थियो उनीहरूको । घरका पुराना काठहरूमा धमिरा लाग्न थालेका थिए । बुँइगल त मुसाको अखडा बनेको थियो । रातभरि मुसा कुद्थे ।
दुई–तीन रोपनी जग्गा थियो । घरको खेतीपातीले जसोतसो भोक टर्ने गथ्र्यो । उसले गाउँकै स्कुलबाट कक्षा १० सम्म अध्ययन गरी । मेद्यावी छात्रा भएकाले सरहरूको सल्लाहमा उसलाई परिवारले काठमाडौ पठाए । उज्जवल भविष्यको सपनामा काठमाडौंको कोलाहलका बीच बागबजारस्थित पद्मकन्या क्याम्पसमा कक्षा १२ मा फुपूको घरमा बसी अध्ययन गर्दै थिई ।
बहिनी सिर्जना भने गाउँकै बोर्डिङ स्कुलमा कक्षा आठमा पढ्दै थिई । सानो र सुखी परिवार आफ्नै तरिकाले चल्दै थियो । विश्वमा देखिएको कोरोना भाइरसले सबै शैक्षिक संस्था बन्द भएसँगै घर आएर बसेको दुई महिना भएको थियो । आज अकस्मात घरमा यस्तो वातावरणले प्रतीक्षा विस्मयमा पर्दै थिई । मनमा शंकाको बादल उठ्दै थियो । पानी पर्न मात्र बाँकी थियो ।
निरकुमारीले स्टिलको गिलासमा दूध हाली चिया खन्याउँदै थिइन् । पूर्णबहादुरको स्वर सुनियो, 'तँलाई हामीले यहि दिन देख्नका लागि जन्माको हुर्काको, दुःख गरेको पढाको हो छोरी ? बहिनीको अनुहार हेर उसको जिम्मेवारी तेरो टाउकोमा पनि छ । तँ पछि यो जन्मी । तँभन्दा पाँच बर्षले कान्छी छे यो ।
गाउँले र आफन्तले अर्को सन्तान चाहिन्छ छोरा छैन भन्दा पनि छोरी र छोरा बराबर भनेर दुनियाँको भनाइ लत्याएर, दश दुःख गरेर तिमीहरूलाई हुर्कायौ । मासिक २० हजारको जागिरले चुहिने घरको छाना फेर्यौं । नयाँ घर बनाउन सकिएन । तिमीहरूको भविष्यका लागि भनेर आधा पेट खाएर राम्रो स्कुलमा पढायौँ । आज यहि दिन देखाइस् तैंले । यस्तो घिनलाग्दो काम गर्नुअघि एकचोटी पनि बाबा आमाको अनुहार याद आएन ?
यो बहिनीको अनुहार हेर । यसको पनि याद आएन तँलाई ? पैसा कमाउन नसके पनि समाजमा मेरो इज्जत थियो । तँमाथि मेरो कत्रो गर्व थियो । आज सब माटोमा मिलाइस् तैंले । यस्तो दिन देखाउनु थियो भने बरू हामीलाई बिष खुवाएर पहिल्यै किन मारिनस् ? समाजमा मुख देखाउन नहुने बनाइस् तैंले हामीलाई । नझुकेको शीर झुकाई दिइस् । ज्यूँदै मारिस् । छोरी ज्यूदै मारिस ।'
यति सुनेपछि प्रतिक्षाको आँखाबाट बलिन्द्रधारा आँशु खहरे खोलामा बाढी आएझैं चुहिन थाल्यो । ऊ अझ पनि अनभिज्ञ थिई बाबाले किन गाली गरे ? आमा किन रोइन् ? बहिनी किन टोलाई ?
हिजोको त्यो सुखी परिवार आज टुक्रामा परिणत भएझै लाग्दै थियो । विश्वासको सम्बन्ध टुट्दै थियो । सँधै माया गरेर बोल्ने बाबाको यस्तो बोली सुन्दा उसको मुटुमा कसैले तीखो वाण प्रहार गरेझै लाग्यो । बलिन्द्रधारा आँशु झरिरहेकै थिए ।
'तेरा गोहीका आँशु नझार, जो चोर उसकै ठूलो स्वर' भन्दै आमाको एक थप्पड उसको
हानिन् । आमाले प्रतिक्षाको जिऊ झकझकाउँदै रूँदै भनिन्, 'भन् तैले किन यसो गरिस् ? तँलाई हामीले के अपुग पारेका थियौं ? एक छाक खाएर भए पनि छोराछोरीको खुशी हेरेको थियौं । भन के पुगेन ।भन् । किन हामीलाई ज्यूँदै मारिस् ? भन् । जवाफ दे ।'
प्रतिक्षाको मनमा अब भने सुनामी आईसकेको थियो ।
डराउँदै बहिनी र आमा बाबातिर पालपालो हेदै रूँदै भनी, 'मैले त्यस्तो के गल्ती गरे र बाबा आमा ? तपाईहरू मेरो भगवान हो, म कसरी तपाईहरूलाई चोट पुर्याउन सक्छु र ?'
'आमाले भनिन्, 'हेर हेर यो नकचरी पानीमाथिको ओभानो बन्दी रै'छ । अझ थाहा नपाएझै गर्छे ।'
'ए त्यो ल्यापटप ले ले अस्मिता !'
ल्यापटप दिउँसो मात्र काजी बाको घरमा सोलारमा चार्ज लाएको थियो । थोरै त चार्ज बाँकी रहेछ ।
ल्यापटप खोलेर एउटा भिडियो खोलिन्, जुन भिडियो फेसबुक, युट्बमा भाइरल भ'को थियो ।
'ओफै हेर' ल्यापटप हातमा दिएर निरमायाले मुन्टो बटारिन् ।
हात कमाउँदै प्रतिक्षाले भिडियो खोलिन् भिडियो हेरिन् प्रतिक्षाको जीऊ लत्याकलुतुक भयो, चिटचित पसिना आयो, हेर्न नसकेर आँखा चिम्म गरिन् । बरर आँशु झ¥यो, सुन्न नसकेर कान थुनिन् । मुटुमा गोली लाग्यो । हेर्दाहेर्दै गोबरले लिपेको हिलो भुँइमा लडी ।
त्यो भिडियोमा प्रतिक्षा एउटा केटासँग शारीरिक सम्बन्धमा थिई । केटाको अनुहार देखाइएको थिएन । तर उसलाई मात्र थाहा थियो, त्यो को थियो । त्यो थियो उसको ब्वाइफ्रेन्ड प्रबिन, प्रबिन शर्मा । घर स्याङ्जा । पुतलीसडकस्थित शङ्करदेब क्याम्पसमा कमर्स पढ्दै गरेको एक झिल्के ठिटो । जब ऊ होशमा आई उ, ओछ्यानमा थिई । झ्यालबाट अलिअलि उज्यालो छिर्दै थियो ।
सायद छ बजेको हुँदो हो । शरीर चिसो भइरहेको थियो । बाहिर कोठामा सानो आवाजमा बोलेको, साक्क सुँक्क गरेको आवाज आईरहेको थियो । उसको दिमागमा दुई घण्टा अगाडिका घटनाहरू, काठमाडौं, कलेज, प्रबिन, उसको प्रथम पटक प्रेम प्रस्ताव गरेको, पहिलो डेटिङ, उसँग बिताएका पल, खाएका कसम, सँगै बाँच्ने बाचाहरू रिलझै घुम्न थाले ।
'आखिर कसले गर्यो यस्तो ?'
'प्रबिनले यो थाहा पाएर मलाई छोड्ने पो हो कि ?'
गाउँलेहरू, सर मिस, साथीहरू,आफन्त सबैले हेरिसके होलान् ।
'अब कसरी मुख देखाएर हिंड्नु ? गाउँलेले मजाक बनाउँछन्, आफन्तले थुक्छन् । बाबा आमा, बहिनीसँग आँखा जुधाउने हिम्मत पनि छैन ।'
आफ्ना अन्तरद्वन्द्वसँग ऊ संघर्ष गर्दै थिई । एकोहोरो दलिनतिर हेरिरहेका उसका आँखाबाट बलिन्द्रधारा झरेका आँशुले सिरानी तन्ना भिजिसकेको थियो तर उसलाई होश थिएन ।
उसको दिमाग खाली पानाझै हुँदै थियो जहाँ कोर्नका लागि शब्दहरू नै थिएनन् ।
उसले आफूलाई जिउँदो लाश देख्न थाली ।
उसको थोरै आशा बाँकी थियो 'प्रबिन'
उसले सहयोग गर्न सक्छ । सोच्दै मोबाइल उठाइ । १५ प्रतिशत बाँकी रहेछ ब्याट्री पनि । उफ् आपतको बेला लाइन पनि छैन । ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भनेको यही होला । मोबाइलमा नम्बर डायल गरी । फोन गरी पटक पटक फोन उठेन । सोची सुतिरहेको होला । फेरि फोन गरी । फोन काटियो ।पटक पटक गरी फोन काटियो । आफन्तसँग पो छ कि ? मनलाई शान्त पार्दै थिई ।
ल्यापटप खोलेर फेसबुक खोली । ५० वटाभन्दा बढी म्यासेज आएका थिए । तर आँखा सुरूमा त्यो भिडियोमा पर्यो जुन उसले भर्खरै हेरेकी थिई । टाउको घुमाउन थाल्यो उसको, शरीर गल्यो । ५० मिनेटमा दुई हजार लाइक, एक हजार कमेन्ट र १२ सय सेयर पुगेको देखि । अश्लिल कमेन्टहरू अनि त्यो हाँसो हेर्न सकिन । आँखा चिम्म गरी । आँशु तरर खसे । उसको अगाडि अन्धकार छायो । अझसम्म पनि अनभिज्ञ थिई कसले गर्यो ? अनि किन ? तब प्रतिकको नाम सर्च गरी २उचबतष्प कजबचmब तर भेटाइन । तब पुरानो म्यासेज हेरी ब्लक गरेको रहेछ । चित्त छियाछिया भयो ।
'किन गर्यो ब्लक ? ला कि यो भिडियो देखेर रिसायो ?' अन्तर मनमा डरले डेरा जमायो ।
फेरि फोन गरी प्रतिकलाई । फोन रिसिभ भयो ।
उताबाट आवाज आयो 'फोन नगर भनेको सुनिनस् ?'
'किन प्रतीक ? तिमी रिसायौ ? कसले गर्यो मलाई थाहा छैन प्रतीक । ममी बाबाले पनि थाहा पाउनु भो । मलाई मर्नु जस्तो भइरहेको छ प्रतीक । सरी प्रतीक । रूँदै भनी उसले ।
'जेसुकै गर' फोन काटियो उताबाट ।
साह्रै रिसाएछ भन्ने सोची फेरि फोन गरी पटक पटक। सयौ म्यासेज गरी तर रिप्लाई आएन ।
पटक पटक फोन काटियो । तर उसले फोन गरिरही ।
फोन उठ्यो ।
'तलाई फोन नगर भनेको सुनिनस् ?' आवाज आयो
'प्रतीक तिमी मेरो ब्वाईफ्रेन्ड हौ । तिमी त कुरा बुझ प्लिज'
'हाहा तँलाई अझै थाहा पाइनस् त्यो भिडियो कसले खिच्यो ? मैले हो मैले ।' हाँस्दै भन्यो प्रतिकले ।
प्रतिक्षाको मनमा बाढी सुनामी, बाढी, पहिरो छाल एकै पटक आए । सोचेको पनि थिइन प्रतीक यस्तो गर्न सक्ला । कति बाचाहरू गरेका थिए उनीहरूले सँगै मर्ने बाँच्ने ।
'किन गर्यौ प्रतीक यस्तो ? किन ? तिमी त मलाई माया गथ्र्यौ । के पायौ मसँग खेलेर ?' रूँदै बोली प्रतीक्षा ।
'हा हा माया ? म तलाई माया गर्दिन । मैले तेरो शरीरको भोग गर्न मायाको नाटक गरेको थिएँ । तेरो शरीरसँग माया गरेको थिएँ । जब तलाई पहिलो पटक देखें पद्मकन्यामा । तेरो शरीर देखेर म लोभिएँ । तेरो सोझोपन कति भने तँ मेरो जालमा सजिलै फसिस । तँसँग कसले माया गर्छ ? अनुहार न दनुहार….।
मेरो अनलाईन बिजनेस छ । तेरो भिडियोले गर्दा मलाई प्रोफिट भइरहेको छ । हेर त दुबै हातमा लड्डु मेरो'
घुक्क घुक्क गर्दै प्रतिक्षाले भनि 'तर….'
कुरा पूरा हुनै नपाई आवाज आयो, 'तर सर म जान्दिनँ । तलाई पनि फाइदा भो त हेर । कति पपुलर भईस् तँ एक रातमा । हेर त लाइक, कमेन्ट र सेयर कति छ ? तँ त एकैछिनमा कति फेमस भइस् अरे वा । सेलिब्रेटी…हा हा'
'तँ त मसँग खुशी हुनुपर्ने । आइज बरू सँगै मिलेर काम गरौं । तँलाई पनि फाइदा मलाई पनि फाइदा'"
सुन्न नसकी प्रतिक्षाले फोन काटी ।
सारा सपनाहरू पलभरमै माटोमा मिलेका थिए ।
बाबा आमाको अघिका शब्दहहरू कानमा गुञ्जिए । उसले बाबा आमाको इज्जत राख्न सकिन । सपना पुरा गर्न सकिन । बहिनीको उजाडिएको भविष्य सिनेमाका दृष्यझै अगाडि आए । दिदी हुनुको दायित्व निभाउन नसकेको भान भयो । आँखा अगाडि अँध्यारो छायो । बाँच्नुको औचित्य देख्न छाडी। भ वष्यका बाटाहरू दिमागमा रिलझै घुमिरहेका थिए ।
'अब म बाँचे भने पनि कसरी समाजमा अनुहार देखाउँला ? बाबा आमालाई कुन मुखले पुकारौ ? हरेक दिन समाजले मेरो रेप गर्नेछ जताततै ।'
मनसँग मनको अन्तर्वार्ता गर्दै थिई । आँखा सुनिएका थिए ।आँखाबाट लगातार आँशु बगिरहेका थिए ।
मान्छेको जीवन जिउन हरेक कुराको अभाव हुने तर आँशुको अभाव कहिल्यै नहुने । भगवानले आँखाभित्र समुन्द्र राखिदिएका होलान् । समय कति बलवान छ । शान्त समुन्दमा अचानक सुनामी आईदिन्छ । खुल्ला आकाशमा बादल छाइदिन्छ ।
झमझम पानी परिरहेको थियो । झ्याल बाहिर पुलुक्क हेरी । नीलो आकाशसँग बादलका टुक्राहरू
आकाशमा मितेरी लाउँदै थिए ।लाग्थ्यो कि बादलका टुक्रा पनि मायालुसँग माया पोख्न व्याकुल छे । तर बिचरा बादललाई के थाहा कतिबेला आकाशमा ग्रहण लाग्ने हो, कतिबेला आकाशबाट पानी झर्ने हो र बादलको अस्तित्व मेटिएर जाने हो । कति स्वार्थी छ यो प्रकृति पनि । कति स्वार्थी छ समय, कति स्वार्थी छ यो समाज, कति स्वार्थी छ यो समाज !
आकाश थर्किरहेको थियो । बिहानको सात बजेको हुँदो हो । खुल्ला झ्यालबाट हावाको झोक्का अकस्मात भित्र पस्यो । लाग्थ्यो कि कुनै आँधी आउनेवाला छ । हावासँगै टेबलमा फ्रेम गरिएको प्रतिक्षाको सुन्दर फोटो भुँमा झर्यो । सिसा सबै फुट्यो ।
'प्रतीक्षा ! ए प्रतीक्षा'
'ढोका खोल' बाबा आमाको आवाज आइरहेको थियो ।
'प्रतीक्षा दिदी ढोका खोल्नु न' अस्मिताको आवाज आइरहेको थियो ।
फेरि आवाज आयो 'ए अस्मिता !'
हावा चल्नु, आवाज आउनुसँगै एक युवतीले जेब्रा झोलाबाट सल निकालिन् ।
'प्रतिक्षा दि…." आवाज पूरा नहुँदै कोठाभित्र टेबल लडेको आवाज आयो ।
त्यतिबेलै अकस्मात आकासमा बिजुली चम्किएर मुटु काम्ने आवाज आयो । पानी पर्न थाल्यो 'मुसलधारे' ।
बाहिरबाट धिमा आवाजमा कसैको आवाज आइरहेको थियो 'प्रतीक्षा'
'ए प्रतीक्षा ढोका खोल, सुनिनस्'
'प्रतीक्षा दिदी दोका खोल्नुहोस्'
तर प्रतीक्षाको जवाफ कहिल्यै पनि आएन । न त ढोका नै खोलियो । प्रतिक्षाले सधाको लागि अन्तिम श्वास फेरिन्, एउटा शरीर निर्जीव भएर गयो, आत्मा कतै चीरशान्तिको बाटोतिर विलयन भएर गयो । | 2020/08/11 03:28:30 | https://www.nayapage.com/archives/245065 | mC4 |
थाहा खबर: ८६ अर्ब रुपैयाँका एक हजार २०२ ठेक्का अझै क्रमागत
८६ अर्ब रुपैयाँका एक हजार २०२ ठेक्का अझै क्रमागत
४९ को म्याद थपियो, ११ सय ५३ आयोजना अन्योलमै
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत रुग्ण आयोजनाको सवालमा घच्घचाइरहेको अवस्थामा ती आयोजनाको निर्माण कार्यले अझै तीव्रता पाउन सकेको छैन।
आयोजनाको निर्माणको मिति सकिएर पनि सञ्चालनमा आउन नसकेका आयोजनाकफ सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'रुग्ण ठेक्काको अध्ययन तथा विश्लेषण, २०७५' सार्वजनिक गर्दै सरकारको ध्यानकर्षण गराएको थियो।
एक वर्षको अविधमा रुग्ण रहेका आयोजना एक हजार ८४८ मध्ये जम्मा ६१८ वटाको मात्रै निर्माण कार्य सकिएको अख्तियारको 'रुग्ण ठेक्काको अध्ययन तथा विश्लेषण, २०७५' को दोस्रो भाग देखाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गरेको अध्ययनमा २८ ठेक्का सम्झौता अन्त्य गरिएको उल्लेख छ।
अध्ययन प्रतिवेदनमा ८६ अर्ब ४४ करोड बराबरका १२ सय दुई ठेक्का हालसम्म पनि क्रमागत अवस्थामा रहेको देखिएको छ। त्समध्ये ११ सय ५३ वटा क्रमागत देखिएका ठेक्काको हालसम्म पनि म्याद थपसम्बन्धी कुनै पनि निर्णय भएको लिन नसकेर अन्योलमा छन् भने ४९ ठेक्काको मात्र म्याद थपसम्बन्धी निर्णय भएको देखिएको छ।
१२ सय दुई रुग्ण अवस्थामा रहेका ठेक्कामध्ये चार सय दुईको प्रगति ८० प्रतिशतभन्दा बढी, ३१५ ठेक्का सम्झौताको प्रगति ५० देखि ८० प्रतिशत बीचमा तथा ४८५ ठेक्का सम्झौताको प्रगति न्यून अथवा ५० प्रतिशतभन्दा कम प्रगति भएको देखिएको छ। यो प्रगति पछिल्लो एक वर्षको मात्रै नभइ अहिलेसम्मको प्रगति हो।
सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनका क्षेत्रमा अध्ययन तथा विश्लेषण गरेपछि एक वर्षको अवधिमा सम्बन्धित मन्त्रालय, विभागसँग समस्या समाधानका लागि पटकपटक अन्तरक्रिया, छलफल तथा सहजीकरण समेत भएको अख्तियारले जनाएको छ। अख्तियारले ६१८ आयोजना निर्माण सम्पन्न हुनु उपलब्धिमुलक भए पनि अझै कामले प्राथमिकता पाउन नसकेको जनाएको छ।
विश्लेक्षण प्रतिवेदनअनुसार २०७५ मंसिरसम्म कुल १ खर्ब १८ करोड अर्ब बराबरका जम्मा १८ सय ४८ ठेक्का सम्झौता बमोजिमको समयावधिभित्र सम्पन्न हुन नसकी रुग्ण अवस्थामा रहेको देखिएको थियो। तर, एक वर्षको अवधिमा करिब ३२ अर्ब लागत बराबरका आयोजनाको काम सकिएको छ। | 2020/08/04 11:50:46 | http://thahakhabar.com/news/91342 | mC4 |
प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल जान नयाँ पदमार्ग – AB Sansar
November 25, 2020 Ab-संसारLeave a Comment on प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल जान नयाँ पदमार्ग
कास्की- कास्कीको प्र`सि`द्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख र जनसहभागिताबाट रु एक लाख गरी ११ लाखमा उक्त बाटो निर्माण शुरु गरिएको हो ।
पछिल्लो समय पर्यटकीय पदमार्ग मोटरेबल बाटोले विस्थापित हुँदै गइरहेको अवस्थामा नयाँ बन्दै गरेको पदमार्गले पदयात्रामा रमाउने पर्यटक ला`भा`न्वि`त हुने उहाँको विश्वास छ । " लालीगुराँसको जङ्गल, रु`द्र`महादेव, पञ्चेबाजा पार्क, सुनझाँक्रीको थान, अस्ताम देउराली माइको मन्दिरलगायत धार्मिक तथा पर्यटकीय र जैविक विविधतासहित पर्यावरणका हिसाबले पनि यो क्षेत्र उपयुक्त रहेकाले पदमार्गबाट पर्यटक लाभान्वित हुनेछन्", अधिकारीले भन्नुभयो ।
उहाँका अनुसार यस क्षेत्रमा पोखराबाट करिब दुई किलोमिटरको दूरीमा सुन्दर लाली`गुराँस देख्न सकिन्छ । यो पाँच दिनदेखि सात दिनसम्मको पदमार्ग हो । मर्दी हिमाल र मा`छा`पुच्छ्रे नमूना ट्रेकलाई जोड्नका साथै संसारको सबैभन्दा उच्च स्थानमा साइकल लान सक्ने वातावरणका लागि यस पदमार्गले सहयोग पुग्ने उहाँको भनाइ छ । अधिकारीले प्रदेश सरकारको रु १० लाख बजेटबाट काम शुरु गरिएको र यसका लागि सङ्घीय सरकारले समेत बजेट छुट्टाएको जानकारी दिनुभयो । "अहिले सीमित बजेटमा जनसहभागितामार्फत बाटो निर्माणमा जुटेका छौं, सङ्घीय सरकारको बजेट आएपछि यसमार्गले पूर्णता पाउनेछ ।"
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले उक्त पदमार्गलाई टान मोडल ट्रेकिङसँग जोड्न संस्थागत अभ्यास गरिसकेको बताउनुभयो । यस पदमार्गले 'भिलेज टु भिलेज कनेक्टिभिटि' हुने र छोटो दूरीका हाइकिङ र लामो दूरीको ट्रेकिङ दुवैको लागि उत्तिकै सहज हुने उहाँको भनाइ छ ।उक्त पदमार्ग हेम्जाको मेलबोट सुनझाँक्री, अस्तामदेखि धम्पुस हुँदै मर्दी हिमाल पुग्नेछ । कोभिड-१९ को महामारीबीच पनि आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको मर्दी हिमालमा नयाँ पदमार्ग निर्माणले आगामी दिनमा पर्यटकको बसाई लम्बाउने र यस क्षेत्रका पर्यटकीय गतिविधिलाई बढाउने विश्वास माछापुच्छ्रे गाउँपालिका-६ का वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले बताउनुभयो । | 2021/09/24 05:58:30 | https://absansar.com/6657/ | mC4 |
जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो ! – Online Khabar
२०७७ माघ १३ गते ७:५७ मा प्रकाशित
१३ माघ, काठमाडौं । अभियन्ताहरुले खण्डहर कमलपोखरीको हिलो माटो झिकेर टीका लगाएपछि सोमबार दिउँसो बृहत नागरिक आन्दोलनको ब्यानर बालुवाटारतर्फ अगाडि बढ्यो ।
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धमा नियमित खबरदारी गरिरहेको यो आन्दोलन किन कमलपोखरीको कालो माटो निधारमा टाँसेर जुलुसमा निस्कियो ?
किनकि, नागरिक आन्दोलनको निश्कर्ष हो- संविधानमाथि मात्र होइन सांस्कृतिक, भाषिक, प्राकृतिक अधिकार मिच्नु पनि प्रतिगामी कदम नै हो । सम्पदाको अतिक्रमण गर्नु पनि प्रतिगमन हो । यसको विरुद्ध निरन्तर बोल्न जरुरी छ ।
ब्यानरमा भनिएजस्तो सोमबारको आन्दोलन यसकारण पनि बृहत थियो कि ७० वर्ष कटेका खगेन्द्र संग्रौलादेखि अभिनेता दयाहाङ राई, डा. गोविन्द केसीदेखि कवि श्रवण मुकारुङ, मानवअधिकार आयोगकी पूर्वप्रवक्ता मोहना अन्सारीदेखि लेखक रघुजी पन्त, रीता साह पनि यसमा सरिक थिए ।
नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेदेखि युग पाठक, संगीत श्रोता, सञ्जीव उप्रेती, जेबी विश्वकर्मासम्मको पंक्ति त्यही लस्करमा थियो । उनीहरुलाई साथ दिने ठूलो युवा पंक्ति थियो ।
नागरिक आन्दोलनको त्यो कालो ब्यानर हात्तीसारतर्फ लम्कियो । र, नागपोखरी, गैरीधारा हुँदै बालुवाटारतर्फ लाग्यो । त्यो एक किलोमिटर लामो मानव लस्करले संसद विघटन र केपी ओलीविरुद्धको आक्रामक नारा लगाएको थियो । नाराकै तालमा नेवारी बाजा घन्किरहेका थिए ।
नागरिक आन्दोलन प्रधानमन्त्री निवासको गेटमा पुगेर चिच्याउन चाहन्थ्यो कि हेर तिम्रो कदमविरुद्धको आवाज सुनाउन तिम्रै दैलोमा आइपुगेका छौँ । अब तिमीले आफूलाई सच्याऊ ।
तर, भाटभटेनीदेखि केही अगाडि बढेपछि ठूलो पंक्तिमा उपस्थित प्रहरीले काँडेतार तेर्स्याए । हतियार र लठ्ठी समाएर प्रहरीले बालुवाटारको प्रधानमन्त्री निवाससम्म पुग्न दिएनन् ।
त्यहाँ एउटा पिपल बोट छ । चौतारीसँगै । युग पाठक त्यही चौतारीमा उभिए र सबैलाई बस्न आग्रह गरे । सबै बसे । तर, उभिए पोलिटिकल लिट्रेसी फर वुमेनका अभियन्ता । उनीहरुको शीरमा कालो कफन थियो र मुखमा कालै मास्क । उनीहरुले निरंकुश होस् तँ फ्ल्यास मब गरे । करिब एक दर्जन युवतीले एकै स्वरमा भन्न थाले :
हेर्नुस् हजुर, पोथी बासेको ।
पटक-पटक झुक्कियौ, अनसनकारीलाई रुवायौ ।
पटक-पटक झुक्यायौ, उखु किसानलाई रुवायौ ।
न्याय मार्न पाइँदैन, झुटा सपना चाहिँदैन ।
यो देशको प्रधानमन्त्री, भन्नुहुन्छ म देशद्रोही ।
यो अहंकारी शासन, हो दमनकारी ।
निरंकुश होस् तँ …
आन्दोलनबीचबाट चर्किएको फ्ल्यास मब सकिनेवित्तिकै अर्को कुनामा शिल्पी थिएटरले संसद विघटनविरुद्धको नाटक मञ्चन सुरु गर्यो । जुन नाटक युवराज घिमिरेले लेखेका हुन् र कलाकार पवित्रा खड्काको नेतृत्व । म्युजिकको धुनमा कलाकारहरु सडकमै लय मिलाउन थाले :
करोडौंँको रगत पसिनामा, तिम्रो सत्ताको जग बसेको छ ।
हामीलाई चाहिन्छ विधिको शासन ।
यो सडकको आवाज सुन,
यो सडकको आवाज सुन
सदन, सडकको आवाज सुन…
नाटकको धुन विलीन भएलगत्तै पिपल चौतारीमा मोहना अन्सारी उभिइन् । उनले भनिन्, 'आज हामी प्रधानमन्त्रीको गेटसम्म पुग्ने भनेका थियौँ । जनताले बनाएको प्रधानमन्त्रीको निवास हेर्न हिँडेका थियौँ । तर, प्रहरी दाजुभाइहरुले रोक्नुभयो । तपाईंहरु हामीलाई सुरक्षा दिन बसेको कि बालुवाटार जोगाउन ?'
भीडबाट परपर तालीको आवाज निस्कियो । अन्सारीले थपिन्, 'हामी यहाँ केही लिन आएका हैनौँ, संविधानको रक्षा गर्नका लागि आएका हौँ ।'
माइक युग पाठकले समाए र भने, 'प्रहरीले जति छेके पनि जनताले चाह्यौँ भने जनताको बालुवाटार जनतालाई फिर्ता गर्छौँ ।' ताली झन् चर्कियो ।
सञ्चालक पाठकले चौतारीमा गोविन्द केसीलाई डाके । पछिल्लो अनसनपछि डा. केसीले पहिलोपटक भाषण दिँदै थिए । 'नेता, दलाल र माफियाको नजर कमलपोखरीजस्ता सम्पदामा परेको छ,' डा. केसी बोल्न थाले, 'अहिले नेताहरु पैसामात्र चिन्छन्, इमान चिन्दैनन् ।'
उनी विस्तारै सरकारको अहिलेको कदमबारे बोल्न थाले । 'अहिले केपी ओली श्री सात महाराजधिराज हुन् । यसअघिको शासकले सडकको भाषा सुने, तर, ओलीले सुन्दिनँ भनेका छन्', डा. केसीले स्वर अलि ठूलो पारे, 'केपी ओली तानाशाह मात्र होइनन्, बेइमान तानाशाह हुन् ।'
उनी फेरि अदालततर्फ फर्किए । 'संसद पुनर्स्थापना गर्ला भनेर अदालत अहिले जनताको निगरानीमा छ । यदि संविधान बचाउनमा अदालतको भूमिका भएन भने जनता सडकमा आउनेछन् । हामी कसैको पक्षमा छैनौँ, जनताको पक्षमा छौँ ।'
केहीबेर नारा घन्कियो, 'केपी ओली मुर्दावाद्, निरंकुश शासन चाहिँदैन…'
नारालाई जनवादी गायक प्रदीप देवान देवानको गितारले मत्थर पार्यो । स्ट्याण्डमा माइक अडाएर देवानले गाउन थाले । स्व. गोपालप्रसाद रिमालको गीतमा उपस्थित सबैले स्वर मिलाए :
एक जुगमा एक दिन एकचोटी आउँछ
लाटा, सोझा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको
एक जुगमा एक दिन एकचोटि आउँछ …
त्यसपछि मञ्चमा उभिए खगेन्द्र संग्रौला र ठट्टा गरे, 'म आज बोल्न आएको होइन, नारायण वाग्लेको भाषण सुन्न आएको । नारायणजीको हातको अभिनय हेर्न आएको हो । धन्यवाद दिन आएको, आन्दोलनलाई ऐक्यवद्धता जनाउन आएको हो ।'
छेउमै भएका नारायण फिस्स हासेँ । माहौल हासोले गुञ्जियो । त्यहीबेला माइकमा खराबी आयो । संग्रौलाले ठट्टा गरे, 'मेरैबेला किन यस्तो हुन्छ ? यसमा पक्कै बालुवाटारको षड्यन्त्र छ ।'
आन्दोलनकारी झन् ठूलो स्वरमा हाँसे ।
त्यसपछि संग्रौलाले ओलीमाथि कटाक्ष गर्न थाले, 'खड्गप्रसाद ओलीले अहिलेदेखि आर्यघाटसम्मको कार्यक्रम बनाएको छ । खड्गप्रसाद त्यसै छाड्नेवाला छैनन् । भनेकै छन्, बरु मर्छु, कुर्सी दिन्न भनेका छन् । यिनले कसैलाई सुखले मर्न दिँदैनन् ।'
उनले न्याय र सत्यको आन्दोलन निकै कठिन हुने बताए ।
'नेपाली जनताले श्री तीन महाराजको दासता अस्वीकार गर्यो । श्री पाँच महाराजहरुको दासता अस्वीकार गर्यो', बृद्ध संग्रौलाको धोद्रो स्वर जबरजस्त चर्कियो, 'नाथे खड्गप्रसाद कत्रो महाराज हो र ? नेपाली जनताले नाथे तनाशाह खड्गप्रसादको दासता अस्वीकार नै गर्नेछ ।'
उनले शहिदको बलिदानको रक्षा गर्न चाहानेहरु, स्वाभिमान चाहानेहरु, न्याय चाहानेहरु खड्गप्रसाद ओलीको दासताका अगाडि नझुक्ने बताए ।
त्यसपछि बोल्ने पालो आयो बृहत नागरिक आन्दोलनका तर्फबाट नारायण वाग्लेको ।
स्पोर्टस् जुत्ता, कटनको पाइन्टमाथि सर्ट र हरियो हाफ ज्याकेट लगाएका थिए । सर्ट कुहिनाभन्दा माथिसम्म दोबारेका थिए । सेतै कपाल फुलेका वाग्लेले युवा जोस निकाल्दै भने, 'हामीले काठमाडौं सभ्यताको कालो माटो आज निधारमा पोतिसकेका छौँ । नागरिक चेतनासहितको नागरिक आन्दोलन आज उठेको छ, यो हरेक प्रतिगमनको विरुद्ध, आन्दोलित हुनेछ ।'
तालीभन्दा ठूलो हुटिङ आयो ।
कमिजका बाउला झन् माथि सार्दै नारायण आक्रामक रुपमा बोल्दै गए- पहिलो जनआन्दोलनमा लोकतन्त्र जिन्दावाद भन्ने हामी नै होइनौँ ? दोस्रो जनआन्दोलनमा पनि त्यही नारा किन लाउनुपर्यो ? फेरि मधेसी, दलित, जनजाति किन उफ्रिनुपर्यो ? हरेकपल्ट जनआन्दोलनमाथि प्रतिगमन भोलिपल्टबाट भएको छ । त्यसकारण आज हामी यहाँ उभिएका छौँ ।
बालुवाटारमा भएको साथीले लोकतन्त्रको चेक एण्ड ब्यालेन्सको सिस्टम भत्काउनका लागि सम्पूर्ण महत्वपूर्ण एजेन्सीहरु आफ्नो मातहतमा लानुभयो । जुन, प्रधानमन्त्री कहिल्यै पनि सिंहदरबार जाँदैन । श्री ३ जंगबहादुरजस्तो निजी निवासमा बस्छ । स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई दर्शनभेट दिन बाध्य बनाउँछ । प्रमुख प्रतिपक्षको नेतालाई भागशान्ति गर्न बोलाउँछ । त्यसकारण प्रतिगमन सम्भव भएको छ, साथीहरु ।
उनीहरु प्रधानमन्त्रीविरुद्ध षडयन्त्र भएको भन्दा रहेछन्, के षडयन्त्र भने अविश्वास प्रस्ताव आउँदै थियो रे Û के अविश्वास प्रस्ताव आउँछ भन्ने डरले संसद नै भंग गरिदिने ? त्यतिमात्र होइन, उहाँलाई खाली खुट्टा नै बालकोट हिँडाउनेवाला थिए रे ! अरे बाबा, खाली खुट्टा हातमा चप्पल लिएर दौडेको नेपाली जनताले ल्याएको प्रजातन्त्र होइन यो ? उनले खाली खुट्टा हिँड्न नहुने ? हिजो नारायणहिटीबाट नागार्जुन जान हुने, आज बालुवाटारबाट बालकोट र्फकन नहुने ?
फेरि बेस्मारी ताली पडि्कयो । तालीको आवाज मत्थर नहुँदै वाग्लेले आफ्नो भनाइलाई निरन्तरता दिए, 'उनको अहंकारको श्रीपेच फुकालेरै छोड्नका लागि यो नागरिक आन्दोलन अब जुर्मुराएको छ ।'
मानिसहरु सभा सकिने प्रतिक्षामा थिए । किनकि अन्तिम वक्ताका रुपमा उभिएका थिए वाग्ले । तर, आफ्नो भनाइ टुंग्याउँदै गर्दा वाग्लेले भने, 'हामी आज धर्ना दिनका लागि बालुवाटारको ढोकामै पुग्ने हो । टुल लिएर जाऔँ साथीहरु ।'
शान्त वातावरणमा एकाएक कोलाहल मच्चियो ।
ठूलो संख्यामा केही पर रहेका प्रहरीहरु काँडेतारले सडकलाई घेरेर बसेका थिए । युग पाठक, नारायण वाग्ने, सञ्जिव उप्रेती, मोहना अन्सारी, संगीत स्रोता लगायतको टिम सिधै काँडेतार धकेल्न पुग्यो । आन्दोलनको ठूलो जमातले त्यो काँडेतारलाई धकेलेर छेउ लगाइछोड्यो । आन्दोलनकारीहरु दुई सय मिटरमात्र अगाडि के बढेका थिए, प्रहरीहरुले बेप्रवाह लाठी बर्साउन थाले । आन्दोलनकारीहरु सडकमै ढले । एक दर्जन घाइते भए, दुई युवा बेहोस भएर सडकमै ढले । तर, आन्दोलनकारीहरु खुट्टा खोच्याउँदै भए पनि बालुवाटारतर्फ नै लम्किए ।
प्रहरीले पानीको फोहोरा बर्साउन थाल्यो । पानीको फोहोरासँगै सडकमा पछारिए आन्दोलनकारी । प्रहरीको एक टोलीले हतियार आन्दोलनकारीतर्फ फर्काइरहेको थियो । फेरि पनि आन्दोलन बालुवाटारतर्फ नै लम्कन खोजिरहेको थियो ।
अन्ततः प्रहरीले लखेटी छाड्यो । एक दर्जनभन्दा बढी घाइते भए । भाटभटेनी नजिकै पुगेपछि पानीले लुछुप्पै भएका घाइते वाग्लेले हात नचाउँदै भने, 'हामी शान्तिपूर्ण धर्ना दिन जाँदै थियौँ । तर, हामीमाथि विनासूचना बर्बर दमन गरियो । अब तेस्रो जनआन्दोलन सुरु भयो ।' | 2021/02/28 18:40:01 | https://www.onlinekhabar.com/2021/01/926492 | mC4 |
सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु – Nepali Health
सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु
पेट देखि छातीसम्म जोडिएको शिशुको मुटु र कलेजो एउटै
२०७५ मंसिर ३ गते ९:०० मा प्रकाशित
काठमाडौँ, ३ मंसिर । प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म भएको छ । पेट देखि छातीसम्म जोडिएको दुई शिशुको कलेजो र मुटु भने एउटै छ ।
कालिकोट रास्कोट नगरपालिकाकी २८ बर्षीया ललिता बुढाको गर्भबाट चिकित्सकहरुले शल्यक्रियामा करीब डेढ घण्टा खर्चिएर शरीर जोडिएको अवस्थामा दुई शिशु (छोरी) निकालेका हुन् । चिकित्सकीय भाषामा कन्जोइन टुइन्स भनिने यस्तो केश अत्यन्त कम (करीब २ लाख जन्ममा) हुने बताइएको छ ।
प्रदेश अस्पताल सुर्खेतका डा. रविन खड्काका अनुसार शरीर जोडिएका दुई शिशुको तौल करीब ५ केजी छ । 'हेर्दा दुबै स्वस्थ देखिन्छन् । दुबै रुने कराउने गर्छन, दुबैलाई स्तनपान शुरु भइसकेको छ । ती शिशुको आज पुन भिडियो एक्सरे गरी स्वास्थ्य अवस्था बुझ्ने तयारी भइरहेको छ । त्यसपछि आवश्यक निर्णय गरिन्छ,' डा. खड्काले भने ।
सुत्केरी हुने दिन नजिक हुँदै जाँदा केही दिन बुढा दम्पत्ती गर्भजाँचका लागि जिल्ला अस्पताल कालिकोट पुगेका थिए । त्यहाँ एमडीजीपी डा. विज्ञान प्रजापतिले भिडियो एक्सरे गर्दा अश्वभाविक केश देखेपछि सुर्खेत अस्पतालका लागि रिफर गरेका थिए ।
'गर्भवती महिलाका बारेमा कालिकोटका डा. विज्ञानले चार दिन अघि नै हामीलाई जानकारी गराएका थिए । तर उहाँहरु ( सुत्केरीका लागि आएकी महिला ) हिजो मात्रै आउनु भयो । विहान ९ बजे तिरै मैले भिडियो एक्सरे गरे । पेट देखि छातीसम्म जोडिएको भेटियो । कलेजो र मुटु पनि एउटै देखियो,' डा. खडकाले भने ।
केश अश्वभाविक भएपनि सुत्केरी बेथाले आत्तिइसकेकी ललितालाई बाहिर पठाउन भन्दा त्यहि शल्यक्रिया गर्न उपयुक्त हुने ठानेर आफूहरुले त्यो केश ह्याण्डल गरेको डा. खड्काले बताए ।
कतिपयले यस्तो थाह पाएपछि काठमाडौँ रिफर गर्नुपथ्र्यो समेत भनेका छन् । तर उनलाई व्यथा शुरु भइसकेको थियो । 'हामीसंग यहाँ शल्यक्रियाका लागि दक्ष जनशक्ति र स्रोत साधन समेत थियो । त्यसैले यहि नै शल्यक्रिया गर्ने निर्णृयमा पुग्यौँ ।'
शल्यक्रियाको नेतृत्व गाइनो सर्जन डा. राजिब साहको नेतृत्वमा भएको थियो । उनलाई डा. महेश पौडेल (जीपी रेजिडेन्ट)ले सघाएका थिए । एनेस्थेसियामा डा. रोविन खापुङ लागेका थिए । त्यस्तै नर्सहरु ज्ञानु, रञ्जना समेतको सक्रिय खटाइथियो । त्यस्तै प्याडियाटिक डा. नवनीत रौनियार, डा. नामो शाक्य, नर्सहरु विनिता बस्याल, कल्पना थापा, सुस्मिता विसि, हेना गुरुङ लगायतका नर्सहरु शल्यक्रिया पछिको उपचार तथा स्याहारमा खटिएका छन् ।
नेपालमा यसअघि टाउको जोडिएका शिशुहरुको जन्म भएको थियो । तर मुटु कलेजो एउटै हुने गरी शरीर जोडिएको शिशुको जन्म भएको भने सुनिएको थिएन । 'सम्भवत यो पहिलो शिशु हो कि ?' डा. खड्काले भने । | 2019/05/26 11:53:53 | http://www.nepalihealth.com/2018/11/19/34390/ | mC4 |
काठमाडौंको चाइना कार्ड र भारतीय भूमिका
राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ असार ३० बिहिबार | १०:५८
- नित्यानन्द मण्डल
यतिखेर सरकार ढाल्ने तथा बनाउने खेलमा समेत भारतीय भूमिका रहेको चर्चा परिचर्चा गरिँदैछ । मधेससँग भारतको रोटी–बेटीको ऐतिहासिक सम्बन्ध । भारतले मधेसको सम्बन्धमा विशेष चासो राख्दै त्यहाँका राजनीतिक शक्तिलाई आर्थिक तथा नैतिक सहयोग गर्ने गरेको कुरा बारम्बार सुनिँदै आएको हो । त्यसैले नेपालको वर्तमान सङ्कटलाई विभिन्न नजरले हेर्नुको सट्टा ऐतिहासिक र विहङ्गम दृष्टिकोणबाट विवेचना गर्नुपर्ने हुन्छ ।
काठमाडौंले 'चाइना कार्ड ' प्रयोग गर्दै आफूबाट टाढिँन लागेको दिल्लीको बुझाई छ । परिणाम स्वरुप उसले मधेशमा समानान्तर राजनीतिक शक्ति निर्माण गर्न खोज्दैछ भने भान हुन्छ ।
आन्तरिक रुपमा काठमाडौंको समानान्तर अर्को शक्ति केन्द्र स्थापित गरेर भारतले आफ्नो चीर प्रतिद्वन्दी चीनलाई पछाडि फर्कन बाध्य तुल्याउँने उसको रणनीति रहेको बुझ्न अब भने गाहे छैन् । मोर्चाका नेता मात्रै होइनन्, यस अघिका आन्दोलन तथा परिवर्तनमा समेत भारतको सहयोग तथा समर्थन रहँदै आएकोले दिल्ली दरबार नेपालका नेताहरुका लागि भने नयाँ होइनन् । पछिल्लो पटक दिल्लीको इशारामात्र काफी हुन्थ्यो अहिले सन्दर्भ र समय अलिक फेरिएको अनुभव गरिँदैछ ।
र, त मधेशको सम्बन्धलाई साँस्कृतिक भन्दा पनि राजनीतिक रुपमा हेरिन थालिएको छ । झन् जनकपुरमा यस्ता कार्यक्रम गरिनुको अर्थ यसको सीधा सम्बन्ध विहार र यूपीसँग हुनु अस्वाभाविक होइन । विगतका बर्षहरुमा भारतीय राज्यहरुले आफ्नो प्रान्तको समृद्धि, जनताको स्वार्थ र सरोकारका सबालमा केन्द्रिय सरकारको परराष्ट्र नीतिको ढाँचा अन्तर्गत रही छिमेकी मुलुक सँग सम्बन्ध र सामिप्यता बढाउने सक्रियता देखाएको भन्दा अनुचित नहोला ।
यसरी विहारसँग नेपालको तराई क्षेत्रको ठूलो जनघनत्व भएको क्षेत्र मधेश जोडिएको छ र यस क्षेत्रमा हुने रुपान्तरणका लागि विहारसँगको समन्व विना कतिपय अवस्थामा सम्भव पनि देखिँदैन् । विहारसँगको मधेशको सम्बन्ध, ऐतिहासिक सम्बन्ध, भौगोलिक सामिप्यता, निर्भरता तथा परम्परागत राजनीतिक सीमाको बन्धनभन्दा मूक्त हुनुपर्दछ ।
विहारको माध्यमबाट दिल्ली तथा काठमाण्डौसँगको सम्बन्ध बारे मधेशले सहयोग प्राप्त गर्न सक्छ । पटना र दिल्लीमा फरक धारका सरकार छन् । विहार र उत्तर प्रदेशले केन्द्रिय सरकारको निर्माणमा निर्णायक भूमिका खेल्छ । त्यसकारण पनि यी छिमेकी राज्यहरुसँग परस्पर संवादको माध्यमबाट अन्तरनिर्भरतालाई दिल्ली समक्ष मुखरित गर्न यस्ता गतिविधिले उपयोगी भूमिका निर्वाह गर्न सक्छ ।विहारसँगको नेपाली सरोकारहरुलाई एउटा उन्नत समझदारीको रुप दिन सकियो भने त्यसले दिल्लीको सोचमा सार्थक दबाब दिन सक्छ । त्यसैले विहार र नेपालवीचको सरोकारका बारेमा जति खुल्ला र फराकिलो विमर्श चलाउनु महत्वपूर्ण हुनेछ ।
मुलुकको संघिय प्रदेशमा प्रवेश गरेका हुनाले पनि जलस्रोतको उपयोग, नदी तथा बाढि व्यवस्थापन, विधुत प्रणाली लगायतका सवालमा विहारसँग सहकार्य गर्नू नै जाति हुनेछ । सीमा पार अपराध, महिला हिँसा जातीय विभेद जस्ता सामाजिक विसंगतिहरुको उन्मूलनमा विहारसँग समन्वयको आवश्यक छ । नेपाली सीमा क्षेत्रका बासिन्दाहरुको दैनिक जीवन यापनसँग जोडिएका विषयहरु जसले गर्दा त्यस क्षेत्रका बासिन्दालाई असहजता निम्त्याएको छ, त्यसको सम्बन्धमा पनि विहारको सकारात्मक दृष्टिकोण चाहिन्छ । यसका अतिरिक्त रामजानकी हिन्दुका अराध्यदेव तथा बौद्ध पर्यटन र चुरे संरक्षण विषय पनि यसैसँग समिचिन मुद्धा हुन् ।
त्यसैले आन्दोलको सिलसिलामा मात्र नभएर परम्परागत कुटनीति सीमाभन्दा फरक रही विहार सँग जोडिने पहल र दुई देशवीचका साझा सबालबारे समक्षदारी विकसित गर्नु पनि जायज हुनेछ ।यसको तत्काल प्रभाव नदेखिएपनि नेपाली राजनीतिमा यसले दीर्घकालीन असर पु–याउँनेछ । | 2018/10/24 05:41:48 | http://risingkhabar.com/news/single/5649 | mC4 |
चैत्र,२२ भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरले सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा गरेको पाँचौँ संशोधन सच्याउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
सघका अध्यक्ष निरञ्जन बजगाईंको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउनु अघि संघको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बजगाईंले सरकारले गत पुस ९ गते सार्वजनिक खरिद नियमावली, २०६४ मा चौथो संशोधन भएको तीन महिना पनि नबित्दै फागुन २६ गते पुनः पाँचौँ संशोधन गरेको भन्दै आपत्ति जनाए।
सरकारले निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी महासघलाई समेत बेवास्ता गरी गरेको संशोधनले निर्माण व्यवसायीको रोजीरोटी खोस्ने काम भएको उनको आरोप छ ।
निर्माण कार्य गराउँदा रु ६० लाखसम्मको काम उपभोक्ता वा समुदायबाट गराउन सकिने र त्योभन्दा माथि बोलपत्र आह्वान गर्नुपर्ने नियमलाई संशोधन गरी उपभोक्ताले एक करोड सम्मको काम गर्न सक्ने व्यवस्था गरेकोमा संघको आपत्ति रहेको छ ।
संघले पुरानै व्यवस्था ६० लाखसम्मको निर्माण कार्य मात्रै उपभोक्ताले गर्न पाउने व्यवस्थालाई कायम गर्दै वृद्धि गरेको एक करोडसम्मको व्यवस्था खारेज गर्न माग गरेको छ । | OSCAR-2019 |
||
कोरोना लाग्दाका ज्वरो तथा खोकिका लक्षण के के हुन ?
