text
stringlengths
0
345
वाताय स्वाह्याप्रतिधृष्याय त्वा वाताय स्वाहा । अवस्यवे त्वा वाताय
स्वाहाशिमिदाय त्वा वाताय स्वाहा ॥७॥
सम्पूर्ण प्राणीलाई उत्पन्न गर्ने, सबै प्राणीलाई अभीष्ट प्रदान गर्ने, अखण्ड शक्ति भएका,
अपराजित, संरक्षण प्रदान गर्ने, कष्ट मेटाउनमा सक्षम हे वायुदेवता तिम्रा लागि यो
आहुति समर्पित गरिँदै छ, यसलाई तिमी स्वीकार गर ।
इन्द्राय त्वा वसुमते रुद्रवते स्वाहेन्द्राय त्वादित्यवते स्वाहेन्द्राय त्वाभिमातिघ्ने
स्वाहा । सवित्रे त्व त्रभुमते विभुमते वाजवते स्वाहा बृहस्पतये त्वा
विश्वदेव्यावते स्वाहा ॥८॥
हे वसुरूपी धनका शक्तिले सम्पन्न, रुद्ररूपी ओजले सम्पन्न इन्द्रदेवता ! तिम्रा लागि
आहुति समर्पित गरिएको छ । हे आदित्यका तेजले सम्पन्न इन्द्रदेवता ! तिम्रा लागि यो
आहुति समर्पित गरिएको छ । हे अभिमानीलाई नष्ट गर्ने इन्द्रदेवता ! तिम्रा लागि यो
आहुति समर्पित छ । त्रत र ज्ञानले प्रकट हुने, अत्यधिक सामर्थ्यवान्, ऐश्वर्य एवं
शक्तिशाली सैन्यबल प्रदान गर्ने सवितादेवताका लागि यो आहुति समर्पित छ । समस्त
देवशक्तिहरूका हितकारी बृहस्पति नामका देवताका लागि यो आहुति समर्पित छ ।
३६३
यमाय त्वाङ्गिरिस्वते पितृमते स्वाहा । स्वाहा घर्माय स्वाहा घर्मः पित्रे ॥९॥
पितृहरू र अङ्गिराहरूले युक्त यमदेवताका लागि यो आहुति समर्पित छ । घर्म नामका
विशेष यञ्चलाई विस्तार गर्नका लागि यो आहुति समर्पित छ । पितृहरूको सन्तुष्टिका
लागि यो आहुति समर्पित छ ।
विश्वाषड आशा दक्षिणसद्विश्वान् देवानयाडिह । स्वाहाकृतस्य घर्मस्य मधो
पिबतमश्चिना ॥१०॥
यस यज्ञस्थलमा दक्षिण दिशामा बसेका होताहरूले, सबै दिशामा रहने गरेका सबै
देवता र विद्वान्हरूको यथोचित पूजाअर्चना गरे । त्यसैले हे अश्चिनीकुमारहरू हो !
तिमीहरू यहाँ आओ र यज्ञमा हामीले समर्पित गरेको मधुर आहुतिको रस पान गर ।
दिवि धा इमं यज्ञमिमं यज्ञ दिवि धाः । स्वाहाग्नये यजियाय शं
यजुर्भ्यः ॥११॥
हे याशिकहरू हो ! यज्ञाग्निले सुखपूर्वक यज्ञकार्य सम्पन्न गर र यस यञ्चको हवि
देवलोकसम्म पुन्यार । यजुर्वेदका मन्त्रहरूलाई उच्चारण गर्दै आहुति समर्पित गर ।
अश्चिना घमै पात, हार्द्वानमहर्दिवाभिरूतिभिः । ततन्त्रायिणे नमो
द्यावापृथिवीभ्याम् ॥१२॥
हे अश्चिनीकुमारहरू हो ! तिमीहरू आफ्ना रक्षणशक्तिले मनमा प्रिय लाग्ने यज्ञलाई
दिनरात रक्षा गर । कालचक्रका प्रवर्तक सूर्य र द्युलोकबाट पृथ्वीसम्म सबै दैवी
शक्तिलाई हामी नमस्कार गर्दछौँ ।
अपातामश्चिना घर्ममनु द्यावापृथिवी अम४साताम् । इहैव रातय सन्तु ॥१३॥
हे अश्चिनीकुमारहरू हो तिमीहरू हाम्रो यज्ञलाई हरेक किसिमले रक्षा गर द्युलोक
र पृथ्वीलोकका अधिष्ठाता देवताहरू पनि तिमीहरूका कार्यमा सहयोगी होङन् ।
तिमीहरू आआफ्ना स्थानमा नै रहेर हामीलाई यहाँ ऐश्वर्य प्रदान गर ।
इषे पिन्वस्वोर्जे पिन्वस्व ब्रह्मणे पिन्वस्व क्षत्राय पिन्वस्व द्यावापृथिवीभ्यां
पिन्वस्व । धर्मासि सुधर्मामेन्यस्मे नृम्णानि धारय ब्रह्म धारय क्षत्र धारय विशं
धारय ॥१४॥
हे यञ्चदेवता ! अन्न वृद्धि गर्न र बलपराक्रम प्राप्त गर्नका लागि सम्पूर्ण प्रजालाई तिमी
पुष्ट बना । ब्राह्मणत्व तथा क्षत्रियत्व वृद्धिका लागि प्रजालाई पुष्ट बना । द्युलोक
र पृथ्वीलाई विस्तृत गराउनका लागि प्रजालाई पुष्ट गरा । हे परमात्मा ! तिमी
उत्तम रीतिले समस्त प्रजा र राष्ट्रलाई धारण गर्नका लागि सक्षम छौ । तिमी हिंसारहित
छौ । मानिसलाई हितकारी हुने ऐश्वर्य हामीलाई प्रदान गर र ब्राह्मणत्व, क्षत्रियत्व र
व्यापारको क्षमता प्रदान गर ।
स्वाहा पष्णे शरसे स्वाहा ग्रावभ्यः स्वाहा प्रतिखेभ्यः । स्वाहा पितृभ्य अर्घ्वबहिभ्यौ
घर्मपावभ्यः स्वाहा द्यावापृथिवीभ्या४ स्वाहा विश्वेभ्यो देवेभ्यः ॥१५॥
स्नेहको भावनाले सम्पन्न पूषा, प्राण, शब्द गर्ने प्राणीहरू, सोमपान गर्ने, घर्म नामको
यज्ञलाई पवित्र गराउने पितृहरू, द्युलोक, पृथ्वीलोक र सम्पूर्ण देवताहरूका लागि यो
आहुति प्रदान गरिएको छ ।
३६४
स्वाहा रुद्राय रुद्रह्ृतये स्वाहा सं ज्योतिषा ज्योति । अह केतुना जुषता४१
सुज्योतिर्ज्योतिषा स्वाहा । रात्रि केतुना जुषता४, सुज्योति्ज्योतिषा स्वाहा ।
म बनको अग्नावश्याम ते देव घर्म नमस्ते अस्तु मा मा हिट
राक्षसका संहारक रुद्रदेवताका लागि यो आहुति प्रदान गरिएको छ । ज्योतिसित ज्योति
मिलेर उचित किसिमले प्रज्वलित होस् भनेर हामीले यो आहुति प्रदान गरेका छौँ ।