सल्यान,१९ भदौ ।अहिले काठमाडौं उपत्यकामा बिहान(बेलुकी चिसो बढ्न थालेको छ। याम परिवर्तनसँगै मानिसहरूमा मौसमी ुफ्लुु देखा पर्न सक्छ। चिकित्सकहरूका अनुसार ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, थकान महशुस हुनु लगायत मौसमी फ्लु (रुघामर्की)का लक्षण हुन्।
मुख्य कुरा के भने, अहिले सिंगो देश नै लडिरहेको कोरोना भाइरसको लक्षण पनि फ्लुका लक्षणसँग मिल्छ। विश्व स्वास्थ्य संगठनले ज्वरो, खोकी आउनु र थकान महशुस हुनु कोरोनाका प्रारम्भिक लक्षण भनेको छ।
यस्तो बेला मानिसलाई ज्वरो, खोकी आउँदा मौसमी फ्लु हो वा कोरोना भनेर खुट्याउन गाह्रो पर्छ।
उसो भए यी लक्षण देखिए फ्लु हो वा कोरोना भनेर कसरी थाहा पाउनेरु यसबारे हामीले भाइरोलोजिष्ट डा। लुना भट्टसँग कुराकानी गरेका छौं। डा. भट्ट ज्वरो, खोकी लगायत लक्षण उस्तै भए पनि फ्लु र कोरोनामा कसरी देखापर्छ भन्ने भिन्नता जान्नुपर्ने बताउँछिन्।
पहिले ज्वरोको कुरा गरौं।
डा. भट्टका अनुसार कोरोनाका कारण आएको ज्वरो दुई(चार दिन रहन्छ। मौसमी फ्लु हो भने अझै लामो समयसम्म आइरहन सक्छ।
अर्को भनेको कोरोनाको ज्वरो अलि कडा हुन्छ। त्यस्तो बेला मानिसले बढी जाडो महशुस गर्छन् जसले गर्दा शरीर काम्ने पनि हुन्छ।
तर मौसमी फ्लुको ज्वरो त्यस्तो कडा नहुने उनी बताउँछिन्।
फ्लुका कारणले ज्वरो आउँदा शरीर काम्दैन। बरू लामो समयसम्म चाहिँ आइरहन सक्छ,ु उनले भनिन्।
साथै कोरोनाको लक्षण १४ दिनसम्ममा पनि देखिन सक्छ। तर फ्लुको लक्षण तीन दिनमा देखा पर्न थाल्छ। त्यसैले कहिलेदेखि लक्षण देखा पर्न थाल्यो भने स्वयंले विचार गर्नुपर्छ।
यसरी कामज्वरो आयो र दुई(चार दिनसम्म मात्र रह्यो भने त्यो कोरोना हुन सक्ने सोचेर त्यस्तो बेला तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने डा.भट्टको सुझाव छ।
अब खोकीको कुरा।
मौसमी फ्लुमा लाग्ने र कोरोनामा लाग्ने खोकीमा भिन्नता रहेको डा.भट्ट बताउँछिन्।
उनका अनुसार यदि खोक्दा थोरै भए पनि खकार आइरहन्छ र नाकबाट पातलो पानी वा सिँगान बगिरहन्छ भने त्यो मौसमी फ्लुका लक्षण हुन्। त्यसैले यस्तो बेला धेरै नआत्तिन उनी सुझाउँछिन्।
साथै त्यो बेला मानिसलाई रूघाखोकी पनि भएको हुनसक्छ। जसलाई हामी कमन कोल्डु पनि भन्छौं। तर रुघा लाग्दा नाकबाट पातलो पानी बग्ने र पछि त्यही पातलो पानी बाक्लो सिँगान हुँदै जाने डा.भट्ट बताउँछिन्।
उनले मौसमी रुघाखोकीका कारण नाक टालिने र सास फेर्न गाह्रो हुने जनाइन्। कोरोनामा पनि सास फेर्न गाह्रो हुन्छ, तर रूघामा जसरी नटालिने उनको भनाइ छ।
तर जति खोक्दा पनि थोरै पनि खकार आउँदैन भने त्यो कोरोनाका कारण आएको खोकी हो भन्ने थाहा पाउनु पर्छ।
ुकोरोनाको खोकी एकदम सुख्खा हुन्छ। जति खोक्दा पनि कफ आउँदैन जुन अरू मौसमी रुघाखोकीमा मज्जाले आउँछ,ु डा. भट्टले भनिन्।
कोरोनाका कारणले आएको खोकी हो भने सुरूआती समयमा मज्जाले नै लाग्ने उनी बताउँछिन्। भन्छिन्, सुरूमा मज्जाले नै सुख्खा खोकी लाग्छ। तर कफ चाहिँ आउँदैन
यसरी ज्वरो र खोकी कसरी आइरहेको छ भन्ने ख्याल गर्न सके त्यो कोरोनाले हो वा मौसमी फ्लुले भन्ने थाहा पाउन सहज हुन्छ। तर यतिमै सीमित भएर कोरोना लागेकोरनलागेको पत्ता नलाग्ने डा। भट्टको भनाइ छ।
यति कुरा मात्र हेरेर कोरोना छैन भन्न चाहिँ मिल्दैन। टाउको, जिउ दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण पनि ख्याल गर्नुपर्छ,ु उनले भनिन्।
डा। भट्टका अनुसार कोरोनाभन्दा फ्लुमा बढी जिउ दुख्ने, थकान महशुस हुने र खाना खान मन नलाग्ने गर्छ। साथै लक्षण पनि फ्लुमा छिटो देखिन्छ। कोरोनामा भने विस्तारै देखिन सक्ने उनले जानकारी दिइन्।
ुकोरोना छ भने आज ज्वरो आउने, भोलि टाउको दुख्ने, पर्सी थकान महसुश हुने र विस्तारै सास फेर्न गाह्रो हुन्छ। तर फ्लुमा एकैपटक सबै लक्षण देखापर्छ,ु उनले भनिन्।
पछिल्लो समय विश्व स्वास्थ्य संगठनले स्वाद र गन्ध थाहा नपाउने पनि कोरोनाका लक्षण हुने भनेपछि यसले संक्रमण खुट्याउन थप सहज भएको उनको भनाइ छ।
उनी भन्छिन्, ुयो कुराले गर्दा कोरोना होरहैन भनेर यकिन गर्न सजिलो हुन्छ। अर्को कुरा, खुट्टाको बुढी र चोर औंला रातो हुने लक्षण पनि कोरोनामा देखिएको छ। त्यसैले यो पनि ख्याल गर्नुपर्ने हुन्छ।ु
तर कोरोना नै भए पनि सुरूमै आत्तिइहाल्नु नपर्ने डा। भट्टको सुझाव छ।
सामान्य लक्षण भएका अवस्थामा घरमै सतर्कता अपनाएर बस्न सकिने बताउँदै उनले भनिन्, ुसुरूमै आत्तिनु हुँदैन। ज्वरो, खोकी जस्ता सामान्य लक्षण भएका पनि स्वास्थ्य मापदण्ड अपनाएर घरमै बस्न सकिन्छ। तर सास फेर्न थोरै मात्र गाह्रो भयो भने पनि अस्पताल दौडिहाल्नुपर्छ। त्यो बेला संक्रमितलाई अक्सिजन दिनुपर्ने हुन्छ।ु | 2021/02/28 12:57:12 | https://khabarajako.com/1332 | mC4 |
'दोरम्बालाई पर्यटकीय गन्तव्य रुपमा घोषणा गर्नु ठूलो उपलब्धि हो' : अध्यक्ष मोक्तान - नयाँपुल अनलाइन डटकम
प्रकाशित मिति : Sunday, December 30, 2018 nayapulonline
स्थानीय तहमा अपेक्षाकृत रुपमा विकास निर्माणको कामले गति लिन नसकेको गुनासो बढदै गएको छ । तर जनप्रतिनिधिहरु भने विकास निर्माणको कामले गति लिएको दावी गर्छन ।
भौगोलिक अवस्था, कर्मचारीको व्यस्थापन लगायतको कारणले केही प्राविधिक रुपमा लक्ष्य अनुसारको काम हुन नसकेको गुनासो जनप्रतिनिधिहरुको छ । दोरम्बा गाउँपालिकाको ७ वटै वडामा जनप्रतिनिधिहरुबीच विकास गर्ने प्रतिस्पर्धा नै चलेको छ । यसै विषयमा दोरम्बा गाउँपालिकाले अहिलेसम्म गरेको काम र आगामी योजना लगायतको विषयमा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानसँग कुराकानी :
दोरम्बा गाउँपालिकाभित्र विकास निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?
–हामीले गाउँपालिकाको जिम्मेवारी सम्हालेपछि निर्वाचनमा गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौं । हामीले सुरुदेखि नै योजना बनाएर नै विकास निर्माणको काम गर्दै आएका छौं ।
जनताको न्युनतम आवश्यकतालाई पूर्ति गर्दै बाँकी कामलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । गाउँपालिकाभित्र सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, कृषि, पर्यटन क्षेत्रको विकास गर्ने आधार तयार गरेका छौं । केही महत्वपूर्ण काम भएका छन् । बाँकी कामलाई क्रमश, पूरा गर्दै जाने लक्ष्य निर्धारण गरेका छौं ।
दोरम्बा गाउँपालिकाको वडा नम्बर २ दोरम्बालाई 'दोरम्बा पर्यटन गन्तव्य गाउँ' घोषित भएको छ । अब यसको भौतिक पूर्वाधार निर्माणको काममा गाउँपालिकाले के योजना बनाएको छ ?
–दोरम्बालाई पर्यटकीय गन्तव्य गाउँको रुपमा घोषणा गर्नु नै हाम्रो लागि निकै ठूलो उपलब्धिको कुरा हो । दोरम्बा सैलुङ विगतदेखि नै पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाउदै आएको छ । पर्यटन बोर्ड, गाउँ पर्यटन प्रबद्र्धन मञ्चसँग लामो छलफलपछि देशको तीन गाउँ मध्ये दोरम्बा पनि छनोट हुन सफल भयो ।
यति मात्र होइन दोरम्बालाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आधार तयार पर्ने दायित्व पनि हाम्रो काँधमा आएको छ । दोरम्बा–सैलुङलाई थप विकास गरेर लैजानु पर्ने अवस्था छ । यस कार्यको लागि हामीले निकै ठूलो मेहनत गरेका छौं । दोरम्बा सुन्दर छ । ऐतिहासिक, धार्मिक, सांस्कृति र प्राकृतिक रुपमा दोरम्बा धनी छ ।
विगतदेखि नै दोरम्बामा होमस्टे र होटलहरु सञ्चालन हुँदै आएको छ । अब अथितिको संस्कारको लागि योजना बनाएर नै काम गछौं । थप होमस्टेको विकास गर्ने, होटल निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माणको कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामीले गृहकार्य गरिरहेका छौं । परिणाममा नै देखिने गरेर हामी काम गछौं । गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन पनि एउटा बलियो आधार हो । नेपालको अल्प संख्यक पहरी थामी जातिहरु दोरम्बामा छन् । गाल्वा–दोरम्बा हुँदै सैलुङसम्मको सडकालाई स्तरउन्तती गर्ने काममा विशेष ध्यान दिएका छौं ।
दोरम्बा अन्य क्षेत्र भन्दा किन फरक छ ?
–भौगोलिक हिसाबले सुन्दर छ । दोरम्बा राष्ट्रिय रुपमा मात्र नभई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पनि परिचित नाम हो । २०६० साल साउन ३२ गते दोरम्बामा तत्कालिन सरकार र माओवादीको बीचमा दाङको हापुरेमा दोस्रो चरणको शान्ति वार्ता भइरहेको बेला दोरम्बामा २१ जना नेता तथा कार्यकर्ताहरुको हत्या गरिएको थियो ।
दोरम्बा हत्याकाण्डले पनि दोरम्बा ऐतिहासिक भूमि हो । यसको बारेमा बुझनको लागि पनि दोरम्बा आउनु पर्छ । युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हामी लागेका छौं । हाम्रो पार्टीको अध्यक्ष प्रचण्डले पनि दोरम्बालाई युद्ध पर्यटकीय क्षेत्रको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी त्यो तयारीमा जुटेका छौं ।
पर्यटन क्षेत्रको विकासको लागि गाउँपालिकाले के गर्दैछ त ?
भर्खरै दोरम्बा पर्यटन गन्तव्य गाउँ घोषणा भएको छ । यस घोषणाले हामीलाई निकै उत्साहित बनाएको छ । आर्थिक समृद्धिको आधारको रुपमा हामीले पर्यटकीय क्षेत्रको विकास गर्ने स्पष्ट योजना बनाएका छौं । संयोग पनि होला दोरम्बा हत्याकाण्ड भएको १५ बर्षपछि अध्यक्ष प्रचण्ड यसै पटक दोरम्बा हत्याकाण्ड दिवसमा आउनुभयो । यसले पनि हामीलाई उत्साहित बनाएको छ । युद्ध पर्यटकीय गन्तव्य बनाउन गृहकार्य पनि अगाडि बढाएका छौं ।
युद्ध पर्यटन क्षेत्रको विकास गर्नको लागि हामीले डकुमेन्ट तयार गर्ने काममा जुटेका छौं । सम्भाव्यता अध्ययनको लागि बजेट छुटयाएका छौं । जनयुद्धको समयमा ऐतिहास भूमि बेथानको पानीघाट हुँदै दोरम्बालाई जोडने छौं । दोरम्बाको डाडाँकटेरीमा २१ जना शहीदको पूर्ण कदको शालिक निर्माण गर्ने योजना पनि बनाएका छौं । दोरम्बामा नै शान्ति पार्क पनि निर्माण भएको छ । दोरम्बाको महत्वलाई बुझेर सरकारले पनि युद्ध पर्यटन क्षेत्रको रुपमा घोषणा गर्ने विश्वास हामीले लिदएका छौं ।
गाउँपालिका भवन निर्माणको काम कसरी अगाडि बढदै छ ?
गाउँपालिकाको भवन निर्माणको लागि ठेक्का आह्वान भइसककेको छ । यस बर्षभित्र नै पालिकाको आफ्नै भवन निर्माण हुन्छ । सुरुमा त हामीले जग्गा खरिद गर्ने योजना अगाडि बढाएका थियौ ।
सकेसम्म गाउँपालिकाको लागि निःशुल्क जग्गा पाउन सकेको अवस्थामा त्यो बजेटले पालिकाको भवन निर्माणमा सहयोग पुग्ने हामीले निष्कर्ष निकाल्यौ । अन्नतः हाल गाउँपालिकाको केन्द्र रहेको टोकपुरस्थित थामचौरका बासिन्दाहरुले हामीलाई निशुल्क जग्गा दिएर ठूलो गुण लगाउनुभएको छ । गाउँपालिकालाई निशुल्क जग्गा प्रदान गर्ने स्थानीयवासीहरुप्रति हामी धेरै खुसी छौं ।
दोरम्बामा अस्पताल सञ्चालनको काम कहाँ पुग्यो ?
–जनतालाइ चाहिने अत्यावश्यक सेवा सुविधा भनेको स्वास्थ्य पनि हो । अस्पताल निर्माणको लागि हामीले दोरम्बामा २७ रोपनी जग्गा पनि प्राप्त गरिसकेका छौं । हाम्रो ५ वटा वडामा स्वास्थ्य चौकी छ र २ वटा वडामा छैन । दुई वटामा सहरी सामुदायिक स्वास्थ्य चौकी स्थापना गरेर सुविधा दिइरहेका छौं । दोरम्बामा डडाक्टर सहितको सेवा सञ्चालन गर्न प्रदेश सरकारले पनि प्रक्रिया अगाडि बढाएको छ ।
केही समयभित्र नै डाक्टर सहतिको सेवा दोरम्बाबाट प्रवाह हुन्छ । अब सामान्य रोग लाग्दा पनि राजधानी काठमाडौं जानुपर्ने बाँध्यता हटछ ।सामान्य अप्रेसन सहितको सेवा अब दोरम्बाबाटै सुरु हुन्छ । सात वटै वडाका जनतालाई स्वास्थ्य सेवा दिन्छौ ।
सडकमा लगानी गरेको परिणाम देखिएन भन्छन नि ?
गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । मुख्य मेरुदण्डको रुपमा रहेको सडक निर्माण गरेर जनतालाई सेवा दिने हाम्रो मुख्य लक्ष्य हो । ग्रामिण सडक भएको कारण बर्षाको समयमा भत्किन्छ । अब जति पनि सडकहरु निर्माण भएका ती सडकको स्तरउन्तती गर्ने काममा गाउँपालिकाले विशेष ध्यान दिएको छ । अब निर्माण हुने सडक दिगो र स्थायी हुन्छ । | 2021/01/18 00:10:43 | http://nayapulonline.com/%E0%A4%A6%E0%A5%8B%E0%A4%B0%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%9F%E0%A4%95%E0%A5%80%E0%A4%AF-%E0%A4%97%E0%A4%A8%E0%A5%8D/ | mC4 |
९ कक्षामा पढ्ने विद्यार्थीको आविष्कार, महिलामाथि हिं'सा भए स्यान्डलबाट प्रहरीलाई फोन ! – Media Np Online
मुख्य पृष्ठ /News/९ कक्षामा पढ्ने विद्यार्थीको आविष्कार, महिलामाथि हिं'सा भए स्यान्डलबाट प्रहरीलाई फोन !
विश्यव्यापी रुपमा नै अहिले महिलामाथि हुने योनजन्य सिं'हाका घ'टना बढ्दै गइरहेको छ । ब'ला'त्कार, ह'त्या र से'क्सुअल ह्या'रेसमेन्टका घ'टना बढ्दै गइरहेको देखेर ९ क्लासमा पढ्ने एक विद्यार्थीले महिलाको सुरक्षाका लागि एउटा नयाँ प्रविधिको आबिस्कार गरेका छन् ।भारतको बिलासपुर बस्ने कृष्टि जर्ज एन्थोनीले महिलाको सुरक्षाका लागि एक चप्पल (स्यान्डल) बनाएका छन् । उनले यस्तो स्यान्डल बनाएका छन्, जसबाट महिलाले आफू अ'सुरक्षित भएको महसुस गरे आफू नजिकको व्यक्तिलाई करेन्टको झ'ट्का' दिन सक्छिन् ।
यो स्यान्डलमा एक बटन हुने छ, जसलाई दवाउँदा सिधै प्रहरीलाई फोन लाग्ने छ । प्रहरीले जीपीएस सिस्टमको मद्दतबाट लोकेसन पत्ता लगाएर आपतमा परेकी महिलाको उ'द्दार गर्न सक्छ ।धेरै दिनदेखि पत्रिकामा महिलामाथि हुने योनजन्य घ'टनासँग सम्बन्धित समाचार पढेपछि कृष्टिको दिमागमा यस्तो आइडियो आएको बताइएको छ । त्यसपछि उनले महिलालाई सुरक्षित बनाउन सकिने उपकरणको निर्माण गर्ने सोच बनाए ।
एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती स'मस्याबाट है'रानी भएर कामलाई अ'धुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ स'मस्या घ'टनुको साटो अझ बढ्दै जान्छ।
यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। स'मस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ। | 2021/02/26 16:45:13 | https://medianponline.com/archives/2530 | mC4 |
अनिवार्य सेवा अवधि घटाऊ : डा. केसी- समाचार - कान्तिपुर समाचार
कान्जिरोबा र ल्याब फाइनलमा
काठमाडौँ — सेतीओपी अन्तरस्कुल फुटबल प्रतियोगिताको उपाधिका लागि ल्याबोरेटोरी र कान्जिरोबा स्कुल भिड्ने भएका छन् ।
मोडर्न इन्डियन स्कुलको मैदानमा बिहीबार सेमिफाइनलमा ल्याबले पुष्पसदन स्कुलमाथि ३–२ को रोचक जित दर्ता गर्यो । एकतर्फी दोस्रो सेमिफाइनलमा कान्जिरोवाले कोलम्बसलाई ५–० ले हरायो ।
कोटेश्वर सेतीओपी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ । उत्कृष्ट खेलाडीले २० हजारबराबरको छात्रवृत्ति पाउनेछ । | 2019/04/23 06:20:43 | https://www.kantipurdaily.com/news/2018/06/07/15283860400037659.html | mC4 |
सेनाको छवि धुमिल्याउन अझै केही शक्ति सक्रिय छन् : प्रधानसेनापति | Outline News Service
काठमाडौं, ६ वैशाख(ओएनएस) : नेपाली सेनाले आर्थिक अपारदर्शिता, 'चेनअफ कमाण्ड' उल्लंघन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन जनाएको छ ।
'सैनिक सदाचारको उत्साह' भन्ने नाराका साथ शुक्रबार शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यंग्यको पुलिन्दाजस्तो नभएको भन्दै यसको पालना नगर्नेलाई कारवाही गरिने बताए ।
उनले भने, 'सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो ।'
पूर्खाको बलिदानबाट गौरब गर्न लायक संगठनका रुपमा नेपाली सेना उभिनुपर्ने जानकारी दिँदै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझै पनि केही शक्ति सक्रिय रहेको बताए ।
आर्थिक अनियमिताविरुद्ध संगठनले लिएको शून्य सहनशीलताको नीति जंगी अड्डाबाटै शुरु गरिने भन्दै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले संगठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नुपर्ने बताए ।
नेपाली सेना 'चेनअफ कमाण्ड' र पद्धतिमा चल्नाका साथै अनुशासन र बलिदानमा मान्यता राख्ने संगठनका रुपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरिरहेको उनको भनाइ छ ।
सेनाले प्रत्येक वर्ष पहिलो मसहनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिइने भएको छ । कार्यक्रममा प्रधानसेना पति थापाले आचारसंहितासम्बन्धी पुस्तक लोकार्पण गरेका थिए । | 2021/11/27 06:23:19 | https://www.onsnews.com/sanale/ | mC4 |
Media Mission Nepal गन्तव्य ब्रान्डिङ गर्दै पर्यटन बोर्ड - Media Mission Nepal
Published On : 12 March, 2021 9:59 pm
काठमाडौँ, २८ फागुन : नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न शुरुआत गरेको छ । बोर्डले यसको शुरु गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको 'ब्रान्डिङ' गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको हो ।
गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यकता महशूस गरी ब्रान्डिङको शुरुआत गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिनुभयो । "कुनै पनि पर्यटकीय गन्तव्यको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई समेट्दै ब्रान्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तरराष्ट्रियरूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौँ । विस्तारै अन्य गन्तव्यको पनि ब्रान्डिङ गर्दै लगिने छ", उहाँले भन्नुभयो । लुम्बिनीका सबै पक्षलाई समेटेर पहिलो पटक ब्रान्डिङ गरिएको र यसले अन्य गन्तव्यलाई पनि सोहीअनुरुप विकास गर्न नयाँ सोच अगाडि आउने उहाँले बताउनुभयो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा राखिएको बुद्धको मूर्ति । तस्वीर: एकराज पाठक
जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्चर, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी लुम्बिनीको ब्रान्डिङ गरिएको छ । लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ॐ माने पद्मे हुँको गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन शहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ । यस्तै लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करिणी पोखरी, अशोकस्तम्भ र चरा, प्राचीन आर्किटेक्चर, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई 'ब्रान्डिङ'मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न रंग प्रयोग गरिएको छ । ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ । त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ ।
कस्तो रङको लिपि र प्रतीकचिह्न प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ । नेपालले यसअघि नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्रान्डिङ गरेको थियो । नेपाल जस्तै थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज टुुर्ली एसियाजस्ता थिमबाट आफ्नो देशको ब्रान्डिङ गर्दै आएका थिए । | 2021/04/23 12:07:54 | https://mediamissionnepal.com/tourism/97520/ | mC4 |
राष्ट्रपतिको कुबेलाको भ्रमण
कतारलाई चिढ्याएर युएईलाई रिझाउनु नेपालको राष्ट्रिय हितअनुकूल हुँदैन
२०७४ कार्तिक २६ आइतबार १५:०४:००
राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको कार्यकाल अपेक्षाकृत विवादमुक्त नै रहेको थियो । उनका पूर्ववर्तीको जतो चुनौती पनि उनले सामना गर्नु परेको थिएन । तर, चिकित्सा शिक्षा अध्यादेश जारी गर्न ढिलो गर्दा उनको पुरानो पार्टीप्रतिको लगाव कायमै रहेको देखिन पुग्यो । चिकित्सा शिक्षा अध्यादेश प्रकरणमा राष्ट्रपतिका सल्लाहकारहरूले नेकपा (एमाले)का केही नेताको स्वार्थमा राष्ट्रपतिलाई विवादमा पार्ने गल्ती गरे । राष्ट्रपतिलाई युनाइटेड अरब इमिरेटसको भ्रमणमा जान अहिले उपयुक्त समय नभएको जानकारी नदिएर उनका सल्लाहकारहरूले अर्को गल्ती गर्न लागेका छन् । देशको आन्तरिक कारणका साथै खाडीको तनावसमेत हेर्दा अहिले नेपालका राष्ट्रपतिका लागि युएईको भ्रमण गर्न सही समय हैन भन्ने स्पष्ट देखिन्छ । तैपनि, राष्ट्रपतिले भ्रमणको तयारी गरिएको छ ।
चिकित्सा शिक्षा अध्यादेशकै प्रसंगका सल्लाहकारहरूले गलत सल्लाह दिएकाले अन्ततः प्रत्युत्पादक भएको राष्ट्रपतिले बुझ्नुपर्थो । राष्ट्रपतिबाट अध्यादेश रोक्ने मनसाय देखाउनै हुँदैनथियो । अध्यादेश जारी गर्नका लागि पनि राष्ट्रपतिलाई अनशन गर्ने धम्की दिनुपर्ने वा प्रधानमन्त्रीले सार्वजनिकरूपमै दबाब दिनुपर्ने अवस्था पक्कै पनि सहज र स्वाभाविक होइन । अन्ततः अध्यादेश जारी गर्नु त प¥यो । नरोकिएको भए कम्तीमा पार्टीका पक्षमा लोकतान्त्रिक परम्परा र संविधानको भावना मिच्न तयार भएको आरोप त पक्कै पनि लाग्ने थिएन । धन्न, शंकाको घेरामा परिसकेपछि पनि उनले परम्परा बिगारिनन् । अध्यादेश रोक्न मिल्दैन भन्ने परम्परा स्थापित भयो ।
अहिले देशमा चुनाव हुँदैछ । यस्तो बेलामा राष्ट्राध्यक्ष देशबाहिर जानु स्वाभाविक देखिँदैन । अहिले खाडी भ्रमणमा जान नहुने त्यसभन्दा पनि गम्भीर अर्को कारण त्यस क्षेत्रमा विद्यमान तनाव हो । केही महिना पहिलेदेखि खाडीकासाउदी अरेबिया, इजिप्छ, युनाइटेड अरब इमिरेटसलगायतका मुलुकहरूले कतारविरुद्ध प्रतिबन्ध लगाउनेदेखि सैनिक आक्रमणको धम्कीसमेत दिँदैआएका छन् । आतंककारीलाई कतारले सहयोग गरेको आरोप ती देशहरूले लगाए पनि कतारले त्यसलाई अस्वीकार गरेको छ । जेहोस्, खाडीमा विवाद छ र मुलुकहरू दुई खेमामा विभाजित छन् ।
रोजगारीका लागि नेपालीहरू कतारलगायत खाडीका मुलुकमा पुगेकाले नेपालले कुनै एउटा खेमाको पक्ष लिनु वा लिएको देखिनु आत्मघाती अभ्यास हुनसक्छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी खाडीको भ्रमणका जाँदा कतारले पक्कै पनि निको मान्दैन । कतारलाई चिढ्याएर युएईलाई रिझाउनु नेपालको राष्ट्रिय हित वा स्वार्थअनुकूल हुँदैन । सरकारले यस्तो गम्भीर अवस्था दृष्टिगत गरी राष्ट्रपतिलाई कतार भ्रमण नगर्न सल्लाह दिनुपर्थ्यो । परराष्ट्र मन्त्रालयका कर्मचारीहरू भ्रमणका पक्षमा देखिँदैनन् तर प्रधानमन्त्री शेरबहादुर देउवालाई विभागीय मन्त्रीका हैसियतमा उनीहरूले कस्तो सल्लाह दिए त भन्ने भने सार्वजनिक हुनसकेको छैन ।
कूटनीतिकरूपमा गल्ती हुन्छ भन्ने लागेमा परराष्ट्रका कर्मचारीले सरकार र राष्ट्रपतिको कार्यालयलाई बेलैमा जानकारी दिनुपर्थ्यो । राष्ट्रपतिले पनि भ्रमणको औचित्य र उपयुक्तताका सम्बन्धमा सोधखोज गर्नु उचित हुन्थ्यो । संसदीय निर्वाचनपछि राष्ट्रपतिको पनि निर्वाचन हुनाले कार्यकालको अन्त्यतिर विदेश भ्रमण गर्नेमात्र चाहना हो भने पनि सरकारले विवादरहित मुलुक छान्न राष्ट्रपतिलाई आग्रह गर्नुपर्थ्यो । भ्रमण स्थगित भए युएईलगायतका मुलुक रिसाउने र भ्रमण भए कतारले चित्त दुखाउने अप्ठेरो परिस्थिति उत्पन्न भएको छ । आन्तरिक कारण देखाएर राष्ट्रपतिको भ्रमण हाललाई स्थगित गर्नु सायद अहिलेका लागि उत्तम उपाय हो । | 2018/10/21 00:47:26 | http://baahrakhari.com/news-details/40781/2017-11-12 | mC4 |
महिलाले अझै संघर्ष नगरी नेतृत्व पाउने अवस्था छैन : नेतृ गुरुङ - Khula Patra
प्रकाशित समय: २१:४८:५८
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पुर्वराज्यमन्त्री सीता गुरुङले पार्टी नेतृत्वमा पुग्नकालागि महिलाले अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताएकी छिन् ।
बिधानले केन्द्रीय समिति र विभिन्न तहमा महिला सहभागिता सुनिश्चित गरेको छ, तर महिला सक्षम भएपनि सबै तहमा महिलाले सहजै नेतृत्व लिन पाउने अवस्था छैन,' उनले भनिन् ।
१०७ औँ वीपी जयन्तीको सन्दर्भमा शनिबार बेलुकी एनसी वुमन लिडरसीप फोरमद्धारा आयोजित 'बीपी विचार : आजको कांग्रेस र महिला सहभागिता' विषयक भर्चुअल संवादमा कांग्रेसको आदिवासी जनजाति विभागको प्रमुख समेत रहेकी नेतृ गुरुङले छैठौँ महाधिवेशनबाट समावेशी सिद्धान्तलाई अबलम्बन गरेको पार्टीले अहिले आएर बिधानमै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको बताइन् ।
उनले कांग्रेसले वीपीको विचारलाई नछाडेको समेत दाबी गरिन् । नेतृ गुरुङले वीपीको विचार, सिद्धान्त र आदर्शका विषयमा लामो धारणा राखिन् ।
उनले वीपी नेतृत्वको मन्त्री मण्डलमै तीन जना आदिवासी, महिला र मधेशीको समेत प्रतिनिधित्व गराएको इतिहास रहेको भन्दै कांंग्रेसले धेरै अघि देखि समावेशी व्यवस्थालाई अंगालेको बताइन् ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा युवा नेता गुरु घिमिरेले कांग्रेसमा पार्टीभित्र महिलालाई नेतृत्व दिए पार्टीभित्रका धेरैजसो समस्या आफैं सुल्झिएर जाने बताए । 'सार्वजनिक जिम्मेवारीमा रहँदा महिलाहरुले इमान्दारीपुर्वक भूमिका निर्वाह गर्ने गरेको देखिन्छ, यहाँ त्यस्तै भइरहेको छ, त्यसैले हाम्रो पार्टीमा पनि महिलाले नेतृत्व पाए पार्टीका धेरै समस्या आफैँ सुल्झिन्छन्,' उनले भने ।
उनले अपवाद बाहेकका महिला नेतृत्वले भ्रष्ट आचार अवलम्बन नगर्ने भएकाले महिला नेतृत्वमाथि भरोसा गर्ने बातावरण रहेको बताए ।
उनले कांग्रेसमा सक्षम र सवल महिला नेतृहरु भएकाले उनीहरुले पनि आफ्नो सबलता र सक्षमता प्रदर्शन गरेर अगाडि आउन आग्रह गरे । नेता घिमिरेले अन्तर्राष्ट्रियस्तरमा राजनीति र राष्ट्रिय राजनीतिमा पुगेको महिला नेतृत्व र उनीहरुले खेलेको भूमिकाबारे बोलेका थिए ।
कार्यक्रममा संघ र प्रदेशका अध्य सांसदहरुले पनि धारणा राखेका थिए । संवादमा देशैभरिबाट कांग्रेसका महिला नेतृ तथा स्थानीय तहका उपप्रमुखहरुको सहभागिता थियो । | 2020/10/01 21:37:08 | https://khulapatra.com/22204 | mC4 |
बडिगाडको खर्वाङ–शिसाखानी सडक निर्माण सुरु | KhabarWay.com Nepali News
बडिगाडको खर्वाङ–शिसाखानी सडक निर्माण सुरु
१८ बैशाख २०७७, बिहीबार १८:०८
बागलुङ, १८ बैशाख ।
बडिगाड गाउँपालिकाको बहुप्रतिक्षीत खर्वाङ–शिसाखानी–पाण्डवखानी सडक खण्ड निर्माण कार्य सुरु भएको छ ।
भौतिक मन्त्रालय अन्तरगत सडक डिभिजन कार्यालय बागलुङ मातहत संसद विकास कोषमार्फत विनियोजित १ करोड रकममा सो सडक खण्डको कार्य सुरु भएको हो । सो सडक निर्माणको लागि एसि कन्ट्रक्सनले ५४ लाख पन्ध्रहजार छ सय मा विड गरेको र सोहि अनुसार निर्माण सुरु भएको सोहि साइट हेर्ने इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभएको छ ।
१० वर्ष अगाडिबाटै सडक खन्न सुरु भएपनि पर्याप्त वजेट अभावमा सम्पन्न हुन सकेको छैन । खर्वाङबाट ८ किलोमिटर दुरीमा शिसाखानीको भलामी पुग्न सकिने भएपनि सडक अभावमा स्थानिय रिघा तथा दगातुन्डाडाको घुमाउरो बाटो हिँड्न वाध्य भएका छन् । हालसम्म सडकको झण्डै ४ किलोमिटर भाग सम्पन्न भएको छ । यस वर्ष वाँकी सडक पुरा गर्ने भन्दै पहिलो चरणमा १ करोड र दोश्रो चरणमा २ करोड वजेट विनियोजन गरिएको सांसद देवेन्द्र पौडेलले बताउनु भएको छ ।
सडक डिभिजन कार्यालय अन्तरगत नै थप २ करोडको टेन्डर आह्वान गर्ने तयारी भएपनि लकडाउनका कारण समस्या भएको र प्रक्रिया अगाडि वढाउन नसकिएको इन्जिनियर श्रीसले बताउनु भएको छ । पहिलो चरणको रकमबाट सडक निर्माण हुन थालेपछि खुसि भएका स्थानिय सडक पुरा नहुने होकी चिन्तामा छन् । वाँकी २ करोडको काम हुन पाए भलामी जोड्न सकिने तर अहिले कार्य सुरु भएको रकमले झण्डै १ किलोमिटर मात्रै सडक थप हुने इन्जिनियर श्रीसले बताउनु भएको छ ।
सम्झौता अनुसार सडकको २८ हजार घनमिटर नयाँ माटो÷ढुङ्गा कटिङ गरिने र वाँकी काम स्टक्चरको हुने निर्माण कम्पनिको तर्फवाट मेख बहादुर पाइजाले जानकारी दिनुभएको छ । सो सडक निर्माण भए बडिगाड गाउँपालिकाको वडा नं. २, १, नेपाने, ३ शिसाखानी सहित गल्कोट नगरपालिकाको पाण्डवखानी र रिघा वासी समेत प्रत्यक्ष लाभान्वित हुने देखिन्छ । | 2020/05/24 23:33:14 | https://khabarway.com/archives/73893 | mC4 |
भारत जाँदै गरेका ६ बालकलाई प्रहरीद्वारा उद्धार | rochak nepali khabarside
भारत जाँदै गरेका ६ बालकलाई प्रहरीद्वारा उद्धार
भारत जान लागेको अवस्थामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट प्रहरीले उद्धार गरेका बालकहरु । तस्बिर: मनोज बडू/कान्तिपुर
फाल्गुन १८, २०७२- भारत जाँदै गरेको अवस्थामा प्रहरी चौकी दत्तुले ६ जना बालकहरुको उद्धार गरेको छ । बालकहरुको समूह भारत जाने देखेपछि दत्तुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट प्रहरीलाई शंका लागेर उनीहरुको उद्धार गरेको प्रहरीले जनाएको छ ।
धारी–२ का १२ वर्षीय मुकेश कुँवर, सोही ठाउँका १३ वर्षीय विवेक कुँवर, महेश कुँवर, साजन कुँवर, १४ वर्षीय महेन्द्र कुँवर र धारी–२ का १६ वर्षीय जितेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिए । उनीहरु सबै धारीपाटा मावि धारीमा अध्ययनरत रहेको परिवारका सदस्यहरुले बताएका छन् । दार्चुलाबाट भारत जाने लागेको अवस्थामा यति धेरै संख्यामा बालकहरुलाई प्रहरीले उद्धार गरेको पहिलो घटना हो ।
सोमबार साँझ घरबाट भागेर राति अपी नगरपालिका–४ मा रहेको जितेन्द्रको मामा घरमा बास बसेको र मामा घरमा कहाँ जाने भनेर सोध्दा पल्लो गाउँ घुम्न जाने भनेर मंगलबार बिहानै त्यहाँबाट आएको जितेन्द्रले बताए । 'आफ्नै गाउँको एक ना केटा बलुवाकोटको होटलमा काम गरिरहेको छ,' उनले भने, 'उ सित मेरो फोनमा कुरा हुन्छ, उसले होटलमा काम पाइने भन्यो र हामी बलुवाकोट जान घरबाट भाग्यौं।'
साजनबाट दुई हजार ८ सय ४५ रुपैयाँ बाहेक अन्य कसैसित कत्ति पनि खर्च नभेटिएको दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए । साजनसित बुझ्दा उसले घरबाट चोरेर ५ हजार रुपैयाँ ल्याएको र बाँकी रुपैयाँ उनीहरुले खर्चेको बुझिएको प्रहरीको भनाई छ ।
अहिले सबैलाई प्रहरीले उनीहरुको अभिभावकको जिम्मा लगाएको छ । दिउँसोदेखि उनीहरुका अभिभावकलाई फोनबाट सम्पर्क गरेर कार्यालयमा बोलाएर जिम्मा लगाइएको प्रहरी प्रमुख राठौरले बताए । साजनकी आमा लल्ती कुँवरले राति बच्चा घर नआएपछि बिहानैबाट खोज्न हिँडेको बताइन् । दिउँसो मात्र प्रहरीबाट बच्चाहरु समातेको खबर आफूले पाएपछि खलंगा आएको उनको भनाइ छ । | 2018/05/21 18:31:47 | http://dainikonlinekhabarpana.blogspot.com/2016/03/blog-post_87.html | mC4 |
किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण गर्ने कृषिमन्त्रीको प्रतिबद्धता
फरकधार / जेठ १२, २०७७
काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आगामी आर्थिक वर्षदेखि किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको काम सुरु गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग आज भर्चुअल संवाद गरी उनले यो प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री भुसालले सङ्घीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्ने गरी बजेट ल्याउने जानकारी दिँदै प्रदेश सरकारलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरे । त्यसका लागि ७५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण सुरु गरिनेछ ।
मन्त्री भुसालले हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारणगृह र वितरण प्रणाली हुने व्यवस्था सुरु नगरे कृषि क्षेत्र बचाउन नसकिने भएकाले किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने जनाए ।
छलफलमा प्रदेशका मन्त्रीहरु पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने, तर बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमत भएका थिए ।
कोरानो महामारीबाट आहत कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन तीनै तहका सरकारबीच समन्वय हुन लागेको हो । मन्त्री भुसालले आगामी बजेटबारे गत फागुन २५ र २६ गते सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेका थिए । | 2020/07/05 23:29:49 | https://farakdhar.com/story/29283/ | mC4 |
देश फेरि पूर्णलकडाउनतर्फ उन्मुख, ४५ जिल्लामा निषेधाज्ञा, संक्रमण दरको डरलाग्दो संकेत | Janadesh Daily | ePaper
देश फेरि पूर्णलकडाउनतर्फ उन्मुख, ४५ जिल्लामा निषेधाज्ञा, संक्रमण दरको डरलाग्दो संकेत
May 4, 2021 May 7, 2021 by Jandesh Daily
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा लागु भएको निषेधाज्ञा लगायतका प्रतिबन्धात्मक कदम थप कडा हुन सक्ने संकेत गरे ।
कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका उनले अन्तिममा अंग्रेजी भाषामा समेत सम्बोधन गर्दै छिमेकी तथा मित्र राष्ट्रहरुसँग सहयोगको याचना पनि गरे ।
सामान्यरुपमा स्वास्थ्य मन्त्रालयले भन्दै आएको कुरा भन्न र विदेशीसँग सहयोग माग्न प्रधानमन्त्री ओलीले आफै सम्बोधन गरेपछि अवस्था गम्भीर र जटील बन्दै गएको स्पष्ट हुन्छ ।
४५ जिल्ला निषेधाज्ञा, देश पूर्णलकडाउनतर्फ उन्मुख
अवस्था थप जटिल बन्दै
नेपालमा हरेक दिन रेकर्ड संख्यामा कोरोना संक्रमित भेटिरहेका छन् । आइतबार ७ हजार २११ जना संक्रमित फेला परेकोमा सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ । यसको अर्थ नेपालमा डरलाग्दो संकेत देखिएको छ । सबै सतर्क नबने अवस्था भयावह हुने अनुमान गर्न थालिएको छ । | 2021/06/24 00:55:12 | https://janadeshdaily.com/37139/ | mC4 |
काठमाडौं, भदौ १०-मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन्। प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु ५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो।
पक्राउ गरेको तीन दिनपछि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धानका लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याउने क्रममा मंगलबार थानकोटबाट उनीहरु भागेको जनाइएको छ।
रामेछापको लिखु तामाकोशी-१ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन्। बिहान करिब साढे ४ बजे सार्वजनिक सवारीबाट प्रहरीको आँखा छलेर हातमा लगाएको हत्कडीसमेत खोलेर उनी फरार भएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।
सूचना प्राप्त भएलगत्तै खटिएको टोलीले नेपालीलाई भने पक्राउ गर्न सफल भएको छ। उनी थानकोट आसपासमै लुकीछिपी बसेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ। पक्राउ गरेका उनलाई आवश्यक अनुसन्धानका लागि स्वयम्भु प्रहरी वृत्तमा पठाइएको छ। | 2021/07/27 04:30:41 | http://rusnepal.com/archives/8300 | mC4 |
एमाले प्रवक्ताबाट योगेश भट्टराई हटाइए, तेस्रो धारका नेता सशंकित - Himali Patrika
एमाले प्रवक्ताबाट योगेश भट्टराई हटाइए, तेस्रो धारका नेता सशंकित
हिमाली पत्रिका १८ भाद्र २०७८, 3:21 pm
काठमाडौं। नेकपा एमालेभित्र फेरि विवाद देखा परेको छ। एमाले प्रवक्ताबाट 'तेस्रो धार'का नेता योगेश भट्टराईलाई हटाइएपछि पुनः विवाद देखा परेको हो।
बिहीबार दार्चुलाको तुइन घटना प्रकरणमा एमालेको प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका छन्। पार्टीका संरचना पुरानै अवस्थामा रहने आन्तरिक सहमतिअनुसार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुन्।
एमालेमा प्रवक्ता भन्ने छुट्टै पद नभएकाले प्रचार विभाग प्रमुखले नै पार्टीका निर्णयबारे मिडियालाई जानकारी गराउने अनि सार्वजनिक चासोका विषयमा विज्ञप्ति निकाल्ने चलिआएको अभ्यास छ।
यही आधारमा प्रचार विभाग प्रमुखलाई नै एमाले प्रवक्ता भन्ने गरिएको छ। तर, दार्चुला घटनाबारे ज्ञवालीले पार्टी प्रवक्ताको हैसियतमा प्रेस विज्ञप्ति निकालेसँगै एमालेमा यसअघि भएको आन्तरिक सहमतिको औचित्यलाई लिएर विभिन्न टिप्पणी हुन थालेको छ।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाबाट पार्टी पुनर्जीवित बनेपछि पार्टी अध्यक्ष केपी ओलीले एमाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिएका थिए। त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपामा ओली निकट समूहको प्रवक्ताको जिम्मेवारी पनि ज्ञवालीलाई नै दिइएको थियो।
त्यसयता ज्ञवालीले नै पार्टी प्रवक्ताका रूपमा काम गर्दै आएका थिए। १० बुँदे सहमति र भदौ ८ को स्थायी समिति बैठकको निर्णयअनुसार भट्टराईले पुरानो जिम्मेवारी (प्रवक्ता) पाएको बताइएको थियो।
पार्टीको आन्तरिक एकता जोगाउनभन्दै गत २७ असारमा एमाले दोस्रो पुस्ताका नेता र अध्यक्ष केपी ओलीबीच १० बुँदे सहमति भएको थियो। त्यसमा पार्टीका संरचना २ जेठ २०७५ कै अवस्थामा कायम रहने समझदारी थियो। 'पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी गठन हुनु पूर्व २०७५ साल जेठ २ को (जेठ ३ को केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट हुनेछन्,' सहमतिमा भनिएको छ।
१० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेसँगै भट्टराई स्वतः एमाले प्रचार विभाग प्रमुखको हैसियतमा फर्किएका थिए। त्यति बेला स्थायी समिति बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पार्टी पुरानै संरचनामा फर्किएको र आफूलाई प्रवक्ताको हैसियतमा प्रस्तुत गर्न खोजेका थिए। तर, ज्ञवालीले फेरि प्रवक्ताको हैसियतमा विज्ञप्ति जारी गरेपछि एमाले तेस्रो धार सशंकित बनेको छ। | 2021/09/23 18:42:20 | https://himalipatrika.com.np/archives/77683 | mC4 |
सिराहामा गाँजा बेच्दै गरेको अवस्थामा एक पुरुष समातिएका छन् । आज बिहान साढे १० बजेको समयमा कर्जन्हाबाट अन्दाजी ३५ वर्षका पुरुष पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलका अनुसार पक्राउ परेका दिनेश मुखियाले घरबाटै गाँजाको बिक्री वितरण गर्ने गरेको सुराकी पाइएको थियो । सोहीआधारमा मुखियालाई तीन किलो गाँजासहित आज सशस्त्र | 2021-12-01T07:16:44Z | https://www.janaaastha.com/archives/tag/%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%B6-%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A4%BF%E0%A4%AF%E0%A4%BE | OSCAR-2201 |
एनआरएनएको भर्चुअल विश्व भेला, परराष्ट्रमन्त्री अतिथि - Globe Nepal
ग्लोब नेपाल शनिबार, ०६ कार्तिक २०७८ गते १७:४१ मा प्रकाशित
वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मेलन ६ महिनाका लागि स्थगित भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको संयोजनमा छुट्टै विश्व भेलाको आयोजना गरिएको छ। यही अक्टोबर २४ तारिक आइतवार भर्चुअलरुपमा विश्व भेला हुने बताइएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको, अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) को निर्वाचन नभएको र विधानत आईसीसीको कार्यकालसमेत समाप्त भइसकेको अवस्थामा एनआरएनएलाई कसरी अगाडि बढाउने भन्ने मुल विषयमा केन्द्रीत रही यो सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक बुद्धिसागर सुवेदीले बताए । भेलामा नेपाल सरकारका परराष्ट्र मन्त्री डा.नारायण खड्कासहितका अतिथिहरुलाई निम्ता गरिएको पनि उनले बताए ।
संसारभर भएका निर्वाचित ६२ वटा एनसीसीहरुलाई सहभागी गराएर विश्व भेलाको आयोजना गरिएको उनको दावी छ। यसका लागि सुबेदीको संयोजकत्वमा ९ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिएको छ।
जसमा क्यनडाका अध्यक्ष दीपक गौतम, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग, बेलायतका अध्यक्ष प्रेम गाहा मगर, स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, अष्ट्रियाका अध्यक्ष भवानी तिवारी, मध्यपूर्वको कतारका अध्यक्ष महम्मद मुस्तादा, अफ्रिकाबाट दक्षिण अफ्रिकाका अध्यक्ष डा.पुष्प भट्टराई र एशियाबाट दक्षिण कोरियाका अध्यक्ष दीपक पुन सदस्य छन्।
आईसीसीका अध्यक्ष कुमार पन्त इमेलमार्फत र महासचिव हेमराज शर्माले पत्रमार्फत् नै यस्तो कुनै भेला नगर्न आह्वान गरेका छन्। तर, उनीहरुको आह्वानलाई वेवास्ता गर्दै संस्थाभित्रको अन्यौलबाट संस्थालाई निकास दिन भेला आयोजना गरिएको आयोजक पक्षको दावी छ।
अक्टोबर २३‐२५ मा हुने भनिएको विश्वसम्मेलन स्थगित भएपछि संस्था अन्यौलमा परेको छ, संयोजक सुबेदीले भने, 'एनसीसी र त्यसका प्रेसिडेन्टहरु मुख्य सरोकारवाला भएकाले साझा चासोका विषयमा छलफल गर्न यो भेला आवश्यक भएको हो, भेला रोकिंँदैन।'
आईसीसीका अध्यक्षले आगामी नोभेम्बर ३० भित्र जसरी पनि निर्वाचन गराउने भनेको र उनको सो प्रतिबद्धतालाई थप मद्धत पुर्याउन नोभेम्बर ३० भित्र आईसीसीको निर्वाचन गर्न दवाव दिनका लागि विश्व भेला आयोजना गर्नु परेको संयोजक सुबेदीको दावी छ।
भेलामा एनआरएनए आईसीसीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले दिएको निर्देशन र त्यसमा पनि प्रतिनिधि छनौटको ६५ प्रतिशत प्रावधानबारे बृहत छलफल हुने तथा एउटै विषयमा देश नै पिच्छे फरक फरक निर्देशन पत्र पठाउने हालको आईसीसी नेतृत्वको कामबारे पनि छलफल गर्ने एजेण्डा तय गरिएको संयोजनक सुबेदीले बताए। | 2021/12/06 17:59:42 | https://globenepal.com/2021/10/3630 | mC4 |
बर्मामा मारिनेको संख्या ५६८ पुग्यो, सैन्य दमनको क्रुर रूप - Ankuran Khabar
राष्ट्रसंघीय मानव अधिकार आयोगले बर्मामा जारी सैन्य सरकारको दमनबाट ५ सय ६८ नागरिकले ज्यान गुमाउन परेको जनाएको छ ।
गत फेब्रुअरी १ मा निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले शासन सत्ता लिएपछि युवाहरू सडकमा उत्रेर जुन्ता शासकको विरोध गरिरहेका छन् ।
बर्माको म्यात चे सहरमा आन्दोलनका क्रममा पक्राउ परेका दुई आन्दोलनकारी प्रहरी हिरासतमा नै मारिएको पनि उल्लेख गरिएको छ । पक्राउ परेको भोलिपल्ट उनीहरूलाई पाकोकु सैन्य अस्पतालमा छोडिएको भए पनि रिपोर्ट आउँदा चारमध्ये दुई जनाको निधन भइसकेको थियो। बर्मेली शासकको क्रुर रूप प्रदर्शन गरेको पनि राष्ट्रसंघको धारणा छ ।
राजधानी नेपिडो, रंगुन र माण्डलेलगायत शहरमा सुरक्षाकर्मीले बर्बर दमन गरिरहेका छन्। सैन्य शासन 'जुन्ता'को चरम दमन हुँदाहुँदै हजारौं बर्मेलीहरू स्वस्फूर्त सडकमा उत्रेका छन् । जुन्ता शासकले आफ्नै नागरिकलाई हवाई आक्रमण समेत गरेका छन् । आम नागरिक ओडारमा बस्न पर्ने बाध्यता समेत निम्त्याईदिएका छन् कैयन नागरिक घर छाडेर ओडारमा बसेका छन् । कैयन मानिसहरू छिमेकी मुलुक थाइल्याण्ड समेत गइरहेका छन् । एजेन्सी | 2021/04/13 07:36:56 | https://ankurankhabar.com/2021/04/47019/ | mC4 |
एक सातापछि नेप्से हरियो अंकमा :: Setopati
एक सातापछि नेप्से हरियो अंकमा
एक साताको अन्तरालपछि नेप्सेले हरियो अंक देखाएको छ। बैशाख २४ गतेयता नेप्से निरन्तर रातो अंकमा रहँदै आएको थियो। बुधबार ४ अंकले बढेर १३३८ अंकमा कायम भएको छ।
कारोबार खुलेको आधा घण्टासम्म रातो अंकमा देखिए पनि त्यसपछिको अन्तिम समयसम्म नेप्से हरियो रह्यो। यस दिन कारोबार रकममा केही सुधार आएको छ।
अघिल्लो दिन १४ करोड ९२ लाखको कारोबार भएकोमा यस दिन २२ करोड २० लाख पुगेको छ। क्रमिक रुपमा लगानीकर्ताको केवाईसी अपडेट हुँदै गर्दा कारोबार रकम बढेको हो।
बजारको पुँजीकरण १५ खर्ब ७० अर्ब कायम भएको छ। फाइनान्स र उत्पादनबाहेक सबै समूह बढेका छन्। फाइनान्स २ र उत्पादन समूह ६ अंकले घटे।
बैंकिङ १, व्यापार ५, होटल ४६, विकास बैंक ९, जलविद्युत १३, अन्य ४ र माइक्रोफाइनान्स समूह २२ अंकले बढे। बिमा समूहको वृद्धिदर भने १ अंकमुनि रह्यो।
कारोबारका आधारमा वमी माइक्रोफाइनान्स अग्रस्थानमा रह्यो। १ करोड ५६ लाखको कारोबार हुँदा उसको मूल्य १ हजार ८६० कायम भएको छ। दोस्रोमा रहेको नेपाल टेलिकमको ८२ लाखको सेयर किनबेच भयो। उसको मूल्य ८ रुपैयाँले बढेर प्रतिकित्ता ७७० कायम भएको छ।
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्टको मूल्य ९.९ प्रतिशतले बढ्यो। जनउत्थान सामुदायिक लघुवित्त, हिमालय डिस्टिलरी र वमी माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशत बढी नाफा कमाए। वर्ल्ड मर्चेन्ट बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत गुमाए।
यसैबीच प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुखमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन्। बोटलर्स नेपाल तराई तथा बालाजुका निर्देशक परिवर्तन भएका छन्। देवव्रत्न मुखर्जीको स्थानमा सुदिप बजोरिया नियुक्त भएको बोटलर्स नेपाललले जनाएको छ। | 2019/02/22 16:26:32 | https://setopati.com/kinmel/banking/158661 | mC4 |
Bichar Khabar » कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य
कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य
19 Jun 2018 02:06:59 PM | No Comments
बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बीमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बीमा हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउनेछन् ।
समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई कृषि बीमा गर्दा अनिवार्य रुपमा दुर्घटना बीमा गर्न निर्देशन दिइसकेको छ । दुर्घटना बीमा पनि जोडिएर आएपछि कृषि बीमामा कृषकहरुको आकर्षण बढेर गएको छ । दुर्घटना बीमाको अवधि कृषि बीमाको अवधि बराबरको हुनेछ ।यसरी दुर्घटना बीमा बापत कृषकले थप रकम बीमा कम्पनीहरुलाई तिर्नुपर्छ । सापकोटाका अनुसार १ वर्षभन्दा कमको कृषि बीमामा कृषकले थप ५० रुपैयाँ तिर्नुपर्छ । एक वर्षको भन्दा बढी अवधिको कृषि बिमा भएमा भने कृषकले थप १ सय रुपैयाँ तिर्नुपर्छ । कृषि बीमाको शुल्कमा सरकारले अहिले ७५ प्रतिशत अनुदान दिएको छ । अर्थात कृषि बीमाको २५ प्रतिशत शुल्क कृषकले तिरेमा ७५ प्रतिशत रकम सरकारले तिरिदिन्छ ।
सुरुमा ५० प्रतिशत मात्रै सरकारले अनुदान बापत रकम दिने गरेको थियो । तर ५० प्रतिशत अनुदानमा कृषकहरुको आकर्षण देखिएन । जसका कारण सरकारले कृषि बीमामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको हो ।सरकारले २०६९ साल माघ १ गतेबाट लागू हुने गरी कृषिमा बीमा नीति ल्याएको थियो । यसपछि बाली तथा पशुपंक्षीको बीमा हुन सुरु भएको हो । ०६९ सालमा बाली तथा पशुपंक्षी विमा ऐन साथै बाली तथा पशुपक्षी बीमा निर्देशिका २०६९ लागू गरेपछि कृषि बीमा गर्न सुरु गरिएकेा थियो ।
कृषि उत्पादनमा बृद्धि गर्ने हिसाबले सरकारले यो योजना बाहिर ल्याएको हो । देशलाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले सरकारले कृषि बीमा मार्फत कृषकहरुलाई यो क्षेत्रमा प्रोत्साहन गर्न खोजेको हो ।अहिले ठूलो मात्रामा चामल तथा तरकारी, फलफूल विदेशबाट आयात हुने गरेको छ । जसका कारण पनि ब्यापार घाटा चुलिँदै गएको छ । कृषि क्षेत्रलाई भरपर्दाे बनाउनका लागि सरकारले कृषि बीमा मार्फत विभिन्न प्रयास गरिरहेको छ । | 2019/02/19 20:35:19 | http://bicharkhabar.com/2018/06/19/14272/ | mC4 |
नख्खु कारागारमा मनोसामाजिक अस्पताल – Etajakhabar
ललितपुर, १५ माघ । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ ।
यस कारागारमा रहेका झण्डै ८०० जना कैदी/बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो, "मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ ।"
उहाँ भन्नुहुन्छ, "त्यहाँका कारागार र कैदी/बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् ।" धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उहाँ बताउनुहुन्छ । पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ ।
कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन् । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन् । कतिलाई भने समस्या आउँदा तुरुन्त अस्पताल पु¥याउनुपर्छ । उहाँ भन्नुहुन्छ, "हामी दैनिक तीन/चार पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ ।"
मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन् । मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउनुहुन्छ । | 2018/06/24 08:52:28 | http://www.etajakhabar.com/01/29/158236 | mC4 |
भारतीय कम्पनीको लापरवाहीः पाँच वर्ष पहिले सकिनुपर्ने ४० मेगावाटको राहुघाटको बल्ल काम सुरु | Ajako Aartha | Nepal's No. 1 Business News Portal
भारतीय कम्पनीको लापरवाहीः पाँच वर्ष पहिले सकिनुपर्ने ४० मेगावाटको राहुघाटको बल्ल काम सुरु
काठमाडौँ । भारतीय ठेकेदार कम्पनीले अलपत्र छाडेको म्याग्दीको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।
कूल ४० मेगावाट क्षमताको सो आयोजनाको निर्माण शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनाको बाँध रहने स्थानसम्म पुग्ने पहुँच सडक निर्माणको काम शुरु भएको हो ।
स्थानीय मौवाफाँटदेखि झीँ र दग्नामको सिमाना बुक्लमा रहने बाँधस्थल जोड्ने सडक निर्माण सुरु भएको छ । रु ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एशोसिएट्सले पूर्वाधार निर्माणको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।
लगत्तै कार्यक्षेत्रमा परिचालन भएर नक्साङ्कन शुरु गरेको ठेकेदारले पूर्वाधार निर्माण शुरु गरेपछि लामो समयदेखि प्रतीक्षा गरिएको रघुगंगा हाइड्रोले गति लिएको छ ।
एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताए ।
आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् ।
इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा निर्माण आयोजना निर्माण हुन लागेको हो । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । यसअघि छनौट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना बनाउन लागिएको हो । आरभिआरसिएलसँग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाई निर्माण शुरु हुन लागेको हो । | 2019/02/19 15:40:00 | http://www.ajakoartha.com/story/1831 | mC4 |
नेकपालाई निर्वाचन आयोगको पत्र : ओली र दाहाल नै अध्यक्ष – Reporters7.com | Nepal's News Portal | Online News Portal from Nepal
Home /नेकपालाई निर्वाचन आयोगको पत्र : ओली र दाहाल नै अध्यक्ष
राजनितीJanuary 27, 2021
नेकपालाई निर्वाचन आयोगको पत्र : ओली र दाहाल नै अध्यक्ष
निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत् रहने पत्र पठाएको छ। अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान ऐन र नेकपाको विधानलाई उल्लेख गरिएको छ।
'आयोगको निर्णयअनुसार नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारीपत्र पठाएका छौं', आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।
पत्रमा कुनै पनि विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन सक्ने अवस्था नदेखिएको जनाइएको छ। ओली पक्षले गरेको विधान संशोधन र केन्द्रीय कमिटी विस्तार अनि दाहाल पक्षले गरेको वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयलाई मान्यता नदिने विषयमा आयोगले जानकारी दिएको हो।
आयोगले विधानको धारा १८ (घ) बमोजिम आगामी एकता महाधिवेशनसम्मका लागि केन्द्रीय कमिटीमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक जना महासचिव र एक जना प्रवक्ता रहने स्पष्ट पारेको छ। केन्द्रीय समिति ४४१ सदस्यीय रहने व्यवस्था भएबमोजिम ती पदाधिकारी तथा केन्द्रीय सदस्य यथावत् रहने पत्रमा उल्लेख छ।
दुई अध्यक्षमध्ये वरीयतामा ओलीको नाम पहिलो र दाहालको नाम दोस्रो नम्बरमा लेख्ने गरेको आयोगमा पेस भएका कागजातमा उल्लेख भएको जानकारी पनि गराइएको छ। २०७६ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन र २०७६ माघ ९ गते भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीको प्रमुख पदाधिकारीको हैसियतमा ओलीले उम्मेदवारको मनोनयपत्रमा हस्ताक्षर गरेको पत्र आयोगमा पेस गरेको देखिएको जानकारी पनि गराइएको छ। प्रतिनिधिसभा विघटन नहुँदासम्म पार्टीमा कुनै फरक मत उत्पन्न भएको जानकारी आयोगमा कुनै पक्षले गराएको नदेखिएको पनि पत्रमा उल्लेख छ।
आयोगमा पठाइएको २०७६ भदौ २९ मा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनको प्रयोजनार्थ दल दर्ता गरिदिने भन्ने विषयको पत्रमा र २०७६ मंसिर ३० र माघ ९ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिदिने भन्ने विषयको पत्रमा दुवै अध्यक्षको हस्ताक्षर भएको देखिएको छ। ती दुवै पत्रसाथ संलग्न कागजातमा महासचिवको हस्ताक्षर भएको देखिएको छ।
२०७६ असोज २९ र पुस ६ को उम्मेदवार मनोनयनका लागि औपचारिक पत्र प्रदान गर्ने अधिकार सम्बन्धमा भन्ने पत्रमा त्यस्तो अधिकार अध्यक्ष ओलीलाई प्रदान गर्ने गरी पार्टी सचिवालयबाट अधिकार प्रदान गरेको देखिएको छ। उम्मेदवार मनोनयनका निमित्त औपचारिक पत्र प्रदान गर्न अधिकार दिएको पदाधिकारीको विवरणमा अध्यक्ष ओलीको नाम लेखी निर्वाचन आयोगमा पठाइएको देखिएको आयोगको पत्रमा उल्लेख छ।
आयोगले नेकपाको अन्तरिम विधानमा आधारित निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने व्यवस्था, केन्द्रीय कमिटीमा कुल संख्याको १० प्रतिशतमा नबढाई सदस्य मनोनयन गर्न सक्ने व्यवस्था, अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थालाई अवगत गराएको छ। विधान संशोधन गर्नु परे केन्द्रीय कमिटीको दुई तिहाइले गर्न सक्ने व्यवस्था रहेको र सोबमोजिम गरी राजनीतिक दलसम्बन्धी ऐन, नियमावलीबमोजिम दुवै अध्यक्षबाट विधि तथा प्रक्रिया पुर्याएर विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि लेखी नआएको पत्रमा उल्लेख छ।
आयोगमा प्राप्त पत्रहरूको अध्ययन गर्दा एउटै पार्टीको नामबाट एकै दिन केन्द्रीय कमिटीको दुईवटा फरक–फरक बैठक बसेको र फरक–फरक निर्णय भएको हुँदा कुन निर्णय आधिकारिक मानी अभिलेखीकरण गर्ने भन्ने सम्बन्धमा संविधानको धारा २६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र नेकपाको अन्तरिम विधान २०७५ आकर्षित हुने देखिएको पत्रमा उल्लेख छ। अन्तरिम विधानअनुसार अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटीलगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई भएको उल्लेख छ। यो व्यवस्थाअनुसार दाहाल र नेपालले आयोगमा पठाएको माइन्युटको प्रतिलिपिबाट नदेखिएको पत्रमा उल्लेख छ। माइन्युटमा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको मूल कारण देखाई अध्यक्षबाट हटाई केन्द्रीय सदस्य कायम रहेको भन्ने दाहालले दस्तखत गरेको मिति २०७७ पुस ८, १०, २० र २९ का पत्रहरूका साथै दलको विवरण हेरफेर भएको भन्ने निवेदनको ढाँचामा देखिएको पनि पत्रमा उल्लेख छ। तर, दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको विषय विधानसम्मत नदेखिएको पत्रमा उल्लेख छ।
'केपी ओलीलाई अध्यक्ष पदबाट हटाउँदा सो पार्टीको विधानको धारा ३१ (क)को देहाय खण्डहरूमा उल्लिखित कुन अवस्था प्रमाणित भई अनुशासनको कारबाही गरेको हो भन्ने कुरा खुलेको देखिँदैन', पत्रमा लेखिएको छ। आयोगले पार्टीको विधानको व्यवस्थालाई पनि जानकारी गराएको छ। २०७५ जेठ ३ मा नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएको थियो। जेठ २३ मा निर्वाचन आयोगमा दल दर्ता भएको थियो। पत्रमा दुई पार्टी एकीकरणपछिको पहिलो बैठक ओलीको अध्यक्षतामा बसेको देखिएको उल्लेख छ। अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन् । | 2021/04/15 01:33:04 | https://reporters7.com/2021/01/5616/ | mC4 |
दशैँको मुखमा फेरि लकडाउन गर्ने सरकारको संकेत – Nepal Reports
काठमाडौँ – नजीवन सामान्य बन्दै गर्दै सरकारले कोरोना संक्रमण नियन्त्रणका भन्दै पुनः लकडाउन गर्ने संकेत गरेको छ । विज्ञहरू भने लकडाउनलेमा समस्या समाधान नहुने भएकाले अन्य विकल्प सोच्न सुझाव दिन्छन् ।
निषेधाज्ञा खुकुलो भई जनजीवन सहज बन्दै गर्दा सरकारले दशैँको मुखमा फेरि लकडाउन गर्ने संकेत गरेको छ । बिहीवार कोरोना संक्रमितको सक्रिय संख्या करिब साढे १८ हजार पुग्दै गर्दा स्वास्थ्य मन्त्रालयले साता १० दिनमै २५ हजारभन्दा बढी पुग्ने अनुमान गरेको छ । सक्रिय संक्रमितको संख्या २५ नाघे व्यवस्थाापन गर्न कठिन हुने भन्दै मन्त्रालयले लकडाउन नै गर्नुपर्ने स्थिति आउने बताएको हो ।
कोरोना संक्रमण फैलिन शुरु गर्दै गर्दा गत चैतदेखि असारसम्म करिब चारमहिना लामो लकडाउन भएको थियो । रोगले भन्दा भोकले मर्ने स्थिति आएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले लकडाउन हटाएको थियो । लकडाउन हटेको केही समयमै संक्रमित र मृतकको संख्या बढेपछि काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा निषेधाज्ञा जारी भयो । निषेधाज्ञाले पनि असर देखााउन नसकेपछि भदौको अन्त्यतिर खुकुलो हुँदै असोज एकदेखि सार्वजनिक यातायात र हवाइ उडान समेत खुला गरिएको छ । तर संक्रमितको संख्या बढ्दैगर्दा सरकारले लकडाउनकै सहारा लिने संकेत गरेको छ । विज्ञहरु भने सधैँ लकडाउन गरेर संक्रमण नियन्त्रण नआउने तर्क गर्छन् ।
संक्रमितको संख्या बढेको बहानामा सरकारले पटकपटक लकडाउन र निषेधाज्ञा जारी गर्दै आएको छ । जनजीवनमा अंकुश लगाउने तर सुरक्षा सतर्कता नअपनाउने प्रवृत्तिका कारण संक्रमणमा नियन्त्रणमा आउन नसकेको कुरा जगजाहेर नै छ । त्यसैले फेरि पनि लकडाउनकै सहारा लिने मनस्थितिबाट सरकार मुक्त हुनुपर्छ ।योहो खबर बाट | 2022/07/02 20:37:52 | https://www.enepalreports.com/news/2020/09/25/1601016715 | mC4 |
६ लाख बजेटमा जम्मा १६ मेट्रिकटन गहुँ खरिद
हरिश चन्द्र बाग, कञ्चनपुर, ०६ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका कृषि विकास शाखाले तीन सय नौ जना कृषकहरुलाई उन्नत जातको गहुँको बिउ वितरण गरेको छ । गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको बेलडाँडी गाउँपालिका कृषि विकास शाखाका प्रमुख धन बहादुर खड्काले जानकारी दिनुभयो ।
नेपाल सरकारबाट सुचीकृत बि.एल. ४३४१, गौतम, विजय र आदित्य जातको गहुँको उन्नत बिउ कृषकहरुलाई वितरण गरिएको बताइएको छ । युनिक सिड कम्पनीको आधिकारिक विक्रेता मनकामना एग्रोभेट धनगढीबाट जम्मा १६ मेट्रिकटन गहुँ खरिद गरिएको बेलडाँडी गाउँपालिका कृषि विकास शाखाका प्रमुख खड्काले बताउनु भएको छ ।
कृषि विकास शाखाको चालु आर्थिक वर्ष २०७६।०७७ को स्वीकृत कार्यक्रम अन्तर्गत ६ लाख बजेटमा गहुँको बिउ खरिद गरी कृषकहरुको माग र खेतियोग्य जमिनको आधारमा प्रति कृषक कम्तिमा ४० किलो देखि बढीमा १२० किलो सम्म बिउ वितरण गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले जानकारी दिनुभयो ।
गहुँको बिउ प्राप्त गरेपछि बेलडाँडीका कृषक वाशुदेव ओझाले प्रतिकृया दिँदै भन्नुभयो, "गहुँ छर्ने उचित समयमा गहुँको बिउ पाइयो, मैले कृषि विकास शाखाबाट ८० किलो गहुँको बिउ लिएको छुँ", उहाँले अगाडी थप्दै भन्नुभयो, "कार्तिक २२ गते लगाएको गहुँ राम्ररी जमिसकेको छ, उत्पादनको लागि समय पर्खनै पर्छ ।"
यहाँका किसानहरुको अवस्थालाई हेरेर कृषि विकास शाखाले आवश्यक बिउविजन, मलखाद्द र किटनाशक औषधी समेत उपलब्ध गराउन सके यहाँका कृषकहरुलाई राहत पुग्ने कृषकहरुको सुझाव छ । बेलडाँडीका कृषकहरुले समयसमयमा कृषि प्राविधिकहरुको रायसुझावको पनि अपेक्षा गरेका छन् ।
कृषकहरुलाई लक्षित गरी बेलडाँडी गाउँपालिकाले समयसमयमा ५० प्रतिशत अनुदानमा गहुँ, धान तथा आलु लगायतका तरकारीबालीको विउविजन वितरण गर्ने गरेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले दाबी गर्नुभयो । आगामी दिनमा पनि गाउँपालिका भित्रका कृषकहरुलाई सहयोग गर्ने बताउँदै उहाँले कृषकहरुले उत्पादन गरेका अन्नबाली तथा तरकारीको बजारीकरणका लागि गाउँपालिका केन्द्रित रहेको उल्लेख गर्नुभयो । | 2020/07/13 15:31:23 | https://www.nepalbodh.com/social/agriculture/333 | mC4 |
कर्णालीमा भोकमरी – Sajha Bisaunee
कर्णालीमा भोकमरी
अवसर र भौतिक विकासबाट हेपिएको कर्णालीको बारेमा निकै बहस हुने गर्दछन् । सत्तामा पुग्ने गतिलो भ¥याङ समेत बन्दछ कर्णाली । तर कर्णालीको बारेमा जति नारा र नीति बनेका छन् ती कार्यान्वयनमा आउन सकेका छैनन् । त्यसैले त आज कर्णाली सम्भावनाको खानी भएर पनि अभावबाट पीडित बनिरहेको छ । त्यहाँका नागरिकहरू वर्षेनी विभिन्न समस्याहरूबाट ग्रसित हुनुपर्ने अवस्था छ । तर राज्यको नेतृत्व गरिरहेकाहरू सपना बाँड्न छोड्दैनन् कर्णालीको विकासबारे । कर्णाली पीडामा रहँदा समग्र नेपालको प्रगतिमाथिको नारामा बहस गरिरहेको छ । यो सम्भव छ र यो सम्भव छैन, अनि प्रधानमन्त्री ओलीको सपना देख्ने अधिकार छ कि छैन ? यी दुईटा पाटा हुन् वर्तमान विवादका । नेपालको विकास हुनैपर्छ र विकासको एसियाली मापदण्ड र स्तरीयतालाई हासिल गर्न यहाँको विकासको गति अन्यत्रभन्दा तेज हुनैपर्छ । त्यस्तै प्रधानमन्त्रीले सपना नदेखे नीति कसरी बन्ला ? नीति र त्यसको कार्यान्वयनमा आवश्यक रकम विनियोजन नहुँदा त्यो सपना बिहान उठ्दा स्मृतिपटलबाट हराउने सपना जस्तो मात्र बन्न जान्छ । त्यस्तो सपनाले अर्थ राख्दैन ।
तर, यो ठूला सपनामा दुई छाकको जोहो गर्न नसकेका या सत्तासँग जोडिएका भ्रष्टाचारका कारण त्यसबाट वञ्चित कर्णालीलाई कसरी जोड्ने ? राजधानी र सहरहरू दुर्गम क्षेत्रबीचको अन्तर कम गर्न नसक्दा त्यस्ता असन्तुलित विकासले द्वन्द्व निम्त्याउने र चर्काउने कामसमेत गर्न सक्छन् । कर्णाली अञ्चलका जिल्लामा खडेरीका कारण पानी उपलब्ध छैन । त्यहाँ दुई बाली उत्पादन हुन नसक्दा गाउँलेलाई हातमुख जोर्न सम्भव भएन । खडेरीग्रस्त क्षेत्रको लागि विदेशबाट आएको राहत त्यहाँ पुग्नै सकेन । ठेकेदार मुख्य राजनीतिक दलहरू या सत्तामा पहुँच भएका दलहरूको मिलेमतोमा ढुवानी खर्चमा तीन सय प्रतिशत वृद्धि माग भएपछि खाद्यन्न गोदाममै थन्किएको हो । खाद्यन्न गोदाममा थन्किने उता कर्णालीका जनता भोकै मर्नुपर्ने बाध्यताको यथार्थको के स्थान छ, प्रधानमन्त्रीको समृद्धिको सपनामा ? मुलुकवासी भोकले मर्नुपर्ने परिस्थिति भोगिरहेको मुलुकमा विकास सम्भव छ ? त्यसैले त्यहाँका नागरिकको अवश्यम्भावी भारत पलायनबारे सम्भवतः प्रशासनले 'माथि' रिपोर्ट नगरेसम्म काठमाडौंको सत्ता तात्ने छैन । ढुवानी खर्चमा अप्रत्याशित वृद्धि गर्न ठेकेदार र प्रभावशाली राजनीतिज्ञको दबाबमा रहेको प्रशासनका लागि यी तथ्यहरूबारे रिपोर्ट गर्ने साहस जुटाउनसमेत कठिन हुनेछ । अझ विडम्बना के भने, ढुवानी खर्च बढाउन ठेकेदारसँग मिलोमतो गर्ने स्थानीय नेताहरूलाई उनीहरूको केन्द्रीय नेतृत्वले रोक्न या नसहित दिन सकेको छैन । यो जानकारीको अभावले हो या भ्रष्टाचारको विकेन्द्रीकृत स्वरूपको नमुना ?
तर हुम्लासँगै मुगु, सिमीकोट र बाजुरामा समेत खडेरीको समस्याले विकाराल आयतन लिँदो छ र हुम्लाका दलितहरूको बाध्यता त्यहाँ त्यो गाउँमा मात्र सीमित रहने छैन । मौसमको प्रतिकूलता र भ्रष्टाचारबाट सिर्जित अभावलाई सम्बोधन गर्न सरकारले सङ्कटकालीन व्यवस्थासँगै आपूर्तिमा सहजता ल्याएन भने कर्णालीमा जनधनको क्षति अवश्यम्भावी छ । विकासको सपना देख्दा पीडा र अभावमा पिल्सिएकाहरूको अवस्थाप्रति आँखा चिम्लन मिल्दैन । हुनसक्छ, तत्काल आपूर्ति र वितरणको लागि सरकारी यातायात र सेनाको प्रयोग उत्तम विकल्प होला । खाद्यन्न र पेय जलको वैकल्पिक व्यवस्था या सुरक्षित ठाउँमा प्रभावितहरूलाई व्यवस्थित बसाइँ सराइ गराउन सेनामा प्राविधिक विभागसमेत भएको र अहिलेको सङ्कटप्रति प्रशासन र केन्द्र उदासिन रहेको अवस्था यो उचित र स्वीकार्य अस्थायी कदम हुनसक्छ । त्यसकारण अब सरकारले कर्णालीका जनताको लागि खाद्यन्नसँगै आउँदा दिनमा समेत भोकमरी रोक्ने दीर्घकालीन उपायको खोजी गर्न जरुरी छ । होइन भने राजधानीमा बसेर सिंहदरवारबाट कर्णालीको बारेमा बहस गरेर मात्र कर्णालीको विकास सम्भव छैन । | 2022/01/22 12:05:34 | https://sajhabisaunee.com/archives/915 | mC4 |
महिला संघर्ष र इच्छापत्रको औचित्य
महिलाको अंश रोक्न महिला अगुवाहरू नै अग्रसर !
– ममता शर्मा नेपाल
संसदको विधायन समितिले पारित गरिसकेको इच्छापत्रको व्यवस्था संसदमा पुगेर रोकिएको छ । इच्छापत्रको यो व्यवस्था रोक्नका लागि राष्ट्रपति, सभामुख, महिला सांसदहरू तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्धहरूले दबाब दिएका समाचार प्रकाशित भएका छन् । यति मात्र होइन, पैत्रिक सम्पत्तिमा समान हकको व्यवस्थाको भरखर मात्र कानुन बनेर महिलाले अंश पाउन लागेका बेलामा 'विल सिस्टम' ल्याउन लागेको भनेर प्रधानमन्त्रीकी पत्नी तथा सांसद डा. आरजु राणाको संयोजकत्वमा संसदमा महिला सांसदहरूको समूह (ककस)को गठन गरी अभियान नै चलाइएको थियो । यस प्रकारको दबाबले मुलुकी ऐन प्रतिस्थापन गर्ने देवानीसंहिता पारित हुन सकेन । तर, झण्डै एक महिनाअघि फौजदारी संहिता भने संसदबाट सजिलै पारित भइसकेको छ ।
इच्छापत्रको व्यवस्थामा १८ वर्ष उमेर पुरा भई होस ठेगानमा रहेको कुनै पनि व्यक्तिले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति आफ्नो मृत्युपछि अर्को व्यक्तिको हक, भोग र स्वामित्वमा हस्तान्तरण हुने गरि एकतर्फी रुपमा लिखत गरिदिए निजले इच्छापत्र गरेको मानिनेछ भन्ने व्यहोरा उल्लेख छ । त्यसैगरि विदेशी नागरिकलाई भने इच्छापत्र गरी सम्पत्ति दिन नपाइने उल्लेख गरिएको छ ।
संसदको विधायन समितिमा इच्छापत्रको पद्दति सर्वसम्मतिले नै पारित भए पनि संसदमा लगिएपछि समर्थनमा रहेकाहरू समेत विपक्षमा पुगेका हुन् । यसरी संसदमा जसरी इच्छापत्रको विपक्षमा लबिङ भयो त्यसैगरी इच्छापत्रको पक्षमा पनि केही सांसदहरू रहेका छन् । यस काँटका सदस्यहरूले इच्छापत्रको पद्दतिले महिलाले अंश पाउन सक्दैनन् भन्ने कुरा व्यर्थको शंका मात्र हो, भ्रम नफैलाए पनि हुन्छ भनेका छन् । उनीहरूको तर्कअनुसार इच्छापत्रको व्यवस्थाले सम्पत्तिमा अंशबन्डाको बेलामा हुने झगडा कम हुन्छ, बुवाआमाको सम्पत्तिमा छोराछोरी भर पर्दैनन् र आत्मनिर्भर हुन्छन्, विदेशमा रहेका छोराछोरीका कारण आमाबाबुले बेच्न नपाएको सम्पत्ति बेच्न पाउने छन्, सम्पत्ति पाउने आशले भए पनि छोराछोरीले वृद्ध आमाबाबुको सेवा गर्ने छन् । यी कुराहरू आफ्ना ठाउँमा पक्कै पनि राम्रा छन् । तर यो पद्दतिको विरोध गरिनुका पछाडि के र कस्ता संशयहरू छन् त्यसलाई पनि बुझ्न जरुरी देखिन्छ ।
नेपालमा झण्डै सात दशकदेखि सम्पत्तिमा समान हकका लागि कांग्रेस, वामपन्थी दल र अन्य केही राजनीतिक दल तथा महिला अधिकारकर्मीहरूले आवाज उठाइरहेका छन् । १९१० सालमा जंगबहादुर राणाले मुलुकी ऐन ल्याएका थिए । यो नेपालको पहिलो लिखित कानुन थियो । एक शताब्दीभन्दा बढी समय यही कानुन व्यवहारमा रह्यो । त्यसपछि एकै पटक २०२० सालको मुलुकी ऐनले उक्त ऐनलाई प्रतिस्थापन ग¥यो । एकसय दश वर्षपछि राजा महेन्द्रद्वारा ल्याइएको नयाँ ऐन १९१० सालको जंगबहादुरको भन्दा पनि पश्चगामी देखियो । १९१० को ऐनमा नै बरु बिहा नगरी जन्मघर बसेकी छोरीले दाजुभाईको अंशबन्डा गर्दा ३५ वर्ष उमेर पुगेको रहेछ भने दाजुभाइसरहको अंश पाउँछिन्, अंश लिएपछि विवाह भए अंश उनैको हुने तर आफुखुशी विवाह गरे अंश माइतीमा फर्कनेछ भनेर व्यवस्था गरिएको थियो ।
यो व्यवस्था विभेदपूर्ण भयो भनेर २००७ साल अगाडिदेखि नै महिलाले समानताको लडाई शुरु गरेका हुन् । तर संशोधित भनेर जारी गरिएको २०२० को मुलुकी ऐनले छोरीको अंशसम्बन्धी व्यवस्थामा १९१० सालको जति पनि उदारता देखाएन । २०२० को व्यवस्था अनुसार पैंतीस वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोराले पाउने अंशको आधा पाउँछिन् तर अंश लिएपछि विवाह भयो वा आफै विवाह गरेर गएको खण्डमा उनले पाएको अंशबाट ऐनबमोजिम विवाह खर्च पर सारी बाँकी ऐनले तोकेबमोजिम हक पुग्नेले पाउने छ । यसरी फेरि पनि महिला–असमानताको व्यवहार रोकिएन ।
२०३३ सालमा मुलुकी ऐनको अर्को संशोधनले ३५ वर्षसम्म विवाह नगरेकी छोरीले छोरासरह अंश पाउने तर विवाह भएमा फेरि दाजुभाइमा नै फर्किने प्रावधान गरियो । जुन फेरि पनि १९१० को भन्दा अनुदार देखियो । २०५८ मा पुनः अर्को व्यवस्था आयो जसअनुसार विवाहअघि छोरीले छोरासरह पैतृक सम्पत्ति पाउने तर विवाहपछि माइतीमा फर्काउने व्यवस्था गरियो ।
सम्पत्तिमा समान अधिकारका लागि महिलाले निरन्तर लडेको इतिहास छ । यस किसिमले छोरीलाई छोरासरह नदेख्ने धारणालाई परिवर्तन गर्न महिलाले धेरै संघर्ष गर्नुप¥यो र त्यो संघर्षलाई २०६३ को अन्तरिम संविधानले संबोधन ग¥यो । संविधानले पहिलोपटक पैतृक सम्पत्तिमा छोरा र छोरीको समान हक लाग्ने प्रावधान राख्यो । अब छोरीले पाएको सम्पत्ति विवाहपछि फिर्ता गर्नु नपर्ने भयो । २०७२ को नेपालको नयाँ संविधानले पनि छोरा र छोरीले पैतृक सम्पत्तिमा समान हक पाउने व्यवस्थालाई अंगिकार ग¥यो । तर पनि संविधानको कार्यान्वयन फितलो देखिएको छ । यो प्रावधान व्यवहारमा लागु गर्न त्यति सहज पनि हुन सकेको छैन । संक्रमण कालमा केही असजिलो स्थिति रहनु स्वाभाविक हो तर समाजले स्वीकार गरिसकेको विषयमा राज्य अकर्मण्य हुनू दुःखको विषय हो ।
हाम्रा धर्म र दर्शनका प्रभाव तथा पितृप्रधान सामाजिक धारणालाई एकैपटक बदल्न सजिलो छैन । यसका निम्ति लामो संघर्ष र चेतनामूलक अभियानको खाँचो छ । हामी हाम्रो संघर्षको इतिहासलाई यही आलोकमा बुझ्न सक्छौँ । अग्रगमनमा जाने कुरा हाम्रो इतिहास र आन्दोलनभन्दा निरपेक्ष हुनसम्दैन । सात दशकदेखि हामीले एकपल्ट पनि नसुस्ताइकन गरेको संघर्षबाट बल्लबल्ल प्राप्त उपलब्धिलाई अनुभूत गर्नै नपाइ यसरी देवानीसंहिता मार्फत ल्याइएको इच्छापत्रको प्रावधानको विरोध हुनु अस्वभाविक होइन । पहिले किनारमा धकिलिएका महिलालाई मूलधारमा ल्याउँ, त्यसपछि मात्र इच्छापत्रका अन्तरवस्तु न्यायिक ठहर्छन् ।
निश्चय नै यो समस्याको समाधानको उपयुक्त उपाय समयमै खोजिनु पर्छ । मुख्य कुरा नयाँ ऐन ल्याउँदा महिलामाथि हुने विभेद नबढोस् । वर्षौं सेवा गरेका व्यक्तिलाई सम्पत्ति दिन मन लागेमा दिन पाउनुपर्छ । यस सन्र्दभमा मुलुकी ऐनमा 'शेषपछिको बकसपत्र' भन्ने जुन व्यवस्था छ, त्यो स्मरणीय छ । यसमा विकृति छन् भने परिमार्जन गरौँ तर महिलालाई सम्पत्ति र शक्तिको वर्चश्वबाट टाढा धकेल्ने काम नगरौँ । | 2018/05/24 23:13:58 | http://www.ghatanarabichar.com/63838 | mC4 |
जाजरकोट : जाजरकोटबाट माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ३४ हजार १ सय ५१ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धि नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत ल्याए ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बस्नेत ९ हजार ३१ मतको फराकिलो अन्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । योसंगै बस्नेतले जाजरकोटबाट तेस्रो पटक बाजि मारेका छन् ।
उनले जाजरकोटमा तेस्रो पटक जित्ने पहिलो नेताको रेकर्ड समेत बनाएका छन् । बस्नेत ०७० मा पहिलो पटक निर्वाचित भएका थिए भने ०७४ मा वाम गठबन्धनबाट निर्वाचित भए । नेता बस्नेत गृह,स्वास्थ्य र वन तथा वातावरणमन्त्री समेत भइसकेका छन् । | 2022-11-29T15:53:25Z | https://jwalasandesh.com/2022/11/51602/ | OSCAR-2301 |
STATE NEWS - Nepal news headlines | breaking news kathmandu | national news of nepal live
केन्द्रकै निर्देशन मानेर संघीयताको अभ्यास कति?
प्रदेश ३ को नाम र राजधानी केन्द्रको निर्देशन बम्मोजिम नै रहने तय भएको छ। १३ पुषमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा राख्न प्रदेशसभालाई निर्देशन दिएको थियो।
शुक्रबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको नेकपा संसदीय दलको बैठकले केन्द्रको निर्देशनलाई स्वीकार गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी प्रदेशसभा सदस्य नारायण दहालले प्रदेशको नाम बाग्मती र राजधानी हेटौँडा राख्ने सहमति भएको जानकारी दिएका छन्।
मुख्मयन्त्री पौडेलको निवासमा बसेको बैठकमा प्रदेश नाम र राजधानीका विषयमा मतदान हुँदा आफ्ना सम्पूर्ण प्रदेश सभासद्लाई उपस्थित हुन पनि संसदीय दलले आफ्ना सांसदलाई आग्रह गरेको छ। यस्तै नेकपा संसदीय दलले मतदानका लागि ह्वीप नै जारी गर्ने तयारी गरेको बताइएको छ।
तर काभ्रे पूर्वका सांसद्हरुले प्रदेश ३ को नाम र राजधानीमा असहमति जनाएका छन् । उनीहरुले संसदीय दलमा असहमति पत्र दर्ता गर्ने बताइएका छन्।
यसअघि प्रदेशको नाममा कुनै विमती नभए पनि राजधानी हेटौंडा बनाउने विषयमा भने नेकपाका केही प्रदेश सभा सदस्यहरुले असहमति जनाउँदै आएका थिए। उनीहरुले हेटौंडा राजधानी राख्ने प्रस्ताव आएमा आफूहरुले फ्लोरक्रस गरेर त्यसको विरुद्धमा मतदान गर्ने चेतावनी दिएका थिए।
तर प्रदेश ३ का शीर्ष नेतृत्व पनि यमिा विभाजित भएपछि यो विषयले विवादको रुप लिएको थियो। प्रदेशका शीर्ष नेतालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दहाल, महासचिव विष्णु पौडेल लगायतका नेताले सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि प्रदेशको नाम र राजधानीका विषयमा चलेका सबै विवाद अन्त्य हुने आश गरिएको छ।
यस्तै नेकपा प्रदेशसभाको एक सांसदका अनुसार केन्द्रले नाम र राजधानीका विषयमा असन्तुष्ट रहेका प्रदेशसभाका सांसदलाई प्रदेशमन्त्री बनाउन पहल पनि गरेका छन्। हाल ७ सदस्य रहेको प्रदेश ३ को सरकारलाई बढाएर ११ सदस्यीय बनाउने तयारी पनि गरिएको उनले जानकारी दिएका छन्।
कुल १ सय १० सिट रहेको प्रदेश ३ सभामा नेकपा एक्लैको ८० सिट रहेको छ।
गत ५ अगष्टमा संविधानको धारा ३७० खारेज गर्दै भारत सरकारले जम्मू कश्मीरमा लगाएको प्रतिबन्ध खुलाउन परेको रिट उपर आज सर्वोच्च अदालतले फैसाला सुनाउँदै छ। संविधानको धारा ३७० खारेज गर्दै उक्त राज्यमा केन्द्र सरकारले लगाएको प्रतिबन्धका विरुद्ध भारतीय कांग्रेसका नेता गलाब नबी आजाद र अन्य व्यक्तिले सर्वोच्चमा मुद्धा दायर गरेपछि मुद्धाको फौसला हुन लागेको आज प्रकाशिते हिन्दुस्तान टाइम्स दैनिकले समाचार प्रकाशित गरेको छ।
सर्वोच्चका तीन न्यायाधिश एन वी रमण, आर सुभाष रेड्डी र बीआर गवईको इजलासले सरकारले लगाएको प्रतिबन्धलाई चुनौती दिने रिट उपर गत २७ नोवेम्भरमा पनि सुनुवाई पुरा भएको थियो।
केन्द्र सरकारले जम्मू कश्मीरलाई संविधानको धारा ३७० ले दिँदै आएको विशेष राज्यको प्रावधानको अधिकांश प्रावधान खारेज गरेको छ। रिट उपरको छलफलमा भारतको केन्द्र सरकारले अदालतमा सरकारको सुझबुझ पूर्ण कदमकै कारण राज्यको कोही पनि व्यक्तिको ज्यान नगएको र कोही पनि घाइते नभएको भन्दै आफ्नो कदमको रक्षा रहेको थियो।
कांग्रेसका नेता गुलाम नबी आजादका अतिरिक्त कश्मीर टाइम्सकी कार्यकारी सम्पादक अनुराधा भसीन लगायतले कश्मीरमा सञ्चार व्यवस्था ठप्प भएको भन्दै केन्द्र सरकारको कदम उपर अदालतमा मुद्धा दायर गरेका थिए।
भारतमा रहेका १७ कूटनीतिक नियोगका प्रतिनिधिले बिहिवार कश्मीरको भ्रमण गरेका थिए भने शुक्रबार कश्मीरमा लगार्ईएको प्रतिवन्ध उपर सर्वोच्चले आफ्नो फौसला सुनाउँन लागेको हो।
नागरिकता संसोधन विधेयकका विरुद्धमा असाममा जारी प्रदर्शनका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको गुहावाटी भ्रमण स्थगित भएको छ। प्रधानमन्त्री मोदी यही शुक्रबार असामको राजधानी गुवाहाटीमा आयोजना हुने खेलो इन्डिया युथ गेम २०२० उद्घाटन गर्न जाने कार्यक्रम थियो।
'हामीलाई प्रधानमन्त्री आउने नआउने विषयमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। यद्यपि अनौपचारिक रुपमा प्रधानमन्त्री नआउने सुचना प्राप्त भएको छ,' खेलो इन्डिया कार्यक्रमका प्रमुख कार्यकारी अधिकारी अविनाश जोशीलाई उधृत गर्दै द इन्डियन एक्प्रेसले समाचार प्रकाशित गरेको छ।
असाम विद्यार्थी युनियन (एएएसयू) ले कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री मोदी आए उनका विरुद्ध ठूलो प्रदर्शन गर्ने चेतावनी दिएको थियो। उक्त विद्यार्थी संगठनले सरकारले जारी गरेको नागरिकता संसोधन विधेयकका विरुद्ध आसाम राज्यका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ।
यसअघि जपानी प्रधानमन्त्री आवे सिन्जो र भारतीय प्रधानमन्त्री मोदीबीच गुहावटीमा हुने भनिएको भारत जापान वार्षिक सम्मेलन पनि स्थगित भएको थियो। १५ डिसेम्बर देखि १७ डिसेम्बरसम्म आयोजना गर्ने तयारी भएको उक्त सम्मेलन गुहावटीमा बढ्दै गएको प्रदर्शनका कारण स्थगित गरिएको थियो।
आसाममा नागरिकता संसोधन ऐन विरुद्ध गत दुई वर्षदेखि प्रदर्शन हुँदै आएको छ। भारतको लोकसभाको हिउँदे अधिवेशनले गत डिसेम्बरमा विधेयक पास गरेपछि प्रदर्शनको क्रम झनै बढेको हो। प्रदर्शनका क्रममा आसाममा हालसम्म ६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।
खेलो इन्डिया सन् २०१८ बाट भारतमा खेल संस्कृतिलाई बढवा दिन आयोजना गर्न शुरु गरिएको हो। खेलको तेस्रो संकरण जनवरी १० देखि २२ सम्म आयोजना हुँदैछ।
केन्द्रसँग प्रदेशमा पनि नेकपा किचलो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय तहमा देखिएको विवाद प्रदेशमा पनि देखा पर्न थालेको छ। तीन नंम्बर प्रदेशको नाम र राजधानी तोक्ने विषयमा केन्द्र र प्रदेशबीच तिक्तता बढ्दै गएको छ।
पुष १३ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश तीनको नाम वाग्मती र राजधानी हेटौँडा राख्न प्रदेश तीन सरकारलाई निर्देशन दिएपछि केन्द्र प्रदेश विवाद सतहमा आएको हो।
सरकारका गठन भएको दुई वर्ष पुग्नै लाग्दा पनि प्रदेश सरकारले प्रदेशको नाम र राजधानीका विषयमा कुनै निर्णय लिन सकेको छैन। नेकपाको बहुमत रहेको तीन नंम्बर प्रदेशसभाले प्रदेशको नाम र राजधानी तय गर्न नसक्दा नेकपाकै नेतृत्वको निर्णय क्षमताका विषयमा प्रश्न उठ्न थालेपछि केन्द्रले नाम र राजधानीका विषयमा निर्देशन दिएको थियो।
देशले संघीयताको अभ्यास गर्दै गर्दा केन्द्रले नै प्रदेशलाई निर्देशन दिएपछि केन्द्रको निर्देशनको विरोध नेकपाका केन्द्रीय नेताहरुले नै गरेका थिए। यस्तै तीन नंम्बर प्रदेशका नाम र राजधानीको विषयमा छलफल गर्न मुख्यमन्त्री डोरमणी पौडेलले बोलाएको बैठक बुधबारका लागि सारेको थियो। तयारी पुरा नभएको र केन्द्रको निर्णय विरुद्द प्रदेश संसद जाने बताएपछि बैठक बुधबारका लागि बोलाइएको हो।
प्रदेश संसदले राजधानी र नामका विषयमा केन्द्रले संसदमा ह्पि लगाए पनि अस्वीकार गर्ने निकटस्तलाई बताउन थालेका छन्।
वर्षको अन्तिम दिन भारतको रेलसेवाले भाडावृद्धि गरेको छ। जनवरी एक देखि लागु हुने भाडा दरमा प्रतिकिलोमिटर १ पैसादेखि ४ पैसा बढार्ईएको हो।
पछिल्लो पाँच वर्षमा पहिलो पटक बढाईएको भाडादरमा एसी रेलमा प्रतिकिलो मिटर ४ पैसाका दरले भाडा बढार्र्ईएको छ। यस्तै एसी नभएका रेलमा भने प्रतिकिलो मिटर १ पैसाका दरले भाडा बढाईएको हो।
नयाँ भाडादर अनुसार भारतीय रेल विभागलाई वार्षिक २३ सय करोड फाइदा हुने अनुमान गरिएको यो समाचार आजको द हिन्दुमा प्रकाशित छ।
नयाँ भाडादर अनुसार १५ सय किलोमिटर रहेको दिल्ली मुम्बईको दुरीमा बढाएको भाडा अनुसार एसी रेलमा यात्रुले ६० रुपौयाँ अतिरिक्त पैसा तिर्नुपर्नेछ। यस्तै एसी रहित राजधानी लगायतका रेलसेवा प्रयोग गर्ने यात्रुले १५ देखि २० रुपौया अतिरिक्त पैसा तिर्नुपर्नेछ।
यसअघि सन् २०१४ मा रेलको भाडा बढेको थियो। भाडा बढाएको तिव्र विरोद्द भएपछि नरेन्द्र मोदी सरकारले बढाईएको धेरै स्थानको भाडा फिर्ता लिएको थियो। भाडा बढाएको विरुद्द प्रदर्शन गर्नेमा भारतीय जनता पार्टीका महाराष्ट्रको तत्कालिन सहयात्री शिव सेना र महाराष्ट्रकै भारतीय जनता पार्टीका स्थानिय नेताहरु थिए।
प्रतिगुप्तचरी विधेयक राष्ट्रियसभामा पेश
सरकारले राष्ट्रियसभामा प्रतिगुप्तचरी विधेयक पेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले 'नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धी कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विद्येयक' पेस गरेका हुन्।
सो विधेयकमा नेपालले अन्य मुलुकमा जासूसी गर्न सक्ने व्यवस्था गरेको छ भने देशभित्र पनि विदेशीले गर्ने जासूसीका बारेमा हेर्ने व्यवस्था गरिएको छ।
प्रतिगुप्तचरी विधेयक नामले चर्चित् सो विधेयकमा अहिलेकै राष्ट्रिय अनुसन्धान विभाग मातहत रहने गरी प्रतिगुप्तचरी ईकाइको व्यवस्था प्रस्ताव गरिएको छ।
नेपाली भूमिमा विदेशीले वितण्डा मच्चाउने, जासूसी गर्ने र नेपालको विदेश सम्बन्ध बिगार्न सक्ने सम्भावनालाई ध्यानमा राखेर विशेष सेवा विधेयक ल्याइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन्। राष्ट्रिय सभा बैठकमा विशेष सेवा विधेयक उपर बोल्दै डा. खतिवडाले यस्तो विचार राखेका हुन्।
राष्ट्रियसभामा यो विधेयक पेस नगरियोस् भनी कांग्रेस सांसद् प्रकाश पन्थले विरोधको सूचना बैठकमा प्रस्तुत गरेका थिए । विरोधको सूचना प्रस्तुत गर्दै सांसद् पन्थले उठाएका प्रश्न र राखेका विचारमा जवाफ दिँदै खतिवडाले भने– 'विरोधको सूचना प्रस्तुतकर्ता माननीय सांसदले अतिरञ्जित कुराहरु राख्नुभयो ।'
विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा.खतिवडा सो विधेयक पेस गर्न उपस्थित भएका थिए ।
प्रतिपक्षले राखेका विचार उपर टिप्पणी गर्दै मन्त्री खतिवडाले भने– '२०४२ सालमा बनेको कानून संशोधन हुन नहुने भन्ने धारणा हो? यस्तो धारणा राख्न हुन्न । यसको गलत अर्थ लाग्छ ।'
राष्ट्रिय स्वतन्त्रता, भौगिलिक अखण्डता, सामाजिक सद्भाव तथा राष्ट्रिय स्वाधिनताको संरक्षण गर्नु सकारको कर्तव्य हुन्छ भन्दै उनले भने– 'राष्ट्रको हित विपरित गतिविधि हुनसक्ने भएकाले त्यस्तो कार्य विरुद्ध प्रतिजासूसी गर्नपर्ने अवस्था आउन सक्छ । त्यसका लागि कानून संशोधन आवश्यक छ ।'
आफ्नो भूमिलाई विदेशी, कुनै छिमेकीले वितण्डा मच्चाउन सक्ने, नेपालमा बसेर जासूसी गर्न सक्ने, हाम्रो परराष्ट्र सम्बन्धलाई बिगार्ने किसिमको काम हुनसक्छ भने त्यस्तो जासूसीलाई प्रतिजासूसी गर्नुपर्ने भएकाले विधेयक ल्याइएको उनले बताए ।
विगतमा राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत रहेको र अहिले प्रधानमन्त्री मातहत रहेकाले त्यसलाई मिलाउन पनि कानुन संशोधन गर्न खोजिएको उनले बताए । विभागलाई किन प्रधानमन्त्री मातहत लगिएको हो भन्ने पनि प्रष्ट पार्दे उनले भने– 'कतिपय राष्ट्रिय सुरक्षाका विषयमा सरकार प्रमुखले जानकारी लिनुपर्छ भन्ने दृष्टिकोणले प्रधानमन्त्री कार्यालयमा यो गएको छ ।'
विधेयकले सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्न खोजेको, नागरिकको सम्पूर्ण गोपनीयता भंग हुने अवस्था आएको भनी पन्थले गरेको टिप्पणीमा जवाफ दिँदै अर्थमन्त्री डा.खतिवडाले भने– 'सामाजिक सञ्जालबाट नागरिकको गोपनीयता भंग भयो, नागरिकको सामाजिक र पारिवारिक जीवनमा विश्रृङखलता आयो भन्दैछौं ।
त्यसलाई व्यवस्थित गर्ने, अनुशासित गर्ने काम नगरी हामीले सभ्य समाज कसरी बनाउने ?'
उनले विरोधको प्रस्ताव फिर्ता लिन प्रतिपक्षी कांग्रेसका सांसद् प्रकाश पन्थलाई आग्रह गरेका थिए । तर पन्थले फिर्ता लिन अस्वीकार गरे । त्यसपछि सभामा मतदान गरियो । ध्वनी मतबाट प्रकाशको प्रस्ताव अस्वीकृत भएको छ ।
अब यो विधेयक उपर राष्ट्रिय सभाको बैठक तथा त्यसका समितिमा छलफल हुनेछ ।
भारतीय कांग्रेसीकी महासचिव प्रियंका गान्धी वाड्राले आफूमाथि महिला प्रहरीले दूरव्यवहार गरेको आरोप लगाएकी छन्। शनिबार लखनऊमा आयोजित पार्टीको स्थापना दिवसको ¥यालीमा सहभागी भई नागरिकता विधेयकको विरुद्दमा प्रदर्शनका क्रममा प्रहरी हिरासतमा रहेका पार्टीका एक कार्यकर्तालाई भेट्न जाने क्रममा महिला प्रहरीले उनको कठालो समातेर दूरव्यवहार गरेको उनको आरोप छ।
वाड्राले प्रहरी हिरासतमा रहेका आफ्नो कार्यकर्ताको परिवारसँग भेट्न जाँदा पनि राज्य प्रहरलिे अवरोध गरेको आरोप लगाएकी छन्। पूर्व प्रहरी अधिकारी एसआर दारापुरीलाई प्रहरीले २० डिसेम्बरमा नागरिकता विधेयक संशोधनका विरुद्ध नारा लगाएको आरोपलमा प्रक्राऊ गरेको थियो। हिरासतमा रहेका पूर्व प्रहरी अधिकारीलाई भेट्न पनि प्रहरीले कांग्रेस महासचिव वाड्रलाई निधेष गरेको थियो।
यसअघि कांग्रेस महासचिव वाड्राका सवारी साधनलाई बीचबाटोमा रोकिएको थियो। उनी सवार गाडी रोकिएपछि उनले केही समय पैदल हिडेकी थिइन् भने गन्तव्यमा पुग्न केही समय कार्यकताको स्कुटर पनि प्रयोग गरेकी थिइन्।
यता कांग्रेसले भने प्रहरीको व्यवहारको विरोध गरेको छ। शान्तिपूर्ण हिसाबमा आफ्नो पूर्व प्रहरी अधिकारीको परिवारलाई भेट्न गएको अवस्थामा उत्तर प्रदेश प्रहरीले वाड्रालाई रोक्नु आपत्तिजन भएको भन्दै प्रहरी हस्तक्षपको भत्सना गरेको छ।
द हिन्दुमा प्रकाशित यो समाचारका अनुसार उत्तर प्रदेश प्रहरीले भने कांग्रेसको यस्तो आरोपलाई झुटको संज्ञा दिएको छ। वाड्राको सुरक्षामा तैनाथ प्रहरी अधिकारी अर्चना सिंहले वाड्रालाई प्रहरीले दूरव्यवहार गरेको र कठालो समतेको कुरा झुट भएको दाबी गरेकी छन्।
वाड्रालाई यसअघि प्रहरी हिरासतमा रहेका पार्टी कार्यकता साफद जाफरलाई भेट्न पनि रोक लगाइएको थियो।
'नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन दिन्नौं'
प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूहद्वारा विहिबार जनकपुरमा आयोजित 'सीमाञ्चल सम्बन्धको स्वरूप र नागरिक दायित्व' विषयको छलफलमा मन्त्री सोनलले खुला सीमालाई दुवै देशबीच रहेको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई दरिलो बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।
उनले खुला भूमि राष्ट्रको हितविपरीत प्रयोग हुन सक्ने आशंकालाइ त्यागी विद्यमान समस्यालाई साझा रूपमा कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए । सामाजिक विकासमन्त्री नवलकिशोर साहले मिथिला राष्ट्र हुँदादेखि नै भारतसँग सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको चर्चा गर्दै सो सम्बन्ध कहिल्यै टुट्न नसक्ने धारणा राखे ।
नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले नेपाल भारतको सम्बन्ध प्राकृतिक, नैसर्गिक र मानवीय रहेको चर्चा गर्दै सार्वभौमिकता रक्षाका लागि सबैपक्ष सजग हुनुपर्ने धारणा राखे । प्रदेशसभा सदस्य परमेश्वर साहले दुवै देशका नागरिकबीच आत्मीय सम्बन्ध रहेको प्रसंग उल्लेख गरे ।
राजनीतिक विश्लेषक चन्द्रकिशोरले सीमाञ्चल सम्बन्ध दुवै राष्ट्रका जनताबीचको सम्बन्ध साझा विम्बझैँ भएकाले सामाजिक विकृतिलाई साझा रूपमा अन्त्य गर्न पहल गनुपर्ने विचार राखे । भारतीय सीमाविज्ञहरू प्राध्यापक नवलकिशोर चौधरी, अशोक प्रियदर्शी, नागेन्द्रप्रसाद सिंह र अरुण दासले सीमाञ्चल सम्बन्धमा शासकले असमझदारी उत्पन्न गर्ने गरेकाले सीमाञ्चलका नागरिक असमझदारी प्रति सजग हुनु जरुरी रहेको धारणा राखे ।
एनपिआरमा सरकारी पक्ष र विरोधिको बुझाई फरक
भारतीय गृहमन्त्रि अमित शाहले एनआइसी र एनपिआरबीच कुनै सम्बन्ध नभएको बताए पनि भारतीयमा एनआरसी र एनपिआरले दुविधा बढाएको छ। एनपिआर २०२० नाम गरेको फारम समाजिक सञ्जालमा फैलिएपछि भारतीयमा थप दुविधा उत्पन्न भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समाजिक सञ्जालमा फैलिएको एनपिआरमा 'बाबुआमाको जन्मस्थान' को पूर्ण विवरण समावेश गर्नुपर्ने प्रर्वधान रहेको छ।
भारतीय गृहमन्त्रालयको प्रवक्तालाई उधृत गर्दै द हिन्दुमा दिइएको समाचारमा गृहमन्त्रालयका प्रवक्ताले एनपिआर सम्बन्धि फारम कस्तो बनाउने एकिन नभई सकेको बताएका छन्।
तर, सरकार विरोधिहरुले यसलाई एनआरसीकै एक अंग भएको भन्दै एनपिआरको विरोध गरेका छन्। एनपिआर लागू गरेपछि एनआरसी लागु गर्ने बाटो खुल्ने भन्दै उनीहरुले एनपिआरको विरोध गरेका हुन्।
भारतीय सरकारले पहिला नागरिकता संशोधन विधेयक र एनआरसी एउटै विषय नभएको बताएको थियो भने हाल एनआरसी र एनपिआर एउटै नभएको बताएको छ। भारतीय कांग्रेसले भने एनपिआरबाट संकलन गरिएका तथ्याङकले सरकारलाई एनआरसी लागु गर्न सहयोग पुग्ने भन्दै त्यसको विरोध गरेको छ।
भारतीय सरकारले २०२१ को राष्ट्रिय जनगणनामा एनपिआरलाई अत्यावधिक गरिने जनाएको छ। भारतीय केन्द्र सरकारले एनपिआरका लागि ३५ सय करोडको बजेट पनि विनियोजन गरिसकेको छ।
के हो एनपिआर?
राष्ट्रिय जनसंख्या दर्ता (एनआरसी) एक सरकारी दस्तावेज हो। यसका माध्यमबाट कुनै व्यक्ति एक खास स्थानमा पछिल्लो छ महिनाबाट बस्दै आएको छ वा छैन अथवा आगामी छ महिनासम्म बस्न वा बस्दैन भन्ने थाहा हुन्छ। यसरी भारतका गाउँबाट जिल्ला, जिल्लाबाट राज्य र राज्यबाट देशभरका जनसंख्याको खास बसोबासको स्थानको पहिचान हुन सक्ने बताइएको छ।
राष्ट्रिय नागरिक दर्ता (एनआरसी) मा भारतीय नागरिकको सूचि समावेश गरिएको छ। जुन हाल भारतीय राज्य आसाममा मात्रै लागू गरिएको छ। यो भारतमा सन् १९५१ मा भएको जनगणनापछि बनाईएको हो जसमा २५ मार्च १९७१ पहिला देखि भारतमा बस्दै आएका मानिसलाई मात्रै भारतीय नागरिक मानिएको छ। मार्च २५ पछि बंगलादेश राष्ट्र अस्तित्वमा आएको हुँदा त्यसअघि भारतमा रहँदै आएका मानिसलाई मात्रै एनआरसीले भारतीय नागरिक मानेको हो।
भारतीय गृहमन्त्रि शाहले लोकसभामा बोल्दै सन् २०२४ सम्म भारतभर एनआरसी लागू हुने बताएका छन्। यसैबीच भारतको दुवै सदनले नागरिकता संशोधन विधेयक पास गरेपछि भारतभर प्रदर्शन जारी छ। | 2021/01/23 21:13:03 | http://www.nepinbiz.com/category/state-biz-news/ | mC4 |
सरकार र नेकपा(विप्लव) बिच बार्ता हुन्छ त ? ओमप्रकाश पुन - Kantipath.com
सरकार र नेकपा(विप्लव) बिच बार्ता हुन्छ त ? ओमप्रकाश पुन
काठमाडौं । केपी ओली सरकारको दमन र बिद्रोही नेकपाको प्रतिरोधपूर्ण गतिविधिकाबीच यतिबेला नेपाली राजनीतिक वृतमा एउटा नयाँ बहसले सनसनी मच्चाईरहेको छ, त्यो बिषय हो यी दुई पक्षबीचको बार्ता ! विद्रोही नेपाल कम्युनिष्ट पार्टी बार्तामा आउन तयार रहेको र स्थायी समितिले नै यस्तो निर्णय गरिसकेको भनेर केहि मिडियाले यो बिषयलाई सनसनीपूर्ण बनाइरहेका छन् ।
ओली सरकारले यसअघि पनि नेकपासँग बार्ता गर्न भरपुर प्रयास गरेकै हो तर सफल भने हुन सकेन । एकातिर आफ्ना नेता कार्यकर्तालाई सार्वजनिक कार्यक्रमहरुबाटै गिरफ्तार गरेर झुट्ठा मुद्दा लगाउदै जेल कोच्ने र अर्कोतिर आधिकारिकरुपमा बार्ताको पत्र पठाउन नसक्ने तर बिभिन्न मन्चबाट बार्ता आव्हान गरेको दावीसहित नआए ठिक पार्छु भन्ने भाषा सरकारले बोल्न थालेपछि नेकपाले सरकारको उक्त बार्ता प्रस्ताव ठाडै अस्वीकार गरिदिएको थियो । पछि सरकारले नेकपालाई दवाव दिन प्रतिबन्ध लगायो ।
फागुन २७ गते ओली सरकारको मन्त्रिपरिषद्तिले नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै दमनको सिलसिला ह्वात्तै बढ्यो र अहिले त्यो दमनको रुप नेता कार्यकर्ताको ज्यानै लिने तहसम्म आइपुगेको छ । मुठभेडको नाटक गर्दै सरकारले प्रतिबन्धको यो चार महिनामा नेकपाका ३ जना नेता कार्यकर्ताको ज्यान लिइसकेको छ । अहिले पनि सरकारले देशभर नेकपाविरुद्ध 'सर्च एन्ड अरेस्ट' अपरेसन जारी राखेको छ ।
दमन गरेरै विप्लवलाई तह लगाउन सकिन्छ भन्ने मनसायले सुरु भएको प्रतिबन्धपचात देखिएको सरकारको चरित्र निक्कै उत्ताउलो शैलीमा अघि बढिरहेको छ भने एकातिर बार्ताको नाटक गर्ने, अर्कोतिर आफ्ना निहत्था नेता कार्यकर्ताको हत्या गर्दै देशलाई युद्धमा धकेल्न खोजेको भन्दै नेकपा आक्रोशित बनेको छ । यसको ताजा उदाहरण हो, यहि २५ गते भोजपुरमा घटेको गोली काण्ड । भोजपुरमा प्रहरीले नेकपा ओखलढुंगा सेक्रेटरी नीरकुमार राईमाथि गोली हानेपछि प्रतिरोध गर्न उनले पनि गोली चलाएको नेकपाको दावी छ ।
जसकारण नीरकुमारसँगै प्रहरी जवान सञ्जीव राई पनि मारिए । नेकपमाथिको गिरफ्तारी र धरपकड जारी राखेकै अवस्थामा फेरी बार्ताको विषयले चर्चा पाएको छ । त्यसकारण पनि के विप्लव नेतृत्वको नेकपा र ओली सरकारबीच साचिक्कै बार्ता हुन लागेकै हो त ? भन्ने प्रश्न सर्बत्र चासोको बिषय बनेको छ । २ पक्षबीच बार्ताको तयारी भइरहेको समाचार बाहिरिएका बेला नेकपा पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले भने अहिलेको अवस्थामा वार्ता पार्टीको कार्यसूचीमै नभएको बताएका छन् । सोमबार संचारकेन्द्रसँग कुरा गर्दै नेता पुनले सरकारले आन्तरिकरुपमा बार्ता नचाहेको भन्दै बार्ताप्रति सरकार इमान्दार पनि नरहेकाे ठोकुवा गरे ।
उनले बाहिर बार्ताको हल्ला फिजाउने र जनताबाट सहानुभूति बटुल्ने तर भित्रबाट दमन गर्ने र युद्ध भड्काउने खेलमा सरकार लागिपरेको तर्क गरेका छन् । आफ्नो असफलता र चौतर्फीरुपमा भइरहेको आलोचनालाई सरकारले युद्धमार्फत बिषयान्तर गर्न चाहेको उनको दावी छ । सरकारले इमानदारीपूर्वक वार्ताको कुरा गरेको छैन र आन्तरिक रुपले उसले वार्ता चाहेकोजस्तो पनि देखिदैन । नेता पुनले संचारकेन्द्रसंग भने- बाहिर वार्ताको हल्ला फिजाउने र जनताबाट सहानुभूति बटुल्ने तर भित्रभित्रै दमन गर्ने र युद्ध भड्काउने खेलमा सरकार छ । आफ्नो असफलता र चौतर्फीरुपमा भइरहेको लाेचनालाई सरकारले युद्धमार्फत बिषयान्तर गर्न चाहिरहेको छ ।
तर आफ्नो पार्टी सैद्धान्तिक रुपमा वार्ताको निरपेक्ष बिराेधी भने नभएको उनले प्रष्ट पारेका छन् । सरकारले साच्चै इमान्दारितापूर्वक बार्ता चाहेकै भए त्यो बातावरण पनि सरकारले नै निर्माण गर्नुपर्ने नेता पुनको भनाइ छ । त्यसका लागि नेकपामाथि लागेको प्रतिबन्ध बिनासर्त खारेज, राजबन्दीको रिहाइ र दमन तथा धरपकड बन्द अनिवार्य रहेको उनले बताए । यदि राज्यले बिनासर्त प्रतिबन्ध खारेज गरे, राजबन्दी रिहाइ गरे र दमन धरपकड बन्द गरे वार्ताको वातावरण बन्न सक्छ । त्यसमा पनि मुलकुरा राजनीतिक सवाल हाे । बैज्ञानिक समाजवादका बिषयमा सरकार छलफल गर्न राजि भए वार्ता हुन्छ, तर प्राबिधिक सवाल वा यही सत्ता वरिपरिका सवालमा वार्ता सम्भव छैन ।उनले भने । सरकारले एकातिर बार्ताको कार्ड फालेर अर्कोतिर बन्दुकको नाल साेझ्याएको भन्दै नेता पुनले कथित वार्ताको भ्रममा नपर्न र सक्रिय रक्षाकाे नीतिमा रहेर पार्टीको काम कार्वाहीलाई अगाडि बढाउन सबै कार्यकर्तालाई अनुरोध पनि गरेका छन् ।
यसअघि गत वर्ष भदौमा सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा गठन गरेको बार्ता समितिले नेकपा नेताहरु सम्पर्कमै नआएको भन्दै पत्रकार सम्मेलन गरेर दुखेसो पोखेको थियाे । उक्त बार्ता समिति गत पुस ११ गते नै भंग भइसकेको छ । सत्तारुढ पार्टीका नेता पाण्डे संयोजक रहेको उक्त बार्ता टोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका एक सहसचिव सदस्य थिए ।
त्यसयता बार्ताको चर्चा चले पनि ओली सरकारसँग अहिले बार्ता टोली नै छैन । नेकपासँग बार्ता गर्न सरकारले सौहार्दपूर्ण बातावरण निर्माण गरेर छुट्टै बार्ता टोली गठन गर्नुपर्ने र बार्ताकै लागि सार्वजनिक आव्हान गर्दै औपचारिक पत्र समेत पठाउनुपर्ने राजनीतिक विश्लेषकहरुको बिषलेशण छ । ( संचार केन्द्रको लागी दिया चन्दद्वारा लिखित) | 2021/08/03 14:45:46 | https://kantipath.com/breaking-news/netra-bikram-chand-biplob-om-prakash-pun-gov/ | mC4 |
लघुवित्त संस्थाले ल्यायो नयाँ नियम - Lokpath Lokpath
२०७७, १३ श्रावण मंगलवार २१:३१
लघुवित्त संस्थाले ल्यायो नयाँ नियम
प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलवार २१:३१
काठमाडौं । लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा कुनै पनि रकम राख्न नपाउने भएका छन् ।
केन्द्रीय बैंकले लघुवित्तलाई लाभांश वितरणमा नयाँ व्यवस्था गरेको छ । इजाजत पत्र प्राप्त संस्थाहरुले आव २०७६/७७ को खुद वितरण योग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै, नगद लाभांश इजाजत पत्र प्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत÷निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुने नहुने व्यवस्था गरिएको छ ।
विपन्न तथा न्यून आय भएका समूहमा आबद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्नप्रति समूह सदस्य बढीमा रु सात लाखसम्म लघुकर्जा उपलब्ध गराउन सकिने छ । विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्ति वा समूह सदस्यको हकमा १५ लाख सीमा कायम गरिएको छ । समूहमा आबद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिने भएको छ ।
लघुवित्त वित्तीय संस्थाको शाखा नभएका स्थानीय तहका वडामा शाखा कार्यालय खोल्न केन्द्रीय बैंकको पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका, महानगरपालिका र उप महानगरपालिकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडामा शाखा खोल्न भने पूर्वस्वीकृति लिनुपर्नेछ । शाखा कार्यालय खोल्दा कारोवार शुरु गरेकै दिन उक्त शाखासम्बन्धी विवरण केन्द्रीय बैंकको वेव पोर्टलमा अद्यावधिक भने गर्नुपर्नेछ । | 2020/08/04 08:09:18 | https://www.lokpath.com/story/282045 | mC4 |
श्रावण २५ मा आउने भयो दिनेशको टिनएज
चलचित्र टिनएज श्रावण २५ गते बाट प्रर्दशनमा आउने भएको छ । दिनेश पाख्रिनको निर्देशन रहेको यो चलचित्र ले युवापुस्ताको कथा बोकेको छ । नेपाल अघि जापान र कोरियामा प्रर्दशन हुने चलचित्र टिनएज मा नरेश बिर सिं , प्रतिक्षा खड्का , एन्जीला खड्गी , कृष्ण सिवाकोटि , सरिता राजभण्डारी , सरोज शाह , निर्मल स्याङतान , रेशम फिरिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
दुइ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय नृत्यनिर्देशक दिनेश पाख्रिनले चलचित्र टिनएजलाइ निर्देशन गरेका हुन् । चलचित्रका गितमा बिकाश चौधरी र बसन्त सापकोटाको संगित सुन्न सकिने छ भने डा कृष्णहरी बराल , हरी उप्रेती र सबिना केसिको गित रचना रहेको छ । चलचित्रका गितमा दिक्षा पाख्रिन , लिगेश भट्टराई ,सोम लामा , जनक कार्कि र दिपक सिं को कोरियोग्राफि रहेको छ ।
हेलेन पाख्रिन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुती चलचित्र टिनएज लाइ बिरु मगर , बुद्धिमान स्याङतान , निमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् । | 2018/09/18 15:33:45 | http://www.filmyzoom.com/2018/06/13/30657/ | mC4 |
विश्व::Nepalese News Portal
सोमवार, साउन ६, २०७६ | Monday 22nd July 2019
भारतमा समलिङ्गी यौन सम्बन्धले पायो वैधता
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो । झण्डै १५७...
भारतका पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन
एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन भएको छ । ९३ बर्षीय वाजपेयीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वाजपेयीलाई श्रद्धाञ्जली दिन अस्पतालमा भिड लागेको छ । लामो समयदेखि बिरामी...
सैनिक शिविरमा तालिवानको हमला
अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा भएको तालिवान आक्रमणमा कम्तीमा ४८ सुरक्षाकर्मीको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौँको संख्यामा रहेका तालिवान विद्रोहीले मंगलबार राति गरेको आक्रमणमा उनीहरू मारिएका...
इरानमाथि अमेरिकाले लगायो प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग २०१५ मा भएको परमाणु सम्झौताबाट पछि हटेपछि इरानमाथि लगाइएको प्रतिबन्ध लागू गर्ने बताएका छन् । मंगलबार विहानदेखि इरानको अटोमोबाइल सेक्टरसँगै सुन र बहुमूल्य धातुमाथि पनि प्रतिबन्ध लगाइने बीबीसीले जनाएको...
सरिफको निवेदनमाथि सुनुवाई हुने
इस्लामाबाद । पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफद्वारा पुनरावेदन गरिएको एभेनफिल्ड अपार्टमेन्ट भ्रष्टाचार मुद्दामाथि सुनुवाई गर्ने भएको छ । इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतको संवैधानिक बेन्चले पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र क्याप्टेनका रूपमा सेवा...
४० लाख भारतीयले नागरिकता गुमाउँदै
एजेन्सी । आसाममा झन्डै ४० लाख भारतीयले आफ्नो नागरिकता गुमाउने भएका छन् । भारतको विवादास्पद निकाय नागरिकका लागि राष्ट्रिय दर्ता कार्यालय (एनआरसी)ले आसामका ४० लाख भारतीयलाई अवैध ठहर गरेसँगै उनीहरूले नागरिकता गुमाउने भएका हुन् । आसाममा...
नेमारको प्रष्टीकरण : खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वभाव
एजेन्सी । ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको 'कृतिम अभिनय'बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् । ब्राजिलियाली फुटबलका टोली नेता (क्याप्टेन) नेमारले हालै रसियामा सम्पन्न...
भ्रष्टाचारको आरोपमा निवर्तमान प्रधानमन्त्री नाजिब रजाक पक्राउ
मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् । मंगलबार मलेसियाको समय अनुसार ३ बजेतिर रजाकलाई उनकै निवासबाट पक्राउ गरिएको हो । मलेसियन संचार माध्यमका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी)...
अर्जेन्टिनाका कोचको घटुवा, नाइजेरियाविरुद्ध खेल्ने खेलाडी मेस्सीले छान्ने
एजेन्सी। लियोनेल मेस्सी र उनका साथी खेलाडीहरुले भोलि नाइजेरियाविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा खेल्ने अर्जेन्टिनाको टिमको छनोट गर्ने भएका छन् । कोच जोर्ज साम्पाओलीलाई देशको फुटबल अथोरिटीले घटुवा गरेपछि मैदानमा उत्रिने ११ जना...
अर्जेन्टिना र क्रोएसिया भिड्दै : चल्ला त मेसीको जादु ?
मस्को । २१औं संस्करणको विश्वकपको शुरुवात अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि सुखद् रहेन । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डसँग बराबरीमा रोकिदा मेसीका लागि पहिलो खेल सुखद् रहेन । दुई पटक विजेता र तीन पटक उपविजेता... | 2019/07/22 16:25:39 | https://nayaprabaha.com/category/%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5/page/3/ | mC4 |
खेलकुद र पर्यटन संगै अगाडी बढाउनुपर्छ : अध्यक्ष असिम राई – Himshikharnews.com
खेलकुद र पर्यटन संगै अगाडी बढाउनुपर्छ : अध्यक्ष असिम राई
६ फाल्गुन २०७६, मंगलवार २१:१२
सोलुखुम्बु | गाउँपालिका महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष एवम् थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले खेलकुद र पर्यटनलाई सँगसँगै अगाडी बढाउँनुपर्ने धारणा व्यक्त गर्नुभयो । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश एकको आयोजनामा भएको पुरुष भलिबल खेलको उद्घाटन सत्रलाई संबोधन गर्दै उहाँले आफ्नो गाउँपालिले २ वटा अध्यक्ष रनिङ शिल्डको आयोजना गरिसकेको बताउनुभयो ।
खेलकुदको माध्यमबाट थुप्रै बिकासका आधार खडा हुनेभएकाले थुलुङदुधकोशीले खेलकुदमा उल्लेख्य लगानि गरेको पनि प्रष्ट पार्नुभयो । गत मंसिर ५ गतेदेखी ८ गतेसम्म गाउँपालिका केन्द्र मुक्लिमा दोस्रो अध्यक्ष रनिङ शिल्ड तथा प्रथम गाउँपालिका महोत्वसको आयोजना गरिएको थियो । पर्यटन बर्ष २०२० लाई लक्षित गरि १ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरेको जानकारी दिदै अध्यक्ष राईले सबैले यस क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नु हुदै योङ्ग स्टार क्लबका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले खेलकुदको माध्यामबाट विश्वलाई चिनाउने बताउनुभयो । अहिलेको कुराबाट सिकेर थप सुधार गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । source:radiosolu.org | 2021/09/25 08:36:35 | https://www.himshikharnews.com/2020/02/18/6549 | mC4 |
१० एमएम सम्मको पत्थरी फाल्न सक्छ गहतको दालले, यस्तो छ खाने तरिका - Everest Dainik - News from Nepal
काठमाडौंः गहतलाई नचिन्ने को होला । यसलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो । | 2020/11/27 18:10:56 | https://everestdainik.com/2019/11/288964/ | mC4 |
भोजपुरमा युवतीको विभत्स हत्या – Tandav News
ताण्डव न्यूज द्वारा २०७६ कार्तिक ३ गते आईतवार ११:४० मा प्रकाशित
षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।
षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ । हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो ।
मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।घटनामा संग्लग्न भएको आशंकामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ । | 2020/09/28 16:08:54 | https://www.tandavnews.com/2019/10/31929 | mC4 |
देउवाको अभिव्यक्ति आपत्तिजनक ः मसालकाठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका क्रममा संयुक्त वक्तव्य दिने सिलसिलामा दिएको अभिव्यक्तिलाई आपत्तिजनक बताएको छ । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिल्लीमा संयुक्त वक्तव्य जारी गर्ने क्रममा "संविधान संशोधन विधेयक अहिले पारित नभए पनि त्यसलाई पारित गराउन मैले पुरा प्रयत्न गर्ने छु" भन्ने अभिव्यक्ति दिनु भएको थियो । प्रम देउवाको उक्त अभिव्यक्तिलाई मसालले 'भारतीय विस्तारवादप्रतिको दब्बु मानसिकता' र 'आत्मसमर्पणवादी नीतिको प्रदर्शन' बताएको छ । बाँकी...»
काठमाडौँ । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बिमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा विस्तार हुने भएको छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि यो सँगै सो कार्यक्रम लागु हुने जिल्लाको सङ्ख्या २२ पुगेको छ ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष्ँ चित्र बहादुर केसीले कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताले क्रान्तिकारीपनलाई सदावहाररूपमा निरन्तर कायम राख्नु पर्ने बताउनु भएको छ । "हामी सिजनमा मात्र क्रान्तिकारी भएर हुँदैन" उहाँले भन्नु भएको छ–"क्रान्तिकारी विचार र निष्ठालाई कठिन र प्रतिकूल परिस्थितिमा पनि कायम राख्दै हामीले निरन्तर सङ्घर्ष अघि बढाउनु पर्दछ, अनि मात्र हामी समाजवाद र साम्यवादको लक्ष्यमा पुग्न सक्ने छौँ ।" | 2018/06/20 13:37:06 | http://hankweekly.com/index.php?action=newsPage&cId=57&bId=373 | mC4 |
वेस्टहाम युनाइटेडसँग लिभरपुल स्तब्ध « रिपोर्टर्स नेपाल
वेस्टहाम युनाइटेडसँग लिभरपुल स्तब्ध
काठमाडौं, कार्तिक २२ । इङ्लिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा लिभरपुल वेस्टहाम युनाइटेडसँग ३–२ गोलले पराजित भएको हो ।
यससँगै लिभरपुलको २५ खेलको अपराजित यात्रामा पुर्णविराम लागेको छ । लण्डन रंगशालामा भएको खेलमा वेस्टहामलाई जित दिलाउन पाब्लो फोर्नाल्स र कुर्ट जोउमाले एकरएक गोल गर्दा एक गोल उपहार पाएको हो । लिभरपुलको लागि ट्रेन्ट एलेक्सजान्डर अर्नोल्ड र डिभोल ओरिगीले एकरएक गोल फर्काए ।
खेलको चौथो मिनेटमा लिभरपुलका गोलकिपर एलिसन बेकेरले आफ्नै पोस्टमा आत्म्घाती गोल गरेपछि वेस्टहामले शुरुवाती अग्रता लिएको थियो । ४१ औं मिनेटमा सलाहको पासमा एलेक्सजान्डरले गोल गर्दै लिभरपुुललाई बराबरीमा ल्याए । ६७ औं मिनेटमा बोवेनको पासमा फोर्नाल्सले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा अगाडि बढाए ।
७४ औं मिनेटमा बोवेनकै पासमा जोउमाले गोल गरेपछि वेस्टहामले खेलमा २ गोलको अग्रता लिएको थियो । ८३ औं मिनेटमा एकेल्सजान्डरको पासमा ओरिगीले गोल गर्दै लिभरपुललाई ३-२ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा लिभरपुल ३-२ गोलले पराजित भयो । जितसँगै वेस्टहाम ११ खेलबाट २३ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित लिभरपुल समान खेलबाट २२ अङ्कको साथ चौथो स्थानमा झरेको छ । यस्तै आइतबार राति नै भएको अर्को खेलमा १० खेलाडीमा समेटिएको वाटफोर्डलाई १–० गोलले हराउँदै आर्सनलले लिगमा लगातार तेस्रो जित निकालेको हो । घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन इम्ले स्मिथ रोएले निर्णायक गोल गरे । उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए ।
यसअघि औबमियाङ पेनाल्टीमा चुक्दा र साकाको गोललाई भिएआरले मान्यता नदिँदा आर्सनलले खेलमा अग्रता लिने मौका गुमाएको थियो । ८९ औं मिनेटमा जुराज कुक्का रातो कार्द पाउँदै मैदान बाहिरिएपछि वाटफोर्ड १० खेलाडीमा समेटिएको थियो । जितसँगै आर्सनल ११ खेलबाट २० अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । पराजित वाटफोर्ड समान खेलबाट १० अङ्कको साथ १७ औं स्थानमा यथावत छ । | 2021/11/28 11:01:34 | https://www.reportersnepal.com/2021/11/606930 | mC4 |
मेहन्दीको क्रेज, महत्व तथा सावधानी - मेकअप - प्रकाशितः भाद्र १२, २०७३ - नारी
प्याटर्नअनुसार मेहन्दीलाई विभिन्न क्याटोगोरीमा विभाजन गरिएको छ जस्तै रिसर्व, कोहिनुर, मारवाडी, राजस्थानी आदि कलात्मक इन्डियन डिजाइनमा हुन् । यी सबै भारतीय प्याटर्नका भए पनि एडजस्ट गर्ने तरिकाअनुसार यसलाई विभिन्न नाममा विभाजन गरिएको हो । यसको प्याटर्न फरक तथा सफा हुन्छ । यी सबै प्याटर्नलाई 'एडजस्ट' गर्ने विशेष सूत्र हुन्छ । सूत्रबद्ध तरिकाले प्याटर्न मिलाएर बनाइने हुनाले अरेबिक मेहन्दी कलात्मक, सुन्दर तथा सफा देखिन्छ । मेटालिक, फेब्रिक तथा गोल्डेन मेहन्दी फेन्सी डिजाइनका मेहन्दी हुन् । ग्लिटर टार, ब्लाक, ब्राउन मेहन्दी आदि टेम्पररी मेहन्दी हुन् । तीजमा मेहन्दी लगाउनुअघि सर्वप्रथम प्याटर्नसम्बन्धी जानकारी लिने, त्यसपछि डिजाइन छनोट गर्ने र अन्त्यमा मेहन्दी लगाउने हो भने पूर्ण सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।
आज हरेक व्यक्तिले तुलनात्मक रूपमा बढी समय बिताउने साइट भनेकै फेसबुक हो । साउन महिनासँगै वा विवाहको तयारीमा रहेका नवदुलहीहरूले आफूले लगाएका मेहन्दीका विभिन्न डिजाइन फेसबुकमा पोस्ट गरेको हेर्न सकिन्छ । यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मेहन्दी डिजाइनसम्बन्धी कन्सेप्ट विकास हुनुका साथै सकारात्मक प्रतिस्पर्धाका माध्यमबाट मेहन्दी आर्टमा ऊर्जा थपिरहेको छ । हिजोआजका युवतीहरू डिजाइनभन्दा कलात्मक एवं सफा डिजाइन मन पराउँछन् । तीजमा पनि यो कुरालाई ध्यानमा राखेर डिजाइन छनोट गर्नु बुद्धिमानी हुन्छ ।
मेहन्दी सौख, संस्कृति जगेर्ना गर्न शुभ साइतका लागि लगाइन्छ । मेहन्दी लगाउनु एउटा कला हो । मेहन्दीले स्वदेश तथा विदेशमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै कतिपयलाई आत्मनिर्भर पनि बनाउँदैछ । आर्टमा रुचि छ र रोजगारी आवश्यक छ भने मेहन्दी डिजाइनिङ एउटा राम्रो विकल्प हुनसक्छ । मेहन्दीमा बेसिक तथा एडभान्स कोर्स गर्न सकिन्छ । बेसिकमा सम्पूर्ण भारतीय डिजाइनहरू पर्छन् । यसका लागि करिब ७० वटा डिजाइन राम्रोसँग सिकेर ती डिजाइनलाई एडजस्ट गर्न सिकियो भने प्रोफेसनल बन्न सकिन्छ । विदेश जाने योजना छ, वैदेशिक रोजगारीका लागि गइँदै छ भने बेसिक मेहन्दी तालिम पर्याप्त हुँदैन । मेहन्दीको बेसिक तथा एडभान्स दुवै कोर्स गर्नु आवश्यक छ । एडभान्स लेभलको मेहन्दीमा विभिन्न अरेबिक डिजाइन सिक्नुपर्छ ।
अरेबिक डिजाइन अलग हुन्छ र यसलाई मिलाउने छुट्टै सूत्र हुन्छ । अरेबिक मेहन्दी हातको आकारअनुसार लगाउनुपर्छ । फेन्सी मेहन्दी कुनै पनि पार्टी, सेमिनार, फोटो सेसन, फेसन शो आदिमा पृथक् देखिन लगाइन्छ । फोटो सेसन तथा फेसन शोमा बोल्ड देखिन टेम्पररी टाटुज लगाइन्छ । मेहन्दीलाई आफ्नो जीविकोपार्जनको बाटो बनाउने वा करियर बनाउने सोच छ भने यससम्बन्धी पूरा जानकारी राख्नुका साथै बजार विश्लेषण पनि गर्न सक्नुपर्छ । मेहन्दी दुबई, कतार, बहराइन आदि खाडी मुलुकमा पनि प्रचलित छन् भने अहिले युरोप, अमेरिका, अस्ट्रेलिया, युके, चीनजस्ता विकसित राष्ट्रमा पनि मेहन्दी तथा टेम्पररी टाटुजको क्रेज बढ्दो छ । | 2019/07/19 06:06:29 | http://nari.ekantipur.com/news/2016-08-28/20160828130541.html | mC4 |
वस्तुमा जिविस गुल्मीको सार्वजनिक सुनुवाई सम्पन्न – Gulmiews
वस्तुमा जिविस गुल्मीको सार्वजनिक सुनुवाई सम्पन्न
९ चैत्र २०७२, मंगलवार १६:०९ Sanju Kauchha
No comments जिल्ला विकास समिति गुल्मीको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज गुल्मीको सहजीकरणमा बस्तु गाविसका सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आर्थिक बर्ष ०७२÷०७३ को दोस्रो चौमासिक कार्यक्रम अन्तरगत सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो ।कार्यक्रममा स्थानीय निर्मला विकले नासके अन्तरगत हर्रे खानेपानी योजनामा आफुहरुलाई खाली चेकमा हस्ताक्षर गराएको प्रति गुनासो गर्नुभयोे ।साढे चार लाखको योजनामा एउटा सानो ट्याङकी बनाइएर गाविस सचिव श्रीराम पाण्डेय र सामाजिक परिचालक बाबुराम पन्थीले अरु पैसाको हिसाव किताव नबुझाएको बताउनुभयो । साथै उहाँले गाविसले ६ महिना आफुलाई महिनाको २५ सयका दरले बालशिक्षामा पढाउन लगाएर १५ हजार मात्र दिएको बताउनुभयो । त्यो योजनाको पैसा जिल्लाबाट निकासा भईसकेकाले त्यसको जवाफ गाविसले दिनुपर्र्ने जिविस गुल्मीका योजना तथा प्रसासकीय अधिकृत भत्तिराम मरासिनीले बताउनुभयो ।
साथै पढाएको पैसा पनि जिल्ला शिक्षा कार्यालयबाट गाविसको खातामा राखिएकाले त्यसको जवाफ पनि गाविस सचिवले नै दिनुपर्ने सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेयले बताउनुभयो । त्यस्तै तारा सुनारले २५ हजारको बाटो र ८ बजारको पधेरो सम्पन्न भएपनि गाविस सचिवले अनेक बाहानाबाजी गरेर पैसा नदिएको गुनासो गर्नुभएको थियो । ज्ञान बहादुर नेपालीले ल्याव टेक्निीसियनको अभावमा रगत परिक्षण गर्न सदरमुकाम धाउनु परेको अवस्था औल्याउनु भएको थियो । साथै उहाँले भुकम्प पीडितहरु टिनमुनी बस्न थालेको धेरै समय भएपनि राज्यबाट पाउने राहत अहिले सम्म नआएको बताउनु भएको थियो ।
तारा प्रसाद भण्डारीले बिद्युत सव स्टेशनको काम हुन नसकेको प्रति गुनासो गर्नुभएको थियो । भिमकान्त पन्थीले गाविस तथा जिविसबाट संचालित योजनाहरुको प्रभावकारी अनुगमन नभएको बताउनुभयो । लोक बहादुर केशीले स्रोत केन्द्रबाट इन्दिरा मावि भुकम्प प्रभावित बिद्यालय भनेर सिफारिस भएपनि शिक्षाबाट कुनै योजना नपरेको गुनासो गर्नुभयो । वाग्ला गाविस सचिव गंगाबहादुर घिमिरेले गाविसका अरु बिषयगत कार्यालयले आफुहरु संग कुनै सहकार्य नगर्ने गरेको बताउनुभयो ।
युवराज भण्डारीले जिल्ला पशु सेवा कार्यालय र कृषी कार्यालयले बिमाको बारेमा जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभएको थियो । ढुण्डीराज भण्डारीले तम्घास सिमलटारी प्युठान सडक निर्माणको क्रममा कुलो पुरिदा धेरै खेतियोग्य जमिन बाँझो राख्नुपर्दा किसान मर्कामा परेको बताउनुभयो । जैसीथोकका राजन केशीले भनभनेमा निर्माणधिन पुलको काम तिव्र गतीमा हुन नसकेको प्रति गुनासो व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्राविधीक कार्यालयका प्रमुख प्रकाश थापा, जिल्ला विकास कार्यालयका भत्तिराम मरासिनी र शंकर प्रसाद गौतम, जिल्ला कृषी विकास कार्यालयका प्रमुख चेतनारायण पाण्डेय, जनस्वास्थ्य कार्यालयका प्रमुख रामजी बानियाँ, भुसंरक्षण कार्यालयका बिनोद ज्ञवाली, जिल्ला वन कार्यालयका प्रमुख बिशाल घिमिरे, सड्क डिभिजन कार्यालयका बिष्णु पाण्डेय, घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख कृष्ण पोख्रेल, जिल्ला शिक्षा कार्यालयका राम प्रसाद पाण्डेय, खानेपानी कार्यालयका जयलाल पोख्रेल, पशुसेवा कार्यालयका सुन्दर बस्याल, सिचाई डिभिजन कार्यालयका रामचन्द्र नेपाल लगायतले स्थानीयका गुनासाहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा एकिकृत ग्रामिण विकास समितीको तर्फबाट हिरा अर्याल, भगवती श्रीस ओम कार्कीको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन रेडियो स्काईका समाचार प्रमख टोपलाल अर्यालले गर्नुभएको थियो । | 2016/10/25 17:17:30 | http://www.gulminews.com/2016/03/15488 | mC4 |
कोरोना संक्रमितलाई नियमित दुध धुलिखेलमा बिरामी र स्वास्थ्यकर्मीलाई दुध र दुग्धजन्य सामाग्री « News of Nepal
कोरोना संक्रमितलाई नियमित दुध धुलिखेलमा बिरामी र स्वास्थ्यकर्मीलाई दुध र दुग्धजन्य सामाग्री
पनौतीमा कृषकलाई अनुदान
धुलिखेल अस्पतालमा कोरोना संक्रमित विरामी र स्वास्थ्यकर्मीहरुका लागि प्रदेश दुग्ध विकास बोर्ड र भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयोजनमा दुग्ध र दुग्धजन्य पदार्थ वितरण गरिएको छ । त्यस्तै पनौती नगरपालिकाले कृषक तथा दुग्ध संकलक केन्द्रहरुलाई अनुदानमा सामाग्री उपलब्ध गराएको छ । विश्व दुग्ध दिवसको अवसर पारी जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको छ । दुग्ध तथा दुग्धजन्य पदार्थको नियमित सेवन, कोरोना भाईरस विरुद्ध दीर्घ जीवन भन्ने नारा तय भए पछि जिल्लामा कोरोना भाईरसबाट संक्रमितहरुका लागि दुग्ध र दुग्धजन्य पदार्थ उपलब्ध गराउन उक्त कार्यक्रम आयोजना गरिएको प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष टिकाबल्धव सापकोटाले बताउनु भयो ।
'दुग्ध ब्यक्तिको शरिरमा सबै खालका रोगहरुसँग लड्न सक्ने शक्ति भएको पदार्थ हो, यसको नियमित सेवन जरुरी छ, विश्वभर फैलिएको महामारीमा विश्वले यसलाई आत्मसाथ गरेको छ'–प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष टिकावल्धब सापकोटाले भन्नुभयो–'विश्व दुग्ध दिवसको अवसर पारी प्रदेश अन्र्तगतका केहि अस्पतालमा रहेका कोरोना संक्रमित विरामी तथा विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुका लागि दुग्ध र दुग्धजन्य पदार्थ उपलब्ध गराएका हौं ।'
धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिका वडा नम्वर २ मा रहेको सेतिदेवी दुग्ध उत्पादक सहकारी समेतको समन्वयमा ४ सय लिटर फ्रेस दुग्ध, ४० केजी घिउ, ४० केजी पनिर, २० केजी चिज, १ सय बट्टा पेडा र १ सय बट्टा रसगुल्ला उपलब्ध गराईएको थियो ।
त्यसको अलावा भेटिरिनरी अस्पताल मार्फत १ सय लिटर फ्रेस दुग्ध अस्पताल र धुलिखेल नगरपालिकाको सञ्जिवनीमा क्वारेन्टाईनमा रहेका संक्रमित विरामीहरुका लागि उपलब्ध गराईएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. मोगोलप्रसाद शाहले बताउनु भयो । 'दुग्धको नियमित सेवनले कोरोना भाईरस नियन्त्रणमा सहयोग पुग्छ'–उहाँले भन्नुभयो–'हरेक दिन प्रत्येक ब्यक्तिले २ सय ५० एमएल दुग्ध सेवन गर्नु आवश्यक छ । विश्वले दुग्धको नियमित सेवनका लागि हरेक नागरिकहरुलाई प्रोत्साहन गरेको छ ।'
सोहि कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल अस्पतालका निर्देशक रमेश माकजु, नेपाली सेना कालीजंग गणका गणपति मिलन थापा, डिएस्पी हरि खतिवडा, प्रदेश दुग्ध विकास बोर्डका सुमन कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा धुलिखेल अस्पतालका निर्देशक रमेश माकजुले विपत्तिबाट संकट भए पनि धेरै कुराको अनुभव भएको बताउनु भयो । अस्पतालले भेन्टिलेटर, आईसियु, सामान्य वार्ड तथा जनशक्तिको थप ब्यवस्थापन गर्ने उहाँले बताउनु भयो।
ट्रमा लगायतको सुविधा हुन नसक्दा धेरै नागरिकको ज्यान जाने गरेको बताउँदै उहाँले अस्पतालले विपत्तिमा धेरै कुराको अनुभव सहितको अभाव भएकाले त्यसलाई पुर्ति गर्न हरेक क्षेत्रको सहयोग रहेकाले धन्यवाद ब्यक्त गर्नु भयो । विरामीको उपचारसँगै स्वस्थ खाना र वातावरण आवश्यक भएकाले अस्पतालले त्यस्तो विषयमा सम्झौता नगर्ने उहाँले बताउनु भयो ।
पनौती नगरपालिका कृषि तथा पशुपक्षि शाखाले कृषकहरुलाई विश्व दुग्ध दिवसको अवसरमा सामाग्रीमा अनुदान उपलब्ध गराएको छ । शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार पनौती नगरपालिका दुग्धमा आत्मनिर्भर भई निर्यात गर्ने जिल्लाको पहिलो र ठुलो पालिका भएकाले कृषकहरुको समृद्धलाई ध्यान दिदै पाडी पालनका लागि अनुदान उपलब्ध गराउँदै आएको बताउनु भयो । पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले वडा न १२ का दूध संकलक शालिकराम लामिछानेलाई एक हजार लिटरको चिलिम भ्याट र वडा न २ का दूध संकलक सुरथ सापकोटालाई मिल्क एनलाइजर सहित डिजिटल ब्यालेन्स र मनिटर सहितको उपकरण उपलब्ध गराउनु भएको थियो ।
वितरण पश्चात नगर प्रमुख न्यौपानेले किसानको जीवनस्तर उकास्नका लागि नगरले कृषि र पशुपालन क्षेत्रलाई महत्व दिदैँ आएको बताउनु भयो । उहाँले नगरलाई भैँसी पकेट क्षेत्र बनाउन ८ सय पाडी वितरण गरिसकेको जनाउँदै यसको प्रभावबाट अन्य १५ सय पाडी हुर्कदै गएकोमा खुशी व्यक्त गर्नु भयो ।पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले ६० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको बताउनु भयो ।
चिलिम भ्याटको तीन लाख ९० हजार र मिल्क एनलाइजर सेटको एक लाख २० हजार मूल्य रहेको छ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख गीता बन्जारा, बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, नमोबुद्ध नगरपालिका वडा न १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले कृषि र पशुपन्छी क्षेत्रमा पनौती नगरपालिका मार्गदर्शक भएको बताउनु भएको थियो । | 2021/07/29 19:03:54 | https://newsofnepal.com/2021/06/01/411256/ | mC4 |
कक्षा १० (एसइई) र १२ को अन्तिम परीक्षाको मिति तय – Himshikharnews.com
कक्षा १० (एसइई) र १२ को अन्तिम परीक्षाको मिति तय
२५ फाल्गुन २०७७, मंगलवार १२:२२
२०७७ सालको कक्षा १० को अन्तिम परीक्षा एसईई जेठ दोश्रो साताबाट हुने भएको छ । जेठ १३ देखि २४ गते सम्म परीक्षा गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । कोरोना भाईरस कोभिड १९ का कारण पठन पाठन नभए पछि यो बर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो ।
'आज बसेको बोर्ड बैठकले एसईई परीक्षा सञ्चालनको मिति तय गरेको हो, भोलिको गोरखापत्रमा रुटिन प्रकाशित गर्ने छौं' उनले भने, 'साविककै शैलीमा परीक्षा गर्ने गरी मन्त्रीपरिषद्ले गरेको निर्णयका आधारमा यो निर्णय गरिएको हो ।'
यसैबिच कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गते सम्म गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । Source : edukhabar.com | 2022/05/16 13:08:54 | https://www.himshikharnews.com/2021/03/09/10558 | mC4 |
नेपालकै अयोध्यापुरीमा भगवान राम जन्मेको ठाउँ र सीताको पाईला हेर्नुहोस (भिडियो सहित) – Online Sunapati
मुख्य पृष्ठ /Video/नेपालकै अयोध्यापुरीमा भगवान राम जन्मेको ठाउँ र सीताको पाईला हेर्नुहोस (भिडियो सहित)
काठमाडौं । भगवान रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो ।
चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर जे भनिँदैछ, त्यो सबै नक्कली कुरा मात्र भएको बताउनुहुन्छ । यसबारेमा भारतीय विद्वानहरु नै सबै अन्योलमै रहेको भन्दै उहाँले भारतको सर्वोच्च अदालतले समेत राम जन्मेको भन्ने कुनै प्रमाण दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, "अदालतले पनि भारतको अयोध्यामा राम जन्मेको भन्ने विषयलाई अहिलेसम्म स्वीकार्न सकेको छैन ।" कालीदासको पुस्तक 'मेघदूत' मा पनि त्यो भारतको अयोध्या क्षेत्रलाई 'साकेत' भनेर उल्लेख गरिएको पोखरेलले बताउनुभयो ।
राम कता जन्मिए भन्ने विषयलाई बुद्ध दर्शन र हिन्दू दर्शनको इतिहासलाई निकै गहिरोसँग अध्ययन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, "बौद्धधर्म दर्शनका पुस्तक अध्ययन गर्दा अहिले भारतको अयोध्या भनिएको ठाउँलाई बुद्ध दर्शनशास्त्रहरुमा 'साकेत' भनेर उल्लेख गरिएको पाइन्छ ।"
लवकुश वाल्मीकि आश्रममा जन्मिने, सीता पनि जनकपुरमा जन्मिएकाले पक्कै राम पनि यतै जन्मिए भनेर अनुमान भने गर्न सकिने उहाँको भनाइ छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल नगरपालिकाको वडा नं ९ गणेशकुञ्ज क्षेत्रमा विगतका पैसा, माटोका भाँडा, इँटाजस्ता सामग्री भेटिएको बताउनुहुन्छ । सरकारी वन क्षेत्रमा ती सामग्री भेटिएको भन्दै उहाँले यस क्षेत्रको गहिरो अध्ययन जरुरी रहेको बताउनुभयो । इतिहासविद्हरु, पुरातत्व विभागलगायतसँग समन्वय गरेर रामको जन्मका विषयमा थप अध्ययन गर्ने तयारीमा नगरपालिका लागेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले धार्मिक गुरुहरुको भेला गरी उनीहरुको सुझाव सङ्कलन गरेको बताउँदै ढकालले स्थानीय सरोकारवालाहरुसँग नियमित छलफल भइरहेको बताउनुभयो । महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश रमणानन्द गिरी यस विषयमा विस्तृत अध्ययन आवश्यक रहेको बताउनुहुन्छ । प्रमाणबिना बोल्दा झन् सतही हुने भएकाले राजनेताहरुले विज्ञहरुसँग परामर्श लिएर मात्रै यस्ता महत्वपूर्ण विषयहरु सार्वजनिक गर्नुपर्ने उहाँको सुझाव छ ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम प्रधानमन्त्रीबाट विषय उठान भइसकेकाले रामको जन्मभूमिका विषयमा अध्ययन अनुसन्धान थाल्नुपर्ने बताउनुहुन्छ । प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, भूगोल विभाग, इतिहास विभागलगायतका विज्ञहरुसँग परामर्श गरेर अघि बढ्ने तयारी विभागले गरेको गौतमको भनाइ छ ।
नेपालमा बुद्धका बारेमा विस्तृत अध्ययन भएको भए पनि राम र कृष्णका बारेमा खासै अध्ययन नभएको भन्दै उहाँले यस्ता महत्वपूर्ण विषयमा हामीले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । यसअघि माडीमा अयोध्यापुरी गाउँ विकास समिति नै रहेको थियो । माडीका चार गाउँ विकास समिति मिलेर माडी नगरपालिका बनेको हो ।
विसं २०५४ मा अयोध्यापुरी गाउँ विकास समितिका अध्यक्ष रहनुभएका नारदमणि पौडेल राम यहाँ जन्मेको भन्ने कुरा सत्यताको नजिक रहेको बताउनुहुन्छ । उहाँले अयोध्यापुरीको पश्चिममा वाल्मीकि आश्रम र पूर्वमा जनकपुर रहेको बताउनुभयो । वाल्मीकि आश्रममा लवकुश जन्मिएका हुन् भने जनकपुरमा सीता जन्मिएकी हुन् । दुवै ठाउँ यो मध्य भाग हो । जहाँ सीता गुफा पनि भएको उहाँको भनाइ छ ।
सोही क्षेत्रका अध्येता पण्डित बलभद्र पौडेलले आफ्नो लेखमा रामको जन्मभूमि सोही क्षेत्र भएको उल्लेख गरेको र उहाँका छोरा हरिकृष्ण पौडेलले पनि यसै विषयमा अध्ययन गरिरहेकाले रामको जन्मभूमि वा विचरण गरेको क्षेत्र अयोध्यापुरी नै भएको ठम्याइ आफूहरुको रहेको उहाँको भनाइ छ । उहाँले यस क्षेत्रको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
गुफाको नजिकै रहेको अजङ्गको चट्टानमा सीताले शिव लि'ङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । जुन शिव लि'ङ्गको आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित छ । ठोरीको जङ्गलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकि आश्रम पुगेको जनविश्वास छ ।
वाल्मीकि आश्रम अहिले महत्वपूर्ण धार्मिकस्थलको रूपमा प्रख्यात छ । माडीकै वडा नं १ मा वाल्मीकि आश्रम छ । ठोरी–माडी क्षेत्रमा अयोध्या भएको प्रसङ्ग पनि मिल्ने गरेको छ । वाल्मीकि आश्रममा सीता बसेको, लवकुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण छ । वाल्मीकि आश्रम त विश्वकै हिन्दूका लागि पवित्र धार्मिकस्थल पनि हो । अयोध्यापुरीबाट वाल्मीकि आश्रममा सीता आएको प्रसङ्ग तर्कसङ्गत पनि देखिन्छ । माडीको पाण्डवनगरबाट हिँडेर जाने हो भने करिब २६ किलोमिटर दूरीमा पर्छ तर सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले माडीवासीको सहज पहुँचमा छैन । | 2021/02/28 01:03:31 | https://onlinesunapatidahoo.com/archives/5962 | mC4 |
संकटमा पर्दै इस्माली सरायँ नाच : युवालाई उत्प्रेरणा चाहियो समितिलाई पैसा – Gulmiews
संकटमा पर्दै इस्माली सरायँ नाच : युवालाई उत्प्रेरणा चाहियो समितिलाई पैसा
२७ आश्विन २०७३, बिहीबार १८:३९ Raju Gautam
गुल्मी, असोज २७ गते । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा भैरहेका छन् । प्राय सरायँ नाच दशैको टिकाको दिन देखि पुर्णिमा दिन सम्म देखाउने गरिन्छ । परापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेलाले घरबाट टाढा गएकाहरु दसैंका बेलामा घर फिर्ने र साथीसंगी संग भेट्ने गत्तिलो अवसर प्रदान गरेको छ ।
यो नाच केहि ठाउँमा पुरानो पुस्ताले अनुसरण नगर्दा हराउन थालेको छ । भने केहि स्थानहरुमा युवाहरुको राम्रै उपस्थिती र सहभागीता देखिन्छ । परम्परागत रुपमा एकदमै राम्रो सराँच नाच देखाउने स्थानका रुपमा स्थापित इस्मा मैदानमा भने यो नाच लोप हुँदै जान थालेको छ । मन्दिरमा चढाएको तरवार निकालेर फन्काउँदै र नचाउँदै एक आपसमा जोडिएर सरायँ नाच्ने गरिन्छ । सरायँ नाच दसैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ । यो नाच एकादशी देखि पूर्णिमासम्म नाचिन्छ ।
पहाडका बस्तीमा यो नाच देख्न पाइन्छ । यसलाई कतिपय युद्धकला र खेल पनि हो भनेर बिश्लेषण गर्छन । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सरायँ नाच खेलिने गरिन्छ । यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको स्थानीय पण्डित भिमकान्त अर्यालले बताउनुभयो । इस्माकोट मनकामना पुजा व्यावस्थापन समितिले प्रत्येक बर्ष सरायँ नाच निकाल्ने गरेको छ ।
इस्मा मैदानमा सरायँ हेर्न आउनेहरुको बाक्लै उपस्थिती हुने भएपनि खेल्नेहरुको अभाव बर्षैपिच्छे हुँदै गइरहेको छ । पछिल्लो समय युवा पुस्ताहरुमा मनोरञ्जनका साधन इन्टरनेट र विकसित प्रविधी भएकाले यस्ता संस्कृति संरक्षणमा कम चासो हुने गरेको सरायँ नाच हेर्न आएका बिद्यार्थी नेता शोभाखर गिरीले बताए । पहिले भेटघाट र मनोरञ्जन लिने उपयुक्त थलो यस्ता चाडपर्व र संस्तृति थिए, गिरीले भन्नुभयो अहिले उनीहरु इमेल इन्टरनेटबाटै घरमा मज्जा लिइरहेका हुन्छन् ।
तम्घासबाट मेला भर्न आएका पत्रकार प्रेम सुनारले युवाहरुमा उत्प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो । युवाहरुलाई पनि यी ऐतिहासिक संस्कृति र परम्पराबारे जानकारी छैन् ,सुनारले भन्नुभयो यो सम्बन्धि जानकारहरुले बुझाउन वा हस्तान्तरण गर्न सकेका छैनन । दोहलीका स्थानीय युवा मोती प्रसाद अर्यालले युवा संघसंस्थाहरु संग समितिहरुले समन्वय नगर्दा मेला व्यवस्थित हुन नसकेको गुनासो गर्नुभयो ।
इस्मा रजस्थलका ७१ बर्षिय नुरदेव पैयानीले आफुहरुले बाउ बाजेको परम्परा धानेपनि पछिल्लो पुस्ताले अनुसरण नगर्दिदा आफुपछि यो यस्ता नाच र संस्कृति हराउने भन्दै चिन्दा व्यक्त गर्नुभयो । दशैको बेला गाइने मालश्रीका कलाकार समेत रहनुभएका पैयानीले आफु पछि यो गीत हराउने बतउानुभयो । मैदानमा नाच्न आग्रह गर्दा भाउ खोज्ने तर नाच्नै नजान्ने युवाहरु पनि अर्जेमा नाचेको देख्दा दुख लाग्ने पैयानीको भनाई छ ।
आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले समिति परम्परा धान्नकै लागी भन्दा पनि समय अनुसार परिमार्जित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले सम्म उठाउँदै आएको दशै शुल्क पनि ५ रुपैयाँ रहेकाले समय अनुकुल नभएको बताउनुभयो । ९ दिन सम्म कोटमा बस्ने पण्डितको पारिश्रमीक पनि एक सय छ, घिमिरेले भन्नुभयो दश बर्ष अगाडीको निर्णय अहिले उपयुक्त हुँदैन ।
इस्माकोट मनकामना पुजा व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण बिष्टले आर्थिक अवस्था मजबुत नहुँदा सम्म खोक्रो आर्दशले मात्र संस्कृति संरक्षण र व्यवस्थित नहुने प्रतिक्रिया दिनुभयो । उहाँले युवामा उत्प्रेरणा दिनु जरुरी छ भन्ने सोच्न थालेको धेरै बर्ष भएपनि अहिले सम्म कार्यान्यन गर्न नसकिएको स्विकार गर्नुभयो । मानिसमा स्वमसेवाको भावना ह्रास हुँदै जानु तथा समिति संग मजबुत आर्थिक स्रोत नहुनुनै यसको प्रमुख कारण भएको बताउनुभयो । | 2016/10/25 15:32:28 | http://www.gulminews.com/2016/10/18275 | mC4 |
बर्षौंदेखि भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारतले धार्चुला–लिपुलेक लिंकरोड सञ्चालन गरेको छ । नेपाल, भारत र चीनको त्रिदेशिय सीमामा रहेको लिपुलेकका बिषयमा भारत र चीनबीच सहमति भएको कुरा केहि बर्ष अगाडि सार्वजनिक भएको थियो । तर, नेपाली भूमि समेत अतिक्रमण हुने गरी दुई छिकेकीबीच भएको सहमति र त्यस अनुरुप सडक निर्माण गरी सञ्चालन हुँदा समेत सरकारले बिरोध वा कुनै प्रतिक्रिया जनाएको छैन । विवादित क्षेत्रमा सडक बनाएर संचालन गर्नु भारतको मिचाहा प्रबृत्तिमात्र नभई अन्तर्राष्ट्रिय कानुन विपरितको कार्य हो । तर सरकारको कुटनीतिक असक्षमताका कारण जे नहुनुपर्ने हो त्यहि भएको छ ।
भारतीय पक्षबाट लिपुलेक मात्र होइन, पूर्व, पश्चिम क्षेत्रका दर्जनौं ठाउँहरुमा अतिक्रमण भएको छ । यद्यपि नेपाल सरकारले कुटनीतिक रुपमा भारतसमक्ष स्पष्ट कुरा राख्न चुकिरहेको छ । गतबर्ष लिपुलेकको नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेर सार्वजनिक गर्दा देशब्यापी रुपमा बिरोध भएको थियो । सरकारले यसलाई गंभीरतापूर्वक लिएको र कुटनीतिक पहल गरी सच्याउने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । त्यसको पहल के कति भयो भन्ने कुरा अहिलेसम्म सार्वजनिक भएको छैन । तर, सोहि ठाउँमा भारतले सडक चीनको तिब्बतमा पर्ने मानसरोवर यात्राका लागि यातायात सञ्चालन शुरु गर्ने तयारी गरेको छ । यसले नेपाली भूमि अतिक्रमणसँगै पर्यटन ब्यवसायमा समेत ठूलो धक्का लाग्ने देखिएको छ ।
मानसरोबर हिन्दूहरुका आराध्यदेव शिवजीको बासस्थान मानिन्छ । भारतीय धर्माबलम्बीहरु मानसरोबर यात्राका लागि नेपाली बाटो हुँदै जाने गर्दछन् । हुम्लाको सिमकोट वा तातोपानी ल्हासा गरी दुई वटा मार्ग मानसरोबरका लागि भारतीय रोजाई हुने गरेको छ । मानसरोबर यात्रा गर्ने पर्यटकहरु धेरै पैसा खर्च गर्ने हैसियत भएका हुनाले उनीहरुबाट ब्यवसायीले राम्रो आम्दानी गर्ने गर्दछन् । प्रति ब्यक्ति तीन हजार देखि चार हजार पाँच सय डलरसम्म खर्च गर्ने भारतीय पर्यटकले स्थलमार्ग हुँदै गएमा तीस प्रतिशत र हेलिकोप्टरमार्फत गएमा ६० प्रतिशत नेपालमै खर्चिने गर्दछन् । मानसरोबर तीर्थाटन गर्ने भारतीय पर्यटकलाई लक्षित गरी हुम्ला, सुर्खेत, नेपालगञ्जलगायतका ठाउँमा पर्यटन ब्यवसायमा अर्बौ लगानी गरिएका छन् ।
भारतले धार्चुला– लिपुलेक लिंकरोड संचालनमा ल्याएपछि नेपालमा यसको बिरोध शुरु भएको छ । सरकारले यस बिषयलाई गंभीरतापूर्वक लिएर कुटनीतिक पहल गरी समस्या समाधान गर्नुपर्छ । पहिलो कुरा सो सडक बनाउँदा नेपाली भूमि अतिक्रमण भएकोले नेपाल, भारत र चीनबीच सहमति कायम गरी सीमा विवाद नटुंगिएसम्म त्यसलाई बन्द नै गर्नुपर्छ । सीमा विवाद समाधान भएपछि आपसी सहमतिमा संचालन गर्ने बिषय त छदैछ । दोश्रो कुरा यसबाट नेपाली ब्यवसायी समेत मर्कामा पर्ने अवस्था सृजना हुने भएकाले सरकारले चीनसँग छलफल गरी सो मार्ग प्रयोग गरी मानसरोबर यात्राको अनुमति रोक्नुपर्छ । | 2020/05/28 01:22:22 | https://gautambuddhasandesh.com/2020/05/10/%E0%A4%A4%E0%A4%A4%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B2-%E0%A4%AA%E0%A4%B9%E0%A4%B2-%E0%A4%B9%E0%A5%8B%E0%A4%B8/ | mC4 |
तेक्वान्दोको बार्षिक साधारण सभा | Hamro Khelkud
तेक्वान्दोको बार्षिक साधारण सभा
शनिबार, साउन २३, २०७२
नेपाल तेक्वान्दो संघको बार्षिक साधारण सभा पोखरामा भएको छ । प्रत्येक बर्ष राष्ट्रिय संघहरुले आफ्नो बार्षिक गतिविधीलाई प्रस्तुत गर्ने क्रममा यो साधारण सभा आयोजना गरिएको हो ।
साधारण सभामा महासचिव दीपराज गुुरुङले बार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै जिल्लाका प्रतिनिधीहरुले आफना जिल्लाको प्रतिवेदन पेश गर्नुका साथै महासचिवको प्रतिवेदनमा छलफल गरेका थिए । राष्ट्र संघियता तर्फ अग्रसर भएकोले संघको संरचनालाई पनि त्यहि अनुरुप लैजानु पर्ने भएकोले क्षेत्रिय अवधारणालाई अगाडी बढाउनेबारे छलफल हुने उपाध्यक्ष हरिश्वर पोखरेलले जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले साधारण सभाको पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले अव राष्ट्रलाई एभरेष्ट र बुद्धको देशको रुपमा नभई खेल र खेलाडी उत्पादन गर्ने देशको रुपमा चिनाउनु पर्ने बताए । उनले जुन खेलमा आकर्षण हुन्छ त्यही खेलमा विभिन्न वाधा अड्चन आउछ भन्दै विभाजित संघहरुलाई एकृकित गर्न आफु दृढ रहेको बताए । खेलकुद पर्यटन र अर्थतन्त्रको आधार बन्न सक्ने तर्फ इंगित गर्दै उनले यस्तो सम्भावना बोकेको खेललाई सवै जात, जाती, धर्म र वर्गको रोजाईको बनाउन सवै लाग्नु पर्ने बताए । विश्वलाई एक सुत्रमा बााध्ने खेललाई अन्तराष्ट्रिय क्षेत्रमा तेक्वान्दो खेलमार्फत पहिचान बनाउन सुझाए ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा महासचिव दीपराज गुरुङले स्वार्थ र व्यक्तिबादी सोचका कारण खेलकुद अझ तेक्वान्दोलाई धाराशाही पार्न नेतृत्व लागि परको आरोप लगाए । उनले तेक्वान्दो खेल र खेलाडीको विकासमा सदा लागी पर्ने भन्दै पदक हासिल गर्न सक्ने खेललाई बर्गिकरण गरी खेलको विकास गर्न नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रमलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए । | 2022/05/22 23:39:02 | https://www.hamrokhelkud.com/martial-arts/74.html | mC4 |
स्पेनी फुटबल संघ अध्यक्ष एन्जेल मरिया भिल्लारको भातिजीलाई माग भन्दा कम फिरौती रकम दिएको भनेर अपहरणकारीहरुले हत्या गरेका छन ।
३६ बर्षिय मरिया भिल्लार गालाज लाई सोमबार अपहरण गरेर उनलाई ए टि एम बाट रकम झिक्न लगाएका अपहरणकारी हरुले मेक्सिकोमा मृत अवस्थामा छाडेका थिए ।
गालाजको पती दुइ प्रहरी अधिकारीहरू सहित उनलाई उद्धार गर्न मेक्सिको गएपनी उनको मृत शरीर मात्र फेला परेको थियो । श्रोतको अनुसार गलाजको उद्दारमा फिरौती रकम तिरे पनि अपहरण्कारी हरुको माग भन्दा कम रकम बुझाएपछी उनको हत्या भएको अनुमान लगाइएको छ । | 2022-12-01T09:34:44Z | https://www.hamrokhelkud.com/football/8088.html | OSCAR-2301 |
टिप्पणी मंगलबार, पुस १७, २०७५
"पुस से जेठ तक पानी के बड समस्या छै," सिरहाको मुसहर्नियाकी रामवती सदा भन्छिन्। धनगढीमाई-९ स्थित मुसहरबस्तीमा पुसदेखि जेठसम्म पानीको समस्या निकै चर्किन्छ। यो अवधिमा बस्तीका इनारहरू सुक्छन्। यस्तो अवस्था सिरहा र सप्तरीका दर्जनौं गाउँमा छ।
स्थानीय तहको निर्वाचनपछि कतिपय टोलमा इनारको मर्मत गरिनुका साथै ट्यूबवेलसमेत जडान गरिएको छ। लहान-१५ मोहनपुरमा खानेपानीका लागि जडान भएका दुई ट्यूबवेल 'कांग्रेस' र 'कम्युनिष्ट' नामले चिनिन्छन्। एउटा नगरप्रमुख (तत्कालीन एमाले) को र अर्को वडाध्यक्ष (कांग्रेस) को पहलमा जडान भएकाले। तर, जमीनमुनि पानीको सतह गहिरिँदै जाँदा यस्ता ट्यूबवेलबाट एक-दुई वर्षमै पानी आउन छोड्छ र थप गहिरो 'बोरिङ' गर्नुपर्ने हुन्छ। समुदायमा आधारित यी ट्यूबवेल बिग्रिएमा हप्तौं अलपत्र अवस्थामा हुन्छन्।
चुरे पर्वत शृंखलादेखि पूर्व-पश्चिम राजमार्गको छेउछाउका बस्तीमा बढी देखिएको यो समस्याबाट सम्पूर्ण तराई आक्रान्त हुँदैछ। जानकारहरूका अनुसार चुरेको अत्यधिक दोहन र जथाभावी वन फडानी नै यसको मुख्य कारण हो।
गाउँको दलित टोलको कुनै इनारमा पानी छ भने त्यस इनारबाट पानी झिक्न सबैभन्दा पहिला अरू टोलका कथित उच्च जातिकाले पालो पाउँछन्। दलितहरूलाई आफ्नै घरआँगनको इनारबाट पानी लिन घण्टौं कुर्नुपर्छ।
पानीको बन्दोबस्त गर्ने जिम्मा प्रायः महिलाहरूकै हुन्छ। घरको कामधन्दा र बनिबुतोबाट फुर्सद मिलाएर पानीको स्रोतसम्म पुगेर लुगा धुने काम पनि महिलाहरूकै जिम्मामा हुन्छ। पानी प्रबन्धको जिम्मेवारीले गर्दा स्कूल जाने उमेरका बालिका होउन् वा बनिबुतोमा खटिने महिला; अरू काम सहजै निप्टाउन पाउँदैनन्।
पानीको यो समस्या बर्खायाममा केही सहज भैदिन्छ। तर, मनसुनी वर्षाका बेला आउने बाढीको विपत्तिको कथा फेरि बेग्लै छ। र, यो समस्याको प्रमुख कारक पनि चुरे दोहन नै हो।
पूर्व-पश्चिम राजमार्ग निर्माण हुनु अघिसम्म चुरे क्षेत्रबाट घरायसी प्रयोजनका लागि मात्र काठदाउरा संकलन गरिन्थ्यो। तर, राजमार्ग निर्माणपछि नयाँ शहर र बस्तीको विकास भइरहँदा चुरे र वनमाथिको अतिक्रमण अतिशय बढ्यो। सँगै भावर क्षेत्रमा बढेको जनघनत्वले खानेपानीको माग ह्वात्तै बढायो, जसलाई खानेपानी आपूर्तिका पारम्परिक स्रोतहरूले थेग्न सकेनन्।
२०६० सालदेखि चुरे क्षेत्रमा आधुनिक मेशीनहरू प्रवेश गर्न थाले। जंगल फडानी, गिट्टी-ढुंगा-बालुवा उत्खनन्, बस्ती विकासका नाममा जथाभावी सडक निर्माणजस्ता मानव सिर्जित समस्याका कारण खानेपानीको संकट गहिरिँदै गयो।
चुरे क्षेत्रका अध्येता डा. विजयकुमार सिंहका अनुसार तराई क्षेत्रका लागि भूमिगत पानी भण्डारको काम गरिरहेको भावर क्षेत्रको चारकोसे झाडी केही ठाउँमा बाहेक अन्यत्र मासिइसकेको छ। पहिले यहाँ रहेको काँडे खयरको बाक्लो जंगलले बाढीले ल्याउने गेग्रान रोक्थ्यो, पानीको वेग कम गर्थ्यो। गेग्रानमा सोसिएको पानी पछिसम्म जमीनमुनिबाट बग्दै दक्षिणसम्म पुग्थ्यो र मूल फुट्थ्यो, जरुवा रसाउँथे।
अब स्थानीय र प्रदेश सरकारले पानीको संकट व्यवस्थापनका लागि नगरी नहुने काम हो- चुरे क्षेत्र र वनमाथिको दोहन नियन्त्रण। पितृसत्तात्मक सामाजिक संरचनाले गर्दा देहातमा घरगृहस्थीका कठिन कामहरू महिलाहरूले नै गर्नुपर्ने बाध्यता हुँदा महिलाहरूको समग्र विकासमा नकारात्मक असर पुगेको छ। पानी संकटको प्रभाव गाईवस्तुपालनदेखि हिउँदेबाली उत्पादनमा समेत परेको छ।
पानीमाथिको पहुँच जातीय र लैङ्गिक विभेदबाट मुक्तिसँग जोडिएको पाटो पनि हो। पानीको संकट बढ्दै जाँदा जसको पानीमाथि वर्चस्व हुन्छ, उसैले नयाँ तरिकाबाट बन्धनका जालहरू फैलाउँदै जाने खतरा जो देखिएको छ। | 2020/08/09 15:02:02 | https://www.himalkhabar.com/news/10433 | mC4 |
तुफान न्यौपाने
भावी प्रधानन्यायाधीशबाटै उमेर छल्न दोहोरो नागरिकता
[2016-09-06 오전 6:28:00]
प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले सेवा प्रवेशताका भन्दा फरक विवरण उल्लेख भएको नागरिकताको प्रतिलिपि न्याय परिषदमा पेस गरेका छन्। ५८ दिन प्रधानन्यायाधीश हुने पराजुली यो प्रतिलिपिले मान्यता पाए थप ८ महिना २७ दिन उक्त पदमा बस्नेछन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित २० न्यायाधीशमध्ये वरियताक्रममा तेस्रो नम्बरमा रहेका गोपाल पराजुलीको जन्ममिति २८ अप्रिल १९५३ रहेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। यसलाई नेपालीमा रूपान्तरण गर्दा १६ वैशाख २०१० हुन्छ। जबकि, १८ कात्तिक २०४८ मा पुनरावेदन अदालतको न्यायाधीशबाट न्याय सेवा प्रवेश गर्दा पेस गरेको नागरिकता प्रमाणपत्रका आधारमा न्याय परिषदले कायम गरेको उनको जन्ममिति हो, २१ साउन २००९।
न्याय परिषदले हरेक वर्ष प्रकाशन गर्ने बुलेटिनमा न्यायाधीशहरूको वैयक्तिक विवरण उल्लेख गर्दै आएको छ। योग्यता, सेवा प्रवेश र जन्ममितिजस्ता तथ्यहरू समावेश गरिने यो विवरणलाई न्यायिक क्षेत्रमा आधिकारिक अभिलेख मानिन्छ। २०६७ सालको बुलेटिनमा कुनै पनि न्यायाधीशको त्यस्तो विवरण उल्लेख छैन। उक्त साललाई छाडेर २०६६ देखि २०७२ सम्मका ६ वटै बुलेटिनमा परिषदले पराजुलीको जन्ममिति २१ साउन २००९ उल्लेख गरेको छ।
न्यायाधीश पराजुलीले पेस गरेको नागरिकताको प्रतिलिपिको अन्तर्वस्तु न्याय क्षेत्रसँगै सिंगो मुलुकको चासोको विषय हो। यो कागजातले मान्यता पाउने/नपाउने विषयले नेपालको भावी प्रधानन्यायाधीशको कार्यकाल करिब दुई महिना हुने कि ११ महिना भन्ने निर्धारण गर्छ।
नेपालको संविधानले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीशले ६५ वर्षसम्म पदमा रहेर काम गर्नसक्ने व्यवस्था गरेको छ। यसै व्यवस्थाअनुसार सर्वोच्च अदालतबाट न्यायाधीशले अवकाश पाउँदै आएका छन्। ६५ वर्षे उमेर हद पार गरेपछि अनिवार्य अवकाश पाउने संवैधानिक व्यवस्थाका कारण आगामी २४ जेठ २०७४ मा प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाउनेछिन्।
अहिले दोस्रो वरियतामा रहेका न्यायाधीश वैद्यनाथ उपाध्यायले त्यसअघि नै २९ पुस २०७३ मा अनिवार्य अवकाश पाउने भएकाले प्रधानन्यायाधीश कार्कीको अवकाशपछि अन्यथा निर्णय नभए हाल वरियताक्रममा तेस्रो नम्बरमा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्नेछन्।
अहिले न्यायाधीश पराजुलीले बनाएको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति सुशीला कार्कीले अवकाश पाएपछि उनी प्रधानन्यायाधीश भएमा कति समय उक्त पदमा रहन पाउनेछन् भन्नेसँग जोडिएको छ। यसअघि न्याय परिषदले कायम गरेको नागरिकताको विवरणअनुसार पराजुली प्रधानन्यायाधीशको पदमा जम्मा ५८ दिन बसेपछि ६५ वर्ष पुग्ने हुनाले २० साउन २०७४ मा अवकाश पाउनेछन्। तर, उनले पेस गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममितिले मान्यता पाए उनी १५ वैशाख २०७५ सम्म (करिब ११ महिना) प्रधानन्यायाधीश पदमा रहनेछन्।
पराजुलीले २१ साउन २०३० मा पहिलोपटक नागरिकता लिएका थिए। त्यो बेला जन्ममितिको स्थानमा वर्ष मात्रै उल्लेख गर्ने प्रचलनअनुसार उनको उमेर '२१ वर्ष' लेखिएको छ। २०४८ मा न्याय सेवा प्रवेश गर्दा उनले नागरिकताको यही प्रमाणपत्र पेस गरेका थिए, जसका आधारमा न्याय परिषदले उनको जन्ममिति '२१ साउन २००९' कायम गरेको थियो।
न्याय परिषदका एक पूर्वसचिव भन्छन्, 'वर्ष मात्र उल्लेख भएको नागरिकताको प्रमाणपत्र पेस हुँदा त्यसकै आधारमा यसरी नै जन्ममिति निर्धारण गरी थुप्रै न्यायाधीशले अवकाश पाएका छन्।'
पुनरावेदन अदालतका न्यायाधीशद्वय देवेन्द्रराज शर्मा र फणीन्द्रदत्त शर्मा तथा जिल्ला न्यायाधीश विष्णुप्रसाद पौडेल यसका उदाहरण हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार पराजुलीले २५ माघ २०३४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि निकालेका थिए। त्यसमा पनि जन्ममितिबारे सबै व्यहोरा पुरानै उल्लेख छ। तर, ३३ वर्षपछि ९ मंसिर २०६७ मा आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै पराजुलीले अर्को प्रतिलिपि निकाले। उक्त प्रतिलिपिमा (नागरिकता प्रमाणपत्र नम्बर १८०३/४४१/३०१०) भने जन्ममिति १६ वैशाख २०१० उल्लेख छ।
यसरी सुरूमा नागरिकता प्रमाणपत्र बनाएको ३७ वर्षपछि पराजुलीले जन्ममिति उल्लेख गरेर नागरिकताको प्रतिलिपि प्रमाणपत्र किन निकाल्नुपर्यो? भावी प्रधानन्यायाधीशको कार्यकाल निर्धारण गर्ने यो दस्तावेजमा किन तलमाथि गर्नुपर्यो?
१३ जेठ २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएदेखि पराजुली सर्वोच्च अदालतको सूचनाप्रविधि समितिको सदस्य छन्। यही समितिअन्तर्गत सञ्चालन हुने सर्वोच्च अदालतको वेबपेजमा पराजुलीले प्रतिलिपि बमोजिमको जन्ममिति उल्लेख गरेका छन्।
न्यायाधीश पराजुलीले नागरिकता प्रमाणपत्रको प्रतिलिपि निकालेपछि परिषदमा सोही मिति कायम गर्न निवेदन दिएका छन्। प्रधानन्यायाधीशका रूपमा रामकुमारप्रसाद साह न्याय परिषद अध्यक्ष रहेका बखत २०७१ सालको अन्तिमतिर दिएको उक्त निवेदनमाथि परिषदले 'पुरानै मिति कायम हुने' निर्णय गरेको छ।
न्याय परिषद सदस्यसमेत रहेर सर्वोच्च अदालतबाट अवकाशप्राप्त एक न्यायाधीश उक्त निर्णय सार्वजनिक जानकारीमा नरहेकाले जुनसुकै बखत परिवर्तन हुनसक्ने खतरा देख्छन्। न्याय परिषदका सचिव तथा प्रवक्ता जस्ता माथिल्लो तहका कर्मचारी भने यसबारे केही खुलाउन चाहँदैनन्।
'नागरिकता, शैक्षिक प्रमाणपत्र तथा जन्ममिति जस्ता विवरण व्यक्तिगत कुरा हुन्, तिनलाई परिषद बुलेटिनमै प्रकाशित गर्दै आइरहेकाले थप बताइरहनु पर्दैन,' सचिव कृष्ण गिरीले भने।
पराजुली २०३१ सालमा नेपाल ल क्याम्पसमा सिएल (सर्टिफिकेट इन ल) तहमा भर्ना (कक्षा रोल नम्बर ११८) भएका थिए। विद्यार्थीको नाम, ठेगाना, जन्ममिति, पिताको नाम जस्ता व्यक्तिगत विवरणको अभिलेख राखिने रजिस्ट्ररमा अहिले पराजुलीसहित उनीभन्दा तलमाथिका गरी चार जना विद्यार्थीको पुरानो विवरण पूरै छोपिएको छ। नयाँ कागजमा जन्ममितिसहितका अन्य नयाँ विवरण भरेर पुरानो माथि टाँस गरिएको छ। जसका कारण उनले भर्ना हुँदाका बखत लेखिएको विवरण देख्न सकिँदैन।
जन्ममिति फरक पर्ने समस्या धेरै नै आएपछि त्यसको समाधान खोज्न १ माघ २०६१ मा नेपाल सरकारले एउटा नीतिगत निर्णय गरेको थियो। निर्णयमा 'न्याय परिषद ऐन २०४७ र न्याय परिषद कार्यविधि २०५६ बमोजिम न्यायाधीशको उमेर कायम गर्ने र अनिवार्य अवकाशको सूचना दिने काम न्याय परिषद सचिवालयले नै गर्ने हो' भन्दै उमेर कायम गर्ने आधार तय गरिएको थियो।
निर्णयमा 'निजले (न्यायाधीश वा कर्मचारीले) पेस गरेको शैक्षिक प्रमाणपत्रमा किटान गरिएको जन्ममिति वा वर्षबाट हुन आउने उमेर वा नागरिकताको प्रमाणपत्रमा किटान गरिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर र वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेरमध्ये जुन आधारबाट गणना गर्दा पहिले अवकाश हुन्छ, सोही आधारमा उमेरको गणना गरिनेछ' भनिएको थियो।
यसको जानकारी निजामती किताबखानाले पत्र लेखेर न्याय परिषदलाई दिएको थियो। पछि २०६३ सालमा आएर नेपाल सरकारको त्यही निर्णयका आधारमा न्याय परिषदले 'जेठो उमेर नै मान्य हुने' निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा परिषदले देवेन्द्रराज शर्मा, फणीन्द्रदत्त शर्मा तथा विष्णुप्रसाद पौडेल लगायत अन्य न्यायाधीशहरूलाई अवकाश दियो।
यीमध्ये देवेन्द्रराज र फणीन्द्रदत्तले त न्याय परिषदको निर्णय चित्त नबुझाएर सर्वोच्च अदालत नै गुहारे, तर सर्वोच्चले पनि न्याय परिषदकै निर्णयलाई सही ठहर्यायो।
एउटा उदाहरणः देवेन्द्रराज शर्मा
पुनरावेदन अदालत विराटनगरमा दरबन्दी भई पुनरावेदन अदालत पाटनमा कार्यरत रहेका बेला न्यायाधीश देवेन्द्रराज शर्माले जन्ममिति सम्बन्धी यस्तै विवादमा सर्वोच्च अदालत गुहारेका थिए।
२४ चैत २०२८ मा नागरिकताको प्रमाणपत्र लिँदा उनको उमेर २५ वर्ष लेखिएको थियो। सेवा प्रवेश गर्दा शुरूमा सोही नागरिकता पेश गरेका कारण न्यायपरिषद्ले उनको जन्म २४ चैत २००३ कायम गरेको थियो।
तर, न्यायाधीश शर्माका सम्पूर्ण शैक्षिक प्रमाणपत्रमा जन्ममिति ११ जनवरी १९४८ (२७ पुस २००४) थियो। उनले २०३३ देखि २०३७ सालसम्म नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गराउँदा पनि सोही मिति कायम गरेका थिए। नागरिकता हराएको भन्दै ८ पुस २०६५ मा निकालेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा समेत जन्ममिति ११ जनवरी १९४८ (२७ पुस २००४) कायम गराएका थिए। निजामती सेवा प्रवेशपछि सिटरोलमा तथा राहदानी, संचयकोष तथा नागरिक लगानी कोषमा समेत सोही मिति उल्लेख भएको थियो।
तर, ३ पुस २०६६ मा प्रकाशित न्यायपरिषद् बुलेटिन (वर्ष ६, अंक ६) मा उनको जन्ममिति २४ चैत २००३ उल्लेख थियो। यस्तो देखेपछि शर्माले फरक पर्नुको कारणको जानकारी माग्दै सच्याउन अनुरोधसहित २० फागुन २०६६ मा न्यायपरिषद् अध्यक्ष रहेका प्रधानन्यायाधीश अनुपराज शर्मासमक्ष निवेदन दिए। तर परिषद्ले 'न्यायपरिषद् सचिवालयमा रहेको निजामती किताबखानासमेतबाट प्राप्त अभिलेख अनुसार २३ चैत २०६६ मा ६३ वर्ष पूरा भई अनिवार्य अवकाश पाउने' जानकारी दियो। त्यसपछि न्यायाधीश शर्माले शैक्षिक प्रमाणपत्रहरूका साथै सम्पूर्ण व्यवहारमा जन्ममिति ११ जनवरी १९४८ (२७ पुस २००४) भएकोमा परिषद्ले २४ चैत २००३ कायम गरी अवकाश दिने निर्णय गरेको भन्दै उक्त निर्णय खारेजीको माग लिएर सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
सर्वोच्चले शर्माको जन्ममिति २४ चैत २००३ कायम गर्नुको कारण मागेपछि न्यायपरिषद्ले 'न्यायाधीश शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र र सिटरोलमा जन्ममिति ११ जनवरी १९४८ कायम भएको भए पनि नागरिकताको प्रमाणपत्र जारी हुँदा २४ चैत २०२८ मा २५ वर्ष उल्लेख भएकाले त्यसका आधारमा जन्ममिति २४ चैत २००३ कायम गरिएको साथै शैक्षिक प्रमाणपत्र, सिटरोल र नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको मध्येबाट सबैभन्दा जेठो उमेर गणना गर्ने निर्णय बमोजिम अवकाश दिइएको' जवाफ पठायो।
६ जेठ २०६८ मा यो मुद्दामा आदेश गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायले शर्माको रिट खारेज गरिदिए। सो आदेशमा भनिएको छ, 'अघिल्लो नागरिकता पेश भइरहेकोमा सोको व्यहोरा परिवर्तन हुनसक्ने अवस्था देखिंदैन। २०२८/१२/२४ गते जारी भएको नागरिकतामा निवेदकले कुनै विवादसमेत उठाएको देखिंदैन। उक्त नागरिकताको अस्तित्वको सम्बन्धमा विवादसमेत नभएको यस्तो अवस्थामा सोही आधारमा अवकाशको उमेर कायम गरी भएको न्यायपरिषद् सचिवालयको निर्णयलाई तथ्यहीन र कानूनसम्मत नभएको भनी भन्न मिलेन।'
त्यस्तै पुनरावेदन अदालत पाटनका न्यायाधीश फणीन्द्रदत्त शर्माको समेत सोही व्यहोराको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश वस्ती र डा. भरतबहादुर कार्कीको इजलासले २४ कात्तिक २०७० मा खारेज गरिदिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐनको दफा २ (क) ले 'उमेरको गणना गर्दा नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक नोकरी विवरणमा उल्लेख भएको जन्मदिन वा वर्षमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा उमेरको गणना गरिने' भनेको छ। यसले पनि न्यायाधीश पराजुलीले पेश गरेको प्रतिलिपिले कार्यकाल लम्ब्याउन सक्दैन।
पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा भन्छन्, "नागरिकता, सिटरोल र शैक्षिक प्रमाणपत्र तीनवटै 'डकुमेन्ट' सम्बन्धित वैयक्तिक 'क्रियसन' हो। त्यसमा विवाद भए कुन कागजातलाई गणना गर्दा उसले पहिले अवकाश पाउँछ, त्यसलाई नै मान्ने सिद्धान्त हो। अहिले त यसरी कानून नै बनिसकेको छ। यसमा विवाद छैन।" | 2019/07/16 23:07:57 | http://www.nepalikorea.com/column-zoom.asp?sno=32415&pagenum=&tdate=&syy=&smm=&sdd= | mC4 |
Uncategorized – Page 4 – Radio Palpa 97.1 MHz
ओम २०७४ कार्तिक १३, सोमबार ०८:०९ 0
अर्थ नेपाल संवाददाता काठमाडौं/तिनाउ विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच नेपालभरका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैंकाइन्सुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।…
ओम २०७४ कार्तिक १३, सोमबार ०७:२२ 0
अर्थ नेपाल संवाददाता काठमाडौं /हुम्लाको सर्केगाडमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा सञ्चालनमा आएको छ । बैंकको आफ्नो ६४ औं शाखाका उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका हुन् । हुम्लाको सदरमुकाम…
ओम २०७४ कार्तिक ३, शुक्रबार ०७:१० 0
अर्थ नेपाल संवाददाता काठमाडौं /ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ती पछि यहि कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । बैंकको रजिष्टार्ड कार्यालय कमलादी काठमाडौं मै रहने छ । हाल ज्योतिको चुक्ता पूँजी २ अर्ब १२ करोड…
माउण्ट मकालुले हकप्रद सेयर जारी गर्ने
ओम २०७४ आश्विन २३, सोमबार १६:३१ 0
अर्थ नेपाल संवाददाता काठमाडौं /माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले सोमबार दुई बराबर एक अनुपातमा तीन लाख ४५ हजार आठ सय…
ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर खुल्यो
ओम २०७४ आश्विन २३, सोमबार १६:०२ 0
अर्थ नेपाल संवाददाता काठमाडौं /ओम डेभलपमेन्ट बैंकले हकप्रद सेयरको बिक्री खुला गरेको छ । एनआईबिएल क्यापिटल मार्केट्स बैंकको बिक्रि प्रबन्धक रहेको छ । सोमबारदेखी सुरु भएको बैंकको हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ४९…
ओम २०७४ आश्विन २२, आईतवार १५:५६ 0
अर्थ नेपाल संवाददाता काठमाडौं /एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। कम्पनिको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगेललाई नियुक्त गरिएको हो। विगत २३… | 2020/08/08 17:11:53 | https://palpafm.com.np/topics/uncategorized/page/4/ | mC4 |
बुद्धधर्म आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धधर्म धर्म मात्र नभई सम्पूर्ण मानवको आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति भएको बताएकी छन् ।
दक्षिण कोरियाको राजधानी सियोलमा भइरहेको विश्व बौद्ध भ्रातृत्व सङ्घको २८औँ विश्व बौद्ध सम्मेलनको सफलताको कामना गर्दै पठाएको सन्देशमा उनले विश्व शान्ति, बान्धुत्व र अहिंसाका प्रवर्तक बुद्ध लुम्बिनीमा जन्मिएको सन्दर्भ र यसपटकको सम्मेलनको विषय 'दैनिक जीवनमा बुद्धधर्म र बौद्धहरुको जीवनपद्धति' राखिएबाट आफू अत्यन्त प्रभावित भएको बताएकी छन्।
विगतमा नेपालमा चौथों र पन्ध्रौँ बौद्ध सम्मेलन भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहर, बौद्धहरुका साथै शान्ति र स्थिरतामा आस्थाबान् सम्पूर्ण मानिसका लागि एक तीर्थस्थलको रुपमा विकास गर्न नेपालले सक्दो प्रयास गर्दै आएको बताएकी छन् ।
साथै, उनले दक्षिण कोरियाली सरकारबाट यी सम्मेलनहरु आयोजना भइरहेका बेला कोरियाली राष्ट्रपति र कोरियाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेकी छन्।
नेपाल र दक्षिण कोरिया दुवै मुलुकले निकट र सौहार्द सम्बन्ध र सहयोग कायम राख्दै आएको र कोरियाले नेपाललाई विभिन्न क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको ठूलो सन्तोषको विषय भएको पनि राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।
सियोलमा असोज १० देखि १४ सम्म विश्व बौद्ध भ्रातृत्व सङ्घको सम्मेलनका साथसाथै विश्व युवा बौद्ध सङ्घ र विश्व बौद्ध विश्वविद्यालय परिषद्का बैठकहरु एकसाथ भइरहेका छन् ।
नेपालका तर्फबाट धर्मोदय सभाका उपाध्यक्ष लक्ष्मीदास मानन्धरको नेतृत्वमा अर्का उपाध्यक्ष रत्नमान शाक्य, महासचिव सागरमान बज्राचार्य, सचिव अशोकनन्द बज्राचार्य र युवक बौद्ध मण्डलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले ती सम्मेलनमा सहभागिता जनाइरहेको छ । रासस
काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले हेलम्बु्मा ठूलो जनधनको क्षति गरेको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष... १७ मिनेट पहिले | 2021/06/20 07:44:49 | https://baahrakhari.com/news-details/6923 | mC4 |
तरलता अभावले गर्दा बैंकहरुको नाफामा ह्रास - Laltin Media
Home»आर्थिक समाचार»तरलता अभावले गर्दा बैंकहरुको नाफामा ह्रास
तरलता अभावले गर्दा बैंकहरुको नाफामा ह्रास
By लाल्टिन डट कम April 21, 2022 No Comments3 Mins Read
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार, अधिकांस बैंकको नाफा उत्साहजनक देखिएको छैन। बैंकको नाफा जम्मा ०.५४ प्रतिशतले मात्र बढेको छ। २७ बैंकहरुले चैत मसान्तसम्ममा कुल ५१ अर्ब एक करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत चैतको तुलनामा नाफामा सामान्य सुधार देखिएको छ। यद्यपि एक वर्षको अवधिमा खुद नाफामा उल्लेख्य प्रगति भने देखिएन। पोहोरको चैतमा वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका थिए।
औसतमा वाणिज्य बैंकहरुले एक अर्ब ८८ करोड नाफा कमाएको देखिन्छ। चैतसम्ममा ३ वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँको सिलिङ नाघेको छ। यस्तै, ११ वटा वाणिज्य बैंक औसतभन्दा धेरै नाफा कमाउन सफल छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म सर्वाधिक नाफा आर्जन गर्न ग्लोबल आएमई बैंकले अन्यलाई पछि पार्यो। बैंकले ३ अर्ब ७२ करोड नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। सर्वाधिक खुद नाफा कमाएको ग्लोबल आएमई बैंकको नाफा पोहोरभन्दा ४।१३ प्रतिशतले मात्र धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस्तै, दोस्रो सर्वाधिक नाफा कमाएको एनआइसी एसिया बैंक हो। एनआइसी एसियाले चैत अन्त्यसम्म ३ अर्ब ६० करोड रुपैययाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा २० प्रतिशतको सुधार देखिन्छ। पोहोर चैतमा बैंकले ३ अर्ब रुपैयाँ अधिक नाफा गरेको विवरणमा उल्लेख छ।
नबिल बैंक भने नाफामा तेस्रो नम्बरमा झरेको छ। बैंकले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमायो। यद्यपि बैंकको नाफामा ९ प्रतिशतको गिरावट देखिन्छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाउन सफल थियो।
लिडरको पोजिसन गुमाएको नबिलसँगै १२ यस्ता बैंकहरुले खुद नाफामा गिरावट आएको तथ्यांक सार्वजनिक गरेका छन्। तथ्यांक अनुसार उक्त वाणिज्य बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको पाइएको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकलगायत १२ बैंकको घटेको हो। लक्ष्मी बैंकको नाफा पोहोर चैतको तुलनामा ३३।३१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैतको तुलनामा ३२ प्रतिशत अधिक नाफा घटाउने नेपाल बंगलादेश बैंक पनि रह्यो। यस्तै, बैंक अफ काठमाण्डूले प्रकाशित गरेको तेस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको नाफामा पनि साढे २५ प्रतिशतको संकुचन देखिन्छ।
उल्लेखित यी चार वाणिज्य बैंक बाहेक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट, प्रभु, सानिमा, कृषि विकास, प्राइम कमर्सियल, नेपाल बैंक र कुमारी बैंक पनि हुन्। यी मध्ये सबैभन्दा कम नाफा घटेको कुमारी बैंक हो। बैंकको खुद नाफा पोहोरको तुलनामा सामान्य ०।३२ प्रतिशत घटेको छ।
सरकारी स्वामित्वका सबै बैंकको नाफा घटेको छ। समिक्षा अवधिमा नाफामा उल्लेख सुधार गर्न सफल भने सेञ्चुरी कमर्सियल बैंक रह्यो। बैंकको खुद नाफामा १८३।५९ प्रतिशतको उछाल आएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित बैंकको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा एक अर्ब रुपैयाँ अधिक छ।
सेञ्चुरी कमर्सियलले नाफामा सिभिल, बैंक अफ काठमाडौं र लक्ष्मी बैंक गरी तीन वटा वाणिज्य बैंकहरुलाई उछिनेको छ। यी तीन वटाको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम रहेको देखिन्छ। तरलता अभाव बढेको कारण त्यसको असरस्वरुप समग्रमा बैंकहरुको नाफा घटेको देखिन्छ । | 2022/05/23 08:55:12 | https://www.laltin.com/%E0%A4%A4%E0%A4%B0%E0%A4%B2%E0%A4%A4%E0%A4%BE-%E0%A4%85%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%87-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95%E0%A4%B9/ | mC4 |
नेपालगन्ज । नेपालगन्जमा आजदेखि होन्डाका विभिन्न मोडेलकाकारहरुकाे साे रूम संचालनमा अाएकाे छ । बिक्रान्त श्रीवास्तबले नेपालगञ्जमा आज देखि होन्डाका विभिन्न मोडेलका कारहरु संचालनमा ल्याएकाे हाे ।
सुर्खेत रोडस्थित भाटभटेनी नजिकै शाम्भवी एण्ड अभिद्वेता ट्रेडिङ कम्पनी प्रा. लि.मार्फत आज पुजा आराधना गरि संचालनमा ल्याइएको हो ।
बुटवल पश्चिम पहिलो पटक यसको आधिकारीक विक्रेता बन्नुभएका श्रीवास्तवले होन्डा कार विशेष सुविधा र आरामदायी रहेको बताउनुभयो ।
दसैंको अवसरमा कार खरिदमा दुई लाखसम्म छुटको व्यवस्था गरिएको छ। त्यस्तै एकवर्ष कारको ऋन्यू र कर कम्पनी आफैले वेहोर्नेपनि उहाँले बताउनुभयो ।
३८ लाख ३० हजार न्यूनतम मूल्य रहेको कारको अधिकतम मूल्य भने १ करोड ५० लाखसम्म रहेको छ। सेडान, एसवि, एमेचलगायतका कार कम्पनीमा छन् । | 2021-12-02T10:17:48Z | https://www.sarakhabar.com/2021/10/21731/ | OSCAR-2201 |
नेपाल: एक दिनमै दुई परकम्प, जारी छ भूकम्पको शृङ्खला - BBC News नेपाली
नेपाल: एक दिनमै दुई परकम्प, जारी छ भूकम्पको शृङ्खला
केशव कोइराला बीबीसी नेपाली सेवा
https://www.bbc.com/nepali/news-44942579
तस्वीर कपीराइट Keshav P. Koirala/BBC
काठमाण्डू उपत्यका र छेउछाउका क्षेत्रमा मङ्गलवार बिहान र साँझ गरेर दुईवटा मध्यमवर्गका भूकम्प गएको मापन गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले चार म्याग्निट्युडभन्दा माथिका ती भूकम्पलाई २०७२ सालको वैशाखमा गएको शक्तिशाली भूकम्पका परकम्पका रूपमा सूचीकृत गरेको छ।
बिहान साढे आठमा गएको पहिलो परकम्प ४.८ 'लोकल म्याग्निट्युड'को थियो। त्यसको केन्द्रविन्दु काठमाण्डू उपत्यकाभन्दा पश्चिममा रहेको धादिङमा थियो।
साँझ ५:४४ मा रेकर्ड गरिएको ४.३ 'लोकल म्याग्निट्युड'को परकम्पको केन्द्रविन्दु उपत्यकाभन्दा उत्तरमा रहेको सिन्धुपाल्चोक जिल्लामा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प पत्ता लगाउने प्रविधिमा क्रान्ति
'सरकारी अनुदानले पुग्दैन, आफूसँग पैसा छैन'
परकम्पको लामो शृङ्खला
गत हप्तापनि धादिङमा परकम्पहरू रेकर्ड गरिएका थिए।
गोरखा भूकम्पको तीन वर्षपछि पनि गोरखादेखि दोलखासम्म केन्द्रविन्दु भएर परकम्प गइराखेका छन्।
तस्वीर कपीराइट AFP, GETTY, EPA
राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पपछि ४४ हजारभन्दा बढी परकम्प गइसकेका छन्।
परकम्प कहिलेसम्म?
वैज्ञानिकहरूका अनुसार ठूलो भूकम्प गएपछि अरू भूकम्प जानु स्वाभाविक हो। ठूलो भूकम्पकै कारण जाने भएकाले र त्यसलाई पछ्याउने हुनाले तिनलाई 'आफ्टर्शक्' अर्थात् परकम्प भनिन्छ।
धरहरा पहिलाको जस्तै नौतले कि २२ तले?
नेपालमा तीन वर्षमा ४४ हजार भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२, २०७२ को भूकम्प लोकल म्याग्निट्युडमा ७.६ रहेको बताएको छ भने अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले अलिक भिन्न पद्धति अनुसरण गरेर ७.८ म्याग्निट्युडको रहेको मानेको छ।
हामी परकम्पको सङ्ख्याबारे केही पूर्वानुमान गर्नसक्छौँ। किनभने तिनका केही निश्चित आचरण हुन्छन्
सुजन हफ, भूकम्प वैज्ञानिक, यूएसजीएस
सो भूकम्पबारे गरिएका अध्ययनमा संलग्न भएकी यूएसजीएसकी वैज्ञानिक सुजन हफका अनुसार आधुनिक डेटा उपलब्ध भएका हुनाले गोरखा भूकम्पबारे बुझ्न विस्तृत अध्ययनहरू हुँदैछन्।
बेसिन इफेक्ट
"वास्तवमा हामी परकम्पको सङ्ख्याबारे केही पूर्वानुमान गर्नसक्छौँ। किनभने तिनका केही निश्चित आचरण हुन्छन्," हफ भन्छिन्।
"तर बिस्तारै तिनको सङ्ख्या घट्छ। समय बित्दै जाँदा थोरै परकम्प महसुस हुन्छ। ठूला परकम्प पनि कम हुँदै जान्छन्।"
'गोरखा भूकम्प शृङ्खला'बारे नै विद्यावारिधि गर्दै गरेका केन्द्रका प्रमुख लोकविजय अधिकारी पहिलो एक वर्षमै ३० हजारभन्दा बढी परकम्प गएको बताउँछन्।
सुजन हफका अनुसार ठूलो भूकम्प गएको १० वर्षसम्म परकम्प गइराख्न सक्छ।
पुराना भूकम्प
नेपालमा पहिला पनि ठूला भूकम्प नगएका हैनन्।
विसं १९९० मा गएको 'महाभूकम्प' अहिलेको आधुनिक मापन पद्धतिमा ८.० म्याग्निट्युडजति भएको आकलन गरिएको छ।
तर पहिला गएका ठूला भूकम्पबारे वैज्ञानिक तथ्याङ्क सहज रूपमा पाउन नसकिने हुनाले तिनको अध्ययन जटिल हुन्छ।
Image caption वैखाख १२, २०७२ मा गएको भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लाको बारपाक भएको बताइन्छ
उच्च भूकम्पीय जोखिम भएको हिमालय क्षेत्रकै एउटा खण्डमा गएको हुनाले तीन वर्षअघिको भूकम्प अपेक्षित नै रहेको हफ बताउँछिन्।
उनी भन्छिन्, "त्यो क्षेत्रमा ठूलो भूकम्प अवश्यम्भावी नै थियो।"
'कम क्षति'
वैशाखको भूकम्प र त्यसका शक्तिशाली परकम्पहरूमा परेर झन्डै नौ हजार व्यक्तिको मृत्यु भयो र ठूलो भौतिक एवम् आर्थिक क्षति भयो।
तर पूरै नेपाल र काठमाण्डू उपत्यकामा होला भनी पूर्वानुमान गरिएको जस्तो नराम्रो कम्पन र धनजनको क्षति नभएको विज्ञहरू बताउँछन्। त्यसबारे बुझ्न वैज्ञानिक अध्ययनहरू पनि भए।
पहिला विशाल ताल रहेको ठानिने काठमाण्डू उपत्यकाको भूमिमुनि त्यही तालको थिगर बाँकी छ। थिगरले सानो भूकम्प जाँदा भूमिमा हुने कम्पनलाई बढाइदिने वैज्ञानिकहरूको बुझाइ थियो। त्यसैले ठूलो भूकम्प जाँदा ठूलै क्षति हुने डर थियो।
'गोरखा भूकम्प'का बारेमा शोध प्रकाशित गरेकी सुजनका अनुसार शक्तिशाली भूकम्प जाँदा काठमाण्डूको त्यही थिगर 'शक् अब्जर्बर्' (आघात अवशोषक) बनिदियो र केही उच्च आवृत्तिका कम्पनलाई सोसिदियो।
तस्वीर कपीराइट Susan Hough/USGS
Image caption यो चित्रमा नीलो/बैजनी रङ्गले कम्पन घटेका काठमाण्डू उपत्यका एवम् अन्य क्षेत्र र हरियो/पहेँलो रङ्गले कम्पन बढेका क्षेत्र देखाइएको छ।
उनी भन्छिन्, "यो कुरा वैज्ञानिक उपकरणहरूबाट सङ्कलित डेटा र क्षतिको विस्तृत अध्ययनबाट पनि पुष्टि भइसकेको छ।"
यदि त्यसरी कम्पनहरू नसोसिएका र तिनीहरूले छिटोछिटो तलमाथि गरेका भए भूकम्पले काठमाण्डूमा रहेका संरचनालाई बढी क्षति पुर्याउँथ्यो र त्यसबाट धेरै क्षति हुन्थ्यो भन्ने उनको विश्लेषण छ।
ठूला भूकम्पको सम्भावना
नब्बे सालको भूकम्पको केन्द्रविन्दु पूर्वी नेपालको चुरे प्रदेशभन्दा तलतिर भएको मानिन्छ।
तीन वर्षअघिको भूकम्पको केन्द्रविन्दु गोरखा थियो। त्यसपछि आएका ठूला परकम्पहरू दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोकको भूगर्भबाट सुरु भए।
तिनले पूर्वी नेपालतिर नै धेरै असर गरे।
भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन्।
तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ।
'उपमहाद्वीप निलिँदै'
भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ।
भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।
पश्चिम नेपालमुनि सयौँ वर्षदेखि विकसित ऊर्जा निष्काशन हुँदा म्याग्निट्युड ८.५ वा सो भन्दा ठूलो भूकम्प जान सक्छ
एरिक फिल्डिङ, वैज्ञानिक, नासा
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।
"भारत युरेशियामुनि जाँदैछ, तर प्लेटहरू अड्किएका छन्," हफ भन्छिन्।
यसरी हल्लाएको थियो भूकम्पले
"तिनीहरू त्यत्तिकै चल्न सक्दैनन्। अड्किएरै बस्दा समयक्रममा तनाब सिर्जना हुन्छ र त्यो भूकम्पका रूपमा निस्किन्छ।"
अमेरिकी संस्था नासासँग आबद्ध भूभौतिकशास्त्री एरिक फिल्डिङको आकलनमा पश्चिम नेपालमुनि सयौँ वर्षदेखि विकसित ऊर्जा निष्काशन हुँदा म्याग्निट्युड ८.५ वा सो भन्दा ठूलो भूकम्प जान सक्छ।
"पश्चिम नेपालको कुन भागमा ठूलो भूकम्प जान्छ भन्न सकिँदैन," हफ भन्छिन्। "तर धेरै समयदेखि भूकम्प नगएको हुँदा त्यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ।"
तथ्याङ्कका आधारमा सम्भावनाका कुरा गर्न सकिए पनि भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी गर्न सम्भव छैन। | 2019/03/26 19:43:47 | https://www.bbc.com/nepali/news-44942579 | mC4 |
२१औँ वार्षिकोत्सव मनाउँदै गुरूकुल | चितवन पोष्ट
२१औँ वार्षिकोत्सव मनाउँदै गुरूकुल
गुञ्जनगर । पश्चिम चितवनको गुञ्जनगरमा रहेको परमानन्द स्मृति वैदिक गुरूकुलले आफ्नो २१औँ वार्षिकोत्सव सप्ताहव्यापीरुपमा मनाउँदै छ ।
वार्षिकोत्सवको अवसरमा विशेष अनुष्ठानसहितको सरस्वती पूजन, भरतपुर महानगरीय गुरूकुलका छात्रहरुबीच खेल प्रतियोगिता, पश्चिम चितवनस्तरीय अन्तरर्मिहला समूह हाजिरीजवाफ प्रतियोगिता, विभिन्न भजनमण्डलीहरुबीचको अखण्ड कीर्तन प्रतियोगिता एवम् छात्रहरुको कला प्रस्तुति, विभिन्न प्रतियोगीहरुलाई पुरस्कार वितरण, दाता सम्मान आदि कार्यक्रमहरु रहेको प्राचार्य ज्ञानप्रसाद भूर्तेलले बताए ।
२०५४ सालमा स्थापना भएको गुरूकुल विद्यालयमा ३० जना विद्यार्थीहरुले अहिले हिन्दुधर्मअनुसार मर्दापर्दा गरिने कर्मकाण्डदेखि वेद, संस्कृतिका साथै अन्य विषयहरु समेत पढ्ने गरेका छन् । धर्म र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्वामी परमानन्दले खोलेको विद्यालयमा अहिले ती बालबालिकाहरु पाठनपाठन गरिरहेका छन् । चितवनसहित नवलपरासी, तनहुँ, कास्कीलगायतका जिल्लाहरुबाट विद्यार्थीहरु पढ्न आउने गर्छन् ।
मध्यमासम्मको पढाइ हुने भनिए पनि आर्थिक समस्याले अवरोध भएको कारण आठ कक्षासम्म मात्र पढाइ हुँदै आएको छ । विद्यार्थीलाई खुवाउन, पढाउन र नित्य कक्षा सञ्चालनमा पनि समस्या भएको गुरूकुलका अध्यक्ष श्रीलाल अधिकारीले बताए । गुरूकुललाई नेपाल सरकारले यसैवर्षदेखि निमाविको अध्यापनका लागि स्वीकृतिसमेत दिएको छ ।
धार्मिक संस्कृतिहरु बचाइराख्नका लागि यस विद्यालयमा यस्ता किसिमका पठनपाठन गराउने गरेको विद्यालयका प्रधानाध्यापक भूर्तेलले बताए । धार्मिक गुरूकुलको नामले चिनिने यस विद्यालयमा वेद, व्याकरण, कर्मकाण्ड, ज्योतिषलगायतका विषयमा पठनपाठन हुने गर्दछ । विभिन्न सहयोगदाताहरुको सहयोगमा निर्माण भएको २८ लाख रूपैयाँको अक्षयकोषको व्याजबाट विद्यालय सञ्चालन भइरहेको बताउँदै अध्यक्ष अधिकारीले सो अक्षयकोष एक करोड पु¥याउने लक्ष्य रहेको बताए ।
गुरूकुलका सचिव मुक्तिनाथ ढकालले गुरूकुल सञ्चालनका लागि तत्कालीन गुञ्जनगर गाविसले ५ कठ्ठा जमिन गुरूकुलका लागि उपलब्ध गराएको थियो । भौतिक निमार्णका लागि भने महायज्ञलगायतका विभिन्न कार्यक्रमहरु गरी सहयोग जुटाउने गरिएको छ ।
यसवर्ष भरतपुर महानगरपालिका वडा नं १८ ले ५० हजार रकमसमेत छुट्याएको बताए । विद्यालयमा धार्मिक शिक्षाका अलावा अन्य विद्यालयमा झैँ पढाइ हुने, अंग्रेजी, नेपाली, सामाजिकलगायतका विषय पनि पठनपाठन हुने गर्दछ । | 2019/08/22 16:17:01 | https://echitwanpost.com/79934/ | mC4 |
धादिङ महोत्सवमा ११ देशका कलाकारले देखाए प्रस्तुति – धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका
प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार ०९:५२
धादिङ – नेपालसहित ११ देशका कलाकारले धादिङ महोत्सवमा प्रस्तुती देखाएका छन्। 'सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना' भन्ने नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं ४ रायटारमा संचालन भएको धादिङ महोत्सवमा आइतबार प्रस्तुती गरेका हुन्।
नेपाल सहित बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्की लगायतका देशहरुका कलाकारहरुले प्रस्तुती देखाएका हुन्। आफ्नो देशको कला, संस्कृति तथा पहिचान झल्कने प्रस्तुती देखाएका हुन्। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पनि प्रस्तुती गरेका थिए नागरिक न्यूज डट कमले खबर लेखेको छ ।
महोत्सवको मुख्य आकर्षकको रुपमा हात्ती सफारी रहेको छ। महोत्सव अवधिभर हात्तीबाट धादिङवेसी बजार परिक्रमा तथा हेलिकोप्टरबाट जिल्लाको महत्वपूर्ण स्थलको अवलोकनको व्यवस्था पनि मिलाइएको आयोजक संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए।
१२ दिनसम्म चल्ने महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दुध तथा दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवासायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी, जिल्ला भित्रका खनिजजन्य पदार्थहरुको प्रदर्शनी तथा बिक्रीमा रहेको छ। त्यस्तै इलेक्टोनिक्स वस्तुहरुको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि सम्बन्धी जानकारी, अटो मोबाइल्सको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी तथा प्रवद्र्धन, रमाइलो मेला तथा विभिन्न जातिय खानाका परिकारहरु रहेका छन्।
जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्वरोजारका लागि युवाहरुलाई आकर्षण गर्ने, जिल्लाको पर्यटन प्रवद्र्धन, जडिवुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने उद्देश्यले साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो। | 2020/09/19 15:27:09 | http://dhadingnews.com/?p=31872 | mC4 |
अविरल बर्षासंगैको बाढी पहिरो बाट हुम्लाको ताँजाकोटका ६५ घरमा क्षेती - Khaptad Nepal
अविरल बर्षासंगैको बाढी पहिरो बाट हुम्लाको ताँजाकोटका ६५ घरमा क्षेती
३१ श्रावण २०७७, शनिबार २३:२५ August 15, 2020 Khaptad NepalLeave a Comment on अविरल बर्षासंगैको बाढी पहिरो बाट हुम्लाको ताँजाकोटका ६५ घरमा क्षेती
जिवन कैला – बाजुरा – अविरल वर्षासँगै आएको बाढी पहिरोले हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं ४ का करिव ६५ घरमा क्षेती पुर्याएको छ । आज विहान करिव ४ वजे देखि १० बजे सम्म आएको अविरल वर्षासँगैको बाढी पहिरोले वडा नं ४ का ७ वटा वस्तीका ६५ घरमा क्षेती पुर्याएको हो । वडा नं ४ का काउला, उत्तेशैनी, भदालबीटु, ओखलढुङ्गा, ख्ररादेउला गैरा र गल्लावाडा लगायतका वस्तीमा क्षेती पुर्याएको हुम्लाबाट बैज्ञानीक शर्माले जानकारी दिनुभएको छ ।
वस्ती माथिबाट आएको बाढी पहिरोका कारण करिव २ सय ५४ घरपरिवार रहेको चार नंम्बर वडाका ६५ घरमा कसैको पुर्ण त कसैको आङ्सिक क्षेती भएकोे उहाँले जानकारी दिनुभएको छ । विहानको समयमा बाढी पहिरो आउदा घर वगाएर क्षेती पुर्याए पनि कुनै मानविय क्षेति नभएको स्थानीयले वताएका छन । सो वस्तिका स्थानिय बाढी पहिरोको त्रासले गाँउ छाडेर अहिले वडा भित्रकै सुर्य प्रकाश आधारभुत विद्यालय र चन्द्र प्रकाश माध्यामिक विद्यालयमा त्रिपाल टाँगेर बसीरहेका छन ।
उक्त वस्तीका करिब २ सय ५४ घरपरिवारको खेतीयोग्य जमिन समेत कटान गरेको स्थानियले बताएका छन । चार नंम्बरको वस्तीहरुमा जोड्ने खोलानालामा पानीको बहाव बढेको र सडक अवरुद्ध भएकोले सो स्थानमा जनप्रतिनिधि पुग्न नसकेको शर्माले जानकारी दिनुभएको छ । | 2021/01/20 04:21:39 | https://www.khaptadnepal.com/?p=4582 | mC4 |
दुई वर्षमा बन्यो एक सय मिटर सडक « GDP Nepal
दुई वर्षमा बन्यो एक सय मिटर सडक
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनाएको हो ।
पूर्वाधार विकास कार्यालयले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुस पहिलो हप्ता ठेक्का लगाएको थियो । रु एक करोड ४९ लाख लागत अनुमान गरिएको उक्त योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।विसं २०७७ असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादको बहानामा सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुईवटा प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताउनुभयो ।
"आर्थिक वर्ष ०७७/७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडक बनाउन माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको काम गत असारमै सकिएको थियो," उहाँले भन्नुभयो, "०७६/७७ मा बिएनले ठेक्का लिएको एक हजार ५०० घनमिटर कडा चट्टान काट्ने काम यसैपालि गरिएको हो ।"अक्करे पहाडमा करिब एक सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन बाँकी छ । खोरिया आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले अक्करे पहाड छिचोलेर सडकको मार्ग खोलिए पनि थप मर्मत सुधार गरेर जति सक्दो छिटो यातायात सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
"खोरियाभन्दा अगाडि मरेनी र लमसुङसम्म सडक पुगेको छ," उहाँले भन्नुभयो, "महतलाको भिरमा खुलेको ट्र्याकलाई यातायात सञ्चालन योग्य बनाएमा आवतजावत र ढुवानीमा सहज हुने थियो ।" सडक भए पनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो ।
निर्माण कम्पनी बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले समयमा काम गर्न नपाउँदा ढिलाइ भएको बताउँदै आउनुभएको छ । महतलादेखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गर्दै आएका लुलाङ, लमसुङ र खोरियाका बासिन्दाबीच गत वर्ष गाउँपालिकाको पहलमा महतलाभन्दा अगाडि खोरियाको फेदीबाट लमसुङतर्फ जाने सडक बनाउने सहमति भएको थियो । सहमतिअनुसार गत वर्ष गाउँपालिकाले विनियोजन गरेको रु ४० लाख बजेटबाट खोरियाको फेदीदेखि लमसुङको सिमानासम्म पुगेको सडकलाई पूर्णता दिनुपर्नेमा लमसुङका ओम विकले जोड दिनुभयो । महतला भिरमा खोलिएको सडकलाई सुधार गरेमा खोरिया हुँदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् ।
महतलाको अप्ठ्यारो भिरलाई छाडेर सडक डिभिजन कार्यालयले खोरिया हुँदै कासम खोलासम्म गत वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक खनिसकेको छ । खोरियावासीले चन्दा सङ्कलन गरेर ढोरपाटन जाने मूल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्र्याक पनि खनेका थिए ।धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महतलाको भिरमा खुलेको मार्गलाई चक्लाएर र ग्रेड सुधार गरेर यातायात सञ्चालन योग्य बनाउन तथा गुर्जातर्फ जाने सडक निर्माणका लागि विभिन्न विकल्पमा छलफल र पहल भइरहेको बताउनुभयो । | 2022/01/25 01:30:22 | https://gdpnepal.com/archives/17450 | mC4 |
न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै - Samatal Online
१९ श्रावण २०७८, मंगलवार Santa Kumar Shrestha 0 Comments
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
'आजको बैठकले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल गरेर सहमति जुटाउने छ', कार्यदलका एक सदस्यले भने । हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो ।
साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार सञ्चालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ । केपी शर्मा ओलीको सरकारको विकल्पमा शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार गठन भए पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।
सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा सरकारको साझा कार्यक्रम बनाउन सकेका छैनन् । प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीसँगै सत्ता गठबन्धनको आलोचना बढेको छ । | 2021/09/20 20:42:31 | https://samatalonline.com/archives/47440 | mC4 |
Bizpati.com - Leading Economic Online News Portal From Nepal | अब काठमाडौँदेखि धुलिखेलसम्म सुन्दर यातायातको विद्युतीय बस
Sep 30, 2020 | 07:17:44 PM मा प्रकाशित
नेपालकै पहिलो बिजुली बस कम्पनी सुन्दर यातायातले काठमाडौँ देखी धुलिखेलसम्म बस संचालन गर्ने भएको छ। कम्पनीका अध्यक्ष भेष बहादुर थापाले सुन्दर यातायातले छिट्टै धुलिखेलमा विद्युतीय चार्जिंग स्टेसन निर्माण गर्ने र बस नियमित संचालन गर्ने बताएका हुन् ।
बिजुली बसको शुभारम्भ भएको अवसरमा पहिलोपटक काठमाडौँ उपत्यका बाहिर बस संचलान गर्न बुधबार सुन्दर यातायातका अध्यक्ष सहितको टोलीले काठमाडौँ देखि धुलिखेल सम्मको परिक्षण यात्रा गरेको हो।
काठमाडौँ देखि धुलिखेलसम्म बस पुग्दा धुलिखेलका मेयर अशोक बेञ्जुले स्वागत गरेका थिए । नेपालकै पहिलो बिजुली बस आफ्नो नगरपालिकामा आउँदा आफु निकै उत्साहित भएको भन्दै निकट भविष्यमा नै सुन्दरको भरपर्दो र सुरक्षित यात्रा धुलिखेल बासीले गर्न पाउनेमा आफु आशावादी भएको मेयर बेञ्जुले बताए। | 2020/10/29 22:13:49 | http://bizpati.com/update/42281 | mC4 |
होटल तथा रेष्टुरेन्टको वर्गीकरण शुरु – Sky News Nepal
सुर्खेतमा खाद्य स्वच्छता मापन
१६ आश्विन २०७८, शनिबार २३:२७ मा प्रकाशित
स्काई न्यूज /असोज १६, सुर्खेत । सुर्खेतका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा जिल्ला सदरमुकाम वीरेन्द्रनगरका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्टिकर टाँस्ने कार्य शुरु गरेको हो । जिल्लामा रहेका ठूला, साना होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाईएको छ ।
खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको छ । ९० अंकभन्दा माथि ल्याउने होटल 'क' वर्गमा, ८० देखि ८९ अंक ल्याउने होटल 'ख' वर्गमा, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल 'ग' वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट 'घ' वर्गमा समावेश हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए । होटल तथा रेष्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाई, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषाक्त भएका खानेकुराको व्यवस्थापनलगायतका ५० वटा मापदण्डमा होटलको मूल्यांकन गरिएको छ ।
अभियानको पहिलो दिन सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा चार वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरिएको छ । प्रजिअ रिजालले होटल नमस्ते नेपालद्वारा सञ्चालित जियाना रेष्टुरेन्टमा खाद्य स्वच्छता मूल्यांकन सूचकांकका आधारमा हरियो लोगो (स्ट्रिकर) टाँसेर अभियानको शुभारम्भ गरेका हुन् । उनले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई अझैपनि कोरोना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिए । अझैपनि केही सुधार गर्नुपर्ने सुझाव दिँदै होटल भ्याली भ्यूले हरियो लोगोसहित उत्तम स्थान पाएको डिभिजन प्रमुख थापाले बताए । 'शनिबार डीएफसी होटलले सन्तोषजनक (मध्यम) स्थान, होटल नाम्लोले सामान्य स्थान पाएर पहेंलो लोगो पाएको छ भने होटल बुलबुले भ्यूले एक स्थान घटुवा भएर पहेंलो लोगो पाएको छ,' उनले भने, 'होटल अशोका, होटल नमूना खाद्य स्वच्छताको न्यूनतम् मापदण्ड समेत पालना नगरेको पाईएपछि उनीहरु स्तरीकरण भित्र नै पर्न सकेनन् ।' उनले स्तरीकरण भित्र पर्न नसकेका होटल तथा रेन्टुरेन्टले खाद्य स्वच्छतामा धेरै सुधार गर्नुपर्ने देखिएको जनाए ।
के हो होटल स्तरीकरण ?
होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरण गर्ने गर्दछ । कार्यालयले पहिलो चरणमा वीरेन्द्रनगरमा सञ्चालित होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरि स्टिकर टाँस्ने अभियान शुरु गरेको हो । होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणाली लगायतलाई मूल्याङ्कनको आधार बनाइको छ । वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइन्छ ।
अति उत्तम श्रेणीको होटल–रेष्टुरेन्टले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउने गरेका छन् । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ । त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक) को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ ।
यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ । होटलको दर्ता प्रक्रिया, सरसफाई, होटल र बाटोको दुरी, कामगर्ने कुक, वेटरको तालिम तथा सरसफाई जस्ता विषयहरु समेत स्तरीकरणमा समावेश गरिएका छन् ।
अधिकांस भान्सा फोहर
तीव्र गतिमा विकास भईरहेको सुर्खेतमा रहेका अधिकांश होटलमा सरसफाइको कमी देखिएको छ । होटलहरुको विविध अवस्थाका बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ र होटल अर्गनाईजेशनले गरेको अनुगमनका क्रममा अधिकांश होटलहरुका भान्सा अत्याधिक मात्रामा फोहर रहेको पाईएको हो ।
त्यस्तै वीरेन्द्रनगरका केही केही होटलहरु सञ्चालकको नाममा समेत नभएको अनुगमनका क्रममा भेटिएका छन् । त्यस्ता होटल सञ्चालकलाई आफ्नो नाममा होटल दर्ता गर्न निर्देशन दिईएको छ । सुर्खेतमा होटल तथा रेन्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता अनुगमन जिल्लाभरी नै सञ्चालन हुने डिभिजन प्रमुख थापाले बताए । उनले खाद्य स्वच्छताबारे सम्वन्धित पक्षलाई जागरुक गराउन, उपभोक्ता हितको रक्षा गर्नका लागि सरकारी तवरबाटै अभियान शुरु गरिएको जनाए । | 2022/01/17 01:08:58 | https://skynewsnepal.com.np/2021/10/02/18564 | mC4 |
पुस १७, पर्वत । पर्वतको कुश्मा नगरपालिका ४ कुश्माकी २३ वर्षीया बिषाखा परियार दुवै मृगौला फेल भएर मृत्युसँग लड्दै अस्पतालमा छट्पटी रहेकी छन् । दुई महिनाकी सुत्केरी परियार घरमा बस्ने समयमा अस्पतालकाे बेडमा छाेरीकाे अनुहार कहिले देख्न पाउछु भन्दै छट्पटी रहेकी छन् ।
शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंको बेडमा उनी अहिले छन्, तर आर्थिक अवस्था कमजोर भएपछि मृत्युलाई पर्खे जस्तै भएको छ । परियार २ महिना गण्डकी अस्पताल पाेखरामा प्रसुतीकाे लागि अाएकी थिईन ।
सहज रूपमा प्रसुती हुन नस्कदा बिसाषाकाे अप्रेसन पश्चात बच्चा जन्म भएको हाे। उनकाे सफल अप्रसेन पछि जन्मेकाे नवजात शिशु त स्वस्थ त भयाे तर अामा बिशाखालाई ठुलाे ब्रजपात भयाे।
"शिशु जन्मिएपछि आमा बिशाखाकाे एक्कासी पिसाब बन्द भयाे । चेकजाँच गर्दा रिपोर्टमा मृगौलाकाे खराबी भएको जानकारी पायौं । बच्चा जन्मिएको पारिवारिकको खुसीमा दुखमा थपियाे," उनका श्रीमान विनय परियारले भने । बिषाखा २ महिनाकाे बच्चालाई घरमा छाेडेर उपचारकाे लागि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा आएकी छन् ।
बिषाखाको दुवै मृगौला फेल भएकाे रिपोर्ट अाए सगै उपचारमा ठुलाे समस्या अाएकाे र दुवै मृगौला प्रत्यारोपण गर्नकाे लागि अार्थिक अबस्था कम्जोर भएकाे श्रीमान विनयले बताए । अहिलेसम्म उपचारमा घरकाे सबै सम्पत्ति सकिएको उनले बताए ।
बिषाखाको उपचारका लागि बिशाखा परियार बचाउ अभियान सञ्चालन समेत गरिएको छ । जसमा अहिलेसम्म परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघर्ष समितिको तर्फबाट अध्यक्ष बिमल परियार, बरिस्ठ उपाध्यक्ष केशव नेपाली, युवा संयाेजक भिम बहादुर परियार, महिला संयाेजक सृजना परियार सुन्दास, मनकुमारी परियार, प्रिङका परियार माेडल दिलु साेनारले संयुक्त रुपमा १० हजार सहयोग गरेका छन् ।
साथै बिषाखा परियारलाई बचाउन सहयोग गर्न चाहानेले श्रीमान विनय परियारलाई ९८२१३७५७९८ मा सम्पर्क गर्न सकिनेछ । | 2020/01/19 18:09:13 | https://lekalionline.com/archives/32073 | mC4 |
सल्यान, १४। जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।
उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिनुभयो । "तलब नखाएर काम गर्न लागेको पाँच महीना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छ्रैनन्, उधारोमा काम कहिले सम्म गर्ने", सचिव राठौरले भन्नुभयो ।
लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड््काले गुनासो गर्दै भन्नुभयो, "हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटक–पटक नगरपालिकामा आफ्नो समस्या राख्याँै तर सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ ।"
कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको नगरउपप्रमुख मञ्जु ऐरीले वताउनुभयो । "हामी पनि नगरपालिकाभित्रका सबै कर्मचारीको पक्षमै छाँै, हामीले कार्यपालिकाको बैठकमा गत आर्थिक वर्षमा सम्पन्न क्रियाकलापको समीक्षा गरौँ भनेका छौँ, समीक्षा गर्न सहमत भए हामी नगरपरिषद् गर्न सहमत छौँ", उहाँले भन्नुभयो ।
नगरप्रमुख गोविन्द पुनले छिट्टै समस्या समाधान हुने बताउनुभयो । शिक्षकका मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो । | 2021/03/01 06:40:42 | https://matrisandesh.com/archives/21782.html | mC4 |
विकास | गृहपृष्ठ | Page 6
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको बाँकी कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न रू. ५८...
सिँचाइ र नदी नियन्त्रणका लागि २३ अर्ब ६३ करोड
काठमाडौं । कृषियोग्य जमीनमा दिगो एवं भरपर्दो सिँचाइ सुविधा पु¥याउन सिँचाइ आयोजनाहरूको विकास निर्माणलाई तीव्रता...
निर्माण व्यवसायीको आन्दोलन स्थगित : बीड क्षमता कारोबारको ७ गुणासम्म कायम हुनुपर्ने
काठमाडौं । सार्वजनिक खरीद नियमावली (सातौं)–२०७६ संशोधन भएपछि निर्माण व्यवसायी महासंघले आन्दोलनका कार्यक्रमहरू...
४ हजार ६ सय विद्यालयको पुनर्निर्माण
काठमाडौं (अस) । सरकारले भूकम्पपछि क्षति पुगेका ४ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ । शिक्षा पत्...
भूमि बैंकको स्थापना गरी उद्यमका लागि जग्गा भाडामा दिइँदै
काठमाडौं । भूमि बैंकको स्थापना गरी यसमार्फत दीर्घकालीन कृषि र उद्योग व्यवसाय सञ्चालन गर्न जग्गा भाडामा उपलब्ध...
ढोर दरबार पुनर्निर्माण हुँदै
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ऐतिहासिक ढोर दरबारको पुनर्निर्माण शुरू गरिएको छ । तत्काल...
शहरी पूर्वाधारमा ४० अर्ब ७३ करोड बजेट : १८५ नगरपालिकामा एकीकृत शहरी पूर्वाधार
काठमाडौं । सरकारले आगामी आवको बजेटमा पनि स्मार्टसिटीको योजना नारासहित दोहोर्याएको छ । शहरी पूर्वाधारमा ४० अर्...
on: December 05, 2018 विकास
बसपार्क सञ्चालनमा चुनौती
सुनसरी । सुविधायुक्त बसपार्क निर्माण सम्पन्न भए पनि यात्रुका लागि असहज हुने भएकाले इनरुवास्थित नयाँ बसपार्क सञ्चालनमा चुनौती रहेको यातायात व्यवसायीले बताएका छन् । सङ्घीय शहरी विकास आयोजना का... बिस्तृतमा
'निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी'
काठमाडौं (अस) । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरूलाई सरकारले दिनुपर्ने रकम चाँडै भुक्तान गरिने बताएका छन् । मङ्गलवार नेपाल निर्माण व्यवसायी महासङ्घको प्... बिस्तृतमा
दोलखा (अस) । दोलखामा निजी आवास पुनर्निर्माण ६७ प्रतिशत सकिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण भूकम्पीय आवास पुनर्निर्माण शाखा दोलखाका कार्यालय प्रमुख निर्मलदर्शन आचार्यले चालू आर्थिक वर्ष... बिस्तृतमा
कर्णालीमा लगानी अध्ययन गर्दै एडीबी
सुर्खेत । एशियाली विकास बैङ्क (एडीबी)ले कर्णाली प्रदेशमा लगानीका लागि सम्भाव्यता अध्ययन शुरू गरेको छ । गरीबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट उक्त प्रदेशलाई समृद्धितर्फ उन्मुख गराउने उद... बिस्तृतमा
राप्ती नदी तटबन्धमा १ अर्ब बजेट सम्झौता
दाङ (अस) । राप्ती नदी तटबन्धका लागि रू. १ अर्ब बजेट सम्झौता भएको छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत डब्ल्यूआरपीपीएफ परियोजना र एशियाली विकास बैङ्... बिस्तृतमा
हुलाकी राजमार्गमा समस्यै समस्या, मापदण्डविपरीत निर्माण
on: December 04, 2018 मुख्य खबर, विकास
मङ्सिर १८, वीरगञ्ज । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको योजनामा राखे पनि पर्सामा यसको स्तरोन्नतिमा समस्यै समस्या देखिएको छ । राजगमार्ग डिजाइनदेखि निर्माणस्थलमा स्थानीय बासिन्दाको अव... बिस्तृतमा | 2019/06/18 19:29:08 | http://www.abhiyan.com.np/?cat=238&paged=6 | mC4 |
ढुंगा, गिट्टी जथाभावी उत्खननमा सर्वोच्चको रोक – Sky News Nepal
२० श्रावण २०७८, बुधबार २०:३८ मा प्रकाशित
काठमाडौँ — सर्वोच्च अदालतले देशका विभिन्न स्थानमा खानीसम्बन्धी सम्पूर्ण विवरण समेटिएको सूचना बोर्ड नराखी सञ्चालन भइरहेका खानीबाट नदीजन्य पदार्थको संकलन, उत्खनन र ढुवानीमा रोक लगाएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आइतबार 'ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७' मा उल्लेख भएअनुसार सूचना पार्टी राखेर मात्र खानी सञ्चालन गर्न आदेश दिएको हो । 'संघीय सरकारले जारी गरेको मापदण्डको दफा १७ विपरीतको कार्य कोहीकसैबाट हुन नदिनू,' आदेशमा भनिएको छ । मापदण्डको दफा १७ मा 'नदीजन्य पदार्थको संकलन, उत्खनन वा ढुवानीकर्ताले संकलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चारकिल्ला, उत्खनन गर्ने अवधि र समय, प्रयोग गरिने साधन र गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बरलगायत विवरण उत्खनन वा संकलनस्थलमा राखेको सूचनापाटीमा अनिवार्य हुनुपर्ने उल्लेख छ । आदेशमा गिट्टी, ढुंगा उत्खननसम्बन्धी नीति, त्यसबारे गरिएका अध्ययन र गुरुयोजना वा योजनासमेत लिएर साउन २८ मा अदालतमा विपक्षीलाई उपस्थित हुन भनिएको छ ।
'यो आदेशअनुसार सूचनापाटी नराखेका खानी सबै अवैध ठहरिन्छन्,' रिट दायर गर्ने वातावरण कानुन समाज नेपालका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, 'अब ढुंगा, गिट्टी भएको खाली जमिन सबै मेरो हो भनेर उत्खनन र संकलन गर्न पाइनेछैन ।'
श्रेष्ठसहित हरिकला कटेल, रामेश्वर सेढाइँ, विश्वजित तिवारी, राम शर्मा, पदमबहादुर शाही र राम उपाध्यायले साउन १३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, पर्यटन, संघीय मामिला र खानेपानी मन्त्रालयसहित ७ वटै प्रदेशविरुद्ध रिट दायर गरेका थिए । पर्याप्त कानुनबिना नै सबैजसो प्रदेशले बजेटमा आर्थिक पक्षलाई मात्र ध्यान दिएर नदीजन्य पदार्थको उत्खननमा जोड दिएपछि रिटमार्फत त्यसको कार्यान्वयनमा रोक लगाउन माग गरिएको थियो ।
निवेदकहरूले ७ वटै प्रदेशका विभिन्न स्थानमा हाल भइरहेको नदीजन्य पदार्थको उत्खनन तथा दोहनका कारण नदी प्रणाली, जनजीवन र वातावरणमा प्रतिकूल असर परिरहेकाले त्यसलाई तत्काल रोक्न माग गरेका थिए । यसअघि सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गर्ने गरी संघीय सरकारले बजेटमार्फत ल्याएको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न असार ३ मा अन्तरिम आदेश दिएको थियो ।(कान्तिपुर) | 2022/01/16 09:47:43 | https://skynewsnepal.com.np/2021/08/04/15718 | mC4 |
Everestmission | हरपल खबर, निष्पक्ष विश्लेषण पत्रकारलाई पीसीआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग
२५ बैशाख २०७८, शनिबार ०९:५१
काठमाडौँ, २५ बैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।
शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराइरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गरिएको छ ।
शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको शाखा सचिव गौतमले राससलाई जानकारी दिए । यस्तै, कोभिड जोखिममा परेका पत्रकारको सहयोग र भैपरी आउने अवस्थाको तयारीका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा सात सदस्यीय 'टाक्स फोर्स' समिति गठन गर्ने निर्णय भएको छ ।
सङ्क्रमणमा परेका शाखा सदस्यको सङ्ख्या, अस्पताल तथा होम आइसोलेसनमा रहेकाको अवस्था पहिचान गरेर पाँच दिनभित्र सुझाव पेश गर्न शाखाका उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । रासस | 2021/10/27 15:09:22 | https://everestmission.com/2021/05/08/09/149222/ | mC4 |
घुम्नै पर्ने धार्मिक एवम् ऐतिहासिक गुम्बाहरु « News of Nepal
घुम्नै पर्ने धार्मिक एवम् ऐतिहासिक गुम्बाहरु
अबको डेढ महिना पछि भ्रमण वर्ष सुरु हुदै गर्दा जिल्लाको सदरमुकाम गोसाइकुण्ड गाउँपालिका ६ धुन्चे वरपरका धार्मिक एवंम ऐतिहासिक पर्यटकिय र भावि पुस्ताहरुमा पनि जिवन्त राखन गुम्बा हरुको अस्तित्व कायम राख्न जरुरी छ ।
धुन्चे गाउँको शिरानमा हाल को जिल्ला शिक्षा कार्यालय मुनि र गुम्बाको दक्षिणमा असिना,हुरी बतास र पहिरोबाट गाउँलाई बचाउने दुइ वटा सेरा खनेन मानि थिए ।
सोमदाङ सडक २०४२ सालमा निर्माण गरेपछि उक्त कार्यालय मुनिको सेरा खनेन मानी भत्काइएको छ ।यी मानी हरु पनि सेराब तेन्जिन र गोम्बो तन्जिन ले निर्माण गरेका थिए ।यी मानीहरुको निर्माण पछि गाउँमा दैवि विपत हरु आएका छैनन् ।
यस्ता पुरातात्वीक आफ्नो संस्कृतिहरुलाई जोगाइ राख्न जुन ठाउँमा हो, त्यही ठाउँमा मानेहरु बनाइ जिवन्त राख्न सके पछिल्ला समयका पिढिहरु लाई इतिहास हुने थियो । यस्ता कुराहरु खोताल्दै जादा रसुवा जिल्लाको वैतानिक वकिल फुर्पा तामाङले बताउनु भएको हो ।
उहाँले पनि आफ्नो जैविक विविधता संरक्षण पर्यटन विकासमा धर्म संस्कृति भन्ने किताबमा उल्लेख गर्नु भएको छ । उहाँले अबका पिंढीले जान्न जरुरी छ भनेर बताउनु भएको हो ।
उहाँ यसै रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका ५ ठुलो भार्खु निवासी भएकाले आफ्नो धर्म संस्कृति संस्कारलाई पहिचान गरि हामी जति नै शताब्दी को भएपनि आफ्नो पहिचान हुनुपर्छ भन्ने सोच छ ।
धुन्चे वरपरका धार्मिक गुम्बाहरुले एक आर्कषक केन्द्रविन्दु हुनसक्छ यस्तो गुम्बाहरुको अवशेषहरु मात्र बाँकी छ केहि हराइसकेका रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु हुन्छ । | 2020/03/30 20:01:37 | https://www.newsofnepal.com/2019/11/24/266091/ | mC4 |
नारायणगढमा चलचित्र 'कर्म क्याँ' प्रदर्शन – Halkaro
नारायणगढमा चलचित्र 'कर्म क्याँ' प्रदर्शन
चितवन । शनिबार नारायणगढको गणेश चित्र मन्दिरमा गुरुङ संस्कृतिमा आधारित गुरुङ भाषाको चलचित्र 'कर्म क्याँ' अर्थात् 'कर्मको बाटो' प्रदर्शन गरिएको छ । तमू प्ये ल्हू संघ जिल्ला कार्य समिति चितवनले संस्थाको भवन निर्माण सहयोगार्थ चलचित्र प्रदर्शन गरेको हो।
संस्थाको आफ्नै भवन नहुँदा हरेक कार्यक्रम तथा बैठक बस्नसमेत समस्या हुने भएकोले विभिन्न माध्यमबाट आर्थिक संकलन गरेर आफ्नै भवन निर्माण अभियानमा लागेको तमू प्ये ल्हू संघ चितवनका वरिष्ठ उपाध्यक्ष तुलाराम तमूले जानकारी दिए । लोकबहादुर तमू र धर्ममाया तमुस्योको संयुक्त लगानीमा निर्माण भएको चलचित्र 'कर्म क्याँ'ले २०७१ सालमा काठमाडौँमा आयोजित राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ।
गुरुङ समाजमा हुने माया प्रेमको भावलाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ। चलचित्रमा आजभन्दा २५ वर्ष पहिलेको परिवेशलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रकी निर्देशक एवम् कलाकार जसमाया गुरुङ 'जस्सु'ले जानकारी दिइन्। गुरुङ समुदायको मौलिक संस्कृति र भाषा संरक्षणको लागि चलचित्र निर्माण गरिएको उनले बताइन् । आफूले निर्देशन गरेको पहिलो चलचित्र भएकोले दर्शकसामु उनले सुझावको समेत अपेक्षा गरिन्।
चलचित्रमार्फत सामाजिक रुपान्तरण गर्न सक्ने हुँदा दर्शकको चाहनाअनुसारको स्वाद दिने प्रयास गरिएको उनले बताइन् । उनको दोस्रो चलचित्र 'म्ले क्यु' अर्थात् 'बिर्साउने पानी' निर्माणकै क्रममा छ । चलचित्र 'कर्म क्याँ'मा रिया गुरुङ, सुजित गुरुङ, विष्णु गुरुङ, शंकर गुरुङ 'बतासे', रसिला गुरुङलगायतका कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् । | 2018/10/17 18:24:51 | http://halkaro.com/2018/06/31035 | mC4 |
कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु « प्रशासन
समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ । | 2021/10/25 02:15:52 | https://www.prasashan.com/2020/07/26/187225/ | mC4 |
सत्तारुढ दलका शीर्ष नेतालाई आफ्नै पार्टीका नेताहरुबाट यस्तो दवाव ?
Homenationalसत्तारुढ दलका शीर्ष नेतालाई आफ्नै पार्टीका नेताहरुबाट यस्तो दवाव ?
स्थानीय तह लगायत प्रान्त र संसदीय निर्वाचनको घोषणा गर्न सरकारमाथी दिनप्रतिदिन दवाव बढ्दै गएको छ । प्रमुख प्रतिपक्ष दल एमाले मात्र होइन् सत्तारुढ दलकै नेताहरु पनि तत्काल निर्वाचनको मिती घोषण गर्न दवाव दिन थालेका छन् । तर मधेशी मोर्च भने संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव परिमार्जन नभएसम्म चुनावमा नजाने अडान लिईरहेको छ । चुनावको मिती घोषणा गर्न र नगर्न अडान राख्ने पक्षहरुको चेपुवामा वर्तमान सरकार परिरहेको छ ।
यसैबीच तीन ठूला दलका शीर्ष नेताले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन् । संसदको शुक्रबारको बैठकमा बोल्दै तीन ठूला दलका शीर्ष नेताले तत्काल चुनावको मिति घोषणा गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।
सरकारले सबै दललाई लिएर तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने उनीहरुको माग छ । संसदमा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आफूहरुसँग एक वर्ष मात्र बाँकी रहेकाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नु पर्ने धारणा राखे । उनले भनेः' हामीसँग अब एक वर्षको समयमात्र बाँकी छ । यो समय भित्र चुनाव गर्न नसक्ने हो भने देशको अस्तित्वनै संकटमा पर्छ ।' चुनाव गर्दा सुरुमा स्थानीय तहको चुनाव गर्नुपर्ने उनको धारणा छ ।
त्यस्तै एमाले उपाध्क्ष भिम रावलले पनि तत्काल चुनाव गर्नु पर्ने माग गरे । उनले सरकार गठन भएको ६ महिनामै देशको अवस्था भयावह भएको भन्दै भनेः' यो समय संविधान कार्यान्वयनका लागि केही भएन । अन्तर्राष्टिय सम्बन्ध बिग्रियो ।' नेता रावलले रामचन्द्र पौडेल प्रति व्यङ्ग्य गर्दै भनेः' चुनाव गर भन्ने तर चुुनाव नगर्न अहिलेसम्म कसले रोक्यो चुनाव ?'
आफूले शितल निवासमा भएको एक बैठकमा नेपालको शान्ति सुरक्षामा असर पर्ने काम भएको बारे जानकारी गराएपनि सरकारले त्यसमा चासो नदेखाएको भन्दै रावलले आपत्ति समेत जनाए ।
माओवादी केन्द्रका नेता रामनारायण विडारीले संविधान संशोधनको चपेटामा देश परेको र संविधान संशोधन गरेर चुनावमा जानुपर्ने धारण राखे । | 2022/06/29 01:26:32 | http://www.hamroyatra.com/2017/01/blog-post_451.html | mC4 |
बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गेको नयाँ ट्रयाक खुलेको छ । आगामी आवभित्र यस सडकलाई डबल लेनको रुपमा स्तरोन्नति गरिने भएको छ । वैकल्पिक सडक निर्माणको लागि तिनाउ गाउँपालिकाले रु ६० लाख र रिब्दीकोट गाउँपालिकाले रु १० लाख लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले रु २० लाख र [ ] | OSCAR-2019 |
||
नेता बचाउन चन्दा उठाउँदै जनता ! - inaruwaonline.com
अनलाइनमा हरेक घण्टा १ हजार डलरका दरले संकलन
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ समय: २१:०३:२३
काठमाडौं । हाम्रो देशमा नेतागिरी आफैमा यस्तो अलोकप्रिय 'पेशा' हो, जसले सधै गालीमात्र खान्छ । नेताले यस्तो बेला प्रशंसक कमाउँछ जतिबेला उ शक्तिमा पुग्छ, आफ्ना मतदातालाई राज्यकोषबाट अनेक शीर्षकमा लाभ दिन सुरु गर्छ । तर, कहिल्यै लाभको पदमा नपुगेको, कहिल्यै चुनाव नजितेको र धेरै कार्यकर्ता पनि नभएको सानो दलको एउटा नेताप्रति मानिसहरुको अनौठो सदभाव देखिँदै छ । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको जीवन रक्षाका लागि मानिसहरुले स्वःस्फूर्तरुपमा जसरी चन्दा उठाइरहेका छन् ।
कोरोना संक्रमणका कारण मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत थापाको स्वास्थ्य अवस्था गम्भीर छ । उनको उपचारमा सहयोग पुर्याउन परिवार र विवेकशीलका कार्यकर्ताले चन्दा संकलन अभियान सुरु गरेको लगभग २४ घण्टा बित्दैछ । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार अहिलेसम्म गोफण्ड नामक अनलाइन प्लेटर्फममार्फत् झण्डै २३ हजार डलर (२४ लाख रुपैयाँ) र बैंक खातामा २६ लाख ५० हजार गरी झण्डै ५० लाख रुपैयाँ रकम संकलन भएको छ ।
अनलाइन प्लेटर्फम गो फण्डमा २४ घण्टाको अबधिमा हरेक घण्टा १ हजार डलर रकम संकलन भइरहेको छ, जहाँ विदेशमा बसोबास गर्ने नेपालीहरुले ५ देखि ५ सय डलरसम्म सहयोग गरिरहेका छन् । अहिलेसम्म ४ सय ५० जनाभन्दा बढीले अनलाइनमार्फत् डोनेसन दिएका छन् । संयोजक पाण्डेका अनुसार थापाको एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको छ । यही प्रविधिबाट उपचारका लागि ग्राण्डी अस्पतालबाट मेडीसिटीमा ल्याइएको हो । थापाको उपचारमा दिनको ४/५ लाख रुपैयाँ लाग्ने भएपछि सहयोग संकलन सुरु गरिएको थियो । पाण्डेले भने, 'आज साँझ चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्थाबारे बताउनुहुन्छ, त्यसपछि थप निर्णय होला ।'
थापाको उपचारका लागि चन्दा संकलन सुरु भएपछि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर, थापाको परिवार र शुभेच्छुकहरूले सद्भावका लागि धन्यवाद भन्दै प्रसाईले दिने भनेको सहयोग आवश्यक नपर्ने बताएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ' उनीहरुले प्रेस नोटमार्फत भनेका छन् । अनलाईन खबरबाट।
होम आईसोलेसनमा बस्नुभएकाहरुलाई काेराेना जित्ने १६ टिप्स
होम आईसोलेसनमा बस्नुभएकाहरुलाई काेराेना जित्ने १६ टिप्सः १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइट सम्म व्यक... | 2021/06/22 10:15:14 | https://www.inaruwaonline.com/78602/ | mC4 |
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पक्राउ - Samajbad
बुध, कार्तिक १२, २०७७
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पक्राउ
साउन २६, काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चितवनको भरतपुर–१८ घर भएका ३६ वर्षीय नसिव तामाङ विशेष सुचनाको आधारमा बालुवाटारमा रहेको कोठाबाट पक्राउ गरिएको हो ।
तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे दुई वटा, ल्यापटप, राउटर, मोबाइल, १० वटा एनटीसी र २० वटा एनसेलको सिम कार्ड लगायत बरामद भएको छ । एसपी रेग्मीका अनुसार तामाङ यसअघि १९ जेठ ०७२ मा पनि अवैध भीओआईपी उपकरणसहित धापासीबाट पक्राउ परेका थिए ।
एक वर्ष कैद सजाय भुक्तान पश्चात छुटेका उनले पुनः अवैध काम थालेका थिए । छिटो आम्दानी हुने बाटो हेरेरै पुनः पुरानै धन्दा चलाएको देखिन्छ', एसपी रेग्मी भन्छन्, 'उनले विदेशी कल क्यारियरसँग समन्वय गर्ने गरेको खुलेको छ ।' | 2020/10/28 09:31:50 | https://samajbad.tv/9096/ | mC4 |
मधेशी नागरिक समाजले थाल्यो अभियान: 'डिजिटल मधेश-आधुनिक मधेशी' « NagarikTimes : National News Portal From Kathmandu
मधेशी नागरिक समाजले थाल्यो अभियान: 'डिजिटल मधेश-आधुनिक मधेशी'
मधेशी नागरिक समाजले मधेशी समुदायका नागरिकलाई 'आधुनिक मधेशी' बनाउने उद्देश्यले 'डिजिटल मधेश' अभियान थालेको छ ।
उस्ले सबै मधेशी जनतालाई प्रविधिमेत्री बनाउने उद्देशयका साथ सुरुमा वित्य शिक्षा, डिजिटकल शिक्षा र त्यसपछि बैंक खाता अनिवार्यताको अभियान थालेको हो ।
मधेशी नागरिक समाजको विशुद्ध स्वंयसेवी अभियान अन्तरगत मधेशी मूलका नेपाली जनतालाई डिजिटल मेत्री बनाउने प्रयास थालिएको समाजका संयोजक गणेश मण्डलले बताए ।
'मधेशीहरु परापुर्व कालदेखि नै टेक्निकल शिक्षामा अग्र स्थानमा रहेका छन्' उनले भने 'आजको २१ औ शताब्दी टेक्नोलोजी र आधुनिकताको युग भएकोले पनि यो यूग मधेश र मधेशीको यूग हो तर्सथ यही बुझईका साथ हामिले यो अभियान संचालन गरेका हौं ।
समाजका संयोजक गणेश मण्डल
के हो डिजिटल मधेश ?
मधेशी नागरिक समाजद्वारा प्रदेश १ र २ अन्तरगत पर्ने झापा जिल्लादेखि पर्सासम्मका ११ जिल्ला १८० स्थानीय तह १६८० वडा, करिब ५ हजार गाउँ, २५ हजार टोल, १८ लाख घरपरिवार र १ करोड जनसंख्यालाई लक्षित गरेर आधुनिकिकरण गर्ने उदेश्यले संचालन गरिएको डिजिटल अभियान हो ।
जसको लक्ष्य मधेशीलाई आइटी संरचनामा सुधार, बाँडिएका बिभिन्न संरचनाहरुलाइृ एकिकृत गर्दै सम्पुर्ण सरकारी गौरसरकारी बिभागलाई डिजिटलीकरण गरि शासन–प्रशासनलाई पारदर्शी बनाउनु हो ।
यो अभियान मधेशी नागरिक समाजको बिशुद्ध समाजिक अभियान हो । यस अभियानलाई मधेशको ग्रामीण क्षेत्रसम्म पुर्याएर डिजिटल लकर प्रणाली, क्यासलेस कारोबार, डिजिटल हस्ताक्षर, इगर्भनेन्स र स्थानीय तहमा राज्यको सुबिधाहरुको बारेमा आम नागरिकमा (डिजिटल सेवा केन्द्र) मार्फतजागरण फैलाउनु हो ।
यस अभियानले मधेशमा सरकारी संस्था तथा सेवालाई डिजिटलीकरण गर्न अधारभूत ढाचा को निर्माण गर्न अभिप्रेरित गर्ने, नागरिकलाई डिजिटल सशक्तीकरण सहित भ्रस्टाचार माथी नियन्त्रण गर्न मद्दत हुनुका साथै डिजिटल लेन-देन, राजस्व वृद्धि हुनुको साथ साथै पैसा छपाइको खर्चलाई कम गर्नमा मद्दत गर्छ ।
यस आर्थिक पारदर्शिता एंव नगदरहित अर्थब्यबस्थाको विजारोपन मधेशमा हुनेछ । यो कार्यक्रमबाट मधेशको ११ जिल्लामा करिब ५ लाख यूवालाई रोजगारी सृजना हुने सम्भावना देखिन्छ ।
अभियानलाई सफल बनाउनकालागि केही कठिनाइहरु पनि देखिन्छ । जस्तै आम नागरिकसँग ईन्टरनेटको सुबिधा नहुनु, ईन्टरनेटको स्पीड कम हुनु, साइबर सुरक्षा, टेनोलोजी शिक्षा र जागरुकतामा अभाव आदि ।
झापादेखि पर्सासम्मको १ करोड जनसंख्यामा मात्र १० लाख नागरिकसँग स्मार्ट फोन मात्र हुनु हाम्रो लागि चिन्ताको बिषय हो ।
डिजिटल मधेश अभियानलाई सफल बनाउनका लागी मधेशमा प्राबिधिक शिक्षा बिद्यालयका बिद्यार्थीहरमा हामीले नागरिक क्याम्पेन मार्फत टेनोलोजीमा जागरुकता फैलाई डिजिटल मधेशको निर्माण कार्यलाई सफल पार्ने सपना बोकेर मधेशी नागरिक समाज अगाडि बढीरहेको छ । | 2020/02/19 12:43:25 | http://www.nagariktimes.com/2019/09/100095/ | mC4 |
भारतमा पछिल्लो २४ घण्टामा ३.९२ संक्रमित भेटिए, शुक्रबार ४ लाख बढी भेटिएका थिए -
भारतमा पछिल्लो २४ घण्टामा ३.९२ संक्रमित भेटिए, शुक्रबार ४ लाख बढी भेटिएका थिए
अन्तरास्ट्रिय समाचार स्वास्थ्य
भारतमा शनिबार २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ संक्रमित भेटिए । यस्तै, ३,६८४ को ज्यानसमेत गएको छ । भारतमा कोरोनाको दोस्रो लहरका बीच पहिलो पटक निको हुने बिरामीको आँकडा ३ लाख पार भएको छ । शनिबार ३ लाख ८ हजार ५२२ बिरामी निको भएर घर फर्किएका छन् ।
यसअघि रेकर्ड स्तरको ४ लाख १ हजार ९११ नयाँ संक्रमित भेटिएका थिए । यो संसारको कुनै देशमा एकैदिन भेटिएका नयाँ संक्रमितको सबैभन्दा ठूलो संख्या हो । यतिमात्रै होइन, यो आँकडा सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका नयाँ बिरामीभन्दा सात गुणा बढी हो । त्यहाँ शुक्रबार ५८,७०० संक्रमित भेटिए । संसारभरी ८.६६ लाख नयाँ बिरामीको पहिचान भएको हो । यीमध्ये लगभग आधा ४६ प्रतिशत भारतमा मात्रै भेटिए ।
मृत्युको आँकडाबारे कुरा गर्ने हो भने संसारमा सबैभन्दा धेरै भारतमा मृत्यु भइरहेको छ । अघिल्लो दिन संसारमा कोरोनाका कारण १४,२८५ को मृत्यु भयो । यीमध्ये ३,५२१ को भारतमा मात्रै मृत्यु भएको छ । अर्थात् संसारमा पछिल्लो २४ घण्टामा भएको मृत्युमा हरेक चौथो मृत्यु भारतमा भएको छ । यहाँ सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ जहाँ ८२८ संक्रमितको मृत्यु भएको छ । स्रोत रातोपाटी
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या तीन महिनायताकै उच्च, शुक्रबार ४ लाख बढी भेटिएका थिए, स्रोत रातोपाटी | 2022/07/01 08:04:34 | https://birgunjkhabar.com/19149/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF/42/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%9B%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A5%A8%E0%A5%AA-%E0%A4%98%E0%A4%A3%E0%A5%8D%E0%A4%9F%E0%A4%BE%E0%A4%AE-2/ | mC4 |
पौरखी Archives - Page 5 of 5 - Sagarmatha Online News Portal
बुद्धवीर बाहिङ । ठूलो बारीको गह्रामा लामो चित्राको गोठ । जहाँ १६ वटा गाई र भैँसीहरु लस्करै बाँधिएको थियो । गोठको मध्य भागमा चिटिक्क परेको सानो गोठ थियो । त्यसभित्र स–साना पाडापाडी र बाछाबाछी सोत्तरमाथी मस्त सुतिरहेका थिए । बीच भागमा तीन चुला राखिएको, चुलामा दुध भकभक उम्लिरहेको थियो । बेलाबेलामा बुबाले दुधलाई काठको डाडुले चलाएको दृष्य म एकोहोरिएर हेरिरहन्थे । एकातिरको कुनामा बाक्लो सोत्तर ओछ्याइएको...
उम्दा यूवा नेता:सूर्य कुलुङ
बुद्धवीर बाहिङ । वि.सं. २०४७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन गुदेल निम्न माध्यमिक विद्यालयको प्रारम्भिक कमिटिको संयोजकबाट राजनीतिमा होमिएका सूर्य कुलुङले ११ वर्षको कलिलै उमेरदेखि राजनीतिको कखरा शुरु गरेका थिए । वामपन्थी विचारबाट प्रभावित भई राजनीति शुरु गरेका कुलुङले केहि समयपछि वामपन्थी राजनीतिलाई त्यागेर प्रजातान्त्रिक विचारलाई आत्मासाथ गरी कस्सिएर नेपाली का्रग्रेस पार्टीम...
गाविस अध्यक्षदेखि सभासदसम्म:हर्कबोल राई बाहिङ (दुङ्मोचा)
बुद्धवीर बाहिङ । वि.सं. २०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन एकताको पाँचौंबाट राजनीतिमा होमिएका हर्कबोल राई दुङमोचा बाहिङले १५ वर्षको कलिलै उमेरमा राजनीतिको कखरा शुरु गरेका थिए । वामपन्थी विचारलाई अंगीकार गरेका बाहिङको जीवनकालमै विभिन्न राजनैतिक उतारचढाव समेत मुकाविला गर्नुप¥यो । जुन समस्या र संघर्षले जीउनुको वास्तविकता र यथार्थतालाई बाहिङले नजिकबाट नियाल्न सके । जसले गर्दा ... | 2019/11/19 08:24:43 | https://www.sagarmathaonline.com/category/paurakhi/page/5/ | mC4 |
रजश्वलामा व्यायाम : गर्न जाने लाभ नजाने पीडा Ukeraa – Latest and featured news from Nepal.
रजश्वलामा व्यायाम : गर्न जाने लाभ नजाने पीडा
काठमाडौं : महिला पुरुष सबैलाई सुन्दर रहन शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन आवश्यक हुन्छ। स्वस्थ तथा सुन्दरताका लागि खानपान मात्रै हैन, सन्तुलित व्यायामको पनि आवश्यकता पर्छ।
व्यायाम र खानपानको सन्तुलन मिल्यो भने शारीरिक तथा मानसिक रुपमा स्वस्थ बन्न सकिन्छ। स्वस्थ बन्ने अन्य उपाय पनि छन्।
तर, कुन समयमा व्यायाम गर्ने? कति समय व्यायाम गर्ने? रजश्वला भएको अवस्थामा व्यायाम गर्ने कि नगर्ने भन्ने कुरामा भने द्विविधा हुन सक्छ।
हो, महिलाले रजश्वलाको समयमा व्यायाम गर्ने केही नियम तथा टेक्निक छन्।
रजश्वलाको समयमा व्यायाम गर्न हुन्छ वा हुँदैन भन्ने सन्दर्भमा विभिन्न विश्लेषण नभएका हैनन्। तर, हामीले बिर्सनै नहुने कुरा के हो भने,'रजश्वलाको समयमा रक्तश्राव हुन्छ।'
रजश्वला भनेको महिलामा हुने मासिक चक्र हो। यो चक्रका कारण नै महिलामा प्रजनन् क्षमता हुन्छ।
अब प्रश्न उब्जन्छ,'यो समयमा व्यायाम गर्ने कि नगर्ने त?'
रजश्वलाको समयमा शरीर अवश्य पनि शिथिल भएको हुन्छ। रक्तश्राव हुने भएकाले शारीरिक मात्रै हैन मानसिक रुपमा पनि महिला शिथिल हुन्छन्। यस्तो समयमा शारीरिक तथा मानसिक रुपमा भने अवश्य सक्रिय रहनुपर्छ। कुनै पनि काम नगरी निष्क्रिय भएर बस्दा
शारीरिक तथा मानसिक रुपमा थप तनाव उत्पन्न हुन सक्छ।
त्यसैले भन्न सकिन्छ, 'रजश्वलाको समयमा हल्का किसिमका व्यायाम गर्नुपर्छ।' तर, कडा किसिमका व्यायाम भने गर्नु हुँदैन।
रजश्वला भएको अवस्थामा मर्निङवाक गर्न सकिन्छ।
घरका भान्सा लगायतमा हल्का किसिमका काम गर्न सकिन्छ। योगा, ध्यान, प्राणायाम, ताइचीजस्ता व्यायाम गर्न सकिन्छ। कम तौल भएका सामान उचाल्न सकिन्छ।
रजश्वलाको समयमा गरिने केही व्यायामका टेक्निकका बारेमा चर्चा गरौँ।
यो आसनमा बच्चा सुतेजसरी कुनै पनि तनाव नलिई रिल्याक्स गरी सुतिन्छ। त्यसैगरी बच्चा जस्तैगरी ओछ्यानमा लुटुपुटु गर्दै पल्टिन सकिन्छ।
विशेषगरी घोप्टो पर्दै पल्टन सकिन्छ। शरीर भने हल्कागरी चलाउनुपर्छ।
सुखासनमा हल्का गर्दै उत्तानो परेर आनन्दले सुतिन्छ। सुतेपछि कोल्टेपर्दै एउटा खुट्टा खुम्च्याएर अर्को तन्काउँदै दायाँ बायाँ गरिन्छ। शारीरिक अंगलाई दबाब नपर्नेगरी हल्का किसिमले चलाउनुपर्छ। शरीर हल्का मर्काउन सकिन्छ
यो व्यायामको नामै शुखासन भएकाले यस किसिमको व्यायाम गर्दा शारीरिक तथा मानसिक रुपमा आनन्द मिल्छ। जसले रजश्वलाको समयमा हुने पीडा समेत कम हुन्छ।
शवासन व्यायामको विधिमा सहज रुपले उत्तानो सुतेर हातखुट्टा लमतन्न पारिन्छ। शरीर स्थिर राखिन्छ। त्यसपछि बिस्तारै लामो श्वास लिँदै बिस्तारै छोडिन्छ। यस्तो व्यायाम गर्दा ध्यान श्वासप्रश्वासमा केन्द्रित गरिन्छ।
यस्तो व्यायाम गर्नाले नकारात्मक किसमका हार्मोनको सक्रियता नभई सकारात्मक किसिमका हार्मोनको सक्रिय हुन्छ। जसले गर्दा आनन्द मिल्छ। दुखाई तथा पीडा कम हुन्छ।
कछुवा आसन
यस आसनअनुसार कछुवाको जसरी बिस्तारै हल्का चालमा दायाँबायाँ हल्लिँदै हिँड्न तथा व्यायाम गर्न सकिन्छ। नामै कछुवा आसन भएकाले कछुवा जस्तै हात र खुट्टा भुईँमा टेकेर बिस्तारै अगाडि सर्दै पछाडि सर्दै हिँड्न सकिन्छ। यस किसिमको व्यायाम गर्दा शारीरिक तथा मानसिक रुपमा तनाव भने लिनु हुँदैन
रजश्वलाको समयमा तनाव उत्पन्न भएको हुन्छ। तनाव कम गर्नका लागि आफूलाई मनपर्ने गीत–संगीत सुन्न सकिन्छ। यस्तो अवस्थामा मेलोडी किसिमका गीत–संगीत सुन्नाले तनाव कम गर्न सकिन्छ। मन आनन्द हुँदा खुसी दिने हार्मोन सक्रिय हुन्छन्।
जसले गर्दा सकारात्मक सोचको विकास हुनुका साथै तनाव कम गर्न सकिन्छ। संगीत चिकित्साको नामले चिनिने संगीत थेरापी पनि व्यायामको एक विधि हो।
रजश्वलाको समयमा यस्ता किसिमका व्यायाम दैनिक करिब २० मिनेट गर्नाले शरीर हल्का भएको महसुस हुन्छ। तनाव कम हुन्छ। पीडा कम हुन्छ।
नगरौँ कडा व्यायाम
कडा कसिमको व्यायाम गर्दा तथा धेरै तौल उठाउँदा भने रक्तश्राव नै बढी हुन सक्छ। त्यसैले रजश्वलाको समयमा कडा किसिमको व्यायाम तथा जिम गर्नु हुँदैन।
यस्तो अवस्थामा महिलाका शरीरका मांशपेशी कमजोर भएका हुन्छन्। कतिपय महिलामा त कडा किसिमको व्यायाम गर्दा बेहोस हुनेसमेत जोखिम हुन्छ। रजश्वलाको समयमा सन्तुलित व्यायाम गर्न नजान्दा प्रत्युत्पादकको जोखिम समेत हुन्छ।
यसमा सचेत हुनुपर्छ।
शारीरिक तथा मानसिक रुपमा धेरै भार पर्ने किसिमका काम गर्नु हुँदैन। यसको अर्थ दैनिक गरिने कामै गर्न हुँदैन भन्ने हैन। हल्का किसिमका काम गरी शारीरिक तथा मानसिक रुपमा सक्रिय रहनुपर्छ।
झोलिलो खानपान
रजश्वला भएको अवस्थामा सन्तुलित खानपान तथा सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। यस्तो अवस्थामा शरीर कमजोर हुने भएकाले हरियो सागपात, गेडागुडी, माछामासु, फलफूल खान आवश्यक हुन्छ।
झोलिलोमोलिलो तथा प्रशस्त मात्रामा पानी पिउनाले शरीर सुख्खा तथा कमजोर हुन पाउँदैन। जसले गर्दा पीडा कम गर्न सकिन्छ। ज्यान स्वस्थ राख्न सकिन्छ। | 2021/04/10 22:49:40 | https://www.ukeraa.com/news/2020/11/21/1640 | mC4 |
स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न « Surya Khabar
३० वैशाख, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो ।
केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए। हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो । आज बालिग मतदाताले आप्mनो मताधिकार प्रयोग गरेका छन् । | 2022/05/23 03:22:17 | https://suryakhabar.com/2022/05/276927/ | mC4 |
Nagarik Shukrabar - 'मनकारी' उद्योगी
बुधबार, ११ पुष २०७५, ०४ : ०३ | दिलिप पौडेल
उनको अफिसमा ह्विल चियरको स्टोर नै छ । तर, उनी ह्विल चियरका व्यापारी भने होइनन् । उनको अस्पताल पनि छैन । अपांगलाई सघाउन ह्विल चियर खरिद गरेर राखेका हुन् । 'अपांग आए भने ह्विल चियर दिएर पठाउँछु,' मोरङ सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकका भोला दुलालले भने ।
दुलाल उमेरले भर्खर ४० नाघेका छन् । करिब दुई दर्जन व्यवसायमा आबद्ध दुलाल स्थापित उद्योगी हुन् । बाबु बाजेले सुरु गरेको व्यावसायिक घरानाको उत्तराधिकारी नभई आफ्नै मिहिनेतले स्थापित भएका दुलालको अर्को उपनाम जोडिएको छ–'मनकारी उद्योगी' ।
धन भएर मन नहुने धेरै छन् । तर, दुलाल त्यस्ता उद्योगी हुन् उनले सामाजिक उत्तरदायित्वको बहानामा मात्र होइन हृदयदेखि नै सहयोगी भावनाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणको क्षेत्रमा करोडौं रुपैयाँ खर्च गरिरहेका छन् । 'सामाजिक सेवा भनेपछि हुरुक्क हुन्छ,' दुलालले भने ।
व्यावसायिक यात्रामा दुई दशक बिताएका दुलालले आफ्नो आम्दानीको २५ प्रतिशत सामाजिक काममा खर्चने गरेको बताउँछन् । 'मेरो नाममा भएका कम्पनीको ब्यालेन्स सिटको प्रोफिटबाट २५ प्रतिशत समाज सेवामा लगाउने अठोट लिएको छु,' उनले भने, 'वार्षिक करिब दुई करोड रुपैयाँ सामाजिक काममा खर्च गर्छु ।'
सत्कार मेसिनरीबाट व्यावसायिक यात्रा सुरु गरेका दुलाल पूर्वाञ्चल ल्युब आयल (पिएलओ) का प्रबन्ध निर्देशक हुन् । दुलाल पिएलओसहित विराटकोल, सीताकोल फेबिकल, जि–सेभेन पेन्टस्, मोटरसाइकलको ट्युब उद्योग, होटल, निजी विद्यालय र दर्जनभन्दा बढी ट्रेडिङ व्यवसायमा आबद्ध छन् । अटो ल्युब प्रालि, अन्नपूर्ण ट्रेड लिंक प्रालि, ब्राइट फ्युचर एजुकेसन फाउन्डेसन प्रालिका अध्यक्ष हुन् । विभिन्न देशबाट लुब्रिकेन्ट्स आयात गरेर बिक्री गर्दै आएका छन् । दुलालले निजी विद्यालय, होटल, कृषि फार्म, हाइड्रो पावरलगायत क्षेत्रमा लगानी गरेका छन् ।
उनले व्यक्तिगत लगानीमा लाखौं रुपैयाँ लगानी गरेर विद्यालय, खानेपानी योजना, छात्रवृत्ति, मठ,मन्दिर, शौचालय निर्माण विद्यार्थीका लागि छात्रवृत्तिमा मोटो रकम खर्च गर्दै आएका छन् ।
आफ्नै लगानीमा १६ वटा विद्यालयमा कक्षा कोठा निर्माण गरेर हस्तान्त्रण गरेका छन् । जनता प्रावि, सुकुना मावि, मदरा स्कुल, सरस्वती मावि बेलेपुर, बुद्ध मावि देवी झोला, महेन्द्र मावि शुक्रबारेलगायतका विद्यालयमा भवन निर्माण गरेका हुन् । एउटै विद्यालयमा साढे तीनदेखि १६ लाख रुपैयाँ खर्चिएको बताए ।
नर्सरीदेखि स्नातक तहसम्म अध्ययन गर्ने ७५ जना अनाथ बालबालिकालाई अध्ययनका लागि सम्पूर्ण कुरा व्यहोर्दै आएका छन् । विद्यार्थीका लागि छात्रवृत्ति स्वरुप, फिस, पोशाक, कपी, किताबको व्यवस्था गर्ने गरेका छन् ।
दुलालको सहयोगमा दीपेन्द्र प्रहरी स्कुल धरानमा २५ जना, ब्राइट फ्युचर बोर्डिङ स्कुलमा ३७ जना, सकुना कलेजमा १२ जना र अन्य विभिन्न कलेजमा २५ जना विद्यार्थीले स्नातक तह अध्ययन गरिरहेका छन् । वीरगञ्ज, बारा कलैया, धरानलगायत विभिन्न जिल्लाका विद्यार्थी रहेका छन् । 'नर्सरीदेखि ब्याचलरसम्म विद्यार्थी अध्ययन गर्छन्,' उनले भने । पढ्न नसक्ने विद्यार्थीलाई सूचना निकालेर नै आह्वान गर्ने गरेका छन् । इन्द्रपुर खानेपानी सहरी विकास आयोजनामा एक करोड रुपैयाँको पाँच कठ्ठा जग्गा उपलब्ध गराएको बताए ।
उनी अहिले सार्वजनिक शौचालय निर्माणमा तल्लीन छन् । सुन्दरहरैंचा नगरपालिकाअन्तर्गतका सडकमा सुविधा सम्पन्न शौचालय निर्माण अघि बढाएका छन् । 'विमानस्थलमा जस्तै सफासुग्गर शौचालय बनाउँदै छौं,' उनले भने, 'महिला, पुरुषसहित अपांगमैत्री शौचालय निर्माण गरेका छौं ।' शौचालयमा स्मोकिङ जोनसहित उपल्लो तलामा पुस्तकालय, प्रतिक्षालय पनि रहनेछन् । सुन्दरहरैंचाको १३
किलोमिटर अन्तर्गत बलिया चोक, गच्छया चोक, गोडगाउँ चोक, सलकपुर, विराटचोक, खोर्साने र हरैंचामा निर्माणाधीन छन् । 'दुई ठाउँमा निर्माणको अन्तिम चरणमा छन्,' उनले भने, 'मुलुककै नमुना सुविधा सम्पन्न शौचालय बनाउने योजना छ ।'
ती शौचालय निर्माणमा उनले २५ लाख रुपैयाँ व्यक्तिगत सहयोग गर्ने योजनामा छन् । '११ लाख ५१ हजार रुपैयाँ सहयोग गरेँ,' उनले भने, '२५ लाख पु¥याउने प्रतिबद्धता जनाएको छु ।' सो अभियानमा एक जनता एक सय रुपैयाँको अभियान सञ्चालन गरेका छन् । शौचालय निर्माणमा नगरपालिकाले कुल लागतको ३५ प्रतिशत व्यहोर्ने प्रतिबद्धता जनाएको छ ।
आमा दुर्गादेवी दुलालको नाममा एकल महिला प्रतिष्ठान पनि सञ्चालनमा ल्याउने तयारी गरेका छन् । प्रत्येक वडामा वृद्धवृद्ध भेटघाट जमघट हुने स्थलको रुपमा विकास गर्न लागेको बताए । 'भवन निर्माण गरेर वृद्ध चौतारी बनाउँछु,' उनले भने, 'त्यहाँ भजनकृतनसहित स्वास्थ्य जाँचको पनि व्यवस्था मिलाउँछौं ।' इटहरीको घाटमा क्रियापुत्री भवन निर्माणमा ११ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
दुलालले आफ्नै आमाको नाममा दुर्गादेवी दुलाल स्पोर्टस् ग्राम हल निर्माण गरेका छन् । दुलाल सन् २०१३ का नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष हुन् । जेसीजमा लागेकाले दुलालले युवाको क्षमता विकासका तालिममा पनि सघाउँदै आएका छन् । उनी सामाजिक संस्था लायन्स क्लबमा पनि आबद्ध रहेका छन् ।
दुलाल उद्योगी मात्र नभएर समाज सेवाका पर्याय भएको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल बताउँछन् । 'वहाँ उद्योगी मात्र नभएर सच्चा समाजसेवी हो,' ढकालले भने, 'हरेक क्षेत्रमा आफ्नै लगानीमा सहयोग गर्दै आउनुभएको छ ।' दुलालले धेरै सामाजिक क्षेत्रमा योगदान पुर्याएको ढकालले बताए । 'दिनदुखीलाई अप्ठ्यारो पर्दा सबैले दुलाललाइ नै सम्झिन्छन्,' उनले भने, 'नगरपालिकाका हरेक सामाजिक इनोभेटिभ कामको नेतृत्व वहाँले गर्दैै आउनु भएको छ ।' दुलालले विभिन्न क्षेत्र ठूलो धनराशि खर्च गरेर सहयोग गरेकाले नगरपालिकालाई पनि धेरै सजिलो भएको बताए ।
दुलाल कठिन परिस्थितिबाटै व्यवसायमा आएका हुन् । 'एसएलसी पास गरेपछि घरमा पढ्ने अवस्था थिएन,' दुलालले आफ्नो विगत स्मरण गर्दै भने, 'बुबाको मृत्युपछि पढाइ खर्च जुटाउन हम्मे थियो ।'
बाबुको मृत्युले अध्ययन गर्नमा मात्र नभएर परिवार सञ्चालनमा कठिनाइ भएको स्मरण गर्छन् । 'बुबा खसेकाले आमा, दिदीहरुले पढाउने, हुर्काउने गर्नुभयो,' उनले भने, 'आम्दानीको स्रोत नहुँदा घर परिवार चुर्लुम्म ऋणमा डुब्यो ।' एसएलसी पास गरेपछि आमाले आफँै गरिखानु पर्छ भनेपछि दुलालले मामाको सहायताले दमकको मेसिनरी स्टोर्समा काम गर्न सुरु गरेका थिए । 'सम्पत्ति बिक्री गर्दा पनि गाउँमा ऋण तिर्न नसक्ने अवस्था थियो,' उनले भने, 'आमाले आफैँ गरि खानुपर्छ भनेपछि त्यहाँबाट काम सिकेँ ।'
त्यहाँ काम गर्दा व्यवसाय म पनि गर्न सक्छु भन्ने दुलालमा आँट थपिएको थियो । कृषि सामग्रीको पार्ट बेच्ने पसल भएकाले धेरै धेरै कुरा थाहा पाएँ । तत्कालीन समयमा किसानले कृषि विकास बैंकबाट अनुदानमा ऋण लिन्थे । विराट चोकमा कृषि विकास बैंकको नयाँ शाखा विस्तार भएको थियो । दुलालले मनमनै गमे, 'अब आफ्नै व्यवसाय गर्नुपर्छ ।'
दुलालको छनोटमा पर्यो मोरङको विराटचोक । बैंक भएको ठाउँमा छनोट गरेर व्यवसाय गरेँ भने सफल हुन्छु भन्ने लागेपछि उनले २०४९ सालमा आएर विराटचोकमा ७० हजार रुपैयाँबाट सत्कार मेसिनरी सुरु गरेका थिए । 'ठूलो व्यावसायिक योजना बनाएर व्यवसाय सुरु गरेको होइन,' उनले भने, 'जब व्यवसायमा सुरु गरेँ । निकै मिहिनेत गरेँ र सफलता पाएँ ।' दुलालले १८ घण्टासम्म काम गर्थेँ । इमानदारिताका साथ काम गरेपछि पाँच, सात वर्षमा राम्रै पैसा कमाएँ । 'ट्रेडिङ त सधैँ बाहिरबाट सामान ल्याएर बेच्ने भएकाले स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने लागेर उद्योग सुरु गरेँ,' उनले भने । दुलालले सुरु गरेको पहिलो उद्योग पिएलओ लुब्रिकेन्ट्स हो ।
स्थिर सरकार बन्दा पनि अपेक्षित रुपमा लगानीको वातावरण नबनेकोमा भने उनको चित्त दुखाइ छ । मुलुकमा नीतिगत समस्या सुल्झिए लगानी बढ्ने विश्वास गर्छन् । उनले मुुलुकमा लगानीका प्रचुर सम्भावना रहेको बताए । दुलालले पूर्वाधार, जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षाको क्षेत्रमा लगानीको अवसर देख्छन् ।
'भारत र चीन हाम्रा लागि दुई ठूला बजार छन्,' उनले भने, 'त्यसलाई उपयोग गर्न बहुराष्ट्रिय कम्पनी नेपालमा ल्याउनु पर्छ ।' दुलालले पहिलोपटक मुलुकमा रासायनिक मल सञ्चालनका लागि तयारी थालेको बताए । 'दुई अर्ब रुपैयाँमाथि लगानीमा रासायनिक मल उद्योग सञ्चालन गर्ने तयारीमा छौं,' उनले भने, 'विदेशीसँगको साझेदारितामा नयाँ परियोजना अघि बढाउँदै छौं ।' | 2019/06/20 22:17:58 | https://shukrabar.nagariknetwork.com/news/4299 | mC4 |
आज पनि दोहोरो अंकले घट्यो नेप्से - Aarthik Sanjal
काठमाडौं । सेयर बजार असोज २५ गते सोमबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार २३.१९ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २६३९.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५६ अंकले घटेर २९४.२२ को विन्दुमा ओरालो लागेको छ। कारोबार रकम साँढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।
सक्रिय लगानीकर्ताहरूले आजको बजार घटाइलाई करेक्सनकै रुपमा लिएका छन। बजार २ दिन बढेको थियो, यो साता २ दिन घट्यो,यसलाई करेक्सन कै रुपमा लिनु पर्दछ।
बजार घट्नुको अर्को कारण चाडपर्वको सिजन पनि हो। अहिले मानिस चाडपर्व सोचमा छन् । केही ठूला र संस्थागत लगानीकर्ताहरु अझै पनि सरकार र नियामकको नीति निर्णयको प्रतिक्षामा रहेकोले बजार प्रवेश गरिसकेका छैन।
बजारको करेक्सन सकिएको छ, जति तल जानु थियो गइसक्यो। बजार माथि नै जान्छ, अब बढेको बजारले ४२०० सम्मको विन्दु चुम्न सक्छ। त्यसका लागि केही समय भने अवश्य लाग्छ भन्ने आशामा लगानीकरणता छन्।
अब दशैंपछि बजारको दिशा तय हुने अपेक्षा छ। दशैं र तिहारबीचमा सरकार र नियामकबाट केही नीतिगत फेरबदल हुने सम्भावना छ। बजार अनुकूल नीतिगत निर्णय भएमा दशैंपछि बजारले लय समात्ने अपेक्षा छ।
अहिले बजारको सेन्टिमेन्ट बिग्रिएको अवस्था छ। यसलाई सुधार्न सरकार र नियामकबाट उचित नीतिगत निर्णयहरु आउन आवश्यक छ। सेयर बजारको भविष्य अब सरकारकै कोटमा रहेको छ।
भारतीय सेयर बजारलाई तुलना गर्दा पनि नेपालको बजार माथि नै जाने देखिने अनुमान छ। लगानीकर्ताको मनोबल दह्रो भए ब्याजदरले पनि खासै प्रभाव पार्दैन। सरकारबाट बजार विकास तथा विस्तारका लागि लगानीकर्ताहरुले गर्दै आएका माग पूरा हुन आवश्यक छ।
आज लगानी समूह सर्वाधिक १.०७ प्रतिशतले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतले मात्र बढोत्तरी भएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा किनबेच भएका छन्। आज नबिल बैंकको सर्वाधिक १७ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
हिमालयन डिस्टिलरीको १६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँ, निफ्राको ११ करोड ६७ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँ, सानिमा बैंकको ९ करोड ९८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ९ करोड ११ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको संस्थापक सेयरको ९ करोड ११ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४९ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक कमाएका छन। यो कम्पनीको सेयरभाउ झन्डै ८ प्रतिशतले उकालो लागेको छ।
आज महालक्ष्मी विकास बैंकको सेयरधनीहरु सर्वाधिक गुमाएका छन । यो बैंकको सेयर भाउ झन्डै ९ प्रतिशतले ओरालो लागेको छ। रैराङ हाइड्रोपावरको सेयर मूल्यमा ८ प्रतिशत बढीको गिरावट आएको छ। सेयर बजारमा आज दशैंअघिको अन्तिम कारोबार हो। बजार अब असोज ३१ गतेमात्र खुल्ने भएको छ। | 2021/10/19 19:08:44 | https://www.aarthiksanjal.com/investment-share/49656.html | mC4 |
कोभिड-१९ विरूद्धको भ्याक्सिनका लागि बजेट अभाव हुँदैन :अर्थमन्त्री पौडेल – Swasthya Samachar
December 18, 2020 Editor स्वास्थ्यसमाचार
स्वास्थ्यसमाचार/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए ।
'भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं, अर्थमन्त्री पौडेलले भने भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।' उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए ।
उनले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।
उनले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागिपरेको बताए । 'अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ', उनले भने । | 2022/06/26 23:51:22 | https://swasthyasamachar.com/7297 | mC4 |
विभाजन: Bible verses on separation from loved ones
लाबानले भने, "हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरून्।" यसकारण त्यस खाँमोको नाउँ मिस्पा राख्यो। उत्पत्ति 31:49
मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो। अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।"तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।हन्नाले धन्यवाद दिन्छिन् 1 शमूएल 1:27, 28
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी पनि र्तसने छैन। किन? किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ। भजनसंग्रह 23:4
मेरो माता-पिताले मलाई छोडी गए। तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो। भजनसंग्रह 27:10
जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ। भजनसंग्रह 34:18
परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ। भजनसंग्रह 147:3
के कसैले आफ्नो प्रेमका निम्ति आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र? श्रेष्ठगीत 8:7
"म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाडनेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। यूहन्ना 14:18
अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। रोमी 8:18
जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो। 2 कोरिन्थी 1:4
एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। फिलिप्पी 3:7,8
दाज्यू-भाइहरु र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। 1 थिस्सलोनिकी 4:13
तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। हिब्रू 10:36
यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ। 1 पत्रुस 1:7 | 2021/10/21 10:58:43 | https://www.wordproject.org/bibles/verses/nepali/34_separation.htm | mC4 |
Gaule Media१५ श्रावण २०७५, मंगलवार ०१:५८
वि.सं. २०७५ साल साउन १५ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई ३१ तारिख। नेपाल संवत् ११३८ श्रावण कृष्णपक्ष। तिथि– तृतीया
आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन्।
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। तापनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ।
हल्लाको पछि लाग्दा काममा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले चिताएका काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। | 2022/05/21 13:02:01 | https://gaulemedia.com/archives/7393 | mC4 |
प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली आजको संसद बैठकमा पेश हुने भएको छ । दलहरूबीचको लामो छलफल र सम्वादपछि आजको बैठकमा नियमावली पेश गर्ने तयारी भएको हो । संसदको बैठक दिउँसो एक बजे बस्ने कार्यक्रम छ ।
फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवलीको कांग्रेस र राजपा नेपालले विरोध गर्दै आएका छन् । शीर्ष नेताहरूसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी तयार भएको मस्यौदा सदनमा पेश हुनेछ ।
नियमावली समितिमा कांग्रेस र राजपाको विरोधपछि फौजदारी अभियोग लागेर पक्राउ परेपछि सांसदको हैसियतमा काम कारबाही गर्न नपाउने र सेवा–सुविधा पनि नपाउने प्रावधान राखेर मस्यौदा बनाइएको थियो ।
तत्कालीन एमालेका सांसदहरूले नैतिक पतन हुने अभियोग लागेर पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका थिए । सभामुख कृष्णवहादुर महराले सत्तापक्ष र विपक्षी दलका शीर्ष नेतासँग पनि सहमतिको प्रयास गरेका छन् । | OSCAR-2019 |
||
'साग' महिला क्रिकेटः चन्दको विश्व कीर्तिमान
काठमाण्डौ - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गर्याे ।
यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्याे । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन् ।
उनले पहिलो ओभर मेडन राख्दै तीन विकेट लिइन् । त्यस्तै दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । र तेस्रो ओभरमा थप एक विकेट लिइन् । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन् । यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो ।
एलिसाले चीनविरुद्धको खेलमा ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । | 2020/08/14 17:28:49 | https://www.kantipath.com/sports/cricket/anjali-world-record | mC4 |
मुसाले टोक्यो? 'र्याट बाइट फिबर' होला है! :: डा शेरबहादुर पुन :: स्वास्थ्य खबरपत्रिका
मुसाले टोक्यो? 'र्याट बाइट फिबर' होला है!
डा शेरबहादुर पुन आइतबार, चैत १३, २०७८, ०७:०४:००
'र्याट बाइट फिबर' अर्थात् 'मुसाले टोकाइले आउने ज्वरो' को चर्चा खासै हुने गर्दैन। यद्यपि भारतमा भने २३०० बर्ष पहिले देखि नै जानकारीमा रहेको पाइन्छ। अस्पतालमा मुसाको टोकाइ पछि परामर्श लिन आउनेको संख्या हेर्दा पनि दैनिक मुसाको टोकाइबाट धेरै घाइते हुने रहेछन् भनेर सहजै अनुमान गर्न सकिन्छ। मुसाले टोकेपछि अस्पताल नै नआउनेको संख्या अझ अधिक हुनसक्दछ।
मुसाले टोकेपछि धेरैले रेबिजविरुद्धको खोप लगाउने भन्ने मात्र सोचेको देखिन्छ र त्यसैले अस्पताल आउने गरेको देखिन्छ तर मुसाको टोकाइले हुनसक्ने 'र्याट बाइट फिबर'को बारेमा भने धेरै अनविज्ञ नै देखिन्छ। लेखकसंग आफ्नो दुई दशकको अवधि भरमा झन्डै आधा दर्जनको हाराहारीले मात्र 'र्याट बाइट फिबर'संग मिल्दो लक्षणहरु लिएर परामर्शका लागि आएका अनुभव छ। हुनत, मुसाको टोकाइ वा कारणले धेरै र कतिपय त घातक संक्रामक रोगहरु पनि फैलने/फैलाउने गरेको पाहिन्छ। तर, यो लेखले मुसाको टोकाइबाट ज्वरोको लक्षण देखिने दुइ ब्याक्टेरियल संक्रामक रोगको बारेमा जानकारी दिनेछ।
'र्याट बाइट फिबर' कसरी फैलन्छ?
संक्रमित मुसाले टोके वा कोतरे/चिथारे ब्याक्टेरिया खुल्ला छालाबाट शरीरमा प्रवेश गर्न सक्दछ। संक्रमित मुसाको र्याल, दिसा वा पिसाबबाट पनि सर्न सक्दछ। संक्रमित मुसाको र्याल, दिसा वा पिसाब मानिसको नाक, मुख र आँखा मार्फत पनि ब्याक्टेरिया प्रवेश गर्न सक्दछ। तर 'र्याट बाइट फिबर' मानिसबाट मानिसमा भने सर्दैन।
लक्षणहरु कस्ता हुन्छन?
दुइ फरक 'र्याट बाइट फिबर' गराउने ब्याक्टेरियल संक्रमणहरुमा निम्न लक्षणहरु देखिने गर्दछ।
स्ट्रेपटोबेसिलोस मनीलीफोर्मिस संक्रमण:- सामान्यतय संक्रमण भएको ३ देखि १० दिन भित्रमा निम्न लक्षणहरु देखिन सक्दछन।
२) वाक-वाक वा बान्ता हुने।
३) जिउ वा जोर्नी दुख्ने (वा सुन्निने)।
४) ज्वरो देखिएको २ देखि ४ दिनमा शरीर हात वा खुट्टामा बिबिरा देखिने।
यदी समयमा उपचार न गरिए शरीरका बिभिन्न अंगहरुमा जस्तै मुटु, मिर्गौला, कलेजो, फोक्सो, मस्तिष्कमा जटिलताहरु देखिन सक्दछ। जटिलता देखिएका १० प्रतिशतको मृत्यु हुनसक्दछ।
स्पिरिलम माइनस संक्रम :- संक्रमण भएको एक देखि तीन हप्ता सम्ममा निम्न लक्षणहरु देखा पर्न सक्दछन्।
१) ज्वरोको उतारचडाप।
२) मुसाले टोकेको ठाउ सुन्निने वा घाउ हुने।
३) लिम्फ ग्रन्थिहरु सुन्निने।
४) ५० प्रतिशत संक्रमितमा शरीर भरी बिबिराहरु देखिन सक्दछ।
नेपालमा 'र्याट बाइट फिबर'को अवस्था कस्तो छ भनेर यकिन तथ्यांक त छैन तर दैनिक मानिसहरु संक्रमित भैरहेको नहोला भन्न भने सकिदैन। किनभने गाउँ होस् वा शहर मुसाको समस्या जहाँ पनि उत्तिकै देखिन्छ र टोकाइ पनि प्रशस्त भएको हामीले सुन्ने गर्दछौं। समयमा नै पहिचान वा चिकित्सकसंग परामर्श गर्न सके 'र्याट बाइट फिबर'को जटिलबाट सहजै जोगिन सकिनेछ। | 2022/06/29 10:04:49 | https://swasthyakhabar.com/story/45451 | mC4 |
काठमाडौँ, असार २९ गते । दुई साताअघि पाँच लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भाेग्नुपरेन । शनिबार बिहान ९ बजे दाङमा १५ लाखको सङ्ख्यामा प्रवेश गरेको सलह निकै सक्रिय भएसँगै त्यसले क्षति पुर्याउनेमा मध्यपश्चिमका किसान चिन्तित भएका छन् ।
हावाको गतिका आधारमा अहिलेसम्म नेपालमा अरु झुुण्ड पनि भित्रिने सक्ने सम्भावना उत्तिकै छ । हावाको गति मङ्गलबारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ । तर अहिलेको अवस्थामै हावाको गति रहने हो भने, नेपालगञ्ज,कैलाली र कपिलवस्तुबाट सलहको झुण्ड नेपाल आउन सक्छ ।
नेपालका बोर्डरबाट एक सय किलोमिटरको दूरीमा सलहका झुण्ड सक्रिय भएकाले तिनीहरू नेपाल आउनसक्ने सम्भावना निकै रहेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताउनुुभयो । लखनउ, बहराइचमा सक्रिय रहेका सलहको झुण्ड नेपाल आउनसक्ने धेरै सम्भावना छ । सुवेदी भन्नुुहुन्छ, 'अहिलेकै हावाको मोड रहेमा मङ्गलबार र बुधबारसम्ममा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तरप्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको छ ।'
कसरी थाहा हुन्छ, कता जाँदैछन् र कति सङ्ख्यामा छन् ?
सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले नेपालमा धेरै ठाउँबाट सलह प्रवेशको सम्भावना देखिएपछि त्यसको अनुगमन तथा प्रदेश तथा स्थानीय तहहरूलाई त्यसको जानकारी दिएको बताउनुभयो ।
दाङमा प्रवेश गरेको सहल अहिले प्यूठानको प्यूठान नगरपालिका र माण्डवी गाउँपालिकामा सक्रिय भएको उहाँले बताउनुभयो । त्यहाँका कृषकहरूले सामूहिक रुपमा सलह भगाउन, आगो बाल्ने, टिन बजाउने काम गर्ने भएकाले सलह बस्न नपाएको उहाँले बताउनुभयो । तर नेपालका पूर्वी नाका तथा पश्चिमबाट सहल प्रवेश गर्ने सम्भावना उत्तिकै भएकाले सबै स्थानीय सक्रिय बनेर लाग्न आवश्यक रहेको भनेर जानकारी पठाइसकेको उहाँले बताउनुभयो ।
रासायनिक विषादी प्रयोग नगर्ने कार्यदलको निष्कर्ष
सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले नेपालमा रासायनिक विषादीको प्रयोग गर्न नहुने निस्कर्ष निकालेको बताउनुभएको छ ।
नेपालको हावापानीमा लामो समय टिक्न नसक्ने भएकाले सलहलाई सकेसम्म समाएर नष्ट गर्नु उपयुक्त रहेको निस्कर्ष निकालिएको उहाँले बताउनुभयो । हुमागाईंले भन्नुभयो, 'नेपालमा विदेशमा जस्तो एकै ठाउँमा खेती छैन, रासायनिक विषादी प्रयोग गर्दा एकै ठाउँमा खेती हुने र घरगोठसमेत हुने भएकाले त्यसले नराम्रो असर पार्न सक्ने भएकाले नेपालमा रासायनिक विषादी प्रयोग गर्ने विधि उपयुक्त हुन नसक्ने निष्कर्ष निकालिएकाे हाे ।'
'यसअघि नेपालमा ५२ जिल्लामा सलह प्रवेश गर्याे अधिकांश जिल्लामा त्यसले धेरै असर गरेन, निक्कै प्रभावित केही जिल्लाहरू मात्रै भए, सबै जिल्लामा रासायनिक विषादी प्रयोग नगरेकै राम्रो देखियो' हुमागाईंले भन्नुभयो ।
पन्ध्र दिनअघि फरक फरक दिनमा सलहका स–साना झुण्ड नेपाल प्रवेश गरेका थिए । तिनीहरू आकार सानो बन्दै जाँदा क्रमशः कमजोर बनेका थिए । हावापानी अनुकूल नभएपछि तिनीहरू आफैँ मरेका थिए । तर शनिबार दाङबाट प्रवेश गरेका सलह प्यूठानमा सक्रिय बनेका छन् । नेपालमा हावाको गति पूर्वोत्तर दिशातर्फ रहेकाले भारतबाट सलहको झुण्ड शनिबार पुनः नेपाल प्रवेश गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताउनुभयो ।
नेपाल प्रवेश गरेको सलहको झुण्डको सङ्ख्या १५ लाख हाराहारीमा रहेको सुवेदीले बताउनुभयो । शनिबार दाङमा प्रवेश गरेको सलहको झुण्ड दाङमा नबसी प्यूठानतिर अघि बढेको सुवेदीले भन्नुभयो । 'बिहानदेखिनै प्यूठानमा बस्न खोजेपछि त्यहाँका किसानहरूले थाल ठटाएर र आगो बालेर सलहको झुण्डलाई बस्न नदिएपछि सलह प्यूठानमै घुमिरहेको छ' उहाँले भन्नुभयो ।
प्यूठानको आकाशमा हावासमेत गोलचक्कर भएर घुमिरहेकाले सलहको झुण्ड आकाशमै घुमिरहेका छन् । शनिबार बिहान ९ः३० बजेतिर भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा झुण्ड दाङको गढवा गाउँपालिकाबाट नेपाल प्रवेश गरेको हो । तर त्यो दाङमा नबसी साेझै प्यूठानतर्फ अघि बढेको थियो । त्यही झुण्ड प्यूठानमा बस्न नपाएपछि फेरि दाङकै राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा दिउँसो एक बजे देखापरेको थियो ।
दाङका कृषकहरूले आगो बालेर र ध्वनि निकालेर सलहको झुण्डलाइ बस्न नदिएपछि सो झुण्ड प्यूठानतिर लागेको थियो । वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीले सलहले प्यूठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहनुहुन सम्बन्धित सबैमा अनुरोध गरेर सूचना गरिएको बताउनुाभयो । | 2020/08/11 19:34:19 | https://gorkhapatraonline.com/mustread/2020-07-13-18400 | mC4 |
अब अलिकति अन्त्यमा केही मलाई उत्तेजित बनाउन भनिएका कुराहरूको पनि जवाफ दिऊँ । कुरा के हो भने पुनर्जागरण भनेको नेपाली कांग्रेसको अघोषित मुखपत्र । त्यसले मदन भण्डारीलाई विभिन्न ढंगले घोचपेच गर्दै मदन भण्डारी कहिले काठमाडौंको १ नं. क्षेत्रमा उठ्ने भन्ने प्रचारित गराउँछ । कहिले मोरङको फलानो ठाउँबाट उठ्ने भन्ने प्रचारित गराउँछ । कहिले उठ्दै नउठ्ने भन्ने प्रचारित गराउँछ ।
यो गरेर उसले आफ्नो एउटा त्यो दोलायमान, एउटा ढुलमुल भइरहेको मनस्थितिलाई जाहेर गरेको छ । र यदि मदन भण्डारीको क्षमता छ भने १ नं. मा उठोस् र एउटा ऐतिहासिक रेकर्ड कायम गरोस् कि कृष्णप्रसाद भट्टराईसँग टक्कर गरेर जमानत जफत भएको आफ्नो स्थितिको सामना गरोस् भनेर उसले भनेको छ ।
अब यसमा मेरो भन्नु के छ भने, मदन भण्डारी कृष्णप्रसादसँग मात्र होइन, आफूलाई निकै लोकप्रिय र विष्णुको अवतार हो भन्ने ठान्ने राजा वीरेन्द्र पनि अहिलेलाई श्रीपेच खोलेर कुनै समरमा आउँछन् र मदन भण्डारीसँग प्रतिस्पर्धा गर्न चाहन्छन् भने मदन भण्डारी राजासँग पनि प्रतिस्पर्धा गर्न तयार छ ।
मलाई कुनै फिक्री छैन कि यदि भोलि मदन भण्डारीले काठमाडौंको यही १ नं. चुनाव क्षेत्रबाट उठ्नुपर्छ भनेर पार्टीले फैसला ग¥यो भने म यहाँहरूसँग फेरि पनि यसरी नै आउनेछु र यहाँहरूका इच्छा, आकांक्षा र भावनाहरूको प्रतिनिधित्व गर्न सक्छु र गर्नेछु भन्ने विचार, विश्वास र वचनवद्धता व्यक्त गर्दछु म यहाँहरूको बीचमा आउनेछु र मलाई त्यस्तै ठूलो, त्यो पुनर्जागरण ले प्रचार गरेकै जस्तो उट्पट्याङ भाषा बोल्नु छैन । | 2021-03-01T22:32:11Z | https://nfdn.org.np/news-idpd-2017-slogan/ | OSCAR-2109 |
माधव नेपालदेखि ईश्वर पोखरेलसम्मलाई खुसी पार्दै युवराज खतिवडा
संचार मन्त्रालय, रेडियो नेपाल र नेपाल टिभीमा को को हुँदैछन नियुक्त, परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार दुर्घटनामा
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लाने बैशाख २० को नेकपा सचिवालयको निर्णयपछि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा यात्रा निश्चित भएको छ । र, संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका उनको मन्त्रीपद ६ महिनापछि पनि सुरक्षित भएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई खुसी पार्दा उनको मन्त्री पदमा तलमाथी हुने नभएपनि उनी अहिले पार्टीका सबै गुटलाई मिलाउन लागिपरेका छन्। बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि खुसी पार्न खतिवडाको प्राथमिकता देखिन्छ। बरिष्ठ नेता माधव नेपालकै सिफारिसमा संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस सल्लाहकारमा टंक पन्तलाई नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेका छन् । संभवतः बुधवारकै मन्त्रिपरिषदबाट पन्त संचार प्रविधि मन्त्रालयको सल्लाहकार हुँदैछन् । माधव नेपाल निकट रहँदैआएका पन्तलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सिफारिस छ।
त्यसैगरी, रेडियो नेपालको कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई पहिलो स्पष्टीकरण सोधिसकिएको छ । जस्को जवाफ कार्कीले बुधवार पेश गर्दैछन्। तर उनलाई हटाउनकै लागि मन्त्रिपरिषदबाट अर्को स्पष्टीकरण सोधिदैछ। दुई पटक स्पष्टीकरण सोधेर विगतमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई जस्तै कार्कीलाई हटाउन लागिएको छ ।
कार्कीलाई हटाइसकेपछि रेडियो नेपालको कार्यकारी निर्देशकमा गोपाल खनाललाई नियुक्ति गरिंदैछ । खनाल हाल गोरखापत्रका सल्लाहकार सम्पादक हुन् । उनलाई गोरखापत्र संस्थानकै कार्यकारी अध्यक्षमा नियुक्ति गर्ने तयारीमा खतिवडा रहे पनि पछि उनी हच्किएका थिए । अध्यक्ष कृष्णमुरारी भण्डारी र ब्यवस्थापन सल्लाहकार टीकाराम राईलाई हटाउने र खनाललाई नियुक्ति गर्ने तयारी उनको थियो । तर पूर्वसंचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले गरेका नियुक्ति नचलाउन चेतावनी दिएपछि उनी ब्याक भएका हुन् । र, खनाललाई रेडियो नेपालको कार्यकारी निर्देशक बनाउन लागेका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका साढुभाइ समेत रहेका गोपाल खनाललाई नियुक्ति गरेर खतिवडा उनलाई पनि गुन लगाउन लागेका छन् । वैदेशिक मामिलाका जानकार मानिने खनाल प्रधानमन्त्री एवं अर्थमन्त्रीको जिल्ला झापाका पनि हुन् । झापाको हुनु उनको नियुक्तिको अर्को प्लस प्वाइन्ट हो ।
यसैगरी टंक पन्तको अवधि सकिएपछि रिक्त नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सम थापालाई नियुक्त गर्न अध्यक्ष महेन्द्र बिष्टमाथि दबाब परेको छ। बिष्ट आफू अनुकूलको ब्यक्ति नियुक्त गर्ने तयारीमा थिए । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सम थापालाई नियुक्त गर्न दबाब दिएका छन् । थापा हिमालय टिभी हुँदै पछिल्लो पटक योहो टिभीमा थिए।
लकडाउनमै परराष्ट्र मन्त्रीका सल्लाहकार दुर्घटनामा
जनता लकडाउनमा घरभित्रै छन्। सडक लगभग खाली छ। तर यहि खाली सडकमा पनि कतिपय सवारी दुर्घटनामा परेका छ्न्। परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवाली सोमबार राति बानेश्वरमा दुर्घटनामा परेका हुन्। लकडाउनका बेला सडक खाली हुँदा पनि उनको गाडी राति डिभाइडरमा ठोक्किएको थियो। सिभिल अस्पताल बानेश्वरमा उपचार गराइरहेका उनले मन्त्रालयबाट फर्केर घर जाने क्रममा बानेश्वरमा दुर्घटनामा परेको बताए। उनले बुधवार नै डिस्चार्ज हुन लागेको बताए। | 2020/07/05 22:06:51 | https://hamrakura.com/news-details/78267/2020-05-06 | mC4 |
नेपालीसंग माफी माग्दै फ्लिपकार्डले परिवर्तन गर्ने भो विज्ञापन
प्रकाशित मिति: शुक्रबार, भाद्र १७, २०७३ समय: १२:०९:०५
भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध गोरखा समाजले दर्ता गरेको मुद्दा फिर्ता लिने भएको छ ।फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।
फ्लिप कार्डले एक विज्ञप्त्ति निकाल्दै भनेको छ, 'हाम्रो नेपालीको अपमान गर्ने कुनै सोच थिएन ,यस विज्ञापनबाट विश्वभर रहेका नेपाली नागरिकमा पुग्न गएको ठेसप्रति हामी क्षमाप्रार्थी छौं।' साथै कम्पनीले उक्त विज्ञापनमा प्रयोग भएको भादगाँउ टोपी र बालकको आवाज तत्काल परिवर्तन गरि सोही विज्ञापनालई नयाँ रुपमा फेरि प्रसारण गरिने र सो विज्ञापन नायँ रुपमा केही दिनमा नै प्रसारण गरिने बताएको छ।
उक्त अभियानका एक सदस्य दिनेश शर्माले भने, 'फ्लिपकार्डलले गल्ती स्विकार गर्दै उक्त विज्ञापन सच्चाउने बताएपछि हामीले मुद्दा फिर्ता लिएका छौं।' गोरखा युवा तथा विद्यार्थी संगठन र हाम्रो स्वाभिमानले उक्त कम्पनीको नयाँ विज्ञापनले सारा नेपालीको अपमान गरेको भन्दै गत शनिबार दिल्ली प्रहरीमा मुद्दा दर्ता गराएको थियो।
साथै उसले उक्त विज्ञापन विरुद्ध एक अभियान समेत चलाएको थियो। उक्त विज्ञापनमा एक नेपाली बालकलाई चौकीदारको रुपमा प्रस्तुत गरेको र उसलाई चौकीदारको पोसाकसँगै नेपाली र गोर्खालीको शानको रुपमा रहेको भादगाउँ टोपीमा प्रस्तुत गरेको भन्दै गोरखा समाजले यसको विरोध गर्दै आएको थियो ।
इनरुवा/जल उपभोक्ता संस्था औरावनी आफुहरुमाथि लागेको आरोपको प्रतिवादमा उत्रेको छ ।सितागञ्ज नहरको विषयमा आफुहरुमाथि लगाइएका... | 2021/11/29 23:57:37 | https://www.inaruwaonline.com/20447/ | mC4 |
काठमाडौं-भूकम्पपछि क्षतविक्षत काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रलाई युनेस्कोले खतरा सूचीमा राख्ने तयारी गरेको छ। जर्मनीको बोनमा आइतबार सुरु हुने युनेस्को विश्व सम्पदा समितिको ३९ औं सम्मेलनमा यसबारे प्रस्ताव पेस हुँदैछ। युनेस्कोले ठूलो क्षतिलाई ध्यानमा राख्दै विश्व सम्पदा परिचालन निर्देशिकाको दफा १७७, १७८ र १७९ अनुसार यस्तो प्रस्ताव बैठकमा पेस गर्न लागेको जनाएको छ।
विश्व सम्पदा परिचालन निर्देशिकाअनुसार संस्कृतिक पुरातात्विक सामान, संरचना तथा गरगहना, वास्तुकला, सहर वा गाउँ वा कुनै प्राकृतिक पर्यावरणमा क्षति भए, ऐतिहासिक प्रमाण नष्ट भए र सांस्कृतिक महत्वको नोक्सान भए खतराको सूचीमा राख्नुपर्ने अवस्था आउँछ।
समितिले विश्व सम्पदा केन्द्र र सल्लाहकार निकायसँग गहन परामर्श लिएर काठमाडौं उपत्यकालाई खतराको सूचीबाट हटाउन आपतकालीन योजनाको विकास र कार्यान्वयन गर्न नेपाललाई अनुरोध गरेको छ।
‘क्षति भएका सम्पदाको सुधारात्मक उपाय खोजी र संरक्षण गर्ने इच्छा देखाएर क्षेत्रलाई जतिसक्दो चाँडो खतराको सूचीबाट हटाउन समिति अनुरोध गर्छ,' सम्मेलनमा प्रस्ताव गरिन लागिएको मस्यौदा निर्णयमा भनिएको छ, ‘सम्बन्धित निकायलाई विदेशी समुदायमार्फत विपतपछि सम्पदाको सुरक्षा, संरक्षण र पुनर्निर्माण गर्न सहयोगको अनुरोध गर्छ।'
युनेस्कोलेसन् २०१६ फेब्रुवरी १ सम्म विश्व सम्पदाको अवस्था सुधार गर्नुपर्ने चेतावनी दिँदै पूरा गरे/नगरेको रिपोर्ट पेसका लागि नेपाललाई अनुरोध गर्ने निर्णयको मस्यौदामा उल्लेख छ।
सम्मेलनमा भाग लिन जर्मनी पुगेका पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नागरिकसँग छोटो अनलाइन कुरा गर्दै खतराको सूचीमा राख्ने विषयमा अन्तिम निर्णय भइनसकेको बताए। ‘युनेस्कोले मस्यौदा निर्णयमा काठमाडौंका सातै स्मारकलाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ,' उनले भने, ‘तर, हामी यस्तो हुन नदिने कोसिस गरिरहेका छौं।'
उनका अनुसार सम्मेलनमा नेपाली प्रतिनिधिसँग युनेस्को विश्व सम्पदा समितिले क्षतिपछिको अवस्थाबारे सोध्नेछ। ‘समितिमा आज दर्ताको काम सकियो। हाम्रो सम्पदालाई उनीहरूले कहिले समय दिन्छन्,' उनले भने, ‘पालो आएपछि हामी खतरा सूचीमा नराख्न अनुरोध गछौं। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौं।' सम्मेलन ८ जुलाईसम्म हँुदैछ।
विभागका एक अधिकारीले युनेस्कोले खतरामा राख्ने चेतावनी दिन सक्ने अवस्था आएको बताए। ‘समितिको बैठकमा नेपालले बलियो आधार पेस गर्न नसके काठमाडौं उपत्यकाका विश्व सम्पदा खतराको सूचीमा पर्छन्,' उनले भने, ‘यसो हुन नदिन नेपाल संरक्षण, सुरक्षा र पुनर्निर्माणका लागि आर्थिक, प्राविधिक र अन्य कारणले बलियो रहेको आधार दिन सक्नुपर्छ।'
सरकारले सम्पदा संरक्षण र पुनर्निर्माणमा कति महत्व दिएको छ जस्ता कुरामा नेपालले सम्मेलनमा समिति सदस्यहरूलाई चित्त बुझाउन सक्नुपर्छ। ‘खतरा सूचीमा परे युनेस्कोले विदेशी समुदायलाई सहयोगको अपिल गर्छ,' ती अधिकारीले भने, ‘देशले आर्थिक मात्र होइन प्राविधिक सहायतासमेत विदेशीसँग माग्नुपर्ने हुन्छ।'
यद्यपि विदेशीले पैसा दिँदैमा पुननिर्माण सकिने र नदिँदैमा नसकिने भन्ने नहुने उनले प्रस्ट्याए। नेपालले प्राथमिकतामा पारेर काम गर्ने आँट नगरे खतराको सूचीमा पर्ने उनले बताए।
विश्व सम्पदा क्षेत्रमा जथाभावी अग्ला घर बनाएको भन्दै युनेस्कोले काठमाडौंलाई सन् २००३ मा पनि खतरा सूचीमा राखेको थियो। पछि सरकारले सुधार गरेपछि सन् २००७ मा खतरा सूचीबाट हटेको थियो।
‘खतराको सूचीमा परे र युनेस्कोले दिएको समयावधिभित्र काम सम्पन्न नगरे काठमाडौं विश्व सम्पदा सूचीबाटै हट्न सक्ने अवस्था आउँछ,' उनले भने, ‘त्यसैले सरकार आफैं योग्ग छ भनेर मात्र पुग्दैन, गरेर पनि देखाउनुपर्छ।'
प्रत्येक देशले आफ्ना स्मारकहरूको अवस्था बर्सेनि युनेस्कोलाई पठाएझैं नेपालले पनि २५ जनवरी २०१५ मा पठाएको थियो। वैशाख १२ को भूकम्पपछि युनेस्कोको प्राविधिक टोलीले खतराको सूचीमा राख्ने निर्णयसहित यहाँको सम्पदाको अवस्था तयार पार्योे।
चाँगुनारायण मन्दिर, बौद्ध स्तुप, स्वयम्भू स्तुप, पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र हनुमानढोका दरबार क्षेत्र गरी सात स्मारक रहेको काठमाडौं उपत्यका विश्व सम्पदाको सूचीमा सन् १९७९ मा समावेश भएको थियो।
काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...
काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...
काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...
काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।
जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...
काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...
काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम... | OSCAR-2019 |
Subsets and Splits